जापानका एनआरएनबीच हात हालाहाल

हरिप्रसाद पोखरेल
जुन १२ तारिखमा भएको एनआरएन नागोयाको क्षत्रीय अधिवेशन अगाडि त्यस विषयलाई लिएर यहाँ उपलव्ध नेपालीहरुबीच अलि समय पहिले वृहत् छलफल भएछ। आगामी नेतृत्व कसले लिने भन्ने सम्बन्धमा त्यहाँ जुहारी चलेछ। एकापसमा आरोप प्रत्यारोप बढ्दै गएपछि हात हालाहालको स्थिति उत्पन्न भयो। अधिवेशनको विषयलाई लिएर जापानमा रहेका पुँजीपति, उद्योगी र बुद्धिजीवीहरुको भेलामा हात हालाहालको स्थिति दुःखलाग्दो र लाजमर्दो कुरा हो। छलफल भनिएपनि त्यहाँ मदिरापान भएछ। मदिराले लठ्ठिएपछि हानाहान हुनु स्वाभाविकै थियो। जसका कारण बोतलका शिशा फुटेछन्, पछि प्रहरी पनि आएछन् अनि सबै भागाभाग भएछन्।

जापानका नेपालीले यसो गरे कसो होला?

हरिप्रसाद पोखरेल
चितवनका पत्रकार कविकिरण न्यौपाने लगातार जापानको नागोयामा बसेको दुई वर्ष पुग्यो। नियमले उनी एनआरएन जापानको सदस्य हुनुपर्ने हो, तर छैनन्। सार्क मुलुक बाहेकका देशमा १८२ दिनभन्दा बढि बसेका नेपालीले यसको सदस्य बन्न पाउनुपर्ने नियम छ जसलाई एनआरएन अर्थात् गैर आवासीय नेपाली पनि भन्ने गरिन्छ। तर जापान बसाईको लामो अवधिसम्म उनले न एनआरएन जापानको सदस्य बन्न इच्छा जाहेर गरे, न त सम्बन्धित संस्थाले उनलाई सदस्य बनाउन प्रेरित नै गरयो। यो बढेको दुरीसंगै गैर आवासीय नेपालीको संगठनको सदस्यका हैसियतमा नसमेटिएका न्यौपाने जस्ता नेपाली जापानमा प्रशस्तै भेटिन्छन्। यद्यपि उनीहरुको चिन्ता, चासो र भरोसा भने एनआरएनएप्रति बढिरहेको छ।

यसैक्रममा कविजीले केही समय अघि नागोया क्षेत्रका नेपालीहरुको सामूहिक मेलमा लेखेको प्रतिक्रियाबाट नागोयाको साधारण नेपाली समाजले एनआरएनएलाई कसरी बुझेका रहेछन् भनेर प्रष्ट हुन्छ। म आफै पनि यो ग्रुपमेलको सदस्य भएका नाताले यसमा हुनेगरेका छलफलका बारेमा मलाई जानकारी पाउन सजिलो हुने नै भयो। न्यौपानेका अनुसार जुन १२ तारिखमा भएको एनआरएन नागोयाको क्षत्रीय अधिवेशनको सवाललाई लिएर यहाँ उपलव्ध नेपालीहरुबीच अलि समय पहिले वृहत् छलफल चल्यो। आगामी नेतृत्व कसले लिने भन्ने सम्बन्धमा त्यहाँ जुहारी चलेछ। एकापसमा आरोप प्रत्यारोप बढ्दै गएपछि हात हालाहालको स्थिति उत्पन्न भयो। न्यौपानेले लेखेका छन्,“ अधिवेशनको विषयलाई लिएर जापानमा रहेका पुँजीपति, उद्योगी र बुद्धिजीवीहरुको भेलामा हात हालाहालको स्थिति दुःखलाग्दो र लाजमर्दो कुरा हो।”

संगसंगै न्यौपानेले एउटा दह्रो कुरो पनि उठाए। त्यो के भने,“ एनआरएनए भनेको धनी र हुनेखानेहरुको संस्था मात्रै हो भन्ने आवाज उठिरहेका बेलामा जापानमा रहेका सबै वर्ग र नेपालीहरुबाट पिल्सिएकाहरु नै यो संस्थामा अटाए राम्रो हुन्थ्यो कि?”

एनआरएनएका अभियानकर्मीहरुबीचको यो “भिडन्त” लाई एनआरएन तोकाइ होकुरिकु क्षेत्रीय अध्यक्ष विजयप्रसाद खनालको अर्को इमेल प्रतिक्रियाले झनै पुष्टि गर्‍यो। अध्यक्ष खनालले पनि यो “भिडन्त” सत्य सावित गरिदिए। उनका अनुसार छलफल भनिएपनि त्यहाँ मदिरापान भएछ। मदिराले लठ्ठिएपछि हानाहान हुनु स्वाभाविकै थियो। जसका कारण बोतलका शिशा फुटेछन्, पछि प्रहरी पनि आएछन् अनि सबै भागाभाग भएछन्। पैसा नहुनेहरुले चुप लागेर सुनिदिने बाहेक अर्को विकल्प नरहेको भन्दै खनालले अब चाहिँ एनआरएनएलाई सबै मिलेर राम्रो बनाउन लागिपर्ने पनि उल्लेख गरेका छन्। यो सबै “पैसाको कमाल” भएको अध्यक्ष खनालको ठम्याई पनि छ।

