एअरपोर्टको भाउ पनि बढ्ने भो

नेपाल सरकारले एअरपोर्टहरुमा यात्रु सेवा सुविधाका नाममा असुल्ने शुल्क अर्को महिना (साउन)देखि बढाउने भएको छ। यात्रु सेवा सुविधा शुल्क बढाउने निर्णय पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले जेठ २३ गते गरेका हुन्।

परिवर्तित शुल्क अनुसार अब सार्क मुलुकमा उड्ने यात्रुहरुले त्रिभुवन विमानस्थल प्रयोग गरे वापत् ७ सय रुपैयाँ तिर्नुपर्नेछ भने सार्क बाहेक अरु सबै देशमा उड्ने यात्रुले एक हजार रुपैयाँ तिर्नुपर्नेछ।

के यो शुल्क तिरेवापत् कुनै सुविधा तपाईँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाउनु हुन्छ त ? आफ्नो विचार लेख्‍नुहोला।

यो सात सय वा हजार रुप‍ैयाँ सेवा शुल्कमा साबिक बमोजिम नै भ्याट पनि लाग्नेछ।

अन्तर्राष्ट्रिय उडानका लागि मात्र हैन, आन्तरिक उडानका लागि पनि शुल्क बुझाउनु पर्छ। सूचना अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भद्रपुर, सिमरा, भैरहवा, नेपालगन्ज, लुक्ला, जोमसोम र मेघौली विमानस्थल प्रयोग गर्नेहरुले त्यहाँ पाइला टेकेवापत् भ्याटसहित २ सय रुपैयाँ तिर्नुपर्नेछ।

त्यसैगरी राजविराज, जनकपुर, भरतपुर, टिकापुर, दाङ, सुर्खेत, धनगढी र महेन्द्रनगर विमानस्थलमा भने भ्याटसहित १ सय ५० रुपैयाँ तिर्नुपर्नेछ। यसबाहेक अन्य विमानस्थलमा भने ५ रुपैयाँ तिर्नुपर्नेछ।

[polldaddy poll=5190178]
प्राधिकरणले निकालेको सूचना-

[polldaddy poll=5190181]

85 Comments

  1. निकै ने चिन्ता को बिसये हो यो.टाकस लिएर तोइलेट त राम्रो सुबिधा दिन सकेको छैन . इम्मिग्रेशन को लिने त झन् एती दुख छ कि के लेख्ने
    पनि को सुबिधा छैन. हामीले कमेन्ट गरेर केहि नै हुदैन
    . टाकस कम गरेर स्ताफ्फ़ (कर्मचारी) पनि कम गर्ने. कम कर्मचारी ले बढी काम
    गर्नु पर्छ. अहिले जमाना कम कर्मचारी ले बढी काम गर्ने युग हो.
    धेरै कर्मचारी भयो भने कसले कIम के गर्ने भन्ने मा ने लडाइ गर्दै (पोलिटिकल)
    हुदै जान्छ.

  2. मलाई त यात्रु हरुले थुप्रै सुबिधा पाएका छन् जस्तो लाग्छ, झमेला, ब्लैक स्क्रीन इन म्यासेज बोर्ड, दुर्गन्ध ले नाक फुट्ने ट्वाइलेट, कमिसन ले भात्किएको ग्राउण्ड, निकै सफा स्मोकिंग जोन, अरु के के हो……………

  3. शेवा शुल्क तिर्नु राम्रो हो . तर तेय्स शुल्क तिरे बापत जनता ले शेवा पनि पाउनु पर्चा ,

  4. TIA is the worst airport I have ever seen. There is nothing as such for which we can even get into evaluation of the airport. If a scale of 10 is taken , it must get -10. It only reminds me the misdeeds of all the leaders of country in past.

  5. जनताको रगत पिएर मोजमस्ती लुट्न पल्केको सरकारले बिमानस्थलमा उठाउने थप शुल्कबाट कुनै प्रकारको सेवा सुबिधा थप्ला भन्ने आशा राख्नु नेपाली जनताका लागि निरर्थक हुन्छ |

  6. अहिले विस्वका धेरै विमानस्थलहरुमा अनेक प्रकारका कर तथा सुल्कहरु लिने गरिएको छ र सर्बसाधारणले टिकट खरिद गर्दा ती रकम तिरिसकेको हुन्छ| कतिपय व्यक्तिले यस्ता कुरामा ध्यान नदिने हुदाँ थाहा समेत पनि हुदैन उसलाई| थाहा पाउने व्यक्तिले पनि त्यस्ता बिमानस्थलमा पुग्दा त्यहाँ पाइने सेवा/सुबिधाहरुले गर्दा आफुले तिरेको पैसाको सदुपयोग भएको ठान्छन| नेपालमा पनि यस्ता प्रकारका शुल्क लिनु नौलो होइन तर त्यसको सदुपयोग भयो भने| एक गिलास पानी पिउन पुरा एयरपोर्ट धाउनु पर्ने तर शुल्क चाही हजारौ लिने जस्ता कारणले हामीकहाँ शुल्क तिर्नु भनेको बेबकुफ बन्नु भन्ने मानसिकता बनेको छ| विमानस्थल भित्र छिरे पछी बिमानभित्र नपुगुन्जेल सबै सेवा/सुबिधामा उचित व्यवस्था मिलाउन सक्ने हो भने पैसा तिर्न पछी पर्दैनन् अहिलेका मान्छेहरु| सम्बन्धित निकायले त्यसमा ध्यान पुर्याओस|

  7. यो एयरपोर्ट कर नेपालमा मात्रै वृद्धि भएको नभई बिदेशमा पनि वृद्धि भएको रहेछ . यो हेर्नुस –
    “Suvarnabhumi Airport Fees Announcement”

    Airport Of Thailand Public Company Limited (AOT) would like to announce AOT’s board meeting resolution on the matter as follows.

    Passenger Service Charge (PSC) for international flights will be increased from Baht 500 to Baht 700, and for domestic flights from Baht 50 to Baht 100, effective as of February 1, 2007.
    Landing and Parking fees will be increased by 15% as of April 1, 2007, a 6-month delay, to support airlines, ensure the best service for aircraft and attract more airlines to Suvarnabhumi Airport.
    http://www.airportsuvarnabhumi.com/about-suvarnabhumi-airport/airport-fees/

  8. कहाँ सुबिधा पाउनु त्येहा भयको फोन त त्येहा को स्ताफ्फ़ लै मात्रा ठिक छ त्यो पनि अझ नचल्ने हहहाह्हः

  9. एरपोर्ट राम्रो भए पनि अथवा सुबिधा राम्रो दिए पनि लौ भनू…….त्यहाँ झर्नासाथ् कहिले फेरी निस्कन पाउला नेपाल बाट भन्ने लाग्छ …..होइन हो गाठे..नेपाल मा त केहि बदमास काम गर्नेलै त ब्वान्ग्की ब्वांग नाकुती हुदैन के ………..

