आफ्नै माग बाबुराम भट्टराईले पूरा गर्लान्?

२०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि यो यो माग पूरा गर भनेर संयुक्त जनमोर्चाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग बुझाएका थिए। यही माग पूरा नगरेको भन्दै माओवादीले फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो। यी माग बुझाएका थिए हालका प्रधानमन्त्री बाबुराम भट्टराईले।

भट्टराईको हस्ताक्षर भएको ४० बूँदे मागमध्ये अधिकांश भारतसँग सम्बन्धित छ। आजैदेखि भट्टराई भारत भ्रमणमा जाँदैछन्। के आफ्नै माग पूरा गराउन उनले भारतसँग यी कुरा उठाउलान् ? यदि उठाएनन् भने सत्तामा नहुँदासम्म यही कुरा उठाएर सशस्त्र आन्दोलन गर्ने अनि सत्तामा पुगेपछि लम्पसार पर्ने भन्ने आरोप त उनले सुन्नु पर्ने नै छ।

आउनुस् हेरौँ, २०५१ साल माघ २१ गते माओवादी पार्टी गठनपूर्वको भट्टराई अध्यक्ष रहेको संयुक्त जनमोर्चाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राखेको ४० सूत्रीय मागहरू के के थिए त ?

१. सन् १९५० को नेपाल-भारत सन्धि लगायत सम्पूर्ण असमान सन्धि-सम्झौताहरू खारेज गरिनुपर्दछ।

२. २०५२ साल माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धी अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकाले उक्त सन्धी तत्काल खारेज गरिनु पर्दछ।

३. नेपाल-भारत खुला सिमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ। नेपालभित्र भारतीय नम्बरप्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनु पर्छ।

४. गोरखा भर्ती केन्द्र रद्द गरिनुपर्छ र नेपालीहरूलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरिनुपर्छ।

५. नेपालभित्र विविध क्षेत्रमा कामको निम्ति स्वदेशी कामदारहरूलाई नै प्रश्रय दिइनुपर्छ र विशेष अवस्थामा विदेशी कामदारहरूलाई काममा लगाउनु पर्दा वर्क परमिट प्रथा लागू गरिनु पर्छ।

६. नेपालको उधोगधन्दा, व्यापार र वित्तीय क्षेत्र एकाधिकार पूँजीको आधिपत्य अन्त्य गरिनुपर्छ।

७. आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गरिनुपर्छ।

८. साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ। देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ।

९. एन. जि. ओ/ आई. एन. जि. ओ. आदिको नाउँमा देशभित्र साम्राज्यवादी-विस्तारवादी घुसपैठको अन्त्य गरिनुपर्छ।

१०. जनगणतन्त्रात्मक व्यवस्था स्थापनाको निमिक्त चुनिएका जनताका प्रतिनिधिहरूद्वारा नयाँ संविधान निर्माण गरिनुपर्छ।

११. राजा र राजपरिवारको सबै विशेषाधिकार अन्त्य गरिनुपर्छ।

१२. सेना, प्रहरी, प्रशासन पूर्णरूपले जनताको नियन्त्रणमा हुनुपर्छ।

१३. सुरक्षा ऐन लगायतका सबै दमनकारी ऐनहरू खारेज गरिनुपर्छ।

१४. राजनीतिक प्रतिशोधका कारण झुठ्ठा मुद्दामा फसाइएका रूकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछापलगायत जिल्लाहरूका वन्दीहरू तत्काल रिहा गरिनुपर्छ र सबै झुठ्ठा मुद्दाहरू खारेज गरिनुपर्छ।

१५. जिल्ला‍-जिल्लामा भइरहेको सशस्त्र प्रहरी अपरेशन, दमन र राज्य आतंक तुरून्त बन्द गरिनुपर्छ।

१६. विभिन्न समयमा पुलिस हिरासतबाट बेपत्ता पारिएका दिलीप चौधरी, भुवन थापा मगर, प्रभाकर सुवेदीलगायतका व्यक्तिहरूको बारेमा निष्पक्ष छानविन गरी अपराधीहरूलाई कडा‍-कारवाही गरिनुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनुपर्दछ।

१७. जनआन्दोलनको क्रममा मारिएकाहरूलाई शहिद घोषणा गरिनुपर्दछ, शहिदका परिवार तथा घाइते र अपाङ्गहरूलाई उचित क्षतिपूर्ति दिइनुपर्छ र हत्याराहरूमाथि कडा कारवाही गरिनुपर्छ।

१८. नेपालला‌ई धर्म निरपेक्ष राज्य घोषित गरिनुपर्छ।
(यो चाहिँ पूरा गराएरै छाडे)

१९. महिलाहरूमाथिका पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्छ। छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिनुपर्छ।

२०. सबैखाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्छ जनजातिहरूको बाहुल्य भएका क्षेत्रहरूमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्छ।

२१. दलितहरूमाथिको भेदभाव अन्त्य गरिनुपर्छ। छुवाछुतको प्रथा पूर्णरूपले बन्द गरिनुपर्छ।

२२. सबै भाषा-भाषीहरूलाई समान अवसर र सुबिधा दिइनुपर्छ उच्च माध्यमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइनुपर्छ।

२३. वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेण्टी हुनुपर्छ। सरकारी सञ्चारमाध्यमहरू पूर्णरूपले स्वायत्त हुनुपर्छ।

२४. वुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिकर्मीहरूको प्राज्ञिक स्वतन्त्रताको ग्यारेण्टी गरिनुपर्छ।

२५. पहाड र तराइको क्षेत्रीय भेदभाव अन्त्य गरिनुपर्छ, पिछडिएका इलाकाहरूलाई क्षेत्रीय स्वायत्तता प्रदान गरिनुपर्छ गाउँ र शहरबीच सन्तुलन कायम गरिनुपर्छ।

२६. स्थानीय निकायहरूलाई अधिकार र साधनसम्पन्न बनाइनुपर्छ।

२७. जमिन जोत्नेको हुनुपर्छ। सामन्तहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ।

२८. दलाल तथा नोकरशाही पूँजीपतिहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ।

२९. सबैलाई रोजगारीको ग्यारेण्टी गरिनुपर्छ। रोजगारी नपाउञ्जेल वेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ।
(उस् उस् उस् लौ हेरौँ न त गरेको आफै सत्तामा हुँदा)

३०. उधोग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरूको ज्याला निर्धारण गरी त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था गरिनुपर्छ।

३१. सुकुम्वासीहरूलाई वसोवासको उचित ब्यवस्था गरिनुपर्छ वैकल्पिक बसोबासको ब्यवस्था नगरी सुकुम्वासीहरूलाई उठीबास गर्ने काम तुरून्त बन्द गरिनुपर्छ।

३२. गरीब किसानहरूलाई बसोबासको उचित ब्यवस्था गरिनुपर्छ। कृषि विकास बैंकबाट साना किसानहरूले लिएको मिनाहा गरिनुपर्छ। साना उद्योगीहरूलाई समुचित कर्जाको ब्यवस्था गरिनुपर्छ।

३३. मल, वीउ सस्तो र सुलभ हुनुपर्छ। किसानहरूलाई उत्पादनको उचित मूल्य र बजारको ब्यवस्था गरिनुपर्छ।

३४. बाढीपीडित र सुख्खाग्रस्त क्षेत्रहरूमा उचित राहतको ब्यवस्था गरिनुपर्छ।

३५. सबैलाई नि:शुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको ब्यवस्था गरिनुपर्छ।शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ।

३६. महंगी नियन्त्रण गरिनुपर्छ। महंगीका अनुपातमा ज्याला वृद्धि गरिनुपर्छ। दैनिक उपभोगका वस्तुहरू सस्तो र सुलभ तरिकाले आपूर्ति गर्ने ब्यवस्था गरिनुपर्छ।

३७. गाउँ-गाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको ब्यवस्था गरिनुपर्छ।

३८. कुटीर तथा साना उधोगहरूलाई विशेष सहुलियत र संरक्षण दिनुपर्छ।

३९. भ्रष्टाचार, कालोबजारी, तस्करी, घूसखोरी, कमिसनतन्त्र अन्त्य गरिनुपर्छ।

४०. अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाहरूको उचित संरक्षणको ब्यवस्था गरिनुपर्छ।

74 Comments

  1. खोइ? के भन्ने भन्ने कुरा त राम्रै छन् तर शंकै लाग्छ ,आश गरौ भर नपारौं होला है मित्र हो

  2. बाबुरामको व्यक्तिगत “योग्यता” लाई पुरस्कृत गर्न मात्रै त् यो सरकार गठन भएको भय कुरा अर्कै हुने थियो तर प्रचान्द्रकै शब्दमा ” देसमा शान्ति बहाल गर्न र सबिधान बनाउन ठुलै त्याग गरेर बाबुरामको नेत्रित्वोमा यो सरकारको गठन भएको” भनिएकोछ/

    अहिले प्रचान्द्र्ले उल्लेख गरेको “त्याग र नेत्रित्वो” शब्दमै प्रश्न हरु उठेकोछ; त्यो पनि मावोबादी भित्रै बात!!!/ बाबुरामको नेत्रित्वोमा सरकार गठन गर्न मावोबादी दलले के के त्याग गरेको छ? कतै आफ्नै ती ४० बुंदे मागहरुले समेटेको नेपालीको आसा र बिस्वसलाई नै त् त्यागेको छैन?