नागोयामा एनआरएन तोकाइ होकुरिकुको १२ तारिखमा भएको क्षेत्रीय अधिवेशन यो तेश्रो हो। एनआरएन जापानको नेतृत्व तहमा बसिरहेका, क्षेत्रीय अधिवेशनमा उम्मेदवारी घोषणा गरेका र क्षेत्रीय समितिका पदाधिकारी सम्मिलित “वैठक” मा चलेको यो मारमुङ्ग्रीले आम जनमानसमा पारेको छापलाई पक्कै पनि सकारात्मक ढंगले लिन सकिंदैन। लडाई त विचारको हुनुपर्थ्यो, शरीरको होइन। चुनावी रणनीतिका क्रममा उम्मेदवारी घोषणासंगसंगै नेपाली नेपालीबीच एकापसमा “नाङ्गेझार” पार्ने रणनीतिले कसलाई फाइदा गर्छ र? पैसाको बलमा नशा र नशाको बलमा दशा निम्त्याउने खेल खेलेर शान्त जापानीका बीचमा “वीर गोर्खाली” बन्ने उनीहरुको कसरतलाई जसो गरेपनि क्षम्य हुन सक्दैन।

नागोयामा यो विवाद चलिरहँदा एकैछिन सिंगो जापानका नेपालीबीचको कुरो गर्न मन लाग्यो। अहिलेसम्म जापानमा कति नेपाली के गरिरहेका छन् र कस्तो अवस्थामा बसिरहेका छन् भन्ने बारेमा कसैसंग गतिलो तथ्यांक छैन। तर जापानमा रहेका नेपालीहरु तीन वर्गमा विभाजित पक्कै छन्। विद्यार्थी, व्यवसायी र कामदार। विद्यार्थीहरु पनि भाषा पढ्न आएका र विश्वविद्यालयमा अध्ययनरत गरी दुई थरी छन्। धेरै कमाउने र थोरै कमाउनेको नाममा व्यावसायी र कामदार वर्गिकृत छन्। यी सबैको व्याख्या आ(आफ्नो छ। एकले अर्कोको अस्तित्व स्वीकार्न सकेका छैनन्। कुक भीसामा आएकाको त कुरै छाडौं, उसलाई त कसैले गन्ने नै भएन। जापानमा भाषा पढ्न आउने सामान्य विद्यार्थीले तिरेको खर्चबाट कन्सल्टेन्सीको “मालिक” बन्नेहरुदेखि कुकले जापान आउँदा तिरेको पैसाबाट “रेष्टुरेण्ट व्यावसायी” बनेकाहरुसम्म अहिले एनआरएनएको चर्का नारा लगाउँदै हिड्दा सच्चा एनआरएनए अभियानकर्ता जापानमा खोज्नैपर्ने भईसकेको छ। एनडिएफको प्रकाशोन्मुख स्मारिका “सूर्योदय”मा एनआरएन जापानका उपाध्यक्ष भूषण घिमिरेले जनाएअनुसार जापानमा रहेका १५ हजार दुई सय ५५ जना नेपालीमध्ये सबैभन्दा बढि चार हजार नौसय ७१ जना त कुक भीसामा आएका रैछन्। यो दुईवर्ष अघिको तथ्यांक हो। तर यो वर्ग अझै एनआरएन जापानमा समेटिन सकेको छैन। यद्दपि यसलाई उदाहरणको रुपमा मात्र लिन सकिन्छ।

समस्या नभएको क्षेत्र त कतै छैन। संगसंगै समाधान पनि छ। जापानमा आएका नेपाली आफ्नो देशबाट पलायन भएका पक्कै होईनन्। लक्षित उद्देश्य प्राप्तिपछि अधिकांश नेपाल पनि फर्कन्छन्। जापान आउने बाटो पहिचानका सन्दर्भमा हरेकको बाटो अर्थात् “भीसा स्टाटस” फरक हुनसक्छ। तर यसैलाई आधार बनाएर जापानका नेपालीलाई वर्गीकरण गरिनुहुँदैन। सामान्य विद्यार्थीदेखि कुकसम्मको लुकेको प्रतिभा पहिचान गर्नका लागि जापानमा लामो समय व्यतित गरेका नेपालीले मद्दत गर्नुपर्ने भईसकेको छ। गतिलो काम नपाइने, पाएपनि श्रमको मूल्य नपाइने समस्या यहाँ झन् विकराल बन्दैछ। आफ्नो “भीसा स्टाटस” बचाउनका लागि रातदिन किचन कुनामा बसेका नेपालीको समस्या बुझ्ने बेला आइसक्यो। जापानीज भाषाको समस्या उस्तै छ, नेपालीबीच। विद्यार्थीहरुको संस्था नेसाजले अब भाषा नजानेका नवप्रवेशी नेपालीहरुलाई समेटेर हप्ताको एक पटक भएपनि भाषा प्रशिक्षण दिने व्यवस्था मिलाए कति राम्रो हुन्थ्यो। जापानी कानुनमा भुक्तभोगी नेपालीले जापानको रहनसहन र कानुनबारे सामान्य जानकारी दिएदेखि जापान आएका नयाँ नेपालीलाई प्रशासनिक कामकाजमा कति सजिलो हुन्थ्यो। समस्त नेपालीका नाममा गरिने अनौपचारिक भेला, रमाइलो र अन्य औपचारिक कार्यक्रमसंगै समस्यामा परेका नेपालीलाई सहयोग गर्ने वातावरण एनआरएनएले मिलाउनुपर्ने हो। तर गरेको भेटिएको छैन। विगतमा जे जस्तो भएपनि आगामी एनआरएन नागोयाको नेतृत्वले सही कार्यदिशा अपनाएर उदाहरणीय क्षत्रीय समिति बनेर देखाउनुपर्ने भइसकेको छ।

