कहाँ गए भ्रष्टाचारीलाई किरा पार्न चाहनेहरु ?

‘भ्रष्टाचारीलाई किरा परोस्’ यो नारा केही अघि निकै हिट थियो। यो छापिएको गन्जी लगाएर मान्छेहरुले फोटो सेसन गरेका थिए। भ्रष्टाचारसम्बन्धी छानबिन गर्ने जिम्मा पाएको अख्तियारका अधिकारीहरु समेत यो छापिएको गन्जी लगाएर फोटो खिचाउँदै थिए। प्रधानमन्त्री अनि सचिवहरु सबैले यही नारा छापिएको गन्जी लगाएर पत्रपत्रिकामा फोटो छपाए। यत्रो होहल्ला गर्नेहरु भ्याट कान्डमा नक्कली बिल छापेर देशको राजस्व लुटेर भ्रष्टाचार गर्ने ठूल्ठूला व्यापारीको नाम सार्वजनिक भएको खबरले देश तातिँदा कता गायब भो कता। साहसी डिचेन डोल्मा शेर्पाले आफूबाट घुस असुल्ने अध्यागमनका कर्मचारीको भिडियो सार्वजनिक गर्दा पनि बेपत्तै भयो। कारबाहीका लागि दबाब दिन यो समूहले केही गर्ला कि भन्ने आशा पाठकहरुले निकै गरे। उनीहरुको आशा अझसम्म पूरा हुन सकेन। आखिर कहाँ गए त भ्रष्टाचारीलाई किरा पार्न चाहने यो समूह? के यस्ता नाराले भ्रष्टाचार अन्त्य हुन्छ त ? अथवा भ्रष्टाचार कम गर्न सघाउ पुर्‍याउँछ त ? भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा लामो समयदेखि कार्यरत डा. नारायण मानन्धरसँग मैले यस विषयमा केही जिज्ञासा राखेको थिएँ। एन्टि करप्सन एक्सपर्ट डा. मानन्धरका विचारको सारसंक्षेप पढ्न भित्र आउनुस्।

भ्रष्टाचारीलाई किरा परोस्! भ्रष्टाचारको विरोधमा समयसमयमा बनाइने नाराहरुको यो एउटा रुप हो। विगतमा पनि अख्तियार र प्रो पब्लिकले यस्ता नारा लेखिएका स्टिकरहरु बनाएका थिए-
• भ्रष्टाचारीलाई प्रवेश निषेध
• भ्रष्टाचारमुक्त क्षेत्र
• भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गरौँ
• भ्रष्टाचारीलाई चुला बारौँ

सुरुमा त यी नाराहरु निकै प्रभावकारी लागेका थिए। तर बिस्तारै यत्तिकै हराएर गए। सं‍भवतः त्यो छाप्न आउने विदेशी पैसा सकिएर। सुरुमा त यो निकै प्रभावकारी भएको थियो। प्रो पब्लिकले त यस्ता स्टिकर १० रुपैयाँमा बेचेको समेत थियो। भ्रष्टाचारविरोधी स्टिकर टाँस्न चाहनेले १० रुपैयाँ तिरेर स्टिकर किन्नुपर्थ्यो। यो अलग कुरा हो कि एउटा स्टिकरलाई १० रुपैयाँ लिनु नै भ्रष्टाचार भएको गाइँगुइँ त्यतिबेलै सुनिएको थियो। किनभने यी स्टिकर पैसा लिएर बेच्न हैन, निःशुल्क बाँड्न बनाइएका थिए।

ट्रान्सपरेन्सी इन्टरन्यासनल नेपालले पनि वार्षिक क्यालेन्डरमा यस्ता भ्रष्टाचारविरोधी सन्देशहरु छाप्ने गर्छ। यसले केही ठाउँमा होर्डिङ बोर्डसमेत राखेको थियो।

यी प्रचार सामाग्रीहरुले निश्चय पनि जनचेतना फैलाउँछ। भ्रष्टाचार जस्तो विषयलाई खुला बहस र छलफलको विषय बनाउँछ। तर जनचेतना जगाउने गतिविधिहरुको समस्या के हुन्छ भने भ्रष्टाचारको समस्या नियन्त्रण गर्न प्रभावकारी समाधानको अभावमा यसले अन्ततः झन् बढी निराशा जन्माउँछ। जनआन्दोलन ०६२/६३ पछि गरिएका आशा र त्यसपछिको राजनीतिले ल्याएको निराशालाई हामी योसित दाँज्न सक्छौँ।

भ्रष्टाचार सामना गर्नुपर्ने मानिसहरुले सामान्यतया यस्तो प्रतिक्रिया जनाउँछन्:
• भ्रष्टाचार सहने ४४%,
• रिसाउने ३५%
• निराश हुने २२%

(यो तथ्याङ्क पूर्वी युरोपमा कसैले तपाईँलाई घुस माग्यो भने कस्तो महसूस गर्नुहुन्छ भनी सोधिएको एउटा प्रश्नको जवाफमा आधारित छन्)

यसमा रोचक पक्ष के छ भने पूर्वी युरोप जहाँ सोभियत संघबाट टुक्रिएपछि बनेका देशहरु छन्, त्यहाँ भ्रष्टाचार बढ्दो छ। त्यहाँका ४४ प्रतिशत जनताले भ्रष्टाचार सहन्छु भनेका छन्। संभवतः उनीहरुले सार्वजनिक ओहोदामा बसेका अधिकारीहरुलाई घुस दिने बाहेक अन्य उपाय देखेनन्।

थप रोचक दुई विकल्प रहे- रिसाउने र निराश हुने। रिसाउने र निराश हुने काम भ्रष्टाचारको समाधान हैन। किन ?

भ्रष्टाचार एउटा फरक किसिमको व्यवहार हो। अरु अपराधहरु जस्तै हत्या, चोरी जस्तो यो हैन। कुनै सार्वजनिक ओहोदामा रहेका अधिकारीले घुस माग्दा आफूले त्यसो गरेको थाहा नहुने वा थाहा भए पनि सजाय नहुने कुरामा ऊ विश्वस्त हुन्छ (यसलाई हामी दण्डहीनता भन्छौँ) अथवा सजाय यति कम हुन्छ कि उसले खुसीका साथ स्वीकार गर्छ (जस्तै चिरन्जीवी वाग्ले र रामाज्ञ चतुर्वेदीको केसमा हेर्नुभयो होला, उनीहरु हाँसीहाँसी जेल गएको फोटो छापिएका थिए)

भ्रष्टाचारीलाई किरा परोस् वा यही समूहले एक महिनाअघि बनाएको नयाँ नारा भ्रष्टाचारी जेल परुनले काम गर्दैन। किनभने यो नारा irrational छ, रिसको उपज हो यो नारा, निराशाको उपज हो। तपाईँले rational व्यवहार (भ्रष्टाचार) लाई irrational समाधान (बेइज्जतिपूर्ण नारा) ले चुनौति दिन सक्नुहुन्न। नैतिकता नै प्रभावकारी उपाय भइदिँदो हो त सुरुमा भ्रष्टाचार भन्ने कुरै हुँदैन थियो।

अनि यो लगनपछिको पोते अर्थात् बितिसकेपछिको समाधान हो- यहाँ मान्छेले भ्रष्टाचार गरिसक्यो अनि तपाईँ चाहिँ सराप दिने र यो होस् वा त्यो होस् भनी कामना गर्दै हुनुहुन्छ!

त्यसो भए के गर्नुपर्छ त भ्रष्टाचार नियन्त्रणका लागि ?

मानिसहरुले अक्सर कडा सजाय हुनुपर्ने भन्छन्, जस्तै टुँडिखेलमा झुण्ड्याउने। भियतनाम र चीनमा भ्रष्टाचार गर्नेहरुलाई मृत्युदण्ड दिने कानुन छ। तर पनि यी दुई देश विश्वका सबैभन्दा भ्रष्ट देशहरुको सूचिमा आउँछ। किन कडा सजायले पनि काम गरेन त ? फेरि पनि, अघि भने जस्तै कुरा, यो भनेको बिरामी मान्छेलाई अस्पताल लानु जस्तैमात्र हो। सही समाधान त त्यसलाई रोक्‌नु हो। कडा घातक रोगहरु जस्तै क्यान्सरलाई भने शल्यक्रिया र किमोथेरापी नै आवश्यक हुन्छ। भ्रष्टाचार पनि क्यान्सर रोग जस्तै हो।

हालैका दिनमा भ्रष्टाचारविरोधी अभियानमा संलग्न रहेकाहरुले के देखेका छन् भने भ्रष्ट मानिसहरु हाँसीखुशी जेल जान राजी भइरहेका छन्। अझ मर्न पनि तयार भइरहेका छन्। तर उनीहरु आफ्नो सम्पति सरकारले खोस्ला कि भन्ने डरमा भने रहन्छन्।

हो, यदि भ्रष्टाचार सम्पतिसँग जोडिन्छ भने हामीले त्यस्तो सजायँ प्रणाली बनाउनु पर्‍यो जसमा लामो जेल सजाय हैन, भारी जरिवाना तिर्नुपरोस्, ताकि दोषीको परिवारका सबै सदस्यको समेत सम्पतिले त्यसलाई चुक्ता गर्नुपरोस्। चोरिएका सामान र सम्पति फिर्ता गर्दा यही उपाय अन्तर्राष्ट्रिय रुपमा अपाइन्छ। गैरकानुनी रुपमा आर्जित सम्पतिलाई विश्वका सबै देशका सरकारले जफत् गर्ने कोशिश गर्छन्।

चिरन्जीवी वाग्ले कै उदाहरण लिनुस्- उनीमाथि १० वर्षको राजनीतिक जीवनमा २.८ करोड भ्रष्टाचार गरेको अभियोग लाग्यो। यसलाई तपाईँले १० ले भाग गर्नुभयो भने २८ लाख प्रति वर्ष हुन आउँछ। यसलाई पनि १२ महिनाले भाग गर्नुभयो भने प्रति महिना २.३ लाख हुन आउँछ। अब भन्नुस्, के तपाईँलाई लाग्छ वाग्लेले प्रति महिना २.३ लाख मात्रै घुस लिए होलान् ?

