काठमाडौँमा बैँकबाट दुई करोड लुटियो

bank of ktm
बैँक अफ काठमाडौँको मुख्य कार्यालय। यहीँबाट दुई करोड लुटिएको थियो।

राजधानीको सुरक्षा व्यवस्थालाई फेरि एक पटक खिल्ली उडाउँदै आज साँझ कमलादीस्थित बैँक अफ काठमाडौँबाट दुई करोड चानचुन रकम लुटिएको छ। हतियारधारीहरुको एक समूहले साँझ ६ बजेतिर सुरक्षा गार्डलाई कुटपिट गरी बैँक लुटेर फरार भएका थिए। प्रत्यक्षदर्शीहरुका अनुसार १२-१४ जनाको समूहले बैँक लुटेका थिए। लुटेराहरु सबैको उमेर १८ वर्षदेखि २५ वर्षसम्म रहेको उनीहरुको भनाई छ। बैँक लुट्नेहरु निकै सुनियोजित रुपमा आएको घटना प्रकृति सुन्दा प्रष्ट हुन्छ। उनीहरुले बैँकका सीसीटीभी समेत लुटेर लगेका छन्। दिउँसोदेखि नै उनीहरु बैँक भित्रबाहिर गरिरहेका रहेछन्। ५ सय र हजार रुपैयाँको मात्र नोट ब्यागमा हालेर अरु रकम बैँकमा नै छरपष्ट छाडेर आएका थिए।

बैँकबाट कूल २ करोड ११ लाख ८८ हजार लुटेको भन्ने बुझिएको छ। लुटेराहरुले पैसा लिएर भाग्दै गर्दा बाटोमा समेत पैसा खसेको र बटुवाहरुले समेत रकम टिपेको हुनसक्ने भनिएको छ। घटनाको केही समयपछि नै पुगेको प्रहरीले भाग्दै गरेका लुटेरा मोहन गोतामेलाई पक्राउ गरेको थियो। मोहन गोतामेका साथबाट २० हजार पनि बरामद गरिएको थियो। उनकै जानकारीका आधारमा बागबजारबाट गजेन्द्रबहादुर खडकालाई २३ लाख रुपैयाँसहित गिरफ्तार गरिएको छ। बाँकी रकम र अरु लुटेराको खोजी जारी छ। काठमाडौँका विभिन्न स्थानमा नाकाबन्दी गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

यो घटनाले सुरक्षा व्यवस्थामा फेरि एक पटक गम्भीर प्रश्न उठाएको छ। काठमाडौँका बैँक, मनी ट्रान्सफर र फाइनान्सहरुमा खासै सुरक्षा व्यवस्था अपनाइएको हुँदैन। त्यसैले केही अघि यस्ता संस्थाहरुमा लुटपाट निकै बढेको थियो। दुई वर्ष अघि एक किशोरले नबिल बैँक लुटेको घटना अझै धेरैले बिर्सेका छैनन्। तर त्यसपछि भने विशेष सुरक्षा व्यवस्था अपनाइएको भनिएको थियो। प्रहरी कन्ट्रोल रुममा साइरन बज्ने गरी बैँकहरुमा आपतकालीन अवस्थामा बजाउने स्वीच जडान गरिएको भन्ने खबर आएको थियो। तर आज बैँक लुटेबाटै देखिहालियो नि सुरक्षा व्यवस्था कस्तो रहेछ भन्ने कुरो त। यी बैँकहरुमा जाँदा निजी सुरक्षा कम्पनीका सुरक्षाकर्मीहरु झाराटराइ हिसाबमा चेकजाँच गर्छन्। अझ कतिपय अवस्थामा त बिना जाँच नै पस्न पाइन्छ। आज पनि दिउँसोदेखि नै त्यो बैँकमा त्यो समूह शंकास्पद गतिविधि देखाइरहेको थियो भन्ने सुनिएको छ। त्यतिबेला पनि सतर्कता अपनाउन सकिन्थ्यो होला। तर त्यसो गरिएन। फलस्वरुप बैँक लुटियो।

