वाइसीएललाई यसरी ठीक पारौं

-उत्तमबाबु श्रेष्ठ-

सर्वमान्य नेता गणेशमान बारम्बार भन्नुहुन्थ्यो, “निदाएको मानिसलाई उठाउन सजिलो हुन्छ, तर निदाएको स्वाङ्ग गरेर सुतेको मानिसलाई उठाउन निकै गाह्रो हुन्छ”। त्यो भनाई साँचो साबित भयो– राष्ट्र बैँकको नजरमा वित्तीय अपराधी तथा नेपाल प्रहरीको सूचिमा फरार अभियुक्त सीताराम प्रसाईँको हकमा पनि। उनी कहाँ जान्छन्, कहाँ बस्छन् सबै कुरा थाहा हुँदाहुँदै पनि नभेटिएका अपराधी थिए। प्रहरीको नजरमा अर्थात् केही थाहा नपाएको जस्तो अभिनय गरिरहेका थिए नेपालको कानुनी निकायहरु। यहाँसम्म कि नेपाली प्रेस जगतले छोराको बिहे भोजमा जिम्मेवार राजनैतिक दलका नेतादेखि सुरक्षा अधिकारीहरुसँगै उनको उपस्थितिको सप्रमाण खबर प्रकाशित गरेर घच्घच्याउँदा पनि सुतेको अभिनय गरेर बसेका थिए नेपालका प्रहरी र प्रशासन। तर वाइसीएलको पछिल्लो कारबाहीको जबरदस्त धक्काले भने उनीहरुलाई उठाएको मात्रै होइन खाटैबाट लडाइदिएको छ।

सीताराम प्रसाईँ जतिसुकै धनी, पँहुचवाल र शक्तिशाली किन नहुन् उनी नेपालको वर्तमान कानुनको दृष्टिमा एक अभियुक्त हुन् र कारवाहीको भागेदार व्यक्ति। तर पनि ठूलालाई चैन हुने सानालाई ऐन लाग्ने नेपाली समाजमा दरवारदेखि काँग्रेस, एमालेसम्मका शक्तिकेन्द्रलाई रिझाउन सक्ने सामर्थ्य भएका उनलाई पक्रन सक्ने कसको सामर्थ्य ? त्यसैले त उनी राजधानीको प्रतिष्ठित होटलमा सरकारी सुरक्षा कवचभित्र बसेर भोज गर्दथे, नेतादेखि बडेबडे हाकिमहरुसम्मलाई आमन्त्रण गर्दथे, चियर्स गर्दथे। नेताहरुलाई सरकारी वासस्थानमा गएर भेट्दथे। अनि प्रहरी हेडक्वार्टरदेखि मुस्किलले एक किलोमिटरको दुरी भएको आफ्नो अफिसमा काम गर्न जान्थे। घरमा आरामले सुत्दथे तैपनि उनी प्रहरीको नजरमा तथाकथित नभेटिएका अपराधी थिए। कानुनी राज र विधिको शासनको यहाँ भन्दा खुलेआम उपहास के हुन सक्थ्यो र। तर अति भएपछि खति हुन्छ भने झैँ प्रहरी प्रशासनको नजरमा भाग्न सफल भए पनि अर्को सत्ताको पुलिस अर्थात वाइसीएलको फन्दामा उनी परे। अनि बेइज्जतपूर्ण तरिकाले पुरानो सत्ताको पुलिससमक्ष बुझाइए।

प्रचलित कानुनको नजरमा एउटा अपराधीलाई एउटा राजनैतिक पार्टीको भ्रातृ संगठनले पक्रेर प्रहरीलाई बुझाएको जस्तो सामान्य घटना भएपनि घटनाको शैली, प्रस्तुतिकरण र त्यसपछिको बालुवाटारको आक्रामक प्रतिक्रिया भने सामान्य छैन। पत्रकार सम्मेलनमा वाइसीएलका संयोजक सागरले प्रसाईँलाई कानुन अनुसार कारवाही नगरिए कालोमोसो दलेर सहर घुमाउने दिएको चेतावनी र प्रधानमन्त्रीको यस संगठनप्रतिको अपराधीको आरोपले काँग्रेस–माओवादीको चिसिएको सम्वन्धलाई झन् चिस्याउने प्रष्ट छ। जन्मिएको केही दिनमा केही सिर्जनात्मक, केही उदण्ड काम गरेर नाम र बदनाम दुवै कमाएको माओवादीको यो भ्रातृ संगठनको पछिल्लो जनकारवाहीले क्षणिक वाहवाही त बटुलेको छ नै साथै सुशासनको पुरस्कार थाप्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत यसले नैतिक संकटमा पारिदिएको छ। आफनै प्रत्यक्ष–अप्रत्यक्ष संरक्षणमा रहेको व्यक्तिमाथि विपक्षी संगठनबाट गरिएको अपमानजनक गिरफ्तारीले वास्तवमा कोइरालालाई अनियन्त्रित बनाइदिएको छ। त्यसैको प्रमाण हो घटना घटे लगतै आएको प्रधानमन्त्रीको यस संगठनप्रतिको खरो र धम्कीपूर्ण प्रतिक्रिया।