एनआरएन नागोयाको अधिवेशनको म पनि मतदाता नभई शुभचिन्तक मात्र हुँ। किनकि म पनि कविजी जस्तै सदस्य भइसकेको छैन। यद्यपि सौहाद्रपूर्ण वातावरणका बीच आम सहमति र सहकार्यका माध्यमबाट नयाँ नेतृत्व चुनियोस् भन्ने आम नेपालीको मान्यता छ। अधिवेशनको दौरानमा भएगरेका “मारामार” ले एनआरएनएलाई मात्र होइन, यहाँ रहेका समस्त नेपालीलाई विदेशीका सामु लाजै लाग्ने परिस्थिति निम्त्याउँछ। हाम्रो क्रियाकलाप सबैले देखिरहेको हुन्छ। किनभने हामी नेपाली जहाँ भएपनि एउटै आकाशमुनि र यहि धर्तीमाथि अडिएका छौं। अन्त्यमा एनआरएन जापान धनी र हुनेखानेहरुको मात्रै संस्था नबनोस्।

(लेखक नेपाल पत्रकार महासंघ जापानका सचिव हुन्।)

48 Comments

  1. हल्का फुल्का कुटा कुट न गरे कसरि बिर गोर्खाली हुने? , नेपाली त चन्द्रमा मा लागे पनि सुध्रिन्न, हुन त मा पनि येस्ता घटना सुन्दा लज्जित हुने नेपाली नै हुम!

  2. हामी नयाँ दिल्लीमा चै झगडा नगरी CA पढिरहेका छौ है साथी हो , अरुका कमजोरीको भार हामी थाम्दैनौ.

  3. न र न,,,,,,, यो संस्था खोलिनु को उद्देस्य चाही राम्रो नै हो ,विदेश मा रहेका सम्पूर्ण नेपाली हरु को हक हित अनि समस्यहरु लाइ कानुनी दयेरा मा रहेर सहयोग गर्नु, सके मा नेपाल को पनि विविन्न ठाउँ अनि भू भाग हरु मा अनुदान गर्नु र देशमा केहि हद सम्म भए पनि सहायोग गर्नु यो संस्था को मूल उद्धेस्य रहेको छ ,तर अहिले आएर यो सामाजिक संस्था लाइ पनि डर लाग्दो राजनीति रुपी धमिरा ले खोतल्न थाली सकेको छ .येही धमिरा रुपी राजनीति को उपज हो जापान मा भएको घटना को उदाहरण र यो हात हाला हाल को घटना र तेस्मा पनि मूल कारण पुजी वादी तत्व हरु को नाम कमाउने होड बाजी हो ,वहा रेस्टुरेन्ट र विभिन्न व्यापारमा संलग्न मालिक हरु लाइ अब पैसा पुग्यो नाम कमाउनु परयो भन्ने इच्छा ले गर्दा वहा हरु लाइ नेपाल को राजनीति जस्तो यहाको नरन को पद को लागि पनि लुछा चुडी गर्न पछि पर्नु भएको छैन.धन्य छ वहा हरु लाइ.

  4. जसरि नेपाल मा राजनैतिक पार्टी हरु एउटा फटाहा भ्रस्टाचार हरुको अखडा भा जस्तै यो NRN पनि विदेश मा बसेका आफ्नो नया नाम ले न्वारन गरेका नेपाली छट्टु हरु को अखडा हो / अरु केहि पनि होयिना यो पनि मागी खाने भाड़ो सिबाय अरु केहि पनि होयिना /

  5. वासिंगटन डी. सी. क्षेत्रमा जुलाई १ देखि ३ सम्म हुन लागेको एएनएको २९ औं वार्षिक सम्मेलनको पूर्वसन्ध्यामा पनि इमेल मार्फत धम्कि पूर्ण इमेल आजै मात्रै पढ्ने (सु)अवसर पाएँ | नाम उल्लेख नगरी ‘म’ र ‘फलानो नचाहिदो काम गर्ने समूह’ भन्ने जस्ता उपनामहरु प्रयोग गरि अंग्रेजीमा पठाइएको त्यो इमेल देखेरै बिबाद भएछ भन्ने बुझ्न गाह्रो भएन | सो इमेल Independent Task Force of ANA का अध्यक्ष Tsewang शेर्पालामा ले पठाएका हुन् | शेर्पालामा को त्यो इमेल मा ‘अमुक समूह’ लाइ धम्कि दिदै ANA को बिरुद्धमा लाग्ने कसैलाई छोड्ने छैनौ भन्ने जस्तो गरि कानुनी भाषा प्रयोग गरिएको छ | इमेल तलको ठेगाना मा छ –

    https://docs.google.com/document/pub?id=1BVEqbBxBtEVEBeDbpeSNHqw2PUmJs9uuMAgZpYMzXYA

  6. NRN को भेला होस् या चुनाव, गुट, उप गुट अनी झगाड नभएको कुन देशहोला ? हरेक साता सुन्न पाईन्छ NRN चरित्रहरु । जेहोस् यनिहरुलाई एउटाकुरामा मान्नै पर्छ, त्यो हो फोकटको मनोरन्जन । हा हा हा जए NRN उफ – झगडीया संस्था यस्को पहिचान नै हो ।

    नवराज

  7. अमित जी यो लेख अधिबेशन हुनु भन्दा पहिला भएका गतिबिधिमा आधारित लेख हो अधिबेशन हुनुभन्दा पहिला कसले कहाँ के गर्छ के खान्छ त्यो मतलब को बिषय भएन अधिबेशन हुनु भन्दा पहिले चलेका राजनीति दुर्गन्धको परिणाम मा तेस्तो भएको होलान तर अधिबेशनको दिन शान्त ,सोहर्दा पूर्ण बातावरणमा भव्यता पुर्वक सफल भएको छ यसमा दुइमत नहोला | अधिबेशनले सर्वसम्मतले नेतृत्व चयन गरेको छ |

