रेमिट्यान्सले दिएको दुःख

धेरै वर्ष भयो रेमिट्यान्सले नेपाललाई गरिबी घटाउन र आर्थिक स्थिरताका लागि सहयोग गरेको। तर यसको अर्को पाटो पनि छ, यही रेमिट्यान्स कै कारण सरकार निस्क्रिय बनेको छ। अति आवश्यक नीतिहरु सुधार गर्न पनि सरकारलाई कुनै दबाब नपरेको कारण पनि यही रेमिट्यान्स कै कारण हो। परिणामस्वरुप देशले निकै ठूलो आर्थिक जोखिम भोग्नुपर्नेछ। यो खुलासा गरेको छ विश्व बैँकको पछिल्लो एउटा अध्ययनले।

सन् २००९/१० मा रेमिट्यान्स साढे दुई अर्ब डलर भित्रियो। तर यो सित्तैमा भित्रिएको भने हैन। यसका लागि परिवार छुट्टिनु पर्ने, मानव बेचबिखन, दुर्व्यवहार र महँगो रेमिट्यान्स सेवाको मोल तिर्नुपर्‍यो।

अलि वृहत् स्तरमा हेर्ने हो भने यसको प्रभाव अझ व्यापक छ। यसकै कारण बाह्य प्रतिस्पर्धा गुमेको छ, उत्पादन र कृषि क्षेत्रमा कमी आएको छ, घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी बढेको छ र रेमिट्यान्स मै भर पर्ने क्रम बढेको छ। यसबाट अन्तर्राष्ट्रिय अस्थिरताले नेपाल पनि प्रभावित हुने स्थिति आएको छ।

विश्व बैँकका अधिकारी हिसानोबु सिसिडो भन्छन्, ‘पछिल्ला वर्षमा बढ्दो रेमिट्यान्सले नीति सुधारमा निस्क्रियता बढेको छ, जुन प्रतिस्पर्धा र उत्पादकत्व बढाउन निकै आवश्यक कुरा हो। देशलाई दीर्घकालीन रुपमा यो घाटा निकै महँगो पर्नेछ।’

विश्व बैँकको अध्ययनले इंगित गरेको नीति निर्माणको कमजोरीका कारण लगानीको वातावरण झन् बिग्रिएको छ जसका कारण निजी लगानी घटेको छ र फलस्वरुप रोजगारी सिर्जना पनि हुन सकेको छैन। रोजगारी सिर्जना नभएपछि झन् बढी मानिस वैदेशिक रोजगारीका लागि जान बाध्य हुनेछन् र यसले यो दुष्चक्र झन् बढ्नेछ।

अध्ययनले चेतावनी दिएको छ- रेमिट्यान्सका कारण मूल्यवृद्धि हुनेछ र यसले निर्यातयोग्य सामान र आयात गरिने सामानको भाउ बढाउनेछ जसबाट प्रतिस्पर्धात्मक स्थिति घट्नेछ।

वैदेशिक रोजगारमा जनशक्ति बाहिरिएपछि देशमा जनशक्तिको पनि अभाव हुनेछ जसबाट ज्याला बढ्नेछ र काम गर्ने इच्छा पनि घट्नेछ किनभने परिवारका लागि रेमिट्यान्स आएकै हुन्छ।

अध्ययनले सुझाव दिएको छ- लगानीको राम्रो वातावरण बनाउनु पर्छ। यसले देश मै रोजगारीको सिर्जना हुनेछ। विदेशमा रोजगारदाता कम्पनीहरुसँग द्विपक्षीय सम्झौता गर्नुपर्छ। ती देशमा नेपाली दूतावासको भूमिका बढाउनु पर्छ। म्यानपावर कम्पनीलाई सरकारले राम्रोसित निगरानी गर्नुपर्छ। फटाहाहरुलाई कारबाही गर्नुपर्छ। रेमिट्यान्स देशमा भित्र्याउँदा सस्तो विकल्प खोज्न कदम चाल्नुपर्छ।

अध्ययन अनुसार आधा नेपाली घरपरिवारका कम्तिमा एक जना सदस्य विदेशमा छन् वा विदेशबाट फर्किएका छन्। नेपाली घर परिवारको एक चौथाई आम्दानी रेमिट्यान्सबाटै हुन्छ। वैदेशिक रोजगारमा रहेका एक तिहाई पुरुषले कूल गार्हस्थ उत्पादनको २५ प्रतिशत रेमिट्यान्सबाट योगदान गर्छन्।

50 Comments

  1. जसले यो सबै काम र कुरा को प्रबन्ध मिलाउनु पर्ने हो त्यो त कान मा तेल हाले र सुते को छ , अरु कराएर मात्र हुने के ? धन्न दुखियारहरुले आफ्नो जिबनका अमुल्य समय बिदेशमा सस्तो मूल्यमै भए पनि बेचेका छन् र परिवारको जसो तसो गुजारा गरे का छन् | नत्र भोकमरीले नेपाल मा (……) जनाको मृतु भन्ने खबर धेरै पटक पत्रिका मा आइपुग्ने थियो | चेतना भया

  2. १. मर्न भन्दा बहुलाउन राम्रो….नेपालमा बसेर टायर बाल्नु वा बालेको हेर्नु, सालिक फोड्नु वा फोडेको हेर्नु भन्दा..धर-परिवार र देश बाट छुट्टिएरै भएपनि २-४ पैसा कमाउनु र जोगाउनु राम्रो कुरो हो !

    २. अब मर्न बाट डराएर बहुलाउन रोजिसके पछी, सद्देहरुले (न-बहुलाएकाहरुले) जस्तो सपना देख्ने खुबी र अधिकार त कहा हुन्छ र ? तेसैले रेमिट्यान्सले जे जस्तो दिएको छ तेसैमा चित्त बुझाउनु पर्छ !

    ३. अबको ५-१० भित्र एस्तो रेमिट्यान्स को धारो पनि बिस्तारै सुक्नेछ, किनकि खुबी भएकाहरु उतै जम्नेछन र नेपाल सरकार भने एरपोर्ट पिच गर्दा भएको घोटाला छानबिन मै ब्यस्त हुनेछ !

    ४. “काम गर्नकै लागी बिदेस जानु सबैको जो कसैको लागी पनि थोरै मात्र रहर र धेरै बाध्यता नै हो !” बाध्यताले गरिएको कार्यले धेरैजसो सम्ब्रिद्दी भन्दा पनि बिनास नै निम्त्याउछ….. पारिवारिक बिखन्डन तेस्तै एउटा बिनास हो !

  3. रेमिटान्स बाट आएको पैसा नेपाल मा घर जग्गा गाडी अनि अरु बिलासिता क समान मै बढी खर्च भएको देखिन्छ / खास मा नेपाल मा लगानीको कुनै सुनिस्चित अवसर न भएरै अनुत्पादक क्षेत्र मा लगानी भएको छ र महंगी बढेको छ / लगानी को अवसर र सुनिस्चितता भए देश विकास मा रेमिटान्स ले पुंजी को अभाव हुन दिन्थियेना र भाबी पुस्ताले परिवार संग छुट्टिनु पर्ने र अरुको देश मा पसिना बगाउनु को साटो आफ्नै माटो मा विकास फलौथे /

  4. रेमित्तंसबाट पुग्नेले घर-जग्गा किनछन्, गाडी किनछन्, बिहे गर्छन, बैंक मा पैसा राखछन् ब्याज खान्चन; नपुग्नेले आफ्नो ऋण तिरछन् , भाई-बहिनिको बिहे गर्छन, फेरी बिदेस जान्छन…….अनि कसरि देस विकास हुन्छ? …राज्य ले सोच्नु पर्यो नि….देसमा काम गर्ने बाताबरण बनाउनु पर्यो. . . सरकार नै नालायक भएपछि जन्ताले के नै गर्न सक्छन र ?

  5. रेमिट्यान्सले सरकार केहीहदसम्म निस्कृय बनेउ होला , तर यहाँ बुझ्नु पर्ने मुख्यकुरा रेमिटयान्सलाई नकारात्मक रुपले हेर्नु भएन के तेसो भए हामी भेडा बाख्रा जस्तै आफ्नै पैसाले आफै बेचिएका हामी फर्क्यो भने सरकारले कही गर्ला ? कुरा त्यो होईन सरकार निस्कृय भएपछी हामी बिदेशिनु बात्ध्या भएका होउ धेरै मित्रहरुले उल्लेख गरे झैँ यो दिर्घकालीन समाधान होईन यहाँ मुख्य दोषी सरकारमा बस्नेहरु नै हुन् अनि निशान ज़ी रेमिट्यान्सले देशलाई टेवा पुराएको छैन भन्नु र तपाईको छोरा छोरीको लागि दिएको स्कुल फि घरको लागि खर्च भएन भन्नु उस्तै हो,

  6. संसारमा कुनैपनि देश, देशका थोरै पर्तिसत तस्कर, डाका, उछ्रिन्ग्खाल, बिबेक हिन भास्त्रचारी धनि भएर कुनै पनि देश माथि लागेको छैन| जुन देशमा जनता मेहनत गर्न दाता र भास्त्र राजनीतिज्ञ हरुलाई करबि गर्न सकेका छन् र कानुनको राज छ त्येस्ता देशले मात्र केहि गर्न सकेको देखिन्छा| रेमिटेन्स को पैसा भनेको मुतको नियानो र नेपालमै बसेर अरुले मेहनत गरेको सानो कमाई लाई फताहगिरी गरि ठग्ने ले मात्रै यसको फयेदा लिएका छन्| इने नेता भनौदा चोर र इनका अघि पछी लाग्ने ठग म्यान पावर हरुले चैं ब्रह्मलुत्नै गरेका छन्| किनकि यो वर्ग उस्तै परे आफ्नी आमालाई नै बेच्ने खालका हुन्|

