चिनियाँ प्रधानमन्त्रीको भ्रमण किन स्थगित?

चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ पुसको पहिलो साता नेपाल आउँदैछन् भन्ने प्रचार गरिएको थियो। प्रधानमन्त्री बाबुराम भट्टराईले त मिति नै तोकेर पुस ५ गते जियाबाओ नेपाल भ्रमणका लागि आउँदैछन् भनी पत्रकार सम्मेलनमा सार्वजनिक गरिसकेका थिए। हेर्नुस् गोरखापत्रको समाचार। उनी आउँदा उपत्यकामा मेट्रो रेल बनाइदिनेदेखि लिएर यो-योमा सहयोग गरिदिनू, यो-योका लागि ऋण सहायता दिनू भनेर माग्ने लिस्टै बनिसकेको थियो। तर पुस ५ आउन एक साता बाँकी रहँदा आज अचानक उनको भ्रमण स्थगित भएको खबर आयो।

निकै महत्वका साथ हेरिएको यो भ्रमणको तयारी सुरु भइसकेको पनि अन्तिम समयमा आएर किन भयो त स्थगित?


भ्रमण स्थगित भनिए पनि प्राविधिक रुपमा यो भ्रमणलाई स्थगित भएको भन्न मिल्दैन। किनभने यो भ्रमणको मिति औपचारिक रुपमा घोषणा नै भएको थिएन। यो त निश्चित भइनसकेको भ्रमण अझै अनिश्चित भएको मात्र हो। दुवै देशका कुटनीतिक अधिकारीको सहमतिमा दुवै देशको परराष्ट्र मन्त्रालयमार्फत् भ्रमणको तिथि औपचारिक रुपमा घोषणा हुने गर्छ। यहाँ त्यो भएको थिएन।

प्रधानमन्त्री बाबुराम भट्टराईले गत कात्तिक २९ गते आयोजित पत्रकार सम्मेलनमा चिनियाँ प्रम पुस ५ गते आउने बताए पनि त्यो एकपक्षीय जानकारी मात्रै थियो। चीनले त्यस्तो कुनै जानकारी अहिलेसम्म सार्वजनिक गरेकै थिएन। प्रधानमन्त्रीले कुन आधारमा मिति नै तोकेर भनेका थिए, त्यो त उनी नै जानुन्। तर भ्रमणको तयारीका लागि चीन गएर फर्केकै दिन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले त्यसरी मिति तोकेका थिएनन्। उनले पुसको पहिलो साता भ्रमण हुने बताएका थिए।

भ्रमणको तयारीका लागि चिनियाँ टोली पनि आइसकेको थियो। चिनियाँ प्रोटोकलका महानिर्देशक स्तरको एउटा नौ सदस्यीय टोली आइतबारदेखि काठमाडौँमा थियो। यो टोलीले रात्रीभोज, सम्मान भेटघाटदेखि लिएर जियाबाओ नेपालमा रहँदा ज्ञानेन्द्र राजा हुँदा प्रयोग गर्ने बा १ झ ५४५६ नम्बरको बुलेटप्रुफ बेन्जकारमा चढाउनेसम्मको टुङ्गो लगाउँदै थियो। यही टोलीले चीनका प्रधानमन्त्रीको कार्यालयलाई हरियो झण्डा देखाएपछि मात्रै भ्रमणको कार्यक्रम औपचारिक रुपमा चीनले सार्वजनिक गर्दै थियो।

सोमबारसम्म भ्रमण कै तयारी भइरहेको अवस्थामा मंगलबार बिहान एक्कासी चिनियाँ राजदूत योङ होउलानले परराष्ट्रमन्त्रीलाई फोन गरी भ्रमण स्थगित भएको जानकारी गराएका थिए।

भ्रमण रद्द भो, स्थगित भो भन्ने खबरहरु आइरहँदा परराष्ट्र मन्त्रीले नै चिनियाँ प्रधानमन्त्री नेपाल आउने निश्चित भइसकेकै थिएन भनेका छन्। उनका अनुसार भ्रमणको मिति तय गर्न यसै साता दुई देशका अधिकारीको बैठक बस्न लागेको भए पनि चीनले यो साता हैन, अलि पछि गरौँ भनेका रहेछन्।

किन त्यसो भनेका हुन्, यसको कारणलाई लिएर आआफ्नो हिसाबले व्याख्या सुरु भएको छ। पश्चिमा सञ्चार माध्यमले तिब्बतको मुद्दालाई जोडेर तिब्बती शरणार्थीहरुले प्रदर्शन गर्न सक्ने भएर भ्रमण रद्द गरेको समाचार दिएका छन् भने नेपालमा चाहिँ बाबुराम भट्टराईको सरकार ढल्ने स‌ङ्केत देखिएकोले कमजोर सरकारसित सम्झौता गर्न नचाहेकोले अहिले नै भ्रमण गर्न नचाहेको हुनसक्ने अनुमान गरिएका छन्।

