सुरेन्द्र, उसकी सिरु र सानो संसार

-प्रदीप गौतम “अंकित”-

“बाबा.. बाबा.., हेर्नु त टिभीमा ममी आउनु भको, छिट्टो हेर्नु न,”
दिनभरी घरबारीको कामले लखतरान भएर पिढीको पुरानो खाटमा बिस्राम लिन नपाउदै सुरेन्द्रको सानो छोरो उत्साहित हुँदै झक्झक्याउन आइपुग्यो।
“हैन के भो, को आयो टिभीमा?”
“हेर्नु न पहिले”
अबोध आफ्नो छोराको अपत्यारिलो हाउभाउले सुरेन्द्र उठ्न वाध्य भयो।
सुरेन्द्र गुनगुनाउदै भित्र पस्यो।
नेपाल टेलिभिजनबाट साँझ ८ बजेको समाचार आइरहेको थियो।
“हो त हेर त तेरी ममी टिभीमा,” उत्साहित हुँदै सुरेन्द्र टिभीनेर उभियो।
आफ्नी श्रीमतीलाई टेलिभिजनको मुख्य समचारमा देखेर सुरेन्द्रको कौतुहल झनै बढ्यो।
कान ठाडा बनायो, आँखा उप्कायो, अनि समाचार सुनिरह्यो।
“ममीलाई किन देखाको र बाबा?”
अबोध छोराको निस्कपट प्रश्नले उ झसँग भयो।

सुरेन्द्र बिस्तारै पछि हट्यो, छोराको हात समायो, उसका आँखा ढाक्न खोज्यो, अनी टिभीको तार बेस्सरी तान्यो।
टिभी निभ्यो। आफ्नी श्रीमती सिरुको समाचार सुनेपछी सुरेन्द्र एकोहोरो टोलाइरह्यो, टाउको भारी भएर आयो, मनभित्र हजारौं कुराहरू जोडतोड गर्दै एकै पटक बिस्पोटक हुँदै आइरहे, सुरेन्द्र केवल बर्बरायो आफैभित्र।

“बाबा, किन रुनु भको?”

बलिन्द्रधारा आसुहरू लुकाउन खोज्दै उ आफूलाई सम्हाल्न खोज्यो, तर सपनाजस्तो लाग्ने समाचारले उसका सबै खुशीहरू बिछिप्त बनाई धुजा-धुजा परिरहेको थियो।

सिरु अर्थात सुरेन्द्रकी अर्धाङिनि। काभ्रेको एक गाऊको स्कुलमा ११ कक्षा पढ्दा पढ्दै ६ बर्षअघी भागेर बिहे गरेका थिए सुरेन्द्र र सिरुले। दुई जनाको सानो संसार, हसिलो जिन्दगी अनी दु:ख सूख गर्दै कटाइरहेका थिए।
स्कुल पढ्दा बैसालु सिरुको मुस्कानमा लोभिने धेरै थिए। रातो रिबनले दुई चुल्ठा बाटेर, टम्म परेको जिउमा स्कुलको निलो सर्ट र निलो फ्रक लगाएर हिड्दा गाऊका बुढा खाडा पनि पर सम्म नियालेर हेरिरहन्थे सिरुलाई। सिरु, सच्चिकै राम्री थियी, हसिली थियी, मायालु थियी, अनी धेरैको सपनामा आउने परी जस्तै थियी।

सिरुको रोजाइमा फेरि एउटै मान्छे थियो, सगै पढ्ने सुरेन्द्र। साच्चिकै रसिलो र मनमोहक प्रेम थियो उनिहरुको त्यो भर्भराउदो उमेरमा । गाऊलेहरूले उनीहरू दुईको धेरै चियो चर्चो गर्न थालेपछि, सिरुको कथित उपल्लो जातको परिवारले जातियताको कुरा उठाएर सुरेन्द्रको परिवारलाई धम्क्याउन थल्यो। घर परिवार दुबैजनाका दुस्मन भैसकेकोले उनीहरुसामु अब धेरै बिकल्प रहेको थिएन। यत्तिकैमा समाज परिवार सबै त्यागेर दुई मुटु एक हुने कसम खाँदै भागी बिबाह गरेर सुरेन्द्र र सिरु छिमेकी गाऊमा बस्न गएका थिए।

