माघ १, २०६३: नेपालको इतिहासमा अंकित हुने दिन

राति ८२२ बजे: जनआन्दोलनको बलमा वैशाख ११ गतेको राजाको घोषणाबाट पुनर्स्थापित प्रतिनिधि सभा २ सय ६३ दिनपछि आज विधिवत भंग भएको छ। सभामुख सुभाष नेम्वाङले प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तरिम संविधान अनुसार स्वतः विघटन भएको अ‍ौपचारिक रुपमा घोषणा गर्नुभएको हो।
साँझ ७४६ नेपालको अन्तरिम संविधान २०६३ प्रतिनिधि सभाबाट सर्वसम्मतिले जारी भएको छ। उपस्थित संख्या १८५ थियो। सबै मत पक्षमा पर्‍यो। यसको विपक्षमा एक मत पनि परेन। पहिलो पटक जनताबाट यसरी संविधान जारी भएको हो। यसअघि राजाबाट संविधान जारी हुने गर्थे। अब प्रतिनिधि सभा विधिवत भंग हुनेछ।
साँझ ७१५ सांसदहरु प्रस्तावको पक्षमा अर्थात् उत्तरतर्फको लबीमा नै लाइन लागी मतदान गरिरहेका छन्। दक्षिणतर्फको लबीमा कोही देखिएका छैनन्। अर्थात् यो संविधान सर्वसम्मतिले जारी हुने देखिएको छ।
साँझ ६५८ अन्तरिम संविधान प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत। सर्वसम्मतिले अन्तरिम संविधान स्वीकृत। यसपछि प्रधानमन्त्री कोइरालाले अन्तरिम संविधान जारी गरियोस् भनी प्रस्ताव राख्नुभयो साँझ ७ बजे। मत विभाजनबाट यो प्रस्तावमाथि मतदान हुनेछ। उतर लबीमा संविधान जारी गर्न हुन्छ भन्नेहरु र हुन्न भन्नेहरु दक्षिण लबीमा मतदान गर्नेछन्। ७ बजेर ३ मिनेट जाँदा विभाजन घण्टी बजाउन सुरु भयो।
यसअघि जनमोर्चाका नवराज सुवेदी, हरि आचार्यले पनि संशोधन प्रस्ताव फिर्ता लिएनन्। एमाले नेतृ विद्यादेवी भण्डारी, सदभावना आनन्दीदेवीका राजेन्द्र महतो त्यसैगरी परशुराम मेघी गुरुङ, विजयकुमार गच्छदारले भने संशोधन प्रस्ताव फिर्ता लिए।
साँझ ६३४ राप्रपाको संशोधन प्रस्ताव फिर्ता लिन गोविन्दविक्रम शाहलाई समय सभामुखले दिनुभयो। तर उहाँले फिर्ता नलिने अडान राखेपछि मतदान गर्दा संशोधन प्रस्ताव बहुमतले अस्वीकृत। अब यसैगरी अरु संशोधन प्रस्तावहरु पनि पेश गर्ने, फिर्ता लिने र अस्वीकृत हुने क्रम जारी रहनेछ।
साँझ ६२९ सूर्यबहादुर थापालाई संशोधन प्रस्ताव फिर्ता लिन समय सभामुखले दिनुभयो। सैद्धान्तिक कुरामा संशोधन राखेको हुनाले फिर्ता नलिने बताउनु भयो। संशोधन प्रस्ताव बहुमतले अस्वीकृत।

साँझ ६:२७ माअ‍ोवादीहरु हतियार कन्टेनरमा राखेर संसदमा आउनु महत्त्वपूर्ण भएको विचार व्यक्त। अन्तरिम संविधानमा भएका कमी कमजोरीहरुलाई अन्तरिम संसदमा नै सच्याउँदै जाने र जेठभित्र संविधान सभा निर्वाचन गर्ने तयारी पनि हुँदै गर्छ भन्दै उहाँले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभयो। उहाँले आफू प्रजातान्त्रिक मूल्य मान्यताबाट एक इञ्च पनि यताउता नहुने वचन दिनुभयो।

साँझ ६:२० १५ मिनेटको लागि भनी स्थगित गरिएको बैठक सभामुखको कुर्सीका लागि दलहरुबीच कुरा नमिल्दा एक घण्टा ढिलो भएर अहिले बल्ल सुरु भएको छ। यो पुनर्स्थापित प्रतिनिधि सभाको अन्तिम बैठक हुनेछ। अन्तरिम संसदको सभामुखको विषयमा भएको विवाद चार दलका शीर्ष नेताहरु बसेर मिलाइसकेका छन्। संसदको कारबाही हेर्न माअ‍ोवादी अध्यक्ष प्रचण्ड लगायतका आठ दलका शीर्ष नेताहरु हुनुहुन्छ। अब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संशोधन प्रस्तावहरुका विषयमा उठेका प्रश्नहरुको जवाफ दिनुहुनेछ।

अपराह्न ३५३ दोस्रो सत्र सुरु भएको छ । अहिले संसदमा दफावार छलफल भइरहेको छ । त्यसपछि प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ। यो सकिएपछि संविधान पास गरिनेछ र प्रतिनिधि सभा भंग गरिनेछ। त्यसपछि माओवादीसहितको अन्तरिम संसद गठन हुनेछ।

