हेर, हेर लाज नभा’को !

चुरोट र सूर्ति सार्वजनिक ठाउँमा खान प्रतिबन्ध लगाउने कानुन लागू हुने पहिलो दिन गजब गजबका कुरा हेर्न, सुन्न पाइए। जसले यो कानुन पास गरेका थिए, उनैले र जहाँबाट यो पास भएको थियो, त्यही ठाउँमा यसको उल्लङ्घन भएको प्रमाण पत्रपत्रिकाले छापे।

हेर्नुस् त टीएचटीले छापेको यो फोटोमा, सभासद मिनेन्द्र रिजाल संविधान सभा परिसरमै मज्जाले चुरोट तानिरहेका! आफैले बनाएको कानुनको पनि कस्तो ख्याल नगरेका उनले ? थाहा नभएको त पक्कै हैन होला, किनभने जिम्मेवार पार्टीका जिम्मेवार नेता, अझ मन्त्रीसमेत भइसकेका मान्छे, पत्रपत्रिका पक्कै पढ्छन्, त्यसमा प्रतिबन्धका समाचार पनि देखेकै होलान्।

अझ अर्को लाजलाग्दो कुरा सुनियो, कानुन कार्यान्वनय गराउने सीडीओलाई कानुनमा के लेखेको छ भन्ने नै थाहा छैन रे। भो अब ! सीडीओलाई नै थाहा नभएपछि अरुलाई पनि थाहा नहोला। त्यही भएर भित्र यो ऐनको पूरै अंश राखिएको छ।


हिमालय टाइम्समा छापिएको सभासद मिनेन्द्र रिजालले संविधान सभा भवन परिसरमा चुरोट तान्दै गरेको फोटो।

पहिलो दिनको यस्तो खबर आए पनि निराशै हुनुपर्ने छैन। किनभने काठमाडौँका रेस्टुरेन्टहरुमा चुरोट खान कडाइ गरिएको अनुभव चुरोटका अम्मलीहरुले नै सुनाएका छन्। नागरिकका रुपमा हामी सचेत र सजग भयौँ भने कानुनको पालना गर्न सबै बाध्य हुने छन्।

हेरौँ के छ ऐनमा ?

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८
प्रमाणीकरण र प्रकाशन मिति २०६८/१/२६

प्रस्तावना : धूम्रपान तथा सूर्ति सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र धूम्रपान तथा सूर्ति सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकोले सो कार्यलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सूर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम संविधान सभाले यो ऐन बनाएको छ।

परिच्छेद–१
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८” रहेको छ।
(२) यो ऐनको दफा ९ प्रमाणीकरण भएको मितिले एक सय असीऔं दिन र अन्य दफाहरु
एकानब्बेऔं दिनदेखि प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “सूर्तिजन्य पदार्थ” भन्नाले धूम्रपान वा सूर्ति सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको
चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, गुट्खा, सूर्ति वा यस्तै
प्रकारका अन्य सूर्तिजन्य पदार्थ सम्झनु पर्छ।
(ख) “धूम्रपान” भन्नाले चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने काम सम्झनु पर्छ।
(ग) “सूर्ति सेवन” भन्नाले खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नस लिने वा सेवन गर्ने काम सम्झनु पर्छ।
(घ) “सार्वजनिक स्थल” भन्नाले दफा ३ मा तोकिए बमोजिमको स्थल सम्झनु पर्छ।
(ङ) “व्यवस्थापक” भन्नाले सार्वजनिक स्थलको काम कारबाहीको सम्बन्धमा अन्तिम निर्णय गर्न अधिकारप्राप्त व्यक्ति सम्झनु पर्छ र सो शब्दले सार्वजनिक सवारीको हकमा त्यस्तो सवारीको चालक समेतलाई जनाउँछ।
(च) “उत्पादक” भन्नाले सूर्तिजन्य पदार्थको उत्पादक सम्झनु पर्छ।
(छ) “निरीक्षक” भन्नाले दफा ११ बमोजिम तोकिएको व्यक्ति सम्झनु पर्छ।
(ज) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झनु पर्छ।
(झ) “समिति” भन्नाले दफा १८ बमोजिम गठित सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समिति सम्झनु पर्छ।
(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

परिच्छेद–२
सूर्तिजन्य पदार्थको नियन्त्रण
३. सार्वजनिक स्थल मानिने : (१) देहायको स्थललाई सार्वजनिक स्थल मानिनेछ : –
(क) राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय,
(ख) शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था,
(ग) विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन,
(घ) बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा
क्लब,
(ङ) सार्वजनिक शौचालय,
(च) उद्योग तथा कल कारखानाका कार्यस्थल,

स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “कार्यस्थल” भन्नाले उद्योग
तथा कल कारखानाले काम गर्न छुट्याएको कार्यालय वा स्थल सम्झनु
पर्छ।
(छ) चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला,
(ज) होटल, मोटल, रिसोर्ट, रेष्टुरेण्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा
छात्रावास तथा अतिथी गृह,
(झ) रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल
हाउस,
(ञ) डिपार्टमेण्टल स्टोर तथा मिनी मार्केट,
(ट) धर्मशाला तथा धार्मिक स्थल,
(ठ) सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टर।
(२) उपदफा (१) मा उल्लिखित स्थलको अतिरिक्त कुनै ठाउँको महत्व र सम्वेदनशीलतालाई विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य स्थल समेत सार्वजनिक स्थल मानिनेछ।
४. सार्वजनिक स्थलमसर्जथलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नहुने :
(१) कसैले पनि सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न पाउने छैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापकले कारागार, विमानस्थल वा पर्यटकीय स्तरको होटलको कुनै खास ठाउँमा अन्य व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिम धूम्रपान तथा सूर्ति सेवनको लागि छुट्याइएको ठाउँमा कायम गर्नु पर्ने आधारभूत कुराहरु तोकिए बमोजिम हुनेछन्।
५. सूचना टाँस गर्नुपर्ने : व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउँमा धूम्रपान तथा सूर्ति सेवन गर्न नपाउने व्यहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टाँस गर्नु पर्नेछ।
६. घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न नहघर मूप्रनहुनुनुनुने : कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न हुदैन।