दुबै परिवारदेखी टाढा थिए, परिवारसित कुनै सम्बन्ध थिएन। गाऊको सानो संसारमा उनीहरूका ठुला ठुला रहरहरू थिए। दुबैले धेरै काम गर्ने, पैसा जोड्ने अनी सदरमुकाममा गएर एउटा जग्गा किन्ने, सानो छाप्रो हाल्ने, एउटा पसल् खोलेर धेरै मेहनत गर्ने, आफूलाई पुग्ने पैसा र एउटा राम्रो घर बनाउने र सुखी जिन्दगी जिउने ..यस्तै यस्तै। उनिहरुको जिन्दगीमा अब बुढेस्कालको साहारा पनि थपियो। बिहे गरेको पहिलो बर्षमै छोरो जन्मियो। उनिहरुको खुशी अझ थपियो।

सुरेन्द्र र सिरु केवल खुशी थिए , एक अर्कामा रमाइरहेका थिए। एक अर्काको पवित्र माया थियो र न्यानो साथ् थियो तर जिन्दगी केवल साथ र खुशीले मात्र पनि टर्दो रहेनछ। पैसा पनि चाहिदो रहेछ् त्यो खुशी लाई टिकाइरख्न। शहरमा एउटा पसल खोल्न र छाप्रो हाल्न यो महँगो संसारमा चाहेर मात्र केही हुने थिएन। बिचरा दुई जनाका साहारा पनि कोहि थिएनन। आफ्नो परिवार आफू भागेर बिहे गरेदेखिनै अपरिचित र बिरानो भैसकेको थियो। उनिहरुलाई ढाडस दिने कोहि भएन। दुबैजना परिवार देखि टाढा बस्दा मलिन त थिए तर दुखी थिएनन किनकी एक अर्का प्रतिको विश्वाशनै उनिहरुकालागी सबथोक थियो।

अर्काको पाखाबारीमामा काम गरेकै भरमा सुरेन्द्र र सिरुले आफ्नो सपना पूरा गर्न सक्ने स्थिति थिएन। छोरो पनि हुर्किदै थियो। ताते ताते गर्दै तोते बोल्न थालिसक्यो तर अझै न त उनिहरूले एउटा घर जोड्न सकेका थिए न त पाखोबारी नै। सुरेन्द्र कहिलेकाही त कतार वा साउदी अरबमा गएर आफ्नो पसिना बेचेर आफ्नी सिरुको हातमा नयाँ चुरा, छोराको लागी नयाँ भोटो फेर्ने अनी केही पैसा जोड्जाम पारेर फर्किने नसोचेको पनि हैन। तर आफ्नो एक्लो साहारा सिरु र काखमा रमाइरहेको नाबालक छोराको अगाध प्रेमले देश त के गाऊ छोड्ने पनि आँट गर्न सकेन सुरेन्द्रले।

दिनहरू बित्दै गए, सुरेन्द्र र सिरुले गरिबीमा जिन्दगी बिताइरहे। आफ्ना छरछिमेकी कोहि शहर त कोहि बिदेश गएर पैसा कमाएर प्रगति गरेको देख्दा दुबैका मनमा अब केही त्याग गर्नु पर्छ र आफ्नो दयनिय गरिबी मा अल्झिएको जिन्दगीलाई केही माथी उठाउनु पर्छ भन्ने सोच पलाउन थाल्यो। यसैबिच सिरुले एउटा प्रस्ताब ल्याइ। सिरु आफू काठमाडौं गएर आफ्नो एकजना चिनेको मान्छेको ब्युटी पार्लरमा काम र तालिम दुबै गर्ने र बचेखुछेको पैसाले पाखोबारी किन्ने अनी पछि सबै बेचेर शहरमा आफ्नै पसल गरेर सुखी जिन्दगी बिताउने। तर सिरुको प्रस्ताब सुरेन्द्रकालागि असहज थियो किनकी सुरेन्द्र कुनै हालतमा सिरुलाई एक्लै काम गर्न पठाउने पक्षमा थिएन। वास्तविकता फेरि फरक थियो, सुरेन्द्रसँग न त पढाइ थियो न त कुनै सिप नै र बिना कुनै क्षमता ….अन्धकारमा शहर पस्दैमा पैसा कमिदैन भन्ने दुबैलाइ राम्रै सँग थाहा थियो।