दिउँसो १५५ प्रतिनिधि सभाको बैठकले अन्तरिम संविधानमा विचार गरियोस् भन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बिहानदेखि बसेको बैठकमा विभिन्न दलका नेताहरुले अन्तरिम संविधानका बारेमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो । बैठक केही समयका लागि स्थगित भएको छ । दोस्रो सत्रमा संविधान पास गरी संसद विघटन गरिनेछ र अन्तरिम संसदको बैठक बस्नेछ ।

आज माघ १ गते। यो दिन नेपालको इतिहासमा सँधै स्मरणीय हुनेछ। यही दिनबाट राजाका सबै अधिकार अ‍ौपचारिक रुपमा संविधान सभाको निर्वाचन नभएसम्मका लागि खोसिनेछन्। त्यसैले पो हो कि, हिजो काठमाडौँमा फेरि कू हुने हल्ला पनि फैलाइएका थिए। आज जनताको छोरा प्रधानमन्त्री नेपालको इतिहासमा पहिलो पल्ट राष्ट्रप्रमुख र सरकार प्रमुख बन्नेछन्। १२ वर्षदेखि हतियार उठाएको विद्रोही माअ‍ोवादी संसदमा प्रवेश गर्नेछ। आजै प्रतिनिधि सभाले अन्तरिम संविधानलाई पास गर्नेछ। इतिहासमा अंकित हुने कुरा- नेपालमा जनताका तर्फबाट जारी यो पहिलो संविधान हुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभा विघटन हुनेछ र अन्तरिम संसद गठन हुनेछ। आज के-के हुँदैछ त ?

बिहान ८ बजे : प्रतिनिधि सभाको बैठक बस्नेछ। हिजोको बैठकमा नै मन्त्रिपरिषद्ले पास गरिसकेको अन्तरिम संविधान प्रस्तुत गरिएको थियो। बिहान ८ बजे बस्ने बैठकमा हिजो सबै दलले राखेका संशोधन प्रस्तावका बारेमा सामान्य छलफल हुनेछ। हिजो निम्न संशोधन प्रस्ताव राखिएका थिए-

नेकपा एमालेले प्रधानमन्त्रीविरुद्ध अन्तरिम संसदको एक चौथाइ सांसदले अविश्वासको प्रस्ताव ल्याउन सक्ने र संसदको दुई तिहाई बहुमतबाट पदमुक्त गर्नसक्ने व्यवस्थासहितको ३१ बुँदे संशोधन प्रस्ताव।

त्यसैगरी नेपाली काँग्रेसका चक्रप्रसाद बाँस्तोला, नेकपा एमाले र नेपाली काँग्रेस प्रजातान्त्रिकका सहित १५ जना सांसदले सो संविधानमा उल्लेख भएको प्रचलित कानुनबमोजिम भन्ने वाक्यांशको सट्टा २०५६ सालमा निर्वाचित २०५ सदस्य राख्नुपर्ने संशोधन प्रस्ताव राखेका छन् ।

त्यसैगरी नेका प्रजातान्त्रिकले प्रस्तावना र २०५ निर्वाचित क्षेत्रलाई समानुपातिक जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरिनुपर्नेलगायत नौ बुँदामा संशोधन प्रस्तुत गरेको छ ।

संशोधन प्रस्ताव राख्नेमा नेसपा आनन्दीदेवी राष्टिय प्रजातन्त्र पार्टी, राष्टिय जनशक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र चित्रबहादुर केसी तथा चित्रबहादुर आले अध्यक्ष रहनुभएको जनमोर्चा नेपालका सांसदहरु हुनुहुन्छ ।

दोस्रो बैठक:
संशोधन प्रस्तावहरु राखिए पनि कुनै पनि पास हुने छैनन्। दोस्रो बैठकमा यो जस्तो छ त्यस्तै पास हुनेछ। त्यसपछि नेपालमा अन्तरिम संविधान २०६३ लागू हुनेछ र नेपाल अधिराज्यको संविधान २०४७ खारेज हुनेछ।

-प्रतिनिधि सभा र राष्ट्रिय सभा विधिवत् रुपमा भंग हुनेछ।

-३३० सदस्यीय मण्डलेहरुलाई प्रवेश नदिइएको माअ‍ोवादीसहितको अन्तरिम संसदको बैठक तत्काल बस्नेछ।

-यो बैठकको अध्यक्षता बलबहादुर राईले गर्नुहुनेछ। उहाँ सभाका ज्येष्ठ सदस्य हुनुभएको हुनाले अध्यक्षता गर्नुहुने हो। उहाँले सबैलाई शपथ ग्रहण गराउनु हुनेछ।

-अन्तरिम संसदको सभामुख र उपसभामुखको चयन हुनेछ।

-अन्तरिम संसदको बैठकले नेपालको अन्तरिम संविधान २०६३ लाई अनुमोदन गर्नेछ।

-संविधान लागू भएपछि राजाका सम्पूर्ण अधिकार खोसिनेछन्। अधिकार नभएका राजा अब नागरिक सरह बन्नेछन्। स्व. राजा वीरेन्द्रको परिवारका सम्पत्ति सरकारका मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गर्ने, राजाको हैसियतले राजा ज्ञानेन्द्रलाई प्राप्त भएका सबै सम्पत्ति राष्ट्रियकरण गर्ने प्रावधान अन्तरिम संविधानमा राखिएको छ।

117 Comments

  1. kamana garau..abako naya nepal bolima matrai hoina
    babaharamaa pani dekhauna pau bhanna pau aahaa…

  2. congratulation,It’s a historical day in nepal. let us make new nepal and peace country.
    surendra
    portland,usa

  3. RAGAT PASHINA BAGAUNE HARU LAI HARDIK ABHIWADAN!
    NAYA NEPAL NIRMAN KO MARGA MA HIDUNE RA HIDNE
    JATI LAI KOTI-KOTI AGRIM BADHAI !

