वास्तवमा मदिरा खराब वस्तु होइन :)

अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको यसपालिको गजबको बजेटले रक्सी,बियरमा ११ प्रतिशत र फलफूलको जुसमा ७५ प्रतिशत अन्तःशुल्क बढाएको हेरियो। चाउचाउमा चाहिँ एक पैसा पनि अन्तःशुल्क किन बढाइएन, त्यो तपाईँहरु आफैले अनुमान गर्न सक्ने कुरा हो। मदिरामा किन कम, जुसमा किन बढी ? यो पनि तपाईँले अनुमान गर्न सक्ने नै कुरा हो। बजेट बनाउन बसेकाहरु नै ठस्स गन्हाएर बसेका थिए रे, अनि कसरी मदिरामा बढी अन्तःशुल्क राखुन् त उनीहरुले।

यो प्रस‍ंगले मलाई दुई वटा कुराको याद आयो। एक पटक पत्रिकामा दूधभन्दा बियर खानु ठीक हो भनी विभिन्न तथ्याङ्क राखेर विज्ञापन छापिएको थियो। विज्ञापन त ल भयो, छापियो। तर तपाईँ विश्वास गर्न सक्नुहुन्छ- माथिको शीर्षकको व्यहोरा भएको सम्पादकीयसमेत एउटा राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो। कस्तो थियो त्यो सम्पादकीय, पढ्न भित्र आउनुस्।

सम्पादकीय (२०५३ साउन ८ को श्री सगरमाथा राष्ट्रिय दैनिक)

मदिरा र यथार्थता

वास्तवमा मदिरा आफै खराब वस्तु पनि होइन। यो त मनोरञ्जनको एक साधन हो। कसैले मनोरञ्जनको साधनलाई आहाराकै रुपमा लिन्छ भने त्यसरी मदिरा सेवन गर्नेको नै कमजोरी हो। तर मदिरा भनेको मनोरञ्जनको साधन हो, जसलाई ठीकसँग ठीक बेलामा आफनो आर्थिक क्षमता हेरी प्रयोग गर्नुपर्छ भन्ने सामान्य ज्ञान र अनुभूति मदिरासेवीहरुमा गराउनु नै यस समस्याको मुख्य समाधान हो।

सरकारले त्यस दिशामा केही न केही कदम बढाउनै पर्दछ, जसले मदिरापीडितहरुलाई (जाँडरक्सी बेचबिखनमा प्रतिबन्ध लाग्दा मदिरापान गर्न नपाएर छटपटिएकाहरुलाई) केही राहत पुर्‍याओस्। जसले मनोरञ्जनका रुपमा ठीकसँग मदिरा प्रयोग गर्छन्, तिनलाई उपलब्ध पनि हुनुपर्दछ।

यो सम्पादकीयको विषयमा शरच्चन्द्र वस्तीले हाम्रो भाषामा यस्तो सटीक टिप्पणी गरेका छन्- रक्सी उत्पादक एव‍ं‍ बिक्रेता सङ्गठनको वक्तव्य जस्तो लाग्ने यो भनाई श्री सगरमाथा दैनिकको सम्पादकीयमा प्रस्तुत निश्कर्ष हो। त्यस्ता समूहले जसलाई लिकर लबी पनि भन्ने चलन छ, आफ्नो स्वार्थका लागि यस्ता तर्क दिनु अनौठो होइन। तर आम जनताको हितमा काम गर्नुपर्ने पत्रपत्रिकाले सम्पादकीय मार्फत् आफै यस्ता तर्क र निश्कर्ष प्रस्तुत गर्दै हिँड्नु आपत्तिजनक कार्य हो।