धेरै समयको छलफलपछी सुरेन्द्र गाउँमा पाखोबारी र छोरो हुर्काएर बस्ने सिरुले शहरमा गएर पैसा कमाएर पठाउने सहमती भयो। सिरु काठमाडौं हानियी आफ्नो प्यारो श्रीमान र एक्लो छोराको मायालाई आसुँ बनाएर बगाउदै। बिदाइको हात हल्याउन सुरेन्द्रलाई साह्रै पिडाबोध भैरहेको थियो। बाबु छोरा धेरै रात कोल्टे फेर्दै सिरुको यादमा कटाइरहे केवल सुन्दर दिनको पर्खाइमा।

अब सिरुको संघर्ष काठमाडौंको खल्टोमा सुरु भयो। उसको एउटै लक्ष्य थियो छिट्टै पैसा कमाएर घर फर्किने। तर उसलाई अझै सम्म पत्तो थिएन की एउटा नारीलाई आफ्नो परिवारको साथबिना यो बिसाल, अस्तबेस्थ र भिडहरूको शहरमा संघर्ष गरेर पैसा कमाउन कति पीडा हुन्छ भनेर। सिरुले ब्युटी पार्लरको काम सुरु गरी। तर उसलाई केही नआउने हुनाले, खाना र बस्न दिएर थोरै पकेट खर्चमा काममा लगाइरहेकी थियी साहुनीले। समय बित्दै गयो। आफ्नो बुढा र छोराको याद आएपनि सिरु पैसा नकमाउन्जेल गाउँ नफर्किने बाचा गरेकी थियी। ब्युटी पार्लरको काम गर्दै जाँदा उसलाई धेरै कुराहरू थाहा हुन थाल्यो। बाहिर-बाहिर ब्युटी पार्लर भएपनि त्यसभित्रका रात्री रङिँन जीवनभित्र लुकेको पैसाको बाढीमा सिरु अनायसै अकर्सित हुन पुगी।

जसको पढाई र सीप दुबै छैन उसको सोझो हिसाबले पैसा नकमिदो रहेछ भन्ने भ्रमित र लाचारी कुरा उसका रङिन जीवन बिताउने सङीहरूले सिकाइरहेका थिए। अली-अली कमाएको पैसा गाऊमा पठाउन पनि भ्याएकी थियी सिरु। साहुनीले सिरुलाई रात्री जीवनका ग्राहकबाट आउने पैसा र केवल ब्युटी पार्लरमा नङ पालिस लगाएर आउने पैसाको अन्तरबारे धेरै बताइसकेकी थियी। १ बर्ष सोझो हिसाबले काम गर्दा खान लाउन पनि नपुग्ने अवस्था आएपछी सिरु आफ्नो घर समाज लाई केही समय तिलान्जली दिने अनि अली पाकेट मोटो भएपछी त्यो काम चटक्कै छोडेर गाऊ फर्किने अठोट गरी।

सिरु उसका सङीहरू जस्तै शहरका यौन पिपासुहरूका प्यास मेट्न हिच्किच्याउन छाडी। नभन्दै, सिरु एक बर्षसम्ममा नकमाएको र नदेखेको पैसा एक महिनामै पोल्टाभरी पारी। दरबार मार्गको ब्युटी पार्लर भनेर होर्डिङबोर्ड राखेराखेपनि भित्र-भित्र अर्कै तरुनी खेती हुन्छ भन्ने धेरै जसो ग्राहकलाई पनि थाहानै थियो।
सुरेन्द्र उता गाउँमा मख्ख थियो किनकी आफ्नी श्रीमतीले काम र मेहनत गरेर पैसा पठाइरहेकोले अब आफ्नो जीवनस्तर उठ्छ र आफूहरूको शहरमा गएर बिजनेस गर्ने सपना पूरा हुने कुरामा ढुक्क थियो। जिन्दगी संघर्स हो, केही पाउन लाई केही गुमाउनु पर्छ, भन्ने भनाइलाई मनभित्र गडाएर आफ्नो चित्त बुझाएर बसेको थियो सुरेन्द्र। बिचरा सुरेन्द्रलाई के थाहा आफ्नी सिरु दरबारमार्गका रात्री जीवनहरूमा पुरै डुबिसकेकी थियी, मात्तियकी थीयी अनि वाइन बियर र चुरोटको नसा नसामा जम्मा गरेको पैसा देखेर मक्ख थियी भनेर। अब सिरु सुरेन्द्रलाई माया गर्ने उही सिरु थीइन, सुरेन्द्रको लागि धेरै काहाली लाग्ने संसारमा रुमलीयीसकेकी सिरु थियी।