परिच्छेद–३
सूर्तिजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण
७. लेबुल, ट्रेडमार्क, र्‍यापर्स तथा प्याकिङ्ग : (१) उत्पादकले सूर्तिजन्य पदार्थको प्याकेट तथा र्‍यापर्समा देहायको विवरण उल्लेख गर्नु पर्नेछ : –
(क) प्रचलित कानून बमोजिम दर्ता गराइएको लेबुल तथा ट्रेडमार्क चिन्ह,
(ख) उत्पादकको नाम, ठेगाना र सूर्तिजन्य पदार्थमा रहेको निकोटिनको मात्रा,
(ग) तोकिएका अन्य हानिकारक तत्व एवं आवश्यक कुराहरु।
(२) उत्पादकले सूर्तिजन्य पदार्थको प्याकेट तथा र्‍यापर्समा नाबालकलाई आकर्षण गर्ने कुनै किसिमको लोगो, चिन्ह, शब्द र चित्र राख्न पाउने छैन।
(३) कसैले पनि अन्य उद्योग तथा उत्पादनको ब्राण्ड तथा ट्रेड नाम राखी सूर्तिजन्य पदार्थ
उत्पादन गर्न पाउने छैन।
(४) कुनै उद्योगले चुरोट, बिँडी वा सिगारको आकारमा कुनै पनि वस्तु उत्पादन गर्न पाउने
छैन।

८. विवरण पेश गर्नुपर्ने : (१) उत्पादकले सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्नु अघि त्यस्तो पदार्थमा भएको निकोटिनको मात्रा, हानिकारक तत्व लगायत अन्य आवश्यक कुराहरुको विवरण मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।
(२) सूर्तिजन्य पदार्थको उत्पादन तथा निकासी पैठारी गर्ने व्यक्तिले प्रत्येक वर्ष आफूले गरेको उत्पादन तथा निकासी पैठारीको विवरण मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।
९. चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नु पर्ने : (१) उत्पादकले सूर्तिजन्य पदार्थको बट्टा, र्‍यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ्ग र लेबुलको बाहिरी कुल भागमध्ये कम्तीमा पचहत्तर प्रतिशत भागमा सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने जस्ता व्यहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सूर्तिजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नु पर्नेछ।

(२) मन्त्रालयले उपदफा (१) बमोजिमको चेतावनीमूलक सन्देश तथा सङ्केत चिन्ह समय
समयमा थप गर्न सक्नेछ।

(३) आयातकर्ताले उपदफा (१) बमोजिमको मापदण्ड पूरा नभएको सूर्तिजन्य पदार्थ आयात गर्न पाउने छैन।

१०. विज्ञापन तथा प्रायोजन गर्न नपाइने : उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफ.एम., इन्टरनेट, ई–मेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन।

११. बिक्री वितरण तथा प्रदर्शनमा बन्देज :
(१) कसैले पनि अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन।
(२) उपदफा (१) बमोजिमको प्रयोजनको लागि सूर्तिजन्य पदार्थको बिक्रेताले कुनै क्रेताको
उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्नेछ र बिक्रेताले माग गरेको प्रमाण पेश गर्नु सम्बन्धित क्रेताको कर्तव्य हुनेछ।
(३) कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन।
(४) कसैले पनि फुटकर रुपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यवस्था गर्न सक्नेछ।
(५) कसैले पनि निःशुल्क रुपमा सूर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाउने छैन।
(६) नेपाल सरकारले चाहेमा सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न इजाजतपत्र लिनु पर्ने
व्यवस्था गर्न सक्नेछ।
(७) कसैले पनि सूर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी बिक्रीस्थल सजावट गर्न तथा त्यस्तो पदार्थको प्रदर्शन गर्न पाउने छैन।

परिच्छेद–४
निरीक्षण, अनुसन्धान तथा मुद्दा दायरी
१२. निरीक्षक सम्बन्धी व्यवस्था : (१) कसैले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरे वा नगरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षण गर्ने काम समेतको लागि नेपाल सरकारले नेपाल सरकारको कुनै अधिकृत कर्मचारीलाई निरीक्षकको रुपमा तोक्न सक्नेछ।
(२) निरीक्षकले वर्षभरिमा आफूद्वारा गरिएको कामको विवरण मन्त्रालय समक्ष पेश गर्नु
पर्नेछ।
(३) यस ऐनमा लेखिएदेखि बाहेक निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए
बमोजिम हुनेछ।

