बम्जन फेरि विवादमा, आफ्नै परिवारलाई कुटेको आरोप

पत्रपत्रिकामा बम्जन कै चर्चा छ। सौर्य दैनिकमा बम्जन।

रातदिन तपस्या गरिरहेको अवस्थामा भेटिएको भन्दै अन्तर्राष्ट्रिय चर्चासमेत पाएका बाराको हलखोरिया जङ्गलमा तपस्या गरी बस्ने रामबहादुर बम्जन पछिल्ला दिनहरुमा लगातार विवादमा परिरहेका छन्। उनका सहयोगीहरुले दुई महिलालाई बन्धक बनाएको आरोप लाग्यो। मिडियामा हल्लाखल्ला भएपछि उनीहरुलाई बन्धनमुक्त गरियो। ती मध्ये एक स्लोभाकियाकी महिला मारिचीले नेपाल छाड्दा छाड्दै बम्जनका एक सहयोगीले आफूलाई यौन दुर्व्यवहार गरेको भनी नामै किटेर आरोप लगाए।

यस्तै विवादका बीच कुरा के हो भनी बुझ्न गएका बम्जनका परिवारलाई बम्जन आफैले कुटेछन्। अरुले भनेको भए पनि कुरा बढाएर भन्यो होला भन्नु, उनकी बहिनी असली लामाले त आफूलाई बम्जनले नै पिटेको पो भन्छिन् त। आफ्नै परिवारका सदस्यले किन झुट बोल्यो होला र!

बम्जनको फाइल फोटो

एभिन्युज टेलिभिजनसँग कुरा गर्ने क्रममा स्लोभाकियाकी ती महिला मारिचीले सुरुमा त सुरक्षाको कारण देखाउँदै सबै कुरा बताउन नसक्ने बताइरहेकी थिइन्। पछि विमानस्थलमा उड्नुअघि बम्जनको सहयोगीका रुपमा रहेको बोधी श्रवण धर्म संघका दर्शन लिम्बुले आफूलाई यौन दुर्व्यवहार गरेको बताएका थिए।

हेर्नुस् एभिन्युज टेलिभिजनको भिडियो-

यो खबर आएपछि कुरा बुझ्न उनको परिवारका सदस्य पुगेका रहेछन् उनी बस्ने स्थानमा। तर तरबार देखाएर लखेटेछन् परिवारबाहेकका अरु ६ जनालाई। तीन जना दाजुभाइलाई चाहिँ नियन्त्रणमा लिएरै कुटिएछ।

दाजुभाइलाई छुटाउन आमा र बहिनी भोलिपल्ट बिहान गएका रहेछन्। तर बहिनीलाई पनि भित्र लगेर कुटेछन्। आमाले त बिचरा दुनियाँले भगवान ठानेको तर अहिले यस्तो व्यवहार गरेर जग हँसाइरहेको भन्दै चित्त दुखाएछन्।

स्लोभाकियाकी ती महिलाले लगाएको आरोप गम्भीर हो। उनले आफू आफ्नो देशमा पुगिसकेपछि मात्रै विस्तृत सत्य बताउने बताएकी थिइन्। हेरौँ, उनले कस्तो सत्य उजागर गर्ने हुन्।

बम्जन यसअघि पनि पटक पटक विवादमा आइसकेका हुन्। कहिले उनले तरबार लिएर लखेटेको, कहिले पत्रकारहरुलाई कुटेको, कहिले उनको बैङ्क खाता रोक्का गरिएको जस्ता खबर आएका थिए।

 

बम्जनको पुरानो भिडियो-

89 Comments

  1. बम्जन होइन हामी हो पागल, जस्तो को कुरा पनि पत्त्यौने| जसले आएर पनि मा हो भगवान भन्यो भने हो हो भन्दै पछी लाग्ने| बम्जन ठग हो भन्ने कुरा त उसको youtube को कुरा हेर थाहा भै हाल्छ नि| हाम्रो धर्म र संस्कार लै कम्जोर बनाउने हामी आफुले नै हो येस्ता ठग हरु को पछी लागेर| गु र गोबर चिन्नु पर्यो साथी हरु|

  2. आप योगी ना बन सके तो कोहि बात नही,
    परन्तु, उपयोगी जरुर बन सकते है.

    सिडीयाँ उनके लिए बनि है, जिन्हे छत पर जाना है,
    आसमान पर जिनकी हो नजर, उन्हे तो रास्ता खुद बनाना है.

    जो सच् है वो एक हि आदमी से ये घटना हो रही है,
    इसिलिए जो सच् है वो उसिको मालुम है.

    आप और हम बाहरी दुनियामे उल्झे हुवे है,
    उनकी अन्दर्की आत्मा समझना हमारा काम नही है.

    इशिलिए बम्जन को अपने हालात् मे छोड दें,
    भला या बुरा, वोह खुद इसके भागेदार है.

    अस्तु:

    • परिबर्तनज्यु
      मर जावें मै, अगर आपकी यक सब्द भी मेरी समझ मे आई हो तो/ क्योकी मेरेको हिन्दि सब्द “काले कौवे भैस बराबर” जैसा हि है/ मै नेपाली हुँ और “नेपाली” मेरा रास्ट्रिय भाषा है सो सिक लिया/ भले मेरा नेपाली थोडी ज्यादा असुद्ध है मगर फिर भी बोल और लिखलेता हुँ/ मगर आप नेपाली होकर हिन्दि मे कैसे कबिता लिख लेते हो ये मेरे सम्झमे नही आया/ यहि कबिता आप नेपालिमे लिखा होता तो मुझे भी आपसे कुछ सिक्नेका मौका मिल जाता/

  3. सरसर्ती हेर्दा यो केटि को अवस्था बिचरा भन्ने खालको छ तर गहिरो र सत्य अनुसन्धान नभैकन यी संकाहरु लै बिर्सन सकिदैन
    १. क्रिस्टियन ले हिन्दुहरु को सहयोग मा बुद्ध धर्म को लोकप्रियता मा कमि ल्याउन यो केटि लाई जासुस को रुपमा पठाएको हुन् सक्छा र एस्तो प्रमाण फेला पर्यो कि
    २. केटि को मानसिक अवस्था पहिला कस्तो थियो
    ३. ध्यान गर्न गारो भएर हो कि
    ४ ध्यानको निएम पालना गर्न नसकेर केहि कारबाही भएको होकी
    ५. भक्त भन्दा पनि, बम्जनको ध्यान भंग गर्ने र बिस्व मिडियामा प्रचार गरेर आफ्नो कोक्प्रियता बधुना कोजिकी
    यी बहस का बिसय हरु hun

    • मित्र जी,कमेन्ट गर्दा ध्यान दिएर गर्नु होला,कुनै पनि Christian हरुले कुनै पनि धर्म र ब्यक्तिहरुको बिरुद्दमा काम गरेको छैन/त्यसकारण एकले अर्काको सम्मानं गर्ने गरौ/तपाई जस्तो व्यक्तिको कारण नै समस्या उत्पंन्ना हुने हो/

  4. आज सम्म कुनै पनि कमेंट्समा यस्तरी unlike गरिएको पहिलो पटक देख्दै छु र यसै बाट प्रस्ट हुन्छ कि बम्जोन र तेस्को साथीहरु कतिका चोर फटाहा लुटेरा रहेछन भनेर

  5. बम्जन ,तपस्या गर्दा गर्दै त सारै मोटाइ रहेका छन् .के हो यसको राज ? मैले त सुनेको उसले खान पनि त्याग गरेर तपस्या गर्दै छ .येसरी खान नखाई तपस्या गर्दा स्वयम् भगवान बुद्ध लाई केहि फाइदा नभएर उनले मध्यमार्गी बाटो संगाले .तेसैले मलाई त यो व्यक्ति मा कुनै विश्वास छैन.

  6. समग्र ::: बम्जम त मलाई Bob Marley ko जन जस्तै पो लाग्न थाल्यो अब त /
    जंगल को झारपात ले असर गरेको हो कि , येसो एक पल्ट डाक्टर नाभयेनी झाक्री लाई देखाउदा कसो होला /
    खाली मारकाट मा मात्र आबद्ध हुदा संका लागेको हो /

  7. कहिँ नभएको जात्र नेपालमा मात्र हुन्छ एस्तो पापै पापले भरिएको आजको संसारमा भगवान ले जन्म लिएको रे त्यो पनि बुद्धले बुद्ध जस्तो हुनलाई बुध्ही पनि चाहियोनी ?

