ट्विटरले गराएको टेन्सन

[ नेपाली वेब जगत यतिखेर एउटा कान्डले हल्लिएको छ- ट्विटर कान्ड। ट्विटलाई पत्रिकाले छापेपछि जागिर गुम्ने स्थिति आयो। अनि ट्विट गर्ने र मूलधारका मिडिया (कान्तिपुर) मा छाप्नेबीच मौखिक युद्ध चल्यो। मेरो व्यक्तिगत विचारमा सोसल मिडिया भनेको मास मिडिया जस्तै जिम्मेवार हुनुपर्छ। मास मिडियाले पनि सामाजिक उत्तरदायित्व महसूस गर्नुपर्छ। दुवै पक्ष अनावश्यक रुपमा उत्तेजित भएर आरोप-प्रत्यारोपमा उत्रिएका छन्, जसलाई सही ठहर्‍याउन सकिन्न। दुवै पक्षले सिक्नुपर्ने विषय समेटेर एउटा ब्लग लेख्‍न गरिएको आग्रहलाई स्वीकार्दै यो ब्लग @AnandNepal @webg0ru, @nepaldiary, @friendycalls, @hellomuku ले सामूहिक रुपमा तयार गर्नुभएको हो। कृपया यसमा ट्विटरमा जस्तो आरोप-प्रत्यारोप नगरी स्वच्छ रुपमा बहस गर्न हुन अनुरोध छ – उमेश]

ट्वीटरका हाकिम ;))प्रयोजन,  औचित्य र छनौटको आधार प्रष्ट नपारी केही हप्ताअघिदेखि कान्तिपुरले शुक्रबारको  अंक ‘हेलो शुक्रबार’ मा नेपाली ट्विटर प्रयोगकर्ताको ट्विट् छापिरहेको छ । तर, एक हप्ता अगाडि छापिएका केही ट्विट्हरुलाई लिएर इन्टरनेट र ट्विटरमा एक किसिमको तरङ उत्पन्न भएको छ । कतिपय निजी प्रसंग र विषयमा लेखिएका ट्विट्लाई छापेर कान्तिपुरले व्यक्तिको स्वतन्त्रताको हनन् गरेको आवाज तीब्र रुपमा उठेको छ । पत्रकारिताको सामान्य सिद्धान्त(नर्मस), गोपनियताको हक र इथिक्सलाई कान्तिपुरले बेवास्ता गरेको आरोप पनि लागेको छ ।

क्यानेडियन गायक ब्रायन एडम्सको कन्सर्ट काठमाडौँमा हुँदा सो सम्बन्धी छापेर शुरु भएको “साताका ट्विटस” स्तम्भ सबैले मन पराएका थिए । तर जब ट्वीट छान्ने काममा हेलचक्र्याईँ हुन थाल्यो र सामान्य मानिसले गरेका असान्दर्भिक ट्वीट छापिन थाले, तब केही ट्विटर प्रयोगकर्ताले विरोध गर्न शुरु गरेका हुन् ।

पत्रिकामा सामान्य मानिसले गरेका ब्यक्तिगत कुराहरुको ट्विट जस्ताको तस्तै छाप्नु भनेको पत्रिकाको खाली ठाउँ भर्ने बाहेक अरु केहीफाइदा नहुने भन्ने कुरा उठ्दा सो पत्रिकाका केही पत्रकारहरुले आफ्नो बचाउमा अन्तर्राष्ट्रिय अखबारहरुको उदाहरण दिएका थिए ।

पत्रकारहरुका अनुसार अन्तर्राष्ट्रिय अखबारहरुमा पनि त्यस्तो कुरा छापिने गरेको हुनाले नेपाली पत्रिकाले पनि छाप्न पाउनु पर्छ। तर, कुनै पनि अन्तर्राष्ट्रिय अखबारहरुमा सामान्य व्यक्तिले आफ्ना साथीहरु बीच गरेको गफ र ठट्टालाई पत्रिकाको सामाग्री बनाउने नगरेको तथ्य चाहिँ वहाँहरुले बुझ्न चाहनु भएन ।

चैत ८, २०६७ को कान्तिपुरमा  “यसैगरी आफ्नो भनाइ बाँड्न मन भए भए हामीलाई ट्विटरमा उल्लेख (मेन्सन) गर्दै ट्विटिए हुन्छ” भनेर छापिएको देखे पछि ट्विटर प्रयोगकर्ताहरुले ढुक्क भएर आफ्नो मनमा लागेको कुरा गर्न शुरु गरेका थिए । तर आफैंले भनेको कुराको विपरीत बैशाख २ को कान्तिपुरमा त्यसरी उल्लेख नगरेका ट्विटहरु फेरि छापिएपछि ट्विटर प्रयोगकर्ताहरुले कान्तिपुरको यो ब्यबहार “अरुको व्यक्तिगत कुरामा बढी चासो राख्ने खालको” भएको ठहर गरेर एउटा चिठी लेख्ने निर्णय गरे । सो चिठीमा मूलत: कान्तिपुरमा छापिएको ट्विट र कान्तिपुरका पत्रकारहरुले गरेको गैरजिम्मेवारपूर्ण ब्यबहारलाई समेटिएको थियो | (यो चिठी – www.tweetdebate.net मा पढ्न सकिन्छ)

सो कदमले समस्याको समाधान हुनेमा ढुक्क भएका ट्विटर प्रयोगकर्ताहरु बैशाख ९ को कान्तिपुरमा प्रकाशित एक लेखबाट झन् बढी आक्रोशित हुन पुगेका छन् । सो लेखमा एक जना, जसले ट्विटर प्रयोगकर्ताहरुको तर्फबाट कान्तिपुरलाइ चिठी पठाउन सहयोग गरेका थिए, उनको व्यक्तिगत विवरणहरु संकलन गरेर, अफिसमा फोन गर्ने र हाकिमसँग कुरा गरी ती कर्मचारीलाई कारबाही गर्न उत्प्रेरित गर्ने जस्तो नीच कार्य गरेको (र सो कुरा पत्रिकामा प्रकाशित गरेको) पाइयो । अत्यन्तै गैर जिम्मेवारपूर्वक  तँ तँ र म म गरेर लेखिएको सो लेख नेपाली पत्रकारिताको कलंकको रुपमा रहने हामी देख्छौँ।

“पत्रिकामा कसैको ट्विट् छापिनु र ट्विट्को कारणले कसैको जागिर जानु सामान्य कुरा भएको” बताउने कान्तिपुरका पत्रकारहरुले नियतबस ट्विटर प्रयोगकर्ता नाम उल्लेख गर्ने र सोही ठाउँमा अर्काको प्रयोगकर्ताको नाम मेट्नु पर्ने कारण बताउन चाहेका छैनन् । त्यस्तै गरी कुनै व्यक्तिले सार्वजनिक स्थानमा गरेको कुरा उसको अफिसमा लगाएर (अनि, पत्रिकामा छापेर) कुरौटे प्रवृत्ति देखाउनुको कारण पनि बताउन चाहेनन् । पत्रिकामा छापिएका ट्विट्ले कति देश र यस पत्रिकाका पाठकलाई के कति फाइदा वा बेफाइदा भो भन्ने मूल्यांकन नगरी सो कार्यप्रति देखिएका असहमतिका आवाजलाई दबाउन जुन हत्कण्डा गरियो र भइरहेछ सोको विरोध नगर्ने हो भने स्थिति झन भयावह हुने संभावना छ ।

प्रजातन्त्रको सबभन्दा सुन्दर पक्ष वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता हो । जनमतको कदर, आफ्नो विपक्षमा आएका कुराहरुको सालिनतापूर्वक प्रतिरक्षा, अरुको बिचारको कदर र लेखनमा संयमता प्रजातन्त्रका सुन्दर पक्ष हुन । तर, पाठकले कुनै पत्रिकामा लेखिएको कुरा मन पराएनन् वा चित्त बुझाएनन् भने, पाठकभन्दा पत्रकार बढी जान्ने छौँ भनेर घमण्ड गर्नु कतिको जायज हुन्छ ? अहिले विश्वमा नै ‘टप डाउन’ हैन ‘बटम अप’ अर्थात् पाठककेन्द्रित पत्रकारिताको प्रयोग बढिरहेको अवस्थामा पाठकको सामूहिक ज्ञान र विज्ञतालाई संसारले स्वीकार्न बाध्य भइरहेको छ। त्यसैले सीएनएनदेखि बीबीसीसम्मले सिटिजन जर्नलिज्मको प्रयोग गरिरहेका छन्। यदि पत्रकार नै सबै ठाउँमा सँधै सक्षम हुने भएको भए सिटिजन जर्नलिज्मको अवधारणा आउने नै थिएन।  एक हप्ताअगाडि छापिएका ट्विट्लाई लिएर अधिकांस नेपाली ट्विटर प्रयोगकर्ताले आपत्ति जनाएपछि सम्बन्धित पक्षबाट आएका जवाफ योभन्दा पनि अझ डरलाग्दो छ । उदाहरणको लागि केही पत्रकार प्रतिक्रिया हरु (नेपालीमा उल्था गरिएको, यी सबै ट्वीटहरुको स्क्रिनसट tweetdebate.net मा पोस्ट गरिएका छन्):

… -तिमीहरु भुक्दै गर मलाई मतलब छैन (आशिष लुइँटेल) –
… तर तिमीले नपढे पनि मेरो पत्रिका बिक्छ, तिमीले नपढे नपढ (आशिष लुइँटेल)
पाठकले सल्लाह दिन पाउँछन् तर, धाकै सही, पत्रकार ज्ञाता/बिसेषज्ञ हुन | (दिनेश वाग्ले)
… हा हा हा | बन्द नगरिएको ट्वीट र गोपनियता ? सबै मिडियाले ट्वीट छाप्छन | (दिनेश वाग्ले)
… गाली र ताली हाम्रो पेशाको भाग हो ।  हामी हाम्रा १० लाख पाठकका लागि गर्छौ, आधा दर्जन ट्विटर प्रयोगकर्ता को लागि होइन | सरी केटा हो | (आशिस लुइँटेल)
… –आफ्नो क्षेत्रमा असफल हुने हरुले हल्ला गर्छन र जर्नालिजमको कमेन्ट गर्छन .. सरी म सुन्दिन (दिनेश वाग्ले)

( लामो समयदेखिको विवाद भएको कारणले माथि उल्लेखित भनाईको टिपोट राखीएको हो । नमेटाइएको खण्डमा समय लगाएर हेर्ने हो भने सबै इन्टरनेटमा भेटिन्छन् )

पत्रिकाका पाठकहरुले राम्रो र नराम्रो छुट्याउँछन्, आलोचना गर्छन्, र प्रशंसा पनि गर्दछन् लेख रचनालाई लिएर तर यस्तो कुरालाई “भुक्नु” भन्नु आफैमा कति उपयुक्त हुन्छ र “धाक” लागाउने पत्रकारले पाठकको सल्लाहलाई रद्दीको टोकरीमा फाल्ने हो भने के आधारमा विशेषज्ञ  भए त ? पत्रकारिताको बारेमा गरिने कमेन्ट नै नसुन्नेले पत्रकारिता बुझेका छन् भनेर कसरी पत्याउने? पाठक बाबुरा उल्लु हुन् – केही जान्दैनन् भनेर आम पाठकको मान-मर्यादामा आँच पुर्‍याउने खालको धाक दिन मिल्छ पत्रकारले? के ट्विटर चलाउनेहरु कान्तिपुरका पाठक होइनन्?