चीन आफैले भने यसबारे केही पनि बताएको छैन। तिब्बती शरणार्थीले प्रदर्शन गर्न सक्ने भएर भ्रमण रद्द गरेको भन्ने त्यति विश्वासयोग्य नलागे पनि भ्रमणको मिति पहिले नै सार्वजनिक हुँदा प्रदर्शन गर्नेहरुलाई त्यसको तयारी गर्न सजिलो भएको हुनुपर्छ। तर भ्रमणका लागि सरकारले कडा सुरक्षा व्यवस्था अपनाइहाल्थ्यो। नेपालमा मात्र हैन, अरु देशमा जाँदा पनि तिब्बती शरणार्थीले प्रदर्शन गर्ने संभावना त हुन्छ नै।

सरकार कमजोर भएकोले भन्ने अनुमान भने केही हदसम्म सही हुनसक्छ। यो सरकारको हैसियत के हो, कसैलाई थाहा छैन। एकातर्फ माओवादीभित्र कै एक पक्ष यो सरकारको औचित्य छैन भनिरहेका छन्। अर्कोतर्फ कांग्रेस र एमाले जस्ता प्रतिपक्षी दलहरु पनि खै कति बुँदे पो हो सम्झौतामा राष्ट्रिय सहमतिको सरकार बन्ने भनेपछि यो सरकारको औचित्य सकिसकेको बताइरहेका छन्। कांग्रेसमा त देउवा र पौडेलबीच तँ प्रधानमन्त्री बन्ने कि म प्रधानमन्त्री बन्ने भन्दै झगडा भइरहेको स्थिति छ। मधेसी मोर्चाले पनि हिजो अलि निहुँ खोजेको जस्तो कुरा गरेको थियो। यस्तो बेला यहाँ आएर बेकारमा किन अपजसको भागी बन्ने भन्ने चीनलाई लागेको हुन पनि सक्छ।

जियाबाओको नेपाल भ्रमणसँगै म्यानमार भ्रमण पनि स्थगित भएको भनी प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पान्डेले बताएको भए पनि बेलायती समाचार एजेन्सी रोयटर्सले भने स्रोतहरुलाई उद्‌धृत गर्दै अर्को साता उनले म्यान्मार भ्रमण गर्ने बताएको छ। उनी म्यान्मारपछि नेपाल आउने भनिएको थियो।

म्यान्मार भ्रमणको कुरा एकदमै गोप्य राखिएको छ। आज दिउँसो चिनियाँ परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताले भ्रमणबारे आफूलाई केही जानकारी नभएको बताएका थिए। म्यान्मारले पनि यसबारे केही बताएको छैन।

नेपालले भने चीनसँग सल्लाह नै नगरी पुस ५ गते चिनियाँ प्रधानमन्त्रीले भ्रमण गर्न लागेको भनी प्रचार गरिदिएकोले पनि चीन असन्तुष्ट रहेको खबर पहिले नै सार्वजनिक भइसकेको थियो। अन्तर्राष्ट्रिय समर्थन छ भन्ने देखाउन गरिएको यो प्रचारबाजीले अहिले अन्ततः सरकारलाई नै बेफाइदा भएको छ।

41 Comments

  1. जियाबो नाए पनि राकेश सुध या अरु भारतीय मन्त्रि चैं पक्का औंछ अब क गर्नु भारत कै सत्ता भासके को देश मा क खानु औंछान त ?जाबो सेकुरिटी को लागि पनि ज्ञाने बस्ने थोत्रे बेन्च रे हेरौं हाम्रो कति सरो बेइजत गरिरहेको छान हाम्रो देश हाँक्ने महान हरु ले जियाबो आउनु र संबिधान बन्नु एऔतै होल्ला

  2. ल यो ने .क .प.(मनमोहनबादी) पार्टीले पनि असली रुप देखायो है नेतापली जनता लाई,नेपाल लाई नेतापाल नाम दिने भो मदिसे र मन्मोहंबदिले .

  3. साथी हो , नेपाल का सम्पूर्ण नेताजी हरु ( except few ) भ्रस्टचारी छन् .नत्र भने हिजो ‘elephant ‘ मार्का चप्पल लगाएर आएका नेताहरु संग आज कति सम्पत्ति छ ,त्यसको छानबिन त हुनुपर्यो नि.देउबा को महल कसरि बन्यो , गोर्खा जिल्ला मा बस्ने ले जुवाई लाई something १९५ तोला सुन दिएको भनेर कुन आयोग मा भनेका रहेछन , आफ्नो छोरी लाई आफुले भ्याए सम्म दाइजो दिने त ठिक को तर १९५ तोला सुन दाइजो ,त्यो पनि गोर्खा मा !!!!!! मेरो generation ले too posh language को बहिस्कार गर्यौ .मेरो सवाल मा नारायण जी को राम्रो उपलब्धि छ. हिजो को programme मलाई सार्है राम्रो लग्यो.DR .बाबुराम ,प्रचण्ड को सहयोग ले नेपाल लाई अगाडी बढाउने छ . बाबुरामजी गोकर्ण विस्ट जस्तै इमान्धार व्यक्ति हुनु हुन्छ . तर यी बाहेक समस्त नेता भनाउदा हरु भ्रस्ट छन्.अब नेपाल मा पनि middle east मा जस्तै जनता ले ( पार्टी का दहि च्हुरे हैन ) ले अवाज उठाउनु पर्छ .

