यी २०२ जनाले के सजायँ पाउने हुन् ?

जनआन्दोलनमा भएको दमन र पद तथा शक्तिको दुरुपयोगका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक भइसकेको छैन। तर आज कान्तिपुरमा प्रतिवेदनको केही अंश ‘लिक’ भएको छ। प्रतिवेदनले दोषी ठहर्‍याएकाहरुको नामावली पढ्न पाइएको छ। दोषीहरुको सूचिमा सबैभन्दा पहिलो नम्बरमा राजा ज्ञानेन्द्र रहेका छन्। सूचि यस प्रकार रहेको छ (याद भएसम्म जानकारी पनि राख्ने प्रयास गरिएको छ, छुटेका ठाउँमा तपाईँलाई भएका जानकारी कमेन्टमा लेख्न नभुल्नुहोला) –

तत्कालीन मन्त्रिपरिषद्का सदस्यहरु
१ अध्यक्ष राजा ज्ञानेन्द्र
माघ १९ मा टेलिफोन, इन्टरनेट, मोबाइल सबै काटी सञ्चार माध्यमका कार्यालयहरुमा सेना पठाई प्रधानमन्त्रीको कुर्सी समेत हत्याउँदै मन्त्रिपरिषद्का अध्यक्ष बनेका राजाले आयोगलाई बेवास्ता गर्दै त्यसले सोधेका प्रश्नहरुको जवाफ दिएको थिएन। अध्यक्ष ज्ञानेन्द्रलाई वर्तमान कानुन अनुसार कारबाही गर्न नमिल्ने भएकोले अन्तरिम विधायिकालाई कानुन बनाएर कारबाही गर्न भनिएको छ। तर सेरेमोनियल पक्षधारीहरुले कसरी कारबाही गर्न दिने हुन्, त्यो चाहिँ हेर्नै पर्ने भएको छ।

२ उपाध्यक्ष तुलसी गिरी
पञ्चायत उदार हुँदै गएको झोंकमा झिकिगुण्टा कसेर दुई दशकअघि श्रीलंका भासिएका गिरी सुटुक्क नेपालको पाँचतारे होटलमा बिल समेत नतिरी किन बसेको होला भनेर सुरुमा कसैले पत्तो नपाएको भए पनि राजालाई ‘कू’ गर्ने दिव्यज्ञान यिनैले दिएको पछि खुलेको थियो। आफ्ना भाषणहरुका कारण सँधै विवादमा आउने यी गिरीले सञ्चार माध्यमहरुलाई देखिसहन्न थिए।

३ कीर्तिनिधि विष्ट
राजाको शासनका अर्का उपाध्यक्ष विष्ट। यी पनि कम्ताको थिएनन्। जता गए पनि भाषण छाँट्दा पूच्छर हल्लाउँदै मालिकको बखान बढाइचढाइ गर्न यिनी माहिर थिए।

४ कमल थापा
तत्कालीन गृहमन्त्री कमल थापाको बयान त हजार जिब्रा भएका शेषनागले सक्दैनन् रे, मैले के सक्नु। यिनले के गरेनन् ? राजाको सेवा गर्न आफ्नै पार्टी फुटाएनन् कि, साँच्चिकै कर्फ्यु लगाउने धम्की दिएनन् कि ? दलहरुलाई आतंककारीको कित्तामा उभ्याएर कारबाही गर्ने धम्की दिएनन् कि, एम्बुलेन्स र पत्रकारहरुलाई कर्फ्यु पास उपलब्ध नगराएर अन्तर्राष्ट्रिय प्रावधानको उल्लंघन गरेनन् कि दिनमा पाँच लाख पकेट मनी खर्च गरेनन् ?

५ बद्रीप्रसाद मण्डल
मन्त्री हुन भने पछि तीन हात उफ्रने बानी भएका यी मण्डल पहिले उपप्रधानमन्त्री भइसक्दा पनि पछि मन्त्री बन्न कुनै आपत्ति भएन। पञ्चायत कालमा नर्सलाई हातपात गरेर बदनाम भइसकेका मण्डल राजाको स्वच्छ छविको मन्त्रिपरिषदमा ससम्मान परेका थिए।

६ निरञ्जन थापा
मल्लिक आयोगले दोषी ठहर्‍याइसकेका यी पटके अपराधी कानुन मन्त्री बनेका थिए। न्यायपालिकालाई प्रभावित पार्न यिनले राजाको समर्थकहरुलाई सर्वोच्चमा न्यायाधीशका रुपमा ल्याउन ठाडो प्रस्ताव पेश गरेका थिए।

७ सलिम मियाँ अन्सारी
एमालेबाट पार्टी फुटाएर अलग्गै मोर्चा बनाई शाही सरकारमा छिरेका अन्सारी वनमन्त्री बनेका थिए।

८ दानबहादुर शाही
शाही शासनकालमा यी शाही गृहमन्त्री बनेका थिए कमल थापा बन्नुअगाडि। उनी पनि पहिले मल्लिक आयोगले दोषी ठहर्‍याइसकेका व्यक्ति हुन्।

९ रमेशनाथ पाण्डे
राजाको मोडलको प्रजातन्त्रको बारेमा भाषण छाँट्न करोडौं खर्च गरी विदेश शयर गर्ने परराष्ट्र मन्त्री।

१० राधाकृष्ण मैनाली
०४६ सालको आन्दोलनका अग्रणी भूमिका खेलेका कम्युनिस्ट नेता मैनालीले वैचारिक रुपमा पतन भएर आफैले ल्याएको प्रजातन्त्रको घाँटी राजाको हातबाट निमोठ्नका लागि सक्रिय भूमिका खेलेका थिए।