  7. 2 Arab Rupees !!! this is one important part (1/3rd)…..let’s say Nepal is Surviving because of this……
    We all have to agree that it is full of sweat and blood……and hate to say it encloses our Nepalese sisters’ erotic bother as well…….
    This money comes to Nepal……families, wives, children, parents lives…….
    50% money people uses for stomach…….and 50 % goes to government, in the name of TAX…….
    This TAX money is collected and……. Budget……..Budget is used in different sectors……..
    So different level of people serving……some politicians and businessmen are dishonest and they make extra……
    India is doing business and making huge money from us…..
    We all depends of them…..these workers……
    Even tough…..we are troubling them in airport…..in the agencies…..and in ministry…….please don’t forget ambassadors…….
    Need to respect ……..Essential people………

  8. हाम्रो देश को हिजो को स्थिति नै त्यस्तो थियो, जसले गर्दा नेपाली युवा हरु दुइ चार पैसा कमाउन को साथ् साथै आफ्नो जिउ ज्यान बचाउन बिदेशिनु पर्ने बाध्य भए. . आफ्नो देश मा दुइ खुट्टा टेकेर निर्धक्क भएर हिड्न पाउने भए मान्छे हरु किन बिदेशिनु पर्थ्यो र? घर मा मनमुटाब भएमा घर टुक्रिन र ढल्न कति बेर लाग्छ र? त्यस्तै देश को स्थिति ले विदेशिएको युवा शक्ति र श्रम को कारण ले नकारात्मक परिणाम ल्याउनु लाई धेरै अचम्म मान्नु पर्छ जस्तो मलाइ लाग्दैन. देश को परिस्थिति सुध्रिएमा युवा श्रम देश मा नै फर्कन्छन, लगानी कर्ता हरु पनि देश भित्र नै जन्मन्छन, उत्पादकत्व पनि देश भित्र नै सिर्जित हुन्छा, अझ विदेशिएको युवा शक्ति ले विदेश मा सिकेका शिप र साधन लाई देश मा परिचालन गर्ने अवसर पनि पाउन सकिन्छ.
    राजेश

  9. हाम्रो देश को हिजो को स्थिति नै त्यस्तो थियो, जसले गर्दा नेपाली युवा हरु दुइ चार पैसा कमाउन को साथ् साथै आफ्नो जिउ ज्यान बचाउन बिदेशिनु पर्ने बाध्य

  10. के बैदेसिक सहयोग ले गरिब देशहरुलाई फाइदा पुर्याए को छ त ?
    मेरो विचार मा छैन / तपाईं हरु पनि vote गर्नुस /

    http://www.wikiopine.com

    Topic Id = 16

  11. रेमिटेन्सको पछि लाग्यो भने स्वास्नी अर्कैसँग पोइलजाने जस्ता सामाजिक समस्या पनि शिर्जना हुन्छ । स्वास्नीले बिदेशबाट कमाएर पठाए पनि लोग्नेले नेपालमा म्यारिज खेलेर पैसा सिध्याउने समस्या आउछ ।

  12. हाम्रो देश जस्तो देश सोमालिया,आइबरिकोस्ट,सुडान त होला /तर अरु देश कतै छैन / गिरिजाको छोरी भएकीले जर्मनी संग बिबाह गरि जर्मनमा गएकी सुजाता नेपालको प्रधान मंत्री बनिन/देशको नागरिकता त्यागेको मान्छे देशमा प्रधान मंत्री?सुजाताको छोरी जुवाई भएको कारण बंगलादेशी नागरिक रुबेलले के मात्रै गरेनन?टेलिकमलाई करोडौ घाटा पार्दा पनि केहि फरक परेन /कृष्ण सिटौला,बामदेब,भिम रावललाई बचाउने सैलिमा रुबेललाई अख्तियारले निगरानी राखने त भन्यो,तर बाइ इज्जत उ बंगलादेशको लागि विमानस्थलबाट उड्दा पनि उसलाई पक्राउ गरिएन/यस्तो देशमा के को नीति के को नियम ,के को कार्यक्रम/यो पनि आश गर्नु ठिक होला?भगवान भरोशा,बस///

  13. सबभन्दा पैला यो हुण्डीप्रथा रोकियोस् ,अनि सब कुरा मिल्छ | हुन्दीका दलेहरुले देशको रेमिटेन्स मा ठुलो लुकामारी गरिरहेछन , किन यो बन्द गर्न सकियको छैन ? सम्बन्धित निकायलाई मेरो र सब परदेशीको जवाफ ले उत्तर खोजिरहेछ ,तर उत्तर नाजवाफ छ यो निकम्म्बा झल्लु सरकार संग ..| इजरायल मा हुण्डी समुल नस्ट होस् ..मेरो कामना ..!
    लौ जा कोहि रिसौछ भने म संग खुला जवाफ दिन तयार छु है हुण्डीवाला डलरे साथीहरु ..!!?हेहेहे ,देश धान्ने आजको अर्थ शक्ति नै रेमिटेन्स हो यसैले यसलाई कसैले अन्यथा नलिनु बेश |

  14. मैले बुझेको नेपाल ले remitance लै cash cow बनाएर Hydro Electricity मा लगानी गर्ने नीति लाउनु पर्छ. जस्तै २०००,००० भन्दा माथि Hydro Power मा लगानी गर्ने लै Tax Break अनि तेही रकम घर जग्गा मा हाल्ने लै २०% थप tax … वा एस्तै केहि थप अध्यन गरेर लौदा बेश हुन्ठेयो होला …

  15. बैदेशिक रोजगारी रहर नभएर बाध्यता हो यो कुरा यहाँ भनि रहनु नपर्ला तर यसको अर्को पाटो को बारेमा यहाँ बहस हुनु राम्रो कुरा हो । हाम्रो लागि त ” नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार ” जस्तो छ यो रोजगारी ।

    • जसले यो सबै काम र कुरा को प्रबन्ध मिलाउनु पर्ने हो त्यो त कान मा तेल हाले र सुते को छ , अरु कराएर मात्र हुने के ? धन्न दुखियारहरुले आफ्नो जिबनका अमुल्य समय बिदेशमा सस्तो मूल्यमै भए पनि बेचेका छन् र परिवारको जसो तसो गुजारा गरे का छन् | नत्र भोकमरीले नेपाल मा (……) जनाको मृतु भन्ने खबर धेरै पटक पत्रिका मा आइपुग्ने थियो | चेतना भया

  16. रेमिट्यान्सकेा रेामान्स लुटेा कन्याईकेा मज्जा मत्र हेा ।

  17. माइसंसारको यो सारै राम्रो इस्सु । ग्राफमा देखाइएको समस्याहरुको कारक सरकार अथवा नेताहरु मात्र नभएर हामि नेपाली नै पनि हौं । धेरै पैसा भित्राउने देशहरु हंगकंग, मलेसिया, जापान, कोरिया आदि ठाउबाट नेपाल पैसा पठाउदा कालो धन्दा गर्नेहरुको सहाराबाट पैसा पठाउने गरिन्छ । सरकारलाई तिर्नु पर्ने कर पार्टीको नाममा व्यक्तिलाई दिईन्छ । बिदेशमा प्रत्येक राजनैतिक पार्टीहरुको आ-आफ्नो दलालहरु सक्रिय छन् । त्यही बुझेर सुशील कोइराला अस्ति भर्खर अमेरिकामा रूई टोपले । नेपाल मात्र होइन, वास्तबमा यो संसारै यसरी चलेको छ । नेपाल र नेपालीलाई मात्र दोष बेकार हो । हामी प्राय: आदर्श समाजको परिकल्पना गर्छौं तर आदर्श समाज इमान्दार नागरिक समाजबाट मात्र सम्भब हुन्छ । हालैको पछिल्लो बर्षहरुदेखि हामी केही नेपालीहरु निकै खराब हुदै गएका छौं । ग्राफले पनि धेरथोर त्यही देखाउन खोजे जस्तो लाग्छ ।

