एनआरएनका ‘किङमेकर’ उपेन्द्र महतो नै

एनआरएनको आठ वर्षको इतिहासमा पहिलो पल्ट अध्यक्ष पदमा पनि निर्वाचन हुँदै थियो। बिहान नौ बजे उम्मेदवारी फिर्ता लिने अन्तिम समय सकिएर ११ बजेदेखि मतदान हुनुपर्ने थियो। तर मतदान भएन। साढे १२ बजेतिर काठमाडौँको सोल्टी होटलमा जारी बन्द सत्र नै रोकेर एक्कासी घोषणा भयो- देवमान हिराचन उम्मेदवारी फिर्ता लिन सहमत भए। त्यसको अर्थ जीवा लामिछाने एनआरएन अध्यक्षमा निर्विरोध निर्वाचित। अघिल्लो रात आवेगमा एक अर्कालाई औँला ठड्याउने जीवा र देवमानले हात मिलाए। ती हात यसै मिलेका थिएनन्, त्यहाँ नदेखिएको अर्को जोडी हात पनि थियो- उपेन्द्र महतोको।

गैर आवासीय नेपाली (एनआरएन) मा उपेन्द्र महतोले चाहे जे पनि हुनसक्ने भन्ने तथ्य यस पटक पुनः प्रमाणित भएको छ। अघिल्लो रातसम्म व्यक्तिगत आरोप-प्रत्यारोपको तहसम्म उत्रिएर पत्रकार सम्मेलनै स्थगित गर्नुपर्ने स्थितिमा पुगेका अध्यक्ष पदका दुई प्रत्याशीलाई मिलाएर सर्वसम्मति मै आफूले चाहेकै व्यक्तिलाई अध्यक्ष बनाउन उनी सफल भए। बिहानसम्म संभव नहुने जस्तो देखिएको सहमति गराएर उनले एनआरएनभित्र जनजाति, लेफ्ट,राइट आदिका रुपमा जतिसुकै गुट बनोस्, ती अन्त्यमा महतोमा आएर टुङ्गिने प्रमाणित गरे। एनआरएन भनेकै उपेन्द्र महतो सोच्ने एनआरएन भनिनेहरुसँग उपेन्द्र महतोकै जस्तो आशा गर्ने आममानिसको प्रवृत्ति यसै बनेको हैन भन्ने पनि आज प्रमाणित भयो।

नत्र कसले सोचेको थियो र एनआरएनमा यस पटक पनि सर्वसम्मति हुन्छ भनेर। टेलिभिजनका दृश्यहरुमा प्रष्टै देखिएको थियो- भूकम्पपीडितलाई सहयोग गर्ने प्रस्ताव नमानेको भनेर जीवाले अध्यक्ष देवमानलाई आरोप लगाएको। अनि देवमानले जीवालाई तपाईँ आफै उपाध्यक्ष भएको कार्यसमितिको विरोध गर्ने भन्दै जवाफ फर्काएको। अनि होहल्ला मच्चिएको। त्यसपछि बेइज्जत हुने क्यामेरा बन्द गर भनेर दुवैका आसेपासेहरुले पत्रकारहरुलाई आदेश दिएको। प्यानल बनेको थियो एनआरएनको चुनावका लागि। जनजाति प्यानल, लेफ्ट प्यानल, राइट प्यानल…आदि।

अरु पदमा चुनाव भए पनि अध्यक्षलाई सर्वसम्मत बनाउन महतो सफल भए। दुई वर्ष अघिको निर्वाचनमा पनि झण्डै यस्तै स्थिति देखिएको थियो। रामप्रताप थापा, भीम उदास समेत मैदानमा थिए। तर अन्तिम समयमा महतो कै पहलमा देवमान हिराचनलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय भएको थियो। त्यसअघिको तीन कार्यकालमा भने महतो कै नेतृत्व सर्वसम्मत भएको थियो। त्यतिबेला महतोको विकल्पै थिएन।

यो पटक दुई उम्मेदवार मध्ये कसैले पनि फिर्ता लिन नचाहेपछि महतोले चुनाव भए एनआरएनबाट सम्बन्ध विच्छेद गर्छु, प्रमुख संरक्षक पद त्याग्छु भन्नेसम्म चेतावनी दिनुपरेको थियो। अन्ततः चुनाव नभई यसपटक पनि सर्वसम्मति नै भयो।