१३. निरीक्षण गर्न सक्ने : (१) कसैले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरे वा नगरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षकले आफ्नो क्षेत्राधिकारभित्रको जुनसुकै सार्वजनिक स्थलको निरीक्षण गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्दा कसैले सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गरेको नदेखिएमा निरीक्षकले त्यस्तो ठाउँमा धूम्रपान वा सूर्ति सेवन गर्न रोक लगाउन वा यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गर्न सम्बन्धित उत्पादक वा व्यवस्थापकलाई निर्देशन दिन वा ध्यानाकर्षण गराउन सक्नेछ।
(३) उपदफा (२) बमोजिम निरीक्षकले दिएको निर्देशन तथा गराएको ध्यानाकर्षणको पालना गर्नु सम्बन्धित उत्पादक वा व्यवस्थापकको कर्तव्य हुनेछ।

१४. व्यवस्थापकले निरीक्षण गर्नु पर्ने : (१) व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलमा कसैले धूम्रपान वा सूर्ति सेवन गरे वा नगरेको सम्बन्धमा समय समयमा निरीक्षण गर्नु गराउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्दा कसैले धूम्रपान वा सूर्ति सेवन गरेको देखिएमा
व्यवस्थापकले धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउनु पर्नेछ।
(३) कुनै व्यवस्थापकले सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा सो स्थलसँग
सम्बन्धित व्यक्ति वा कर्मचारीले र सार्वजनिक सवारीका हकमा त्यस्तो सवारीका यात्रीले
व्यवस्थापकलाई धूम्रपान वा सूर्ति सेवन गर्नबाट तुरुन्त रोक लगाउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम व्यवस्थापकले धूम्रपान वा सूर्ति सेवन गरेमा सो थाहा पाउने वादेख्ने व्यक्तिले निरीक्षक समक्ष उजुरी गर्न सक्नेछ।

१५. अनुसन्धान तथा तहकिकात : व्यवस्थापकले सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा नगरेको सम्बन्धमा कसैको उजुरी परेमा वा निरीक्षकलाई कुनै स्रोतबाट सो कुराको जानकारी हुन आएमा निरीक्षकले सो सम्बन्धमा आवश्यक अनुसन्धान तथा तहकिकात गर्नु पर्नेछ।

१६. मुद्दा दायर गर्ने : (१) दफा १५ बमोजिम गरिएको अनुसन्धान तथा तहकिकातबाट उत्पादक वा व्यवस्थापक उपर मुद्दा चलाउनु पर्ने देखिएमा निरीक्षकले त्यसरी अनुसन्धान तथा तहकिकात समाप्त भएको मितिले पच्चीस दिनभित्र मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम मुद्दा दायर गर्दा निरीक्षकले सम्बन्धित सरकारी वकीलको राय
लिनु पर्नेछ।

परिच्छेद–५
सजाय तथा पुनरावेदन
१७. सजाय : (१) कसैले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा व्यवस्थापकले देहाय बमोजिम सजाय गर्नु पर्नेछ : –
(क) धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा
नमानेमा वा पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा निजलाई त्यस्तो
सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिबाना वा दुवै
सजाय गर्नु पर्ने,
(ख) धूम्रपान वा सूर्ति सेवन गर्ने व्यक्ति सार्वजनिक स्थलसँग सम्बन्धित व्यक्ति वा
कर्मचारी भएमा धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र पटक
पटक धूम्रपान वा सूर्ति सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी
निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम सचेत गराउने वा अन्य
विभागीय कारबाही गर्नु पर्ने।
(२) व्यवस्थापकले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा
अनुशासनमा नरहेको सरह मानी निजलाई कानून बमोजिम अधिकारप्राप्त अधिकारीले सचेत वा विभागीय कारबाही गर्नु पर्नेछ।
(३) व्यवस्थापकले उपदफा (१) को खण्ड (क) बमोजिम जरिबाना वापत लिएको रकम
राजश्व खातामा जम्मा गर्नु पर्नेछ।
(४) उपदफा (१) वा (२) बमोजिम व्यवस्थापक वा अधिकारप्राप्त अधिकारीले गरेको निर्णय
अन्तिम हुनेछ।
(५) देहायको अवस्थामा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित व्यक्तिलाई देहाय बमोजिम सजाय गर्नु पर्नेछ : –
(क) दफा ५ बमोजिम सूचना टाँस नगरेमा पाँच हजार रुपैयाँसम्म जरिबाना,
(ख) दफा ७, ८ र ९ बमोजिमको कुनै काम नगरेमा त्यस्तो सूर्तिजन्य पदार्थ
जफत गरी पचास हजार रुपैयाँसम्म जरिबाना,
(ग) दफा १० विपरीत कुनै काम गरेमा एक लाख रुपैयाँसम्म जरिबाना,
(घ) दफा ११ विपरीत कुनै काम गरेमा दश हजार रुपैयाँसम्म जरिबाना,
(ङ) खण्ड (क), (ख), (ग) र (घ) मा लेखिएदेखि बाहेक यस ऐन विपरीत अन्य
कुनै काम गरेमा पाँच हजार रुपैयाँसम्म जरिबाना।

१८. पुनरावेदन : दफा १७ को उपदफा (५) बमोजिम मुद्दा हेर्ने अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित पुनरावेदन अदालतमा पुनरावेदन दिन सक्नेछ।

