अन्तरिम संविधान अनुमोदन, भोलि सार्वजनिक विदा

(अपडेट राति 1134) प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले अन्तरिम संविधान अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। यसलाई निर्णयार्थ प्रस्तुत गर्दा हुन्छ भन्ने आवाज मात्र सुनियो। हुन्न भन्ने आवाज कसैको आएन। त्यसैले ११ बजेर ३७ मिनेटमा नेपालको अन्तरिम संविधान व्यवस्थापिका संसदबाट सर्वसम्मतिले अनुमोदन भयो। अब संसद बुधबार २ बजेसम्मका लागि स्थगित भएको छ। यसैबीच सरकारले भोलि अन्तरिम संविधान जारी भएको खुसियालीमा सार्वजनिक विदा दिने घोषणा गरेको छ। ल विदा मनाउनुस् राम्रोसित है त। यसअघि प्रतिनिधि सभा घोषणापत्र जारी हुँदा, शान्ति सम्झौता हुँदा पनि विदा मनाउनु भएकै थियो, भोलि पनि मनाउनुस् !
(अपडेट राति 1115) अन्तरिम संसदलाई सम्बोधन गर्दै सैद्धान्तिक रुपले राजतन्त्रको अन्त्य र गणतन्त्रको सुरुवातको घोषणा आजैदेखि भएको महराले बताउनु भयो। उहाँले नयाँ नेपाल बनाउने सोचलाई साकार गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो। 1131 बाट नेमकिपाका नारायणमान बिजुक्छेले बोल्न थाल्नुभयो। संसद त मध्यरातभन्दा पनि बढी समयसम्म पो बस्ने लक्षण देखियो त। यति लामो समयसम्म नेपालमा पहिला बैठक बसेको थियो होला र ?
(अपडेट राति 1105) बल्ल बैठक सुरु भयो फेरि। अध्यक्षता उनै ज्येष्ठ सदस्य बलबहादुर राईले गर्नुभएको छ। बिचरा बूढा बाजेलाई यति रातिसम्म सुत्न नदिएर..! तर उहाँ ऐतिहासिक कार्यमा लाग्नुभएको छ, गर्व गर्नुहुन्छ होला। अहिले माअ‍ोवादीका स‍ंसदीय दलका नेता कृष्णबहादुर महराले रोष्ट्रममा गएर बोल्दै हुनुहुन्छ। एक जमानामा टाउकोको मोल तोकिएका यी नेता अहिले ऐतिहासिक अन्तरिम संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ। उता, सबै अधिकार खोसिएका राजा भने अहिले के गर्दै होलान् ?
(अपडेट राति 1030) शपथ ग्रहणपछि स्थगित भएको अन्तरिम संसदको बैठक सुरु हुने छाँटकाँट देखिएको छैन। वास्तवमा आज बिहानदेखि नै सबै काम ढिला हुँदै आएका छन्। सुरुमा बिहान ८ बजे बस्ने भनेको बैठक नै ९ बजेमात्रै बस्यो। त्यसपछि ४ बजेदेखि अन्तरिम संसदको बैठक सुरु हुने भनिए पनि ९ बजे बल्ल सुरु भयो। अब यो अन्तरिम संसदको बैठकले अन्तरिम संविधानलाई अनुमोदन गर्नुपर्ने हो। त्यो चाहिँ आज होला कि नहोला, मलाई त शंकै लागेको छ। किनभने भर्खर शपथ ग्रहण सकिएको छ। अरु अ‍ौपचारिकता बाँकी नै होला। अब साढे १ घण्टापछि त १२ बजिहाल्छ अर्थात् आजको दिन सकिहाल्छ। त्यसैले अब अन्तरिम संविधान अनुमोदन भोलि मात्रै होला जस्तो पो देखियो त।
(अपडेट राति 921) अन्तरिम संसदको बैठक सुरु भएको छ। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य बलबहादुर राईले ईश्वरका नाममा शपथ ग्रहण पछि अध्यक्षता गर्नुभयो। उहाँले सबै सांसदहरुलाई पनि शपथ ग्रहण गराउनु भयो। संसद भवनको दर्शकदीर्घामा माअ‍ोवादी अध्यक्ष प्रचण्ड र अर्का नेता बाबुराम भट्टराई पनि देखिनुभएको छ।
(अपडेट राति ८५६) माअ‍ोवादीका सांसदहरु अन्तरिम संसदको बैठकमा सिटमा बसिसकेका छन्। अब केही समयपछि नै अन्तरिम संसदको बैठक बस्दैछ।