  8. जापानमा NRN भनेको राजनिती गर्ने, पैसा कमाउने छोटो बाटो खोज्ने, आफ्नो प्रभुत्व जमाएर ठुलो बन्ने, आफ्नै चेलीको कुनै छाडा नेपालीले बलात्कार गरी पुलिस केस भएमा प्रति घण्टा १०,००० येन को दरले छुटाउनकोलागी NRN बाट पैसा कमाउने र चेलीलाई बिचल्ली मा पर्ने काम NRN भनौदाहरुको दैनिकी हो/

    अर्को कुरा, बौद्दिक बर्गमा पनि आफुलाई म जस्तो ठुलो कोहि पनि छैन भनि देखाउनु पर्ने न्युन संख्यामा रहेका स्वाँठहरु मात्र सक्रिय भै राजा प्रविती देखाउने र बिशेषत . पैसा र राजनीतिक खेल खेल्दै आफ्नो खल्ती कसरी भर्ने भन्ने जमात मात्र पूर्ण सक्रिय छन्/ यिनीहरु कसैको पनि भलो चाहन्दैना, जसरी हुन्छ दबाएर फुलेर बस्न पाए हुंछा भन्ने हरु मात्र छन् /

    बाकी दुख-सुख खेपेर बसेका जुनसुकै वर्गमा (कुक देखि लिएर उच्हतहमा) भएका मान्छेहरु येहा भएका कुनै पनि संगठनमा लाग्दैनन्; कारण माथि प्रस्ट संग लेखिएको छ /

  9. एक जना बिदेशमा बसेका नेताले माइसंसारको बारेमा लेखेका थिए सधैं बिदेश मा बसेर नेपाली राजनीति र नेपाली नेताहरु लाई गाली गर्ने मध्यका एउटा बर्ग ले पढ्ने वेवसाइट रे त्यसैले अब विदेशमा बसेर एनआरएनका नेतालाई पनि गाली गर्ने थलोका रुपमा नलेलान भन्न सकिन्न त्यसैले सबैले आफुले दिएको बिचारले हाम्रो समाजमा कस्तो प्रभाव पार्छ सोचेर लेख्ने की सधै नकरात्मक कम्मेटमात्र होइन अव यस्तो स्थम्ब राखियोस माइसंसारमा जसमा नकरात्मक होइन सधै सकरात्मक टिप्पणी मात्र गर्न पाइयोस् । कसैको गुणगान मात्र पढ्न पाइयोस्

    • आशय राम्रो हो । तर सबै कुरा सकारात्मक र सोचेको जस्तो भएको भए टिप्पणी गर्नुपर्ने गुन्जायश नै आउँदैनथ्यो । जहाँ सबैकुरा परफेक्ट छ त्यहाँ नकारात्मक्ताको सवाल नै आउँदैन। नकारात्मक कुरा गर्नु पक्का पनि राम्रो होइन तर माइसन्सारलाई धन्यवाद यस अर्थमा दिनुपर्छ कि स्वेदश तथा विदेशमा बस्नुहुने नेपालीहरुले आफ्ना उकुसमुकुस र वितृष्णाहरुलाई कम्प्युटरको किबोर्डमार्फत उजागर गर्ने थलो र माध्यम यसले दिएको छ । विकृत राजनीति र कुरुप प्रशासनबाट आजित भएर हिँसात्मक माध्यमबाट असन्तुष्टि जाहेर हुनुभन्दा शब्दमार्फत आफ्ना भनाइ राख्नु बढी शालिनता हो जस्तो लाग्छ । बरु आवश्यकता के हो भने नकारात्मक कुराहरु बाट सामाजिक स्थायित्व सद्भाव शान्तिमा खलल पुग्नु भएन । त्यो कुराको सुनिश्चतता चाहिँ माइसन्सारले गर्नु जरुरी छ ।

  10. म अस्ट्रेलिया बाट ह्नू. यँहा पनि nrn म़ा राजनीति चली रहेको छ. कांग्रेस र कोमुनिस्ट candidate म़ा कलाई जिताउने भनेर. Dirty game खेल्दै छन् यँहा पनि.

    • रबिन जी:
      मैले सुनेय्को थियेया, ११ज्ञुन् मा Australia मा पनि नरन को meet बह्येओको थियो रे..के के भयेअ छ.?? थायाँ को को कुर्सि वाला हरु छन् ??
      कृपया बताई दिनु होस् है
      धन्न्यबाद छ

  11. स्वदेशमा गएर धक्कू लाउन मन लाग्ने तर विदेशी नागरिकता पनि त्याग्न नसक्ने । केही नलागेपछि विदेशी भूमिमा बसेर दुईचार जना स्वदेशी हनुमानहरु वा पिछलग्गुहरुको आडमा राजनीति गर्ने । नेपालमा नेताहरु सबै चोर भएर केही गरेनन् भनेर बेलुका व्हीस्कीको चुस्कीसँगै सत्तोसराप गर्ने तर पार्टीको नेता विदेश भ्रमणमा आउँदा एयरपोर्टमै पुगेर चाप्लुसी गर्न पछि नपर्ने । गफ भने मातृभूमिको सेवा भनेर गर्ने तर विदेशमा बस्ने आफ्नै नेपाली दाजु भाइ त बहिनीहरुको हितको लागि सिन्को नभाँच्ने । शायद यही हुनुपर्छ NRN को परिभाषा ।

  12. मेरो अनुभबमा जापान मा सबै भन्दा पिडित भनेको नेपाली इन्डियन रेस्टुरेन्ट (धेरै जसो भन्नलाई इन्डियन रेस्टुरेन्ट तर नेपालीले संचालन गरेको) मा काम गर्न कुक भिसा मा आउने नेपाली हरु हुन्, जो नेपाली मालिकहरु बाट नै पिडित छन्. मैले त्यो अधिबेसनमा देखेको रमाइलो कुरा त ति तमाम प्रबासी नेपाली हरुको हित गर्न भनेर खोलेको संस्था NRN को हर्ताकर्ता हुन खोज्ने हरु चाहि सबै रेस्टुरेन्ट मालिकहरु. अनि कसरि होला खोइ प्रबाशी नेपाली हरुको हित ? रमाइलो कुरा त अधिबेसनको दिन चुनाब हुने सम्भावना हुदा आफ्नो पक्ष्य को दस्ता हरुनै तयार थिय सबै किसिम को परिस्थितिको लागि, यस्तो लाग्थ्यो कि कुनै झडप नै पो हुने हो कि! तर धन्य तेस्तो केहि भयन. मलाई त लाग्छ हामि नेपालीहरु जता गए पनि हाम्रो दरिद्र मानसिकता परिबर्तन नहुने रहेछ!

