‘जे गरे नि प्रेग्नेन्ट नहुनु, भइहाले नि मलाई इन्फर्म गर्ने हैन, अर्बोसन गरेर घर फर्कनू’


के कुनै आमाले आफ्नी छोरीलाई यसो भन्छिन् होलिन्- ‘जे गरे नि प्रेग्नेन्ट नहुनु (भुँडी नबोक्नु), भइहाले पनि मलाई इन्फर्म (भन्न आउने हैन) अबोर्सन (गर्भपात) गरेर मात्र घर फर्कनू’

अहिले काठमाडौँ सहरभर ठूल्ठूला होर्डिङ बोर्ड झुण्ड्याएर धुमधडाकाका साथ प्रचार गरी हलमा चलाइरहेको फिल्म ‘काठमाडौँ’को प्रोमो युट्युबबाट हेर्दा यति संवाद सुनेपछि नै मैले यो फिल्म गतिलो हुन्न भन्ने ठानिसकेको थिएँ। प्रोमोमा देखिन्छ, आमा गौरी मल्लले आफ्नी छोरीलाई यो कुरा हाँसीहाँसी बताइरहेकी हुन्छिन्, अरु मान्छेहरुको अगाडि। हो, फिल्ममा सँधै भएकै कुरा हुनुपर्छ भन्ने छैन,तर यो हदसम्मको हुँदै नहुने कुराको कल्पना पनि कसरी गरेका होलान्।

साथी दीपेन्द्र लामाले फिल्मको समीक्षा गर्दा फिल्ममा देखिने लाज लाग्ने १० दृश्यमा यसलाई पनि समावेश गरेका थिए। पत्रिका छापिएकै दिन अफिसमा फिल्मका निर्माता, निर्देशक अनि नायक पनि भएका आकाश अधिकारी दलबलसहित आएर यस्तो नि रिभ्यु छाप्ने भन्न आए। अनि लामो खण्डन स्पष्टिकरण दिएर गए जसमा भनिएको थियो- आमाले छोरीलाई त्यसो भन्नु के लाज मान्नु पर्ने कुरा हो र, लाज नमान्नुस्। अलि अघि आफ्नो फिल्म ‘ब्रेकफेल’बारे नराम्रो समीक्षा गर्‍यो भनेर एक निर्मात्री र हिरोइन ऋचा घिमिरेले त समीक्षक मनोज पण्डितलाई थुनाउन हनुमानढोकामा उजुरीसमेत दिएका थिए।

फिल्मकर्मीहरुको यस्तो व्यवहार नयाँ हैन। भुवन केसी, अशोक शर्माले समेत पहिले यसरी नै पत्रिका कार्यालयमा रिभ्यु नराम्रो छाप्यो भनेर थर्काउन आउने गरेको फिल्म पत्रकारहरु सुनाउँछन्।

हेर्नुस् त नेपाली फिल्मको गति ! फिल्म राम्रो बनाउनु छैन अनि रिभ्यु आफूले खोजेको जस्तो भएन भनेर झगडा गर्न आउने, कराउन आउने। एउटै धर्राबाट कहिले निस्कन नसक्ने, अनि मान्छेले पैसा तिरीतिरी उनीहरुको फिल्म नेपाली भएकै आधारमा मात्र किन हेर्नुपर्ने ? राम्रो फिल्म बनायो भने त समीक्षकले केही गर्नै पर्दैन, दर्शकहरुले आआफै पनि कसरी फिल्मको प्रचार गरेर फिल्म हिट बनाउँछन् भन्ने उदाहरण त भर्खरैको ‘लुट’ फिल्मले देखाइसकेको छ नि।

यी समीक्षकहरुले राम्रो भन्दैमा फिल्म हिट हुने पनि हैन। नभए त ‘सिक सिटी’ भन्ने फिल्मले पनि बबाल कमाइ गर्नुपर्ने हो। समीक्षकहरु कै समीक्षा पढेर फिल्म हेर्न जाँदा निराश भएर लेखेको ब्लग त तपाईँले पढ्नुभएको होला- सिक सिटी एउटा हेर्नै पर्ने फिल्म ? ‘लुट’ पनि समीक्षकहरुले राम्रो भन्या भरमा चलेको फिल्म हैन। त्यसमा केही छ। त्यसमा अरु फिल्ममा जस्तो रुखमा घुमेर गीत गाइँदैन। गीत सुरु भएपछि पाँच मिनेट लामो गाएको गायै हुँदैन। ब्वाइफ्रेन्डले गर्लफ्रेन्डसँग रिसाउँदा अरु फिल्ममा जस्तो व्याकरण, कमा, पूर्णविराम सबै मिलाएर साहित्यिक संवाद बोल्दैन, बरु यसो भन्छ- अनि घण्टा गर्न रोइराको त ! त्यसैले यी निर्माता-निर्देशकहरु फिल्म समीक्षकहरुसँग त्यस्तो डराउनु पर्ने जरुरी हुँदैन। फिल्म राम्रो बन्यो भने दर्शकको कारण चल्छ। धेरै लगानी र स्टार कलाकारहरु हुँदैमा फिल्म चल्ने हैन। हिन्दी फिल्म अग्नीपथले भारतमा पहिलो दिनको कमाइमा कीर्तिमान कायम गर्‍यो, बडिगार्डलाई पनि उछिनेर। नेपालमा भने फ्लप भयो, बरु ‘लुट’ले जित्यो त्यसलाई। राजेश हमाल र भुवन केसीका फिल्मलाई जतिसुकै समीक्षकहरुले नराम्रो भने पनि एक वर्गका दर्शकहरुमा उनीहरु लोकप्रिय छन् र फिल्मले कमाउँछ। तर आफूले खोज्या जस्तो समीक्षा भएन भनेर हनुमानढोकामा थुनाउन खोज्ने, पत्रिका कार्यालयमा कराउन आउने गर्नुले उनीहरुको स्तर आफै देखाउँछ।

सिभिल मलमा फिल्म हेर्न गएका एक साथी सुनाउँदै थिए- सँगैको सिटमा एक जना दाइ र भाइ फिल्म हेर्न आएका थिए। आधा नसकिँदै भाइ चाहिँले दाइलाई जाउँ न निस्कौँ भनेर भन्न थाले। दाइले चाहिँ पैसा तिरिसकेकोले हेर्नुपर्छ भनेर निस्कन मानेनन्। त्यसपछि उसले मोबाइलको इयरप्लग कानमा हालेर गेम खेलेर बस्यो। फिल्म सुरु हुँदा जति मान्छे भित्र पसेका थिए सकिएर बाहिर निस्कँदा १५ जना पनि नभएपछि गार्डहरु हाँसेका थिए रे।

काठमाडौँ फिल्म मैले हेर्न मन नगर्नुको कारण यसको प्रोमो थियो। जसरी लुट हेर्न मलाई प्रोमोले नै उक्साएको थियो, त्यसरी नै काठमाडौँ नहेर्न प्रोमो नै कारण बनायो। प्रोमोको सुरुवात नै मलाई मन परेन। एनिमेसनको नाममा बन्दूकबाट निस्केको गोली स्लो मोसनमा गएर आगो लागेको दृश्य त हद खत्तम लाग्यो। त्यसमाथि केहीको संवाद बोलाइ अनि अभिनय ! प्रमुख कारण चाहिँ त्यही अतिरन्जित डायलग थियो जसमा आमाले छोरीलाई भन्छिन्- जे गरे नि भुँडी नबोक, बोकिहाले पनि एबोर्सन गरेर फर्क।

हेर्नुस् प्रोमो-

यो संवादका बारेमा फिल्मका नायक, निर्माता अनि निर्देशकको स्पष्टीकरण यस्तो छ-
माया (गौरी मल्ल) ले छोरी आस्थालाई, ‘जेसुकै गर तर प्रेग्नेन्टचाहिँ नहुनु’, भनेको वर्तमान समाजको विद्यमान यौनविकृत मानसिकताको सामान्य चित्रणमात्र हो। जसबाट हाम्रो समाजमा अत्याधुनिकताको नाममा मायाजस्ता अभिभावकले आफ्नो सन्तानलाई कहाँसम्मको स्वतन्त्रता र छुट दिइरहेका छन् र त्यसले कस्तो असर पारिरहेको छ भन्ने देखाउन खोजिएको हो। आधुनिकताको नाममा सन्तानप्रति अत्याधिक स्वतन्त्रता दिने र कुसंस्कार अंगाल्न लगाउने पात्रको अन्त्य कस्तो हुन्छ भन्ने कुरा फिल्ममा घामझै छर्लंग देखाइएकोप्रति आँखा चिम्लनु पो लाजमर्दो कुरा हो, होइन र?