सडकगल्ली सफा गर्नेदेखि भक्तपुरमा राजपरिवारको नाममा रहेको जग्गा कव्जा गर्ने अनि टोलको झगडा मिलाउनेदेखि मोवाइल र रक्तचन्दनको तस्करसम्म समात्ने वाइसीएलको यो पछिल्लो कारवाही श्रृखंलाले माओवादीहरु शहरिया मध्यमवर्गमा प्रभाव पार्न पपुलिष्ट राजनैतिक रणनीतिमा लागेको प्रष्ट हुन्छ। चन्दन समात्दै चन्दन तस्करीको जालो बालुवाटारसम्म छ भन्ने वनमन्त्रीको आरोप अनि पछिल्लो प्रसाईँ काण्डको भित्री उदेश्य प्रचण्डका राजनैतिक बाटोमा अवरोध मानिएका जीपीको नैतिक पतन गराउने वा उनलाई भ्रष्ट देखाउने भित्री चालबाजी र भ्रष्ट व्यापारी जमातलाई नाङ्गलो ठटाएर हात्ती तर्साउने दाउपेचको रुपमा हेरिन थालिएको छ। यस घटनाले उद्योग व्यापारीको भ्रष्ट जमातलाई पनि खतराको घन्टी बजाइदिएको छ। त्यसैले होला सायद घटनापछि उही मार्काका चण्डी ढकालले प्रचण्डसँग असन्तुष्टि पोखेका थिए।

हो, वास्तवमा फरार अपराधीलाई समात्न सहयोग गर्नु, अपराध नियन्त्रणमा सहयोग गर्नु निश्चित रुपमा सह्रानीय काम हो र सम्पूर्ण नागरिकको कर्तव्य पनि। प्रसाईँको सन्दर्भमा पनि उनलाई समातेर वाइसीएलले आफ्नो धुमिल छवि उजिल्याउन खोजे पनि कारबाहीको शैली हेर्दा भने हिजोको “जनकारवाहीवाला” दिनलाई सम्झाइदिएको छ। माओवादी यतिखेर विद्रोही होइन, सरकारमा सम्मिलित एक जिम्मेवार राजनैतिक पार्टी हो। यस व्यवस्था अनुसारको कानुनको पालना गर्नु गराउनु उनीहरुको कर्तव्य हो। सीताराम प्रसाइँ अफिसमा लुकेको सुराकी पाउना साथ उनीहरुले त्यस अफिसमा पुलिस अनि प्रेस, नागरिक समाजलाई एकैसाथ बोलाएर उनलाई तत्काल त्यहीँ गिरफ्तार गर्न लगाउन पर्दथ्यो। अपहरणको विद्रोही शैलीमा आफूले गिरफ्तार गर्ने होइन। यसले त झन अपराधीलाई पक्रिनको लागि अर्को अपराध गरेको र कानुन पालना गर्न आफैले कानुन हातमा लिएको जस्तो पो देखिन गयो।

माओवादीले सम्झनु पर्दछ कि उनीहरु मात्र पनि पानीमाथिको ओभानो होइन। त्यसकारण हिजोको दिनमा माओवादीले गरेको गल्तीको सजाय स्वरुप उसका कार्यकर्ताहरुलाई अन्य पार्टीका भ्रातृ संगठनहरुले पनि तै होइनस् भन्दै संगठित रुपमा सजाय दिन थाले भने स्थिति के होला। माओवादीले गम्भीरतापूर्वक सोच्नु पर्दछ। जगजाहेर छ उसले हतियार बिसाए पनि एक दर्जनभन्दा बढी हतियारवाला समूहहरु अधिराज्य भर घुमिरहेका छन् उनीहरु कै सिको गरेर। अनि नक्कली हतियारको पनि प्रदर्शन भइरहेको छ अन्य संघसंगठनको जुलुसमा पनि। अब फेरि यस्ता कृयाकलापको अरुले पनि सिको गरे भने देश भयावह गृहयुद्धतिर घकेलिने निश्चित छ। त्यसकारण उदेश्य राम्रो हुँदाहुदै कार्यशैलीमा देखिएको गैह्रजिम्मेवारीपन, जबरजस्तीले क्षणिक वाहवाही वटुलेपनि कालान्तरमा उनीहरुलाई हानी पुर्‍याउने निश्चित छ। माओवादीले बुझ्नुपर्दछ यो क्षणिक वाहवाही र समर्थन उनीहरुको शैलीले भन्दा पनि प्रहरी प्रशासनको निरीहता र निकम्मापनको लाभ हो। प्रहरी प्रशासनप्रतिको अविश्वासको कारणले हो।

