संसदबाट गणतन्त्रको प्रस्ताव पास हुने निश्चित

अपडेट (नोभेम्बर २): बिहान ११ बजे बस्ने भनिएको बैठक सहमति जुटाउन काँग्रेससित वार्ता भइरहेका कारण अपराह्न ५ बजेसम्म पनि बस्न सकेको थिएन तर वार्ता कुनै टुंगोमा नपुगेपछि अब मतदानमा नै जाने निश्चित भएको छ।
***
राजनीतिक गतिरोध अन्त्य गर्नका लागि दलहरुका बीच भइरहेको वार्ता अब झण्डै झण्डै टुंगोमा पुगेको छ। आज भएका वार्तामा भएको विकास मध्ये सबैभन्दा महत्त्वपूर्ण रह्यो- वामपन्थी दलहरुको एक हुने निर्णय। यसका कारण वामपन्थीहरुको बहुमत रहेको संसदबाट गणतन्त्रको प्रस्ताव पास हुने निश्चित भएको छ। वामपन्थीहरुको केही दिनदेखिको गोप्य वार्तापछि अकस्मात आज घोषणा भएको यो गठबन्धनका कारण काँग्रेस भने नैतिक संकटमा परेको छ। उता, वामपन्थीहरुलाई एक हुन नदिन विदेशी शक्तिहरु विशेष गरी अमेरिका र भारतको सक्रियता पनि बढेको छ। यसैकारण आजै हुने भनिएको मतदान भोलि शुक्रबार (बार याद गर्नुस् है) ११ बजेसम्मका लागि स्थगित भएको छ। र भोलि संसदमा हुने मतदान रोचक हुने देखिएको छ।

वामपन्थी दलहरुबीच लोकतान्त्रिक गणतन्त्रको प्रस्तावलाई कुनै हालतमा पनि अल्पमतमा पार्न नहुने सहमति भएको हो। तर यसको मतलब अहिले नै संविधान संशोधन गरी राजा फालिहाल्ने भने हैन। त्यसो गर्न त दुई तिहाइ बहुमत चाहिन्छ र त्यसका लागि काँग्रेसको साथ नभई हुन्न। अहिले हुने भनेको चाहिँ लोकतान्त्रिक गणतन्त्रको घोषणा अहिले नै गर्ने (संकल्प प्रस्ताव पास गर्ने) र त्यसलाई संविधान सभाको पहिलो बैठकले पारित गर्ने हो। सैद्धान्तिक रुपमा यसको अर्थ संविधान सभाको निर्वाचन पछि गणतन्त्र आउने सुनिश्चित हुनु हो। संकल्प प्रस्ताव बहुमतबाट पारित हुने हुँदा वामपन्थीहरुको बहुमत भएको कारण प्रस्ताव पास हुने निश्चित छ। संसदमा काँग्रेसको ८५ र तत्कालीन प्रजातान्त्रिक काँग्रेसको ४८ समेत जोड्दा कूल १३३ सांसद रहेका छन्। त्यसका सदभावनाको ६ र राप्रपा र राजपा जस्ता पूर्वपञ्चहरुको पार्टीको ८ मत पनि रहेको छ। (कुन पार्टीको कति सांसद छन् विस्तृत विवरण संसदको आधिकारिक साइटमा हेर्नुस्)

यसो भएपछि अब काँग्रेसलाई आपत पर्ने भयो। काँग्रेसले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। अब यसरी लोकतान्त्रिक गणतन्त्रको संकल्प प्रस्तावमा विपक्षमा मत हालेपछि उनीहरु गणतन्त्रविरोधी भन्ने सन्देश जाने भयो। काँग्रेस मात्र हैन, राप्रपा, राजपा आदि जजसले विपक्षमा भोट हाल्छन् उनीहरु गणतन्त्रविरोधी भन्ने सन्देश जान्छ। संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने प्रस्ताव महासमितिबाट पारित गरिसकेको काँग्रेसलाई यसले सबैभन्दा बढी नैतिक संकटमा पार्छ।

