भदौ २८ देखि कर्नाली ब्लुज

विश्वभरिका पाठकका लागि बुद्धिसागरको बहुप्रतिक्षित उपन्यास कर्नाली ब्लुजको अनलाइन बुकिङ खुला भएको छ। बुकिङ खुलासँगै प्रकाशक फाइन प्रिन्टले उपन्यासको निःशुल्क च्याप्टर माइसन्सारलाई उपलब्ध गराएको छ।

यो वर्षकै सर्वाधिक स्तरीय नेपाली उपन्यासको रुपमा हेरिएको कर्नाली ब्लुज २८ भदौमा बजारमा बजारमा उपलब्ध हुनेछ। बुद्धिसागरको सिर्जना शक्तिलाई न्याय होस् भनेर पुस्तकको लेआउट तथा छपाइ अन्तरार्ष्ट्रिय स्तरको बनाइएको प्रकाशकको दाबी छ। ‘त्यसै कारण हामीले पुस्तकको कभर छाप्न दिल्ली पुग्नु पर्‍यो’, फाइन प्रिन्टका निरज भारीले भने- ‘अहिलेसम्म २ हजार बढीले अग्रिम बुकिङ गराएका छन्, यो नेपाली पुस्तक इतिहासमै नयाँ कुरा हो।’

माइसंसारमार्फत् पुस्तकको अनलाइन बुकिङ पनि सुरु भएको छ। माइसंसारमार्फत् तीन किसिमले यो पुस्तक खरिद गर्न सकिन्छ। एक- क्रेडिट कार्डबाट पैसा तिरेर, दुई- काठमाडौँमा भएका आफन्तबाट रकम भुक्तानी गर्न लगाएर र तीन- नेपालका कुनै पनि ठाउँबाट घरैमा मगाएर। प्रकाशकले तीनै किसिमबाट भुक्तानी गर्नेलाई घरदैलोसम्मै पुस्तक पुर्‍याउने व्यवस्था गरेको छ।


बुकसँग बुद्धिसागर : पुस्तक लेखिसकेपछि ओभर कोट फुकाले जस्तो हल्का अनुभव भइरहेको बुद्धिसागरले बताए।

कस्तो होला कर्नाली ब्लुज ?

यहाँ क्लिक गरेर निःशुल्क च्यापटर डाउनलोड गर्नोस्। कृपया डाउनलोडपछि आफ्नो कमेन्ट दिनुहोला।

यहाँ क्लिक गरेर अनलाइन बुकिङ गर्नुहोस्।

अनलाइन पुस्तक बिक्रीमा फाइनप्रिन्टसँगको सहकार्यमा माइसंसारको यो पहिलो प्रयास हो। आउँदा दिनमा हामी अरु पुस्तक पनि तपाईँको घरदैलोमा पुर्‍याउने छौँ।

56 Comments

  1. It’s been couple Of week I had bought this book online, but I still hadn’t get that. Can anyone pls tell me how long I gotta wait to get the book! First chapter looks pretty impressive, hope the book is quite intresting.

  2. बुद्दिसागर जी को किताब त मैले अर्डर गरिसके ऑनलाइन चाप्टर पढ्दा आफ्नो बाल्यकाल याद आयो ! धन्यवाद बुद्दिसागर लाई किन भने मलाई किताब किन्न मन लाग्छ किन्छु पनी तर पढ़ने समय निकाल्न सक्दैन तर यो किताब भने पक्कै पनी पढ़ने छू यसै गरी पढ़ने समय निकालने छू राम्रो छ किताब !

  3. दाई, यो बुक नेपाल बाहिरबाट ओर्डेर गर्यो भने पनि डेलेवेरी गर्नु हुन्छ हो? for eg, say I am in Australia, can you still deliver this book to my address in Australia?

  4. एकदम राम्रो लाग्यो लेखन सैली धेरै राम्रो छ / देल्ही नै जानु को कारण चाहि केः होला मुनामदन जो सबै भन्दा धेरै बिक्रि भएको कृति पनि उ बेला नेपाल मै छापिएको थियो / यो कुरा र आज कान्तिपुर् मा छापिएको समाचार सुनेर त सारै दुख लाग्यो हामी इंडियालाई जति नै गालि गरे पनि अब दशै
    पछि गाली गर्नु हुदैन नुन को सोझो गर्नु पर्छ नत्र अन्न ले सराप्छ किनकि हाम्रो क्रिसी प्रधान देश नेपालमा चामल गहु र चिनी पनि इंडिया बाट आउदै छ रे / लेखक जिउ तपाई को उतरोत्तर प्रगति अनि तपाइँ को कृति को सफलता को कामना गर्दा छु /

  5. साचै राम्रो उपन्यास ,म पनि किनेर पढ्ने छु .एस को price को बारेमा पनि थाहा पाउन हुन्थ्यो ?