समय सधैं एकैनासको चाहेर पनि कहाँ हुन सक्थ्यो र? सुराकीको आधारमा एकदिन नगर प्रहरीले सिरुले काम कथित ब्युटी पार्लरमा छापा मार्यो। वरिपरि भिडियो र क्यामराका फ्लाशहरू उनै अर्ध बस्त्र र अर्ध-नग्न २२/२५ बर्ष जतिका देखिने सिरु र उसका साथीहरूतर्फ सोझिइरहेका थिए। कोहि मुख ढाक्दै र कोहि लाज ढाक्दै क्यामेराबाट भाग्दै थिए। सिरु लगाएतका अरु केटीहरू सारा दुनियाँको घरघरमा अती लज्जित र घ्रिणायुक्त समाचार सहित कलन्कित भैसकेको मुहार लिएर समाचारमा छाइरहेका थिए। सिरु रोइरहेकी थियी र उसको अनुहार आफ्नो श्रीमान, छोरो लगाएत लाखौं मान्छेले प्रतक्ष्य हेरिरहेका थिए। पैसाका लागि आफ्नो अस्मिता बजारमा बेच्ने सिरुका आँखाका आशुहरुमा कुनै पनि सचेत आत्माका सह्रिदयी सहानुभुति कदापी पर्ने थिएनन। सिरुले आफ्नो मुख छोपी, आफ्नो कलिलो तोते गरेर ‘ममी’ भनेर बोलाउने छोराको निस्चल मुस्कान सम्झी, आफू भन्दापनि धेरै माया गर्ने आफ्नो निस्कपट श्रीमान सम्झी, पैसाकोलागी आफूले गरेको अक्षम्य पाप र कलंक सम्झी अनि असैह्य पस्चताप र बेहोशीमा छटपटियी।

यता सिरुको कर्तुत संगै सुरेन्द्र र उस्को छोराको जिन्दगी पनि झरेको ताराजस्तै भैसकेको थियो। बाबु छोराका आँखाबाट खसेका अबिरल आसुहरू पुरै रातभर रोकिदै रोकिएनन्। भिजिरहे। उसको छोरो अझै बेलुका देखिनै बेचैन थियो र सोधिरहेको थियो, “बाबा ममी किन टिभीमा देखिनु भएको ? अनि ममी कहीले आउनु हुन्छ र बाबा? बाबा किन रुनु भएको?” सुरेन्द्रसँग उसको छोराका निर्दोश प्रश्नहरुको कुनै जवाफ थिएन। उ अब भोलीको दिनले ल्याउने प्रलयलाई कुर्दै आधा रात कटायो। बिहान झिस्मिसेमा होहल्ला सहित सारा गाउँ सुरेन्द्रको घरतर्फ लम्कियो। संसारभरी आफ्नो गाउँको बद्नाम गर्ने सिरुको परिवारलाई गाउँबाट लखेट्न सबैजना सुरेन्द्रको आंगनमा एक एक गर्दै जम्मा हुन थाले।

सुरेन्द्रको सपनाको सानो संसार बन्न नपाई क्षणभरमा नै भत्किसकेको थियो । बाबु र छोरा भालेको डांकसगै सदाकालागी घर छोडिसकेका थिए। (प्रदीपगौतम)

25 Comments

  1. प्रदीप जी, मेरो कमेन्ट हेर्नुस तल
    १. यो हाम्रो समाज को चित्रण हो, तर अगाडिको बाटो नदेखिएको
    २. वस्तुवादी द्रिस्तिकोनबादी विश्लेशंको अभाव
    ३. पुरानो जर्जर पितृसत्ताको पक्ष पोषण गरेको
    ४. न्याय अन्यायको विवेचना नगरेको
    ५. एक पत्र सिरुलाई कथाले अन्याय गरेको ६
    ६. यस्तो कथा एक साहित्यकारले लेख्दैन
    ७. तापैले शुरुबाटै साहित्यको अध्ययन गर्नु आवश्यक ६
    आदि आदि….