११ टंक ढकाल
राजाका माइक मन्त्री टंक ढकालले सञ्चार माध्यममा गरेको ‘अति’ वास्तवमा नेपाली पत्रकारिताको इतिहासमा नै सबैभन्दा कालो क्षणका रुपमा रहेको छ।

१२ खड्गबहादुर जीसी
राजाको शासनकालमा यी स्थानीय विकास मन्त्री थिए।

१३ प्रकाश कोइराला
छोरीका बाउ र बाउका छोरा। यिनको योग्यता यति मात्रै हो। आफ्नो योग्यता चाहिँ दिनभर टिल्ल हुनु थियो। स्थानीय चुनावका बेला आफ्नै बलिउडे नायिका छोरीले साथ दिँदा पनि यिनले नाक जोगाउन सकेनन्।

१४ केशरबहादुर विष्ट
१५ बुध्दिराज बज्राचार्य
१६ बुध्दिमान तामाङ
१७ नारायणसिं पुन
१८ मधुकर शमशेर राणा
१९ कृष्णलाल थकाली
२० दुर्गा श्रेष्ठ
२१ रामनारायण सिंह

२२ शिरिषशमशेर राणा
यी सूचना मन्त्रीको भाषण र कूतर्क मालिकका पक्षमा गजबले घुमेका हुन्थे। आफ्नो मालिकका पक्षमा समाचार लेख्न मण्डले राज्यको ढुकुटीको दुरुपयोग गर्दै पत्रकारलाई पैसा बाँड्ने काम समेत उनले गरे।

२३ रुपज्योति
आफ्नो उद्योगको पक्षमा राजालाई कन्भिन्स गराई ट्याक्स घटाउन सक्ने महान अर्थ राज्यमन्त्री।

२४ मणि लामा
२५ दुर्गा पोखरेल
२६ रविन्द्र खनाल
२७ वृजेशकुमार गुप्ता
२८ याङ्किला शेर्पा
२९ रोशन कार्की
३० राजेशकाजी श्रेष्ठ
३१ भुवन पाठक
३२ सोनेलाल यादव
३३ सिनेट श्रेष्ठ

३४ जगत गौचन
पदम ठकुराठीलाई गोली हान्न लगाएको फौजदारी अभियोग लागेको मान्छे पनि राजाको स्वच्छ छविको मन्त्री बने। राजाको पक्षमा गुण्डा परिचालन गर्ने मुख्य व्यक्ति भएपछि पुरस्कार त पाउनै पर्‍यो नि

३५ निक्ष शमशेर राणा
राजा आउ देश बचाउ अभियान चलाएर मुण्डले कुण्डलेहरुलाई सडकमा उतारेवापत् मन्त्री पद पाएका व्यक्ति।

क्षेत्रीय प्रशासकहरु
३६ जगदीश खडका
३७ रविन्द्र चक्रवर्ती
३८ क्षेत्रविक्रम शाह
३९ मृगेन्द्र कुमार सिंह यादव
४० गणेश शेरचन

अञ्चल प्रशासकहरु
४१ श्याम किशोर सिंह
४२ रामबहादुर चन्द
४३ रामकुमार सुब्बा
४४ जनक जंगली
४५ प्रजापति कोइराला
४६ डा शेखर गुरुङ
४७ कुमारबहादुर कार्की

४८ रामजी विष्ट
स्थानीय निर्वाचनका बेला दलहरुको बहिस्कारका कारण प्रचार प्रसार नभए पछि एक रात रक्सीले मातेर माइक साइक बोकी आफै सडकमा उत्रेर चुनावमा भाग नलिए रक्तपात हुन्छ भन्दै हिँडेका व्यक्ति।

४९ रामकृष्ण पन्त
पहिले प्रजिअ हुँदा सिन्धुलीमा ऋषि देवकोटा ‘आजाद’ को हत्या गर्नमा प्रमुख भूमिका भएका व्यक्ति।

५० ललितबहादुर थापा मगर
५१ मिन बहादुर पल
५२ कर्णबहादुर धिमाल

५३ महेन्द्रमान व्यथित
राजाको समर्थनमा लगाउन यिनले अंग्रेजी भाषाको निःशुल्क कक्षा सञ्चालन गरेका थिए यिनले। निःशुल्क कक्षा लिन चाहनेले फाराममा नै राजाको कदमको समर्थन गर्छु भनी लेख्नु पर्थ्यो।

तत्कालीन सरकारी अधिकारीहरु
५४ गभर्नर विजयनाथ भट्टराई
उनले विदाका बेला पनि राष्ट्रिय ढुकुटी खोलेर आन्दोलन दबाउन पैसा निकासा गरेका थिए।

५५ मुख्य सचिव लोकमानसिंह कार्की
राजाको हुकुम प्रमाङ्गीबाट एकै पटक राजपरिषदको उपसचिव भएका लोकमानसिंह कार्कीले मुख्य सचिव भएपछिको पहिलो सम्बोधनमा नै राजाको समर्थनमा नलाग्नेसँग आफ्नो सम्बन्ध राम्रो नहुने धम्की दिएका थिए।

५६ सचिव कुमार पौडेल
यिनी सञ्चार सचिव भएर सञ्चार माध्यममा गरिएको दमनमा सहभागी थिए।

५७ सचिव बालकृष्ण प्रसाइँ
गृहसचिव रहेका प्रसाइँले आन्दोलन दमनमा सहयोगीको भूमिका निभाएका थिए।