    यो सब नाटक हो फेरी नेपालीहरुले जे कुरा पनि सजिलो संगै पचैदिन्छा र पछि नचाहिने बबाल गरेर बस्न मात्र जानेका छन्. . कस्तो विश्वास नै नहुनेकुरको पछाडी लगेर पनि हुन्छ. बुम्जन त चोर हो चोर ….

  8. I do not believe that staying dissociated with the communities and living in the jungle in the name of penance does not give you salvation. This is a wrong and in-achievable doctrine. One can be deceived in doing this, and by following this.

    I am so sorry to hear that she went there because of her highest respect and faith in the Buddhism and her hunger to know about it at a deeper level so that she could get her salvation in this life. This could not happen to her, instead of this, she was deceived by being abused, exploited, tortured, captured and traumatized in the forests by so called Buddha devotees.
    This is a shame and unacceptable from every angle of humanity and laws and legalism. Therefore, I kindly ask the concerned authority to capture Bamjan and his colleagues to punish legally, and to release the other people who are being deceived and traumatized in the forests by him and his team, and also to protect the environment by stopping their illegal activities associated to deforestation and forest degradation.

  9. Conspiracy threory
    Dissociative Fugue- is a mental condition where a person suddenly wanders aways from home and attains a new identity and lives life as such.
    Catatonic schizophrenia is a illness where a patient attains a specific posture for a prolonged period of time ( Tapasya jastai)

    He is a Mental patient.
    His family is using him for Benefit

  10. भयो भयो अब पुग्यो..अब कहिले एस्तो नाटक गर्दिन भन्ने बेला सम्म एस्लाई उल्टो टाँगेर चुट्नु पर्ने.

  11. यो बम्जन भन्ने चाही साचैको फटाहा हो य्स्लाई चाडो भन्दा चाडो काहार्बही अगाडि बढाउनु पर्छ,एस्ले देश को सम्मन बेइजत गरेको छ य्स्लाई ठउमा लीन झापड हान्नु पर्छ अनी बल्ल होस्मा आउछ,य्स्को सबै वाइजात हो…………?

  12. मुर्ख बम्जन होइन, आम जनता मुर्ख हो/ बम्जन बुद्द मार्ग बाट प्रेरित भै ध्यानको मार्ग बाट निर्वाण हुन चाहन्छ/ बम्जन मुर्ख हैन, भगवान हैन/ यो प्रस्ट छ/ सिन्दुर, फुल, अछेता, पैसा बोकेर आफ्नो अन्धबिस्वास भक्ति दर्शाउन चाहने पब्लिक हरुको आफ्नै स्वार्थ छ. बम्जनको समिति सदस्यको आफ्नै मजबुरी र स्वार्थ पनि छ. गणेशजी को मूर्तिले दुध पिउने भन्ने सुन्ने बित्तिकै साधारण जनता त् के राजपरिवार पनि हुत्तिएर दुध चदाउना पुगे/ कुनै ढुंगा मा सिन्दुर र फुल देखे पछि तेस्लाई फन फनी घुमेर ढोग्ने नेपाली को के कुरा गर्ने ? आफैं धामी, आफै झाँक्री/

    बम्जन को यो एउटा आफ्नै खोज हो/ उ सुनेको, पढेको आधारमा आफुलाई प्रयोग गर्न चाहन्छ. उनलाई, उसको एस खोज, ध्यानको लागि सहयोगको जरुरत छ/ त्यो जरुरत के हो कसैले सोधेको छैन तर अनावस्यक समस्या, अनावस्यक समाचार, अनावस्यक व्यक्तिहरुको दखल, भ्रम आदि पैदा गराएको छ/ बम्जनले जे गरोस, जुन अवस्थामा होस्, किन चासो ? उसले कहिले पनि भगवान भनेको छैन. उ यो ध्यान मार्ग बाट आफ्नो गन्तव्यमा पुग्न चाहन्छ. येस्मा किन कसलाई कत्ति टाउको दुखेको ?? बादरले न त् आफ्नो घर बनाउछ न त अरुलाई/

    स्मरण रहोस, बुद्द ले ज्ञान प्राप्त गरेको ४२ बर्ष पछि मात्र जनताले स्वीकार गर्यो/ तर बुद्दले आफ्नो कर्तब्य छोडेन. तेस ४२ बर्ष पहिले र बिचमा बुद्दको हालत धरै नराम्रो अवस्थामा गुज्रेको थियो/ गाउँ गाउँ बाट लखेट्ने, पिट्ने, आरोप, प्रत्यारोप, आदि, आदि/

    स्मरण रहोस, केहि बर्ष पहिले बम्जन ध्यानमा रहंदा संयौं, हजारौं को संख्यामा टाडा देखि दर्शन गर्न लाम लागेका थिए. के येसरी बम्जनको उद्देस्य पुरा हुन्छ त ? हामीले आफुले सोचे जस्तो अरुमाथि लादेर तेही होस् भन्न र देख्न खोजेको है न त् ? के यो सहि हो त ?

    मैले बम्जनल लाइ बुद्द भन्न खोजेको हैन तर उसले आफ्नो खोज गर्न पाउनु पर्छ/ किन जंगलमा बसी आफ्नो साधना गर्ने ठाउँमा बिदेशी आइमाई ? यिनी हरु चरम आनन्दको लागि कुनै पनि हद पार गर्न सक्छन, अरुको नैतिकतामा खेल खेली आफुलाई उच्च स्थानमा पुर्याउने यो एउटा सरल उपाए पनि हो/ extreme point मा पुग्नु, experiment गर्नु, आनन्दको चरम सिमा नाघ्नु येस्ता बहुरुपी बिदेशीको बम्जन संग तुलना गर्नु ऐले उचित नहोला/ अस्तु/

  13. बम्जमलाई अनाआवश्यक विवदमा ल्याउनेकाम यि मिडियाले गर्छन अनि जताबाट हावा आयो त्यतै ढल्कने हामी कमेन्ट गर्ने कमेन्टरहरु पो बुद्दु त ।गल्ती बम्जमले हैन समेतिका मान्छेले गरिरखेका छन । त्यसैले जस्ले गल्ती गर्छ उसैलाई कर्बाही गर्न पहल गरौ बम्जमलाई आफ्नो तरिकाले जिउन दिउ हामीलाई के को ट्याक ट्याक उस्को जिवन उस्कै इच्छा अनुसार ……………..

  14. wow i feel really shame to say that i am Nepali here in Thailand. Many People believed and following him and now ……huh why this stupid people make our life difficult everywhere.

  15. सिद्धार्थ गौतम सजिलै ‘बुद्ध’ बनेका होईनन भन्ने कुरा यो बम्जन अनि येस लाई बोकेर हिड्ने ले चाडै नै बुज्नु जरुरि छ/हामी मा रहेको ‘अन्ध- धार्मिक आस्था’ ले येस्ता ‘काइते’ हरु मौलाऊन पाएका हुन्,काठमाडौँ जस्तो शहर मा त”म साइ बाबा हु” भन्दै दिन दहाडै पुलिस को सुरक्षा लिएर ‘उप-रास्ट्रपति,लोकेन्द्र ब.चन्द….. जस्ता पात्र लाई राखेर स्कुल खोल्ने नाम मा,आश्रम बनाउने नाम मा……सत्य साइ को नाम झिकेर आफ्नो नाम राखी तेस्तै भजन गाएर मुख बाट मणि निकाल्ने,हात बाट बिभुतिनिकाल्ने जस्ता तल्लो स्थर को जादु देखाउदै आफु मा देबत्त्व रहेको भन्दै जनता ठग्ने काम भैरहेको छ २-४ जना ब्यापारी हरु पनि तेस कार्य मा जोड्तोड़ ले लागिरहेका छन…हामी जनता के के बाट मात्र पो बच्नु होला है छि…..