चावहिलमा बैँक लुट्ने घटना भएको बेला हामी परेवा अनलाइनसित आवद्ध थियौँ। त्यतिबेला परेवाको कार्यालय कमलादीमा नै थियो। सँधै त्यही बैँक अफ काठमाडौँको मुख्य कार्यालय हुँदै जानु पर्थ्यो हामी। त्यति बेला हामी साथीहरुले ख्यालख्यालमा भन्ने गर्थ्यौँ- अब बैँक लुटियो भने यही बैँक लुटिन्छ। साँच्चै, नारायणहिटी दरबारअगाडिको महेन्द्रशालिकतिर त्यतिबेला सँधै रहने प्रहरीबाहेक कमलादी पूरै इलाका लुटेराका लागि सुरक्षित देखिन्थ्यो। फेरि त्यहाँबाट भाग्नका लागि बाटोहरु पनि धेरै थिए। पुतलिसडकतिर गए पनि भयो, हात्तीसारतिर गए पनि भयो, कमलपोखरीको कृष्ण पाउरोटीतिरबाट भागे पनि भयो। आज बैँक अफ काठमाडौँ लुटियो भन्ने खबर सुन्दा त्यही सम्झिएँ। अब दुईवटा मोटरसाइकल र एउटा सेतो ट्याक्सीमा आएका ती लुटेराहरु कुन बाटो भागे होलान्, कसरी थाहा होला ? दुई जना लुटेरा पक्राउ परेका छन्। उनीहरुबाट जानकारी लिएर अरु पक्राउ पर्लान् त ?

60 Comments

  1. hello JB AUS don,t worry.kunai pani mandale le bhandai ma hune wala kehi chaina sabai gaf matra badi garne hun parda dula bhitra paschan,ani ma kina yo bhim sanga daraune?

  2. haina maile pani comment lekheko thiye …….. ke bhayo ha ? yasto garidine ho ta…….. khai ta mero comment … yahi bata harayecha mero comment………yaslai kasle samatne…. ?

  3. This is nothing compare to LOOTING country by Girija. Could u guies are value to our country, which is day by day looting by Girija and all dirty politian like Prachanda, who is very popular giving punishment to the looter by not involving in his party, what’s the shame punishment, which he gave interview in BBC.

  4. Ghar farkada ali cautious hunu hai aasish, natra feri Bhim le ……. pahile niu khojne timinai hoina?
    Bhimji, saknu hunchha bhane maaf garidinu, bichara balla talla jungle baata niskera switzerland ma thakai mardai holan. Baru switzerland ma jungle chhaki chhaina hola? …. feri jungle pasnu paryo bhane?

  5. yastai ho bhim ji pagal laai pagal bhanda risa uthnu swbhaabika ho tei bhayara ta bish baman gardai hununchha .don,t worry i don,t need to learn anything from u because u r totally madddddddddd………tei bhayara tapai sanga maile siknu parne kehi kuraa chaina.dhanyabad
    thanks

