राज्यारोहणबाटै विरोध सुरु, चारको मृत्यु, दर्जनौँ घाइते

छ वर्षअघि जेठ २२ गतेका दिन तत्कालीन राजा दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रको राज्यारोहण भएको थियो। तर त्यति सहज भने भएको थिएन राज्यारोहण। ठाउँठाउँमा उत्तेजक प्रदर्शन, चर्का नाराबाजीका कारण सेनाले बाटो खुलाउँदै राज्यारोहण स्थल हनुमान ढोकाको नासलचोकमा पुर्‍याएको थियो। अनि त्यहाँबाट पनि त्यसरी नै फर्काइएको थियो। सवारी अगाडि बढ्नासाथ राजधानीका आक्रोशित युवाहरूले हनुमान ढोका परिसरमै नारा लगाएका थिए। हनुमान ढोका क्षेत्रमा चौतर्फी सैनिक सतर्कताअघि बढाइएको र प्रहरीले जनतालाई त्यहाँ प्रवेश गर्न रोक लगाएको थियो। त्यति हुँदाहुँदै पनि सवारी अगाडि बढ्ने बित्तिकै नारा लागेको थियो। सवारीको पछिपछि नारा लगाउँदै युवाहरूको जमातअघि बढेको थियो। उनीहरूले खासगरी ज्ञानेन्द्र र उनका छोरा पारस विरोधी नारा लगाएका थिए। त्यसको लगत्तै नयाँ सडक गेट, वीर अस्पताल, रत्नपार्क, बागजार, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, चाबहिललगायतका स्थानमा आक्रोशित युवाहरूले विरोध प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरूप अपरान्ह ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएर स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। त्यति हुँदाहुँदै पनि नागरिकहरूले कर्फ्र्यूको अवज्ञा गरेका थिए। विभिन्न स्थानमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो। उक्त घटना क्रममा केही व्यक्तिहरूको ज्यानसमेत गएको थियो।त्यतिबेलाका पत्रिकामा चार जनाको मृत्षु भएको र दर्जनौँ घाइते भएको बताइएको छ। बिचराहरुको ज्यान यत्तिकै खेर गएको छ।

सोमबार बिहान ११ बजे आयोजित समारोहमा ज्ञानेन्द्रले वैदिक र परम्परा विधिअनुरूप राजमुकुट पहिरेका थिए। वडा गुरुज्यू केशरीराज पाण्डेले राजमुकुट पहिराएका थिए। सेनाले १ सय १ तोपको सलामी चढाएको थियो। राज्यरोहण गर्नासाथ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दाम राखेर अभिवादन चढाएका थिए। त्यसपछि क्रमशः प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहम्मद मोहसिन, राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझी, उपप्रधानमन्त्री रामचन्द्र पौडेल, प्रतिनिधिसभामा प्रमुख विपक्षी दलका नेता माधवकुमार नेपाल, संवैधानिक अंगका प्रमुख, सरकारका मुख्य सचिव, प्रधानसेनापति, शाही नेपाली सेना, नेपाल प्रहरी तथा राजप्रासाद सेवाका उच्चपदस्थ अधिकारीले दाम राखेर अभिवादन गरेका थिए।

तीन दिनअघि राजपरिषद्को बैठकद्वारा घोषित श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव सोमबार बिहान ३.४५ बजे स्वर्गारोहण भएको घोषणा गर्दै उनका सबैभन्दा नजिकका हकदार माहिला काका राजगद्दी उत्तराधिकारी श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई श्री ५ महाराजाधिराज घोषणा गरेको थियो। चार दिनको अवधिमा तीन जना राजा भएको यो घटना नेपालको इतिहासमा पहिलो हो। राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझीले सोमबार बिहान सवा दश बजे राजपरिषद्को आकस्मिक बैठकमा उक्त घोषणा गरेका थिए। जम्मा सात मिनेट जति बसेको राजरिषद्को बैठकमा डा. रायमाझीले श्री ५ महाराजाधिराज घोषणा गरिएको प्रस्ताव पढेर सुनाएका थिए। राजपरिषद्को घोषणापछि ज्ञानेन्द्रको राज्यरोहण समारोह भएको थियो।