आजको दिन नेपालको लागि ऐतिहासिक दिन हो। आज एउटा संविधान र एउटा संसदबाट अर्को संविधान र अर्को संसदमा नेपाल प्रवेश गरेको छ। पुनर्स्थापित प्रतिनिधि सभाको अन्तिम बैठकले अन्तरिम संविधान पास गरी जारी गरेपछि विधिवत् भंग भएपछि अब १२ वर्ष सशस्त्र आन्दोलन गरेका माअ‍ोवादीका ८३ सांसदसहितको ३३० सदस्यीय अन्तरिम संसदको बैठक बस्दैछ। अन्तरिम स‍‍विधान अनुसार प्रधानमन्त्रीले अहिले साढे आठ बजे अन्तरिम संसदको बैठक आह्वान गर्नुभएको छ। अन्तरिम संसदमा माअ‍ोवादीका केही सांसदहरु बिल्कुल नयाँ छन्। केही युद्धको मोर्चा सम्हालिसकेकाहरु पनि छन्। आफन्तको हत्या माअ‍ोवादीबाट भएको पीडा बोकेका सांसदहरु पनि अन्तरिम संसदका सांसद रहेका छन्। अन्तरिम संसद र अन्तरिम संविधान संविधान सभाको निर्वाचन नभएसम्म कायम रहनेछ। यो संसदको आजको पहिलो बैठकले अन्तरिम संविधानलाई अनुमोदन गर्नेछ। तर त्यसअघि ज्येष्ठ सदस्य बलबहादुर राईले पहिला स्वयंले अनि अरु सदस्यहरुलाई शपथ ग्रहण गराउनु हुनेछ।

अन्तरिम संसदमा कसको सिट कति ?

सत्तापक्ष
नेपाली काँग्रेस ८५
नेकपा एमाले ८३
नेकपा माअ‍ोवादी ८३
नेकाँ प्रजातान्त्रिक ४८
सदभावना (आ) ५
नेमकिपा ४
जनमोर्चा (शेरचन) ४
संयुक्त वाममोर्चा ३

प्रतिपक्ष
जनमोर्चा (केसी) ३
जनमोर्चा (सुवेदी) २
राप्रपा ७
राष्ट्रिय जनशक्ति पार्टी २
सदभावना १

प्रवेश निषेध गरिएका मण्डले भूपू सांसद
प्रेमबहादुर सिंह- कालिकोट
नरबहादुर बुढाथोकी-डोल्पा
नारायणसिंह पुन-म्याग्दी
प्रकाश कोइराला-रौतहत
बुद्धिमान तामाङ- धादिङ
वृजेशकुमार गुप्ता -कपिलवस्तु
बद्री मण्डल- मोरङ
मृगेन्द्रकुमार सिंह यादव- सप्तरी

43 Comments

  1. pryia nepalisathi haru hami haru lai pani aabagath nai chha desh ma kati jogi aaya kati gaya sabai ko kan cherako nai rehachha kasai le pani ramro sanga nepal lai sanchalan garna na saknna dekhayo haina ra ?tesai la malai lagchha desh aaja bhumari ma pardai jadai. chha tesai la ma yuta kura hamro desh ma prajatantra pani nepali lai chhayako chhaina,ra gadatantra ko ta habigath dekhai haliyo thats why i want to inform to mr {ruk magath katawal]jee tapai k hari basi rekhanu bhayako hali dinu khoorma yee bharastha chari ani aatankari haru lai.yeni haru nai ho desh bigarna, janta bhadkauna, aatanka machhauna.tapai lai tha chhaina kati desh haru dhama dham sainik sashan lagu bhai rekhako chha ?paila para jung la ta saari ra cholopairi maiti gaisakyo, aba tapai pani testai garna bichar ma hunuhunchha ki k ho ?haina bhana nepallai yo situation bata naya mod ma lana tapai ko hat ma chha .. aba janta lee tehai chayako matra chha .kina ki nepali janta sabai sa, la, pa [means- sadharan lekh padh ]hun na buddhi chha, na bibek.. hijo sadak ma jadu herna pani tehai murkha nepali ko hul thayo ,hijo nepali kangresh ko aandola ma pani tehai janta,madhava ko party ma pani thai janta kamala ko bhasan ma pani thai janta , giri ja ko bhasan ma pani thai janta ,raja ko raja ko bhasan ma pani thai janta ,aaila prachanda ko bhasan ma pani thai janta, aaila terai ko aandolan ma pani thai janta, nepal lai tukra banauna khojna pani tehai janta,tes karan nepali sanga na buddhi chha, na political mind,na bibek yeni haru murkha hun ,yee sabai pipal pata janta hun, yeni haru lai aba tapai ko sashan matra la thick parchha ruk magat jee …. tes karan hal ko situation lai madhaya najar rekhi tapai le bichar garnu paryo …haina bhana tapai lai tapai la lagayako bardhile samat hate garchha ani tapai lai ssari cholo lagauna situable hunchha ok …

