ज्ञानेन्द्र राजा बनेको छ वर्ष भयो

जेठ २२ गते। छ वर्षअगाडि यही दिन ज्ञानेन्द्र राजा बनेका थिए। त्यो दिन पनि सडकमा जनताले चर्को विरोध जनाएका थिए। उनीविरुद्ध चर्का नाराबाजी भएका थिए। तर नेताहरु भने दाम चढाउन गएका थिए उनै ज्ञानेन्द्रलाई,जसले उनीहरुलाई केही वर्षपछि नै लात मारे। ज्ञानेन्द्रको विरोध अहिले पनि भइरहेको छ, त्यतिबेला पनि भएको थियो। राजा बन्ने बित्तिकै उनले आफ्नी पत्नीलाई रानी घोषणा गरे तर छोरालाई युवराज घोषणा गर्ने आँट उनको थिएन। छोरालाई युवराज घोषणा गर्न उनले दशैंसम्म कुर्नुपर्‍यो। दशैँमा सबै चाडबाडमा मस्त भएको मौका छोपी उनले छोरालाई युवराज घोषणा गरेका थिए। यहाँ प्रस्तुत छ राजा भएपछि उनले देशवासीका नाममा गरेको सम्बोधनको पूर्ण अंश। गद्दी आरोहणका क्रममा भएको हिंसाका खबर र दृश्यहरु अर्को ब्लगमा राख्नेछु।

प्यारा देशबासीहरु,
विक्रम सम्वत २०५८ साल जेठ १९ गते शुक्रबार राति नारायणहिटी राजदरबारमा पारिवारिक जमघटमा भएको अप्रत्याशित घटनामा श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव गम्भीर रूपमा अशक्त होइबक्सी श्री वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार्रार्थ रहिबक्सेकोमा चिकित्सकहरूबाट अथक प्रयत्न हुँदाहुँदै विक्रम सम्वत २०५८ साल जेठ २२ गते सोमबार बिहान ३ बजेर ४५ मिनेट जाँदा मौसुफ हामी सबैलाई छोडेर स्वर्गारोहण होइबक्सेको कुरा देशबासीलाई सुनाउनु पर्दा हामीलाई अत्यन्त दुःख लागेको छ। नश्वर शरीर लिएर जन्मेपछि देह त्याग गर्नुपर्ने यो प्राकृतिक नियम ध्रुवसत्य भएपनि युवा श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव समय नपुग्दै स्वर्गारोहण होइबक्सेला भन्ने हामीले नचिताएको कुरा हामीमाथि आइपर्यो।

यसको केही दिनपूर्व मात्र हामीबाट प्रजावत्सल विकास प्रेमी श्रद्धेय दाज्यू श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव तथा देशका सम्पूर्ण नारीहरूको हित चाहिबक्सने समाज कल्याणमा समर्पित ममतामयी सहृदयी भाउजू श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मीदेवी शाहको वियोग सहनु पर्यो।

देशमा उत्पन्न भएका यी असहृय शोकको घडीमा हामी सबै नेपालीहरू मर्माहत भएका छौ। हाम्रो मुलुकमाथि एकपछि अर्को गरी आइपरेका दुःखदायी परिस्थितिलाई हामी सबै नेपालीले सहदै धर्ैयपर्ँवक आ-आफ्नो कर्तव्य र दायित्वलाई बहन गर्नुपर्ने बेला आएको छ।

नेपालको इतिहासमा आइपरेको यस अकल्पनीय अवस्थाको अनुचित फाइदा लिई हाम्रो राष्ट्रिय एकता, स्वतन्त्रता र राष्ट्रियतालाई समेत कमजोर पार्ने प्रयास हुन सक्ने भएकाले हामी सबै नेपाली सचेत हुँदै एकजुट हुनुपरेको छ। कस्तै विपत्ति आई पर्दा पनि नहडबर्डाई सामना गर्न एक हुने हामी नेपालीको परम्परा कायमै राख्नु आजको आवश्यकता भएको छ।

श्री ५ महाराजाधिराजको रूपमा हाम्रो काँधमाथि आइपरेको अभिभारा सम्हाल्दै आज यसै घोषणाद्वारा हाम्रा महारानी कोमल राज्यलक्ष्मीदेवी शाहलाई श्री ५ बडामहारानी घोषित गरिबक्सेका छौ।

र्स्वर्गवासी श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहको दिवंगत आत्माको चिरशान्तिको लागि श्री परमेश्वरसँग प्रार्थना गरौं।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।

जय नेपाल।

5 Comments

  1. The worst six years. Gyanendra brought a very bad luck to Nepal and Nepali. He was a trouble maker from the day he came to this world. Perahps god brought him to this world as a symbol of destruction. Last six years of darkness in Nepal gave lot of miseries to Nepali people. The misery of Nepali will continue as long as Gyanendra is alive. He is not a dut of yamaraj. Yamaraj dut punish only the sinners. During Gyanendra’s time mostly good people suffer. So he is devil (like Kansa, Jarsndha of Dushasan of our mythology). All those bad characters captured power illegally and made people suffer and eventually paid for their sin. Gyanendra has not started paying for his sin yet. If Girija and his parties were good people, Gyanendra would have paid some of his sin already although we will have to keep alive another thousand years to make him pay all that is by depriving him from all his illegal possession and making him work on melamchi project or some road work as labor. When he is tired Parase can help him because parae is still strong. His rest of power ( army control) and dirty money must have been separated from him so that he can not use the dark money keep playing game in the dark to make Nepali and Nepal suffer any further. Actually it is time for him to pay for all his predecessors if Nepalese has any wisdom. Our best wish is hope time will come we don’t have waste our time on this criminal. Can this government give that dream to Nepali people? Definitely not by Girija.

  2. मान्छे बच्न त उस्को उपचार पो गर्नु पर्छ त .
    मान्छे लगाएर मार्दा काहा लामो समय सम्म बाच्छ त.

  3. नमर्ने मान्छे लाइ आफैले मारे पछी कहा बच्छ त ?
    उमेर पुगेर मर्न त कोहि राजा ले पनि पाउदै न
    होला? कि कसो हो साथि ?

  4. ** After 10th generation, the end of Shah Dynasty **

    Prithvi Narayan Shah when asked how long he wanted to rule Nepal, he said he wanted to rule up to 10 generations. Trilokya Bikram died as a crown prince. Dipendra did not wear the crown and he can not be considered as a coronated king of Nepal.

    Prithvi Narayan – Simha Pratap – Ran Bahadur – Gribanayudha – Rajendra Bikram – Surendra Bikram – (Trilokya Bikram) – Prithvi Bikram – Tribhuvan – Mahendra – [Birendra –Gyanendra – 10th Generation]

    King Birendra and King Gyanendra are of the same generation. They are in fact the 10th generation of Shah Dynasty in Nepal.

    If you believe in prophecy, it is becoming true. The end of the dark age of Shah dynasty is coming to an end.

  5. This is his last year to be a king after this year he will be expel from Nepal.There is meaning less to stay devil king in Republic Nepal from Next year.

Comments are closed.