अब बिरामीले खानमा समेत प्रयोग हुने जुसमा ७५ प्रतिशत कर बढाएर रक्सीलाई ११ प्रतिशतमात्र बढाउनुको कारण पनि त्यस्तै तर्कले त गर्ने होलान् उनीहरु ! जङ्कफूड चाउचाउमा भने पाँच पैसा पनि कर बढाउने हिम्मत नगर्नुको कारण पनि त्यस्तै काइते तर्क त होला नि, कि कसो ? वास्तवमा मदिरा आफैमा खराब वस्तु पनि त होइन 🙂

 

49 Comments

  1. हा हा हा, Real juice मा लेदो भेटिनछ तर आजसम्म मदिरा मा न भेटिएर होला /

  2. कहिले आउछ होला यिनीहरुको सदबुद्धि ?
    आफैमा कंगाल भैसकेको नेपाललाई लुट्न कति idea लगाउने हो लगावो नेताहरु,,,,

    नेपाली जनताले केहि भन्दैनन्,
    अब चाही राम्रो गर्लान भन्यो, फेरी तेही पारा….
    साचै दुनियाकै नमुनाहरु हाम्रै देशमा नेता बनेर बसेका रहेछन.. अचम्म!!!!!!!!!

  3. ए हजुर,जुसमा लेदो भेटी पछि बिक्रीमा प्रतिबन्ध लगाउनु पर्दथ्यो र उक्त कारखाना बन्द गर्नु पर्दथ्यो, कर बढाउने हैन l जुस सुद्ध र स्वस्थ हुनु पर्छ जुन बस्तु स्वास्थ्य सरिरको लागि सेबन गरिन्छ,त्यहि बस्तुमा लेदो भेटिनु तर राज्य र सरकार निरिह हुनु,कारवाही गर्न नसक्नु लाचारीपनको पराकास्टा हो र अहिले रक्सीमा कर छुट प्रदान गर्दै आफ्ना रक्सि ब्यापारी प्रभुहरुको चाकरी गर्नु जनस्वास्थ माथिको ठाडो प्रहर हो l
    आ- आफ्नो ठाउँबाट बिरोध गर्न छोड्न हुदैन यी कुकर्मी डाँकाहरुको l

  4. जुश हरु मा लेदो मिसिएको र सरकार ले कन्ट्रोल पनि गर्न सकेन जनता लै जानी जानी बिष क्वाउनु त भएन नि बरु कर बधाई दियो भने जुश नखाला भनेर होला नि

  5. सबैको तर्क राम्रा छन् तर पनि इ कुरा हरु सुन्दा ठुला हरु ले नै एस को माग गरे का हुन् कि जस्तो लग्यो अनि सभासद नै त तेस्तो पदमा छन् नि त होइन र ??????????

  6. स्पष्ट शब्दमा भन्नुपर्दा हामी जनगनतन्त्रमा बिश्वास गर्ने नेपाली/ जनगणतन्त्रमा गरिब,भोका,प्यासा,दलित,पिडित,सर्बहाराको चर्चा भएन भने,कार्यपत्र छापिएन भने,छलफल भएन भने के को जनगणतन्त्र ?त्यसको लागि समाज सम्पन्न भयो भने यो चर्चा कसरि होला,कार्यपत्र कसरि छापिएला?त्यसको लागि समाजमा गरिबी ब्यापक हुन जरुरि छ/त्यसैले भबिस्य द्रष्ठा तथा अर्थविद भरत मोहन द्वारा जाड्मा ११ र जुशमा ७५ प्रतिसत शुल्क लगाउनु अति सान्दर्बिक तथा स्वागत योग्य छ/जुस सस्तो भयो भने बजारमा माग बदला र फलफुलको खेति गरेर जनता सम्पन्न होलान/जाड रक्सि सस्तो भयो भने जनताले बढी खाएर कंगाल होलान / अनि जनगणतन्त्र मौलाउला,र हाम्रो उदेश्य पुरा होला/नक्कली भ्याट काण्डका नायक भरत मोहनको जय होस्,तर केहि नरहोस्/