धम्की र बदला

कान्तिपुरको यस्तो गैर जिम्मेवार ब्यबहारका कारण केही ट्विटर प्रयोगकर्ताले आफ्नो एकाउन्ट नै बन्द गर्नेसम्मको कदम उठाउनु परेको छ।  हेलो शुक्रबारको अफिसियल ट्विटर एकाउन्टबाट एकजना ट्विटर प्रयोगकर्तालाइ ज्यान मार्ने धम्की दिएको आरोप लगाइयो र सो कुरालाई कान्तिपुरमा बिशेष प्राथमिकताका साथ फोटोसहित छापिदिने भनेर धम्की दिइयो । सोही  धम्कीका अनुसार गत शुक्रबार सुनिल रेग्मी (को हुन्, कसैलाई थाहा छैन) को नाममा ‘इन्टरनेटमा संयमता’ शीर्षक भएको लेख पढ्न पाइयो ।

हेलो शुक्रबारमा तँ तँ र म मको शैलिमा लेखिएको लेख। के सम्पादकहरुले यसलाई पढे ?

जिम्मेवार पत्रकारिताको विकास गरौं भन्ने बहस चलिरहेको अवस्थामा आम पाठकलाई “चुनौति” दिने नियतले लेखिएको आधा पेज लामो यो लेखलाई शायद सम्पादकहरुले पढेनन् होला नत्र  अत्यन्त घटिया र तल्लोस्तरको लेख छापिन्थ्यो भन्नेमा शंका छ । सो लेख पढ्दा कान्तिपुरमा बिषयबस्तुको गाम्भिर्यप्रति सचेत भएर लेख लेख्नेहरुको अभाव भएको भान पर्दछ । कुनै पनि पत्रिका, त्यो पनि राष्ट्रिय पत्रिकाले “थुतुनो चलाउनु“, केटो, “गाली गर्‍यो“ जस्तो शब्द को प्रयोग गरेर लेख लेख्दा जनमानसमा कस्तो छाप पर्छ भनेर पनि नजान्ने लेखकको लेख छाप्नु आफैमा बिडम्बना देखिन्छ ।

ट्विटर प्रयोगकर्ताले सिकेको शिक्षा

ट्विटरमा कुनै कुरा लेख्नु र चिया पसलमा बसेर गफ गर्नु झन्डै झन्डै उस्तै भएकोले, आफुले गरेको कुरा चिया पसलमा  जम्मा भएका मानिसहरु बीच मात्र नरहन सक्छ भन्ने कुरा प्रस्ट हुन गएको छ । हुनत, कुनै पनि संस्कार जानेको मानिस कुरौटे हुँदैन र अरुले गरेका गल्ति आफ्नो मनोरञ्जनका सामग्री पनि बनाउँदैन । यस्तो भन्दैमा सबै मानिस राम्रा नहुने हुनाले, अरु कसैमा औँला ठड्याउनु भन्दा आफ्नो सुरक्षा आफै गर्न ट्विटर प्रयोगकर्ताहरुमा आफ्नो ट्विटर खातामा ताल्चा (lock) लगाउने चलन बढेको अनुभव हुन्छ । तर अरु केही ट्विटर प्रयोगकर्ता ट्वीट प्रोटेक्ट गरेर ट्वीट गर्ने पक्षमा छैनन् । उनीहरु अभिब्यक्ति स्वतन्त्रता हुनु पर्छ भन्ने चाहन्छन् र भन्छन् “कसैको सजिलो वा सनकको लागि मनलाई बाँधेर राख्न सकिन्न । हामीले ट्वीट प्रोटेक्ट गर्नु सट्टा उनीहरुले सोधेर लेखे हुन्न? उनीहरुको जागिर सजिलो पार्न हामी हामी तल पर्न हुन्न होला । कि हामीले मान्न परो ट्विटरमा उनीहरुकै कानुन चल्छ।”

धेरै जसो पत्रकारहरुले आचारसंहिता को पालना गर्दछन भन्ने बिश्वास गलत साबित भएको अबस्थामा अरुलाई गाली गर्नु भन्दा पनि आफ्नो तर्फबाट पनि जिम्मेबारपूर्बक ब्यबहार गर्नु पर्ने शिक्षा धेरै ट्विटर प्रयोग कर्ता ले पाएका छन् । तेसैले पछि अफ्ट्यारो पर्ने खालका कुराकानी कम हुन थालेका छन् ।समग्रमा भन्नु पर्दा :

  • सबै जना बिश्वास गर्न लायक हुँदैनन र अरु कसैले गलत काम गर्दैन भनेर नसोच्ने
  • आफ्नो समुह भन्दा बाहिर ट्विटरभित्र भएको कुराकानी बाहिर नजाओस् भन्ने चाहने व्यक्तिले आफ्नो ट्विटर एकाउन्ट बन्द (पास्वोर्ड प्रोटेक्ट) गर्ने।  तर त्यसो गर्दा पनि कुरा बाहिर नजाने कुनै ग्यारेन्टी नहुने हुनाले भबिश्यमा अफ्टेरो पर्ने खालको कुरा गर्दै नगर्ने |
  • नितान्त व्यक्तिगत कुराकानी Direct Message मार्फत मात्र गर्ने |

यसै सन्दर्भमा एकजना ट्विटर प्रयोगकर्ता भन्दछन् – “साँच्चै भन्नु पर्दा, यदि आफ्नो ट्विटर पोस्ट सबैले नपढोस् भन्ने लाग्ने मान्छेले ट्विटर एकाउन्ट खुल्ला राख्नु मुर्खता हो । यसको साथसाथै, त्यसरी बन्द गरिएका ट्विटरमा पोस्ट गरिएका कुरा पनि कसैले छाप्छ भने त्यो पनि मूर्खता हो ।”

यो कुराबाट के प्रष्ट हुन्छ भने, खुला नभए पनि ट्विटर एकाउन्टको कुरा ट्विटर बाहिर फैलने सम्भाबना उत्तिकै रहन्छ । त्यस माथि, इन्टरनेट सम्बन्धी प्रष्ट कानुन नभएको नेपाल जस्तो मुलुकमा कसैले ट्विटर एकाउन्टको कुरा सार्वजनिक गरेको खण्डमा पनि कस्तो खालको सजाय गर्ने वा नगर्ने भन्ने कुरामा नै अन्योल छ । त्यसैले आफ्नो थैली बलियो बनाउने र अरुलाई चोरको दोस नलगाउनुमा नै बुद्दिमानी हुन्छ भन्ने कुरामा दुई मत नहोला ।

नेपालको पत्रकार आचारसंहिता

पत्रकार आचारसंहिता कतिको सान्दर्भिक वा सही छ भन्ने अर्को बहसको पाटो होला तर, अहिले उपलब्ध यस पत्रकार आचारसंहिता, २०६० (परिमार्जित, २०६४) मा उल्लेख भएका केही बूँदाहरु बर्तमान ट्विटर बिबादको सन्धर्बमा के भन्छ भन्ने तल बिश्लेषण गरिएको छ |

पत्रकार र सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने कर्तव्य:
६) गोपनीयताको हकको सम्मानः सार्वजनिक हितमा प्रतिकूल असर पार्ने बाहेकको अवस्थामा वैयक्तिक एवं व्यवसायिक गोपनीयताको सम्मान गर्नुपर्छ ।
साधारण प्रयोगकर्ताले ट्वीटरमा गरेका वार्तालाप (प्रतिष्ठित व्यक्तिहरुको मामला फरक हुन सक्छ) आफुलाई फलो गर्ने मानिसहरुलाइ भनेर उनीहरुले बुझ्ने भाषामा गरिएको हुन्छ । तेस्तो बार्तालाप अरुले नबुझ्ने वा बुझेमा पनि उल्टो बुझ्ने हुन सक्छ तेसैले त्यस्ता कुराहरूलाइ पत्रिक छाप्नु र एउटा चिया पसलमा भएको वार्तालाप छाप्नु उस्तै उस्तै हुन सक्छ । हेल्लो शुक्रबारमा छापिएका ट्वीटहरु सार्वजनिक हितमा प्रतिकूल असर पार्ने खालका थिएनन् र वैयक्तिक एवं व्यवसायिक गोपनीयताको सम्मान नगरेको प्रष्ट देख्न सकिन्छ ।

८) शिष्ट व्यवहार
हेलो शुक्रबारका संयोजक आशिस लुइँटेल र राम्रो पत्रकारका रुपमा नाम कमाएका दिनेश वाग्लेले अशिष्ट रुपमा प्रस्तुत भएका थिए । व्यक्तिगत कुरा नगर्ने हो भने पनि, हेल्लो शुक्रबारमा पछिल्लो शुक्रबार छापिएको लेखले शिष्टताको सामान्य परिधि पनि नाघेको थियो ।

९) गल्ती सच्याउने तत्परताः
गल्ती मानेमा मात्र गल्ती सच्याउने कुरा आउँछ । पत्रकारहरुबाट गल्ती नै हुँदैन भन्ने आशयको जवाफ दिने पत्रकारहरुबाट भूल सुधार त परका कुरा भए ।

अब पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने भनिएका विषयमा प्रवेश गरौं ।
४) निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने
कान्तिपुरको शुक्रबारे परिशिष्ट हेल्लो शुक्रबारमा अहिले आशिस लुइँटेल नै सर्वेसर्वा हुन् । दिनेश वाग्ले कान्तिपुरको शनिबारको संयोजक हुन् । अर्थात्, शुक्रबारको सप्लिमेन्टको सामग्री व्यवस्थापनदेखि सबै कुरा लुइँटेलकै हातमा भएकोले उनले आफ्नो अभीष्ट पूरा गर्न सुनिल रेग्मी नामका कहिले नाम नसुनिएका व्यक्तिलाई प्रयोग गरे ।

८) हिंसा, आतंक र अपराधलाइ प्रोत्साहन गर्न नहुने
पहिले नै ठूलो बहस भइसकेको बिषयमा आक्रोशित भएर लेख छाप्दा फेरि अर्को रोश उत्पन्न हुन्छ भन्ने थाहा पाउँदा पाउँदै आगोमा घ्यू थप्ने काम भएको छ | प्रष्ट रुपमा “मेरो ट्वीट छाप्न पाइन्न” भनि ट्विट गरेका व्यक्तिको कुरा छानी छानी उत्तेजित गर्ने अभिप्रायले छापियो । जब उनी उत्तेजित भएर कुरा गर्न थाले तब “ज्यान मार्ने धम्की दिएको“ कुरा लेखेर पत्रिकामा छापियो ।