    अरुलाई सानो देखायर आफु ठुलो बन्ने, कसरि हुन्छ ठग्ने धुत्ने , गुट उपगुट बनाउने, अरुको अस्तित्वो स्वीकार नगर्ने तर आफु सम्मान खोज्ने, पैसाको लागि जे पनि गर्ने, हुदैनभयको सरणार्थी बनेर देसको बेईज्वत गर्ने अनि देस बिगारे भनेर नेताहरुलाई गालि गर्ने, अनावस्यकरुपमा अस्तित्वो देखाउन च्याउ सरि संगठन खोल्ने, जे कुरामा पनि राजनीतिक चालबाजी गर्ने, चाकडी चाप्लुसी यी सब देख्दा लाग्छ हामी आर्थिकरुपमा भन्दा मानसिक रुप मा धेरै गुना दरिद्र छौँ,

  13. its too much that we are showing our neplese bad culture wherever we are….let us leave those NRN comitee for ladys one time pls….you men just doing politics and quarral….

  14. जापान मा हात हालाहाल भएछ कमसेकम सबै ले ता थापाए नेपाली वीर भनेर फिनल्याण्ड मा त कसैले पनि थापाए न किनकि एन आर एन को चुनाब गोप्य भयछ ! कुनै पनि स्टुडेन्ट लाई था छैन अझपनि मेम्बर पुगेकोछैना जो आय पनि हुन्छ सिट खाली छ ? सम्पर्क चै फिनल्याण्ड एन आर एन ?

    हुरी

  15. मैले देखे भोगे बमोजिम यो एन आर एन भन्ने महलभित्र थोरैलाइ छाडेर बाँकी सबै सफा कपडाभित्र लुकेका फोहोरी र घिनलाग्दा “मम्मी”हरु छन्/पैसाले पद खरिद गर्ने खेलमा लिप्त यी बिचार र बिबेक्शुन्न्य लाशहरुबाट अरु के नै आश गर्न सकिन्थ्यो र?

  16. “साला इक मच्छर आदमीको हिजडा बनादेता है”-भनाइ ठिकै लाग्यो/साला, एक मुठ्ठी बेइमान नकामहरुको झुण्डले देश त सखाप बनायो नै; बिदेशमा समेत नेपालीको टुप्पी बिकाएर छोड्यो!गधा मन्दिरमा गएपनि ढीच्चुं गर्ने र कुकुर स्वर्गै गएपनि आची नै ताक्ने गर्छ भनेको पनि सहि नै रहेछ!

  17. लण्डन मा पनि झन्डै तेस्तै तेस्तै भाको थ्यो .
    बेमान मुर्ख हरु.
    “अन्य देशहरुमापनि अधिकांश नेपालीको बुद्धि र बिबेक त्यो भन्दा माथि उठेको छ जस्तो लाग्दैन|”
    तेस्तो लाइ गाली गर्न नि सब्द छैन .
    hmm

  18. यो त नेपाली को जात र धर्म ले पाएको कुरा हो ,यो कुनौ नौलो र आशाम्ब्हब कुरा हैन नेपाली हरुको लागि

    • होइन मित्र केहि बेमानहरु(धेरै नेताहुन चाहनेहरुले)गरेको लै सबै नेपाली को जति र धर्म नभनु न. किनकि कति मान्छे नचाहेर पनि तिनीहरुको पछी लागेको छ कति मज्बूरी ले लागेकोहोला. मान्छे जन्मदा दिमाग खाली हुन्छा पछी सङ्गत र अरुको देखासिकी गर्ने हो. राम्रो सिक्यो राम्रो हुन्छा नराम्रो सिक्यो नराम्रो हुन्छा.

      • होइन दिनेश जी ,तपाई नि बिदेश मा बस्हनु हुन६ ,कति चिनिया ,इन्डियन ,कोरेअन छाना ,तिनी हरुले कुनै बिदेश मा बशेर पनि आफ्नो देशका राजनीतिक पार्टी हरुको भातरी संगठन खोलेर बशेका हुदैनन् ,ति बिदेश मा आउदा खेरि कति खर्च ,कति देश बाट हिडेर मान्छे हरु युरोप अमेरिका ,जापान, इत्यादी मा जान्छा अनि तेत नि आफ्नो देशका राजनीतिक पार्टी हरु क भातरी संगठन खोलेर बशेका हुन्छन ति भनेप नेपाली विद्वान मात्र हुन ,तपाई आफै नेपाली हरुको बुढी ,नैतिक त को मुल्यान्काना गर्न सक्नु हुन६

  19. एन आर एन पनि ठुलाबडा को दोहोरो नागरिकता लिन बार्गेनिग गर्ने संस्था भैसक्यो जस्तो छ./जहाँ गए पनि पद,पावर र पैसा चाहिने नेपाली लाई अनि हात, खुट्टा…..हालाहाल /निश्चित उदेश्यर कार्य क्षेत्र का साथ चले पो हुन्छ काइते हरु ‘बहादुर’ भन्दा माथि उठ्ने बुद्धि नै छैन////

  20. bangladesh देखि जापान सम्म का nepali उस्तै /भुत्रा को NRN

  21. अब त बिहारी लाइ पनि जित्ने भए नेपालीले
    कहिले बंगलादेश मा झगडा लफडा त कहिले जापान मा
    गर गर साथी हो अब नया संबिधान भएको, गणतान्त्रिक मुलुक को नया पहिचान पनि त चाहियो हैन त ? गौतम बुद्द, सगरमाथा, शान्ति प्रिय मुलुक आदि को पहिचान त बेचेरै खाइ सकियो, अब अरु के भनौ खै !!!!