67 Comments

  1. salokya जी:
    १. नेपालका ‘सुकिला-मार्का’ बुद्धिजीवीहरुको चर्तिकला यस्तै हो, जाने बुझेकै हो/ आश्चर्य नमान्नु होला/ बरु mysansar ले नै भ्रस्टाचार निर्मूल गर्न यिनीहरुले भन्दा हजार-गुणा बढी meaningful योगदान गरि’रा छ/
    २. एउटा अचम्म चाहि के छ भने यिनै कीरा-वाला ‘सुकिला’ हरुलाई donor हरुले पनि खुलेरै/लुकेरै अथाह $ खन्याउछन्, के यो खोजि-पत्रकारिताको बिषय होइन र!

  2. भ्रष्टाचारीलाई किरा परोस भन्ने अभियान शरू भएको केहि समयपछि कान्तिपुरमा विश्वप्रकाश शर्माको लेख छापिएको थियो जसमा भ्रष्टाचारीलाइ किरा कि कठघरा ? भनेर प्रश्न गरिएको थियो । उक्त प्रश्न परोक्ष रूपमा रविन्द्र मिश्रलाई र प्रत्यक्ष रूपमा उक्त अभियान र त्यसमा सकृय रूपमा लाग्नेहरूलाई सोधिएको थियो । सायद नेपालका पठित जमातले रविन्द्र मिश्र श्रृजित पिँध विनाको उक्त अभियान भित्रको खोक्रो आदर्श राम्ररी बुझे र त्यो गन्जी विक्रीबाट प्राप्त आम्दानीको दालमा पनि केही कालो देखे। साँच्चै भन्नुपर्दा यदि भ्रष्टाचारीलाई किरा पर्न पर्ने नै हो भने सबभन्दा पहिला त रविन्द्र स्वयमलाई पर्नुपर्छ। उनि कति भ्रष्टाचारी छन् भन्नेकुरा उनलाई नजिकबाट चिन्नेहरूले जान्ने कुरा हो। कार्यालयमा अरूलाई धेरै काम लगाउनु र आफूले कम काम गरेर धेरै तलब थाप्नु भ्रष्टाचार हो कि होइन? अर्कोतिर नेपाली मिडियामा चर्चा पाउन उनले नेपालका एक से एक सम्पादक र चर्चा घरहरूका श्रीमतीहरूलाई आफ्नो कार्यालयमा कारिन्दा बनाएका छन्। आफ्ना श्रीमतीको रोजगारीका अगाडि लाचार सम्पादक र चर्चाघरहरूका नायकहरू मिश्रका पिँध बिनाका खोक्रा आदर्शले भरिपूर्ण अभियानलाई चर्चामा ल्याउन विवश छन्। कार्यालयको काममा कत्ति पनि नखटिने , एक से एक भ्याट छलि प्रकरणका नाइकेहरूसित रति डिनर गर्ने, सके र पाएसम्म व्यभिचार गर्ने मिश्रको पुरानो बानीसित परिचित मानिसहरूले मिश्रको मनुज चौधरी नामको प्रतिगमन अभियानबारे पनि समयमै सचेत गराएकै हुन्। बीबीसीका एकजना स्थानीय पत्रकारका रूपमा उनले गर्नपर्ने काम नगरी उल्टो राजनीतिक वा सामाजिक अभियन्ताले गर्ने काम गरेर उनले राजनीति भित्र छिर्न छिर्के दाउ हेरेर बसेका छन्। उनले वीवीसी नेपाली सेवाको छवि विगारेका छन र अफिसमा काम चोरका रूपमा आफूलाई सहकर्मीहरू माझ दरेका छन्। नत्र भने बीबीसी नेपाली सेवाबाट उनले अहिलेसम्म किन एउटा पनि भ्रष्टाचार काण्डको पोल खोल्न सक्दैनन ? किन करोडौ भ्याटमाराहरूको काण्ड पर्दाफास गर्न सक्दैनन । किन बज्दैन वीवीसीमा अनुसन्धान मूलक रिपोर्टहरू। खालि ट्वार ट्वार राजनीतिक अन्तर्वार्ता वाहेक अरू कुरा किन आउँदैन वीवीसी नेपाली सेवाबाट। मिश्र जत्तिको छवि भएका मानिसहरूले कुनै कुराको उठान गरिसकेपछि त्यसको निचोडमा पुगेर मात्र अभियान विसर्जन गर्नुपर्छ नत्र उनले आफूमात्र होइन आफू सम्वद्ध सस्थाको विश्वसनियता माथि समेत आँच पुग्ने काम गरेको मानिन्छ।

    • खबरदार! खबरदार!! बल्खु भित्र लेनिन स्टालिन र कार्लमार्क्स बन्न खोज्नेहरू…….
      खवरदार खवरदार !! पेरिस डाँडामा बसेर माओत्सेतुंग र किमइल्सुंग बन्न खोज्नेहरू
      नागरिक नागरिक बीचको मित्रता हत्याउने,
      राष्ट्र र राष्ट्र्यता सँगको सहमति लत्याउने.
      राष्ट्रघात संधि तिर गोप्य सहमतिको दृष्टि तर्काउने,
      अनि दुबै तिर धनुष बाण फर्काउने.
      (वाह!कमरेडको अर्जुन दृष्टि!)

      कहिले डोको भित्र पसेर बाह्र बुँदे,
      कहिले चाल्नी मुनि बसेर पाँच बुँदे
      राष्ट्रको संपत्ति दुरुपयोग गर्दै लुच्छ चुंडी
      जता जता डालर र आई.सी उतै उतै कमरेड अर्जुन दृष्टि
      (कामरेडहरुको पराकाष्ठा……!)
      बल्खु र पेरिस डांडा भित्र बहुनबाद र जनैबाद गन्हाई रहेछन्,
      बानेस्वरको कुनामा बर्षों पछि बनेका प्रजातंत्रिक समजबाद्का गन्धेहरू
      अनि तिनै गन्धेहरुको आडमा
      सहमतिमा एउटा कुरा लेखियो
      तर ब्यबहारमा अर्कै देखियो.
      होसियार!!नेपालबासी हो !
      कुहिएको दुर्गन्धित वस्तुलाई
      बेलैमा उचित स्थानमा विसर्जन गराऊँ
      नत्र हैजा फैलन सक्छ…..
      होसियार!!नेपालबासी हो !
      पदलुप्त,अवसरवादी,भ्रष्टचारी नेपाल आमाको मुटुमा छुरा घोप्नेहरू देखि
      परीक्षाको घडीमा हातमा बुङ्गो बोक्नेहरू देखि
      भारी पल्ला पक्षाउदै समर्थनको ताली ठोक्नेहरू देखि
      प्रजातान्त्रिक समजबाद,बहुलबाद र जनबाद्का सिद्धान्त बोक्नेहरू देखि
      जनताको बहुदलीय जनवाद ओझेलमा पार्न खोज्नेहरू देखि
      गोप्य रुपमा राष्ट्रको अहितमा बिदेशी संग संधि समझौता गर्नेहरु देखि
      नेपाल राष्ट्र भित्र गांधी,माओत्से,लेनिन,स्टालिन र कार्लमार्क्स बन्न खोज्नेहरू देखि
      इतिहासले अहमताको नतिजा पाना पानामा लेखाई दिएको छ
      तेरो घरमा कांग्रेस पसोस,तेरो घरमा माओबादी पसोस,तेरो घरमा नक्सलाईट पसोस भन्ने
      वास्तविक औचित्य सर्बांगपारि देखाई दिएको छ
      फेरी किन नेपाली जनतालाई अन्धो बनाएर गुट-उपगुटका पछि कुदाई राखेका छौ??
      भारतको इसारामा नाच्दै आफू-आफूमै किन जुधाई राखेको छौ???
      यो प्रश्न गर्दैछन् आज साह्रा नागरिक र समायोजनमा ल्याउने शैनिकहरुले अनि सहिद्का परिवारले
      उत्तर देउ प्रजातंत्रीक समजबाद्का खोल लगाउनेहरु,उत्तर देऊ बहुलबाद्को मुकुन्ड़ो लगाउनेहरू,
      उत्तर देऊ सर्वहारका नेता हूँ भन्ने माओबादी खाओबादिहरू
      उत्तर देऊ प्रत्येक राजनितिक दलका गन्हाउने ब्राह्माणहरू!!!