  16. कोहि पनि रुख मुनि बसेर आखा चिम्लिदैमा बुद्ध बन्ने होइन /रुढिबादी.अन्धबिस्वास को चगुल बाट हाम्रा नेपाली हरु जब सम्म छुट्दैनन तब सम्म एस्ता पाखण्डी राम बहादुर,श्याम बहादुर हरु लाई भगवान को रुप मा सिदुर जात्र गरि रहनछन् /संसार कहाँ बाट कहाँ पुगी सक्यो तर हाम्रो गरिबी को नमुना हो यो/ जे लाई पनि भगवान को रुप मान्ने हाम्रो रुढिबादी सोचाई ले गर्दा श्याम बहादुर,राम बहादुर हरु आफु लाई भगवान को उपमा दिएर लुट अनि ज्याजति गर्दै छन् /अब त आखा खोलौ हो नेपाली हरु?कति अन्ध भक्ति भएर बच्ने?

  17. यस्लाइ बोरामा हालेर लात्तै लात्तले भकुर्नु पर्ने

  18. – आफ्नै परिवारलाई कुटेको आरोप हो कि, प्रमाणित तथ्य ?
    – मारिचीलाइ के बम्जन कै निर्देशनमा बन्धक बनाइ यातना दिइएको थियो ?(मरिचीले कहिल्यै पनि बम्जनको नाम लिएनन् केवल उसको सहयोगीहरूको कर्तुतको बारेमा मात्र भने)
    – के वरिपरी घट्ने हरेक घटना बम्जन कै निर्देशनमा घट्ने गरेको छ ?
    ” सुन्छु; रामबहादुर बम्जन ध्यानमा हुन्छन, प्रबचन र आवश्यक वार्ता बाहेक कसैसंग बोल्दैनन / हो, भने किन बादरले मकै खाने बिरालोलाइ खाद्ने ?!”
    हुनसक्छ; कतिपय घटना बम्जनलाई थाहै नभई घटिरहेका छन् !!
    * निराहार,निर्जल खुल्ला आकाशमा महिनौ ध्यान गरेर संसारलाइ नै चकित र बिज्ञानलाइ नै चुनौती दिएको व्यक्तिलाइ यति छिट्टै बद्नाम पनि गरि नहालौ /*
    — पहिले सत्य-तथ्य के हो बुझौ अनि जथाभावी भनौ / मिडियालाई त बम्जनको जीवनी भन्दा पनि एक इपिसोड राम्ररी चलाउने चिन्ता बढी हुन्छ; थाहै होला !!

  19. यो बहुरुपिया प्रति मेरो त सुरु देखि नै बिश्वाश थिएँन ! जे भयो भै त् गो तर अब यसलाई छिटो भन्दा छिटो कानुनी प्रक्रिया अगाडी बढाई छदम भेष धारण गर्न बाट बंचित गर्नु पर्यो नत्र यो जटाधारी र यसका चेला भनाउँदाहरुले अन्य सोझा साझा सर्बसाधारण वा बिदेशीहरुको पयर्टकहरुको अरु पनि आर्थिक वा शारीरिक सोषण गर्न सक्छन !

  20. होइन बम्जन ध्यानी हुन् तेस्मा संका गर्ने ठाउँ छैन. तर बम्जन भगवान(जुन हाम्रो बुझाई छ), त्यो चाही पक्कै होइनन. हो हामीले संसारका विभिन्न ठाउमा भएका ध्यानिहरु र गुरुहरु लिने हो भने , उनीहरुलाई हेरेर के देख्छौ भने राम्रा र नराम्रा, सहि र गलत सबै किसिमका अध्यत्मबदी हरु हुन्छन. बम्जन को ध्यान मा संका गर्ने ठाउँ छैन, तर ब्यबहार मा केहि कमि कमजोरी पनि हुन सक्छा. जसरि उनि सामान्य मानिस बाट उठेर माथि पुगे(वा हामीले बुद्ध भनेर माथि पुरायोउ), त्यसै गरि माथि बाट केहि तल झरेका मात्र हुन्. हामीले के बुझ्न जरुरि छ भने, कृष्ण देखि ब्रह्मा, शिव देखि नारद सबैमा केहि न केहि अबगुन्हारू थियो.
    There is nothing absolute in this universe. We should not be surprised by these sort of events. What we are worshiping or appreciating is the enlightenment (the state) of Bambjan not the Bamjan as a person himself and what we are criticizing is his lack of commitment to preserve the pristine and heavenly achievement he had attained with sincerity, diligence and passion.

    I hope that he will not let go his Buddhism, and we have found a true Yogi in very long time in the history of Nepal. There are a lot of Gurus in India but not in Nepal. I wish him good luck and hope everything goes well. But we should not forget: WE MUST CLEAN THE DIRTNESS ENCIRCLING BAMJAM.

  21. भगवान बन्न तेती सजिलो कहा छ र जति दानब बन्न छ!
    समयको एक उन्मादले कस्ताकस्ता भगवानलाई त क्षण भरमै दानाब बनाइदिन्छ भने यो बम्जन त बिचरो भरखर भगवान बन्ने प्राक्टिस मै छ!
    तै पनि यति छिटै हतारियर अस्पुस्ट खबर संगै उसको दशौ बर्षको तपस्याको खिल्ली चाहि उडाई हाल्दिन म!
    सरकारले आधिकारिक तबरले यसको छानबिन गरि सत्यतथ्य हामि सामु ल्याउन पहल गरे हुन्थ्यो बरु!

  22. पाटन अस्पताल मा भर्ना गर्नु पर्ने मान्छे लाइ भगवान ठान्ने नेपाली हरु नै मुर्ख हुन् त अरु को क कुरा गर्ने…..समातेर २,४ झाप्पद हनेसी साब भगवान उत्रिंचा साले को….

    • तिमि हरु जस्तो पागल लाई पो पाटन अस्पताल लानु पर्ने! मान्छे लाई भगवान भन्ने हरु! . तिमि हरु जस्तो ले गर्दा देश यो अबस्तामा पुग्यो . कहिले त्यो ठाउँ मा गएर बास्तबिकता बुजेको छस तैले! खाली अरु को कुरा सुन्यो अनि त्यसकै पछाडी लग्यो. पहिले आफु लाई नै चेक उप गराऊ नु अनि कमेंट्स गर्नु .

      • redhen lama , औता कुरा भन्नुस कि तपाइलाई नेपाली पढ्न आउछ कि आउदैन ??? आउछ भने मेरो ब्लग फेरी एकचोटी पद्नुस अनि प्रतिक्रिया दिनुस ….
        ” मान्छे लाई भगवान भन्ने हरु ” को हुन् ? एदी तपाई हो भन्ने पाटन आस्पताल को टिकेट कात्नुस | मैले प्रस्ट संग लेखेको छु कि मान्छे लै भगवान मान्ने नेपाली हरु नै मुर्ख हुन् भनेर….

      • अनि अर्को कुरा अरुको कुरा
        ” साब को कुरा सुनिनु पर्छ, सहि गलत छुताऊनु आफ्नो काम हो ” अर्का को कुरा सुन्ने भन्ने कहाँ बाट आयो….यो कुरा mysansar मा पढेर थाहा भाको हो मलाई…र मैले mysansar मै आफ्नो विचार राखेको हो भुज्नु भो….एदी यो समाचार गलत छ भने mysansar को दोष हो
        अनि त्यो ठाउँ मा गएर बास्तबिकता बुजेको तपाई जस्तो जाने मान्ने मान्छे ले खै त कुरा बुजेको.. बुजेको मान्छे mysansar को ब्लग किन पद्नु पर्यो त तपाई जस्तो मह ज्यानी ले ..आफुले आफैलाई मुर्ख बनाउनु राम्रो हैन…
        तपाइलाई के लाग्छ मंगल ग्रह को कुरा गर्न मंगल ग्रह मै पुग्नु पर्ने हो…….

        • मंगल ग्रह को कुरा गर्न लाई मंगल ग्रह नै पुग्नु पर्दै न तर काग ले काँ लग्यो वन्ने सुन्दै मा काग को पछाडी कुद्नु त भएन नि साथी !!!! अनि अर्को कुरा राम बहादुर बोम्जोन लाई किन झापड हिर्काउ ने उसको आफ्नो जिन्दगि हो उसले आफ्नो तरिकाले बाच्नु पाउनु पर्छ!! यदि सक्छौ भने जसरि राम बहादुर बोम्जोन ले ढोंग गरेर सोजा साजा मानिस हरु लाई अलमल ल्याई राखेको छ त्यै सोजा साजा लाई न अल्मलिन लाई तपाई तपस्या गर्नु होस् !! सायद त्यति बेला चै तपाई लाई झापड हान्ने कोइ नहोस भन्ने आशा गर्छु !!!