  4. नेपालको अहिले को दुर्दशा १९९० तिर बहुदल आएपछि सुरु भयो . किन भने हाम्रा सबै जसो नेता , पार्टी,भ्रस्टचारी हुन्.सबैलाई काठमाडौँ मा घर चाहिएको छ , नत्र भने तलब को पैसा ले यी नेता हरु ले किन्न सक्छन ? हामी सबै नेपाली ले प्रश्न गर्नु पर्यो यी भ्रस्ट व्यक्ति हरु संग, कि तिमीहरुले अरबौ को सम्पति त बहुदल आएपछि मात्रै बनायेछौ नि .१९९० देखि आज २०११ सम्म नेपालले के न चाही बिकाश गर्यो ? खाली गुन्डागर्दी को राज , किनभने don हरुले ballotbox लुटेर आफ्नो पार्टी को भोट हालेर आफ्नो उम्मेदबार लाई जितौन्छान.त्यसपछि यी don हरुलाई K .P . ओली जस्ताले तिमि ले जे गरेपनि हुन्छ ,म भ्यहुरला भन्छन भने यी parasites are having good times , नियम र कानुन कता गयो ? नियम र कानुन भएन भए कुनै पनि समाज चल्न सक्तैन .त्यसै ले हजारौ नेपालीहरु त्यतो नराम्रो ठाउँ हरु मा भन्दा नेपाल मा नै काम गरे राम्रो हुने थियो . तर तिमीहरु आफुलाई नेता भन्ने , तर सकेसम्म पैसा कमाउने बानी भए को व्यक्ति रहेछौ . धिक्कार छ तिमि नेता होइन दानाब हौ .

  5. हाम्रालाई चाहिं खुबै जान्ने हुनुपर्छ | वेन जियाबाओलाइ डाइरिया भएको पनि त हुनसक्छ | बाबुरामको कमजोरी, असफल परराष्ट्र नीति, कुटनीति, सुटनीति…हन ! के साह्रो जान्ने हुनुपरेको? त्यसै भनेका होइनन भूपी शेरचनले “यो हल्लै हल्लाको देश हो ” भनेर!

    • देश हल्लै हल्ला को हो कि चल्लै चल्लाको । यो बाबुराम भन्ने चल्लो ले के राम्रो गर्‍यो के नराम्रो गर्‍यो देख्‍नै बाँकी छ, हेर्दै जानुस् बन्धु। वेन चिया पाओ (Wen Jia Bao) नेपाल नआइटोपल्नुको पनि कारण जान्नुहुनेछ। भारतमा जुठो भात खाएर हुर्केको विद्वान् (लाटो देशको गाँडो तन्नेरी), डाक्टर साब महाप्रभु बाबुराम भट्ट्ट्ट्ट्ट्ट्ट्टराईले के के गर्ने हुन् हेर्न बाँकी नै छ।अझै तपाईंको तुजुक बाँकी होला, ताई न तुई को तर्क बाँकी होला, भट्टराई र (समग्र माओबादी) लाई घुमाउरो पारामा गरिने समर्थन बाँकी होला, र यी सबैलाई टेको दिने केहि हठ बाँकी होलान्। मन मर्ने गरी तर्क प्रयोग गरौं मित्र। अझै (बढीमा छ महिना जति) समय बाँकी छ। त्यसपछी न त तपाईंको तर्क बाँकी रहने छ, न त बोल्न र लेख्न लाई तपाईं संग शब्द नै।
      Personal नलिनु होला। देशको मलाई पनि माया छ; म देश डुब्दै गरेको देख्न सक्दिन, र यथार्थलाई आँखा चिम्लेर भुल्न सक्दिन। मलाई देश बनाउने नेताको आवश्यकता छ, कुनै लहडमा उठेको उरन्ठ्याउलो भट्टराई जस्तो नेताको होइन।

      • गोबर्धनजी ! एन्टी इन्डियन मानसिकता र राष्ट्रवादको नारा उरालेर राजतन्त्र र पन्चेहरुले लामै समयसम्म कुशासन गरे| नेपालको परराष्ट नीति भनेकै भारत र चीन हो| अमेरिका र बेलायतको नाम जपेर नेपाललाई केहि फाइदा छैन| चीन र भारतलाई समदुरीमा राख्न सक्नु नै नेपालको सफल परराष्ट्र नीति हो| हामीले चीन र भारतका केहि दवाबहरु नसही धरै छैन, टायर-जलनले हाम्रै सडक फोहोर हुन्छ, र नेपाल बन्दले हामीलाई नै घाटा हुन्छ, उनीहरुको रौँ पनि हल्लिंदैन| पाखुरा सुर्क्याएर हावामा कति मुडकी हान्ने !? बरु उनीहरुका कुरा मानी ब्यापार लगानी पो भित्र्याउनु पो पर्यो| भारतलाई अब हामीले मन पराउन थाल्नु पर्यो| यहि नै दिर्घकालीन समाधान हो र यहि नै धरातलीय यथार्थ हो| भौगोलिक अवस्थाले गर्दा हामीसंग विकल्प छैन|