  6. हामी सबै डाका पो हो की……..तर रूप मात्र फरक होला

    ;यो बैंक स्यांक लुटने काम पनी सम्बिधान सभाको चुनाब भये पछि समाप्त भएर जान्छ ; यो प्रधान मंत्री जी को जबाफ huna सक्छ .
    अस्ति बिराटनगर को बीबीसी को प्रोग्राम मा प्रधानमंत्री जी लाई औटी बालिका ले बालबालिका को असुरक्ष्या र; बालबालिका अपहरण को बारेमा गरेको जबाफ़ मा असतो भंनुभाको थियो.सम्बिधन सभाको चुनाब पछि सबै थिक हुन्छ.
    साथी हो तेसैले जसरी हुन्छ सम्बिधान सभा को बिरोधी सकती हरु लाई निरुत्साहित गरम ; चुनाब गरम ;अनी; त तपाई हाम्रो दिन आउछ;की; असता बैंक लुटेरा हरु त कहा हो कहा ………
    अनी अर्को लुटेरा हरु बाकि रहने छन;ति लुटेरा हरु फ्रीली लुटदै रहने छन…….किनकी तिनिहरू निकै बलिया र लगाम बिनाका हुने छन;किना की सबै लुटेरा हरु मात्र छन ; यो पनी उस्तई त्यों पनी तेस्तई; यो हारे त्यों आयेर खान्छ; तेस्लाई हरायो अर्को आएर खान्छ ; हेर्नुस त सब्बाई तस्कर हरु मात्र नजर आउछ . तेसको लागी फेरी अर्को चुनाब कुनै दुनिया मा छ की छैन होला: के गर्ने लुतेरै लुटेरा को देस हो नेपाल ……अनी तेती बेला देस लुटिदा को संग गुहार माग्ने… भारत .. अमेरिका……..को संग जाने:तेती बेला हामी निरीह हुने छू;
    तेसैले सब्भन्दा पहिला त हामी जनता हरु आफै लाई सुधार्नुपर्ने हुन्छ;काल्पनिक संसार को खोजी मा हैन अथार्था नेपाल को योजना मागौ;नया नेपाल को नारा हैन नया नेपाल को स्वोरूप नया नेपाल बनौने योजना;प्रोफाइल कसैले बनाको छ भने मागौ; नेपाल लाई स्विटजरलैंड बनौने हैन नेपाल बनौने अबधाराना चाहियो हमिलाई:
    सपनाको लड्डू खाएर ताली पिटने बानी छोडू; अथार्थता मा हिडन तयारी गरु:
    साथी हरु म यूरोप मा छू ;मैले यहाँ आएर सिकेको अनुभब को आधार मा नेपाल को सबभन्दा ठुलो कमजोरी दंडहीनता हो:कानूनी रूप हेर्नुहुन्छ भने हामी संग कुनै ठुलो कमजोरी हामी संग देखिन्न; अपराधी लाई कारबाही गर्ने सबाल मा कुनै कानूनी कमजोरी देखिन्न;तर पनी अपराध किना बढ़ीरहेको छ त+ किन की अपराधी हरु लाई कनुनको दायरा मा ल्यायेर प्रसस्त कारबाही हुन्न.सोर्स फोर्स को अधारमा छुट हुन्छ;पुलिस हरु अफ्नो कर्ताब्या मा निष्ठा छैन ; जो छ त्यों पनी माथी को आर्डर मा परेरा स्वोतंत्र निर्णय गर्न सक्दैन;
    यो मात्र हैन सबै क्षेत्र अस्ताबेस्ता छ; मुलुक को प्रसस्ता कमाई हुने thau भनेको भंसार हो; तेहा काम गर्न जान औता कर्मचारी ले प्रसस्ता घुस दिनुपर्ने अबस्था छ; अनी उसले कसरी ५७०० तलब खाएर काम गर्न सक्छ+ आबा हेर्नुस औता जनता इमानदार कसरी हुने+ ल थिक छ देस बनौना घुस दिनन भनेर बस्यो भने महिनौ; तेहि अफ्नो समान थान्किदिन्छ अनी अता जीबन धान्ने ब्यापर संकट मा पर्छ; घुस दिने हरु चाडो मार्केट मा गयेरा प्रोफिट लिंछ नदिने जीबन को संकट मा फस्छ . अबा बयापारी ले पनी के गर्ने+ अनी यो bhrasta संस्कार कसरी तुन्गिना सक्छा+ यो kahilai natungine circle baneko छ;