योसँगै एनआरएनको दुई वर्षमा एक पटक हुने भेला आजै समापन हुँदैछ। अब केही दिन नयाँ नेतृत्वको भेट राष्ट्रपति, प्रधानमन्त्रीसित भएको, दलका नेताहरुले चियापानका लागि बोलाएको, सम्मान गरेको जस्ता समाचार आउनेछ। जुन संस्थाको भए पनि नेता भएपछि भाषण दिनै पर्‍यो, अलि गफ दिनै पर्‍यो। अनि काठमाडौँमा भेला भएका एनआरएनवालाहरु आफ्नो देश फर्कने छन्। नेतृत्वमा पुगेकाहरुको कार्यकाल कस्तो हुने हो हेर्न बाँकी छ, तर मिडिया कभरेज र नेपाललाई दिने योगदानको हिसाबमा भने सिङ्गो एनआरएनभन्दा यसका ‘किङमेकर’कै चर्चा बढी भइरहने स्थिति यस पटक पनि कायमै रहने देखिन्छ।

36 Comments

  1. NRN – माथि धेरै साथी हरु बाट एसको कम र कर्म को कुरा गर्नु भयो. हाम्रा मित्र जीव लमेछामे जी ले त मानब तस्करी गरेर कमाएको पैसो पो हो त. विधार्थी को नाम मा नेपाली लै लगेर कमाएको पैसो हो. What ever is the Fact for most of the people living in Nepal we beleive and we are sure that NRN is not the Non Resisdence Neplese but they are the NON RELIABLE NEPLESE. They exploited all the oppertuities provided to them by Nepal and worked for the other Nation. So instead of giving them the citizenship of our country, we should not let them come to Nepal.

  2. All new member of the NRN are stupid if they want to do some thing in Nepal they should stay there and do something new .Why they took foreign PASSPORT and CITIZENSHIP from overseas.Other wise keep quit and be happy where you are .No body wants to do nothing to our motherland Nepal . Everybody are fighting to get chair that’s all. What they did before nothing and just participate in meeting at five star hotel . Did you know the problem of every poor family form western part of the Nepal.Do something for them if you really want to do as a human being.You guys are already did for you but u should do your country where you burned and respect your motherland.

  3. मलाई त यो NRN भन्ने संगठन देखेर हासो लाग्छ. येस्को कुनै औचित्य नै देख्दिन म. यो त पदका भोखा मानिसहरुको संस्था हो. किन भने विदेशमा बसेर येस्तो र यस्तै खाले संगठन जसमा पदाधिकारीहरु मात्र हुन्छन, सपोर्टर हुदैनन्, यिनी हरु लाई नेपालमा गएर धाक दिन सजिलो हुने भएर मात्रै येस्तो गतनपत् को संस्था खोल्छन. काम यिनी हरुले गर्ने केहि हैन. के को दोहोरो नागरिकताको कुरा? देशको माया भए भए किन विदेशको नागरिकता लिनु परेको थियो नि पहिला? इंडियाको नागरिकता लियो भने हामि चाही धोति हुने गरे, अमेरिकाको नागरिकता लिने भने चाही हामी नेपाली नै हुने?कस्तो दोधारे कुरो! यी NRN का कर्ता धर्ता हरु ले सुको पैसा नेपालमा पठौदैनन. किनकि उनीहरुको विदेशमा नै घरजम हुन्छ. नेपाल पैसा पठाऊने नेपालीहरु NRN मा आबद्ध सारै कम छन्, ति भएका हरु पनि तेही पदाधिकारी हरु मात्रै हुन्. काम न काज को सस्था. येस्मा भएको फाईदा प्रधान मन्त्रि, मन्त्रि हरु लाई भेट्न पाउने अवसर मात्र हो, अरुलाई धाक दिन.

  4. menam limbu ji, बाध्यताले सपना पुरा गर्न गएको हो त्यो कुरा म मान्छु, नेपालमा असुरक्ष्क्षा छ,बेरोजगार बढ्दो छ त्यो पनि ठिकै हो नेपाल र नेपालीको माया छ तपाईमा र सपना पुरा गर्नु भयो भने देस बनाउन त्यो बिरानो पराइको देस (बाध्यताले सपना पुरा गर्न गएको देस लाई)छोडेर आउदा राम्रो हुन्छ कि दोहोरो नागरिकता लियर यता न उता को बन्ने.. व्यक्ति गत रुपमा देस मा विकास गर्नु पर्ने ठाउमा गरिब देसमा राजनीतिक रुपले घुसेर जनताले तिरेको कर बाट २५ लाख लिदै सोल्टी होटेल मा प्रतेक दुइ वर्ष चुनाबको नाटक गर्नु पर्छ जस्तो लाग्दैन मलाई, त्यो सरकारले दिने २५ लाख नलिएको भयानी त हुन्थो नि…….केहि दिनु त परे जावोस खाली लिने मात्रै तपाई नै भन्नुस ८ बर्समा एनआर एन ले के दियो नेपाली जनतालाई उल्टो ८ बर्समा ४ पल्ट २५ लाख को दरले १ करोड लि सक्यो सरकार बाट हेर्दै जौ यो group राजनीतिक मा प्रत्यछे लाग्छ र नेपाल मा केहि लगानी गरे पनि नाफा जति बिदेस जाने हो…………………कति प्रदेसी नेपाली लाई जो कामको लागि मात्र सम्बन्धित देसमा बस्छन त्यस्ता नेपाली बाट पनि प्रति व्यक्ति ५० डलर को दरले उठाएर बल जब्सती एनआरएन बनाएका छन् जबकी तिनीहरु को साथमा नेपाली नागरिकता बाहेक आरु देसको id छैन