ज्ञानेन्द्रको राज्यारोहणलगत्तै गोली हानेर चार जनाको ज्यान लिइएको बारेमा त्यो दिनको कान्तिपुरमा छापिएको समाचार यस्तो थियो-

राजधानी तनावग्रस्तः चारको मृत्यु, कैयौं घाइते
कान्तिपुर टिम
काठमाडौं, २२ जेठ- तीन दिनअघि राजदरबारमा भएको अप्रत्याशित घटना पछि राजधानीमा बढेर गएको तनावका कारण सरकारले सोमबार बेलुका ४ बजेदेखि १३ घण्टा लामो कर्फ्यु जारी गरेको छ। तर कर्फयु सुरु हुनुअघि र पछि शहरमा उत्पन्न आक्रोशमा कारण चार जना व्यक्तिको मृत्यु भएको छ भने ३० भन्दा बढी गोली लागेर घाइते भएका छन्।

प्रहरी सूत्रका अनुसार पुरानो बानेश्वर हाइटका ६३ वर्षय पूर्व डिएसपी पशुपत्रि्रसाद लोहनी, नुवाकोट घर भई सोह्रखुट्टे बसोबास गर्दै आएका दीपक श्रेष्ठ, काभ्रेका रामकृष्ण श्रेष्ठको र नाम नखुलेकी एक बालिकाको सुरक्षाकर्मीले प्रहार गरेको गोलीबाट मृत्यु भएको छ। सोमबार दिनभरको नारा जुलुसमा गोगबु, लाजिम्पाट, कालिमाटि, सामाखुसी, ग्वार्काे, बागबजारलगायतका ठाउँमा गोलीप्रहारबाट ३० जनाभन्दा बढी र्सवसाधारण घाइते भएका छन्। घाइतेहरुको शिक्षण अस्पताल, वीर अस्पताल र अन्य नर्सिङ होममा उपचार भैरहेको छ। तर दिनभरको घटनाका सम्बन्धमा गृह मन्त्रालयका प्रवक्ता गोपेन्द्रबहादुर पाण्डेले ‘आफूलाई केही जानकारी नरहेको’ बताउनुभयो।

सोमबार बिहान मुलुकका नयाँ राजा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको गद्धी आरोहणको तयारी भइरहेको बेला राजधानीका तीनै शहर तनावग्रस्त थिए। शहरका अधिकांश भाग अश्रुग्यासको गन्धमा रुमलिएका थिए। एकाबिहानैदेखि सडकमा उत्रेको जनसमूहहरूलाई विभिन्न ठाउँमा अश्रुग्यासले तितरबितर पारेपछि मात्रै गद्दी आरोहण सहजै सम्पन्न हुन सक्यो। सोमबार बिहानैदेखि शहरका टोल र गल्लीबाट दर्जनौं साना-ठूला जुलुस निस्किए। राजारानीको तस्वीर बोकेर जुलुसमा निस्कने अधिकांश नागरिक शहरको मध्यभागमा जम्मा हुन पुगेका थिए।

घटनाको स्पष्ट छानबिनलगायत ‘हत्याराको पहिचान गर्न सम्पूर्ण नेपाली एक भएर आवाज उठाउनुपर्ने’ नारामा अधिकांश नागरिकको एउटै स्वर शहरमा गुञ्जिएको थियो। शहरका भित्री गल्ली र चोकहरुमा स्वर्गीय राजा, रानीको तस्वीर राखेर माल्यार्पण गर्ने, शोक पुस्तिकामा हस्ताक्षर गर्ने एवं निःशुल्क कपाल मुण्डन गर्ने-गराउने लहर नै चलेको थियो।