    असता धेरै कुरा हरु छन जसको कारन हामी हरु सम्बिधान सभाको चुनाब हुदै मा सुधार गर्न सक्दैनम;सम्बिधन सभाको चुनाब ले के यो सबै संस्कार; मा परिबर्तन ल्यौला+
    के सम्बिधान सभाको चुनाब ले नेताहरू को bhrasta संस्कार मा परिबर्तन ल्यौला+ कुनै आधार छ त संस्कार परिबर्तन को लागी.अस्ति भर्खर देख्नुभयो माओबादी मंत्री ले राजीनामा दिएको ; गृह मंत्री को सहयोग भयेन रे रक्त चंदन को तस्कर हरुलाई कारबाही गर्न लाई; यो आज सम्मको चरित्र सम्बिधान सभाको चुनाब को कुन परिणाम ले हटौना सक्छ त …यो त औटा उदाहरण मात्र हो .असता धेरै चरित्र हरु नेपाल को राजनीती मा छान जसको अंकुस छैन; सिर्फ़ आफुले नै राजीनामा दिएर हिड़ने बाहेक… अरु बिकल्प छैन. .के सम्बिधन सभा को चुनाब यो सबै को अचूक औसधि हुन सक्छ + बहसको कुरा हो…
    साथी हरु मैले निरासाबादी कुरा गरेको हैन…केबल संस्कार र चरित्र हरु को कुरा उठौन खोजेको हो.जसको समाधान सम्बिधान सभा को चुनाब हुन सक्दैन. यो ब्लॉग को कमेन्ट बॉक्स मार्फ़त नया नेपाल का समस्या हरु को कुरा मात्र गर्न खोजेको हो.
    अर्को कुरा नेपालको टैक्स पॉलिसी निकी कमजोर छ ; लगभग नो टैक्स कोउन्ट्री भंडा हुने देक्छु. मा एउरोपे मा रहदा स्तुदेंत को रूप मा पार्ट टाइम कम गर्न अल्लोवेद छू; मैले २ घंटा कम गर्यो बहने पानी टैक्स जन्छा सरकारी अच्कोउन्त्मा . हो आहा पानी छल कपट छ; ब्यापरी हरु ले पानी टैक्स छलने तरीका ले काम lagaune garchhan ; त्यों दुनिया मा jaha पानी छ; तारा आहा controle nikaye निकै baliyo छ ; आदि controle bhayo र कसैले tesari ब्लैक मा काम गरेको or garaako bhetyo भने kanunma ullekh भये anusaarko कारबाही bhayerai chhodchha .kasaiko bauko kehi chaldaina: भंडा पानी kasailae पानी testo aparadhilai छुट dine व dilaune काम; prayas नै gardaina.न त कंट्रोल मा जाने ले नै घुस खाने प्रयास गर्दैना: भानु भने आहा त्यों संस्कार नै छैन.त्यों ब्यापरी लाई र ब्लैक मा काम गर्ने दुबैले जारिबाना तिर्नुपर्ने हुन्छ .जून टैक्स भन्दा धेरै रकम को हुन्छा.र tirnai parne हुन्छ :मैले bhanisake yeha दंडhinata को aabastha छैन
    तेसैले ekdam कम मात्र bhrastachar हुन्छ .अनी त यूरोप baneko छ .
    साथी हरु हो तेसैले सबै को आफ्नो संस्कार परिबर्तन गरम; नात्र हमी बाट फ़ायदा लीन हरु मुलुक भीतर र बहिरा प्रसस्त छन.
    सानो उदाहरण कर खायेर सड़क को पेटी मा नाफालम अली पल्तिरा औटा निकषित थाउ होला . बातो कट्दा जेब्रा क्रास बाट काटम; सानो प्रयास अहि बाट गरम; समान किन्दा टैक्स पेपर लीना नाभुलम जनताको सानो कर्ताब्या पुरा गरम ; सानो प्रयास को सुरुवात गरम पहिरो जाने भन्दा पहिला औटा दुइटा.पत्थर खास्छा रे; सुरुवात अहिबाट गरम न त……….
    महेंद्र बेल्जियम

