एनआरएन अध्यक्ष उम्मेदवारको प्रेस विज्ञप्ति

-चर्चित ढुङ्गेल-
विश्वका कुनाकुनामा बसेर टपरा र दुनामा खाने नेपालीको संख्यामा दिन दुगुना र रात चौगुना बढेर गएकाले कसैले यो गैर आवासीय नेपालीको हिरो हुने सोच बनाएको हो र नेपालका खोँचखोँचबाट आएका सोझासिधा तपाईँहामीजस्ता साधु नेपालीलाई काबुमा पारेर केटाकेटीमा अलि ठूलाहरुले हावुको डर देखाएजस्तै गरी डस्ने, उपल्लो कोटीको नेपाली भएँ भनेर स्वनामधन्य हुने र रजगज्ज गरेर बस्ने मनसायले यो संघको स्थापना गरेको कुरोमा दुई मत छैन, हदै भए चार मत होला। तपाईँहरुलाई विदितै छ यो संघ आफ्नै देशमा कहीँकतै दर्ता छैन। नेपालमा नाम निसान नभएको यस्तो महान संघको अन्तर्राष्ट्रिय अध्यक्ष हुन पाउनु राँगोले पाडो पाउनु र सरकारका तर्फबाट सामान्य नेपालीले प्राडो पाउनु उस्तैउस्तै हो– हात्ती र हात्तीछाप चप्पल जस्तै। अर्को महान उपलब्धि भनेको यो संघको चुनाउ नेपालमा हुनु पनि हो। जहाँ दर्तासम्म छैन त्यहाँ गएर भोट हाल्नुपर्ने यो महान अभियानको म घोर प्रशंसा गर्न चाहन्छु। आजको इन्टरनेटको जमानामा पनि नेता चुन्ने चुनाउ जस्तो तत् ठाउँमा गएर हाल्नुपर्ने भोटको महत्व ज्वाइँलाई मेजमान जत्तिकै महत्वको छ। त्यसैले मैले यो थोत्रो कम्प्युटर फुटाएर कचडामा हाल्दिने र इन्टरनेटको तार चुँडाएर स्वदेशमा बाख्रा बाँध्न पठाइदिने निधो गरेको छु।



एनआरएन अध्यक्ष उम्मेदवारको प्रेस विज्ञप्ति
-चर्चित ढुङ्गेल-

आजको यो समय कालगतिले राँगो मर्दादेखि अधोगतिले बसाईँ सर्दासम्म, पानी नपरेर खेत बाँझै हुँदादेखि बानी नपरेर स्वास्नीको पेट बाँझै हुँदासम्म, छोरी पोइला जाँदादेखि बाहुनले छोइला खाँदासम्म, छिमेकीले हकारेकोदेखि ममबाजले डकारेकोसम्म, पत्रकार कुट्नेदेखि विश्वबैँक लुट्नेसम्मका घटना र यस्ता घटनाका जन्मदाताले प्रेस विज्ञप्ति निकाल्ने समय हो। त्यति मात्र कहाँ हो र! अचेल त सुडान घोटालाका नायकदेखि खलनायकसम्म, नक्कली भ्याट बिल प्रयोग गरी भन्सार छल्नेदेखि रुबेल चौधरीले कमाकोमा जल्नेसम्म, नेता, अभिनेता, कानुनविद, पत्रकार, नागरिक समाज, मानव अधिकारवादी, अरौटे, भरौटे, कुरौटे, हर्ताकर्ता, कार्यकर्ता, डन, गुप्तचरी, बलात्कारी र भातको भकारीसम्मले प्रेस विज्ञप्ति निकाल्ने जमाना आयो। प्रेस विज्ञप्ति बिनाको जीवनको कल्पनासम्म पनि गर्दा अर्को प्रेस विज्ञप्ति निकाल्नु पर्ने हुनआउँछ। त्यसैले हरेक नेपालीलाई प्रेस विज्ञप्तिको महत्व घ्याम्पेलाई जाँड जत्तिकै हो।

यो मन पनि विचित्रकै हुँदोरहेछ। अरुहरुकै जस्तो आज मलाई पनि यो मनले प्रेस विज्ञप्ति निकाल्न हुकुम दियो। रोल्पा र रुकुमबाट थालेको माओवादी जन/धन युद्ध(नेपालकै धनी पार्टी भएकाले) सफल भएपछि मलाई पनि र बाटै उठेको रेगिस्तानबाट रवाफिलो प्रेस विज्ञप्ति निकाल्न मन लागेको हो। तर के विषयमा निकाल्ने त प्रेस विज्ञप्ति? यसो सोच्दा असारमासे आकाशमा चट्ट्याङ गर्जनुअघि बिजुलीको झड्काले छिमेकी खड्काको घर हाने जस्तै दिमागको दैलोमा ढ्याक्क हान्यो र दिमागले दिलमा आन्द्रावाणी गर्‍यो— आसन्न गैर आवासीय नेपाली संघ–अन्तर्राष्ट्रिय समन्वय परिषद्को कुनै हुकुमी पदको चुनाउमा भाग लिनका लागि उमेद्वारी दिएको विषयमा ठोक्दे केटा।

ठोक्न त ठोक्ने तर कुन पदका लागि ठोक्ने भन्ने अन्योलमा परेको छु। तर बाउ धामी भएकाले बाउको बिँडो थाम्नलाई जोखाना हेरेर ल्याउँदा र भात खाने थाललाई ढ्याङ्ग्रो मानेर ठटाउँदा अध्यक्षकै पदका लागि उमेद्वारी हान्ने सुर कसेँ र बसेँ प्रेस विज्ञप्ति लेख्न। मेरो प्रेस विज्ञप्ति यस प्रकार छ-

आदरणीय/अनादरणीय गैर आवासीय नेपाली हजुरबा–हजुरआमा, बुवा–आमा, काका–काकी, दाजु–भाउजु, दिदी–भिनाजु, भाइ–बुहारी, बहिनी–ज्वाईँ, मामा–माइजु, ससुरा–सासु, जेठीसासु–साली, साला अनुहारका मात्र हैन मनका पनि काला, मेरा कट्टर दुश्मन, सहोदर जार, खोइरो खनुवा र मेरो उछित्तो काड्ने परिचित तथा अपरिचित छरछिमेकी, इष्टमित्र, कुलकुटुम्भ, नातागोता र मलाई गोता ख्वाउने र रुवाउनेहरु!

विश्वका कुनाकुनामा बसेर टपरा र दुनामा खाने नेपालीको संख्यामा दिन दुगुना र रात चौगुना बढेर गएकाले कसैले यो गैर आवासीय नेपालीको हिरो हुने सोच बनाएको हो र नेपालका खोँचखोँचबाट आएका सोझासिधा तपाईँहामीजस्ता साधु नेपालीलाई काबुमा पारेर केटाकेटीमा अलि ठूलाहरुले हावुको डर देखाएजस्तै गरी डस्ने, उपल्लो कोटीको नेपाली भएँ भनेर स्वनामधन्य हुने र रजगज्ज गरेर बस्ने मनसायले यो संघको स्थापना गरेको कुरोमा दुई मत छैन, हदै भए चार मत होला। तपाईँहरुलाई विदितै छ यो संघ आफ्नै देशमा कहीँकतै दर्ता छैन। नेपालमा नाम निसान नभएको यस्तो महान संघको अन्तर्राष्ट्रिय अध्यक्ष हुन पाउनु राँगोले पाडो पाउनु र सरकारका तर्फबाट सामान्य नेपालीले प्राडो पाउनु उस्तैउस्तै हो– हात्ती र हात्तीछाप चप्पल जस्तै। अर्को महान उपलब्धि भनेको यो संघको चुनाउ नेपालमा हुनु पनि हो। जहाँ दर्तासम्म छैन त्यहाँ गएर भोट हाल्नुपर्ने यो महान अभियानको म घोर प्रशंसा गर्न चाहन्छु। आजको इन्टरनेटको जमानामा पनि नेता चुन्ने चुनाउ जस्तो तत् ठाउँमा गएर हाल्नुपर्ने भोटको महत्व ज्वाइँलाई मेजमान जत्तिकै महत्वको छ। त्यसैले मैले यो थोत्रो कम्प्युटर फुटाएर कचडामा हाल्दिने र इन्टरनेटको तार चुँडाएर स्वदेशमा बाख्रा बाँध्न पठाइदिने निधो गरेको छु।

अध्यक्षमा मेरो उम्मेद्वारी किन?