  3. हैन भ्रस्ताचारिलाई किरा पर्ने भय प्रचण्ड, माकुने, राम्चंद्रे, ओली, झले, गोबिन्दे गच्छेदार ,शेरे,सुबथा, सुजाता ,कमले,खुमे, रामसरन हरुलाई खोइ त केहि भयको छैन
    आखिर यिनीहरुले नचाहेको भय त खरदार,सुब्बा जस्ता सना कर्मचारीले मात्रै चाहेर
    त देशमा भ्रसताचार बढेन होला ? कुरा कहिले बुझने हो ?

    झाले

  4. Earlier, Umesh-ji had given me five/six sets of questions covering almost all aspects of corruption. In this small script I have only sought to respond to his first set of querry. In the coming days, I will respond to other set of querries in a sequential manner. Unfortuntely, due to my incapacity to type in devnagari, I jotted down my views in English. Umeshi-ji has done his best to translate in Nepali, but now I feel, the best way is to write straightaway in Nepali.
    I very much appreciate immense interests expressed by the commentators. There is some delay in responding to querries due to my out of the station stituation. In the mean time, I request friends taking interest in anti-corruption to browse the website http://www.ipaidabribe.com. The site operator/inventor Mr. Raghu-ji was here in Kathmandu in the mid of October and was offering software free of cost to anyone interested to run a similar website here in Nepal. Please, do feel free to contact him. What we need is a new way, innovative ideas and approaches to fight corruption in Nepal. The source of ideas can be anybody, from anywhere. I also request friends to visit http://www.corruptioresearchnetwork.org for jobs, seminars, funding opportunities, and latest research events/studies in teh field of corruption and anti-corruption. And please do visit http://www.againstcorruption.eu for global coverage of anti-corruption news and events.

  5. “सरापले मान्छे मर्दैन
    तातो पानीले घर जल्दैन”
    नेपालमा अधिकाम्स व्यक्ति हरुको मनोभावना र नियत नि खराब छ
    शिक्षण वा अन्य पेसा भन्दा निजामती किन राम्रो ??
    – त्यहाँ भ्रस्टाचार गर्ने मौका बढी पाइन्छ
    निजामतीमा फेरी किन राजस्व, मालपोत, भन्सार अनि विमानस्थल राम्रो ??
    – त्यहाँ अकुत भ्रस्टाचार गर्न पाइछ किनकी यी ठाउहरु धेरै नगद तथा जिन्सीको कारोबार हुन्छ
    फलानाले राजस्व को अधिकृत मा नाम निकालेमा कोहि खुसि वा दुखि किन हुन्छ ???
    – किन भने उसले अब धेरै माल कमाउने भयो
    कर्मचारी सरुवा प्रकरण किन चर्चामा आइरहन्छ ????
    – किन कि त्यहाँ धेरै पैसाको चलखेल हुन्छ
    प्रहरीका SP सरुवामा धेरैलाई किन चित्त बुझेन ?????
    – अब माल कमाउने ठाउमा परिएन
    अस्ति भर्खर प्रहरी निरीक्षकको सरुवामा गच्छेदारले किन हस्तक्षेप गरे ??????
    – उनले त्यहाँ धेरै माल कमाए
    त्यो सरुवा किन धेरै प्रहरी निरीक्षक हरुलाई चित्त बुझेन ??????
    – किन कि उनि हरुको सरुवा कम माल कमाउने ठाउमा भयो
    धेरै प्रहरी हरु किन ठमेल, दर्बारमार्ग जस्ता ठाउ हरुमा सरुवा हुन् चाहन्छन ???????
    – किन कि त्यहाँ सबै भन्दा धेरै माल कमाउन पाइन्छ
    म काठमाडौँ बिस्वबिद्यालयको लेक्चर , मेरो एउटा साथि राजस्वको अधिकृत अनि अर्को चाही जनपथ प्रहरी निरीक्षक, हामि तिन जना लगभग एउतै समयमा नियुक्ति भएका, मेरो तलब नियुक्तिको समयमा झन्डै उनीहरुको भन्दा दोब्बर तर बिगत १० बर्षको अबधविमा उनीहरुले मेरो भन्दा १० गुना सम्पत्ति जोडे किन/ कसरि ???
    – यसको उत्तर चाही रबिन्द्र मिश्र अनि अरु पाठक हरुलाई !!!! धन्यबाद

  6. ………आफै किरा परेर कुनै कुनामा सडिरहेका होलान नि ।‘भ्रष्टाचारीलाई किरा परोस्’ लेखेर लगाउदा आफु चोखो बनिने आशा थियो होला । त्यो भेस्ट लगाउन त लगाए नि आफुले गरेको भ्रष्टाचारको आत्मग्लानिले भतभति पोले पछि ………..आफै किरा परेर कुनै कुनामा सडिरहेका….

  7. मलाई के लगिरखेकोर्छ भने माओबादी १० सौ वर्ष संघर्स गरेर राजतन्त्र हटायो,तर गरिब जनता ले के पायो ???जैले पनि सरकारी काम
    मा घुस नाखुयाई केहि काम हुदैन. ब्यापारीहरु सधै जनता र राज्वास्वो ठग्ने काम गरिरहेका छन्.हिजो फाटेका चप्पल लाएर काठमाडौँ आएका so called नेताहरु ले आज करोडौ कसरि कमाए ? जसले भ्रस्टाचार गरेर कमाएको छ, उसको सम्प्पति जफद हुनु पर्छ. अब भन्नुस सेरे,सुजाता,चरी,परसुराम,चक्रे मिलन,अनि आफ्नै कार्यकर्ता ले मार्न खोजेका माओबादी गुण्डा सांसद !!!!!! लिस्ट त धेरै छ.सुरुवात त इ नै नेता ?????? हरुबाट लिनुपर्यो नि.तिमि हरु ले यत्रो सम्पत्ति कर तिरेर कमायेकौ हौ,नत्र भने यो सम्पत्ति भ्रस्टाचार बताई आएको हुनुपर्छ .अब तपाई म जस्तै संतिप्रिय,बुद्ध र गान्धी को सिधान्त अपनाउने मा हो भने नेपाली समस्या को समाधान नेपाली ले मात्र गर्न सक्छ.हामीले घुस दिन्न भन्नु पर्यो.हामी(नेपाली जनता) ले सबैको सम्पति थाहा पाउनु पर्यो,डेमोक्रेटिक देस हरुमा को संग कति सम्पति छ,भनेर मेडिया मै आउछ.त्यस्तै हामीले पनि थाहा पाउनु पर्यो कि हिजो के थियो र आज कति छ.तर गर्ने कसले ??????

  8. मैले यस बारेमा धेरै जसो ‘नेपाली साथीहरुको’ मन्त्यब्य पढने मौका पाए,खासगरी सरद सुबेद, हिमाली, सफल,निमा ज्यु हरु को .हाम्रो नेपालमा एउटा समस्या छ, बिरालो को घाटीमा कसरि घन्टी बाध्ने ? भनेर. George orwell ले १९४५ मा ‘Animal farm ‘ भन्ने एउटा सारै रोचक कथा लेखे, जसमा राजनैतिक सुंगुरहरु ले जनता लै कसरि सोसिरह का छन् भनेर.अहिले को नेपालमा नेता भनाउने हरु,कांग्रेस,एमाले (सबै भन्दा गिरेको ),मधिसे,तथा केहि माओबादी,ले अतिनै भ्रस्टाचार गरेका छन्.ब्यापारीहरु र सरकारी कर्मचारीहरु ले त सधै नै भ्रस्टाचार गर्दै आएका छन्.अब यस्तो भ्रस्ताचारिहरु लै कसरि निर्मुल गर्ने त ? साथी हरु,म १९५४ मा काठमाडौँ मा जन्मे हुर्केको व्यक्ति,पंचायत को कालमा एउटा नराम्रो ऐन थियो ,त्यो भने सान्ति सुरछ्या कानुन .राजा महेन्द्र ले धेरै सुधार ल्याउन खोजे,भूमिसुधार १९१८ तिर . तर त्यसबेला पनि जमिन्दार हरुले आफ्नो हरुआ,नोकर हरु को नाममा आफ्नो जग्गा लगैदिएर् त्यो कानुन बाट बचे.साथी हो ७० /८० तिर नेपाल संतिपुर्य देस थियो,अहिले को नेपालमा सान्ति र सुरछ्या छैन,एमालेले सबै जसो माफिया लाई प्रोटेक्ट गरिरहेछ.अब नेपालको लागि एक मात्र बाटो छ,त्यो जनता उठ्नु पर्यो.जनताको विरुद्ध कुनै मैकालाल खडा हुन् सक्दैन.हामीले tunsia ,egypt ,libya मा देख्यौ ,अब पालो छ नेपाली जनता ले इ भ्रस्ट नेता,ब्यापारी, कर्मचारी संग खुलेआम लडाई लड्ने.p .s. म कुनै पार्टी को सदस्य होइन,तर समस्त नेपाली ले अहिले एउटा नया पार्टी सिर्जना गर्नु पर्न्रे भएको छ,जसमा सबै इमान्दार व्यक्ति ले देस र जनता को हित को लागि काम गर्नेछन.may be I am dreaming ,but it can be done !!!!!