  10. धावन मार्ग फुटेको त मर्मत हुन् सकेको छैन हामीले के सुबिधा पौने आस राख्नु र खै !

  11. I think yes. They will open letters and baggage take if they see any valuable item or ask for money. Also couple peope will ask for quarter , dime or just dallor when u get out from airport. Chor rai chor. Every body chor kucho to hakim.

  12. कहिँ नभएको जात्रा हाँडी गाउँ मा भने जस्तै …. नेपाल मा एरपोर्ट tax छुट्टै लगाउन थालेछन .. एक वर्ष अघि मात्र नेपाल गएर आउदा tax तिर्नु परेको थिएन … एरपोर्ट मा तिर्नु पर्ने tax त टिकेट किन्दा संगै तिरिएको हुन्छ .. फेरी यो डबल tax किन ? नेपाल को कर कार्यालय ले सोझा साझा नेपाली जनता लै ठग्ने कम मात्र गरेको छ .. नेपालका काला ब्यापारी संग कर असुल्न नसक्ने .. करोडौ कर मिनाहा गर्ने अनि लिने नपाउने कर चाही मन मानी तरिका ले लिने …… थुक्क नागरिक उड्डयन बिभाग … अनि एरपोर्ट पनि कस्तो फोहोर … toilet को त कुरा नै नगरु …. अनि तेहा काम गर्ने चोथाले कर्मचारी …. तेही पनि के भन्नु जय होस् नेपाल को ……

  13. You politicians will never help for the development of the country. Nepeal will never developed unless you stop corruption. Tax is already included in the tickets and must be included, so must not be charged extra. You crazy minister. Try to respect and help Nepalese citizens.

    • Mr. Parajuli

      This tax used to be included in ticket itself and will continue to be included in ticket. No change in the procedure of collection of Airport tax.There is just revision of tax.

  14. घुस अलि बढी तिर्ने सुबिधा पाईअला अरु त के नै पाइन्छ र नेपाल को एरपोर्ट मा कि अलि बढी घुस देउ भनेका हुन् मन्त्रि ले पनि.

  15. लाम संसार को सबै एरपोर्ट मा हुन्छ र एर्पोट कर सबै ठाउमा तिर्नु पर्छ कहिले कहिँ परिश एरपोर्ट मा ३ घण्टा सम्म पनि लाम बस्नु पर्छ तर यहाँ कर्मचारी हरु को सारै रुखो बोलि र अनाबस्यक प्रस्न हरु ले हैरान बनाउछ र पकै पनि सौचालय को त कुरै नगरौ, कर तिरे अनुसार को फाइदा त नेपाल को कुन ठाउमा पाइन्छ र

  16. एरप्रोट ट्याकस् प्लेनको टिकटमै तिरिसकेको हुनाले यो अतिरित्त शुल्क लिन पाइदैन। एक बर्ष अघि यो शुल्क हटाइएको थियो। अब फेरि सुरु गरेको रहेछन्। अब कुरा सुबिधाको, म डेड बर्ष अघि एक जना बिदेशि सँग नेपाल जाँदा, त्यो लगेज लिने ठाउँमा ति बिदेसी शौचालय जान खोज्दा पैसा मागेकोले तिनले शौचालय प्रयोग गर्न पाएनन . अब भर्खर प्लेनबाट उत्रेका यात्रि सँग कहाँबाट पैसा हुन्छ। नेपालमा टेक्ने बितिकै नराम्रो छबि देखियो। यस तर्फ कसैको ध्यान किन नगएको ?

    • yes I have also paid airport tax some around 1100-1300NRs in 3 years back. Later, in new provision airport tax was included in ticket. Why this again, two times airport tax ? This is not acceptable, one should sue airport authority in court.

  17. सन् १९९८ मा काठमाडौँ बाट singapore हुँदै vancouver (क्यानाडा) जाँदा TIA (काठमाडौँ) मा NRS ११०० तिरेको छु. तेती बेला नेपाल मा VAT थिएन. उमेश जी तपाई को समाचार अनुसार त सार्क बाहेक अरु country जाँदा बल्ल NRS १००० एरपोर्ट फी?? खै विश्वास लागेन? की मलाई १९९८ मा TIA ले बढी पैसाल लियो?

    • एरपोर्ट फि त् बिश्वोका सबै मुलुक मा तिर्नु पर्छ, तर त्यो पैसा पहिले टिकट किन्दा टिकट मा नै समाबेश गरेको हुन्छ. म गतबर्ष जर्मनबाट नेपाल जादा मैले जर्मन मा नै टिकट किनेकोले गर्दा सबै ठाउँ को एरपोर्ट को फि तिरेको थिएँ . तर नेपाल मा मसंग बाट पनि फेरी एरपोर्ट फि भनेर पैसा मागेपछि मैले जर्मन मा यो फोन मा फोन गर्नु म पैसा तिर्दीन भनेपछि, ए ल हजुर टुरिस्ट पो भनेर छोडिएको थियो मलाई.
      नेपाली कानुन न हो, जहाँ जे मन लाग्छ त्यहि हुन्छ !
      दिपक अधिकारी
      जर्मनी

  18. एअरपोर्ट टाक्स त टिकेटमा जोडेको राम्रो थियो । किन एअरपोर्टमा पैसाको कारोबार गराउनु पर्‍यो । फर्कने बेलामा बिदेशीसँग पैसा नहुन सक्छ । नेपालीले नेपाली पैसा नबोक्न सक्छ । टाक्सको नाममा मान्छेहरुलाई असहज हुने काम सरकारले गर्न नहुने थियो । बरु सम्बन्धित बिमान सेवा कम्पनीलाई एअरपोर्ट टाक्स बापत यति रकम जोडेर टिकेत बिक्री गर्नु भनेर आदेसगर्नु राम्रो हुन्थियो । टाक्स तिरेपछि खुद्रा पैसा छैन् भन्दै चक्लेट भिराउने त होइन । राज्यको यस्तै यस्तै व्यबहारले गर्दा बिदेशमा नेपालको नराम्रो सन्देश फैलिदै जाने हो । नेपालको एअरपोर्ट जस्तो तनाब दिने एअरपोर्ट त संसारमा कही पनि छैन ।

  19. एयरपोर्ट सेवा शुल्क तिरे बापट हामीले हामीले एयरपोर्ट कर्मचारीबाट नाना थरिका दुख कष्ट गाली हेपाई अनि रुखो बचण आदी-ईत्यादी सेवा सुबिधा पाएका छौ।

  20. ७५० बाट १००० बनायको कहिले हो ? मैले त ८ वर्ष अघिनै १००० तिरेको छु / Airport tax भनेर १००० तिरे बापत एउटा रसिता दिन्थ्यो त्यसमा कुनै रकम उल्यख थियन / कसरि आज यहो हुन गयो यसको मतलब रु २५० प्रत्येक interntional यात्रु बाट भ्रस्टचार हुदो रछ कि क्या हो ?