  22. जापानमा नरन २ / ४ जना पहिला इन्दिएन्कोम कम गर्ने अहिले आफ्ना रेस्टुरेन्ट गर्ने को भरमा चले को छ
    चाहे अदाच्या होस् या अरु पदाधिकारी कुनी २ पैसा को नेपालको लागि कम गर्ने वाला छैनन
    तेसैले जापानमा बस्ने नेपाली ले सद्सेत्य पनि लिएका छैनन
    रोदी गौदेइमा र नेपाल बाट नेता औदेइम हुने वाला केहि व्हैना
    २/४ वर्ष पछि जापान बाट NRN सेलौचा जस्तो लाग्छ.

  23. If it is true then it is not very nice. Having said that wherever Nepalese are there is a little Nepal and it is our reflection of Nepal. We must try to learn from the places like Japan and Australia and behave like the people of Japan and Australia.

  24. पैसा हुनेहरुको चुरीफुरीबाट आरम्भ भएको एन आर एन अब पैसो हुने र नहुने को वर्गीय बिभाजनबाट भन्दा पनि राजनैतिक पार्टीहरुद्वारा प्रभावित विचारधाराका कारणबाट फुटेर सकिने कुरा निश्चित छ | रुसमा हुने क्षत्रिय सम्मेल्लनबाट यो कुराको श्रीगणेश हुनेछ |यो अबस्थामा जापानको सामान्य कुटपिट प्रकरण निकै गौण देखिन्छ | एन आर एन को परिभाषा नै अपांग छ – अझै स्पष्ट धारणा छैन | त्यसैले सबै खाले नेपालीलाई समेट्ने नौलो विकल्प अपरिहार्य देखिन्छ – सबैलाई चेतना भया !!!!

  25. मेरो जापान बसाइको अनुभवमा त्येहा पढेलेखेका भन्दा सिधै India को passport बोकेर ८० को दशकमा कुक (cook) बन्न पुगेका गुल्मी,बाग्लुंग,स्यांजा,अर्घाखाची का “सम्पति भाका तर बुद्धि अलि कम नै भाका” businessman हरुको जमात बेसी भए जस्तो लाग्यो | अब यति भन्दा अरु के नै भन्नु पर्ला र ?

  26. यी एनआरएन भनेका देश मा केहि गर्न नसकेर विदेश पलायन भयका हुन् / सायद गतिला भयका भय देश मै रहेर केहि गर्थे होला / अहिले केहि पैसा कमायो भन्दैमा आफ्नो गुण जाने त हैन नि / हो तेही जात देखायको हो /

  27. धेरै राम्रो सन्दर्भ समेट्नु भएको मा लेखक ज्युलै धन्यवाद नदिइसकिन म पनि यहाँ आएको तिन वर्ष बितिसकेछ र यहाँ को NRNA भनेको धनि रेस्टुरेन्टको मालिक कि अलि चलखेल गर्न सक्ने व्यक्ति हरुको झुण्ड हो भन्ने स्पस्ट पार्न चाहन्छु अनि हामी जस्ता कुक visa मा आएकोलाई कसले सहयोग गर्छ किन कि हामी यी नरना का नाइकेहरुको रेस्टुरेन्टमा कामगरिरहेका छौ अनि हामीलाई कजाउन पाए पछी हाम्रो लागि टेन्सन किन लिन्छ हाम्रो लागि सोचिदिने कोहि छैन जापानमा

  28. अधिवेशनसगै नागोयाका एनआरएनहरु सहमतिमा आएका छन अहिले । जे होस यहाँ उठाइएका विषय चाहि नेतृत्व तहबाट समाधान नभएको स्थिति छ । यो ब्लग अल्लि अधिवेशन पहिले नै पकाशित भएको अझ सान्दभिक हुन्थ्यो ।

  29. हाम्रालाई चाहिं जहाँ गएपनि पद लिएर बाबुसाहेब बन्नै पर्ने !

  30. यो सबै पैसा कमाउने दाउ मात्र हो यिनी हरु को, यहाँ अस्ट्रेलिया मा पनि नाटक सुरु हुने वाला छ आर्को महिना .९९% संग १०००० dollar पनि इन्वेस्ट गर्ने पैसा छैन, खाली धाक मात्र हो , १-२ जना संग जस्ती शेष घले संग होला इन्वेट्स गर्ने त्यो naturally नै नेपाल मा इन्वेस्ट भै हल्छा NRN भन्ने संस्था चैदैना, यो NRN भन्ने संस्था काम गर्ने होइन भेनेर देखि सकियो,खाली उपेन्द्र महतो ले गार्दा धनि रहेको हो यो.

  31. नेपाली हरु, नेपाली हरु बीच मात्रै भिडन्त गर्छन, बिदेशी हरु ले गलती नै गरे पनि बिदेशी हरु संग भिडन्त गर्न आंट गर्न सक्दैनन्| जुन सुकै बिदेशी मुलुक मा येस्तई हालत छ| जबकी अरु बिदेशी हरु बीच एक अर्का प्रति निकै नै एकता देखिन्छ|

  32. बर्मा गएपनि कर्म संगै.. हो म बिजयजी संग एकदम सहमत छु…संक्षेपमा कुरा तेही नै हो….

