स्वचालित हतियार आकस्मिक रुपमा पडकेर मरेका रे

अन्ततः शुक्रबार हत्याकाण्ड भए पनि आइतबार रातितिर बल्ल राज्य सहायक ज्ञानेन्द्रले देशवासीका नाममा सन्देश दिए। यो सन्देश सँधै विवादास्पद सन्देशका रुपमा नेपालको इतिहासमा दर्ता हुनेछ। किनभने त्यसमा दरबारमा भएको घटनाका बारेमा ज्यादै हलका रुपमा स्पष्टिकरण दिइएको छ। नागरिकको सूचना पाउने अधिकारलाई खिल्ली उडाउँदै त्यसमा भनिएको छ- आकस्मिक रुपमा स्वचालित हतियार पड्कन गई त्यसो भएको हो। दोष जति त हतियारलाई पो ! हतियार पडकिएर पो भएको रे। अर्थात् हतियारै दोषी।

ज्ञानेन्द्रले २०५८ को जेठ २१ गते दिएको सन्देशको पूर्ण विवरण यस्तो छ-

प्यारा देशवासीहरू,
अस्ति राति घटेको दुर्घटनाले हामी सबै नेपालीको जीवनमा गहिरो आघात पुर्याएको र सुखद पारिवारिक जमघटमा भएको कहालीलाग्दो अप्रत्याशित घटनाले सम्पूर्ण नेपालीलाई व्याकुल पारेको छ ।

हामीलाई प्राप्त विवरणअनुसार उक्त घटना आकस्मिक रूपमा स्वचालित हतियार पड्किन गई श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव, श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाह, श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाहसमेत अन्य शाही परिवार नातेदारहरू गम्भीर रूपमा घाइते होइबक्सी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारको लागि लगिएको थियो ।

चिकित्सकहरूको अथक प्रयास हुँदाहुँदै पनि श्री ५ महाराजाधिराज जेठ १९ गते शुक्रबार हामी सबैसित सधैंको लागि बिदा होइबक्सँदै स्वर्गारोहण होइबक्स्यो ।

साथै श्री ५ बडामहारानी, श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह तथा राजपरिवारका अन्य सदस्यहरू श्री ५ अधिराजकुमार श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह र श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी देवी शाह पनि स्वर्गारोहण होइबक्स्यो । यसै गरी शाही नातेदार कुमार श्री खड्ग विक्रम शाहको पनि स्वर्गारोहण भयो । यस शोक समाचारबाट विह्वल भएका हामी सबैले श्रीपरमेश्वरको टारेर नर्टर्ने यस इच्छालाई स्वीकार गर्न बाध्य हुनुपरेको छ ।

प्रजावत्सल श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव स्वर्गारोहण होइबक्सेको हुँदा नेपाल अधिराज्यको संविधान, २०४७, राजगद्दी उत्तराधिकारसम्बन्धी कानुन रीत र परम्पराअनुसार राजपरिषद्को बैठकले मौसुफका ज्येष्ठ सुपुत्र राजगद्दी उत्तराधिकारी श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव २०५८ साल जेठ १९ गतेदेखि नेपाल अधिराज्यका श्री ५ महाराजाधिराज होइबक्सेको घोषणा गरेको छ ।

तर हामी सबैले आ-आफ्नो कर्तव्यलाई बिर्सन नहुने बेला आएको छ । हाम्रा परमपूज्य मुमाज्यूमाथि आइपरेको यस शोकको बेला सबै देशवासीहरूसहित हामी मौसुफमा श्रद्धाभक्तिपूवक समवेदना चढाउँछौं ।र
वर्तमान श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव हाल सघन उपचारको अवस्थामा होइबक्सेकोले मौसुफबाट शारीरिक अशक्तताका कारण नेपाल अधिराज्यका श्री ५ महाराजाधिराजको हैसियतले कार्यभार सञ्चालन गर्न अर्समर्थ होइबक्सेकोले नेपाल अधिराज्यको राज्य सहायकको अभिभारा हाम्रो काँधमाथि आइपरेको छ ।

नेपालको गौरवमय स्वतन्त्रतालाई सदा अटुट राखिबक्सूदै श्रद्धेय दाज्यूबाट देश र जनताको भलाइको निम्ति गरिबक्सेका योगदानले हाम्रो इतिहासमा मौसुफको स्थान सधैं अटल रहनेछ । मौसुफको अन्त्येष्टि समारोहको अवसरमा प्यारा देशवासीहरूले दर्साएको स्वतःस्फूर्त सम्मानलाई हामीले मौसुफप्रतिको सदाशय र स्नेहको द्योतकका रूपमा लिएका छौं ।

मौसुफबाट बक्सेको मार्गनिर्देशनलाई मनन गर्दै हामी आफ्नो कर्तव्य नभुली सदाझैं यस विपद्को बेलामा हामी सबै नेपाली एक भई पारस्परिक सहयोग, सद्भावना र मेलमिलाप राखी यस देशको प्रतिष्ठा अक्षुण्ण राख्ने मौसुफको सपनालाई साकार पार्न प्रयत्नशील हुनेछौं । यस कार्यमा सबैको सहयोग पाउनेछु भन्ने कुरामा म विश्वस्त छु ।