    SARAN MALLA
    ALASKA,USA

  4. अब त्यो तिन च्युडे भुडे भाइ मारा भु पु राजा भनाउदो लाइ कहिले भिर् बाट गर्धन्याउने हो? हतार भै सक्यो! नेपाल को बन्दिपुर को भिर सबै भन्दा अग्लो रा उपयुक्त छ!

  5. य़ो माघे सन्क्रति कि सुभ अवसर को दिन स्थपित गरियेको यो अन्तरिम सरकार्ले ra bhabisyamaa aaune sarkaarle नेपालि जनतालाइ सधै सुभअवसर ल्याउनेछ कि भन्ने आशा गरौ है .जनताले सधै सुख साथ ॅआफ्नो घरमा भयेको भोजन मिठो मिठो सपनाको साथ र खुशियालि बातावरणमा खान पाउन् !उमेश जि समाचार को लागि धेरै धेरै धन्यबद र तपाइको जिबन् मा सधा उत्तरोत्तर प्रगति को कामना छ् !

  6. Thanks Umeshji for frequent update.

    Congratulation Umeshji. You have worked not less than any other personality to bring this day.

    I wishy your pen will run more vigorously in Nepal starting from Today.

    yours,

  7. Long live a free Nepal — free from the century-old clutches of the government by the few and for the few. Let today be the begining of a dawn of a true democracy for the country. Let peace prevail and sustain!

  8. This is very good news. I am happy to know that out of 185, all voted in favor of progressive constitution. No one could dare to show their support to unpopular royalist group. We people have now crossed an important milestone.

    Thanks friend for giving link to free online NTV site. I am still listening Subash Nebang’s speech online in NTV LIVE.

  9. CONGRATULATION TO ALL OF NEPALI AND WELL WISHER OF NEPAL

    Today is the historical day for nepal and all nepalese. On the occasion of this greatest ever achievement, I would like to congratulate all nepalese living in and outside the country.

    It is the happiest moment in the life of all nepalese who could see this event. I am also among the fortunate person who can see this even myself. Probalbly lots of new generation will not be able to see this historical day. They will only hear and experiences the fruits borne in it.

    I am really grateful to all who contributed for this. My special thanks goes to Girija babu, Madhav jee, Prachanda, Subhash Nembang and all who contributed from road and from parliament.

    MAY THE PEACE FLOURISH AND DESIRES OF NEPALESE FULFILL.

    Also, I will like to amend later if we find any misletoe and weakness.

    Nothing in the world is perfect. This constitution is tends to be perfect but still it requires timely amendments to be 100% perfect.

    [email protected]

  10. Thanks again to Umeshjee for quick news updatting.

    It is certainly, a new and very very important day for us.I think, all democrates should be proud and should show unity without thinking the partisanal options. The day will come for partisanal activities later…

    Felicitations to all nepalese democrats. Be aware of the royalists.
    Surely, this evening, the Champagne will be opened, come to join with us, you can join us sentementally too.
    Harihar aryal, Paris

  11. ल नेपाल र नेपालिलाइ शुभ दीनको शुभकामना आशा गरौ भ्रस्ट नेताहरुमा यो दिनले बुद्दिको बिजारोपण गरिदियोस ! दुनो सोझियाउने होइन देश बनाउनमा सबै लागि परुन !

  12. so far so good!!!!!!!!!!! we have still challenge in front of us. u sudnt under value the arms with previous royal nepalese army, it can be used against the wish of nepali people if there is no balance between arms. why people are so eager to disarm peoples arms but not kings arms? we are in danger from RNA which is still loyal to king.

  13. मलाई पनि डरै लागि रहे को छ हो । के हो के ।
    संबिधान मात्र फेरे को हो । साम्सद हरु को बुद्धी फेरे को छैन होला ।
    पहिला त अलि कम्ती थियो अहिले त झनै ३३० पुग्यो ।
    उनिहरुलाई नै भाग नपुग्ला जस्तो छ २ करोड नेपाली लाई के पुग्ला र खै ।
    Yaatree

  14. Bhaskar जी,

    सुर्यबहादुर थापा साँसद हुन के रे ! लोकेन्द्र बहादुर चन्द लोकेन्द्र बहादुर चन्द हैन । किनकी एक पटक एमाले (वामदेव उप तथा गृह मन्त्री हुदा), लोकेन्द्र को वुई चढेको थियो क्यारे ! अनि सुर्यबहादुर को काधमा नेपाली काँग्रेश चढेको थियो क्यारे गिरिजाले बागडोर सम्हाल्नु भन्दा पहिला ।

    लौ मेरो ज्योतिष विद्दा मिलेन क्या रे ! किनकी बामदेव त चुनावमा हारेको हो के रे ! बरु त्यतिबेलाको तत्कालिन राप्रपाका साँसद हरु यि हुन्: (मण्डलेहरु)

    १. अजय प्रताप शाह्
    २. बृजेश कुमार गुप्ता
    ३. बुद्दिमान तामाङ्
    ४. गोविन्द बिक्रम शाह्
    ५. Krishna Charan Shrestha
    ६.Krishna Pratap Malla
    ७. Netra Lal Shrestha
    ८. Pashupati Shamsher JBR
    ९. Ram Chandra Raya
    १०.Renu Kumari Yadav
    ११. Surya Bahadur Thapa

    को को आउट को को ईन थाह भैहाल्छ भोली ।

  15. These should be the priority list for the upcoming interim parliament.
    1. Peace talk and negotiation with JTMM.
    2. Citizen ship certificate distribution.
    3. Security and Good goverance
    4. Free and fair Consitituent Assembly election
    5. Preparation of Consitution accetable for all.