  7. दोबाटो अनि गल्लीमा एक्लै दुक्लै हिड्ने मान्छेलाइ लुट्नु भन्दा हिम्मत हुनेले यसरी बैंक लुट्छन् । काम नराम्रो गरे पनि दुस्साहसलाइ सलाम

  8. People have been frustrated from their achievements irrespective of their residency, which enventually caused them to write non-sense comments.

    Why can’t you guys be sensible and explore something productive to share with others. Did you guys get the points?

    Corruption free Nepal, has the need of the time.

    Mental corruption we got needs to be wipe out. Will you guys dare to do that?

  9. Hey brasoft.
    common man,why u need my Ip ? Are you also related to them or what ?why u hiding ur original name ? .
    Its hard to get the 16 weapons to the public.
    Who enter the weapons in the kathmandu Vally ? Public ?
    May be this case is not by By Ycl.But see the history man.What you did in NEpal ?

    Try to make in commonsense.

    Hey Ashis.
    Ta chain kaha ho maoist hos ni ? sakchhas bhane nepal aayera kranti garna.k switzerland ma basera blog ma vasan thokchhas.Haina bhane ayera ma saga sik.

  10. Hi everyone,
    I am waiting to hear about the next rubbery to anyone financial institutions.
    It’s not my hobby, want to hear about the news.
    But it is true glencing the country condition.
    Who can tell it when is the next rubbery gonna be?
    Dont tell…
    Cops can arrest you earlier……………

  11. Aashish,
    you must be one of the active member of YCL residing in Switzerland to guard the big amount of money deposited by All 10 Maoist Supremos. I think every one have right to express their view, this is what is called democracy. If you can not tolerate any ones thought then how can any one (innocent people) can tolerate extortion, torture, slit of neck done by your people. Big same on you.

  12. गाँउलेमित्र जी, तपाईले भनेको केहि हदसम्म त ठिकै होला तर, ए……. आफु त जे लेखेनी पाई ??????? तपाई पनि त “ताक परे तिवारी नत्र गोतामे होला” क्यार्

  13. hello Thakit Atma( i mean mr.Gaulemitra)
    I think you are one of them who lives out of country.seems like you have even more experence about that,than other people.otherwiae how do you know?OR you must be very unhappy person,because you
    never got any chance to get out from your village ha?
    BE HAPPY MAN!
    KEDAR

  14. यो राजनैतिक अस्थिरताबाट बढेको बेरोजगारीको नमूना हो! जसले यस्ता आपराधिक गतिबिधिलाई बढाई रहेछ! यस्ता घटनाबाट राजनैतिक पार्टीकानेताहरुले कहिले पाठ सिकेर देशलाई मुक्ति दिने हुन थाहा छैन ! हे !पशुपतिनाथ चाडै गिरिजा र प्रचंडलाई सदबुद्धी देऊ!

    -बिनोद तिमिल्सिना
    धरान-१६,हाल:दोहा,कतार

  15. मेरो १० लाख जति ब्यलेन्स थियो त्यो बैकमा के गर्ने होला?

  16. Weldone ! Its the great and fast development job who had did in past and present continuing….everyone BG for own fulfilment…..who will build the New Nepal….? I dont want listen any more the seasonable mouth and their speeches…leaders and responsible chairs of Nepali soil….? Better do robbery , hatya , apharahan continuing…its like being () jasko sakti , usko bhakti () bhane jasto doing in 21st century in Nepal…..fade of in every field like irresitible yaar !!! Are they human ??? I do like ask question in this mood ? AM I WRONG ????

