संशोधन पारित, अब अन्तरिम संसदले नै राजा फाल्नसक्ने

लामो बहसपछि अहिले राति अन्तरिम संसद व्यवस्थापिकाको दुई तिहाइ बहुमतले नेपालको अन्तरिम संविधानको दोस्रो संशोधन पारित गरेको छ। अब दुई तिहाई बहुमत जुट्यो भने राजतन्त्र अहिले नै फाल्न संभव हुने भएको छ। राजदूतहरुको संसदीय सुनुवाई गर्नु नपर्ने व्यवस्था राखिन लागेको भए पनि अन्ततः राजदूत र न्यायाधीशहरुको समेत संसदीय सुनुवाई हुने व्यवस्था गरिएको छ। अब शैलजा आचार्य भारतीय राजदूत हुन गार्‍है हुने भयो। यससम्बन्धी मतदान हुँदा पक्षमा २८१ र विपक्षमा दुई मत प्राप्त भएको थियो। विपक्षमा मतदान गर्नेमा राजावादीहरु नभई जनमोर्चा नेपालका नवराज सुवेदी र परी थापा थिए। संशोधनमा सभामुखको लालमोहर अर्थात् प्रमाणिकरण आजै भइसकेको छ। यो महत्त्वपूर्ण क्षणमा प्रधानमन्त्री भने संसदमा अनुपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्रीका तर्फबाट धन्यवाद सन्देश गृहमन्त्रीले पढेर सुनाएका थिए। के के विषयमा संशोधन भयो त ?

संशोधन विशेष समितिले सिफारिस गरे बमोजिम यो संशोधन पास गरिएको हो। समितिले विधेयकको दफा ५ अर्थात् नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (२) पछि थप्ने भनी प्रस्ताव गरिएको उपधारा (३) को तेस्रो हरफमा रहेको “समावेदन गरेमा” भन्ने शब्दहरुपछि “समावेदन गरेको मितिले १५ दिनभित्र बैठक बस्ने गरी” भन्ने शब्द थप्ने, विधेयकको दफा ६ अर्थात् नेपालको अन्तरिम संविधान, २०६३ मा थप्ने भनी प्रस्ताव गरिएको धारा ५५ क को उपधारा (२) को प्रतिबन्धात्मक वाक्यांशको सट्टा “तर एउटै प्रधानमन्त्रीउपर छ महिनामा एकपटकभन्दा बढी अविश्वासको प्रस्ताव पेस गर्न सकिने छैन” भन्ने प्रतिबन्धात्मक वाक्यांश राख्ने, विधेयकको दफा ९ अर्थात् धारा १५४ क मा थप्न प्रस्ताव गरिएको उपधारा (१०ख) को दोस्रो हरफमा रहेको “नमिलेको” भन्ने शब्दपछि “देखिएको” भन्ने शब्द थप्ने र विधेयकको दफा १० अर्थात् धारा १५५ मा प्रस्तावित संशोधनमा रहेको “पदहरुमा” भन्ने शब्दहरुको सट्टा “पद तथा सर्वोच्च अदालतका न्यायाधीश र राजदूतको” भन्ने शब्द राख्ने उल्लेख छ ।

त्यस्तै, विधेयकको दफा ११ अर्थात् धारा १५९ मा थप्ने भनिएको उपधारा (३क) र (३ख) को सट्टा (३क) उपधारा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजाले संविधानसभाको निर्वाचन हुन नदिन गम्भीर व्यवधान खडा गरेको ठहर गर्दै संविधानसभाको निर्वाचन हुनुअगावै पनि व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाइ बहुमतले राजसंस्था कायम नरहने गरी प्रस्ताव पारित गर्न सक्नेछ भनी प्रतिवेदन दिइएको थियो ।

(३ख) उपधारा (३क) बमोजिमको प्रस्ताव पेस गर्ने निर्णय मन्त्रिपरिषद्ले गर्ने र यस्तो प्रस्ताव व्यवस्थापिका-संसद समक्ष पेस गरिने पनि जनाइएको छ ।

14 Comments

  1. Nothing will happen by from this interim constitution. Now the 8 parties are just trying to prolong their time in the sansad. Even Maoist is not in the mood for Sambidhan Sabha ko chunab. All are corrupt leaders with corrupt mentality.
    Instead of defering the CA polls why the hell the these leaders are wasting time changing rules. Everyone knows these leaders were not selected by the people and they are just getting paid for prolonging their time in the sansad. Fresh CA polls should be carried out as soon as possible. No one is focusing on Sambhidan sabha really funny.