१०) घटनासँग असम्वन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने
एकजना ट्विटर प्रयोगकर्तालाइ उनको कार्यालयको नाम जोडेर पत्रिकामा छापियो । उनले आफ्नो व्यक्तिगत ट्वीटर अकाउन्टबाट ट्वीट गरेका थिए, न किउनले काम गर्ने कार्यालयको । अझ उदेकलाग्दो कुरा त उनको कार्यालयमा समेत फोन गरेर “कम्प्लेन” गरेको व्यहोरा भेटिन्छ सो लेखमा ।

११) तथ्य बंग्याउन नहुने
अघिल्लो साता एक जनाकोको ट्वीट छाप्दा त्यसमा सम्बोधन गरिएका अर्का प्रयोगकर्ताको नाम मेटेर प्रकाशित गर्दा तथ्य बंग्याइएको देखिन्छ | एउटा ट्विटर पोस्ट लाइ अनुमति बिना अंग्रेजी बाट नेपालीमा उल्था गरेर पनि छापियो ।

यसरी यी बुदाहरुलाई सरसर्ती हेर्दा कान्तिपुरको हेल्लो शुक्रबारले पत्रकार आचारसंहिताको उल्लंघन गरेको देखिन आउछ | अझ सूक्ष्म रूपले केलाउँदै जाने हो भने अरु बढी उल्लंघनका प्रमाण देखिन सक्छ ।

मानवीय ब्यबहार आचरण नै हो भन्नु पर्ला आफु प्रतिकुल हुदा आफ्ना साथीभाई आफन्तजन को कुरा काट्ने । त्यसमा पनि न त हाकीमले हम्मेसी मातहतको कर्मचारीको न गुण गाउँछ न मातहतका कर्मचारीले हाकिमको कम्तिमा एक पटक भए नि कुरा काट्न छोड्छ । यो त जीवनको एउटा पाटो नै हो नि । नेपाली प्रयोगकर्ताको लागी ट्विटर दैनिकीको एउटा भाग हो । कुनै जिम्मेबार व्यक्तिले त्यस्तो कुरा सुनेर सो कुरा गर्ने व्यक्तिको व्यक्तिगत विवरण पत्ता लगाएर कम्प्लेन गर्न जानु कत्तिको जायज हुन्छ सबैले सोच्न सक्दछन् | राम्रो कुराहरुको बारेमा एक वाक्य पनि लेख्न नचाहने, अनि कहाँ कसले कसको कुरा काटिरहेको छ भनेर खोज्दै हिँड्न पत्रकारहरुलाई सुहाउँदैन ।

कसैको व्यक्तिगत कुरालाइ पत्रिकाको पानासम्म ल्याउनु भन्दा बरु ट्वीटरबाटै शुरू भएका राम्रा काम हरु जस्तै समाजसेवा गर्ने @tfcnepal, स्वस्थ बादबिबाद गर्ने #tweetdebate, नेपाली समयको जानकारी दिने @ghanta_ghar लोडसेडिङको समयबारे जानकारी दिने @tweetneag1 आदिको बारेमा पढ्न पाए पाठकहरुलाई पनि फाइदा हुने थियो होला ।

र अन्तमा , यस काण्डका मुख्या सुत्रधार मुखेन्जी ” म गज्जबले हाँसिरहेको छु । म किन ट्विटरमा हिरो बन्नु पर्‍यो ?१०लाख भन्दा बढीले मलाई हप्तैपिच्छे पढ्छन् यो ५हजारको बीचमा मलाई कुनै र्‍याल काढ्नु छैन् ” भनिरहेका छन् तर नेपाली ट्विटर प्रयोगकर्ता पनि चुप छैनन्, सबै आ-आफ्नो तर्फबाट असन्तुष्टि जनाइरहेका छन् ।

61 Comments

  1. त्यस्तो त दिनेश वाग्लेलाई मैले एक बुज्रुक युवा पत्रकारको रुपमा बुज्दै आएको छु। उहाँ भलै सही हुनुहोला तर “पाठकले सल्लाह दिन पाउछन् तर,धाकै सही, पत्रकार ज्ञाता/विशेषज्ञ हुन् । डाक्टरलाई विरामीले उपचार कसरी गर्ने सिकाउदा त्यो अप्राकृतिक देखिन्छ ।” जस्तो अहंमतापूर्ण वाक्यांसबाट आफ्नो बचाउ गर्नु हुन्छ जस्तो लागेको थिएन। मेरो विचारमा उहाँले यस्तो वाक्यासं मजाकमा पनि लेख्नु उपयुक्त हुँदैन, उहाँ सदैव तथ्यपरक हुनुपर्दछ। कान्तिपुर जस्तो पत्रीकाको पाठक सबै पत्रकारिताको मर्म नबुझ्ने हुस्सु छन् भनेर सोच्नु आफैमा गलत हो, अझ अनुजा प्रकरण लगाएतका घटनाहरुले हाम्रा ज्ञाता/विशेषज्ञ पत्रकारहरुमाथी प्रशस्त संका गर्ने ठाँउ दिएको छैन र? र अन्त्यमा, जब डाक्टरले विरामीको पेटमा चक्कु राखेर सिउन खोज्छ, बिरामीले पनि त्यस्तो नगर भनेर बोल्न पाँउनुपर्दछ।

  2. कान्तिपुरको ढुई भुल १. अनुजा काण्ड २. ट्विटर काण्ड. एस्तो एस्तो घटना दोहरिनी हो भन्या त १ दिन कान्तिपुरको अबस्ता के हुनेहो त्यो थाहा छैन .

  3. सोधी न सोधी छाप्ने पत्रिका को पनि दोष हो र private चिज open setting मा राखेर tweet गर्ने को पनि दोष हो | तेश बाहेक त्यो आशिष लुइँटेल लै ज्यान मर्ने धम्कि छ दिए को मलाई लाग्छ , अनि यो कुरा लाई ballon फुलाए जस्तै फुलाउने को पनि दोष छ , tweet english to nepali translation भयो भनेर कुरा उठे को छ , मन्त्रि हरु को भासन पनि english to nepali translate हुन्छ | र twitter privacy को कुरा गर्ने १जाना मान्छे(को हो भनेर थाहा नै होला) को website मा नै private video (p0rn) र facebook बाट झिकिए को फोटो छ | यो बेला छ वहा लाई privacy को ख्याल भएन ?

    • कुरा ठिकै हो | ब्रोले xnepali.com को कुरा गरेको होला – .. आशिस ब्रोले जस्तो गरेर देखावोस न … अरुको आङ को जुम्रा मात्र केलाउन हुन्छ त ?
      के के न पढेको छु भनेर फुर्ती लागाको होला नि … तेस्ता पिएचडी त जसले पनि गरेका हुन्छन …

  4. अरुले आफ्नो ट्विट बिनाप्रसङ्ग र तोडमोड गरेर छापेकोमा असन्तुष्टि जाहेर गर्दा रिसानी भईबक्सि पत्रिकाबाटै रीस पोख्न, ट्विटरमा पनि दिनेश-वाग्ले-प्रभुकै तालमा आफ्नो एकाउन्टबाट प्रवचन दिन र झुठा एकाउन्टहरु बनाएर फोहोर-क्षर बोली गाली गर्नसकिबक्सने हामी सबैका पथ प्रदर्शकहरु, हाम्रा रक्षक, कान्तिपुरजस्तो महान र अपरिहार्य संस्थाका एक सय एक होनहारहरु मध्ये एक आदरणिय आशिष लुईँटेलज्यू स्वयँलाई भने सार्वजनीक स्थलमा आफ्नो तस्विर खिच्ने मान्छे एकदम घिनलाग्दो लाग्छ रे।

    नपत्याए यी हेर्नुस: http://twitter.com/#!/Aashisluitel/status/62426188374749184 , केहि गरी यो ट्विट मेटाइएको भए यहाँ पनि छ: http://oi56.tinypic.com/f5boec.jpg

    हामीलाई त किन घिन लाग्थ्यो र तपाईँहरुदेखि, हामी त पूजा गर्छौँ नि तपाईँहरुलाई, धुपको धुँवाले खोकी लाग्यो भनेर हामीलाई गाली र रीस नदिनुस् है, फेरी हामीलाई नरक मिल्ला नी ?

  5. ye! this war is between “नागरिक” र “कान्तिपुर” !!!,
    हैन कति भेडो हुदो हो मान्छे पनि, कस्ता कस्ता सोच !!!
    ….. मानसिक दरिद्रताबोध अलिकति नि नहुने ??

    • होइन , के लाएर हेर्‍यौ हौ भाई , कता देख्यौ नागरिक र कान्तिपुर को वार ? हाम्ले त त्यस्तो केही देखेनौ ?

    • On what basis, r u saying that this is a war between Kantipur and Nagarik. I thonk you have some prejudice about Nagarik or Kantipur. But if you see the article, it nowhere says that the bloggers do not like either of these papers. This is about ethics applicable to journalists and will be applicable to each and every paper.

      • YES, if you go through each and every comments and related article you can find yourself too the same (if you are not bias). I am not even blaming to the blogger, Salokya Ji has done his great work to make this issue publish on board, that’s why we (including me) know and understand the topics clearly (you too). This is we reader make the issue complicated without knowing the truth.

        This is only that I am not satisfied with the readers comments and posted my view, you can say me arrogant similar like the pointed journo. But don’t you guys think that as a common man you too have some responsibilities toward maintaining law and order. What type of democracy you are expecting if you (its me too) are not disciplined. When you (here “you” means the mass) are pointing out the issue of exposing somebody’s “personal matter”. Did anybody, any readers who commented down to explore the issue, have commented against those irresponsible sentences at webspace (which is not privatised).

        People are talking here about law and ethics, who usually ride bicycle at footpath, crossing road down from overhead bridge, even debating about assurance of “personal matter” exposed at community palace.