  5. यी NRN वालाहरु भनेको दु:खजिलो गरेर घरपरिवार चलाउने र घर व्यबहार सपार्ने सपना बोकेर ऋण काढेर बिदेशिएका हामी जस्ता म्यादी NRN हरुलाई भर्याङ्ग बनाए माथि उक्लिएर आफ्नै दुने सोझ्याउने अनि कामभन्दा कुरा बेसी गर्नेहरुको झुण्ड हो । यता बिदेशमै त यिनिहरुले नेपालीहरुको लागि सिन्को भाचेका छैनन भने नेपालका लागि केही गर्लान कि भन्ने आश गर्नु व्यर्थ छ । ‘सर्प देख्दा बाहिर हात माछा देख्दा भित्र हात’ गर्ने यस्ता अवसरबादीहरुले नेपाल र नेपालीहरुको लागि केही गर्ने वाला छैनन ।

    • महतो र लामिछाने गैर आवाशीय नेपाली होइनन |उनीहरु त नेपाली नागरिक प्रमाण पत्र र नेपालको राहदानी समातेर रस्सीयमा मनि लोंडारिंग र कालो बजारिया गरेर बनाएको कालो धनलाई सेतो बनाउन,एन आर एन को नकाव लगाएर युरोप,अमेरिका,अस्ट्रेलिया.
      क्यानाडा र यु.के.मा रहेका एन आर एन “गैर आवाशीय” नेपालीहरुलाई प्रयोग गरि राखेको छ|
      नेपाल सरकार भ्रष्ट भएकै कारणले गैर नेपाली सम्बन्धको नीति नियम अस्पस्ट र भ्रष्टचार मुखी भएको कारणले नै माफियाहरुले फाइदा लुटी राखेका छन्| मध्य पुर्व एसिया र रुसमा काम गर्ने नेपालीहरु गैर आवाशीय नेपाली कहिल्यै हुन् सक्दैन|कारण उनीहरुले कद्दापी त्यस देशको स्थायी बसोबास गर्न अनुमति पाउन सकिंदैन|जसको कारण केहि दाम कमाएर फर्किनु पर्ने बाध्यता नै छ|

  6. धेरै जना को कमेन्ट पदियो.. जस्तो.. आउछन गफ दिन्छन फर्कन्छन ……हुने वाला केहि होइन …….आज सम्म के नै काम गरेका छन् र ?

    अचम्म छ देश भनेको देश मा बस्ने ले बनाउने हो बाहिर जाने ले होइन. बाहिर जाने ले बाहिर को नै देश बनौछान. तेसैले देश बाशी ले नै देश बनाउने प्रयत्न गर्नु पर्यो नकी अर्को को मुख ताक्ने.
    अनि हाम्रो देश को हामी जनता कस्तो छौ..
    के हामी किराना पसल मा किनेको समान को tax तिर्छाउ ?
    के हामी किनेको पेन्ट शिर्ट को tax तिर्छाउ ?
    खाएको एक पिलेट मो मो को tax तिर्छाउ ?
    Taxi चढेको को नि?
    मोटर साइकल बनाएको?
    अनि घर मा काम मा लगाएको सिकर्मी, डकर्मी को ?
    अनि कहाँ बाट हुन्छ त देश धनि??…

  7. काम कुरो एक तिर कुम्लो बोकी सोल्टी होटल तिर……हामी यहाँ नेपाली भएर पनि बिदेशी भएर बाच्नुको पिडा कसले बुझ्ने…………

  8. दोहोरो नागरिकता, नेपालमा लगानी गरेको रकमको नाफ बिदेश लैजान पाउनुपर्ने, नेपालमा लगानीको वातावरण बनाउनुपर्ने, घरजग्गा र सम्पत्ति जोड्ने अधिकार दिनुपर्ने एनआरएनका माग हो /…………

  9. हामीले तिरेको राजस्वो बाट यो NRI बैठक लाई भनि सरकारले दियको २५००००० रुपैया सक्ने काम भयो हामी राजस्वो तिर्ने गरिब नेपाली लाई सोल्टी होटेल को सेमिनार को बारेमा हर्स कुनै छैन बरु बिस्मात नै भयो २५००००० झ्वाम पारे DRINK र DINNER मा !!! थुक्क !!!