अन्त्यमा, अब फेरि प्रश्न गर्न मन लाग्छ वाइसीएललाई यस्ता कारवाही गर्ने वातावरण प्रदान कस्ले गयो त – सरकारले। वास्तवमा सरकारले नै खुरुक्क कानुन अनुसार दोषी ठहर्‍याएका अपराधीलाई कारवाही गरेको भए यस्ता घटना घट्ने नै थिएन। घटे पनि माओवादीले होटल उडल्याण्डकाण्ड जस्तै चौतर्फी आलोचना सहनु पर्दथ्यो वा माफी माग्न पर्दथ्यो। त्यसकारण कानुनका नजरमा दोषी देखिएकाहरुलाई दवाबपूर्ण नै कारवाही गरेर देखाउनु साँचो अर्थमा वाइसीएललाई ठीक पार्नु हुनेछ। रायमाझी आयोगको प्रतिवेदन सार्वजनीक गरेर दोषीलाई कारवाही गर्नु वाइसिएललाई कारवाही गर्नुको पहिलो खुडकिलो हुनेछ। होइन भने आफ्नो छोरी नखरमाउली तन्नेरीलाई दोष भने जस्तै एकोहोरो ठीक पार्छु र कसैलाई पनि छोडदिनँ भनेर फलाक्नुको कुनै अर्थ छैन।

39 Comments

  1. Uttam g
    Namsate

    tapaiko lekh suruma thikai lagyo tara bichma prasanga badalnuvo yasko artha tapai ko kasto hunuhuncha bhaane barema aafai dekhaunu bhayo. police ghuskhori nepalko prasasan garna nasakeko kaam . YCL le nepalko Number -1 aparadhilai samatna safal bhayeko cha .ra saathma Policelai Bujaideyeko cha la aba bhaanuhos kasari Tapaile YCL ko kaam prati doss lagaunu huncha. bastabik tawatdle ramro kaam ko lagi nepal deshko rakchya garnu sampurna Nepali janta ko ho. tesaile I really Appriciate what they have done (YCL) .
    Hamille Nepal Sarkharle garna nasakeko kaam nirantar gardai jaun Nepalko Ujjwal Bhabisya Bandai Jaoos yehi cha Shuva Kaaman YCL lai. Nepal Naya nepal Banos
    tara aba dekhi yesto asuhaudo Lekh nalekhnu hola . K katai Tapai pani Hatiko dui ota daat bhaye jhai . katai sitaram prasaiko jastai Jivan ta Chaina hosiyar. Tapaiko jasto abhibyati ra sallaha le ta jhan gair aparadhiharo lai Tewa puraune Kaam Nagarnu hola.

    There is time for Fight and time for Peace.
    ramari sochera matra pathak samu abibyakti Rakhnu Hoal tank you.

    Pastor Agam B. Limbu Subba
    National evangelical Church
    Nepali church Kuwait city

  2. खुमे, बिजय, गोबिन्दे, सुजता, ईस्वरेको पालो हो अब। तिनिहरुलाई समातेर जेल हैन, जुम्लामा बाटो खन्न पठाउनु पर्छ। गिरिजा बचाउन आयो भने त्यसलाई पनि त्यतै पठाउनु पर्छ। भ्रस्टचारीलाई बचाउने पनि भ्रस्ट हो र सबै नेता कानुन भन्दा तल हुन।

  3. Good analysis of YCL action. There is both pros and cons of this action. Waiting to hear the comment from the Police Administration on this matter.

    Good writing Uttam Ji! keep it up.

  4. Yes, I agree with Narayan and Prem. Police knew everything about Prasai but they are not able (want) to catch him. Rather he moves freely everywhere and can even openly organize so called party. I also agreed the work done by YCL. They need to do such type of appreciable works.

  5. Dear Utaam ji,

    It is really great to get a chance to read abt YCL and Grihja’s drama in ur artical. I think we should incourage YCL to continue to catch this kind of corrupted people including Chandi Raj Dhakal who is one of the strong root of corrupted industry in Nepal. I am agree with u in certain point abt misleading activities of YCL but u can see from last few months they have done such work which, nobody has dare to do in history of Nepal. It doesn’t mean that i am totally agree with YCL’s activities but whatever they have done with Sita Ram Persai that was awesome. At last but not least i would like to tell YCL frens keep doing such works which creats a good image in society abt YCL. And Uttam ji keep writing drama abt Grija who shouldn’t suppose to be PM of our country.