  6. आशीष लुइँटेल नामधारी केटो पत्रकार कहिल्यै थिएन, ऊ त एउटा सामान्य पाठकपत्रकार हो । कान्तिपुरले उसलाई नचाहिँदो पाराले ‘हिरो’ बनाएको हो । ऊ स्तरहीन पाठकपत्रकार हो र आफूलाई प्रविधिको धुरन्धर ज्ञाता ठान्ने तुच्छ ‘जानकार’ हो ।

    • असाध्यै मनासीव कूरा गर्नुभो प्रज्ञाजी । त्यो मान्छे पाठकपत्रकार बाहेक अरू केहि हैन । तेसको भाषा हेर्नूस त कस्तो तुच्छ छ ।

  7. मेरो जानकारिमा आएसम्म आषिस लुइटेल ले पत्ररकारिता बिषयनै पडेका छैनन।आफ्नो क्षेत्रमा काम नगरेर ‘इन्तेरेस्ट’लाग्यो भन्दैमा मनोमानि त गर्न मिलेन नि आषिस जि।तपाइ जस्तो ‘भलादमि’ र अरुको ‘रोल मोडल’ले यसरि आबेगमा आएर त-त र म -म गर्ने ।आफ्नो इज्यत र (आफ्नो नँभए) समाजको मर्यादा त राख्नु पर्ला नि।

  8. लुईटेल भाईलाई सुझाब:

    भाई तिमि आफुलाई स्व:घोषित “टेक-जर्नालिष्ट” ठान्छौ, अहिले सम्म टि्वटर र माईसंसारमा जे जतीले कमेन्ट गर्नु भएको छ, उहाहरु तिमी जस्तो “टेक्नोलोजीको एक्सपर्ट” नभए पनी कम्तिमा टेक्नोलोजिमा रुची राख्नेहरु हुनुहुन्छ भन्नेमा तिम्रो पनी दुईमत नहोला (हुन त तिमीबाट के नै आष गर्नु छ र ??)… कुनै पनी पत्रकारले एउटा धार समाते पछी त्यस्को “टार्गेटेड अडियन्स” भन्ने हुन्छ भन्ने कुरा तिम्रो जर्नालिजममा पढेकै हौला.. र अहिले सम्मको फिडब्याक र कमेन्टहरु हेर्दा, कसैले तिम्लाई र तिम्रो लेखलाई रुचाएका छैनन्, त्यसैले अहिले जुन “ईलुजन”मा छौ त्यसबाट बाहिर निस्क.. आफ्नो घमण्ड त्याग.. अरुको बिचारलाई सम्मान गर्ने बानी बसाल… हैन भने आफ्नो “टार्गेटेड अडियन्स”लाई चित्त बुझाउन नसक्ने पत्रकारिता नगरेकै राम्रो…

    साह्रै टेन्सन भएको छ भने यस्सो धुलीखेलको रिसोर्ट तिर गएर २-४ दिन बस, सोच… केही बिग्रेको छैन; प्रचण्ड त जान्छन्, तिमी त जाबो एउटा पठाक रिझाउन नसक्ने पत्रकार.. 😉

  9. यो आशिष भन्ने को लेख मा नया कुरा हुन्छ भनेर संधै हेल्लो sukrabar मा yesko लेख हेर्ने गर्थे तर यो त निम्न कोटी को सोचाई भाको मान्छे पो रहेछ.

  10. नेपालमा किनहो यस्तो चाटुकार हरु को बिगबिबी फैलियको! आखिर किन यसरि आशिस लुइटेलको उछितो काड्नु पर्यो ?आफुले चाही जे लेखेपनि हुनु अनि आफुले लेखेको कुरा अरुले छाप्यो भनेर किन रुनु पर्यो पहिला आफु राम्रो बनौ अरु लाई केहि भन्नु पर्दैन/

    • सहि भन्नु भो सरला जी 😉
      मैले पनि तेही भनेको, पहिला टुडिखेल सबैको साझा हो भनेको हो पछि फेरी टुडिखेलमा कुरा मात्र नगरी फोटो पनि खिचेचन रिसै उठ्ने भन्या, कुरा गरेको टिप्न पैंचा भन्या हो फोटो खिचन त पैदैना नि कि कसो सरला जी 😉

  11. एदी माथिका विवरण एकतर्फी नभई सत्य हुन् भने मेरो प्रतिक्रिया :
    आशिष लुइँटेल (हाल KU का बिद्यार्थी ) र दिनेश वाग्लेको लेख केहि महिना / बर्ष देखि कान्तिपुरमा निकै नै छापिदै आएको छ , वाग्लेको त सनिबारको बिसेष पन्नामा समेत २-३ ओटा सम्म लेख छापिन्चन … यिनीहरुले आधुनिक बिसाए बस्तु समेट्न खोज्छन, त्यो नया पुस्ताको लागि राम्रै खुराक मान्न सकिन्छ , तर के पत्रकारिता एतीमई मात्र सिमित हुन्छ ?? उसले लेख्ने, बोल्ने र पस्कने कुराको समाजमा कस्तो प्रभाव राख्छ भन्ने कुरा ध्यान दिनु पर्दैन ?? पहिले पहिले यिनीहरुको आर्टिकलहरु पड्दा वाह , बाफरे कति ज्ञान रहेछ जस्तो भ्रम पर्यो मलाई तर एकदिन मैले यिनीहरुले लेखेका कुरालै गुगलमा search गर्ने निर्णय गरे , परिडाम हुबहु copy paste आर्टिकल पनि भेटे … चाहे त्यो ब्रायन आदमको होश चाहे इलेक्ट्रोनिक ग्यजेट्स हरुको होश … एदी येस्तई कुरा लेख्नु थियो त पत्रकारिताको धर्म अनुसार स्रोत लेख्नु पर्दैन ?? आशिष लुइँटेल अल्लारे केटा हो त्यो उसको उमेर र उस्ले ब्यक्त गरेका कुराले नै पुस्टि गर्छ , जस्तो कि “तिमीहरु भुक्दै गर मलाई मतलब छैन … तर तिमीले नपढे पनि मेरो(??) पत्रिका बिक्छ, तिमीले नपढे नपढ ” एसको मतलब प्रतिक्रिया ब्यक्त गर्ने पाठक कुकुर हुन् ??? निकै आपतिजनक कुरा हो यो …. अर्को कुरा उनि भन्छन ” म मेरा व्यक्तिगत संतुस्तीको लागि लेख्छु ” पाठकको संतुस्तिको लागि कहिले लेख्ने मित्र, कि तपाई एक जनाको लागि मात्र पत्रिका छापिन्छ ?? .. कान्तिपुर पत्रिका तपाइको निजि डयेरी होर निजि संतुस्ती को लागि मात्र लेख्ने ?? अनि हामी तपाइको निजि संतुस्तिको साधन बनिदिनु पर्ने ??? पाठक प्रति उत्तरदायी हुन सिकौ … तपाई जस्ता नया पिढीबाट देशले धेरै आश गरेको छ … घमण्डले खरानी बनाउछ …
    अब यी वाग्लेले आफुलाई के सम्झेर एस्तो भन्दै छन् ” धाक नै सहि कान्तिपुरका केटाहरु ज्ञाता/बिसेषज्ञ हुन् !!! चाहेको बेला जसलाई पनि हेरो अथवा हेरोइन बनाउन सक्छ !!! अरु कसैले गर्न सक्छ???? ” यो कान्तिपुरको नभई एक घमण्डी पत्रकारको अहम्को पराकाष्ठा हो … कान्तिपुरको सबै पत्रकारको ठेकेदार हुन् यी वाग्ले ?? कि देशमा तपैले चाहेका मात्र नायक वा खलानायेक हुनु पर्ने … अहंकारको पनि हद हुन्छ दिनेश जी , सम्म्यमित हुनुष … फलेको हाँगा निहुरेको हुन्छ मित्र एती ज्ञान त हुनु पर्ने … एस्त प्रवृति कान्तिपुरमा मात्रै होइन सबै तिर ब्याप्त छ , आखिरमा पत्रकारिता पैसा कमाउने धन्दा जो भएको छ …
    हुन त येस्ता गोपनियेता नरहने खुला सामाजिक संजालको कुरालै लिएर धेरै गलफत्ती गर्नु जरुरत पनि छैन..२ झगडियाहरु बिचको निजि कुरा भएको भए कुरा बेग्लै हुने थियो … तर एउटा संस्थासंग जोडिएर पाठकहरुको ब्यक्तिगात मान मर्दन गर्ने केहि घमण्डीहरुले गर्दा सिङ्गो संस्था नै बद्नाम हुन्छ … तेसैले प्रकासक र सम्पादकले एस्लाई सिरियेस्ली लिनै पर्छ … एस्तो चलाएमान संसारमा पाठक संग थुप्रै बिकल्प छन् , यौटै पत्रिका संग टासिएर बस्न जरुरत छैन …इस्मरण रहोश पत्रकार भन्दा धेरै बिबेकसिल र ज्ञानी नेपालमा लाखौ भैसके … यो २० वर्ष अगीको नेपाल होइन, सुचनामा जनताको व्यापक पहुच छ …

  12. well i think he is not journalist…who really works for the civil.A journalist has always respect towards civil either they are his supporter or his protester….the man above is jst a person who is intrested in writing….he came in twitter as normal user and give out all the privacy of TWITTER wid his word in paper…he jst did it to gain some bundels from his work…nthng more thn this….the one who publicy speaks such words to readers can only b the person intrested in his hobby…we cant name him as journalist….as wester culture he jst copied a trick to b famous….m sure he will nvr gonna ba a good jounalist in future coz we can see the condition of our polticers in nepal as they do the same..BETRAYED….ashis b aware…i think u have forgot the anger of common nepali plp…..

  13. सुझाव दिने त्यस्ता व्यक्तिहरुलाई हो जसको पोजिटिभ एटिच्युट हुन्छ । आशिष जस्ता नेगेटिभ एटिच्युट भएकाहरु पाठकलाई यस्तै गवार ठान्छन् । उनी पत्रकारितामा बच्चै छन् । त्यसैले तर्कभन्दा ढिपीपन उनमा ज्यादा छ । आशिष भाइ तिमी पत्रिकामा नै अरुलाई अपमानजनक शब्द प्रयोग गर्दारहेछौं । तिमीभित्र ठूलो इगोको पहाड छ, त्यसलाई ढाल । फलेको वृक्षको हागो नझुकेको कहा छ र भन्ने त सुनेकै हौला । अनी मात्र तिमी प्रगती गर्न सक्छौ । यथार्त खोज । आफूलाई दश लाखले पढ्ने दावी गर्र्यौ तर तिम्रो हेले शुक्रबार म खाना खादा भात खस्छ कि भनेर थालको मुनि बिछ्याउछु किनकी तिमीले म जस्ता हजारौं पाठकलाई गवार नै सम्भिmरहेका छौ र टापटिपे लेख लेखेर बुद्धिमान बन्ने प्रयन्त गरिरहेका छौं । तिम्रो लेखनी देख्दा मलाई साच्चिकै दया लाग्छ । तर पनि म तिम्रो शुभचिन्तक हु । कम्तिमा अरुको विचारको कदर गरे ।

  14. पहिले पनि यस्तै किसिमका ठुला बडाका गफहरु “बेलाको बोली” भनेर विभिन्न पत्रिकाहरुमा छापिएकै थियो, त्यस कुराको किन खिचातानी भएन भने त्यो सबै मर्यादित शब्द द्वारा समसामयिक बिषयबस्तु माथी दिइएको प्रतिक्रिया हुन्थे | अहिले को अवस्थामा हामी प्रयोगकर्ता पनि अनुशाषित स्वतन्त्रताको उपयोग गरौ | कुनै पनि अमर्यादित कार्य वा उछ्रिखंलतालाई समाज सामु ल्याएर उचित ब्यबस्थापन गर्न सघाउनु पनि एउटा पत्रकारको कर्तब्य हुन्छ | आशिष लुइँटेलको निम्न ट्विट पढे पछी मेरो पूर्ण समर्थन छ |
    …………………..>>>
    Aashisluitel Aashis Luitel
    हो मनमा लागेको कुरा राख्न पाइन्छ तर त्यसको पनि त एउटा सिमा हुन्छ । फेरि भन्छु ट्विटर दादागिरी देखाउने थलो हैन ।
    25 Apr »
    Aashisluitel Aashis Luitel
    के हो स्वतन्त्रता भनेको ? समाजमा अपाच्य शब्दका भकारी हुन यी ट्विटर फेसबुक र व्लग ? एउटा पत्रिकाको सम्पादकलाई भएभरको गाली थुपारेर देश बन्छ?
    25 Apr »
    Aashisluitel Aashis Luitel
    थोरै मात्रैको पहुँच छ इन्रनेटमा त्यसमा जति छौ सबै बुझ्ने र देशका होनाहार नै छौं तर हाम्रो यो छाडा प्रवृत्ति छि छि छि ।
    25 Apr »
    Aashisluitel Aashis Luitel
    इमान्दारिता र आचरणबारे म अनविज्ञ छैन । देशकै सबेभन्दा ठूलो प्रकाशन गृहको जीम्मेवार पदमा छु । तर म घमण्ड गर्दिनँ ।
    ………….>>>
    || जय जनता ||

    • मित्र मैले पनि आशिष जी एकदम राम्रो मान्छे भनेको छु, म पनि उहासंग एकदम सहमत छु 🙂 के गर्ने त्यो त्वित्तेर चलाउने केटाहरु ले बुझ्दैनन्, अब हुदा हुदा कान्तिपुर जस्तो पत्रिकाको पत्रकार संग जोरी खोज्न गयेचन 🙂 कान्तिपुरले १ नुम्बेर को गुन्डा हो भनेर चप्दिन्चन अनि समाजमा मुख देखौना लाज 🙂
      कान्तिपुरले जे गर्छ राम्रो गर्छ, जय होस् कान्तिपुर को 🙂

      कान्तिपुर फल्छ फुल्छ अनि पाकेर प्यात्त भुइमा झर्छ \म/

  15. what the journalists said is unacceptable and shameful (even considering they are using their personal accounts). But on the privacy part of Twitter, I strongly believe whatever is on the web is on public domain, meaning that others (including search engines such as Google) can access it.