  6. I am very much happy to read the free version. Can’t wait till I get one in my hands. Thanks a lot to mysansar for making it availabale to the people living abroad including me. It has not been long that I had started to have keen interst in Nepali Literature. I am liking every novels i have read so far. Hope we can have access to all books,old and new,like this in coming days. looking forward to read them all.
    with regards
    shanti

  7. हामीहरुले सधै इंडिया र इन्डियन सूदलाई गाली गर्छौं तेस्तै हाम्रा नेताहरुलाई पनि इंडिया संग झ्हुकेको भनेर गाली गरछौ, तर हामी नै दिल्ली जाने परम्परा लाई निरन्तरता दिदै आएका छौं, कतै नेपाली उपन्यासमा मेड इन् इंडिया भनेर आउने त होइन ! जे होस्, इन्डियन प्रिन्ट लाई international quality मान्ने हाम्रो खानदानी सोचले नेपाली प्रिन्ट को उपहास भएन र ?

  8. लेख त खुब चाखलाग्दो रहेछ। जे होस ठेट नेपाली परिवेश अनुसार लेखकले सबै विषयवस्तुसंग मिलाएर प्रस्तुत गर्नुभएको यो लेख धेरै रमाईलो लाग्यो। अब किताब भोलि नै किनेर पढ्ने धुनमा छु। आफ्नै बाल्यकालको खुल्दुलीपन, चकचकेपन र उरन्ठेउलो क्रियाकलाप गरेको याद गराउनुभयो लेखकजीले। हुन त हामी नेपालीहरुको परिवेश प्राय त्यस्तैनै छ बिशेषगरी गाँउले जीवनमा।

    “शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”

  9. धेरै राम्रो लाग्यो तर दुखको कुरा मा बग्दादमा भएको हुदा भदौ २८ मा नै पदन नपाउने भय अफिसमा आचानक बेसरी हासेको देखेर कुइरेले आर यु म्याड भन्यो सहारै हासो लग्यो हासोले आखा बाट आसु आयो, मेरोसंसार्लाई धेरै धन्यबाद अनि बुद्दिसागर जी लाइ सफलताको सुभकामना नेपाल फर्किने बित्तिकै किनेर मा पुरा पड्ने भय यसै पनि मा उपन्यास पदन धेरै मन पराउछु यो त पदनै पर्ने जस्तो लग्यो जति पदन पाइयो धेरै मज्जा आयो

  10. मैले फुछे को ठाउँ मा आफैलाई देखे
    बाल्यकाल का चुलबुले बानीहरु
    अनि बा का गालीहरु.

  11. म पनि हजुर को कर्णाली ब्लुज पढ्न पहिने भएकोमा धेरै खुसि छु मलाई यो छोटो अंश पदह खेरि नै सबै किताब पढुपढु लागि सको तर इन्तजार म बस्नु पर्ने रहेछा हास पनि धेरै उठो खुसि लागो

  12. जब मैले तपाईंको “स्वर्ग वंकका ३ वटा भाग, गैडा टाइम्स, एउटा मच्छरको आत्मकथा, पिपिल (लाइभ) अनि अन्तिममा पढेको काठमान्डु, म हारेर फर्कन्नँ ” भन्ने नागरिक पत्रीका बाट प्रकासित पढे तब देखी नै म तपाईंको फ्यान भएको थिए ….

    “कस्ले पिट्त्यो भन ।।।तेस्का हात नभाचेर भन्दा ” म त लास्ट पेट् मिचिमिची हासेको

    हसाउछन बुढाले ……………

  13. I have just gone through the first chapter of this book. It is so awesome and it had allowed me to be in the memory lane of my childhood days!!!! Thanks to Buddhi Sagar ji !!!! I am breathlessly waiting for reading the whole book.