  16. बल्ल पर्‍यो निर्माया माकुरी जालैइ मा,पर्‍यो पर्‍यो निर्माया माकुरी जालैमा

  17. Umesh dai
    You really have done a great job..
    Well, we are all happy about today. Of course, it is a great day in a Nepalese History. But there are still somethings which makes me sad. What about Terai Janatantrik morcha. I am really frustrated when I heard an interview of Jwala Singh today. Oh my god, He wants to separate Terai from Nepal. I do not understand why the government is still quiet about it. This is really frustrating. They are being united and are carrying out various destruction against the people who speaks Nepalese. I do not understand why are the leaders quiet on this matter? Do they have a magic stick that they can control it within a day? or they think only Kathmandu is Nepal? I do not understand why our politicians can not come out from the same traditional thinking? Why they can not be agressive? Are they planning to have a peace talk with those groups after years when they become the real headache of the country?

  18. After the promulgation of this interim constitution, we as a citizen of this country cannot be a member of parliament, if we don’t belong to the SPA+Maoists alliance party. As we cannot be the member of parliament, we cannot be in government too. They have gracefully provided us an opportunity to cast our votes for the elections of the members of Constituent Assembly.
    Damed to the doctrine of “balance of power” in democracy.

  19. balla aayo khusi ko day
    aaba hami gaurab ko sath nepali bhayeko ma garba paune days…………\
    aaba hami nepal lai heaven banaunu parchha sathi ho
    sabai milera naya nepal great nepal
    jay nepal

  20. यो कु गर्ने भन्ने कुरा त सुनियो तर हिम्मत छैन माइलाको अहिले।
    हामिनेपाली लाई बदाई छ भन्ने लागेको छ।

  21. hello .umes jee .. samachar ko lagi dherai thankx ani khoi ta aru news haru update gareko … 20 choti open vayo maile mysansar open gareko same samachar vayan ni umesh dai yasto bela ma ta ali active hun paryo ko … naya nepal hami sabaiko nepal …we love nepal …

  22. उमेश जी लाई धन्यवाद ।
    यो खुशीको समय सधैं सधैंको निंती कायम रहन सकोस र नेपाल र हामी नेपालीको सदा प्रगती होस , भोलीको दिन देखि यो भएन , यस्तो हुनुपर्ने भन्दै आजसम्म गाली गरिरहनु परेका सबै नेताहरुलाई गालीको भाषामा कमेण्टहरु लेख्नु नपरोस ।

    मेरो करोढौं शुभकामना छ मेरो देशलाई ।

    बनोस नेपाल नयाँ भएर समुन्नत सदा अगाडी बढोस
    हरेक नेपाली पाईलाहरु एकैसाथ शिखर तिर चढोस ।
    खनेर धमिरे खाडल देश डुबाउने कुबुद्धि सारा सडोस
    जो जो छन देशलाई छिर्के हान्ने दाउमा अल्झेर आफैं लडोस ।।
    एक एक नेपालीको मुटुले एकैसाथ शान्तीको मंत्र पढोस
    हुंदैन है आपसी कलहले उन्नती नेपालीमनमा गढोस ।।।

  23. kursi ko khel bhanda mathi uthera desh ra janata ko lagi kehi garna sakun, hamile khojeko jasto naya nepal ko sirjana garna sakun. mero suvakamana

  24. sampurna Nepali jantako jan chahana kura bhayeko din ho yo yes lai rastriya parbko rupma dhum dhamka sath dipawali garer celebrate garnu parcha hai.

    Rajan, Kirtipur

  25. kursi ko khel bhanda mathi uthera desh ra janata ko lagi kehi garna sakun, hamile khojeko jasto naya nepal ko sirjana garna sakun. mero suvakamana

  26. कीन हो राष्ट्रअध्यक्ष कार्यवाहक मात्र भएको हो । यो माथि को हुन्छ मूख्य प्रमुख!प्रष्ट पारनु होला ।

  27. दरबार लाई रीश पोखेर समस्या लाई घुमाउने खेल मात्रै जस्तो लाग्छ । खोइ त देश बिकासको खका, खोइ देश को बर्बर गरीबि लाई नीउन पर्ने अग्रगामी नक्सा । हे मुर्ख सम्सद हो यो त माओवादी ले जे चहेन्थे तेही भाई राखेको हो ? तिमी हरु सँग छन्, 5-7 Hydroprojects, 15-20 National industries, 10-12 Transpotation projects, 2-4 academic projects, 15-20 multinational industries ? ? ? Do u have a plan any of above and are you thinking any of them for NEW NEPAL ??
    Rajendra Gyawali
    Korea

  28. माछा माछा भ्यागुतो भएसी देखौला !! के को जनताको शासन ? खोइ त वेपत्ता सैनिकको अवस्था सार्वजनीक गरेको ? खोइ त वेपत्ता निर्दोष नेपाली आमाका छोरा छोरी हरुको सार्वजनीक गरेको ? खोइ जीउदै खाल्डोमा पुरेर मानव वधसाला चलाउनेहरुको हातमा कानुनको जञ्जीर कसीएको ? अचानोको पीर खुकुरीलाइ पत्तो हुँदैन त्यसैले कुनै पनि घटनामा रमाउनु वा दुखी हुनु भन्दा पहिला राज्यका सबै विषयहरु सम्बोधित छ या छैन विचार गर्न नभुलौ नत्र हजारौ निर्दोष नेपालीको आँशुले हामीलाइ पोली रहनेछ मरणोपरान्त पनि ! सवैलाइ चेतना भया !