यो कुरा चाल पाएरै हिजो भारतीय राजदूतको सक्रियता बढेको रहेछ। भारत, अमेरिका र अन्य कुटनीतिक नियोगका मान्छेहरु गणतन्त्रको विषयमा हुने यस्तो कित्ताकाटले काँग्रेसको निर्वाचन परिणाममा असर पर्छ भनी बढी चिन्तित भएको बताइएको छ। उनीहरुले प्रधानमन्त्रीलाई यस विषयमा सचेत गराएकै कारण सहमति खोज्न प्रधानमन्त्रीले समय मागेको र भोलि बिहान ११ बजेसम्मका लागि समय दिइएको हो। प्रधानमन्त्री आज विराटनगरमा छन्। भोलि काठमाडौँमा फर्किएपछि अन्तिम पटक निर्णायक वार्ता हुनेछ।

अब भोलि बिहान ११ बजेसम्म हेर्नुछ, कस्तो सहमति हुने हो। त्यसपछि भने संसदमा मतदान पक्का हुने भएको छ। र, अहिलेसम्मको स्थिति हेर्दा गणतन्त्रको प्रस्ताव पास हुने निश्चित भएको छ। काँग्रेसले यसलाई कस्तो किसिमले ‘फेस’ गर्छ भन्ने चाहिँ भोलि नै थाहा हुनेछ। त्यसो त पहिलेका वार्ताहरुमा पनि काँग्रेस संकल्प प्रस्ताव पास गर्न तयार भएको भन्ने कुरा आएको थियो। निर्वाचन प्रणालीमा भने काँग्रेस आफ्नो अडान छाड्न तयार थिएन।

निर्वाचन प्रणालीका बारेमा भने माअ‍ोवादी र एमालेबीच पूर्ण समानुपातिकमा नजाने तर समानुपातिक र बहुमतीय चुनावबाट जितिने सिटको संख्यामा हेरफेर गर्ने सहमति भएको बुझिएको छ।

अन्तिम समयमा आएर गणतन्त्रमा जाने संकल्प प्रस्तावमात्र सर्वसम्मत रुपमा पारित हुन पनि बेर छैन। किनकि देशमा गणतन्त्रको लहर छाइरहेको बेला र प्रतिगमनकारीलाई नभित्र्याइएको भनिएको अन्तरिम संसदमा कसैले राजाको पक्षमा मत हाल्ने आँट गरिहाल्दैन होला।

गतिरोध छिटै अन्त्य भएर संविधान सभाको निर्वाचन मिति तोक्नु, निश्चित मितिमा चुनाव हुनु अनि विधिसम्मत रुपमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा हुनु चाहिँ बढी महत्त्वपूर्ण हुनेछ। अब तेस्रो पटक घोषणा हुने संविधान सभाको मिति भने पहिले जस्तो अन्तिम समय नआएसम्म सबैले निश्चित समयमै हुन्छ भन्ने तर पछि एउटा न एउटा बहानामा स्थगित हुने नभई कुनै हालतमा पनि नबिथोलियोस् भन्ने आशा गरौँ।

56 Comments

  1. 10397110971169711011611497 107111 112114971151169798 10897105 115979897105 10097108 10910510810111497 11297114105116 10397114110

    97 1159710810810497 10010511097 99104971049711099104117

  2. We have noticed that you have not updated your BLOG since 2 Nov., 11am yet! I think if you can’t updates in every 30min and so, better to close your blog! What’s the point?! Bikash, UK

  3. लोकतान्त्रिक गणतन्त्र गुलियो चूक जस्तो अर्थ लाग्ने यस्तो खाले पदावली आविष्कार गर्न खप्पिस छन माओवादीहरू/
    पूर्ण समानुपातिक निर्वाचन प्रणाली कुनै पनि एऊटा दललाई निर्णायक रूपमा सम्बिधान सभामा आऊन न दिनका लागि अगाडी ल्याएको हुन पर्द छ/

    Pusp Prasad Luintel
    Boston, U. S. A.