          • येसो हेर्दा खेरि तपाई मेरै विचार मा सहमत हुदो रैछ तर आफै अल्मलि रहेको रहे छ ..
            “अनि अर्को कुरा राम बहादुर बोम्जोन लाई किन झापड हिर्काउ ने उसको आफ्नो जिन्दगि हो उसले आफ्नो तरिकाले बाच्नु पाउनु पर्छ!! ”
            यो कुरा सहि हो तर आफ्नो अधिकार को कुरा गर्दा अर्का को अधिकार नि खोस्नु भएन नि साथी….एई कुरा मा झापड हान्नु पर्ने हो..किन भने उसले औता पर्यटक त्यो नि केटि अर्को आफ्नै परिवार माथि हातपात गरेको छ……..
            अर्को कुरा मेरो काम नै मेरो तपस्या हो……जंगल गइ तपस्या गर्नु पर्ने मान्छे हैन मा……एदी मैले कसैले नराम्रो गरको छु भने झापड स्वागत योग्य हुने छ…

  23. इन्द्रजाल अधकल्छो पढ्यो भने बौलौछन भन्छन केटोको ज्ञान पनि अधकल्चो भएछ जस्तो छ तेसैले बौलौना थालेको होला .

  24. यी सबै आदम्बरिहरु, ढोगी बेरोजगार का सिकार हुन्, यी सिकार ले जनता को सिकार गरेको देख्दा अचम्म लाग्छ, होइन यो हाम्रो देश का जनताहरु लाइ के भाको हो ? लाग्छ चिया पसलको राजनीति नामक भाइरस ले नराम्रो संग रोगी बनाएको छ | बिडम्बना यो भाइरस मार्ने औसधी बिहार र खासा ले सप्लाई गर्ने रैछ, नक्कली औसधी को के आश गर्ने, कहिलै ठिक हुने भएन|

    • अहिले मलाई लाग्दै छ समय कति बलवान हुदो रहेछ भनेर| २ वर्ष जति अगाडी मैले येही माइ संसारमा बंजन ढोगी ठग हुन् भनि लेखेको थियो कमेन्ट. आम्मामामा एती धेरी डिस्लाइक र गालि पाएको थिए कि मैले…केहि समय माइसंसारमा कमेन्ट नै लेखिन| आज तेही सब्द लेख्दा खेरि opposite प्रतिक्रिया देखिन्छा| वाह समय

      • श्रेया जी,
        मलाइ पनि तेस्तै भा’को थियो यहि mysansar मा !

        • शिलाज्यु
          शिलाको अर्थ सदैव अडिग रहने “पत्थर” हो क्यारे/ हटाउन भगाउन बा परिबर्तन गर्न खोज्ने आई रहन्छ तर शिला त् शिला नै हो शिला नै बनि रहनुस/

      • श्रेया बिल्कुल ठिक, मैले पनि त्यहि बेलानै भनेको थिए यो ढोगी हो तर हाम्रो विचार समय सापेक्छिक भएन होला, तर साचो कहिले डग्दैन|

        • राज जी,

          रात पछि दिन आउछ दिन पछि फेरी के आउछ ???

          जे सुन्यो देख्यो त्यो साचो हो भन्ने भ्रम नापल्नुहोस ! यो संसारमा कुनै पनि कुरा permanent छैन !

          • चेतन जी, रात पछि दिन आउछ दिन पछि फेरी के आउछ ??? यो त तपाइलाई पनि थाहा भएको हुनुपर्छ, यहा तपाइको उदाहरण को के अर्थ लाग्छ मैले बुझ्न सकिन, मैले कुनै पनि कुराको आधार देखिन भने विश्वास गर्दिन, र म मा कुनै पनि कुराको गहिरो अध्यन गर्ने खुबी छ अनि बिना तर्क ढोल बजाउने मेरो बनि पनि छैन | यो कुनै बुद्द को आवतर होइन, यो मान्छे मा कुनै ज्ञान छैन, कुनै तर्क शक्ति पनि छैन, यो १००% ढोगी हो, साइ बाबा भन्ने मान्छेलाई कति ले भगवान को रुप मा मान्छन तर मा त्यो एउटा illusionist हो भन्छु र उ थियो पनि, तपाई तलको लिंक मा हेर्न नभुल्नु होला | तर यो नक्कली बुद्द को त येतो पनि ज्ञान छैन, चार जना लठैत पछाडी लगाएर कोहि पनि भगवान हुन सक्दैन मित्र | तपाई संग कुनै आधार छ यो ठग लाइ बुद्द मान्ने ? एउटा भरपर्दो आधार दिनुस भोलि देखि मा पनि पछी लाग्छु |
            http://video.search.yahoo.com/search/video?p=sai+baba+was+illusionist

            • राज जी ,कुरा एकदम ठिक हो हजुरको ,तर एउटा कुरा बुज्न जरुरि जस्तो छ भने , बम्जनले अहिले सम्म उसले मा बागवान हु , मेरो लागि लठैत बस भनेकोता छैन जस्तो लाग्छा . यो बेकारको अनुयायीहरुको काम होइन र ? येस्मा गलतिता बम्जन को भन्दा बम्जनको बारेमा चासो दिने हाम्रो आफ्नै होइन र . उसलाई उसको कम गर्न देउन .हामी को हो र ? उसको बारेमा बेकार टाउको तताउने कि कसो सर .?

              • राम सर, तपाई संग पनि म पूर्ण सहमत छु, हो उसलाई उसको काम को लागि एक्लै छोड्न सकिन्छ र त्यो हाम्रो कुनै टाउको दुखाउनु पर्ने कारण पनि होइन, मात्र कुरा यति हो, जसको कारण ले कुनै पनि सिधा सादा जनताहरु लुटिन बाट बचुन, र हाम्रो देशलाइ संसार मा ढोगी को देश को उपनाम नमिलोस भन्ने मात्र हो | जब कुनै मानिस पब्लिक मा आउछ, मिडिया, जनता सबै को चासो को बिषय भइनै हाल्छ, जुन तपाई लाइ पनि थाहा नै छ, टाउको तताउनु पर्ने कारण त केहि पनि छैन, मात्र व्यक्ति सहि हो या गलत भन्ने मात्र हो| तार्किक कमेन्ट को लागि धन्यबाद राम जी |

            • राज जी
              तपाई जस्तो खुबी भाको मान्छेलाई यो पनि ज्ञान होला राम बोम्जन को उमेर अहिले कत्ति भयो भनेर, उसले जुन सुकै उदेश्यले भए पनि यति कलिलो उमेरमा ध्यान गर्न सुरु गर्यो र उसको ध्यान गर्ने तरिका यति challenging थियो कि विश्व कै ध्यान आफूतिर खिच्न सफल भयो!

              तपैजस्तो जस्तो खुबी भाको मान्छेलाई कसले आएर भन्यो कि उ बुद्धको अवतार हो भनेर ? के तपैले सम्पूर्ण ज्ञान एकै चोटी हासिल गरेको हो ?

              कुनै पनि ज्ञानी व्यक्ति बुद्ध हुनसक्छ यदि उसले आफ्नो ज्ञान, विवेक र चेतनालाई २४ घण्टा नियमित राखेमा ! सत्य कुरालाई self realize गर्न कुनै डिग्री लिएर वा पुस्तक अध्ययन गरेर वा मिठो तर्क दिएर वा भाषण दिएर मात्रै सम्भव हुँदैन !