    अविरलयात्री
    त्रिशुली नुवाकोट

  29. Ma yo bhanna chahanchhu ki aja naya nepal ko nirmarn hudai chha . jasma sara nepali le nirankus rajtantara bata ajadi payera naya nepallai agaleke chhan tara yesma badak banne pheri madhise pati ayeko chha. yo dukhko kura ho aam nepalilai tesaile ma madhise murchhalai pani hatya hinsa lai chhodera naya nepal ko nirmaran tir sahayog purauna anurodha gardachhu.

    Gopal Prasad Dahal Udayapur, Kathari -8

  30. aja sachai nai uphrera karauna man lagyo!!! SAHIDHARU , AMAR RAHUN! PRAJATRANTRA AMAR RAHOS!! SAMPURNA ANDOLANKARI SAKTIHARU JINDABAD!!!
    DHNYABAD CHHA NEPAL AMAKA SACHHA SANTAN HARULAI!!!

    BADHAI!!!! CHHA HAMI ANI SANSARKA SAMPURNA PRAJATRANTRAPREMI JANATAHARULAI!!!!

  31. aaja hami nepali ko bada din hune ho,
    purano sambhidhan gai, naya aune bho.

    raja chai khopa ma, maoist chai sansadma,
    je bhaye pani, hunchha aba nepal naya.

    chup chap lagera basa aba hai, rajhawadi haru,
    ye mawoist, bullet hoina, ballot ra mike nai samau.

    naya prabadhan le banaos naya nepal, hamro.
    subha kamana chha hai sabai lai pani mero.

  32. 7 sal Rana phal
    AD 7 sal Gayne phal
    AD 8 sal Girija phal
    Prachanda mala mal
    Madhav nepal,
    k huneho timro hal?

    K B 4 6 sathi ho?

  33. Chair ko Tana tan bhayana bhane aba tik hun6a tera poltician ko k biswasss ??????

    Herdai jam k k hun6a,

    sabai ramro hos , sabai jana mielara ramro garum,
    desh, rasta bachaunu cha,

    jay nepal, jay desh, jay nepali janta

    Nepali janata

  34. It sounds good. Definately maoist have achieved their target.Today is the great day in the history of nepal and for the nepalese people after the long struggling bloody decade.This should must be continued for the prosperity of nepalese.Just wait and see …..
    PhD student ,Japan.

  35. good lock nepal and nepalese people !
    becareful nepal is going to be somalia and bosnia !
    thankuoy maoist , u guies made worse your country in the world . we pray nepal won’t be somilia thanks god ! bless nepal and nepalese.

  36. राजा को अधिकार खोसे पनि । । राजा लाई पोकर खेल्न अलि अलि पैसा त दिन्नै पर्छ । । के थ राजा लेय पोकेर चम्पिओन्शिप जित्लन कि

  37. Umesh jee,
    Congratulation!
    Actually the people wanted radical changes for the economic prosperity and development of the country.People wanted eradicatiion of the poverty and unemployment from the country, along with all the evils including the top position. The party leaders must understand the fact that people dont like the self centered, visionless, corrupt person occupying the glorious position given by the state. Because democracy is brought not by the leaders and for the leaders, but democracy is brought by the people, for the people. If political leaders dont understand this fact, they will be overthrown very soon. Lets hope for a prosperous and developed Nepal.

  38. MAY LORD BLESS THE LEADERS OF NEPAL WITH INTEGRITY, INTELLIGENCE AND CONSISTANCY.
    HOPE THIS HISTORICAL EVENT BE A MILESTONE FOR NEW NEPAL AND FORTHCOMING GENERATION.
    LETS PRAY TO GOD,THIS PUTS END TO VIOLANCE,DISCRIMINATION,AND THE POVERTY IN NEW NEPAL.

  39. NOTHING IS MORE IMPORTANT THAN DISARMING OF THE PALACE & RE-STRUCTURING OF rNA – “DISMISSING OF OLD REGIME”.

    ONLY THE PEOPLE’S MOVEMENT BACK UP WITH PEOPLE’S GUNS CAN DISARM THE PALACE & RE-STRUCTURE THE OLD ARMY!!!

    EVEN AFTER CA POLLS, WHAT MAKES A DIFFERENCE IF PALACE WILL BE STILL TAKING CONTROL OF rNA BY THAT TIME???

    AND WE ALWAYS NEED TO BE IN THE SITUATION OF “FEAR” OF COUP BY rNA???

    THIS NEEDS TO BE ENDED ASAP BEFORE CA POLLS.

    SPA [NC] IS BACKING UP THE OLD REGIME BY NOT DISARMING THE PALACE & DOING EVERYTHING IN THE FAVOUR OF rNA & PALACE.

    WITHOUT A JANAANDOLON#03, A REAL LOKTANTRA IS IMPOSSIBLE!!!