  17. यहाँ कमेन्ट लेख्ने धेरै मान्छेहरु
    बिदेशमा बसेका छन।तिनिहरुको मन नेपालमा छ तर यसो साथीसङी भेट हुँदा ‘नेपालको खासै थाहा छैन यार मलाइ’ भनेर स्वाङ् पार्छन। दिनमा एक पटक कम्तिमा ब्लग अथवा अनलाइन पत्रिका पढ्छन। बास्तबमा तिनिहरु येस्तै असुरक्षा, अबशरको कमी अथवा अध्यन को सिलसिलामा बहिरियेका हुन।युरोप अ मेरिका मा रहेका अ स्त्ट्रेलियामा रहेका मध्ये ९९ प्रतिसत् को पहिलो प्रथमिक्ता तेहिको बासिन्दा हुने चाजोपाजो मिलाउनु हो। दुखको कुरा के भने यिनिहरुको जिन्दगि नया मुलुकमा ब्यबस्था मिलाउदै बित्छ। यिनिहरुका सन्तानका लागि नेपाल ‘थर्ड् वर्ल्ड’ हो। यिनिहरुका नातिनातिनाहरुले भन्छन् :
    My grandparents immigrated because of poverty, didnt think of going back because of the living conditions and security were so poor.
    संसारको कुनै कुनामा फुस्फुसौदा फुस्फुसौदै यिनिहरुको सास फुस्किन्छ।
    नेपालमा हिन्सा भएपनी ‘अहो अहो’ भनेर आतिन्छन, नभये बेकारमा त आ इेन
    भनेर चिन्ता गर्छन्।
    डल्लर को भाउ बढदा पनि ओहो ओहो गर्छ्न, घ ट्दा पनि आतिन्छन।
    यि मनुवा हरु वास्तवमा दुखी प्राणी हुन।
    अहिले त्यो काठमाडौं बैंकमा पैसा जम्मा गर्ने मान्छे भन्दा यिनिहरुलाई पिर परेको छ।
    यिनिहरुलाई वास्तवमा स्वदेश सँग जोड ने त्यन्द्रा क म भए। उमेश जि तपाईंले यिनिहरुलाई ब्यालेन्स डाएट खुवाउनु पर्‍यो। ए उटा नराम्रो खबर पछी एुटा आसालाग्दो खबर (सानै भये पनि) पस्कनु पर्‍यो।

    साबधान ‘मलाई जे पायो तेही लेख्ने होइन है थकित आत्मा हरु हो, भनिदिएको छु’।

  18. sambhidhan ra kanun navayeko deshma ,Pahilo kura ta desh ka thula thala vanuda harule kanun palan garnu parcha .. jasle je gare pani huncha , jo sanga weapon ra bal cha tiniharule je gare pani huncha .. yeha yi fataharulai kanun lagne hoina aja pakrincha voli jail bata niski halcha .. ki kaso ho mitra ho ?

  19. Ex cadre of maoists, as most of them are from criminal background (some are still associated with YCL) must have broken down the bank, the history proves it.

  20. TO WHOM IT MAY CONCERN

    If you are writing a comment in English, please use correct spelling. Otherwise write in Nepali Language.

    Please don’t mind. Okay

    Prithvi N Pradhan
    USA

  21. WHAT A NONSENENSE COMMENT THEY R GIVING. SOME R SAYING THAT IT MUST BE YCL,N SOME R BLAMING POLITICIANS N SOME POLICE.I M AGREE THAT IT IS DUE TO YHE POOR SECURITY CONDITION,N THE GOVT N POLICE FORCE MUST BE RESPONSIBLE. BUT IT IS NOT A BIG MATTER .THIS TYPES OF ACTIVITIES R NOT ONLY HAPPENIG IN OUR COUNTRY BUT EVEN HAPPENIG IN THE DEVELOPED N SECURED COUNTRY ALL OVER THE WORLD.SO DONT TRY TO MAKE A BIG ISSUE.BUT WE MUST THANK NEPAL POLICE THAT THEY HAVE CAUGHT THE PERSON INVOLVED IN THE THEFT.