  6. मान्छेहरुलाई अनेक तर्क कुतर्क गर्ने अधिकार छ नै| तर जसले जे भने पनि चीनको आफनै आन्तरिक कारण वा भट्टराई सरकार ढल्ने देखेर नआयको हुन सक्छ चिनिया प्रधानमन्त्रि|

  7. बाबुरामको अपरिपक्वता, सरकारको कुटनैतिक असफलता। यस्तो केटौलौ सरकारले केहि गर्न सक्छ भन्नु भन्ने मान्छे कै अपरिपक्वता। अरु कुरा राम्रो नराम्रो जे जस्तो भए पनि पञ्चायति कालमा नेपाली कुटनिती राम्रो थियो, बहुदल आएपछि केहि खस्के पनि जेनतेन धानेको थियो, तर माओबादीको सरकार आएपछि कुटनितीमा नेपाल निकै पछाडि पर्‍यो, कुटनिती कुन चरोको नाम हो धरी थाहा छैन यी जन्तुहरुलाई, हुन त अरु कुनै कुरामा पनि राम्रो जानकारी भएको जस्तो लाग्दैन, फगत् सस्तो नारा। माओबादी अपरिपक्वताले देश नै बर्बाद हुने अवस्था आइसक्यो।त्यसमाथि भारतलाई चित्त नबुझेको, भारतिय इसारामा चल्ने मधेशी दललाई यतिखेर उपयोग गर्‍यो भारतले। नेपालले पनि भारत र चीन दुई डुंगामा खुट्टा राखेर कतिञ्जेल चल्ने हो? कि पाकिस्तान-बर्मा जस्तो चीन संग नजिक हुने निती लिनु पर्‍यो कि भुटान जस्तो भारत संग नजिक हुने निती।

  8. अब बाबुराम को PHD काम नलाग्ने भैसक्यो/ PHD त एउटा बिसय को मात्र न हो, नत्र भने किन visit को दते बिना सहमति छिटै ओपन गरेको त ?

  9. देशमा लगानी बढ्ने कुरालाई नबुझेर राजनितीक रुपमा मात्र बढी प्रचार गरेको कारण रद्द गरेको हुन सक्छा.

  10. Now we are thinking we are going to lose every thing….. China had postponed their trip… and may be they will cancel??
    But some facts we should understand that;
    1. China is in the race of number 1 position….
    2. China knows India and US can play (also playing now) in the name of Tibetan issues in the Nepal… and Nepal is the ideal place for US to stop (break) the China…
    3. First and second points are related to each other…. I meant to become number one, Tibetan issue has to be in control…
    4. What Nepal is asking is not a big amount for China….
    5. China knows that anti Indians are growing and Pro china is increasing in Nepal…. So they want continuity….
    What we Nepalese should understand that;
    1. Why now Madhashi parties are active, in this time??
    2. Why Madheshi ministers were so desperate to bring out all secrets/deal going to happen with china…
    3. It was like China was going to do everything for Nepal…. Cheap Expectations… (eg, we will ask this and that…)
    4. Really Security was enough? If needed all army, police should be mobilise…. If needed to freeze then freeze the country…no problem…

  11. राजनीति गर्ने मान्छेले कहिल्यै साँचो, सत्य बोल्छ? एउटा बोल्छ, अर्को गर्छ , बोलेको कुरा साँचो या पुरा हुनु भनेको पश्चिम बाट घाम उदाउनु सरह हो

  12. शेर बहादुर को सरकार लै ४१ बुदा को माग राख्दै त्यसको समय सिमा नसकिदै बाबुराम हत्या र आतंक मा उत्रिएका थिए / आफु ले राखेका ति ४१ बुदा क माग आफै प्रधानमन्त्री हुदा यिनी ले धोति लगाई दिए / भारतीय सहयोग चाहिदैन भनेर भारतीय योजना मा बनेका स्कुल पडकाइए, धारा काटियो , स्कुल बस मा मान्छे राखेर दिउसो नै जलाइ ए / जलबिधुत क सबै योजना भत्काए / अनाबस्यक लोभ देखाएर जनता भडकाएर यिनीहरु ले नेपाल लाई १०० वर्ष भन्दा पछाडी धकेली दिए / देश मा छ्यमता भन्दा जात , धर्म , वर्ग , लिङ्ग ले प्राथमिकता पायो, छ्यमतावान व्यक्ति विदेश लागे, राजनीति सम्पति वाल र अपराधीको पेवा बन्यो, फल्स्वोरूप योग्य व्यक्ति हरु राजनीति बाट टाढा बन्दै गए / छ्यमता नभएका निक्क्म्मा व्यक्ति हरु बाट भएको राज्य संचालन को पिडा आज हामी भोग्दै छौ / राजदुत हरु को कुटनीतिक अछ्यमता र सरकार को केटा केटि पन ले चिनिया प्रधानमन्त्री को नेपाल भ्रमण नहुने भएको छ/ सरकार ले भारत बाट १२५ मेगावाट बिद्धुत ल्याउने पनि भएको छ / आफ्नो देश मा योजना संचालन हुन नदिने बिदेशी लगानी चाही दैन भनेर भन्ने हे बाबुराम तिम्रो राष्ट्र बाद अब नांगिएको छ / राष्ट्रिय सबाल, कुटनीति र सरोकार र अन्तरास्ट्रिय कुटनीति मा पनि आफुलाई अत्यन्त सफल भन्दै बि बि सि को साझा सबल मा आफ्नो सरकार लाई ८०% नम्बर दिने भट्टराई सरकार अब कति नम्बर देलान ? अब धेरै बोल्न, खोक्न बन्द गर्ने कि बाबुराम जी !!!!!!!!!!!!!