    • एरपोर्ट मा पैसा तिरेर अरुसुबिदा नपाएपनि कम्शिकम t0ilet पेप्पेर मात्र राख्दियेपनि धेरंईराहात हुनी थियो त्रिभुवन विमानस्थल मा मएकपटक विदेशीलाई लिएर गयेकोथिये बिचारो उ सौचालयेतागयो तर पेप्पेर पयेन्छा आखिर मलाइ सर्म लागेर मसंग भएको रुमाल ले काम्चालाउनु परेओ पैशा तिरेपछि कम्तिमा पनि निउनतम सुबिदा पाउनपरेओ

  21. आखा अलिक कम्जोर हुनेलाई मलिनो बिजुलीको कारण आगमन फारम भर्न कठिन हुने गर्दछ.

    हवाई यात्रुको चाप बढिरहेको अबस्थामा पनि सुबिधा मा कुनै सुधार नहुनाले यावत कुरामा दुख छ.

    कर बृद्दी पछी पनि सुबिधामा कुनै सुधार नभएमा विमानस्थल ब्यबस्थापन अधिकृत् को गालामा चड्कन हान्नु पर्दछ.

  22. नेपालको चलन अनुसार यो दररेट अलिक सुहाउँदो भएन नेपालका बिकट ठाउँको लागि रु. १००० (एक हजार) साउदी, कतार, मलेसिया, दुबई को लागि रु. ७५० (सात सय पचास) अनि यूरोपीयन मुलुकको लागि रु. १०० (एक सय) हुनुपर्ने हो घरबारी बन्दकी राखेर जाबो रु.१,००,००० (एक लाख) तिरेर महिनाको पुरै रु. ८,००० – १०,००० {आठ-दस हजार } कमाउने गल्फ कन्ट्रीमा जानेहरुलाई रु. ७५० (सात सय पचास) भनेको के हो र बरु देशको लागि रातदिन नभनी घुम्ने हाम्रो देशका महान नेताहरुलाई अलि मार्का पर्छ। बरु उहाँहरुको लागी निशुल्क पो गर्नेकी ?

  23. ७०० तिरे बापत हाम्लाई नि VIP lounge चहियो नि
    बिस्वको खत्तम International Airport मा किन त्यस्तो पैसा तिर्नू बेकार मा नत्र

  24. just one request to the airport authority – ‘please go and see the airport toilet’ and ask yourself, where did it all go wrong?

  25. संसद सभासद अनि नेता अनि पाटि हरु बढी भए पछि खान को लागि त हो नि यो साब नौ टंकी जनता भन्दा नेता पाटि र पाटि को कार्यकर्ता धरै भएको देशमा हरेक दिन जनता लुट्ने काम भै रहने छ..कुनै नया कुरा होइन देश जहाँ को थाई हुने छ देश को ढुकुटी सक्ने ले के राम्रो काम गर्छन आशा छैन..

  26. सुधार गर्नु पर्ने धेरै छ…. सुरुवात भए राम्रो…. एरपोर्ट अलि हेर्न लायक त हुनु पर्ने हो |

  27. पैसा उठाएको त राम्रै हो, तर त्यो उठेको पैसा कम योग्यता भएका नेताहरुले सही ठाउमा प्रयोग गर्दैनन् ! बल्ल बल्ल पाएको यो जुनी, मन शान्ति नलिई मारिने भो, के गर्ने हजुर !

  28. कति कर्मचारीले मात्र पैसा बनाउनु हाम्रो झक्कास एरपोर्ट बाट, अब पालो हाम्रो सरकार को !

  29. योगेश जी कर तिरेको रसीद पनि हुन्छ अनि सिधै सरकारी खातामा पनि जान्छ तर त्यो खाता बाट पैसा निस्कने बेलामा केको लागि निस्किन्छ र कहाँ कति %ले खर्च हुन्छ त्यसको ज्ञान वने छैन जस्तो लाग्यो तपाई नेपाली भएर पनि यस्तो कुरा गर्ने हो ?यहाँ सबैको कमेन्ट हेर्दा लिए पनि त्यो अनुसारको सुबिधा हुनुपर्ने भन्ने छ सहि हो /लिन त tax लिएर नै छाड्छ तर सुबिधा चाही संका नै छ /एरपोर्ट management संग गुनासो चाही होइन अनुरोध यो छ कि नेपाल आउदा या बाहिर जादा ठाउँ ठाउँ मा भाको lcd tv हरुमा चाही नेपाली च्यानल वा नेपालका पर्यटकीय स्थल हरुको प्रसारण गरिदिनु पर्यो जहिले फर्किदा पनि इन्डियन च्यानल मात्र चलेको हुन्छ नेपाल नआई कतै इन्डिया पुगेजस्तो लाग्ने सायद इन्डिया को एरपोर्ट मा पनि चल्दैन होला /देश विकास को लागि त tax तिर्ने पर्ने हो तर अन्तै खर्च हुन्छ त्यसैले त नेपालीले पाएसम्म tax तिर्दैनन

    • निरोजजी ! मैले दीपजीलाइ लेखेको लगायतको जवाफ पढ्नु होला !
      – बरू हजूरलाई ज्ञान भए मलाई राज्यसंयन्त्र संचालन र बजेटको बाँडफाड, रकम निकाशी, बिभाग र सम्बद्ध निकायको काम कारवाहीको बारेमा केहि सिकाइदिन हुन अनुरोध गर्दछु /

  30. मेरो विचार मा त यो ठिकै गर्यो सरकारले, हजार रुपे त हो नि, तिर्न नसक्नेले किन उड्नु पर्यो, घरै बसे भैहाल्यो

  31. पहिला पहिला एरपोर्ट टस भिन्दै रसिद काटेर तिर्नु पर्थियो पछी ऐर टेकेट संग तिरिन्थियो अब ऐर टेकेतमा नकाटेर भिन्दै तिर्निभाए पछी त ऐर तिच्केट को मूल्य घट्ने होलानी त कि कसो हो कमरेड हरु?