विगत लामो समयदेखि नेपाली श्रमिकहरुलाई कपाली तमसुक गराएर विश्वका विभिन्न देशहरुमा कमिसनमा बेचेर बटुलेको ठग्ने अभियानको अनुभवलाई अझ बढी नेपाली श्रमिक ठग्न उपयोगी हुने देखिएकाले मैले अध्यक्षमा आफ्नो नाम प्रस्ताव गरेको हुँ। त्यसैगरी भाषण गर्दा श्रमिककै हितमा मात्र बोल्ने र ब्यवहारमा पनि श्रमिकलाई कसरी बढी भन्दा बढी विदेश ल्याउने र कमिशन पड्काउने चिन्तामा डुब्ने भएकाले पनि मेरो उम्मेद्वारी सार्थक हो। सानदार होटलमा पत्रकार सम्मेलन गर्ने रकम मैले श्रमिकको हकहितमा खर्चेको भए तपाईँले मलाई नमागिकनै भोट दिनुहुन्थ्यो होला तर बेलामा बुद्धिको बिर्को नखुलेकाले आज भोट माग्नु परेको हो। यो कुरो त सर्वविदितै हो नि! यसैगरी लामो समयसम्म यो संघका विभिन्न खटनकारी पदमा रहेर पुर्‍याएको योगदानको हरहिसाबले हेर्ने हो भने पनि मेरो उम्मेद्वारी अपरीहार्य भएको हो। पहिले नेपाली श्रमिकलाई अलपत्र पार्ने र पछि अलकत्रे इज्जतमा सेतो पालिस लाउन ‘आफैँ धामी, आफैँ बोक्सी’ शैलीमा फिर्ती टिकट, आर्थिक सहयोग गर्ने मेरो परोपकारी मनलाई मै आफुले दक्षिण फर्केर नमन गर्नु पर्ने भएको हो।

यसउसले पनि मेरो उम्मेद्वारीको तपाईँले हार्दिक सदासयताले स्वागत गर्दै मेरै नाममा भोट खसाल्नु अनिवार्य छ। अर्को भन्न नछोड्ने भनाइ के हो भने सयौँलाई मैले मेरै खर्चले पार्षद् बनाएको छु र भोट हाल्न जाँदा पनि टिकट हाल्दिने भएको छु। म अध्यक्ष भएँ भने यो संघलाई विगतका अध्यक्षले झैँ नेपालमा दर्ता गर्ने कुरोलाई अगाडि बढाउने छु। यसो गर्दा यसले म्यानपावरकै जस्तो कार्य गर्न सक्दछ। म अध्यक्ष भएपछि अघिल्ला कार्यसमितिले गरेका सबै खुराफाती निर्णयको कार्यान्वयन गर्नेछु। विश्वमा नेपाली पुगेका सबै देशहरुमा यो संघको डेस्क बनाउने छु। नामैले पनि त्यहाँ समस्या लिएर आउने श्रमिक बस्ने बेञ्च हुने छैन, मात्र डेस्क हुनेछ र त्यो डेस्क पछाडि म र हामीजस्ता मान्छे बस्ने कुर्सी हुनेछ। यस्तो महान कार्य गर्ने म अध्यक्ष नभए बिर्खेको बाउ हर्के अध्यक्ष हुन्छ त! खुरुक्क लाएर तपाईँ मलाई भोट दिनुहोस्, म तपाईँलाई बरु नोट दिउँला। मेरो विजय होस्! तपाईँको जय होस्!

58 Comments

  1. गालि गर्न बाहेक केहि पनि आउदैन कि क्या हो अरुले गरेर खायो किन .. होला सानो संख्यामा नराम्रो प्रबित्तिका तर सबैलाई एउतै खाल्टोमा किन ?

  2. देश बनाउने कुरा राम्रो हो तर एन आर एन ले देश मा बिकाश गर्ने कुरा भित्र “गोबर” भरेर बाहिर घ्यु बेच्ने को जमात भएको हुदा खोक्ने काम नगरौ/ चर्चित जी जस्ता Ko लेख लाइ धन्यबाद /

  3. म बहराइन मा बस्दछु| एन आर एन को नाम मा केहि गलत तरिका ले आय आर्जन गर्न सकिन्छा कि भन्ने उद्देस्य ले लागेका चोर प्रकारका मान्छे मात्रै भेटिन्छन, ७५ जिल्ला, नेपाल मा भए जातिका सबै जाति के के हुन् के के संगठन छन् | तर दुख को कुरा नेपाल को राजदुतावास छैन , हुन त राजदुतावास भए पनि के हि लछारपाटो लगाउदैनन | यिनै नेपाली त हुन् नेपाल म भएका पनि र नेपाल म बसेर नेपाल बिगार्ने पनि |
    देशमा केहि गर्न नसकेर बिदेसिदा बित्तिकै के के न गर्लान भनेर गलत आश राख्नु पनि ठिक छैन |

  4. चर्चित ढुंगेल जी ले NRN को बारेमा जिरे खुर्सानी,मेरी बसी जस्ता जोक्स लेखेर सस्तो लोक्प्रियेता लिने खोज्नु भएको रहेछ .बास्तबमा संसार भरिका ५० भन्दा बढी देशका नेपाली लाई एउटा संगठन भित्र positive विचार लाई अघि बढाउने नेपाल बाहिर का नेपाली लाई नेपाल प्रति माया बढाउने ,बिदेशमा कमाएको सम्पति नेपाल मै लगानी बढाउने ,नेपाल बाहिर बसेका नेपालीहरु लाई बेला बेला मा परेका दुख घटनाहरु लाई समाधान गर्ने मुख्य उदेश्य लियेकाहुन.साथीहरु २-४ टा खाडिदेश का उदाहरण लाई लिएर सबैलाई त्यसैमा गास्नु कदापी उचित हुदैनो ८ बर्ष भित्र NRN ले खाडिदेश मा निकै नेपाली लाई परेको समस्याको बेला समाधान गरेर फिर्ता बोलौनेमा सफल भएको छ यो बर्ष ६ रेजीनल कन्फेरेन्स ले खाडी जस्ता देशमा परेका समस्या लाई समाधान गर्ने उदेश्यले एउटा कोष खडा गरेको हो नेपाल मा ग्लोबल कन्फेरेन्स राख्ने उदेश्य हरेक २ बर्षमा नेपाल आएर आफ्नो परिवारका हरुलाई नजिकी बाट भेटघाट,नेपाल मा अलिकति आफ्नो समय,आफ्नो विचार share गर्ने नेपाली संस्कृति,नेपालीपन लाई नजिक बाट हेर्ने उदेश्यले राखिएको हो.यो NRN nonpolitical organization हो.बेला बेला मा ठाउँ ठाउमा भेला,सेमिनार,कन्फेरेन्स,ग्लोबल,रेजीनल हुदा पर्नजाने खर्च को लागि थोरैमात्र सह्योगश्वरूप उठाउने गरेको हो साथीहरु नेपाल बाहिर बस्ने निकै नेपालीहरु सुख सुबिधा मा बस्ने गरेको तर नेपाल मा नेपालीप्रति नेपालीपनको आफ्नो कर्तव्य देखाउने मंसायेले ,केहि सहयोग भावनाले आउने गरेकाहुन अहिले सम्म नेपाल मा nrn का साथी हरुले निकै फिएल्ड मा व्यक्तिगत सामुहिक लगानी सुरु गरि सकेका छन्.हेअल्थ, सिक्षा ,hidropower बैंकिंग,उद्योग ,सामाजिक ,धार्मिक क्षेत्र मा निकै लगानी सुरु गरेका हुन् यो nrn संगठनको बारेमा कृपया गलत अफबाह लेखेर सोझा नेपालीहरु लाई गलत जानकारी फैलाउने गरेकोमा मलाई निकै चित दुखेको हो.सस्तो पत्रकारिता लाई देखेर मा पाठकबर्गमा सहि जानकारीको लागि सहि अध्ययन गर्नलाई आफ्नो व्यक्तिगत अनुरोध गर्दछु.