५८ विष्णुदत्त उप्रेति
स्थायी रक्षा सचिव जस्तै रहेका उप्रेतिले सेनामार्फत् आन्दोलन दमनमा सहयोगीको भूमिका निभाएका थिउ।

५९ सूचना विभागका महानिर्देशक नारायण गोपाल मलेगो

६० प्रजिअ सुशील घिमिरे
६१ प्रजिअ गंगादत्त अवस्थी
६२ प्रजिअ विनोदकुमार अधिकारी
६३ प्रजिअ निरञ्जन बराल
६४ प्रजिअ शान्तराज सुवेदी
६५ प्रजिअ रामप्रसाद शर्मा
६६ प्रजिअ नरेन्द्रराज शर्मा
६७ प्रजिअ भोलाप्रसाद सिवाकोटी
६८ प्रजिअ माधवप्रसाद रेग्मी
६९ प्रजिअ हुमप्रसाद अधिकारी
७० प्रजिअ विमल ढकाल
७१ प्रजिअ शम्भु कोइराला
७२ प्रजिअ प्रतापकुमार पाठक
७३ प्रजिअ कैलाशनाथ खरेल
७४ प्रजिअ दिलबहादुर घिमिरे
७५ सहायक प्रजिअ बसन्त राज भट्टराई

तत्कालीन शाही नेपाली सेनाका अधिकारीहरु

७६ तत्कालीन प्रधानसेनापति प्यारजङ थापा
७७ सेकेण्ड इन कमाण्ड तथा वर्तमान प्रधानसेनापति रुक्माङ्गत कटुवाल
७८ पूर्व क्याप्टेन तथा काठमाडौं उपत्यका पृतनापति दीपकविक्रम राणा
७९ क्याप्टेन किरणशमशेर राणा
८० क्याप्टेन तथा राष्ट्रिय सुरक्षा परिषदका सहायक संयोजक कुलबहादुर खड्का
८१ कर्णेल सुरेश कुमार कार्की
८२ कर्णेल शरद ढकाल
८३ कर्णेल निरज पौडेल
८४ कर्णेल सागरबहादुर केसी
८५ कर्णेल नयन राज दाहाल
८६ कर्णेल सुदर्शन सिल्वाल
८७ मेजर किसन सिंह भण्डारी
८८ मेजर उमेश कार्की
८९ मेजर मुक्ति पाठक
९० मेजर नरेन्द्र चन्द
९१ मेजर रामचन्द्र केसी
९२ (टाँडी चितवनका) क्याप्टेन रोशन कार्की
९३ क्याप्टेन सुरेश काफ्ले
९४ क्याप्टेन सुनील खडका
९५ क्याप्टेन रवि केसी
९६ क्याप्टेन अनिश रिजाल
९७ जम्दार गोकर्ण कार्की
९८ लान्स कर्पोरल निवास शाही
९९ सिपाही सिपाही चन्द्र राई
१०० प्युठ रविराज बुढाथोकी

नेपाल प्रहरी
१०१ आईजीपी श्यामभक्त थापा
१०२ एआईजी कृष्ण बस्नेत
१०३ एआईजी रुपसागर मोक्तान
१०४ एआईजी राजेन्द्रबहादुर सिंह
१०५ एसएसपी अर्जुनजङ शाही
१०६ एसएसपी नरेन्द्र कुमार खालिङ
१०७ एसएसपी वीर शरण थापा
१०८ एसएसपी लोकबहादुर कार्की
१०९ एसएसपी राजेन्द्र सिंह भण्डारी
११० ज्ञानु राजा कुँवर
१११ एसएसपी प्रवल शमशेर राणा
११२ एसएसपी परशुराम खत्री
११३ एसपी घमण्ड भट्ट
११४ एसपी शिव लामिछाने
११५ एसपी रमेशशेखर बज्राचार्य
११६ एसपी रामकुमार खनाल
११७ एसपी रविराज श्रेष्ठ
११८ एसपी केशरी राज घिमिरे
११९ डीएसपी बसन्त लामा
१२० डीएसपी सञ्जयसिंह बस्नेत
१२१ डीएसपी मनोज न्यौपाने
१२२ डीएसपी ठूले राई
१२३ डीएसपी रोहवर बस्नेत
१२४ डीएसपी विष्णुहरि गौतम
१२५ डीएसपी माधवबहादुर बस्नेत
१२६ डीएसपी श्याम बस्नेत
१२७ डीएसपी कृष्णप्रसाद मैनाली
१२८ डीएसपी बसन्त पन्त
१२९ डीएसपी टेकबहादुर गुरुङ
१३० इन्सपेक्टर प्रदीप तामाङ
१३१ इन्सपेक्टर रमेश गौतम
१३२ इन्सपेक्टर हर्कबहादुर थापा
१३३ इन्सपेक्टर रमेश बस्नेत
१३४ इन्सपेक्टर भुपेन्द्र खत्री
१३५ इन्सपेक्टर सोमबहादुर थापा
१३६ इन्सपेक्टर रामप्रसाद घर्ती मगर
१३७ इन्सपेक्टर प्रताप गुरुङ
१३८ इन्सपेक्टर थमनबहादुर बस्नेत
१३९ इन्सपेक्टर वेदराज खनाल
१४० इन्सपेक्टर राजेन्द्रप्रासद धमला
१४१ इन्सपेक्टर नरेन्द्र चन्द
१४२ इन्सपेक्टर दीपक अधिकारी
१४३ इन्सपेक्टर केशवराज बस्नेत
१४४ इन्सपेक्टर सोभितबहादुर गुरुङ
१४५ इन्सपेक्टर डम्बरबहादुर चन्द
१४६ इन्सपेक्टर दीपशमशेर राणा
१४७ इन्सपेक्टर (सर्लाही) राजकुमार सिलवाल
१४८ इन्सपेक्टर शारदाप्रसाद चौधरी
१४९ इन्सपेक्टर नयन सिंह कार्की
१५० इन्सपेक्टर रन्जितसिंह राठौर
१५१ इन्सपेक्टर खड्गबहादुर खत्री
१५२ इन्सपेक्टर रविन्द्र खडका
१५३ इन्सपेक्टर गोविन्द झा
१५४ इन्सपेक्टर कमलेश कुमार भट्ट
१५५ इन्सपेक्टर दीनेशकुमार आचार्य
१५६ इन्सपेक्टर डम्बर कुमार तामाङ
१५७ एएसआई शिवनारायण सिंह
१५८ एएसआई टीकाराम राई
१५९ एएसआई विकासजङ राणा
१६० एएसआई गोविन्द राज केसी
१६१ असई मोहम्मद रफिक जोलाहा
१६२ असई विजय कुमार चौधरी
१६३ असई नकुमबहादुर क्षेत्री
१६४ असई चेतबहादुर थापा
१६५ सहायक लालसिंह रावल
१६६ हेड कन्सटेबल खगराज पौडेल
१६७ कन्सटेबल विकासकुमार सिंह
१६८ कन्सटेबल नारायण कार्की
१६९ कन्सटेबल दीनेश तामाङ
१७० कन्सटेबल शेखर पौडेल