झुण्ड झुण्डमा शहरका बिभिन्न भागबाट आएको जुलुस लिएर आएका नागरिक बागबजार, रत्नपार्क, दरबारमार्ग, पुतलिसडक, कमलादी, लाजिम्पाट, ठमेल, पानीपोखरीलगायतका ठाउँमा जम्मा भएका थिए। प्रदर्शनकारीले बरोबर राजदरबार वरपर एकत्रित हुने अवसर खोजिरहेका थिए। प्रदर्शनकारीहरू मोटरसाइकलबाट पनि आएका थिए। राजदरबार आसपासमा बिहानैदेखि प्रहरी तैनाथ गरिएकाले जुलुस उक्त क्षेत्रमा प्रवेश गर्न पाएन। प्रहरीले मध्यान्ह १२ बजेदेखि अश्रुग्यास, लाठी प्रहार र बल प्रयोग गर्ने काम सुरु गरेको थियो। दिनभरमा सयौं सेल अश्रुग्यास र हवाई फायर गरिएको थियो। झडपमा त्रिचन्द्र क्याम्पसको पर्खाल भत्किएको छ।
सोमबार बिहान श्री ५ दीपेन्द्रको स्वर्गारोहणको समाचार सुनेपछि शहरमा भेला भएको जनसमूह अझ आक्रोशित बनेको थियो। श्री ५ दीपेन्द्रको स्वर्गारोहणको समाचार सुन्नेवित्तिकै मौसुफको पार्थिव शरीर राखिएको वीरेन्द्र सैनिक अस्पताल वरपर जम्मा भएको जनसमूह निकै आक्रोशित भएको थियो। स्थिति धेरै घन्टासम्म तनावग्रस्त रहृयो। शवयात्राका लागि बाटो खुलाउन प्रहरी अर्समर्थ भएपछि सेनाका जवानले भीडलाई मुश्किलले हटाएका थिए।

‘हामी सत्य चाहन्छौं’ भन्दै हिंडेका जुलुसका सहभागी र सुरक्षार्थ खटिएका प्रहरीबीच शहरका विभिन्न भागमा पटक-पटक झडप भएको थियो। बरोबर अश्रुग्यास छाडेर र कतिपय ठाउँमा ढुङ्गा प्रहार गरेर प्रहरीले विभिन्न ठाउँबाट आएर एकत्रित हुन पुगेको ठूलो जन समूहलाई तितरबितर बनाएको थियो। भीड आक्रोशित देखिएपनि कतिपय कपाल मुण्डन गरेका प्रदर्शनकारीहरु स्वर्गीय राजारानीको तस्वीर बोकेर ‘मौन जुलुस’का रुपमा अगाडि बढेका थिए।

लामो समयदेखि ‘खोज अभियान’मा जुट्दै आएका ८२ बषिर्य भीम थापाले ‘सबै उठ हत्यारा खोज’को नारा सहरका पर्खाल र भित्तामा लेख्न थालेका थिए। शुक्रबार भएको इतिहासकै अकल्पनीय र बिस्मयकारी घटनाले आक्रोश उत्पन्नपछि राजधानीबासी निकै सशंकित र भयभित देखिन्थे। सोमबार मध्यान्हदेखि शहरमा कर्फयु लगाउने हल्ला सुरु भएपछि असन, नरदेवी, क्षेत्रपाटिलगायतका भित्री टोलमा काम विशेषले पुगेका बासिन्दा ‘अब कता जाने’ भन्दै यता र उता दौडिरहेका थिए। पुतलीसडक र शहरका अन्य केही भागमा आपत्तिजनक नारा पनि लगाइएको थियो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार चार बजेदेखि बुधबार विहानसम्म कर्फयु लगाएपनि कर्फ्यु अवधीमा समेत प्रदर्शनकारीले राजधानीका विभिन्न थलोमा टायर बालेर सडक अवरुद्ध गरेका थिए। प्रदर्शनकारीले मिनभवनमा ट्रलिबस कार्यालयको बा.१ झ.३९६५ नम्बरको मारुती कार र बबरमहलमा एउटा मोटरसाइकल जलाएका थिए भने माइतीघरदेखि बबरमहलका बीचमा किनाराका रुख ढाली बाटो अवरुद्ध गरेका थिए।