  18. बिदेश मा कमाएको पैसा नेपाल मा आफै खर्च गर्छन अनि देश लाई के कसरी फ़ायदा हुन्छ ? देश कसरी रेमिटेंस मा अडेको हुन्छ ? यसबारे प्रस्ट पारी दिएमा कति राम्रो हुने थियो / जबाफ को लागी अग्रिम धन्यबाद |
    यो मेरो जिज्ञासा नभएर निशान पोखरेलको हो | यहाँ धेरै व्यक्तिहरुले रेमिट्यान्सका सैद्वान्तिक, साँचो र हाम्रा मानिसले लागु नगर्ने झर्का लाग्दा उपायहरुबारे कमेन्ट गरेको पाइयो| तर अधिकांश व्यक्तिहरुको जिज्ञासा निशानजीकै जस्तै रहेछ | खुलेर नभनेको मात्र हो | ल सुन्नुस! निशानजी – बिदेशिएका नेपालीले हप्तैपिछे, महिनैपिछे र बर्षेपिछे नेपालमा भएका आफ्ना आफन्तहरुलाई पठाएका पैसा घर-जग्गा, ब्यापार, उधोगधन्दा, सौदापाता, बिहेबारी, सवारी साधन, स्कुले नानीहरुको फिस आदि बिबिध कुराहरुमा खर्च हुन्छ | घरजग्गा र उधोगधन्दा मार्फत सरकारले अरबौं राजस्व असुल्छ र अन्य सामाजिक संस्थाहरु, जसको दायित्व सरकारले लिनुपर्ने हो, ती संस्थाहरु स्वचालित रुपमा चल्नुमा प्रवासी नेपालीहरुको पैसाले ठुलो भूमिका खेलेको छ| अर्कोतर्फ यसले भरमार रोजगार सिर्जना गर्छ | समष्टिमा प्रवासीका आफन्तले नेपालमा गरेका आर्थिक कारोबारले समाजको हरेक क्षेत्रलाई प्रत्यक्ष र अप्रत्यक्ष फाइदा पुर्याइरहेको छ| यो त भयो हाम्रो आँखाले प्रष्ट देखेका कुराहरु| अनि खर्च गरेर उब्रेको पैसा त्यतिकै दलिनमा सिउरेर त अवश्य राख्दैनन्, कुनै न कुनै बैंकमा निरन्तर जम्मा भैरहेकै हुन्छ र बैंकहरुले त्यसरी जम्मा भएको अरबौं पैसा हामीले भेउ नपाउने जटिल बाणिज्य संजालमा लगानी गरेको हुन्छ | तर प्रवासीले देशलाई दिएको यो टेवा गह्रुङ्गो मानवीय मुल्यले चुकाएको छ | त्यो पैसा प्रवासिन बाध्य नेपाली चेलीको आँसुले लपक्क भिजेको छ, त्यसमा नेपाली युवकको रगत र आँसु छ, बिछोडको बेदना छ, सुस्केरा, बिलौना र निरिहपना छ……

  19. उहिले बाजेका पालामा, पैसा गन्थे डालामा,
    अहिले हाम्रा पालामा, मकै छैन डालामा !

    विरक्तिएर गीत गुनगुनाउँदे बसेको थिएँ ।प्रकृतिले मान्छेलाई जति लोभ्याउँछ, मान्छेले मान्छेलाई त्यति नै तर्साउँछ । नेपालको सुन्दरता नेपालीका निम्ति गर्भको कुरा मात्र होइन, विदेशीहरूका निम्ति आकर्षणको बिन्दु पनि हो । तर आज हामी बिदेसिन वाध्य भएका छौ । बिदेसी नेपाली को सुन्दरता हेर्नको लागि नेपाल आउछन् । के यो हाम्रो रहर हो की बद्यता हो ? रेमिट्यान्सले नेपाललाई गरिबी घटाउन र आर्थिक स्थिरताका लागि सहयोग गरेको। तर यसको अर्को पाटो पनि छ, यही रेमिट्यान्स कै कारण सरकार निस्क्रिय बनेको छ । यसरी सरकार नै नेकाम्ब भयो भने देशले के पाउने जनता ले के आश गर्ने ? आज हामी नेपाली यसरी बिदेश नु आफू र आफ्नो परिवार भन्दा टाढा हुनु कत्ति पनि सजिलो हुदैन ।

  20. योगेश आदि जी को कुरामा १००% सहमत छु यसले(रेमिट्यान्स) खुसि ल्याएको छ तर दिर्घकालिन रुपमा पक्कै पनि होइन /दात्री राष्ट्र को प्रयास पनि सराहनीय नै छ / यहाँ यौटा प्रबृत्ति मौलाएको छ कि नेपाली युवा विदेश जाने भनेपछि ऋण तुरुन्तै पाइने (व्यक्तिगत) नेपालमानै केहि ब्यबसाय गर्छु भन्ने ले नपाउनु /आफन्त या कोहि साथीभाई विदेश मा छन् भने उनीहरुले पनि विदेश आउन लगानी वा उक्साउनु/विदेश बाट फर्केका नेपालीहरुले उत्पादन मुलक कार्यमा लगानी वा कार्य नगर्नु /युवा हरु पढाई पनि बिदेशमा गएर काम गर्नको लागि रुची भन्दा बाहिर को बिसय लिएर पढ्नु / नेपाली(विदेश मा कार्यरत) हरुको औसत मा आम्दानी त्यति राम्रो भन्न मिल्दैन तर पनि कमाइको पैसा क हि उत्पादन मुखी कार्यमा लगानी गर्ने वा सकेमा धेरै नसके केवल १ जना लाई मात्र भएपनि नेपालमा नै काम गर्न लगानी गरिदिने भए पनि केहि हुने पो हो कि ?-

  21. मेरो बिचारमा बिदेशमा रहेका दिदी बहिनि दाजुभाई लाई र कामको लागि बिदश जान चाहने सबैको मनमा नेपालमा नै केहि गर्ने मन छ तर सकि रहेका छैन्न किन ? किनकि परिवार पाल्ने बाध्यताले वा सुन्दर भबिष्य । देशलाई घाटा नाफा सोचेर कोहि पनि बिदेश कामको लागि जादैनन् । रेमिटेन्सले मुतको न्यानोको काम भने देशलाईनै भै रहेको छ । रेमिटेन्सको महारोग बाट छुटकारा चाहने हो भने सरकारको मुख ताकेर कुनै हालतमा हुदैन । बोरु सबै जना जसका परिवार बिदेशमा छन उनिहरुले रेमिटेन्सको 20% रकम व्याबसायिक कृषि वा पसुपालनमा लगाउने हो भने केहि हुन सक्छ किनकि जसका परिवारले रेमिटेन्सलाई उत्पादन मुखि काममा लगाएका छन उ बिदेश बाट नेपाल आएर ढुक्क संग केहि गरि बसेको छ तर जसले रेमिटेन्सलाई परिवारको जिबनस्तर उठाउन प्रयोग गरेको छ वा शहरमा घर घडेरि वा डेरा मा प्रयोग गर्दछ उनिहरु फेरि फेरि बिदेश गै रहनु बाध्यता भै रहेको छ्ने मन छ तर सकि रहेका छैन्न किन ? किनकि परिवार पाल्ने बाध्यताले वा सुन्दर भबिष्य । देशलाई घाटा नाफा सोचेर कोहि पनि बिदेश कामको लागि जादैनन् । रेमिटेन्सले मुतको न्यानोको काम भने देशलाईनै भै रहेको छ । रेमिटेन्सको महारोग बाट छुटकारा चाहने हो भने सरकारको मुख ताकेर कुनै हालतमा हुदैन । बोरु सबै जना जसका परिवार बिदेशमा छन उनिहरुले रेमिटेन्सको 20% रकम व्याबसायिक कृषि वा पसुपालनमा लगाउने हो भने केहि हुन सक्छ किनकि जसका परिवारले रेमिटेन्सलाई उत्पादन मुखि काममा लगाएका छन उ बिदेश बाट नेपाल आएर ढुक्क संग केहि गरि बसेको छ तर जसले रेमिटेन्सलाई परिवारको जिबनस्तर उठाउन प्रयोग गरेको छ वा शहरमा घर घडेरि वा डेरा मा प्रयोग गर्दछ उनिहरु फेरि फेरि बिदेश गै रहनु बाध्यता भै रहेको छ

  22. When every dollar enters Nepal, it needs to be used properly. But in our case, because of lack of investment avenues, it contributed to at first gold and now real-estate bubble. This in turn contributed to rise in price of commodities and inflation. But unfortunately problem is deeper; with lack of economic activity, only way to combat this inflation is to discourage remittance. This cannot be done because remittance is very very critical to our economy.

  23. हुण्डी बाहेक कानुन संगत तरिका बाट नेपाल मा जुन रकम भित्रिन्छ त्यो रकम मा सरकार ले कर लिन्छ र त्यो कर बाट देसको आर्थिक भार केहि हद सम्म कम भयको छ तर यो केहि समय को लागि हो……सरकार ले दिर्घकालिन रुपमा केहि सोच्न जरुरि छ….मेरो विचार मा बिप्रेसर्ण बाट आको पैसा ले देस चल्नु भनेको त घर जलेर बचेको खरानी बेचेर त्यो पैसा बाट आफ्नो केहि दिन को खर्च चलेको जस्तो हो…नेपाली जनता ले बेलै मा सोच्न जरुरि छ….

  24. यी सब हुनुको कारणहरु के त ???
    १) सबसे प्रमुख कारण भनेकै हाम्रो देशमा राजनीतिक स्थिरता नहुनु हो…. (जब सम्म राजनीतिक स्थिरता हुदैन तबसम्म आर्थिक र सामाजिक स्थिरता र विकाश पनि रहदैन)
    २) देशमा प्रभाबसाली र शक्तिसाली सरकार नबनु..
    ३) राजनीतिक पार्टीहरुमा खिचातानी र नेतादेखि कर्मचारीहरुमा जथाभाबी, भ्रस्टाचार, घुसपैठ र थिचोमिचो जस्ता सस्कार हुनु…(देश चलाउने व्यक्तिहरुको यस्तो सस्कारले पनि लगानी गर्नेहरुमा नकारात्मक प्रभाब पर्छ..)
    यस्तो अवस्थामा न बैदेशिक लगानी नै बढ्छ नत स्वदेशी… यसरी रोजगारको सिर्जना हुने वातावरण नै नभए पछि नेपाली जनता बिदेशीनु बाहेक अरु विकल्प न नै के रहयो र …..