    Having said that reproduction of the online content (personal tweets in this case), to print media is matter of moral issues and violating privacy issues rather than violating copyright issues.

    For this the newspaper should apologize/compensate to the affected parties who feel their privacy has been violated. As simple as that.

  16. सचीकयी अब नेपाली पत्रकारिता मा अनिबार्य पत्रकारीता education होल्दर हरुलाई मात्र place देनुपर्नी बेला आयको छ यदी त्यो पत्रकार लाई social नेटवर्क र आम संचार बिचमा फरक chutaaauna aaohदena भन्य त्यस्ता पत्रकार बाट अरु k आशा गरनी ! पत्रकार हरु को one शब्द ले संसार मा कती फरक पर्छ भनी थाहा नभय संसार पत्रकारिता को इतिहास र यसको प्रयोग र दुरुप्रयोग लाई पdhaन हुन अनुरोध छ हई पत्रकार साथी हरु ! यस्ती पत्रकार को शब्दह चित्रमा म पनी पrayaर को छु जसले गर्दा जिन्दगी को मोडलाई परीबतन गरीदीयो! पत्रकार.साथीहरु तpaई हरु को हातमा कलम छ भंदीमा arukoको बaचानी aधीकार नाcheeनादा नी बेस्ट होला !

  17. मलाई थापा केही भन्नु छैन । ती मित्र मेरा अफिसको हाकिम सम्म पुगेछन गुहार्न । मलाई त्यस्तो उल्का वास्ता त छैन भएनी ती मित्रको नैतीक धरातल देखेर । मैले त्यस्तो उल्का offensive केही लेखेको छैन र Twitter मेरो लागि Diary हो । म यस्मा मनमा जे कुरा आउछ सिधा लेख्छु । मेरो कसैप्रती दुराग्रह या खराब भावना छैन । म अरुले के भन्छन त्यस्को खासै मतलब पनि राख्दिन । र मेरो Twitter Account मेरो Property हो किन भने यस्लाई म संचालन गर्छु । यस्मा चियाएर कतिखेर अलिक joke या अलिक बिबादास्पद कुरा लेख्छ र अनी छापौ, अफिसमा कुरा लाउन जाउ भनेर बस्ने हरु पतीत हरु हुन । तिन्ले ठुला कुरा गरेको सुहाउन्न । अझ तिनै मान्छेले ठुला कुरा गरेर अमेरिकाको उदाहरण देको चाँही फिटिक्कै सुहाएन ! तिनी ठुला मान्छे होलान, पढेका होलान तर Protect नगरेको Tweet मेरै हो भन्नु चाँही अर्काको बुढीले मंगलसुत्र नलाको हुँदैमा दाबी गर्न जानु जस्तै हो । जहाँसम्म तँ तँ Language को कुरा छ, तिन्को बुद्दी नै त्यती छ के लेखुन, तर म आसिस लुइटेलले तँ भन्ने हैसियतको मान्छे चाँही पक्कै होइन । र अन्त्यमा हामी यो कुरालाई अनाबस्यक बढी चर्चा गरेर केही गैरजिम्मेवार मान्छेहरुलाई हिरो बनाउदै छौ, त्यसैले म यस् बिषयमा थप बहस गर्न चाहन्न । जल्ले लेख्नुभो वहाँहरुलाई धन्यवाद । आसिस लुइटेल ले देको Europe America को उदाहरण मा मेरो भन्नु केही छैन । बिचरा “डढ्या मुखलाई खुदो हाल्या सातु” :))

  18. Twitter from Ashis Luitel,”””Aashis Luitel
    म एउटा पत्रकारको हैसियतले समाजको विकृतिलाइ (पनि) भण्डाफोर गर्छु , त्यसैको एउटा कडि हो अहिले भइरहेको ट्विटर विवाद!!!
    मलाई कसैलाई सम्झाउनु छैनतर यत्ति हो अनावश्यक कुरामा समय नफालौं । आफ्नो जीममेवारीबाट कोही पछि नहटौं ।!!!:”””””

    IS he really a journalist????? If so shame on him

  19. “धाकै सही, कान्तिपुरका केटाहरु ज्ञाता/बिसेषज्ञ हुन”

    यसले के जानुउछ भने भविष्यमा “अनुजा बानिया” समाचार बारम्बार धोहरिने छ कान्तिपुरमा हैन त साथीहरु ????

  20. भने पछि यी ठेट्नाले आफूलाई public figure ठान्दा रहेछन् / यिनको मानसिकता बुझि हालियो नि /

  21. आशिष र लुइँटेल आझै पनि कुवा भित्रै सिमित रहेर पत्रकारिता गर्दा रहेछन येस्ता पत्रकारले खै के नेपाललाई योगदान गर्लान ? प्वाक्क केहि बोल्नु भन्दा तेस्को आर्थ पहिला बुझ्न जरुरि छ ? तेसैले येसो फुर्सदमा पत्रकारिता र tweet को अर्थ google मा खोज्नु होला

  22. केहि हैन … २…४ .. जना अलकांचा ठेट्नाहरु ले twitter war मार्फत चर्चा बटुल्न खोजेका हुन् … येस्ता कुरालाई धेरै भाउ दिन हुन्न …. भारत मा modi र tharor ले चर्चा पकोझई पाउला भन्ठानेको हुनुपर्छ …..

  23. लाटा देशका गाडा तन्नेरी हरु …………सबैलाइ मुर्ख नै सम्झनछन् …….येस्ता पत्रकारको के मुख लाग्नु !!

  24. Twitter, Facebook or any other online media is a public platform and it is always good to keep your personal messages, feelings, frustrations away from such platforms.

    Despite the fact that anything posted on such platform is already public, journalists should not use any personal tweets or messages that do not have any link with a bigger issue. Also, if any message is potentially harmful to anybody, journalists should refrain from using such messages. Do not forget the “minimize harm” principle you have learned in journalism 101 if you have ever taken a course in journalism. In case you have to use such personal messages, use them only if the benefits of using them outweigh the harms of not using them.

    After going through all the debate, I guess Ashish, and even Wagle, needs to grow up.

  25. writing cheap weekend reads doesn’t make you a journalist. think (n that only if u can)twice before calling yourself one. you have already trashed out the journalism ethics by your deeds and foul mouthing people just to defend urself. its futile Mr. Luitel and Mr Wagle (i assumed at least Mr. Wagle to be a good journalist but it seems you are just one who has gone up only because of an above-average command in english writing). shame on you people. quit if u can’t do your job properly.

  26. व्यवसायिक धर्म भुलेको, मै मात्र जान्ने सुन्ने हुँ भन्ने दम्भ भएको पत्रकारको के मुख लाग्नु !!

  27. चित्त नबुझे सर्वोच्च जाने … मुद्दा हाल्ने … privacy violation को compensation माग्ने … नेपाली हरु बादर जस्तै हरेक कुरा मा झगडै गरि राख्नु पर्ने …morons

  28. राष्ट्रको चौथो अंग भनिने पत्रकारहरूको यस्तो ‘बेहोरा’ ? थुतुनोमात्र नचलाएर व्यक्तिगतरूपमा चुक्ली लगाउनेजस्तो निकृष्ट कार्यमा पत्रकारहरू लाग्नु निन्दनीय कुरा हो । दशौं लाख पाठकका लागि लेख्ने भनेर धक्कु लगाउनेहरूको यस्तो चालालाई आमपाठकले अवश्य पनि निको मान्नेछैनन् ।

  29. गत महिना भरी नेपाली इन्टरनेट दुनियाँमा चर्चा पाएको विषयलाई समावेश गरेकोमा माईसंसारलाई धन्यवाद। यस बारेमा हाम्रो राय यहाँ पनि राखि सकेका छौँ।
    http://meroreport.net/profiles/blogs/6365517:BlogPost:8723
    सामान्य सहमतिमा मिल्नु पर्ने विषयले यो उत्कर्ष लिएकोमा केहि दुख लागेको छ, तर त्यो भन्दा पनि वादविवाद को होडमा नेपाली ट्विटर प्रयोगकर्ताले अपनाएको संयमता, सहकार्य र सन्तुलित तवरले आफ्नो सृजनशीलता लाई उपयोग गरेकोमा धेरै हर्ष लागेको छ। जबकि राष्ट्रिय तहका कहलाइएका पत्रकार मित्रहरूले हरेक मोडमा आँफु र आफ्नो पेशाको मर्यादा कुल्चेर यि बुलन्द आवाजलाई दबाउने दुष्प्रयास गर्नुभयो ।

    माईसंसारका पाठकले के बुझ्नु जरुरी छ भने, यस घटना बाट हामीले कान्तिपुर मार्फत आधिकारिक क्षमा याचना को आशा गरेका छैनौँ। हामीलाई कुनै संस्था वा व्यक्ति प्रति द्वेष छैन र आगामी दिनमा पनि हाम्रो सोचाई पाक्षिक हुने छैन। हामी सोच परिवर्तनको खोज मा छौँ। इतिहास साक्षी छ – कुनै पनि राजनैतिक दल वा संस्थाले आफ्ना कार्यकर्ताको कर्तुत बारे क्षमा याचना का विज्ञप्ति निकालेर सार्वजनिक माफी मागे तापनि ति घटना का ‘कारक’ को शैली, सोच र विचारमा केही परिवर्तन आउँदैन। बरु उल्टै रिस राग बटुलेर घटनाहरू व्यक्तिगत दुश्मनिमा परिणत हुन्छन्। गहिरिएर सोच्नुस्, समाज परिवर्तनको मुख्य बाधक नै त्यहि हो। चाहे ति राजनितिक मुद्दा हुन्, चाहे सरकारी कार्यालय, चाहे समाजका स-साना मनमुटावहरू किन नहुन्। जब सम्म जरा जरा मा परिवर्तन हुँदैन तब सम्म रूखमा रङ् पोतेर अर्कै हावाको भोग गर्न पाइँदैन। कान्तिपुरको पनि त्यहि गति नहोस् भन्ने हाम्रो चाहना हो। जब सम्म हर्ष सुब्बा देखि आशिष लुइँटेलको व्यक्तिगत सोच, विचार र आचरणमा परिवर्तन आउँदैन, लाखौँ लाख विज्ञप्तिहरू खेर जानेछन्। त्यसैले पनि यो प्रतिक्रिया भन्दा अनुरोध बढि हो।