  5. होइन हो
    साथी हरु हो n r n ले तेस्तो नराम्रो काम त के गरेको छ र , विदेश मा बस्ने नेपाली को हित र नेपाल को हित को बारेमा त काम गरेको छ नि अलि अलि गरि सबै विदेश मा बस्ने नेपाली हरु संग पैसा संकलन गरेर नेपाल मा राम्रा काम गरेको छ एल्कै ले त कसैले पनि केहि गर्न सक्दैन नि तेसैले सबै मिलेर अलि अलि काँध मा काँध मिलाएर काम गर्यो भने त राम्रै होइन र?कुनै काम गर्न को लागि कसैले हेन्डल त गर्ने पर्छ नि कोहि जिम्मेवारी लिने मान्छे भएन भने त मियो बिना को दाई जस्तै हुदैन र ?मलाई त यो संस्था राम्रै हो जस्तो लाग्छ अगाडी साथी हरु को विचार ,,,,,,,,,,,,,,,,,,

  6. गैर कानून भने जस्तै “गैर आवाशीय नेपाली” भन्ने बित्तिकै त्यो मानिस नेपाली नागरिक हुदैन / जबसम्म स्वच्छाले नेपाली नागरिकता त्याग गर्दैन त्यो मानिस “गैर आवाशीय नेपाली” हुन सक्दैन / किनभने उसको आफ्नो सम्पति, पैत्रिक सम्पति र आफ्नो परिवार (श्रीमती, छोराछोरी)हरु नेपालमा बसी रहेको र आउने जाने गरि राखेका हुन्छन / हाम्रो देशमा होस् वा बिदेश भएका सामाजिक संघ संस्थाहरु प्राय:जसो राजनीति भावनाले प्रेरित भएका छन् / धेरैजसो टाठाबाठाहरु, पैसा हुनेहरू अर्थात हुनेखानेहरू, सुकिला मुकिलाहरू आफ्नो स्वार्थ र पदकोलागि मात्र यस्ता संगठनहरुमा लागेका देखिन्छ / यिनीहरुको बिदेशमा बसेका तल्लो तहसम्मको लागि हित हुने काम गर्ने मनस्थिति नै छैन /

  7. अम्बिका,
    चर्चित ढुङ्गेल सर हामी यूरोप, अमेरिका र विश्वको प्राय देशहरुमा छौ यो देश राम्रो कुरा सिकेर आफ्नो देशमा लानुको सटा के गर्नु सोचाई भनेको नेपालीनै छ ढुङ्गेल सर धेरै राम्रो सोच राख्नु भएकोले छ तर अध्यक्ष हुन असम्भब छ किन कि राम्रो काम गर्नेलाई कहिले पनि अध्यक्षको पदमा जित्नको लागि त १ भोटको ५०,१०० मा किन्न पर्छ म बसेको ठाउमा त यो चलन छ

  8. साथी हरु २ वर्षा को लागि अरब आहेका हरु पनि गैह्रआवासीय नेपाली कसरि हुन सक्छन यसको गतिलो लेख यहाँ राख्न पर्यो साथीहरु कुरा नै नाबुजी गैह्रआवासीय नेपाली वन्दै neta बन्न खोज्ने देरै छन् अरब मा

  9. धेरै…धेरै धन्यवाद चर्चित जी, म पनि एन आर एन को
    दुहुनोभैसीं हुनै लागेको रहेछु बल्ल पो बुझियो बिरबलको भान्सामा के पाक्छ भन्ने कुरा ,

  10. यी आफुलाई एन आर एन भन्नेहरु र पदमा भएका हरु मध्ये कति जना यस्ता पनि रहेछन

    -देशलाई मानव साधनको खाँचो छ, पढेर फर्केर त्यो खाँचो पूर्ति हुन्छ र देशको सेवा गर्छु प्लान र छात्रवृत्ति अनि बिदेशी मुद्रा झिकेर योजना आयोगको सिफारिश लिनेहरु तर पछी भगौडे भएका

    -सरकारी जागिरको बुई चढेर बिदेशी र अन्तरराष्ट्रिय संस्थामा सीमित समयको लागि जागिर खानेहरु तर पछी सपरिवार सुबिधा सम्पन्न भएर बिदेशमै रहन चाहनेहरु

    -नेपालमा नाता आफन्तको सिफारिश र पहुँचवाला फलाना र ढिस्काको तेल लाएर नेपाली जनताको नाउमा आएका श्रोत साधन प्रयोग गरेर विदेश पढ्न र छोटो अवधिको लागि जागिर खान जाने र पछी नफर्कने बिचार गरेकाहरु

    -नेपालको राजदुतावास वा सरकारी नियोग वा काज, तालिम र कार्यशालामा विदेश जाँदा त्यही बसेर भगौडे

    -बिदेशमा बसेर नेपालको नाउँ चलाउनु राम्रो हो तर हाम्रो गन्धे राजनीतिलाई बाहिर बसेर पनि पहिल्याएर अझ दुर्गन्ध थप्ने काम गर्नु राम्रो होइन|

    ल भन्नुस तपाई कुन खाले एन आर एन मा पर्नुभो?

    हात पाउ, दिमाग बल बुद्धी लाएर ८ देखि १२ घण्टा बढी सम्म खट्ने नेपालीलाई काठमान्डू र मस्कोमा सम्मेलन गर्ने एनआरएनको के सरोकार?
    के खोज्या हो एन आर एन ले? सबै नेता हुन् मात्र खोज्ने? यस्तो फुर्सदको समय र धन भए अनि नेपालको सांचै माया लाग्छ भने चुपचाप गाउँहरुमा गएर र पैसा पठाएर वा साधन जुटाएर सेवा गरे पुगो| किन पब्लिसिटी नै चाहियो र किन नाम को पछी कुदीहिंड्न परेको होला?

  11. I salute your creativity. Your writing has an excellent flow and the way you write reminds me of an essay ” के नेपाल सानो छ?” by Laxmi Prasad Devkota. Anyway NRN is nothing more than a political playground for some Nepalese who have money but limited education.

  12. कुनै पनि संघ सस्था
    नराम्रो होइन तर टपरा मा खाने नेपाली चमच र प्लेट पया पछी औकात नै बिर्सिन छ तेसैले त्यो ठाउँ मा गयापछी सबै बिर्सी रबाफ को भर मा धुत्न्ना खोज छ यो नै नेपाली को ठुलो भुल हो र सस्था मा लाग्ने नेपाली झनै मुर्ख्हा हो तेसै ले कसै ले सपोट नै नगरे बिकृति का सस्थई खुल्दै न नि होइन र……..

  13. पैलोकुरा त यो यन आर यन भनेको तेही यन आर यन मा हुने नेताहरुलैनै थाहा छैन अर्कोकुरा यो पैशाभयकाले नेताहुने तरिका निकलेकाहुन जबजब चुनाब आउछ तब कामगर्ने बिद्यार्थी हरुलाई बलिको बोको बनायर पैसा तिरायर मलाई जिताउनु पर्यो भन्दै हिद्छां तो पनि नबुजेर तेस्ताको पछिलाग्ने हामीनै उल्लु हौ किन चहियो यो खुराफाती केगरेकोछ यो सस्थाले काम नापायाका नेपाली काम लाईदियको छ ?के नेपालका दुर्गम ठाउमा केहि सम्जने लायकका काम गरेकोछा ? बरु मिटिं भनेको छ पाटी गरेको छ बिदेसमा कमायको पैसाको खोलो बगायको छ यो यन आर यन को चुनाब र महादिबेसन मा हुने खर्च मात्रै नेपालमा लागौनेहो भने पनि कतिठाउमा विकास हुने थियो नेपालमा मान्छे नुन खान नपायर बिचल्ली छ बिदेसमा भयका सोजा नेपालीलाई उल्लु बनायर नेता बन्नुपरेको छ तिमीहरुलाई नेपालमा लगानी गर्न कलेरोकेको छ ?इनिहरुलाई बिदेसमा मर्ने बेलासम्म बस्नुपनी परेको छ नेतापनी हुनु परेको छ अरु केहि हैन
    चेतना भया

    /

  14. वर्तमान स्थितिमा NRN भनेको केहि टाठा बाठा हरु को ठगि खाने भाडो मात्र हो, यसमा बिदेशिएका नेपाली दाजु भाई हरु को कुनै हित हुने वाला छैन । जाड खान सम्मेलन गर्ने अनि आफुलाई केहि थाहै नभएको बिषयमा मनगदंते विचार राख्ने समुहको हालीमुहाली भएको थलो हो। NRN पदआधिकारी बन्ने तछाड-मछाड पछाडीको मुख्य स्वार्थ प्रबासी नेपालीमा आफ्नो प्रोफाइल (खोक्रो धाक र आडम्बर) बनाउने र अन्तत: नेपालको राजनीति मा आफ्नो दुनो सोजाउने मात्र हो। अहिलेको NRN को संरचना हेर्दा दलाल र ठगहरुको संघ भन्दा अतिउत्तम होला। देशमारा ले बस्न टिक्न नदिएर बिदेशमा दु:ख गर्न जानु भएका प्रबासी नेपाली दाजुभाई दिदिबहिनीहरु ::: यो भाईमाराहरुको खेतिमा गन्हाउने मल नबनिदिनु होला। मान्छे चिन्नु खसी किन्नु।

    उत्कृष्ट व्यंग्यात्मक लेख, चर्चितजी लाई धेरै धेरै धन्यवाद ।

  15. According to the last meeting of the NRN, it’s name has been changed.
    Old name: Non Residence Nepali
    New name: Non Returning Nepali

