नेपाली पत्रकारिताका लुकाइएका तथ्य

-कृष्ण ढुंगाना-

दरबार हत्याकाण्डमा नेपाली पत्रकारिताले किन सतही रिपोर्टिङ मात्र गर्यो ? सम्पादकीय स्वतन्त्रता पत्रकारबाट साहुजीहरुको हातमा पुगेको हो ? बन्दको आहृवान गरिएका विज्ञापन पत्रिकाले प्रकाशन गर्नु जायज होला ? बीबीसी नेपाली सेवा तथा भारतका प्रतिष्ठित मिडियाहरु द टेलिग्राफ, इन्डिया टुडे इन्डियन एक्सप्रेसमा काम गरिसकेका युवराज घिमिरेले कान्तिपुर दैनिक र काठमाण्डू पोष्टको सम्पादक पदबाट राजीनामा दिनुको अन्तरकथा के थियो? यी सबै प्रश्नहरुको जवाफ पाउन भित्र आउनुहोस्।
‘हो रसेन्द्र भट्टराई प्रसङ्गले गर्दा राजीनामा गरेको हुँ’- हाल समयन्यूजफ्रन्ट साप्ताहिकका सम्पादक रहेका घिमिरिले भनेकाछन्- ‘मलाई नभनी काठमाण्डू पोष्टकान्तिपुरका केही साथीहरुलाई समाचार छाप्न भनिएको स्पष्ट भयो । मैले राति अबेर मात्र थाहा पाएँ दुवैमा त्यो समाचार छापिँदैछ प्रमुखकता साथ भन्ने’- ३ कार्तिक २०६० मा कान्तिपुरपोष्टले छापेको त्यो विवादास्पद समाचार सम्झदै उनी थप्छन् ‘त्यो भन्दा पहिलो मैले भट्टराई प्रसङ्गको समाचार एकपल्ट कान्तिपुरमा रोकिसकेको थिएँ’- घिमिरेले मार्टिन चौतारीले भर्खरै प्रकाशनमा ल्याएको पुस्तक ‘मिडिया सम्वाद’मा आफ्नो राजीनामा प्रकरण बारे खुलाएका हुन् । नेपालका विश्वसनीय भनिएका यी पत्रिकाले रसेन्द्र भट्टराई विदेशमा व्यवसाय गरिरहेका अति प्रतिष्ठित व्यक्तिको रुपमा चित्रण गरेका थिए । तर, जेठ २०६२ मा मृत्यु भइसकेका भट्टराईको रवाफ झुटो ठहरिएपछि पनि कान्तिपुरले गल्ती नसच्याएको प्रसंग पुस्तकमा छ ।

छापा, प्रसारण, क्षेत्रीय मिडिया, पत्रकारिता शिक्षा र पत्रकारका संस्था शीर्षक दिएर शेखर पराजुलीले लिएका १५ लिखित अन्तरवार्ता समेटिएको पुस्तकमा समेटिएको छ । दरबार हत्याकाण्ड हुँदा कान्तिपुरको सम्पादक रहेका घिमिरेले नेपाली प्रेसले हत्याकाण्डको अनुसन्धनात्मक रिपोर्टिङ गर्न नसकेको स्वीकार गरेका छन् । ‘दरबार हत्याकाण्ड मात्र हैन महत्वपूर्ण विषयमा नेपालको खोजी पत्रकारिता कमजोर छ’- भन्छन्- ‘संस्कारगत कारणका नाउँमा भौतिक प्रमाणहरु नस्ट गरिएकाले तथ्य र घटनास्थलमा पहुँच हुन सक्ने अवस्था थिएन ।’ हत्याकाण्डबारे तत्कालीन गिरिजा सरकारले संसदलाई विवरण दिन समेत नचाहेको विषय उनले सम्झिएका छन् । कान्तिपुर दैनिकका वर्तमान सम्पादक नारायरण वाग्लेले भने कान्तिपुरको सफलताको मुख्य शक्ति नै सम्पादकीय स्वतन्त्रता भएको उल्लेख गरेका छन् ।

पुस्तक पढ्दा पत्रिकामा सूचना प्रकाशित गरेर बन्दको आहृवान गर्ने चलन नेपालमा रहेको थाहा पाइनेछ । र्सवसाधारणलाई हैरानी दिने बन्दको विज्ञापन पत्रिकाले छाप्नुहुन्छ त ? ‘पत्रकार आचार संहितामा समाचारलाई विज्ञापन बनाउनु नहुने भनिएको छैन’- बन्द आहृवानको विज्ञापन छाप्ने धरानको ब्लाष्ट दैनिकका सम्पादक किशोरकुमार कार्की उल्टो प्रश्न गर्छन्- ‘कुनै विषय समाचार बन्न सक्छ भने त्यो विज्ञापन बन्न नसक्ने किन ? त्यसैलाई समाचार बनाउन मिल्थ्यो भने विज्ञापन बनाउँदा त्यसको नकारात्मक पक्ष के हुन्छ ?’