  4. Why they wasting time for nothing getting longer > ज़ाल-झेल > केमा चित्ता बुजेन यिनको हिजो-सम्मा भोलि भनेक हरु….तिनको मुखले बोल्याक हुनकि चुथरले बोल्याक हुन….मलाइ त १% पनि बिस्वास लाग्दैन नेपालका नेता टोप्लेका जुकाहरुका कुरा र काम गराइ ? के यिनलाइ देस र जनता को माया छ ? छ भन्छ्यो भने किन समय खेरा फालि रहेका छन , आज , भोलि पर्शि गर्दै ? के तिम्रो ज़ाल-झेलको ब्यापार समयले पर्खिन्छ र ??? जेस्ठ को कुरो , मन्गसिर्, अनि मन्गसिरको कुरो फाल्गुन्…..के > छ ? लाज छैना यि जुकाहरुलाइ….होइनो ? गिरजाको राजिनामको आवाज किन उठ्दैन ? हे लाटा नेपालिहरु…….Wake up all…..

  5. ” रहर त कस्लाइ थियो होला आपनो प्यारो आगन छोडेर जान !!!!!!!”

    राती आकाश मा हेर्दा तारा देखियो . मैले तारालाइ सोधे ” मेरो नेपाल लाइ
    तिमिले देख्योउ ? म त याहा छु , सानि छु ,देख्दिन . तिमि त धेरै माथि
    छउ , ? , ताराले भनिन ‘ चिन्ता नगर अझै पनि तिम्रो देश उतिकै सुन्दर
    छ . ‘ मैले सोधे ” मेरो देशलाइ रोग त लागेको छैन ?”
    तारा ले भनिन ” किरा चाहि लाग्दै छ , ” ………….
    म रोइरहेकि छु उमेश जि . सारा रोइ रहेकाछन .

  6. साच्चै हाम्रा नेताहरु ले हाम्रो देशको माया गर्चन त ?

    के कारन ले होला हाम्रा नेताहरु बिदेशि सन्ग झुक्नु परेको ?….

    पैसाको लागि त होइन होला ?!!!!!!! देश्को बिकासको लागि
    पैसा दिन्च भनेर ?!!! हाम्रो देशको बिकास धेरै टुरिस्ट नेपाल आयो भने
    भैहाल्च नि . टुरिस्ट औन शान्ति आय पुग्च .
    नेपाल मा कत्ति राम्रो हात ले बनायको सामान उत्पादान हुन्च . बाहिरा पथाउन
    सके देश्को आम्दानि बड्च .
    आरु के चाहियो ?
    किन हामि भारत , चिन बा अमेरिकासन्ग दराउनु पर्यो ?
    बरु हामि बलियो भय सबैले हाम्रो इज्ज्त गर्चन .

    ” आज हामि सन्सारको कुना काप्चा मा लुकेर पनि बस्नु परेको च .तेहा हामि
    नेपालि भयको कारन हेपियका चौ . के यो सत्या कुरा होइन ? हामि हेपियका
    चैनओ त ? येर्पोर्त मा कति खेदो गरिगरि कागज पत्र मागचन . हेप्चन हामिलाइ .
    जब कि हामि ससार कै सबै भन्दा सुनदर देश का मान्चे हो .
    हाम्रो देश सन्सार मा सबै भन्दा धनि ६ .
    पाजि जाबो टेक्नोलोजि त के हो र ?यो सब बस्तु न हो .
    टेक्नोलोजि क्रितिम सुख हो . सुन्दर प्रक्रिति सत्त्या सुख हो .
    हामिमा सत्त्य सुख दिने शक्ति ६ . तेशैले हामि सन्सारमै धनि छौ .
    आज सन्सारका मानिस हरु हाम्रो देश मा घुम्न आफ्नो भाग्या ठान्चन .

    य्स्तो देश्को मान्छे हामि आज बिदेशमा काटिनु पनि परेको छ .
    हाम्रो दुर्भाग्या ……………….

    अब हामि बिउझिनु पर६ .

  7. धेरै कारण हरुले नेपाल बिदेशि शक्ति हरुको बिचमा खोसाखोस भयको च .
    चिनको नेपाल प्रति को हेराइ आज सम्म सकारात्मक ६ .
    भारतको हेराइ ………..६ .
    भोलिको दिन मा ( १५ देखि २० बर्सा भित्र ) नेपाल भारतको निम्ति
    अत्याबस्क हुने६ . कारन : पानि . खानेपानि .
    दोस्रो कारन राजनिति .
    अमेरिकाको कारन ” धाकनिति ” ( अलिकति मानब निति पनि हो ,बधि चाहि
    “धाकनिति” नै हो .