  32. नेपाल मा जसबाट ट्याक्स उठाउन पर्ने हो उनीहरु बाट ट्याक्स उठाउन चाहन्नन्| तस्करी र कला ब्यापारी मात्र जायज तरिकाले ट्याक्स उठाउने हो भने ठुलै रकम उठ्ने थियो| तर सरकारमा बसेका डाँका हरु चोर ब्यापारी बाट ट्याक्स उठादैनन तर ट्याक्स छुट दिनाकोलागी घुस लिन्छन| कलि जनतालाई दुख दिएर सर्ब साधारण बाट मात्र ट्याक्स उठौन्छां| सुबिदा भनेको रुखो बोलि, असब्या व्यवहार, गनाउने चर्पी र एअरपोर्टमा जताततै चोरी मात्र जस्ता देखिन्छन| यो अति कर नपरी जाने ठाउंनै होइन| त्यहाँ जानु भनेको दुख र हैरानी किन्न जानु हो|
    ओ सर नेपाली नेता हरुको दुस्प्रससन को छर्लंग देखिने ठाउं हो|

  33. शुल्क लिए पछि केहि सुबिधा पनि दिए पो, शुल्क तिर्नेलाइ पनि राहतको अनुभव हुन्छ, लाइटिंगको व्यवस्था, व्यवस्थित प्रतिक्षालय, वाईफाई इन्टरनेट, नियमित सर-सफाइ, ट्याक्सीको व्यवस्थापन त सहजै उपलध गराउन सकिन्छ नि, अब शुल्क लिन सुरु गरेपछि, रोक्न त के रोक्ला प्रधिकरनले, यसरि उपलब्ध गराउन सकिने सेवा चाहि उपलब्ध गराउ

  34. नेपाल को एअरपोर्ट मा सुबिधा नै के छ र त्यो भन्दा त बरु गंगबु को बस पार्क मा सुबिधा होला..अनि रह्यो कुरा यो सेवा सुल्क को नाम मा खाली ६०१ जना बंगुर पाल्न यात्रु माथि कर बोकाउने थुक्क झले सरकार.. लाज को मर्नु एउटा सुबिधा दिन सकेको होइन एअरपोर्ट मा.. सूचना केन्द्र मा गयो भने कर्मचारी भेटिदैन..यात्रु प्रतिक्षालय राम्रो छैन.. शौचालय मा पानि आउदैन तेस्तो एअरपोर्ट मा के को सुबिधा सुल्क हो ??

  35. नमस्कार
    कर को पैसा मा एरपोर्ट मा अत्धाधुनिक सौचालय बनाउनु सामान को ट्रली को बय्बस्था गर्नु त राम्रो हो तर कलम ,फोटो र अमेरिकन मूद्रा लीयर एरपोर्ट मा अध्यागमन भन्दा अगाडी बैंक को कर्मचारीलाई दर्शन गर्नुपर्ने संसार को बय्जती एरपोर्ट मा क्रेडिट कार्ड को अध्यगमन मा बय्बस्था भये यो बैंक को कमिसन घुसखोरी पनी बगे राम्रो हुन्थ्यो नत्र चोर नेताहरु को रातो पासपोर्ट र कार्पेट मा खर्च गर्ने भय जनता बाट हाथी को नाक मागेर सुगूर को मुख मा दान गरे जस्तो हुन्छ
    धन्यबाद

  36. हो योगेश जी,
    तो उठेको कर देस विकास को लागि खर्चियको छैन I त्यो तो नेता हरु को देल्ही मा उपचार गर्न खर्चायाको छ I अनि तो कर नेता हरु को भत्ता को लागि खर्चायाओ छ,सुशील कोइराला हरु अम्रिका मा क्यान्सर चेक गराउन गएका छन् कि, मन्त्रि, संसद हरु विदेश भ्रमण मा गएका छन् /

  37. पहिला पहिला त यो कर या भ्याट अलग्गै एयरपोर्टमा तिर्नु पर्थ्यो तर अब ती दुवै हवाई जहाजको टिकट किन्दा नै समावेश भई सकेको हुन्छ . जुनसुकै एयरपोर्टमा पनि तिर्नु पर्छ यो शुल्क तर त्यसको बापत पाइने सुविधा नेपालमा नगण्य छ जस्तै एयरपोर्टको बत्ति सिस्टम, विदेशबाट नेपाल छिर्दा एयरपोर्ट अध्याँरो जस्तो लाग्छ साथै कर्मचारीहरुको रुखो व्यवहार अनि toilet .

  38. ए, किन नपाउनु?त्यहाँ पाउने नै सुविधै सुबिधा; पार्ने गरि सबैलाई दुबिधा!
    सुबिधा नं १-कर्मचारीको रुखो,चर्को र ठाडो बोलि
    सुबिधा नं २-ट्रलीको मुखै देख्न नपाउनु,पाइहाले पनि पुरै लंगडा-कि पांग्रो छैन,कि ह्यान्डल ब्रोकन, कि सबै जाम, कि गुडेपछी गुडेको गुडेई गर्ने!हे…..हे….हि…हि…याक…
    सुबिधा नं अर्को -जता ततै सोध पुछ नै सोध पुछ!-केहि कुरा बुझ्नु पर्यो भने फर्केर घर गइ पहिले त्यहाँ पुगिसकेका आफन्तलाई सोध्नु पर्ने!क्या वात!
    ३- पैसा बोक्ने भार नै नहुने-बाँढदा बाँढदै खल्ती नै खलाश! अनि गर साहुको तलास!हि…हि…हे…./
    ४- ट्वाइलेट गए त्येहीं बेहोश,गन्ध त्येस्तो कि……….दुखै साफ!
    ५- ट्याक्सीले सुरुमा बोल्नै ५ हजार माग्ने त छँदै छ ५ बजे पछी त्येही पनि गाएब!बढेमानको डाइनोसर जत्रो भारि आफैं बोकेर बाटो नाप्दा एक्ससाइज् त दरै हुने भो नि!
    ६ -सामान बुझ्न ६-७ घण्टा कुर्नु पर्ने त कम्तिमा!त्येहीं सुत्न पाइने मजाले!थकाइ को दोहोलो!
    ७ -केहि सामान छुट पुट भयो या हरायो भने त्यो बुझ्न फर्केर जाहाँ बाट आएको हो उतै जानु पर्ने,त्येहाँ हाम्रो एरपोर्ट मा त कोहि भेटिए पो त-दोहोरो हवाई सैर!क्या मज्जा
    *यति धेरै सुबिधा दिन त अझ बढी पो असुल्नु पर्ने;यात्रुको टुपी समेत! होइन र?
    साधुवादका हकदार छन् यी नयाँ पर्यटन मन्त्री!!!

  39. सरकार ले कुन दीन बाट एअरपोर्ट वर पर घुमेको, हीडेको वा हेरेको कर पनी असुल्न शुरु गर्ने हो कुन्नी ?