    • १००० वोटा like गर्न मिल्ने भए १००० चोटी गरि दिन्थे | एकदम सहि कुरा गर्नु भो |

    • मलाई पनि येही कुरा सोध्न मन छ त्यो ४१ ओटा माग लै सार्बजनिक गरेर मा यो यो गर्छु भनेर देखोस न …अनि बल्ल मान्छे मरेको अर्थ लाग्ला… आफ्नो अनुकुल सरकार छैन भनेर भन्न मिल्छा भने देउबा ले पनि तेस्तै भन्न मिल्छा नि… बेकार को मान्छे मरेको हो अहिले आएर हेर्दा त …अरुलाई दोस दिएर भंग मिल्दैन जब आफ्नो अनुकुल भो भनेर युद्द छोडेर सरकार बनाएपछि …जनता र देसको माया भए त युद्ध मा कहिले कदैना थियो नि

  13. हाम्रा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रि चिनियाँ प्रधानमन्त्रिको नेपाल भ्रमण नहोस भन्ने चाहान्थे । भारतको हरियो बत्ति नबल्दासम्म एकपहिला चाल्न नसक्ने डा।भटराईलाई पछिल्लो खबरले खुखि छन । सहमतिको सरकार बानाई दिने र जेष्ठसम्मका लागी प्रधानमन्त्रिको कुसर्ी पक्का बनाई दिने भारतको अशवाशन पाएपछि समग्र नेपालको हितको तिलान्जली दिए डाक्टर साबले । चिनियाँ प्रधानमन्त्रिको नेपाल भ्रमण नजिकिदै जादा काग्रेसले सरकारमा नजाने घोषण गर्नु, मधेशीले निहु खोज्न थाल्नु र सरकार परिबर्तनको हल्ला चल्नु अनि चिनियाँ प्रधानमन्त्रिको नेपाल भ्रमण रद हुनु संयोग मात्र हैन । भारतको योजना हो ।

  14. चीनको आफ्नै आन्तरिक कारणले पनि त हुनसक्छ, स्थगित भएको त रहेछ, आउंदै आउँदिन त भनेको त छैन नी! बाबुरामको ठाउँमा अर्को बाजेराम आएपनि संबिधान नबनुन्जेल त जुनसुकै सरकार पनि ढुलमुले हुन्छ| आखिर जियावाओ नआए पनि हाम्रो नेपाल रेमिटेन्सले चलिहाल्छ क्यार र ! बिनासित्तिको यो किन टाउको दुखाइ! जे जस्तो भएपनि बाबुराम नराम्रा मध्यको राम्रो हो|

  15. वेन जियाबाओ भने मगन्तेहरुको लिस्ट सुनेरै तर्सियो जस्तो छ !

    बनाइदिने चीनले, भत्काउने नेपाल-बन्द बादीले ! पहिला चीनले एउटा ट्रलीबस बनाइदिएको, बसहरु नेपाल बन्दमा तोडिए फोडीए, तेस्को अफिसमा वाइस्यालले बास जमायो र सयौ पटक नेपाल बन्द गरायो ! अब चीनले मेट्रो रेल बनाइदियो भने कसले बास जमाउने हो कुन्नि ? जनताले पाउने त नेपालबन्द मात्रै हो !

    हे बबुरोराम,
    छोरो पाउने कहिले कहिले, कन्दनी बाट्ने अहिले….! भ्रमणको मिति तय नहुदै बोल्न किन हतार? पुकदा को जस्तै बबुरोरामको पनि बोलीको ठेगान नहुने रहेछ !