              हुनासक्छा उ ज्ञान हासिल गर्ने क्रममा छ, उसले हासिल गरेको ज्ञान सायद आजको विश्वको लागि उपयुक्त पनि हुन सक्ला ! किनकि आज सम्म कुनै पनि धर्म: हिन्दु, बुद्ध, क्रिस्चियन, मुस्लिम इत्यादिले सम्पूर्ण मानव जातिलाई पूर्ण रुपमा self realization गराएर शान्ति दिलाउन सफल भएको छैन ! अझ भन्ने हो भने कत्तिले त अन्ध विश्वासका साथ गलत परिभाषा दिंदै, गलत ढंगले निहित स्वार्थका साथ् धर्मलाई परिचालन गर्दै आएका छन्, जो कोहिले पनि देख्न र बुझ्न सक्छा यदि स्वच्छ र इमान्दार भएर हेर्ने हो भने !

              दुखको कुरा जति सुकै ठुलो खुबी तथा ज्ञान भए पनि हामीले त्यसलाई बिर्को लगाएर आफ्नो अहमत प्रदर्शन गरे पछि ज्ञान र खुबीको कुनै महत्व नै राख्दैन जस्तो लाग्छा मलाई त !!!!
              उदाहरंको लागि लिनुहोस् सम्पूर्ण नेपाली आफुलाई बुद्ध जन्मेको देशको नागरिक भनि विश्वमा चिनाउन मरिहत्य गर्छन तर बुद्ध जस्तै ज्ञानी बनेर होइन !!! अझ नेपालमै हेर्ने हो भने धर्म निर्पेक्ष्य को सट्टा हिन्दु अधिराज्यको माग गर्छन !!!! यो केवल व्यक्ति वा समुहगत अहमता र स्वार्थले गर्दा भएको कुरा बुझेर पनि बुझा पचौछ ! सायद तपाई पनि त्यो समस्या नहोला भन्न सकिन्न !!!

  25. अनुहार नै गजेडी लाल परेको छ. साधु त हेर्दै धपक्क बलेको हुन्छ नि.

  26. १. अन्ध-बिस्वास र तथाकथित धर्मका बिचमा फरक छुट्याउन नसक्ने हामी नेपालीहरुले बोक्सी, किचकन्या, भूत, प्रेत, माता, धामी, झाक्री र बम्जन जस्ता भगवान (राक्षस) हरु बाट समय-समयमा दुख पाउनु स्वाभाविक हो/ हाम्रा देशमा पढे-लेखेकाहरु झन् यस्तो कुराम अझ थप अन्धबिस्स्वासी छन्/ हुन पनि किन नहनु जबकी यस्ता वाहियात कुराका बारेमा हाम्रा बिद्यालय/बिस्वबिध्यालय का curriculum मौन छन/

    २. अन्ध-बिस्वास एक प्रकारको मानसिक रोग पनि हो भन्ने कुरा मेडिकल science ले पुस्टि गरिसकेको छ/ हामि नेपालीहरु यस्ता थुप्रै मानसिक रोग बाट पीडित छौं/ ठुला मेडियाहरुले नै बोक्सी, किचकन्या, भूत, प्रेत, माता, धामी, झाक्री र बम्जन जस्ता अन्ध-बिस्वासलाइ प्रोत्साहित हुने आसयका समाचार प्रेषण गर्छन: कहिले कुन गणेशले कति दुध खाए रे, कहिले कहाँ-कुन भगवान उत्पति भए रे, त्रिशुल बाबा-काली बाबाहरुले भूईन्चालो आउँछ भने रे, यहाँ कोटी-होम रे, वहा पुराण रे, ज्ञानेन्द्रले यो यो धाममा गएर यस्तो अचम्मको पूजा-अर्चना गरे रे, यति हजार दर्शनार्थीले यो पोखरी मा नुहाए रे, अनि पशुपतिको पूजारीको तलब २ लाख ५० हजार रे/ यस्ता समाचार हेरी नसक्नु छ/
    लौ अब हामि कहाँ पुग्दैछौ!
    ३. यसो भनि सके पछी मलाइ आदर पूर्वक प्रख्यात समाज-शास्री ड़ा डोर बहादुर बिस्टको ‘ Fatalism and Development’ सम्झन्छु/ यस्तो अन्ध-बिस्वासीले घर-गरेको देशमा शान्ति र सम्वृद्धि आउदैना / यसो घुम्न जादा आफ्नो वरिपरी नियाल्ने गर्नुस त् झुप्रा-झुप्री वस्ती भएको क्षेत्रमा पनि मार्वल हालिएका मन्दिर-मस्झिद-चर्च-मठ हुन्छन/ मानव सेवाका लागि बनेका हाम्रा स्वास्थ्य चौकीहरु प्राय टीनले छायेका वा तराइमा खरले छाएका हुन्छन, र बर्षौं देखि चुहिएका हुन्छन तर भिजे पनि न-पग्लने देवताका मन्दिर भने ढलान गरिएका हुन्छन, क्या काइदा !! घाम र पानिले सजिलै बिगार्ने सक्ने मान्छेको औषधी जोगाएर राख्ने स्वास्थ्य चौकीहरुको भन्दा मन्दिर, मस्जिद, चर्च र मठहरु आदी कति उन्नत ! किन यस्तो भएको होला?
    ४. के अन्य देशमा पनि यस्तै होला?

  27. बम्जन बुद्धिस्ट हो भन्न सकिने कुनै आधार देखिंदैन/ आफुलाई सम्हाल्न समेत नसक्ने उन्मादी र रिसाह व्यक्ति त् बुद्ध धर्मको साधारण अनुयाई समेत हुन् सक्दैन/

    बुद्धिस्ट जातले होईन आचरणले हुन्छ/ भन्नुको अर्थ यो पनि होईन कि बुद्ध धर्म मान्नेहरु जे पनि सहन्छ; बुद्ध धर्म मान्नेहरु अन्याय सहन्छ तर अत्याचार सहन्दैन/ बुद्धिस्टहरु अत्याचारिहरुको प्रतिकार गर्न सक्छ/ तर आफ्नो कुरा मनाउन थप्पड हान्न सक्दैन नारीलाई बन्धक बनाउन सक्दैन/ यो बम्जन बुद्धिस्ट नै हो भने लुम्बिनी लुम्बिनीमा जन्मेको बुद्धको बुद्धिजम मान्ने बुद्धिस्ट होईन/

    यो संसार यक्लो व्यक्तिको सोच्न सकिने भन्दा धेरै धेरै बिशाल छ/ ज्ञान अनुभव र संगतिले बढ्छ/ ज्ञान आपसमा बाँडेर बढ्छ/ ज्ञानी उही बन्न सक्छ जो नबुझेको अरु बात सिक्छ र जानेको अरुलाई सिकाउँछ; यो कुरा समाज भित्र मात्र सम्भव हुन्छ/ बुद्धले पनि पहिला ज्ञानको खोजीमा तपस्या गरेको थियो/ भोकै समाधिमा पनि बसेको थियो/ तर पछी समाज बात टाढा भागेर तपस्या र समाधिको नाउमा निस्क्रिय बसेर कुनै ज्ञान पाउन नसक्ने भनेर गयको थियो/ समाज बात लुकेर टाढा भाग्ने बम्जन जस्तो व्यक्ति बुद्धिस्ट हुनै सक्दैन/

    बुद्धले बर्तमान भुतकालको प्रतिफल भयको र कसैको भबिस्य उसैको वर्तमानले तय गर्छ भनेर गयको थियो/ राम्रो भबिस्यको लागि राम्रै काम गर्नु पर्छ/ बुद्धले ईश्वर मान्नेलाई नमान भनेको छैन/ नमान्नेलाई मान पनि भनेको छैन/ बुद्धले आफुलाई कुनै ईश्वर बा ईस्वरको अवतार पनि भनेको छैन/ बुद्ध धर्म नमान्नेलाई बुद्धिस्टहरु अधर्मी पनि मान्दैन/ बुद्ध्त्वोको अर्थ मात्र ज्ञान हो/ बुद्ध मात्र ज्ञानी हो ईश्वर होईन/ आफुले आफैलाई अवतारी मान्ने यो बम्जन बुद्धको अवतार त् के बुद्धको चेला समेत हुन् लायक छैन/

