‘कान्तिपुर’ले देखाएको सही बाटो

बसमा भेटिएको ९१ लाख रुपैयाँ र हिराको हार जसको हो उसैलाई फर्काएको भनी बहुप्रचारित घटना अन्ततः काल्पनिक भएको पुष्टि भएको छ। ‘समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टि भएको’ भन्दै ‘नियोजित परिस्थिति र नक्कली पात्रहरूका कारण भ्रमपूर्वक गलत समाचार र विचार सम्प्रेषण हुन गएकामा सम्पूर्ण पाठकसँग क्षमा’ मागेको सूचना आजको कान्तिपुरले पहिलो पेजमा छापेको छ। कान्तिपुरको यो क्षमायाचनासँगै देशभर चर्चाको विषय बनेको र राष्ट्रपति र प्रधानन्यायाधीशले समेत प्रशंसा गरेको घटना सत्य हो कि झुटो हो भनी रहँदै आएको शंका पूर्ण रुपमा निवारण भएको छ। त्योसँगै ‘कान्तिपुर’ले गलत समाचार छापिएकोमा क्षमा मागेर नेपालको पत्रकारिता इतिहासमा एउटा प्रशंसनीय र अनुकरणीय काम थालेको छ। जसरी गलत समाचार छापिनु गैरजिम्मेवारी हो, त्यसैगरी गलत समाचार छापिएपछि त्यसबारे पाठकहरुलाई जानकारी दिनु र क्षमा माग्नु जिम्मेवारीबोध हो। यसले कान्तिपुरको गरिमा घटाएको छैन, मेरो नजरमा बरु बढाएको छ। पत्रकार पनि मान्छे हो र गल्ती मान्छेबाट नै हुन्छ। गल्ती स्वीकार गरी माफी माग्ने जुन स‌ंस्कृति कान्तिपुरले पत्रकारिता क्षेत्रमा सुरु गर्‍यो, त्यसपछाडिका सबै पात्रहरुलाई सलाम गर्नुपर्छ। किनभने यो घटनाले समग्र पत्रकारिता क्षेत्रमाथि नै औँला ठड्याउने काम भएको थियो।

नेपालमा मात्र हैन, विदेशमा पनि यस्ता कयौँ घटना भएका छन्। फरक यति थियो- उतातिर गल्ती भएपछि क्षमा मागिन्थ्यो, यता त्यस्तो हुन्न थियो। चाहे त्यो रस्सेन्द्र भट्टराईको समाचारमा होस् चाहे डा. भक्तमानको अपहरण कान्डको समाचारलाई लिएर होस्।

जब वासिङटन पोस्टले गल्ती गर्‍यो

  • सन् १९८१ को कुरा हो, अमेरिकाको प्रतिष्ठित दैनिक द वासिङटन पोस्टको पहिलो पेजमा एउटा समाचार छापियो- ‘जिम्मीको विश्व’ शीर्षकमा। ८ वर्षका एक बालक कसरी लागू औषधी हिरोइनको लतमा लागे भन्ने विषयमा थियो समाचार। पत्रकारिता जगतको प्रतिष्ठित पुरस्कार पुलित्जर प्राइज सन् १९८१ मा यो समाचार लेख्‍ने ज्यानेट कूकलाई दिने घोषणा भयो। समाचार छापिएपछि वासिङटन सहरका तत्कालीन मेयर म्यारिअन ब्यारीले जिम्मी नामको त्यो केटोलाई खोज्ने आदेश दिए तर पत्ता लगाउन सकेनन्। तर ब्यारीले जिम्मीलाई उद्धार गरी उपचार गराइरहेको दावी गरे। सहायक प्रबन्ध सम्पादक बब उडवर्डले यो समाचारलाई पत्याए, छापे र पुलित्जर प्राइजका लागि सिफारिश गरे। उनले पुरस्कार पनि जिते। तर पुरस्कार जितेपछि पोस्ट कै पत्रकारहरुले उनले उदधृत गरेका अज्ञात स्रोतहरुका बारे प्रश्न उठाए।
  • पोस्टका कार्यकारी सम्पादक बेन्जामिन ब्राडलीलाई भास्सार कलेजबाट फोन आयो- तिम्रा रिपोर्टरले हाम्रो कलेजमा पढेका छैनन् है। झस्किए सम्पादक। किनभने समाचार लेखिका कूकले आफ्नो बायोग्राफी पुलित्जरका जजहरुलाई पठाउँदा त्यो कलेजमा ग्राजुएट गरेको भनेर लेखेकी थिइन्। फेरि थाहा भयो युनिभर्सिटी अफ टोलेडोमा पनि उनले मास्टर्स डिग्री लिएकी हैन रहिछिन्। भास्सारमा एक वर्ष पढेको र टोलेडोबाट बीए मात्र गरेकी रहिछिन्। अनि समाचारका पात्र जिम्मीको खोजी थालियो। अहँ, भेटिएन। अन्त्यमा कूक आफैले स्वीकार गरिन्, त्यो केटो त छँदै थिएन, समाचारका अधिकांश अंश काल्पनिक थिए। अन्ततः कूकले राजीनामा दिए।
  • भोलिपल्ट पोस्टले पुलित्जर प्राइज फिर्ता गर्‍यो र आफ्नो सम्पादकीयमा यस्तो लेखेर क्षमा याचना गर्‍यो “This newspaper . . . was itself the victim of a hoax—which we then passed along in a prominent page-one story . . . How could this have happened?” समाचार लेखिकाको राजीनामा र पोस्टले इमान्दार भएर गरेको क्षमा याचनापछि यो कान्ड सकियो। तर पत्रकारिता क्षेत्रलाई सँधैका लागि एउटा उदाहरण भने छाडेर गयो। पछि यही कथामा हलिउडमा एउटा फिल्म पनि बन्यो The Hoax, जसमा रिचर्ड गेरले अभिनय गरेका थिए।

थप पढ्नुस्: http://www.time.com/time/magazine/article/0,9171,924722,00.html#ixzz1KXFphrHx

समाचारदेखि प्रमाणसम्म सबै झुटा !

एउटा अर्को उदाहरण सन् १९९५ देखि १९९८ सम्म तीन वर्ष स्टेफन ग्लास नामका रिपोर्टरले दुनियाँलाई उल्लु बनाएको घटनालाई लिन सकिन्छ। यसको शिकार बनेको थियो द न्यु रिपब्लिक नामको म्यागेजिन। घटना, पात्र, उनीहरुका भनाई, स्रोत र प्रमाण सबै नक्कली जुटाएर समाचार लेख्‍ने उनको शैलिबाट कायल भएका द न्यु रिपब्लिकका सम्पादक मार्टिन परेजले पछि एउटा अन्तर्वार्तामा भनेका थिए- अब त म उसले बाहिर घाम लागेको छ भनेर भने पनि पत्याउँदिन।

उनले गरेका कयौँ फ्रड यत्तिकै रहे तर सन् १९९८ को मे महिनामा पाप धुरीबाट करायो। ह्याक हेभन शीर्षकमा उनले एक १५ वर्षका ह्याकरको बारेमा समाचार लेखे। ती ह्याकरणले जुक्ट माइक्रोनिक्स नामको कम्पनीलाई ह्याक गरेको अनि पछि त्यही कम्पनीले उसलाई सूचना सुरक्षा सल्लाहकारका रुपमा काम दिएको समाचारमा थियो। समाचार काल्पनिक भए पनि आफैले देखेजस्तो गरी यसरी लेखिएको थियो-

Ian Restil, a 15-year-old computer hacker who looks like an even more adolescent version of Bill Gates, is throwing a tantrum. “I want more money. I want a Miata. I want a trip to Disney World. I want X-Men comic [book] number one. I want a lifetime subscription to Playboy – and throw in Penthouse. Show me the money! Show me the money!. . . .”
Across the table, executives from a California software firm called Jukt Micronics are listening and trying ever so delicately to oblige. “Excuse me, sir”, one of the suits says tentatively to the pimply teenager. “Excuse me. Pardon me for interrupting you, sir. We can arrange more money for you.”

यो समाचार छापिएपछि फोर्ब्स म्यागेजिनका पत्रकार एडम पेनेनबर्गलाई शंका लाग्यो। उसले समाचारमा दिइएका तथ्यहरुलाई क्रस चेक गर्न खोजे। जुक्ट माइक्रोनिक्स नामको कुनै कम्पनी र समाचारमा उल्लेख गरिएका मानिस फेला परेनन्। यसको पर्दाफास गरी फोर्ब्सले अनलाइनमा समाचार छापेपछि पत्रिकाले आन्तरिक अनुसन्धान थाल्यो। समाचारमा वर्णन गरिएका घटना नक्कली र पात्र नक्कली रुपमा खडा गरिएको पाइएपछि सम्पादकले ग्लासलाई तत्काल बर्खास्त गरे। विस्तृत आन्तरिक छानबिन भयो र उनले लेखेका ४१ समाचारमध्ये कम्तिमा २७ वटा काल्पनिक वा बढाइचढाइ गरिएको फेला पर्‍यो। सन् २००५ मा दिइएको अन्तर्वार्तामा ग्लासले बाँकी १४ वटा समाचारमा पनि काल्पनिक कुरा भएको बताएका थिए। उनी यति खुँखार थिए कि ह्याकरसम्बन्धी त्यो समाचारका लागि उनले आफै वेबसाइट बनाएका थिए, हुँदै नभएको जुक्ट माइक्रोनिक्स कम्पनीको भ्वाइस मेल अकाउन्ट बनाएका थिए, नक्कली बिजनेस कार्ड छपाएका थिए र ह्याकर कम्युनिटीको नक्कली न्युजलेटर छापेका थिए।

द न्यु रिपब्लिकले गल्तीबारे जानकारी दिँदै आफ्ना पाठकहरुसमक्ष क्षमा माग्यो। यसबारे पनि हलिउडमा Shattered Glass शीर्षकमा एउटा फिल्म बनेको छ।

जब न्युयोर्क टाइम्सले गल्ती गर्‍यो

सन् २००६ को अप्रिल ९ मा अमेरिकाको अर्को एउटा प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले ज्याक हिटको एउटा लेख छाप्यो जसमा गर्भपात गराएको अभियोगमा एल साल्भाडोरमा एक महिलालाई जेलमा राखिएको दावी गरिएको थियो। ८ महिनापछि पत्रिकाले क्षमा माग्दै गल्ती सच्यायो। वास्तवमा ती महिलालाई बच्चा जन्मिएपछि हत्या गरेको आरोपमा जेलमा राखिएको रहेछ। लेखक गर्भपात गराउन पाउनु पर्छ भन्ने समूहमा काम गर्ने एक अनुवादकको अनुवादमा भर परेका रहेछन्।

सन् २००६ कै मार्च महिनामा न्युयोर्क टाइम्सको पहिलो पेजमा हस्सन एम फताह नामका एक रिपोर्टरले एक इराकीसँग लिएको अन्तर्वार्ता छापियो। त्यसमा ती इराकी अबु घारिब जेलमा रहेको बेलाको भनी फोटो पनि छापिएको थियो। इन्टरनेट म्यागेजिन सालोनले त्यो फोटोमाथि तुरुन्त प्रश्न उठायो र अमेरिकी सेनाले पनि। टाइम्सले त्यही फोटो वास्तविक नामसहित धेरै वर्षअगाडि नै छापिसकेको रहेछ। टाइम्सका सम्पादकले यसप्रति क्षमा मागे र त्यो मान्छेको परिचय खोज्न पर्याप्त छानबिन नगरेको स्वीकारे।

जब सीएनएन र टाइमले गल्ती गर्‍यो

सन् १९९८ को जुन ७ मा सीएनएनले एउटा समाचार दियो- भियतनाम युद्धका क्रममा युद्ध छाडेर भाग्ने अमेरिकी सैनिकहरुलाई अमेरिकाले लाओसमा नर्भ ग्यास प्रयोग गरी मारेको थियो। जुलाई ७ तारिखमा सीएनएनले यो समाचार गलत रहेको स्वीकार्दै आफ्ना दर्शकसमक्ष यसरी क्षमा माग्यो-

We acknowledge serious faults in the use of sources who provided NewsStand with the original reports and therefore retract the Tailwind story.

We apologize to our viewers and to our colleagues at Time for this mistake.