    • शम्भु जी, NRI होइन NRN हो NRI भनेको Non Resident Indian हो

  10. यो एनआएन हरु भनेको नेपालको नागरिकतालाई लात मारेर गरिब देसमा के बस्ने भनेर धनि र बिकसित देस खोज्दै गएकाहरुको जमात हो यिनी हरु ले नेपालमा सहयोग गर्ने देस विकास मा लाग्ने वन्द पनि नेपाललाई त्यागेर जुन देसमा गएका थिया त्यो देसमा खुम्चिएर बस्नु पर्दा, आफुलाई वास्ता नगरिदा बेचैन भएर फेरी नेपालमा यो वा त्यो को आस देखाएर राजनीतिक गर्न आएका हुन् नेपालको सम्पति लुट्न आएका यिनी हरुबाट केहि आस नगर्दा हुन्छ अनि त्यो दोहोरो नागरिकता पनि नदिदा राम्रो हुन्छ हिजो त्यागेको अहिले किन चाहियो…………………….!!!

    • अमेरिकाको, युरोप को citizenship पाए ट तपाई पनि जानुहुन्थ्यो पक्कै पनि …यो सबै हामी सबै नेपालीको बाध्यता हो….देशमा रोजगार,सुरक्ष्या, सुबिधा छैन, हामी केवल सपना पुरा गर्न मात्र बिदेशिएका हौ नकी नेपाल र नेपाली संग अलग हुन्….

      • डुब्न लागेको जहाज बाट सबै भन्दा पहिला मुसाहरु भाग्छन.
        काम गर्न आँट भये र लाज नभये, अवसर जहाँ पनि हुन्छ,

  11. नेपालीहरु जहाँ गएपनि नेपाली नै हुन जोइल गएकाहरु र नेपालमाथि गद्दारी गरेकाहरुलाई जोईको अपमान लाई सम्मानित छु भनेर देखाउन र कालो धनलाई सेतो बनाउन एनआरएन बनाईएको हो। नेपालको माया छ भने बिदेसी नागरिकता त्यागेर नेपाली पासपोर्टमै बस्न सकिन्छ नि। युरोप अमेरिका लगायतका पश्चिमा देसबाहेकका लाई दोहोरो नागरिकता किन?

  12. अध्यक्षका दुवै प्रत्याशीहरू हुत्तिहारा रहेछन / भिड्नु पर्छ नि ! चुनाबमा लडेर जितेको भए प्रथम पटक चुनावमा जितेको भनेर आत्मबलनै उचो हुन्थ्यो !

  13. देशमा अपराध गरेर विदेशको नागरिकता लिने NRN लाई कारबाही गर्न कै निमित्त भय पनि उनीहरुको नेपाली नागरिकता अबैध घोसना गर्नु हुन्न |

    उपेन्द्र महतो होस् वा जिवा लामिछाने, यदि उनीहरु देशको सम्पत्ति / लगानीमा विदेश गइ विदेश नै भास्सिइ बिदेशी नागरिकता लिएर बस्यो भने नेपालले आफ्नो लगानी दान दिए सरह भयो | विदेशको निमित ति व्यक्ति “महत्वपूर्ण जनशक्ति” भए, नेपालको निमित्त “गद्दार” | (हुन त आफु पनि विदेशको “महत्वपूर्ण जनशक्ति” बनेर बसिएको छ, तर नेपाल सरकारको कुनै सिता नखाएको हुनाले “गद्दारी” गरेको छैन भन्ठान्छु, सरकारी स्कुल र क्याम्पस पढेको मूल्य नेपालमा रहदा विकास-काममा गरेको योगदानमा चुक्ता भएको मानेको छु | त्यतिले नपुगे फर्कर आम्ला, नेपाली नागरिकता र पास्स्पोर्ट गोजीमै छ |) “गद्दार”लाइ नेपालले यत्तिकै छोड्न मिल्छ? बिदेशी नागरिक भै सकेको मान्छेलाई नेपालले न कुनै अनुरोध गर्न सक्छ, न कारवाही नै |
    तर
    बिदेशी नागरिकता लिए पनि नेपाली नागरिकता पनि कायम भयो भने उक्त देशको सरकारलाई “हेर त्यो मान्छे तिम्रो देशको नागरिक हुनु पहिला देखि हाल सम्म पनि हाम्रो देशको नागरिक छ, हाम्रो देशको कानुन उसले पालना गर्नु पर्छ, त्यसैले उसलाई हाम्रो देश सुपुर्दगी गर” भनेर कुटनीतिक दबाब दिन मिल्छ |

    यति जाबो कुरा पनि बुझ्न नसक्ने हाम्रो नेताहरु कस्ता हुन्? बुझाउन नसक्ने NRN नेताहरु कस्ता हुन्?