  22. Horrible, the government should take special action on it. My view; make a S.W.A.T police force like in other country to do this kind of task. Sweap those robbers away, after that see- who Dare to loot the bank or else?! I know there’s lots money spending in the name of training for Neplese army or police. Why not create this team then? New creation MahanagarPrahari, we already know now how r they!

  23. yo Bhim bhanne daka pani lutera ko naike huna sak6 athawa asko Babu baje le lutera khane gareko huna sak6 tyas lai samatera sodha pu6 garna paya kaso hola?

  24. This is seen the negligence of security. How they enter inside the bank with pestol. What the condition of metal detector. Have they gun or not if yes, they have to fire

  25. desh ko yesto awastha chha,lut pat ta hamro lagi naya kura hoina ne?mancheay lai ta jeudai jalaunea desh ma bank lutnu kun thulo kura bho ra………….

  26. यो भिम भन्ने मान्छे को पनि सन्लन्ता हुन सक्छ है । बिचार पुरौनु पर्ला नेपाली पुलिस उमेश जी सँग तेस्को आइ पि पत्ता लगाउन सहयोग माग्नु राम्रो हुन्छ

  27. hamro desh ko sarkar budho bagh ko bainsa jastai 6 k garne neta jati sojha jantalai pagal banaudai kursi yad gardai thika k garne ni yo nepal ma day by day robbery case hudai jan6………..

  28. नालुटेको कस्लेपो छर,
    लुट्नेले लुटी रहन्छ,
    लुटिने लुटीई रहन्छ

    नालुटेको कस्लेपो छर,
    आफ्नो त सारा संसारै लुटियो,
    बांकी नै के छर

    लुट्नेहरू लुट्दै गर,
    हेरम्ला म पनी,
    भागेर कंहा जालौर

  29. यो भिम भन्ने मान्छे कि त खान्दानी फटाहा हुनुपर्छ, कि दिमागको दिर्घरोगि!स्वाठ मान्छेको वाहियात प्रतिकृया!

  30. dear bhim,satya u guys must be mad.u should go to mental hospital.please go to doctor before it,s too late.

  31. As I read the news I came to know that the robbery is well organized and it seems that some of the Police Personals may also be the part of it. If not that How easily they could Loot from the Bank which is situated in the heart of Kathmandu.
    This also shows that how weak is security condition Of our country. Anyway let’s hope that the police will be able to find those looters soon… And now the government should apply new security system to prevent from this. Only giving hope doesn’t give any sense.

    Dinesh.
    Sydney!!

  32. एकातिर गिरिजाको नालायक सरकार र अर्कातिर इज्जत गुमाएर टाउको लतारी बस्नुपरेका प्रहरी, नेपालमा अहिले न त शासन छ न कानून छ न अनुशासन नै छ। ए उटै कुरा छ र त्यो हो लूट जनता लाई लूट ब्याङ्कलाई लूट। गिरिजा सर्वसाधारणलाई लुट्छन, प्रचन्डहरू सर्वसाधारणलाई लुट्छन अनी माथि भीमजीले लेखेजस्तो प्रचन्डका चन्डमुन्डहरू यङ अंयुनिस्ट हुँ भन्दै ब्याङ्क कुट्छन। अराजकता फैलिएपछी यस्तै हुन्छ भन्ने अब ता सबै बुद्धी हुनेहारू ले थाहा पाए होला। जय देश, जय नेपाल।नेपालको उन्नति चाहने हो भने गिरिजा, प्रचन्ड र माकुनेजस्ता बाहिरबाहिर लोकाचार् भित्रभिभित्र पोकोपार् हरूलाई सदाका लागि देशबाट बिदा दिनुपर्छ।स्वतन्त्र जननिर्वाचन् जिन्दाबाद्!