    नेपाल माथि असमान सन्धिहरु लाद्ने, नेपालको कालापानी कब्जा गर्ने, सुस्ता लगायत अन्य नेपाली भूभागमा अतिक्रमण गर्दै आउने, स्वतन्त्र देस नेपालको राजनीतिमा नाङ्गो हस्त्छ्याप गर्दै आउने भारतलाई मावोबादिले “नेपालको मित्र होईन सत्रु” भन्दै आएको थियो/

    प्रचान्द्रले ७ चोटी सम्म चुनाव हार्नु परेता पनि भारतले मधेसीको मागहरु मान्न दिएको दवाव मानेको थिएन/ त्यो प्रचंद्र्को मावोबादीको भन्दा आजको बाबुरामको मावोबादीको नीतिमा मात्रै होईन उहिलेको प्रचंद्र र अहिलेको प्रचान्द्रमै धेरै भिन्नता देखिएको के मात्र हाम्रो भ्रम हो बा यो भित्र भारत जस्तो कुटिल रास्त्रलाई झुक्याउने खेल लुकेको छ?

    किरण बैद्यले बाबुरामको मावोबादी माथि लगाएको आरोपहरु अत्यन्त झस्काउने खालको छ/ ई आरोपहरु असत्य साबित होस्/तर सबै नेपालीको बराबर प्रतिष्ठा र अधिकारको नारा लगाउंदै ४० बुंदे मागहरु देखायर नेपालीको बहुमत लिएको मावोबादी दलको “बाबुरामको नेत्रित्वोको सरकार” को “माहुते” नेपालनै टुक्राउने धम्कि दिने मधिसे दल” बनेको बात हाम्रो पवित्र चाहना माथि अनेकौं “तर” हरु तेर्साई दिएकोछ/

    बाबुराम प्रधान मन्त्रि बन्नु भन्दा पहिले बाबुराम अति योग्य भएको ढोल चारै तिर बात पिटियो/ भारतलाई सत्रु भन्दै गर्ने प्रचान्द्र्लाई बैद्य सिट मिलेर बाबुरामले झुक्न बाध्य बनायो/ प्रचंद्र सबै कुरामा झुके पछी बाबुराम प्रधानमन्त्रि बने/ प्रधानमन्त्रि बनि सके पछी बैद्य बाबुरामको निमित मित्र रहेन र बैद्यको रास्ट्रबाद पनि बाबुरामको निमित महेन्द्र कालिन रास्त्रबाद जस्तै भयो/

    महेन्द्र कालिन रास्त्रबाद भारतको बिरुद्ध भएको आरोप लगाईन्छ त् बैद्यको रास्त्रबादलाई बाबुरामले “महेंद्रकालिन रास्त्रबाद” भनेर बाबुरामले आफुलाई र बैद्यलाई के साबित गर्न खोजेको हो?

    मावोबादीको नेत्रित्वोको सरकार मात्रै होईन मावोबादीको समर्थनमा बनेको एमालेको झलनाथको नेत्रित्वोको सरकारको गिराउन कुनै पनि प्रयत्न गर्दै आएको भारतले समेत बाबुरामको सरकार बनेकोमा “अच्चम्मै” सिट हार्दिक संतुस्ती देखाएको देखिन्छ/ के यो कुरा बाबुरामको योग्यता कांग्रेस एमाले बात समेत प्रसंसित भयकै कारणले मात्रै हो बा..?

    हामीलाई अच्चम्मित पार्ने भारतको यो रुप र नीति भित्र “पवित्रता” होस् षडयन्त्र लुकेको नहोस र बाबुरामको योग्यता र पदमा नेपालको झण्डाको गौरव अझै महान होस्/

  3. राजनीतिमा कम्युनिष्ट र धर्ममा मुस्लिम आतिबादी एकै हुन् , बाबुराम आयो बाबुराम आयो फुस्सा | देशले किन केहि पाउनु पर्यो , माओबादी ,मधेसी , काँग्रेस ,यमाले ले पाय भैहाल्यो , भाडमा जाउन नेपाली

  4. हरे! नेपालीहरुको बानी!

    राता-रात परिवर्तन हुने भए के नै थियो र? प्राथमिकता क्रममा सबै समस्याको हल खोज्नुपर्छ. अहिलेको अवस्थामा भारतको सहयोग, शान्ति र संबिधानको खाँचो छ हामीलाई.
    शान्ति छैन, संबिधान छैन, एउटा स्थिर सरकार छैन, के को आड मा लड्ने हो खोइ? अनि येस्ता माग हरु अहिले उठायो भने, भारतीय दलालहरुले सरकार ढाल्छन र हामी फेरी ६-७ महिना अर्को कुनै बहादुर, प्रशाद, वा कुमार को सरकार बनाउदै ठिक्क हुनेछौ.

    बांगो बाटोमा सिधा हिड्नु हुदैन, लडिन्छ. उपयुक्त समय, स्थिर सरकार, बलियो रास्त्रियता र एकता बिना, येस्ता सवालहरु उठाउनु बेकार हुन्छा.

    ”खोइ हेरौ न, येसले के लछारपाटो लगाउछ” भन्ने हरुलाई एउटी जवाफ छ – कि आफै गरेर देखाउनुस, कि गर्न आफ्नो ठाउँ बाट सहयोग गर्नुस, कि कसरी र कस्तो तरिकाले गर्ने भनेर बताउनुस, कि मौन बस्नुस! बेकारमा कूरा काट्नु बुद्धिमानी होइन.

  5. माओबादी अडानका कारण एस्तो स्तिथि पैदा भएको हो…खुरुक्क हतियार बुझाएर सेना समायोजन गरे भै हाल्यो…किन नानाभाती बखेडा झिकिराख्नु…नेपाली कांग्रेस नभएको भए त लोकतन्त्र भन्ने चिज नै नेपालीले नदेख्ने….सबै मुर्ख जनतालाइ चेतना भय…

    • राम शर्माजी
      बडो सहि कुरा गर्नु भयो!!!, हो नि त् हगी गणेशमानजीले २०४६ सालमा बल्ल तल्ल नेपालको सम्पूर्ण बाम्पन्थिहरुलाई समेत नेपाली जनताको अधिकारको निमित प्रजातन्त्रबादीहरु सिट मिलेर बस्न सकिने राजनैतिक बातावरण बनाएको लाई गिरिजाले भताभुंग नगरेको आजको यो लोकतन्त्र नेपाली जनताले भोग्ने पर्ने थिएनन्/

      आजको यो जात जातिमा देस टुक्रिनु पर्ने, नेपालीहरु मधेसी पहाडी र हिमालिमा विभाजित हुनु पर्ने तराई बात मधेसी जात बात नेपालीहरु पहाडी भएको आरोपमा लखेटिनु पर्ने, “मधेसी बिशेससता” नस्विकारेमा संबिधान समेत बनाउन नसक्ने यो दिल्ली मार्काको लोकतन्त्रको मूल नायक कांग्रेसनै हो, येस्मा कुनै संखानै छैन/ रामजीले बडो सहि कुराको पोल खोल्नु भयो/ धन्यबाद/

  6. माग गर्न जति सजिलो छ .तर आफैले बन्दोबस्त गर्न निकै गाह्रो हुन्छ भन्ने कुरा बल्ल माओबादीहरुले बुझ्दै होलान …भारत संगको असमान सन्धि सम्झौता खारेज गर्न एमाले काग्रेस पार्टीले दिएन भन्थे आज आफ्नै बहुमत छ गरे भैहात्यो नी ….कसले रोकेको छ तिनलाई ???

  7. प्रायोजक हरु को अभाब मा बुंदा न १८ बाहेक अरु पुरा हुन सकेन

  8. खै के चहि पुरा गर्ने ? अव जनताले पनि सबैभन्दा धेरै भोट त्याएर जिताएकै हुन क्यारे, प्रचण्डले गर्न देनन् भन्थे प्रधानमन्त्रि बनाई दिएकै हुन क्यारे, अनि काग्रेस एमालेले गर्न दिएनन् भन्थे संबिधान सभामको म्याद उनै बादरे माओबादिले जस्तो सर्त नराखि थपिदिएर सहयोग गरेकै हुन क्यारे अव बाबुराम लाई के गर्दिनु प¥यो त ? प्रतिपक्षले ज्यानमारा र देसद्रोहि मन्त्रिको बिरोध गरेर नैतिकताको पाठ बिपक्षी दलहरुले सिकाएकै हुन के चहि गरुन बिपक्षीले । धेरै पढेर बिद्रोह गर्ने बाबुराम जस्ता क्रान्तिकारीले आफ्नै पार्टिको माग पुरा गर्न सकेमात्र पनि आधा समस्या हल हुन्छ शान्ति प्रकृयाको ….
    फेरी कुन चहि माग सम्बोधन गर्नु सबै माग आफैले उठाएका हुन् सबै माग समान छन् । भारत संगको असमान सन्धि सम्झौता अरु खारेज गर्न एमाले काग्रेसले दिएन भन्थे आज ति बाहेक आफ्नै बहुमत छ गरे भैहात्यो नी ….

  9. माओबादीको एकमना सरकार भएको भए उनीहरुलाई जत्ति पनि आलोचना गर्न र परिक्षण गर्न पाइन्थ्यो, तर अहिलेको तरल अवस्थामा र अरुसंग सत्ता साझेदारी गरेर प्रम बनेको अवस्थामा, अनि बाबुराम दिल्ली नजादै दूरगामी महत्वका सन्धि/सम्झौता नगर्ने भनेरै गएको अवस्थामा यो अग्नि परीक्षाको घडी भनेर भनिहाल्न मिलेन कि?