  16. अन्तर्राष्ट्रिय जगत भनेको भारत र अमेरिका मात्रै होइन ,चीन र रूस पनि हो/ भट्टराई माथी पछिल्ला दुइ देश हरु को त्यति भरोशा भएको जस्तो देखिदैन/ अहिले सम्म माओबादी का तेश्रो श्रेणी का नेता हरु ले सम्म चीन को निम्तो पाएर घुमेर पनि आइसकेका छन् भने भट्टराई लाइ चाहि त्यती महत्वो दिएजस्तो देखिदैन / नेपाल भित्रै आफ्नै पार्टी बाट र अन्य पार्टीहरु बाट भारत को हितैषी भनेर मानिएका भट्टराई ले बोलि र ब्यबहार मा कुटनैतिक कला देखाउन नसक्दा पनि उनि माथि भारत बाहेक का अरु देश हरु ले हत्पति विश्वासै गरिहाल्न सक्ने अवस्था देखिदैन/ यु एन जेनेरल येसंब्ली मा भाषण गर्दा मार्शल प्लान को पुन : सुरुआत को माग गर्ने ले अमेरिका मै अर्को एक कार्यक्रम मा भने मार्क्स बाद को ठुलो बखान गरिदिय/ त्यस्तै अर्को मुद्दा मा प्यालेस्टाइन को पक्ष मा नेपाल लाइ भोट दीन लगाए/
    यसरी एक आपस मै बाझिने काम कुरा गरे पछी अमेरिका र युरोप ले पनि उनलाई पत्यौदैन/ खाली नेपाल मा उनीहरु को एजेन्डा लाइ राम्रो संग लागु गरिदिने अर्को गतिलो औजार नभएर मात्रै हो, नत्र उनीहरु को लागि पनि बाबुराम केहि होइनन/ हो भारत को लागि भने उनि उपयुक्त पात्र हुन्/ यो कुनै आक्षेप नभएर एथार्थ नै हो/ उनि प्र.म. मा चुनिएको १५ मिनेट भित्रै भारत ले बधाई दिनु को साथै भारत भ्रमण को निम्तो पनि दिएको थियो भने, झल् नाथ लाइ त्यो उनको कार्यकाल भरि नै मिलेन/ बीपा सन्धि गरेर उनले भारत लाइ गुण तिर्दैछाना /भने अब अल्ली समय पायेभाने सुपुर्दगी सन्धि र एअर मार्शल को माग पनि पुर्याई देलान/ उनले तराई मा भारत को सहयोग र पहाड मा चीन को सहयोग मा बिकाश गर्ने भनेर देश लाइ दुई भाग मा विभाजित गरि सकेका छन् /चीन को नाम त शंका मेटाउन लिएका मात्रै हुन्/

  17. भारतीय लाल्मोहरिया प्रधान मंत्री भएको समयमा चीनको प्रधान मंत्री नेपाल आएर भारतलाई फाइदा पुग्ने काम गर्ने कुरै थिएन/तर चिनिया प्रधान मंत्री आउने कार्यक्रमनै नभएकोमा बाबुरामले प्रचार गर्नुलाई अर्थपूर्ण रुपमा लिने पर्छ/

  18. कच्चा कुटनीतिक सम्बन्ध र हेपाहा प्रबित्तिको पृष्ठभूमिमा रचिएको भ्रमण भन्दा पनि भिख थाप्ने नाङ्लो देखाउने अभियान रोकिएको जस्तो लाग्यो !!

  19. It cannot be denied that Baburam needs a lot of preservarence and tacit negotiation to deal with poslished politicians especially both from India and China. Being the Prime Minister with the backing of Maoist party, he may have taken for granted that Chinese Prime Minister would surely visit Nepal as diplomatic sources have indicated that he has agreed for the visit, the cancellation indicates that not only Baburam needs to be careful but also Jia Bao showing the muscle that China deserves the same attention if not more from Nepal side.

    Anyway this is the equation that any Nepalese Prime Minister has to deal with. In simple terms why bother with the understanding that if Jia Bao comes well and good if not so what. Baburamji keep the spirit.

  20. बास्तबिक के हो भने चीनले म्यान्मारमा लिएको नीति फेल खायो हिलारी क्लिन्टन म्यानमार आएर आंग सांग सुकी लाई जुन्ता सरकार सँग सम्झौता गराउन सफल भईन जसले गर्दा चाइनालाई ठुलो धक्का भो त्यसैले आन्तरिक गृहक्रयाको लागि म्यानमार भ्रमण सारियो..नेपाल भनेको बाटामा यसो चिया पिएर जौ है भनेर आउँन लागेको थियो.अब काठमाडौँ नै नजाने भएपछी मुग्लिनमा भात मात्र खान जाने कुरो त हुदैन नि त?

    • “म्यान्मार भ्रमणको कुरा एकदमै गोप्य राखिएको छ। आज दिउँसो चिनियाँ परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताले भ्रमणबारे आफूलाई केही जानकारी नभएको बताएका थिए। म्यान्मारले पनि यसबारे केही बताएको छैन।”

  21. मधिसे नेता हरु ले त खडे खडे दिमागी क्यालकुलेटर बाट आफ्नो कमिसन पनि निकाली सकेका थिए होला ! जब चीन को प्र. म ले नेपाल लाइ सहयोग गर्न पैसा दिने भने पछि त् ! अनि हाम्रा प्र.म बाबुराम ले त जनता कसरी मार्ने भन्ने मा पो डाक्टरी गरेका रहेछन ! डाक्टर भन्ने बितिकै मान्छे मार्ने ज्यानमारा नै हुन् नेपाल मा त !