  16. बास्तबमा यो NRN भनेको कसको संगठन हो भनेर भान्नुहुन्छा भने हिजोको दिनमा आफ्नो आमा लाई तिमि बुढी भईस, नराम्री भईस , तिमीले मलाई खान नदिने भईस, गरिब भईस तेसैले तिमि मलाई चाहिन्न भनेर त्याग गरेर गइ आज तिनै आमा राम्री, तिनै आमा बाट फाइदा लिन सकिन्छकी भनेर अनेक गरि आमाकै सरनमा पर्न आउनेहरुको संगठन जस्तो लाग्छा. किनभने हिजो तिनै नेपालीहरु हुन् जसले नेपालको नागरिकता चाहिदैन भनि नागरिकता त्याग गरि बिदेसिको गुलामी गर्न, आफ्नो देशमा किराना पसल चलाएर खान लाज लाग्ने बिदेशमा गएपछि टोइलेट सोहोर्न पनि लाज नलाग्ने, अहिले २/४ पैसा कमायो अनि आफ्नो पहिचान बनाउन सकेन आखिर नेपाल त नेपाल नै हो जहाँ जे गर्न पनि पयिन्छा अनि यहाको सोझा सिधा नेपाली हरुलाई जाल मा पारि लोभ लालच देखाएर लगानी भित्रौछु भनेर फेरी राज गर्न पएंछा भनि NRN भन्ने संगठन बनाई नेपालमा राजनीति गर्न खोज्दैछा साथै दोहोरो नागरिकताको माग पनि गर्दै छ सबैको जानकारी भया. आखिर यिनीहरुले नेपाललाई साचिकै माया गरेर फर्केको चाही हैन है. दोहोरो नागरिकता लिएपछि यता लुट्नासक्यो यता लुट्यो उता लुट्न सक्यो उता यिनीहरुको चाला ठिक चाही देख्दिन जानकारी भया साचिकै नेपालको माया भए जस्तै दुख कस्ट सहेर पनि नेपालमै केहि गरि बस्न सक्नु पर्थ्यो नि हैनर?

  17. मेरो मनमा उठेको तर लेख्न नसकेको कुरो लेखिदिनुभयो चर्चित जी, मुरी मुरी धन्यवाद ! नेपालका बापति बिदेशमा सभापति भयका छन् !

  18. we all are nepali.If we think we need nrn then lets be in it. otherwise lets not be in it. question is wether we need organisation or not?i know nrn belongs to only rich and cunning businessman. but what can we other poor nepali do besides commenting. so lets be costructive and form paralell nrn who works for poor nepali abroad.

  19. गैह्रआवासीय नेपाली, अर्थात् नेपालमा घर नभएको नेपाली, अर्थात् सीधा कुरा गर्दा नेपाली नागरिकता त्यागेको नेपाली । तर उपेन्द्र महतोनामक आफै‌मा एउटा एनआरएन संस्था भएको मान्छे र तिनका केही झुण्डले विदेशमा रहेका नेपाली विद्यार्थी अनि दुइवर्षभन्दा बढी विदेशमा बसेका नेपालीहरूलाई एनआरएनको पगरी गुँथाउन लागिपरेका छन् । ‘एनआरएन’ क्या गज्जब अनि प्रतिष्ठाको पदवी लाग्छ यो शब्द । यही पदवीका भोका नेपालीहरू केही डलर वा रियालले आफ्नो गोजी हलुंगो गर्न पनि पछि परिरहेका छैनन् । वास्तवमा यो खासा नेपालीहरूलाई समेत एनआरएन बनाउने खासा एनआरएनहरूको भाषाको ‘मुभमेण्ट’ उनीहरूकै स्वार्थका लागि हो भन्ने कुरा बुझ्नुपर्छ । यस्ता कुरा चाल पाएको नेपाल सरकारलाई समेत यी खासा एनआरएनहरू धारेहात लगाइरहेका छन् र दबाब बढाउन एनआरएनको जत्था बढाउनतिर लागिपरेका छन्, त्यो पनि डलर अनि रियाल लिएर । एकतिर दुइ निशाना, ‘क्या बात्’ !

  20. साथी हो ; आज हामी हरुको येही घटिया सोचा ले सदै बिदेसिको भाडा धुने र तल्लो तहको कम गर्ने अवाब्सर मात्र पायको छौ किनकि १ नेपाली इन्दैन को आची सफा गर्न हप्प्य हुने उसले गरेको कम राम्रो नेपाली ले नेपली लै पैसा कमायको देख्न नसक्ने दुनिया आरोप लगाउने तेस्तो; ; सोचा क साथी हरुको जिन्दगि सधै बिदेसी को भाडा धोयारा जान्छा कम से कम राम्रो गर्न नसके पनि सोचन त सिकौ के आज एउटा नेपाली ले बिदेसमा पैसा कमायको अर्को नेपाली लै टाउको दुख्नु राम्रो हो
    ?
    तेही पनि मा भना
    चंछु जस्तो आफु उस्तै च्यापु /

  21. लेख सारै राम्रो लाग्यो l धन्यबाद चर्चित जी l नाम अनुसारको काम..

  22. लेखक महोदयले जे लेखे पनि हाँस्यब्यङ सैलीलाई आधार मानेर लेखेको लेख नराम्रो भने पक्कै हैन र छैन पनि । NRN को आफ्नो पारीभाषा हजुरको लेख सँग ठ्याक्कै मेल भने नखाला कि । तर पनि सम्पूर्ण कमेन्टहरुलाई पनि कटाक्ष नजर लगाउंदा गन्तब्य ननापी कता कता NRN अतीनै घुमौरो बाटोमा चक्कर काटेको काटेकै हो कि भन्ने पक्कै बुझ्नु पर्छ NRN ले नै ।

  23. सर्ब प्रथम चर्चित जी लाइ धेरै धेरै धन्यबाद ! तपाइले गरेको शब्द छनोट , उखान टुक्काको यथोचित प्रयोग र व्यंगात्मक भाषा शैलीमा लेख्नुभएको यथार्थपरक घटनालाई मेरो सलाम ! के गर्ने हुने खाने कै हुदा रैछन सँग – सँस्था भनेका . कामदार मजदुर हरुले सधै पसिना र रगत बगाउन पर्ने . उनीहरुकै पसिना र रगतमा होलि खेल्न पल्केकाहरु ले जहाँ गएपनि छाड्ने भएनन् . दिन ठुला बडाकै आउदा रैछन . सिदा सादा जनतामाथि हैकम चलाउन खोज्ने यी सामन्तिहरुलाई सबै मिलेर कठ्घारमा उभ्याउनु पर्छ .

  24. This NRN has demanded double citizenship for them.this means they just want to show their touch to nepal but not ready to serve here as a nepali citizen.NRNs do remember that being born in this country doesnt represent to be Nepali.this is not the place where u want to spend ur last days of life.so NRNs full form should be changed-NO RELATION TO NEPAL. citizen.NRNs do remember that being born in this country doesnt represent to be Nepali.this is not the place where u want to spend ur last days of life.so NRNs full form should be changed-NO RELATION TO NEPAL.

  25. If we investigate these NRN people. We will find the fact, who are they…….
    Just try to find out;
    1. When he came to this country?
    2. In what visa he came?
    3. Purpose of coming to this country, he had accomplished or not?
    4. To survive, what work he does in this country?
    5. What is his education level?
    6. How he spend (work) his whole day?

    Then we can guess….he can be able to help or not….
    Most of western NRN are business men…..some are small and some quite OK…..they can help some how to some poor illegal aisles by giving them some works…..
    Other than this, they cannot help students or admiration issues …….some help giving work to students illegally…..some are really good heartily….BUT the question is that What level of HELP????