सशस्त्र प्रहरी
१७१ तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापा
१७२ आईजीपी बासुदेव अ‍ोली
१७३ अतिरिक्त प्रहरी महानिरीक्षक रविराज थापा
१७४ डेपुटी आईजीपी दिलिपकुमार श्रेष्ट
१७५ एसएसपी माधवकुमार थापा
१७६ एसएसपी दुर्जकुमार राई
१७७ एसएसपी महेन्द्रकुमार भट्टचन
१७८ एसपी चिरञ्जीवी कुँवर
१७९ एसपी रन्जन कोइराला
१८० एसपी अरविन्द धिताल
१८१ डीएसपी बलराम पोखरेल
१८२ डीएसपी रामकुमार सिंह
१८३ डीएसपी रामधर यादव
१८४ डीएसपी महेश श्रेष्ठ
१८५ डीएसपी रत्न पोखरेल
१८६ इन्सपेक्टर दामोरद धोदरी
१८७ इन्सपेक्टर राजेश लामिछाने
१८८ इन्सपेक्टर सुभाष खड्का
१८९ इन्सपेक्टर गोविन्द गिरी
१९० इन्सपेक्टर डिकबहादुर श्रेष्ठ

राष्ट्रिय अनुसन्धान विभाग
१९१ तत्कालीन प्रमुख देवीराम शर्मा

अन्य अधिकारीहरु
१९२ राजपरिषद स्थायी समितिका अध्यक्ष परशुनारायण चौधरी
१९३ राजपरिषद स्थायी समितिका सदस्य सच्चितशमशेर राणा
१९४ विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंह
१९५ नेपाल टुरिजम बोर्डका कार्यकारी प्रमुख टेकबहादुर डाँगी
१९६ प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारी
१९७ काठमाडौं जिविसका अध्यक्ष विक्रमबहादुर थापा
१९८ कामनपाका मेयर राजाराम श्रेष्ठ
१९९ मेयर ध्रुव महर्जन
२०० उपमेयर बच्चुराम श्रेष्ठ
२०१ मेयर सुशील चौलागाईँ
२०२ मेयर प्रेमलाल मर्हजन

48 Comments

  1. If khume and Govinde are not punished then what is the meaning of punishment to only theose 202 people?

  2. dherai ramro kam garnu bhayo hajurko kam sarahniya chha tara k garne jun jogi aaye pani kanai chireko bhane jasto ……………
    who will think about the country not about their position? who will change the system? we need person who can develop the country and stable the political situation of nepal. who will be the next pm in nepal because he is very old? in the whole nepal, there is nobody who can lead the country. ?????????????????

    we need answer of like these millions of questions either somebody will punish those people or not. if u go on deep u find everybody is culprit. different is small or big. so could u pls kindly find the person who can show right direction to nepal. best of luck for that and everybody should punished who is bad smell for the country (culprits).

    thank u so much U ji

  3. नेपाल सर्कार खबर्दार !!!!!!

    नछुटनु पर्ने पनि छुटेछन तर यि सिफारिश भएकालाइ उनिहरुको योग्यता अनुसार सम्बन्धि जेल क्षेत्रको चिसो छिडीमा कर्यविभाजन गरि काम,कर्तव्य र अधिकार सहित सजायको आधार वर्ष तोकि ढाका टोपी लगाएत शिपमुलुक तालिम दिइ जेलको चौघेराभित्र स्वतन्त्ररुपमा छाडीदिनुपर्छ | छुटेका सबैलाइ पहिचान गरि सर्बजनीकस्थलमा भेलागराइ कुटोकोदालो दियर कर्यक्षेत्र प्रबेश गराउन ढिला गर्नु हुन्न |

    माथि उल्लेखित कार्यगर्न यदि सरकार असमर्थ हुन्छ भने भोलि उनिहरुको पनि अर्को नाम सहितको सिफारिश हुनेछ, जस्को उचित सजाय हामि जनताले तोक्नुपर्नेछ र तोकिपनि दिनेछौ |

    नोटः भ्रष्ट नेता,कर्मचारी,संघ-संस्था,व्यक्ति तथा अहिले नौलो ढंगले अघिबढेको न्यायप्रशानका काम कर्यवाहिलाइ कहि कतै कसैले प्रोत्साहन दिने खाल्का कार्य नगर्न अनुरोध गरिन्छ | त्यस्तो गरेको पाइएमा त्यस्को मतियार सहित सबै भ्रष्टतत्वहरुलाइ एक-एक गरि फाँसि दिइने छ |यस्को उजुर बाजुर कतै लाग्ने छैन | अन्तिम निर्णय अधिकार जनतामा निहित रहने छ | नेपालको नयाँ कानूनमा यो बुँदा उल्लेख हुनुपर्नेछ |

    धन्यबाद !!!!!!!!!!!!!!