  10. माओबादी ले ति मागहरु नेपाली हरु को भावना माथि खेलबाड गर्न को लागि उठाएका थिए , सम्बोधन गर्न हैन , उनीहरु लाही निउ चिएको थियो तेतिमत्र हो , १९५० को सन्धि खारेजी देखि भारतीय चलचित्र र पत्रिका बन्ध गर्ने सम्म क माग हरु का बारेमा कुनै कुरा नहुनेरे यो भ्रमण मा (प्रचण्ड को मा पनि भएन ) बरु बिप्पा सम्झौता हुने सम्भावना छ , जुन १ दसक देखि भारतले प्रस्ताब गरेपनि नेपाल को हित मा नभएकाले कुनै पनि सरकारले स्वीकार गरेका थिएनन् तर बाबुराम ले भ्रमण मा जानु भन्दा २४ घण्टा अगडी यो बिसय लाही उठाएर सम्झौता गर्ने भएका छन् जसले गर्दा नेपाली जनता को करको पैसा क्षतिपूर्ति तिर्दैमा जाने सम्भावना छ, श्रम , सुरक्षा , उर्जा लगाएत क विभिन्न समस्या हरुको दिर्गकलिन समाधान नाखोजिकाना गरिने यो सम्झौता राष्ट्र हित बिपरित हुन्छा/

    बाबुराम ले पेस गरे को बुदा १-९ सम्म भारत संग समबन्धित छ , तर आज बाबुराम प्रधान मन्त्रि त उनकै पार्टी क नारायण काजी विदेश मन्त्रि हुदा पनि यो बिसय नउठाउनु ले माओबादी र बाबुराम को दोहोरो चरित्र प्रस्ट हुन्छ , उनीहरु को कथित रस्त्राबाद को धोति खुस्किएको छ, र बस्ताब मा बाबुराम आफ्ना प्रभु को दर्सन गर्न भारत भ्रमण गएका हुन् , फूलपाती स्वोरुप किस्तीमा बिप्पा सम्झुताको ड्राफ्ट बोकेर /

    आज सम्म नेपाल क प्रधानमन्त्री ल पाएको स्वागत मंध्ये सबैभन्दा खल्लो स्वागत बाबुराम ले पाए , विदेश क राष्ट्र प्रमुख वा सरकार प्रमुख जो आएपनि भारत मा राज्य मन्त्रि ले विमानस्थल मा स्वागत गर्ने प्रचलन छ, प्रचण्ड र माधब नेपाल मात्र हैन पुटिन , कारजाई हरुलाही पनि तेस्तै स्वागत भएको थियो तर यो पटक नेपाली प्रधानमन्त्रि लाही कर्मचारी बाट स्वागत भयो , राजनैतिक बेक्ती कोहि थिएन, येश्ले कुटनैतिक रुप मा महत्वो रखादछा र केहि संकेत पनि गर्दछा , नेपालीप्रधान मन्त्रि कम्जोर धरातल , कम्जोर अत्मबिशोवास को उपज हो यो, प्रधानमन्त्री को अपमान राष्ट्र को अपमान हो , बाबुराम र माओबादी लाही चेत आहोस, चर्क लफ्फाजी हान्ने परेको बेलामा र चिएको ठाउमा बोल्न नसक्ने हरु ले योदेश को राष्ट्रिय स्वाभिमान जोगौना सक्दैनन् , यहाँ माओबादी र बाबुराम ले नापुन्ग्सकता देखाएका छन्/

    • भाई राकेश अर्को पटक लेख्दा अलि अध्यन गरेर मात्र लेख्ने गर्ने गर्नु है I

  11. आफैले राखेको मागहरु बाबुराम र माओवादीलाई देखाउने भने …उहिलेका कुरा खुइलेर गए नगर त्यो कुरा …गीत गाउन सुरु गर्छन

  12. जून देश मा कम्युनिष्ट धेरै तै देश मा गरिब धेरै हुन्छा त्यसको उदाहरण बाबुराम भट्टराई सरकार अनि नेपाल मा कम्युनिष्ट पार्टी हरु …………………..

  13. शेरे ले भनेको कुरा याद आयो | मावोबादिलाई अझै केहि चोटी सत्ता को स्वाद चाख्न दिउ सबैले , तेस्पछी कंग्रेश्लाई भ्रस्टचारी भन्ने छैन | उसको माग बिर्सिने छ ,आसय थियो |
    त्यो घुम्ने मेचमा बस्न पाएपछि ,जंगल को जान्छ ? ठिकै भनेछन |
    “”नेपाल आमा लै यी दलाल हरुले बलात्कार गर्दै आएका छन् | चिल्ला गाडी चाद्नेलाई रोल्पाको दुख के थाहा | एस्त बलात्कारी, भ्रस्टचारी,दलाल र पुन्ज्जिबादी सामन्ती लै परस्त गर्न क्रान्ति को आवस्यक छ र क्रान्ति बन्दुकको नाल बाट निस्कन्छ | “”
    मावोबादीको भासन सुनेको थिए ,आज येही कुरा हरु याद आयो | क्रान्ति त आफ्नो लागि रहेछ बेकारमा दाजुभाई बीच लड्न लगाए |

  14. के नचाहिने संका गर्या भन्या ? पुरा गर्छ | पक्का गर्छ | १०० % गर्छ | तर पछाडी बाट |

  15. बल्ल पर्यो निरमाया माकुरी आफ्नै जालमा.. ! कुराले च्युरा भिज्दैन बाजे..!!
    – जाने जति देखे जति मागहरूको फहरिस्ते बनाउन त जो कोहिले पनि सक्छ !

  16. एउटा ठग ले जनता लाई ठग्नु ठगि सक्यो आर्को ल्थाग आई र छ उसले पनि यी झुटो सपना बाड्ने छ अनि ठग्ने छ /यहि परम्परा चली रहने छ नेपाल मा/

  17. कति देखि सकियो कति देखिने छ | कम्निस्टहरुको स्वाद जनताले राम्ररी चाखे | लगभग (७०-८०) % जनताले “बाबुराम तिमी केहि गर्न सक्छौ केहि गरेर देखाऊ हामी तिम्रो साथमा छौं” भन्दा नि सिन्को भाँच्न नसक्नेले कति दिन ‘मुस्तांग’ लोकप्रियताले लाज ढाक्न सक्लान र ?
    २०४६ साल देखि अहिले सम्म कहिले अन्तरिम सरकार, कहिले मुख्य प्रतिपक्ष, कहिले अल्पमतको सरकार, कहिले संयुक्त सरकार, त कहिले कथित तर खरो जनसरकार मार्फत कम्निस्टहरुको प्रत्यक्ष या अप्रत्यक्ष उपस्थिति भएकै हो उनीहरुको | आजका मितिसम्म आइपुग्दा ५-५ जना सरकार प्रमुख नि कम्निस्ट नै भए |झन् ‘निस्पक्ष’ संविधान सभामा करिब करिब २ तिहाई बहुमत आर्जेका नै हुन् कथित सर्वहारा र क्रान्तिकारी हरुले | खै गरे के त जनताको लागि ? अझै नि यिनीहरु आफुले आफैंलाई क्रान्तिकारी, अग्रगमन कारी, आमुल परिवर्तनकारी, जनवादी, सर्वहारा आदि जस्ता शब्दहरुले शृंगार गर्न लाज लाग्दैन ? हुन त १५,००० निर्दोष नेपालीलाई बलिको बोको बनाउने, लाखौंलाई अंग भंग तुल्याउने, विकासका संरचनामा बम बारुद र आगो लगाउने, चन्दाका नाममा खुले आम लुट्ने, गाउँ गाउँका बैंक कब्जा गरि शहरमा महल ठड्याउने, विलासिताको जीवन भोग गर्ने र कानुनले ठहर्याएका हत्याराहरुलाई सभाषद र मन्त्रि जस्ता पदले सम्मान गर्नेहरुलाई के गर्दा पो लाज लाग्ला र ?

    • होइन यो मान्छे केपी ओली को छोरो नाती या रामशरण महतको ज्वाई हो? बोलि त सेम छ त बा.

      • घिसिंग जी प्रतिक्रियाका लागि धन्यवाद ! म एक आम नेपालीको छोरो हुँ |कुनै राजनैतिक दलालहरुसंग मेरो बोलि तुलना नगर्नु होला किनकि नेपाली भाषा कसैको पेवा होइन | के सर्व साधारण नेपालीको आफ्नो पहिचान नै छैन यहाँका नजरमा ? राजनीतिको चश्मा खोलेर हेर्नु होला मित्र मेरो प्रतिक्रिया !

        • मनोज जी ,मैले राजनैतिक चश्मा मात्र हैन सामान्य चश्मा समेत खोलेर तपाइको लेख पढे तर यसबाट तपाइलाई कतै पनि केवल एक आम नेपालीको छोराको रुपमा मात्र पाउन सकिन I तपाइको आफ्नो लेखानुसर,लेखमा ब्याख्या गर्नुभएको भन्दा अन्त कतैपो वा कसैको अन्धभक्त हुनुहुन्छ भन्ने पाइयो I बरु तपाइले यो लेख लेख्दा चश्मा खोलेर लेख्नु भएको भए,चश्मा लगाएर आफ्नो लेखमा के लेखेको छु भनेर पढेर मात्रै प्रतिक्रिया लेख्दापो राम्रो हुन्थ्योकी ! तर म तपाइलाई तपाइले जस्तो राजनैतिक चश्माको सुझाब दिन्न, जस्तोसुकै किसिमको चश्मा लगाए पनि हुन्छ I धन्यवाद !

