-दीपक अर्याल-
[राजनीतिक र सामाजिक विषयमा ब्लग लेख्नुहुने दीपक अर्यालले यस पटक आफ्नै बारेमा ब्लग लेखेका छन्। जनवरी १ मा आफ्नो जन्मदिनको प्रसंग जोडेर उनले आफ्ना बारेमा लेखेका कुराहरु देशमै रहेका र विदेशिएका अौसत नेपालीका कुरा हुन्।जन्मदिनको शुभकामना दीपक अर्याललाई म र सबै पाठकको तर्फबाट- मेरो संसार ]
‘घुमिफिरि रुम्जाटार’ भनेजस्तै जनवरी १ फेरि आइपुग्यो। धेरैले कुरेर बस्ने दिन भए पनि मलाई जनवरी १ ले सँधै झस्काउने गर्छ। यसपाली पनि जनवरी १ ले त्यसैगरी झस्काइदियो जसरी पहिले-पहिले झस्काउने गर्थ्यो। अफिस विदा लिएँ र अतितहरू पल्टाउँदै गएँ। जनवरी १ अर्थात् मेरो जन्मदिन। नेपालीहरूको औसत आयुको हिसाबले भन्ने हो भने मैले मेरो उमेरको आधा जीवन बिताइसकेको रहेछु। जिउनका लागि मसँग अब आधा जीवनमात्र बाँकी छ। त्यो आधा जीवनको आधा भाग त म सुतेर र गफ गरेर नै बिताउने छु, बाँकी भागहरूलाई कसरी जिउने हो, कसका लागि जिउने हो भन्न सक्दिन। करिब ०५२सालतिर एउटा कविता पढेको थिएँ। आज फेरि त्यही सम्झिएको छु,
आज,
इस दीवार पर,
फिर एक रङ्ग चढ गया है
मेरी उम्रका एक साल बढ गया है
इस दिन,
जिन्दगी के सपने भी बूनना है
मौत कि आहट भी सूनना है
खिली हुई धूपमे
नहानेको उतरना है
और किसी वेवफाकी यादों के
साये से भी गुजरना है।।
म के बन्न सकेँ वा के बनिन? हिसाब गर्ने बेला भइसकेको छैन क्यारे। साथीहरूले के गर्दैछन् त्यसैको आधारमा मूल्याङ्कन वा तुलना हुन्छ। फल्ना साथी विदेश गएर यति कमाएको छ। फल्ना साथी, आइएनजीओमा काम गर्छ यति कमाउँछ। फल्नाले व्यापारमा प्रगति गरेको छ। फल्ना डाक्टर, इन्जिनियर बनेको छ आदि इत्यादि। साथीहरूका माझ कैले-काहीँ तर्क चल्छ कसले सबैभन्दा प्रगति गर्यो कसले गरेन? को बिग्रियो को बन्यो? तर यसरी तुलना गर्दा तर्क भने आ-आफ्नै हुने गर्छ र तुलना गर्ने कुनै ठोस आधार वा मापदण्ड हुँदैन। तुलना गर्दा तुलनाको मुख्य आधार धेरैजसोले ‘पैसा’लाई नै मान्ने गर्छन्। पैसाको हिसाबले तुलाना गर्दा म प्रगति नगरेको मान्छे नै हुँ। तर मैले सम्झेका वा चिनेका कैयौं साथीहरू छन् जसले मैले भन्दा निकै कम पैसा कमाउँछन् अथवा भनुँ उनीहरू आफ्नै घरमा आफ्नै खेतबारीमा काम गरिरहेका छन् र Monetary Valueका हिसाबले कम आम्दानी हुन्छ। त्यसैले पैसाका हिसाबले मात्र हो भने त मैले प्रगति गरेको मान्नु नै पर्छ। तर कहिलेकाहीँ उनीहरूको घरमा गएर बस्दा मलाई मेरो जीवन निरस लागेर आउँछ। बाजे-बज्यै, आमा-बाबु, र छोराछोरी एउटै घरमा एउटै आँगनमा रमाइरहेका छन्। सुख, दु:खमा आफ्ना मनका भावनाहरू साटिरहेका छन्। म प्रगति गर्न निस्किएको मान्छेलाई घरमा के हुँदैछ? थाहा छैन। आमा-बा त सधै ‘बेसै छ’ भन्छन्। छोरा-छोरीको अगाडि उनीहरूले किन गुनासो गर्थे, किन दु:ख देखाउँथे? कहिलेकाहीँ फोनमा कुरा हुन्छ। वर्षमा एकपटक घर पुगिन्छ। त्यो पनि बाध्यताले गए जस्तै, घर पुगेको अर्को दिन अफिस आउन हतार हुन्छ।