  14. नेतृत्वका दुइ दाबेदारहरुको एक आपसको आरोप प्रतिआरोप, उनीहरुका हनुमानहरुको नाटक राम्ररी नै देखियो | ५७ देशका एन एर एनहरु सुट बूट र घाँटीमा दाम्ला सहित मेलामा भेला भएर (देव र जीवाले नौटंकी गरि) सारै रेला गरे र अन्तिममा किंगमेकरको परे फेला | यो मेलामा जे देखियो, यसले राम्रो सन्देश दिएन र यो शुभ संकेत पनि होइन |

    तर पनि सकारात्मक सोंच राखौं सफलताको शुभकामना |

    त्रि बि को सुबिधा प्रयोग गरि बिदेशमा शिक्षा आर्जन गर्ने नाममा त्रि बिलाई नै कंगाल बनाई, नेपाल आमालाई बलात्कार गरि बिदेशमा लुकेर बस्ने पाखण्डीहरुलाई एन आर एन को आडमा दोहोरो नागरिकताद्वारा पुरस्कृत गरी उन्मुक्ति नदिइयोस | खबरदार |||

  15. हामि नेपाली हरुले अर्का लाई दोष दिने बानी नत्यागे सम्म केहि गर्न सक्ने छैनौ/ कुरा त सबैको ठिकै जस्तो लाग्छ तर बुझाई फरक गर्न सक्नु पर्छा / जसरि हुन्छा देश बनाउन अगाडी लागौ साथीहरु हो अरुको खुट्टा तान्ने काम छाडौ है?? यो दोहरो नागरिकता भन्ने शब्द ले नकारात्मक अर्थ लग्यो जस्तो छ तेसैले एस बारे बुझेर मात्र टिका टिप्पणी गर्न पर्छा कि त?? विदेश मा बस्ने सबैले दोहरो नागरिकता मागेको हैन तेस्ता केहि देश हरु छन् जहाँ केहि समय बसे पछी पहिला को देशको नागरिकता नत्यागे पनि तेस देश को नागरिक बन्न सक्छन/ अधिकांस देशहरुमा पहिलाको देश को नागरिकता नत्यागे सम्म तेस देश को नागरिक बन्न सक्दैन/ थुप्रै देश हरुमा त जिन्दगि भर बसे पनि नागरिकता पाइदैन/ तेसैले NRN भन्ने बितिकै दोहरो नागरिकता को विवाद गरेर बिदेशमा बसेर पनि देशको माया गर्छु भन्ने हरुलाई निरुत्साही गर्नु ठिक हैन/ यो कुरा नेता हरु लाई पनि बुझाउन सकेको छैन/ दोहरो नागरिकता भन्ने बितिकै भारत र चीनको कुरा गर्न थाल्छन र तिल लाई पहाड बनाइ दिन्छन/ अनि हो मा हो मिलाएर सबैले नकारात्मक कुरा गर्न थाल्छन/ बास्तबमा देश बनाउने भय सबैले मिलेर काम गर्न पर्छ/ संगठनिक रुपमा nrn धेरै सछेम भैसकेको छ अब सामुहिक लगानी वाट काम थाल्नु पर्छ / राम्रो योजना भयो भने विदेश मा बस्ने भन्दा नेपाल मै बस्ने हरुले बढी लगाउन सक्छन जस्तो लाग्छ मलाई त/ एक पटक को नेपाली सधैको नागरिक हुन् पाए त राम्रै हो तर येसैलाई ठुलो भाग खोज्न आएको ठानिन्छ भने तेस्ता देशमा (विदेश)बसेका हरुले नेपालको( गरिब बनाइएको देश ) को नागरिकता कायेम रही रहोस भनेर रुइ रहनु भन्दा सम्पन्न देश को पनि नागरिक भएको हैसियेतले आफु जन्मेको देशलाई पनि सम्पन्न बनाउने तिर लागि हाल्नु बेश होला/ शायेद तेतिन्जेल सम्म त सारा बिस्व एक भन्ने जागरण पनि आइसकेको हुनेछ कि त ?????

  16. दोहोरो नागरिकता को कुरै छोडौं यी छात्रवृत्ति मा पढ्न गएर भागेका भगौडा हरुलाई छात्रवृत्ति ऐन अनुसार कारबाही गरे कसो होला !!

