गरिबको राष्ट्रगान

राष्ट्रगानको खुब चर्चा छ अहिले। तर गरिबहरुका लागि भने जुनै राष्ट्रगान पनि उही हो। पुरानो पनि उस्तै, नयाँ पनि उस्तै। त्यस्तै गरिबहरुको पीडालाई समेटेर जनकवि दुर्गालाल श्रेष्ठले गरिबको राष्ट्रगान शीर्षकमा एउटा कविता लेख्नुभएको रहेछ। दुर्गालाल उनै कवि हुन् जसले सदाबहार गीत ‘फूलको आँखामा फूलै संसार..’ लेख्नुभएको थियो। तपाईँलाई मह जोडीको एउटा टेलिसिरियल याद छ- १५ गते ? त्यसमा एउटा गीत थियो- ‘सय थरि गोडा एउटै चाल, सय थरि बाजा एउटै ताल, मेचीदेखि कालीसम्म साझा हाम्रो देश नेपाल..’ त्यो पनि उहाँकै सिर्जना थियो। उहाँले यो कविता (कविता मात्र, साँच्चिकै राष्ट्रगान हैन !) पाटनको मंगलबजारमा भएको गणतन्त्र सांस्कृतिक सभामा प्रस्तुत गर्नुभएको थियो। कविता हेर्न र पढ्न भित्र आउनुहोला।

कविता उहाँले आफ्नो मातृभाषा नेपालभाषामा प्रस्तुत गर्नुभएको थियो। भाषा नबुझ्नेहरुले पनि उहाँको वाचनको गहिराइ महसूस गर्न सक्छन्। कविताको नेपाली भावानुवाद पनि वाचन गरिएको थियो तर मूल भाषामा जस्तो जोश र गहिराइ अनुवादमा देखिएन।

कवि दुर्गालालको मूल कविता हेर्नलाई तलको प्लेयरको बीचमा रहेको प्ले बटन क्लिक गर्नुहोला। यदि तपाईँको कनेक्सन स्लो छ भने सबैभन्दा पहिला बायाँ छेउको पज बटन थिची केही समय डाउनलोड हुन दिनुस् र पछि फेरि सोही बटन थिची बिना अवरोध हेर्नुस्।

कविताको नेपाली भावानुवाद यस्तो छ-

हो,मलाई पनि त प्यारो
लाग्छ मेरो देश है
तर म देख्दिन हाय मेरो
देश खै त्यो देश खै

छैन हावा,घाम,पानीसम्म पनि सरीबरी जहाँ
कति त छन् निदै बिसाउनबाट पनि वञ्चित यहाँ

छन् सबै तर यति विचित्र
छैन हाम्रो निम्ति केही
देश मेरो पनि भए यो
खोइ त मेरो अंश खोइ
खोइ त मेरो अंश खोइ ?

हो,मलाई पनि त माया
लाग्छ मेरो देश है

यदि यहाँ छ विषाक्त हावा
सर्पको लपलप फणा
श्वासले आगो अ‍ोकेल्दै
बाँच्न कति विडम्बना
यो त हाम्रो खोस्नु हैन र
बाँच्नुको अधिकार नै
गर्छु अब विद्रोह गर्छु म
छैन यो स्वीकार है
छैन यो स्वीकार है

हो,मलाई पनि त माया लाग्छ मेरो देशको

बाँच्नु भन्दै अब कदापी म
हीनता यो सहँदिन
यो त हास्यास्पद मरण हो
अहँ अंगाल्न म सक्दिन
जिउनु हाम्रो भन्नु केही छ त
पीरकै बस भार छ
पीर हो नि लडेर गुम्ने
प्राप्ति तर संसार छ
प्राप्ति तर संसार छ

हो,मलाई पनि त माया लाग्छ मेरो देश है

यदि तिमी हामी गरिबको
गर्दछौ जो रक्तपात
किन तिमीसँग नै म गाउँ
स्वर मिलाई राष्ट्रगान
गर्नुभन्दा घोर तिम्रो
देशकै गुणगान यो
नाश तिम्रो गर्नु हाम्रो
राष्ट्र कै निर्माण हो
राष्ट्र कै निर्माण हो