  9. किरा नै सिधियो होला अनि किरा भन्दै यार्षा गुम्बा भेताएर तै चुप मै चुप होला नि त . हामी पनि येस्ताको मुख मा गुदपाक परोश भनौ है , कसो.

  10. भ्रस्टाचार रोक्न्न त अब शाही आयोगनै पुनर्बहाली गरे मात्र हो ! किनकि, सस्ता नाराहरु को बिकाश उचतम बिन्दुमा पुगेर बनाराशी बाबु को कट्टु मुनि सजिएर बसेको छ बसेको छ !!!

  11. मलाई एउटा चित्त नबुझेको कुरा – रबिन्द्र मिश्रलाई सरकारी कोष खर्च गरेर भ्रष्टाचार निर्मुल पार्नुस भनिएको थियो र ? उनले जे सोचेर बहस चलाउन खोजे गरे । म भोलि पिकनिक जान पाउने की नपाउने ? ल पिकनिक जाऔ ल साथि हो भन्न पाउने की नपाउने ? मलाई त्यो स्वतन्त्रता छ भने उनलाई ‘भ्रष्टाचारीलाई किरा परोस’ भनेर टी सर्ट लगाउन की हवाइजहाज उडाउन, त्यो उनको स्वतन्त्रता हो । हिजो सम्म कसैले चुक्क बोलेको थिएन भएकै थियो । आज एउटाले केही गर्न खोज्यो सुरु भैगो अनेक नकारात्मक चियो चर्चो । कानुन बनाउनेले कानुन बनाउने, चेतना फैलाउनेले चेतना फैलाउने । त्यति गरे हुन्न र ? आफू केही गर्न नसक्ने बितिक्कै अरुको कुरै काट्नुपर्छ भन्ने त छैन नी । (रबिन्द्रको मिश्रको आफन्त, नुन खाएको, पिछ्लग्गु नसोच्नुहोला । मैले उनलाई बी बी सी बाहेक अन्त सुनेको छैन ।)

  12. हाम्राे समाजमा गलत मान्छे लाई केही गर्न नसके पछि उसलाई सराप्ने चलन छ। याे किरा पराेस भन्ने नारा पनि यही लाचारी पन को उपज हो ।

    Mahesh S

  13. म त केहि भन्दिन यस बारेमा किनकि जो जतिले आक्रोश युक्त कमेन्टहरु लेखे पनि गर्ने अनि पर्ने बेला सबै पछी हट्छन,बोल्न नेपालीहरुलाई सिकाउनु पर्दैन जो त्यो नेता वा जनता किन नहोस्////////////

  14. नेपालमा सराप दिनु भनेको आसिस दिनु जस्तो हो | किरा परोस भन्ने हरु लाइ किरा परेको र भ्रस्ताचारिहरु लाई आसिस मिलेको जस्तो छ |

  15. एउटा प्राधिकरण मा काम गर्ने हाकिम को २/३ लाख तलव प्रधान मन्त्रि को ४०/५० हजार….. अनि कहाँ बाट सुरु गर्छौ भ्रस्टाचार निर्मुल पार्न ??

    • केशवजीलाइ मन्त्रीहरूको भत्ता सुबिधा बीमा सहुलियत भ्रमण सवारी मनोरंजन औषधोपचार इत्यादिको बारेमा अलि जानकारी नपुगे जस्तो छ.. मन्त्रीहरूको तलब त देखाउने दांत मात्र हो !!

  16. ‘किरा परोस्’ भन्नेहरूलाई नै किरा परेजस्तो छ ।

  17. हात्ती को खाने र देखाउने दाँत छुट्टा छुट्टै हुन्छ भनेर थाहा छैन र ?????

  18. भ्रष्टाचारीलाई किरा परोस भन्दैमा किरा पर्ने होईन । जती सराप्नुस उति उन्नती हुन्छ उनीहरुको । जती पुत्ला जलाउनु होस्, उत्तिकै आयु बढ्छ तिनिहरुको । कि त नेपाली छोरी डिचेन डोल्मा शेर्पाले जस्तै भ्रष्टाचारिको प्रमाण सहित कार्वाहिको निमित्त अपिल गर्ने हिम्मत देखाउन सक्नु पर्‍यो । बिदेशी पैसाले किनेको ‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने टिशर्ट लगाउँदैमा भ्रष्टाचार निमिट्यान्न हुने होईन । भ्रष्टाचार गर्नेहरु नै ‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने टिशर्ट लगाएर आफ्ना भ्रष्टाचारलाई लुकाए झैँ लाग्दछ । हैन भने यत्रो भ्रष्टाचार मौलाएको बेला कहाँ गए ति ‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने टिशर्ट लगाउनेहरु ?
    प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई कै शब्दमा ‘मैले चाहेर पनि सुशासन कठिन छ’ भनेको सुन्दा धिक्कार तिम्रो नैतिकता भन्न मन लागेको छ । सत्ता टिकाउन भ्रष्टाचारीलाई कार्वाही गर्न सक्दैन उ । कार्वाहिको शुरुवात गरे कुर्सिमा भूँइचालो जाने डरले यदी कार्वाही गरिँदैन भने डा भट्टराइ पनि भ्रष्टाचारिकै मतियार हुन भन्नु पर्ने हुन्छ । डा भट्टराइ पनि उहि ड्याङ्गको मुला रहेछ । फरक अरुभन्दा राम्रोमा होस या नराम्रोमा उ प्रथम नै हो । आश्वासन दिन्छ, काम हुँदैन, आदेश दिन्छ पालना हुँदैन । कर्मचारी सरुवा गर्छ, कर्मचारिले नै टेर्दैन ।
    सात दिन भित्र भद्रकाली-थापाथलीको बाटो खोल्ने आदेश दियो- सेनाले टेरेन, काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृत गणेश राईलाई कार्वाही गरी सरुवा गराइयो-उल्टो सरकारी टोलिको प्रमुख बनी बिदेश पो गएछन्, इक्वेडरमा आदेशै नटेरेर । स्थानिय बिकास मन्त्री पनि आफ्नै पार्टीका टोप बहादुर रायमाझी नै हुनुहुन्थ्यो ।
    यहाँ भ्रष्टाचारिलाई मलजल गर्न राजनैतिक पार्टीहरु नै बढी जिम्मेवार छन । आ-आफ्नो पार्टीलाई बलियो बनाउन जे को पनि सँगठन खोल्न उक्साउने राजनैतिक दलले, कर्मचारीतन्त्रलाई राजनीतिकरण गरेर भुत्ते बनाउन कर्मचारी सँगठनहरुकै भूमिका निर्णायक रहेको छ । प्रधानमन्त्री कै शब्दलाई सापटी लिने हो भने ‘युनियनबाजीले कर्मचारीतन्त्रलाई धेरै नै बिगार्यो भन्नुहुन्छ ।
    हामिले मान्दै आइरहेको हाम्रो संस्कृतिमा पनि भ्रष्टाचारको गन्ध आउँछ । आफ्नो कुनै काम फत्ते गराउन भगवानलाई पनि घुस खुवाउन जान्छौ, मन्दिरहरुमा । प्रभु, यो काम पूरा गरी दिए कालो बोको चढाउँथे, कुखुरा चढाउँथे अथवा लड्डु चढाउँथे भनेर । यस किसिमको हाम्रो परम्पराको कारणले पनि हाम्रो समाजलाई भ्रष्टाचार मुक्त बनाउन सकिरहेक छैनौ हामिहरुले । शुरुमा भने जस्तै भ्रष्टाचारीलाई किरा परोस भन्दैमा किरा पर्ने होईन । जती सराप्नुस उति उन्नती हुन्छ उनीहरुको । जती पुत्ला जलाउनु होस्, उत्तिकै आयु बढ्छ तिनिहरुको । त्यसैले आउनुहोस एउटा प्रोशेसन निकालौ र नारा लगाऔ- भ्रष्टाचारी जिन्दाबाद्, भ्रष्टाचारी- अमर रहोस्, भ्रष्टाचारी- चिरायू रहुन्, भ्रष्टाचारीलाई अभिनन्दन गरौ……….

    • बरु हामी भ्रस्टचारी लाइ अब सहदैनौ भनेर लौरो जुलुस निकाल्ने होकी? बरु मघेसक्रान्ती को दिन सब मिलेर जुलुस निकाल्ने हो भने मा लगाएत घरका सबै परिवार लौरो कुच्चो बोकेर आउछौ.५ लाख जति त आउछन होला काठमान्डूमा मात्र.एक चोटी तर्साउनु पर्यो.कसले आयोजना गरेको भन्दा ? न कुनै पार्टी न कुनै डलर को लगानी.जनताले नेता कर्मचारी लाइ न तर्साई नहोला जस्तो छ

  19. नेपाल मा अरु चिज को बिकाश नभए नि नारा को चै खुब बिकाश भएको छ/ “बिकाश को मूल फुटाउने” देखि “भ्रस्टचारी लाई किरा परोस” सम्म/ यहाँ सम्म आईपुग्दा सबै ले त्यो नारा लाई followup त गर्छन तर ब्यबहार मा लागु गर्ना साथ आफु लाई हानी हुने हुनाले सबैजना ब्यबहारमा नलगाउने अनि भूमिगतहुने / यहि नै त्यहाँ को सस्कार हो/

  20. किरा खोज्न गयका होलान! भ्रस्ताहरुलाई किरा परोस त भनियो तर पार्ने किरै पायानन होला वा किरा भन्दा धेरै भ्रस्ट हरु भेटाउदा पार्ने किरा नापायाका हुदो हो त के गरोस अब किरा खोज्न तिर लागे जस्तो छ है !