    के गर्ने ?
    हामि बाथो भयको भय भारत लाइ खानेपानि बेचेर कति धनि हुन्त्यो .
    हाम्रो नेताहरु देशको माया भन्दा पनि बिदेशि नेताको माया गर्नी मा परे .

    नेपाललाइ माया गर्नी नेताको खाचो नै पर्यो नेपालमा ???……….

    नेता त ६न . हामिले नै रोज्ना नजानेको …………………

    गल्ति हाम्रै हो ……………………………..

    हामि त नेपाललाइ मया गरचौ नि हैन र ????………………..

    फेरि किन रोज्न सक्तैन हामि हाम्रो नेता ????????…………..

    कसरि हामि उल्लु बन्युइओ …………………

    ===========================================

  8. नैतिकता!!!
    नेपाली नेताहरु सन्ग नैतिकताको कुरा गर्ने उमेश जि को नैतिकता खै?
    त्यहि माथि गिरिजा बाबु सन्ग!!!
    २-२ चोटि बहुमतको सरकार चलाउन नसक्ने प्रधान मन्त्रि पो त गिरिजा
    गिरिजालाई पो त अछ्यम घोषणा गर्नु पर्ने ग्यानु महाराजाले

  9. Has anyone so far been influenced by our constitution? I don’t think so. It has been respected and no one has been in mood to make it up. Therefore, what NC has been talking is nonsense. We nepalese do not at all want Monarchy at any cost. Its already too much. Come on! NC wake up and do something in favor of Nepali people. We have people who are living in hell no food no shelter nothing. How come what got very rich king? what he has been contributed for Nepali people. Nothing except having luxrious life in Palace.

    Girija says he is democratic person and believe on it. Has he anyone can tell me practised in real life? He is the one shamelessly splitted his own party to fulfill his ego. How can he stay intact with other parties, having such a narrow mind. He is a vurse for Nepal and Nepali peole. As long as he in power, you guys will see nothing going to be good for people of Nepal. He is by nature a destructive person without any vision of future. Expecting something from someone who has not acquired it, its in one way stupid. He has even failed to implement democratic norms in his own party how come we people expect and believe what he says and working for promoting democracy is true. Please, dear brothers, sisters, fathers, mothers all need to be woke up to throw him and put our hands together to work for New Nepal. Thats our dream don’t know if you can get it.

    Jai corruption free Nepal.

  10. हामी यस्तो काम नगरौ जस्ले गर्दा देश मा अशान्ति होस \ ह्रितिक रोशन कान्ड फेरि दोहोरिने भयो \ हामिले कान छाम्न पनि सिक्न बाकि नै रहेको आज को मतदानको परिणाम ले भोलि प्रस्ट हुने छ \ शान्ति ले नेपाल बाट सदा को लागि विदा लेला है, होश गरे \

  11. अन , जाल्-झेलका ब्यापारिहरुको कत्तैइ टुन्गो लाग्छ कि त ? जे गरे पनि नझरे पछि …. नमिलि सुख ? नत्र फेरि जनताले आफनै धुरिमा आगो सल्काउलनि ? अहिलेका जनता उहिलेका जस्त छैनन…..केहि नबुझेनि पनि तोर्ड-फोर्ड गर्न त खप्पिस भैइसकेका छन्…हजुर ! आझ हेर्नु बाकिनै छ ! के बिस्वास यि जुकाहरुको , गन्तत्र मात्रले पुग्दैन हजुर्…..त्येस पछि देसमा बिकास र युबा-पिडिलाइ स्वादेसमै रोजगारको ब्याबस्था हुनु परछ्…..बल्ला नया नेपाल ,नेपालले काजुलि फेर्छा क्यारे भन्ने गरि देस र जनताको मन जित्ने काम नगरि…..बिस्वासको सिमा देखिदैन ! Thats all

  12. सम्पुर्न बामहरु एक भयेको सुन्दा शारै खुसि लाग्यो,…….हेर्दै जानुस्, नेपाल एउटा communist राज्य बन्ने चह्, यो सम्पुर्न नेपालि को चाहाना हो

  13. शुक्रबार गरिएको निर्णय अहिले सम्म कहिले पनि जनताको हितमा भएको छैन अब पनि हुन्न हेर्दै जानुस

  14. हा हा, हसायो फेरि | सन्कल्प प्रस्ताब पारित गर्ने भनेर त कान्ग्रेसले पहिले नै भनेको हो नि | तेति को लागि किन यत्रो बार्ह सत्तरि कुरा नि फेरि | नाटकमण्डलि हरु |

  15. I am eagerly waitign if Girija has any Morality left to resign (well hawaldar donot have any moral) if Girija and congress vote againt republic, then its time for another janandolan to sweep of Him, corrupt congress( there are large number of good congress) and RPPs and all Rajabadis.Sooner or later it willl happen.