We have learned a lot from the mistakes made, and we will try to avoid them in the future भन्दै टाइम म्यागेजिनले पनि यही विषयमा छापिएको आफ्नो कभर स्टोरीप्रति क्षमा माग्यो।

माथिका केही त उदाहरण मात्र हुन्, जसले देखाउँछ पत्रकारितामा गल्ती हुन्छ। तर त्यो गल्तीलाई लुकाउन खोज्नु अर्को महागल्ती हुन्छ। गल्ती भएपछि त्यसलाई स्वीकार गर्नु आगामी दिनमा गल्ती हुन नदिन गरिएको संकल्प हुन्छ। गम्भीर गल्ती गरेका मिडियाहरु गल्ती स्वीकार गरेपछि अघि बढेका छन्। गल्ती स्वीकार्दा मिडियाप्रतिको विश्वास घट्दैन, दीर्घकालीन रुपमा बढ्छ। दुर्भाग्यवश नेपाली मिडियाले यस्तो चलन पछ्याउन अप्ठेरो मान्छ। अनुजा बानियाँको मुद्दामा ‘कान्तिपुर’ले जसरी आन्तरिक रुपमा छानबिन गरी क्षमा माग्ने साहस देखायो, पत्रकारिताको विद्यार्थीका नाताले  व्यक्तिगत रुपमा मैले यसलाई सही बाटोमा अघि बढ्ने राम्रो प्रयासका रुपमा लिएको छु। यसलाई अरु मिडियाले पनि पछ्याउनु पर्छ। ‘कान्तिपुर’लाई धन्यवाद !

गल्ती छापियो तर स्वीकारिएन

नेपाली पत्रकारिताको इतिहासमा गल्ती भएको प्रमाणित भइसक्दा पनि नसच्याइएका कैयन् उदाहरण छन्। डा. भक्तमानको अपहरण केसमा त्यो घटना आपराधिक समूहले गराएको पुष्टि भइसक्दा पनि स्रोतलाई उदधृत गर्दै माओवादीले घटना गराएको दावी गर्ने पत्रिकाले आफ्नो गल्ती स्वीकार गर्न आवश्यक ठानेन।

त्यसैगरी ८ वर्षअघि एउटा केही न केहीको हैसियत भएका रसेन्द्र भट्टराई नामका व्यक्तिलाई खर्बपतिको रुपमा ‘कान्तिपुर’ दैनिक, द काठमाडौँ पोस्ट र कान्तिपुर टेलिभिजनले प्रस्तुत गरेको थियो। त्यो गलत भएको पुष्टि भइसक्दा पनि ती मिडियामा कहिल्यै पनि गल्ती स्वीकार्ने काम भएन।

भक्तमानको केस भर्खरैको भएकोले धेरैले थाहा पाएका छन्। रसेन्द्र भट्टराईको केस सबैलाई थाहा नहुन सक्छ। हेरौँ रसेन्द्र भट्टराईको समाचार, जसलाई सच्याउन आवश्यक ठानिएन।

पाँच डलरबाट खर्बपति भए नेपाली

सञ्जय न्यौपाने, काठमाडौं, २ कात्तिक २०६०- उनको निजी हवाईजहाज (एक्जुकेटिभ बोइङ बीबी जेट) छ। रोयल्स रोयस, बीएमडब्लू, मर्सिडिज, जगुवार,फेरारी आदि कार। अमेरिका बेलायत, स्पेनलगायत मुलुकमा आलिसान बंगलाहरू……..। संसारकै ‘सबैभन्दा ठूलो ट्रस्ट’ को सञ्चालक पनि।

अमेरिकी राष्ट्रपति जर्ज बुश, पूर्व राष्ट्रपति क्लिन्टन, संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान, बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरले राम्ररी चिन्ने ती धनाढ्य नेपाली हुन्। सम्भवतः उनको जति सम्पत्ति अरू नेपालीको छैन। पत्याउनुस्/नपत्याउनुस्, उनी हुन्– डा. रसेन्द्र भट्टराई (डा. आरबी)। दुई दशकअघि बैंककका लागि जहाज टिकट र साथमा पाँच अमेरिकी डलर लिएर गएका उनी गत वर्ष अप्रत्याशित रूपमा परिवारको सम्पर्कमा आएका हुन्।

अस्पताल स्थापना गर्ने सिलसिलामा सोल्टी क्राउन प्लाजास्थित देशकै सबभन्दा दोस्रो महँगो कोठा गोसाइँकुण्ड स्वीट्मा उनी ६० दिनदेखि बसिरहेका छन्। यसको एक रातको मूल्य ९ सय अमेरिकी डलर (करिब ७० हजार रुपैयाँ) पर्छ। विभिन्न मुलुकका राष्ट्राध्यक्षदेखि हिलारी क्लिन्टनजस्ता विशिष्ट पाहुना बसिसकेको उक्त कोठामा हालसम्म कोही पनि यति लामो समय बसेको थिएन।

करिब पाँच दशकअघि काठमाडौंको गुच्चाटोलमा जन्मेका उनको मूल घर बालुवाटार हो। महेन्द्र संस्कृत विश्व विद्यालयका उपकुलपति स्वर्गीय चूडानाथ भट्टरायका एकमात्र छोरा हुन्। ठेक्कापट्टा र व्यापार गर्दागर्दै एक साता जेल परेपछि नेपाल त्यागेको उनी बताउँछन्।

बैंककमा साथीसँग लिएको एक लाख डलर ऋणबाट सुरु भएको उनको व्यवसाय अहिले अर्बौँ कारोबार गर्नेसम्म पुगेको छ। ‘सुरुमा सिंगापुरको इलेक्ट्रोनिक्स सामान युरोप पठाएँ, खाद्यान्न, सिमेन्ट कारोबार थालें,’ उनी भन्छन्– ‘त्यसपछि केही समय क्रोएसिया बसें। ‘नेदरल्यान्ड बस्दा ५० हजार डलर होटलमै तिरेँ,’ उनी सम्झन्छन्। उनी अर्थशास्त्रका पीएचडी हुन्।

हाल उनी एचआरएच सुल्तान हमेङ्गकु बुबोनो एक्स ट्रस्ट कर्पोरेसन्सका अध्यक्ष तथा प्रमुख कार्यकारी हुन्। इन्डोनेसियाका सुल्तान कोषका साझेदार हुन्। १७ मुलुकमा त्यसको कार्यालय छ। अमेरिका र बेलायतका सेयर बजारमा उनको लगानी छ। तेल प्रशोधन केन्द्र छ। ‘यी बाहेक विभिन्न मुलुकमा होटल,बैंक, अस्पतालहरू छन्,’ डा. आरबी भन्छन्। कुल सम्पत्ति कति छ त? ‘भन्न मिल्दैन,’ उनी भन्छन्।

समाज सेवा बढाउन हालै उनले स्पेनमा ‘उमा फाउन्डेसन’ स्थापना गरेका छन्। ‘युरोप, अमेरिकामा भएकामध्ये यो सबभन्दा ठूलो फाउन्डेसन हो,’ उनको दाबी छ। अहिले इन्डोनेसियामा २० र स्पेनमा एउटा अस्पताल निर्माणाधीन छन् भने कंगोमा ४ वटा बनाइसकेको उनी बताउँछन्।

कल्पनाझैं लाग्ने डा. आरबीको जीवन देखेर नेपाली नेताहरू पनि छक्क छन्। ‘विदेशमा एउटा नेपालीको नाम र शान देखेर मेरो शीर उँचो भयो,’ स्पेन भ्रमणका क्रममा केहीअघि रसेन्द्रको घरमै बसेर फर्केकी उपसभामुख चित्रलेखा यादवले भनिन्।

डेढ वर्षअघि तत्कालीन स्वास्थ्यमन्त्री शरतसिंह भण्डारीले पनि उनलाई भेटेका थिए। नेपालमा पनि अस्पताल बनाउने उनको रुचि देखेपछि वीर अस्पताल र गंगालाल हृदय रोग प्रतिष्ठानलाई विस्तार गरिदिन आफूले प्रस्ताव गरेको भण्डारीले बताए। ‘म नेपालमा तीन वटा अस्पताल खोल्न चाहन्छु,’ डा. आरबी भन्छन्– ‘क्यान्सर, मृगौला र मुटु रोगको अस्पताल खोलेर नेपालीको सेवा गर्ने मन छ।’ तर त्यसमा सरकारी चासो नदेखिएकोमा भने उनलाई चित्त दुखेको छ।

उनको अद्भूत सफलता र आकस्मिक आगमनबाट भट्टराई परिवार औधि खुसी छ। ‘नेपाल बसेर हुन्न भनेर उहाँ बैंकक जानुभएको हो,’ दुई दशकदेखि बेखबर लोग्ने फर्केकामा प्रसन्न श्रीमती रेनु सम्झन्छिन्। सुरुका दुई वर्षसम्म फोन/चिठी आउथ्यो। बैंककबाट क्रोएसिया गएकोसम्म थाहा थियो,’ उनी भन्छिन्।

‘परिवार भनेको भए बुद्ध, क्राइस्ट ठूलो मान्छे बन्दैनथे,’ आरबी भन्छन्– ‘मैले पनि आवश्यक ठानिनँ, लामो समय परिवारबाट अलग हुनु सजिलो भने छैन।’

तर, उनलाई पछुतो छैन। दोस्रो बिहे पनि गरेका छैनन्। श्रीमती रेनु भने आफ्ना लोग्ने महत्वाकांक्षी पाराको भएकाले धनाढ्य भएर फर्केकामा अचम्भित छैनन्। उनले एक वर्षअघि छोरी भेट्न लन्डन जाँदा लोग्नेलाई भेटेकी थिइन्। उनका पिता स्वर्गीय भट्टरायले विभिन्न राजदूतावासमा सम्पर्क गरेर छोरालाई नेपाल फर्काउन पहल गरेको माइली छोरी मनीषा बाँस्कोटा बताउँछिन्। त्यसै आधारमा राजदूतावासहरूले उनको राहदानी नवीकरण पनि गरेनन्।

‘त्यसबाट मलाई धेरै समस्या भयो,’ ८९ मुलुक घुमेको बताउने डा. आरबी भन्छन्– ‘मलाई नेपालीप्रति निकै रिस उठ्यो। त्यसपछि तत्काल उनले बेलायतको नागरिकता लिए।

अघिल्लो दसैं मान्न उनले छोरी–ज्वाइँलाई निम्ता दिएका थिए। ज्वाइँ शैलेशमात्र गए। पछिमात्र मनीषालाई भिसा मिल्यो र उनी मेड्रिड पुगिन्। बुबाले पालेको कुकुर ‘ताहितो’ ले विश्वस्तरका विभिन्न प्रतियोगितामा जितेका पदक राखिएको सोकेसको तस्वीर उनले देखाइन्।

‘कपडा प्रायः इटालीबाट ल्याउनुहुन्छ र पर्फ्युम लिन पेरिस जानुहुन्छ,’ तस्वीरको चाङ खोतल्दै मनीषा भन्छिन्। डा. आरबीकी जेठी छोरी समीषा न्युयोर्क र कान्छी जनीषा लन्डनमा छन्। ‘म नमर्दै आओस् भन्ने कामना गरेको थिएँ, मुख हेर्न पाएँ’ आमा नुतनसिंह भन्छिन्।

यो संवाददाताले आमा र श्रीमतीसँग कुरा गरिरहेका बेला बालुवाटारस्थित आफ्नो घर आइपुगेका उनले आमाको खुट्टा ढोगेर म्वाइँ खादै भने– ‘मैले जे हासिल गरेको छु, मुमाको आशीर्वादले हो।’

दसैंअघि नै फर्कने योजना रहे पनि आमाकै अनुरोधमा केही दिनका लागि उनी बसेका हुन्। ‘मुमाको सेवा गरेर रिटायर्ड जीवन यहीँ बिताउँछु,’ उनी भन्छन्। तर, अवकाश कहिले? ‘केही समय लाग्ला,’ उनी भन्छन्। हालै उनी बसेकै होटलमा तीन दिन चलेको गैरआवासीय नेपालीको सम्मेलनमा उनी सक्रिय भएनन्। ‘एकैछिन गएर फर्किहालेँ,’ उनी भन्छन्।

A Nepali’s unbelievable trail to super richness

By Prateek Pradhan

KATHMANDU, Oct 19, 2003 – Simply unbelievable!

He boasts a Boeing Business Jet (BBJ), owns a fleet of cars: Rolls Royce, BMW, Mercedes, Jaguar, Ferrari, Audi and so on. He has prime residential properties in Los Angeles, Orlando, London, Paris, Madrid and elsewhere. Bill Clinton is his friend, knows George Bush, Kofi Annan, Tony Blair and other heads of state personally.