अर्कातिर, र्स्वर्गबासी महाराजाधिराज दिपेन्द्र वीर विक्रम शाहको पार्थिव शरीर चक्रपथ रिङ्गरोडबाट आर्यघाट ल्याइने थाहा पाएपछि त्यस क्षेत्रका बासिन्दाले सडकमा फुल तथा अविर बिछ्याएका थिए। र, कर्फयुको परवाह नगरी सडक किनारासम्म आएर शवयात्रा हेरेका थिए। घरका झ्याल, छत तथा ढिस्कामा बसेर शवयात्रा हेर्नेहरुमा केटाकेटी देखि बूढाबूढीसम्म थिए। सडकको दायाँ-बाँया शाही नेपाली सेना तथा नेपाल प्रहरीका जवानले पहरा दिइरहेका थिए।

सरकारले पर्याप्त समयको पूर्व सूचना विना कर्फ्यु जारी गरेको भन्दै राजधानीबासीले आक्रोश प्रकट गरेका थिए। स्थानीय प्रशासन ऐन २०२८ अनुसार कफर्यु लागू गर्नुपूर्व पूर्णरूपमा सुसूचित गर्नुपर्छ। काठमाडौंमा कफर््यु जारी गरेपछि स्थानीय प्रशासनले शाही नेपाली सेनाको समेत मद्दत मागेको छ। उक्त मागअनुसार सेनाले सुरक्षाको दृष्टिले सम्वेदनशील मानिएका स्थानहरुमा चेक प्वाइण्ट स्थापना गर्ने र गस्ती -पेट्रोलिङ) गर्ने कार्य गरिरहेको छ।

कर्फ्युमा सेनाले संवेदनशील ठाउमा चेक प्वाइण्ट खडा गरि वेरियर समेत राखि सडक बन्द गर्ने प्रचलन छ र सेना र प्रहरीको गस्ति टोलीले सिधा गोली हान्ने, शंकास्पद घरमा खानतलासी गर्ने जस्ता कार्य गर्न सक्ने गरि पूर्व आदेश पाएका हुन्छन्। राजधानीमा सोमबारदेखि लागेको कफर्युमा बालाजुस्थित १ नं बाहिनी र लगनखेलस्थित राजदलगण १३ नं वाहिनीबाट सैनिक खटिएका छन्। नेपालमा विभिन्न ठाउँमा पटक-पटक स्थानीय प्रशासनले कफर्यु लगाएको भए पनि सैनिक परिचालन गरेर २०४६ सालमा तीन दिन र २०४७ सालमा केही दिन कफर्यु लगाइएको थियो।

राजदरबारमा भएको घटनाको विरोधमा ललितपुरका विभिन्न भागमा पनि सोमबार नारा, जुलुस प्रदर्शन गरियो। हत्याकाण्डको छानबिन गर्न र हत्यारालाई सजायू माग गरी जुलुशका सहभागीले नारा लगाएका थिए।
ललितपुर उपमहानगरपालिकाका क्षेत्रमा पनि सोमबार अपरान्ह ३ः३० बजेदेखि मंगलबार बिहान ५ः०० बजेसम्म कर्फ्यु लगाइएको छ।

यस्तै, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ लेखिएको व्यानर लिएर भक्तपुरबासीले मौन जुलुश निकाले। सुकुलढोकाबाट सुरु भएको जुलुश तौमढी, पाँचतले न्यातपोल मन्दिर, तेखापुखु, दुधपाटी, बसपार्क, दरबार क्षेत्र हुँदै नगर परिक्रमा गरेको थियो। अर्को एक समूहले नारासहितको जुलुश प्रदर्शन गरेको थियो।
दरबार क्षेत्र लगायत हरेक टोल, चोक गल्लीहरुमा स्थानीय जनसमुदायले राजारानी तथा राजपरिवारका सदस्यहरुको तस्वीरमा फूलका गुच्छा र माल्यार्पणका लागि दोबाटो चौबाटोमा राखिएका थिए। यसैगरी, विभिन्न संघ संस्थाले शोक पुस्तिका राखी हस्ताक्षर संकलन गरेका छन्।