वाह, यो त सामान्य चित्रण पो रे। हो, नेपालमा अहिले यौनको मामिला अलि उदार अलि विकृत देखिएकै हो। तर त्यसो भन्दैमा कुनै पनि आमाले आफ्नी छोरीलाई त्यस्तो चाहिँ भन्दिनन् भो। त्यो पनि त्यसरी फिल्ममा देखाए जस्तो सबैका अगाडि हाँसीहाँसी। यो हदै बनावटी र काल्पनिक कुरा भो। तपाईँलाई के लाग्छ ?

[polldaddy poll=5925711]

यो पनि हेर्नुस्-

राजधानीमा चलिरहेको फिल्म ‘काठमाडौं’ले टाउको खान्छ। हृदयलाई छुँदैन। सबै भाँडमैलो र विकृति धनी परिवारमै हुन्छ भन्ने संकीर्णता उनीहरुमा देखिन्छ। फिल्मका पात्रहरुको ड्रेसअप आँखा बिझाउँदो छ। भेस्टमाथि कोट र सुनको लकेट लगाउने आकाश अधिकारीको हुलिया हास्यास्पद लाग्छ। ड्रेसअपले नै उनी ‘राणा’ नदेखिएका हुन्। धनी पात्रको रूपमा विश्वास गरोस् भनेर उनले हरेक दृश्यमा सुनको लकेटलाई हाइलाइट गरेका छन्। रेश र आस्थाको ड्रेसअप भड्किलो छ। उनीहरुले लगाउने लुगाका रङ नै पात्रको ‘क्लास’को छैन। संवाद घिसिपिटी छ। सबै पात्रले बोलीचाली होइन लिखित भाषा बोल्छ। पूर्णविराम, अल्पविराम र ह्रस्वदीर्घ सबै मिलाएर संवाद बोल्ने ‘महान’ परिपाटी यसमा छ। अनावश्यक र नसुहाउने संवादले कलाकारको अभिनय नै संक्रमित भएको छ। आर्यनले फिल्म बनाएर विभिन्न फेस्टिभलमा भाग लिएको र पुरस्कार जितेको ‘उद्घोषण’बाट सुनाइन्छ। मुख्य पात्रको लक्ष्य भएकोले त्यो पाटोको दृश्य बुनोट ‘डिटेल’मा हुनुपर्थ्यो। ‘भ्वाइस ओभर’बाट कथा सुनाउनु भनेको निर्देशकले ‘दृश्यमा देखाउन सकिन’ भन्दै आत्मसमर्पण गरे बराबर हो। फोर के रेड क्यामेरा प्रयोग गर्दैमा, अमेरिकामा खिचिँदैमा, अमेरिकी कलाकारले खेल्दैमा वा विदेशमा बस्ने नेपाली युवती हिरोइन हुँदैमा फिल्म हेर्नुपर्छ भन्ने जरुरी छैन। फिल्मको पोस्टरमै रेड क्यामेराले अमेरिका (सन फ्रान्सिस्को)मा खिचिएको भनेर लेख्नु लज्जास्पद हो। लामो अनुभव बोकेका एक निर्देशकले ठूलो बजेट (लगभग एक करोड रुपैयाँ)मा राम्रो फिल्म बनाउन नसक्नु दुःखद पक्ष हो। – दीपेन्द्र लामा, नागरिक दैनिक पूरा पढ्न यहाँ क्लिक गर्नुस्

राम्रो काम गर्नेको मुख चल्दैन, उसको काम बोल्छ । काठमाडुँको टिमको भने मुख बढी चलेको छ । जताततै बखान मात्र सुनिएको छ, चलचित्रमा यो देखाएका छौ, त्यो देखाएका छौं, यो प्रविधी, यो लोकेसन आदी इत्यादी । हरे शिव…यो सबै कुरा प्रोमोमा ढंगले देखाउ न किन “यो चलचित्र एकचोटी हेरिदिनु” भनिराख्नु पर्यो? राम्रो छ जस्तो भान पारिदिए त हेरीहाल्छम् नि । ‘जे गरे नि प्रेग्नेन्ट नहुनु, भइहाले नि मलाई इन्फर्म गर्ने हैन, अर्बोसन गरेर घर फर्कनू’ | यो सम्वाद यसरी भनिएछ मानौ एक सेकेन्डमा प्रेग्नेन्ट हुन्छिन्, अनि एकैछिनमा एबोर्सन पनि हुन्छ.. आँखा झिमिक्क गरी । संसारको कुनै पनि आमाले यसरी आफ्नो साख्खै छोरीलाइ भन्दैने, चाहे त्यो आमा अमेरिकी नै किन नहोस् । प्रोमोमा देखाइएका भिजुअल इफेक्ट हेर्दा त टिठै लाग्यो । बाल्यकालको जमानामा भिडियो गेम खेल्दाको झझल्को दिने खालका इफेक्टमा किन कन्जुस्याइ गरेका हुन् खै? एकसे एक दक्ष र विज्ञ उपलब्ध हुँदा हुँदै पनि आँखै बिझाउने गरी यस्तो घटिया भिजुअल इफेक्ट किन?? निर्देशकले फिल्मको नाम KATHMANDU सँग एउटा TAGLINE जोडेका छन्
Anything can happen in this city यो त्यसै राखिएको हैन उनी आफैलाइ पनि थाहा छैन कि यो शहरमा के हुन्छ, अनि उनलाइ यो पनि थाहा छैन कि काठमान्डू चलचित्रमा के हुन्छ….त्यसैले Kathmandu हेरिन्न र हेर्न खोज्नेलाइ पनि रोकिन्छ । सबिन सिंह, एकतारे ब्लग पूरा पढ्न यहाँ क्लिक गर्नुस्

61 Comments

  1. आकासको फिल्मी छवी कति छ भन्ने ‘प्रमाण’ यस अघिका फिल्म्सबाट पनि प्रस्ट थिए (तपाईहरुले हेर्नु भो?)I अब पत्रकारकै अफिसमा गएर धम्क्याउने पुंजीपतिलाई, क्यामेरा यस्तो, कलाकार यस्तो, कथा यस्तो भन्दै हल्ला गर्नेलाई दर्शक, पाठकले के सोच्छन्, भन्ने कुरा यहि ‘मेरो संसार’ मा नै पर्याप्त छन् I मैले त ‘इंगलैंडको संक्लिफ’ २००८ मा नै उस्को कुरा गराई, फिल्मांकन र आदर्श खोकाईबाट परिचय पाएँथे I ल है मैले त भन्दियं किनकि नेपाली फिल्म कला-संस्कृतिको पारखी परियो नि त!

  2. After looking promo I thought Gauri Malla run sex trade center and the dialogue was being told to her sex worker who addresses Gauri as Mom… Its nonsense that she was telling it to the daughter. Kasto ghatiya aama raichhe yar chhori lai testo vanne… Ani ko jaathaa script writer ho teso lekhne….

  3. वाहियात कहिँ नभयको जात्रा हाँडी गाउमा . यस्तो पनि मुभी हुन्छा र.