    नव युगमा अग्रपङ्क्तिमा रहेर युवाहरूलाई हाँक्ने, चिनाउने अवसर पाउनु भएको छ, त्यो चानचुने प्राप्ति होइन। समाज परिवर्तन भयो, पत्रकारिताले २० वर्षमा ठूलो फड्को मार्यो भन्ने ज्ञान छ तपाईँसँग तर परम्परागत छापा बाट इन्टरनेटमा पाइला सार्दा तपाईँ किन त्यही पुरातन वादी र समाजलाई खाएको कीराको समानान्तर सोच बोकेर आउनुहुन्छ ? त्यसैले ठेस लाग्यो तपाईँलाई।

    आशा छ यो घटना र यी विचारहरूलाई नपन्छाई आफ्नो सोच र कार्यशैलीमा परिवर्तन गर्नुहुनेछ। हामी बीचको ध्रुविकरण चाँडै न्यून हुनेछ, हाम्रा व्यक्तिगत मनमुटावका विषयहरू समाधान हुनेछन् र हामी नयाँ नयाँ विषयहरूमा तपाईँको ज्ञान, शक्ति, विचार र श्रोत उपभोग गर्न पाउने छौँ । सकरात्मकता का पक्षमा ।

    ~Citizen1988 on twitter

  30. सार्वजनिकरूपमा आफूलाई प्रस्तुत गरिसकेपछि (सुरक्षित नगरी खुला गरेपछि) जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । अर्थात् सार्वजनिकस्थलमा आउने मान्छेले आफू एक्लो वा सीमित व्यक्तिहरूमाझ भएको जस्तो व्यवहार गर्नुहुँदैन ।

    तर राष्ट्रको चौथो अंग भनिने पत्रकारहरूको यस्तो ‘बेहोरा’ ? थुतुनोमात्र नचलाएर व्यक्तिगतरूपमा चुक्ली लगाउनेजस्तो निकृष्ट कार्यमा पत्रकारहरू लाग्नु निन्दनीय कुरा हो । दशौं लाख पाठकका लागि लेख्ने भनेर धक्कु लगाउनेहरूको यस्तो चालालाई आमपाठकले अवश्य पनि निको मान्नेछैनन् ।

    एउटा सामान्य मान्छे भएर यस्ता भद्दा वादविवादमा उत्रिनु स्वाभाविक होला, तर दशौंलाखले पढ्ने पत्रिकाको पत्रकारका रूपमा प्रस्तुत हुनु भनेको पत्रिकाको प्रतिनिधि हुनु हो, र यस्ता भद्दाखाले बेहोराले पत्रकारको मात्र होइन पत्रिकाकै मानमर्दन गरिरहेको छ । यसलाई कान्तिपुर प्रख्यात होइन कुख्यात भएको हो भन्ने आमबुझाइको प्रमाणका रूपमा लिए कसो होला ?

    • केही थप्न मन लाग्यो ….

      जनता पनि जिम्मेवार हुनुपर्छ भनेर नेताहरूका पक्षमा लेखेजस्तो गर्ने, तर ‘संविधान लेखनमा कुनै प्रगति नभएको’ भनेर जनतालाई अझै भड्काउन खोज्नेहरूले ‘नेता-जनता कोही पनि गतिला छैनन् है’ भन्ने भ्रम छरिरहेका छन् । त्यसमाथि स्वयम् आफूले पनि थुतुनो चलाउन थालेपछि राष्ट्रको चौथो र महत्वपूर्ण अंग पत्रकारिता पनि गतिलो छैन भनेर देखाउने प्रयास त होइन यो ट्वीटर काण्ड ? देशलाई असफल देखाउने षड्यन्त्रमा नेता त फँसे-फँसे, अब पत्रकारहरूसमेत फँसिरहेका त छैनन् ?

  31. पत्रकार हरु नि मान्छे हुन् ,गल्ति हुन्छ , कुनै पत्रिका ले कसैको गोपनीयताको अधिकार लाई वास्ता गर्दैन भने त्यो सजायको भोगी अबस्य बन्नु पर्छ / कान्तिपुर को राम्रो पछ्य पनि हेर्नु पर्छ / कान्तिपुर पत्रकारितामा कति अगाडी छ भन्ने कुरा हेर्न कुनै एउटा उस्तै समाचार को रिपोर्टको भाषा शैली “कान्तिपुर” र “नागरिक” मा दाजेर हेर्न सकिन्छ / “नागरिक” ले रिपोर्ट गर्ने भाषा शैली मलाई मात्र होइन देशका ठुला ठुला विद्वान ,साहित्यकार हरुलाई पनि मन नपरेर फेशबूक को भित्ता मा लेखेको धेखेको छु /

  32. छिट्टै नाम र काम हुन् गार्हो छ | के छाप्ने के नछाप्ने तिनले जानुन(किनकि तिनी हरु आफ्नो पेशा प्रति उत्तरदायी छन् भन्ने हो र हुने पर्छ भन्ने पनि हो ) तर कसैको व्यक्तिगत स्वतन्त्रता हनन गर्ने अधिकार तिनलाई/कसैलाई पनि छैन |

    पत्रिका व्यक्ति बिशेष होईन | कसैले भन्दैमा राम्रो र कसैले गालि गर्दैमा नराम्रो हुँदैन तर आम जनता मा जाने कुरा हो पत्रकारिता | पाठकको ठाउँमा आफूलाई राखेर दाज्दा राम्रो हुन्छ लेखकले | तसर्थ सबै भन्दा ठुलो कुरा बिबेक हो | स्वबिबेक प्रयोग गर्नु राम्रो हुन्छ |

    लेखक भएपछि पदीय जिम्मेवारी को साथै व्यक्तिगत जिम्मेवारी पनि छन् | राष्ट्रिय पत्रिका कुनै कोठेभित्ते पातो(जसको लेखक र पाठक आफै हो) होईन मनलागी लेख्न |

    सूचना र जानकारी प्राप्त गर्न को लागि एउटै माध्यम(पत्रिका) को जरुरि छैन तर दुर्भाग्य आम नेपालि अझै पनि रेडियो,टेलिविजन, र पत्रिका बाट बन्चित छन् |

    कुनै पनि मेडिया (सोसिअल देखि रेडियो/पत्रिका भनौ आमसंचार )मा पहुच हुने बित्तिकै त्यसको आफुलाइ हिमायती सम्झिदा गार्हो हुने हो | गल्ति सबै बाट हुन्छ | माफी माग्नु पनि समस्याको समाधान होईन यदी त्यो दोहोर्याईन्छ भने | “सेल्फ सेन्सर ” नै उपयुक्त हो उपाए हो किनकी त्यो भनेको आफ्नो काम र पेशा प्रति उत्तरदायी हुनु नै हो |

  33. As a twitter user who closely witnessed this whole fiasco I was quite saddened and surprised by the sense of responsibility and ethics of reporters representing such a big media house.

    A person lost his job, students were warned in university/college and teenagers had their internet connection ripped off by angry parents, all because they were picking and publishing some out of context tweets ( which many times were part of long conversation a resulted completely different meaning when one of the message was ripped off from middle of nowhere ).

    While carrying on “I care Damn, keep barking” or “We are Mr. know all” kind of messages they kept on repeating the PCC (Press Complaints Commission) ruling in England when two newspaper won the case filed by a lady for publishing personal tweets. Mr. reporters, this is a very weak argument to use as a shield to do whatever you want to do (Edit, photoshop, translate ..eh what else ?? ).

    First thing first, Nepal is not UK and can not be comparable with any other European countries or States of America in anyway. Prostitution is also legal in UK, owning a gun in United States is as easy as owning a bicycle in Nepal, marijuana and hashish are easily available in Netherlands. They are all illegal in our country till the date. You guys have been using PCC ruling as a public distraction while milking on the vacuum situation of having NO LAW of our own country.

    We are worried about the current situation of our country but hopeful for future, but its really sad to see the young journalists who could have become the youth icons wasting themselves like this. It actually makes that hopeful future very scary.

  34. प्रिय आशिष लुइटेल,

    मेरो नाम भोजराज दाहाल हो । केही महिना देखि “नेपाल डायरि” को नाममा
    ट्विटर, फेसबूक चलाउँछु । ब्लग पनि चलाऊछु बिगत केही बर्ष देखि
    http://www.nepaldiary.wordpress.com को नाममा

    तपाईंहरू रमाइलोका लागि, पाठकलाई मनोरन्जन दिन ट्विट छाप्नु हुन्छ –
    राम्रो काम हो । आम मनिसका लागि (कम्तिमा म जस्ता मिडिया मा सहज पहुँच
    नभएका) यो खुशी को कुरा हो- आ-आफ्नो भावना विचार राष्ट्रिय दैनिकमा आउनु

    मुलधारका मिडियामा नआएका, मिडियामा ठाउँ नपाउने, लेख्न नसक्ने, लेख्न
    नजान्ने हामी, हाम्रा बिचार, भावना, पिडा, फेसबुक र ट्विटरमा लेख्छौँ ।
    ब्लग लेख्छौँ । यो सन्दर्भ म यसकारण उठाउन गइरहेछु कि, फेसबुक / ट्विटरमा
    हामी कतिपय हाम्रा व्यक्तिगत कुराहरू लेखिरहेका हुन्छौ जसको आफ्नै
    परिवेश, आफ्नै कथा, आफ्नै अर्थ हुन्छ! अब तपाईं जस्ता मिडियाका सशक्त
    व्यक्तित्व, अलगधारको मिडिया (?) चलाउने दाबी गर्नेलाई म बाबुराले यति
    कुरा सम्झाइ रहनु पर्ला र ?

    सन्दर्भतिर जाउँ – तपाईंहरू ले मेरो ट्विट छप्नु भो, ठीक छ मेरो आपत्ति
    छैन – मेरो आपत्ति यति कुरामा हो कि तपाईंहरू नेपालमा कस्तो खालको
    पत्रकारिता बिकास गर्न खोज्नु हुँदैछ ? के लेख्ने के नलेख्ने कमन सेन्सको
    कुरा हो मित्र ! ट्विटरमा लेखेका सबै कुरा पब्लिक हुँदैनन् !