  4. Thank you Umeshji for putting your effort to highlight these culprits. It seems that almost all the friends want that these culprits be punished so that people can feel that true justice ultimately prevails in the country. Once the ball keeps rolling, other minor culprits are automatically punished by other means- socially, morally.

    Let’s be optimistic after all and this report will not be kept like the one prepared by Bidhyadhar Mallik.

  5. Dear Friends,
    Some of the views to take the action to all who supported the King’s undemocratic action are not fair. I think those who directly involved against people’s movement and those who were really corrupt during those periods deserve to be punished. Manisha, Rama, Sambhujit etc are not the ones. First let the goverment take action against those found responsible.

    God bless Nepal.

    Sanjaya, Dharan

  6. srabapratham tah IGP krishana mohan shrestha dampati ko hatyara lai sajaye hunuparcha tespachi kramasha rajabadi harulai… Ke rajjya le yeso garna sakla rah. aakhir hatyara hatyarai hun chahe tyo jo sukai hos.

  7. Dear all,

    Kunai awashthyama kunai kuralai pramanit ra baigyanik adharma khoj garera doshi thayaryaunu ra sajaya dinu munasib kuraho tara jabarjasti nam prakashit garera sabailai doshi thaharyada kahilekahi nirdosh manchhe pani parna sakchha. Pratyek vyaktiko pramanraheko adhar hunuparchha. Natrabhane pheri itihas dohorinchha jastai jitneko matra itihas lekhinchha.

    Shulabh

  8. धन्यबाद उमेश जी,
    समाचार पढन पाएकोमा ज्यादै खुसि छु,तर नाम छुट्नै नपर्ने ,नाम छुटौनै नहुने गद्दारिहरुको पनि नाम छुट्न गयेको ले दु:क्ख लगेको छ्/नाम छुट्न नहुने गद्दारिहरुको नाम :-(१)शरद चन्द्र साहा(२)मनिशा कोइराला(३)कमलु ओलि(४)रमा सिह(५)सम्भुजीत बास्कोटा (६)रामप्रसाद खनाल(७)निस्चल पान्डे(८)नरेन्द्र र इन्दिरा प्रसाइ / जहा सम्म कारबाहि को सवाल छ्,बिगतका दिनहरुमा भय गरेका न्यायिक निर्णय हरुलाइ मध्यनजर राख्दा चित्त बुझौने अबस्था भने छैन/तैपनि अहिले माओ नेता पुष्प कमल र माले नेता माधव नेपाल पनि सन्गै भएकाले गिरिजा बाबु लाइ उनिहरु उपर करबाहि गर्न कर लाग्ला कि?तर आयोग को रेपोर्ट नै अधुरो छ्,किनकि उस्मा येस्तो उल्लेख छ्: अहिलेको कानुन ले कारबाहि गर्न नसकिने,तेस्को लागि कानुन बनाएरगर्नु पेर्ने भन्ने छ्,तर अन्तराष्ट्रिय कानुन बिपरित हुदैन र येसो गर्दा,/
    अत: उक्त आयोग कै भिन्न मत राख्ने २ जना बिद्वान सपुत नेपालि ले जसरि किटान का साथ कारबाहि को प्रक्रिया सहित उल्लेख गरि छुटै प्रतिबेदन दिएको भनेको छनि त्यो पढ्न त पाएको छैन त्येहि अनुसार ति दोषि हरु लाइ कारबाहि हुनु नै पर्छ,/खबरदार खुमे र गोविन्दे को जस्तो नहोस्/
    सत्पाल सिह
    उ.एस.ए.

  9. Yi sabai chorharu lai janatako hatma jimma dida k hola? Sayad janatako Aafnai tarika hola. Yadi mahile bhane jhai hunchha bhane kamima pani mahina din samma blade le sarirma chirdai khursani dalna parchha ra baki jivan char diwal bhitra ki kaso

  10. Before and now same pm in our country, i am sure he keep this Rayamaji report as previous Malik’s reports.Does pm stand with nepalese people?

  11. Yo 202 janalai jana andolan dabauna mauka dineharu ma 12 barsasamma muluk chalune haru pani hun. yi 202 janalai ta hadai sammako sajayaa dinu parchha. Ani ahile sattama vayeeka haru pani sabai chokhaa chainan. Jasto satta ko lov ma Girijale madyaawadi chunab garaunu, Congress, UML, RPP, Sadhvawana futnu ma sataa ko lolupta chaina vanera kasle vanna sakchha ? K tini harule jantako chaahaana anusar testoo gareeka huun? Tesaile 202 janalai carbahi garaunu agadi ahileka saat party ra tin ka netahrule gareko galti ko lagi janta ko agadi mafi magnu parchha ra aagaami din ma yesto galti nagarne baachaa garnu parchha.
    Ahile pani sabai party harule 202 jasta aru manchhelai samrakchan diyeera rakhekaa chhan. Yes ko pani chanbin garnu parchha ra badmas jatilai khor ma kochnu parchha.
    Ahile ka saat dal ka netale ta Mallik report lai pani tuhaayeka thiyee. Yo pachillo report pani testai vayoo vane ahileka sabai netaalai pani lattai lattle godnu parchha.