  4. “कला” के हो, “अभिनय” के हो पढ्नु/बुज्नु छैन…..हावाको तालमा पैसा हालो चलचित्र बनायो अनि कहाँ हुन्छ |

  5. अध्यन छैन | लहै लहै मा रहरले सिनेमा बनाउने हरु बाट अरु के आश गर्ने, हाम्रै गल्ति हो |

  6. शीलाजी, एस्तो त आफ्नो आमाले छोरि लाई पसचिमि देश (अमेरिका, अस्ट्रेलिया, बेलायत) पनि भन्दैनन् | कति बिन्कृति हो हामीमा |

    समाज मा यस्ता बिकृति उक्साउने फिल्म लाई देखाउन बन्देज गर्नु परदछ

  7. “जे सुकई गरे पनी प्रेगनेंत हुने होइन”…….. मात्र भानेको भए हुन्त्यो नि !

    • त्यो भन्दा,
      “जे सुकै गरेपनि प्रेग्नेंट हुने काम र कुरो चाहि नगरेस” भनेको भय अझै राम्रो हुन्थ्यो, होइन त!

  8. हाहा दिपक लामाको मैले पनि अस्ति काठमाडौँ को बारेमा लेखेको पढेको थिए सार्है चित्त बुझ्यो,,झन् आज यो पढेर त अझै झन् jpt र jhurrrr movie रहेछा भनेर थाहा भो,,,हुन् त पहिलानै यो फिल्मको trailor हेरेर झुर नै रहेछा भनेर लागेको थियो,…हिरो को dressup ,tv फुटेको,आगो लागेको ,धेरै भन्दा पनि धेरै कलाकार,आकाश अधिकारीको guiter बाजाको पारा हाहा अनि अरु अरु कति हो कति,अनि back stage पनि jpt jpt jpt jpt jhurrrrrrrrrrrr हन तेस्तो लगानी लागे पछी किन एस्तो movie ?????

  9. यो dialogue चाही अति भयो…कसैले पनि आफ्नो छोरि लाइ एस्तो भन्दैन…Tara ड्रेस मा चै नो comments . They can wear whatever they like . Anyway यो movie चाही फमिली संग बसेर हेर्न नमिल्ने छ..

  10. यो हामि मानव को प्राकितिक स्वोभाव हो आफुले गरेको सबै कुरा राम्रो,सबै सत्य र सबै ठिक भन्नु/मेरो बिचारमा हामीले टेलिभिजन हेरौ वा सिनेमा हेरौ वा एउटा गित को विडियो घर मा आनन्दले सोफा मा बसेर चिया पिउदै आरामले हेर्छौ अनि आनन्दले भन्ने पनि गर्छौ हेर त्यो हिरोनी ले कस्तो लुगा लगाको??ल हेर त्यो हिरोले टिसर्ट मा कोट लगाको,यिनी हरुको जोडी त कस्तो दिदि भाइको जस्तो देखिएको आदि इत्यादी तर त्यो हामीले हेर्ने मनोरंजन को सिर्जना गर्ने हरुलाई कति दुख हुन्छ हामीले कैले सोचेका छौ????? कदापी छैनौ,,,,,,,एउटा गित को सुटिंग को लागि कमसे कम २ मोडल सहित एडिटर सहित २० जना ले काम गर्छन होला,मानौ,१)रचनाकार २)लयेकार३)संगीत कार ४)गायेक कार ५)मोडल ६) क्यामराम्यान ७)लाइट म्यान ८)डिरेक्टर ९)असिस्टेन अनि कम्प्युटर मा गरिने काम हरु हेर्नुस अनि विचार गर्नुस कति मेहेनत परेको हुन्छ यी हामीले हेरिने बिधुतिये मनोरंजन उत्पादक हरुलाई/सबैले आफुले गरेको काम १००% राम्रो भनेर दाबि गर्छन पनि र तिनीहरुले गरेको काम को मुल्यांकन गर्ने दर्सक हरुको पनि वर्ग हुन्छ तेसैले तपाइले नराम्रो भन्दै मा अर्को ले पनि नराम्रो भन्छ भन्ने हुदैन/फरक येत्ति हुन्छ कि गिदी मा गुदी हुने ले बनाएको सामग्री ९०% ले राम्रो भन्छन भने गिदी मा गुदी नहुने ले बनाएको सामग्री जतिनै चिच्याए पनि २५% ले राम्रो भने खुब /तेसैले यो सम्बाद लाइ मात्त्र लिएर पुरै फिल्म नै नराम्रो भन्न मिल्दैन एस्तो सम्बाद त नेपाल हैन अमेरिकी आमाले पनि आफ्नी छोरीलाई भन्दिनन मा १००% ग्यारेन्टी दिन्छु तर तपाइलाई नराम्रो लग्यो भनेर अरुको करोडौको लगानी को फल खाने बेला मा दुनिया नाना भाति भन्नु भनेको बादर ले आफ्नो घर पनि बनौदैना अरुको घर पनि भत्कौछ भने जस्तै हो वा भानु मकै को बोट हरियो देखेर बारी भित्र नपसी घोगा लागेकै छैन भन्नु जस्तै हो/हुन त मसंग एस्तो प्राबिधिक ज्ञान खी छैन तर मेरो सोचाइमा एस्तो आउछ तेसैले हेर्न मन लागे १०० चोटी हेर्छु हेर्न मन नलागे १ पल्ट पनि हेर्दिन तर अरुको दुख को फल लाइ कहिले क्रितिचिज़े गर्दिन/

    • तपाई कुनै केयेरलेस डाक्टर को मा जचाउन जानु भयो, उसले ५०० रुपया पनि लियो तर लापरबाही गरेर दबाई दियो अनि तपाइँ लै सन्चो भएन भने तपाई ले त्यो डाक्टर लाइ गालि गर्नु हुन्न???? अबस्य गर्नु हुन्छा होला. यिनी फिलिम बनाउने हरु पनि सेवा दिएर पैसा लिन बसेका हुन्, एदी खुबी छैन भने प्रोफेसन तेही बनाउनु हुदैन, रहरको लागि गर्ने भन्ने कुरा छुट्टै हो, मेहेनत त गरेको हो नि २०-२५ जना मान्छे लागेको थियो भनेर जनता लाइ कम्जोर र तल्लो स्तर को चलचित्र देखाएर पैसा लुट्न खोज्नु हुदैन, त्यो माथि नराम्रो छ भन्ने लै आक्रमण गर्न जानु त अति नै तल्लो स्तर को काम हो .

      • मनोज जी तपाइको भनाइ एक हद सम्म ठिक होला तर तपाई एच्याले मनोरंजन को लागि फिल्म हेर्नु नराम्रो लागनु र बिरामी भएर बद्द्येताले डाक्टर को मा गएर गलत दाबी पाउनु मा आक्ष जमिन को फरक छ/फिल्म बनाउने ले तपाइको पैसा गोजिबात सिधै आवस्य लुटेका हैनन् तेसैले येस्मा उनीहरुको केहि दोष छ जस्तो मलाई लाग्दैन/मैले भन्न खोजेको तपाई लाइ राम्रो लागे १०० पल्ट हेर्नुस नराम्रो लागे फिल्म बनाउने ले तपाइलाई घोक्रे थ्यक लगाएर फिल्म हाल सम्म तानेर तपाइको गोजीको पैसा लुट्ने हैन तेसैले नराम्रो भनेर उसको मेहेनत को फल मा किरा नपारौ भनेको मात्र/

  11. सत्य कुरा के हो भने यहाँ कमेन्ट गर्ने अधिकाम्स हामि नेपाली फिल्मका दर्सक नभई बिदेशी फिल्मका दर्शक हौ, बिसेष गरि भारतीय र हलिहुदका… सामान्यतय उनिहरुको इन्टरनेट सम्म पहुच छैन र उनीहरुले अर्कै खास बर्गको प्रतिनिधित्व गर्छन …. सायद तेसैले होला नेपाली फिल्मका महानायक राजेश हमालले भनेका “म मजदूरको नायक” …