  14. Very good one, I like it so much.. I have already orderd one.

    Thanks all the best.. Keep it up
    nice job.

    Thanks

  15. नियमापत्ति, यसरि अफिसमा बसेर हास्दा हास्दा, मेरो जागिर गयो भने को जिम्मेवार हुन्छ नि, अफिसमा म एक्लो नेपाली छु अनि पागल सरि हास्दै छु, काठमान्डौ झर्ने बित्तिकै “कर्णाली ब्लुज” किनेर पढ्ने छु

    किताब किनेर पढ्ने संस्कार बिकास हुदै गएकोमा औधि खुसि छु

  16. सारै रमाइलो रैछ हासो लग्यो ….. अरु पद्नु मन लाग्दै छ

  17. राम्रो लाग्यो, तर ठेट झर्रा शब्द राखेर लोकप्रिय बनाउन खोज्दा पुष्प जी ले भन्या जस्तै अश्लिल लाग्ने शब्दलाइ नि श्लील बनाउने प्रयास गरेकै हुन बुद्धिले ..
    पक्कै पढ्ने हो पुरै उपन्यास
    दिनेश

  18. उपन्यास राम्रो छ जस्तो लाग्यो । तर केही छाडा शब्दहरुको प्रयोगले यसको ख्यातिमा केही असर पर्ला कि जस्तो लाग्यो । त्यस्ता शब्दहरु प्रयोग नभएको भए यो उपन्यासले झन् सफलता पाउने थियो होला भन्ने लाग्छ । गाउँघरतिर बोलिने ठेट नेपाली शब्दहरुले अरु मिठास भरेको छ । समग्रमा भन्नुपर्दा एकचोटि पढ्नै पर्ने उपन्यासचाहि हो ।

  19. पहिलो च्याप्टर पढ्दै त्यसपछि त्यसपछिका अंक पढ्ने उत्सुकता जागेको छ । पक्कै पनि यो उपन्यास पुरै नपढी मन चाही थामिदै थामिन्न /

  20. सहि लाग्यो, गाउँ घर तिरको बास्तबिकता झल्किने, हाँसो पनि मिसिएको, जय हो बुद्धिसागर को

  21. छाडा शब्दलाई सामान्य ‘बनाइएकै’ छन् अब अश्लिल शब्दहरूको प्रयोगलाई सामान्य बनाउने ‘प्रयास’मा त हुनुहुन्न बुद्धिजी ? होइन भने सबै तप्का र उमेरकाले पढ्ने यस्ता उपन्यासमा गालीगलौजका शब्दहरूको खुला प्रयोग बिल्कुलै गलत हो; यसपालि निराश बनाउनुभो तपाईंले ।

  22. राम्रो लाग्यो आफ्नै कथा जस्तो लाग्यो बाँकी भाग पदनै पर्छ।

  23. म र मेरो परिवार ले Nisulka chapter पढ्दा हाशो थाम्नै सकिएन , पुरै किताब पदन पाए के हुने होला ? लेखक लाइ best of luck, we definitely read this book. Thanks for my sansar !!!!!!!!!!!

  24. होइन हो लेखक ले कहाबाट मेरो बाल्यकाल को घटना थाहा पाएछन् ????
    मैले मेरो बाबा लाई यो उपन्यास किनेर दिन मन लाग्यो यार !!!!!

  25. हुनत नेपालीहरुको नकारात्मक कमेन्ट गर्ने बानि हुन्छ भन्छन | तर पहिलो हरफ मा “आमाले करेसभारी तमाखुका बोट …”. मा गल्ति छ | तमाखु भनेको सुर्ती र खुदो को मिश्रण बाट पनको कुरा हो | एसको बोट हुँदैन | सुर्तीको मात्र बोट हुन्छ | अझ सुद्द भन्ने हो भने, तेस्लाई काचोपात भानिन्छा |

  26. हुनत नेपालीहरुको नकारात्मक कमेन्ट गर्ने बानि हुन्छ भन्छन | तर पहिलो हरफ मा “आमाले करेसभारी तमाखुका बोट …”. मा गल्ति छ | तमाखु भनेको सुर्ती र खुदो को मिश्रण बाट पनको कुरा हो | एसको बोट हुँदैन | सुर्तीको मात्र बोट हुन्छ | अझ सुद्द भन्ने हो भने, तेस्लाई काचोपात भानिन्छा |

  27. बाफ रे बाफ, हाँसो थाम्नै सकिन. झन्डै कुर्ची बाट लडेको. धेरै दिनपछि यति सारो हांसियो. लेखक लाइ धेरै धेरै धन्यवाद तथा शुभकामना.