आजकाल छिमेकीहरूले चिन्दैनन्। कताकता घरपरिवारका लागि कमाएर त दिएकै छु नि भन्ने घमण्ड त गर्छु, तर मनले मान्दैन। पैसाले मात्र हुने भए आमा बिरामी भएका बेला छिमेकी आएर किन हेर्नुपर्ने हुन्थ्यो र? धन्न छिमेकीहरू छन्, धन्न भाइ छ, कम्तिमा दु:खका वेलामा साथ त दिइरहेका छन्। भाइ पनि सोच्दो हो, मैले मात्र बाबु-आमाको नुन कहाँ खाएको छु र? म पनि त कमाउन सक्छु, म पनि त आमा-बा छोडेर परदेशिन सक्छु। मेरो पनि त आखिर जिन्दगी छ, मैले पनि त मेरो लागि कमाउनु पर्छ। तर आजसम्म मौन बस्दैछ र मैले चालेका प्रत्येक पाइलाहरूमा चुपचाप समर्थन गरिरहेको छ।
कहिलेकाहीँ मनमा लाग्छ, मलाई ठूलो मान्छे बन्नु छैन, धेरै पैसा कमाउनु पनि छैन, समाज वा राष्ट्रका लागि मैले केही गर्न सक्ने पनि होइन भने किन आमा-बाबुसँगै बसेर मेरो जीवन नबिताउने? तर त्यस्तो सोच्दा सोच्दै, मैले मेरा साथीहरूलाई सम्झिन्छु। उनीहरूले पनि त छोडेका छन् आफ्ना आमा-बाबु, आफ्नो समाजलाई। अझ, यति पढिसकेपछि मैले ‘पैसा’ कमाइनँ भने, ‘नाम’ कमाइनँ भने र म आमा-बाबुसँग फर्किएँ भने मेरा साथीहरूले मलाई के भन्लान्, मेरा छिमेकीहरूले मलाई के भन्लान्? उनीहरूको भनाइसँग मलाई डर लाग्न थाल्छ। उनीहरूले गरेको प्रगतिसँग मलाई डर लाग्न थाल्छ। म मैलेभन्दा प्रगति नगर्नेहरूलाई हेर्न छाडिदिन्छु, उनीहरूसँग आफूलाई तुलना गर्न छोडिदिन्छु। आफूभन्दा प्रगति नगर्नेहरूलाई हेर्दा त प्रगति भएकै छ नि तर मान्छेको जात न हो त्यता हेर्दैन।
त्यसैले मलाई भन्न मन लाग्छ, जति ठूला कुरा गरे पनि, जति आदर्शको कुरा गरे पनि हामी सबैले व्यक्तिगत जीवनलाई सुखी बनाउने प्रयास त गरिरहेका छौं। हामीहरू आमा-बाबुका लागि पैसा कमाइरहेका छैनौं, आमा-बाबुका लागि संघर्ष गरिरहेका छैनौं अझ समाज वा राष्ट्रसँग त हामीहरूको नाता नै छैन। भागिरहेका छौं, दौडिरहेका छौं कुनै मृगतृष्णा बोकेर। व्यक्तिगत सपना बोकेर, व्यक्तिगत इच्छा, आकांक्षा र चाहनाहरू पुरा गर्ने उद्देश्यका साथ। हामीहरू आफ्नो व्यक्तिगत जीवनलाई कहाँ पुर्याउने र यो कसरी बिताउने भन्ने ध्याउन्नमै छौं र यसकै लागि संघर्ष गर्दैछौं। त्यसैले म असल छोरा, असल नागरिक र असल छिमेकी होइन तर असल ‘म’ भने हो।
दीपक जी, थप एक बर्ष आयू घटेकोमा यहाँलाई हार्दिक समबेदना । संसारमा पूर्णता कही पनि छैन। पूर्णता सापेक्षित कुरा हुन् । अन्योल्ग्रस्त बनि कुनै कुराको पछि पछि मृगतृश्न बनि भाग्नु बेकार् छ। “कर्म गर तर फलको आशा नगर” यही जिन्दगीको सफलताको रहस्य हो।
Deepak ko Deep jasto article, very lovely, mutu chune
Deepak sir, thank you very much for speaking my words.