परिच्छेद–६
विविध
१९. समितिको गठन : (१) सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धमा नीति निर्धारण गर्ने काम समेतको लागि देहाय बमोजिमका सदस्यहरु रहेको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समिति गठन हुनेछ : –
(क) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – अध्यक्ष
(ख) निर्देशक, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र – उपाध्यक्ष
(ग) क्यान्सर, फोक्सो वा मुटु सम्बन्धी रोगको रोकथाम वा उपचारमा
संलग्न सरकारी स्वास्थ्य संस्थाका व्यक्तिहरुमध्येबाट मन्त्रालयले
मनोनीत गरेको एकजना – सदस्य
(घ) धूम्रपान तथा सूर्ति सेवनको नियन्त्रण गर्ने उद्देश्यले स्थापित गैर
सरकारी संस्था तथा निजी क्षेत्रको स्वास्थ्य संस्थामा काम गरेका
व्यक्तिहरुमध्येबाट एकजना महिला सहित मन्त्रालयले मनोनीत
गरेको दुईजना – सदस्य
(ङ) सामाजिक क्षेत्रमा काम गरेका व्यक्तिहरुमध्येबाट मन्त्रालयले
मनोनीत गरेको एकजना – सदस्य
(च) कानून अधिकृत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य–सचिव
(२) उपदफा (१) बमोजिम मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएका आधारमा मनोनीत
सदस्यलाई पदबाट हटाउन सकिनेछ।
(४) समितिको सचिवालयको काम मन्त्रालयले गर्नेछ।
(५) समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
(६) समितिलाई आवश्यक लागेमा सम्बन्धित क्षेत्रका विशेषज्ञलाई समितिको बैठकमा
आमन्त्रण गर्न सक्नेछ।
२०. समितिको काम, कर्तव्य र अधिकार : समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ : –
(क) सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि अपनाउनु पर्ने नीति तथा सुधार गर्नु पर्ने कानूनको सम्बन्धमा मन्त्रालय समक्ष सुझाव पेश गर्ने,
(ख) धूम्रपान तथा सूर्ति सेवनलाई निरुत्साहित गर्न यसबाट पर्ने नकारात्मक असरका सम्बन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,
(ग) धूम्रपान तथा सूर्ति सेवनको लतमा लागेकालाई सोबाट छुटकारा दिलाई स्वस्थ जीवन
यापनको लागि आवश्यक उपाय अवलम्बन गर्ने,
(घ) निरीक्षकको काम कारबाहीको अनुगमन तथा मूल्याङ्कन गर्ने,
(ङ) निरीक्षकको काम कारबाहीको सम्बन्धमा निरीक्षकलाई आवश्यक निर्देशन दिने,
(च) सूर्तिजन्य पदार्थबाट स्वास्थ्यलाई हानि नोक्सानी पुर्‍याउने विषय पाठ्यपुस्तकमा समावेश गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने,
(छ) सूर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण र उपभोगमा न्यूनीकरणको लागि
आवश्यक काम गर्ने,
(ज) सूर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण र उपभोगको नियन्त्रण गर्न तथा
सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम र उपचारको लागि आवश्यक स्रोत जुटाई परिचालन गर्ने,
(झ) तोकिए बमोजिमको काम गर्ने गराउने।
२१. जफत गरेको सूर्तिजन्य पदार्थ नष्ट गर्नु पर्ने : (१) मुद्दा हेर्ने अधिकारीले यस ऐन बमोजिम जफत गरेको सूर्तिजन्य पदार्थ नष्ट गर्नु पर्नेछ।
(२) मुद्दा हेर्ने अधिकारीले उपदफा (१) बमोजिम सूर्तिजन्य पदार्थ नष्ट गर्दा मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नष्ट गर्नु पर्नेछ।
२२. स्वास्थ्य कर कोष : (१) नेपाल सरकारले धूम्रपान तथा सूर्तिजन्य पदार्थको नियन्त्रण तथा यसको उपभोगबाट उत्पन्न रोगको रोकथाम र उपचारको लागि स्वास्थ्य कर कोषको स्थापना गर्नेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा नेपाल सरकारले वार्षिक रुपमा विनियोजन गरेको
रकमको अतिरिक्त तोकिए बमोजिमको रकम जम्मा गरिनेछ।
(३) उपदफा (२) बमोजिम विनियोजित रकम अघिल्लो आर्थिक वर्षमा विनियोजन गरिएको रकमभन्दा कम हुने छैन।
(४) यस दफा बमोजिमको कोषमा जम्मा भएको रकम तोकिए बमोजिम खर्च गरिनेछ।

२३. सरकारवादी हुने : यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकारवादी हुनेछ।

२४. संक्षिप्त कार्यविधि अपनाउनु पर्ने : यस ऐन अन्तर्गतको मुद्दाको कारबाही र किनारा गर्दा मुद्दा हेर्ने अधिकारीले संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ।

२५. मुद्दा हेर्ने अधिकारी : यस ऐन अन्तर्गतको मुद्दाको शुरु कारबाही र किनारा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले गर्नेछ।

२६. सहयोग गर्नु पर्ने : यस ऐन बमोजिमको कुनै काम कारबाही सम्पादन गर्ने सिलसिलामा व्यवस्थापक वा निरीक्षकले स्थानीय प्रशासनको सहयोग माग गर्न सक्नेछ। त्यसरी सहयोग माग भएमा आवश्यक सहयोग गर्नु स्थानीय प्रशासनको कर्तव्य हुनेछ।

२७. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।

55 Comments

  1. नेपाल मा यौता कुरा प्रस्ट भ६ कि नियम पालना गर्न को लागि हैन तोड्न बनाको हो तोड्न बनाया पछि किन पालना गर्न त्यो कुरा सबै ल भानु parcha

  2. एस्तो कुरा गर्न चै हुन्न ठो जे भए पनि . खाली पुलिस लाई घुस खानी बाटो सजिलो भयो!