  28. झर्रो नेपाली शब्दहरु; नेपालको ग्रामीण परिवेश;
    “जय संतोसी बा” जस्ता नयाँ झरिला शब्दावली पढ्दा
    सिल्मट्टी गर्या कुलाँ पानी बग्यास्तै बग्यो गाँठे!
    🙂

  29. निस्कर्समा भन्नु पर्दा साधारण अनि यथार्थ परक साथमा भरपुर मनोरंजन तर केहि छाडा पनि l जे होस् बुद्धिसागरजी बधाई l आशा छ धेरैको मन जित्नेछ l

  30. बधाई अनि सफलताको शुभकामना लेखकलाई . साचो नेपालि जिबनालाई उजागर गरेको छ उपन्यासले . निकै चाखलाग्दो लाग्यो. अब बुकिंग तर्फा लाग्ने पर्ने बनायो . एउटा चन्चले केटो को माध्यामबाट देशको दुइ तिहाइ जिबन पस्किए झैँ लाग्यो उपन्यासको पहिलो भागले . साथि हरु शब्द र बाक्य भन्दा पनि उपन्यासको मर्म बुझौ आफै राम्रो हुन्छा . साचै बाल्यकाल याद गरायो .

  31. यो उपन्यास पड्दा त आफ्नै बाल्यकालको याद आयो! म यो भन्दा धेरै केहि लेख्न चाहन्न किनकि मलाई नि येस उपन्यास को मुख्य पात्रलाई झैँ लाज लागेर आयो!!!
    बिनोद काफ्ले
    स्पेन, बार्सेलोना

  32. तन्नेरी मै हिट भएछन् बुद्दी सागर | बिस्तारै झन् झन् राम्रो राम्रो र प्रठिभाबान बनुन |यहि कामना छ |

  33. i’ve always been enjoyed his articles in nagarik news!!
    now i cant wait toread the full version!!
    is it possible for people living overseas to get the book on the release date??

  34. दामी रहेछ, पहिलो च्याप्टरले गज्जबले हसायो…..अब पुरै नपढी मन नमान्ने भयो

  35. जे होस् ! यो श्रेणीहरुको जीवनको आधारमा लेखिएको कथा होस् या उपन्यास, गम्भीर, चाखलाग्दो र लोकप्रिय त हुनुनै पर्छ !

  36. भर्खरै पल्पसा क्याफे को अडियो सुनेर सकियो आज बाट,अब यो किताब पनि पढ्नु पर्ने खाल को रहेछ,बिस्तारै पढ्नु पर्ला.लेखन सैली चै राम्रो रहेछा है

  37. We probably had the only toilet in our village. It was a very good thing. Good for may father too, as he could lock me in there when I did not listen to him.
    Books don’t impress me so quick, it did. Looking forward to reading it! Thanks to MySansar team for this post..

  38. हस्दा हस्दा आखाँ बाट आसुनै आयो..!!
    नेपाल बाहिर हुनेले भदौ २८ मा नै यो उपन्यास हात पार्न संभब छ कि नै?? छैन भने कती समय जति कुर्नु पर्ने होला…!!!
    किताब पढ्ने खासै मेरो शौख चाही छैन र अहिले संम्म जिबनमा कुनै पनी साहित्यिक रचनाको लागी एक सुक्का पनी खर्च गरेको छैन तर यो उपन्यास उपन्यास भने पैसा तिरेर नै पढ्छु भन्ने सोचीरहेको छु तर आफ्नो भन्दा अधाडी साथीहरुको हातमा आई पुग्यो भने कुरेर चाही बस्ने छैन…. 😛

    • हाम्रा साथिहरु आफु त केहि गर्न जान्दैनन्! तर अरु साथिहरुले गरेको प्रगति वा साथीले लेखेको यतिका राम्रो उपन्यासको तारिफ गर्नु त कहाँ हो कहाँ , हाँस उठ्यो पनि होइन रे – हस्दा हस्दा भन्नु मुर्खताको झझल्को औछा!