  25. लगानीको वातावरण !

    भूमण्डीकरणका नाउँमा खासगरी अमेरिका र केही यूरोपेली देशहरूले अन्य मुलुकमा आर्थिक विकासका नाउँमा राजनीतिक अनि सामाजिक हस्तक्षेपलाई बढाउँदै लगेको छ । यसमा अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक र प्रमुख रूपमा विश्व बैंकेले भूमिका खेलेका छन् ।

    सहयोगका शर्तका रूपमा नाउँमा सामुदायिक अवधारणा होस् वा सरकारी संस्थाहरूलाई अर्द्धसरकारीमा परिणत गर्ने र अन्त्यमा निजीकरणमा लगेर राज्य/सरकारको भूमिकालाई घटाउँदै वा हटाउँदैलैजाने काममा यिनै वित्तीय संस्थाहरू कम्मर कसेर लागेका छन् भने यी सबबाट आफूलाई अवगाल नपर्ने खालका नीतिनियम बनाएर, त्यसैअनुरुप सम्झौताहरू गरेर वा बनाउन दबाब दिएर भएभरको दोष राज्यमाथि थोपर्नु पनि यिनै वित्तीय संस्थाहरूको आवाज चर्को छ ।

    उदाहरणका लागि विश्व बैंकलगायत अन्य केही ‘दाता’हरूले सहयोग गर्ने आश्वासन दिएर पछि मेलम्ची खानेपानीबाट हात झिक्यो, त्यसले उक्त आयोजना केही वर्ष ढिला भयो । त्यसपछि एशियाली विकास बैंकले सुरुङ खन्नुअघि नै उपत्यकाको खानेपानी व्यवस्थापन निजी क्षेत्रलाई दिनुपर्ने वाहियात शर्त सरकारले नमान्दा दुइ वर्ष ढिलाइ भयो । आखिरमा बाध्य भएर केयूकेएललाई जिम्मा दिँदा पनि उपत्यकाको खानेपानी व्यवस्थाको हविगत सबैले महशूस गरेकै हो । अझ मेलम्चीका जनताको ढाड सेकेर काठमाडौंका जनताको प्यास मेटाउन खोज्नेहरूले उनीहरूलाई राहतको त कुरै छोडौं, आहतसमेत बनाए । मुहान एकातिर अनि शिलान्यास अर्कैतिर गराएर मेचम्चीबासीको आक्रोशमा आयोजना झन् ढिला हुनुले यो आयोजना बनाउनेतिर एशियाली विकास बैंकको ध्यान छ भनेर कसरी भन्ने । खेतीबारी गरेर खानुपर्नेहरूको जग्गा मुआब्जा विवाद त छँदैछ । मध्यमर्स्याङ्दी जलविद्युत आयोजनामा समेत स्थानीयवासीहरूको जायज मागलाई पूरा गर्न ढिलासुस्ती गर्ने, पञ्चेश्वर, अरुण तेस्रोजस्ता ठूला जलविद्युत आयोजनाहरू लगानी गर्ने सपना देखाएर हात झिक्ने र अन्त्यमा भारतलाई सुम्पिन बाध्य बनाएर राष्ट्रघाति वातावरण बनाउनुमा यी संस्थाहरू कम जिम्मेवार छैनन् । हात्तीका मुखमा जिरा हुनेगरी १२ प्रतिशतमात्र उपभोग गर्न पाउनेगरी भारतले बनाउने लागेको अरुण तेस्रोमा त्यहाँको स्थानीय जनता र माओवादीको विरोधका कारण सेना परिचालन गर्न सरकारलाई दबाब दिनु, के यस्तै राष्ट्रघाति र अविवेकी ‘लगानीको वातावरण’ खोज्या हो विश्व बैंकले ?

    • लुनाजी,
      तपाइको भनाई प्रति सहमति जनाउदछु|
      हो दोष त् हाम्रै मान्छेकै छन् तर एडीबी र विश्व बैंक, युएन र दातृ संस्थाले पनि जिम्मेवारी पूर्ण भूमिका निभाउन पर्ने हो, सो भएन| यस्ता संस्थाहरुले मुसा मार्न बाघको शिकारमा लाग्ने खर्च, ढररा र हल्ला गर्छन र गरिब देशलाई अझ गरिबी तिर ढकेलछन्|
      मेलम्ची खानेपानीको परियोजनाको लामो ढिलाई र भद्रगोलको विषयमा एडीबी पनि त्यतिकै दोषी र जिमेवारी देखिन्छन जति हाम्रा मन्त्रि, सचिव र योजनाकारहरु छन्| मेलम्ची खानेपानीमा देउबाले प्रधान मन्त्रि हुँदा गरेको भ्रस्टचार अर्का भ्रस्टचारका खानी राजदरबारले समेत पनि औंल्यायो |

      बिदेशीले अन्धाधुन्ध जानेर वा नजानेर अघि सारेका परियोजनाहरुमा कति पैसा वास्तवमा खर्च भएको छ त्यो प्रकाशमा आए थाहा पाईनेछ एडीबी, विश्व बैंक र यु एन का बिरलै परियोजनाहरुलाई सफल भन्न सकिन्छ|

      • बल जी !
        यो प्रतिक्रिया लुनाको होईन पुष्प जी को हो .
        पुष्प जी ले यथार्त लेख्नु भ को छ .
        यस्तै भ र नै हाम्रो मुलुकले धोका पा’को छ अनि हामि नेपालीले धोका खा को
        छ ——–

  26. धेरै ठूला गफ गरे पनि निशान पोखरेल को सबाल को जबाफ दिने हिम्मत कसैले पनि गर्न सकेनन / यसको मतलब धेरै त हावा मा कमेन्ट गर्दा रहेछन / बिना जानकारी हचुवा को भर मा कुनै पनि कुराको कमेन्ट नगर्दा नै उत्तम देखे / माई संसार को धेरै पाठक मा यसको जानकारी भएको पाइन / कमसे कम जानकारी हुनेले त दिदा हुनेथियो क्यारे / सही जानकारी को परखाइ मा………………………………………………………..

    • प्रश्न: बिदेश मा कमाएको पैसा नेपाल मा आफै खर्च गर्छन अनि देश लाई के कसरी फ़ायदा हुन्छ ? देश कसरी रेमिटेंस मा अडेको हुन्छ ? यसबारे प्रस्ट पारी दिएमा कति राम्रो हुने थियो / जबाफ को लागी अग्रिम धन्यबाद /

      उत्तर:
      १. बिदेशमा कमाएको पैसा – (रेमिटेन्स सेवा सुल्क + अन्य खर्च) = नेपाल मा भित्रिने पैसा

      यहाँ जुन बिचको रेमिटान्स सेबा प्रदायक छ उसले शुल्क लिई रहेको हुन्छ | उसले पनि राज्यलाई त्यो बाबत कर तिर्नु पर्छ | त्यो राज्यलाई फाइदा हो |

      २. जुन बिदेशी मुद्रा नेपाली मुद्रा संग सटाही भएर नेपालमा आयो, त्यो नेपाल को लागि फाइदा को कुरा हो किन कि बिदेशी मुद्रा नेपालमा आएर नेपालमा लगानी भयो | यो भनेको राज्यको क्रय शक्ति बढ्नु हो |

      ३. यदि त्यो पैसा व्यतीले जग्गा जस्तो अनुत्पादक कुरामा खर्च गर्छ भने त्यो बेला राज्य लाई फाइदा भनेको उसले तिर्ने कर मात्र हो | तर यदि उसले त्यो पैसा व्यापार ब्यबसाय, कल कारखाना, पर्यटन अथवा त्यो मात्र नभएर आफ्नो छोरा छोरीलाई पढाउन खर्च गर्छ भने त्यो राज्य को लागि धिर्घकलिन फाइदा को कुरा हो |

      ४. परिवारको एकजना व्यक्तिले बिदेशी मुद्रामा रकम आर्जन गर्नाले हाम्रो जस्तो मुद्रा दर कम भएको देशको प्रति परिवार आम्दानी बढ्ने हुनाले देशको प्रतिव्यक्ति आय पनि बढ्छ |यो पनि देश को लागि फाइदा को कुरा हो |

      ५. देश कसरी रेमिटेंस मा अडेको हुन्छ ?
      उत्तर: हाम्रो देशमा द्वन्द, अशान्ति र बिकाश निर्माण ठप्प प्राय भएर पनि माथिका कारण ले गर्दा देश टाट पल्टिएको छैन |

  27. रेमिटान्स ले देश धनि हुने भए आज अमरिकाको छिमेकि देश मेक्सिको कहाँ पुग्ने थियो / आज फिलिप्पिंस कहाँ पुग्ने थियो / तर गजब कुरा के छ भने करौडौ mexican हरु अम्रिका मा काम गर्छन तर देश भने झन् झन् गरिब हुदै छ / नेपाल मा पनि तेस्तै हुन्छ किनकि काम गर्ने युबा युवती हरु खाडी तिर अनि बुढा /बुडी अनुपाद्कक मात्र बाकि ///

  28. देशलाई माया गर्ने प्रत्येक नेपालीले सैद्धान्तीक रुपमा नभए पनि ब्यबहारिक रुपमा यो कुरा बुझेको छ-महसुस गरेको छ-तर के गर्ने कुरा त्येहीं गैर ठोकिन्छ-नीति नियम बनाउने तहमा पुगेका पशुहरुलाई भुँडी भर्दैमा फुर्सद छैन=//हाम्रो दुर्भाग्य-जो पिडित छ उसले गर्नसक्दैन;जो गर्न सक्ने तहमा छ उ गर्दैन किनकि उ पिडित छैन!