    मलाई एउटा प्रश्न छ?
    यो चुरोट खानी मान्छे हरु चै अबो कहाँ गएर चुरोट तान्ने?

  3. मिगेंद्र रिजाल जी को चालै येस्तई हो, उहा लाई अझ बिहे को पार्टी मा भेट्नु परछ हात मा रक्सि र अर्को मा चुरोट, थियाक्कै एई स्थिति मा देखिन्छ , कस्तो लाज नभएको नेता हाम्रा , साला चोर हरु ….

  4. कानुन बनाउदा पुरै त बनाउन पर्यो नि……कता कता नखाने मात्र बनाउने…..अब खाने मान्छे हरुचाई कता गौयेरा खाने नि…….सरकारलेनै चुरोटमा लगानी गर्छ ……जनताको स्वस्थेको तेतिनै ख्याल भए चुरोट कारखाना बन्द गर…..तर सक्दैनौ……जनता सोजो छन् हेप्चौ…….दिनमा २०० कमाउने जनता चुरोटको अम्मली छन् अब चुरोट खाएर १०० रुपिया लूटने ऊसको….

  5. राम्रो राम्रो खबार सुनाउने गर्नुस न कैले कहिँ | प्रगतिको, उपलब्धिको, सुब्यबस्थाको |

  6. मकैको खोस्टा अथवा सालको पातमा सुर्ती हालेर खाए पो……जाबो सुर्य नेपालको product खाएकोमा के issue बनाएको ??? (डाकाहरु… राजा ज्ञानेन्द्रलाई गाली गर्छन ….. तर उनकै कम्पनीको product खानछन् ) ……..सभासदहरु एस्तै हुन्…. सभ्य हुन् र ???? .. ए हजुर….. सभासदको समाचार र फोटोलाई प्राथमिकता नदिनुहोला……

  7. तेही त अति नै गर्छ बा अब बाहिर तिर किन भन्ने एरपोर्ट भित्र चुरोट पिउने ठाउ बनाएको हुन्छ बिकशित मुलुक मा अब जे गर्छा नि नेपाली नेते हरुले जनतालाई दुख दिने मात्र मनसाय हो लागु हुने मार खाने गरिब नै हुन् अरु दिमाग लगाउन सक्दैनन् अनि झिना मशिना कुरा हरु गरेउ भनेर नाक ठाडो पर्ने काम हो सबै

  8. डेनमार्क मा नेपाली झन्डा माथि रक्सि राखेर रमिता मचयाको थियो . फेरी सार्बजनिक ठाउँ मा चुरोट खयछा . पशु …. यसको संस्कार नै यस्तै हो . यसको पार्टी पनि त तेही संदेश दिन्छ नि ….

  9. नेपालको कानुन हलवाईको दुकानको मिठाई बनेको छ
    गोता गोताको मोल तोकिएको छ मोल तिर्नुस खानुस/

    नेपालमा “न्याय” बेच्न पालेको “खसी-बोका” बनेको छ
    नेता “कसाई” बनेको छ फैसला गर्ने “भान्छे” बनेको छ/

    प्रहरी र प्रसासन “पार्टी-घर” को “पाल्तु-खाना” बनेको छ
    “जरिवाना र दस्तुर” राजस्वो होईन “फिरौती” बनेको छ/

    “अपराधी राज्यको ज्वाई” कानुन बनाउनेको नारा बनेको छ
    पसुराम पार्टीको हिरो, रुबेल पार्टीको ज्वाईं प्रमानै बनेको छ

  10. अलि अस्ति मात्रै हो यहि ब्लग मा पढेको थिए,
    “” जो अगुवा उही बाटो हगुवा “”
    थुक्क !!! मात्रै पो भन्छु म.

  11. माईसँन्सारका पाठकहरुलाई यो कुरा त यादै होला यही माननियको ग्याँङले नै हो नेपालको राष्ट्रिय झण्डा माथी दरु र सितान राखेर भोज भतेर गरेको, अनि यिनलाई कानुनको के मतलब त्यो त जवरजस्ती सोझा साझा जन्ताको लागी पो हो त यस्तो डक्टरीहरुको लागी हो त ?

  12. हाम्रा देश का विद्वान नेता को यो बुद्दी! कहाँ बाट देश को उन्नति हुनु नि यिनी हरु ले नै नियम को पालना गर्दैनन् ! अब डा मिर्नेंद्र को चाला नि हेरम न कुरा चाही धेरै ठुला गर्छन अनि काम हे भगवान यी नेता को बुद्दी कहिले आउने होला ! यिनी जस्ता कानुन को खिल्ली उडाउने विद्वान लाई चौराहामा खडा गरेर कोयको अन्डा र टमाटर ले हानी सार्बजनिक रुप मा यीनि हरु लाई बहिस्कार गर्दा समाजको कल्याण होला जस्तो लाग्छ मलाइत !

  13. दिनलाई अमरिकाको गफ दिन्छन, यँहा पढे र यसो गरे भनेर हाँक थप्छन| तर यो मिनेन्द्र रिजाल पनि त्यंही ड्यांगको मुला परेछ| अमेरिकामा बसेर फर्केको मान्छे केही सिकेको छैन रहेछ| नेपाली जनतालाई हेपेको होला मिनेन्द्रजीले|
    जसले कानुन बनाए उसैले तोड्ने? यस्तालाई डबल सजाय हुनपर्छ| उनी सभासद हुने लायकका छैन रहेछन भन्ने तस्वीरले बोल्छ|

    जँहा सम्म सीडीओ ले कानुन थाहा पाएनन् भन्ने समाचार छ, यस्ता कर्म अन्धो कर्मचारीलाई तुरन्त बर्खास्त गरिनपर्छ| नत्र भने त्यस्ता पंचायतको रंगले पोतिएका हुतिहारा घुसिया सीडीओ पल्टनलाई महिला मन्त्रीले त्यसै हातपात गर्दा पनि हेर्या हेर्यै हुन्थे होलान?