    बुद्धले व्यक्ति अनुकरणीय हुन् सक्छ तर अरुको अवतारी हुन् सक्दैन भनेर गयको थियो/ बुद्ध धर्म अनुशार अबतार र पुनर्जन्मको अर्थ व्यक्तिको ब्यक्तित्वो परिबर्तन हो/ व्यक्तिले आफ्नो स्वरूप परिबर्तन गर्न सक्दैन तर बिचार र ब्यबहार परिबर्तन गर्न सक्छ/ बिचार र ब्यबहारमा परिबर्तन आए व्यक्तिको परिचय बदल्छ/ मानिस यहि जुनिमै नया बिचार लियर पटक पटक जन्मिरहेको हुन्छ/ बुद्ध धर्ममा यसैलाई अबतार र पुनर्जन्म मान्छ/ अंगुलिमाल डाकु पछी सज्जन बनेको उसको पुनर्जन्म थियो भनेर बुद्धले नै भनेर गयको थियो/ बम्जन आफुलाई बुद्धको अवतार मान्छ/ तर उ बुद्धको अवतार होईन आचरण र ब्यबहार बिग्रेको व्यक्ति हो/

    • हैन मदन जी, तपाइको conclusion चै कुन आधारमा ठीक ? तपैले बम्जनको बारेमा कुनै अनुसन्धान गर्नु भएको छ कि ? खाली पत्र पत्रिकामा लेखेको हल्लाको भरमा खोक्नु भएको ? पहिले आफुले अनुसन्धान गर्नुहोस अनि conclusion मा आउनुहोस नत्र भने तपाइको कमेन्ट पनि हल्लै हल्लाको देशको एउटा हल्ला मात्र हुनेछा !

      तपाई भन्नुहोस विश्वमा हिन्दु, बुद्ध, क्रिस्चियन र मुस्लिम बाहेक केहि अन्य केहि धर्म आएको कति वर्षा भयो ? यी धर्महरुको मुख्य उदेश्य के हो ? के यी धर्महरु आफ्नो उदेश्यहरु प्राप्ति गर्न सफल भएको तपाई ठान्नु हुन्छा, आजको मिति सम्म आइपुग्दा?

      मलाई जहाँ सम्म लाग्छा बम्जनले आफुलाई न बुद्ध भनेको छ र न उसले आफुलाई भगवान नै भनेको छ ! उसले सिर्फ आफ्नो तपस्या विश्व शान्तिको लागि भनेको छ ! हुनसक्छ उसले संसारलाई कुनै ठोस कुराको अनुभूति दिन खोजेको हो !
      तपाई बुद्धिस्ट भएकोले तपाइलाई यो पनि याद होला बुद्धलाई पनि धेरैले घृणा र हेला गरे र पागल पनि भने उसले बुद्धत्व प्राप्त गर्नु भन्दा अघि ! त्यो त भयो आज भन्दा २५०० वर्षा अघाडी !! मलाई त के अचम्म लागि रहेको छ भने हाम्रो समाज २१औ शताब्दीमा पनि हल्लै हल्लामा अघि बढी रहेको रहेछा, यी कुराहरु त माइ संसार र एसको भित्ता भरिको कमेन्ट हरु पढे पुष्टि भै हल्छा !

      • चेतन ज्यु
        मैले बम्जनलाई देखेको भेटेको छैन मात्र उसको बारेमा पत्र पत्रिकामा पद्ध्दै आयको हो र यसैको आधारमा बम्जनको बारेमा आफुलाई लागेको कुरा लेखेको हो तर खोकेको होईन/ जनता सुसुचित हुने आधार बनेको अब पत्र पत्रिकाको कुरा हल्ला मात्रै हुन्छ भन्ने कुरामा म बिस्वास गर्दिन/

        गल्ति सबै बात हुन्छ यो साधारण कुरो हो/ ठुलो कुरा गल्ति सच्याउनु हो/ तपाईंको प्रतिक्रिया पढे पछी तपाई सिट बम्जन सहि व्यक्ति बा भगवान भयको सत्य तथ्य थाह भयको जस्तो लाग्यो/ यदि येस्तो हो भने लेख्नुसन/

        मित्र धर्मको सुरुवात मानव समाज बने देखिने भयको र सबै धर्मको उद्ध्यस्य मानवलाई सहि मार्ग देखाउन नै भयको बिस्वास गर्छु/ धर्म र ईश्वरको नाम फरक फरक हुन् गयको कारण म मानव समाज र मानवको बोलि भाषा फरक भयकोले मात्रै हो ठान्छु

        संसारको कुनै पनि कुनामा तिर्खा लागे पछी पिउने कुरा त् एउतै हो तर तेस्लाई अंग्रेजले वाटर मुस्लिमले पानि र हिन्दुले जल भन्छ/ तेस्तै ईस्वरलाई अंग्रेजले गड मुस्लिमले अलाह र हिन्दुले ईश्वर बा भगवान भने/ भासा फरक भयो नाम फरक भयो/ तर कुरो एउतै हो/

        म बुद्धिस्ट भयकै कारण बुद्धलाई भगवान बा ईश्वर मान्दिन/ उहाले मात्र हामीलाई हाम्रो गल्ति देखाउंदै सच्चिन मदत गरेको मात्रै हो/ चेतनज्यु, गल्ति सच्याउनेलाई नै ज्ञानी मान्नु पर्छ बुद्ध सब्द्को अर्थ ज्ञानी मात्रै हो ईश्वर होईन/

        तपाईंले कसै कसैले बुद्धलाई हेलार घृणा गरेको भन्नु भयो/ मित्र बुद्धलाई कसैले हेला गरेको थियन तर जानी बुझी गलत काम गर्ने लत लागेकाले “बाधा”ठानेर हटाउन भगाउन खोजेको थियो/ समाजमा येस्तो व्यक्तिहरु पनि हुन्छ नै/ अस्तिको यस यल सी को जाँचमा चित चोर्न दियन भनेर के कस्तो हङ्गामा गरे त्यो त् तपाईं ले पढ्नु भयकै होला/

        • मदन जी,
          तपाई हामी सबैलाई थाहा भएकै कुरो हो नेपालको पत्र पत्रिका कतिको विश्वास गर्न लाएक छ भनेर ? हुँदै नभएको खबरलाई त सत्य बनाउने खुबीवाला त देशको प्रमुख मुखपत्रहरु छन् ! Online पत्रिका को त के कुरा भयो र copy and paste को भरमा चलेका ! यति कुरा थाहा पाई पाई यिनीहरुलाई १००% बिस्वास गर्नु त हाम्रो मुर्खता हुन्छा अलिकति त आफ्नो विवेकको पनि प्रयोग गर्नु पर्यो नि सर !!!

  28. यो खबर पूर्ण भयान किनकि कसैले पनि बम्जन संग प्रतिक्रिया लियको देह्किदैना , के उसलाई यो सबै थाहा छ ? यो उसको निर्देसंमा भयको हो वा उसको नाममा औरुले फाइदा उठायाका छन् ? उसको परिवारलाई कसले कुट्यो ? उ तेह थियो परिवार कुटिदा ? यो सबै जान्नु जरुरि छ | यदि यो सबै घटनाको उ जानकार छ भने उ दोषी छ र उसलाई छुट दिनु हुदैन कारबाई गर्नु पर्छा | एदी उसलाई यो केहि थाहा छैन उ य़कपार्करले बन्दि छ भने तुरुन्त उसको नाममा कमाउने धन्दा चलाउने र नाजायज फाइदा उठाउनेलाई कारबाई हुनुपर्छा भन्ने मेरो तर्क हो |

  29. समाचार सत्य हो भने बम्जन मानसिक रोगी भैसके जस्तो लाग्छ |

  30. भगवान बुद्द बुद्दत्वको लागि एक्लै जंगलमा ध्यान गर्न जानुभएको िथयो । तर बिचरो बोम्जन bro धरि धरि घरका मान्छे जंगलमा आको आइ गरेछि सोमको िदमाग सन्क्यो होला अनि भकुर्यो नि मुलाले ।

  31. बमजन र नेपाली साइबाबा धर्मको नाममा कलंक हुन, यिनलाई नेपाली जनताले घाँस हाल्नुहुन्न|

    • शशांक जी, धर्म भनेको विश्वास र अस्स्था हो त्यसको कुनै बैज्ञानिक प्रमाण हुँदैन ! कुनै बैज्ञानिक प्रमाण बिनाको आस्था र विश्वास सबै धर्मको नाममा कलङ्क मान्ने त ? तपाइले माने पनि संसार भरका मानिसहरुले मान्लान त ??