  40. I do not understand whether this is airport tax that we used to pay before or additional tax to airport tax?

    • Sandeep this the same one which we used to pay before..and it is not increased for international passanger.

      • no, the airport tax that we used to pay before was already included in ticket from last two year. it was around 1200Rs at that time and included in ticket. As far as this tax, it is different and is in one sence additional tax because the airport tax which we used to pay before is already included in ticket (at least for international flight.

        • Prakashji, possibly you took the flight for other than SAARC countries…thats why you paid (1000+13%)=1130. Read the notice carefully it said there is some chages in existing taxes, don’t worry this is not additional tax.

  41. अरु देशमा के हुन्छ त्यो संग के सबाल रह्यो र नेपालको हकमा | हाम्रो देशमा
    के हुन्छ त्यो महत्वपूर्ण कुरा हो | हाम्रो देशमा उधोग धसिदै गएको अबस्था —
    कृषिमा क्रान्ति हुन नसकेको अबस्था — मुठीभर ठुला व्यापारीको हातमा आर्थिक
    बन्द भएको अबस्था — आफू र आफ्नो परिबारको जिबनयापनको लागि लाखौ
    लाख नेपाली विदेशमा श्रम – सिप बगाउन जान बाध्य हुनु पर्ने अबस्था —
    यस्तो परिस्थितिमा एअरपोर्ट जस्तो खर्चिलो ठाउँको लागि राज्यले कर लिने पनि
    एअरपोर्टको माध्यमबाट नै हो | पानि – बिधुत – सरसफाई – कर्मचारी आदि इत्यादिको लागि खर्च त चाहिन्छा नै , त्यो कहाबाट ल्याउने ? नपुगे पछी यसरि
    सम्बन्धित ( एरपोर्ट प्रयोग गर्ने जनता ) माध्यम मार्फत कर उठाउनु त पर्यो
    नै | अब अहम सबाल चै के भने हामि जनतालाई ‘थाहा’ छ राम्रै संग यो करको
    उचित सदुपयोग होला ??? पिर यसैमा हो |
    पापी – अपराधि – भ्रस्टचारी – गद्दार नेताहरु ( सबै नभए पनि धेरै भन्दा धेरै छन्
    ऐले ) मार्फत मुलुक हाकिया छ ! जस्ता नेता उस्तै सिस्टम —– हामि जनताको
    पिर यसैमा हो ! जनताको पसिनाले तिरेको कर को सदुपयोगको कन्ट्रोल कसले गर्ने ???जनताको सरकार नै छैन मुलुकमा 🙁
    पिर यसैमा हो |

  42. योगेश जी को कुरा राम्रो लाग्यो सरकार ले धनी हुनेखाने हरु बाट जति सक्दो चुस्नु पर्छ तर सरकार ले तेही अनुरुप सेवा वा विकास पनि ध्यान दिनु पर्छ. तपाई को न्युयोर्क मा अनि बिकसित मुलुक मा कुनै योजना पारित हुन साथ कहिले शुरु भयो र कहिले पुरा भयो भन्ने जनता लाई नै थाहा हुदैन. हाम्रो नेपाल मा भने ४ बर्ष को योजना ८ बर्ष मा पनि पुरा हुदैन. मेरा साथी हरु नेपाल टुर मा जना खोज्छन तर सार्बजनिक टोइलेट नै भेटिदैन र र भटिए पनि दुर्गन्धित भनेर गुनासो गर्छन. सरकार ले योजना बनाउने र कर्मचारी वर्ग ले कार्यन्वयन गर्ने हो भने देश को तस्विर फेरिन धेरै कुर्नु पर्दैन…

    • किशोर गुरुङजी !
      धनि बाउले सानो छोरालाई पास भएमा साइकल घडी किन्देला गरिबले क्याप टोपी, जुत्तामा टार्ला ! हाम्रो विकाशोंमुख देशलाइ चरम विकाशमा पुगेको देशसंग तुलना गर्दा अलि सान्दर्विक नहोला कि ?!
      अर्को कुरा :- अमेरिकामा पनि तोकिएको समयमा कार्य पुरा हुदैन / जस्तै : न्यूयोर्कमा बन्दै गरेको नयाँ वर्ल्ड ट्रेड समयमा नसकिने भैसक्यो / न्यूयोर्क शहरको म्यानहाटनको 2nd मा बन्दै गरेको underground railway तोकिएको समय कटीसक्दापनि बन्नसकेको छैन अझ ४,५ वर्ष लाग्ने देखिन्छ र अहिले बजेटको अभाव घोषणा गरेको छ /
      थप अर्को कुरा : – न्यूयोर्क शहरमा पनि कहिँ कतै पनि सार्वजनिक शौचालय छैन बरू फोहर नै भएपनि काठमान्डूमा ठाउँठाउँमा पाइन्छ /
      हामी नेपालको मात्र किन नराम्रो केलाउछौ ???!!

  43. हाम्रो देश को गनाउने अन्त-राष्ट्रिय एयरपोर्ट हेरेर थाहा हुन्छ देशको प्रगति !

  44. एरपोर्ट कर पहिले पनि तिर्नु पर्थ्यो , जुन अलगै रशिद काटेर तिर्नु पर्थ्यो तर पछि टिकटमा मानै जोडेर लिने गरिन्थ्यो ,

  45. उफ्फ़ !!! हरेक बजेट पचाउदा पचाउदै पनि यो नालायक व्यवस्थापनले भत्केको धावान मार्ग बनाउने निहुमा झ्वाम पार्ने अर्कोनिहू खोज्न के एस्तो नाटक मन्चन गर्या / सुडान- वूडान घोटाला झैं हुन्छ कि भनि ढाकछोप गर्न नाटक गर्दै छन् यी बुखयांचा हरु / धिक्कार छ / बिनोद चौधरी जस्तो लीडिंग व्यवसायीले काठमाडौ मा सभासद ले लिने सुबिधा लिन्छ भने हाम्रो देशका नपूंग्सक हरु बाट अरु क नै न पो आशा गर्न सकिन्छ / जय होस नेता जी हरु / प्रचण्ड कामरेड , माकुने -ओली औ झोले कामरेड / अनि तेसैको पछी पछी कुनै निर्णय लिन नसक्ने, दिमागमा “हनुमान” हरुको तस्विर लिई कथित नेताको पगरी गुथि आफ्नो अस्वस्थतालाई भजाउदै वाह वाह बटुल्न भरमग्दूर प्रयास गर्दै परिवारजनका सदस्यलाई लाई डाईनस्टी जोगाउन, खाए खा नखाए घिच, भने झैँ नेता ( ???!!!!) बनाउन खोज्ने हरु; हाम्रा अति पुजनीय ” महान” नेता ज्यू हरु भाको देश मा एस्तै हो ? रुबेल सर त यच. यम. एर्शाद भूमी मा अति नै सहज तरिकाले पुगी सक्नु भो तर छोरा/ छोरी औ पति / पत्नी ले गल्ति गर्दा नातेदारले ( उमेर पुगी कानून संगत भएका हरु ) सजाय पाउने हाम्रो पवित्र भूमि मा अब क हुने हो हेरू !!!??? तरै पनि हाम्रा आदरणीय “नेता ” जी हरुलाई साधुबाद औ दास्वत्वबाद नचढाई रहनै सक्दिन / श्री पशुका पति ( क्षमा चाहन्छु – पशुपतिनाथ ) ले हामि सबै को कल्याण गरुन / यो कुरा सबै जगतलाई थाहा भया !