  14. “सानालाई ऐन ठूलालाई चैन” यही उखान हैनर हामीलाई सानै छदादेखी सिकाइएको फेरी किन विवाद ।

  15. झक्कु प्रसादलाई गाला पड्काउने मान्छे कता गए छ ? ????????????????????????????????????????????????????

  16. मलाई लाग्छ उ हा ६०१ मा पहिला हुनुभयचा धन्यवाद डाक्टर साब लाई

  17. अझ यो मान्छे त अमेरिकामा लामो समय पछि फर्केको पो हो त! धिक्कार छ! –*सडक को जनावर र “रिजाल” मा के नै फरक भयो र? दुवै ले लेखेको नबुझ्ने !

  18. मलाई लाग्छा चुरोट खाने ठाउँ कहिँ तोकी दिनु पर्यो . नत्र सभासद भवन बाट चुरोट खान कहाँ जाने त…..सभासद भवन को बाहिर चुरोट खाने ठाउँ भनेर बनाउन पर्छा जस्तो लग्छ्हा मलाई त . जस्तो सबभावन भित्र चुरोट खान नपाउने…गाडी भित्र नपाउने भन्ने ठिक छ. नेपाल जे गर्छा अति गर्ने खोज्छा अनि केहि मा सफल हुन्न.

  19. भन्न लाई सजिलो छ तर ब्यबहारमा उतार्न गाह्रो हुन्छ यस्तै हो नेपालको नियम !

  20. कानुन बन्ने नै तोड्न को लागि हो..नत्र व्यक्ति, समाज, देश सभ्य हुने हो भने कानुन को आवाश्यकता नै पर्दैन थियो नि….३० – ३५ करोड घोटाला गर्दा त छुटीन्छ भने जाबो ३ रुपैया को “शिखर”… कि कसो मिनेन्द्र……….?????

    • नेपाल मा हुदा एक मोहोर थियो शिखर चुरोट को अहिले ३ रुपिया हरे महंगी नेपाल को

  21. कानुन त राम्रो छ तर अध्हुरो छ किन भने धुम्रपान को एरिया पनि तोक्नु पर्छा तेसो नगर्ने हो भने कानुन लागु गर्न गाह्रो हुन्छा : त्यसैले सम्बन्धित निकायले अहिले नै यस बिषय मा सोच्न जरुरि छ

  22. उफ्फ ! मलाई त जता फर्क्यो त्यतै लाज हुन्छ, हाम्रा गतिछाडा नेताहरुको चाला देखेर !!!!!!!!!!!!!!

  23. मिनेन्द्र रिजालले चुरोट च्यापेर सर्को तानेको हेर्दा “कानून त तिमीहरुलाइ पो हो मलाई के को कानून” भने जस्तो लाग्यो | सभासद, मन्त्रि, सचिब, न्यायाधिस, पुलिस सेनाका औंठे बौंठेलाइ नेपालको कानूनले कहिले छुन्छ र ? त्यसमाथि पार्टीका मान्छे त कानून मिच्न लाइनै जन्मेको जस्तो गर्छन यो देशमा | उदाहरण बान्नु पर्नेनै बाटो हगुवा भएपछी के लाग्छ ? बिदेशमा छदा सम्म यिनको बाउको पीताम चल्थेन होला अभद्र कार्य गर्न तर नेपालमा कसले रोक्ने कसले छेक्ने देशै आफ्नो, कानून आफ्नै, आफ्नै राज | यस्तै छ,हामि जनता दर्शक न हो !

  24. गरिब देशका लाजनभाका धनि नेताहरुले आफुले बनाएको कानुन आफैले तोर्दै छ, आझै आउदा दिनहरुमा यस्तै यस्तै कार्यहरु गर्दै जाउन्, डाक्टर साबलाई शुभकामना छ

  25. मलाई चै यो नियम मन परेन,…कतै केहि सुबिधा नपाको यो देशमा पाएको नागरिक अधिकारको हनन हो…निजि घर , गाडी वा कुनै होटेलमा पनि सेवन गर्न नपाउनु भनेको एकदम दुभाग्यपूर्ण अवस्था हो…सार्बजनिक स्थान मा त नगरेको नै राम्रो होनी..

  26. यिनीहरु को मुख बोलेको हो कि चाक. भनाइ र गराई मिल्दैन के गर्नु/ काममा जादा नेपाली time गराई मा नेपाली गराई यही त हो 😀

  27. मिनेन्द्र रिजाल, रामशरण महतहरुको हाउभाउ बोलीचाली हेर्दै मालिक जस्तो छ । जनतालाई नोकर जस्तो अदवमा बोल्छन, लाग्छ देशका मालिक यिनिहरु नै हुन, देश त यिनिहरुले आफ्नो बाउ-बराजुबाट अंशमा पाएका हुन । अनि कानून त नोकरलाई पो त यी मालिकहरुलाई कहाँ हो र?