  12. माथि एउटा कुरा लेख्‍न बिर्सियो। राजाको कदमलाई समर्थन गर्नु, र जनहत्या, प्रेस र जनताप्रतिको दमनलाई समर्थन गर्नुमा भिन्नता छ।

  13. सबै २०२ जनालाई नै कारवाही गर्नुपर्ने जस्तो त मलाई लाग्दैन। त्यसमध्येका मुख्य मुख्य ब्यक्तिहरुलाई मात्र कारवाही गर्नु पर्याप्त र उचित छ। कारवाही गर्नैपर्नेहरुमा राजा स्वयं लगायत तुलसी गिरी, कीर्तिनिधी बिष्ट, कमल थापा, टंक ढकाल, श्रीष सम्शेर र अरू केहि आन्दोलन दबाउन मुख्य भुमिका निर्वाह गर्ने ब्यक्तिहरु हुन्। राजाको कदमलाई स्वीकार्यो भन्दैमा सजाय दिनुचाहिं अत्ति भो। राजाको कदमलाई समर्थन गर्नेहरुमध्ये कति त आम जनताहरुपनि त छन नि। के सबैलाई कारवाहि गर्दै हिंद्‌ने? समर्थन गर्न पाउनु सबैको अधिकार छ। कुरा प्रष्ट हुनुपर्यो। समर्थन गर्नेलाई कारवाहि गर्ने होइन बरु जन हत्या गरी आन्दोलन दबाउन प्रत्यक्छ आदेश दिनेहरुलाई कारवाहि गर्नुपर्छ।

  14. राजा ज्ञानेन्द्र आफै ले सफा गर्न लगाएको सुन्दरीजल को झ्यालखाना मा कैद गर्ने, त्याहाको क्यान्टिनको टेन्डर चाहि अहिलेनै खोलने तर टेन्डर चाहि, खुम्बहादुर खडका ,गोबिन्द राज जोशी, चिरन्जिवी वाग्ले ..तथा अन्ने भ्रटाचारी हरुलाई खोल्न लगाउने उनीहरुलाई नै पार्ने / अबको लोकतान्त्रिक गणतन्त्र को अभियान मा उनिहरुको केहि पनि काम छैन , बिचरा उनिहरुले पनि क्यैगरी खाओस..
    तर त्यो क्यन्टिन बाट उनिहरुलाई पनी बाहिर निस्कन नदिने / मेरो कुरा कस्तो लाग्यो क्रिपया प्रतिक्रिया पाम,
    मानन्धर जेपिएन्/

  15. anybody has yet talked about the development of country? Everyone is after revenge and trying to secure their positions. For decades Nepal has been send backward by various political reasons, there were no development at all during those periods. Nepalese now expect political stability and development of infrastructures. Lets expect those neglected topic to be covered with due attention by up coming government

  16. उमेश भाई तपाई चाहे मनन गर्नुस् चाहे नगर्नुस् भाडावालाका छाडा कुरा भनेर ल्बगमा ठाँउ दिनुस् या नदिनुस् यो मेरो कुरा होइन सबै ल्बग पडेर मेरो राय दिन्छु भनेर बसेको थिए नभन्दै आज कहि शमाचार अगाडि बडेको पाए कान्तिपुरे अंग्रेजी संकरणलाई धन्यवाद दिन्छु ।
    यो देसाँ त खै के भको तेत्रो रगत र पसिना दिएर फर्काइको प्रजातन्त्र अनि नामाकण पनि गरेर लोकतन्त्रपारेको तेत्रो बिरामी हुँदा पनि उहाको सिघ्र स्वस्थ लाभ को कामना गर्दे परिवर्तनकोलागि गिर्जाउलाई नै कुरेर देश पर्खेर बसो अहिले ठकुरिमाईलाले जन्तालाई सुम्पेको नासो फेरि गिर्जाउले गोजिमा हाल्नु भो के भन्ने बिकल्पमा अर्को गिर्जाउ छैन जस्तो छ। यो प्रतिबेदन उहाले होइन उँहाको हाता परेको १ मिनट भि्त्र जन्ताले जानकारि पाएर कार्वाई को लागि सर्कारि वकिल बन्जाडेलाई दिनु पर्ने हो त्यो पनि हेरि बुजि कडा भन्दा कडा कार्वाई चाडो भन्दा चाडो गर भनेर तर खै………..
    जे भए पनि कोइ पनि कार्वाई हुन्छ भनेर डुक्क नहुनु जन्ताले आन्दोलन गरे कार्वाई हुन्न भन्ने पनि छैन तर…………
    गिर्जाउको स्वबिबेकले कार्वाई हुनु भनेको …यो सम्भव छैन। बिगतलाई सम्जे र गिर्जाउको अबिब्यक्तिलाई पढे हुन्छ अनि प्रतिबेदन पनि हचुवानै छ भन्ने कुरा बुझिन्छ सबैकानुन हुदाँहुदै पनि कानुन छैन भनेर तारो थाप्ने काम भएको छ। ज्यानमारालाई ठोक्ने कानुन जस्ता कानुन त नेपालमा मेरो स्वर्ग बासी हजुरबा भन्दा जेठो हो मेरो पालाको के कुरा ………
    तर प्रजातन्त्रमा सर्कारी स्तरबाट कार्वाई हुनु पर्छ भन्ने छैन को दोषि भन्ने थाहा पाईयो यो ठुलो कुराहो अब जन बहिस्कार गररेर समाजको सोलिडारिटिबाट बहिस्कार गर्नु बेस होला ।
    नत्र यो कार्वाईको पछि दगुरेर हामी दोसीको मान बडाउने काम नगर्दा राम्रो होला।
    सामाजिक बहिस्कार ठुलो कार्वाई हो सायद यो प्रतिवेदन यसरि चुहाएर भएपनि सार्वजनिक गर्छन जन्ताका छोराले अनि हेरेर आगाडि बडुंला।
    तर कार्बाई हुने कुरामा कोई कसैले बिस्वास लिन्छ भने उस्ले नेपालका राज्नेताको बारेमा धेरैकुरा जान्न बाकि छ भन्ने बुझे हुन्छ।
    ज्वलन्त उदाहरण खुमे र गोबिन्दे पनि २पैसे दन्तहर्सका साथ तपाई हामिको हगाडि छापामा नदेखेको होइन।
    नेपालको कानुन आजसम्म बनाउनेले जानुन अब हाम्रो जान्ने पालो।