In fact, i also think like you. Right now, i am in usa, and i am missing all the culturesof my country, the family, society and the country. I came here to progress, menas to have lots of money. But, in that, i am now losing everything. Nothing is here. Only money and money, no family.
Thank you again for memorizing my days with my familiy and the friends in nepal.
And, of course, many many happy returns of the day, even belated.
दिपक,
जन्म दिनको शुभकामना!
तपाईको जस्तो मनोगत भावना अधिकांश नेपालिहरुलाई छ। अहिले हामिले देशमा आमुल परिवर्तनको कुराहरू गरेका छों, वास्तवमा मैले अझै देखेको छैन। हामीलाई काम नगरिकन ठुलो बन्ने सपना, म मात्र जान्ने, मैले भनेको कुरा ठिक, हामीहरू मात्र सभ्य, म बहादुर, म ठुलो जात, म हुनीखानी, म फलानो देशको लाहुरे, म फलानो देशको विश्वविद्यालयबाट डिग्री लियेको छु, मैले धेरै पढेको छु कामै पाइदैन आदि आदि।
यस्ता किसिमका कुरितीहरू कसरी आयो, वास्तविकता नबुझिकन कागको पछी लाग्ने प्रबृती सही पहिचान नगरेसम्म भोलि प्रचन्डले प्रचन्ड बहुमत ल्यायेर राष्ट्र प्रमुख भये पनि केहि हुने छैन।
म केहि बिकृती हरू औल्याउन चाहन्छु।
१) डाक्टर, ईन्जिनीयर बन्ने सपना: २००७ साल पछी सत्ताच्युत शाही, राणा र सम्भ्रान्त परिवारका सन्तानहरू लाई आफ्नो पुरानो साख कायम गर्न लगाउन (घुमाउरो पारामा) नया बिषयमा सुरूआत गराये अनी तेसको सिको सम्पन्नताको स्वाद चाखेका र देखेका क्षेत्री, बाहुन, नेवार र केही अन्य जात् जातीले पनि गर्न पछी लागे। एवम रितले यो वृक्षको जरा ऊनीहरूका नातेदार, ईष्टमित्र र गाऊं गाऊं सम्म पुग्यो। यस्को परिणाम त हामीले अहिले भोगिराखेकाछो काम नगरिकन ठुलो बन्ने र सम्पन्नता हासिल गर्ने। ईदम् भ्रष्टम् उदम् भ्रष्टम्।।
२) छोरीबेटीलाई ठुलो घरमा पठाउने: राणा शासनमा गाऊं गाऊंमा लहर् चलाइयो मान्छे पठाइयो छोरीबेटीलाई दरबार हुल्ने प्रवृतीको शुरूआत भयो जात मिल्नेको त केहि उद्दार भयो होला ल्याइते र ब्याइते भयेर तर जनजाति त्यस्मा पनि काठमाण्डु उपत्यका वरिपरी बस्ने तामाङ (अन्यथा नलिनु होला) हरूलाई सराप लागेको जस्तो भयो (२००७ साल पछि)। अहिले (२०४६ साल पछी) देश भरिनै कुना कुनामा आगो जसरी फैलियो हरेक वर्गमा। आज ईण्डियाको शहर मात्र हैन अरब राष्ट्रहरू सम्म फैलियो चेलीबेटीको बेपार।
