यस्तो थियो सेनाको विमान खसेको ठाउँ


कात्तिक १ गते राति बिरामी बोकेर नेपालगन्जबाट काठमाडौँ आउन भनेर उडेको नेपाली सेनाको एउटा विमान बाग्लुङ्ग जिल्लाको बोवाङ्ग, फागुनेधुरी लेकमा खसेर दुर्घटना भयो। यो दुर्घटनामा ज्यान गुमाउनेमा चालकद्धय सेनानी विशालसिंह राठौर एवं दिवाकर कार्की, सह–सेनानी डाक्टर रमिता पाठक, सिपाही केशवसिंह ऐरी, सिपाही मिलन गोतामे र सिपाही केशवसिंह ऐरीका दाजु नेपाल प्रहरीका जवान रघुवीर ऐरी थिए। दुर्घटना परी निधन भएकाहरुको शव दुर्घटना भएको झण्डै २४ घण्टा पुग्न आँट्दा सेनाको हेलिकप्टरले काठमाडौँ ल्याइपुर्‍यायो। उपचार गराउन काठमाडौँ आउन लागेकाहरु कहिल्यै उपचार गर्नुनपर्ने गरी सबैलाई रुवाएर गए।


हाल शव छाउनीस्थित वीरेन्द्र अस्पतालमा राखिएको छ। दुर्घटना नभएको भए बिरामीको उपचार यही अस्पतालमा हुने थियो।

अब बुधबार मृतकहरुको शव पोष्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पश्चात् आफन्तहरुलाई बुझाइँदैछ।

दुर्घटनास्थल विकट भएकोले राति १ बजे बल्ल उद्धारकर्मी पुगेका थिए। बिहान अबेर बल्ल सबैको शव फेला परेको थियो। दुर्घटनास्थलमा खिचेका केही फोटो सेनाले उपलब्ध गराएको छ। हेरौँ फोटो-

एक जनाको शव मात्र चिनिने अवस्थामा थियो रे।


23 Comments

  1. फोटो हरु मात्र धेरै भो | फोटो को तल त्यो दृश्य बारे प्रस्ट्याएको भए अझ राम्रो हुन्थ्यो | जे होस् मृत आत्माको चिर शान्ति को कामना | पशुपतिनाथ ! यस्तो घटना फेरी नदोहोर्याउ |

  2. यो सब हुनु मुलुक को अगुवा बाटो हगुवा भएको ले भा हो मुलुक लै गरिब बनाएर खल्ती भर्ना ले देश गरिबीको चपेटामा पर्नु तेसैले अरुको पर्त्रु मिऊजियम बाट पनि अवकास जहाज नेपालमा ल्याएर त्यो पुरानो संघ्रालयको उडान भरे पछी कतै सुरक्षित हुन्छा त? जुन जहाज दुर्घटना भो त्यो कुनै मुलुकमा उडान भर्छा त? त्यो पत्रु भैसकेको जहाज लै सेवा बाट अवकास दिन पर्थ्यो एदी तेस्ता अरु जहाज भए स्ग्रालयमा दिए बेस हुने छ र
    आगामी दिनहरुमा एस्तो ज्यान जाने जुवा नखेल्न सबै लै आग्रह गर्छु र मृतकहरु को आत्मा शान्तिको कामना गर्दा छु.

  3. दिबंग्गत आत्मा हरूको चिर सान्ति को कामना गर्दछु .

  4. दिबंगत आत्मा को चिर शान्ति को हिर्दय देखिनै कामना गर्दछु आगामी दिनहरु मा येस्ताघटना न दिहोरिना भगवंसग हरदम प्रार्थना गर्दछु

  5. हरे कति दुर्घटना भएको ! सबै आफ्नो तर्फ बाट होसियारी अपनाउ दुर्घटना कम गरौ ! मृत आन्त्माले शान्ति पाउन !!

  6. सारै नराम्रो घटना … कसैलाइ पनि एस्तो नहोस…… Rest in peace ……

  7. यी श्रीन्खलाबद्ध दुर्घटनाहरुले के देखाउन खोजेका हुन् ? आगामी दिनमा यस्ता दुर्घटनाहरु नदोहोरिउन भन्ने कामना गर्दछु । धेरै दुर्घटनाहरु मानविय ट्रुटिका कारणहरुले हुने कुरामा शंका छैन । त्यसैले मानविय ट्रुटिहरु/हटाउने घटाउने तिर ध्यान दिनु पर्‍यो, खाली दैबिक बिपत्ती भनेर दैबलाई दोष दिएर टारेर मात्र बस्नु भएन ।
    मृत आत्माप्रती हार्दिक श्रद्धान्जली, शोकाकुल परिवारमा हार्दिक समवेदना ।

  8. केहि बाहेक अधिकांस नेपाली आकासमा उड्ने जहाजहरु नया र आयु भयुन्जेल बिदेसमा चलाएर पत्रु बनिसकेपछि 3rd – 4th Hand को अबस्थामा सस्तोमा, यात एस्तै दानमा परेर सित्तैमा भित्रिएका छन्।

    जमिनमा गुड्ने गाडीहरु एक दिन भित्तामा नाक नजोतेसम्मा कि त भीरतिर नागुल्टेसम्म गाडीको आयु नसकिए जस्तै जहाजहरुपनि मर्मत सम्भार, सुरछ्या अनुगमनको कमि र नेपाली भूगोलको बिषम परिस्थितिको बाबजुद पनि दुर्घटना नब्योहोरेसम्मा उडाको-उडाकै, उडेको- उडेकै गर्दाको नियति।