मध्यपुर ठिमी नगरको संखधर साख्वः चोक र ठिमीका विभिन्न ठाउँमा राजारानीको फोटामा माल्यार्पण गरिएको थियो। प्रत्येक पाटीपौवामा शोकाकुल वृद्धवृद्धा भगवानको नाम जपिरहेका भेटिन्थे। नगरका सम्पूर्ण पसलहरु तथा सवारी साधन बन्दरहेका थिए। नगरबासीहरु कोही हातमा रेडियो लिएर पाटीमुनि झमझम परेको पानीमा ओत लागिरहेका देखिन्थे।

राजगद्दीमा नयाँ राजा आरोहण गरिसकेपछि परम्परागत रुपमा राजदरबार दही पुर्याउने प्रचलन धान्दै आएका भक्तपुरका एकथरि नेवारहरु काठमाडौंमा व्याप्त तनावबाट अत्यासमा परेका थिए। सिंहदरबारबाट पुतलीसडक हुँदै राजदरबार जान हतारिएका देखिन्थे।

5 Comments

  1. नारायणहिटीभित्र के-के छन् –

    बालकृष्ण बस्नेत

    काठमाडौं, जेठ १८ – ‘सरदार कृष्णप्रसाद उपाध्याय हस्ते दरबार दाखिल’ राष्ट्रिय अभिलेखालयमा रहेको मुलुकको एक ऐतिहासिक दस्तावेज तीन दशकअघि नारायणहिटी दरबार पुर्‍याउ“दा लेखिएको बेहोरा हो यो ।
    विसं १९९७ सालमा चार जनालाई फा“सी दि“दा राणा शासकले तयार पारेको अभियोगपत्र र उनीहरूका बयानको मिसिल त्यतिबेला अभिलेखालयमा थियो । तत्कालीन राजा त्रिभुवन सामुन्ने रहेको उक्त घटनासम्बन्धी मिसिललाई दरबारका कर्मचारीले बुझेर लगेको रर्ेकर्डमात्र अहिले अभिलेखालयस“ग छ ।

    ‘त्यसपछि फर्काएको रर्ेकर्ड कही“ भेटिदैन,’ अभिलेखालयका एक अधिकृतले कान्तिपुरस“ग भने । ऐतिहासिक महत्त्वका सामग्री कसरी दरबारमा पुग्थे भन्ने यो सानो उदाहरणमात्र हो ।

    आफूविरुद्ध आन्दोलन छेड्ने धर्मभक्त, गंगालाल, दशरथ र शुक्रराजविरुद्ध तत्कालीन राणा शासकले राजद्रोही भन्दै मृत्युदण्ड दिएका थिए । ‘ती अभियोगपत्र लगायत राणाकालका विभिन्न घटनाक्रम समेट्ने दस्तावेज नारायणहिटीभित्रै छन्,’ कानुनी इतिहासका खोजकर्ता अधिवक्ता प्रकाश वस्तीले शनिबार भने ।

    चार सहिदका बयान र उनीहरूविरुद्ध अभियोगपत्र अध्ययन गर्न जा“दा अभिलेखालयका कर्मचारीले ‘त्रिभुवन स्मृति ग्रन्थ’ निकाल्ने बहानामा दरबारले लगेको जवाफ दिएको उनी स्मरण गर्छन् ।

    अभिलेखालयको मात्र होइन, परराष्ट्र मन्त्रालय र अदालतमा रहेका दस्तावेजसमेत दरबारले नियन्त्रणमा राख्ने गरेको संस्कृतिविद् बताउ“छन् । जेठ १५ गते संविधानसभाले गणतन्त्र कार्यान्वयन गरेकाले दरबारका त्यस्ता सामग्री संरक्षण निम्ति सरकारले र्सतर्कता अपनाउनुपर्ने उनीहरू बताउ“छन् ।