  46. सबैतिर भाउ बढेको छ । यसमा पनि सरकारले वढायो । तर खै त वजार भाउ बढेको अनुपातमा तलव बढाको ?

  47. बिमान स्थलका सुविधा भनेको लामो लाइन, चर्को बोलि, ठाडो ठाडो वोलिबचन, अपराधिलाई अदालतमा सोधे जस्ता प्रश्न, महंगा पसल, डलरको कालो बजार, अध्ययगमन कर्मचरीले पासपोट हेर्दै फोन तस्करीबाट तस्करी, गनाउने टुवाइलेट, दुसिद पिउने पानी, प्रहरिको बचन बाण, एरलाइनवालाको तौल लिदा कचकच, बिदाई गर्न र स्वागत गर्न आउने माथि दुरब्यवहार, ट्याक्सी ड्राइभरको लुछाचुडी, विदेशबाट आएको सामानको चोरि चाकरी लुटपाट, कर्मचारीलाई ट्रमिलन भित्र चुरोट खाने शुविधा, मोवाइ, क्यामरा ल्यापट माथि हातपात, मध्यपुर्वबाट आउने कामदार माथि उच्चस्तरमा दुरब्यवहार, संसारमा भएको डियुटिफ्री पसल नेपालमा बन्द, जहाजमा चड्ने बेलाको प्रतिक्ष्लयमा चर्को पोल्ने घाम, सूचना दिने ठाउंमा मान्छेका सट्टा खालि कुर्चि, जानकारि दिने चिन्नहरुको बिजोग, माथि देखाए तल गइने तल देखाए माथि पुगिने, यात्रुले भर्ने फारमको अभाव, तस्तकरलाई सम्मान जनताका छोरा छोरीलाई अपमान, रुवेल चैाधरी, सुजाता र पारसलाई भिआइपी गेट, जनताका छोरो छोरीलाई बोडिगपास दिने उच्च रेट आदि इत्यादी सुबिधा प्राप्त भएको छ धन्य हो टिआइए प्रसाशन र हाम्रो नंया नेपालको नंया सरकार ।

  48. शुल्क के को लागि ? शुल्क र कर तिरे बापत त्यसको सुविधा पनि हुनुप¥यो ? धावन मार्ग पक्की गर्ने कार्यमा त भ्रष्टाचार भएर विभिन्न समयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय हवाइ सेवा अवरुद्ध भइरहेको हाम्रो देशको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थलको सुधार नाममा गोजी भर्ने काम मात्र हुन्छ । संवेदनशिल क्षेत्रमा भ्रष्टाचार र हेलचेक्रयाइ गर्नेलाइ कारबाही भएको खै?

  49. बिहान साढे छ बजिसक्दा पनि जाबो एउटा टोइलेट खोल्न सक्दैन किन फक्कैमा बढाउने एरपोर्ट ट्याक्स. पैसा तिरेर पनि पिसाब फेर्न नपाउने ठाउको लागि ट्याक्स बढाउने. कहिँ नभयको जात्रा हाढ़ी गाऊमा

  50. जनता बाट कर असुल्ने हो भने तेही कर अनुसारको सहुलियेत र सुबिदा पनि प्रदान गर्नु पर्छ / जुन देसको एरपोर्ट Toliet मा आची पुछ्ने paper पनि हुदैन भने तेस्तो देसको एरपोर्ट लाई यात्रु बाट बढी पैसा असुल्ने अधिकार पनि नहुनुपर्ने हो / एरपोर्ट ले भैरहेको सुविधामा के कस्ता सुबिधा हरु थप गरेको हो र यो थप रकम असुल्न लागेको हो ? नत्र भने बिदेसमा सबै सुबिधा सम्पन्न भयेका एरपोर्ट बाट आउदा नलागेको सुल्क यो मसान घाट समान लाग्ने एरपोर्ट मा आउदा के का लागि तिर्ने हो सम्बन्धित निकाएले खुलस्त पार्नुपर्यो /

  51. अरु देश ले tax लिए पनि तेसै अनुसारको सुबिधा पनि दिन्छन/तेसैले tax लिएको मा दुख लाग्दैन/ हाम्रो नेपाल को एरपोर्ट सबभन्दा खतम र भ्रस्ट छ/ के यिनी हरुले लेको tax को सहि सदुपयोग गर्छन त? मलाई त लाग्दैन/

  52. खै के भनु नेपालको सरकारलाई सबै नेता हरु आफ्नै खल्ती भर्नातिर ठिकका हुन्छ !झन् आहिले त ऐर पोर्ट मा शुल्क पो बद्द्येछ न त यो शुल्क राजोस्वो खातामा जान्छ यो सबै तेहिका कर्मचारी हरुले खान्छ! अनि के को एरपोर्ट गतिलो बनाउने नेपालको एउटा मात्र अन्तरास्ट्रिय विमानस्थल तेही पनि आहिले त झन् एकदम खतम हप्तामा ३ /४ दिन भत्किन्छ कुरा सुन्दा पनि लाज लाग्छ ! हे भगवान हाम्रो नेपाल कहिले सुध्रिने हो ?

  53. हा हा हा नेता तिमि सुल्क बढाऊ, नेपाली ले कमाएको पसिना मा जति सक्छौ मोज गर| तिमि मोज गर अनि हामी लै त्यो एरपोर्ट मा थू थु दुर दुर चै कैले बन्द नगर है… हामीले पसिना नाबगाये न तिम्रो मुख मा बिर्को लाग्छा ,न तिमि पजेरो नै चढ्न सक्छौ … जनता को दिन अजै आएको छैन …. सावोधन!! जनता ले तिम्रा चर्तिकला हेरी रहेका छन् | तिम्रा कान बन्द होलान तर हाम्रा आखा खुलेकै छन् | नेपाल आमा को तिमि लाई श्राप लाग्ने छ , नेपाली जनता को पसिना अनि आँसु ले तिमि लाई अवास्ये पोल्ने छ |

  54. बैधानिक रुपमा लुट्ने उत्तम उपाए हो यो | खाने मुखलाई जुंगाले छेक्छ र ? खाने दाउ कति कति ? अरुले नपुगेर नयाँ तरिका अप्नाएछन् सा.ने.बा.नि.मा खाने बानी परेकाले | सुबिधा जिरो शुल्कले पिर्यो |

    • तिलकजी.