  21. Taken from e -news site ;

    ‘यसपाला समयमै बजेट भाषण भयो, बेलैमा पारित पनि भयो,’ ती इन्जिनियरलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मन्त्रीले अग्रिम घुस मागेर महिनौंदेखि करोडौं रुपैयाँको कार्यक्रमको फाइल थन्काएर राखिदिएकाले कामै सुरु भएको छैन।’
    सहसचिव इन्जिनियरको नेतृत्वमा आएको टोलीले गरेको गुनासोबारे प्रधानमन्त्री भट्टराईले मुख्य सचिव र सचिवहरुलाई ‘बुझ्न’ अह्राएका छन्। टोलीले नयाँ ‘प्रिपेड’ भ्रष्टाचारको जन्म भएको बेलिविस्तार लगाएको थियो।
    ‘केही मन्त्रालयमा कार्यक्रम स्वीकृतिमै रकम मागियो भन्ने गुनासो आएको छ,’ निवासमा संवाददाताहरुसँग भेटमा प्रधानमन्त्रीले भने, ‘मैले तुरुन्त बुझेर आवश्यक कारबाही गर्न भनेको छु।’
    स्रोतअनुसार सिंचाइँ, भौतिक योजना तथा निर्माण, कृषि, स्थानीय विकास जस्ता मन्त्रालयमा कार्यक्रम स्वीकृतिमा ढिलाइ भएको छ।
    मन्त्रिपरिषद् स्रोतअनुसार कार्यक्रम रोकेर लाभान्वित हुने ध्येयले सिंचाइँमन्त्री महेन्द्र यादवले सबैभन्दा धेरै फाइल थन्क्याएका छन्। ‘सचिवको अधिकार क्षेत्र हस्तक्षेप गरी मन्त्रीले फाइल लगेका हुन्,’ प्रधानमन्त्रीलाई गुहार्न आएको इन्जिनियर टोलीले भन्यो।

    विकास कार्यक्रम नै रोकेर मन्त्रीहरुले ‘नयाँ विकृति’ जन्म दिएको बताए।

  22. गए होलान नि, प्रधानमन्त्रिको चियापान समारोहमा /

  23. Salik Ram ji, Yogendra Shrestha, Nepal Share Market ko Chairman र, GM मास्के को बारे मा किन नलेख्नु भएको. उनीहरुले निकै हामी हरु जस्तो गरिब को पैसा नि फिर्ता गरेको छैन. Please लेख्नुस न.

  24. भष्ट्रचारी लाई किरा परोस भन्ने माथि आलोचना का क्षेप्यात्र ले भष्ट्रचारी लाई नै सम्मान गर्नु पर्छ भन्ने घुमाउरो संन्देश घुसाउन नखोजिओस हामी नेपाली को भताभुङ्ग र लथालिङ्ग अवस्था भष्ट्र चरित्र का कारण हो नेपाल मा केहि गर्न खोज्ने मानिस माथि तिथरने कोपर्ने प्रयत्न गरिन्छ यो शिक्षित दरिद्री मानसिकता का कारण रबिन्द्र मिश्र जस्ता समाज का सम्बाहक माथि हिलो लपेटन पुरुषार्थ गरिन्छ हामी मख्ख छौ कमसेकम भष्ट्रचारी लाई किरा परोस भनेर सन्देस त आयो यसले समाज मा राम्रो बाताबरण को सुरुवात गर्न खोजे को छ आस का रेखा पलाउन थालेको समय मा झन् निरासा का गर्जन ले समाज परिबर्तन हुन सक्दैन हो जसले सके पनि भष्ट्र प्रवृति को निर्मुल गर्न्ने तर्फ कम्मर कसौ कि कसो को ………….

  25. जसलाई पनि पोपुलर हुने रहर छ , काम होइन नाम मात्र को लागि, तेसैले भ्रस्टचारी लाई किरा परोस भन्ने नारा ले नाम कमाउन खोज्नु कुन ठुलो कुरा भोर ???? दिन भरि नारा जप्ने बेलुका भए पछी भट्टी पस्ने( भ्रस्टचारी संग) …….

  26. भ्रष्टाचार गरेर कमाएको धन बाट आर्जित सबै सम्पति जफत र सोहि बमोजिमको जरिबाना गरि भ्रष्टाचार गर्ने लाई आजिबन जेल हाल्नु पर्छ

  27. कमजोरी थाहा पाए अझ घाटी निमोथ्छान
    अनि option भए हिम्मत बढ्दो रहेछा छैन भने लुते कुकुर !!

  28. भष्टाचारीलाई किरा परोस्
    डिल्ली बजारको मालपोट कार्यालयमा जानोस
    किरा परेकालाई हेर्नोस ।

  29. भ्रष्टचारीहरुलाई किरा पार्ने होईन सार्बजनिक स्थलमा कोर्रा हानेर सबै सम्पत्ति जफत गर्ने कानुन बनाउनुपर्छ तर त्यस्तो आत्मघाती कानुन हाम्रा नेताहरुले बनाउदैनन् भन्ने हामीलाई प्रष्टै थाहा छ।

  30. कलि युग हो.. अरु केहि पनि होइन सब तेही diyang को मुला हो जे गरे पनि हुँदैन.. सरापेको लाग्ने भए केपी ओलीलाइ, गिरिजा, माकुने, झले, प्रचंडे, सेरे यी सब जमानामै के के पो भैसक्थ्ये

  31. एउटा मात्र उपाए छ त्येसको लागि/ भ्रस्ट प्रमाडीत भएपछी उसको सम्पूर्ण सम्पति/जयेजेथा सरकारीकरण गरिदिने अनि सुकुम्बासी को दर्जा मा राखेर एउटा घर बनाउन पुग्ने घडेरी अरु सुकुम्बासी भएकै ठाउमा दिने/
    त्येस्पछी कसैले भ्रष्टाचार गर्ने हिम्मत नै गर्दैन/

  32. “छुवाछुत प्रथा”
    भ्रस्टचार नियन्त्रणको अनेकौ उपाय होलान तर हाम्रो जस्तो मध्ययुगिन समाजमा उपाय पनि मध्ययुगिन नै हुनु पर्छ न कि युरोप-अमेरिकाको जस्तो / त्येसको लागि छुवाछुत प्रथालाइ कानूनी रुपमा नै मान्यता दियिनु पर्छ / अर्थात नेपालमा २ जातको व्यवस्था गरिनु पर्छ
    १. नेपाली
    २.हरामी

    सम्पुण हरामीहरुलाई आज भन्दा ७०-८० बर्ष पहिलेको जस्तो ब्यबहार गरिनु पर्छ र जसले उनीहरु संग उठबस-सर-सम्बन्ध राख्छ तिनलाई पनि जातिच्यूत गरिनु पर्छ / मुखले मात्र सामाजिक बहिस्कार गरौ भन्ने अनि छोरी दिने बेलामा हुलाकको उपसचिव छोडेर मालपोत-भन्सारको खरदारलाइ रोजेर कतै हुन्छ सामाजिक बहिस्कार ?

    जय नेपाल
    हिमाली

  33. बाहुन बाजे हरुले देस लाइ नै हबन कुण्ड मा स्वाहा पार्ने बेलामा अब अक्ष्यता,पोखियो ,अबिर पोखियो भनेर दुख मनाएर के गर्नु ?
    सबैले आफ्नो ,आफ्नो नाउ सम्झेर म: म: खानु |

  34. ,,,,,१, २, ३, म ठोकुवा गरेर भन्छु
    ,,, “भ्रस्टचारीलाई किरा पर्दै पर्दैन”
    बिबिसी मिश्र अनि अख्तियार काफ्लेले भनेर हुन्छ ?
    भ्रस्टचारीलाई किन पर्दैन किरा ?

    किनकी

    तिनका घर आगन नोकर-चाकरले सफा गरेर बडो सफा छ
    स्वस्थ्बर्धक अनि सन्तुलित आहार खान्छन तिनीहरु
    अलिकति छिसिक्क भयो कि विदेश तिर उपचार गराउने सामर्थ्य छ तिनीहरु संग
    यी सबैको लागि लुटेको अकुत सम्पति छ तिनीहरुसंग
    ,,,,,,,अनि कसरी पर्छ किरा ????

    हे नेपाल
    हिमाली

  35. एउटा निश्वार्थ उदेश्यले भ्रस्ट+आचार भएका व्यक्तिहरूलाई सामाजिक र नैतिक दबाब दिने हेतुले जे जस्तो हतकण्डा अपनाएता पनि हामीले अतिरन्जित तरिकाले उडाउनु पूर्णतया जायज होइन /
    कलम हुनेले कलम लिएर उठने हो, कोदालो भएकाले कोदाले लिएर उठ्ने हो..आ-आफ्नो पहुच र बर्कतले जे सक्यो त्यहि गर्यो नि ! नराम्रो नै गरेको चाही किरा पार्नेले पनि गरेको थिएन !!