  9. नेपाली आकाशमा प्लेन खस्नु र चरा खस्नु उस्तै हुन थालिसकियो अब/ खसेको प्लेन को आधारमा कुन कम्पनी को प्लेन नेपाल मा छन् भनेर जानकारी लिन सक्ने भैसकियो अब / के खस्दा खस्दा यो aviation व्यापार ठप्प नहुन्जेल सम्म मरेको हेर्दै बस्ने हो नेपाल सरकार ???????? बस त नेपाल मा खस्न र मर्न लाई बनायको साधन भै सकियो अब के प्लेन लाई पनि येस्तई गर्ने हो ????? नियम र कानुन कडा गर्नु पर्यो सरकार !!!!!!!!! नेपाली लाई के के मात्र होम्ने हो ?????????????

    • कुमार जी ले पनि के कुरा गर्या यार! आकाशमा उडेका चरा कहाँ त्येसरी प्लेन जस्तै फुतु फुतु जहाँ पायो त्यहाँ खस्छन?

      • केदार जीले बल्ल कुरा बुझ्न खोज्नु भय जस्तो छ / चरो त त्यसरी खस्दैन भनाइ तपाइको त्योत्रो बिश्वास छ तर नेपालको आकाशमा उडिरहेको प्लेन कुन बेला खस्छा भन्ने विश्वास अब छैन भनियको हो. केदार जीको घैतामा यसो घाम अब अलि लग्यो कि.

      • बिषयको गम्बिर्यता र अर्थ बुझ्न हुन केदार जी लै अनुरोध गर्दछु/

        • कुमार जी, के भनं र खै,कुरोको जरो हजुरले नबुझ्नु भा’ हो कि मैले….!म त बरु अब पो अलमल्ल परें,के गरौँ?बास्तबमा मैले नेपालको हवाई यातायातको अबस्थालाई व्यंग गर्न खोजेर भनेको थिएँ–(यसो भनेर)– त्यहाँ हवाइजाहाजहरु यति धेरै मात्रामा खस्न थाले कि—चराहरु बरु त्येसरी कहाँ खस्लान र फुतुफुतु………!!!मैले,खासमा हजुरकै भनाइलाइ बल पुर्याएको थिएँ—-भुल भयो माफ पाउँ ल!

  10. मृत आत्मा को शान्ति को लागि कामना गर्दछु ! तर केहि कुरा अझै बुज्न सकिएको छैन त्यो के हो भने पाल्पा, प्युठान, नारायणी हुँदै काठमाडौं प्रवेश गर्ने उडान रुट रहेकोमा रुट नपर्ने बाग्लुङतिर जहाज किन गयो यो प्रस्न अनुत्तरित नै छ !

  11. कस्तो काले भिरमा ठोक्किएको रहेछ !

  12. सैनिक हेलिकोप्टर दुर्घटनापछि मलाई नेपाली सेनासँग प्रश्न सोध्न मन लागेको छ:-
    के प्रसस्तै निजी विमान सेवा सञ्चालनमा रहेको नेपालगञ्जजस्तो सुगम स्थानबाट मेनेन्जाइटिसका विरामी एक सैनिक जवानलाई उपचारका लागि काठमाडौं ल्याउन काठमाडौंबाटै हेलिकोप्टर पठाउनुपथ्र्यो ?

    • सूर्य सर,
      तँपाइको घरको कोही विरामी पर्यो भने र तँपाईसँग निजी गाडी छ भने, तँपाई उहाँलाई ट्याक्सी, बस, खोजेर त्यसमा अस्पताल लैजानुहुन्छ की आफ्नै गाडीमा राखेर चाँडो अस्पताल लानुहुन्छ?

    • आकाश सर,

      मेरो निजी गाडी काठमाण्डौमा हुन्थ्यो भने मैले नेपालगन्जमै ट्याक्सी, बस, खोजेर चाँडो अस्पताल लैजानछु , मेरो निजि गाडी काठमाण्डौ बाट नेपालगन्ज आउन्जेल कुर्दैन थिए होला, सेनाको विमान बिमारी लिन काठमाण्डौ बाट नेपालगन्ज गएको थियो ।

  13. कत्ति दुखदायी खबर एक पछि अर्को….? के गर्ने….भाबिको लेखन टार्न नसकिने…/ समय आए पछि यसरी दुनियालाई रुवाएर टप्प टिपी लगी दिन्छ / यस दुखद घडीमा भगवान संग बल माग्नु सिवाय केहि छैन / सबै मृतात्माले शान्ति पाउन अनि उहाहरुको स-परिवार र साथीहरु लाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन…!!

  14. Salute Nepal army.I hope they start to built infrastructure in Nepal.They are so united and labourious.

  15. दिवंगत आत्माहरुलाइ हार्दिक शंदंजली र पारिबार लाइ समबेदना .
    हाम्रो देश को accident घटाउन येस्सो पूजा पाठ गर्नु पर्यो .
    स्वस्ति सान्ति .

  16. यस्तो नराम्रो घटना त कुनै काल्पनिक कथामा पनि नघटोस!
    नेपालमामात्र अपराधि र पापीहरु ज्यादा बढेकाले प्रकृतिले नै पो यसरि बदला लिएको पो हो कि?—मृत आन्त्माले शान्ति पाओस!!!

Comments are closed.