  29. विश्व बैँकका अधिकारी हिसानोबु सिसिडो भन्छन्, ‘पछिल्ला वर्षमा बढ्दो रेमिट्यान्सले नीति सुधारमा निस्क्रियता बढेको छ, जुन प्रतिस्पर्धा र उत्पादकत्व बढाउन निकै आवश्यक कुरा हो। “””देशलाई दीर्घकालीन रुपमा यो घाटा निकै महँगो पर्नेछ।””” ——-
    महँगो परिसक्या छ — त्यसैले हरेक परिबारबाट एक सदस्य ‘ २१ औ शताब्दीको
    कमारा कमारी ‘ हुदै बिदेशिन बाध्य छन् ——- तिनको श्रम – सिप – छेमता
    बेचेर आएको रेमिट्यान्सको भरमा धानिन पुगेको मुलुकको गति ———-
    मुलुकको मुहार फेर्न – जनताको जिबन उकास्न तिनले आन्दोलन गरे तर फेर्न
    त फेरियो – उकासियो पनि मात्रै नेताको मुहार तिनको जीबनयापन शैली फेरियो —
    सोजा जनता त दिन प्रति दिन ‘ मदन’ बन्दै गईरा’छन् — अब त मुना पनि —
    उमेर कै छन् भने मदन मुनाका बा – आमा पनि खाडी मुलुकका कामदार ( २१ औ
    शताब्दीको कमारा कमारी ) बन्न जाने सिस्टम बन्दै गा’छ सामाजिक संरचना
    भत्किनाले —–

  30. नेपालीहरु बिदेसिनु परेको कारण बेईमान नेताहरु र तिनीहरुले चलाई आएको भ्रस्ट सरकारको कारणले नै हो/ घैटो जत्रो नेपालले सागर जत्रो बिसाल भारतको बेकार बेरोजगार नागरिकहरुलाई अनियन्त्रित तरिकाले मात्रै होयिन आमन्त्रण गरेरै हुल्दै गरे पछी नेपालीहरुले देस भित्रै पाउन सक्ने रोजगारी र पेसागत ब्यबसाय अनियन्त्रित सिट हलेका हुल्याईयेका भारतियेहरुले खोसे/ तव आफ्नै शिप र श्रम मुलक पेसागत रोजगारी अपनाई आएका नेपालीहरु देस भित्र बेरोजगार बने तव न बिदेसिनु पर्यो/

    अनुमान गनुस त् अस्ति संबिधान मिचेर ३०लाख् बिहारीलाई नेपाली नागरिकता दिएको कारण कति तराई बासि नेपालीहरु नेपाल बाटै बिस्थापित हुनु पर्यो होला? अब अर्को ५० लाख बिहारीले नागरिकता पाउनु पर्ने भन्दै आएकोछ/ यसरि नेपाल नेपालीको कसरि बनिरहन सक्ला?

    नेपाली सब्द्लाई नै घृणा गर्ने बिहारीहरू हुलेर नेपालीलाई सकेसम्म विदेश पठाउने लाज मर्दो नीति लिएको यो सरकारलाई के भन्ने?

    यसो भनेमा भारतमा पनि नेपालीहरुले काम पाउँदै आएको छ नि कसैले भन्ला/ तर कस्तो काम पाउँदै आएको छ र भारतमा नेपालीहरुको हालत कस्तो छ र तेस्ता नेपालीहरु कति छन् भनेर बिचार गर्नु पर्ने बेला आएकोछ/

    भारतमा गाभिएको नेपालको दार्ज्लिंग्को जनताले अझै पनि भारतीय नागरिकता पाउन मुस्किल भएको कुरा सबैले बुझेकै हो/ आसाम लगायत कयौ ठाउमा बसेका नेपालीहरु भारतले धपौन्दै आएको छ/

    मरिचमानको पालामा भारत सरकारले सन् १९५०को सन्धि अनुशार भारतमा बसेकला नेपालीलाई भारतीय नागरिकले पाएको सबै सुबिधा दिनु पर्नेमा बन्देज लागाय पछी नेपालको तत्कालिन सरकारले भारतिय नागरिकहरुलाई नेपालमा काम गर्न वोर्क परमिट चाहिने बनाए/

    तव भारतले १९५०को सन्धिको कुरा उठायर भारतियेहरुलाई नेपालमा वर्क परमिट चाहिने नियेमको बिरोध गरे पछी मरिचमानले भारतलाई तिमीहरु १९५०को सन्धि मिच्ने नमान्ने, नेपालीहरुलाई भारतको काम पाउनमा बन्देज लगाउने पाउन रोक्ने अनि नेपालले मात्रै १९५०को सन्धि मान्नु पर्ने भनि प्रश्न उठाउंदै भारतले नमानेको त्यो सन् १९५०को सन्धि मृत सन्धि हो भनेर भारतलाई भने/ भारतको बिभिन्न थाहू हरु बात नेपालीलाई लखेट्दा नेपालको कुन नेताले मरिचमानले जस्तो भारतलाई केहि भन्ने आंट गरेकोछ?

    अस्ति भर्खरै पनि विदेश मन्त्रीको हैसियतले सुजाता भारतमा जाँदा भारतको सरकारले नेपालीहरुलाई भारतमा अब आम भारतिय सरह भन्दा फरक गर्न छुट्टै परिचय पत्र बनाउन लागेको कुरा सार्वजनिक त् गरे तर तेस्को बिरोध गरेनन/ के भन्ने येस्तालाई?

    आज हामि मरिचमानलाई पन्चे मन्त्रि भनेर हेप्छौँ/ पंचायत नराम्रो भएको कुरा आफ्नो थाहुमा छ/ तर अहिलेको नेताहरुमा मरिचमान ले जतिकै भारत सिट कुन मुद्दमा प्रतिबाद गरेको छ?

    सदन र सरकारी टोलीले समेत दांगमा भारतले नेपाली भुमि मिचेकै हो र महाकाली नदीको वारि सम्म आएर भारतले आफ्नो चौकी खडा गरेकै हो भन्दा पनि ” माधव र सुजाताले” भारतले कहीं कतै नेपालको सिमा मिचेको छैन भने/ येस्ताले चलाई आएको देसमा नागरिक हरु बिदेसिनु परेकोमा के आश्चर्य?

    अब हुँदा हुँदै संबिधान मिचेर नागरिकता दिलाएको बिहारीहरुले तराई मा अरु नेपालीलाई बस्न नदिने भनेर तराई बाटै नेपालीलाई लखेट्दै आएको छ/ कुन दलको कुन नेताले यो कुराको बिरोध गरेको छ आज सम्म?

    आफ्नै देसमा नेपालीलाई बस्न सक्ने बनाउन नसक्ने येस्ताको सरकारले अझै बिदेसिएको नेपालीको कमाई मा आँखा लगाउनु र उनीहरुले रगत पसिना यक गरि कमाएको पैसामा लुट मच्चाउनु लाई कतिन्जेर आँखा चिम्लेर सहेर बस्ने?

    बेदेसिएको नेपालीले पठाएको कमाई पनि नेपालमै बसेका बाकि नेपालीको रोजगारी प्रबर्धन गर्ने काम गर्नु भन्दा बिदेसिएको नेपालीले पठाएको कमाईले सितैमा करोडौं पर्ने गाडीहरु र गाडी चलाउने पेट्रोल समेत महिनाको ३००/४०० लिटर लिएर नेपाल जस्तो सानो मुलुकमा ६०१ जना सभासदहरुको भित पालेर लूत्दै आएकोछ त् बिदेसिएको नेपालीको कमाई पनि छोराले रगत पसिना यक गरि कमाएको जुवाडे जन्द्याह बाउले उदाए जस्तै भयो/

    हरेक कुरा भारत सिटी किन्नु पर्ने भारतको सामानमा भन्सार सुबिधा दिने पर्ने, नेपालले जडान उद्योग संचालन गर्न खोजेमा भारतले बिरोध गर्ने र नेपालमा उर्पादन गरेको सामानहरुमा ठुला कुरा हरुको कुरै छाडू जावो वी वाई वाई चाउ चाउ समेत भारतमा छिर्न नदिनु आदि कुराहरु कति सहेर बस्ने?

    भारतले चाहि आफुले बिदेसी कम्पनीको सामान जडान गरेर बिदेसी कम्पनीकै ब्राण्ड नेम भएको सबै सामान नेपालमा भन्सार सुबिधा दिएर मगाउने पर्ने तर नेपालमा चाहि कुनै पनि जडान कारखाना खोलेमा तेस्को उत्पादन भारतमा छिर्न नदिने/ एस्तो अबस्थामा नेपालीले रोजगारी पाउने सक्ने समय कहिले बन्ला?