  17. यिनीहरुले १ प्रतिशत NRN लाई पनि समेट्न सकेका छैन् / सर्पको खुट्टा सर्पले मात्र देख्छ भने जस्तै यो सबै राजनीति भावनाले अभिप्रेरित भएकाहरुले गर्न लागेका मात्र हुन् / युरोप अमेरिकावासी र ठुला वडा, जानेका सुनेका र पढे लेखेका भनिएका बाहुन छेत्री
    NRN हरुले छातीमा हात हालेर आमाको कसम खाएर पहिला आफु भ्रष्टाचारी, राष्ट्रिय दलाल, तस्करी, कालाबजारियाहरुको छोरा छोरी हो कि होइन भनेर प्रमाणित गर्नु नत्र भने चोरको खुट्टा काट भन्ने बित्तिकै खुट्टा उचाल्लु पर्ला / यी नाक चुच्चे र घांटीमा जनै बेरेकाहरु यति रकमी, अधर्मी, धुर्त, फटाहा, जाली, घुस्याहा, भ्रष्टाचारी हुन्छन भन्ने कुरा राजनैतिक इतिहाँसको पाना पल्टाएर हेरे छर्लंग हुन्छ / दशौँ लाख खर्च गरेर युरोप अमेरिकामा पढ्न, बस्न र मोजमस्ती गर्नेहरु ९९ प्रतिशत यिनीहरुकै सन्तानहरु हुन् / हामी नेपालका लाखौं निम्न-मध्यम बर्गीय छोरोछोरिहरुले प्रथम श्रेणीमा उत्तीर्ण गरे पनि पैसाको अभाबले आफ्नै देशमा उनीहरुले चाहेको बिषयमा पढाउन सकेको छैन /

    • हे नाम मात्रको “सत्य” तिमीहरु हरेक कुरालाई जातीयकरण र साम्प्रदायिक दंगा फैल्याउने काम गर्न चाहन्छ्यौ, अनि कुटपिट र झगडा पनि गर्न पछी पर्दैनौ , एदी खप्परमा अलिकति पनि गुदी छ भने यो कुरा बुझ कि विदेश जाने अधिकांश हामी नेपालीहरु आफ्नो पुर्ख्यौली जग्गा-जमिन बेची अनेक कस्ट झेली आयका छौ, र यहाँ हरेक जाति समुदाय बाट छौ, र अर्को कुरा पनि बुझ्दा भलो होला कि -आफुले पनि केहि गर्न नसक्ने अनि अरुको पनि प्रगति देख्न नसक्ने तिमीहरु जस्ता डाहा गर्नेहरु एकदिन तेही डाहा को पिंडामा परेर बहुलाउन बेर छैन होश गर !

      • बिष्णुजी,
        तपाई एकजना स्वच्छ छविको व्यक्तित्व हुनु भएकोमा गर्व लागेको छ / हजुरको विचारमा हाम्रो देशका भ्रष्टाचारी-घुस्याहा अधिकांस नाक चुच्चे र घांटीमा जनै बेरेका नेता, कार्यकर्ता, उच्चपदस्थ कर्मचारी हाकिमहरु, अनि राष्ट्रिय दलाल, तस्करी र कालाबजारियाहरुका छोराछोरीहरु सबै नेपालमा नै वसेर देशको सेवा गरि राखेका छन् होला त? उनीहरुले आफुलाई युरोप अमेरिकामा पढ्न वस्न पठाउन र योग्य वनाउनको लागि लगानी गरेको सम्पति कालो धन हो कि सेतो धन हो भनि एकचोटी माता पितालाई सोध्ने आँट गर्ने हो कि? प्रभु विष्णुलाई धेरैजसो कस्ता कस्ता व्यक्तिको सन्तानहरु युरोप अमेरिका पुगेका छन् / त्यस्ताको तिन पुस्ते सहित तथ्यांक पठाई दिन्छु / कृपया इमेल ठेगाना पठाई दिनुस / कलियुगमा विष्णु भगवानले आँखा चिम्लिएर ध्यान दृष्टिले हेर्नु भएकोले कालोलाई सेतो देख्नु भएछ / एकचोटी आँखा खोलेर गहिएर चिन्तन मनन गरेर मात्र प्रतिक्रिया लेख्नु भएको भए वुद्धिजीवी वर्गमा पर्नु हुन्थ्यो होला /

    • हा…. हा …… हा ………. हामी निम्न स्तरको नेपाली कागलाई बेल पाक्यो हर्ष न बिस्मात !!!!!