    राणा प्रधानमन्त्रीहरूको नियुक्ति, तिनको कामकारबाही, तत्कालीन राजा र राणाबीचका सम्बन्धबारे परराष्ट्रमा अधिकांश दस्तावेज दरबारभित्रै छन् । ‘लाल बाकस’ भित्र राखिने ती सामग्री विभिन्न निकायबाट पछि नारायणहिटी पुर्‍याइएको हो ।

    राणाकालीन इतिहास खोजीकै क्रममा २०३४ सालमा जा“दा ‘लाल बाकस’ का कतिपय सामग्री नारायणहिटीमा पुर्‍याएको जानकारी आफूले पाएको इतिहासविद् त्रिरत्न मानन्धर सुनाउ“छन् । ‘परराष्ट्रमा अन्य सामग्री त थिए । बाकसभित्र रहेका सामग्रीचाहि“ दरबारका कर्मचारीले लाने गरेको हामीलाई सुनाइन्थ्यो,’ उनले भने ।

    शाह वंश, राणाकालीन इतिहास, २००७ सालमा त्रिभुवनलाई गद्दीच्युत गरी ज्ञानेन्द्रलाई गद्दीमा राख्ने निर्ण्र्ााम्बन्धी कागज, राजा, कांग्रेस र भारतबीच भएको त्रिपक्ष्ँीय सम्झौता, ३० वषर्ीय पञ्चायत अवधिमा भएका विभिन्न सन्धि, सम्झौताका गोप्य दस्तावेज पनि दरबारमा छन् ।

    २०४६ को जनआन्दोलनको सफलतापछि दरबारद्वारा मस्यौदा गरिएको संविधान र त्यसभित्र लुकेका र्सत, जेठ १९ को दरबार हत्याकाण्डस“ग सम्बन्धित तथ्य नारायणहिटीभित्रै छन् ।

    ‘पृथ्वीनारायण शाहदेखि १२ पुस्तासम्म सत्तामा रह“दै आएको दरबारमा थुप्रै ऐतिहासिक दस्तावेज छन्,’ संस्कृतिविद् हरेराम श्रेष्ठ भन्छन्- ‘संविधानसभा र सरकारको पहिलो जिम्मेवारी दरबारको राष्ट्रिय सम्पत्ति व्यवस्थापन गर्नु हो ।’

    संविधानसभाको पहिलो ऐतिहासिक बैठकले गणतन्त्र कार्यान्वयन गरी २ सय ३९ वर्षलामो इतिहास बोकेको राजसंस्थालाई विधिवत् बिदाइ गरेको छ । पर्ूवराजा ज्ञानेन्द्रको निजीबाहेक राष्ट्रिय सम्पत्तिलाई राष्ट्रियकरण गर्ने, ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदालाई संग्रहालयमा व्यवस्थित गर्नुपर्ने वस्ती बताउ“छन् ।

    २०५८ जेठ १९ गते दरबारभित्रको त्रिभुवन सदनमा तत्कालीन राजा वीरेन्द्र र उनका परिवारको सामूहिक हत्या भएको थियो । उक्त घटना छानबिनका लागि गठित उच्चस्तरीय आयोगले दिएको प्रतिवेदनप्रति र्सवसाधारणले प्रश्न उठाउ“दै आएका छन् । ‘वीरेन्द्र परिवारको हत्याकाण्डको वास्तविक विवरण अझै आएको छैन । त्यसको खोजी नया“ सरकारले गर्नर्ुपर्छ,’ श्रेष्ठ भन्छन् ।