He is not Bill Gates nor the Sultan of Brunei, but a Nepali. He is Dr Rasendra Bhattarai, 50, a Nepali turned British.

The story of the bafflingly rich Bhattarai began 22 years ago in Kathmandu, when he was sent to jail for misusing a fax machine of the Agricultural Development Bank for his business purposes. The incident became the first turning point in his trail to super richness. Now, he is a billionaire – in US dollars terms, of course!

“Hadn’t I gone to the custody, I might never have become what Im today,” he confessed exclusively to The Kathmandu Post and Kantipur Television (Watch his interview in FireSide, Kantipur TV at 8 PM today). It is beside the point that he refused an interview to Larry King of CNN.His quest to richness began with Rs. 100 (then US$5), which his late father Professor Chuda Nath Bhattarai handed him at the time of his departure to Bangkok. Thanks to a friend in Bangkok who trusted him with US$100,000.”With the money I went to Singapore and to theNetherlands. By the time I was to start a business, I had already spent half the money.”

Bhattarai and a Thai friend discovered that most of the Chinese and Indonesian restaurants in the Netherlands used pink napkins and pink tablecloths. They soon got the contract to supply the pink items. “I love pink because with that business I earned about five million guilders,” Bhattarai said.

He also supplied sugar to China and Indonesia from South America, and cement to Bangladesh from Romania, Malaysia and Indonesia. He became a global merchant.

The next turning point came to him when he supplied wheat to Russia in 1989. “Then I realised that I was going to be a rich man,” he confided.

The third turning point for this suave gentleman came while supplying Croatian ships to Indonesia. “An Indonesian friend, Mr. Tamrin, took me to an Indonesian Sultan, which turned my luck once again,” he recounted. The believe-it-or-not event happened this way. The deceased father of the Sultan told him in a dream to have Bhattarai as his business partner. The next day, the Sultan himself offered him partnership in one of the worlds biggest trusts, HRH Sultan Hamengku Buwono X Trust Corporation. Now he is its president and CEO.

“I also have established Uma Trust in Europe,” he said.Dr Bhattarai is now in Nepal, and staying in the Gosaikund Suite of Soaltee Crowne Plaza. He has been paying US$900 per night for the last 60 days – a record in itself for the property. Despite having a nice house, seniors and wife Renu in Baluwatar, he opted to stay at Soaltee, probably because he is here with his business partner and friend, Poonam Singh.

“Poonam is the one who encouraged me to return to my country after 22 years. I’m indebted to her,” he said.Two years after Bhattarais departure, his family lost all contacts with him. To entice his son back to Nepal, Professor Chudamani Bhattarai resorted to diplomatic help.

In 1991-92, the Royal Nepalese Embassy in Paris refused to renew Bhattarai’s passport. “I had to take British passport as I languished without a passport for over a year,” he said.Now that he is back home, he is willing to help Nepal. “I’m sad that I havent been of any help to my motherland, yet,” he said.”With social security and insurance in health policies, I could bring big hospitals to Nepal,” said the Nepali Midas.

107 Comments

  1. जनयुद्दताका माओबादी नेताहरु हेलीकप्टरमा तत्कालीन राजदरबारमा ओर्लिएको कुरा पनि एउटा दैनिक पत्रीकामा छापिएको थियो जस्तो लाग्छ । त्यसको न त पुष्टि हुन सक्यो न असत्य भनेर पत्रीकाले माफी माग्यो ।

  2. न्हुछेजी बाहुन छेत्री देखि निकै झोंक चलेको रैछ जस्तो छनी. जहिले पनि उनीहरुलाई गाली गरेको जस्तो देखिन्छा नि. उनीहरुले तपाइको पितृ लाई निकै दुख दिएको रैछ कि कसो हो

  3. एक छिन भएपनि खुसि लागेको थियो कि अझै पनि यो संसारमा राम्रा मान्छे हरु रहेछन भनेर तर गयो अब गयो. २०१२ मा संसार ध्वस्त हुन्छ भन्थे, मान्छे हरुको तल देख्दा आफैले ध्वस्त बनौलान जस्तो छ

  4. कस्तो बिडम्बना!! एकातिर त्यहि पत्रिकाका केहि बिसेसज्ञ पत्रकार महोदयहरु twitter मा “भुक्दै गर” अनि “मलाई के मतलब?” ” तिमीहरु जस्ता incompetent ले पत्रकारिताको बारेमा हामीलाइ सिकाउनु पर्दैन” भनेर कुर्लन्छन भने अर्को तिर माऊ पत्रिका भने अरुलाइ मुर्ख तुल्याउने दौडमा आफै मुर्ख भएकोमा खेद प्रकट गर्छ!! गल्ति सबै बाट हुन्छ, गल्ति मानेर स्विकार्नु राम्रो हो. तर अब आइन्दा येस्तो गल्ति गर्दिन भनेर पनि प्रण गर्नु पर्छ. अनुजा प्रकरण मा मागिएको माफी संगै अब “येस पत्रिकामा कार्यरत, आफुले आफैलाई बिसेसज्ञ ठान्ने पत्रकारहरु को छुद्र अनि दरिद्र मानसिकता को कारण ले पाठक हरु मा पर्न गएको असुविधाको लागि पनि हामी माफी माग्दछौँ” भन्ने नि आउनु पर्यो. तेत्रा बिसेसज्ञहरु अटाइ नअटाइ भएको सो माऊ पत्रिकाका बबुरा पत्रकारलाई तेत्रो महत्वपुर्ण अनि समाजमा उदाहरण बन्नुसकने समाचारको “source authenticity” एकपल्ट जाच गर्नुपर्छ भन्ने नि लागेन होला है?? अचम्मै भएछ नि!!! देशै मुर्ख भएको बेलामा कसको के लाग्छ??? कि कसो?? यी अनुजा ले त देशैलाई थान्ग्नामा सुताई!!! रास्ट्रपति ले नि काम देखाएका!! बधाई दिनु हतारो गरेर. आखिर मा न निल्नु न टोक्नु भयो… आफ्नै जग हसाई गराए उनले पनि!!!

  5. कस्तो बिडम्बना!!! एकातिर twitter मा कोइ पत्रकार महोदयहरु पाठकहरु संग जोरी खोज्दै “तिमीहरुले हाम्लाई पत्रकारिताको बारे सिकाउनु पर्छ?? हामी त बिशेसज्ञ हौँ” भन्दै कुर्लिन्छन् भने अर्को तिर उनै पत्रकार महोदयहरूको माऊ पत्रिका ” हाम्रो गल्तिले सबै लाई गलत समाचार सम्प्रेषण भयो, माफी पाउँ!!” भन्छ!!

    मानबीय गल्ति सबै बाट हुन्छ, गल्ति स्वीकार गर्नु राम्रो हो. तर त्यो भन्दैमा गल्ति गर्दै जाने अनि माफी पनि माग्दै हिड्ने काम चाही हुनु हुदैन. तेत्रो महत्वको र समाजमा उदाहरण बन्नु सक्ने समाचार हतारो मा छाप्नु अघि उक्त माऊ पत्रिकाका बिसेसज्ञ पत्रकार महोदयहरु लाई समाचार पुष्टि गर्ने/ बैधानिकता बारे जान्ने हतारो चाही भएन छ!! बबुरो पत्रकार हरु अरु लाई ” भुक्दै गर” अनि ” तैले सिकाउनु पर्छ र? हामी त बिशेसज्ञ” भन्दै हपार्दैमा फुर्सद पो भएन छ कि???

    जे होस्… केहि दिन को लागि भए नि त्यो अनुजा भन्ने ले सबै लाई “थान्गना मै सुतायो” है???? रास्ट्रपति बबुरो लाई पो अब फसाद!!! दिनु बधाई दियिसकियो… अब फिर्ता लिउं भने कसरि लिउं? नलिउ भने फाल्तु जोकर बनिन्छ देशकै सामुन्ने!! हाहाहाहा

  6. अनुजाले किन एस्तो नाटक मन्चन गरेकी होली यस बारेमा पनि छानबिन गर्नु जरुरीछ उ आफु एक्लैले रचेको नाटक त हैन होला यो यसमा पनि पर्दा पछाडीका कलाकारहरु त अबश्यै होला / राष्ट्रपति र प्रधान न्यायाधिश ज्यूले हतारमै अनुजालाई बधाई दिनु भएछ यसमा पनि सल्लाहकार हरुले आउदा दिन हरुमा सचेत हुन आबश्यकछ / जे भयपनी कान्तिपुरले गल्ति स्वीकारेर क्षेमा माग्नु राम्रो हो र भविष्यमा यस्तो गल्ति दोहर्याउनु हुन्न /
    बलराम विद्याधर

  7. In order to clear Saddam Hussain out of Iraq and establish it’s stooges on the power the US Administration used the fake news about WMD that an Arab furbished. The Gulf War II unilaterally declared by George Bush Jr and Tony Blair, the American POODLE against Iraq without the consent of the UN killed more than 100,000 and 5000 of whom were the US nationals. It was one of the first hoax news of 21 century. What Anuja did was wrong but the news itself was not that damaging the society rather encouraging. Though a hoax the newspaper of that date also contained the real news about the Red-Passport scandal by two CA Members. The former news was so encouraging but the later was so discouraging. The news about Anuja was far encouraging to the already desperate Nepalese Society. That nearly brought me to the tears. I had even told my collegues that what she did was right and that she can have bright future without that money. The news itself is sufficient for her to get employed by famous institutions.

  8. ओहो कान्तिपुर को तातो समाचार त मजाले पढेर मा त दङ्ग थिए त…. के यो सबै ड्रामा नै रहेछ तेसो भए?? कलाकारै कलाकार को देश मा एस्तै हो…. यो सब ६०१ जना प्रमुख पात्रहरुको कारण ले हो…

  9. कान्तिपुर त नराम्ररी चुक्यो त! अब रास्ट्रपति ले फेरी फोन गर्लान नि त?? मानसिक रोगि हरु बढ्दैछन नेपाल मा अब….

  10. सर्बप्रथम त, ९१ लाख को झोला त निकै ठुलो हुन्छ, हजार हजार कै नोट भए पनि ९१ वटा गड्डी हुन्छ, सजिलै बोक्न सकिदैन र गन्न पनि एक जनालाई निकै समय लाग्छ/ त्यसैले यो समाचार प्रस्तुत गरे अनुसार विश्वास गर्न मुस्किलनै थियो / त्यसमाथि पनि कान्तिपुर जस्तो पत्रिका ले मुखपृष्ठमा नै छापिए पछी केहि त होकी भन्ने पनि पर्यो र अहिले आएर समाचार गलत भएको छापिएको छ / र फेरी यहाँ हामीले कुन समाचारलाई विश्वास गर्ने ? कुन समाचार गलत हो ? पहिलो जुन, ‘९१ लाख भेटिएको समाचार कि’, र पछी ‘गलत भयो भनेर छापेको समाचार चै’ ? ई दुइ वटै समाचार को छानबिन गर्ने पर्छ / रकम धेर थोर हुन सक्ला तर रकम भेटिएको पनि सत्य हुन सक्छ, किन भने प्रहरीले छानबिन सुरु गरे पछी उक्त भेटिएको भनिएको रकमको पनि वास्तविकता ( अवैधानिक हो कि ?) पनि पत्ता लाग्ने डरले समाचार लाई त्यतिकै तुहौउन कान्तिपुर मार्फतनै गलत समाचार भयो भनेर छपाएको पनि हुन सक्छ / त्यसैले ई दुइ वटै समाचार को छानबिन गर्ने पर्छ /

  11. कतै यो काण्ड कान्तिपुर आफैले त घटाएको होइन? मलाई त शंका लागेको छ | कसरि एक्लै एउटी केटिले येत्रो झूट बोल्न सक्छा? सालोक्याजी अनुजाको पनि विचार बुझ्न पाए राम्रो हुन्थियो |

  12. बिस्वोलै चक्मा दिन सक्ने चतुर सिरोमदि हत्यारा चार्ल्स सोब्राज नेपाली जेलमा छन् , यी चतुर (फटाहा / महत्वकानछी) नारी लै चाही के सजाय हुन्छ त ??कानुनी राज र सहि सुचनाको अधिकारको कुरा गर्ने हो भने नेपाली कानुन अनुसार २१ वर्षकि एक बयेस्क हुनाले यिनलाई कमसेकम फटाइ वा सामाजिक अपराधमा कारबाही(सांकेतिक नै भए पनि) त गर्नै पर्छ , ताकी अरुले पनि बिचार गरुन …
    अनुजाले आफ्नो चातुर्यता अरु सकारात्मक काममा प्रयोग गरेको भए उनलाई नै फाइदा हुने थियो … २ -३ दिन हिरो हुने लालसाले जिन्दगिभरको लागि बेयिजती मोल्नु कति उचित हो पक्कै थाहा पाइन् होला उनले !!
    गलत समाचारको लागि फ्रन्ट पेज्मै छ्यामा माग्ने कान्तिपुरको काम सकारात्मक नै हो तर सत्य तथ्य नबुझी कोठे समाचार लेख्ने एस्त पत्रकारलै कारबाही गरेको समाचार पनि येही पत्रिकाबाट सुन्न पाउ … यो घटनाले नेपाली पत्रकारिताको बिस्वसनियतामा एक चोटी फेरी ठुलै प्रस्न चिन्न भने खडा गरेको छ …

  13. देश र जनताले भोगेको दुख कस्ट प्रति दूर दराज का बस्तीमा कान्तिपुर भनौदो पत्रिका को ध्यान पुगेको देखिदैन तर यथास्थिथिको बिशेस गुण गान गाएर रमाउने अबसरबादी पत्रिकालाई के को धन्यवाद ! भक्तमनलाई माओबादी ले अपहरण गर्यो भनेर भजन गाउने कान्तिपुर जस्तो पत्रिका ले क्षमा मागेको खैत ? केपी मार्का का यस्ता पत्रिका हरु लाई राम ! राम !