  7. हाम्रो सरकारमा जोकरहरुको भूमिका बढी छ/त्यसमा पनि नक्कली भ्याटको डबलीमा नाच्ने लाखे भरत मोहन भए पछी के चाहियो/रक्सि जाड नखाए पछी जोकरहरुले गरेको अभिनय हेर्न पनित हामि जनतालाई मज्जा आएन नी/त्यहि भएर जाड्मा ११ र जुशमा ७५ प्रतिसत शुल्क लगाएको होला/ अनि जुश सस्तो भयो भनेत जनताले फलफुलको खेती गर्लान र पैसा कमाउलान /अनि नेताहरुले गरिब,सर्बहारा बर्ग भनेर कसरि भाषण गर्दै आशा देखाउने?जाड खाएर सम्पत्ति भुटे पछी पो गरिब सर्बहारा भन्न पाइयो/त्यसैले जनतालाई जाड रक्सि जति सक्यो बढी पिलाएर गरिब,सर्बहारा बनाउनु प-याछ,त्यसको लागि जाड रक्सीमा शुल्क कम गर्नु प-याछ/खै कुरा बुझ्या?

  8. म स्विजरल्याण्डमा बसेको पनि धेरै भयो स्विजरल्याण्डको तालमा हेरविचार गर्नेहरु दिन भरि रुखबाट खसेको पातहरु आफ्नो झोलामा हाल्छन किनकि पर्यटकहरुलाइ राम्रो होस् भन्न को लागी, र उनीहरु पनि त्यो पैसा अलिकति पिउनमा पनि खर्च गर्छो भन्थे तर हामीले हिंजो पिएको भन्ने महसुस आज सम्म भएन भन्थे त्यसकारण मदिरा भन्ने बित्तिकै सबै मताउने बस्तुमा त नजाऊ कसै-कसैको आफ्नै घर बाट बन्ने बिना केमिकल मिक्स पियजलहरु जस्तै आजको पियपन्दित् ज्यु हरुले भन्ने मतवालीहरु( पुरानो भाषामा) को घरबाट बन्ने पिएजलहरु उपयोग भित्र उपयोग गरेमा उपयुक्तनै हुन्छ होला जस्तो लाग्छ अब रहयो नेपालको वर्तमानको स्थितिको बारेमा ZIT संग म सहमत छु तर तपाई मन्त्री, सभासद, सरकारी कर्मचारी, ब्यापारी, तस्कर्, दलाल्, गुण्डा, लुटेरा,हत्यारा ईत्यादी जे सुकै भन्नुस सबै पिउनेहरू पनि त्यो भित्र पर्दैनन् जुन म जस्तो मेरोसंसारमा सानो भए पनि पर्तिक्रिया दिने पाठकहरु मध्ये म पनि एक हु |

  9. यो धेरै बिकाउ हुन थालिसकेको भन्ने संकेत हो !!!!

  10. नेपाल मा जाड रक्षि भन्दा त टो जुस नै खराब छन् नि आफु त जाड भक्त परियो भारत मोहन बुदो को जे होस् मर्ने बेला मा हामी सोमे रस प्रेमी लै मोहनी नै लायो बुदा ले खोक्दै खोक्दै ……हा हा हा ///
    juice for ill..
    beer and rum to chril drink beer and save tax.

  11. चाउचाउ खायो भने त बिरामी पो भैन्छा …… रक्सि खाए एकै छिनमा च्वट हुन्छा बिरामी नत्र टाउको दुखेको बेलामा खानुस त कस्तो मजाको निन्द्रा लाग्छ खोइ बुझ्नु भएको तपाई हरुले/////अनि रक्सि मा अन्तासुल्क बढायो भने नेता हरुलाई गुण्डा पाल्न पनि गारो होलानी नाखुवाये सम्म गुण्डा हरुले मान्छे नै मार्दैनन /// तर धेरै कसैले पनि नखानु होला थोरै खाए प्रेमी नत्र त बोक्सी हा हा हा मुख बाट खाएको मुख बाटनै निक्लेला है होस् गरेश ………):