    तपाईँको जवाफ पढें -तर दुर्भाग्यवस् म बहस मा सहभागी हुन पाइन । तपाईं ले
    आफुलाई प्रजातन्त्रवादी भन्नु भएछ । ट्विट “प्रोटेक्ट” गर्ने सुझाव पनि
    दिनु भएछ । बेलायत तथा अन्तराष्ट्रिय कानुन सम्झाउन पनि भ्याउनु भएछ,
    राम्रो । तर तपाईंलाई एउटा कुरा राम्रो सँग भन्न चाहन्छु – तपाईं ले
    पत्रकारिता को कखरा सुरु गर्नु भन्दा शायद अगाडि नै मैले पत्रकारिता
    पढेको, गरेको हुँ, यहाँलाई स्मरण गराउन चाहन्छु । म यति मात्र भन्छु
    तपाईंलाई पत्रकारिता को ल, नर्म्स र इथिक्स मलाई (हामीलाई पनि) राम्रो
    सँग थाहा छ, जाँन्दछौँ, बुझ्छौँ कम्तिमा पत्रिका मा के छाप्न हुन्छ, के
    हुँदैन छुट्याउन सक्छौ हामी नि मित्र ! दुइ चार वर्ष तपाईं राष्ट्रिय
    दैनिकमा काम गर्दैमा तपाईं मात्र सबै जान्ने हामी बाबुरा ‘कुवा का माछा’
    होइनौ है मित्र !

    प्रिय आशिष जी,
    मैले मेरो बोस को बारेमा (विशेष ) स्कट को बारेमा
    गलत लेखेँ हुँला, लेखेकै हो, तर म गलत भए भन्दैमा मुलधारको मिडिया ले
    एउटा व्यक्तिले गर्ने सामान्य गल्ती दोहोर्याउन हुन्छ ? अनुभवले सिकाउँछ
    आशिष जी, तर पत्रिकामा आर्टिकल लेख्ने अनुभव ले मात्र सबै कुरा सिकाउँदैन

    कम्तिमा आजको ट्विट छपिएपछि धेरै प्रतिक्रिया आए । धेरै मित्रहरु ले
    आपत्ति जनाउनु भो – तपाईं लाई ज्ञातै छ – अनि प्रजातन्त्र को कुरा गर्ने
    तपाईंलाई यो पनि थाहा होला कि प्रजातन्त्र मा लोकमत को कदर गर्नु पर्छ,
    गर्न जान्नु पर्छ । म मात्र जान्ने, सुन्ने अरु अदना भन्ने देखे मैले
    तपाईंमा । कृपया भ्रम त्याग्नु होला, अरुका विचार र भावना को कदर गर्न
    सिक्नुहोला, तपाईं को कल्याणै हुनेछ । हिटलर का मन्त्री गोल्स्बय – एउटा
    झुट लाई हजार पटक बोलेर सत्य बनाउन सकिन्छ भन्थे रे तपाईं त्यो भ्रम बाट
    मुक्त हुनुहोस् भन्ने कामना छ ।

    अन्तमा लेख्नु पर्ने अरु धेरै कुरा थिए – आगामी दिन मा बहस गरौँला –
    आजलाई मेरो पत्र लाई ‘पर्सनल्ली’ लिनुहुने छैन भन्ने आस सहित ।

    तपाईंको,
    नेपाल डायरि

  35. आफुलाई सहरिया, आधुनिक, बुझ्रुक, सभ्य ठान्ने अनि बाँकी अरु नेपाली सबै पाखे, अनपढ, असभ्य – आशिष लुइँटेल प्रबृत्ति यहि हो।

    नेपाली शब्दलाई तोडमोड गरेर, जथाभाबी अंग्रेजी शब्द घुसाएर आफुलाई निक्कै जान्ने टोपल्छ- लुइँटेल प्रबृत्ति । अंग्रेजी त राम्ररी लेख्न नआउने (लुइँटेलले लेख्ने अंग्रेजी वाक्यमा प्रसस्तै त्रुटिहरु भेटिन्छन्) लुइँटेल ले नेपाली भाषालाई आफ्नै पगरी ठान्दो हो कुन्नि, उसको आफ्नै शैली छ जसलाई ऊ अति आधुनिक भएको ब्याख्या गर्छ – यसलाई एक भाषाविदले त तेस्कै कान्तिपुरमा लेख नै छपाएर बिरोध जनाएका थिए। आधुनिक हुने नाममा मुलधारको पत्रिकामा जथाभाबी शब्द राखेर लेख्नु कत्तिको जायज हो, त्यो त सहजै अनुमान लगाउन सकिन्छ ।
    यो त भयो लुइँटेल प्रवृतिको लेखन शैलीको कुरा ।

    अब चर्चा गरौँ लुइँटेल प्रवृति कै संयोजकत्वमा तयार हुने हेलो शुक्रबारको । अनेक गजेट (macbook, iphone, ipod, ipad, Samsung Galaxy tab, high resolution digital camera) को प्रचार सामग्री जस्तै गरि आउने लेखहरु आम नेपालीको क्रय क्षमता (purchasing ability) भन्दा कति पर का कुरा हुन्, बुझ्न गारो छैन । यदि हेलो शुक्रबार सिमित सहरिया उच्च घरानाका व्यक्तिहरुका लागि मात्र हो भने (हेर्दा त तेस्तै देखिन्छ) लुइँटेलले १० लाख पाठकले मलाई पढ्छन् भनेर ध्वास दिनुको कुनै औचित्य छैन।

    पैसावालहरु हेलो शुक्रबारका सेलेब्रिटी हुन्छन् , प्रायोजित सामग्री मुख्य लेख। पस्चात्य संस्कृतिको अनुशरण गर्या भन्ठान्दो हो कुन्नि, तर पश्चिमेली देशले गरेको खास प्रगतिप्रति भने लुइँटेल प्रवृति बेखबर नै देखिन्छ, बरु त्यहाँको विकृतिलाई जम्मा पारेर नेपाली समाजमा हेलो शुक्रबारमार्फत छर्नुमा नै लुइँटेल प्रवृति हाबी भएको देखिन्छ। अब यस्तो लुइँटेल प्रवृति लाई नेपाली पाठकले नै बहिस्कार गर्नुपर्ने देखिन्छ। समाजलाइ दिग्भ्रमित पर्ने खालका मनगढ़ंते सामग्री प्रस्तुत गरेर समाज बराल्ने लुइँटेल प्रवृतिको अभिस्टलाई पुरा हुन दिनुहुदैन। आफू नै सर्बेसर्बा सहि अरु सबै गवाँर ठान्ने लुइँटेल नेपाली पत्रकारिताकै कलङ्क हो भन्दा फरक पर्दैन।

      • अरु कुरा सबै ठिकै छ …..लुइँटेल प्रबिर्ती को उछित्तो काटे को झनै राम्रो छ…..बास्तव मा यिनीहरु ले समाज मा बिकृति सोहोर्ने बाहेक अरु केहि कम गरे क छैनन्…..न चाहिद कुरा हुरु लै महत्व दिएर समाज लै बराली रहेका छन् वन्ने तपाई ले वने को कुरा सहि lagyo

  36. एक डेड बर्ष अघि मैले केहि पत्रकारहरुको नियेत र चरित्र (पत्रकारिताको मूल्य मान्यता) देखेर कमेन्ट मा पत्रुकार भन्ने शब्द प्रयोग गरेको मेरो कमेन्ट नै छापिएन, मैलेपनि सबै पत्रकारहरु त भनेको थिएन नि/ सबैले आ-आफ्नो परिभाषा मान्यता र सीमालाई त बुझनै पर्छनी होइन त……

  37. गत केही महिना देखी कान्तिपुरले आफ्नो शुक्रबारको अंकमा नेपाली प्रयोग कर्ताको ट्विट् छापिरहेको छ । तर गत एक हप्ता अगाडि छापिएको केही ट्विट्लाई लिएर इन्टर्नट र ट्विटरमा एउटा तरङ ल्याएको छ। कतिपय निजी प्रसँग र बिषयमा लेखिएका ट्विटलाई प्रकाशित गरेर कान्तिपुरले ब्यक्तीको स्वतन्त्रताको हनन गरेको आवाज तिब्र रुपमा उठेको छ । पत्रकारिताको सामान्य सिदान्त (नर्म्स), गोपनियताको हक र इथिक्सलाई पनि नङाउने काम गरेको छ कान्तिपुरले ।

    कान्तिपुरमा कसैको ट्विट् छापिनु, ट्विट्कै कारणले कसैको जागिर जानु सामान्य कुरा होलान्, तर नियतबस मेन्सन गरेको नाम मटेर कसैलाई ब्यक्तिगत रुपमा बेइजत गर्नु, मेरो ट्विट् नछाप भन्दा भन्दै छाप्नु कान्तिपुरको पत्रकारिताको धर्म हो भनेर लिडेढिपी गर्नु उस्को धर्म होला तर आम पाठक, सचेत नागरिक र सभ्य समाजको लागि पाच्य कुरा होइन ।
    भलै कसैको जागिर जादैमा हामीले ट्विट छाप्न हुँदैन भन्ने बहस चलाऊन खोजीएको होइन, हामीले उठाउन खोजेको मुल कुरा के हो भने पत्रीकामा ट्विट् छपिएपछी आएका करिब दुइसय ट्विट्लाई लिएर जुन रबैया अपनाउन खोजीएको छ त्यसको बिरोध मात्र हो। यो बहस ट्विट् छाप्न हुन्छ कि हुँदैन भन्ने कदापी होइन। हामीले ट्विट् प्रती देखिएका असहमतिका आवाजलाई दबाउन जुन हत्कण्डा गरियो, भइरहेछ, त्यो प्रब्रतीको बिरुद्ध मात्र हो ।

    पाठकले तपाईंको पत्रीकामा लेखेको कुरा मलाई मन परेन वा मलाई चित्त बुझेन भन्न नपाउने कस्तो संस्कार, कस्तो संकृती र कस्तो पत्रकारिताको बिकासमा अग्रसर हुन खोजेको हो जिम्मेवार मिडियाले?

    तिमीले नपढे पनि मेरो पत्रीका बिक्छ, तिमीले नपढे नपढ वा धाकै सहि-पत्रकार बिषयका ज्ञाता हुन , पाठक बाबुरा (???) उल्लु हुन – केही जान्दैनन भनेर आम पाठकको मान-मर्यादामा आच पुर्याउने धाक दिन मिल्छ मिडियाले? के ट्विटर चलाऊनेहरु कान्तिपुरका पाठक होइनन? स्तम्भ लेखककर्ता ‘जान्ने सुन्ने ‘ आम पाठक ‘अदना’ (???) भन्ने मानसिकताको सन्देश किन देखाउन खोजेको हो कान्तिपुरले ?