    • साथिले कथालाई वास्तविक घटना जस्तो मान्नुभयो जस्तो छ | कथालाई जुन मोडमा पनि मोड्न सक्छ एउटा लेखकले | कथाले एउटा राम्रो बाटो देखाएको छ. कि पैसाको लागि सिरुहरु यौन व्यापारमा फस्दा समाजमा पर्ने असर देखाएको छ| पैसा कमाउने धेरै राम्रो बाटो पनि हुन्छ, सिरुहरु पढाइ नहुदैमा गलत बाटो रोज्नु सिरुकोनै दोष देखाएको छ| कथाले एउटा गहन बिसय उठान गरेको छ | तपाइको कमेन्टमा कथाको मर्म नबुझी गरिएको हताठ र अर्थहीन आवेग देखिन्छ | हुन त खुर्पाको बिड कि सिर्खण्ड के मान्ने त्यो मान्छेको ज्ञानको उचाइमा भर पर्छ |

  2. आज देस मा राजनीति को कालो खेल ले गर्दा हजारौ सिरु हरु ले एस्तै जिबन जिउन बाध्य छन् /बिचरा सुरेन्द्र हरु जस्ता ले गाऊ छाड्नु को विकल्प नै कहाँ छ र?जब सम्म नेपाल मा फोहोरी राजनीति को आन्त भएर नया सस्कार को क्रान्ति देस मा हुदैन तब सम्म हाम्रा यी सिरु आनी सुरेन्द्र हरु को हालत एस्तै नै हुनेछ /आमुल परिबर्तन गर्छु भन्ने हाम्रा ठेकेदार हरु लाई एक दिन आनी रात गरिबी को खाना आनी बास कस्तो हुन्छ भन्ने जान्दा,जान्दै पनि बुज पचाएर येसरी दिन बिताएको मा खेद छ /हुन सक्छ यिनी हरु ले पनि सिरु को जिन्दगि जिउनु परे बस्ताबिक जिबन थाहा हुन्छ /भनिन्छ बिहाएको गाई लाई मात्र था हुन्छ न बिहाएको लाई के था ?

  3. प्रदीप जी को कथा नितान्त अशोव्नीय, गैर साहित्यिक ६, जसले समस्या मात्रै देखायो, समधधन छैन . उहालाई सामाजिक न्यायको ज्ञान hun आवश्यक ६, अस्त कथित कथाले यो ब्लग को स्तर नै घटायो. विचार गर्नु है

  4. त्यो केटी को पो गल्ति हो तर त्यो केटा को केहि पनि दोस छैन नी किन त्यो केटा लै गाऊ निकाला गरेको त ह भन त साला गाऊ वाला हो?

  5. नत म कुनै विज्ञ हुं नत अन्वेषक नै / तर आज टोल, छिमेक अनि शहरमा सिरुहरु जन्माउने हामी मर्द भनाउंदा अनुशासन हिन पुरुषहरु नै हौं / आफ्नो कथित यौन प्यास मेट्न आफ्नै चेलीहरुलाई चमेली बनाइ रहेका छौं / जब सम्म पुरुषहरु अनुशासित हुदैनन् तब सम्म नारी लुटिने अनि यौन कर्ममा लाग्ने क्रम चलिनै रहनेछ र समाजमा बिकृतिहरु फैलीइ नै रहन्छ /

  6. प्रस्तुति मा अलंकार र सृजनशीलता अल्ली कम हो कि जस्तो लाग्छ तर गहन सवालमा दिशा निर्देशित छ कथा ! राम्रो भन्नु पर्छ !

  7. यो पुजीबादी खोल ओढेको संसारमा बचनको लागि पनि गर्नु पर्ने बाध्यता को उपज हो yo
    कि त बेस्यब्रिती लाइ पूर्ण रुपमा प्रतिबन्ध लगिनु पर्छा कि त रेड line area भनेर घोसना गर्नु पर्यो हुन त सरकार आफनै भर छैन
    बिष्णु अधिकारी

  8. यो देशको राजनितिज्ञ हरुको चालले गर्दा आज धेरै जन्मिएका छन् सिरुहरु अझै धेरै जन्मिनेछन् सिरुहरु…….राज्यले चाहे १ महिना भित्र यस्ता पार्लर मसाज केन्द्रै बार डिस्को…….मनोरज्ञजनका क्षेत्रहरु बन्द गराउन सक्छ…..तर सत्तमा बस्नेहरु कहाँ चाहन्थे र उनीहरु त युवाहरुलार्य नशा कुलत र डिस्कोमा भुलयाएर आफुहरु मालिक बनी अकुत सम्पती कुम्ल्याउन चाहन्छन्
    त्यसैले उठ जाग लम्क युवाहरु…..तिमीहरुमाथी घोर शोषण गरिदैछ यहाँ……..