  22. “सायद”
    चीनको प्रधानमन्त्री को नेपाल भ्रमण स्थगन गरिएको कयौ कारणहरु हुन् सक्छन/ चीनले नेपाललाई आज सम्म सहयोग गर्दै आएकै हो तर चीनको सहयोगमा बनेको चलेको ट्रली बस र उद्द्योग धन्दाहरु नेपालले बेची खाए/ चीनले नेपालको बायु सेवा निगमलाई हवाई जहाज सस्तोमा बा अनुदानमै दिन सकिने कुरा गरे/ नेपालको सरकारले चीनमा बनेको हवाई जहाजको बिस्वस्नियातामै संखा गरेर चीनको बेईज्जत गरे/

    चीनको सहयोगमा बन्न सुरु भएको पुर्ब पस्च्छिम राजमार्ग बनाउने ठेक्का पाएको चीनको कम्पनिलाई भारतलाई खुसि पार्न फिर्ता पठायो र हाल सम्म पनि कोहलपुर खण्डमा त्यो राजमार्ग बनाउन आँत सम्म पनि गरेकोछैन/

    भारतले बुद्ध भारतमा जन्मेको भनि गलत प्रचार गर्दै आएको बेला चीनले हालसालै पनि चीन भित्रै बुद्ध नेपालको भएको दर्शाउने बिभिन्न आयोजना प्रदर्शन गरेर, लुम्बिनीको बिकाशमा आफ्नो सहयोग रहने कुरा गरेर बुद्ध नेपालकै भएको संदेश दिंदै आएको थियो तर नेपालको सरकारले औपचारिक रुपमा नकली लुम्बिनी बनाउंदै बुद्ध भारतिय भएको भन्दै आएको भारतको बिरुद्ध यक सब्द बोलेनन्/

    गिरिजाले चीनलाई सत्रु मान्ने भारतको ३०सौ लाख बिहारीहरुलाई नेपालको नागरिक बनायर सिंगो नेपालनै तिब्बत बिरोधिहरुको शिबिर बनाउने काम गर्यो/ तिब्बतको मुद्दामा पनि नेपालको नीति ढुलमुले मात्रै होईन चीनलाई छकाउने प्रकारकै छ/ नेपाल भित्र दलाई लामाको कार्यकर्ताहरु आराम सिट बस्न दिएको छ; यो कुरा चीनले नबुझेको होईन/

    बाबुराम भन्ने बेलामा मावोबादी तर ब्यबहारमा मनमोहन बादी भएको कुरा उसको ४ बुंदे सम्झौताले नै स्पस्ट गरेकैछ/ भट्टाराई माथि यो आरोप अरुले होईन मावोबादी भित्रै बात लगाएको छ/

    नेपाल बिगतमा भन्दा अहिले बढी भारत मुखी बन्दै गएको छ/ नेपालका ई नेताहरु बिशाल चीन सिट लड्न पनि सक्ने बिर गोर्खालीको बंसको हुँदै होईन, ईनिहरु त् बिहारमा तालि बजाउंदै हिड्ने छक्काहरु बन्दै गएकोछ, त् सायद चीनले एस्तो “नेतापाल” देसको भ्रमण गर्नु कुनै अर्थ नभएको बुझेरै यो भ्रमण स्थगन गरेको हुन् सक्छ/

  23. २०१२ आउदै छ साएद आब चिन संग अमेरिका ले निउ
    खोजिरहेको अवस्था मा चीनको आफ्नै समस्या ठुलो भएको अवस्था हो यो एतिबेला गरिब देसको फाटेको टाल्नालाई मात्र गर्नु पर्ने भ्रमण ले चीनको राजनीतिमा केहि महत्तो राख्दैन तेसैले हामीले यो माग्ने भ्रमण गराउनु भन्दा पनि देस गरिबिमनै भएपनि छिमेकीहरु संगको कुटनीति तथा राजनीति उच्च स्तरको कयेम गर्नुपर्ने बेला हो येसैबत देसको अन्तरास्ट्रिय छबी विकास र देसको इज्जत बढ्ने कम हुन्छ यो नै बेलाको जुक्ति हो कि भन्ने लाग्छ .

  24. सहयोग को आर्थिक पोको चीनसंग लिने र त्येसको प्रतिफल चाँही भारतको सेवामा अर्पण गर्ने बाबुरामको नीति भएको सुइँको पाएर पनि भ्रमण रोकिएको हुन सक्छ ! बैद्य ले प्रम बनायो उसैलाई लात नहानेर संगै लिएर गएको भए साएद तर बिनासकाले बिपरितं बुध्ही !!!!

    • राष्ट्रिय पन्छी : डॉफे ।
      अन्तराष्ट्रिय पन्छि :नेपाली राजनेता ॥

      राष्ट्रिय फुल लालि गुराँस ?
      अन्तराष्ट्रिय फुल: नेपालका दलाल ॥

      राष्ट्रिय जनावरः गाई ।
      अन्तराष्ट्रिय जनावर: नेपालका देश चलाउने शासक भनाऊदा ठेकेदार
      [ राजनिति पार्टि ]

      राष्ट्रिय संस्कृत: लुटमार भ्रष्टाचार !
      राष्ट्रिय दर्शन: तोड फोड काटमार ।

      राष्ट्रिय चिन्तन कुर्सि र पदको लागि जनता झुक्याउने भाषणका सोर ॥
      राष्ट्रिय ब्यवस्था: अन्याय अत्याचार र छिन्न भिन्न कमजोर ॥

      राष्ट्रिय प्रगति : महंगि विकृति ठुला ठुला अपराध र नर संहार ॥
      राष्ट्रिय खेलः युवावर्ग हरुलाइ विदेश लखेटेर वा मारेर जन संख्या घटाउने अभियान ॥

      राष्ट्रिय बजेटः विदेशिले गरेको सहयोग पनि बिना हिसव मात्र कागजमा घाटा र नोक्सान ॥

      राष्ट्रिय: अतिथि चिन र भारत ॥

      तैपनि हामि स्वाभिमान कत्रो छ हाम्रो शान ॥
      देशका सबै राजनेता माहान ।

      सगरमाथा र बुद्धको जन्म थलो ॥
      त्यो भन्दा हाम्रा राजनेता माहान र स्वाभिमानि ?

