यस्ता पनि विश्व साइकल यात्री

-खेमनाथ पौडेल-

विश्व साइकल यात्रामा निस्केका नेपालीहरू यूएई आएर फर्केपछि कहाँ जान्छन् थाहै हुँदैन। यूएईमा साइकल यात्री पुष्कर शाह, देवेन्द्र कार्की, रेसप्रसाद दाहाल, उनका सहयोगी वविन बस्नेत र भरखरै सौरभ दाहाल आए। यहाँ लामो समय कामदार भएको हुनाले उनीहरूको भ्रमणबारे धेरथोर जानकारी पाउने अवसर मलाई पनि मिल्यो। मार्च २००९ मा पुष्कर यहाँ आएको खबर पाएँ। पहिलोपल्ट विश्व साइकल यात्रीसँग भेट भयो। दुवईबाट करिब १ सय ५० किमि अबुधाबीसम्म साइकलमै आए। अबुधाबी आएपछि भेट भयो तर कहिल्यै उनले मलाई सहयोग गर्नुपर्‍यो भनेनन्। न त उनलाई एनआरएनले सहयोग गरेको थियो न त यहाँका संघसंस्थाहरूले बृहत् स्वागतै गरेका थिए। उनले कहिल्यै पनि कसैले सहयोग गरेन, यस्तो गर्नुपर्‍यो उस्तो गर्नुपर्‍यो भनेनन्।

त्यसपछि आए देवेन्द्र। दुई दिन साइकल कुदाए, यूएईमा साइकल हरायो भने। दुई–चार दिन घुमे।
अलि–अलि सहयोग लिए अनि कता कुलेलम ठोके, थाहै भएन। गत वर्ष फेरि विरेसप्रसाद र उनका
सहयोगी वविन भित्रिए। नेपालका पहिला उल्टो साइकल यात्री रे। सुन्दैमा अचम्म लाग्यो, दुबई
अबुधावीमा एक दुईवटा कार्यक्रम भयो। दुई चारवटा संघसंस्थाले तामझाम गरी स्वागत गरे।
अलि–अलि दाम उठाए, अहिले कुन ठाउँमा उल्टो साइकल कुँदाउँदै छन् थाहा छैन। अर्का फुर्तेम्वा
शेर्पा, करिब ८२ देशको भ्रमणका क्रममा विश्वका एउटा कुनै देशमा साइकलमा कुद्दै छन्। उनी
यूएई आउँछन् आउन्नन् भविष्यमै थाहा होला। प्रसंग भने भर्खरै यूएई आएका अर्का विश्व
साइकल यात्री सौरभ दाहालको। यहाँ आउनुअघि कतारमा धुमधामसाथ सम्मान अनि भव्य स्वागत
भयो उनको। नेपालका विशिष्ट व्यक्तिहरूलाई झैं वरिपरि स्कटिङ गर्दै कतारका केही गल्लीमा
साइकल कुदाए उनले। कतारका नेपालीबाट मनग्य सयहोग पनि भयो। चाहिएको जस्तो
साइकल पनि प्राप्त गरे। करिब दुई साता मिडियामा छाइरहे। फेसबुकका वालहरूमा उनकै
मात्र पोस्ट आइरहे। कतारबाट सम्पर्क भयो, यूएई आउन सहयोग गर्नुपर्‍यो भनेर। उनलाई दुई
हप्ताका लागि निम्ता गरियो।

अप्रिल १० राति करिब ३ बजे उनलाई दुबईको एयरपोर्टमा एनआरएन एनसीसीका अध्यक्ष चन्द्र
रोकाहाले रिसिभ गरे। अनि दुबईमा बस्ने व्यवस्था गरे। अप्रिल ११ बिहानै फोन आयो, म सौरभ
दाहाल, स्वागत छ यूएईमा भने। अनि उनले भन्न थाले, ‘यो त केटारी खेलाई स्वागत भयो, कस्तो
तामझामसाथ यूएई आउने विचार थियो। यस्तो हुन्थ्यो भने त म आउने थिइनँ। एनआरएनले
सहयोग गर्छु त भन्यो तर खै, खाना छैन, बस्न राम्रो छैन।’