  9. पुष्प जी
    निश्चय पनि यो सिरु हरु लुटिने क्रम ५००० बर्स पहिले मानब सभ्यता सुरु भए देखि नै छ |
    धेरै बाद हरु आए ,धेरै ब्यबस्था बदलिए ,धेरै स्याही हरु खर्चिए सिरु को अबस्था चेन्ज गर्न भनेर तर सिरु आज पनि जही को त्यहि | तपाइँ तपाइको ठाउमा म मेरो ,हाम्रो हेर्ने कोण फरक तेसैले द्रिस्तिकोंन फरक | म तपाईलाई गलत भन्दिन , र म नै सधै साचो भन्ने दाबि पनि छैन |
    धर्म युद्द ,जन युद्द कुनै अनाडिको गेम हैन ,न सन्किएको भर मा देखाइने अतिरन्जित लहड हो |दुश्मन ढले पछी हात टक टक्याउने,र अरुको मोहरा भएर गोटी बन्नेहरु को हात मा युद्द को परिणाम र गंत्यब्य थाह हुदैन जुन आजको अबस्थाले पुस्टि गरिरहेको एथार्थ हो |
    एक दुइ चोटी भएको अपबाद हुन्छ ,धेरै चोटी दोहोरिए नियति मानिन्छ | प्रचण्ड चारकरोद को महल मा बस्ने कुरालाई सुरक्ष्या को दृस्टी ले पुस्टि गर्न मिल्ला तर धेरैको संख्या मा सामान्य कार्य कर्ता समेत ले करोडौ को धन जोडेको लाइ कसरि सजह लिने ?
    फेरी कृपया कांग्रेस एमाले धनि बन्न मिल्ने ,हामि न मिल्ने न भन्नु होला |
    देश बदल्छु ,युग बदल्छु भन्नेहरुले त् रंग बदलेको ,सिद्दान्त बदलेको देखिदैछ त् सामान्य ब्यबसायिक पत्रकारिता गरेर बाच्ने हरुले जे गर्दा ,लेख्दा २ पैसा बढी जोडिन्छ त्यहि गर्ने नै भए हैनर | निश्चय पनि आचार संहिता उल्लङ्घन गर्ने संस्कार को बिरोध चै गर्ने पर्छ |

  10. कथा सामान्य कथा जस्तो मात्रै लाग्यो ! लेखन शैली राम्रो छ /

  11. दुइ नम्बरको धन्दा गरेर पैसा कमाउने लालसाको लस्सीमा डुब्न पुगेकी सिरुको कथा बास्तबिकता संग मिल्दो छ | पैसाले कस्ता कस्ता मै हुँ भन्नेलाई तान्छ मति भ्रस्ट बनाउछ | तर स्वास्नी मान्छेकै चरित्र माथि धेरै चर्चा परिचर्चा हुन्छ किन ? यदि सिरुको ठाउमा सुरेन्द्र भएको भए यति हुन्थ्यो ? पुरुष बेश्या, दलाल, रन्डी खानामा जानेलाइ समाज परिवारले सिरु र उनका परिवारलाई जस्तो हेय दृष्टिले हेर्न सक्छ ?

  12. जो मान्छे कम्जोर हुन्छ तेस्ले भ्रस्टाचार गर्छ | जो महिला कम्जोर हुन्छ तब उसले यौन बेवासाया रोज्छ | हिम्मत र कठोर मानिस आफ्नो इज्जतमा अडिक रहन्छ |
    नौटंकी समाज भयो अहिले हाम्रो | अलिकति कमाएकी उसको ठुलो घर बनाउनु पर्ने, पैरन फेरिने, ठुलो भोज गर्ने यो ब्यहोहरले बिकृति ल्याएको छ | अनि सानो जिबन बिताउने हरु पनि तेही खोज्छन फलस्वरूप चोरि गर्ने ,भ्रस्ट हुने ,,,,आदि |

    उहिले पैसा कमाए पतिपौवा बनाइदिने, कुवा खनाउने , चौतारी बनाइदिने, मन्दिर बनाइदिने ,हो यो पो हो त गर्नु पर्ने | घर सानो बारी ठुलो ,सादा पोसाक फराकिलो मन ,अतिथि देब भव: भन्दै गर्ने सत्कार ,भुटेको मकै गुन्द्रु र सिस्नु अनि धिँदो ,खै आज यो मैले देखेको संस्कार?मन रुन्छ हरबखत यो कुरूप हुदै गरेको समाज देख्दा |
    आफुले सकेको गर्दै छु | मर्नु छ एकदिन लोव लालच किन गर्छन कुन्नि | समुन्नत समाज थियो पहिले ,अहिले सुन फाल्ने बारी बाझो राखी ,लोव र लालचले कुकर्म र स्वाभिमान बेच्ने हरुलाई एती मात्रै भन्न सक्छु कि भगवान ले सत्बुद्धि दिउन |