  17. AA Jana Andolan dabaune mathi yakdami kada karbai hunu parcha hai. Janata ko Sarap ta aaile pani lagi sako. Janata nirdos hunchan, sojha hunchan, Tara Kamjor hudainan. Janata jinda bad….

    KPS, Dolakha

  18. If Girija does not take strict action against these retroviruses, he must go to the hell. If you want to to the heaven just like Udhirista, immediately imprison these nonsense stupid guys. I hate that Madhav Thapa, the most.

  19. पि.एच.डि पास गरेर लन्डनको केटा सङ बिहे गरेर छोरा छोरिहरु उतै हुर्काएर पोइलाई समेत नेपालको नागरिकता दिनु पर्छ भन्ने बुद्दि जिबि नारि निरङ्कुम्शि शासनमा मन्त्रि हात पार्न सफल भएकि राजाको नजरमा स्वच्छ छबिमा गनिएकि आइमाइ कता गैन? खै यिनिलाई कार्बाहिको सिफरिस खै त? को आइमाइ भन्ने त चिनि सक्नु भयो होला नि हैन? मुर्ख आइमइ ( दुर्गा पोखरेल)

    कपिल

  20. आखिर यि कुकुरहरुलाइ हामि जनताको अधिकार र खुसियालि खोसेर के पायो??
    अबको सरकारले सक्छ भने यिनिहरुलाइ नया कानुन बनाएर फासि दिनु पर्छ।
    सक्दैन बने जन्म कैद सजाय दिनु पर्छ।
    मलाइ त यिनि हरु सबै लाइ लाइन् मा राखेर मकै भुटेको जस्तो गोलि ठोकेर मार्दिन मन लाग्य छ।
    गधाहरुलाइ अलिकति पनि यो देश र जनताको माया लागेन होला।
    खालि एउटा कुर्शि र पदकोलाघि निरन्कुश राजाको पछाढि दौडिने यि कुकुरहरु थुक्क,,, अलिकति पनि लाज लागेन
    सक्छ बने भरु सिस्नु पानिमा डुबाएर दुलाइ दिनु पर्छ अनि मात्र अर्को निरन्कुशवादिहरुले मौका पौदैन।।
    अन्तमा——ज्ञाने चोर् देश् छोड्

  21. Umesh ji,

    Thanks for information. All those persons must be given life time jail punishment but here has started the game of saving them already on the report of Rayamajhi Aayog also.

    There is no any clearity about the punishment to the then chairman of the Ministries. Tyaha aru mukhya doshi jastai army ko chief, police ko chief harulai ta jhan chetawani dekhi barkhastagi samma j pani garna sakinchha are. What does it mean ?Desn’t it mean that this report has cleared the way to save them ? In the case of ohters also, there is no any strong punishments to the accussed. Baru talaka ti bharaute sipahiharu jo chai mathi ka thaluharule j bhanyo tyahi garne lai jyan sambandi muddha pani chalauna sakinechha bhaneko chha. Yasto pani asaman nyapranali hunchha ? Yo aayog ko yadi himmat hunthyo bhane sabbhanda pahila yo raja ra yasko kuputra lai barkhasta garera sambidhan sabha samma ko lagi rajsanstha nai nilamban garna aadesh dina saknuparthyo ra turunta doshi dekhiyeka sabailai mau samet jail ma halna aadesh dinu parthyo.

    Yo aayog le ta kehi pakkai pani garla bhaneko yasko ta tal yasto chha bhane iiiiiiii hamra netaharule chai kehi garlan jasto malai lagdaina. Hadd se hadd bhaye aba dekhi yasto nagarna ko lagi chetawani dinchhau samma chai publically bhanlan.

    utshab.wordpress.com

  22. Yes, Umeshji these traitors should be punished severely so that no other tyrant emerges in the future. But what about Givinda Raj joshi, Khme Khadka and others who were the proven corrupt leaders?

  23. राजाको शासन धलेको भोली पल्ट गिरिजालआई गाइको गहुतले चोखो परे । अनि यसपाली त गोबिन्दे र चिरिन्जिवी उम्किए । के भन्ने नेताहरुलाई ?

    -myyogen
    HK

  24. hamro desma mirtudanda chhaina ra ho haina bhane e aparadhiharulai rukhma jhudayara mareko seen herna man lageko thiyo k garne….

  25. ALL THESE GANG OF OLD REGIME MUST BE BROUGHT TO JUSTICE!

    WITHOUT RE-STRUCTURING rNA, IT IS VERY HARD TO PUNISH THEM!