    २ मिनेटको प्रोमो मै एती धेरै प्रतिक्रिया गर्ने सर्बज्ञानी अन्तर्यामी महान नेपाली हौ हामी … बिसयाबस्तु र पृष्ठभूमिको जानकारी नै नचाहिने … सबै भन्दा धेरै प्रतिक्रिया गर्ने कोटीका हौ भन्दा पनि फरक पर्दैन … कुनै बिसय बस्तु छैन जसमा हामीले कमेन्ट गर्न नसक्ने …
    नेपाली फिल्महरु इस्तारीय छैनन् , येस्मा २ मत नहोला तर ३०-४० लाखमा हामी धेरै इस्तारिया फिल्मको कल्पना पनि त गर्न सक्दैनौ , अपबाद बाहेक … नेपाली फिल्मको मुख्य समस्या भनेको ब्यबसयिकताको कमि हो र अर्को कुरा बिस्वोकै दोस्रो ठुलो भारतीय फिल्म उद्योगसंग नेपाली फिल्मको तुलना हुनु …
    पढेलेखेका , नया विचार र बिसय बस्तुको अध्यन भएका र फिल्म सम्बन्धि ज्ञान भएकाको र फिल्म क्षेत्रलाई हेर्ने सरकारी नीति अभाभ पनि मुख्य समस्या हुन् … एश्मा अहिले केहि सुधार भने औदैछ र पुराना बिस्थापित पनि हुदै छन् … अहिलेका केहि सफल फिल्महरुमा नया पुस्ताले बनाएका नया बिसय बस्तुका फिल्महरु नै पर्दैछन … खुला प्रतिस्पर्धाको नाममा हलिहुद र बलिहुड़का ससक्त र खर्चिला फिल्मसंग बामे सर्दै गरेको नेपाली फिल्मलाई मैदानमा तेतिकै छाददिनुमा राष्ट्रिय नीतिको अवाभ देखिन्छ … आफ्नो उद्योगको उत्थानको लागि उसलाई केहि सहुलियत, सम्रक्ष्यद र प्रोत्शाहन गर्ने नीतिको जरुरत छ .. नेपाली सिनेमा घरमा कम्तिमा पनि बर्सको ५-६ महिना नेपाली फिल्म(कुनै पनि नेपाली राष्ट्र भाषाको) चलाउने नीति बनाउन सकिन्छ , कम्तिमा १०-१५ बर्षको लागि एस्तो नीति चाहिन्छ …एसले नया लगानीकर्तालाई अकर्सित गर्छ र ब्यबसयिकता निम्त्याउछ र जब कुनै उद्योग ब्यबसायिक बन्छ त्यो प्रतिस्पर्धी हुन्छ र कम गुदस्तरका बिस्तारै कुना लाग्न थाल्ने छन् …

    म नेपाली भाषा ,कला, संस्कृति , साहित्य , संगीतको सम्रक्ष्यद, प्रबर्धन र बिकाशको पक्ष्यमा छु र येस्मा फिल्मी क्षेत्रको भूमिका आवसेक देख्छु नत्र भारतीय र अन्य बाहिरी संस्कृतिको अघोसित गुलाम हुने दिन धेरै टाडा छैन …

  12. धेरै जसो यी फिल्म मा काम गर्ने तेस्तै परिवेस मा जन्मेका, उनका बाउ आमा पनि तेस्तै आफु पनि तेस्तै भएकोले उनीहरु को समाज मा ठिकै पनि होला त्यो कुरा, tesaile न जाने गाउ को बाटै न सोध्नु भन्थे कसले हो…….साथि हरु किन तेंसे भएका ? सबै ले आ आफ्ना चेली बेटी लाइ अनुसासन सिकाए फिल्म ले के हि गर्दैन

  13. आनिमेशन पनि भर्खर सिक्दै गरेकाले गरेको जस्तो छ. झुर पतास.

  14. नेपाली चलचित्र उद्योग मा संकटकाल घोसना गर्न लागेको बेला लूट चलचित्र ले नया फड्को मरेकोथ्यो / तर यो काठमाडौँ चलचित्र तेती आशा लाग्दो छैन / प्रोमो नै मन परेन /

    • गीत हेर्दै हग्ने लाइ भन्दा देख्ने लाइ लाज लाग्दो थियो. लुगा लगाई हेर्दै oh my God !! के लगाएको त्यो भनेको थिए. अमेरिका मा बसेको रे त्यो रेस भन्ने हिरो. तर त्यो भोटो लगाएको जस्तो tank top अमेरिका त के काही पनि लगाउदैं होला केटा हरु ले . हिरोइन ले लगाए भए अलि सुहाउथियो होला बरु. आफु ले आफु लाइ Rock भन्न ठानेको हो कि. अलि ऐना मा मुख हेर्न पुगेन जस्तो छ. हरे शिव !!

  15. सरम लग्नु पर्ने होयो आकास अधिकारी भन्ने मानिस लै….खुबी यो फिल्म यहाँ देखाए वहा देखाए येसो गरे उसो गरे..तेती मात्रै होर..एस्तो चमेरा ले खिचेको उस्तो यहाँ खिचेको वहा खिचेको..सुन्दै हस उठ्ने ..तेती गरि प्रचार प्रसार त गर्यो तर बिचार मानसिकता दरिद्र र बिसयाबस्तु को अद्यायन सुन्य.मान्छे प्रेगनेंट एक्लै त हुँदैन होला..तेस्मा एउटा पुरुस को भूमिका पनि उति नै हुन्छ वन्ने कुरा क्लास ७ मै पढेको होला नि हैन आकाश जी..अनि खाली यो समाज मा विकृत आमा र छोरि कै उपस्थिति छ?अरु माथि दोस देख्नु वन्द अगाडी अलिक बिसयाबस्तु,परिस्थिति को अध्यन साथै क्रिटिकल अनाल्य्सिस गर्न पनि सिक्नुस ..हैन वने हनुमाने कमरा ले खिच्दैमा फिल्म हित हुन्न बा हुन्न….भगवान ले सद्बुड्डी दिउन तिम्ल्लाई !!!

  16. फिल्म मा बलात्कार को दृश्य देखाउछ , तेस्को मतलब बलात्कार गर भनेर संदेश दिन खोजेको हैन. अन्तिम मा बलात्कारी को दुर्दशा भएकै देखाउछ. तेस्तै उपरोक्त सम्बाद एउटी खोक्रो आदर्श भएकी घमण्डी आमा ले उतौली छोरि संग गरेको सम्बाद हुनु पर्छ, तेस्को मुल्य पक्कै आमा छोरी ले चुकायेकै हुनु पर्छ. फिल्म मा येसता कुरा हरु climex मा देखाउनु साधारण कुरो नै हो.