खाडी राष्ट्रहरूमा प्रायः नेपाली रोजीरोटीका लागि नै भित्रेका हुन्छन् र बिहानै मिर्मिरेमा
ड्युटीमा जानुपर्ने वाध्यता हुन्छ। उनलाई कस्तो खालको सम्मान चाहिएको हो, उनी आफै जानुन्।
‘मलाई कतारमा यस्तो गरेका थिए, नेपालीहरू फूल माला लिएर एयरपोर्टसम्म लिन र छोड्न
आएका थिए। एक दिन पनि नेपालीहरूले मलाई साथ छोडेनन्, सम्मान त कति हो कति,
साइकलिङ गर्दा पनि वरिपरि गाडीले स्कटिङ गरेको थियो, आर्थिक सहयोग धेरै भयो। लन्डन,
जापान, फिलिपिन्स आदिमा पनि यस्तै खालका सहयोग भए, खै यूएईमा?’ उनी यसो भन्थे।
दाहालले भने, ‘मलाई सम्मान गर्दा प्रशंसापत्र र खादाले होइन आर्थिकले सम्मान गर्नुपर्छ, मेरो
लागि त्यो नै सम्मान हो।’ दुई दिन दुबईको बसाइमा फोनमा कुराकानी हुँदा प्रायः आफूले
यूएईमा सम्मान नपाएको गुनासो मात्र पोखे। आएको दुई दिन भाको छैन, यूएईका नेपालीहरूले
डिउटी गर्ने कि उनलाई सम्मान तथा आर्थिक सहयोग गर्न जाने। बेलुका दुबईमा पत्थरी युवा
समाजले सम्मान गर्‍यो, उनले भने ‘यहाँ त सम्मान गर्‍यो तर कस्तो खालको सम्मान मलाई
नै थाहा भएन। खादा ओढाइदियो प्रमाणपत्र मात्र, मलाई यो चाहिएको होइन।’

अर्को दिन अबुधाबीमा कार्यक्रम हुँदै थियो। उनलाई अबुधाबी आउन जोड गरें। १२ बजे
दुबईबाट ट्याक्सीमा अबुधाबी आए। ताकि दुबईबाट ठूलाठूला दुबई ट्रान्सपोर्टका बसहरू
लाग्छन्। अनुरोध गरेको भए अवश्य उनीहरूले साइकल बसको डिक्कीमा राखिदिन्थे। २५
दिराम्समा हुने काम उनले १५० दिराम्स खर्च गरी अबुधाबी आए। उनलाई बसपार्कबाट साइकलमा
डोराउँदै नेपाली राजदूतावाससम्म लगें। साइकल चलाउनुभन्दा ‘अहिले गर्मी छ अलि मिल्दैन’ भने।
बीचमा यसरी डोराएर जान नसुहाएको भन्दै साइकल कुदाउन लगाएँ। जब साइकल कुदाउन
थाले ‘फोटो खिचिहाल्नुहोस् त फेसबुकमा अपडेट गरिहाल्नुपर्छ,’ भन्थे।
दाहालसँगै म पनि राजदूत धनन्जय झाको कक्षमा गएँ। दाहालले कुरा निकाले, ‘म विश्व
साइकल यात्री, नेपाललाई चिनाउन विश्वमा हिँडेको, बुद्ध नेपालमा जन्मेका हुन् आदि इत्यादि।’
राजदूतले सोधे, ‘कसरी नेपाललाई विश्वमा चिनाउनुहुन्छ? नेपाल त आफैं चिनिएको छ नि।’
‘होइन धेरै देशमा नेपाल भनेको कहाँ हो थाहा छैन, म नेपाल भनेको यस्तो देश हो भनेर
चिनाउँछु,’ दाहालले भने। राजदूतले भने, ‘आधुनिक युगमा साइकलमा डुल्दै नेपाल चिनाउनु जरुरत
छैन।’ उनले भने, ‘वास्तवमा म विश्व साइकल यात्री पनि होइन, साइकल मेरो माध्यम मात्र हो।’