  6. नेपालप्रहरीले देश लुत्ने डांका सिताराम प्रसाईलाई समात्ने कुनै प्रयास गरेन र गर्ने पनि छैन । प्रसाईले कांग्रेस, एमालेका नेताहरु र प्रह्ररी-सेनाका उच्च अधिकारीहरुलाई आफ्नो घरमा निम्ता दिनु र सो भोजमा नेताहरु र सुरक्षा अधिकारीहरु हास्दै हातेमालो गरेको द्ऋश्यले बताउंछ – नीज प्रसाई गिरफ्तारीमा पर्ने कुनै सम्भावना नै थिएन । राष्ट्र बैक को कालो सुचिमा, अख्तियार , मल्लिक र रायमाझी आयोगहरुमा देश लुत्ने थुप्रै डांकाहरुको नामावलीमा आफन्तहरुको नाम देखेपछि बाहिर प्रजातन्त्रको सेनानि भित्र भित्र देशमाराहरुको नेता – लाज शरम पचाईसकेका नक्चरो गिरिजाले नै संरक्षण दिइरहेको संकेत उस्ले ब्यापारीहरुसंगको भेटमा बर्बराई सकेको छ ।
    नेपालको दुर्भाग्य नै भन्नुपर्छ कि अपराधीहरुको पक्षमा खुलेआम वकालत गर्ने अपराधीको नाइकेलाई प्रधानमन्त्री को रुपमा मान्नु परेको छ ।
    अझै पनि बिग्रेको छैन – जनता सामु माफी मागेर चांडै दाजुको पाउ मोल्न गै हाल – भतुवा गिरिजा ।

  7. YCL is only after Parsai or other culprits also. Whether they will take actions to others or not need to be seen. Otherwise people make doubt on YCL about being only after one culprit (lenden ko kura namileko ho ki bhanera). If Prachanda is right that Girija is the protector of criminals then why he is supporting and giving assurance to make President ??

  8. लेख अती नै राम्रो भयेर पनी. धेरै कुराहरुमा आफै धेरै प्रशनहरुऔ उब्जनच

  9. हो वाईसिएलको कमि कमजोरिहरु पक्कै छन तर त्यो कमिकमजोरिलाई नै सधै ढाल बनाएर राम्राकामलाई ओझेलमा पार्नेकाम गर्नु नितान्ता गलत कार्य हुने छ | राम्रा कामलाई राम्रो र नराम्रो लाई नराम्रो भन्नु भनेको एउटा सचेत नागरिक कर्तव्य हो | गिरिजाले गरेका राम्राकामलाई हामि राम्रो भनिरहेका छौ र प्रधानमन्त्रि जस्तो उच्चपदमा स्थापित गरेका छौ तर त्यहि पदलाई दुरुपयोग गरेर राष्ट्रको दुश्मन भ्रष्टाचारिहरुको झुण्डलाई संरक्षकत्व प्रदान गरेर गैरजिम्वेवार ढंगले प्रस्तुत हुन्छन भने कमजोरि कस्को ? पक्राउ पूर्जीजारी भएको अपराधि खुलेआम रुपमा बिचित्रका भोजहरु गरि ब्यवसाय संचालन गर्छ भने उस्लाई कानूनी कठघरामा ल्याउने पहिलो जिम्वेवारी कस्को? यसरी अपराधिलाई खुलेआम छोडेर कस्ले नियमकानूनलाई हातमा लिईरहेको छ? वाईसिएलको फन्दामा पर्नु भन्दा धेरै पहिले नै पक्राउ पूर्जी जारी भएको थियो तर यतिका समय सम्म पनि पक्राउ नगरि वस्ने कुन पक्ष जिम्वेवार हो ? संरक्षण प्राप्त भएपछि जस्ले जे गरे पनि हुने ? म त भन्छु यसरि अनधिकृतरुपमा भ्रष्टाचारिलाई संरक्षण दिने हरेकलाई वाईसियलले यहि ढंगले सार्वजनिक गरोस | अपराधि पक्रन सघाउ पु-याउनु अपराध हो? यो सव लहरो तान्दा पहरो झर्ने संसयले आतंकित भएर वरवराएको हो “प्रधानमन्त्रि” | मास्नुपर्छ यस्ता नमकहरामहरुलाई | प्रमाण पु-याउनु पर्ने कुराको वकालत गर्छन भ्रष्टाचारका पारखिहरु तर कुन मुर्ख भ्रस्टाचारि होला जस्ले जानिजानि आफ्नो खुट्टामा वन्चरो आफै हानोस | उस्ले आफ्नो शक्तिको भरमजकुर प्रयोग गरेर त्यो प्रमाण लोप गराउने तिकडम त गरिहाल्छ नि तर पनि प्रसाईको मामलामा त अरु कुनै प्रमाणको खाँचो छ जस्तो लागेन | गिरिजा पुत्रि प्रमाण विना तेसरि समात्न मिल्दैन भन्दिरहिछे भोलि आफ्नो पालो आउला भनेर |