  33. ” नेपाली संस्कार को जगेर्ना देश देखी विदेश सम्म ” ! धन्य छन् बिदेशी पैसा हात पारे पश्चात विदेश मै नेपाली शैलीको राजनीति गर्न पल्केका हुक्केहरु /
    बिकशित मुलुकका राम्रा संस्कारलाइ पनि प्रदुषित पो पर्ने भए त ?

  34. दुई वर्षको कुरा नगर्नुस् िमत्र म बसेको ६ वर्ष भयो तर अहिलेसम्म सदस्य बनेको छैन । यसको मतलब बन्न नखोजेको पनि होईन, ४ वर्ष अगािड एक जनाले यसको सदस्य बनाउने भनेर ८, १० जनाको सदस्य शुल्क पनि बटुलेर टोिकयो आएको िथयो तर हामीले अहिलेसम्म न त परिचय पत्र पायौं न त पैसा नै िफर्ता यो यस्तै हो साथी बुिझ नसक्नुको छ । अहिले लाग्छ यो भए पनि के भो नभए पनि के ? लुतो न कन्याई । यो यस्तै छ सािथ …..

    • नेपाल सरकारले गैर आवाशीय नेपाली सम्वन्धि बनाएको नीति नियम नै पक्षपात पूर्ण छ|गैर आवाशीय नेपाली भन्नाले के?र कसलाई र कस्तालाई जनाउँछ?यो स्पष्ट हुनु पर्छ|
      १)बाध्यताले विदेश तिर काम गर्न गएका नेपाली जो भोलि स्वदेश फर्कन्छ तिनीहरु कसरी गैर आवाशीय नेपाली हुन् सक्छ|
      २)गैर आवाशीय नेपाली भनेको जो नेपालको नागरिक त्यागेर अन्य देशको नागरिक भएर बसेको अथव नेपाली मुलका बिदेशमा जन्मेकाहरुलाई गैर आवाशीय नेपाली भनि बुझ्नु पर्ने देखिन्छ|
      ३)नेपालको नागरिक नत्यागेका कुनै पनि नेपाली गैर आवाशीय नेपाली हुन् सक्दैन|
      ४) गैर आवाशीय संस्था,नागरिक हुन् नपाउने देशमा बसेका नेपालीहरुको लागि आवश्यक देखिंदैन|र छैन पनि |
      ५)गैर आवाशीय नेपाली बन्न सक्ने देशहरुमा युरोप,अमेरिका,अस्ट्रेलिया,क्यानाडा र यु.के.मात्र देखिन्छ किनभने यी देशमा कानूनी रुप बाट नगरिकत दिने प्रावधान छ|
      ६)नेपालका राजनीतिक दलहरुले स्वदेशमा मात्र नभएर विदेश तिर पनि माछा मार्न जालो फिंजाएको स्पष्ट देखिन्छ|त्यसैले जनसम्पर्क समिति,युएनडीएफ,प्रगतिशील मंच रा.प्रा.प.मंच,आदि इत्यादि भात्री संगठनहरु खोल्न लगाएर बिदेशमा भएका नेपाली नेपाली बीचको सम्बन्धको दुरी टाड्याउने निच कार्यहरु भै राखेको छ|
      ७)पुनस्च:गैर आवाशीय नेपाली भनेको नेपाली मुलका बिदेशी नागरिक भनि बुझ्नु जरुरी छ|

  35. – सम्बन्धित देशमा भएका मापदण्ड/योग्यता पुगेका नेपाली समेट्न समेत नसक्ने एनआरएनको काम चाँही के ?
    – सम्वन्धित देशमा के कति नेपाली जनसंख्या छ भनेर लगभग तथ्यांक समेत राख्न नसक्ने यिनीहरूको उद्धेस्य चाँही के ?
    – विदेशको भूमिमा अलपत्र परेका नेपालीहरूलाई सामान्य सहयोग समेत नगरेर दुतावास तिर पन्छाउने गर्छन, त्यसो हो भने यो संस्था पहुँचवाला र हुनेखानेको जाँड पार्टी गर्ने थलो बाहेक केहि होइन /

    एनआरएनको अध्यक्षलाइ एउटा प्रश्न ?
    – हरेक देशमा भएका, अझ भनौ मुख्य मुख्य ७५ वटा देशहरूमा रहेका एनआरएनका संस्थाहरूले नेपालको एक-एक वटा जिल्लामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा विकाशका काम गर्ने भनि एक-एक वटा जिल्लाको उत्तरदायित्व लिन सक्नुहुन्छ ??!!

    *सक्नुहुन्छ भने आगामी सम्मेलनको मूल मुद्धा बनाएर पारित गर्नुस र काम थाल्नुस, हामी पनि सहयोग गर्छौ /*

    * सक्नुहुन्न भने दोहोरो नागरिकताको व्यक्तिगत स्वार्थ मुटुमा लुकाएर ठुला ठुला कुरा मात्र गर्ने यो संस्थाको कुनै औचित्य छैन /*

  36. यो लेख हेर्दाता मलाई के लग्यो भने – हामी नेपाली जहाँ गएर बसेपनि आब मिलेर बस्नु आबसेक छ i नत्र हामी बदनाम हुने छौ !!
    जय नेपाल