          • एउटा प्रतिक्रिया सन्दर्भ अनुसार लेख्दा नै उपर्युक्त हुन्छ भन्ने मेरो बुझाई हो | र, सन्दर्भ त्यहि हो जुन कुरा सालोक्य जी को लेखको शिर्षक, त्यसमा जोडिएका ४० सुत्रीय माग अनि त्यसका सुत्रधार नै अहिलेका सरकार प्रमुख र त्यो सरकारका प्रमुख निर्माता जो ‘जनयुद्ध’का कमान्डर | त्यसै गरि संविधान सभा पछी यी लगातार चौथो कम्निस्ट प्रधान मन्त्रि | अनि पछिल्ला ५-६ वर्षमा नेपालको सरकारमा समग्र कम्निस्टहरुको वर्चस्व अनि त्यसका परिणामहरु | ०४६ यता हेर्ने हो भने पनि कनिस्टहरु को उपस्थिति दमदार भएकै हो | सबै कम्निस्टहरुको जनमत जोड्दा त जहिले नि ५०% नाघेकै छ, अहिले त झन् दुइ तिहाई नै होला |
            यसबाट के प्रस्ट हुन्छ भने अहिले सम्म सस्तो लोकप्रियता, सस्ता प्रचारबाजी सस्ता नारा त्यसले पनि नपुगे डर,धम्की आदिले जनताको मत उपभोग गरिरहेका छन उनीहरुले | अनि यसवापत जनताले पाएका चैं के छन त ? जनताले हिसाब किताव खोज्ने बेला कहिले हो त ? अझै जनविद्रोह रे, हाम्रा जनता रे | मेरो बुझाइमा ८०% भन्दा बढी नेपाली जनता राजनीतिक रुपमा तटस्थ छन | र उनीहरु नै हुन् जसले पंचायत पछारे, राजालाई गलहत्याए, कांग्रेसलाई लोप्पा खुवाए | के कम्निस्टलाई चैं जे गरेनी छुट होला त मित्र ?

  18. लगभग सबै बूँदाहरू जायज थिए र छन् । यदि एकाध मागमात्रको सुनुवाइ भइदिएको भए पनि विद्रोह अनि युद्धमा देश जाकिने थिएन । तत्कालीन सरकार वा भनौं देउवा सरकारले यी मागको सुनुवाइतिर पटक्कै ध्यान नदिएका कारण नै हो जनयुद्धसम्मको अवस्था आयो । जहाँसम्म यी बूँदाहरूको कुरा छ, केही कुराहरू पूरा भएका छन्, केही हुने क्रममा छन् भने केही पूरा हुने पृष्ठभूमि बनेको छ । केही महत्त्वपूर्ण विषयको चर्चा गरौं ।
    – भारतसँगका भएका असमान अनि नदीनालाबारे सन्धी सम्झौता परिमार्जनमात्र होइन खारेज नै हुनुपर्छ । यस्ता सन्धी सम्झौता अनि सीमाका कुरा एउटा नितान्त कुटनीतिक विषय हुन्
    । यसका लागि नेपाल एक्लैले मात्र गरेर हुँदैन । वर्तमान राजनीतिक अवस्थामा अन्य दलहरूले कहिल्यै यसबारे कुरा उठाउलान् जस्तो लाग्दैन; माओवादी एक्लैले पनि तत्काल केही गर्न सक्ने अवस्था पनि छैन न त यस्ता महत्त्वपूर्ण कुराहरूबारे कुनै निर्णय लिन अरु दलले नै दिनेछन् । यो सरकारको कुनै अधिकारै छैन भनेको सुनिएकै छ, प्रचण्डको पालामा पनि गिरिजाले त्यसै भनेर यस्ता कुराहरू उठ्न सकेनन् । तर पनि यसको पृष्ठभूमि तयार भएको छ र संविधान निर्माण अनि शान्ति प्रक्रिया टुंगोमा पुगेपश्चात् सबैको सहमतिमा भारतसँग कुरा हुने अवस्था पक्कै पनि बन्दै गएको छ ।
    – नेपालमा भारतीयबाहेक मात्र पनि ५० हजारभन्दा बढी विदेशी कामदारहरू रहेको अनुमान छ । स्मरण रहोस्, भारतीय नागरिकलाई ५ हजार र अन्यलाई १० हजार वार्षिक श्रम स्वीकृति शुल्कको व्यवस्था छ । तर विदेशी कामदारको आधिकारिक तथ्यांकसमेत सरकारसँग नहुनुबाटै नेपालले कति धेरै आर्थिक घाटा व्यहोर्नुपरिरहेको छ भन्ने अनुमान लगाउन सकिन्छ । आम नेपालीका ठाउँमा समेत विदेशीहरूले निर्वाधरूफमा नेपालमा काम गर्न पाउने तर नेपालीहरूचाहिँ सकीनसकी खाडीजस्ता ठाउँमा रगत-पसीना चुहाउन जानुपर्ने; यो अर्को र महत्त्वपूर्ण पाटो हो । जे होस्, एक महिनाअघिजसो सरकारले यसबारे अनुगमन गर्ने तयारी गरिसकेको समाचार आएको हो । यसलाई राम्ररी अघि बढाउने हो भने उमेशजीले २९ नंको बूँदामा जस्तो ‘उस्उस्उस्’ भन्न पाउनुहुनेथिएन ।
    – केही वर्षअघि काठमाडौंका खालीभित्ताहरूमा भारतीय सी ग्रेड चलचित्रका पोष्टरहरू जताततै देखिन्थे, हलहरूमा मज्जाले चलाइन्थे । छाडा र अश्लिल मानिने यस्ता चलचित्र अहिले बन्द भइसकेको अवस्था छ ।
    – राज्य पुनर्संरचनाजस्ता नयाँ संविधानमा हुने व्यवस्थाले आर्थिक नीतिका कुराहरूमा अवश्य पनि सुधार ल्याउनेछ । यससँगै विदेशी संघसंस्थाहरूको अनावश्यक चलखेलका सम्बन्धमा पनि नयाँ संविधानमै व्यवस्था गरिनु उपयुक्त हुन्छ । अहिलेको अन्तरिम संविधानले यस्ता संवेदनशील कुराको सम्बोधन गर्न सक्दैन ।
    – जनप्रतिनिधिले नयाँ संविधान गर्ने प्रक्रिया चलिरहेकै छ, राजा र राजपरिवारको विशेषाधिकारमात्र होइन अन्त्यसमेत भइसकेको छ । सेना, प्रहरी, प्रशासन जनताको नियन्त्रणमा आएको र आउने क्रममा छ ।
    – महिलाहरूले पुरुषसरह समानअधिकारमात्र होइन विशेष व्यवस्थाहरूसमेत भएका छन् । पैतृक सम्पत्तीमाथि समानअधिकार पनि स्थापित भएको छ ।
    – जातीय शोषण उत्पीडन अन्त्यका विषयमा पनि उपलब्धि भएको छ भने जनजातिहरूको बाहुल्य भएका क्षेत्रहरूमा जातीय शासनको व्यवस्थाको कुरा पनि उठिरहेकै छ । हावा तालमा जातीय राज्यको विरोध गर्नेहरूले मनन गर्नुपर्ने शब्द छ यहाँ ‘बाहुल्यता’ ।
    – जसको जोत उसको पोतजस्ता नारालाई सार्थक बनाउने अनि नोकरशाही पूँजीपतिहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिने कुरा पनि भएकै हो । सम्पत्ति ‘कब्जा’को कुरा स्मरणीय छ यहाँ । कब्जा गरिएका भनिएकाहरूले स्रोत खुलाउन नसक्ने भएका कारण यसबारे बोल्न सकिरहेका छैनन्, उनीहरू माओवादीइतर पार्टीहरूलाई उचालिरहेका छन् र यसलाई प्रतिशोध साँध्ने मुद्दा बनाइरहेका छन् ।
    – सरकारी शिक्षण संस्थाबाट प्रमाणपत्र तह हटाउने निर्णयले आम नेपाली जनतामा केही आहत पुर्याएपनि शिक्षा क्षेत्रमा व्याप्त राजनीति हटाउन यसले मद्दत पुर्याउने पक्का छ र प्रमाणपत्र तह हटाएदेखि सरकारी शिक्षण संस्थामा विद्यार्थी राजनीतिको कुप्रभाव धेरै कम हुँदै गएको छ । केही पाउन केही गुमाउनुपर्छ कहिलेकाहीँ ।
    – भ्रष्टाचार, कालोबजारी, तस्करी, भ्रष्टाचारका विषयहरूमा अहिले व्यापकरूपमा वहस छलफल र उपलब्धिहरू भइरहेको हामीले महशूस गरेकै कुरा हो । यसलाई चानचुने उपलब्धि मान्नहुँदैन ।
    अन्त्यमा, यी सब जनयुद्धले बनाइदिएको पृष्ठभूमिका कारण सम्भव भएका हुन् भन्ने मननीय छ ।

    • माओबादी को र कस्ता हुन् त देखि सकियो नि ………अब पनि ढाटेर, छलेर हुन्छ? सूर्यलाई हत्केलाले छेकेर छेकिन्छ?