  33. Failure of pulicing
    ====================

    Preoccpied with multiple crises, the priminister is unable to pay attention to main tain law and order. Home minister lacks stature to inspire a demoralised police. But there is more to frequent voint eruptions that mere failure of pulicing. It somehow seems that violence, robbery has become the normal method of articulating grievances against the state.

    Pusp Prasad Luintel
    Boston. U. S. A.

  34. i really hav no idea wat kind of security dat Nepal government iz givin to da country, people & their valuable assets currently….As i m in sydney for last 3 yrs, but we only discuss on these topics when anything happens. Why ain’t we beaware & follow da safety measures? I dun think dis iz only coz of government security reason, it iz also a duty of bank to keep a high level of security, i saw in most of da well reknown bank in nepal, has only 1, or 2 security guard in a whole bank, which iz quite rediculous, moreover there iz no any detail checks as well. Watever da cause this iz a gud news, we must find those Lootera!!

  35. क्या लुटेछन् !
    के कमेन्ट् गर्ने ??
    लुटेरा तर्फ कमेन्ट् गर्ने कि लेख् तर्फ् ??
    त्यत्रो पैसा लुटेको लाइ कमेन्टको के मतलब
    पुलिस तिर पनि के भन्ने लुटने ले लुटिहाल्यो २जना लाइ त झ्यप्प!

    ”आन्दोलन् मा ढुङा हान्ने भयेको भये सबैलाइ समाथ्थे होलान!”

    तर् बैन्क लुटने पनि कला हो नि होइन् र??
    तर लुटिहाल्न् चाहि नहुने हो! पसिनाले कमाएर सपना सजाउन राखिने चिज;

  36. लुटेरा हरु बैंक लुटी रहेछान!!!
    नेताहरू देश!!
    तरुनी हरु हाम्रो मन लुटी रहेछान!!
    कहा हालने हो केस???
    १)
    इंडियन हरु यहाँ को राजनीति लुटी रहेछान !!!
    चिनिया हरुलाई रिस!!!
    आई यस आई ले समेत यहाँ जालों हाल्दो रहेछ ??
    अमेरिकी हरुलाई मोटो फीस !!!

  37. प्रत्येक बैंक लाई जेल जस्तो बनाउनु भन्दा समग्रमा उपत्यका को सुरक्षा
    कडा पार्नु राम्रो हुन्छ होला 🙁

  38. वाइ सि एल को काम होला नि,हतियार उनिहरु सग नै छ,लुट्न पनि उनिहरुनै पल्केक छन

  39. ma bank of kathmandu ko credit department ma kaam garthe aghillo barsa samma tara ahile gardina…naramailo lagyo yo bank lutiyeko khabar le..khai k bhaako ho nepal ma….aba dekhi yasto khabar sunnu napare pani hunthyo….

  40. aww
    this is bad ..
    at a point the security of whole nation is on a stake and after the awful death of late birendra shah the whole country is horrified..
    at this point this is another horrible strike in capital and a shameful blow to those who call themselves the protector of nation..wheres police wheres ycl i just dunt understand what are the security personnel doin why dont they shoot those ..
    but at some point i think sooner of later we gonna know everyone of them was with eachother meanin tiniharu sabai jana mileko chan …

  41. The security of the bank is the responsibility of the management. They should first fire the in-charge of the security. What they were doing when they saw the repitative entry and exit of the suspected people. What is the use of keeping survilliance camare in bank. Is is merely to communicate that the bank is taking security measures so as to attract the customer?

  42. The last thing, one could think of happening in the capital. This incident although involved only few crores Rupees is reflects worsening security situation in the country. While the great leaders are attempting to secure biggest share in the politics of the country, the criminals have expanded their activities. It is very bad.

    This can also be perceived positively if the civil society now can rise upto their responsibility and mobilize civil society to put aside the political parties and leaders. They have proven incompetent to govern this country. People are invoked to take up the leadership and slap on the face of all politicians.

Comments are closed.