      मलाई लाग्छा जुन सुकै धर्मको उदेश्य self realization हो चाहे त्यो साइ बाबालाई मानेर होस् वा बुद्धको मुर्तिलाई मानेर होस् वा meditation गरेर होस् वा अरु कुना काम गरेर होस् ! self realization ले जो कोहीलाई पनि बुद्ध बनाउन सक्छा !

  32. All that Bamjan wants is peace. He wants to get rid of every element that disturbs him. This is the surest way of getting rid of the disturbing elements. Jokers like us can spend time commenting in mysansar. Let him achieve that unachievable and everything else is immaterial.

    • Well, I am speechless for your comments. Mr. Anit, well, you of course right that we need to provide him the peace that he desire. But, did you realize that he is destroying woods and and involving in criminal activities? Do you still think it is good to kidnap a person and held in a miserable condition? Do you think it is good to destroy our woods that helps millions people to survive? Can you imagine what might they be doing there? How can you say that he is searching for peace when his own family is beaten by his followers? No offense, but I highlighted some of the issues that you were not aware of.

      • Shyam,
        Have you personally seen Bomjan destryoing woods and involving in criminal activities? I think your comment is based on the issues highlighted by the media which of course is not the wholesome truth. do you believe in science?? if yes, I would suggest you not to believe in what others said and how others think. Self learning and realization is the best way to understand something which I believe you and all are lacking here.

        • Yes, I am resident of Bara and I have personally seen he has been occupying lots of forest land for his personal use. He has threaten media and even police take ‘bayan’ of him few years ago. You are lacking self learing and realization. Go to Halkhoriya and see who are the two females he has been using for personal use.

          • Shyam,
            How would I believe you that you are from Bara? How would I convince myself that you are not lying?
            I don’t believe that he personally threatened the media if so why that media didn’t raise the voice?
            You said he was interrogated by the police then why did the police let me him go?

            Your arrogant logics seem baseless here.

        • Well mr. Chetan, hope you believe in media (does not matter whether it is from Nepal or some part of the world). I knew it from online newspaper and that is the way of grasping the news from the world. Did you believe that Tenjing is the first man to climb Mt. Everest? If you do then why? Do you believe Neil Armstrong is the first person to land in the moon? If you do then why? and how? We believe because it was written somewhere and it was in news. So, Mr. Chetan, we believe and just believe but not the Bomjan though…..

          • All I want to say that sometimes love can be greater hindrance in spirtual pursuits. At a higher level, you dont have any relatives. What I am talking is quite abstract.

            Are not people fools? Who asks them to follow him? Poor chap even ran away from society into forest. When he doesn’t want followers, why are the rascals following him? If he was hypocrites and dhongi like other sadhus, may be he would have looted a millions by glib talks and what not. He does not do that.

            All of us are capable of achieving higher self. Let the chap achieve what he is wanting to. We all are jokers in this huge stage of life. Without complete understanding please dont comment. That makes us fools. Realize, learn and etc. That is the way to go..

          • Shyam,
            When you judge/view someting with arrogance/self interest/prejudice mind, you can’t make a right decision. Independed and unbiased judgement only helps to identify righ and wrong. As long as you are biased you can’t make your conclusion and vision right. That’s all I can say to you!!!!

          • श्याम ज्यु
            राम्रो जवाफ दिनु भयो/ ईतिहास र आफ्नो पुर्खा ” भनेको लेखेको” भरमा पत्याउनु पर्छ/ नपत्याउनेले नै आधार देखाउन सक्नु पर्छ/

            जहासम्म self realization अर्थात आत्म ग्यानको कुरा छ त्यो आँखा चिम्लेर भोकै उठेर बसेर आफै भित्र खोजेर कसैले पाउन सक्दैन/ परिचय र नाम आत्म ज्ञानको पहिलो अध्याय हो र परिचय र नाम पनि व्यक्ति आफैले होईन अरुले दियको हुन्छ/ शिदार्थ गौतमलाई “बुद्ध” नाम उसैले होईन अरुले दियको थियो/

            ज्ञान संसारमा छरियर रहेको हुन्छ जो बतुलेरै मात्र प्राप्त गर्न सकिन्छ/
            ज्ञानको मूल आधार संगति र खोज नै हो/ संगति र खोजले नै नौलो अनुभूति र अनुभव प्राप्त हुन्छ तेही ज्ञान हो/ हो आफुलाईनै चिन्न नसक्नेले आत्म चिन्तन गर्नु जरुरि छ/ आफुलाई चिन्न पनि आत्म चिन्तनको नाममा तपास्यानै गर्नु पर्ने व्यक्तिलाई ज्ञानी भनिंदैन/

  33. यो साले बम्जन भन्ने मान्छे पागल हो येस्लाई त चिसो छिड़ीमा हाल्नु पर्छ

  34. एस्लाई लगेर खोर मा हाल्नु पर्छ आफै ठिक हुन्छ

  35. शान्तिको दुत महामानव,भगवान गौतम बुद्धलाई उपहास गर्ने यो पागललाई पहिला राँची पुर्याउनु पर्छ,अनि सन्चो भएपछि जेलमा हाल्नुपर्छ!!

  36. हाम्रो समय यसतै बेबकुफ,बौलाहा हरुले गर्दा नस्ट भयो,नत्र हेर्नुस त यहाँ यो लेख पड्दा पनि समय गयो नि ,हार्मो देशमा यसतै बौलाहा हरु किन होलान भनेर सोच्दा दिक्क नै हुन्छ ,यसलाई पक्रेर तातो पानीमा लगाहेरा करेन्टको झट्का दिन पर्छ यसको दिमाग ठिक ठेगाना मा आहेरा सुति खेति गरेर खान थाल्छ l

  37. बुद्धत्व खोज्दा बिग्रेर कुतत्व प्राप्त भए छ यो रामे गधालाई l

  38. He is been doing so many mysterious things so invesitigation must have to be done by government. He doing illegal buisness as name of little budha so its urgent to take the action against him.
    If he is good person he should have to tell the truth for media instead making a three layer boundary doing deforestation of our precious jungle.

  39. अब त अति भो यार,अब त यी समाचार हरु सुनेर हाँसु कि रुनु भै सकियो ,अस्ति सम्मआनन्द लाग्थ्यो उसको बारेमा समाचार पढ्दा ,बिदेशी हरु ले पनि उसको नाम लिएर तेरो देश को हो हगी भन्थ्यो ,आज उसैको कारण ले ओ ऊ त हाम्रो देश को होइन भन्ने बेला आइ सक्यो यार ,थुक्क!

  40. त्यो विदेसी महिलाले लगाएको आरोप साच्चिकै गम्भीर प्रकृतिको छ त्यसैले प्रहरीले यो आरोप को सत्य-तथ्य तुरुन्त पत्ता लगाउनु पर्छ अन्यथा यो नक्कली बुद्ध ले गर्दा नेपाल राष्ट्र अनि हाम्रा असली बुद्ध को पनि बदनाम हुन थाल्ने छ…….”अरुले तपाईं भनोस कि न भनोस आफुले आफैलाई मपाई ” भने झैँ यो बम्जन ले पनि तेस्तै गर्न खोज्दै छ जस्तो लाग्दै छ …ऊ अनि उसका आसे पासे ले उसलाई भगवान माने भन्दै मा हामीले आजको जमाना पनि उसलाई कानुन भन्दा माथि राख्न मिल्छ होला ?? आजको जमानामा चाहे भगवान होस् या सामान्य मानिस !!कानुन नजर मा सबै बराबर हुनु पर्छ !!! अनि दोषी ठहर भए कानुन बमोजिम कडा सजाय पाउनै पर्छ !!!!! कि कसो ???

  41. कोही पनि मान्छे पूरै असल या पूरै खराब दुवै हुन सक्दैन । मान्छे सधै असल र खराबको दोबाटोमा उभिएको हुन्छ । यौन दुराचार पनि यसैको परिणाम हो । मान्छेहरु किन अर्काको पछि लाग्छन ? आफु जति महत्वपुर्ण अरु कोही हुदैन भन्ने किन बुज्दैनन?