    अझ डरलाग्दो र गैर्ह जिम्मेवार (गैरजिम्बेवारी) के देखियो भने गतहप्ता सुनिल रेग्मीको नाम मा “ईन्टरनेटमा संयमता” लेख पढ्न पाइयो कानित्पुरमा। जिम्मेवार पत्रकारीताको बिकास गरौ भन्ने बहस चलिरहेको अवस्थामा आम पाठकलाई “काउन्टर” दिने नियतले लेखिएको यो लेख पढ्दा एउटा सामान्य पाठकले पनि लेखलाई अत्यन्त घटिया र तल्लो स्तरको दर्जा दिन मिल्छ। जिम्मेवार पत्रकारीता गर भनेर चौतर्फी दबाब आएपछी एउटा (अमुक???) पात्रलाई अगाडि सारेर सामान्य शिष्टता र शब्द संयोजन समेत गर्न नसक्ने र पत्रकारिताको सामान्य सिद्दान्त लाई धोती लगाएर जुन ‘डिफेन्स’ लिन खोजिएको छ, म र म जस्ता आम पाठकको ठुलो आपत्ति छ। के लेख्नु हुन्छ र के लेख्नु हुँदैन भन्ने सामान्य ज्ञान नभएको आलाकाचाबाट आगामी दिनमा हामी पाठकले के अपेक्ष्या गर्ने कान्तिपुरबाट?
    गैरजिम्बेवारी तरिकाले अरुलाई अर्ती उपदेश दिनु भन्दा बिषय बस्तुक (गम्भिरता) प्रती सचेत भएर लेख लेख्नेहरुको अभाव भएको हो कान्तिपुरमा? राष्ट्रीय पत्रीकाले “थुतुनु चलाऊनु” जस्तो शब्दको प्रयोग गर्न मिल्छ? थुतुनो शब्दको के अर्थ लाग्छ लेखक महोदय?

    हो, बा आमाको इन्टरनेटमा पहुच छैन भन्दैमा जे पायो त्यही लेख्न पाइदैन तर पत्रीकामा तपाईं को पहुच छ भन्दैमा जे पायो त्यही लेख्न पनि पाइदैन महोदय।

    पत्रपत्रीका तपाईंको ‘कन्सन्टेल्सी’ होइन जहाँ प्रबुध्ध पाठकलाई सल्लाह र सुझाब दिइयोस। सबैको आ-आफ्नै मर्यादा र इज्जत हुन्छ, कसैप्रती निक्रिस्ट शब्द लेखेर ठुलो मान्छे भइदैन महासय! शब्द चयन गर्न नजान्नेले नलेखेकै राम्रो। सशी थरुरले लेखे भन्ने अनी “जनकराज नाम को केटो” लेख्नुको नियत के हो? यस्ले के अर्थ दिन्छ? तपाईंको भाषा र सार्बजनिक यातायातको हेल्परको ‘अली मान्छे खाद न खाद’ सँग कुनै फरक छैन। अरुलाई बोल्दा लेख्दा सभ्य र शिस्ट हुनु पर्छ भनेर सिकाउनेले चै जे लेखे पनि हुने?
    यही हो तपाईंहरु को शिस्टता, तपाईंहरुको पत्रकारिता? तपाईंहरुको आदर्श? पत्रीकामा लेख लेख्दा चै “थुतुनो चलाऊन” पाइने, अरु ठाउँमा चै नपाईने तपाईंका तर्कहरुलाई ठेट नेपाली भाषामा ‘पानिमा पादेको’ भन्छन –सब्दकोस (शब्दकोष) हेरे हुन्छ।

    मलाई मेरो जागिर घरापमा पारीएकोमा चिन्ता होइन। चिन्ता त तपाईंहरु जस्ताको लेखनस्तर र आलोचना सुन्न नसक्ने प्रब्रिती प्रती छ। चिच्याएर काराउदैमा झुटलाई सत्य बनाउन सकिन्छ भन्ने भ्रम नपाले हुन्छ, महोदय। पाठकहरु पढेलेखेका कम होलान्, स्तम्भ लेख्न नजान्लान तर तपाईंहरु जती अबिबेकी र गु र गोबर’ छुट्याउन नसक्ने छैनन।

    उखान टुक्का, सन्दर्भको प्रयोग गर्दा बिचार पुर्यानएन भने अर्थ न बर्थ हुन्छ, यहाँ “निधार ठोक्किए ढोका भाच्न जाने” कसैले भनेको छैन, बरु तपाईंको तर्क सुन्दा तपाईंहरु पो ढोका फोर्न जानुहोला जस्तो लाग्यो, हामी बरु निहुरिन्छौ वा ढोका अग्लो बनाउछौ, फोर्न जादैनौ।
    – तपाईंको लेख रचनासँग असहमती राख्नै नपाउने हो भने अब त्योस्तो (त्यस्तो) पत्रकारिता नेपालमा होइन बर्मामा गरेर गरे हुन्छ – यो हाम्रो सुझाब पनि हो।

    अन्तमा – मुकुन्दे नामको एउटा पात्र दैनिक रत्नपार्कमा सय-पचास जना भेला गरेर गतिछाडा भाषाण दिन्छ, र उपस्थितले ताली पनि बजाउछन। अनी मुकुन्दे मक्ख पर्छ, यस्को अर्थ यो होइन कि मुकुन्दे बिध्दान हो। तपाईंको लेख (रेग्मी जि) र मुकुन्देको भाषाणमा मैले भेटेको समानता यही हो, अर्थहिन तर्क, फोहोर गाली र तपाईंको अल्पज्ञान। समय छैदै सबैले गल्ती सुधार गरेको राम्रो। \

  38. “ज्यान मार्ने धम्की दिएको“ – त्विटर मा त्यो पनि ??
    फोन गरेर धम्कि दिनेले त के गर्ने होलान – पत्रिकै भरि गालि छाप्थ होला नि ….

  39. खासमा केहीपनि होइन यो त तीनचार जना मै हुँ भन्नेहरुको आपसी झगडा जस्तो लाग्यो मलाइ त। कान्तिपुरका २ जना कारिन्दाले वादविवादको रुपमा गरेका व्यक्तिगत ट्विटहरु ले केहीपनि प्रमाणित गर्दैन। दुधले पखालिएको त तपाईंहरु पनि होइन होला हौ साथी हो। फरक प्रिन्ट स्क्रिन हुनु र नहुनु को मात्र हो :-)))

  40. अनुजा काण्डको बारे कान्तिपुरले माफी मागेको कुरा लाई सबैले सकारात्मक रुपमै लिएका छन्। अब यो टुइट काण्ड बारे पानि माफी मागे कान्तिपुरको इज्जत अझै बढ्ने थियो।

  41. धाक नै सहि कान्तिपुरका केटाहरु ज्ञाता/बिसेषज्ञ हुन् !!! चाहेको बेला जसलाई पनि हेरो अथवा हेरोइन (उही क्या अनुजा बानिया) बनाउन सक्छ !!! अरु कसैले गर्न सक्छ????

    पसलको शोकसमा सजिएको सुनको गहना चोर्नु किनभने त्यहाँ “चोर्न मनाही छ” भनेर लेखेको छैन क्यार !!!!! बानेश्वर चोक कुनै भित्तामा फोहर गर्नु किन भने त्यहाँ “पिसाब गर्न मनाही छ” भन्ने सूचना कहिँ छैन क्यार !!!!

    यी सब कान्तिपुरको साधारण दर्शनशास्त्र हुन्!!!

  42. यो आशिष लुइँटेल आफु लाई बढी नै जान्ने छु भनठान्छ | एकचोटी एउटा लेख मा apple ipad को खुब गुण गान गाउदै थियो | samsung र अन्य को बडा उछित्तो काड्दै थियो (कैले देख्या भए पो) | लेखको अन्तमा त ipad को दाजो मा कुनै बस्तु आउन सक्दैन भन्दै हा हा हा गर्दै बडेमान ले पो हास्यो त | स्पोंसोर्ड लेख जस्तो लाग्ने, तर त्यो त्यसको अज्ञानताको पराकाष्ठा हो | येसो बुझ्दा यो मान्छे अंग्रेजी को टेक ब्लगहरु नेपालि मा काट छाट गर्दै छाप्ने प्रवृति को देखिन्छ | अब कुन मुला नेपाली ले पत्ता लगाउला भन्ने भाको होला यसलाई |

    • त्यो उ आफै ले लेखेको होईन हो गुरु, तेस्लाई त थाहा भए पो लेखोस, अरुलाई नै लेख्न लगाउछ, हेल्लो सुक्रबार मा आशिस को लेख आएन भने कस्तो नमिठो लाग्छ भनेर चिठी छापिएको थ्यो नि एक पल्ट, साथी ले आफै लेख्या रैछ, के गर्नु अनेक गर्नु पर्य छ. जागिर त टिकाउने पर्यो.

  43. देश कै मुलधार को पत्रिका ले येसरी गरेको गैर जिम्बेवारी प्रति लाज लागेर आउँछ !! एस्ता असान्धर्विक र उत्ताउला त्वीट्स प्रकासित गरेर पत्रकार मित्र हरु ले के राज्य को चौथो अंग को भूमिका निर्बाहा गर्न खोजेका हुन् !! के कसैको त्वीट्सलाइ तोडमोड गरेर अतिरन्जीत समाचार बनाएर पत्रकारको धर्म पुरा हुन्छ ? के पत्रकार भगवान हुन् ?? आफु बाहेक अरु लाइ मान्छे नगन्ने?? गल्ति सबै बाट हुन्छ तर मै जान्ने मै सुन्ने हामी ले जे गरे तेही ठिक भन्ने पत्रकार मित्र हरु को मानसिकता देखेर घिन लागेर आयो !!

  44. अर्का को tweets सोद्धै नसोधी पत्रिकामा छाप्ने काम त पक्कै नराम्रो हो. कोइ कोइ पत्रकारलाइ मै हुँ भन्ने धेरै घमण्ड भए जस्तो छ. पाठकहरुको निम्ति पत्रकारिता गर्ने हो पत्रकार ले, न कि पत्रकार को घमण्ड अनि छुद्रता सहने पाठक ले. एउटा कुरा ” keep barking”… अनि “those who are incompetent….” भन्ने पत्रकार महोदयहरुले बुझ्नुपर्ने कुरो क हो भने १० लाख followers बाट अन्तिम एक मा झर्नु कुनै बेर लाग्दैन यदि यहाहरुको मै हुँ भन्ने घमण्ड अनि मानसिक दरिद्रता यस्तै रहने हो भने!!!

  45. देश बिग्रेको नेताले मात्र गर्दा होईन, आषिष र दिनेस जस्ता पत्रकारहरुले पनी हो… (जो जिम्बेवार ठाउमा पुगेर, गैरजिम्बेवार काम गर्छन् र अधिकारको दुरुपयोग गर्दै उल्टै स्वाठ बन्दै हिड्छन्)

  46. यो कान्तिपुर ले त नारदमुनि को पनि काम गर्न थालेछ हौ !! लौन!!

  47. कान्तिपूर को यस्तै कुकृत्य र दादागिरीले गर्दा बिस्तारै सबै सामु कान्तिपुर नांगिदै छ..!!!!

  48. हिड्न नजान्ने मान्छे दौडिन खोजेपछि यस्तै हुन्छ । बिदेशी पत्रिकाहरुको देखाशिकी गरेर आफूहरुलेनी लागू गर्न खोज्ने तर गोपनीयेताको आधिकारलाई वास्ता नगर्ने यी पत्रकारहरुलाई के भन्ने? गोपनीयताको अधिकार संगै स्वमतपनि सिकाउनु पर्ने जरुरी देख्ये मैले त। के पत्रकारहरुले बोल्ने भाषा तिनीहरुको ट्वीटमा देखीए जस्तै हुन्छ???? Shame on so called Journalist.

Comments are closed.