    In Middle-east…due to improper government’s involvements, these people are some time helpful…. They are experienced in that country, so for newcomer it is helpful, some rules can learn….we know our Nepalese are very innocent and if they involve with these people….they can learn to survive….(Please don’t give them money )
    Taking commission for searching employment for some person…..it is not too bad. Some way I think it is a help….
    One thing good about Nepalese are; if new comer keep on praising him or running back to them…..they will really help to step out of difficulties (small help can give big relief)……

  26. यथार्थ परक, सहि निशान लाग्ने गरि लेख्नु भयकोमा धन्यवाद छ चर्चित ढुंगेल जी लाई , यहाको येस लेखले कतिपय लाई निदहराम हुनसक्छ

  27. काग ले आफ्नो घर पनि बनौदैना अनि अर्का को बन्न लागेको घर लै पनि पुरा गर्नु त परे जाओस कसरि भतकौने भन्ने मात्रै छल सोच्छा/ येस्तई छ हामी नेपाली सबै चाहे नेता होस् वा रैती /संगठित भएर जाँदा पक्कै राम्रै हुने थियो हामी सबै विदेश बसेका नेपाली हरु को हक हित मा /तर येह कसरि सुधार गर्न सकिन्छ भन्नु को सट्टा खाली बदनाम गराउने मात्रै खेल खेलिन्छ/हुन त मा nrn संग आबध छुइन /तर पनि राम्रो संग संगठित भएको खण्ड मा मा खुसि साथ सदस्यता लिन तयार छु किन कि कमसेकम एक्लो बोलि भन्दा सामुहिक बोलले केहि बिगुल फुक्ने थियो चाहे समस्या नेपाल मा होस वा बिदेशमा /तर कुरै नबुजी कित आफुले पद नपाएर हो या केहि गर्न खोज्ने लाई खुट्टा तान्ने प्रबिती ले जरा गाडेको ले हो एकपटक सहि अर्थ मा हामी फेरी लज्जित पराजित भएको अनुभव गर्छु म/ कसरि सुधार गर्न सकिन्छा होइन ,समस्या कसरि बदनाम गरेर लोक बाट फोस्रो प्रसंशा बटुल्न सकिन्छा भन्ने तरफ को ढोंगी प्रवृति को बिकाश भाको हो/चर्चित जी को भनाइ गैजत्र को ब्यङ्ग मात्रै हो भने एस्लाई प्रज्ञा भवन म लगेर स्क्रिप्ट बनाई जितु नेपाल लाई दिए हुन्छा येशपली/होइन भने राम्रो हुन्छा भने विदेश म होस् या स्वोदेश म एक्लो मन तड्पिएर एक्लै कुर्लिनु भन्दा आफ्नै दाजु भाई को साथ म़ा काध म़ा काध मिलाएर समस्या को बाटो खोज्नु साहेद साचो मनले सोच्दा राम्रै हुन्छ ,एदी सहि नेत्रित्वो पाएर संगठित nrn बंछा भने.//जदौ /

  28. इन्टरनेटको तार चुँडाएर स्वदेशमा बाख्रा बाँध्न पठाइदिने निधो गरेको रहेछा। पठाई दिनुना के के पो बाँध्न सकिन्छा गैंडा, हात्ती, देश बनाउने नेता हरु लाई बाँधे र ………… मिल्छा !

  29. खोइ के भन्ने अस्ट्रेलिया को सिड्नी मा बसेको ५ वर्ष भयो तर यो NRN भन्ने ले के गर्छ र हामी नेपाली हरु लै एसले कस्तो सहयोग गर्छ भन्ने कुरा मैले बुज्न सकेको छैन. तर आस्ति को Election मा NRN का नेता हरु कस्ता हुदा रैचेन भनेर हेर्न गएको थेये , बल्ल पो था भो त्यो त विदशी नेपाली हरु को हीत मा काम गर्ने सस्था नभई बिदेस मा राजनैती गर्ने ओता नेता हरु को समूह पो रइचा.बिचार मा बुज्दै नाबुजी भोट हाल्न गको , दिक्क लगेर भोट नै नहाली आए .. खोइ के भन्ने … कुरा गर्यो कुरै को धूका… जय नेपाल

    • बर्मा गयो कर्म संगै भन्ने उखान हाम्रा NRN का नेता हरु लै थ्यामै लागु हुन्छ

  30. नेपाल बाट पलायन भएर पनि विदेश मा नेता भै टपुलेका सधै अरुको काध मा भारि बिसाएर, अर्काको पैसामा मोजा मस्ती गर्ने हरुको जमात हो NRN भनेको फटाहा हरुको संगठन .

    त्यस कारण अझै पनि सोजा साजा जनता लाइ सोदेश मा मात्र लुटेरा पुगेन भनेर विदेश मा पनि लुटेर आफु, आफ्नो परिवार र नाता गोता को लागि नेपाल आउने जाने, र मोज मस्ती गर्ने पैसा बटुल्ने संस्था हो NRN माथि लेखक चर्चित ले सबै लाइ सचेत गराउनु भएको मा माइ संसार र लेखक दुवै जना लाइ धन्यबाद,

    साथी हरु विदेश मा दुक्ख गरेर खाइ नखाई कमाएको पैसा भ्रस्ट, पतित र नालाएक NRN का नेता, भनाउदा हरु लाइ पोस्नु भन्दा बरु सकिन्छ भने आफु बसेको, हुर्केको गाउ र समाज का बिद्यालय लाइ चन्दा दिएर कम्तिमा एक जना बाल बालिका को भबिस्य उज्ज्यल्याउँ नु भयो भने त्यसैमा तपाई हामी सबैको कल्ल्यान हुन्छ

  31. उत्कृष्ट व्यंग्यात्मक लेख !! शिलशिलाबद्ध शब्दहरूलाई अनवरत तवरले त्रिशुली सरह बगाउन सफल हुनुभाको छ / व्यंग्य बनेर यथार्थले झटारो हानेको देख्दछु !

  32. साथी हो, नेपाली के हो भनेर छर्लंग पारौ है
    धन्यवाद

  33. चर्चीतजीले भनेको कुरामा म १००% सहमत…लेख राम्रो ६ अजै राम्रो लेख को आशमा बसेका छोउ हामी हरु …….धन्य चर्चीत जी………………..

  34. लेखकलाइ धन्यबाद, लेखको विषयका लागी भन्दा पनि लेखन शैली, भाषा, व्याकरण, शब्द विन्यास, उखान टुक्काको सम्मिश्रण, व्यंग्य, कटाक्ष र समग्रमा नेपाली शेक्सपियरको उत्तम साहित्यिक अभिव्यक्तिबाट अत्यन्त अभिप्रेरित भएको छु |
    NRN भनेको नै नेपाल र नेपाली हो, तर पनि बिदेशिएका नेपालीहरुको संस्था हो, नेपालमा दर्ता हुनु पर्दैन होला | मेरो बिचारमा NRN चाहिन्छ, तर तेस्ले गैर सरकारी दूतावासको जस्तो काम गरोस, अर्थात सरकारी दूतावासले गर्न आलटाल गरेको कामहरु बिदेशमा रहेका नेपाली को कल्याण, भलो र सारोगारो पर्दा स्वतफुर्त मद्दत का लागि अगाडी आवोस | कुनै पनि बिद्यार्थी लाइ विदेश पढ्न जानु शिक्षा मन्त्रालयले उनीहरूबाट ठुलो रकम लिएर अध्ययन स्वीकृति अनिवार्य लिनु लगाए जस्तै किन नेपाल सरकारले ती बिदेशिएका लाइ अनिवार्य रूपले दूतावास मा सम्पर्क राख्न लाउदैन? नेपालका राजदूतावासहरु भनेको राजनैतिक पार्टी का अखाडा हरु हुन् | तलब खानु बाहेक त्यहाका कर्मचारीहरु वा डिप्लोम्याटहरु ले अरु खास केहि गर्न सक्दैनन् वा गर्न चाहंदैनन बिदेशमा बसेका नेपालीहरु को हक हित का लागि | त्यसैले NRN जस्तो संस्था चाहिन्छ |

  35. यो NRN भन्ने त मलाई सुन्दा पनि रिस उठ्छ / यिनीहरु को नारा ” गुणस्तर Education को लागि Open University रे “/ के यिनीहरुले university of Phoenix को जस्तै खोलेर Certificate बाड्ने भनेको हो / होइन भने MIT र Cambridge को Online Education यिनीहरुले हेरुन / यिनीहरुको website हेर्दा Canada को एउटा Community College सग कार्यगत एकता गरेको देखिन्छ / साथीहरु हो , देश बिगारेको येस्तै ब्यापारीहरुले हो / २/४ जना राम्रा मान्छे हरु पनि छन् NRN मा , तर आजकाल ति राम्रा मान्छे को केहि चल्दैन / अचम्म लाग्छ , देशको लागि केहि गर्न के सस्था नै खोल्नु पर्छ , के राजनीति नै गर्नु पर्छ ? हामी सबै सचेत नागरिकहरु एक भएर मात्र येस्ता ठग हरुलाई डाडा कटाउन सकिन्छ /