  42. यो बम्जनेले मलाई समेत बदनाम गराउने भयो 🙂

  43. म अस्ट्रेलियामा छु |सबै भन्छ नेपालमा बाच्न गारो छ रे |
    कति सजिलो रहेछ येही घटनालाई हेर्नुस | लामा अथवा बाबा अथवा माता भने हुन्छ भनेर सलाह दिदै छु

  44. चार्ल्स डार्बिनको सिद्दान्त लाइ मान्ने हो भने मानिस बाँदर बाट बिकसित भएको हो सायद, तर नेपालीहरु चाहि पुच्छर छुट्टिने बित्तिकै अब सर्बश्रेष्ठ मानबको दिमागको बृद्दी हुनु पहिले जंगल पसेर न त १००% बाँदर न त १००% मानिस न कुनै जनावर संग मेल खाने अर्ध बिकसित अवस्थामा भएकोले सहि र सत्य कुरालाई बिस्वास गर्न सक्दैन न त खोजि गर्न सक्छ येस्तै उटफट्यांग कुरामा बिस्वास गर्ने त हो नि किनकि बिबेक को कमि छ तपाईलाई ठट्टा जस्तो लाग्न सक्छ या वाहियात तर बास्तबिकता हेर्नुहोस केहीबेर सोच्नुहोस आफैलाई सोध्नुहोस, नेपाल भरि आज भएका र इतिहास मा भएका काम मध्ये ५% अपवादमा पर्लान बाकि ९५% जनावरको ब्यबहार, दुख लाग्छ हामि नेपालीहरुले पूर्ण बिकसित मानिस बन्न नपाएकोमा नेपालीले हामि मानिस होऊ भन्नु चाहि बिरालोले म बाघ हु भने जस्तै हो या गधाले म घोडा हु भने जस्तै हो देख्दा उस्तै लाग्छ

  45. तु. कारबाही गर्नु परो | उसलाई भगवान बुद्ध संग दाज्नु पाप गर्नु हो |

    • Cesar जी,
      बुद्धले त आफुलाई कहिले पनि भगवान भनिएन ! तपाइलाई बुद्धिस्मको बारेमा अलि अध्ययन को खाँचो जस्तो छ ! बुद्धले त जो कोहि पनि बुद्ध हुनासक्छा भन्ने ज्ञान दिएर गए त्यो कुरा तपैले बुझेन जस्तो छ !

      “”बिडम्बना तपाई मात्र हैन, धेरैले यो कुरा खासै बुझेको देखिन्न बुद्ध जन्मेका देशको जनातुहरुले !!!!!!”””

  46. It is very sad to say that Nepali people are becoming prey of this type of Budhha. When our eyes will open!! May God Give wisdom to all of us.
    Jayraj David Magar
    Bharatpur

  47. बुद्ध धर्म मानै साथ हामी पोजितिब सोच्छु ! तर बिकृति तर्फ केलाउन हामी कहिले लागेन ! धर्म निरुपछे भनेपनि ९० परतिशत हिन्दु राष्टमा बुद्धको प्रचार गर्छु ! परदेशी उनिहरुको देशमा क्रिचन धर्म प्रचार गदैन् ! हाम्रो देशमा आएर पशुपतिमा चिहान खोत्न आउँछ ! मेरो घर म्हेपीमा ! म्हेपी मन्दिर कै डाडोमा तिब्बतबाट आएका लामाहरुले खनेर गुम्बा बनाएको छ ! त्यो जग्गा नत सरकार संग स्वीकृति नत किनेको केहि छैन् ! धमधम आयो गुम्बा बनाई दियो ! जसको कारणले गर्दा म्हेपी मन्दिर भस्कने सम्भाना देखि सकको छ ! कपनमा गुम्बा यसरी नै अतिक्रमण गर्यो ! अहिले त्यहा नेपाललाइ भित्र समेत छिर्न दिदैन् ! पछी अतिक्रमण गरेको जग्गा यिनीहरु बिचमा नै अर्बौ मुल्यमा
    बेच बिखन व्यापार गरेको सुनेको छ ! बम्जनलाइ जनगल राखेर यहि भूमाफियाले जंगलको जमिन अधिक्रमण गरेर सस्था आदिको नाममा लालपुर्जा बनाएर पछी जग्गा अरबौमा बेच्ने नियतले नै गरेको हो l

  48. New Buddha, the words, it is very difficult for me to digest. I remember, those days publics poured in, to see this man, what a riot it was?
    I even saw DVDs of him in the international market, some organisations made good business out of it. He had lot of supporters, and a bunch of conservative people who believed it, also we know Nepalese crowd, always prone to believe religious things, it was really very difficult to go against this disturbance. But the current situation is quite different, legal actions can be taken against the new god, so that this chapter will be close for ever.
    Actually, every time we hear about this mad man, we are bound to think our wisdom, who transformed a stone to god.

  49. Ha ha ha

    प्रस्न कहाँ निर उठ्छ भने , एदी उनि असली सन्त हुन् भने एस्तो व्यवहार त् न हुनु पर्ने हो …
    ध्यान , जप , तपस्या गर्नु मानसिक शान्तिको लागि राम्रो हो तर यो यौन दुर्ब्यबहार र कुट पिट त एउटा तपस्वी र उन्ला सहयोगीलाई सुहाउने कार्य अलि भएन भन्ने हामीलाई लाईरा छ !!

  50. यो बम्जन सायद अब बम भएको जस्तो छ र बास्तव मा धर्म को नाउ मा जे गर्दा पनि हुने रहेछ भन्ने भ्रम परेको हुनु पर्छ र यो उसको नाटक हो उसलाई कारबाही गर्ने पर्छ किनकि उसको साम्राज्य मा चेकोस्लोवाकिया कि एउटी नारी ले पनि बलात्कार भएको भनेर उसको कालो कर्तुत बाहिर ल्याएकी छे र यस ले नेपाल को बैजत भएको छ.

  51. सबै बकवास हो. अन्धबिस्वास को फाइदा लिने ग्रुप को बिस्नेस गर्ने तरिका हो यो . अचम्म नेपालका चोर नेता हरु को जस्तै हो….लुट लुट सबै मिलेर नेपाल आमा लइए लुट.

  52. All these, what I believe is pomposity. The group of people is making money out of Nepalese innocence.

  53. बुद्धत्व प्राप्त भैसकेको छैन त्यहि भएर यस्तो चर्तिकला देखाई रहेका छन् बुद्ध Boy ले!!! अझै यस्तो कति सुन्नु / देख्नु पर्यो हो हामिले …

  54. यो नाटक नै नाटकले भरिएको राजनीतिमा हिरो भएका मान्छेहरु देखेर मान्छे पनी बन्न नसकेको बाँदर देउता बन्न खोजेको मात्र हो |

  55. यस्लाइ बोरामा हालेर लात्तै लात्तले भकुर्नु पर्ने । यो ढोङगीसँग भगवान बुद्दको नाम किन जोडेको होला ।

  56. यो बम्जन साले चोर हो कहिले मान्छे कुट्ने कहिले मान्छे थुन्ने अब चाही आफ्नै परिवार लै कुट्न थाले छ . पागल भए छ !

  57. यो फटाहा लाई पुलिस लगायर चुट्दै जेल हाल्नु पर्नेभयो एसले त नेपाल कै बद्नाम गर्ने भयो ,यसै त इंडिया ले बुद्ध नेपाल मा होइन हाम्रो देश जन्मेको भन्दै छ अब यो बौलाहा ले गर्दा तिम्रो देश मा त बम्जन बुद्ध जन्मेको हो गौतम बुद्ध त हाम्रो देश मा जन्मेको हो भन्ने भयो
    यो पागल आफुलाई बुद्ध भन्छ कहिले केटी संग राजमार्ग मा भेटिन्छ , कहिले तरबार लियर मान्छे मार्न खोज्छ कहिले बिदेशी महिला लाई बन्धक बनायर राख्छ त्यसैले यो पागल हो भन्ने कुरा प्रमाणित भैसक्यो, यसलाई यतिकै जे मन लग्यो त्यै गर्न दिदै जाने हो भने हाम्रो देश कै बेइज्जत गर्ने भयो त्यसै ले यस लाई समातेर २-४ झट्का करेन्ट लगायर गिमाग ठेगान मा ल्याउनु पर्ने भयो.

Comments are closed.