  12. चाउचाउमा नाबदयाको कारण चै बिनोद चौधरीको वाईवाई को दबाब होला जस्तो लाग्छ. अब चौधरी group को सबै भन्दा बढी आम्दानी को श्रोत नै तेही हो. धन्यवाद…

  13. नेपालका मन्त्रीहरुको कहिल्यै कृषि क्रान्तिमा ध्यान जाने भए पो जुसको अन्तशुल्क घटाउने थिए त ??
    रह्यो चाउचाउको कुरा सधैको बन्द र ग्यासको सटेज हुने देशमा यस्तै त हो नि !
    चामलको डालामा चाउचाउको स्टक राख, बियर सग मातेर बस – जनता !
    हामी बिन्दास !!

  14. अब दिसा गर्न जाँदा पनि लोटाको सट्टामा रक्सिको बोतल लिएर जानु पर्ला जस्तो छ….

    • पौडेलजी ले भन्नु खोज्नु भाको कुरा बुझिन…
      – माथिबाट मात्र नपुगेर मुनिबाट पनि चाख्न खोज्नु भाको हो कि ?!!
      – कि शौच गरुन्जेल पनि चुस्की लिनलाई हो कि ?!
      अलि खुलस्त पार्दिनु पर्यो /

      • योगेश जी…मैले लोटाको बर्णन गरेको छु न कि बोतल र गिलाश को..नेपालीमा लोटा भनेपछि शौच गरेपछि धुनको लागि जे मा पानी लगिन्छ तेस्लाई बुझिन्छ, तेसैले योगेश जी…मैले जुश भन्दा सस्तो रक्सि छ भने किन एकाध पटक हामी पानी बिरोध को लागि मदिराले शौच गरेपछि सफा नगर्ने…भन्न मात्र खोजेको हुँ….

  15. चाऊ चाऊ मा कर लाग्य त भरत मोहन अधिकारी लाइ बिनोद चौधरी ले पैसा नदिई सी जी फुड को सलाहकार बाट निकाली हाल्छ नि ….

  16. किरा परेको जुस खादा महिला पुरुस बाल बच्चा सबै लाइ हानी नोक्सानी हुन्छ भनेर होला कर बढाएर माया गरेको, अनि दारु त ९० प्रतिशत पुरुसले खान्छन, दारु खाने महिला को संख्या कम छ त्यसैले समाबेसी नारा लाइ पुरा गर्न महिला हरु लाइ पनि दारु महँगो नपरोस भनेर कर नबढाएको होला !!
    शायेद येस्तई येस्तई खुराफाती सोच आयो कि ? पागल मोहन बूढा लाइ !!!!!!!

  17. कुहिएको भात को जुस, कोदो को जुस, जौ को जुस, सेतो/रातो अंगुर को जुस सस्तो अनि आप, लिची, अंबा को चै महँगो? अनि फ्रुट कक्टेल नि? तेस्सो भए जुसमा अलि कति व्हिस्की, ठर्रा, बियर मिसाएर बिक्रि गरे कुन रेट लाग्ने भो?
    मोरा मदिरा मोहन मर्ने बेला के मति बिग्य्रा होला?