  17. अर्को नेपाली फिल्मको रोग के हो भने काठमाडौँ केन्द्रित उच्च्चा घरानिया कौते फिल्म हो / फ्रान्सेली एरिक वेल्ली आयर उपल्लो डोल्पामा पुगी डोल्पाली भाषामा फिल्म बनायर ओस्कार को लागि छनौट भयो / मैले कथा थाहा थियो र visual डोल्पाली भाषामा गूगल बाट अन्तिमसम्म हेरे / तर नेपाली फिल्म काठमाडौँ को खाल्डो बाट निस्कन सकेको छैन /

  18. कथाले मागेको दिने फुकाल्ने भनेपछि यो कुराको दाएरानै भएन | आमाले फेरी यस्ता कुरा अरुको सामुन्ने भन्न सक्नु पनि अचम्मै छ | कि त आमा त्यहि संस्कार बाट हुर्के बढेको हुनु पर्यो | नया कथामा सिनेमा बनाउने र आधुनिकतामा ढाल्ने दौडमा कतै आफै ढल्ने हो कि !! त्यसैले होला समाजको सीमा पार गर्दा कतिपय निर्माता निर्देशक त्यतिकै बिलाउछ्न बर्षाको फोका जस्तो | कुन दिन देखि यिनीहरुले सडकमा बोल्ने फोहोरी भाषालाई फिल्ममा दुरुस्त अंगाल्नेछन् |

  19. बिस्तारै बिस्तारै त्यो दिन पनि आउनेछ ,
    आमा :सधै कति ययूतई ब्वाई फ्रेन्ड सग हिड्छेस ये छोरी ,झर्को लाग्दैन ?
    छोरी :क्या मम पनि ,उ सग मनि धेरै छ के ,उसले जे भने पनि किनिदिन्छ |

  20. हेल्लो निर्माता जी के यो भाषा शभ्ये होला? नेपाली फिल्मी क्षेत्र मा ? हजुर हरु को बाबा आमा दीदी बहीनी ले सगै बसेर हेर्न लाएक होला र ? जुन भाषा
    औलाउनु भएको छ यो त अलि असभ्य होला भन्ने पनि सोच्नु भएन ? के हजुर को आमा ले हजुर कै दिदि बहीनी लाई भन्ने गर्नु भए को छ कि?
    यो अलि पच्दैनकी नेपाली सस्कारमा ?युरोप अमेरिका मा पनि नेपाली दर्सक नै हुन् नेपाली फिल्म हेर्नि सुधार्नुस अलि नत्र नेपाली मौलिक लाई समेट्नुस अलि फरक
    धार मा निर्मार्ण गर्नुस. यो सब्द ले फिल्मी क्षेत्र मा मार खाला भन्न नसकिएला ,

  21. हुनत: गौरी मल्लले त्यो सम्बाद अमेरिकाको परिबेस र शुटिंगमा भनेको जस्तो देखिन्छ तर पनि फिल्मको नाम “काठमाडौँ ” राखेर Anything can happen in the city.. भनि काठमान्डूको प्रतीकात्मक झल्किने गरि देखाउनु खेद पूर्ण छ !!
    – सिमित सम्भ्रान्त भनाउदा र अत्याधुनिकताको खोल ओढ्नेहरूले किन्चित पनि काठमान्डूको प्रतिनिधित्व गर्दैन /
    समग्रमा यो सामान्य नेपालीलाई हेर्न बनाइएको फिल्म होइन !

  22. करिब १ बर्ष पहिले यो फ्लिम इजरैलमा हेरेको थिएँ | आमा छोरीको उक्त सम्बाद , हिरोइनको अभिनय र फितलो ‘एनिमेसन एक्सन’ सिनले जुन उत्साह साथ हेर्न गएको थिएँ अलिक खल्लो भने बनाएको साचो हो | प्रकाश अधिकारी संग व्यक्तिगत भेटघाट र चिनजान पनि रह्यो | निस्पक्ष्य भएर भन्नु पर्दा व्यक्तिगत रुपमा उनि मिलनसार र घमण्ड रहित छन् | तर शारीरिक अवस्था र फेसियल एक्सप्रेसन देखेर उनि निर्देशक/निर्मातामै ठिक थिएँ आफै नायक भएर नखेलेको भए हुन्थ्यो भनेजस्तो भने लागेको हो | यी सबको बाबजुत काठमान्डू फ्लिम अन्य सन् ७० -८० का घिसिपिटी हिन्दी फ्लिमको हुबहु नक्कल गरिएका प्राय नेपाली फ्लिम भन्दा धेरै राम्रो छ | अझ यसो भनौ – बिज्ञापन गरिएको जस्तो ”आहा अतिराम्रो’ पनि छैन र यति धेरै खोइरो खनिएर ”छि छि” गर्नुपर्ने खालको पनि छैन |

  23. एउटा कुरा अचम्म लाग्यो….लूट को साधारण बोलीचालीको भाषा मा चाही सेन्सर गर्ने अनि कहिलेपनि नबोल्ने लाजमर्दो त्यो आमा छोरीको सम्बाद चाही सेन्सर नगर्ने…यो चलचित्र विकास बोर्ड को “डिमाग” छैन कि के हो…

  24. माई संसार र हिमालमा केहि फरक छैन / आफ्नो अनुकुल हुने भए छाप्ने नत्र नछाप्ने परविर्ति दुबैमा छ अनि के फरक छ त ?

  25. युरोप अमेरिका तिर त यस्तो डायलग ठिक होला/ नेपालमा अलि बेला भयको छैन/ समाजमा यस्ता फिल्महरुले बिकृति मात्र ल्याउने छन/

  26. यस्ता दर्शकलाइ जुठो प्रोमो देखेर दर्शकको पैसा र समय लुट्ने चलचित्र हामी सबै दर्शकबाट बहिस्कार गर्नु पर्छा. यदि दर्शक नै नआए कहाँबाट चल्दो रहेछ हेरु हामी दर्शक पनि. खाली नेपाली दर्शकलाइ ठगनु मात्र खोज्छ. यो काठमाडौँ भने चलचित्र राम्रो छैन किन कि राम्रो भएको भए किन निकै पहिला देखि प्राचार गरथिए र?
    हामीलाई बिदेशी भूमिको ठुला ठुला महल देखाएर होइन नेपालीलाई पच्ने खालको नेपाली चलचित्र चाहिन्छ/

  27. अस्ति भर्खरसम्म मात्र विश्वको कुनै पनि व्यक्तिले खोट देखाउन नसक्ने हाम्रो आफ्नै मौलिक आदर्श, पृथक समाज र सभ्यता थियो- अब ति सब केही रहेनन ! त्यो समय पनि रहेन ! अहिले मात्र थाह भो, हामी धेरै ठाउमा चुकिसकेका रहेछौ ! मान्छेले गल्ति गरे सुध्रिने अवसर पाउछ; सुधार्ने ठाउँ हुन्छ, तर मान्छे चुक्यो भने उसंग केहि रहन्न ! उ सधै पश्चताप गरेर बच्नु पर्ने हुन्छ, अब हामी त्यहि संघारमा छौ !

  28. अस्लिलता जबर्जस्ति घुसाएर फिल्म चलाउने उद्यम गरेको जस्तो लाग्यो !! यो डायलग बाहेक अरु कथा (एदी भए !!) बस्तु पनि तेस्तै रहेछ ! simple बनाए पनि चल्छ भन्ने त अब थाहा भो होला नि ! धेरै complex र modern देखाउन खोजेका ….i am not saying you cannot do that but if you attempt at least justify the purpose otherwise keep it simple.

  29. The dialogue is totally disgusting rather than educative or a society moving towards ultra-society. Even in the most developed country where I have been living or many people have been living do not deliberate that kind of “inhumane and inappropriate dialogue to their daughters.” There are other many effective ways of conveying messages with social deformation.
    Modernization does not mean that you open up any immoral situation to public place that hurts your heart and leads you to a great shame. It may be true to have an interest in love affair or making love in teen age but it does not mean that your own mother or father confidently give hints to own daughter(s). It’s shame. The scenario of the film clip pervades “sex” good for you but stay away from being pregnant…? It is absolutely disgusting/misleading our social norms as well as parental roles for educating their daughters. The film is falling from grace, so is the dialogue.