    वाईसिएल नाङ्याउ यसरि नै भ्रष्टाचारिका संरक्षकहरुलाई हामि तमाम नेपालि तिम्रो साथमा छौ | तर गलत ढंगले अगाडि बढ्यौभने त कोहि पनि तिम्रो साथ रहने छैननन | यो सरकाको लाचारिपनले गर्दा उब्जिएको समस्या हो |

    धन्यवाद ||||||||||||

  10. thula bada vanna haru ko aadma polish niskiria vayako ho polish lai ta kanha chha k k garchha sabai thha hunchh ni yo kam ta ramrai gara ka hun ycl la sab kura chodara apradhi ho ki hoina ramro saga bujnu parchha

  11. Hitherto, Home Minister was behaving favorable to the Maoist cadres overlooking the mistakes made by them.This is what he got now.Maoists are smart enough to defame others and gain ovation though the country is at the verge of losing all the foreign assistances.
    On the pretext of insecurity and lawlessness,the threatening given to the government by more than dozens of expats was not a joke. Organizations like UNICEF is leaving.Japan is withholding its assistance until the election.

    The police administration has never improved. With every topple of the government, it gets infiltrated with new bunch of corrupted people under the political influence.As long as the intitutions like security, journalism and law don’t get disengaged themselves from the political claws, the situation in Nepal will never improve.

    The arrest of the Prasain is commendable. Would have been much better if the police were to do it rather than others.

  12. कत्ति हास्यास्पद कुरा होला वा सि एल ले नपक्रिकन सबैलाइ भेला गराएर पकरिन लगाएको भए हुन्थ्यो रे !! तेसो गरेको भए सितारामले पैसाको बिटो थमाएर म यहाँ छैन भन्दिनुस नत्र म गिरिजाबाबुलाइ भन्दिनछु भनेर धम्कि दिदैन थ्यो होला ?? बाँदरले आफ्नो घर पनि बनाउदैन अरुलाइ पनि बनाउन दिदैन भन्थे यै होला , राम्रो काम पनि नगर्नेअरुले राम्रो काम गरेको पनि देखीनसहने। कमसे कम राम्रो कलाइ त राम्रो भन्न सिकौ । अपराधिलाइ समात्नु र प्रहरि लाइ बुझाउनु सबै नेपालि नगरिकको कर्तब्य हो ।सानातिना जस्को गिरिजाबाबु सम्मको पहुच छैन तिनिहरुले चाहि सजायको भगिदारि हुनुपर्ने ,जसको ठुला ठालुसँग हिचमिच र पहुच छ उ चाहि खुलेआम हिड्ने , उसले जति अपराध गरे पनि सजाय नपाउने कहाँको न्याय हो यो ??तेताहरुको अपराधिलाइ संरक्षण गर्ने बानिले गर्दा देश बिकासको ढोका बन्द भएको छ , राम्रो काम गर्नेले अपमानित हुनपरेको छ वा कदर भएको छैन जो जाली फटाहाछन् तिनिहरुकै हालिमुहालि बढेको छ । यतिहुदा पनि हामि नेपालि कति दिन सम्म निरिह भएर बस्ने ? अब जागौ हामिले एउटा गाँउबाट एक जनामात्रै भए पनि यस्ता अइराधिलाइ निकालेर सजाय दियौ भने त्यो दिन टाढा छैन जुन दिन नेपाल अपराधिरहित देश बनेको हुनेछ ।अब हामि नेताको पुच्छर भएर हैन नेपालि एकजुट भएर यस्ता अइराधिलाइ खोजि खोजि निकाल्नु पर्छ ।यो काम आफ्नै धरबाट थालौ ।

  13. i am agree with byas ,ram and narayan siwakoti and i raally appricate the comment of udip . Nsu leader. that the fact. and we should learn that we have say good for good thing and bad for bad thing. thanks

  14. This event now tells us that how much important is there to have transparency, resiliency and determination in government. I hope new and dynamic congress leaders must think that there needs extraordinary courage and vision to transform our nation with rule of law.No matter how nearest relative he/she be, if the action is criminal that must be punished according to law of country.In order to discourage the actions that happened, govermment first must be able to take proper actions against all criminals.