  36. सबैलाई थाहा भएकै कुरा हो / कर, भन्सार, अद्ध्यागमन, एरपोर्ट, मालपोत, सिडियो, गृह, अर्थ, परराष्ट्र जस्ता कमाउ मन्त्रालय र अन्तर्गत जान नेता, मन्त्री, उच्चपदस्थ हाकिम कर्मचारीहरु कति तंछाड मछाड गरिरहन्छन / यी अफिसहरुमा दिनमा करोडौंको घुस-भ्रष्टाचारको कारोवार भै राखेका छन् / यस्तो बढी जनसम्पर्क हुने अफिसहरुमा माथिदेखि तल सम्मका सबै एक्कै द्यांग्का मुला हुन् / कोहि पनि चोखा छैनन् / त्यस्ता अफिसमा लरोतरो कर्मचारी जानै पाउंदैन / यस्ता अफिसका सचिव, उपसचिव, अधिकृत, कर्मचारीहरुको छोराछोरीहरुको जीवन स्तर र सुक्खा तलबमा वाच्ने कर्मचारीहरुको जीवन स्तर आकास जमिनको फरक छ / धेरैजसो घुस्याहा भ्रष्टाचारीको छोराछोरीहरु युरोप अमेरिकामा पढ्न वस्न पुगेको छन् / सुक्खा तलबमा वाच्ने कर्मचारी र लाखौं निम्न-मध्यम बर्गीय छोरोछोरिहरुले प्रथम श्रेणीमा उत्तीर्ण गरे पनि पैसाको अभाबले आफ्नै देशमा उनीहरुले चाहेको बिषयमा पढाउन सकेका छैनन /

    यो त नानीदेखि लाग्या बानी हो / राजपरिवार-भारदार, पन्चे, कांग्रेश-एमालेका नेता कार्यकर्ताहरु करोडपति अरबपति भै सकेका छन् / अब माओवादीले पनि १०-२० वर्ष यस्तै गरि शासन नगरी छोड्दैन / केहो वर्ष अगाडी सम्म गाउँ घरमा गाइ भैंसीको दुध दुहेर हात्ती छाप चप्पल पड्काएर राजनीतिमा लागेकाहरुलाई पार्टी चलाउन, एक जनाको कमाइले स्वास्नीलाई गरगहनाले धप्पक्क पारी राख्न, छोराछोरीहरुलाई राम्रो स्कुल कलेज बिदेशमा पढ्न बस्न पठाउन र घर जग्गा मोटर जोड्न आदि इत्यादी गर्न सम्पति जोहो गर्न परी हाल्यो / हाम्रो देशमा प्राय: नाक चुच्चे टपरी र घाँटीमा जनै बेरेका नेता कार्यकर्ता र उच्चपदस्थ हाकिमहरु सबै प्रतछ्य अप्रतछ्य रुपमा भ्रष्ट आचार भएका मात्र छन् / जवसम्म नेपालको राजनीति र प्रसासनमा यिनीहरुको हावी हुन्छ / भ्रष्टाचार अन्त हुनै सक्दैन / यो एक्काइसौँ शताब्दीको सुख सुविधा प्राप्तिको लागि भ्रष्टाचारको स्तर झन झन बढी रहेका छ /

  37. भष्ट्रचारको नियन्त्रण गर्ने नै हो भने निजमति कर्मचारीको उपसचिब, प्रहरीको डीएसपि, सेनाको मेजर माथीका र राज्यमन्त्रि भएका नेतहरुको सम्पति छानबिन गरिनु पर्दछ । उनिहरुका परिवारले गरिरहेको खर्च बिवरण हेरिनु पर्दछ । ब्यक्तिले आफनो तलब भत्ता प्राप्त गर्न सक्ने भन्दा बढि रकम सबै राष्ट्रियकरण गरनु पर्दछ । भष्ट्रचारको लेखाजोखा गरेर साध्यै छैन । नेपालको सबैभन्दा सानो प्रशासनीक एकाई गबिसमा कार्यरत ८० प्रतिशत सचिबहरुको समेत राजधानी सदरमुकाम र नगरपलिकाहरुमा करडौका घर जग्गा जोडेका छन भनेपछि अरुको अबस्था के होला । सबैले सोच्नु पर्ने भएको छ । हिन्दी फिल्मको सौ मे उनान्सौ बेमान फीर बि हामरा भरत महान भन्ने उखान नेपालमा पनि लागु भएको छ ।

  38. Those who were doing this were either corrupt or have been involved in corruptions. It could be due to “LAHARO TANDA PAHARO THARKIYO”. Also donors could not support any more to print those posters, t-shirts and banners. In Nepal, things happen only if there is resources (money) and vested interest from other stakeholder. Author have pointed all possible reasons, great write up!! Keep it up.

  39. भ्रस्टचारी हरुलाई किरा परोश भन्ने ब्यानर,टिसर्ट लगायर ,देखायर मात्र निवारण हुदेइअन्,बिगतमा यक,दुइ पल्ट ब्यानर देखाउने महाशयहरु आहिले गायब हुनुभयको ,अहिले शृंखला बढ्द चलिहरेको भ्रस्टचार प्रति उहाहरु किन मौन रहनु राम्रो देखियन त्यसेइले हरेक क्रियाकलापमा उहाहरुको संलनाता हुनुपर्दछ/

    • भ्रष्टचार निर्मुल गर्न त्यति सजिलो नभए,अव एउटै उपाय छ,त्यो हो ठ्यांग ठ्यांग ठ्यांग यसले अवश्य भ्रष्टचार निर्मुल गर्न सकिन्छ|माओबादीको आँखा फुटेको,दिमागमा किरा परेको कारणले नै झन् बढी भ्रष्टचारहरुलाई सहस बढ्ने टेवा पुग्यो | यदि माओबादीहरुले भ्रष्ट हरुको नामावली तयार पारेर एक एक सुइंक्याई दिएको भए देशमा परिवर्तन हुने धेरै सम्भावना थियो|तर के गर्नु
      भ्रश्त्च्छारी देशको दुकुत्ति रित्याउने हरुलाई कारबाही गर्नुको साटो उल्टै गरिव नागरिकहरु माथि अन्याय अत्याचार गरि उठिबास लगाउने मार्ने काट्ने जस्ता निच कार्य गर्नाले भ्रष्ट्चारिहरुमा उल्टो हौशला बढ्न गयो|अव उप्रान्त भ्रष्टचार निर्मुल गर्न कुनै तवर वाट सम्भव नदेखिएकोले
      उपाय एउटै मात्र बाँकी छ ठ्यांग ठ्यांग ठ्यांग,|कुरा बुझ्नु भ्रष्टचार निमुल गर्न छिटो भन्दा छिटो अघि कुद्नु|

  40. अब भ्रस्टचारी लाई किरा परोस भन्दा हाम्रा नेता भनौदाहरु ( बिसेष गरि एमाले, कांग्रेस,मधेसी फोरम ) हरु लाई स्वाभाविक UNEASY को भाबना हुन्छ,हुन्छ !!!. त्यसैगरी ब्यापारी तथा सरकारी कर्मचारी लाई पनि कता कता कन्याउनु पर्ने बद्यता भएको हुनु पर्छ .तथा विभिन्न मेडिया क़ा मालिक हरुलाई पनि मैले नराम्रा काम गरेको छु, यसको परिणाम मलाई कुनै किसिम को कैन्सेर लाग्ने पो हो कि ? , भनेर. तर नेपाली सथिहो ,इनी हरु मा एस्तो भाबनानै छैन.देउबा को कुकुर को खुराकी महिनाको ३००० रुपिया, अनि त्यो कुकुर हेर्ने तामांग को तलब ३०० रुपिया ? सुजाता को प्राडो ब्याग को मूल्य दुइ लाख भन्दा बढी , एमाले नेता हरु फाटेको चप्पल लगाएर काठमाडौँ छिरेका थिए,( PENNYLESS ). आज तिनीहरुको कति सम्पत्ति छ ? करोडौ,अरबौ ? अब तपाई मलाई भन्नुस, इनी हरुको तलब र भत्ता ले त येत्रो सम्पत्ति जोड्न IMPOSSIBLE , तर इनी हरु ले कर तिरेर कमाएको सम्पत्ति हो भने म इनिहरुको को खुट्टा धोगीदिन्छु .अब कुरा के आयो भने सबै अगुवा बाटो हगुवा छन्, कस्ले इ भ्रस्टाचारी लाई समातेर सबै नाजायज सम्पत्ति सरकारीकरण गर्ने र दोषी लाई जेल हाल्ने.फेरी भनि हालौ,म कुनै पनि राजनैतिक पार्टी म छैन,तर मलाई के लागेको छ भने ,हामी सबै नेपाली ले एउटा इमान्दार मान्छे हरु को पार्टी सुरु गर्न पर्यो,जहाँ गोकर्ण बिष्ट,बाबुरामजी,जस्ता ले बिना पार्टी POLICY ,जनताको सेबा गर्न सक्छन,जनता बाट,जनता को लागि,अनि , मुख्य विवाद के छ भने ,हामी नेपाली हौ, कंग्रेस्सी,एमाले,माओबादी,फोरम होइनौ,हामीले नै हाम्रो नेपाल राम्रो नेपाल बनाउनु पर्छ..नत्र भने मलाई सारै दुख के लाग्छ भने हामी इमान्दार नेपाली कसरि भन्ने, जबकी अहिलेको नेपाल म़ा जिरे खोर्सानी भने जस्तै अराजकता छ. यो मेरो हार्दिक प्रार्थना सबै नेपालीलाई ‘कृपया नेपालमा एउटा इमान्दार पार्टी को आबस्यकता छ. एस्मा तपाइको विचार.