  30. यो काठमाडौँ भन्ने फिल्म एकचोटी अमेरिकामा पनि देखाको थियो. अमेरिका जस्तो व्यस्था ठाउमा फुर्सद मिलाएर भए पनि पचास साठी जना आएको थियो. पछि आधा पनि नहुदै धेरै जना निस्की सकेको थियो. एक जना दाई ले त यो फिल्म हेरेर सारै रिस उठेछ..अनि यो फिल्म को डिरेक्टर को हो भन्दै खोज्दै थियो तर उहाले भेट्नु भएन. सायद अगाडी नै थाहा पाएर भाग्यो कि!
    भन्न खोजेको कुरा के हो भने विदेश मा शूतिंग गर्यो र राम्रो kamera ले खिच्यो भन्दैमा फिल्म राम्रो हुने हैन..डिमाग लगाउनु पर्छ ये आकाश !!!!
    अब हामीलाई उल्लु बनाउने समय गैसक्यो तिमीहरुको झुर फिल्म देखाएर. अब फिल्म बनाउने भा राम्रो बना हैन भने newroad को गुदपाक तेरो अनुहार मा दलेर काठमाडौँ सहर नै घुमाउनु पर्ला र अर्को कुरा फेरी पनि यहाँ अमेरिकामा देखाउने दुष्ट प्रयास गरिस भने पहिलेको त्यो दाइ ले त तलाई भेटेन तर म चाही अबस्य भेट्ने छु !!!!!!!!!!!!!!!!!!!!!!!!!

  31. मलाई लाग्छ नेपाली सिनेमा मा सशक्त अभिनय छैन अनि कथा पनि एकदम कम्जोर हुन्छ कुन कथा कहाँ गहेरा सकिन्छ दर्शक लाइ थाहा नै हुन्न यदि कथा राम्रो अनि जीवन्त अभिनय हुने हो भने नेपाली सिनेमाको दर्शक धेरै छन् /

  32. I think we are being naive here. This is a strategy to promote their movie.
    Of course everyone knows that this dialogue will get some attention thus clever marketing and possibly more viewers.

    I haven’t watched the movie yet and I don’t think I am going to. But as far as I am concern, this is morally NOT right to use such kind of dialogue in Nepali or any other movies. Abortion is illegal is many countries and I don’t understand how they managed to pass the censor board!

    They shouldn’t promote anything that might follow suit, especially by the teenagers!!!

    Jenish,
    Oxford

  33. घर को कोठामा आमा छोरी बीच भन्न पनि अप्ठारो र लाज लाग्दो सम्बाद यसरि धेरैको अगाडी एउटा आमा ले छोरी लाइ भन्नु अति नसुहाउदो र असामाजिक हो \ यसरि बोल्दा कुनैपनि आमा र छोरी को इज्जत बाकि रहदैन \ यो सिमा नाघिएको र नांगिएको ब्यबहार हो \ असल सल्लाह र शिक्षा दिदा पनि सब्द र ठाउ को ख्याल गर्नु असल मानब को काम हो \आफु गल्ति गर्ने अनि गल्ति छोप्न पत्रकार लाइ दलबल सहित आइ धम्काउने ,यो नेपाल मा कानुनि राज्य स्थापित नभएको प्रमाण हो \

  34. सबै फिल्महरुका आफ्ना कमजोरीहरु हुन्छन। एउटै सिरियलमा ५ बिहे गर्ने, १० चोटी प्लास्टिक सर्जरी गरेर कलाकार परिबर्तन गर्ने, भिरवाट लडेर मरेको मान्छे बाचेर आउने यस्तै कथाहरु घर घरै पचेका छन्। बिदेशीले बनाएको जे पनि पचाउने हाम्रो सोच छ। मैले फिल्म हेरेको त छैन तर पनि एउटा डाईलगकै भरमा, एउटा डाईलगकै सेरोफेरोमा यत्रो लेख आबश्यकै थिएन जस्तो लाग्यो। फिल्ममा राम्रा नराम्रा दुबै खाले कुराहरु हुन्छन्। नराम्रो वा मन नपरेको कुरालाई मात्र राखेर भन्दा राम्रा र नराम्रा पाटाहरुलाई केलाउन सकेको भए त्यसले पाठकहरुलाई सही र यथार्थ समाचार वा जानकारी जान सक्थ्यो। समालोचना गर्ने र बिश्लेषण गर्न जो कोहीले सक्दैनन् सक्नेले आफ्नो घर्म राम्रो सगँ पुरा गरिदिए यथार्थ के हो सबैको सामुन्य आउन सक्थ्यो। रजनीकान्तका बकमफुसे स्टनहरु पचाने र बयान गर्ने सक्ने हामी दर्शकहरुले प्रमो हेरेकै भरमा एउटा गोली सोलो बनाएर आगो लागेको देखाउने बित्तिकै नराम्रै हो भन्न सकिदैन जस्तो लाग्छ।
    “मलाई एउटा डोजको लागि त्यसले रेफ गर्यो” भन्ने संबाद यथार्थमा भईरहेका घटनाहरु हुन् । जसले यो संसार देखेको छैन, उसलाई असजिलो लाग्ला, तर ड्रक्स खानेहरुको बीचमा यस्ता साधारण घटनाहरु हुन। हामी हाम्रो समाजको कुरा गर्छौ तर थहा छ, गाडिको चापीहरु टेबुलमा राखेर चापी सगै श्रीमती साटेरे पार्टी र भोज मनाउने उच्च बर्ग पनि काठ्मान्डौमा छन्। हाम्रो समाज हामीले चाहेको भन्दा र सोचेको भन्दा सकरात्मक र नकरात्मक दुबै तिर अगाडि बढेको छ। हामीले दुबै तिर नजर राख्न जरुरी पनि छ जस्तो लाग्छ। माईसंसारलाई लेखको लागि धन्यबाद..

  35. मैले एक बर्ष आगाडी यो फिल्म बेल्जियममा हेर्यको थिये, एस्तो लग्यो कि ” पैसा भये पछि खर्च गर्ने ठाउ खोज्यको जस्तो लग्यको थियो” साथीहरु हो एउटा कुरा यो फिल्म हेर्दा को तितो अनुभब, चिसो हलमा प्रोजेक्टर मा हेर्यको थिये, ३० मिनेट हेर्यै पछि चिसो ले करकर घुडा करकर खान थाल्यो. जहाँ सम्म, हामी परिबर्तन हुदै छौ तर, तेती सम्म परिबर्तन हामीले चाहियको छैन, अझै पनि संस्कार र परम्पर हामी ले बिर्सयाएको छैन.

    अन्त मा फिल्म को पर्तिक्रिया” बकवास चलचित्र, फोकट मा पैसा खर्च गरियो ,बरु त्यो पैसा को टन्न खाजा खायको भने हुन्थ्यो, तेसैले पैसा फिल्ममा खर्च नगर्नु होला”

  36. विदेश मा छु तर नेपाली फिल्मी कार्यक्रम हेर्न मन लाग्छ …
    रजतपट ले धेरै हद सम्म uptodate गराउछ

    हासो लाग्छ नेपाली फिल्म को प्रोमो हेर्यो भने पनि … फिल्म प्रोमो मा के हुनु पर्छ… फिल्म को झल्को कस्तो खालको फिल्म हो यो अनि अलि अब अगाडी के हुन्छ भन्ने कौतुहोलता छाडेर राख्नु पर्छ … काठमाडौँ को प्रोमो ले केहि हद सम्म गरेको छ … अरु प्रोमो को तुलनामा …
    प्रोमो मा लडाई र गाना बाहेक अरु केहि हुदैन .. .. फिल्म कस्तो होला भन्ने कहानी के होला भन्ने उत्सुकता जगाउदैन…….