  28. नेपाल को नेता भनेकै तेही रुप हो….बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रो मा हाले पनि ….
    राति रक्सि र चुरोट तानेको शुर मा कानून लेखेको होला …हल्का धरमर भयो जस्तो छ

    यिनलाई त….. सार्बजनिक रुपमा बेइज्जत र बहिस्कार गर्नु नै देश को लागि कल्याण होला….

  29. उफ्फ़ !!! हाम्रो नेपाल, हामी जनता अनि ठुलो अहोदाका नेता / कर्मचारीहरु ! बरु सोमालिया बेस, कि वार कि पार |

  30. यो देशमा दिन दिनै नाटक मन्चन हुन्छ / कहिले संसद भवन भित्र त कहिले बाहिर / चुरोट खादै मा के बिग्रन्छ र mysansar लाई एस्तो रिस उठेको ? खौन न त , तिनका बाउको सम्पति , तिनका स्वास्थ्य बिग्रेलन, हामीले किन कन्चट दुखाउने ?

    बले

  31. उमेश जी,,कति लामो लेख हो…दफा र उप दफा हरु को…सबै पढ्न गाह्रो भो…अलि छोटकरी भए हुने…

  32. ऐन नियम भनेको जनता लाई मात्र हो , नेता लाई होइन

  33. कानून मिच्नको लागि नै बनाएको हो ,साथीहरुलाई थाहा भएन जस्तो छ , सुरुवात सवासद बाटै भएछ क्या राम्रो // के गर्ने नेपालमा बनेको कानून अन्तरास्ट्रिय छ तर तेस्को उलंगन गर्नेमा नेतै छन् ,त्स्पछी जनता जसमा नेताहरुको सम्रछार्ण हुन्छ , आरुले त आतै गर्दैन कानूनको उलंगन गर्न // हे पशुपतिनाथ नेताहरुमा सत्बुड्डी देउ////////////////////

  34. कुनै पनि देशको अवस्थाको जानकारी लिन त्यहाँका जिम्मेवार नेता, मुलुकका मन्त्री तथा बुद्धिजिवीहरूको व्यवहार हेरे पुग्छ । एक जिम्मेवार दलको नेता, मुलुकको सम्विधान तयार गर्ने जिम्मेवारी पाएको ब्यक्ति, पटक पटक मन्त्री भैसकेको ब्यक्ती, भयंकर बुद्धिजिवी …………. को ब्यवहार यस्तोछ । भर्खरै कानुन पालना गर्ने घोषणा भएकै दिन जिम्मेवारहरूको चाला यस्तोछ भने मुलुकमा जिम्मेवार तहवाट वनेका नियम, आश्वासन, सम्झौताहरूको कार्यान्वयनको के आशा गर्ने ??? यस्तै हो भने सर्वसाधारणहरूलाई सचेत गराइएका वा कारवाहि गरेका समाचार आउन वेर छैन है, जिम्मेवारहरूलाई कारवाहि त खै के होला र ।

  35. रिजाल डा. साब ठुलो मान्छे, एस्ता पटक पटक मन्त्रि भैरहने ठुलो बडो मान्छेका लागि यो नियम बनेकै कहाँ हो र ? फेरी येस्तई ठुला बडाले आफैले बनायको कानून आफैले बिर्सनु नौलो कुरा होइन ! (गाली गर्दा भुत प्रेत पिचासको झन् उमेर र शक्ति बढ्छ भन्छन बुढापाकाहरु त्यसैले गाली नगरेको डा. साब लाइ)
    अनि जर्दा पान चाही खाएर मज्जाले जता पनि थुक्न मिल्ने रहेछ कि जस्तो लाग्यो, पान को बिरुद्ध कानून बनायो भने तराईका सभासदले संसद अबरोध गर्न सक्छन भनेर तिनीहरु संग डराएर पान लाइ यो कानूनले समेट्न नसकेको हो कि ?
    तराई तिरका सबै सरकारी तथा गैर सरकारी कार्यालय, सार्बजनिक यातायात तथा स्थलमा पान प्रेमीका मेहेनत र कृपाले सधै रंग लगाउने झन्झट हटाइदियका हुन्छन / रंग लगाउने बजेट बच्ने भएर हो कि पान लाइ कानूनले नसमेटेको ?

  36. नेपालका नेताहरु को नाम अनुसार काम,कुनै नौलो कुरा होइन,नियम त जनतालाई मात्रै हो नेता हरुलाई होइन, कानुन सबैलाई barabar भएत सुडान घोटाला काण्डमा नेताहरुलाई पनि थुन्नु पर्ने होनी कै त ??? भुस्स्याहा कुकुर र नेताहरु बिच दाज्दा भुस्स्याहा कुकुरहरु अति सम्मानीय छन् किनकि कुकुरहरुले कमसेकम गाउँ टोलहरु को सुरच्चा त गरिरहेका छन्.सर्बसाधारण जनताको रगत पसिना चुसेर बसेका येस्ता भातमारा नेताहरु हुन्जेल नेपालमा “कानुन सबैलाई बराबरी” भन्नु मुर्खता मात्रै हो कि कस्स्स्सूऊऊओ