  2. Janta janardan chhisikka vaeni chakkajam ra banda garna aatur, sarkar ghari ghari khusiyali vandai bida dina aatur! K yasari nai banla Naya Nepal.
    Tara mero aasaya mahan janandolan ko upalabdhilai aswikar wa nyuna parne aasaya hoina, Jaya Janmabhumi

  3. I am NOT in favour of having an extra holiday on this occasion. Rather, it is time that we declared an extra WORKDAY instead.

    In building a new Nepal, we must ban excessive holidays. As such, in Nepal, a karmachari works only >100 days in average in a year. IT IS TIME TO WORK MORE DAYS, not holidays. With festivals, strike, chakka jam, so and so’s passing away, etc., how many days do we work in a year? THIS TRADITION OF DECLARING A HOLIDAY MUST BE STOPPED. Only a few months back, there was a holiday declared in new set up.

    There must be a series of reforms brought in to create a New Nepal in administration. One such needed step would be to thoroughly streamline the bureacracy. All those unproductive staff should either be fired or they should be made to work in a productive way. GHAM TAPNE, BHOLI and BHAI HALCHHA (but nothing happens) type attitude must be abolished from the root.

    Now is the time.

    (I was getting ready to send my comments to the NEPALI TIMES but I thought, at Mysansar.com, you have equally conscious readership here to take note of it).

  4. माओवादीको भगवान कसम

    दश बर्ष भन्दा बढी लामो रगत रन्जित संघर्ष हुदै सम्सदेय
    राजनीति मा प्रबेश गरेको नेकपा माओवादी ले सुरुमै भगवान
    को नाउमा सफत खाएर आफ्ना हजारौ शाहीद हरु को आपमन गरेको छ । भगवान को नाउ मा सफत ख्हाउदा
    माओवादी ले तत्काल प्रतिबाद गर्नु पर्दथ्यो । तर तशो नगरेर माओवादी ले पनि कांग्रेस वा अरु पार्टी जस्ती पुरतनवदी
    च्रीत्र देखयाका छन।
    मिलन बगाले
    क्यामिन्-६, तनहुँ

  5. ho tyo
    kaju kancha (kp oli,)ram saran mahat,surye bahadur thapa,lai hatunu parne thiyo.teti garnu parthiyo.aba mantri mandal ma chahi yini harulai thau dinu hudaina.

  6. dhanya chhan timra balidan haru,
    timiel diyau jiban ko balidan,
    aja nepal ama ko muhara hasilo chha.

    aba kohile runu naparos aphanta ko biyog ma,

    anyaya atyachara kitab ka kura matrai banun,
    des sabaiko ho sabilai chetana rahos.
    jat,dharma pasa ra linga ko adharma bhanda nepalitwa ko adharma deshko bikas hos.
    tadha bata subhakamana

  7. लौ, यो त साह्रै खुशीको दिन भयो सबै नेपाली र नेपाल को हित चाहने हरुकोलागि ।सबै लाई बधाई छ नेपाल ले “नयाँ युग्” मा प्रबेस् गरेकोमा! तर सबैले के होस् गरौ भने नयाँ संबिधान लागु हुदैमा नयाँ नेपाल बन्ने होइन । खास् मा भन्ने हो भने नयाँ नेपाल को गार्हो यात्रा सुरु मात्र भयो । त्यसैले कत्ती पनि धिला नगरि नयाँ नेपाल बनाउन तर्फ लागिहालौ हाम्रो पुरानो नराम्रो बानी त्याग्दै ।