  14. पत्रकारिता गर्नु निकै सम्बेदशील कुरा हो. तथ्यहरुको निकै गहेराहीमा पुगेर अनुसन्धान गर्नु पर्ने हुन्छ. एक मात्र स्रोतमा भरनपर्नु हुदैन अनि स्रोत गलत हुनपनि सक्छ भनेर cross check गर्नु पर्छ. नेपालमा पत्रकारिता अभ्यास गरिरहेकाले खासै तेस्तो गरेको देखिदैन . गल्ति सबै बाट हुन्छ अनि गल्ति सुइकार्नु राम्रो कुरा हो तर गल्ति नै हुन नदिन बढी चनाखो हुनु आबसेख छ.

  15. समाचार तथ्यको आधारमा गरिन्छ भन्ने मान्यता र सिद्धान्त रहेको छ । तर कान्तिपुर जस्तो स्थापित र राष्ट्रिय स्तरको दैनिकले पत्यारिलो ढंगले उपलब्ध गराइएको समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित थियो भनेर मात्र पुग्छ । के यत्ति सम्वेदनशील घटनामा कुनै प्रभावकारी तथ्य दिन नसक्ने अनि भावानात्मक रुपमा दावी गरिएको कुरालाई पत्यारिलो ढंगको तथ्य मान्न मिल्छ हामीले यस्तो पत्रकारिताबाट कस्तो शिक्षा लिने कस्तो प्रकारको विश्वास लिने सोचनीय विषय बनेको छ नेपाली पत्रकारिता ।

  16. अनुजाको तर्फ बाट के कस्तो प्रतिक्रिया भयो होला? यसको पनि केहि खबर दिनुस न! अनुजा त खतरा रहिछिन नि यार डरै लागेर आयो! फेरी झल्ले लाई श्रीमान त भन्दैन?

  17. माफी माग्नु ठिक हो तर कान्तिपुर का सम्बाददाता कत्तिको हावा रहेछन भनि यो समाचारले देखायो. कान्तिपुर जनता प्रति उत्तरदायी छैन किनभने येस ले २०५८ जेस्ठ २० गते आफ्नो प्रकाशन नै गरेन किन भने यो संग दरबार घटना बारे समाचार पनि थिएन र डरायो पनि / तर म सम्झिन्छु समाचार पत्रले दरबारमा ठुलो हत्याकाण्ड भएको आसंका भनि समाचार छापेको थियो . कान्तिपुर को काम बिज्ञापन बाट ठुलो आम्दानी गर्ने र पैसा नाफा गर्नु हो/ जनता संग मतलब छैन, खालि हल्ला छाप्नु हो / तर येही पत्रिका आज नेपाल को ठुलो पत्रिका भएको छ. लाटो देश मा Gaando तन्नेरी भनेको येही हो .

  18. नेपालमा दैनिक झुटको खेति गरेर खान पल्केका नेताहरुले आज सम्म माफी मागेको थाहा छैन| झुटो लेखेपछी वा बोलेपछी माफी माग्ने परम्परा सुरु भएकै छैन हामीकहाँ| यौटै नेताले बिहानको भासणमा जेठ चौध भित्र संबिधान असम्भब छ भन्छन फेरी दिउसो अर्को गोस्टीमा सात दिन भित्र संबिधान बन्न सक्ने कुरा गर्छन र साँझमा बोल्दा खेरि चाहेमा २४ घण्टा भित्रमा संबिधान बन्न सक्ने भन्छन| हामी नेपाली सोझा जनताहरु प्रत्येक पटक उनीहरुले बोलेका कुरामा ताली पिट्न पछी पर्दैनौ! त्यति मात्र कहाँ हो र! हाम्रा नाम चलेका पत्रिकाहरु समेत त्यस्ता समाचारहरु प्राथमिकताका साथ छाप्छन! यस्तै छ नेपालको चाला! थाहा छैन कहिले जाला यो चाला?

  19. उमेशजी, सालोक्याजी, बताउनुस, रसेंद्र केशको वास्तविकता के थियो ? अनि के अनुजाले अहिले पनि पैसा फिर्ता गरेकै हो भन्दैछिन. उनको फोन ट्रेक गरेर सत्य पत्ता लगाइसकिएको हो? त्यसो भए उनले यो नौटंकी किन गरिछन? काठमाडौँ बसेर यसो थियो उसो थियो भनेर अनुमानकै भरमा खबर/बिस्लेशाना भैरहेछना जस्तो लाग्छा यार मलाइ त.

    • rasendra bhattarai bhanne “dhanadya nepali” bhanera kantipur le nai ek taaka khub badhai chadai garera samachar chaapeko.. ani tv ma ni interview liyeko thyo…patyaunai gaaro samachar thyo tyo pani. tyo bela pani naramrari chukeko thyo kantipur ani uska biseshagya patrakar mahidaya haru. pachi sayad kehi din pachi aru kunai srot bata halla aayo… ti mahasaya ta “gosaikunda suit” ma baseko kati po din ko paisa nai natiri suikuchha diyechan….. ani tesko kei din ma feri arko samachar aayo unko bangkok ma akasmat ani sankaspad mrityu ko!!! sayad unko business ani aru links sabai illegal thiyo ki?? gain guin ta unko bangkok ko ani russian mafia sanga links thyo re… tyo chai katai bata pusti bhayena kyare….

  20. सायद यो कान्तिपुर को सुन्योजित रणनीति हो…. कान्तिपुर ले आम नेपाली जनता हरु को मन दिमाग लाई कसरि देश मा भैरयको कर र रजशोव छली समाचार देखी टाडा मोड्न खोजे को जस्तो देखिन्छ …. कतै कान्तिपुर पनि यो कर र रजशोव प्रकरण मा सामिल त छैन?र सालोक्य जी तपाई लाई पनि मान्नै पर्छ……बधाई छ…

  21. अनुजा आफु मुख्य पात्र बनि जुन भ्रामक समाचार सम्प्रेषण गर्न संाचार माध्यमलाई बाध्य बनायो त्यसले आम नेपालीको ईमान्दारीताको शान माथी प्रश्न चिन्ह खडा गरेको छ । जसरी संाचार माध्यमले गलत समाचार सम्प्रेषण गरेकोमा माफी मागेको छ त्यसरी नै अनुजाले सार्वजनिक रुपमा माफी माग्न जरुरी देखिन्छ यदी ईमान्दारीता भन्ने शब्द अनुजा संग छ भने । सलाम छ कान्तिपुरलाई…………

  22. गल्ति हुनु भनेको सामान्य कुरा हो.सबै भन्दा ठुलो कुरा आफुले गरेको गल्ति स्वीकारेर माफी हो , त्येसैले कान्तिपुर सहि ६ ,, येस्ता बकम्फुसे प्रतिक्रिया लेखेर किन अर्काको सम्मान मा ठेस पुर्याउने काम गर्दै हुनुहुन्छ तपाई हरु? बरु सल्लाह दिनुस न अब आइन्दा कुनै पनि समाचार छाप्दा गहन खोज तलास गरेर समाचार छाप्नुस भनेर ,, धन्न्यबाद ( डिल्ली राम पराजुली) चितवन

  23. नक्कली भ्याट बिल प्रकरणमा ठुला घराना चौधरी ग्रुप लगायतका नाम कही कतै लेख्न नसकेर समाचारलाई “कलात्मक” बनाएर लेख्ने सक्ने कान्तिपुरहरुले गर्ने ठुला कामहरु यस्तै हुन , हेर्नुहोस् रामेश्वोर् राजिनामा सँग आएका सबै समाचार ,जस्मा कही पनि कान्तिपुरले ति औधोगिक घरानाको नाम लिएर लेखेको छैन .

    • अब रामेश्वरले नै नक्कली भ्याटको कारण राजिनामा दिएको होइन भने पछि के को कच् कच् फेरी ?

  24. छोटकरीमा भन्ने हो भने मलाई चै यो अनुजाको नाटक हैन कान्तिपुरका संवाददाता वा कान्तिपुर आफैले रचेको नाटक जस्तो लाग्छ । सानो पसलको हिसाब गर्न नसक्ने मान्छेले यत्रो जाल बुन्यो होला त ? कुरो अर्थोकै हुनुपर्छ ।

  25. कौतुहलता झन् बढ्यो, अब को ब्लग मा “अनुजा को वास्तविक नियति के रहेछा त?” सिर्शक मा खोजपूर्ण लेख पढ्न पाए माई सन्सार टिम प्रति आभारी हुने थिए |

  26. अनुजा चर्चित कथाकार हुनासक्छिन फिल्म स्क्रिप्ट writer हुनासक्छिन,आफ्नो कला भन्न सुनाउन छाप्न पाउने उनको मानब अधिकार हो. उनका पत्र काल्पनिक हुन् अनुजको के दोष छ त, उनलाई कस्तो सजाय र किन? मैले पनि एस्त हुदै नभएका भुत-प्रेत का कथा स्वर्ग र परि का कथा सुनायेकोछु पदेकोछु, फिल्म हेरेकोछु तर सजायको कुरा सुनिन, भ्रस्टचारी र देश्द्रोहिहरुका मतियार बन्नसक्ने पत्रिकाहरुले गरेको अपराध र गल्ति को भागीदार अनुजा किन हुने?

  27. पुष्प र लुना जी संग म नि सहमत छु..पत्रकारले जे गरे नि हुन्छा भन्नि मान्यता को विकास भएको छ.पहिला रेडियो नेपाल ले झुक्क्यौथ्यो समाचार नि गल्ति र काल्पनिक हुन्थ्यो तर तेही झुटो समचार सुनाएर वाक्क पार्नी.रेडियो नेपालले कहिले माफी माग्थ्यो भनि राम्रो गीत बज्दा जहिले नि बिचमा स्व़ा…स्वा,…अनि के भन्छ माफ गर्नु होला श्रोता भैसे पाटीमा बिद्दुत आपूर्तिको कमीले गीत पुरा सुन्न पाउनु भएन रे ए बाबा!!! माफी कति दिनी ??? फेरी अर्को चोटी तेही हाल..र अहेले गणतन्त्र, नया नेपाल रे कान्तिपुरले रेडियो नेपालको बिडो थाम्दै छ.गतिलो र सत्य समाचर दिनु पर्यो नि तेसी हामी नो.१ मिडिया भनेर हल्ला चलाउन पएंछा तेत्रो भ्रस्टाचारको समाचारमा चू गर्यो त???? अरु आफुले गरेका कमजोरीमा माफी माग्यो त ??? अहिले पनि समकालीन पत्रकार र पत्रिकाले चासो देखाएर नै समाचार झुटो हो भनेर माफी माग्या हो.नत्र जनता हो रैछ भनेर बस्नी.अनुजले अबिर लाको देख्या नै हो,यादवले नि बधाई दे कई हो.अब तेत्रा काम नहुनी रास्ट्रपति ले त पत्याएर फोन गरे हामी जनता त हो र छ bhanem नि..