  13. म बुझ्न सक्दिन समाज को मान्छे हरुलाई सुरेन्द्र को निजि जिन्दंगी सित के को चासो, नराम्रो कुरा लाइ चाही रोक्न नसक्ने तर निर्दोष हरुलाई चाही सजाय दिन खोज्ने , एदी केहि गल्ति भएको छ भने कानुन ले पो सजाय दिने हो , अरु मान्छे हरुलाई के को खस खस, किन जहिले पनि अरु जिन्दगि मा धेरै चासो नेपाली हरुलाई , मलाई यो कथा जस्तो बकबास कुनै पनि लागेन. एस्तो जाबो कथा त जसले पनि लेख्छ. यो त mysansar को quality सित match गरेन.

  14. कथाकारले महिला पात्रलाई कलंकित र पुरुषलाई अबोध पात्रका रुपमा पेश गरेको रहेछ !! के कथाकारले आफ्नो सानो संसार यसरि नै बुनेको छ हो ?? कथाकारको ideal यस्तै हो ?

    “….टम्म परेको जिउमा स्कुलको निलो सर्ट र निलो फ्रक लगाएर हिड्दा गाऊका बुढा खाडा पनि पर सम्म नियालेर हेरिरहन्थे….” यौन आकन्क्षा गाऊ तिर पनि उस्तै त हो नि !!

  15. कुरा ठिकै हो तर पैसाको लागि येसो गर्न बाध्य छन् नेपाली चेली हरु गरिबीको कारणले

  16. कथा राम्रो छ मन छुने खालको मलाई
    चै राम्रो लागो

  17. मर्मस्पर्सी कथा लाग्यो . सिप र ज्ञान नभई कन आफुले गर्न नसक्ने नसुहाउने काम मा हात हाल्दा धेरैको यस्तै हुन्छा. यो कथामा अलिकति भए पनि वास्तविकता छ.

  18. अति सत्येतामा आधारित कथा बाचन गर्न पाइयो . कथाकार लाई धेरै धेरै साधुबाद .

  19. यो कथा बडो मार्मिक छ अनि अस्ति तिर पहिले पहिले जुन घटना घटायो मिडिया ले तर जुन काम गर्यो मिडियाले धेरै नराम्रो गर्यो मानब अधिकार को हनन भयो एक त अनि एक त धेरै एस्त जिन्दगि बर्बाद गर्यो कि त्यो क्यामेरा तेर्स्याउने र भात्त्यौने लाइ के थाहा कहाँ के भयो भन्ने कुरा र एस्त धेरै सिरु हरुको संसार भताभुङ्ग पर्यो जबकी हजारौ सिरु हरु येसरी बाध्येता मा आफ्नो अस्मिता बेचेर हिन्नु परेको थियो जबकी अस्मिता बेचुनु कसैको रहर हैन सबै कर र जिन्दगि जिउनुकै लागि केहि उपाए नपाए पछि बेच्नु बद्ध्येता छ तिमीलाई के थाहा तिमीले सिरु को अस्मिता माथि क्यामेरा तेर्स्याएर दुइ पैसा आयो अनि तेही पैसाले तिमि पो इज्जत दार जिन्दगि पायो तिम्रोनी हालत येस्तैमा भएको भए तिम्रो सिरुले येसरिनै बेचेर तिमीलाई पाल्नु परेको भए तेसैले क्यामेरा जता पायो तेती नातेर्स्यु मिडिया वाला हरु मान्छेको अधिकार बुझेर मात्र तेर्स्याउने गर मनाबधिकार उलंगन नगर र एस्त सिरु हरुको बास्तबिकता बुझेर मात्र उसको अनुहारमा क्यामेरा तेर्स्यु हुन्छ?