    मेरो विचारमा, हामी बहुसन्ख्यक नेपाली ले त्याग्नु पर्ने मुख्य बानिहरु यि हुन्:

    एक्, मान्छे लाई मान्छे नगन्नु । पेशा, छेत्र, धर्म्, छाला को रङ, र लिङ्गको आधार् मा कसैलाई ठुलो र कसैलाई सानो थान्नु । त्यस्ताइ, बल हुनेलाई भगवान जस्तो गर्नु र बल नहुने लाई भुसुना जस्तो देख्नु ।

    दुई, इमन्दरिता को कमि । उदाहरण को लागि, भन्ने एक थोक र गर्ने आर्को थोक ।

    तीन, मुख धेरै चल्ने तर बुद्दी र हात कम चल्ने बानी । उदाहरणको लागि भाषान ले सिङापुर बनाउने तर काम ले सिगानपुर बनाउने ।

    चार, आफ्नो काम (जिम्मेबारी) राम्रो सँग नगर्ने तर अरु सबै को काम जान्दछु भनेर फुर्ती लगाउने । त्यस्ताइ, अरुको खुट्टा तान्ने बानी ।

    पाच्, मै मात्र खान पाउ लाउन पाउ, मेरो छोरा नाती, मेरो ससुरली साला साली आदी। धन को लोभ, नाताबद र कृपाबद।

    यदि हामी साच्चै नै नेपाल मा परिवर्तन चाहन्छौ भने सर्बप्रथम यि माथि का कम्जोरिहरु त्याग्ने परिवर्तन हरेक नेपाली (नेता, कार्यकर्त, कर्मचारी, विद्यार्थी, किसान गृहिनी आदी)सबैमा आउनु पर्छ । सन २००७ नयाँ बर्ष भर्खर मात्र सुरु भएको छ, लौ यौ परिवर्तन हामी आफुबाट अहिलेनै सुरु गरौ त्यस्पछि परिवार अनि गाउ हुँदै जिल्ला र देश! तब मात्र बन्छ साच्चैको “नया नेपाल्”।

    जय नेपालि! जय नेपाल्!! सुन्दर्, शान्त अनि बिकाश्!!!

    Chandra Manab
    Indrapur, Morang
    Now: in New Zealand

  8. My hearty congratulations to you, Umesh ji for the continous updates. You deserve a special award from all Nepalis, especially those who are away from Nepal. Have a good night!

  9. सरकारले रात भरि पार्टि गर्ने बिचार लिएको कारण भोलिलाइ सर्वजानिक बिदा भोषणा गरे जस्तो छ रात भरि राष्ट्रको सम्पतिमा बिदेशि जाड लगाउनै पर्यो बिहान ह्याङ ओभर हुन्छ कसरी काममा जाने बिदा घोसित गरे त टन्टै पार ! होइन ए सरकार बिदा मात्रै गरेर देसको बिकास हुने हो र ?? त्यसै पनि चक्का जाम र नेपाल बन्द त भैइनै राखेका छन नि !अब सरकारका साथै हर एक नेपालका नागरिकले आफु भित्र रहेको अल्छि तत्वलाइ निकालेर फ्याक्न पर्यो अनि २४ घन्टामा केवल ८ घन्टा बिदा १६ घन्टा काममा लाग्न पर्यो ! नया नेपालको निर्माण गर्न नया बाटो अपनाउनु पर्यो नेपाललाइ बिश्वमा चिनाउनु पर्यो ! नेपालिहरु पनि देशको लागि डटेर लाग्न सक्दछन भन्ने देखाउन पर्यो !

  10. I have no idea how the widow of late-MPs will watch the face of maoist murders in house. It is strange to be there together.

    gaurab
    USA

  11. It’s a great news for Nepali concept it’s on process to restore peace and prosperity.It’s on observation whether maoist will do as their theory or they will trap in the singh durbar style.

  12. tyo india sanga ko hydropower ko samjhauta anumodan ko lai pani rati 1.30 baje samma base ka thiye tyeti bela ka sansad haru…

  13. Hoina bhaneko,,,,badi samaya liyera bolnu bhanda main kaam tira dhyan diye po ramro huncha? yi netaa haru ta hun ni,,,bolne mauka matrai chahincha yini haru lai. Aaj chito kaam garera boli badi bole hudaina ra Umeesh Ji. Pura nepali haru jaagi raheka chan but yi netaa haru bane boleya bolei chan….Action speaks louder than speech hoina ra umeesh ji?