  18. योगदान देखि सम्भावना सम्मलाई नै हेर्नु हुन्छ भने पनि अहिलेको अवस्थामा एन आर एन भनेको देश र हामि जनताको लागि न्यूरोडको गुत्पाक ब्यापारी भन्दा बढी हुने कुनै आशा गर्न सकिन्न ! एन आर एन प्रतिको जुन मोह,थोत्रो भ्रम देशमा बिधमान छ त्यो अति नै अबिकशित सोंच अर्थात सामान्यतया गोरा रंगका बिदेशी भनेको अमेरिकन भन्ने भ्रम जस्तै हो ! देशले तारे होटलमा एन.आर.एन हरुलाई आफ्ना भड़ासहरु पोख्न उल्टै २५ लाख उपलब्ध गराएको छ त्यो नेपाली जनताले तिरेको करको निर्लज्ज भएर गरिएको अपमान भन्दा बढी केहि होइन, गाडीको छतबाट खसेर मर्नेलाई शहिद घोषणा गरिने देशमा यो एन.आर.एन.का सुटको चिप्लोमा हाम्रा दरिद्र नेता लडेर मर्न सुहाएकै छ ! त्यहि २ बर्षमा दिइने २५ लाखले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत प्रति व्यक्ति २ लाखको दरले जति युवाले स्वरोजगार कार्यक्रम शुरु गरेर जति रोजगार सिर्जना गर्न सक्छन त्यसको आधा पनि यी एन आर एन हरुले देशको लागि गर्न सकेका छैनन् ! यी आज पनि व्यक्ति वा व्यवसायिक फाइदाका लागि एजेन्डा लिएर दवाब सिर्जना गरिरहेका छन् ! अहिले देश भित्रेका यी ५००-७०० जनाको जत्थामा गैर सोध्नोस् यिनीहरुको देश पार्टीको एन आर एन को लक्ष्य ५०-७० जना लाइ था नहोला, र सोध्नोस् यी आठ बर्षमा यो संगठनले आप्रवासी नेपालीका कुन र कति मुद्दामा कस्तो समाधान निकाल्यो भनेर त्यसबेला थाहा हुन्छ यो संगठनले पनि हाम्रा नेताले जस्तै अन्यायमा परेकाहरुको नाराको ब्यापार गर्दै संगठन भित्रका दह्रा भनाउँदाको व्यापारिक अभिष्ठ पुरा गर्छ भनेर ! बुझौं यो बिगतको उपेन्द्र यादवको फोरम मंच हो जुन पछी दलमा परिवर्तन भएर आज सत्ताको वार्गेनिंग गर्ने हैसियत बनाउंदै थुप्रै नेता भनाउँदा लाइ कमाउने अवसरको सिर्जना गरेको छ अर्थात फटाहा,घुसखोरीको लागि सत्ता स्वरोजगार कार्यक्रमको संयोजक बनेको छ ! यदि साँच्चिकै यी देशको लागि केहि गर्न चाहन्छन भने अहिले कुनै झिंगै नमार्दै आफ्ना सुविधाका वार्गेनिंग किन त ? अहिले सम्म सरकारले २५ लाखको दरले उपलब्ध गराएको रकम बराबरको कुन-कुन (कुनै व्यापारिक नाफा-नोक्सानको हिसाब नआउने ) सहयोग गरे त यिनले देशलाई ? सक्छौ देशको लागि केहि गर सक्दैनौ भाँजो हालेर समस्या नबढाउ, हामि स्वयम् नै ६०१ जनाको झुण्ड बाट आफ्नो खुन-पसिनालाई बलात्कार गराउन बाध्य पारिएका छौं, अनेक शिर्षकमा गर्व नरहने बलात्कार गर्न निरोधका साधन लिएर अब लाइनमा नबस….. हामि आज सम्म यस्तै मन र छालाका भ्रममा परि बिभिन्न शर्तमा नतमस्तक भएर आँखा चिम्लेर बिश्वास गर्दा-गर्दै आज आँखा खोल्दा अन्धा भैसकेका छौं जसले तिम्रा चिल्ला कोटका चमक देख्न छाडेका छौं ! यस पटकको २५ लाखको बिदेशी गाइजात्रालाई बिट मारेर जाउ, तिम्रा घरकाले कुरिरहेका छन् तिम्रो आगमनको सायद मिठो गीत रचेर………

  19. झगडा त मत्थर भयो, तर रगडा कति दिनसम्म रहने हो?!

  20. आउछन गफ दिन्छन फर्कन्छन ……हुने वाला केहि होइन …….आज सम्म के नै काम गरेका छन् र ?

  21. नेपालमा जन्मेकालाइ दोहोरो नागरिकता दिदै दिन्न भन्ने बाबुरामको हठ जति गलत छ उत्तिकै लज्जास्पद एन आर एन को न्यून कर तथा बिना बन्देजको नेपाली नागरिकताको माग छ| नेपाली भै जन्मेकालाई नेपाली नागरिकता बाट बन्चित नगरिकन नेपाल मै बस्ने नेपालीको हकहित मा आच नआउने गरि दोहोरो नागरिकता प्रदान गर्न सकिन्न र?