      विश्वको कुनाकाप्चा खोजौं हाम्रा नेताको बुद्धिमा खोजौं, त्याहाँ सिङ्गो मनपरि हुन्छ जन्ता सधैं धर् धरि रुन्छ………

  25. दाईमारा राजा र भाईमारा नेताको देश हो यो, यहाँ को आउँला न आउँला अनि आब कसले सरकार चलाउँला भन्दा पनि यी गाई न गोरुको गधाहरुलाई देशबाट निकालेर इमान्दारी नेतृत्वको चयन गर्ने बेला हो यो ,

  26. इजराइल इरानलाइ ताकेर बसेको छ ! टेरोरिस्ट (inside job) ले अमेरिकामा नियुक् हान्न खोज्दै छन् ! दोष इरानलाइ दिने त होला… बिन लादेन त मारिसक्यो ! चिनको सबभन्दा ठुलो तेलको श्रोत इरान हो र उसले इरान विरुद्ध लड्नेहरुलाइ चेतावनी दिईसक्यो! अस्ति एक हप्ता अघि मात्र आफ्नो सेनापतिहरुलाइ लडाई को तयारी गर्नु भन्दै रसियालाइ “तेस्रो बिश्व युद्ध” को ग्रिन सिग्नल दिएको छ ! अनि आफ्ना ठुलाबडाहरुलाई विदेश भ्रमण रद्ध गर्न लगाएको छ ! यो पनि एउटा कारण हुन सक्छ ….

  27. लोकतन्त्रको दुरुपयोग गर्छन नेपाली नेता र जनताहरु / त्यसैले नआएको हो / पाहुनासंग माग्ने लिस्ट बनाएको कुरा पूर्वजानकारी भएर नआएको होला / बिना योजना मागेर पनि कसैले पैसा दिन्छ / तिमीहरुलाइ यो फाइदा हामीलाई यो फाइदा भनेर योज़ना अगाडी राख्नु न जसले पनि सहयोग गर्छ /

  28. चोर , भ्रस्ट , पार्टी र कर्येकर्ता का मात्र प्यारा नेता हरु को कारण नेपाल ले धेरै अवसर हरु गुमाउदै गएको छ , एउटा ले येसो गर्न के खोज्छ अर्को ले भाँजो हालेर निहु खोजिहाल्छ! के येही हो नेपाल को प्रजातन्त्र अनि स्वोतंत्रता?

  29. के नै फरक पर्ला त आए पनि न आए पनि बरु उसलाई भन्दा पहिला मनमोहन सिंह लाइ पो लेराउनु पर्ने त .

  30. बाबुराम भट्टराईले गत कात्तिक २९ गते आयोजित पत्रकार सम्मेलनमा चिनियाँ प्रम पुस ५ गते आउने बताउनु गलत थियो | प्रधान मन्त्रि जस्तो मान्छे ले तेस्तो हतारिएर प्रचार गर्नु हुदैनथ्यो | तैपनि यो तेती ठुलो कुरा भने हैन तर के कारण हो बुझ्नु चै जरुरि छ |

  31. पुरै गाउँ नै थर्कने गरि न्ग्यार न्यूर र भूक भाक गर्दै कराएर हड्डी को निम्ति कुकुरहरु आफै नै लडीरहेको बेलामा चलाक न्याउरी त्यो फोहोर ठाउमा किन आउंथ्यो? यस्ता आला काँचा र भर नभएका डाँगाहरुले भोलि उसैकै पुच्छर टोकेर रेबिज सार्दिनछन कि भन्ने डर पनि लागेको हुन् सक्छ बिचरा भोटे न्याउरीलाइ!!!

  32. किनकि यो सरकार भारतीय हरु को दलाल को हो. किनकि यहाँ अलिकति पनि पर राष्ट्र मामिला सम्भंधि जानकार भएका हरु यो मन्त्रीमंडल मा छैनन. चिनिया हरु ले यो सरकार को हैसियेत थाहा भएको ले नआउने कुरो गरेका हुन् भन्ने मा केहि सन्खा छैन. यो सरकार ले बारम्बार चिनिया हरु को विरुद्ध काम गरेका चना भारतीय र अरु european देश हरु को पिछलग्गु भएर. अब यो सरकार को धैरे यू छैन भनेर थाहा पाए हुन्छ.

  33. सरकार को आयु बढाउने खेल मात्र हो भन्ने पुस्टि भयो प्रधानमन्त्रीले भनेको कुरा पनि कसरि झुठो हुन्छ त साथी हो .

Comments are closed.