हो,मलाई पनि त प्यारो
लाग्छ मेरो देश है
तर म देख्दिन हाय मेरो
देश खै त्यो देश खै
देश खै त्यो देश खै

रामकृष्ण दुवालद्वारा वाचित कविताको नेपाली भावानुवादको भिडियो हेर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुहोला-

12 Comments

  1. राष्ट्रिय गान प्रतियोगीता मा मैले लेखेको राष्ट्रिय गान पढ्ने हो ? लौ पढ्नुस् कही हरफ । पुरा पढ्न मन रहर भय mail गर्नुस्
    भोका नेपाली नाङगा नेपाली
    लुला नेपाली बाङ्गा नेपाली
    रित्तो छ पेट रित्तो छ डाली
    भरीय बम ले खेत र आली …..
    हिमाल चिसो तराई तातो
    नेपाली को रगत ले देसै रातो …………….
    मिलन बगाले क्यामिन्-६, बर्लाची तनहुँ
    [email protected]

  2. Durga Lal is the greatest poet. I like his poems, specially the spritual ones, and ones written for kids “Chulachiya cha cha”; Really EVERGREEN POEMS and SONGs.

  3. very good, excellent!!! wahh! wahhh”’!! wahhhh!!!
    well done neerose, keep it up man. very good song. suits for national anthem very much that the prupose one. complete and fit for nepalese and nepal.

  4. यो पाठक को प्रस्ताबित गान लाई पनि खोतल्ने हो किं ।

    घाम पहिलो झुल्काले चुम्ने,
    टकुराहरुको सिरेटोले हम्किने,
    हिमनदिहरुले सिन्चिने,
    हिमालहरुको देश नेपाल ।
    पहाड्का कन्दराहरु अनि,
    डांडांका खोन्चाहरु हुँदै,
    तरइका फांटहरुमा,
    प्रकृतिका छटाहरु सँग सुसेल्ने,
    चराहरुको देश नेपाल ।
    मन्दिर्, मस्जिद र गुम्बiहरुले भरउदो,
    बुद्ध अनि योगी र त्यगी हरु जन्मिएको,
    देवताहरुको देश नेपाल ।
    यो हाम्रो देश नेपाल्,
    हिमालहरुको देश नेपाल्,
    चराहरुको देश नेपाल्,
    देव्-ताहरुको देश नेपाल ।
    जय हे जय्!, जय जय जय नेपाल्!!!

    निरोज मास्के,
    लण्डन

  5. Hi Kiran,
    Below is the one of reason what made our country so poor???

    “””According to a high-level government source, the Royal Palace has not approached the Kaushitoshkhana Office, the office that transfers state allocations to the Royal Palace, to take the first tranche of Rs 23.7 million allocated solely for the Royal Family’s salary and allowances.””

    OLD REGIME HAS BEEN SUCKING NEPALESE PEOPLE’S IN SUCH WAY.

    WE NEED JANAANDOLON#03 TO DISMISS OLD REGIME & ALL FEDUAL FORCES.

    ONLY THE PEOPLE’S VOTES DURING CA POLLS or PEOPLE’S GUNS CAN ELIMINATE THESE GANGS OF FEDUAL FORCES.

  6. MA HA ko telifilms ko geet ta sachhai nai man chhune chha .durgalal ji ko rachana bejod nai chha .rastragan ma yo bhabana rakhera wahale nai geet lekhnu bhaema asala hune thyo.
    desh pani sajha geet pani sajha hunu parne kurama kaso duimat hola ra.

  7. ** What a National Anthem for Nepal !**

    Both poem and song touched the deep core of my sentiments by trembling my heart.

    What a wonderful and a deeply sentimental poem!

    What made the country so poor?

  8. Hats off to Durga, Dulal and ofcourse Umesh.
    ——————————————–
    Dulal ji made my day: coz I did not understand the original poem.
    ===============
    I used to do “Bhuwana Patya Swaha” (Let king take his share) before I eat my meal, now your blog turned my action in to 180 degree apart. Now I would rather say “Let true democracy florish in Nepal”.

Comments are closed.