पुस्तकले नेपाली मिडियाका अभ्यास र प्रवृत्तिलाई केलाएको छ । पत्रकारिताका अध्येतालाई क्रिटिकल विश्लेषण गर्न सघाउनेछ । ट्रेन्ड थाहा पाउन सहयोगी छ । गहकिला प्रश्न र तिनका तार्किक जवाफले सामान्य पाठकलाई समेत रोमाञ्चित पार्छ । मिडियाको संस्थागत विकास, संकटापन्‍न सम्पादकीय स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुका समस्या सहितका मुद्दाहरुमा पुस्तकले गहन बहस चलाएको छ । छापा, रेडियो, टेलिजिभन, पत्रकारिता शिक्षा र पत्रकारका संस्थाहरु समेट्न भ्याएको पुस्तकले अनलाइन मिडियालाई सम्झिएको छ तर समेटेको छैन । पत्रकारको सम्पादकीय स्वतन्त्रतालाई साहुजीहरुको हातमा पुर्याएको भन्ने लुकाइएका नजिरहरु पुस्तकले सार्वजनिक गरिदिएको छ ।

समाचार उत्पादनको क्रममा पत्रकारहरुले भोगेका अनुभवहरु निकै घतलाग्दा छन् । समाज, सगरमाथा र कान्तिपुर दैनिक एवं काठमाडौं टुडे पाक्षिक हुँदा नेपाली पत्रकारिताको आइकोन बनेका रघु मैनाली ती दिन सम्झँदै भन्छन्- ‘मालिकको इच्छा र मुद्राअनुसार समाचारको कोण तयार गर्नुपथ्र्यो । मैले त्यसो गर्न नसकेको भोलिपल्ट बर्खास्तीको आदेश पाउथेँ । तर, मैले पाठक वा दर्शक वा स्रोता माझ पत्रकारिताका मूल्य र मान्यता अनुरुप काम गरिरहेको निर्लज्ज दाबी गर्नुपर्थ्यो।’

पुस्तकः मिडिया सम्वादः नेपाली पत्रकारिता बारे अन्तरवार्ता
प्रस्तोताः शेखर पराजुली
प्रकाशकः मार्टिन चौतारी, २०६४
पृष्ठः २१८, मूल्यः रु.१५०/-

यो पनि हेर्नुस्-
A Nepali’s unbelievable trail to super richness
By Prateek Pradhan (The Kathmandu Post)

11 Comments

  1. Dear Krishna dhungana yes your are right. many jounalist are running behind somebody else that one one reason people can’t get actual reporting, news for example u see now some paper give same news one way othere give another way if i gona buy two paper and read how can i jourment and say which is good news specailly partys paper giving own party way news. in fact in our society there are many thing happen threw big house media and small house media these people say they are say i am jounalist but they are giving bad news or bad reproting because he or she run by that mafiya i like to give challange to all big media house jounalist plz in this case try to give nice reproting regarding Tarai issue wheather they are run by them self or they run threw india or durbar or usa. i remember Rashi dhamala he is the hanuman of giraja koirala while he was lauda , dhamija till that time he came in rise so in my country really hard to get fair jounalist all run threw behind somebody else yes media give us news but that the one reason also country getting worse and worse .
    thank u

  2. तपाईंलाई मेरो १०० अंक क्रिश ब्रो,
    मोहिद खान हत्या कान्ड पछीको कपिल्बस्तु नरसम्हारको घटना आयोगको रिपोट भर्खर सार्वजनिक भएको छ । तेसमा स्थानिय एफ.एम स्टेसन पनि घटनालाई अती रन्जित ढङ्ले प्रस्तुत गरेको जसको कारण झन ठुलो जन धन को क्षेती भएको भन्ने किटानी गरेको छ र पत्रकारहरुलाई पनि दोषि ठहर गरेको छ । अब भन्नुस् तेस्ता पत्रकार लाई कस्ले कारबाही गर्ने ।
    पत्रकारहरु मोटर सइकल पार्क गरेको पैसा पनि नतिरी हिंड्ने गरेकोले न्यूरोडको एउटा पार्कइङ संचालकले पत्रकार भनेर नभन्नु होला भनेर साइनबोर्ड राखेको कुरा नेपालले फोटो छपेको थियो अली अघी ।
    जिल्लाका रिपोर्टरहरु प्राय सिडिओ साहेब , डीएस्पि साहेबको ओरी पारी घुमेर समाचार बनाउछन ।
    हिजोको कान्तिपुरको फ्रोन्त पेज को फोटो हेरुन । त्यहाँ बाइसीलले कालो झन्डा देखाएको भनिएको छ । त्यो देखौने मान्छे बाइसील नै हो भन्ने कुरबिकास कार्कीलाई कसरी थाहा भयो होला ।

  3. Yuvraj Ghimire was a informer of Royal Nepali Army even when he was working at Indian Express and BBC. He is not a journalist. He was forced upon Kantipur Publications by the army. When RNA told him to resign from Kantipur, he resigned. Even now, his main job is with (Royal) Nepali Army. Journalism is his cover. If you do not believe that, ask Ajay P. Nath, the man who recruited Yubraj in early eighties.

  4. I have found few news reportings that how Kantipur twists the real news…I dont believe this publication has any sincerity and responsibility at all. just big (publication) for big…

  5. Fantastic blog! thanks for blogger, This guy Prateek Pradhan who did this fake report; he is the editor of Kathmandu Post now. I think it’s Kantipur owner poltics aganist Ubraj Ghimire. Anyway, good news relase for us.

  6. The fourth organ of the state should focus more on investigavtie journalism. Also, it should also focus and bring news from the rural areas into headlines. Not only what is happening in KATHMANDU. Rural journalism is also necessary so that their voices are heard in the center.

Comments are closed.