  28. किन छाप्यो कान्तिपुर ले अनुजाको बकवास ?
    भ्याट छली प्रकरण ले सारा देशको मिडिया हरुमा हल्ली खल्ली भै रहेको थियो | मारवाडी हरुको हुण्डी खाएर उनीहरुको विपक्षमा लेख्नु पनि भएन | नलेखुं , सारा नेपाली माझ अलोकप्रिय बन्ने डर | अनि यस्तो गम्भीर बिषय बाट ध्यान हटाउने उपयुक्त बिषय बन्न सक्थ्यो अनुजा को बकवास छपिदिएर् | यो घटना सत्य होइन भन्ने संका सम्पादक लाइ पहिले नै थाह भएको हुनुपर्छ | , किनकि घटना विवरण लाटोले पनि पत्यार गर्न मुस्किल पर्ने खालको थियो | तर पनि कान्तिपुर ले यहि सोच्यो कि ,नेपाली हरु भ्याकुता फुल्या झैँ मख्ख फुल्ने छन् इमान्दारीको दोसल्ला रुपी बनि बनाउ कहानी छापी दिएपछी | अनि वाह वाहि मा भ्याट छली प्रकरण साराले बिर्सने छन् | तर घटना नसोचेको भैदियो, सर्बसाधारण देखि शितल निवास सम्म हंगामा भयो | अनि बाध्य भएर फेरी माफी माग्नु पुगेको हो |

  29. गल्ति गर्नु मानबिय गुण हो ,सुधार्नु पर्छ |तर जहा पहिले हत्या गरिन्छ ,अनि लाजै न मानि जिम्बेबारी लि इ न्छ ,तेस्मा राजनीतिक रंग दिएपछि कुनै कारबाही हुदैन | त्यो चै सन्सार मा कहिँ हुदैन ,बाहुन को राज नेपाल मा मात्र हुन्छ |

    • डा. न्हूछेरत्नजी,
      नामको अगाडी डा. राखेर के यस्तो बौदिकताहिन, तर्कहिन र असान्धर्बिक कमेन्ट गर्नुभएको ??
      तपाई जस्तो बिध्दतबाट त सबैले सहि तार्किक महत्वपुर्ण तथ्यको अपेक्षा गरेको हुन्छ /
      कुनै पनि वाक्य संयोजन गर्दा बिषयबस्तुको चुरो समातेर सहि साँचो के हो त्यसमा स्तरीय शब्दहरूको सभ्य तरिकाले प्रस्तुतीकरण गर्नुपर्दछ /
      -कहाँबाट राजनीतिक रङ्ग को कुरा आयो, बाहुनको राज इत्यादि कहाँबाट आयो ?
      – कि यसैमा पनि अलिकति तथ्यगत बुँदा र उदाहरण सहित ब्यक्त गर्नुभएको भए केहि आधार मिल्थ्यो !!
      डा. साब, अलि अध्ययन गर्ने बानि बसाल्नुस सुधार भैहाल्छ, खासै केहि बिग्रिहालेको छैन /
      Never late to begin something…

      • आदि जी
        एस लाइ आफ्नो अपमान भन्दा पनि वेक अप कल को रुप मा लि इ दिए सकारात्मक हुन्थ्यो |
        एसले समाज ,देश ,र स्वयं उनीहरुको नै पनि भलो हुनेछ |

        • डा. न्हूछेरत्नजी,
          यहाँले कसको कुन अपमान भन्नुभएको हो मैले कुरो बुझिन ? के ले समाज देश र कसको भलो हुन्छ भन्नुभाको हजुरले ? कृपया स्पस्ट पर्दिनु भए राम्रो /

  30. मैलेत् मान्छे को अन्तरबार्ता पनि बि बि सी नेपाली मा सुनेथे गजबले बोलेको थियोत | नेता हरुले पनि सिकुन म बाट ज्ञान पनि भन्दै थियो अब बैनीलाइ कोर्रा लगाएर सिकाउने बेला भएछ |

  31. लेख्ने बेला मा सबैले मजाले छापे . आहिले आयर auta मात्र पत्रिका लै दोस दिने परिपाटी कतिदिनसम्म छलछा हाम्रो नेपाल मा यो त जस पौने बेलामा आफु गल्ति जति अ रुलाई भने जस्तो भयो नि कि कसो

  32. dear editor,

    let me correct… the movie hoax was not based on that incidence… the movies was based upon sell of bogus biography of ‘howard hughes”….
    go through…http://www.imdb.com/title/tt0462338/… for confirmation…

    अर्को लाई सलाह दिदा आफ्नो धोति फुस्केको पनि हेर्नु पर्यो सालोक्य sir
    i hope u will pubish the criticism this time

    thanks

  33. कान्तिपुर र माओबादी मा के फरक भयो र अब ? माओबादीले पनि मान्छे मार्ने र पछी माफ माग्ने, त्येस्तै कान्तिपुरले पनि भ्रामक लेख्ने र पछी माफ माग्ने . चलन येस्तै छ.

  34. हत्याराहरु माफी नमागीकन कुर्सीमा चढ्दा जनताले टुलुटुलु हेरेका थिए ‘बुढी त मरी गई अब चैं काल नपल्केला कि ?’ भनेर | माफी पनि सबले माग्न कहाँ सक्छ र ? माफी माग्नलाई पनि हिम्मत चाहिन्छ, जन-उतर्दायित्व चाहिन्छ र माफी माग्नु भनेको गल्ति स्विकार्नु पनि हो भन्ने ज्ञानबोध पनि हुनुपर्छ | यसपाली एक पाठकको रुपमा मैले कान्तिपुरलाई सहानुभूति दिनै पर्छ | हिंजो शाही शासन र बिन्भिन्न हत्या हिंसाका विरुध्द कान्तिपुरले गरेको साहसको स्मरण पनि गरौँ एकचोटी | तर, लोकतन्त्रको सबले खिल्ली उडाएर लोक हसाउने-रुवाउने विदेशीलाई हार-गुहार गर्ने र आफ्नो मात्र दुनो सोझ्याउने परिपाटी नै बसेको बेला आफ्नो अनुकुल मात्र पत्रकारिता गरेर समाजलाई असहयोग मात्र हैन पत्रकारिताको धर्म लत्याउँदै गएको, खाली विज्ञापन मुखी,काँतर अनि पूर्वाग्रही भएको भन्ने प्रश्न को जवाफ दिने हिम्मत छ त कान्तिपुर सँग ?

  35. अब भने काग ले कान लग्यो भन्दा कान छाम्ने बानि बसाउने हो कि नेपाली मेडिया हरु ले

  36. अहिले अनुजा दिदि कता हुनुहुन्छ ? हल्का सिस्नु पानीले छर्किनु पर्थेयो / ता कि भोलिको दिनमा एस्तो गल्ति नदोरहुन // धन्यवाद //

  37. हो, हरेक कोहि आफ्नो कार्य प्रति जवाफदेही हुनु पर्छ! समाचार लेख्ने , प्रकाशन गर्ने र साथ साथै सो लेख प्रति प्रतिक्रिया दिने पाठकले पनि आफ्नो जिम्बेबारी र मर्यादा भुल्नु हुदैन !

  38. घटना गलत भएकोमा माफीमात्र मागेर पुग्छ र ? यसको सत्य-तथ्य पनि सार्वजनिक गरिनुपर्दैन ? होइन, यो काम प्रहरी-प्रशासनको हो भनेर चुप लागेर बस्ने हो भने यस्ता घटना फेरि नदोहोरिएलान् भन्न सकिन्न । सञ्चारमाध्यम भनेको कतैबाट प्राप्त भएको कुनै घटनाको समाचारमात्र पस्किने होइन कि त्यसको ‘फलोअप’ गर्ने पनि हो । तर यहाँ त कसैले समाचार दिएको भरमा समाचार छाप्ने तर उक्त समाचारको फलोअप गर्ने चलन नै छैनजस्तो लाग्छ । भर्खरकै भ्याट बिल काण्डलाई लिउँ न ! यो मुद्दामा मुछिएकाहरुको नाम त ‘दानापानी’को सम्बन्धका कारण अधिकांश सञ्चारमाध्यमहरूले छाप्न सकेन, तर जे होस् यसले ‘हलचल’ नै मच्चायो । ‘मेरो संसार’ले त नामै किटेर सामग्रीहरू प्रकाशित गर्यो, तर अहिले त्यो काण्ड कहाँ बिलायो भन्ने अत्तोपत्तो छैन । खै त फलोअप ? के प्रहरी-प्रशासनले कारबाही गरेपछिमात्र समाचार बनाउने हो सञ्चारमाध्यमले ? कारबाही गर्न वा छिटो गर्न दबाब दिने समाचार/सामग्री प्रकाशित गर्नुपर्दैन ?

    कान्तिपुर पत्रिकामा छापिएको गलत समाचारको क्षमायाचना सकारात्मक कदम हो । तर वर्तमान अवस्थामा यस्ता घटनाले जनमानसमा पारेको मानसिक दुष्प्रभावलाई एउटा याचनाले ठीक पार्न सक्दैन र यसले देश र समाजमा नराम्रो परिणाम पनि ल्याउन सक्छ; यतातिर सबै सञ्चामाध्यम सजग हुनैपर्छ ।

    जहाँसम्म कान्तिपुर प्रकाशनको कुरा छ; यसप्रति उठ्ने गरेका अनेकौं प्रश्नहरू छन्, त्यसको जवाफ कसले दिने ? मलाई त ‘साप्ताहिक’ भन्ने पत्रिकाले नै कान्तिपुर प्रकाशन भन्ने संस्थाको नियत निको छैन भन्ने लाग्छ । ‘सबैका लागि’ भनेर खोक्ने; बालबच्चाहरूका लागि पनि भनेर सामग्री प्रकाशन गर्ने; तर अश्लिल कार्टुन, ‘मोडल’हरूको उत्तेजक र भद्दा ब्लोअप अनि बालबच्चाहरूले पढ्नै नहुने समाचार/सामग्रीहरू प्रकाशित गर्ने ! सर्सर्ती हेर्दा उक्त साप्ताहिक पत्रिका बालबालिकाका लागि मात्र होइन, युवा-युवतीहरूका लागि समेत योग्य छैन । यस्ता पत्रिकालाई त ‘वयश्कहरूका लागि मात्र’ भनेर प्रकाशित गरिनुपर्ने हो । तर पैसा अनि शक्तिको आडम्बरले कान्तिपुरजस्ता सञ्चारमाध्यमले यो देशमा जे गरेपनि हुन्छ भन्ने मान्यता स्थापित गरेको छ । यदि कान्तिपुर साँच्चिकै जिम्मेवार संस्था हो भने जनमानसबाट उठ्ने गरेका प्रश्नहरूको जवाफ दिनैपर्छ । होइन भने कान्तिपुर प्रख्यात भएर होइन कि कुख्यात भएकाले पाठकहरूको संख्या धेरै भएको आरोप मिथ्या सावित हुनेछैन । हुन त विकास थापाकाण्ड, त्यसमा उठेका प्रश्नहरू अनि विकास थापाले पाएको भेदभावपूर्ण ‘न्याय’ले कान्तिपुर आफैं नै कुख्यात हुन चाहेको हो भन्ने पनि भान हुन्छ । यदि यसो हो भने यसको मूल्यांकन आमजनताले गर्ने नै छन् ।

    • चितवनको माडीमा सार्वजनिक बसमा बम पड्काएर कयौँ निर्दोष सर्वसाधारणलाई मारेर त माफी माग्दा भएको छ भने कान्तिपुरलाई चैँ के मृत्युदण्ड दिनुपर्‍यो भन्न खोजेको तपाईँले ?

      • माडीमा मात्र होइन नेपाल भरि १४००० नेपाली मार्दा त माफी माग्दैन !!!! अरु को त कुरै छोडौ !!