  15. सधै जसो राम्रो लेख् लेखने उत्तमजीले अहिले भने मै हु पारा झिक्नु भएछ। ठिकै छ, पाठकहरु नबुझ्ने छैनन् क्यार्!
    एउटा बुझ्नु पर्ने कुरा भने- सिता राम् लाइ पक्डेर वाइ सि एल् धन्न क्रिमिनल् भय तेहि काम् पुलिसले गरेको भय बिचरा पुलिसको कि त जागिर् चट् कि भने दुर्गम् सरुवा हुन्थ्यो होला। नगर्ने हुन् र पुलिसले? इन्स्पेक्टर् देखि मथिका जम्मै सिताराम् गिरिजा मार्का परे! बिचरा पुलिस् जुरुक् जुरुक् भएर के गर्नु?
    अर्को मैले नबुझेको कुरा- युरोपमा त ७० नाघेका बुढा-बुढि लाइ माया गरेर् जेस्ठ नागरिक् ग्रिह (ब्रीध्द आश्रम्,)जर्मनमा आल्टेर् हाइम् भन्दो रहेछन् मा स-सम्मान् राख्दा रहेछन्। हाम्रो नेपालमा मात्रै के गर्या होलान् हगि? काम् त सक्नेले मात्रै गर्ने हो नसक्नेलाइ अराए पछि तेस्तै त हो नि। उता भने सरकारि जागिरमा लोक् सेवा दिन ३५ बर्स उमेर् र जागिर् हद् ५८ बर्स नकाटेको हुनु पर्नेरे अनि प्रधान् मन्त्रि र मन्त्रि चाइ ८८ पुगेको भए पनि हुने रे, बाजे कति बाठो? मर्ने बेलामा काम् गरे सहिद् हुम्ला भनेर होला?

  16. Uttam Jee,

    Good analysis of the Prasain Kanda.
    Keep it Up!

    Best Wishes,
    Parashu Ram Bhantana
    Israel

  17. The idea given by writer only works if the rule of law is working nation not in Nepal. Forget about your idea. Keep it in our pocket. we don’t need your idea. we got many ideas however have you ever tried to implement them in your say daily life. Never ever if you have done so you would not have proposed that idea.

    We know the lists of corrupted people, however they get the clean cheat from court. Do you think our justic system is fair. Its not. YCL has done great job make Girija naked. Well done YCL. You guys need to work for the people of Nepal. You guys should not involve in violent activities. There are many peaceful ways to give good impression.

    I am eagerly waiting for the day When Chiran jibi wagle and others will be arrested and punished them for their wrong doings.

    Uttam ji you talking about ideal place where rule of law works. Unfortunately, our country is not the ideal place.

    Its always good to apprecaite for good works, then only one we can dream of ideal Nepal. The day will only come when Girija leave us alone.

  18. nepal rastrako dhukuti girijako baauko birtabechera ayeko hoina yota nepalile pasina bagayera tireko kar ho, tesaile ycl le j garyo thik garyo ,dherai dhanyabad,aba ko palo girijako hunuparchha uni pani 1 namud bhrastachari ho tyo kura sabailai thaha bhayekai kura ho tesaile ycl ka sagar g lagayat sampurna sathiharu baru girijalai chhittai samaune prayas garnuhosna , yadi tapaiharule yo kaam garnu bhayo bhane nepal aamako asirbad tapaiharulai milirakhnechha ra nepali janatako sath.

  19. हा.. हा… हा…….. यो उत्तम बाबुको हावादारी कुरो,
    पुलिसलाई देखाउने? पुलिसलाई उ कहां छ भनेर थाहा थे’न? एस्तै एस्तै कुरा गर्नुस अनी एक दिन रांचिको अस्पतालमा भर्ती हुनु पर्छ।

  20. Very excellent article!

    Hi friends, never send comments with excitement. Mr. Shrestha is neither supporting Girija nor to Prasain. He is only supporting the ‘KANUNI RAJYA’ . The law of the the country is at the supermacy. No one can take the law in his hand in the name of doing good. It is momentarily a good job of YCL, but in long run, it will create a problem. Where is Kanuni Rajya?? if one of the political organization whose mother party is in government and in the parliament. What are those ministers looking for in the cabinet of GIRIJA?? They can do anything in the cabinet meeting and raise this issue there. But, they are also doing ‘Bhatta Pachaune Kam’ what other ministers from other party doing. What is difference among them? YCL does not have any right to catch anyone in the name of corruption. Their minister should order to the concerned authorities to take the case, or ”table thatauna paryo cabinet baithakma” otherwise they should come out from the cabinet. This is an extreme atrocitiy in the name of people. Euta aparadhi ko nauma arko aparadh garna milchha???????????????????????????, teso ho bhane ta jalle jallai samate pani bhayo?, Yesari desh chalchha bhanya? If sister organizations belonging to Nepali Congress caught Mr. Prachanda and Baburam and handed over to Police in the name of hundreds of killings during 10 years long armed war, what would happen?????? How they can get excused from the Madi incident???? and hundreds of such things?? Therefore, be cool and think, how a country should run under the law and order. Otherwise, ganjagol hunchha ho sathiharu!!!