      • खै ! केशवजी, मलाई त लोसिर्कजीको भनाइ ठीकै लागेको छ ।

        लोसिर्कजीले हाँस्दा हाँस्दा आँखाबाट आँसु नै आयो भन्‍नुले बुद्धिसागरजी उपन्यासको सानो चोइली मार्फत उहाँलाई गजबले हँसाउन सफल हुनुभएको छ भन्‍ने देखाउँछ । त्यो बुद्धिसागरजीको लेखन शैलीको परोक्ष प्रशंसा नै हो भन्‍ने मलाई लाग्छ । किताब पढ्ने खासै शोख नभएको व्यक्तिले सकभर पैसा तिरेर पढ्ने नभए साथी सँगीसँग मागेरै भए पनि पढ्ने सोच (हार्दिक जिस्क्याइ साथ) व्यक्त गर्नुलाई म प्रत्यक्ष प्रशंसा भन्छु । लोसिर्कजीको उक्‍तिमा हस्दा हस्दा लाई हाँस्दा हाँस्दा को रूपमा मैले लिएको छु । अर्कै अर्थ छ भने मलाई थाहा भएन । शब्द दोहोर्‍याएर अर्थ भनौँ मर्ममा जोड दिन्छौं होइन र !

        मैले पनि नि:शुल्क उपलब्ध कर्नाली ब्लुजको अंश पढेर मनमनै खुब हाँसे । बाल्यावस्थाको नटखटेपन र सोच्यो कि गर्‍यो स्वभावले ल्याउने अनपेक्षित परिणामहरूलाई छरितो र चोटिलो तरिकाले पस्केर लेखकले पाठकको मन जितेको छ । अनपेक्षित परिणाम कहिले हँसाउने खालको हुन्छ त कहिले दिल दुखाउने खालको हुन्छ, मन पोल्ने खालको पनि हुन सक्छ ।

        सामान्य जनजीवनमा प्रयोग गरिने लवजलाई स्थान दिएर उपन्यासकारले आफ्नो कृतिमा जीवन्तताको गहिरो छाप दिएका छन् । कतिपय गालीगलौजका शब्दहरू स्थान र स्थिति विशेष मात्र भाव सम्प्रेषणमा बल दिन एकदमै किफायती तवरमा प्रयोग गर्दा लेखक र पाठक दुवैको भलो हुन्छ भन्‍ने मलाई लाग्छ । यस्तै आशा गरेको छु कर्नाली ब्लुजको बाँकी अंशमा ।

        • पर्शुराम जि, तपाईको अनुमान सहि हो। 🙂

          मैले पहिलो पटक बुद्धिसागर जि केटी हेर्न जाने बेलाको लेख पढेको थिए (सायद त्यो लेख कमैले पढेका होलान्, त्यो लेख नागरीकले साईटबाट पनि निकाली सकेको छ.. ), त्यहि पहिलो लेखबाटनै म बुद्धिसागर जि को फ्यान बनेको हुँ। उहाको नागरिकमा प्रकाशित कुनै पनी लेख सायद छुटाएको छैन होला। नागरीक पत्रिकामा आएको लेख, साईमा ढिलो आउदा, साथी लाई स्कान गरेर पठाउन लगाउने पनि मै हुँ.. 😛

          कमेन्टको भाब नबुझ्नेहरु संग के दोहोरो मुख लगाउनु… 🙂

          कुरा रह्यो कर्नाली ब्लुज् को, यो एक च्याप्टर पढ्दा पनी यती मज्जा आयो कि कुरै नगरु। दिदि बाहिनी ले बा लाई कुरा लगाउने, अनी आमाले छोरोको पक्ष लिने, यो सबै पढ्दा, आफ्नै बाल्यकालको झझल्को आयो..।।
          तर एउटा कुरा मलाई के लाग्यो भने, गाउले जिबन नदेखेका \ नभोगेकाहरुलाई यो उपन्यास त्यती चाखलाग्दो नलाग्न सक्छ तर गाँउले परीभेष र जिबनशैलीमा हुर्केका \ देखेकाहरुलाई यो जस्तो अरु कुनै कृती हुनै सक्दैन..।।

          कुरा रह्यो किनेर पढ्ने, म त किनेर नै पढ्छु भनेको छु तर मैले भन्दा पहिला साथीहरुको हात मा पर्यो भने किनेरै पढ्छु भन्ने धैर्याता सायद म मा मात्र होईन जो कोहीमा पनी नरहला… 🙂