      • साथी युद्ध र पत्रिकामा धेरै फरक छ अनि फेरि एउटाले गल्ति गरेको थियो भनेर सबै त्तै दौीन मिल्छ ? आफु सच्चिनुहोस् ।

      • मेरो प्रतिक्रिया एकपटक फेरि पढ्नुहुन अनुरोध गर्छु कविन्द्रजी । मैले यो घटना र क्षमायाचनाका पछाडि हुन सक्ने सम्भावित नियतहरूको कुरामात्र गरेको हुँ; क्षमायाचनालाई सकारात्मक नै भनेको छु । जहाँसम्म माडी घटनाको कुरा छ, त्यो एउटा दुर्घटना नै हो भन्ने कुरा माओवादीले भनेकै कुरा हो; बरु त्यसबेला कसैलाई शंका लागे छानबिन गरेहुन्थ्यो । हुन त यस्ता घटनाहरूलाई नै उचालेर तत्कालीन सरकारको बर्बरता उच्चतहमा पुगेको पनि हो । तर शान्तिप्रक्रियामा आइसकेपछि यी सब घटनाहरू युद्धको एउटा पाटोमा सीमित भइसकेको छ । यस्ता कुरा फेरि कोट्याउनु भनेको शान्तिप्रक्रिया भाँड्नु र अर्को द्वन्द्व निम्त्याउनु हो ।

        • यस्तो बर्बर आम हत्यालाई “दुर्घटना” भनेर नेपाली जनताको life को अवमुल्यन नगरौं | माओवादी बाट छमायाचना त परै जावोश, “गल्ति” गर्ने हत्यारा समेत अगाडी ल्याईएन – अझै पार्टीबाट छानबिन भै रहेको होला हैन? आफ्नो नैतिक धरातल नियालेर मात्रै अरु माथि औंला ठड्याउँदा बेश होला कि ?

          • जनयुद्धको कलं‍कका रूपमा रहन गएको माडीको धराप, काजोल खातुन हत्या जस्ता घटनामा प्रचण्ड स्वयम्‌ले नै माफी मागेको कुरा स्मरण गराउन चाहन्छु । जहाँसम्म हत्यारालाई सार्वजनिक गर्ने कुरा छ, त्यो शान्तिप्रक्रियासँगै समाप्त भएको कुरा फेरि दोहोर्याइरहनु नपर्ला । बरु शान्तिप्रक्रियामा आइसकेपछि भएका घटनाहरूका सम्बन्धमा भने मेरो पनि समर्थन छ ।

            • शान्ति प्रक्रिया संगै समाप्त भएको जस्तो कुतर्क हास्यास्पद छ | १५००० नेपाली को अमुल्य जीवन माओवादी को यस्तै कुतर्क का र ढुंगे युग को दर्शन र बर्बरताको कारण समाप्त भयो | के पाए जनता ले वा देश ले ?

              हत्या हिम्शा को हिसाब किताब कहिले समाप्त हुँदैन – समय ले त माग्छ नै | चांडो ढिलो मात्र हो, इतिहाश साक्छी छ |

              • सत्यदूतजी,

                हो, कुरा सही गर्नुभो । यदि माओवादी आफ्ना मुद्दामा असफल भए, त्यसको हिसाब समयले अवश्य पनि माग्नेछ । यो अदृश्य शक्तिबाहेक संसारमा स्थायी भन्ने केही पनि छैन; कुनै न कुनै समयमा हरेक कुराको अन्त्य निश्चित छ । तर समयले नै हो कुनै कुराको महत्त्व र आवश्यकता दर्शाउने । धेरै टाढा पुग्नैपर्दैन, हाम्रै देशको केही सय वर्षको इतिहास कोट्याउने हो भने पनि यो कुरा प्रमाणित हुन्छ । जहाँसम्म माओवादीको कुरा छ, त्यो समय अझै आइसकेको छैन । कृपया धैर्य गर्नुस्; माओवादीको अन्तयका लागि होइन, माओवादीले उठाएका मुद्दाहरू प्राप्तिका लागि ।

    • देश भरि, व्यक्ति, पार्टी, संस्था, निकाय… आदिमा हुने गरेको बिकृति बिसंगतिहरुको समाचारहरु प्रकासित हुनु सम्म पनि ठूलो उपलब्धि हो / मानौं माईसंसारले कुनै घटना बारे केहि तथ्य उजागर गरिदियो भने त्यो नै ठूलो उपलब्धि हो / त्यसको फलोअप हुनसके राम्रो हुन्थ्यो तर त्यसको लागि जनशक्ति पनि हुनुपर्यो नी! त्यो सधैं सबैले जुटाउन सक्ने हुन्छ भन्ने छैन / तर राज्यले जुटाउनु पर्छ /
      मेरो गुनासो के भने अरु पार्टीले त गरेनन गरेनन जनताको मुक्तिको लागि लडेको पार्टीले यस्ता कुरामा खवरदारी मात्रै गर्दिए पनि बिकृति कम हुने थियो भन्ने हो र त्यो माओवादी पार्टीबाट पटक्कै भएन (यो भ्रम छरेको हैन) / पुलिसमा कुनै केस पर्यो पुलिस मख्ख पर्ने, अदालतमा ठूलो केस पुग्यो न्याधिस रमाउने, अख्तियारमा बिना केस बोलाउदै असुल्ने गरेको समाचार थाहा नै होला र साँचो केस नै परे कति चिठ्ठा पर्ला त्यहाँ? जनसेना कमान्डर खामको स्मग्लिंगमा मुछिएको समाचार आएकै थियो / माओवादी पार्टी र अन्तर्गतका संगठन, व्यक्तिबाट यस्तो चिठ्ठा पार्ने गरेको पनि गुनासो र समाचार आएकै छन् / त्यो रोकिए, तर्फ उन्मुख भएको अनुभूति दिनसके त्यस्तो पार्टी साँची नै जनताको पार्टी हुने थियो भन्ने हो / त्यसैले कुरा हैन काम गरौं भनेको / ‘कर्म गर फलको आशा नगर’ भनेको कर्म गरेपछि फल निश्चित छ; चिन्तित किन हुन्छौ भन्ने हो / जय होस् /

  39. संचारमाध्यम जस्तो अति सम्बेन्दनशिल अंगको साथलिइ कथोकल्पित अनि सुनियोजित नाटक रचेर (Marketing Research जस्तै) हामी आम नेपालीहरुको नारी छाम्न खोजेको र पूर्व योजनाबद्ध क्षमाको नाटक रचेर फेरी हामी सिधा-सोझा नेपालीहरुको सहनाभुती बटुल्न खोजेको हो! दंग-दंगी धोति गनाउने कान्तिपुर, घृणा छ!

  40. Its really ridiculous to publish such a pointless news by so called nation’s largest selling national daily in front page. Isn’t it the responsibility of journalist and editors to analyse each news they got seriously? When I share this news with my friends but none believed rather they gave me various reasons that it couldn’t be possible. It is not a advanced issue that journalist get confused, but its a minor thing that one can analyse with his mere common sense. There are lots of such news published in different magazines including kantipur, but they don’t apologize in such news even after they know it was fake. This news spread so fast and was nationally criticised and kantipur fall on moral crisis so it apologize.

    Mistake may happen but publishing such minor news without any critical analysis is really disgusting, it really gives negative image towards the whole kantipur publication. Look the president and other VIPs how reliable they think kantipur publication is. If they cannot fulfil this ambition of people then of course, their image will fall down. I just request the journalist of Nepal to be responsible and use high level intellect. That’s why government call them the 4th important part of the nation. Mind it, and make your profession more reliable.

  41. तपाइको कुरा यहाँ सम्म ठिक हो सालोक्य जी/ तर मेरो बिचारमा कान्तिपुरले साच्चै यस्तो अहिलेको विकृत पत्रकारितामा आत्मा-आलोचनाको संस्कृत बसाउन खोजेको हो भने उसले यस अघि फैलाएका अफबाहको पनि यथोचित माफ माग्नै पर्छ/ जस्तै: ड़ा भक्तमान अपहरण काण्ड, माओबादीले रुकुमको पत्रकारलाई औला चिरेको नक्कली केश ….वा यस्तै अरु केहि छन् भने कान्तिपुर आफैले बताउदा राम्रो र अझ बिस्वसनिया हुन्छ र यो नै उसको महानता हुन्छ, हेरौ यो घटनाबाट उ कसरी रुपान्तरण हुन्छ! !

  42. it’s okay to make mistake, everyone dose anywhere, most important things is we must admit it, learn from it and stop repeating it.

  43. पत्रिकाहरुले आ-आफ्ना अन्नादाताहरुको स्वार्थ रक्षा गर्न येस्ता सैकदौं झुट्टा सुचनाहरु प्रवाह गरिरहेका हुन्छन र बस्ताबिक्तालाई लुकौनछान, यो खबर त हन्श्यस्पद मत्रैछ कसैको नोक्सनिनै त गरेकोछैन नि, माफी माग्दैमा अबचाहिं यो पत्रिका या पत्रिकाहरुले साँचो खबर लेख्छन भन्ने सम्झिनु अर्को भुल हुनेछ /

  44. अनुजा काण्डमा बिश्वास गर्नेहरुमध्ये म पनि एक थिए, मेरा आँखा रसाएका थिए यो समाचार पढ्दा. सोचे कि यो देशमा अझ पनि अनुजा जस्तो नैतिकवान व्यक्ति रहेछ भनेर. जब रास्ट्रपति महोदयले समेत फोनबाट स्याबासी दिनुभयो रे भन्ने सुनें खुसीले म पनि गद्गद् भएको थिएँ.

    आज यो समाचार नै झुट्ठा, भ्रामक अनि कपोकल्पित रहेछ भन्ने कुराको जब उजागर भयो, मेरो मन खिन्न भयो. अब सोच्नुस त, ज-जसले फोन गरेर स्याबासी दिए, अनुजको तारिफ गर्दै हिडे उनीहरुको मन कस्तो भयो होला? मानिसको भावना संग खेलवाड भयो, लाखौ मानिसको आत्मा रोयो, रास्ट्रपति महोदय, जो पहिलो पटक सर्ब साधारण संग येसरी फोनवार्ता गर्नु भयो, खिस्स पर्नु भयो, आफैले दिएको स्याबासी फिर्ता लिने आँट पनि अब वहामा रहेन.

    रास्ट्रपति समेतलाई बेबकुफ बनाउन सक्ने यस्ता घटनाको प्रमुख पात्र नै कान्तिपुर हो जसले घटनाको तथ्यलाई नकेलाईकन अरु भन्दा चाडो समाचार दिने होडबाजीमा सारा देशलाई ठग्यो. साचो समाचारको लागि हामी कान्तिपुर किन्छौ, यहाँ त झुट्टा समाचारको पनि पैसा लाग्यो, यसको क्षेतिपूर्ति कसले भर्ने?

    क अब पनि कान्तिपुरलाई नम्बर एक भन्न मिल्छ र?

    • बास्तव मा अनुजा ले यो नाटक रचेर रास्ट्रपति प्रधान न्यायाधिश जस्ता सम्मानित व्यक्तित्व को सरलपन र इमान्दारिता लाई मजाक बनाएर उहाहरुको मानहानी गरेकी हो त्यसलाई गोर्खेलौरी नठोकी के हेरेर बसेको छ यो झल्लु सरकार?

  45. The evidences that salokya put down reminded me of Stephen Glass who worked for The New Republic (of US) where he came up with not just one but a whole bunch of supposedly true stories which later were found be nothing but mere fictions. He did that for whole 3 yrs. Has anyone watched the movie ‘The Shattered Glass?

  46. यो नेपाल का निच अनि निकम्मा पत्रकार हरु र मेडिया कम्पनी हरु ले सिर्जनसिल र सकारात्मक कुनै काम गर्न नसके पछी, कुनै सनसनी पूर्ण समाचार छापेर आफ्नो मार्केट चलाउने र बढाउने नियेत ले आफैले कृत्रिम “सनसनी-खोज” समाचार को उत्पादन र व्यापार गरेका हुन्! निच र निकम्मा भए पछी फुर्सतई फुर्सत, अनि Grand-design गर्ने किन समय नपाउन, भलै चांडै नै यो चाल पर्दाफास भयो! देखि हाल्नु भो पहिले त्यो कृत्रिम कथा बेचेर कान्तिपुर र अरु मेडिया ले टन्न पैसा कमायो, तेस्पछी रास्ट्रपति र न्यायाधिश लाइ तानेर अर्को अरु कथा बेचेर फेरी पैसा कमायो, अहिले फेरी त्यो कथा झुठ हो भनेर अर्को सनसनी पूर्ण समाचार बेचेर फेरी पैसा कमायो! देखनु भयो त नेपाल का यी निच र निकम्मा पत्रकार र मेडिया कम्पनी हरुले तपाइँ-हामि लै कृत्रिम समाचार बेचेर कसरि पैसा कमाइ रहेछन अनि देख्नु भयो तिनीहरुले कसरि तपाइँ हामीलाइ विचार र अर्थ मा दरिद्र अनि मुर्ख बनाइ रहेछन?

  47. एउटा समाचार सम्प्रेषण मै हामी कति प्रभावित हुनु परेको
    बास्तबिकता र बिबेक मनन नगरी समाचारको हुरीमा उड्ने बानी हुनाले मानिस पंगु भैरहन्छ, मुर्ख भैरहन्छ, कुनै बिषयमा त पश्चात्ताप पनि गर्नु पर्ला.