  16. नेता हरु यदि यो सुक्रबार पनी कुनै ठोस नीर्नय लीयनौ भने
    तीमी हरु जती नेता उति कार्यकर्ता हुने छौ! जनतालाई अझै कती
    झुक्यौछौ ? जनता को लागी अनी देस को लागी नै तीमी हरु लाई
    नेता बनाई सम्सद्द मा पठायको हो ? न की तीमी हरु लाई एक आपस्मा
    लड्न ! जुन जनताले तीमीलाई नेता बनाय तीनी हरु;लाई झुटा असवसन दीन……. ती सोझा जनताको रगत चुस्न …
    साबधान नेता !
    जुन ठाउ मा तीमी हरु को जय्! जयकार हुन्थेओ….त्यो ठाउ म नै ती जनताले तीमी हरु को छाला काड्ने छन ………. र .नुन चुक
    दल्नेछन्!
    होसीयर्!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  17. I think now communist will lead the country. Anyway if they can make like China then why not ? I have pity on congress now.

  18. ्This is absolutely wrong to do things in a hurry, as the Interim Constitution provides for the decision to be made regarding the fate of monarchy by the first meeting of the Constituent Assembly. This move would rather destablize Nepal and would invite more chaotic situation and lots of disturbances would occur across the country.

    Things inteded to marginalize ‘one power’ with illegal measures would not yield good results.
    We need ‘hosh’ with our ‘josh’!

    Remember, what happened after the Municipal elections conducted during the Royal Regime that intended to marginalize the political forces! Better to analyze things with a south asian regional perspective and power equation in this part of world.

    Who is playing all this game and why? Let’s find out the forces behind it. Whether they are making the Nepalese people stupid!!!

  19. नानु त गन्तन्त्र भनेर पाग् ल भै सकि/
    तर काग्रेस लई चिनेकि च्हिने
    हेर्दै जा केहि हुने वाला हैन्
    सन्केर केहि फाएदा होइन्

  20. हात्ती आयो हात्ती आयो फुस्सा हुने त हो नि
    यि भजन मण्डलीबाट केहि हुँदैन र आस गर्नु पनि बेकार छ|

    जब सम्म पढेलेखेका युवावर्गले देशको बागडोर सम्हाल्दैनन्, गणतन्त्र सनतन्त्र जे आए पनि केहि हुँदैन|

    पछि चित्त दुखाउनु भन्दा आहिले देखि नै केहि आस नगरी आफ्नो काम गर्नु बेस हुन्छ |

  21. होइन तो अमेरिका र भारत धोति हरु लै चहि के खस खस परो नेपालि जे सुकेइ गरुन तो अमेरिका र भारत नेपाल को प्राकिर्तिक सम्पदा लुट्न खोजे का अमेरिका र भारत ले तो धोति हरुत झन नेपाल मा जनता लाइ चुस्न खोज्चःॅन
    नेपाल का नेता हरु पनि उस्तेइ चन के गर्नु धोति हरु को जिउ जिउ गर्चन्
    जयनेपाल
    घनश्याम (बिबस यात्रि)
    बरह…..चतरा सुनसरि

  22. nikai ramro bhayo.gayaneka bhajan madaliko sato janae bho.samsdjiuharuko ghaitama yasarinai ghamlagos.pasupatinathalae rajsaathako nas garun,nepalijantako sath rahun.

  23. If you are a communist, try to make Nepal like China which is more capitalist than America but if you are a Korean or Cuban communist, you better stay away if you are a true citizen of Nepal.

  24. मैले पनि यि बिदेशि ले किन चलखेल गरिरहेकाहुन बुझेको चैन.
    क्रिपया यो कुरा लै समेतेर केहि जानकारि दिन पर्यो.
    धन्यबाद.
    क्रिस्न सापकोता सिद्न्नी अस्त्रेलिया.