    के भन्नु नेपाली फिल्म को बारेमा ….
    youtube मा ”माया को जाल” हेर्छु हास्न मन लाग्यो भने .. serious देखौना खोजेको मा पनि हासो लाग्छ … background music खयाल गर्नु कस्तो छ ,
    लूट हेरेको त छैन तर बर्षौ पछि राम्रो फिल्म बनेको छ होला भन्ने विश्वास छ …

  37. फिल्म चलाउन गुहार माग्दा नेताले चुनाव जित्ने बेलामा बनेको राष्ट्रवादी जत्तिकै बडो सभ्य परिवर्तनकारी,सांस्कारिक भाषण गर्छन तर सम्बाद र कथाको गति हेर्यो भने उही हो नायक-नायिका टोलायोकी टाउकामा फेटा बानेर उनी ह्य..ह्य…ह्य…ह्य गर्दै सम्भुजितको सन् २७ को भाका….गाउँको उही पुरानो काजि…उही गरिबको छोरो बदलामा निस्केर नायक…त्यति शोषण गर्ने काजीका सल्लाहकार सधै अपांग..लुला..अनपढ…टाँइं न टुंइंका कमेडियन … हेर्नु पर्छ नायक-नायिका,निर्देशक आदिको इन्टरभ्यू….अँ यो अलि भिन्नै कथामा आधारित फिल्म हो र दर्शक हरुको माग बमोजिम बनेको छ ……. हेर्न गयो बस त्यहि कथा हो कलाकारको मुख चलेर सकेर मुखमा पानि हाली सक्यो यता सम्बाद र म्युजिक बल्ल………….अनि सम्बाद ….ए मोरा तेरो घरमा दिदि बहिनि छैनन्……….( यसरि नै बोल्छन बैनी भन्दैनन् फिल्ममा ब हि नि भन्छन )….. आम बोलचालमा प्रयोग हुने शब्दको प्रयोगमा यिनीहरुलाई सभ्यता नदेख्या होला नि ??? अनि आजभोली त नेपाली फिल्म रे नाम चाहिं ‘दिवानापन’ ‘हिफाजत’ ………. ! जे कुराको पनि शुरुवात हुन् सजिलो छैन, शुरु भैसके पछी समयानुकुल परिवर्तन हुन् पनि सजिलो त पक्कै छैन तर तत्कालको मात्र केहि फिल्म र व्यक्ति लाइ छाडेर हेर्ने हो भने पहिलो कुरा त नेपाली सिनेमाका चल्तीका थुप्रै कलाकार जो कड्किएर एउटा अंग्रेजी सम्बाद बोल्न नसक्ने छन् ! एउटा उर्लंदो बैस लिएकी केटीका अगाडी उभिनु परे आफ्नो पुरुषत्वमा गाँठो पार्न नसक्ने कलाकार, निर्देशक,प्रोड्युसर यहाँ थुप्रै छन् किनकी ति फिल्ममा गरिने अभिनय भन्दा माथि आफु बसेकै समाज संग यी अपरिचित छन् किनकी यिनीहरुमा एउटा अहम छ म सिनेमाको हिरो-हिरोइन भन्ने जस्तो ! भन्दा निकै खोट देखाए जस्तो हुने तर सत्य मन बाटै बोल्ने हो भने सबै भन्दा ठुलो कुरा त मलाइ लाग्छ हाम्रा कलाकार, निर्देशक,प्रोड्युसर संग आफुले बनाउने सिनेमा संग न्याय गर्न सक्ने ल्याकत छैन….. कुनै अनुसन्धान र अध्ययन गर्दैनन् उनीहरु त्यो बिषय माथि … हिन्दीको नक्कल गर्छन तर त्यहि हिन्दि सिनेमा बनाउन ति कलाकारले कति महिना देखि उसको जीवनीको अध्ययन गरेर कपाल ,नङ पाले कति महिना सम्म त्यो क्यारेक्टर (जस माथि आफुले अभिनय गरिने हो ) को नक्कल गरेर उसको बोल्ने शैली र दैनिकीको अभ्यास गरे ति कुनै कुरामा ध्यान जान्न यी म जस्तो कोइ जान्ने छैन भन्ने यी रेखा थापा मार्का हरुको ….मो:मो खाँदै कथा बन्छ व्हिस्की संग कलाकार चयन तीजमा शुरु गरेर दशैमा रिलिज…………….अनि बरिष्ठको पगरी गुथेका यी मैयाबाट आमामा पुग्दा पनि मनमा आमा नबनेका गौरी मल्ल हरु बर्बराउँछन् जे गरे नि प्रेग्नेन्ट नहुनु भइहाले पनि मलाई इन्फर्म नगर्नु ,अबोर्सन गरेर मात्र घर फर्कनू’ थुक्क तिमीहरुको मानसिकता …….
    आज भोलि सामान्यतया समाजले अश्लिल मानेका शब्द यो पुस्ताले नपचाएर जिब्रो त टोक्दैन त्यो हद सम्मको परिवर्तन त हाम्रो समाजमा भएको छ त्यो गलत पनि होइन होला ….तर गौरी मल्लको त्यो सम्बाद बोल्ने आमाको हाइब्रिड उत्पादन नै पनि नेपालमा छ जस्तो लागेन……….ल ल आकाश अधिकारी अब ८४ गरेकी नायिका खोजेर लव स्टोरी सिनेमा पनि बनाउ….. मुह मे आए बक दिया …ड मे आए हग दिया….

  38. नेपाली फिल्म नेपाली दर्सकले मन नापरउनुको एउटा मात्र कारंड छ जस्तो लाग्छ त्यो हो फिल्मका आठ वटै विधा specially अभिनय र सम्बाद १८ औ सताब्दी र दर्सक परे २१ औ सताब्दिका. तर काठमाडौँ भन्ने फिल्म २२ औ सताब्दी तिरको पर्यो कि ?? श्री पशुपतिनाथ ले हमिसबैको कल्यांड गरुन- नेपाली फिल्म छेत्रको पनि.

  39. मैले मेरा कतिपय साथीहरुले आफ्ना teen aged छोरीहरुलाई बिहे अघी भर्सक सेक्स नगर्नु, नगरि नसक्ने हो भने चाहि सेफ सेक्स (using candom ) गर्नु भन्ने गरेको सुनेकी छु। नेपाली समाजमा तेती सम्म चाँही चल्न थालेको छ र आजको बद्लिदो परीबेश मा आमाहरुले आफ्ना छोरीहरुलाई त्यस्तो सल्लाह दिनु पनि पर्छ ताकी उनिहरु गल्ती गरेर पछी नपछुतौन.

  40. सिनेमा मा देखाउने नै त हो भनेर यस्तो संबाद राख्न चाहिँ नहुने हो मेरो विचारमा l हाम्रो नेपाली समाज यति धेरै फराकिलो मानसिकता राख्ने भैसकेको छैन l सिनेमा एउटा सिमित समुहले मात्र हेर्ने भनेर बनाइएको हुँदैन पक्कै पनि l परिवारका साथ हेर्न जाने पनि त हुन्छन जस्तै माथि लेखिएको दाजु भाई मात्र नभएर दिदि बहिनि आमा बाबु छोरा छोरी पनि त हुन सक्छन उनीहरुको ठाउमा l त्यहि कुरालाई अरु तरिका बाट प्रस्तुत गर्न पनि त सकिन्थ्यो होला l नेपाली ले नेपाली फिल्म हेर्दैनन् भनेर गुनासो गर्छन, हेर्न लाई त लायक पनि त हुनु पर्यो ? कि कसो हो ? अब यस्तै यस्तै संबाद त्यस्तै दृश्य राखेपछी हेर्ने मानसिकता पनि हराएर जान्छ l

  41. कथा ले मागेजति दिनु परि हाल्यो / यो कथा कति नकचरो छ , सबै कुरा माग्दै जान्छ,सरिर मा भए जति कुरा /

    • ,सरिर मा भए जति कुरा मात्र कहाँ मागेको होर? कामपनि पुब्लिक मा announce gareko for own daughter…chori openly gara tar no pregnant re…hahha. मजा छ बेइजती dialouge.

  42. सबै भन्दा लाजमर्दो कुरो त यसको पोस्टर छ जसमा लेखिएको छ
    “the movie shot in san francisco (USA) & with RED cine 4k camera”
    अनि तेस्मा RED लाई highlight पनि गरिएको छ….. के फिल्म RED cine 4k camera le shoot गर्दैमा राम्रो हुन्छ, के यो लेख्नुमा कुनै तुक छ …… कि नेपाली हरु तेती बुद्धु छन् उनीहरुलाई सम्झाउनु पर्छ यो चै विदेश हो है हाम्रो नेपाल हैन , अनि एती सफा चै नया किसिमको कामेराले गर्दा भाको हो है…..