    अनुजाको कथा पढेर पहिले विश्वास गरियो.
    त्यो सत्य रहेनछ भनेपछि त्यसलाई पनि विश्वास गरेर गाली र रिस देखाउन थालियो.

    यो हास्यस्पद जोकले पात्र, पत्रिका र पत्रकार त मुर्ख भए नै, यसको साथै सुनेको र पढेको भरमा विश्वास गरि मनोबृति देखाउने मानव अझ बढी मुर्ख र पंगु हुन्छ, हावाले उदाई रहेको पात जस्तै, त्यो पातको कुनै स्थाई ठेगाना हुदैन.

    हामी र हाम्रो नेपाल बिदेशी चोर उद्ध्योग्पति, स्वदेशी भुइफुत्ता नेता र अन्तर्राष्ट्रिय आर्थिक साम्राज्यबादीहरुको हुरीले लगातार बिचलित भैरहेका छौ.

    बनावटी रमाइलोमा रम्ने, भिडमा जम्ने अनि भ्रममा रिसले गम्ने हामीहरु अझ असख्य चोटी छालिनु पर्नेछ.

  48. सालोक्य जी,

    कान्तिपुर ले देखाएको बाटो सहि भनेर जुन कुरा यस लेखमा लेख्नुभयो तपाईले यसमा धेरैले सहमति जनाए पनि मलाई कान्तिपुरले क्षमा मागेर मात्र पुग्दैन जस्तो लाग्यो | पत्रिकाले खाली समाचार मात्र सम्प्रेसन गर्दैन सबैलाई घटेको घटनाहरुको जानकारी दिन्छ | समाचारले जनमानसमा एकदमै गहिरो छाप छोडेको हुन्छ | समाचारले जसरी रातारात देशको परिस्थिति नै बदलिदिन सक्छ ठूलो क्रान्ति नै लिएर आउन सक्छ तेसरी नै एकदम नराम्रो असर पनि पार्न सक्छ | बिना कुनै सत्य तथ्यको जानकारी नलिकन कुनै समाचार सम्प्रेसन गर्नु ठूलो अपराध हो | यस किसिमको अपराध को दण्ड क्षमा मात्र हुन सक्दैन | कान्तिपुर लाई यो गलत कपोकल्पित समाचार सम्प्रेसन गरेकोले ठूलो जरिबाना गर्नुपर्छ ताकी भबिस्यमा अरु कसैले यस किसिमको कपोकल्पित समाचार सम्प्रेसन गर्न नसकोस |

  49. यस्तो गलत समाचार प्रकाशित गर्ने पत्र पत्रिका मठ राज्य ले कानुनी कारवाही गरि क्षति पूर्ति पनि भराउने काम गर्छ यस्तो ठुलो गल्ति भएको छ जस बाट देश को प्रतिष्ठित ब्यक्तित्वो नै प्रभावित भएको छ माफी माग्दै मा यसरि कान्तिपुर जस्तो राष्ट्रिय दैनिक पत्रिका पन्छिन मिल्दैन/उसलाई कानुन बमोजिम हदै सम्म को सजाय हुन जरुरि छ/ कमसे कम् कानुनी राज्य को अबधाराना यहि बाट आउनु पर्यो /

  50. Ignorance of law does not excuse.. यो एउटा कानूनको सामान्य सिद्धान्त हो / कानूनको व्याख्या गर्दा विधायिकाको मनसाय ओझेलमा राखेर गर्न हुदैन / गल्ति भैसकेपछि माफि माग्नु मात्र ससस्याको समाधान होइन, यसमा कानूनले के बोलेको छ त्यो महत्वपूर्ण कुरा हो / कानूनी राज र विधिको शासनमा विश्वास गर्ने हो भने कानूनको अक्षरस पालना हुनुपर्दछ /
    माफि माग्नु नै नजिर बनेर नजाओस /
    यसका पिडित पक्षहरूको हकमा पनि कानूनले न्याय दिन सक्नुपर्दछ /
    कयौ नजिरहरू संसोधन भएका छन् / उदाहरण पढेर मात्र मन बुझाइहाल्नु पनि बुद्धिमानी होइन /
    नेपाल बिशुद्ध कानूनी राज भएको मुलुक नभएसम्म राज्य व्यवस्था तन्दुरुस्त र समाजमा अमन चयन कायम हुदैन /
    कानून कार्यान्वनको सवालमा हामी लचकता अपनाइरहेका छौ, यसको दिर्घकालिन नतिजा राम्रो हुदैन /
    बिकसित राष्ट्रहरू कानूनको बलमा नै त्यो स्थान पुगेको हो / (सायद उदाहरण आवस्यक नपर्ला)

  51. कौवाले कान लग्यो भन्दैमा कान नछामी कौवाको पछाडी दौडे झैँ अनुजालाइ ९१ लाख र हिराको हाड सम्बन्धित व्यक्तिलाई फिर्ता भनि हाइलाइट गर्ने काम त कान्तिपुरले ग-यो/आखिरी यो मन्चन नक्कली ठहरियो र कान्तिपुरले माफि माग्यो/कान्तिपुरले यस्ता धेरै नक्कली कामलाइ हाइलाइट गरेर देशलाई धोखा दिएका धेरै घटनाहरु छन/के त्यसका लागि पनि कान्तिपुरले माफि माग्ने दिन औला??

  52. जानी जानी गल्ति गर्नी अनि पछि आएर आफै माफ माग्नु फटाहा कुरा गरे सरह हो! समाचार एकदम राम्रो थियो तर एस्तै एस्तै कथित् समाचार प्रकासन गर्ने हो भने जनताको पत्रिका माथि को विश्वास, नेपालको नेताहरु माथि विश्वास गरे सरह हुनेछ!

  53. यो केटीलाई कारबाही हुनु पर्छ| यस्तालाइ जालसाजी को मुद्दा नचलाए भोली यस्ताहरु फेरी अगाडी नआउला भन्न सकिन्न|||

  54. Amazing how could this happen? A simple lady can make fool to the nation. This was definitely childish news of Kantipur publication and it shows how media are sick for gathering news without a detail study and research. I saw both the articles, the one where the lady was described as a honesty hero and the other with apology. The latter one is still less written, less groomed and a formal show up. Still we are Nepalese we have a big heart to tolerate and forgive. Kantipur not again…………

  55. २०६३ को जन-आन्दोलन को समय बितिसके पछिका दिनहरुमा लगभग झन्डै शुन्य मा पुगेको कान्तिपुर प्रतिको मेरो आस्था यो समाचार सुनेपछि फेरी उकालियो,सत्य!
    आज भोलि देशमा एक दुइ गरेर फाट्ट फुट्ट आशा लाग्दा समाचारहरु टुसाउन थालेका छन्-खास गरि न्यामुर्ती राम प्रसाद ज्युको सहासिक फैसलापछि!

  56. लौ – हामी नेपालीले एउटा राम्रो कुरो पढ्न पाइयो भनेको त – सपना जस्तै पो रहेछ l बिचरा रास्ट्रपति समेत जिल्लिए … खै के भनुम म ?

  57. पाँच एकानी पाँच,हात लाग्यो शुन्य,राष्ट्रपतिको धन्यवाद! अब के भन्ने??

  58. प्राय: सबै मानवले जिन्दगीको दौरानमा केही न केही गल्ती गर्छन, तर महामानवले मात्र आफ्नो गल्ती महशूस गरी माफी माग्छन I

  59. हाहा मैले भनेकै थियेनी मेरो संसार मा यो समाचार पहिलो चोट्टी प्रकाशित हुदानै एस्तो जमाना अनि ९१ लाख कुनै मुर्खले त्यो पनि publice travel मा हुने सक्दै न भनेर अखिरमा साचो निस्क्योनी अनि के हुन्छ त यो कहानी रचनाकार लाई केहि कारबाही त अबस्स्य गर्नु पर्यो हैन र!!!!!अनि के हो नेपालको समाचार छेत्र मा रिसर्च भन्ने काम हुदैन र अनि रिपोर्टर नै फिल्ड मा नपुगी कसरि रिपोर्ट लिन्छ रिपोर्टर काठमाडौँ को घरमा अनि धरान को रिपोर्ट चै आफन्तलाई फोन गरेर लिएको भरमा समाचार बनाउछ!!!!!!!!!!!!!!!!!!!नेपाललल

  60. धन्यवाद कान्तिपुर टीमलाई अनुजा काण्ड को पर्दाफास गरेको मा यस्ता नक्कली समाचार बाट साबधान हुनु होला भन्ने मेरो शुझाब छ युनिटी लाइफ को बास्तबिकता पनि यसरि नै पर्दाफास गरि दिए नेपाली जनता हरु ले कान्तिपुर टीम लाई धेरै माया गरिरहन्थे .

  61. ढिलै भए पनि कान्तिपुरको बुद्धि आएछा खुसि लग्यो कागको पछी नादगुर्न
    भनिएको यो सबै पत्रकारलाई चतना भया

  62. “…..पनि सक्यो, दैलो पनि देख्यो” भने जस्तो, सामान्य मान्छे ले पनि एक पटक सोच्यो भने पनि एथार्थ हुने कुनै सम्भावना नही थियन, पत्रकार जस्तो मान्छे ले एक पटक सोच्न सक्थेनन ? रिपोर्टर त तेस्तै भय भय, होइन सम्पादक पनि के भयको त ! एस्तो न्युज बनाउनु अघि एस्तो घटना हुने सम्भावना कत्ति को छ, भनेर एक पटक सोच्नु पर्छ कि पर्दैन?
    मैले त समचार पढेकै दिन यो हावा कुरा हो भनि दियको थिय /

    हिजो मैले माइसंसार लाई ट्रायल मारेको थिय, एउटा हावा न्युज पठायर, माइसंसार ले मेरो कमेन्ट पब्लिश गर्छ कि गर्दैन भनेर, सालोक्य जी चलाख हुनुहुदो रहेछ, मेरो कमेन्ट पब्लिश गर्नु भयन / हो येस्तई हुनु पर्छ, पत्रकार हरु, “काग ले कण लग्यो भनेर काग को पछी पछी दौडनु हुदैन” /

  63. …..केजाती गर्यो बाटो देख्यो भन्या जस्तो ,पहिला गलत बाटो आँफै देखाउने पछि कुरो बिग्रिएपछि सहिबाटो कान्तिपुर ले देखायो भन्नु ,सलाम नै गर्न पर्ने खालको कार्य त अल्ली होइनकी ?उमेश जी ,…कान्तिपुर को बढी नै सपोर्ट र तारिफ भयोकि ??

  64. ….. कौवाले कान लग्यो भन्दैमा आफ्नो कान नै नछामी कौवाको पछि दौदिनु के यो सही हो त…..??? अनि सेतो दौसल्ला वडेर जनता को आखा मा छारो हालनु के यो उचित हो त ..??? उचित होइना भने आफ्नो स्वार्थ को लागी काल्पनिक घतनालाई बास्बिक घटना बनाई सर्बजनिक गर्नु के ठीक हो…./?? होइना भने एस्टो घटना रच्ने ब्यक्तिलाई क़ानूनी दाएरा मा लिएर कदा भन्दा कदा सजाये दिनु पर्छा ताकि भाबिस्य मा एस्टो घटना फेरी पानी नदोहरुण ………

  65. अब बन्ने नया संबिधानमा ‘ भ्रामक’ समाचार छाप्ने मिडियालाई समाचारको प्रकृति हेरेर कारबाही हुने कानून बनाउनै पर्छ ताकि समाचार छाप्नु अघि छापिने समाचारको सत्य तथ्य खोजतलास गर्न सचेत रहोस !

  66. तर के गर्नु र नागरिकले भक्तमान को केसमा माफी मागेन। खाली आक्षेप मात्रै लगायो।

    • नागरिक पत्रिकाले एक चोटी हैन दुइ चोटी हैन हरेक दिन जसो भक्तमान को अपहरण माओबादीले गरेको हो भनेर लेख्यो तेस्मा हो हो मिलाउदै माकुने र केपी ओली नाम्गरेका नेता पनि दिन रात बर्बराइ रहे तर नाता आझ सम्म नागरिक नामको त्यो पत्रिकाले छमा याचना मागेको सुनियो नत स्वनाम्धान्य नेताहरुले नै.