    • तपाइको कुरामा म केहि हदसम्म सहमत छु. तपैले भन्नु भय जस्तै म पनि मानब अधिकार को सम्मान हुनुपर्छ भन्ने कुरामा जोड दिन चाहन्छु. तर अरु कुनै बिकल्प नै नभयर मान्छेले यौन पेशा अपनाउन बाध्य हुन्छन भन्ने म मान्दिन. जहिले पनि यहि कुरा अगाडी ल्यायर यौनकर्मीको पक्षमा आवाज उठेको सुन्दा मेरो दिमाग तातेर आउछ संसार मा जिबिका चलाउन सजिलो नभय पनि यौन पेशा मात्रै यौटा बिकल्प होइन. म यसको १००% बिरोध गर्छु. त्यो पेशा भनेको छोटो समयमा धेरै पैसा कमाउने, ठुला सपना बोकेर हिड्ने र समाजको मर्यादालाई सम्मान नगर्नेहरुले अपनाउने काम हो. तर पनि म कसैको जिन्दगीको व्यक्तिगत घटनालाई आफ्नो देखायारा आफ्नो पुरुषार्थ ठान्ने हरुको को पनि घोर बिरोद गर्छु.

      • अनुजी पुस्पजी द्रोण जी सबै आफ्नो आफ्नो भनाइ हो हैन तर नेपालमा यो एउटी कारण हो सरकार अस्थिरता अनि बेरोज गरिको कारण हो अनि अनुजी तपैले भने जस्तै यो मात्रै अन्तिम विकल्प हैन भन्नु हुन्छ नत्र खेत विकल्प अरु के छत अरु केहि विकल्प भएको भए तेस्तो काम यो सारुले येह यो कथा मा नि गर्ने थिएन अनि त्यो सरु हरु जहाँ अहिले ठमेल परिसरमा रात दिन आफ्नो अस्मिता को मोल टोल गरिराख्नु पर्थेन र एस्तो काम रहरले कसैले पनि गर्दैन जस्तो लाग्छ मलाई

    • निकै राम्रो कुरा गर्नुभो प्रबिनजी । ६ घण्टा लोडशेडिङ घटेको कुरालाई पनि ‘ब्रेकिङ न्यूज’ भन्ने सञ्चारमाध्यमहरूले सिरुहरुका व्यथा कसरी बुझ्लान् र ! ब्यूटी पार्लर, रेष्टुरेण्ट आदि ठाउँमा मा यतिउति ‘यौनकर्मी’ समातिए भन्ने ‘ब्रेकिङ न्यूज’ बनाएर विज्ञापन अठ्याउने सञ्चारमाध्यमहरूले पार्लर र रेष्टुरेण्टका साहुहरूको नाउँ लिएको कहिल्यै देखाउँदैनन् । अनि त्यस्ता ठाउँमा पजेरो चढेर धाउने विज्ञापनका ठूला स्रोतका मालिकहरूका बारेमा कुरा कोट्याउने हिम्मत के गर्लान् र सञ्चारमाध्यमहरूले ! समाचार बनाउँछन् त केवल सिरुहरूको ।

      • एस्लाई येसरी बुझाम न पुष्प जी यो भनेको हिजो माउ बादी ले गाउ घर को गरिब ,मास्टर हरुलाई बर्ग सत्रु भनेर सिध्याएको जस्तै भयो |ठुला ठुला घुस खोर ,अपराधि परेनन् ,त्याहा पनि गरिब नै सिकार बने यहा पनि गरिब हरु नै तारो बने ,सायद ,नियति भनु या गरिबी को
        अभिसाप |
        सिरुहरु नै जबर्जस्ति पिडित बनाइएका हुन्छन |

        • द्रोणजी,

          कृपया पहिला खुलस्त हुनुस् कि यस्तो अवस्था जनयुद्धका कारण आएको होइन । बरु जनयुद्ध शुरु र सफल हुनुमा यस्तै अवस्था प्रमुख कारक रहेको हो । जनयुद्धको अर्थ कसैमाथि कारबाही थिएन । अर्थात् कुनै सामन्त वा भ्रष्ट व्यक्तविरुद्ध जनयुद्ध भएको थिए, सामन्त र भ्रष्ट व्यवस्थाविरुद्ध भएको थियो । निर्दोष नागरिक मार्नु त कुनै पनि हालतमा उद्देश्य हुनै सक‍दैन । तर भ्रष्ट राज्य व्यवस्थासँगको युद्धमा केही शिक्षक मारिए, केही विद्यार्थी मारिएकामात्र हुन् । केही व्यक्तिगत रीसईवीका कारण पनि त्यस्ता घटना भएका होलान्, तर समग्रमा जनधनको क्षति युद्धको एउटा स्वभाविक परिणाममात्र हो ।

Comments are closed.