  2. I think Basanta’s cooments bear more than what this parliamenterians say. Girija is still playing his game. Being asbsent in the votings saves is PM within the both systems. That within and outside monarchy. Girija could not show his heart to people and he is still with Gyanendra. But I smell something from this 2/3 thing. Vote of nonconfence used to take place in Pancyat’s time as well. It will good opportunity for all the thugs in Parliament to gobble’s gyanendra’s money. I am sure before they take that decison they will go through same process of vote of no-confidence. Once that threat is put to Gyanendra, he will pay at least few millions to each of this parlimentarian. They will vote few times till gyanendra goes bankcrupt then only they will decide to through him away. I think they learn the game from Moriaty. They also admited that gyanendra is still their king. But buy now he is not king of majority of Nepalese. Only thug politicians know all these dirty tricks. Otherwise what is stoping them to through Gyanendra. Is he any good for anything. It is the army keeping him. We do not see they are doing anything to bring the army under the government or to separate them from Gyanendra.

  3. हर्के र वसन्त सोह्रै आना ठिक कुरा गर्यो भन्या
    जाबु नेपाल मा कामभन्दा पनि फुर्तिनै ठुलो क्या, म यो गर्छु भन्ने उही गर्नेबेला मा चाहीँ सबै सोरेर टाप कस्छ, नेपालमा गणतन्त्र आयो आयो भनेर चिच्च्याउने गिरिजा बुढा त राजा भएर पनि गणतन्त्र हुन्छ भन्छ पो बा!!!! हैन हाउ कांग्रेसमा त ३ किसिमको गणतन्त्र छ रे नी। गिरिजा गुटको राजासहित को गणतन्त्र रे अनि नरहरि आचार्य र गगन थापाको राजाबिनाको गणतन्त्र रे अनि तेस्रो चाहीँ कुन गणतन्त्र हो त्यो त म आफै पनि अन्योलमै छु, तर मैले गाइगुई सुनेको तेस्रो गणतन्त्र नि छ रे!!!!हैन मलाई त गणतन्त्र त एउटा मात्रै हुन्छ है भनेको त कति हो कति रे, अब आउदा दिन मा भ्रष्टाचार गणतन्त्र होला, ‍हत्यारा गणतन्त्र, अपराधी गणतन्त्र, प्रसाई रजाई गणतन्त्र,गिरिजा गणतन्त्र, प्रचण्ड गणतन्त्र होला, अनि खै के के गणतन्त्र छ कुन्नि????????
    अहिले भर्खरै संसद मा पारित रे राजानै फाल्न सकिने, हो फाल्छ राजा तर कहाँ फाल्छ त???????????? उहि क्या हिटीदरबार मै फाल्छ, अनि सब नेपालको ऋण पनि त्यही फाल्छ हिटीदरबार मा, अनि नेपाली जनताको रगत र पसिना पनि त्यही फालिन्छ। गरिबहरु झन बढी उनिहरुको पदोन्नती हुन्छ गरीबबाट झन महागरीब, झन दयनीय गरीब, झन भोक भोकै को सुपर भोक, अनि गरीबको तारा हरु झन कति हो कति????
    अनि अर्का तिर साहु महाजन सेठ हरु झन झन मोटाउदै जाने भो साहुदेखी पदोन्नती भएर महाजन त्यसपछि महासेठ अनि सुपर डुपर खै के के ???, अनि झन झन गरीबहरुको पसिना र रगत सिंचित हुंदै जाने भो, त्यसको लागी स्टोर रुमको अभाव हुने भो। आदि आदि त्यसरी नै नेपालमा गरीब र धनी महाजन साहु हरुको प्रतिस्पर्धा हुंदैजानेछ र आकाश पतालको दुरी फैलिनेछ । अन्तमा आएर कि मर कि मार को स्थितीमा अड्किने छ यो मुलुक।
    जय गणतन्त्र नेपाल- जिन्दाबाद

  4. They can’t do anything to the king. If it comes down to throwing monarchy out, it will be very hard to get 2/3 vote from inside the parliament.

    People are simply being fooled. Nothing more than that.

  5. हर्केजीको कुरोले मन छोयो। शब्दजालमा अल्झिएर बसेका छन् नेताहरु र हामीहरु त्यसैमा ताली बजाएर बसेक छौं। अहिलेकै स्थितिमा संसदको दुई तिहाईले “राजा चाहिन्न” भनेर निर्णय गरे पनि दरवारले टेर्छ र! सेनाको नेतृत्व र वफादरिता आफ्नो पक्षको रहुञ्जले ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ।’ अहिले यस्ता शब्दजाल खेलेर बस्नुसट्टा सेना र दरवारको सम्बन्ध साँच्चै टुटाउने तिर लाग्नुपर्ने हो। संविधानसभाको चुनाव त्रासरहित र निस्पक्ष वातावरणमा हुने वातावरण सकेसम्म चाँडै बनाउने तिर पनि लाग्नु पर्ने हो।

    गर्न केहि नसक्ने, खाली मूतको न्यानोमा रमाएर बस्ने बानीनै हो हाम्रा नेताको!