  18. सबैको आ-आफ्नो तर्क हुने गरेको छ यो मदिरा सेवन सम्बन्धी । नियमित आफ्नो स्वाथ्यलाई असर नपार्ने गरी कुनै कुरा खाए राम्रै नै हुन्छ, तर अत्याधिक मात्रमा अमृत नै खाए पनि त्यो बिश हुन जान्छ । रहयो यस पालिको बजेटमा पेयपर्दाथ – मदिरा र मदिरा रहितको अन्त शुल्कमा असमान बृदी । मेरो बुझाईमा राष्ट्रको कानुन निर्माताहरुले देशको आर्थिक स्तीथीलाई अद्ध्यन गरेर नै निकालेको बजेट हो यो । एउटा फलफुलको पेयपर्दार्थको अधिक्तम् मुल्य रु० १५ – २० हुँदा अन्त शुल्क ७५% जोड गर्दा रु० २६.२५ -३५ हुन जान्छ । अनि अर्को तर्फ मदिरको मुल्य पहिला देखि नै महँगो हुनाले ११% बृदिले पनि मुल्यमा फरक पार्ने गर्छ । जस्तै रु० १५० को एक बोतल बियर जोड ११% = रु० १६६.५० । वास्तवमा प्रतिक्षत लाई नजर अन्दाज गरे दुवै पेय-पर्दाथको मुल्य रु०१०-१५ मात्र बृदी भएको हुनजान्छ । मदिरायुक्त पेय पर्दाथको मुल्य चर्को हुन गएमा मत्थुहरु सुद्रीन्छ भन्नु चै गलत हुनेछ बरु महंगाईको चपेटाले आफ्नो घर परिवारलाई झन पिरल्नु
    बेर हुँदैन । अनि मदिरा महँगो भए त हाम्रा मन्त्री, सभासद, सरकारी कर्मचारी, तस्कर, ब्यापारी, तस्कर्, दलाल्, गुण्डा, लुटेरा,हत्यारा ईत्यादी हरुको आपसी सद्-भाव कहाँ हुने छ र देश लाई तुङगोमा पुराउन लाई ।

  19. चाउ: चाउ उत्पादक द्वारा चलेको हो कि क्या हो यो सरकार अनि केहि पार्टीहरु?

  20. चौधरी ग्रुपले सायद फलफुलको व्यापार गर्दैनन् होलान ! देख्नु भयो होलानी रियल जुसमा कत्रो काण्ड मच्चिएको !! यो पनि हुन सक्छ कि नेपालको गरिब जनताको लागि चाउ चाउ डेलिसियास फूड हो यसमा बढाउन हुन्न र मदिरा नेपालको राष्ट्रिय पेय पदार्थ हो ! यसमा किन बढाउने ?

  21. अर्थमन्त्रीले अब नेपालमा जिबनजलको सट्टा मदिरा सेबन गरौ भन्नु पर्ने ……………. भुल भयजस्तो छ !! दाल भात नै किन खानु पर्यो र, १ पोका चाउचाउ र १ बोतल मदिरा भय त् पेट टन्न खर्च पनि कम हुने !!
    ज्यादै राम्रो निर्णय भयछ, यसरि नै हो देश बनाउने!!
    दिपक अधिकारी
    जर्मनी

  22. येस्ता कपुत हरु सरकारमा रहे सम्म सर्ब साधारण हरु को भलो हुने मा आशा छैन | अत
    उपभोक्ता जागरुक हुनु जरुरि छ |

  23. # “नरसिंह ट्वाक “लाइ अब रास्ट्रिय पेय पदार्थ घोषणा गरिनु पर्यो
    # जुवालाई रास्ट्रिय खेल अबिलम्ब घोषणा गरौ

    • बिग्रेको मान्छेको भत्केको घर
      भत्केको घरको के को डर
      अरु घोषणा आगामी बजेटमा ,,,,,,,,,,