  22. एन आरएनमा भएको चुनाबी प्रकरणले नै प्रस्ट पार्छ, उनीहरु के चाहनछन भनेर, पहीलो कुर्सी, अनि त्यो कुर्सीमा बसेर चुम्बकले अरुबस्तुलाई ताने झैँ जति पचाउन सकिन्छ आफूतिर तान्ने हो यत्रोबर्ष भयो केहि गर्यो भनेर अहिलेसम्म सुनिएन, यहाँ दोहोरो नागरिकताको कुरा उठेको छ, मजदुरहरुको पैसाले नागरिकता किन्लान, किनकी हाम्रो सरकार उस्तै छ, भोट जित्नलाई र पैसा खानलाई नागरिकता जति पनि छ. तर बिचरा..आफ्नो जीवनको आधाभन्दा बढी नेपाली कला सस्कृतिमा योगदान दिने गोपाल भुटानीले मेरो अन्तिम इच्छा नेपाली नागरिकता हो पुरा गरी दिनुहोस भनेका तर त्यो अधुरो नै रह्यो,

  23. लौ लौ, कति देशको झगडा र किचलो मात्र हेर्ने? हामी नेपालीले बाह्र वर्ष पुच्छर बिदेशी दुंग्रोमा राख्दा ढुङ्ग्रो बांगीएको पनि देख्यौ|
    दोहरो नागरिकताको मांग के का लागि हो? अलि प्रष्ट गरेर कसैले बुझाई दिनुहुन्छ कि?
    इजराएल, आयरल्याण्ड आदि देशहरुले दोहरो नागरिकता दिएका छन्|

    भारतले एन. आर. आई. लाई सबै भोट हाल्न, राजनैतिक पद र सरकारी ब्युरोक्रेसीमा रहन बाहेक सबै अधिकार दिएका छन् रे| नेपालले पनि त्यस्तै गरेर दिए केही आपत्ती होला?
    के एन. आर. एन. ले दोहरो नागरिकता पाएपछि नेपालमा विकाशको लहरी छाउने हो?
    नेपाललाई माया गर्नेले नेपालमा लगानी गर्न एन आर एन कै सदस्य हुनपर्छ र दोहरो नागरिकता हुनपर्छ??
    एन आर एन को टोपी लाएर नेपालको राजनीतिको धमिलो पानीमा माछा मार्ने काम नगरम है| पैसा दिएर वा पावर लाएर जो कोहीले पनि नेपाली नागरिकता र पासपोर्ट पाउँदा बबुरो एन आर एन लाई पनि दोहरो नागरिका दिए हुन्छ तर कन्डिसन राखेर| भोट हाल्न र राजनैतिक पदमा बस्न नपाईने| त्यसो गरे कसो होला?
    नत्र भए एन आर एन को मुद्दा यो मात्र हुने भयो प्रत्येक दुई वर्षमा|

  24. फेरी अर्को नाटक को लागि कलाकारहरु तोकियो | कसैले केहि आशा गर्नु पर्दैन | जो तोकिए उनैका भुडी भरिने हुन् | देशले त फुटेको कौडी नि पाउदैन| अझ हासो लाग्दो कुरा त येसो एक दुइ साल बिदेशमा पसिना बगाउन जानेलाई पनि यन आर यन बनाउन कोशिश गरेको र झुक्यौना खोजिएकोमा दुख लाग्यो | कागलाई बेल पाक्यो हर्ष न बिस्मात !!!!!

  25. At last king can change the decision of ring. Anyway we wanna see the different scene this time , good luck new team.

  26. ल ल जे भए पनि मेरो तर्फबाट King maker लगायत सबै जितुवा हाब्रेहरुलाई बधाई र सुभ कामना !

    खै के आस गर्ने यस्ता कुकुरका पुच्छर जस्ता बांगो नेताहरुलाई, नेपाल र नेपालीलाई यौता असल Leader को आबश्यकता छ / यसको पूर्ति कहिले हुनेहो कसै संग उत्तर छैन / त्यसकारण फेरी भनौ पशुपतिनाथले हामी नेपालीको कल्याण गरुन/

  27. जे भए पनि राम्रै भयो, कोलोम्बो प्लान मा छात्रवृति पाएर रसिया जादा त्यहाको मन्दी को फाइदा उठाएर पैसा कामाका जीवाले नेपाल मा लागेको मन्दी को पनि राम्रै फाइदा लिन्छन जस्तो हाम्लाई लाईराछ. देश लाई नवयेनी आफैलाई .

Comments are closed.