    • श्रीराम जी,तपाइको भनाइ सहि हो,तर के गर्नु नेपालका भ्रष्ट राजनीतिक दलहरुले बिदेशमा बस्ने नेपालीहरु बीच पनि फाटो ल्याई दिएको छ| जन सम्पर्क समिति रे युएनडीएफ रे प्रगतिशील रे के के हो के के,बिदेशमा भाँडा माझेर,स्टोरमा कुच्चो लगाउने काम गरेर केको जन सम्पर्क समिति केको यु एन डी एफ,के को प्रगतिशील |
      जन सम्पर्क समिति गाउँ गाउँमा खोल्नु पर्छ|यु एन डी एफ,प्रगतिशील गाउँ गाउँमा खोलेर जन चेतना जगाउनु पर्छ|तर चेतना भ्रष्टचार मौलाउन होइन उन्मुलन गर्नको निम्ति,न कि दलाललाई पैंसा दिएर विदेश आएर भाँडा माझेर,कुच्चो लगाएर तिनै भ्रष्टचारीहरुलाई टेवा दिने होइन|बिदेशमा जहाँ कि एक हप्ता वा महिना दिनमा एक पटक भेट हुन् पनि मुस्किल हुने ठाउँमा यस्तो नकचरो संस्था खोलेर के काम,|

  37. एनआरएन गठन भएका देशहरुमा अब अन्तरिक द्वन्द बढ्न थालेको स्पस्ट देखिन्छ | नेपाली आफु आफुमा जहिले पनि बर्गिकरण हुन्छ – राजनीतिक, सामाजिक, आर्थिक रुपमा | एकातिर ति बिदेशमा भएका एनआरएन संस्थालाई नेपालका मुख्य पार्टीहरुले आफ्नो पकडमा लिन खोज्छ आफ्ना समर्थकलाई नेतृत्वमा ल्याएर | त्यस्तै आफुलाई ति पार्टीका निकट देखाउनेहरु पनि आफ्नो शक्ति देखाउन पछी पर्दैनन् | सामाजिक रुपमा नेपालका बीभिन्न भाग बाट आएका नेपाली बीचको भिन्नता त्यसै छँदैछ जात जाति देखि बर्गीय तथा भौगोलिक आधारमा | त्यस्तै नेपालका हुने खाने, उच्च आर्थिक स्तरका, राम्रो ठुलो जागिर र ठुला ब्यबसाय गर्नेहरुको आफ्नै हाँक र दबदबा छ यो एनआरएनमा | यो बिभाजनको तुष जति गरे पनि जहाँ गए पनि नेपालीले बिर्शन सकेका छैनन् | यो तुच्छ संकीर्ण नेपालीत्व भन्दा माथि उठेर हामी जहाका भएपनि, जे जात जातिका भएपनि, धनि गरिब जे भए पनि नेपाली एकै हौ भन्ने सोच सबैमा नआएसम्म एनआरएन लगायत बिदेशमा खुलेका अन्य संघ संस्थामा सामन्जस्यता कहिले आउनेछैन | ब्याख्या जति गरेपनि को एनआरएन हो को होइन यो पनि बिबाद्कै बिषय हो | पहिला पहिला सबै नया थिए सबैको सबै संग परिचय थिएन, ठिकै थियो | अब सबैका भूमिका सबैलाई थाहा भयो अनि त्यसैको आधारमा एकले अर्कोलाइ हेर्ने, बिभाजन गर्ने, र आफ्नो आफ्नो समूह बनाउने भूमिका बन्यो | निहित स्वार्थका कुरा मात्र हेर्ने र आफ आफ्ना समर्थक बटुल्ने गर्नाले एनआरएनमा बिभाजन ल्याएको हो | यस्ता संस्थामा सबैको सहमतिले काम हुनु पर्छ र “opposition bench” को सिर्जना हुनु हुँदैन | विभिन्न देशहरुका एनआरएनहरुमा बिभाजन आइरहेको समाचार पढ्दा दुखः लाग्छ |

  38. बहादुर नेपाली जहाँ गय पनि ….आफ्नो हर्कत देखाई छाडछन्……खुट्टा तान्नै पर्नी, अरु (नेपाली) को प्रगति देखि नसहनी…..सबैलाई पद नभई नहुनी, सबै झुम्रे नेता बन्नै पर्नी, जसरि जहाँ पनि राजनीति गर्नै पर्नी, आफै मात्र ठुलो जान्नी सुन्नी देख्नी…..कहिले सुध्रेला खै नेपाली को बानी अबत बिदेशी हरु पनि हार मानी सके होलान नेपाली देखि……….

  39. ये तेस्तो पो भयो ? खै, सन्देश ‘कल्पित’ ज्यु ले त एकदम राम्रो संग सफल भो भन्नु भाको थियो..अहिले फेरी अर्कै कुरो छ..कुरो को चुरो हरि जी ले नै लेख्नु भा हो त? हो भने चै एस्तो चाला राम्रो भएन / कबि जी ले ठिक गर्नु भएछ सदस्य नबनेर..नत्र तोड मा पर्नु हुनेथियो होला ..हाहाहा / आफ्नो बिदेस, आफै बनाऊ /

  40. जापान गएपछि सुमो नखेली कोहि बस्न सक्छ त ?

  41. पहिले पहिले बुढापाकाले “बर्मा गएपनि कर्म संगै जाने” भन्थे अहिले नेपाली जहाँ गएपनि राजनीति संगै जाने गरेको छ| अनि त बिदेसमा बस्दा पनि फलाना त कांग्रेसी रे उ त झन् माओबादी रे भन्ने जस्ता राजनीतिक आस्थाका कुराहरु लगायत धनि-गरिब, ठुलो काम-सानो काम र भिसाको प्रकृति हेरेर समेत विभाजित हुने गरेका छन्| लेखकले जापानको उदाहरण दिनुभयो तर अन्य देशहरुमापनि अधिकांश नेपालीको बुद्धि र बिबेक त्यो भन्दा माथि उठेको छ जस्तो लाग्दैन|

Comments are closed.