यसपालि अप्रिल फूल ब्लग नराख्‍ने

माइसंसारले ब्लग सुरु गर्दादेखि नै अप्रिल फूलको दिन एउटा झुक्याउने तर साँच्चै जस्तो लाग्ने ब्लग सामाग्री राख्‍ने गरेको थियो। तर गत वर्ष ‘हिमानी हलिउडमा हिरोइन बन्दै’ शीर्षकको ब्लगलाई केही अनलाइन र छापिने पत्रिकामा समेत स्रोत उल्लेख नगरी साभार गरेर आफूमात्र हैन पाठकलाई समेत ‘फूल’ बनाएको देखेर दिक्क लाग्यो। स्पष्ट रुपमा लिङ्कमा अप्रिल फूलको ब्लग भनेर लेख्‍दालेख्दै पनि पूरै नपढी अप्रिल सकिएर अर्को महिना लागिसक्दा पनि झुक्याइरहेको देखेर दिक्क लागेर यो वर्ष अप्रिल फूल ब्लग नै नराख्‍ने विचार गरेको छु।

गत वर्षको ‘हिमानी हलिउडमा हिरोइन बन्दै’ शीर्षकको अप्रिल फूल ब्लग पढ्न यहाँ क्लिक गर्नुस्

अनि त्यसैलाई जस्ताको तस्तै साभार गरेर स्रोत समेत नखुलाई झापाबाट निस्कने पूर्वसन्देशको २०६७ वैशाख १ गतेको अंकमा छापिएको हेर्नुस् त फोटोः निशेष आचार्य

यही समाचारलाई साँच्चिकै ठानेर कपिपेस्ट गर्ने अरु अनलाइनहरुको समाचार पढ्न क्लिक गर्नुस्-
कोशी अनलाइन

गैर आवासीय नेपाली संघ साउदी अरबको साइट

Federation of Indigenous People in America को साइट

संखुवासभा डट कम

9 Comments

  1. नेपालमा आज अप्रिल १ २०११ देखि लोडशेदिंग नहुने भएकोछ बागमती र विष्णुमति नदि बाट २०००० मेघावाट बिद्युत उत्पादनको उद्घाटन आजै प्रधान मन्त्रिले गर्नु हुनेछ र देशले उपभोग गरि बढी भएको बिद्युत भारतलाई बिक्रि गर्ने भएकोछ / तेस्तै मेलम्चीको खाने पानी काठमाडौँ ल्याउन समय लाग्ने भएकोले खाने पानी पनि बागमती र विष्णुमति नदीको पानी बाट आपूर्ति गरिने कुरो अप्रिल १ सम्बाददाता बाट जानकारी भएकोछ /
    (अप्रिल फूल सम्बाददाता)

  2. यहाँ नेपालीहरु प्रत्येक दिन अप्रिल fool भएको बेलामा खै के कुरामा fool बनाउनु छ र? त्यस्तो कुन पल छ जहाँ नेपाली जनता छक्क नपरेको कुरा? बत्ति आयो भन्यो छक्क, नेताले घुष खाएन भन्यो छक्क, पहिले हामी प्रजातन्त्र को लागि लडेको थियौ, राजतन्त्र को जरो उखेलेको पनि थियौ तर आज तिनै नेता भनौदाहरुले जनताको गलामा भावनामा नराम्ररी चड्कन बर्साउदा पनि हामी सबै मौन नै छौ……खै अब त केहि कुरामा पनि छक्क पर्नु पर्ने र fool बनिरहनु पर्ने जस्तो त मैले महसूस गरिन/

  3. पूर्बकै अर्को एक पत्रिकामा पनि यो समाचार छापिएको थियो .

  4. नेपालका पत्रकार न भए,२ ४ पैसा पाए भरतमोहनको पनि गुनगान छापी दिन्छन,नपाए रामेस्वरलाई गाली गरेर छापी दिन्छन/पत्रकार पनि एमालेको,माओबादीको,कांग्रेसको/कस्तो अचम्म ?खैत नेपालको नेपालीको/यसतै छ सन्सार////

  5. पूर्व संदेश को बिजेत भयो है सारै नै साथमा दमक को पनि किन भने यो दमक को पत्रिका हो .