    • कुमार जी, अब तेस्को थालनी गर्दै छनी, ढिलाई भंये पनि सकारात्मक प्रयास त हो नि.. मा त राम्रै मान्छु..

  67. कान्तिपुरले अनुजा-काण्डलाई लिएर माफि माग्नु पक्कै पनि राम्रो काम हो। तर अाज भन्दा ३ दशक अगाडि (१९८१ मा) अमेरिकामा भएको गल्तिलाई लिएर २०११ मा नेपालमा भएको मिडियाको लापरवाहिलाई पुस्टि गर्न खोज्नु अलिक सुहाएन कि जस्तो लाग्यो मलाई त!

    जस्तै अगाडिको ब्लगमा शालोक्यजीले अनुजा-काण्ड बारे निक्कै राम्रा प्रशनहरू ऊठाउनु भएको छ। यस्ता प्रशनहरू न्युज लेखकले सुरुमा नै उठाएको भए यो घटना यति फैलिने नै थिएन। अनुजाले झोलामा रहेको ९१ लाख भनेकि थिई, उस्ले पैसा गनेको कुरा पनि गरेकि थिई, तर झोलामा १००० वा ५०० का कति दरका नोटहरू थिए, झोला लगभग कति वजनको थियो, पैसा भेट्टाएको बसको नम्बर कति थियो। नम्बर नभए बस कुन रङको थियो …यस्ता यस्ता सामान्य प्रशनहरू कसैले पनि गरेन। टेलिफोन नम्बरको अनुसन्धान त झन गरिदै गरिएन। यस्ताकुराले नेपालमा अनुसन्धानात्मक पत्रकारिताको सुरुवात हुन अझ बाकि रहेछ भन्ने कुराको पनि पुस्टि हुन्छ।

  68. गलत समाचार सम्प्रेषण भएकोमा कान्तिपुरले क्षमा प्रार्थी भएर आफ्नो दायित्व त पुरा गरेको छ भन्नै पर्छ | तर झुठा समाचारका संवाहक हर्ष सुब्बाप्रतिपनि के कस्तो कारवाही भयो त्यो पनि प्रकाशमा आउनु पर्छ | हर्ष सुब्बा नै यस काण्डको जड हो |

  69. कुरो ठिकै हो| क्षमा याचना गरेर सही बाटो देखाएका छन्|

    तर यो शिर्षकमा यो अन्तिम रिपोर्ट हैन जस्तो लाग्छ| अझ खुल्न बाँकी छ| रिपोर्टर लगायत समाचार सम्पादन संग सम्बन्धित पेशेवार कर्मीहरुले पनि लापरवाही गरेको स्पस्ट देखिन्छ| सोर्सलाई भेट्ने र क्रस चेक गर्ने पत्रकारिताको धर्म पालना नगरेको देखियो| यस बिषयमा माई सन्सारले यसभन्दा अघिका ब्लगमा उठाएका प्रश्नहरु गहन छन्| अरु पनि अनुत्तरित प्रश्नहरु यसप्रकार छन्:

    १. अनुजा आदिले के ले प्रेरित भएर यस्तो उजागर गरे? नाउँ कमाउने वा नाउँ छाप्ने उदेश्यले मात्र यो भएको हो?

    २. पुरुषोत्तम भन्ने व्यक्ति काल्पनिक हो रे| उसो भए अरु कोहि होला जसलाई अनुजाले लक्ष्य गरेका थिए| रिपोर्टर महोदयले किन अनुजाले इंगित गरेका व्यक्तिलाई भेटेनन समाचार प्रेषित गर्न अघि?

    ३. समाचारमा यतिका लुपहोलहरु हुँदा हुँदै पनि सोझै यस्तो काल्पनिक घटनालाई तथ्यरुपी पर्दा ओढाएर किन प्रस्तुत गरियो? फिल्ड बाट जस्तो आयो त्यस्तै राखिने हो भने सम्पादन डेस्कको के मतलब?

    मलाई लाग्छ अनुजाले किन ढांटे वा उनलाई ढाँटन लगाईयो? त्यो छानबीन हुन् पर्छ| सनसनीपूर्ण समाचार बनाएर नेपाली जनता र राष्ट्पति अनि प्रधान न्यायधीशलाई समेत गुमराह बनाउने पात्रहरु सबैलाई कारवाही गरिनपर्छ|

    यति ठुलो रकमको समाचार आउँदा प्रहरीले अनुसन्धान किन गरेंन?

    चारैतिर नेगेटिभ न्युज मात्र आईरहेको बेला यस्तो इमान्दारिताको समाचारले नेपाली जनता खुशी हुनु स्वाभाविकै हो| तर यसमा पनि जनता लुटिए|

    यस्तो छलिपुर्ण नियत भएको भनौ वा विवेक नराखेर छापिएको समाचारले सो अखबारको विश्वसनीयतामा ह्रास हुने मात्र हैन, पत्रकारितामै कलंक लगाएको छ|

  70. वास्तबम जो पत्रकारले यो समाचार लेख्यो
    यक्दम नैगलत हो/९१ लाख जस्तो कुरो त्यो पनि कलियुगको मध्यतिर.जो पत्रकार लेख्यो आफुले आफुलाई माथि आउनको लागि लेखेको हो.कान्तिपुरजस्तो देसको मुख्य पत्रिकामा
    एस्तो फटाहा समाचार त्यो पनि फ्रोंत पेज मा.कसरि विश्वास गर्ने कान्तिपुरको .माफी माग्दैमा इमान्दारी हुदैन.कान्तिपुर कस्तो पत्रिका हो बनेर प्रस्ट पार्न खोजेको हो.नेपालीहरुलाई मुर्ख बनाउन खोजेको हो.

  71. no credibility, no liability…..tht’s the present state of our media,be it electronic,print and so on….they just want to sensationalize the news…without knowing the proper source abt the news….They dont want the news based on facts but the news which can be saleable…..We all are confused ,who to believe and who to blame………….corrupted journalism lacking common sense…..

  72. असत्ते टिक्दैन सत्ते लुक्दैन ,यति हो

  73. माफी नै नमाग्नु भन्दा माफि माग्नु ठीक हो तर अब ‘ वा कान्तिपुर, अहो कान्तिपुर ” भन्दै तारिफ गर्ने हैन अब आइन्दा तेस्तो गल्ती नगर्न होसियार गर्नु पर्छ ।

  74. यो त राम्रो सस्कार को विकास हो तर तो अनुजा भन्ने लाइ चै के गर्छन होला अब मैले इटहरी को साथी हरुलाई आज अन लाइन मा सोदेको थिय उसले त मैले सपनामा देखेको भनिरे हरे सिब सपना मा देखेको कुरा पनि पत्रिका ले छापिदियाछ भनिरे के हो यस्तो
    अनि के अनुजा लै केहि कारबाही हुन्न र भोलिका दिन मा फेरी यस्तो गल्ति दोहोरियो भने के कारबाही हुन्छ ? कृपया प्रस्ट पारिदिनु हुन अनुरोद गर्दछु //// हम्रेई जिल्ला को बेइजत गरिनी यसले त समय अनुसार कुनै नराम्रो कम राम्रो हुन्छ जस्तो देबी प्रसाद रेग्मी ले नेतालाई झापड लगाउदा सबले समर्थन गरेको थियौ जुन देबी प्रसाद पनि सुनसरी कै हुन्
    यो अनुजा भन्ने को त अनुहार हेर्देई चोर्नी जस्ती छ के को फिर्ता दिन्थिर कस्तो झुट बोल्न सकेको बाबा डर पनि नभाको केहो यस्तो धेत

  75. अब अनुजा बनिया ले कस्तो सजाय पाउने हुन्?? माइसंसार को यो बिश्लेशानात्मक समाचार को लागि धेरै धेरै धन्यवाद!!

    • झुटो बोल्नु संसारको कुनै पनि कानुनमा अपराध मानिदैन | त्यस केटीलाई धिक्कार्नु बाहेक अरु केहि गर्न सकिदैन |

  76. ‘कान्तिपुर’को नाङ्गो तस्वीर हामीले विकास थापा प्रकरणमा देखिसकेको छौ।
    काल्पनिक कथालाई बढाई चढाई लेख्‍ने अनि ‘नक्कली भ्याट बिल प्रकरण’ जस्ता जघन्य अपराधमा चुँ नगर्ने मुनाफामुखी एवं चाप्लुसे प्रकाशनगृहको हालत यही हुनेछ।

  77. यो देसको राजनीतिदल मात्र होइन जनताले पनि पत्रकार लै बेब्कुब बनायक छन्, के गर्ने ?अबदेखि कान्तिपुरले मात्र होइन सबै पत्रिकाले वाष्टबिक थापायर मात्र पत्रकारिता गरुन , पत्रकारिता को धर्म पुरा गरौ….

  78. माइ संसारको तर्फ बाट हिजोनै यो समाचारको बारेमा भ्रामक हो भनेर पुषटी भएको थियो । कान्तिपुर ले आफ्नो गल्ती, भ्रामक समाचार र त्यसबाट पाठक बर्गमा पर्न गएको गल्ती पर्ती माफि मागेर उसको घट्दै गएको साख लाई केही भएपनी राम्रो गरेको छ । अब रहो कुरा, यस्तो भ्रामक समाचार दिने र मिडिया कर्मी हरु लाई नै ब्यकुफ बनाउने जो सुकै होश – उसलाई कानूनी क ठाघरमा उभ्याएर कारवही गर्नु पर्छ, त्यसले भोली आउने दिन हरुमा यस्ता नौटन्की गर्ने र भ्रामक बिक्रिती फैलाउने हरु ले समाज मा बिक्रिती फैलाउन बाट सजग हुनेछ । केटी लाई कानून अनुसार सजाया हुनु पर्छ । जो सुकै होश त्यसलाई कानून अनुसार सजाय हुनु पर्छ र भोली का दिन हरु म त्यस्तो कुक्रित्य गर्ने शाहस कसैले नगरोश ।

  79. छुस्स कसैले राम्रो काम गर्यो भन्ने हल्ला मात्र चल्यो भने मात्र कुरै न बुझी सम्मान को कत्रो ओढाई हाल्ने संस्कार नेपालमा खुब छ तर आफु ले राम्रो गर्ने तिर कसैको ध्यान जादैन

  80. के हो जनतालाई त नेता ले त झुक्क्याए अब पत्रकार र पत्रिकाको पालो???सत्य नबुजी छिट्टो समाचार दिनी बहानामा गलत समाचार छाप्न मिल्छा र??? कान्तिपुरले जतिनै sorry भनेपनि गल्ति ठुलो छ.ति समाचार हेरनी साखा र पत्रकार के क़ा लागि?? कान्तिपुर नो..१ रे कसले पत्यौछा र अब पनि???? तेत्रो भ्रस्टचार को कुरा आउदा चुप माडेको पत्रिका त पर्यो..

  81. हुँदै नभयको समाचार रेपोर्टिंग गर्ने , छाप्ने अनि भुल भो क्षमा पाउ भन्नु , माहाभुल हो र , अनुतर्दायी कार्य हो , यस्ता कार्य क्षमा योग्य नै हुँदैन

    • भुल मानिस बाट नै हुन्छ. सायद तपाई पनि हिजो राम्रो काम गर्यो अनुजाले भन्दै हुनुहुन्थ्यो होला आज सत्य थाहा पछी तपाइले महाभुल भन्ने. हिजो सबैले यसलाई सत्य मान्दा तपाइको दिमाग कता गएको थियो यदि तपाई आफै आफैले विद्वान ठान्नु हुन्छ भने.

      • भूल गरेपछि सजायको भागिदार हुनुपर्छ कानूनको सवालमा क्षमा होइन / लाग्ने स्वास्नीको झगडा हो र ?!!

  82. राष्ट्रपति र प्रधानन्यायाधीशले समेत प्रशंसा गरेको घटना झुटो भएको छ। कान्तिपुरको समाचारले घटनाले समग्र पत्रकारिता क्षेत्रमाथि नै औँला ठड्याउने काम भएको छ .

  83. सहि हो | सालोक्यजीको विश्लेषणसंग म सहमत छु | कान्तिपुरले पहिलो पृष्ठमा नै यो क्षमा छापेर सबैलाई एउटा राम्रो उदाहरण दिएको छ | गल्ति हुन्छ, तर भईसकेपछि त्यसलाई स्वीकार गर्नु र क्षमा याचना गर्नु नै सहि बाटो हो | यसले भविष्यमा फेरी यस्तो काम नहोस भन्ने कुरामा सजग राख्छ हामीलाई |

Comments are closed.