      • रबिन्द्र जी , तपाइलाई नेपाली उखान टुक्काको ख्याल रहेछ खुशी लाग्यो I तर अहिलेलाई यति मात्रै भनौ उखान टुककाले जिन्दगि चलाउन सक्दैन I

    • पुष्पजी.
      देउबा सरकार लाई ४५ दिन को म्याद दिएर “तथाकथित” जनयुद्ध मा होमिएको हो माओवादी…अब १५००० मान्छे को ज्यान पछी र अर्बौको नुक्सान पछी १० महिना भन्दा बादी प्रतक्ष्य सरकारमा बस्दा नि खोइ केहि माग पुरा गरेनन त ? हेरौ बाबुरामले “महाकाली सन्धि ” radhh गरि आउछन कि कुनै नया गरेर ?? हेरौ भारत सिमाना बन्द गराउछन कि भारत संग सहयोग मागेर आउछन. जनता उक्साउन राको बालेर २०५२ सालमा मसाल जुलुस गरेजस्तो सजिलो छ र देशमा परिवर्तन ल्याउन ?? मान्छे मारेर परिवर्तन अउदैना …त्यहि भारतमा अन्ना हजारेले १५ दिनमा सरकार झुकाई दियो ..शान्तिपूर्ण ढंगले ….आफु इमान्दार भए जनता यसै साथ् आउने रहेछन ..ढोंगी हरुको कामहो हतियार दिएर क्रान्तिको नाममा हत्या हिंसा गर्नु …अझै नि नबुझेको हो कि बुझपचाएको पुष्पजी ??

      • रविन्द्र अनि सानुजी,

        मैले के लेखे भन्ने अनुमानका भरमा प्रतिक्रिया दिनुभएछ; एकपटक राम्ररी पढ्नुहोला भन्ने सुझाव दिन्छु ।

        • खोइ पढेरै प्रतिक्रिया दिएको हो पुष्पजी..तथाकथित “क्रान्तिकारी” बोली नबुझेको हो कि..??

  19. यहाँ प्रकासित धेरैजसो कमेन्टहरुले देशको राजनीतिक अवस्था हेरेर गहिरो सोचका साथ् आफ्नो बिचार राख्नु भन्दा पनि बढीमात्रामा राजनीतिक पूर्वाग्रह राखेर या बिसयबस्तुलाइ हल्का ढंगले लिएर आफ्नो कुरा राखिएको झैं लाग्छ —जुन अत्येंतई दुर्भाग्यपूर्ण र दुखको कुरा हो—हामि नेपालि र नेपालको लागि////
    हो,आलोचना गर्नु पर्छ—तर आलोचनाको नाममा आफ्नै मुखमा कालो पोतेर हामि के गर्न खोजिरहेका छौं–बुझ्न कठिन भयो/समग्रमा माओबादी पार्टीले बिगतमा गरेका गल्तीहरुलाई लिएर यो बेलामा बाबुरामको उछितो काढ्न त केवल खड्ग ओलीहरु लाइ मात्र सुहाउने कुरा हो–अहिलेसम्म उनीले गरेका कामहरु हेर्दा उनिको नियत नै गलत देखिंदैन—उनको सरकारको आधार नै कम्जोर भएकाले उनीले चाहे जस्तो गर्न नसकेपनि गर्नसकेका कामहरु सकारात्मक नै गरेका छन्/ कुनै राजनीतिक पार्टीको खेताला या कुनै नेताको हनुमान नभई जनता भएर सोच्दा—बर्षौंदेखि थन्केर बसेका नेपाल भारत बिचका लफडाहरुलाई सुल्झाउने कुराहरुको बिषयबस्तु उछालेर यो बेलामा उनको आलोचना गर्नुमा दम देखिंदैन— !यहाँ उठेका कतिपय कुराहरु संबिधान पछिको बलियो(यदि बन्न सकेमा) सरकारले गर्न सक्ने कुरा हरु हुन्—संबिधान बनेर माओवादीको एकमना सरकार बनेको अबस्थामा गर्नु पर्ने कामहरुलाइ ल्याएर यो बेलामा बाबुरामको हुर्मत लिनु केवल हल्का बन्नु मात्र हो,साथीहरु हो/यहि नियत हाम्रो भएर हो—हामि संसारको अगाडी मान्छेसम्म बन्न नसकेका! त्येसैले,यो बेलामा बाबुरामले आफ्नो इज्जत मात्र बचाएर भारतको दबाबमूलक प्रस्ताबहरुलाइ टार्नसके भने पनि उनीले यस अघिका भातमाराहरु भन्दा धेरै प्रगति गरेको मान्नुपर्छ/ अहिलेसम्म घाँस नै खाएर देखाएको गाईले—कशाइको खोरमा गएर चाहिं मासु नै लुछेर आउँछ भनेर अहिले नै छि छि दुर दुर गरेर हामीले कसलाई खसाल्न खोजेका हौँ—एकपटक नेपालि जनता मात्र भएर सोचौं—साथीहरुलाई मेरो बिन्ति/

  20. This nation does not only belong to Baburam Bhattrai. Its our nation he is driver now. It would be wise to get something good done for the people of Nepal exploiting his talent and good things we never have had seen attempted do done by previous PMs.

    Theoretically most of the things look simple. But in practical life its not that simple as theory says. Any one can put forward the demands however once the same person occupy the highest position we would not be able to fulfil it as well. This principle also applies to BabuRam Bhattarai ji.

    Few steps of BRB since he assumed his office we all have been applauding his steps its not even been few weeks now we started spitting venom to him……..ha ha we have shown our real face ……we like changing color one after another….

    Jai hawas Nepal ko………

  21. माखो मर्दैन ……राज्तिनी गर्न सब्दको जालझेल खेति मात्रै हो त्यो नाथे माग पनि

  22. हेरौंन केकति लछार्दो रहेछ / येही मागको लागित हो हजारौ ले ज्यान गुमाए / कति अंग भंग भए , कति बेपत्ता , कति टुहुरा , घरबार बिहिन , होइन भने येही मागको आधारमा अर्को क्रान्ति किन नगर्ने / आफ्नै माग पुरा नगर्ने नसक्ने हो भनेत ,सेरे र रामेमा के फरक रह्योत अनि यीनले करै मा पानि उमालेर फाल हाल्नु पर्दैन ?

  23. यस्तो देशको तरल र लथालिङ्ग अबस्थामा बाबुरामले गर्लान कि नगर्लान भनेर बाबुरामलाई होच्याउन-थेच्याउन खोजेको जस्तो लाग्यो । बास्तवमा नेपाल-भारत बीचका दुईपक्षिय मामिलाका मुद्दाहरु समाधान गर्नैपर्ने र जायज छन भने कङ्ग्रेस र एमाले जस्ता राष्ट्रबादीको हरुले किन उठाउदैनन यि मुद्दाहरु लगायत दिनहुँ सिमामा हुने अतिक्रमण लगाएतका नाङ्गो हस्तक्षेपहरुको ? होइन आफुले गर्न नसके पछि अरुको खुट्टा किन तानेर समयको बर्बाद गर्ने ? धिकार छ तिमीहरुलाई नेपाल आमाका कपुतहरु हो ।
    आखिर बाबुरामले के गल्ति काम गरे के नराम्रो गर्न खोजे र उनलाई नै सबै कुराको दोष देखाउने ? के सेना समायोजन, शान्ति प्रकृया र संबिधान बाबुरामको खल्तिमा छ र उनि एक्लैले गर्लान कि नगर्लान भनेर खुइरो खन्ने ? उनले कति अथक प्रयास गरिरहेका छन् र ककस्ले भाँजो हालेर केहि हुन नदिने षडयन्त्र गरिरहेका छन भन्ने जनतालाई मात्र थाहा छ नभुक तिमी नेपाली जनताको पसिनामा सयर गर्न पल्केका पथभ्रष्टरु कम्तिमा बाबुरामले जनताको कर तिरेको पैसा त खाएका छैनन्- पदको दुरुपयोग गरेर सुखसयल र भडकिलो जीन्दगीमा सयर गरेका त छैनन नि बाबुरामले ।
    कुरा रह्यो “बाबुरामले आफ्नै माग पुरा गर्लान?” भन्ने बारेमा यदि पुरा गर्नै पर्ने र राष्ट्रिय हितका मु्द्दा छन भने किन छलफल गरेर समाधान र बार्ताको पहल गरिन्न ? किन काङ्ग्रेस-एमालेको सरकार हुदा यी एजेन्डाहरुले ठाउ पाउदैन? उनिहरु केवल भारतिय प्रभुहरुबाट आफ्नो सत्ता टिकाईदिने आस्वासनको भिख मात्र माग्न भारत जाने गरेका छन । खास गरि एमाले र कंङ्रेसको यसमा के छ धारणा आजसम्म सुन्नमा आएको छैन मात्रै माओबादीको बिचारमा बिरोध गर्ने धोतिलम्पट बिरोधको राजनिति मात्र जानेका छन । अनि कसरी हुन्छ देशको प्रगति र उन्नति?
    बाबुरामको खो्क्रो बिरोध गर्नेहरुबाट राम्रोसँग बुझ्न सकिन्छ कि यिनीहरुलाई न त शान्ति चाहिएको छ न त संबिधान नत सेना समायोजन या नयाँ नेपाल नै । यदि सबैलाई चाहिएको हो भने किन सहयोग नगरि बाबुरामको दिनगन्ती(कहिले ४५ दिन कहिले ६० दिन)गरेर बसेका छन्? जनताले बिस्वास गरेका र आफुलाई कर्मठ, बौदिक र सक्षम सावित गरिसकेका बाबुरामलाई किन आफुजस्तै असक्षम र असफल बनाउने कुचेष्ठा गरिरहेका छन त ? यि सबैका योजनाकार र जसका लागि बढी योगदान दिने बाबुराम मात्रै सच्चा देशभक्त हुन भन्ने उनका बिरोधीहरुको हतास मनस्थितिबाटै प्रष्ट हुदैछ कि को कुन कित्तामा छन भन्ने । नत्र बाबुरामले के जनबिरोधि काम गरे जसले उनलाई राजीनामा दिनुपर्ने अबस्था बनाउदैछन? अहिले सम्मका प्रम र मन्त्रीहरु मध्य सबै भन्दा लोकप्रिय, जनप्रिय र सृजननशिल कामहरु गरिरहेकै छन । जुन घाम जस्तै छर्लङ्ग छ । अनि यहाँ उनको बिरोध केका लागि? उनिलाई यो अन्तिम समय भनेर थपेको समयमा पनि किन आखिर असययोग? चाहे त्यो आफ्नै पार्टी भित्रका कथित अव्यबहारिक क्रान्तिकारिहरु भनौदाहरुबाट होस चाहे पटमुर्ख, फोहोरि अवसरबादी र बिरोधको राजनिति गर्न सिकेका सत्ताका भोका एमाले-काङ्ग्रेसीहरु र मधेशको नाममा ब्रम्हलुट मच्चाई देशको अखन्डताको धज्जि उडाउने धोतिलम्पट कथित मधेशी नेताहरु नै किन नहुन ! आखिर यीनिहरु सबैको एउटै च्याँखे दाउ सत्ता र पैसा मात्रै हो जसका लागि उनिहरु जे पनि गर्न तयार छन् । त्यसैले त यिनीहरुले जनताबाट नैतिकता गुमाइसकेका छन । कम्तिमा बाबुरामले आफ्नो छविलाई स्वच्छ त राखेका छन् । बाँकी सबै लुटेराहरु हुन जसले जनताको लागि कहिल्यै सोचेनन् सोच्छन होला भन्ने आशा नेपाली जनतालाई छैन जतिनै मच्चिएर भुके पनि ! चेतना भया !!!