  6. सम्भवतः अपि्रुल फुलको दिन हिमानीले फिल्म खेल्ने भनिनु त । ठिकै हो कम्तिमा पनि जानकारी त दिएको रहेछ । तर यो त ब्लग हो पब्लिकप्रति प्रत्यक्ष जिम्मेवारी बहन नगर्न पनि सक्छ । तर अचम्म नेपालका पत्रिकाले सत्य समाचार भनेर छाप्नु निकै बिडम्पना हो नेपाली पत्रकारितको । नेपाली पत्रकारिता कति गैर जिम्मेवार र हचुवाको भरमा गरिन्छ भन्ने बास्तविकता अपि्रल फुलको यो समाचारले दिएको रहेछ । जनताप्रति जिम्मेवार नहुने पत्रकारिता अहिले पनि प्रतिष्ठित संचारमाध्यमले गर्ने गर्छन् भन्ने लाग्छ मलाई ।

  7. मेरो जीवन मा सबै भन्दा मन नपर्ने चाड फागु पुर्णिमा र अप्रिल फुल/फागु पुर्णिमा को १ महिना अगाडी देखि बिद्यालय र कलेज जाने ८,१० वर्ष देखि ३५ ,४० वर्ष सम्म का महिला लाइ त निसाना नै बनाइन्छ जसले गर्दा आफ्नो नित्य काम काज मा निस्कन कति दुख खेप्नु पर्चा भन्ने कुरो त साएद महिला हुनेलाई मात्र थाहा छ/तेस्तै अप्रिल फुल खोइ देश विदेश मा त एस्तो अरुलाई हुने नहुने कुरो गरेर झुक्याएको र अप्रिल 1st को मजा लिएको कतै देखिएन उही एउटा उखान याद आयो कहिँ नभाको जात्रा हाडी गाउमा हाडी गाउमा नभाको जात्रा…………….गाउमा भने जस्तो/अरु त अरु सद्द्ये मान्छेलाई हस्पिटल मा भर्ना भनेर झुक्याएर सास न बास संग हस्पिटल सम्म पुर्र्याएर मजा लिन्छन अप्रिल फुल मा यो कस्तो बिडम्बना/करिब ९ वर्ष पहिले नेपाल मा हिजो आज जस्तो हात हात मा N T C को टावर नभाको भएपनि मोबाइल लिने जमाना थिएन मेरो अफिस मा मेरो फोन आयो भनेर बोलाइयो ३ तला माथि ५२ सिडी चढेर हसयांग फस्यांग गर्दै गएर रिसिव गरे कोइ बोल्दैन अनि जसले बोलाको हो उसैलाई तेइ रिसिवर ले टाउको मा हिर्काए बिस्तारै तेत्ति सारो पनि हैन मेरो ७ पुस्ता ले नसुनेको गाली मैले त्यो लोग्ने मंचेबता सुन्नु पर्र्यो अखिरमा उसलाई पनि अरुले नै सिकको रैछ/तेसैले भन्छु आफ्नो मजाको लागि अरुलाई दुरुपयोग नगरौ तेस्ले बिकराल रुप पनि लिन सक्छ/

  8. जिम्मी कार्टर अब नेपाल मै बसाइ सर्ने
    ——————————————-
    भर्जिनिया ,मार्च ३० गते
    अमेरिका को भुतपुर्ब रास्ट्र पति जिम्मिकार्टर ले अब बाकिजिबन नेपाल मै बिताउने निधो गरेका छन् |उक्त कुरा उनले आज यहा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् | नेपाल मै बसेर त्याहा प्रजातन्त्र लाइ संस्थागत गर्ने ,समय मा संबिधान बनाउन सहयोग गर्ने आदि प्रतिबद्दता उहाले पढेर सुनाउनु भयो |
    समारोह मा भर्जिनिया का सिनेटर ग्यारी पनि उपस्थित हुनुहुन्थ्यो ,उहाले श्री कार्टर को उक्त भनाइलाई तालि बजाएर हार्दिक समर्थन जनाउनु भयो |
    पछिल्लो चोटी नेपाल आउदा महन्त ठाकुर सग मित लगाएका उनले ,मित ज्यु बाट आफुलाई नेपाल मै ग्रिन कार्ड लिएर बस्न बार बार अनुरोध गरिएको रहस्य को पनि खुलासा गरे |
    द्रोण

    • हो द्रोंजी,
      अमेरिकनलाई नदी, पानीको दृश्य मन पर्ने भएकोले उनलाई शंकरदेवक्याम्पस पछाडी तिर एउटा कटेजको व्यवस्था हुँदैछ रे!

Comments are closed.