  24. धिक्कार छ भरत मोहन अधिकारी लाई ! नेपालको अर्थ मन्त्रीको नाममा किन यसरि कलङ्क भयौ ? सत्तामा/शक्तिमा छौ भन्दैमा जे पनि गरे हुन्छ ? तिम्रो हृदय छैन ? कपाल सेतै फुलेर मर्त्यलोक छोड्ने बेलामा पनि तिम्रो मन पैसा तिर मात्र किन ? तिनै काला व्यापारीले तिमीलाई मन्त्रि बन्न सहयोग गरेको बदला तिरेको हो यो बजेटमा ? बिरामी, केटाकेटी र बुढा-बुढी लाई अति आबश्यक पर्ने जुसमा चाहिं तेत्रो धेरै कर, अनि त्यो जाँडमा चाहिं नगन्य कर ? अनि चाउचाउ मा चाहिं किन कर नबढाएको नि ? चौधरी लाई खुशी पार्न ? धिक्कार छ तिमीलाई ? तिमि त नेपाल आमाको एउटा कपूत पो रहेछौ ? के जनता भनेको तिम्रो हली हुन् ? के जनता भनेको तिम्रा रैती हुन् ? ज्ञानेन्द्र लाई फालेर के भयो र, ज्ञानेन्द्र भन्दा चौखण्ड अहिले तिमीहरु जस्ता हजारौं ज्ञानेन्द्र भईहालेउ | धिक्कार ! धिक्कार !! धिकार छ तिमीलाई !!

  25. टेन्सन भो – मदिरा
    खुशी भो – मदिरा
    घमाइलो दिन – मदिरा
    झरीलो दिन – मदिरा
    मिलन – मदिरा
    बिछोड – मदिरा
    कोहि डिप्लोम्याटिक सिम्बोलको लागि पिउछन, कोहि शो अपको लागि पिउछन / यो नपिउने को होला / भन्न नमिलेको मात्र हो मदिराको भाउ नबढ्दा सबै मनमनै खुसिनै छन् किनकि यो त दैनिक उपभोग्य बस्तु भन्दा आवश्यक पदार्थ हो /
    यसर्थ, जनताको गोप्य प्यारो वस्तुमा मर्का बुझेरै अधिकारि बाजेले माया गरेको होला !

  26. बिनोद चौधरीको वाई वाई चाउचाउ मा मात्रै अन्तशुल्क कम गर्न नमिल्ने भएकोले सबै चाउचाउ हरुमा अन्तशुल्क कम हुन गएको हो भन्ने हाम्लाई लाइरा’छ |

  27. अर्थमन्त्री को नाममा कतै जुस कम्पनि त छैन|यो सोम रस वाला धनाड्य हरु को कृपा ले आर्यघाट तिर लाने बेलाको बुडो लाई अर्थमन्त्री बनायेपछी नया कुरा को के आशा राख्नु र साथी हो|बरु बजेट पास भाको खुसि मा कति पेक गयो सुटुक्क पत्ता लगाउने कि ? किशोर तिवारी [अन्जन] मलेसिया

  28. अर्थमन्त्री ले पालाको पैंचो तिर्ने काम गरेको बाहेक केहि होइन यो सब नाटक ….!

  29. अस्ती बिमार परेर नोर्विक hospital मा……… आब रक्सी …………..

  30. चाउचाउ तेस्को अघोसित ज्वाई बिनोद चौधरीको पनि छ नि त…… नक्कली बिल राजस्वमा मिलौना नसकेर यो बाट खुसि पार्न खोजेको होलानी…

  31. साएद हाम्रो नेताहरुलाई अन्तासुल्क लिएर फेरी घुमाई फिराई लामो प्रक्रियाबाट गोजीमा हाल्नु भन्दा घोप्यासुल्कबाट भुडी भर्न सजिलो भएर होला !!!!!!!!!!!! सार्है जान्ने

  32. भत्केको घर को बिग्रेको चाला.. त्यो चाउचाउ, मदिरा कम्पनी को नूनको सोझा गर्य हुन् हाम्रो फिनान्स मिनिस्स्टर मदिरा मोहन अधिकारी.

  33. चाइने कुरा ( जुश ) मा चै त्यत्रो अन्तशुल्क ! नचाइने कुरा ( मदिरा ) लाई चै थोरै अन्तशुल्क ! अनि त्यो कुपोसनको कारक चाउचाउमा चै एक पैसा पनि अन्तशुल्क नबढाको !
    यस्ताले मुलुक बनाउलान् भनेर कुन मनले बिस्वास गर्ने हे भगवान !