    • साथी, मोअबदी नेता छुटाउनु भयो! जानीजानी हो कि, भुलबस?

  41. भ्रष्टाचारीलाइ किरा परोस् भनेर तामझाम गर्नेहरु भित्र नै भ्रष्टाचारीहरुको हालीमुहाली भएपछि कसरी अगाडि बढोस् । नेपालमा गर्छु भनेर अगाडि बढ्न खोज्नेको खुट्टा तान्ने प्रवृत्ति र आफु र आफ्नो सन्ततीका लागि अर्बौ सम्पत्तीको जोड्ने लहरका कारण देश झन् झन् गरिबी तर्फ उन्मूख छ । देश र जनताका लागि जनयुद्ध गर्ने भित्र नै भ्रष्टाचार गरेर करोडपति र अर्बपति बन्ने तछाडमछाड भैरहेको छ भने कर्मचारीतन्त्रको कुरा छाडौ । देशमा जबसम्म नागरिक सचेत हुदैनन् तब सम्म भ्रष्टाचार, हत्या, बलात्कार, लुट र चोरी रोकिदैन् । देशको दलित, महिला, उत्पीडन मधेशी र हरुवाचरुवाका लागि लडेको भन्ने पार्टी भित्र त भ्रष्टाचारको व्यापक गन्ध छ पैसा कमाउ राजनिति छ भने अरु त पुराना हुन् । शुद्ध तवरले जनताका लागि लडेका लडाकुको भावना माथि खेलवाड गरेर नयाँ अर्बौपतिमा दर्ज भएका आफुलाइ गरिब जनताको मुक्तीका लागि लडेको भन्ने कम्यूनिष्ट र माओवादी भनाउदा नयाँ नेताका कारण आशामा बसेका करोडौ नागरिकहरुको आशा पनि तुराषापात भएको छ । कुनै पार्टीको छायाँमा बसेर होइन हामी सवै प्राज्ञिक लगायतका युवा तथा सम्पुर्ण नागरिक एकजूट भएर अगाढि बढ्नु पर्छ भ्रष्टाचार नियन्त्रणका लागि । भ्रष्टाचार भएको साना साना खबर पनि सार्वजानिक गरेर भ्रष्टाचारलाइ केही हदसम्म निर्मुल गर्न सकिन्छ ।

  42. उमेश जी बधाई छ तपाई लाई. लेखु भनेको, कहाँ बाट सुरु गरु निर्णय नै गर्न सकिएन. बरु VAT मारा को बिरुद्ध Online Petition नै सुरु गर्नु पर्ला जस्तो छ- pressuring parties to kick the VAT accused out of the constitutional assembly.

  43. निक्कै राम्रो लेख लाग्यो मलाई | हो ठुलो ठुलो नारा लगाउदैमा भ्रस्टाचार नियन्त्रनमा आउने भए नारा लगाएकै भरमा देश कहाँबाट कहाँ पुग्नु पर्ने हो | नेपालमा यो किन कम भएन भन्दा खेरि एक त कानुन र त्यसको कार्यान्वन राम्रो नभएको र अर्को ठुलो कुरा चाँही हाम्रै आफ्नो सोचाइको स्तर पनि हो भन्ने मलाई लाग्छ | अलिकति पैसा पाइने आशमा हामी पनि त सानो सानो भ्रस्टाचार गर्न पछी पर्दैनौ त | नियमको कुरामा चाही लेखकले उल्लेख गरे अनुसारको कडा नियम बनाउनु पर्छ | जस्तो भ्रस्टाचार गरेको प्रमाण भएमा उसको परिवारको सबै सदस्यका सम्पति पुरा वा आधि जफत गर्ने (कसुरवारको चाही पुरै) , सामाजिक बहिस्कार गर्ने, राज्यको सबै सुविधाहरुबाट बन्चित गर्ने, एक वा दुइ पुस्ताको नाम सार्बजनिक गर्ने आदि | तर यो खाली हाम्रो सोचाई मात्रै हुन आउँछ किनकि कर्मचारी, प्रहरी र नेता सबै जनाले आफ्नो खाने थाललाई किन भत्काउछ्न | आखिरमा नागरिक नै सचेत भएर उनीहरुलाई बाध्य पार्नुपर्छ |

  44. कस कसको आफ्नो स्वार्थ पुरा गर्नु थियो पुरा भयो अनि सब चुप छन् नि अचेल!
    वर्तमान मन्त्रीमंडल नै भ्रस्ट मन्त्रीहरु को अखडा बनेको छ अब के नै आशा बाँकि रहला र?भ्रस्ट हरुलाई पारिबारिक हिसाब बाट नै तिरस्कार गर्नु पर्ने हो तर तेस्तो दिन नेपाल मा कैले आउला, मान्छे हरुलाइ पैसा मात्र भए पुगिहाल्छ जसरि आए पनि,भ्रस्टाचार अपराध हो भन्ने बुझ्न नेपालीहरुलाई ५०० बर्ष लाग्ने भो !

  45. किरा पार्न चाहने हरु कहा गए भन्नु खै ,चाहेर मात्र ,हल्ला गरेर मात्र न हुने रहेछ ,केहि गर्नु नै पर्ने रहेछ ,भनेर डाडु मा पानि तताउन डाडु खोज्दै छन् |

  46. कडा भन्दा कडा सजायको व्यवस्था नै सबभन्दा उत्तम उपाय हुन्छ/ हामी नेपालीहरुमा दरिद्रता धेरै छ/ म भंन्य सब्दलाई धेरै माया गर्नु भन्दा हामी भन्य सब्दलायी माया गर्ने बानी सिक्नु र सिकाउनु जरुरि छ/ कमसेकम सार्बजनिक हितका विकास निर्माणका कामहरुमा खिचातानी र भ्रस्टाचार हुन नसक्नु पर्ने हो/ तरै पनि हाम्रो देशमा यो हुन्छ/
    डाक्टरहरुले बिरामी बचाउन प्रयाश गर्दागर्दै मरेको बिरामीको हितमा भने हामी आन्दोलन गर्दै डाक्टरहरुलाई कुट्ने पिट्ने गर्छु भने नापी, मालपोत, अदालत, एरपोर्ट आदि ठाउँमा घुस खाने कर्मचारीहरुलाई भने न जनता नै केहि गर्छन न त सरकार नै केहि गर्छ? किन हामीहरुले भ्रस्टहरुलाई गोद्न नसकेको?

  47. हैन, डाक्टर साप तपाइको बिचार त यहाँ बिल्कुलै अधुरो-अपुरो’पो भयो मानौ एउटा डाक्टरले बिरामीको शल्यक्रिया गर्दागर्दै छोडी हिडे जस्तो..।के गर्नुपर्छ त भ्रष्टाचार नियन्त्रणका लागि भनेर आफै प्रस्न बनाउने तर उपाय चाही पटक्कै नलेख्ने?तपाईको यो प्रस्न जबाफ दिनुका साटो आफैमा भासिएको छ।अरु देशहरुमा जस्तोसकै कडा कानुन बनाए पनि किन भ्रष्टचार नियन्त्रन गर्न सकिएन भन्ने उदाहरण मात्रै दिएर भ्रष्टचारीहरुलाई प्रोत्साहन गर्न खोज्नु भएको जस्तो लाग्यो।

    तपाई जेसुकै भन्नुहोस तर मेरो बिचारमा भ्रष्टचारीलाई कडा सजाय हुनै पर्छ।हरेक सानो-ठूलो भ्रष्टचारीहरुलाई कानुनले सजाय दिनै पर्छ।यहाँ त भ्रष्टचारीहरुले सजाय नपाई उन्मु्क्ति पाएका कारण, सत्ता र सरकार सम्हाल्नेहरु यस बिषयमा गम्भिर नभई दिएकाले भ्रष्टचार झनै फस्टाएको हो।

  48. अरु सबै कुरा छाडेर, शिर्षकको बारेमा मात्र केहि कुरा राख्न मन लाग्यो | भ्रष्टाचारीहरुको संजाल ज्यादै संगठित अनि मजबुत भएकाले रबिन्द्र जीहरु पनि भित्र भित्रै उनीहरुसंग साठ गाठ गर्नको साटो भ्रष्टचारीहरुको जरैदेखि उखेल्नलाई प्रभावकारी ढंगले गृहकार्यमा पो जुटी रहेका छन् कि भन्ने हाम्लाई लागी रा छ …………..आशा गरौँ |
    जब सम्म भ्रष्टचार पूर्णरुपले निर्मुल हुदैन तब सम्म रबिन्द्र जीहरू थाक्नु भएन र भ्रस्टचारको विरुद्धमा उत्रिने सर्बसाधारणहरुको लागि मियोको भूमिका पनि निर्बाह गरियोस | हामी सबै जना तपाईंहरुकै पछि लामबद्ध छौं |