    आज भारत बात नेपाल भित्र आयात गरेका सामानहरु कुन सामान भारतको आफ्नै उत्पादन हो? दात माझ्ने कोल्गेट देखि सडकमा गुड्ने भारतीय गाडीहरु के सबै भारतमा जडान गरेको बिदेसी कम्पनीको उत्पादन होयिन? हो त् नेपालको सरकारले पनि नेपलमा जडान उद्द्योगहरु खोलेर आफ्नो देसमा थप रोजगारीको ब्यबस्था गर्न कसले नाचाहेकोहो?

  31. रेमिटान्स लाघुकालिक उपाय भन्दा पनि दीर्घकालीन समस्या हो! समस्याको यो पाटोलाई चित्रमा देखाइएको चक्रीय मोडलले नि प्रस्ट पारेको छ!
    हाम्रो शिक्षामा बिज्ञान मा गरिने प्रयोग भन्न खोजेको होइन, तर हाम्रो पढाई बन्दै व्यहारिक छैन! हाम्रो चिन्तनमा व्यवहारिकताको र बिज्ञान को पाटो नै नखुल्ने रहेछ! यो हाम्रो मात्र दोष नभएर हाम्रो शिक्षा प्रणालीको दोष हो! मैले व्यहारिक र बैज्ञानिक चिन्तन को अभाव यो कुराले देखाउन खोजेको हो कि हामी मा भएको यी कुराको अभावले बिदेशमा दुख गरेर कमाएको पैसाको वास्तविक बिज्ञान र प्रयोग गर्ने ब्य्वाहारिकताको गुदीलाइ पकड्न सकेको छैनौ!
    मिलेर संगै काम गर्ने क्षमताको नि हामीमा धेरै कमि छ!! एकीकृत लगानीको मैले जति हुनु पर्ने हो, त्यति सम्भावना हामी नेपालीहरुमा देखिन! संगै केहि गर्न खोज्यो भने काम गर्न गारो, तर मिलेर खाने प्रक्रिया चाहि अति सजिलो हुने रहेछ!
    मेरो दुइ सब्द!

  32. नेपाली जनताको जनशक्ति विदेशको कामदार हुन बाध्य परेका छन् | रेमिट्यान्स, चर्को मूल्य वृद्धि, कम जनशक्ति, देस बिकाश को साटो आफ्नो घर सम्पतिको वृद्धि , निउन दरमा अति कम रोजगार, दक्छ्य जनशक्तिहरु विदेश पलान भै बसेकाहरुबाट रेमिट्यान्स मात्र भित्राए पछी कसरि देसको बिकास हुन्छ? चारैतिर धेरै कुराको अभ्हाव भएपछी कसरि नेपाली जनताहरु नेपाललाई कर्मथलो बनाउन सक्छन? इछ्या भए उपाए कति कती भने पनि हामि नेपालीलाई उपाए पाउन धेरै गारो छ. अब मानिलिउन लण्डन, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, इस्राएल अन्य थुप्रै देशहरुमा दिनभरिको कामबाट एक घण्टाको कमैले नै टयाक्स स्यास काटेर पनि दिनभरीको खाना खान पाइन्छ भने नेपालमा घन्टाको त के दिनभरिको कमैले दिनको साधारण खाना खान गारो हुन्छ त कसरि नेपाली जनताले महिना भरिको कमाइले गुजारा चलाउन सक्छन? कसै कसैको त राम्रो आम्दानि भएकोले आनन्दसाथ जीविका चलाउन सकेका छन् त अधिकांछ जनताहरु महिनाभ्हरिको कमाइले कोठा भाडा मात्र तिरेर बसेका छन्| कहिले राम्रो आम्दानी होला र आनन्द साथ् जीवन बिताउने? जिन्दगीभर कोठा भाडामा बसेर जीविका चलाउदा कसरि राम्रो जीवनस्तर बनाउन सक्छन | धेरै कठिन छ नेपालीलाई नेपालमा रहेर काम गरेर खान | त्यसैले रोटि दुइ तिर पाक्छ, सरकारले रोजगार दिलाएर महँगो दर घटाउने र जनताले नेपालमा नै रहेर राम्रो आम्दानी हुने काम पाउने र गर्ने हो भने मात्र सम्भव छ नत्र यस्तै हो भने आजको १० बर्समै अहिलेको भन्दा बढी कठिन हुनेछ| खै कसरि कुँजो सरकारलाई घैटोमा घाम लगाइदिने? कसरि नेपालीले राम्रो आर्जन गरेर नेपाल र नेपाली जनतालाई उभो उठाउने? बडा मस्किल छ| तर यदि माई संसारमा कमेन्ट गरेर केहि उपलब्धि हुन्छ भने सबैलाई धेरै राहात मिल्ने थियो | जय नेपाल|

  33. बिदेशमा कमाएको पैसा नेपालमा आफै खर्च गर्छन, खर्च भएपछि त्यो पैसा अर्को ब्यक्तिको हातमा पुग्छ र आफ्नो आवश्यकता पूरा गर्न को लागि उसले पनि खर्छ गर्छ / त्यसरी त्यो पैसा एक ब्यक्ति बाट अर्को ब्यक्ति को हातमा पर्छ र सबैले आ- आफ्नो दैनिक आवश्यकता पूरा गर्छन / अर्को तर्फ यसले देश को राजस्व पनि बढाउदै लैजान्छ र देश लाई पनि फाइदा हुन्छ \

  34. रेमिट्यान्स रेमिट्यान्स भनेर हाम्रा नेता हरु नाच्दा होलान तर एसको side effect को मुल्य चुकाउन हामीलाई दसकौं लाग्ने छ| साँची भन्ने हो भने यो रेमिट्यान्स कै कारन समाज मा एउटा passive वातावरण छाएको छ| कमाए को पैसा लगानी गर्ने ठाउँ नहुँदा आफ्नो लगानी सबै जग्गा मा खर्च गर्ने बानी ले जग्गा को भाउ बढेको बढेकै छ| एस बाट कुनै productivity राष्ट्र लाइ दिन सकेको छैन| Productivity स्थिर रहंदा econimic activity ma सुस्त पन आएर कुनै दिन नेपाल मा ठुलो recession आउन सम्भावना छ| नेपाल को नेता हरु त parasite भै हाले|

  35. हो त वैदेशिक रोजगारी सम्बन्धि नीति नियम मा कमजोरी हुनु तथा एकै चोटी लाखौ कमाउने सपना देख्नु दुवै कुरा सुधार गर्नु पर्ने देखिन्छ .

  36. नेपालमा बिदेशी रोजगारी को तथ्यांक गलत छ यहाँ विदेश जाने को तथांक रखिन्छा तर विदेश बाट फर्केर आएको मान्छे को तथांक राखिन

  37. यस रिपोर्ट देखि तर्सिहाल्नु पर्ने स्तिथि देख्दिन म| तर भविष्यका लागी दीर्घकालीन योजनाका लागी भने, यो सोचनीय नै छ, योजनाकार र जानिफकारहरूका लागी|

    लेखक कै भाषामा भन्दा, नेपाललाई अहिले “औषधि-मुलो” कै खाँचो छ| अलिक पछी तन्दुरुस्ती बढे पछी, यसलाई अगाडी बढाउन आवस्यक हुनेछ| हामीले thailand, the philipines, korea र japan लाई पनि नमुनाको लागी हेर्नु पर्छ| यी देशको पृष्ठभूमि पनि यस्तै थियो| बिकासको छलांग लागाउन, “आफु” तन्दुरुश्ती हुन पहिलो आवश्यकता हो|

    निशान पोखरेलजी, तपाईको प्रश्न जायज लागेकोले उत्तर पठाउने कोसिस गर्दैछु|

    remittance नेपाल भित्रिए पछी (चाहे त्यो व्यक्ति र परिवार बिशेस नै किन नहोस), त्यो पैसा कहिँ न कहिँ, कतै नेपाल कै बजारमा खर्च हुन्छ| नेपालको बजारमा खर्च हुँदा, त्यहाँको व्यवसायले देशलाई कर, रोजगारी, भौतिक संरचना (उदाहरण: धरान बजार) ई.मा सहयोग पुर्याउदछ| यी नै हुन् बिकासका गति| यी रेमित्तान्स ले आफ्नो परिवारकै शिक्षा, स्वास्थ्यमा सहयोग गरे पनि, त्यो indirectly देशलाई सहयोग गरे सरह नै हुनेछ| बिचार गर्नुस त?!

  38. रेमिटेन्स लघुकालिक उपाय

    रेमिटेन्सले व्यक्ति, परिवार वा देशको आर्थिक अवस्थामा सुधार ल्याउनु भनेको बिरामी परेको बेलामा औषधि खाए सरह हो। अर्थात औषधि सधै खान सकिंदैन र खान हुँदैन पनि। राष्ट्रिय रोजगारी ज्यादै संकुचित भएको अवस्थामा मात्र वैदेशिक रोजगारीमा भर पर्नु पर्ने बाध्यता हुन्छ तर दीर्घकालका लागि भने राष्ट्रिय रोजगारीमा नै जोड दिनु पर्छ। नेपालका अर्थ शास्त्रीहरुले यो तथ्य राम्रो गरी बुझेका छन। तर ६०१ जनाको समूहले भने बुझेका छन् जस्तो लाग्दैन। नेपालीहरु वैदेशिक रोजगारीमा स्वेच्छा भन्दा बाध्यताले गर्दा गएका छन। आफ्नो देशभित्र नै परिवार, समाजसंग बस्न कसलाई रहर लाग्दैन र?