    • १९५० को भन्दा अझ देशद्रोही १२ बुदे समझदारी गर्ने को हो?? तिम्रै बाबुराम बाजे हैनन्??? ठुला कुरा गर्छौ…..एमाले र काँग्रेस बरु तिम्रो माओबादी जत्तिको निच पार्टी चै हैन…

      • त्यही १२ बुदे समजदारी नगरेको भए तपाईका एमाले र कंग्रेस्सीहरु रत्नपार्कमा टहरो हालेर बसेका थिय एतिबेला कतै पनि हुदैन थिए होलान सायद ….माओबादिलाई जनताले जिताएर सत्तामा पुराएका हुन् ….एमाले र कांग्रेसले अहिलेसम्म केके गरे ? उही सत्ता र भ्रस्टाचारको फोहोरी राजनीति त गरे नि ….नत्र माओबादी किन चाहिन्थ्यो जनतालाइ ? जनताबाट तिरस्कृतहरुबाट त झन् केहि आशा छैन जनतालाई बिरु जी खै कुरा बुझेको ? लोकतन्त्र र रास्त्रबादको हिमायेती ठान्ने एमाले कंग्रेस्सीहरुले जस्तो धोतिलंपट आत्मसमर्पनबादी र टनकपुर-महाकाली बेचेर खाएका त छैनन् माओबादीहरुले कम्तिमा …

  24. लेख्न अलिक विस्तारमा मन लागेको थियो तर समय अलिक मिलेन|

    संक्षेपमा भन्दा- आफ्नो जगमा बालुवा भरेको बेलामा तलो थप्नु हुँदैन! भारतलाई थाहा छ, बाबुरामको मन्त्री मण्डलको जग बालुवामा अडिएको छ| यस्तो कम्जोर स्थिति थाहा हुँदा हुँदै भारत जस्तो शार्कले साना माछासंग सन्धि/संझौता गर्दा नराम्रो संग च्याप्ने डर हुन्छ!
    त्यसैले महत्वपूर्ण बुदा न कोट्याएकै राम्रो| संबिधान लेखे पछी जानु पर्छ अलि बलियो स्थिति बनाएर र भीषण गृह कार्य गरेर!

    अहिले त उनी बचेर आए भाग्य- भारतले राख्ने अनुपयुक्त मागहरुलाई पाखा लगाएर|

    के गर्नु पछ उनले-
    उनीहरुको भाषामा नबोल्ने, या त नेपालीमा या त अंग्रेजीमा बोल्ने! उनीहरु नेपालीमा बोल्छन भने स्वागत छ|
    निशर्त कुनै सहयोग दिन्छन भने ल्याउने!
    र उनी हरुलाई नेपालको भूमी भारतको बिरुद्ध प्रयोग हुन् दिन्न (non-alignment) भनेर
    ढुक्क पार्ने|
    भोलि चाइना गएर पनि त्यहि गर्ने- उनी हरुलाई ढुक्क पार्ने कि नेपाल इंडिया र अमेरिकाको क्रिडाभूमि हुन् दिन्न भनेर|
    यी दुवै देशलाई नेपाल साच्चिकै non-alignment मा कमिटेड छ भन्ने लाग्यो अन्य आर्थिक बिकाशका कुरा बिस्तारै ओइरिन थाल्ने छन्!

    • नेपाल को विदेश नीति पंचायत काल मा जति उत्कृस्ट कैले पनि थिएन र छैन पनि….. मान या न मान ………यदुनाथ खनाल, भेख बहादुर थापा जस्ता कुटनैतिक हस्ती हरु तेही काल ले जन्माएको हो….बरु ऐले त्यो उचाई छुने कोइ पनि छैन…….न बाबुराम बाजे स्वयम् नै…..

      • बिरु जी,
        भेक बहादुर थापाको डिटेल त् थाहा भएन तर तर प्रा. यदुनाथ खनाल पररास्ट्र मामलामा धुरुन्धर हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ मेरो एउटा साथीको मुखबाट| कृष्ण प्रशाद भट्टराइको पनि उहा सल्लाहकार हुनुहुन्थ्यो रे| एक पटक केपी प्रम भएको बेलामा गाडीबाट उत्रदै “I must come to you guruji” भन्दै यदुनाथको घरमा आफै गएको देखेका थिए रे साथीले|

        जे होस्, “दुइ ढुंगाको बिचको तरुल” अथवा असंलग्न पररास्ट्र नीति (non aligned policy) लाई अप्नाउनै पर्छ| अनि भारतीय ब्वाषाहरुसंग बार्ताको टेबलमा बसेर बार्गेनिंग गर्न कुटनैतिक कुशलताको साथै आफ्नो घर (नेपाल) भित्रको एकता/स्थिरता उत्तिकै जरुरि हुन्छ| नेपालको प्रधानमन्त्रिको स्थिति कम्जोर छ भन्ने थाहा पाए भने उनीहरुबाट सानो कुरा फुस्काउन पनि गाह्रो हुन्छ किनभने भारत भनेको “Sorrow of Nepal” र “Sorrow of South Asia” हो|

  25. मा धेरै त लेख्दिन बास येती लेख्छु……………….. इ त सब पद्नी कुरा न हुन्

  26. प्रधानमन्त्री बाबुराम भट्टराईलाई भारत भ्रमणका क्रममा बिहीबार नयाँ दिल्लीस्थित गान्धी विमानस्थलमा चिफ अफ प्रोटोकल रुचिरा खेमा भुज, भारतीय राजदूत जयन्त प्रसाद र सह सचिव अखिलेश मिश्राले स्वागत गरेका थिए ।
    तिनीहरु हाम्रोमा आए प्रोटोकल स्रोटोकल नै नहेरी तिनीहरुको अगाडी लम्पसार पर्छन हाम्रा नेताहरु . नेपालकै बेईज्जत भटराईको भारत स्वागत .

  27. किन चाहियो यी माग पुरा गर्न, लडाकु धरौटी राखेर थैली भर्न पाएको छ माओवादीको . बश किन चाहियो त्यो असमान सन्धिहरु त्यो त विपक्षीले पो पुरा गर्ने हो त . यदि सक्नु हुन्छ भने डा. भटराईले भारतीय एसएसबीको ज्यादतिको मात्रै कुरा उठाएपनि सीमामा बस्ने नेपालीहरुले राम्रो शास फेर्न पाउँथ्यो .

    • well said sathi…thats the true picture..त्यो सबै मागहरु राजनीति गर्न मात्र थियो. रगत बगौना को लागि मात्र थियो…आज किन चुप छ त्यो ४० बुदे मागलाई लिएर माओवदी हरु ?

  28. भट्टराई ले झिंगा, माखा नि मार्दैन, हेर्नु होला, सत्ता बाहिर रहेर झुठा आरोप लगाउने, ठुला ठुला कुरा गर्ने, अरु लाई बेबकुफ बनाउने चतुर नेता हो बाबुराम …….

    इंडिया को अगाडी लम्पसार पर्छा, अनि फर्कंन्छा, हेर्नु होला…., अलि अलि पैसा देला इंडिया ले , यो जो गए नि दिन्थ्यो…, अरु सबै हावा हो…..

  29. नेपालको राजतन्त्र फाली सकेपछि अब सबै दललाई पालो-पालो गरेर नेपाल लुट्न खुला भएको छ | हाल को चाल हेर्दा हामी नेपालीले लोकतन्त्र हेर्ने, लोकतन्त्रमा सुन्ने, लोकतन्त्र खाने, र लोकतन्त्रमा मर्ने बाहेक केहि होला जस्तो देखिदैन | तै पनि निरस न हौँ |

    काशी कश्मिर अजब नेपाल !!!