    शाहकालमा मात्र नभई गोपाल, महिषपाल, किरा“त, लिच्छवी र मल्ल वंशदेखिका दस्तावेज त्यहा“ हुनसक्ने बताउ“छन् दरबारका पर्ूव सहसचिव सानुभाइ डंगोल । ‘अब खोज्दा भेटिन्छ, भेटि“दैन थाहा छैन,’ दरबारको सम्पत्ति खोजीमा दलहरूले बेवास्ता गरेको औंल्याउ“दै उनी भन्छन्- ‘पहिलेदेखिकै सम्पत्ति हेरचाह गर्ने विभाग ढुकुटी र सम्पत्ति कोष नै हो । यी दर्ुइमा विशेष र्सतर्कता अपनाउनर्ुपर्छ ।’

    ३५ वर्षदरबार सेवामा बिताएका डंगोल दरबारलाई ‘षड्यन्त्रै षडयन्त्रको पोको’ को संज्ञा दिन्छन् । तत्कालीन राजा महेन्द्रले सन् १९६५ जनवरी ३० मा भारतस“ग गरेको हतियार आयातसम्बन्धी गोप्य सन्धिको दस्तावेज नारायणहिटीमा रहेको दाबी उनको छ । उक्त सन्धिमा तत्कालीन परराष्ट्र सचिव यदुनाथ खनालले हस्ताक्ष्ँर गरेका थिए ।

    दरबारभित्रका लाल बाकसमा महत्त्वपर्ूण्ा कागजात राख्ने गरिन्थ्यो । प्रत्यक्ष्ँ शाही शासन कालसम्म लालमोहर लागेका दस्तावेज त्यही लाल बाकसमा सुरक्षित हुन्थे ।

    दरबारका पर्ूवसचिव रेवतीरमण खनाल लालमोहर लगायत कतिपय दस्तावेज सिंहदरबारस्थित मन्त्रिपरिषद् सचिवालयमा पनि रहने दाबी र्

    गर्छन् । ‘लाल बाकसमा रहने सामग्री मन्त्रिपरिषद्मा पनि रहन्छन् । सिंहदरबार भने २०३० सालमा आगलागी भयो भन्दै पन्छिरहेको छ,’ उनी भन्छन् ।

    कागजातबाहेक ढुकुटीमा पुराना गरगहना, सुन-चा“दी, जुवाहरत, मुकुट, दाइजोका सामानजस्ता सामग्री राखिने गरिएको दरबारका पर्ूवकर्मचारी बताउ“छन् ।

    विभिन्न राष्ट्रमा जा“दा राजाहरूले पाएका बहुमूल्य उपहार, हात्तीका दाह्रा, मृगका छाला, बाह्रसिंगे टाउको पनि त्यहीं राखिन्थ्यो । ज्ञानेन्द्रले आफ्नै निजी स्रोत, सीप, आर्जनले कमाएको बाहेक अन्य सम्पत्ति राष्ट्रको हुने र त्यसलाई कानुनी दायरामा ल्याउन सकिने अधिवक्ता वस्ती बताउ“छन् ।

    ‘पर्ूवराजा अब र्सवसाधारणसरह भएका छन् । कानुन उनलाई पनि लाग्छ,’ उनी भन्छन् । दरबारका पर्ूवसैनिक सचिव विवेककुमार शाह पुरातात्त्विक महत्त्वका थुप्रै वस्तु त्यहा“भित्र रहेको बताउ“छन् । अलास्का, अप्रिmका, रसियालगायत देशबाट विभिन्न समयमा प्राप्त बहुमूल्य उपहार नारायणहिटीभित्र छन् ।

    ‘राष्ट्रप्रमुखका रूपमा पर्ूवराजाहरूले यस्ता सामग्री आदानप्रदान गर्नु स्वाभाविक हो । त्यस्ता थुप्रै सामग्री दरबारभित्रका विभिन्न हलमा छन्,’ शाह भन्छन् । दरबारमा विभिन्न समयमा सिकार गरी बनाइएका वन्यजन्तुका सामग्री, विदेशी जनावरका आकर्ष ट्रफीहरू सजाइएका छन् । पर्ूवराजाका श्रीपेच, राजदण्ड, उनीहरूले राष्ट्रप्रमुखका रूपमा पाएका उपहारदेखि खानपान र लवाइखुवाइमा प्रयोग हुने सामान पनि संग्रहणीय हुने संस्कृतविद् श्रेष्ठ बताउ“छन् ।