    बी अधिकारी

  39. सरकार लाइ दोष लगाउ भने सरकारको मुख ताक्छन भन्लान भन्ने पिर..रेमिट्यान्स भित्राउने लाइ दोष लगाउ भने कमसेकम उसको आर्थिक स्थिति सबल त भएको छ….

  40. बिदेश मा कमाएको पैसा नेपाल मा आफै खर्च गर्छन अनि देश लाई के कसरी फ़ायदा हुन्छ ? देश कसरी रेमिटेंस मा अडेको हुन्छ ? यसबारे प्रस्ट पारी दिएमा कति राम्रो हुने थियो / जबाफ को लागी अग्रिम धन्यबाद /

    • तल श्री निशान पोख्रेल मित्र आफ्नो भनाई राख्नुभएछ “विदेशमा कमाएको पैसा नेपालमा आफै खर्च गर्छन”| तर यो अलि प्रस्ट भएन जस्तो लाग्यो| अर्को प्रश्न आउला “आफै नगरी के दुख गरेर कमाएको अरुले गरिदिने त?”

      सोझो अर्थमा रेमिट्यान्स बुझ्न अर्थशास्त्री हुनपर्दैन| रकम आवत र जावतमा जावत बढी भए के हुन्छ त्यो बुझे हुन्छ| जावत के मा गईरहेको छ र त्यो पनि नियालेर हेरेर बुझे पत्तो लाग्छ| मुख्य कुरो देशमा भित्रिएको रेमिट्यान्सले अर्थ वृद्धि गराउन पर्ने हो तर यो भैरहेको छैन बिशेस गरेर दिगो र दीर्घकालीन रुपमा| यसले तत्कालका लागि खाली बाँसको टेवाको काम गरेको छ, जुन बेला टेवा हटियो वा आंच आयो, ढल्न तिर लाग्नेछ|

      अर्थ वृद्धि र अर्थ व्यवस्थालाई सही मार्गमा लगेर सुद्रिडीकारण गराउनका लागि सम्पूर्ण देश र देशवासीको सर्बोपरी हितलाई ध्यानमा राखेर सही नीति र दीर्घकालीन योजना र निर्देशना हुनपर्छ| नीति बनाएपछि त्यसको कार्यान्वायन हुनपर्छ| दुखको कुरो हाम्रो नेपालमा जनताका लागि भनीएका ९०% भन्दा बढी नीतिहरु सही र समयमा कार्यान्वायन हुँदैनन्|

      उदाहरणका लागि गाविस र जिल्लामा जान पर्दैन| राजधानीलाई हेर्नोस|
      क) खानेपानी , ख) आवास र ग) स्वास्थ्य

      योजना आयोग भएको र नभएको खास केही फरक छैन भनेर पनि कतिले बुझेका छन्| योजना मात्र बनाएर हुँदैन, त्यो किन कार्यन्वयन भएन त्यसको सामयिक समिक्षा हुनपर्छ, त्यही भुल दोहोराउन दिन हुँदैन र एउटा कार्यान्वयन नहुँदा अर्को सुधार र हेरफेर नगरी बनाउन पर्ने कारण छैन जब त्यो संचालन नगरिने हो भने|
      उर्जा क्षेत्रको कुरै नगरे पनि हुन्छ| नेपाल जलश्रोतको धनी देश भनेर सुगा रेटाई गरिन्छ तर यही छ अन्धकार|
      पहिलो कुरो सही नीति हुँदैन, भए पनि सही कार्यन्वायन हुँदैन| हामी नेपाली यसैमा गम खान्छौ र लाज पचाएर बिदेशीको त्वं शरणं मा लागछौ|
      तर रेमिट्यान्सले काम गरेको छैन भनेर भन्न मिल्दैन| रेमिट्यान्सको पैसाले कतिपय स्कुल, कलेज, यातायात र व्यवसाय चलेका छन्| कमाउनेले पैसा ल्याउने काम गरेपछि देशले रेमिट्यान्सलाई सदुपयोग गर्न र अर्को दिगो व्यवस्था गर्न आफ्नो नीति सुधारेर कार्यान्वायन गराउन पर्ने हो| देशले सीप तालिम प्रसिक्षण गराउन पर्ने हो, त्यो पनि चाहे जति हुन सकेको छैन|

      पहिलो कुरो त् हामी नेपाली आफै दोषी छौ| देश सेवाको नाउँमा घुस खाने र आफैलाई व्यक्तिगत लाभ मात्र हेर्ने प्रबित्ति र बिदेशीको त्वं शरणं मनस्थिति राखेका छौ|
      तर मलाई लाग्छ, यसमा बिदेशी दाता संस्थाहरु पनि उत्तिकै जिमेवारी छन्|
      इन्फ्लेसनको कुरा गर्न अघि बिश्व बैंकले पहिले देशको बोझिलो र अप्रभावकारी कर्मचारीतन्त्रलाई पनि दृष्टी पुर्याउनपर्ने हो|
      नेपालको कर्मचारीतन्त्र समय सापेक्षित छैन, खर्चिलो छ र अनुत्पादकीय र अप्रभावकारी छ| कर्मचारी चांहिदो भन्दा धेरै संख्यामा छ| जँहा हुनपर्ने त्यहा छैन र ठीक ठाउँमा छैनन् र सीप र तालिम पनि छैन जुन कामको लागि खटिएका छन्| आधुनिकरणमा पछाडी परेका छन्|

      उदाहरण, पैसा आउने माल अड्डालाई हेरौ| आवत भन्दा जावत बढी छ|

      यी सब तथ्य दाता संस्थाहरुले थाहा नपाएका होइनन, बुझेका छन् तर पनि औल्याउदैनन| टाउको दुखेको औषधी नाइटोमा लगाउन माहिर छन्| सरकारलाई अरु कुरोमा प्रेसर दिन्छन तर कर्मचारीतन्त्रमा आमुल सुधार ल्याउन पर्ने कुरोमा यदाकदा सुनिए तापनि संस्थागत र सामुहिक रुपमा दाता संस्थाहरुले लगातार जोड दिईएको हामीले थाहा पाएका छैनौ|

      हामी पर्यटन उद्योगलाई आवश्यकीय बिदेशी विनिमय ल्याउने अर्को सुगा रट लगाउँछौ तर यो कुन मुल्यमा र यसरी संचित बिदेशी विनिमय कंहा र के मा सरकारले खर्च वा लगानी गर्छ र गरिरहेको छ सो तथ्य थाहा पायौ भने अझ दुखी हुन पर्ने अवस्था छ| खैर त्यो पनि कुनै दिन खुल्ला| प्रासंगिक के छ भने रेमिट्यान्स सरह पर्यटन उद्योग आन्तरिक मात्र होइन बाहिरि स्थिति वाट पनि प्रभावित हुन जुन अर्थमा यो अझ जोखिमपूर्ण छ|

      विगत र वर्तमानलाई समिक्षा गर्दै, एक हिसाबले हेर्ने हो भने हाम्रो भाग्यको मूल जड नै कर्मचारीतन्त्र हो| राजनैतिक पार्टी र राजनैतिक व्यक्तिहरु संग व्यक्तिगत लाभको लागि मिलिभगत र साँठगांठ गरेपछि कर्मचारीतन्त्र पनि राजनीतिकरण भएका छन्| जे जस्तै नीति नियम सरकारले बनाए पनि वा योजना आयोगले जे जस्तो योजना बनाए पनि कर्मचारीतन्त्र ले वेवास्ता गरेपछि वा जिम्मेवारी वहन नगरेपछि अनि जवाफदेहिता नभएपछी नीति, नियम र योजनाको के मतलब? कर्मचारीतन्त्र, विशेष गरी उच्च पदमा रहेकाहरुले, मन्त्रि र प्रधानमन्त्रीको पछ्छौरी समातेर जदौ संस्कारमा लागेपछि देशको वेहाल हुने गरेको हामीले देखेका छौ|

      दण्डहीनताको पराकाष्ठा छ| अकर्मन्यताको हद छ| सबैलाई एकै शोभेलले सोहोर्न खोजेको हैन तर कुईया आलु बढी छन् हाम्रा कर्मचारीतन्त्रमा|

      जति नकारात्मक रुपमा नहेरौ भनेपनि सत्य के छ भने हाम्रो कर्मचारी व्यवस्था यति डावाडोल छ, हामी यति निराश छौ कि एउटा अर्थ सचिवले आफ्नो कर्मचारी जीवन भरि भ्रष्ट, कम भ्रष्ट, अकार्यकुशल, अल्छे मन्त्रिहरुको लाईन पहिल्याएर कुव्यवस्थालाई निरन्तरता दीईरहे तापनि जागिर जीवनको अन्तमा मन्त्रिसंग खटपटी बनाएर सेफ ल्यानडिंग गर्दा पनि उनलाई हामी हीरो सम्झंछौ| राजनैतिक दलहरु र मन्त्रीहरुको खुलेआम भ्रष्टचारले थकित हैरान भएका र दण्डहीनताले निराश भएका हामी एउटा भ्रष्ट मन्त्रिलाई (वाग्ले) दश वर्ष पछी जेल सजाय दिंदा पनि ती न्यायमूर्तिलाई हामी हीरो बनाउन्छौ जो आफ्नो जागिएर जीवनको अन्ततिर सो निर्णय लिन्छन तर अदालतमा दुइ लाख मुद्दाहरु सुनवाई हुन बाँकी राखेर अवकाश तिर लाग्छन| नकारात्मक समाचारको शृंखलामा अनुजा घटना कपोलकल्पित र पत्रिका रचित भएपनि बिना सोधपुछ सहर्ष आत्मसात गर्छौ र त्यसपछि तथ्य के हो भन्ने तिर अनभिग्य रहन्छौ|
      यही हो बिडम्बना हामी नेपालीको, तर भाग्यलाई धिकारेर हुँदैन| सतीले सरापेको देश भनेर हजारौ चोटी दोहोराएर हुँदैन| केही गर्न पर्यो|