    THE use of rNA to protect these gangs and work against people..we have seen these for years & years!

    Once a new regime set up with backing up of people’s guns, then these gangs can be punished in right way!

    The current legal power of regime is under control of CEREMONIAL GANG [MONARCHY] so this regime can not punish these gangs!

  26. What about the recommended punishment for these people? I thought the commission is (was) supposed to present recommendations for actions against these people as well. Am I wrong?

  27. Where is
    Paras Shah- tried to bring weapons in exchange to rhinos
    Chamcha Ram Prashad Khanal- forced local officials to buy a piece of mandale Cd’s- Bhrastachar and tax exemption
    Other Mandale Patrakars and Publications- Samacharpatra, Himalay times and Rajdhani authorities who got bribes, 15, 5 and 10 lakhs respectively

  28. Where is Mandale RAM PRASHAD KHANAL who sold all MANDALE CDS to municipality, district and village officials by permission from home ministry?

  29. I think it is very hard to take action with all of them .we should find out who is the key person to dominate the andolan. i wish take action to all this guys of name list

  30. Umesh ji, tyo naam pachadi ko comment afaile bhareko ki, report ma nai ullekh bhako ho? je hos…..comment jhakkas lagyo!

  31. These people are nothing, I think they acted in accordace with the direction of then Cabinet Head Ghyanendra and Kirti Nidhi Bista and Tulashi Gire and Ramesh nath Pandey.

  32. उमेशजी, सुचनाको लागि धन्यवाद.
    यी सबै देशद्रोहीहरुलाइ झ्यालखानामा देखिने दिन आउने चाहि हो कि हैन! अनि शम्भुजीत बासटोका डाका, रामप्रसाद खनाल, निश्चल पान्डे हरु चाहि सज्जनमा गनिएछन? नरेन्द्र-इन्दिरा प्रसाइ कस्का नातेदार परेछन कुन्नि? यिनलाइ हो नि राको बालेर खेदाउन पर्ने त.यी दुर्गा पोखरेल आन्टीको बारेमा अलि ब्याख्या सहित बिस्तृत जनकारी पाउ न. जय होस!!

  33. Umesh Ji,

    Khai ke lekhne. I am waiting to see what action the present government takes to punish those culprits. When I read in the news about Khum Bahadur Khadka and Govind Raj Joshi being found innocent by the courts I can not believe that the present leaders have guts and will to punish those found guilty by the commission. I can see nothing happening to those killers to tell you frankly. That is the ultimate turth about Nepal.

    Prayas
    Washington D.C

  34. bhae bhar ko sab jana lai doshi taharaiyeko racihha. Malai ta yo raja ko pali ma baneko uchha stariya bhrastachar niwaran parsishad bhanda farak lagena. jas jasko naam payo sab ko naam halera doshi bhandyo anandai.
    ani umesh ji lagayat aru sathi haru lai pani thaha hos bhanne hisab le tala ko kura lekhdai chhu. Kunai kanoon niyam nabhaeko kura ma ghatana gatisake pachi kaanon banera lagauna mildaina. Yo antarastriya kaanoon ko biparit ho. Laws cannot be made on retrospection. Yo kura purva nyadhis Rayamajhi ji lai kasari tha bhaena ma acchamma pareko chhu. Malai lagchha yo pani janta lai jhukkaune kaam matrai ho. Lau herun ta kun chain ko tagat hune raichha ee sab 220 jana lai karvahi garne. Kun ground ma karvahi garne, kun niyam palana garne…..populist attention matrai khojera kei hudaina….sab waihyat ho…herdai janus sathi haru ho…please dherai excited nahunus kasailai kei garna sakne wala chainan iniharu le. Feri khai ta raja ko sasan ko bela ma khub akhabar ma padhna paine sarad chandra shah jasta ko ta naam rainchha ta hyaan???

  35. 202janale sajayan paauchhan,pakkai pani paaunchhan yadi tyesto bhayena ra huna sakena bhane kina huna sakena kasle hunadiyana tyasupar karabahi garna janata ahile tayaar chhan.tesaile ko ho tyo seremonial badi ra tesle karabahi garnama kina rokne han?ki tiniharu lai pani uhi mailo thakuri sanga SATI jana manlagya chhaki kaso?
    SulSule Mailo
    NY,USA

  36. Hunata Nepalmaa FAASHI chhaina… Tyasailey Yiniharulaai Aajiban KARAABAAS ko SAJAAYA dinuparchha. yo bhandaa raamro sajaaya kehi pani chhaina yii chor BHAATMAARAA harulaai.. dhanyabaad..

  37. they should be punished pulicly without napotism and favouritism. But i am not much hopeful unless and until all nepalese compel and keep thrust continuously to the interim government.

    We noticed that most of the notorious persons listed above are already involved in one or another type of crime before this. May be they are not worried much about this time too……………So, we can at least think in what extent they should be punished so that they cant live with their real face in our sacred land “NEPAL”. I am neither in favor of death penalty nor forgiveness in moneytary value. they shold live a dead life with full of regret because they are not human beings.

  38. Umesh G
    K tapai laie Karbahi huncha jasto lagcha??? Girija ra Makunay lay naie 202 laie naie karbahi garna dindainan.
    HOina tyo bank dubaunay Prasai, home ministry tahasnahas parnay ani kala taskar ka nayakay KHUMAY ani GOVINDAY lai choko pareko dekhnu vayana Girija ko Loktantrik sarkar lay. Hoina MAOIST PAni k Herayra baseka?
    THUKKA NEPAL KO DURVAGYA

Comments are closed.