  36. सबै मित्रहरुले भनेजस्तै यो NRN नं १ चोरहरुको झुण्डहुन्, सिदासदा नेपालीहरुलाइ विभिन्न प्रलोभन देखाई बिदेसी हत्याराहरुद्वारा गलारेट्न पठाउने दलालिहरू जो राता रत नेपाल बाट भागेका भगौडाहरु र नेपालको तरल राजनीतिक परिस्थतिको व्यक्तिगत फाइदा उठाई देस र जनता ठग्नेहरु कारबाईबाट बच्न भागेका र व्यक्तिगत स्वार्थकोलागी राजनीति बिसाए प्रयोग गरि जनतालाई झुक्याउने हरु जो पुराना राजनीतिक मंच बाट प्रसीछित नौटंकी नेता जो असफल भै भाग्ने भगौडाहरु अनि छिमेकिसंग रिस साँध्न राजनितिगर्दा “वल्लो घरको नरे, पल्लो घरमा सरे, पल्लो घरमा सर्दा डङ्गरंग लडे,” भएर भागेकाहरूको हलिमुवाली छ माथिल्लो पदमा/
    तल्लो पदमा सोजा सिधा पनि फसाएकछन्/
    चतुरहरुले सिदासदा प्रबासी नेपालीहरु माथि नेतागीरिगारी नेपालमा खोसिएको र छोडीआएको ठग प्रब्रिद्दिलाई निरन्तरता बाहेक केहिहोइन यो NRN को मूलउदेस्य /
    यिनीहरु कत्तिको स्वार्थीहरुको झुण्डहुन् भन्नेकुरा त पोर परार तत्कालिन प्रधान मन्त्रि प्रचण्ड USA आँउदा सबैभन्दा अगाडी फुलकोगुच्छा चडाएर कोठामा फर्किन भ्याउन
    नपाउदै फेरी प्रचण्ड आतंककारिहो ब्ल्याकलिस्ट बाट माओबादीहटाउनु हुन्न भन्न भ्यायेकाहारू हुन्, यी नै बितेका कुराहरु एकचोटी सस्मरण गर्दा प्रस्टिन्छ यिनीहरुको निएत…

  37. अस्ट्रेलियामा NRN को Member हुनको लागि बिद्यार्थीलाइ $10 र आबासिय (PR & Citizen)लाइ $15 लाग्छ | तर कतारमा १०१ रियल, यो सबै त्यहाका दलालहरुले बनाएको नियम हो | यसको सबै मिलेर घोर बिरोध गरौ | तस्करी, ठग, दलाललाई बहिस्कार गरौ |

    • हामी नेपालीहरु अचम्मका रहेछौ / भन्ने नै हो भने संसारका सबै भन्दा अचम्मका मानिसहरु / राणा शासकहरुले जनता शिक्षित भए भने हाम्रो बिरोध गर्ने हिम्मत गर्छन भनेर सक्दो नेपालीहरुलाई शिक्षाबाट टाढा राख्ने प्रयास गरे / त्यसको सट्टा चौतर्फी विकास गर्ने गरेको भए कसले उनीहरुको बिरोध गर्ने थिए र ? उनीहरुको त्यहि रणनीति नै घातक साबित भयो / पंचायत आयो, पन्चेहरुले पनि राम्ररी देशको विकास गरेको भए कसले बहुदल बहुदल भनेर कराउने थियो र ? बहुदल आयो, गिरिजाको बुद्धि नबिग्रिएको भए आज सम्म नेपालमा कांग्रेसको दुइ तिहाइ सांसदहरु हुने थियो / प्रचण्ड अनि टोलीहरुको नामो निसान हुने थिएन…… ….. !!!
      मैले यहाँ उठाउनु खोजेको बिषयबस्तु के हो भने…. एनआरएनए दर्ता भएको छैन त्यसैले यो संस्थाको औचित्य छैन भन्नु कहाँ सम्मको बुद्धिमानी हो ? यो संस्था दर्ता नहुनुको रहस्य के हो भन्ने तिर ध्यान दिन हामी कोहि पनि चाहन्नौ / बास्तवमा एनआरएनए नेपाली नेताहरु (राजनैतिक पार्टी) हरुको कुण्ठित सोचको कारणले दर्ता हुन् नसकेको हो / एनआरएनए बस एउटा संस्था हो / तर नेपालका नेताहरुले एनआरएनए लाइ RIVAL ताकतको रुपमा लिएका छन, अनि आफ्नो भाबी राजनैतिक अस्तित्वको खतराको रुपमा लिएका छन जसले गर्दा यो संस्था यो भन्दा धेरै मौलाउनु नपाओस भन्ने मनसायले नानाथरिका सर्तहरु राख्ने गर्छन संस्था दर्ता हुनको लागि / अनि हामी दोषी देख्छौं उल्टै संस्थालाइ … यो कत्तिको बुद्धिमता हो ? म सबैलाई सोध्न चाहन्छु…..
      केहि साल पहिले मन्त्रि परिषद बाट पारित भएको एनआरएन बिधेयक मा यो कुरो स्पस्ट झल्किएको छ / एन आर एन हुन्लाइ चाहिने मापदण्ड तोकेर / भलै एनआरएनए ले त्यो बिधेयकलाइ स्वीकारेको छैन र आफ्नो अडान कायमै राखेको छ एनआरएन हुन् पाइने मापदण्ड प्रति /
      साथीहरु हो एनआरएनए बस ८ सालको इतिहास बोकेको संस्था हो / विश्वको कुना कुनामा ६०-७० सालको इतिहास बोकेका संस्थाहरु बिध्यमान छन / तर को कुन कुनामा के गर्दै छ वा कुन अवस्थामा छ कसैलाई मतलव हुँदैन थियो न त तपाईं हामीलाई न त नेपाल सरकारलाई / एनआरएनए ले यसरि विश्वको कुना कुनामा बसेको तपाईं हामीलाई एउटा संजाल मार्फत नजिक ल्याएको छ / नेपालको नेताहरु यो सोच्न बाध्य भएका छन कि नेपालीहरुको एउटा ठुलो ताकत नेपाल बाहिर पनि रहेछ, उनीहरु मात्र सर्वे सर्वा होइन रहेछन / यो उपलब्धि कम्तिको हो र ? सबै संस्थाहरु कुनै न कुनै उद्देस्यले स्थापना भएका हुन्छन / एनआरएनए ले एउटा पवित्र उद्देस्य बोकेर जन्म लिएको छ / यो संस्था कसैको पेवा होइन, तपाईं हामी मिलेर नै यो संस्था जीवित रहने हो /
      एनआरएनए को सबै पधाधीकारी म्यानपावर का मालिक हरु हुन् भन्ने सोचाइ गलत हो साथीहरु / हुन सक्छ खाडी मुलुकहरुमा यो लागु भएको होला तर अन्य मुलुकहरुमा बिद्यार्थी र राजनैतिक शरणार्थी (प्रचलित भाषामा रिफ्युजी ) हरुले पनि नेतृत्व सम्हालेका छन /
      एनआरएनए को नेतृत्व पंक्तिमा अलि हुने खानेहरु देखा पर्नु को कारण :-
      (१) विदेशिने सर्व साधारण चाहे त्यो वर्क परमिट मा गएका हुन वा बिद्यार्थी वा अन्य जो कोहि सबैजना आफ्नो दैनिक संघर्षमा व्यस्त हुन्छौं / बिदेशमा काम भन्दा ठुलो केहि हुन्न / किनकि काम छैन भने माम पनि हुन्न / यस्तो अवस्थामा संस्थामा पधाधिकारीहरु चुन्ने बेलामा त्यहि व्यक्ति उपस्थित हुन्छ जसलाई ” काम छैन भने माम पनि हुन्न ” भन्ने उक्तिले छुन्न / त्यहि कारणले अलि आर्थिक रुपमा सवल व्यक्तिहरुको जमात बन्न जान्छ कार्यसमितिमा /
      (२) संस्था चल्ने खर्च आफ्नो निजि श्रोत हुनु पर्ने प्रावधान / कुनै दात्री संस्था वा माथिबाट बजेट निस्कासन हुने ठाउँ नभएको /
      (३) कुनै क्षेत्रीय वा अन्तरास्ट्रिय भेला, बैठक वा सम्मेलन मा भाग लिन जाने प्रतिनिधिले सम्पूर्ण खर्च आफै बेहोर्नु पर्ने [ अव आफै सोचौ, प्रत्येक यस्ता सम्मेलन मा भाग लिन जाँदा लाग्ने लगभग १००० डलर आफैं बेहोर्नु सर्व साधारणको निम्ति सोचनीय बिषय हो, त्यसैले सम्मेलन प्रतिनिधिहरु त्यहि हुन्छन जसले यो खर्च बेहोर्न सक्छ र बन्न जान्छ सम्पूर्ण सम्मेलन प्रतिनिधिहरुको टोलि हुने खानेहरुको जमात ]
      हुन पनि हो नि, सम्मेलन प्रतिनिधिहरुको खर्च बेहोर्न सक्ने अवस्था कुनै पनि संस्थाको हुन्न जव त्यो संस्था गैर नाफा मुलक र गैर राजनैतिक हुन्छ भने / र एनआरएनए गैर राजनैतिक, गैर नाफा मुलक संस्था हो /
      साथीहरु हो, हुन सक्छ एनआरएनए भित्र खराव उद्देस्य अनि गिद्दे दृष्टि भएका व्यक्तिहरुको घुसपैठ र यस्ता व्यक्तिहरुले संस्थाको पवित्र उद्देस्यलाइ ओझेलमा पारेका हुन सक्छन / यो व्यक्तिको खराविमा गनिनु पर्नेमा तपाईं हामी एनआरएनए को खरावी भनेर हल्ला गर्दै छौं, यो कत्तिको बुद्धिमता हो ?
      स्थापना कालको यो छोटो अवधिमा एनआरएनए ले निकै प्रसंशनीय कार्यहरु गरेर देखाएको छ / भन्न जति सजिलो छ गरेर देखाउन त्यति नै गार्हो छ साथीहरु हो / बिश्व भरिका सबै नेपालीहरुलाई समेटेर अनि सबैको सहमति जुटाएर कुनै निर्णय गर्न कति समय लाग्ने हो अनि हरेक मानिस फरक बिचार हुने अवस्थामा एनआरएनए ले ति व्यक्तिहरुबीच सहमति जुटाएर सम्पूर्ण नेपालीहरुको अवाज सरकार सम्म पुर्याउन कति समय लाग्न सक्छ, यो बिचको अवरोधहरु उनै जिम्मेवार व्यक्तिहरुलाई मात्र थाहा हुन सक्छ /
      तपाईं हाम्रो बुद्धिमानी यसैमा हुन्छ कि हामीले संस्थामा राम्रो छवी भएका व्यक्तिहरुलाई प्रतिनिधि बनाएर पठाउने / खराव मनसाय भएका व्यक्तिहरुलाई संस्था बाट टाढा धपाउने / संस्थाको हरेक गतिविधिलाई नियाल्ने अनि साथ दिने, नराम्रो कदमको तुरुन्त प्रतिकार गर्ने / तपाईं हामी यो संस्थाको गतिविधिबाट टाढा बस्यौं भने झन् त्यस्तो चरित्र भएको व्यक्तिहरुले घुस पैठ गर्ने अवसर पाउँछन / व्यक्ति खराव हुन सक्छ साथीहरु संस्था नै खराव कहिल्यै हुन सक्दैन / जसरि नेपाली कांग्रेस पार्टी खराव होइन, तर त्यो पार्टीमा हाली मुहाली भएका व्यक्तिहरुले पार्टीको दुर्दशा बनाएर छाडे, त्यसरी नै एमाले भन्ने पार्टी अनि हाल आएर एमाओवादी भन्ने पार्टी /
      एनआरएनए एउटा पवित्र संस्थाको रुपमा बिकसित गरेर लगे यसबाट मुलुकले वास्तवमै धेरै फाइदा लिन सक्छ जसरि छिमेकी देश चाइनाको बिकासमा Non Resident Chinese हरुले भूमिका खेलेको छ अनि दक्षिणमा भारतको NRI हरुले / स्वच्छ बिचार उत्पादन आफैंबाट सुरु गरौँ साथीहरु हो, खाली नानाथरी नराम्रो सोच अनि धारणा राख्ने बानीले हामी नेपालीहरु दिनदिनै अन्य मुलुकहरुको तुलनामा पछी पर्दै छौं /
      म आफै स्वयम् एनआरएनए को कुनै जिम्मेवार पदमा बसेर काम अरेको छैन कहिले पनि तर यो संस्थाको हरेक गतिविधि हरुलाई सँधै नजिकबाट नियालिरहेको हुन्छु / Lets try to be positive, atleast for the common cause of our’s. Any office bearer of NRNA isn’t for ever. They take office for just two years, we can enter in that place as well. So lets not make fun of this Association and lets join hands For Nepali by Nepali.