३) लाहूरे र विदेश जाने चलन: जब प्रथम र द्वितीय विश्व यूद्ध हुना थाल्यो बेलायती सरकार द्वारा तत्कालिन शाषक वर्ग सग सौदा गरियो लेन देन मिलाइयो अनि नेपालमा नै भर्तिकेन्द्र सारियो अनि देशको कुना कुना तप्का तप्कामा लहर चलाईयो भर्तीको। तेस्मा पनि केहि पक्षपात भयो खासगरी पूर्व ३ र ४ अनि त्यसै गरी पश्चिम ३ र ४ नम्बरका जनजातिलाई बलिको बोको बनाईयो (राई, लिम्बू, गुरुङ्, मगर आदी लाई), आफ्नो खल्ति भरियो। तर उक्त स्थानहरूमा बसोबास गर्ने बाहुन, क्षेत्री, नेवार, सन्यासी, दमाई, कामी, सार्की अनि तेसै गरी काठमाण्डु उपत्यकाका रैथाने र वरिपरी बस्ने खास गरी तामाङ्, शेर्पा हरुलाई रोक लगाईयो। किनकी तत्कालिन समयमा शाषनब्यवस्थामा यो तप्काका मानिसहरुको ठुलो योगदान थियो। अहिले हामीले यसको असर भोग्दै छोउं जातिय बितृष्णा र वैमनश्यता अनि आफ्नै देशमा केहि गर्न नसक्ने, अरुको भाडाको टट्टू अनि अरुको मुख ताक्ने प्रवृती।
sadha and deepak
I guess you guys might be some kind of chhetri(khatri).sorry I did not mean to hurt you guy’s feelings.I was just trying to generalize things.Today people are talking about ‘newar bad’,’bahunbad’etc.I was talking worst of all that is ‘chhetribad’.which is destroying our country from centuries.
life sajilo kahaa huncha ra..? harek kuraa ko duitaa meaning ani side huncha….!!
eutaa gardaa arko bigrincha…arko gardaa ..arko bigrincha…
but j jati bhane pani…mero laagi paisaa money nakamaaye samma….money kei hoina jasto laagnechaina.
aile money chaina, kei chaina jasto laagcha…..herum money kamayesi k jasto laagdo raicha..!!
but j jati jasto sukai bhane pani…money bhaneko money nai ho…mero laagi…aile ko laagi.
ho family important cha…but money chaina bhane…family lai hasaune khuuwaune lugaune kasari..??
Happy b’day Deepak Sir,
There is no absolute truth on the face of this earth.As we know no life is perfect.Westerner seeking for spiritual wellness whereas easterner seeking material wellness, it seems no one is completely happy.We were born alone and die alone, so all this earthly happiness is a mirage.
So, let us do our best to live or lead our life, let god do the rest. There is no ultimate thing that can bring happiness to us, its us, we trade bigger things to become more happy but its a indelible fallacy of our human socitey.
Gimme hi5,we all are set for a life journey in the same boat seeking for a blissful destination of our life.