  21. उत्तमबाबु जि,
    लेख त राम्रो लाग्यो तर प्रस्न राख्न चाहें। के तपाई ले भन्नु भए जस्तै गरेर सीताराम प्रसाई अफिसमा लुकेको सुराकि पाउन साथ उनिहरुले पुलिश अनि प्रेस्, नागरिक समाज लाई एकै साथ बोलाएर उन्लाई तत्काल त्यहि गिरफ्तार गराउन खोज्दा “Brainwashed” ले भने जस्तै पक्रनु भन्दा पहिला नै फरार भएको भए के गर्ने? के यो हुन सक्ने थिएन र? अथवा यस्तो घट्ना हरु घटेको छैन र नेपाल मा? के एुटा अपराधि लाई कुनै ब्यक्ति वा समुह ले पक्रेर पुलिश लाई जिम्मा दिंदा कानुन हातमा लिएको बुझिन्छ र? उत्तर को प्रतिक्षामा छु।

  22. सबै नेपालिहरुलाई मेरो सल्लाहा र सुझाब के छ भने। सकिन्छ भने तुरुन्तै नभय देखि अब बन्ने नया नेपालमा सक्रिय राजनितिक नेत्रित्वो कर्ताको उमेर बढिमा सत्तरि बर्स् सिमित गर्नु नितIन्त जरुरि छ। सत्तरि बर्स उमेरको हद् बन्दि पस्चात स्वोत अबकास् प्रप्ति हुने वा कुनै पनि सक्रिय राजनैतिक नेत्रित्वो य सरकारि कार्यमा अयोग्य हुने।
    तेसो भयमा बुढो गोरुले गाई ओगटेर बस्न पाउद्दैनथियो र सारा तन्नेरि हरु टुलुटुलु हेर्न बध्या हुंदैनथियो मत्र हैनकि यस्ता बेतुक का बकबास पनि जबर्दस्ति पचाउनु पर्दैनथियो।
    जसरि होस् नेपालको जय होस्।

  23. उत्तम जी, तपाइको पुर्वाग्रहि सोच प्रस्ठ जल्कन्छ, म नेबिसं को बिद्यार्थी भैकन पनि यो भन्न पटक्क हिचकिचाउदिन कि गिरिजा बाबु ले नै यो देस को पछिल्ला १६-१७ बर्ष देखी भएका प्रतेक प्रमुख गलत काम हरुलाइ प्रतक्ष अन्जाम दिएका हुन्, म तथा प्रतेक निस्वार्थ नेबिसंका बिद्यार्थीहरु यसको प्रमाण जुटाउन तयार छौं। मात्र प्रसाइ लाइ अनमास्क गर्नु आजको आवस्यकता होइन, गिरिजा बाबु जस्ता नेताहरु को पनि पर्दा फास गर्नु पर्छ। जो बोल्ने बलामा अत्त्याधिक कुट संग बोल्छन, तर भित्रबाट निर्णय हरु अधेरा कोठामा बसेर एक्लै बढिमा दुक्लै निर्णय गर्छन। बहुमत को कदर कतही छैन। त्यसैले वाइ सि यल ले हिजो को काम लाइ सुटुक्क गरेर बढि प्रचार बाजी नगरी दिएको भए हुन्थो, र पुलिसलाइ नै बोलाइ दिएको भए हुन्थो भन्न तर्क हस्यास्पद छ। यदि त्यसो हुदो हो त आज यतिकुरा जनता सामु खुल्थेनन् र तपाइ यस बिषयलाइ जिब्रो टोकेर नै भएपनि समर्थन गर्ने अवश्थामा हुनुहुने थिएन।

  24. तेसो गरेको भय चाहि ठिक हुन्थ्यो सर?
    अब सबैलाई तेसै गर भन्ने ल।
    फेरि, तलाई जान्ने हुनु पर्छ?, हाम्रो अंखा फुटेको छ र? भनेर हपार्यो भने के गर्ने नि?
    तर म त्याहा भैदियको भयत सालेलाई दुई लात्ता कसेर जमाउदथे !
    अब आफै हेर्नुस्न प्रधनमन्त्रिको ताल। अपराधिको संरक्षण गर्ने अनि अरुले अपराधिलाई समातेर सरकारलाई कारबाहि गर भनेर बुझाई सहयोग गर्दा जोल्ले सहयोग गर्‍यो तेल्लाई नै अपराधि संगठन रे तिनिहरुलाई करबाहि गर्न सुरक्षा ब्याबस्था कडा गर्ने निर्देशन दिने।
    यहा प्रश्न छ,
    के यो सिताराम वा यस्तै गिरिजाको नजिकको ठालु अपराधि भन्दा अन्य भगौढा र फरार अपराधिलाइ समातेर बुझायको भय गिरिजाको प्रतिक्रिया के हुन्थ्यो त?। गिरिजा
    देशको र सारा नेपालि जनताको प्रधानमन्त्रि हो कि अपराधि र फरार भ्रस्ट हरुको।
    दुर्भग्या देशको यस्ता त प्रधानमन्त्रि पायका छौ त्यो पनि युगकै र अहिलेसम्मकै शक्तिशालि, राजा र राजसस्था भन्दा पनि।
    धिक्कार होस जिन्दगि