      • सुरज जी यहाँ लेखमा लेखक ज्यु ले भन्न खोज्नुभाको कुरा नि तेही त हो, कुनै पनि सस्था नराम्रो हैनन तर त्यसमा लागेका शक्तिमान मान्छेहरुको गलत प्रबृत्ति को बिरोध प्रमुख मुद्दा हो | जुन कुरा तपाइले आफै स्विकार्नु भएको छ | अब सस्थामा गलत मान्छेहरु कै हालीमुहाली छ भने के त्यो सस्थाले पबित्र काम गर्ला र? विरोधाभास कुरा गर्नुले झन गलत संदेश दिन्छ |तपाइलाइ एती राम्रो सस्था लागेको भए किन एस्मा बसेर काम गर्नु भएन? जब की तपाइँ एस्लाई नजिकैबाट हेर्नु हुदो रैछ? सोच्नु पर्ने बरु तपाइले नै हो कि?

        • बिष्णु जी ,
          मा ओमान बाट |

          विस्वा भरिको एन आर एन ए मा केहि व्यक्ति हरु तपाई त चर्चित जी ले सोच्नु भएको जस्तो होलान तर हाली मुहाली भन्न भने मिल्दैन | र सुरज जी ले भन्नु भएको कुरा हरु सहि छ | मा बसेको राज्य ओमान मा हेर्ने हो भने यो लेख मा भनेको जस्तो २ प्रतिसत पनि मिल्दैन |

          • तर यहा कतारमा चाहिँ ठ्याम्मै मिल्न खोज्छ र पो त चर्चित जी यस्तो लेख्नु भयो |

  38. साथी हो मैले पनि भखरै NRN को सदस्यता लिए को छु के हाम्रा लेखक जीउ -चर्चित ढुङ्गेल जी ले भनेको कुरा ठीक हो त ! तसो भय १०१ कतारी रियल पानी मा नै गयो त हेरौ यो पनि एउटा कोचिंग नै भयो केही सिक्ने माध्यम भयो हेर्दै जाऊ के हुन्छ ! नेपाल मा चाडै NRN को बैठक हुन्छ अरे अनि तो बैठक मा गयो भने २ दिन को 50$ चाहीन्छ भन्ने कुरा पनि सुने को छु मैले कति साचो हो यो कुरा कसै लाई थाहा छ होला ?

  39. अहा धेरै दिन पछी मन मा लागेको कुरा पढ्न पाइयो | सार्है खुशी लाग्यो र चर्चित जीलाई धेरै धेरै साधुबाद | कहिले काही लाग्थ्यो यो मलाइ मात्रै लागेको हो कि अरुलाई नि लाग्छ? तर हैन रैछ यो त धेरैलाई लाग्ने रैछ तर भन्न मात्र नसकेका, म भने भन्दा पनि अल्पमतमा परेर थन्किएको, यन आर यन ए भन्ने जमात र एसको सान्दर्भिकता अनि उपयोगिता को बारेमा सोच्ने हो भने र बर्तमान अवस्थालाई मध्यनजर गर्ने हो भने लाज लगेर आउछ कि हामी एती निर्लज्ज हुदा नि लाज मान्दैनौ किन? जे होस् यन आर यन ए नामको निर्लज्ज सस्थाप्रती तपैको कटाक्ष्य १००% जायज छ | धन्दा नमान्नुस तपाइको जस्तै बिचार हुनेहरु यहाँ धेरै होलान, सबैले बुझुन र चिनुन, हामीले त चिनिसकेको हो | जय भातमाराहरु !!!!!!!!!!

  40. अब एकछिन आबश्यकताको कुरा गरौ / नेपालीहरुलाई के चाहिएकोछ? संघ सस्था? कुरा गर्ने र गन्ति गर्ने हो भने बिदेशमा बसेका सबै नेपालीको जन संख्या भन्दा पनि बढी संस्थाहरु खोलेर संसारको No 1 को दर्जामा दर्ता हुन मात्र बाकिछ /
    आबस्यक छ त यौता सस्था जसले सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्वो गर्ने र बिसुध्ध उसैको लागि काम गर्ने नेपाली संस्थाको खाचो छ र च्याउ जस्ता जातिए संस्थाहरुको पनि यहाँ कुनै महत्वो देख्दिन/

  41. ह्हहहह मिठो शब्दमा तितो सत्य उजागार गर्नु भयो लेखक महोदयले, तर यी ईन्टरनेसनल नेता (मिनी नेता)हरुलाई वाईरलेस सिस्टम लागएर दिमाग भित्र घुसाई दे पनि, घोटघाट पारेर सालाईन पनि झैं शरिर भित्र चोसए पनि हुनेवाला चहि केही होईन, श्रमिक हक हितको दुहाई देर, श्रम शोषन नगरे चुनाव जित्ना, नेता बन्न, ठुला बडा होटल हरुमा पार्टी सेमीनर गर्न पोषण कहाँ बाट हुने ? बरु भोट देउ, नोट लेउ र अरु कुरु छोडदेउ । हहहहहह

  42. Own a dodgy restaurant selling Indian food, or run a shifty college in run-down ghettos of London, call yourself a businessman in front of some hapless Nepalese, network with the low-rung, low-iq politicians flocking from Kathmandu, and you become an NRN? I live and work in London, and these losers do not represent me. NRN is a talk-shop for those who have plenty of free time because they have failed both academically and professionally while overseas.