  40. today is a hostoric day for the new and develop nepal. let us hope for good future and development of nepal and permanent end of kingdom of nepal.
    Leaders must do better.

  41. I wish it will happand in NEPAL TODAY/GOOD NEWS FOR ALL NEPALI

    RAJA GANY BYE BYE !! NEPALI PEOPLE HI HI!!

  42. Good luck!
    This will be a new history for Nepal!

    I would suggest the Chairperson or senior people of the parliament to do the following:

    – Clear explanation about why we needed to establish such parliament
    – Clear analysis of what went wrong in the past so as not to repeat the same again
    – Apologize formally for the past misdeeds saying few words by the representatives of each parties/groups
    – Apologize to the people who suffered due to the conflicts and its mishandling
    – Remind about the responsibilities of the parliamentarians
    – Other DO’s and Don’ts
    – Promise to sacrifice their lives for the sake of country and people as a whole but not for their personal benefits
    – etc. etc.

    What you people think about it?

    Thank you.

  43. कामना गरौं सकारात्मक र सौहार्द्र रुपमा नेपाल र नेपालीको समुन्नत बिकासकालागि यही दिनबाट सिलान्यास होस् । निरन्तर हातमालो गरेर बढ्ने प्रबृत्तिको बिकास होस् सबै नेपालीमा । सबैकोनिम्ति अवसरका ढोका समान रुपमा खुलुन् । आपसि शत्रुता र बैमश्यता त्यागेर मित्रताको डोरिले कसिलो गरी बाधौं । नेपाल एक अति गरिब राष्ट्रहरुको सूचिबाट छोटो अवधिमै समुन्नत र सम्मानित राष्ट्रको रुपमा स्थापित हुन सकोस् । नेपालीको झुकेको शिर सगरमाथाजस्तै ठाडो बन्न सकोस् ।

  44. Jati Jogi aae Kanai Chireka. Herdai janu hola Yo mero bhabisya bani ho. Pura bhaena bhane Malai Bhannu Hola.

    Smriti USA.

  45. Its a historic day. Lets get united to welcome this historic day, get united to solve the differences, get united during constituent assembly election even if we may divide our opinion while voting for the parties. Lets look forward to contribute for the motherland. There is nothing greatest than the mother’s lap, a motherland, and lets make it a heaven.

    From Japan

  46. सर्वप्रथम नयाँ संविधान २०६३ को आगमन लाई स्वागत गर्दछु। जुन हाल देशमा हुन गैरहेको सम्पुर्ण कृयाकलापहरुले अबश्य नेपालमा शान्ति ल्याउने छन र नेपाली जनताहरुले पुण शान्तिमाया संसारमा रम्ना पाउनेछन भन्ने आशा लिएको छु । बरु हेर्नु न हाम्रो माईला दाई(राजा)हरुको पो के चाल हुने हो बिचरा।
    From-Raj tamu
    Warzone

  47. आजको दिन सुनौलो नेपाल निर्माणको औपचारिक पहिलो दिन, लाखौ-लाखौ बधाई तथा शुभ-कामना सफलताको यो दिन ल्याउने ती जन-नायकहरु लाइ !!!

    माधव रिजाल, सिडनी-अष्ट्रिलिया /

  48. this is only a start…. the peoples aspiration will only be addressed when the country feels it is socially and economically transformed……works are to be done…… many things are to be changed…… anyway start is inspiring……continuation is essential…… best of luck for the rest ahead…

  49. हामी सारा नेपालीलाई शुभकामना सहित बधाई । पशुपति नाथले पनि रछ्या गरुन .

  50. Nepal Ko politics…….Baadar Ko Haat Ma Nariwol Ho.
    No one is believal. Why do not we Neplease understand??? We must take the lesson from the political history of Nepal. Can anyone figure out clean leader (except few)???

  51. Umesji
    Very good news,I salute PM girija,leaders of Nagarik samag and maoest leaders of Nepal.I`m proud to be Nepali and suggest all Nepali to give help and support to this new goverment.
    Mersing THapa magar
    Silvermine bay, Hongkong

  52. I wish you all the best for my country and the people. I hope the leaders will not repeat the same mistakes made by the previous leaders. I also like to draw their attention to solve the problems of Teraian armed groups with dialogue and negotiation.
    Happy Maghi to all Western Tharu brothers and sisters.
    Ramesh Khanal Zhapalie [email protected]
    Lausanne, Switzerland

  53. Well done,this is the hostoric day of nepal.I am so happy that Mr Gyanendra shah lost his position.Now its the time to collapse monarchy from the country through the constitutional election.All political parties and nepali people should unite to collapse monarchy.Hope it will be done within 2007. I wish New Nepal in 2007 .
    NARAYAN RUWALI
    LONDON

  54. I am very happy and eagger to hear this news long time ago.
    Thanks goes to all parties and all nepali be a nepali citizen under the nepali government without thge rile of foolish king.

  55. sambidhan ko kura garne ho bhane dherai lekhnu parne chha tara mool sambidhaan CA ko chunaawa pachhi aaune bhaekole ahile kaam chalaau maatra ho. Ahileko sambidhan ra 1990ko sambidhan ma khas pharak chhaina kewal rastradhipatiko kuraa maatra. Sambidhan draft garne harulaai thyo thaaumaa puryaaune janataako mool samasya ko ullekh nai chhaina. Janataa le aawaaj na auThaaeko bhaye ajha pani aal taal garera Girija le samaya bitaaune thiyo.BS 2007 maa sthapin Lok tantra balla CE 2007 maa matra saphal bhayo. Sadyantra rachneharu ajha pani jaagaruk chhan tara haami sandhai hoshiyaar rahanu parchha. Sabai laai badhaai ra shubha kaamana. NEW NEPAL JINDABAAD.