जीवन आशबादी हुनै पर्छ/ मेरो कमन्पनी मा काम गर्ने एक २४ बर्षीय केटाले मलाई सोधे मानन्धर ज्यु तपाई भोली म-र्यो भने के गर्ने मैले भनेम नो प्रोब्लेम , उनी थिए मेरो कम्पनि कै बोस को छोरा जुन मसन्ग प्रश्न सोधेको थियो.. मैले त्यसरी उत्तर दिई सके पछि उस्ले आधा हासो र अलिकति रातो अनुहार पार्दै मलाई भने ..त्यता पत्त्ती को मान्छे हरु साचिक्कै take it easy रैछ है भने, मेरो उत्तर ले उस्लाई चित्त बुजेको छैन भन्ने कुरा मैले बुजेको थिॅए,
हामी काहा यस्तो परिस्थिति मा धेरै उखान छ/ आफु मरे पछि डुमै राजा, भोलि नै नमरे पनि एक दिन अबस्श्य मरिन्छनै त्यैभएर आज मोज गर्नु पर्ने भन्छन्, म पनि उस्तै भन्थ्यम सायद अरुपनि उस्तै भन्छन होला,
तर त्योकेटा मर्ने भयो भने उस्ले केगर्ने रे….???उस्को कुरा पछि राखुमला तपाई हरुले रुचाई दिएको खण्ड मा? उ एक अबिबाहित ..उस्को प्रेमिका पनि छैन ..आफ्नै बाउ को कम्पनी भएपनि उस्ले बिहान ७बजे देखि बेलुका ८:३० बजे सम्म काम गर्नु पर्छ , हामीत आफु जति काम गर्ने हो त्यति तलब पाउने यानिकि हाम्रो मुल्य घन्टा को हिसाब बात हुन्छ अनि . आफुलाई पाएक पर्ने समयमा बिदा लिन पाउछ ..जापान मा यस्तो काम गर्ने लाई आरुबाइतो भनिन्छ( part time job), तर मेरो बोस को छोराले कहिलै बिदा पाउदैन , २००७ नया बर्ष को लागि त्यो कम्पनि मा काम गर्ने प्राय सबैले बिदालिए मैले पनि ३१ तारिख देखि ३ तारिख सम्म बिदा लिऍ,एक जना चाइनिज केटी ले मात्रै बिदा लिएन किनकि उस्को काम गर्ने अबधि बिहान ६बजे देखि बिहानको १० बजे सम्म मात्रै हुन्थ्यो त्यसैले उस्ले काम बाट छुटटी लिनु पर्ने जरुरि ठानेन, मेरो बोस को छोरालाई आफ्नै बाउले पनि बिदा दिएन किन होला?? त्यही ब्यक्तीले भोलि मर्ने भयो भने के गर्ने भनेर प्रश्न पनि गरेका थिए/
तपाई हरुलाई जान्न मन छ भने भन्नुस ..म फेरि पछि लेखने कोसिस गर्छु/
मानन्धर जेपिएन/
Dear deepak ji
Hajur ko lekh ekdam ramro lagyo ra kehi prernadayak pani cha. Hajur lai badhai cha lekhan prakriya ma hat haleko ma. Nepali samaj lai tapai jasto yuva ko khancho cha.
Ant ma tapai lai badhai cha.
Bishnu Bahadur Thapa
Training Adviser
United Nations Integrated Mission in East Timor (UNMIT)
Dili, East Timor
Via New York: +12129630099 Ext: 7627
Via Timor Telecom: +670 3312 210 Ext: 7627
Mobile: +670 – 7313676
Mail: [email protected]
Hello Deepakji,
Happy Birth Day.
jindagi ko katha lekhnu bhayacha ra sarai maan choy0.yo problem bhaneko harek nepali ko jastai lagcha malai pani,ma ta tapai jasti victim nai ho.
Deepakji,
I wish you a very happy birthday though belated. I also kinda celebrated mine on 1st January and tried to reflect some of the things that you were discussing.
Madanji,
I did not like the way you process you thinking. It seems to me you are suffering some king of inferior complex and please get rid of it before it makes you sicker.
दिपक जी, खुसि लाग्यो कि बास्तबिक कुरा लेख्रु भयो ।
Happy birthday to you.
Then, Congrats for nice article.
I exactly think the same, I could do nothing to my family and nation, but use to think I am doing lots only by sending few amount of money that is far less to my family for their hands to mouth also.
My less educated (school education only) brother (senior to me) has done everything by living with my family. Thank to him.
I want to sacrifice myself for the nation. But, except participating in nation wide protest against the Gyane regime, I could do nothing for nation.
But, whenever time called, I willnot let my head down to fight for the nation.