यस घडीमा श्रीपरमेश्वरमा श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेवको शीघ्र स्वास्थ्यलाभको लागि म सम्पूर्ण नेपालीको तर्फबाट पर््रार्थना गर्दछु । र्स्वर्गवासी श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह तथा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहका साथै यस दुःखद घटनामा दिवंगत होइबक्सेका अन्य राजपरिवारका सदस्यहरू तथा शाही नातेदारको दिवंगत आत्माको चिरशान्तिको लागि पनि श्री परमात्मासूग प्रार्थना गर्दछु । जय नेपाल †

8 Comments

  1. hoina tyo aafai padkene hatiyar ka chha tesley Gyane ra tesko Pariwar lai dekhena chha kya ho.

  2. साथी हो
    जि शाह कबी पनि हुन्।कबिहरु को लागि सगरमाथा बोल्छ्।तस्वीर बोल्छ्।हाबा हिड् छ।कुकुर् ले गीत गाउछ्।देश् रुन्छ्।
    तेसैले बन्दुक् अँफै अँफै पड्कन्छ्????
    स्मरण् रहोस् ज्ञानेन्द्र् ले धेरै गीत जि साह् को नाम् बाट् लेखे।योगेस् बैद्द्(सप्ना भुलाई सारा गाउने मान्छे)ले गाए।
    पछिल्लो गित् चै जि साह् को सब्द् तारा नाथ् राना भट् को सङित् र् स्वर् र् न्रीत्य् मा गाइयो
    ‘भ ट् ट्,र् ट् ट्’ ।

    सबै भन्दा हिट् गीत आहिले को ‘सेरोमनियल्’पनी जि शाह कै रच्ना संगीत भर्नु भएको छ् कटुवाल् जि ले गायक् हरुमा हुनुहुन्छ्
    ‘गिरिजा कोइराला,राम् च्न्द्र् पौडेल,सैलजा आचार्य र् साथीहरु’
    न्रीत्य मा साथ् दिनु भएको छ् माकुने,प्रच् न्ड्,मादल मा हुनुहुन्छ् सुबाश नेम

  3. ** After 10th generation, the end of Shah Dynasty **

    Prithvi Narayan Shah when asked how long he wanted to rule Nepal, he had asked up to 10 generations. Trilokya Bikram died as a crown prince. Dipendra did not wear the crown and he can not be considered as he became the king of Nepal.

    King Birendra and King Gyanendra are of the same generation. They are in fact the 10th generation of Shah Dynasty in Nepal.

    If you believe in prophecy, it is becoming true. The end of dark age of Shah dynasty is coming to end.

  4. हामिलाइ वक़्तब्य धेरै धेरै राम्रो लग्यो

  5. हतियार को कामै पड्कने बाबै!! अनि उसले पड्कने काम नगरेर माइला ले गर्छ त? जनता पनि भेडै हुन तेति सानो कुरा पनि नबुझेर कोकोहोलो मच्चाइरहनछन्! तात्तो न छारो!
    तेत्रा हतियार आफै पड्केर १२-१३ हजार नेपालि को ज्यान जान सक्छ भने जाबो दरबार मा पड्केको २-४ वटा हतियार ले अलि अलि ल लगिहाल्छ नि!!!!
    बाबु हतियार एक बाजि फेरि आफै पड्केर नारायन्हिटि पर्व खन्ड २ भये खसो खास थाह हुन्थ्यो हतियार आफै पड्किन्छ भन्ने कुरो!!!

    बिर्खे

  6. राज्य सहायक ज्ञानेन्द्रको देशवासीका नाममा सन्देश भाग-२
    —————————————-
    प्यारा सेशवासीहरू!
    १९ जेठ २०५८ को रात हाम्रै बाहुलीमा रहेको स्वचालित बन्दुक अचानक भटट हुन गई हामीलाई राजा बन्न बाटो छेक्ने जति सबै खलास होइबक्सेका हुन्। तर स्वचालित बन्दुकको कृपाले हामी हाम्रा परिवारका साथ सकुशल बचिबक्सियौं।
    स्वचालित बन्दुकले हामी सबैको कल्याण गरुन्।
    जय नेपाल।
    श्री ५ Gunनेन्द्र

  7. Umesh Ji,

    Tyo hatiyar ta achhammko nai rahechha ni ta!
    Shruti, Nirajan ra Maharani lai ta bahira garden samma lakhetera marechha.

    Anyway, no one in Nepal can beleive that the massacre was due to the automatic weapon. There is no doubt that a automatic gun cannot chase away anyone to finish them. We should wait for a long time to have such weapon but I wish we have that kind of automatic weapon within this year and finish murderer of Late king’s family. Everone knows the murderer, don’t they?

    Abhaya Bikram Rana
    Granville, sydney
    Australia

Comments are closed.