  14. Good start MPs! Hope we will keep the spirit up for the better Nepal. Finally you have the rein.Don’t betray us. May lord provide you “sadbuddhi”.

  15. ramro ati ramro garechan nepali neta le tara pad ko ramro sadupayog garnu hai hami nepali janatale chaheko kura yehi ho

  16. Great news!!!!

    Once the election has been completed we will know our new Government. Now people who are outside the country should think of investing in our own nation. And build our nation together. We all should help our own home town first and together the country will prosper and that way we will have the way of doing things better than others. In a sense we should compete eachother for building our nation. That starts our own home first. Education is very important. But not the kinda education we find in Nepal “Sugaa rataai…”. We need practical education.

  17. It is just a beginning of new chapter. Anything is possible to happen in near future. Until new election takes place and get representatives from nepali people what parties have choosen we can not predict it is going for nepal and nepali people. Girija party already showed his intention giving power to his own people. Until we get ride of some many people like Girija we can not and should not predict good thing is happening for nepal and nepali people.

  18. बढो राम्रो काम भयो । नेपाल टेलिभिजनले लाइभ प्रशारण गरेर । वेवमार्फ् पनि हामी विदेशमा बस्नेहरुले हेरिरहेका छौं ।

    ओजश्वी

  19. ma dherai khusi. yo antrim bidhan ra naya mero nepal bikash ko agra panti ma ubhiyos. sathai nepal aba switjarland ko tulanama uvine chha.
    sidda bahadur khatri.
    village salyan(masurbari) india secundera bad,
    dist baglung Sainik puri CDM
    zone dhaulagiri

  20. खड्ग प्रसाद ओली(काजु कान्छा) संसदमा अनुपस्थित रहेको सुन्नमा आएको छ के कति साचोहोला? कि प्रतिगमत गर्न तिर लागे होला?

    ****
    हो, उहाँ देखिनुभएको छैन।

  21. I wished Corrupts like Govinda Joshi, Khum B. Khadka ET AL were bared from interim parliamanent. These are another form criminal/anti democratic similar to Badri Prasad Mandal.

    Sarada

  22. यो नयाँ सिसी मा पुरानो रक्सी नहोस् । पुरानो बाटो हिंडेर नयाँ ठाउँ मा अबस्य पुगिदैन । कार्यसैली फेरियोस् । मन्त्री हुनु र सांसद हुनु जागिर खाएको कर्मचारी होइन । तलब मात्र खाने, काम केही नगर्ने । देस् प्रती सबै इमान्दार हुन् । हामिलाई गोल् रहित् खेल् चाहिदैन अब् , गरिबि बिरुद्द धेरै गोल होस्। सबै नेपलिको उन्नति होस्। कामना गरौं ।

  23. khai ke bhanu,aaja maghe sagrati ko din yaha bidesh ma til ko lldu ra chaku khana napa ye pani, yo samachar le jindagi bhari ko(nepal ma bitaye ka) aaru sagrati bhanda ramae lo lagyo.lldu khana napaye pani pahile ko bhanda nikai thulo lladu khaye jes to bhae rahe ko cha.dhanya cha NEPAL aama timi le e yo choro ko sat samundra pari bata.

  24. नेपाल्: जनन्नी बन्दे!!!! जय होस् नेपाल आमा को,देस् ले प्रगती गाह्रोस् अब चै!!!

  25. माओबादि सांसदहरु यूवा देखिएका छन । नयाँ उत्साह स्वागतयोग्य छ । संसदभित्र अरु पार्टीका खारीएका र चतुर राजनीतिक खेलाडिहरुलाइ यिनले कसरी सामना गर्ने हुन हेर्न बाँकि छ ।

  26. kamal thapa lai pratibandha nalagako kina ho ki tyo paile ko snasad ma thiyena??? ani tara nath ranabhat ra sailaja pani aile ko sansad ma … kasto hasyapad

  27. kamal thapa lai pratibandha nalagako kina ho ki tyo paile ko snasad ma thiyena??? ani tara nath ranabhat ra sailaja pani aile ko sansad ma … kasto hasyapad

Comments are closed.