      एरपोर्ट tax संग सा ने वा नि को कुनै सम्बन्ध छैन, एरपोर्ट को संचालन नागरिक उड्डयन प्राधिकरण ले गर्ने हो.

      a

  55. There is no change in the airport for international, it is same rate we are paying now. while the rate for domestic is increase to Rs 200 from Rs 179.5 (With VAT). If you look at part three of the domectic rate, it is only Rs 5 With VAT, this includes all the remote airports of Nepal such as Talcha, Rumajatar, tumling tar etc. so there is nothing to blame on it…

    Specially I don’t agree with Dhanji, where he mentioned that demostic airport are free of charge in many parts of the world, possibly he may not aware that in may parts of the world aiport tax are included in airticket itself.

    I don’t think that we are getting proper facilities required in international airport.

  56. एउटा गतिलो टोइलेट त छैन, अरु सुबिधाको के आस गर्न सकिन्छ ??

    • एरपोर्ट नै टवाइलेट जस्तो छ| किन चाहियो अर्को टोवईलेट|भ्रष्टचारीलाई लाज घीन हुँदैन, भ्रष्ट,दलाल,डाँका र रन्डीबाजी पेशा एऊतै हो,त्यसैले यिनीहरुलाई डर,लाज,घीन पटक्कै हुँदैन,
      यिनै कारणले गर्दा देश नै डाँका,गुण्डा,रन्डीबाजी र दलालहरुको सञ्जालले भरिएको छ|”जो चोर उसैको ठुलो स्वर”भन्ने उखान त सुन्नु भएकै होला|जे जस्तो सुकै ट्याक्स वा कर लगाए पनि आखिर त्यो भ्रष्टहरुको बैंक खातामा नै जम्म हुन्छ|एरपोर्ट सफा राख्नु पर्छ ,बिदेशी यात्रुहरुले के भन्लान भन्ने कुरा यी भ्रष्ट हरुको दिमागमा रतिभर छैन|

  57. कहिँ संसार मा एरपोर्ट मा पैसा तिर्नु पर्दैन./ एअरपोर्ट मा टिकेट देखाए पछि उडन पाइन्छ र कहिले काही लगेज बढी भएमा airlines लाइ पैसा दिनु पर्दछ नत्र कहिँ कतै बिस्वमा एरपोर्ट मा पैसा दिनु पर्दैन किन कि सबै tax र airline fare टिकेट मै जोडेको हुन्छ /

  58. जे भने पनि जे गरे पनि हुनेवाला केहि छैन पैसा बढाए अनुसार शुबिधा पनि राम्रो हुनु पारो नि
    localcall गरेको २५ प्रति मिनेट पनि तेही छ taxi ४०० भन्दा कम मा पेदैन के बन्नु अरु कुरा जे होस्

  59. पहिले पहिले एमाले ले १ हल गोरु र १ बिघा जग्गा सबै लाई दिने भन्थे / अहिले नेता हरुलाई मोज मस्ती गर्ने पैसा नपुगेर एअरपोर्टको भाउ समेत बढाउन थाले / तेती मात्र होइन गरिब जनताले ४५ डिग्री गर्मि मा पसिना चुहाएर आफ्नो घरायेसी प्रयोजन को लागि ल्याएको सामान को पनि कर रे / बिचरा पवन कुमार साह मलेसियामा रात दिन कमाएर घरमा छोरा छोरि लाई ओड्न एउटा कम्मल ल्याएको , किनेको भन्दा नि बडी कर तिरेर एयरपोर्ट बाट कम्मल झिके /

  60. योगेश जी अरब देसमा जाने जनता पनि हुनेखाने नै हुन् त ??????

    • मोनिका जी !
      ठिक प्रश्न सोध्नुभयो / हेर्नुस यसमा २ वटा कुरा हुन्छन १) हुनेखाने २) हुँदाखाने / ति साथीहरू मध्ये धेरै जस्तो त देशमा केहि हुँदाहुदै अझ केहि चाडै थपौ भन्ने खालको हुनेखाने छन् किनकि गोजीमा सुकी नभई लालिपापाको पसल पस्ने आँट बच्चाले पनि गर्दैन /
      (नोट: – म पनि नितान्त गाउँको हुँ / मेरो गाउँबाट पनि सयौ अरब मलेसिया गएका छन म तिनीहरूलाई मस्तिष्कमा राखेर नै लेख्दैछु /)

  61. प्यारा यात्रुहरु
    बिगत का दिन झैँ आगामी दिनहरुमा पनि हामीले नेपालि बिमानस्थलमा प्रयोग गरियका भौतिक सुबिधा र शौचिक अत्तर पूर्ण सौचालय को असुलभ प्रयोग को आनन्द ले यो मन मस्तिस्कमा नेपालको आलौकिक भ्रस्ट तन्त्र र भी भी आइ पी लाउन्ज बाट विस्तापित उच्च शिक्षाको डोरीको शाहारामा पलायन बौद्धिक बर्ग ,बिना कर ,डर रहित लाल राहधानी बाहक मुलुकका क श्रेणी का दलाल ,खल्ती बिनाका तर धोक्रो भिरेका खप्परमा भाबि बाट तोक बक्स भयका सबै तप्क्का का विभागीय प्रमुख अनि तिनका सा*घु बनेका सफा हत्केला भयका हरू ले बाहेक मुलुक बासि ,प्रबासी ,र आप्रबासी कसैले पनि यस मुलुकको सार्बजनिक सुबुधाको प्रयोग गर्नु दण्डनीय अपराध हो भनि प्रमाणित गर्दछु ///////

  62. यो सरकार यति नालायक छ कि, के भनौ र खोइ / खाली जनता लाई चुस्ने उडुस भाको छ यो / दुइ चार जनाले अत्याबस्यक ( पेट्रोल , डिजेल ) बस्तु को आपूर्ति ठप्प पार्छ, अनि उल्टो बार्ता गर्न बस्छ / चोरहरु लाई खान पुगेन होला अनि कहिँ नभएको नियम , airport प्रयोग गरेबापत सुल्क रे /

  63. This is ridiculous bcuz it’s okey to charge for overseas flight but domestic flights are normally free Of charge in every part of the world as I know. So they are jus makin extra financial burden to the domestic pessengers which is not fair. Rather they have to look upon the business ppl who are not paying the tax properly. Just another funny decision as usual.