      • सर्बप्रथम त मेरो टाईपिङ मिष्टेकका लागी माफी चाहान्छु, मैले “हाँस्दा हाँस्दा” नै लेख्न खोजेको हो।

        र केशब जि, तपाई जस्तोलाई लामो कमेन्ट टाईप गरेर मेरो समय बर्बाद गर्ने चाहन्न, यत्ती मात्र भन्छु कि.. “अरुको कमेन्टको भाब नबुझ्नेले कमेन्टको रिप्लाई नगरेको नै राम्रो”

  39. वास्तविक जनजिवनमा बोलिने शब्द को चयन ले पक्कै पनि यो उपन्यासलाइ लोकप्रिय बनाउनेछ।

    तर एउटा कुरा नि सत्ययतामा आधारित उपन्यास बन्दा ‘ यो कुरा ता उपन्यास र चलचित्रमा मात्र पाइन्छ भन्ने नेपालि भनाइ गलत हुन जाला भन्ने डर ।

    प्रथम च्यप्टर राम्रो लागि बांकि बुक किनेरै पढौंला।

  40. अर्को रमाइलो पुस्तक पढन पाइने भयो। म वेहद खुशी छु। सङकै छैन, पुस्तक किनेरै पढछु।
    लेखकलाई अग्रीम वधाई तथा शुभकामना।
    पुस्तक वजारमा आउनु अगाडि वारम्वार जानकारी दिएर अधैर्य वनाउनु चानचुने कुरा पक्कै होइन। यसमा प्रकाशकले आफ्नो स्रोतको चुस्त एवम विवेकशील प्रयोग गरिरहेको छ। यो एकदम प्रशंसनिय कार्य हो।

    मैले यो वर्ष हाम्रा लेखकको पुस्तक खरिद गरेको भनेको त्यहि एउटा ‘मयुर टाइम्स’ हो। म चाहन्छु हरेक वर्ष कम्तिमा पनि १० ओटा हाम्रा लेखकहरुको पुस्तक किन्न परोस। अपसोच यो छ कि अहिले सम्म यो शम्भव भएकै छैन। यहाँ कोहि हुनुहुन्छ जसले मजस्ता पाठकको मन जितेर पुस्तक किन्न प्रेरित गरिरहोश। ताकि म १० ओटा होइन २० ओटा पुस्तक हरेकसाल खुशीसाथ किनिरहूँ !

  41. स्वर्ग वंकका ३ वटा भाग, गैडा टाइम्स, एउटा मच्छरको आत्मकथा, पिलपिल (लाइभ) अनि अन्तिममा पढेको काठमान्डु, म हारेर फर्कन्नँ आदि जस्ता लोकप्रिय लेखका लेखक बुद्धिसागरको यो कितावले अवश्य पनि हामी जस्ता उहाँका फ्यानको मन जित्नेछ भन्नेमा त अव शंकै रहेन । यो किताव छापिएर बजारमा आएपछि किताव मात्र नभएर लेखकको लोकप्रियता पनि निकै बढ्नेछ भन्नेमा दुइ मत नहोला । तर खसखस लागिहाल्यो, चित्त नबुझेको कुरा भनिहालुँ होला म पनि – बाले भनिहाल्नु भो, बाकै शव्द त हो नि भन्ठानेर त्यो अन्तिमको शव्द (पूरै कितावमा अरू पनि छन् कि कतै) नलेख्या भए पनि यो कितावको लोकप्रियतामा पक्कै पनि कमी त आउने थिएन होला नि । यस्ता कुरा सवै पाठकलाइ नपच्न पनि सक्छन् है । आगे यहाँको मर्जी बुद्धिसागर जी ।

  42. यो बुद्धि ले मेरै कथा लेखेछ. बाल्यकाल याद आयो..

  43. धेरै समय पछि आँखा बाट आसु आउने गरि हास्न पाए. निकै राम्रो लेख. आफ्नै कथा जस्तो लग्यो.

  44. उपन्यास राम्रो छ जस्तो छ. माथि को लिंक बाट पढेको राम्रो लाग्यो . सबै पढेर लास्ट को सेंटेंस पढ्दा मज्जा आयो.

Comments are closed.