  25. Uttam ji,
    Good Article. I agree with your views because YCL is not legally bound or is not a branch of the immediate Government which has the Authority to make their own judgements. I appreciate their effort to bring justice but it is not legal at all. If it gets out of hand then it will hamper the nation.

  26. HI
    Its good to punish the general people who gain wealth without proper method but is there a way to control police criminals? Every polices above ASI are earning money left and right. Their property should be transparent. IF Nepal gov is able to control police first then everything will start to go fine.
    Write something about police criminals.

  27. Yo byas bhanne ko rahecha. Yesle pani americako aid khayera baseko chha ki k ho? hoina bhane girija ko naitikta mathi dhawa bolne yo ko ho? YCL le desh ko kanun aafno hat ma lina milcha? sita ram ta aparadhi nai ho tara hijo maobadi le mare ka tanahu ka mukti adhikari ka pariwar le prachanda lai jyan mara bhane bhane ra samatera police lai bujaya bhane k huncha?

  28. We are eagerly waiting what Girija is going to act against the police force and administrators of Nepal who were ignoring to arrest Prasain.

    We have seen the law and order of Nepal. YCL should launch such activities throughout Nepal no matters what Girija blames them. Girija is useless for our country. He is the one who is ruing our country and obstructing the development in the country. YCL Jindabad!!!

  29. ” Afni chhori nakharmauli tanneri lai dosh” bado powerful expression lagyo. Girija has spent almost all his life politics and he sometimes claims that he never compromises with the ideals of democracy. But in action, he protects Govindaraj Joahi just to sideline Ramchandra Poudel. Khum bahadur, Govinda raj joshi are under his protection and there are many Sitarams under his protection. Why? because money goes to him too. If if you take action against Govinda Raj Joshi and Sitaram Prasai, they will tell everything to public.This is simple. Look at his party. Nepal’s oldest and largest democratic party has become his private company. Even nowadays companies issue shares and ownership is transfereed to public but that doesn happen in Nepali Congress.Prachanda le yesto card fale ki Girija bauko hoshawa nai udyo. Junge Prachada nikai supalu rahechha yo games khelna lai.Yesto card falyo YCL le ki congress, UML sabai ko game ekai patak sidhiyo. kya ramailo lagyo malai ta.

  30. Ramro kam lai sabaile welcome garnuparcha. i am a nepali boy against maoist but this (prasai affair) is fantastic job. I appreciate. If girija is against it,kick him. so uttam ji, your diplomatic language is not good in this case. this is a very good job. so if you are against YCL, donot try to put your anti maoist thought to shadow this good work. Every body must appreciate, appreciate. keep it up. everybody will give red carpet to YOU YCL, keep it up

  31. YCL has done good job in my view.No place of respect should be left for people like PRASAI and MASKEY.They r virus of our society and they should be eliminated .If no laws are made for them then always YCL like organisation comes in a senario to handle them.Forget GIRIJA and OTHER bharaute of this country.

  32. Thank you so much Uttam ji,
    If Maoists have joined the government to conduct constitutional Assembly, They should be in making a unity among the republican forces not such kind of small things. It will only create misunderstandings and disturb the environment. If they go on this way, Nepal won’t be a country with the slogan of anti-corruption but the existence of Nepal won’t be there any more because they leaders have no morality at all. I also want to say I hate the leaders but it won’t help anything. As there is the alternative way, Maoists should be patient till constitutionally assembly. It takes time to get the support form the people and to convince them.
    Of course, the leaders who were at the wedding ceremony of Prasai’s son and all prime minister and the whole ruling force should dive in the water of a cup! The Japanese minister killed himself a couple of days ago but our leaders are still in the post. They have to die by diving in the water of Pasupati!

  33. Uttam sir
    YCL le -“sitaram office ma cha” bhanera police lai bhaneko bhaye sayad police le nai uslai phone garera bhagne time dine thiyo….Tudikhel ma layera matrai police sitaram lai samatna baadya bha ho…

  34. Dear Uttam Babu,
    You talked about “morality” of Girija, Is there any drop of morality he has to talked about?

    I believe, it is a big crime (legally)to block/protect criminal from police or justice which Girija has done. Who will punish Girija?

Comments are closed.