  25. जसरी पृथिवी नारायण शाह ले नेपाल उपत्येका लाई तेस्रो पटक को हमला मा जितेका हुन तेसई गरी अहिले को यो काठमांडू उपत्येका लाई नेपाली जनता ले पनी तेस्रो पटक को सम्बिधना सभा को मिति मार्फत विजय हासिल गरिन्छ की? आश गरम भर नपरम्!!!!!

  26. यो कुरा पक्का च कि एउटा न एउटा कुरा उथायेर स्थगित हुनी पका च. ह्ेर्दै गर्नु सबै जना .

  27. At a time when India is trying to tighten bonds between the political parties and Maoist and facilitate the peace process, china seems to trying to destance the parties from Maoist. Sources say that china, keeping in mind Nepal,s sovereinty and entergrity is trying to bring together the palace entergrity is trying to bring together the palace and the Maoist.Two weeks ago, the Maoist politicians and chinese invoys met at a hotel. Since then, the Maoist have been enteracting with royalists and the army Maoist spokeman Krishna Bhahur Mahara has even met former royalist minister Prakash Koirala.

    Pusp Prasad Luintel
    Boston, U.S A.

  28. पछि जेसुकै भएपनि केहि समय सम्मलाई मात्र भएपनि आनन्दको सास त फेर्न पाईयो ।

  29. This is great news that nepali people “ll know who is the real political party in nepal,,,god bless them ,,

    Bishop MA, USA

  30. I think congress is obstacle of this situation. congress got lot of opportunity to handle the government. But, their leader limited, how to earn money and how to join there workers and relatives to job. Due to this, nation face this situation. So, Maiost must be come Nepal at least one time in Nepal.

    Kapur
    MA student, Heidenberg university, Germany

  31. just lets be progressive… and its for sure that NC is always favouring their boss, Gyanendra.. so बाम येकत – जिन्दाबाद्

  32. बल्ल कान्ग्रेस को परिक्षा औने भयो सधै जन्ता को आखा मा छारो हाल्दै सत्ता हात पर्दै देस मा लुट्ने बानि आब बाम्पन्थि दल हरु एक भए कान्ग्रेस का नेता हरु भारत गए हुन्छ ! काम छैना जस्तै राप्रपा जस्तो नेपालि जन्ता ले यि नेता हरु को कुरा बुझे भने बल्ल जन्ता को आखा मा छारो हाल्दै देस ठगनु पाउदैनन

  33. बिनोद जी को कुरा मन पर्यो!
    के यो सन्कल्प प्रस्ताब सन्सद बाट पारित गर्न कै लागि नै घोषित सम्बिधान सभाको चुनाब सार्नु परेको हो?
    उमेश जी, हात्ति पाउनु पर्ने निष्चित भयेको बेलामा नेपाली ले मुसा पाए,
    सुन पाउनु पर्ने बेलामा नेपालीले फलाम पाए,
    येस्तोमा पनि तपाइ अनि माथि comment लेख्ने केहि मित्रहरु खुशिले फुलेल भयेको देख्दा, सार्है मन दुखेर आयो…!

  34. Great News!!!
    This is the real need of our country. Most of the people want the concept of Communist that’s why there is majority of communist. They really want to test the communisum in the land of Nepal where most of the people are poor.If the all divided communist parties are united by some excellent leader, it will be possible to have a test for communisum and will be fruitful for Nepali people. Communisim and monarchy never go together. So, in the country where communist is in majority, there is monarchy? it is immpossible! as a result the country is going to the direction of communisim flavour. This is our real need. Girija is there by the communist force otherwise he will be in the road.We saw that before Janaandolan 2. Good job Prachanda. You should be real leader of Nepal and people are expecting so much from you. Do not lean your knee infront of foreign inertference.Thanks to all communist of Nepal.Great Job!!!. Throw Gyan Bahadur in the road. They ruled over 238 years making country poorer and poorer. Do not let Gyane to rule the country any more. The Country should be ruled by energitic young leader not by 85 years old guy. Lets respect our country’s majority. Let the country go along with the majority force once and see the result.
    Himanchal