  43. ”मुइले मौका को फाइदा उठाउनु पर्छ |मु कम्ता बाठो छु |गाउ मा हाँरा बाले ठुलो भएसी नेता हुनुपर्छ,घुस खानु पर्स ,सोझो हुनु हुन्न,बाठो हुनुपर्स ,पसी पर्न हुन्न ,फस्ट हुनुपर्स |धरै क्याठ बनाउनु पर्स भन्थे |”
    येस्तई येस्तई रोग ले ग्रसित छन |भैटोपलेका तोरीलाउरे नेताहरु |

  44. नेपालको राजनीति र नेताहरु देख्दा देख्दै, नेतै हुन नपाई बिदेशियेकालाई विदेशको सानो नेपालीको जमातमा नेता भएर रहर मेट्ने उपाए बाहेक केहि हैन NRN को राजनीति, सधै नेपालको समाचार पढी राख्ने नेपालीहरुले नेता भए पछी के गर्नु पर्छ, नेताहरुको गुण के हो भन्ने त सिकाउने पर्दैन, ढीडे भन्दा जिरे खोर्सानी थिखो भने जस्तै अझ निख्खर भएर निस्कन्छन ओली लाइ नै बिर्साउने गरि /

  45. साची यो NRN मा दलित को कोटा मा मेरो नाम नि परोस है ! आफ्नै कामि टोलि ले मलाई माने धोका दि भारत को सक्ति मा घात गरेको छ !
    वाहियात कुरा यो NRN का सबै चोर हुन् मैले देखेको छु ! एसले अर्को नया सघ खोलेर नेपाली बीच फाटो बाहेक केहि ल्याको भए सत्य मैले भात खान्न

  46. एन आर एन कहिँ भुटानी नेपाली कतै बाहुन संघ कतै गुरुङ संघ नाना थरिका उपनाम ले जात जाति अनुरुप का संघ सस्था खोल्दै म यो समाज को अगुवा हु भन्ने हरु सिस्ना को झ्यांग म़ा हलो फालेर विदेश पलायन हुने हरु विदेश मा नेता कहलौना भरपुर कोसिस गर्दछन कसैलाई सहयोगी हात फैलाउनु त कहाँ कहाँ पद म़ा पुगे पछी फोन उठाउनन सहयोग त परै जावोस

  47. साह्रो मनपर्यो यो व्यंग लेख| शशांकजीको कमेन्ट प्रति पनि पूर्ण सहमत जनाउदछु| नेपाली राजदुतावासले साधारण गरिखाने नेपालीको डकुमेन्ट र पासपोर्ट सम्बन्धि काममा नेपालमा जस्तै ढिलाई र आनाकानी बहाना गर्दा कंहा हुन्छन एन आर एन ? राजदुतको भोज भतेरमा र नेपालबाट राजनैतिक पार्टीका मान्छेहरु आउँदा गोडा मसार्न पल्केका छन् एनआरएनका पदाधिकारीहरु| त्यस्तालाई त् देख्यो कि बोलीको गोली ठोकी हाल्न पर्छ “के नापेका छौ तिमीहरुले” भनेर| हुँदा हुँदा धरान रे, गुल्मी रे, सिन्धुपाल्चोक रे र कैले ओखलढुंगा रे, अनेक थरिका संस्था खोल्यो र अध्यक्ष र महासचिव भनेर कार्ड छपायो| संकुचित मनोवृत्ति याँहा नेपालबाट अरु ठाउँ मा पनि त्यतिक्कै पुर्याए यी एनआरएनहरुले| संस्था खोल्ने र राजनीति गर्ने भए यही नेपालको धुलोमुलोमा जुधेर देखाऊ न योद्द्धा होऊ भने| बिदेशमा बसेर के नेपालको राजनीति गरछौ, सके त्यहीको स्थानीय राजनीति गर, चुनाव लढ़| बेकारमा एनआर एन सेनआरएन वाहियाती कुरो|

  48. एन आर एन ( नौ रंगी नेपाली) बारे चर्चित ढुंगेलले गरेको कटाक्षमा धेरै सत्यता छ| म्यान पावारेहरुकै हालीमुहाली भएको यस संगठनलाई एन आर एन नभनेर एम पी एन (म्यान पावर नकच्चरा) भन्दा पनि हुने भएको छ| बिदेशमा बस्ने बहुसंख्यक नेपालीलाई आफ्नो ड्युटी बजाउंदै ठिक छ, यस्तो संघ संगठनमा लाग्ने फुर्सद कहाँ हुनु ? नेपाल देखि नै ठगेर खान पल्केका परजिवीहरु नै यस्तै संगठनमा लागेका छन्| यिनले बोलाएको भेलाहरुमा जानैहुन्न, अनि यिनीहरु सल्याक्कै भैहाल्छ|

    • शशांकजीले भने जस्तै बिदेसमा धेरैजसो मान्छेलाई आफ्नो काम र घरायशी कुराबाट फुर्साद कहाँ पाउनु र यस्ता संस्थामा जान भ्याउनु! एकथरि नेपालीहरु कुनै पदबिना आफ्नो जिन्दगि निरर्थक भएको ठान्छन र यस्ता संस्थाहरुमा त्यो पदको लागि जाने गर्छन| पद भएपछी नेपाल जादा होस् या नेपालबाट नेताहरु विदेश आउदा भेटघाट/सम्पर्क मात्र होइन की कुनै निश्चित राजनैतिक पार्टीको सम्पर्क समिति भएर बस्दा आफुलाई ठुलाठालु ठान्ने गर्छन| यस्ता संस्थाबाट टाडा बस्नु उचित!

    • “नौ रंगी नेपाली” —
      जस्तालाई तस्तै — शशांक जी ! क्या गज्जबले रंग लगाई दिनु भो यिनीहरुलाई सुहाउने गरि —
      धन्यबाद .

      • लुनाजी,
        खोइ त हजूरको चाही बिचार ?
        अब त लुनाजी को कमेन्ट नपढी माइ संसारको बिषयबस्तु नै खल्लो लाग्छ / सबैभन्दा राम्रो पक्ष त लुनाजीले विवाद/तर्क अनि बिचार व्यक्त गर्न सानो बिबादको बिउ छार्दिनुहुन्छ / त्यसपछि पुष्पजी, शशांक दाजु, द्रोणजी, मदनजी, हर्केजी लगायतका साथीहरू जुहारीमा व्यस्त हुनुहुन्छ / सार्है रमाइलो बिचारको युद्ध चल्छ /
        – हुनत त्यो पनि कला नै हो / राखी शावंतले, रिचा घिमिरेले पनि चर्चा आउन कला चाहिन्छ भनेको थियो नि !
        लघु नाटक..
        नेपथ्यबाट :- लुना…! आज तिमी काममा नजाने ? कि हिजो जस्तै बोसले ढिला भो भन्दै गालि गर्यो भनेर बेलुका फत्फताउन लाई ??
        लुना: एकै छिन के मम्मी… बरू अलिकति भात दाल तरकारी टिफिनमा रख्दिनुस न!
        नेपथ्यबाट : – टिफिन त तिम्ले काममै छोडेको भन्थ्येउ त ! होइन यो केटी कत्ति कम्प्युटरमा टासीरन्छ हँ !?? के छ त्याँ ??
        लुना :- आफ्नै संसार मम्मी ! आफ्नै संसार !! यानेकि माइ संसार !!
        लघु कबिता:-
        सितार बिनाको झंकार
        लुना बिनाको माइसंसार !
        मणि हराको नाग जस्तो…
        माइ संसारको नशा कस्तो ?
        छिनमै घन्टौ घण्टा बित्ने
        कसैको रातोले कसैको हरियोले जित्ने !!
        एक्लै हुँदा पनि दिन काट्न सजिलो
        न रुख भन्नु न बिरुवा भन्नु यो कुरिलो
        प्रतिक्रिया पोख्नेको बिचारको बल
        उमेशजी को माइ संसार सफल !!
        (गाइजात्रा आएकोले छुस्स ठट्टा है..रिसानी माफ)

        • ‘आमा’ले पकाउनु भा’को दाल भात तरकारी अचार त्यो पनि टिफिनमा
          राखी राखी खाने भाग्य मेरो 🙁

        • योगेशजी ! थुप्रै चाहिने नचाहिने विचारबाट नै एउटा सशक्त बिचार उत्पन्न हुन्छ| बिचार गुम्स्याउनु हुँदैन, पेटै ढाडिने गरि राख्नु हुन्न| बिचार ओकल्नु पर्छ, चालिनु पर्छ, फिटिनु पर्छ र निफन्नु पर्छ…..

Comments are closed.