    सुरज

  30. भारत ले पटक पटक १९५० को सन्धि पुनराबलोकन गर्न नेपाल को तर्फ बाट धारणा माग्दना दिन नसक्ने,, सुस्ता, कालापानी अनि दोधारा र चादनी को राष्ट्रियता मेटिने अवस्था हुदा समेत चुक्क बोल्न नसक्ने..महाकाली नदि सुकेर कुलो बन्दा समेत चासो नराख्ने अनि ४० बुदे माग राखेर राष्ट्रियता को उग्र नारा दिएर सोझासिधा नेपाली जनता भिडाउने यो सबै दल को चलन हो..अब आफु नै सत्ता मा हुदा ४० वटा बुदा मध्ये अरु कुरा केहि गर्नु परेन एउटा मात्र बुदा पुरा गरेर देखायो भने माओबादी लाइ मैले मान्ने छु.. अरु धेरै टाढा किन जानु पर्यो सन्धि सम्झौता पुनराबलोकन र सिमा को बारेमा भने त त्यसले दिर्घकालिन असर पर्ने होला फेरी.. लौ न बाबुराम त्यो भारतीय नम्बर प्लेट को गाडी हरु लाइ निर्बाद रुप मा नेपाल भ्रमण गर्न रोकेर देखाऊ..नभए त्यो ४० बुदे बकुले दाउ मात्र हो सत्ता नपाउन्जेल को लागि

  31. बाबुराम लाइ प्रधान मन्त्रि बन्नु थियो , पुरा भयो !!! एरपोर्ट मा स्वागत गर्ने भारतीय को हेपाई बाट नै थाहा हुन्छ कि बाबुराम ले असमान सन्धि का कुरा उठाउने छैनन् भन्ने. ..

  32. विपक्षमा बसेर सरकार नीति तथा कार्यक्रम माथि बिरोध गर्नु जति सजिलो हुन्छ, ठिक त्यसको विपरित सरकारमा बसेर कुनै पनि नीति तथा कार्यक्रम लाई कार्यन्वन गर्न धेरै नै गार्हो हुन्छ. यस्ता कुराहरु हाम्रा नेताहरुले बुझेर पनि जनतालाई झुक्याई राखेको हुन्छ. त्यसकै फलस्वरूप जनताहरु नेताहरु को पछी लाग्छन. नेताहरु समय र परिस्थिति अनुसार नारा फेर्ने गर्छन जस्तो मलाई लाग्छ.
    हाल दोहा, कतार.

  33. सबै कुरा पुरा नहोलान,तर तपाई हामी जस्ता बुद्धिजीवीहरुले जनादवाब को वाताबरण बनाएर घच्घच्याउने काम गरयूं भने केहि नतिजा त आउला नि हौ ,कि कसो ?

  34. बाबुराम अहिले कुनै अजेण्ड नभएपनि आफ्नो प्रभु को दर्सन गर्न भारत गएका हुन्, दर्सन गरेर केहि प्रसाद स्वोरुप केहि पैसा लिएर र फूल पति को रुप मा इएर मार्सल , सुपुर्दाकी सन्धि चै गर्ने पो हून कि भन्ने सम्भावना छ , जय प्रसाद गुप्ता, हृदयेस त्रिपाठी जस्ता र का एजेन्ट हरु लाही लानु को कारण तेहिनै होला/

    सेरबहादुर लाही ३५ दिनभित्र पुरागर्नु पर्ने अल्टिमेटम दिएर राखिएका मागपत्र का बुदा १ देखि ९ सम्म भारत संग समन्धी छ , १९५० को सन्धि खारेज गर्ने देखि हिन्दि सिनेमा बन्द गर्ने सम्म, आज प्रधानमन्त्री र विदेश मन्त्रि दुवै माओबादी को हुदा पनि इ बिसय हरु मा चू सम्म बोलेका छैनन , येश बाट माओबादी र बाबुराम को सक्कली अनुहार प्रस्ट हुन्छा, इ बुदा हरु सत्ता मा पुग्ने मध्यम मात्र थियो, सत्ता मा पुगे पछि माओबादी ले यो बिर्सी सक्यो , बाबुराम ले अहिले सम्म राष्ट्र बिखन्डन को अभिबेक्ति दिने सरद सिंग को भनाइ को खण्डन गर्न नसकेर आफ्नो सत्ता लिप्सा को निक्रिस्टता प्रकट गरि सके का छन् /

  35. यो सबै १५,००० नेपालीको बलि खानु थियो , खाए. भारत को बिरोध गरेर गाउ का हाम्रा शिक्षक को शिर उडाए , मुटु गोलीले छेडे र कलिला बालबालिका लाई स्कुल बाट छुटाएर क्याम्प मा राख्नु थियो राखे. अब आएर जति सत्तामा बस्दै गयो, त्यति उही शेर बहादुर जस्तै देखिए . शेर बहादुर ले सत्तामा टिक्न के गर्थेना ? ज्ञाने लाइ सत्ता चढाउने, जम्बो मन्त्रीमंडल बनाउने देखि जस्तो सुकै सम्झौता गर्ने. व्यक्तिगत रुपमा राम्रा लाग्छन बाबुराम मलाइ, तर तात्विक रुपमा उनको समग्र पार्टीको योगदान भनेको पाखण्ड हरुको भिड बटुलेर देशलाई राष्ट्रघात गर्नु नै भएको छ.

  36. यो सबै त हेर्दै गरुँला, मूल्याङ्कन गर्दै गरुँला भन्न कती सजिलो र गर्न कती अप्ठ्यारो हुन्छ भनेर । परबाट लुक्दै ढुङ्गा हानेर भाग्न र हानेको ढुङ्गा छलेर लुकेर ढुङ्गा हान्नेलाई लाग्ने गरी फेरि ढुङ्गा हान्न कुन सजिलो कुन गाह्रो हुन्छ, त्यो त अब माओवादीलाई राम्ररी थाहा भै सक्यो होला, र अरु पनि जो अनेकौं जातिय, क्षेत्रिय नारा उरालेर सत्ता प्राप्त गरेर नयाँ छोटे राजा बन्न खोज्नेहरुलाई पनि समयले बिस्तारै माओवादीले चाखे जस्तो सत्ता स्वाद अवश्य नै चखाउला, त्यो बेला चाहिने नचाहिने माग राख्नु र अरुका चाहिने नचाहिने माग पुरा गर्नु बीचको भिन्नता तिनिहरुले पनि थाहा पाउने नै छन्। पक्कै हामीले त्यो रमित पनि हेर्न पाइएला ।

    तर अहिले मलाई खड्केको कुरा अलिक अर्कै छ ।
    प्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणका क्रममा बिहीबार नयाँ दिल्लीस्थित गान्धी विमानस्थलमा। उनलाई चिफ अफ प्रोटोकल रुचिरा खेमा भुज, भारतीय राजदूत जयन्त प्रसाद र सह सचिव अखिलेश मिश्राले स्वागत गरेका थिए ।

    फोटो सहितको यो समाचार तपाईंहरुलाई कत्तिको पच्यो कुन्नी मलाई चै पखाला लाग्यो । भारतको सामान्य मन्त्री वा राजदूत आउँदा पनि हाम्रा प्रधानमन्त्री, मन्त्री, भूपू मन्त्री र पार्टीका बरिष्ठ नेताहरु एअरपोर्ट पुग्छन लस्कर लागेर । तर हाम्रो भने प्रधानमन्त्री औपचारिक भ्रमणमा जाँदा पनि एउटा मन्त्रीसम्म आउँदैन एअरपोर्टमा स्वागत गर्न । अब हामीहरुले पनि तिनिहरु आउँदा “जस्तालाई त्यस्तै” गर्ने कि नगर्ने त ?

    • पहिला पहिला मन्त्रि त जान्थ्यो. मा प्रधान मन्त्रि भएको भए त्यहि बात फर्कन्थे.

  37. आफ्नो पहिला को माग आफै ले अहिले पढे भने ,बाऊरे बौलायारा तेस्त झिना मसिना कुरा हरू भन्न्न थाल्छ /

  38. आफ्नो आंग मा भैसी न देख्ने अर्काको आंग मा जुम्रा देख्ने प्रबिर्ती भनेको मानबिय प्रबिर्ती हो , अनि फेरी आफुले भनेको सबै कुरा १००% ठिक अरु ले भनेको सबै बेठिक भन्ने कम्युनिष्ट प्रबिर्ती हो ल ल हेर्दै जाओ के के हुने हो ?

  39. बिषयलाई बहसको भाडो बनाउनु भन्दा उपलब्धि लै स्वीकार्ने र काम र कर्तव्यको मुल्यांकन गर्दै निर्माणात्मक बाटोमा अग्रसर हुन प्रेणात्मक दबाब दिनु उत्तम हो कि ?

  40. यो सब को लागि १४०००+ को लाश जरुरि थियो त ??
    के यी मागहरु हतियार बिना पुरा नहुने खालका हुन् ??

    हात्तिको देखाउने र खाने अलग अलग दात हुन्छ , कुरा तेत्ति हो …
    भारत संग सम्बन्धित कुन कुन बुदा भट्टराईले सल्ताये भन्ने कुरा भट्टराईको ४ दिने भारत भ्रमद पछि एक चोटी फेरी बुदागत बिस्लेसन गर्दा बेस होला …

  41. बाबुराम भट्टराई देस प्रेमी हुन् तर यी मागहरु पुरा हुदैनन् |

  42. “बर्तमान अवस्था र बिगत को अवस्थामा बस्तुगत रुपमा धेरै परिवर्तन भैसकेको छ भन्ने हामीलाई लाइरा छ. फेरी भारतले हाम्लाई पालन पोषण गरेको गुणलाई बिर्संनु हुन्न भन्ने नि हामीलाई लाइर छ”. ..यस्तै यस्तै होला डाक्टर साब को हालको बिस्लेशन.
    उनि प्रम भए पछि अब देश काँ काँ न पुग्ला भनेर सोच्नेले प्रभु र शरद प्रकरण पछि केहि पाठ सिकेकी होला. आफ्नै पार्टी को समर्थन बिना इतिहासकै कम्जोर प्रम को रुपमा उनि भारत गएका छन्. ४० बुँदेको त कुरा छोडौं, आसा गरौँ उनले लेन्डुप दोर्जे को उपनाम भिरेर नफ़र्किउन्, कुनै त्येस्ता सन्धि नगरुन जुन पंचेले नि गर्न मानेको थिएन. हुन त रास्त्रियता को मामिला र पररास्ट्र मामिलामा पन्चेहरु अहिलेका दहि चिउरे पार्टीभन्दा धेरै बलिया थिए.