    We still need to see another BRAND NEW NEPAL after CA election.

  56. ** Constitutional or Unconstitutional Parliament? **

    Its now high time for the SPA and the Maoists to enjoy spoils of the Janandolan II. Its the mandate given by the people’s movement to set up good governance and fulfil peoples aspiration. Each and every member of parliament should understand that he/she is not elected through the ballot but they got it after sharing spoils of the Janandolan II.

    The Prime Minister GP Koirala, the recycled politician, is not far sighted person. The interim constitution which is created under his leadership, has given too much power for the Prime Minister. GP Koirala must have hoped that he would remain Prime Minister throughout the interim stage and after the election of Constituent Assembly. What will happen if the Maoists get majority in the election of Constituent Assembly? Will GP Koirala accept the Maoist leader Prachanda as Prime minister?

    Anyway, whatever Constitution is developed after the election of CA, all parties must ensure that there will be Proportional Representative Government based on population distribution and on ethnic demography in future. It must ensure that there will be participation from broader population and finally establish a Democratic system. For this we need a dynamic leader who has a clear vision and who can understand people’s aspiration and who can lead the country at this transitional period.

  57. I am waiting the last moment for promulgation of interim statute. Nepal is finally theoreically entering into the world of real democracy for its people. The moment should be joyful for every one. We all still need to be watchful with the danger posed by unwanted regressive forces.

    Cheers,
    brad

  58. This is a great news for the ‘sovereign people’ of Nepal, but still we have to long way to go along, more cautiously than ever before, more unitedly than anywhere else. Now, the the nation demands profound prudency.My our nation remain entact,strong and move ahead in the long road of peace, prosperity and complete democracy devoid of any form of slavery.Let us all pledge that we won’t accept of being servitudes of any form in the name of any clan or dynasty.Let’s hope that our leadership will not again hark back to stupidity and cupidity as they did many times before. Great Nepali populace!Keep on being vigilent unless the monarchy is rooted out for ever. Congratulations for being along the glorious way of sovereign Nepli.

  59. Great expectation. great wish.

    Lets see it happen and for ever.

    But i am afraid, 1 man (PM or CJ or President) should not be all in all powerful. Power must be shared and balanced.

    Lets not let magh 1 become another poush 27.

    All Cheers to all nepali people.

    CHEERS

  60. देशका समग्र नागरिकलाइ सार्वभौम तुल्याउँदै नेपालको मुहार फेर्ने नयाँ संविधान घोषणा हुन लागेको यस अवसरमा म यस ब्लगका ब्लगर एवम् शाही कु शासन कालको कालो दिनमा पनि नेपालभित्र मात्र नभै बाहिरका नेपालीहरूलाइ समेत सु सुचित तुल्याउन अहम् भूमिका निर्वाह गर्नुहुने उमेश जी लाइ म बधाइ दिन चाहन्छु।

    अवश्य त्यो विहानी आउने छ त्यो पनि माघ महिनामा नै, १९ गतेको बदला माघ १ भएर। आजको दिन म समस्त नेपालीहरूसित यस एतिहासिक अवसरमा बधाइ दिन चाहन्छु र हर्षोल्लास बाँडन चाहन्छु।

    आजको दिनलाइ साकार हुन नदिन केही प्रतिगामी तत्वहरू र दरबारका दासहरूले अवश्य षडयन्त्र गरेका छन्। तर यसपटक उनिहरूको केही जोर चल्ने छैन। राजा नागार्जुनमा कैदी अवस्थामा छट्पटिएर बसेका छ्न्। दरबारमा शोकको वातावरण छ तर नेपालीहरूको घर घरमा खुशियाली अमन चैन र शान्ति छाएको छ।
    यहाँ नेर उल्लेख गर्नै पर्ने कुरा के छ भने अझैपनि राजा पुकारी रहने हे दरबारका दासहरू हो तिमीहरू संग अलिकति वफादारिता छ भने मनुजबाबु मिश्रले १४ वर्ष सम्म आफ्नै घरमा बहुदलको कृया बसे झैं जाओ लोकतन्त्रको कृया बस्न। नभए गर आत्मदाह।

    अर्को कुरा आफ्नो पेशागत मुल्य मान्यता र आचार संहितालाइ तितान्जली दि‍एर २०६० को माघ १९ को दिन अब मेरापिता पुर्खाका सुदिन फिरे, बल्ल नयाँ पन्चायत आयो माइला राजाको निगाहबाट भनि खुशियाली मनाउँने र प्रतिगमनको समर्थनमा कविता लेखेर लण्डन स्थित नेपाली दुतावासमा गै रक्सी खाने स्वनाम धन्य केही पन्चपुत्र पत्रकारहरू तिम्रा मिथ्या विश्वास कति चाँडै धराशयी भए त्यो हेर र यो ब्लगरबाट तिम्रा बाँकी जिवनमा केही कुरा सिक्ने कोशिश गर। धन्यवाद।

  61. This is a historic day for the people of Nepal. This was a necessary first step towards healing the wounds of the past. Let this be the beginning towards the unity of Nepalese people, and a beginning of a collective journey to peace, justice and prosperity. We are proud of all those who sacrificed to bring the country to this point!