Deepak jee,
happy Brithday to You.I love Your writing stories.thanks
Your Lovily Gita Basnet
दीपकजिलाई ढिलै भए पनि जन्मदिनको शुभकामना । सुत्ने कुरामा चाँही अलिक धेरै नै सुत्ने बिचार गर्नु भएछ । तर बिकसित देशहरुमा मान्छे कम सुत्छन् भन्दैमा बिकास त्यसकारणले भएको हो भन्ने इङ्कित गर्न सकिन्न । भुँडिले मान्छेलाई सुत्न नदिएको होला जस्तो लाग्छ । त्यही भुडि भर्ने अभियानमा आँखा मिच्दै काममा लाग्न बाध्य छन् र मान्छे कम सुत्छन् ।
Deepak jee Namaskar
Dhilai vaye pani janmadinko shuvakamana. Tapainle jastai gari ma pani share garne chhu mero jeevan gatha Feb 1 ma yedi umesh jee le alikati space dinu vo vane ?
Umesh jee, Mero janmadinko din Feb 1 ma malai space dinuhunchha kehi manko kura share garna ? Yo english calender anusar feb 1 vaye pani nepali calender anusar magh 18 parchha tyesaile na aattinuhola
Deepak Dai,
Happy late birthday.
very nice article and keep writhing.
Anup
Happy birthday Deepakji sarai ramro article
ma pani kahile kahi yestai sochchhu.malai birthdayma gift dida kasaile jiskayako jasto lagchha naki wish gareko
कुरो जायज भएपनी आधा जिवन सुतेर बिताउने कुरा चै मलाई रोगी नभए सम्म ब्यबहारीक लागेन। एक स्वस्थ मान्छेले १/३ जिवन (यानेकी ८ घण्टा) सुते पुग्छ। बिकशीत देशहरु (जापान, अमेरीका ई ई) मा मानिसहरु ४-५ घण्टा भन्दा बढी सुत्दैनन् जसको मतलब हो उनीहरु १/६ जिवन मात्र सुत्छन।
यहांको दिनमा १२ घण्टा सुत्ने योजना यहांलाईनै मुबारक।
Happy birth day to you.
Quick comment, you can highlight your article with Nepali poems also.
Mitra, USA
Many many happy returns of the day
happy birthday to u
जन्मदीन्को सुभकामना
बीनोद
बास्तवमा यो ‘म’र ‘मेरो’ भन्ने शब्दले दुनियालाइ यति स्वार्थी बनाएको छ जसका उदाहरणहरुमा ठ्कुरी माइलाले बीरेन्द्रको खानदाननै मेटाइ दियो साथै बुशले खेलेको खेलले सब्द्दामलाइ झुन्डाइयो यस्तै कयौ कुराहरु तपाइ मुल्याङ्कन गर्न सक्नु हुन्छ नेपालको सरकार नै हेर्नुहोस कुर्सिको लागी खिच्चातानी साथै राजदुतको नियुक्तिमा गिरीजाको नातावादि आदि इत्यादि यो सबै म र मेरो भवानाले भैरहेको हुन्छ! तर तपाइले कुनै पनि काम् तपाइ आफुलाइ गरिरहनु भएकोछ भने प्रतक्क्ष वा अप्रत्क्क्ष त्यसको असर मुलुकलाइ पर्न जान्छ यदि तपाइ झै सबैले एक एक काम थाल्ने हो भने देशको बेरोजगारी कम हुन जानेथियो सायद देशमा चक्का जाम र नेपाल बन्दशब्द शब्दकोशबाट हराउने थियो होला! तर ‘म’ भन्दा एउटा कुरालाइ ख्याल राख्नुहोला दिपक जि राजा महेन्द्रले ‘म’ कै कारण आत्माहत्या गरेका थिए त्यसैले मका पछि पागल भएर लाग्नु भने बेकुप्ता हो
Deepakjee
you are very lucky that you have such questios in ur mind…otherwise, the first thing happens to so called “positive minded” and “successful” people is that they shut themselves from these questions because it challenge their own selves and ego.I should admit that I too have questions of same nature in my mind…and u may have felt, if u share those things to others(including your family members and closest freinds), there are chances that u may be dismissed as a negative person, an unsuccessful member of this civilized world and more fancifully as a person suffering from “mid life crisis”. I guess, I am older than you and at this stage, I have resolved to live my life on my own terms…….just trying to find answers of those “impossible questions”. Don’t u think life is more joyful in wandering about those questions than have a very conclusive answers to each and every questions like a computer or most of the people around us.