  43. बाबुरामको ताल हेर्दा यी माथि का ४० सूत्रीय मागहरू पुरा गर्ला जस्तै छ… चिया पसलमा गफ दिए जस्तो हुधै न भने कुरा थाहा भयो कि….

  44. ए हजुर यो काखी मुनि हात राखेर खुच्चिङ् मचाउने कुरो गर्नु अघि समग्र राजनीतिक अवस्थालाई एक चोटी नियालेर हेरे कसो होला!!!!!!

    सत्ताको जोड घटाउमा प्रतक्ष्य र निर्णायक भूमिका खेल्न सक्ने हुति भएको तथाकथित मदेशको गठबन्धनको आंकडा कम नभएसम्म माथि लेखिएका करिब करिब ५०-७०% मुद्धामा यो सरकारले केहि हात पार्न नसक्ने उदांगो अवस्थालाई नजर अन्दाज कसरि गर्न सकिन्छ र!!!!………..खोइ बुझेको/बुझ्न चाहेको तपाइ जस्ताले पनि यो हालतलाई!!!!!

    फेरी त्यतिले नपुगेर कुर्सि र सत्ताको आश गरि बसेको नेपाली काँग्रेसको पनि त उतिनै ठुलो भूमिका रहन्छ माथि लेखिएका कुरा पुरा गर्न सरकारले कम्मर कसेर लाग्ने आँट गर्न खोजेको अवस्था मा पनि र त्यो पनि दुर क्षितिज सम्म देखिएको हैन आजको तरल राजनैतिक अवस्थामा….खोइ बुझेको/बुझ्न चाहेको तपाइ जस्ताले पनि यो हालतलाई!!!!!

    रहयो एमाले, साँचो अर्थ मा भन्ने हो भने आजको दिनमा कम्युनिष्ट निष्ठा र मर्यादा बाट टाढा टाढा; भनिन्छ नि “दुर किसी देश मैं” भागी सकेको पार्टीले साँचो अर्थमा कुनै ठोस निर्णय जो को देशको हितमा होस गर्न नै सक्दैन!!!!

    कुनै पनि शक्तिले माथि उल्लेखित सबै कुरा पुरा गर्न सबै भन्दा पहिला दुइ-तिहाई बहुमतको सरकार बनाई उच्च मनोबल भएको निष्ठावान संयन्त्र बनाएर काम सुरु गरेको खण्डमा कुनै आइतबार बार्नु पर्दैन र यो त सबैले भुझेको कुरा हो….र यो अहिले को अवस्थामा असम्भब छ/…खोई बुझेको हजुर तपाइले!!!!!

    भने पछी तपाई आफै सोच्नुस, यो अन्तरिम/संक्रमण कालमा यो सरकारबाट माथि उल्लेखित सबै कुरा पुरा होलान भनेर सोच्नु भनेको त आकासको फल आँखा तरी मर मात्र न हो!!!!! खोइ बुझेको/बुझ्न चाहेको तपाइ जस्ताले पनि यो हालतलाई!!!!!

    ज्ञानेन्द्र निरौला

    • अनि यो सब अहिल्यै पूरा गर्न नसक्ने भए के खान चाहिँ सर्खारमा जान र प्रधानमन्त्री हुन मरिहत्ते गरेको त, खै बुझेको/बुझ्न चाहेको तपाईँ जस्ताले ?????

    • यो सप कुरा पुरै गर्न नसकिने रहेछ भने पहिले को सरकार संग यो कुरा को माग चाही किन राख्या त | पुरै नहुने कुरा को माग राखेर मान्छे लडाएरा मर्न पाइन्छ ?

    • अनि यो पुरा गर्न अहिले नसक्ने भए तेस्को लागि किन पहिला माग राखेर २ महिना मा नै जंगल गएर मान्छे मार्न थालेको त? लाज कता गयो ज्ञानेन्द्र शाह हो कि निरौला जी को?? अरुले गरेनन भन्ने अनि आफ्नो पालो मा चाही अनेक बहाना निकाल्ने? समय त १३ वर्ष अगाडी र अहिले उस्तै हो सुस्त कालापानी १९५० को सन्धि सबै उस्तै छ कसरि अहिले गारो भो? तेही माग को लागि १२ वर्ष मान्छे काटेको होइन हजुर हरुले ज्ञानेन्द्र जी……….. तेती धुपौरे त नहुनुहोस न हो…….

    • हा हा हा नहासौनुहोस न साथी, कम्तिमा कुरा उठाउन त सक्नु पर्यो समाधान को त आशा नगरौ.
      कुरा सम्म निकाल्न नसक्ने लाइ के भनौ र खै.

    • कुरा जायेज हो तपाइको. तुरुन्तै परिबर्तन खोज्नु मुर्खता हो. यहि कुरा माओबादी ले दोन्द चर्काउनु भन्दा अगाडी बुझीदेको भए सयेदै हजारौ नेपालीले आफ्नो परिवारको चीताको आगोको रापको पीडा सहनु पर्थ्यो. सयेदै नेपाली परिवारहरु बिदेशमा पलाएन हुन्थे. नत: तल्लाघरे भुन्टे टुहुरो हुन्थ्यो, नत माथ्ला घरे उजेलिको सिउदो बाझोनै. पल्लो गामको हर्के माओबादीको खुड़ा नउठाउदा कालोमोसो सहित (आत्महत्या???) गरेर बकैनोको रुख मा लड़किन्न थियो होला.

      महोदय, हजौरौको लाश उठाएर थाकेको नेपाली काधमा हरियो बासको नीलडाम अझै मेटिएको छैन. अब रगतको खोलो नबगोस भनेरनै नेपाली जनताले अरु भरौटे पार्टीलाई लात्ती हानेर यो पार्टीलाई सत्ताको बागडोर देको बेलामा नेपाली जनताले तिमीहरु आफैले राखेको माग मात्र पुरा गर हामीलाई यतिले अहिलेलाई पूग्छा भनेर अपेछ्या गर्दा अरुले गर्न दीदैनन तेसैले हुदैन भन्नु त लाचारी पननै हो.

      महोदय, यो बिदेशमा पलाएन भाको एउटा एन.आर.एन को मनोभावना मात्रै हो है, अनेय्था नालीनु होला.

      • बास्तवमा तपिन्ले ऐले कुरा बुज्नु भोकि? नत्र तपैन्लाई मुख फर्काएका मान्छेको कुरा सुन्नोस. अन्ध भक्तिले बिनास निम्त्यौंचा. त्येई कारणले नै बिगत को दशक मा हजारौ मरे लाखौं बेघर भए. खै कुरा बुज्या?

    • अनि देउबालाइ चाही ४५ दिन दिएको यी माग पुरा गर्न ?? माओवादी जम्मा जम्मी १० महिना बस्यो सरकारमा , सिन्को भाच्या होइन ये माग पुरा गर्ने तिर..बेकारमा १३००० हत्या र अर्बौको छ्यति ..जसरि मुर्ख बनाए नि भो नि नेपाली लाई

    • यी सबै कामहरु गर्न नसकिने थाहा हुदा हुदै / देखि देखि मधेसीको बुइ चढेर चै के घण्टा गर्न सरकारमा गएको त? के फरक भयो त अरु सरकारमा भएको र माओबादी भएको? के खानलाई प्रधानमन्त्री अनि सरकारमा आएको त केहि गर्न नसक्ने/ नमिल्ने भए…..

  45. भारत गएर हठ पसारेर पैसा भिक माग्ने भन्दा केहि गर्न सक्दैन ..बाबुराम सरकारले…मधेसीको बुइ चढेकाले केहि पैसा चै पाउलानबरु त्याँबाट…

  46. आदरणीय मित्र हरु,
    जय नेपाल ! ! !
    संसार मा सब भन्दा सजिलो भनेको अरु संग केहि माग्नु, अरु लाइ गालि गर्नु र अरु लाइ अर्ति उपदेश दिनु हो/
    कम्युनिस्ट हरु अहिले भनेको कुरा एक छिन पछी भनेको छैन भन्ने , अनि भोलि पल्ट अरु लाइ गालि गरि आफु चोखिन खोज्ने, संसार का सब भन्दा फटाहा र मानब जाति कै लागि कलंक हुन्/
    बाबु राम भट्टराई राम्रा हुन्थे त् कम्युनिस्ट कुनै हालत मा पनि हुदैनथे/ अब तेस्ता संग आस गर्ने बेबकुफ नेपाली त् हामि आफै हौ /
    धन्यवाद
    जय नेपाल

  47. हो एस्लाई भन्छन सहि समय मा सहि कुरा उठाएको ,सालोक्य जी ले उचित समय मा यो कुरा उठाउनु भयो |
    जिन्दगि भर धारे हात लगायो ,येक चोटी पी यम भयो ,देश को प्राकृतिक सम्पदा बेच्यो ,टन्न कमायो जिन्दगि भर रास्ट्रिय सुबिधा लियो बस्यो हो कि
    साची कै नेपाल को सेवा हो ,छिनो फानो हुने बेला आयो है |

Comments are closed.