    Pramod Dhakal, Canada Forum for Nepal, http://www.cffn.ca

  62. Congratulation ! All Democratic Leaders For Restoration of Democracy in “Newly Built New Nepal” for new interim constitution to be legalized by interim parliament today in Singh Durbar,
    We hope the mistakes and unfulfillment of the Constitution will be corrected, also all the Nepalese will be greatful upon this new step towards “let’s go together” sologans,

    We belive in democracy, and better tomorrow.

  63. आज त भोज खाने पो हो कि के हो! सबै लाई निम्तो छ है।
    :->
    inashrestha

  64. What a transformation of the political and historical landscapes! Hopefully, the change will help transform the “manasthiti” of the populace. Monarchy is a while elephant for a resource-poor country like Nepal.

    During my recent visit to Nepal, I was surprised to see “Royal” on the body of Nepal airline aircrafts. This must be removed. Second, I was also surprised to see that a round-about in Biratnagar still had the “crown” intact. I would have thought that this would have been the first thing to be removed.

    I hope the Nepal Govt would do a careful evaluation of whether the whole Narayanhiti palace is justified. It has over 1000 ropanis? Part of this must be nationalized. Even if the king were to remain (through the election or whatever), the palace is excessive for a family. Finally, let the families who have properties around the palace should be allowed to build houses above the current 22 ft. The policies of the cruel and dictatrial system must come to an end soon.

    Long live Nepal and Nepalese!

  65. Sampurna Nepali harulai 2063 Magha 1 bises dinko SHUBHAKAMANA——-. Yo din dekhi Nepalma hatya himsako rajnitiko antya hos. Aaba banne sambidhaan Nepalibata Nepaliko lagi banos. Ra janataharule sana tina kuralai badbibadma nalyai sambhidhan shabhako nirbachan samma patikshya garau.
    sojha

  66. Aba naya Nepal ko sabaile swagat garnai parcha. Tara karayanawayan herna banki nai cha. Hope Political parties programme will be focus towards new nation building.

    GDN
    Germany

  67. I am disperately waiting to see this in reality.

    Let’s give courage and moral support to our Great (except many) leaders to accomplish this wonderful vs challenging endeavour on time.

    BEWARE OF GYANE-GP-MORIARTY-KAJU company! I’m serious not kidding!!

  68. this is really historical decission and all of king s supporter should be in persion with mailo (king families)and also should be submitteted civil s leader s who were struggele ing for democracy and replubic nepal .

  69. सदबुदी आओस र देस यि नेता हरुको दिमागमा र जनतको भलो हुने काम गरुन आफ्नो पद र कुर्सि को भन्दा देस र जनता को बारेमा ज्यादा सोचुन| शान्ति लाइ देस मा कयेमै रखुन्.नेपाली दाजु भाइ ऍक आपसमा लडने र मार्ने इस्थितिको फेरि सिर्जना नहोस्. जुन नया नेपाल बनाउने सपना छ सारा नेपाली को यो पुरा होस.

  70. Let’s see how it goes. It will be a milestone in the history of Nepal. They(leaders) should make people feel and experience change not only in news and paper but in reality (peoples’ life).
    Good luck.
    krishna

  71. umesh ji, Nepal ma jasto sukai kanun bane pani power ra paisa lai kasai le jitna sakeko cha ra? Haina bhane vrastachari ra aparadi haru lai kina dhamadham safai mileko cha? Itihas dherai bane tara sabai jhuto but i wish aba tyesto hune chaina. Hamro Nepal Ramro Nepal, Shanta Nepal
    Ramesh

  72. Good news. Aaba raja gyanendra hoina, Mr. gyanendra bhanchha hola haina sarkari sanchar media le pani……

  73. Looks wonderful in words. Let us hope that Gyanendra sidelines without any extra bloodshed.

    Friends, I noticed something:

    Talu khuile Girija will be lucky to be listed as the first RASTRPRAMUKH as a son of people. What a big promotion, Hawaldar to the Head of State!

  74. उमेश जि,
    सुर्य बहादुर थापा, लोकेन्द्र, रविन्द्र नाथ जस्ता दरबार परस्त पनि छन यो सम्सद मा ? अरु प्रस्ट मन्डले हरु को को छन ? थाहा पाउ न ।

  75. Today will be a historic day for Nepal. Hope it is the beginning of transformation of old Nepal to a new republican nepal.

  76. Dherai dinko parkhai pahhi nepal aama ko muhar ujyalo dekhine bhayo, tara neta harule lobh ra lalach tyagna siknu paryo ani Gyane mathi nigrani attinai jarurichha.

  77. मण्डले धुरु धुरु…
    तर नडराओ मण्डले हो, १-२ बर्षमा यिनै ठुला ठुला पार्टीहरुले तीमीहरुलाई टीकट दिन थाल्ने छन्‌, ४६ साल पछी जस्तै।

  78. बधाई छ नेपालीहरुलाई । एउटा नयाँ नेपाल को नयाँ अध्याय सुरु भयकोमा ।

    CONGRATULATION NEPALESE PEOPLE!
    YOU ARE GOING TO START THE LESSION OF NEW NEPAL FROM TODAY.
    I PRAY AND MAKE WORSHIP FOR NEW THOUGHT FOR ALL LEADER AND PREVAIL OVER NEW NEPAL.
    CONGRATULATION.
    01 MAGH 2063

  79. I am eager to hear the announcement of the interim constitution……

Comments are closed.