      पहिले कर्मचारीतन्त्रमा आमुल परिवर्तन ल्याउन पर्यो सही र निष्पक्ष मुल्यांकन गरेर| एउटा दराजको सामान मुल्याकनको परिणाम भनेर परिवर्तनको नाउँमा त्यही दराजको माथिल्लो तलामा राखेर पुग्दैन, अर्को तला थपेर पुग्दैन| मुल्यांकनले देखाए अनुसार दराज हटाएर अर्को व्यवस्था गरिन परे पनि सरकारले आँट देखाउन पर्यो| नत्र सबै सुधार क्षणिक मात्र हुनेछ|

      उपदेशक बनेका बिदेशी दाता संस्थाका नेपालका शुभचिन्तकहरुले पनि पूर्वाग्रह रहित आँट देखाउने छन् यस दिशामा|

      बिडम्बना भनेर, भाग्यलाई दोष दिएर र सतीले सरापेको देश भनेर कति दिन बाँच्ने? कर्मचारीतन्त्र र प्रशासन सुधारमा आमुल परिवर्तनको नितान्त आवश्यकता छ| यसको अभावमा जे जस्तै नीति नियम योजना आए पनि केही होला जस्तो छैन|
      आफुलाई लागेका यी हुन, यंहाहरुको विचारवाट पनि आफुलाई शिक्षित र सुसुचित महसुस गर्नेछु|

      • बल बहादुर जी, गतिलो कुराहरु निकाल्नु भो| धन्यबाद|

        हाम्रो कर्मचारी तन्त्र ब्यबहारीक र भरपर्दो नहुनुमा, कर्मको सहि मुल्यांकन (work/staff appraisal) गर्ने परिपाटी (system) नहुनु नै हो| एकदम सहि| गलत मानिसलाई बढावा गरे, अरु team member मा नकारात्मक असर पर्दछ| सहि मुल्यांकन गर्न, peer group र supervisor दुवै बाट नै हुन जरुरी हुन्छ| हामीले आफ्नो peer group को मुल्यांकनलाई कहिले system मा ढाल्न सकेनौ| यहि हो कमजोरी|
        * safe landing का कुराहरु अति मननीय छन्|

    • निसानजी तपाईलाई थाहै छ नेपालले धेरै समानहरु भारतबाट आयात गर्छ….यसरी आयात गर्दा नेपालले भारतलाई भारु या डलरमा तिर्नु पर्छ…सिधै नेपाली पैसाले समान किन्न मिल्दैन…. जसरी भएनी नेपाललाई भारु या डलर त चाहियो चाहियो….यस्तो अवस्थामा के गर्ने त नेपालले.भन्दा उदाहरणको लागि तपाई भारतमा काम गर्नुहुन्छ र तपाईले नेपालमा भारु पठाउनु भो भने नेपालले भारु आर्जन गर्छ र त्यसको सटहमा तपाइको आफन्तले नेपाली रुपीया पाउछन्….यसै गरी तपाई जस्तै लाखौ नेपाली हुन्छन नेपालमा पैसा पठाउने…यो भनेको नेपालले भारु आर्जन गर्नुहो र यहि भारु नेपालले भारतबाट सामान आयात गर्दा प्रयोग गर्छ…..समग्रमा भन्नुपर्दा नेपालले निर्यात भन्दा आयात धेरै गर्छ जसकारणले गर्दा नेपालले विदेशी मुद्रा आर्जन भन्दा धेरै खर्च गर्नु पर्ने हुन्छ…यस्तो अवस्थामा नेपाललाई रेमिटेंसबाट आर्जेको बिदेशी मुद्राले फाइदा गर्छ…..
      रेमिट्यान्स नेपालको लागि बिदेशी मुद्राको स्रोत हो जसको कारणले गर्दा नेपालले अन्तराष्ट्रिय बजारबाट सामानहरु आयात गर्न र सेवा लिन सकिरहेको छ…
      दोस्रो कुरा लाखौ विदेशीएका नेपालीहरुको आयआर्जन बढ्ने भो….आयआर्जन बढेपछि त्यहि आनुसार नेपालमा खर्च पनि गर्छन.. खर्च गर्नु भनेको व्यपार व्यवसाय बढ्नु हो,,यो भनेको व्यपारमा व्यवसाय लागेका नेपाली हरु को आयआर्जन बढ्नु हो र यहि चहल पहल आनुसार नेपाल सरकारले नि धेरै कर उठाउछन् तर बिडम्बनाको कुरो के छ भने देखि जति सामानहरु हामी नेपालीहरु खरिदछौ धेरै जसो बिदेशी सामानहुन्छ….हामी जति जति विदेशी सामानहरु खरिद छौ त्यति त्यति नेपाललै विदेशी मुद्राको आवस्यक पर्छ..र फेरी त्यहि चक्र दोहोरिन्छ….यदि रेमिट्यान्स नभई दिएको भए नेपाललाई कति गार्हो हुन्थियो होला…..
      त्यहि भएर विदेशी लगानी बढाउनु पर्छ र नेपालमा नै धेरै किसिमका सेवा र सामानहरुको उत्पादन गर्नु पर्छ . यस बाट हामी नेपालीलाई रोजगार र नेपाललाई आर्थिक भार घट्छ…साथै निर्यात बढ्दै जान्छ र रेमिटेन्समा भरपर्नु पर्ने घट्दै जान्छ… सोचौ त यदि रेमिटेन्स नभई दिएको भए नेपाल र नेपालीको हालत क हुन्थियो होला…

  41. दिर्घकालिन परिणाम समस्या हो भने त्यसको सदुपयोग गर्नुपर्यो / समस्यालाइ समाधान गर्न भन्दा पनि सदुपयोग गर्नु बुद्धिमता हो /
    अझै पनि २९% जनता निरपेक्ष गरिबीको रेखा मुनि भएको देशबाट सिर्जिएको बेरोजगारीको समस्याबाट पार लगाउन विश्व बैंक, युएनडीपी लगायत विभिन्न दात्री राष्ट्रहरूको प्रयास केवल सेमिनार गोष्टि तथा रिपोर्ट तयार हुने मात्र काम भई, लक्षित समुहसम्म सेवा सुबिधा नपुगेको कारणले नै पछिल्ला समयमा बिदेसिने क्रम बढेको हो /
    – मानिस स्वाभावले बर्तमानको पुजारी हो, भविष्यको साधक होइन / उ आज रमाउन चाहन्छ / भोलि हास्न पाउने आशमा आज रुन चाहदैन /
    – यसर्थ भित्रिएको रकमलाई लगानीको सुरक्षित वातावरण दिने, सहि उत्पादनमुलक कार्यमा लगाउन उत्प्रेरित गर्ने काम त सरकारको हो नि !
    यसैले सालोक्यजी !
    नेपालको सन्धर्वमा रेमिटान्सले दुख लेखिएको झोला भित्र असंख्य हाँसो बोकेर ल्याएको छ / बिगत दसौ वर्षदेखि देशको अर्थतन्त्र टिकाउने तथा गाउँको झुपडीमा टुकी सुक्न नदिने रेमिटान्सलाइ दुखको उपमा नदिने कि ?!

  42. राज्यले बुझ्नु पर्ने कुरा हो । राज्यबाट नै आफ्ना जनता बेच्ने、 इजाजत जो पायो त्यसलाई दिने काम भई रहेछ । आफ्नो खेत बाझो छोडेर अर्काको देशमा दास बन्न जान्छन । नेपालीलाई पैसा भए त पुगी हाल्यो नी ।

    • अनोज साक्य जी ,
      राज्यको कमजोरी को कुरामा सहमति छ मेरो. तर बाली लगाएर खान पनि नपुग्ने खेत जोतेर कति दिन बस्न सक्छन जो कोहि पनि ?
      कोरिया जान ५० हजार भन्दा बढीको लाईन इक्छाले होइन बाध्यताले हो.
      अरबको ५० डिग्रीको गर्मीमा परिश्रम र थोरै आम्दानीलाई पैसा भए नेपालीलाई पुगिहाल्छ भनेर भन्न पक्कै मिल्दैन होला?
      थोरै पश्चिमी मुलुकमा जाने नेपाली हरु बाहेक धेरै जस्तो नेपाली हरु इनै खाडीको गर्मीमा परिश्रम गर्न बाध्य छन्….
      र नेपालले पौने रेमिटान्सको धेरै हिस्सा इनै दाजु भाई बाट आउने हो.
      नेपालमा राम्रो स्थिति भए दास बनेर बस्न सायदै कसैलाई मन लाग्ला!!
      यो कुरा मनन गर्ने कि??

Comments are closed.