Happy birthday and here is part of a poem for you by Sri Aurovindo in his epic “Savitri”
Whoever is too great must lonely live.
Adored he walks in mighty solitude;
Vain is his labour to create his kind,
His only comrade is the Strength within.
ःह्ल्लो,मदन जि तपाइ येसरि जातिये भाषण् नछाट्नुश है?सबै हामि नेपालि हौ भन्ने शोच्नुश ,येस्तो शोचाइले तपाइको मुल्यान्कन गराउछ(तपाइ कति अकल भयेको मानिश हो भनेर)!अहिले येक्काइसौ सताब्दि मा आफुलाइ जातिये घमण्ड गर्नु र ग़र्यो भन्ने भावना राख्नु दुबैको मुर्खता हो!होला कोइ मुर्खा ले अझै गर्दै होलान त्यस्लाइ सहि बाटोमा ल्याउन सक्नु नै हाम्रो बुद्दिमता को काम हुनेछ!येस्तो सन्कुचित भावना ले कसरि अघाडि बढ्न सकिन्छ?हामि नया युगमा छौ,देश्मा सद्भभाब ल्याउने नया नेपाल बनाउने प्रयेत्न गरौ!य़ेसरि येउटा बिराउने शाखा पुर्याउने नशोचौ!त्य्स्मा हामि सबै क्रमस पर्छौ (जातिये झगडा कहिले साम्ये नहोला हाम्रो जस्तो बहु जाति बहु सस्क्रिति भयेको देश मा) जातिये बिरोध गर्नु ,सस्कार को बिरोध भन्दा सुधार्दै लानु पर्ने अहिले समयेको माग् हो!शान्त र बुद्दिमता पुर्बक सबैले शोचौ!
dipak ji,
namaskaar
tapailey lekhnu bhayekaa kuraa haru sabai jayaaz nai chhan,
tara k garney? haami aafaimaa bivash chhau,
janmiyeko din dekhi mrityu ley nalagin jeyl samma haami sadhai sukha praaptiko laagi daudi rahanchhau,
tara khoi sukha?
haami chhyandik ananda ra araam laai sukha bhan thaanchhau,
yo saraa sar galat ho,
sukha ko khoji maa haami sadhai dukhi nai bhai rahanchhau
ani ekdin dukhai dukha ma haami yo sansaarik maaya moha laai chhodera euta arkai sansaar ma jaanchhau
tyasailey dipak ji,
i would like 2 advise u sir “IF U LIKE TO BE HAPPY WITHIN UR LIFE THEN FORGET ABOUT EVERYONE AND EVERYTHING, JUST BE DETTACHMENT WITH THIS MAAYIK WORLD AND BE ATTACHMENT WITH GOD”, Yo euta saano bhai ko sallaaha maatra ho any way thanx…
ocean bhardwoj.. reading england. thoughif u want 2 say some thing 2 me then mail me in [email protected]
I think this is common for majority of us. Nice write up.
hello bhai
tapai ko b4 dherai ramro lagyo tara sabai ko tyehi samasya chha ni ta ?
bikram
waste of time reading it
Really a very sensitive and heartthrobing article. It compells us to think what we are doing for our family, our society and for our nation.
Thanks a lot for this article. It is really a breath of fresh air which is quite different from never ending political news/article.
what…???? Meaning less article, no more comment, raj, usa
I appreciate your article, I also think on the same way and final outcome is also same as you concluded. This is a pragmatic way of analysing our life.
दीपक्जी
साह्रै मन छोयो ।आफ्नै कथा झै लाग्यो ।अब यो बिचार गरौ के नेपाल राणा,साह हरु ले आफ्नो हात मा पावर भएको बेला अलि कति देश भक्ती देखैदिएको भए के यो अवस्था आउथ्यो? देश का कलन्क भनेका वास्तब्मा यिनै छेत्री हरु हुन ।
हैकम चलाऊने हरु त राजा भए,मन्त्री भए कान्ठे छेत्रीहरु समेत आफुलाई काजी सम्झने,आरुलाई थिचोमिचो गर्ने,गुण्डागर्दी गर्ने आदी गर्छन ।