  37. माननीय सभासद डा. मीनेन्द्र रिजालमा आफूले धारण गरेका दुबै पद (डाक्टर र सभासद) समेतको ख्याल छ र अलिकति भएपनि नैतिकता छ भने आत्मालोचनासहित सार्वजनिक रुपमा गल्ति सच्याउने आँट गर्नुपर्छ र कानून बमोजिम १ सय रुपैयाँ जरिमाना तिरेर आईन्दा गल्ति नगर्ने घोषणा गर्नसक्नुपर्छ । भनिन्छ गल्ति सच्याउँदैमा कोहि सानो हुँदैन बरु ठूलै भइन्छ । त्यसैले डा रिजाललाई मेरो अनुरोध यदि तपाईपनि ठूलो बन्न चाहनु हुन्छ भने मेरो सुझाव । अन्यथा कुनै विषयमा डक्टरेट गरेर नामको अगाडि डा. वा माननीयको ट्याग झुण्ड्याउँदैमा कोहि भईहाल्दैन । नाम र पदअनुसारको व्यवहार पनि हुनुपर्छ ॥
    जय नेपाल ॥

    • अति राम्रो प्रतिक्रिया. तर माननीय सब्द चाहिं सुहाएन. सभासदहरु माननीय होइन घिनानिय हुन्. डा. को अर्थ डाक्टर नभएर डाका हुन्छ मिनेन्द्रको हकमा.

  38. कानून आफैबनौने अनि आफै तोड्ने यस्ता नेता हरु को राज बाट घण्टा देश मा राम्रो हुन्छा…?….लाज नभएका यस्ता नेताहरु …थुक्क….

  39. अनुसासन को अ को पनि पालाना न गर्ने हाम्रो देश मा एस्तो कुरा हल्ला मात्रै हो/ येहा पनि एस्तो नियेम आको थ्यो खाएको देखे १०००० जरिवाना गर्ने पोस्टर ठाम ठाम मा टासेका थे खै कार्यानोयेन्न हुन सकेन केरे/ मान्छे को जातै येस्तई हो जे न गर भन्यो तेइ गर्न पर्नी चुरोट कम्पनि मालामाल हुनी भो/ नेता कर्मचारी ले भास्ताचार गर्न हुनी नाना थरि गर्न हुनी हाम्ले चुरोट पनि खन नापौनी भन्ने पनि होलान/

  40. यो त सुरुवात मात्र हो ! picture अभि बाकी है!!

  41. सालोक्यजी ! कानूनको बाध्यात्मक पालना त जनताको लागि पो हो त !! नेताहरू र ठुला ठालाले कहिले चाही पालना गरेको छ र आश्चार्य मान्नुपर्ने ?!

  42. हरे हाम्रा पत्रकार महोदय हरु नि कस्ता अबुज भन्या —–” यो त केवल चुरोट कम्पनी को बिज्ञापन को लागि मात्र पो खिचेको त …कहाँ साचो हो त ” ?….यो त जनता लाई संदेश हो नि …..” कसैको डर मान्न पर्दैन ..चुरोट को सर्को यसरि तान्न पर्छ ” भन्ने संदेश पो दिन खोजिएको हो नि /
    कस्तो अर्थ को अनर्थ लगाएको हरे शिव /

  43. लाज सर्म नभाका नकचरा नेताको कुरा गर्निनै ठाउँ अब कहाँ छर?यिनीहरु जे बोल्ल्छां तो गर्दैनना एदी गर्ने भा आज देसमा कम्सिकम हामी नेपाली हौ भन्न हामी लाई लाज लगनी थिएन बिदेसमा पलाएन हुनु पर्नी थिएन बिदेसिले कहिले ग्रिन कार्ड देला pr (येजु )देला भनेर मुक दर्सक भएर बस्नु पर्ने थिएन मित्र हो कसला इ माया छैन जन्म भूमिको बिबस छौ हामी बिदेसमा बस्न जाबो चुरुटको मात्र कुरा होइन येहा भदौ १२ /१२ बुदे ,७बुदे ,३बुदे ,५बुदे केको नियम पालन गरेका छन्र? हाम्रा नेताले अबत हामी नै चनाखो हुनुपर्ने बेला आयो होइन भने पागल जनताका मुर्ख नेता भन्लान बिदेसिले हामीलाई

    • नो कृष्ण जी, पागल नेता हरुहुन मात्र हामि मुर्ख हुदैछौ जे गरेनी भनेनी चुपचाप तेस्को बिरोध नगर्नु गर्नु त कसरि ?? केहि गर्न सक्ने जनसक्ति हरु विदेशीकै भूमिमा छौ पशिना चुहाएर आफ्ना परिवार पालेकाछौ .हाम्रो बिबशता हो पनि अब कसले बिरोध गर्ने र नेपाल बनाउने अनि हाम्रा माननीय हरुलाई जुत्ताको माला लगाउने होला ??

  44. यो त खाली जनता को लागि मात्र हो नी; नेताहरु त मह मानवहरु हो कसरि लागु huncha hoina त

  45. यी नेता भानौदाका घिनलाग्दो राजनीतिका कुरा साधारण जनताले नबुझे पनि सार्बजनिक ठाउँमा धुम्रपान गर्नुहुन्न भन्नेकुरा एकचोटी भनेपछि सबैले बुझ्ने कुरा हो | यति साधारण कुराको त मर्यादा पालन गर्न नसक्नेले देस बनाउने जनतालाई सुख दिने गहन कुरो के बुझ्नु !!! यस्ताबाट के नै आश गर्न सकिन्छ र ??? जो अगुवा उही बाटो कुन्नि के भने जस्तै ….

    • नेपाल लाई त मन्त्रीहरुले चुरोटको धुवाँ बनाएर उडाईदिए । मित्रहरु म चुरोट खादिन तर यो भन्दिन कि तपाई नखानोस, खानुस तर एक्लै किनकी अरुको स्वास्थ्यमा हानी नपुगोस । जय नेपाल

Comments are closed.