  64. सामान्य बुझाइमा विमानस्थल प्रयोग गर्ने भनेकै अलि हुनेखानेले नै हो / केहि चुरीफुरी हुनेनै उड्न खोज्छन, त्यसैले समयको अन्तरालमा केहि बढ्नु केहि ठुलो कुरा होइन /
    राष्ट्रको ढुकुटीमा जम्मा हुन जाने रकम हो (जसको रसिद हुन्छ, सिधै सरकारी खातामा जान्छ) यसर्थ बिरोधको लागि बिरोध नगर्ने हो भने जायजनै लाग्यो /
    बिदेशमा जनताले हरेक वस्तुमा कर तिर्छन, न्यूयोर्कमा एउटा समोसाको ९९सेन्ट लेखिएको हुन्छ तर कर सहित १.०८ डलर तिर्नुपर्छ / एउटा समोसा खान पनि कर तिर्नुपर्ने देश नै आजको मितिमा समृद्धिशाली देखिएको छ /
    नेपालमा जनता धनि हुदै गएको छ / करको दायरा खुकुलो छ / हुनेखाने जनताले प्रयोग गर्ने बस्तुबाट सरकारले जति सक्दो कसेर रकम असुल्न सक्नुपर्छ / जस्तै मदिराजन्य, पेट्रोल भाउ, मनोरन्जनको साधन आदिको भाउ अझ बढाउनु पर्छ /
    योगेश,हाल:न्यूयोर्क/

    • योगेश जी,
      तो उठेको कर को पैसा बाट काठमाडौँ का सडक बनाउन खर्चिएको छ कि डोल्पा, कालिकोट तिर सडक बनाउन खर्चिएको छ ? तो कर को पैसा बाट सुशील कोइराला हरु अम्रिका मा क्यान्सर चेक गराउन गएका छन् कि, मन्त्रि, संसद हरु विदेश भ्रमण मा गएका छन् /

      • दीपजी !
        तपाईको प्रश्नहरू खुलेआम सोध्नको लागि र देशभक्त नेपालीको रगत तताउन प्रसस्त सफल छन् / कहाँ कसरी कति कुन शिर्षकमा खर्च गर्ने वा हुन्छ भनेर त अर्थ मन्त्रालयले बजेट पेश गरि संसदबाट पारित हुदाँनै बैज्ञानिक तवरले भेगीय र क्षेत्रीय आवश्यकताको मुल्यांकन गरि गरिएको हुन्छ / त्यसदेखि बाहेक भैपरी आउने जस्तै: दैबी प्रकोप, दुर्घटना, शुशील कोइरालाको उपचार इत्यादि त महत्वको आधारमा गृह मन्त्रालयको सिफारिसमा जारि गरिन्छ / यसर्थ कहाँ कति खर्छ गरियो भनेर कुर्लिएर मात्र हुदैन शालीन भएर बुझ्ने गर्नुस /
        म पनि दुर्गम जिल्ला रसुवामा १२ वर्ष स्कुल पढेको, त्यहि हुर्केको हुन् तर म कहिले पनि काठमान्डूको थापाथलीमा मण्डला बनाएर करोडौ सक्नुको सट्टा त्यो पैसाले रसुवामा लिब्रेरी बनाउने पर्छ भन्दिन किनकि हरेक ठाउमा सबै चिजको आफ्नै महत्व हुन्छ /
        -हुम्लामा नुन सजिलै पाउनु, कच्ची सडक खनिनु बिकास हुन सक्छ तर काठमान्डूमा आकासे पुल बनेपनि खासै महत्व हुदैन यसर्थ बिकाश आवश्यकताको पूर्तिमा मापन गरिनु पर्दछ / खर्च पनि त्यस्तै हो /
        राज्य संयन्त्रमा संचालन गर्दा सबै कुराहरूको शुक्ष्म अध्ययन गरिएकै हुन्छ / हामी दुइ चार अक्षर जानेकाले संयम भएर नबुझे नबुझ्नेले त झन् पछी लागेर रेलिंग त भाँची हाल्छन नि!

    • सर न्यु योर्क मा टाइम इस्क्वायर औ धेरै खाले सुबिधा सम्पन्न इसटाब्लिश्मेंटहरु छन् / जे एफ के को शौचालय संग त्रिभुवन अन्तर राष्ट्रिय बिमान स्थलको संग तुलना गर्न मिल्ला र ? ट्याक्स तिर्न नखोजेको पटक्कै होइन तर सहि सदुपयोग नभए केही मुठीभर हरुले करौडौ जनतालाई अझै पनि उल्लु औ दास नै सम्झी रहेका छन् / जनताको हित भए आफ्नो हित हुन्छ भन्ने कुरा हाम्रा सम्पूर्ण अगुवाहरु ले यति छिट्टै नजर अन्दाज गरेका छन् भन्ने कुरा अहिलेको अति ताजा राजनीतिक पार्टीले समेत खेप्नु परेको छ / नत्र हजारौ आँखा हरु त्रिनेत्र हुन कसरि हूँका-हूँका गरि रहेका छन् / नेता भन्या हामि जनताले बनाएका हौ नकी नेता ले हामि लाइ / यी नेता हरु भन्दा त मेरा अनपढ ति बा नै पुजनीय छन् , कमसे कम दुख जेलो गरेर मलाई पढाउने कोशिस गरेका छन् /

      • हामी देशले के दियो तेस्मा बढी केन्द्रित हुन खोज्छौ, मैले के दिए त्यो बिरलै सोच्छौ अनि नकारात्मक कुराहरूसँग पहिलो सात्क्षात्कार गर्छौ अनि नतिजा नराम्रो आउछ /
        नेता पनि मानिसनै हो, उ लोकप्रिय नै हुन चाहन्छ, राम्रो नै गर्न खोजेको हुन्छ / कोहि किन जगतसंग नराम्रो बन्न खोज्छ र ?! हामीले जानेको उनीहरूले नजानेको पक्कै होइन किनकि १०० मा ३ जनासंग मात्र नेता बन्ने क्षमता हुन्छ, यसर्थ ति केहि जानेकै व्यक्ति भन्ने बुझ्नुपर्छ, राम्रो बन्न खोज्नु मानवीय स्वाभाव हो तर सजिलो छैन /
        म भए के गर्थ्ये त्यो पनि कहिले काँही सोच्दा राम्रो !

    • करको सहि सदुपयोग हुने भने त सबै जना कर तिर्न तैयार छन् नि, कर तिरे अनुरुप सुबिधा पनि त पाउनु पर्यो नि सरकारबाट, केहि सुबिधा थपेर चाहि कर बढाउने सोचोस् न सरकारले

Comments are closed.