  43. अश्लिल सम्बाद हरु त प्रयोग गर्नु राम्रो कुरा हैन… जस्तै भए पनि नकारात्मक कुरा प्रस्तुति गर्ने हुदैन…. संसार मा नभई नहुने कुरा हो भनेर अश्लिलता लाइ उदांगो नै पर्नु राम्रो हो र ?? के सोच्छान हौ गाठे !!

  44. आमाले छोरीलाई एसले अति गरि महिनै पिछे गर्वबती हुन्छे तर बिवाह भयको छैन यसलाई संगिनी सुइ लागैदिनु पर्यो भनेर क्लिनिकमा जाने आमा र छोरि मेरै आखाले देखेको छु / जहाँ सम्म फिल्म को सम्बादको कुरा छ मलाई त समय सापक्ष्य लग्यो साथीहरुलाई कस्तो लग्यो..? तर एउटा कुरा आफ्नो परिवारमा तेस्तो उतावली छोरि कसैले पनि चाहदैनन् /

  45. यस्तै हो, पत्रकारिता, फिल्म अनि अरु धेरै क्षेत्रमा कुनै योग्यताको क्षेत्र नतोकिनुको परिणाम / SLC फेल भएपछि पत्रकार, अनि रेडियोमा २-४ वटा फिल्म सम्बन्धि कार्यक्रम चलाएको भरमा निर्देशक भन्नेहरुको भरमा चलेको हाम्रो फिल्म उद्योग / आफ्नो मौलिक कथा अनि नाम नै नभएको जस्तो सबै सिमनापारीबाट आयातित गर्नेहरु नै अझ हाम्रो फिल्म उद्योगका मसिहहरु रहुन्जेल यस्तै हो…./ कहिलेकाही २-४ वटा अलग धारका फिल्म बन्नु चै अपवाद नै हुने भयो /

  46. जे भए पनि उध्रेको चोली हेर्न गईयो मज्जा पनि आयो आब हाइवे हेर्न जाने हो,lets hope they will make more movies like loot and highway …जुन trailor ले नै हल सम्म तनोश अनि पैसा गको पनि वाल नालागोश..

  47. बिदेशी चाला गर्छन जताततै त्यसको असर हो फिल्ममा पनि | यसो गरे येसो भने फिल्म चल्छ भन्ठान्दा हुन् | जनताले पचाउन सक्ने सम्म हुनुपर्यो नि ! पुष्पजीले सबै कलाकारलाई एउटा घानमा हालेर भुट्नु भएको ठिक लागेन | आआफ्नो तरिकाले कलाकारिता प्रदर्शन गर्छन, कसरि लिने त्यो जनताको कुरो हो | सबैलाई लोकतन्त्रका बिरोधि देखाएर चित्रण गर्नु आफ्नै दृस्टी दोष पो हो कि ?

  48. यो आकाश अधिकारी भन्नेको नौटंकी नै अलि बढी लाग्छ मलाई त. के के न फिल्म बनाउँछु भनेर गफ गर्ने, तर दुइ कौडीको बुद्धि र औकात नभएकोले गर्दा गर्न नसक्ने. नेपाली समाज, देश, काल, दुनिया चाहिने भन्दा बढी बुझेको ढोंग गर्ने. अनि उसको अभिनय पनि हेर्दै लाज लाग्ने. यहि फिल्ममा पनि उ राणा परिबारको केटोको भूमिकामा रहेछ, तर उ कुनै कोण बाट पनि राणा देखिंदैन. उ वास्तवमा जे हो त्यहि लाग्छ…बस् ! एकजना प्रकाश सायमी भन्ने थिए, उनि पनि फिल्म सम्बन्धि ठुल्ठुला गफ दिन्थे, तर बनाएका फिल्म जति सबै उही दुई कौडीका !! यस्ता हरिबिजोगेहरुलाई राम राम भन्न सकिन्छ..तर बलराम भन्न सकिन्न 😉

  49. पैसा पाएपछि जे पनि भन्न र गर्न तयार हुँदा रहेछन् कि के हो कलाकार भनाउँदाहरू । समाजप्रति जिम्मेवार हुनुपर्नेहरू किन गैरजिम्मेवार भइरहेका छन् अचेल । भ्याट छल्ने जगदम्बालाई इमान्दार भन्ने राजेश हमाल, स‌ंघीयताको वहसलाई डलरको विज्ञापनमार्फत् जातीयताको चित्रण गरेर प्रभावित गर्ने ‘मह’ जोडी, कुन्नि के जाति यन्त्रका नाउँमा अनेक नक्कली पात्रको चिठ्ठी पढेर सुनाउने निखिल उप्रेती र उषा पौडेल, अनि राजतन्त्र गुमेको छटपटी पालेका र नेतालाई मात्र होइन लोकतन्त्रिक व्यवस्थामाथि समेत धारेहात लगाउन पछि नपर्ने सेनाकै जागीरे सन्तोष पन्त, नाउँ चलेका कलाकारहरूको हालत उस्तै हो कि बनाइएको हो, यसबारे स्वयम् कालकारहरूले नै आत्मसमीक्षा गर्नु जरुरी देखिन्छ भने नम्रता अनि पूजाजस्ता अरुको घरमा आगो लगाउने, विवाहजस्तो पवित्र बन्धनलाई भद्दा मजाक बनाउनेलाई ‘रोल मोडल’ मान्ने हाम्रो मानसिकतामा पनि सुधार हुनु जरुरी छ ।

  50. पहिलो त कतिपय सिनेमाका कुरालाई बेबहार मा तुलना गर्नु ठिक हुन्न होला | कैयन SciFi सिनेमा छन् जसले science को fundametal कुरा संग मेल खंदैना| fiction सिनेमा हरु मा कल्पना गरिएको हुन्छ, जुन कल्पना गर्ने मानिस मा भर पर्दछ | दोस्रो कुरा सिनेमाको कुरा बेबहार मा मेल खायो नै भने पने समकालीन नहुन सक्छ| र तेस्रो, सिनेमामा बेबहार मा मिले पनि सबै संग मेल खाँदैन | समाजमा यो सिनेमाले भने जस्ता आमा आज पनि नहोला भन्न सकिन्न | तेसैले येस्मा धेरै बहस को जरुरि म देख्दिन|

  51. K भन्नु आकाश अधीकारीले कहाँ एस्तो भनेको सुन्नु भयो थहा भएन तर मलाई जहाँ सम्म लाग्छ आइले सम्म हाम्रो समाज त्यो बिन्दु मा पुगेको छैन. भिन्न धार को फिल्म बनाउने भन्दै मा जस्तो पनि सम्बद हालेर कहाँ हुन्छ र

  52. कथा ले मागेमा जे पनि देखाउने तर कोहि त कथा ले मागे भन्दा बढी देखाउने, जस्तै नम्रता श्रेष्ठ लै लिन सकिन्छा हिजो बंग्कोक को भरिया ब्यापारी हरु ले सिनेमा बनाउन थाले पच्ची नेपाली सिनेमा को हालत येस्तई हुन्च्चा,

  53. खै मलाइ त राम्रै लाग्यो तपाइँ को यो फिल्म का निर्माता जी संग कुनै व्यक्तिगत प्रोब्लम ६ भने मात्रै नत्र अहिले को समय नै यस्तै हो,अलि फराकिलो मानसिकता गर्नु पर्यो बन्धु……..हुन त हामि नेपाली समय भन्दा १००० कदम पछाडी छौ भन्ने पुस्टि तिम्रो यो लेख बात पुस्टि हुन६……….

    • अनि तिम्रो त्यो रातो अन्लाइक् को थुप्रो बाट चाही के पुस्टि हुन्छ नि ?

Comments are closed.