    ७ सय ५४ रोपनी क्ष्ँेत्रफलमा फैलिएको दरबारमा दर्जनौं अत्याधुनिक सुविधायुक्त भवन छन् । दक्ष्ँिण मोहडाको घरमा राजसिंहासन र त्यसमुनि रिसेप्सन, बेन्क्वेट लगायतका हल छन् । दरबारभित्र मंगल सदन, त्रिभुवन सदन, महेन्द्र मञ्जिल, श्री सदनलगायतका बंगला छन् । श्री सदनमा स्व. वीरेन्द्रको आवास थियो ।

    जनआन्दोलन-०६२/६३ को सफलतापछि पुनःस्थापित प्रतिनिधिसभाले गठन गरेको संसदीय समितिले ज्ञानेन्द्र र तत्कालीन राजपरिवारका नाममा ६० हजार रोपनी जग्गा र ३५ वटा उद्योगधन्दामा लगानी रहेको प्रतिवेदन बुझाएको थियो ।

    ‘जग्गाबाहेक नारायणहिटीभित्रका चल-अचल सम्पत्ति त्यसमा छैन,’ त्यतिबेला सम्पत्ति मूल्यांकनका लागि दरबारबाट असहयोग भएको जानकारी दि“दै उक्त समितिमा रहेका सदस्य आनन्दप्रसाद पोखरेलले बताए । ‘हदबन्दीभन्दा बढी जग्गा र अन्य सम्पत्ति खोजबिन गरी राष्ट्रियकरण गर्न हामीले त्यतिबेला सरकारलाई सुझाव दिएका थियौं,’ उनले भने ।

    पर्ूवसैनिक सचिव शाह भव्य र आकर्ष स्थल रहेको नारायणहिटी राम्रो संग्रहालय र पुस्तकालय हुन सक्ने बताउ“छन् । राष्ट्रपति र उपराष्ट्रपतिका कार्यालय वा निवासका रूपमा प्रयोग गर्न पनि सकिने उनको सुझाव छ ।

    त्यहा“भित्र मूल भवनको कम्पाउन्डमात्र डेढ सय रोपनी छ । भित्रका कोठाहरू ७५ जिल्लाको नामबाट राखिएका छन् भने प्रवेश ढोका नजिकैको एक हलमा ठूलो पुस्तकालय छ । नारायणहिटी दरबारलाई तत्कालीन राजा महेन्द्रले २०२६ सालमा सरकारलाई बेचेका थिए ।

  2. gyane raja bhaye pachhi mareka haruko aatmako shanti ko laagi bhaye pani gyane lai tiniharu ko jyan maareko mudda lagaunu parchha.

  3. त्यतिबेला लगाइएको “हत्याराको पहिचान गर्न सम्पुर्ण नेपालि एक भएर आवाज उठाउनुपर्ने” नारा नारामै मात्र सिमित भयो । हामि भुस्याहा कुकुर बराबर भयौ।
    संसारकै सबै भन्दा शक्तिशालि प्रधानमन्त्रि (नेपालको हकमा) गिरिजा बाबुले केहि गर्न सक्नु भएन । यति शक्तिशलि हुनुको फाइदा नेपाल र सच्चा नेपालिलाइ हैन देश र बिदेशका भ्रष्टाचारिहरुलाइ पो भयो । तेसैले त होला नि उहा आपराधिक कृयाकलापमा संलग्न ब्यक्तिको संरक्षणमा लगि पर्नु भाछ । हेरौ उहाको कार्यकालमा देशले कस्तो गति लिने हो ?भारतको प्रान्त त हुनुपर्ने हैन?? हुन त उहालाइ के को डर ! तेतिबेला सम्म उहा परमधाम र उहाकि सुपुत्रि बिदेशमा महल ठड्याएर बसिसक्नु भा हुनेछ । दुख त हामि सोझा नेपालिले पाउनेछौ।

Comments are closed.