  49. ” खानै नपुग्ने तलब छ, अनि भ्रष्टाचार किन नहोस त” भनेर धेरैले भन्छन| तर खान पुगिसरी भएकाहरुले पनि भ्रष्टाचार गरेर पठाएका छन् भनेपछि कारण त्यो मात्र होइन रहेछ भनेर जान्नुपर्यो| भ्रष्टाचारलाई निमिट्यान्न पार्न बाबुरामको ठाउँमा बाजेराम आएपनि सक्दैन | कानुन दह्रो बनाएर झर्याप झिरिप्प पार्यो भने अलि कम चैं होला| भ्रष्टाचारको कुरो उप्काउन्दा पंचायतकालीन गधा-काण्डको पो याद आयो- पोखरादेखि जोमसोम हो कि कहाँ हो गधा लगाएर सामान ढुवानी गर्नलाई गधाहरु किन्न श्री १२३४५ को सरकारका अधिकृतहरु लखनउ सवारी भै पाँचतारे होटलमा करिब एकहप्ता ऐश आराम फर्माउनु भएको थियो| २५ वटा गधा किनेर रेलमा ल्याउँदा ल्याउँदै १० वटा त बाटोमै चिलिम भएछ| घाँस खर्च मात्र त्यतिबेलाको १ लाख रुपयाको बिल थियो अरे! गधालाई ख्वाउनुपर्ने घाँस अधिकृतहरुले खाएपछि गधा मर्दैन त ? पोखरामा आएर पनि ति अधिकृतेहरुले रामरमितो गरेछ| ति १५ गधा मध्ये ५ वटा त लेक लागेर मरेछ | ति दसवटा गधा ढुवानी गर्न सक्षम भए भएन, त्यो त दैवले जान्दछ| लाखौँ रुपया स्वाह पारेका थिए| तिनै पन्चेहरु अहिले सदाचारका पाठ पढाउन पो आउँछन त , तेरीमा लाने !

  50. बिदेशीको पैसा पनि बन्द भयो नारा पनि बन्द भयो | यो सस्तो लोकप्रियता कमौना को लागि मात्र गरि ए को हो | भ्रस्टचारीको लाज पहिला नै पची सकेको हुन्छ , अरु ले जति सरापे पनि उनि हरु लै मतलब हुन्न, मान्छे हरुले गन्जी ल्याएर हिन्दैमा के मतलब तिनी हरु लाई , उल्टो तेही गन्जी लागेर भ्रस्तचार गर्छन | अब त जाडो महिना पनि आयो गन्जी लागेर हिड्न भएन |

  51. डा. नारायण मानन्धर ले भन्नुभए जस्तै भरस्तचारीलाई भारी जरिवाना तिराउनु पर्छ र तिर्न इन्कार गरेमा वा असर्मथ भएमा पारिवारिक जायेजेथा बाट असुल उपर गर्नु गराउनु पर्छ र राजस्वो मा दाखिला गर्नुपर्छ यो नै सर्बोत्तम उपाए हो /

  52. कुरो सहि हो-जवसम्म देशमा बलियो कानुन बन्दैन तवसम्म यस्ता चिरंजिविहरु लाखौँ भैरहने छन्-दोश्रो,जवसम्म यस्तो कानुन बन्दैन जनता आफैं नै टोल टोल मा सक्रिय समुह बनाएर भ्रस्ताचारी भनेर चिनियकालाइ सामाजिक रुपमा बहिस्कार गरि उसको मनोबल गिराउने—-एउटाले भ्रस्टाचार गरेमा त्येस्का परिवारले समेत समाजमा मुख देखाएर हिंड्न गारो होस् न,अनि केहि सोच्छन यी पापीहरुले—–त्येस्तो अबस्था सिर्जना गर्न त जनता आफै नै सक्रिय हुनु पर्छ-एउटी शेर्पा बहिनीले एक्लै लाग्दा त्येसरी सिंगो यरपोर्ट हल्लाउन सक्छिन भने १०० जनाको समुह यसरि नै सक्रिय हुने हो भने किन नहुने परिवर्तन?

  53. मलाई यो लेख मन पर्यो, भ्रष्टाचारी को सर्बस्वोहरण गरिकन हदैसम्म को जरिवाना र जन्म कैद गर्ने नियम बनाउने र सो नियम अति कडाई का साथ लागु गराईनु पर्छ /

  54. जनता आफ्नो काम बन्छ भने जे गर्न पनि तयार हुने ,नेता ,प्रशाशक ,न्यायाधिश सम्पति बढाउँन जे पनि गर्न तयार हुने \यी दुवै आफै सचेत नभए सम्म र जनता र राज्य का हरेक अंगका मानिस लाइ सरल तरिकाले बाच्ने र काम बन्ने स्थितिको अधार निर्माण नभए सम्म भ्रस्टचार न त रोकिन्छ न त कम हुन्छ यो नया नया रुप मा शहर मा बिशाल महल र ब्यापार बनि देश र जनतालाई लाइ जलाई रहन्छ \

  55. नेपालमा हामी अझैपनी नायकहरु खोजिरहन्छौ। रबिन्द्र मिश्रहरु नायक बन्ने प्रयत्न गर्छन। केही समय उफ्रन्छन अनि साइजमा आउँछन। रबिन्द्र मिश्रमा के अहं थ्यो भने, उनी यो पिछडिएको समाजमा केही जानेबुझेका बुद्दिजिवी हुन। उनी अखबारमा लेख्छन उपदेशात्मक शैलीमा। मान्छेहरुले पढछन पनी किनकी मान्छेहरुसँग बिकल्प छैन। सम्पादकहरु उनका लेख काँटछाँट नगरी छाप्छन, किनकी मिश्र बिबिसी प्रमुख हुन, सम्पादकलाइ डर छ- कुनै दिन श्रीमतीलाइ बिबिसीमा जागिर ख्वाउन परे, मिश्रले त्यतिबेला अहिलेको हिसाब-किताब बराबर गर्छन भन्ने। फेरी मिश्र निकै बाठा मान्छे हुन। उनले मिडियालाइ आफ्नो पछाडी कसरि पंगु बनाउने भन्ने बुझेका छन तर ‘किरा पार्ने’ केसमा उनी अलि बढी बाठा भएर बिग्रिए।
    भ्रष्टाचारिलाइ कीरा परोस भनेर आफ्नो सामाजिक प्रतिष्ठाको आडमा कमाएको प्रभावले नाम चलेकादेखि प्रधानमन्त्रिसम्मलाइ यीनले टिशर्ट लाइदिन त सके तर दिनभर भ्रष्टाचारीको बिरोध गरेर साँझ पार्टिंमा तिनै भ्याटमाराहरुबाट हेल्पनेपालका लागि चन्दा माग्नु यिनको बिडम्बना हो। मलाइ यिनका उपदेशात्मक फत्तौराभन्दा डिचेन डोमाको भ्रष्टाचारबिरोधी काम राम्रो लाग्यो, मिश्रजीलाइ फेसबुकमा स्टाटस अपडेट गर्दैमा फुर्सद थिएन आफ्ना उपलब्धिहरुको, कहाँबाट डिचेन डोमाको कामका बारेमा यिनले लेखुन, बोलुन ? यी त ठोस काम भन्दापनी अमुर्त कुरा गरेर हिरो बन्नेहरु हुन। शब्दसँग खेल्नसक्ने यी तोरिलाहुरेहरुले कीरा पार्दैमा भ्रष्टाचार शुन्यमा झर्छ भन्नुभन्दा सम्पति जफत हुने कडा कानुनतर्फ हाम्रो बहस चल्नु आवश्यक छ।

    • अहिलेको, यो भन्दा पहिलेको,त्यो भन्दा पनि झन् पहिलेको, उहिलेको, बिगत २० बर्षमा १० चोटी मन्त्रि उप प्रम भएका विजय गछेदारलाई भ्रस्टाचार किन लाग्दैन?

  56. सबै भन्दा भ्रस्ट भनेका नेता र सरकारी कर्मचारी हुन् .. अब यिनीहरुले आफ्नै लागि आफैले कस्तो नियम कानून बनाउलान .. आफ्नै खुट्टामा जानी जानी बन्चरो त पक्कै हन्दैनन … तेसो हुँदा आफ्नो लागि आफै नियम बनाउने कुरा बन्ध गर्नु पर्छ र बिससग्य नागरिक समाज बाट भ्रस्टाचार बिरुद्ध कडा भन्दा कडा कानून बनाउन दिनु पर्छ .. आर्थिक र नीतिगत भ्रस्टहरुको कुनै अर्को मौका नदि तु जागिर चट् गर्नु पर्छ र नेताको हकमा राजनीति गर्न आजीवन प्रतिबन्ध लगाएर कडा जरिबाना सहित श्रम सिबिरमा कोच्नु पर्छ .. लु जा ..

  57. भ्रस्ट गरेको रकम को तेब्बर सम्पति सरकारी करणगर्नु पर्छ !र भ्रस्ट गर्ने लाई जेल सजाए बारा बर श्रम सिबिर मा लगी श्रम गराउनु पर्छ !भ्रस्ट को सूचना दिने बेक्ती लाई रस्तिये स्सम्मना गर्नु पर्छ !

Comments are closed.