  35. उमेश जि, मलाइ त “Binod ji” को कुरा ठिकै लाग्यो. १०० % मरिसकेको राजन्त्र लाइ जिबन दान दिने माओबादिले कुनै कुरा पनि सामन्य मतले पास गर्दैमा सम्बैधानिक तवर्र ले केहि हुने वाला छैन र ग़िरिजालाइ नैतिक समस्या पर्नु भनेको ७ पर्टिको नेत्रित्वलाइ पर्नु हो / य़ो परिस्थितिमा ७ पार्टि, र तेस्मापनि, नेका अलग्ग़िनु भनेको, सिधै सेनाको “क़ु” को बाटो सुध्रिनु हो.

  36. गनतन्त्र घोसना हुन्दैन हेर्दै गर्नुस यो ता जन्ता लाइ जुक्याउन्य हो
    सम्बिधन मा नाइ उल्य्ख नबयको मा मन्य्ता पौन्य कुरनै हुन्दैन अनि जनता को केवल चुनाब गर्न मत्रा यो सम्सद लाइ अदिकर दियको हो अर्मि लाइ कु गर्ना सजिलो मात होला
    पवन्

  37. बिनोद को कोम्मेन्ट कस्तो हो .. के हो कुर बुजे६…?आहिलेको सम्सद म गर्न खोजेको कुरा …. अब कस्ले लेउल नि राज तन्त्र… ककस्तो कुरा गरेको यार …?????

  38. Good information. We hope that the parliament legislators will be passing motion for republic Nepal. Lets hope the best. KK

  39. भेडा भेडासित, बाख्रा बाख्रासित/ बल्ल मज्जा आऊने भयो/

  40. ताइ न तुहिका कुरा सँबिधानसभाले अनुमोधन गर्नु पर्नेकुराको अहिले सर्सम्बत नै भएर पारित गरे पनि के भ्यालु? नेताले जनतालाइ मुर्ख बनाए बनाए अब त पत्र्कार मित्र्ले पनि तिनै नेताला साथ दिन खोजे जस्तो लाग्यो/

    के सम्बीधान सभामा राजाबादिको बहुमत आयो भने अहिलेको प्र्स्ताबले गण्तन्त्र ल्याउछ नो (No )
    अनि अहिलेको प्र्स्ताब पास नभए पनि सम्बीधान सभामा गण्तन्त्रबादिको बहुमत भए गणतन्त्र आ उछ यस (Yes)
    उमेजिले यस समचारलाइ किन यसकिकिसिमबाट प्र्स्तुत गर्नु भयो मैले बुझिन
    के को गोप्य बैठक? भारतिय दुताबासको गोप्य बैठकको कुरा गर्नु भएको हो? पहाड खना चुहा निक्ला

  41. NEPAL WILL ONLY GO IN RIGHT DIRECTION WHILE LED BY LEFTESTS!

    WHAT PALACE & THEIR SERVANTS [NC] & PANCHES [INCLUDING FEW BLOGGERS] WILL DO WOULD BE GOOD TO SEE NOW!!

    A NEW NEPAL IS ONLY POSSIBLE WHEN PALACE & THEIR SERVANS [OF COURSE ALSO rNA & NC] GET DISMISSED!!!

  42. krishna Prasad Bhattrae warned ‘our sovereignty, national entegrity and even endependence will be seriously endangered.
    There are strong undercurrents of sharp political polarization in the face of Red raiding the longstanding centrist citadel of a pluralist parliamentry democracy in a constitutional monarchy.

    Pusp Prasad Luintel
    Boston, U. S. A.

  43. अतिनै राम्रो भयो
    कम्सेकम को कती पानी मा छ भन्ने पत्तालग्नेनै भयो। तर मैले न भुझेको चै यो बिदेशी शक्तिहरुलाई राजतन्त्र नेपाल मा हुँदा के फाईदा र न हुँदा के बेफाईदा हुने पत्तोनै लागेन! चल्खेल गर्न अप्ठ्यारो हुने कि के हो उमेशजी तिनिलाई!? गणतन्त्र घोषणा हैन तेस्को सन्कल्प चै है! बबाल छ यार!
    जे होस क्यालेडर हेर्ने र साईत जुराउने खुबि त मान्नै पर्ने रहेछ!

Comments are closed.