  6. “बाघ मार्ने फुर्ती गर्छन्, स्याल देखे भागछन्”
    जाबो दरबार को कर्मचारी को सन्ख्या घटाऊने निर्णय पनि कार्ब्यानयन गराउन नसक्ने ब्यबस्थापिका अनी सरकार ले राजा नै हटाउने निर्णय गरेपनी, त्यो निर्णय चाँही कस्ले कर्ब्यानयन गर्ने होला?
    भारत सँग गुहार मIग्ने होला कि?
    महाराज हामीले तपाईंलाई हटाइ सकेकI छौ, मौसुफ पाउकस्ट गरी निर्मल निवास तर्फ सबारी होस् भन्ने पत्र लेख्ने त होला कि?

  7. News sunda ta Thulai kuro ho ki jasto lagchha…. Taar just eiuta example tala…

    One National Daily Newspaper ko National News Item … Imagine, where we are… in which phase of the century? This is what our REAL status…..

    __________________
    बोकाको बन्ध्याकरण

    हेटौंडा, (नेस)। जिल्ला पशु सेवा कार्यालय मकवानपुरले मंगलबार छतिवन गाविसमा आयोजना गरेको पशु स्वास्थ्य शिविरमा बोका र बंगुरको बन्ध्याकरण गरिएको छ।

    घाँसको बीउसमेत वितरित शिविरमा ५ बोका र एक बंगुरको बन्ध्याकरण गरिएको पशुचिकित्सक डा. कृष्णराज पौडेलले बताउनुभयो।

    ———————–

    Haami Nepaliko Niyati yeti maatrai ho .. Saathiharu…..

    Alpa Buddhi

  8. Thats a great descition regarding the KING. Actually we dont need king but we want blessing for the Nepal. thats so I realy appriciate for for new correction of the Constituoin .

    Pastor Agam Bahadur Limbu
    Nepali Churh Kuwait

  9. गाली गर्न र सात जुनीको सत्तो सराप्न गिरिजा बाहेक कोहि पाउनु भएन तपाईहरुले? यहा गिरिजा संसदमा उपस्थिति थियो थिएन भन्दा पनि महत्वपूर्ण कुरा संसद अबरुद्ध भएन, समयले खोजेको र अपरिहार्य संशोधन पारित भएको कुरा महत्वपूर्ण हो। सरकार काम के गिरिजा बिना संभव छ। असक्त र रोगी गिरिजालाई घिच्याउदै ल्याउनु पर्‍यो त। पूर्बाग्रह को पनि हद हुन्छ नि, यो पनि गिरिजा को चाल् रे। अन्तरिम संबिधान संशोधन न भेको भए अझै मंसिर् मा संबिधान सभाको चुनाव हुन सक्दैन। गिरिजाले चाल् चल्ने हो भने आजै पास गर्नु पर्ने संशोधन पारित नगर्न अनेक दाउ खेल्न सक्थे, ह्विप जारि गरेर आजै पारित गर्नु के गिरिजाको चाल् हो? संबिधान सभाको चुनाव कस्ले चाहि रहेका छैनन्, को डराइ रहेकाछन्, लाज पचाएर लुकाउनु हुन्छ र गिरिजालाई दोष?
    संसद अबरुद्द कसले गरे, त्यति बेला नै संसद चलेको भए कतो जाती हुन्थ्यो? अझै पनि निर्बाचन संबन्धी बिधयक पारित गर्नु छ। कस्ले हुन दिइ राख्या छैन। अझै गिरिजालाई दोष? प्रधान मन्त्री हटाउन सकिने गरि संशोधन भएको छ, अझै गिरिजाको चाल? हटाउनुस् कामरेड् महाशयहरु, २ तिहाइ पुग्छ होला, काम्रेडहरु को मत। देश हाक्न सक्छु भन्ने हिम्मत भएका कामरेड् हरु किन लुकेका, नया नेपालको निर्माण गर्छु भन्ने लाली पप बेच्ने का परचण्ड् र बाबुराम हरु सांसद नै न बन्नु मा पनि गिरिजाको चाल?
    अति भो, पूर्बाग्रहि अभिब्यक्तिहरु।

  10. Great opportunity for Monarchy in Nepal !!!!! Interim Parliament has now recognized Monarchy exists in Nepal and suspension is over. Good news to palace that they will be included in Budget 2064/65.
    Fools rush !!!!!

    Suraj P. Shrestha, Ph.D.

  11. Girija sansad ma na ayera paani mathi ko ovano hunu khojeko ho ani jas afu line apjas aru lai lagaune gireejaa chal ho yo . aru ta ke bhanne ra nepali janta ra nepal desh ko sadhai unnati ra pragati hos.!

  12. Raja Nafalne party ani neta bhako deshama tyasto ko k artha chha ra? J parit garepani hunchha..
    bekar ma tension mtara—

Comments are closed.