    • लुना जी, सायद नेपाल मा जुस भन्दा बढी मदिरा सेवन गर्ने अनि अर्थ मन्त्रि को पिर्य बस्तु पनि मदिरा नै भए को ले होला नि ,, मदिरा मा कम अन्तशुल्क……..

  34. “जसले मनोरञ्जनका रुपमा ठीकसँग मदिरा प्रयोग गर्छन्, तिनलाई उपलब्ध पनि हुनुपर्दछ; मदिरा आफै खराब वस्तु होइन।”

    यो सम्पादकीयमा मलाई केहि भन्नु छैन |

  35. हो नि, विभिन्न खाले कालो, सेतो, खैरो पदार्थहरू पनि त मनोरञ्जनकै साधन हुन् नि । मदिराले त कमसे कम राज्यको आम्दानीको स्रोत हुने मौका पा’को छ, विचरा यी रंगीचंगी पदार्थहरूमाथि त उत्पादन, ओसारपसार अनि बेचविखनमै प्रतिबन्ध लाग्या छ । लौ ‘सगरमाथा’ सम्पादकज्यू, यी पदार्थहरूका पक्षमा पनि दुइचार महिमा बखान भट्याउनुपर्यो ।

  36. मेरो बिचार मा नेपाल को बजेट समेत भारत को नियन्त्रण मा छ | कसरि उनीहरु को बार्षिक ब्रिद्दीदार लाइ ७ प्रतिसत बाट बढाएर चिन( १० प्रतिसत ) को हारा हारी मा पुर्याउने लक्ष्य हो | उसले जसो जसो चाहन्छ ,नेपाल मा उसका नोकर ले उस्तै बजेट बनाउछ |
    ढुध र रक्सि को बारेमा
    ————————–
    बचा लाइ दुध प्यारो
    तन्नेरी लाइ रक्सि |
    गाउ घर मा, ठर्रा खान्छन |
    मन्त्रि हरु ह्विस्की |

  37. साउन मा आखा फुटेको गोरु हरु के राम्रो क न राम्रो था भयको भय त देश मा केहि हुन्थ्यो होला नि
    गर गर मस्ती गर मुला हरु जनता को पसिना मा तिमि हरु बाट जनता ले केहि आश गरेका पनि ६इनन् दानव हरु …..

  38. अब मुन्त्रीज्यु कसरी मन्त्री हुनुभाको छ सबैलाई थाहै छ : तेही चाउ: चाउ उत्पादक, मदिरा उत्पादक र VAT माराहरुले पैसाको खोलो बगाएर बनाएका हुन्, उनीहरुको पाला को पैंचो तिर्या हुन् नि आहिले ! खै बुज्या साथीहरुले तेती पनि कुरा |

  39. अब रक्सी छाप जुश निकाल्नुपर्ला जस्तो छ…

  40. यो मदिरा अर्थात बिजुली-पानीको महिमा गाएर गाइ नसक्नु छ| यसले समाजमा वर्गसमन्वय ल्याएर पठाएको छ| उहिले उहिले बिजुली-पानी पिउने र नपिउने गरेर समाजमा दुइथरी वर्ग थिए| एकथरीलाई मतवाली र अर्कोलाई अमतवाली भनेर पुकारिन्थ्यो भने अब सबै बिजुली-पानी पिउने भएपछि सबैजना मतवाली भएर पठाएन त| वर्गसमन्वयको यो भन्दा ज्वलन्त उदाहरण कहाँ पो पाइएला!? यो वर्ग समन्वय पंचायत कालमै आइसकेको थियो|

    • लामाजी
      तपाइको तर्क बडो सहि लाग्यो
      अब
      भने पछी यसलाई” दक्षिण पन्थी पेय” भनिनु पर्यो होइन त ?

      • यो पन्थी संथी केहि होइन, यो बिजुली-पानी हो| यो जसले पिएन, त्यसले जिन्दगी जिएन|

Comments are closed.