अप्रिल १३ शुक्रबार यूएईको राजधानीमा प्रवासी नेपाली संघको कार्यक्रम हुँदै थियो। कार्यक्रमलाई
सम्बोधन गर्न केपी ओली आउँदै थिए। उक्त कार्यक्रममा दाहाल पनि पुगेका थिए। त्यहाँ
ओलीले उनको भव्य प्रशंसा गरिदिए। आयोजक साथीहरूलाई त्यहाँ उपस्थित भएका नेपालीबाट
सयहोगका लागि अनुरोध गरिदिए। एकैक्षणमा करिब ४० हजार नेपाली रुपैयाँ जम्मा भयो।
ओलीको हातबाट पैसा हस्तान्तरण पनि भयो। कार्यक्रम सकिएपछि उनलाई लिएर कोठामा
गएँ। भोलिपल्ट बेलुकी ५ बजे करैले साइकल लिएर घुम्न जाउँ्क भनी साथीहरूसँग कर्निस
गयौं। साथीहरूले फोटो खिच्न खोजे। दाहालले भने सडकको छेउमा उभिएर साइकल चलाएजस्तै
गरी फोटो खिच्न भने। कर्निसको साइकल कुदाउने रोड करिब २० किलोमिटर थियो। उनले
कहीं कुदाउने मनै गरेनन्। ४५ वटा राष्ट्र भ्रमण गर्दा कसरी ६८ हजार किलो मिटर पुग्छ? धेरै
ठाउँमा त प्लेनबाटै रहेछ यात्रा? हामीले सोध्यौं। उनले भने, ‘भारतमा सबैभन्दा बढी किलोमिटर
यात्रा गरेको छु। लगभग सबै प्रान्तहरू डुलेको हुनाले यति धेरै हुन आएको हो।’

साँझ ८ बजे सबैजना कोठामा फिर्ता गयौं। आइतबार डिउटी भएको हुनाले म बिहानै गएँ।
साथीहरूले फोन गर्दै भन्न थाले, ‘कस्ता खालका साइकल यात्री हुन्, वाक्क लगाइसके। विश्व
साइकल यात्री साइकल त कुदाउने हैन रहेछ बोकाउने रैछन्।’ चार दिन बसेर दुबई फर्कने
बेला ट्याक्सीमै गए। त्यही दिन बेलुका साइकल ट्याक्सीमै राखी विश्वको अग्लो टावर बुर्ज
खलिफा, दुबई मल पुगेछन्। अर्को दिन दुबईको पार्कमा साइकल लिएर निस्केछन्। चितवन
समाजले नेपाली ४ हजार सहयोग गरेछ। त्यही दिन एकता समाजले सम्मान गर्‍यो। थाहा थियो
मलाई, उनले ती सबै कुरा भन्नेछन् भनेर। भोलिपल्ट फोन गरे, ‘कस्तो खालको सहयोग हो
यो? कतारमा एनआरएनले करिब ५ हजार सहयोग गर्‍यो। यूकेलगायत देशमा एनआरएनले
धेरै सहयोग गर्‍यो। तर खै यहाँको एनआरएनले कागजको खोस्टा मात्र दिएर सम्मान गर्ने हो
कि? आर्थिक पनि?’

यूएईका एनआरएन अध्यक्षले ओमानका अध्यक्षसँग भिसाको बारेमा कुरा चलाउँदै थिए,
दाहालले बारम्बार भन्दै थिए भिसा खै। २३ अप्रिल उनको अन्तिम दिन थियो। २२ बिहानसम्म
ओमानको भिसा निस्केको थिएन, प्रक्रियामै थियो। २२ अप्रिल १२ बजे नेपाल जाने टिकट
खरिद गरे। एनसीसी अध्यक्ष चन्द्र रोकाहा र ट्राभल्सका एकेन्द्र थापाले टिकट लिइदिए।
दाहालले रोकाहालाई धम्कीपूर्ण तरिकाले च्याट गर्दै भनेछन्, ‘मलाई सहयोगको जरुरत पर्दैन,
ओमानमा कुराकानी गर्नुभएको भए पनि क्यान्सिल गर्नुहोला। अब के—के गर्नुपर्छ, म गर्नेछु। नेपाल
गएर कान्तिपुरलगायत अन्य मिडियामा यहाँको एनआरएनले सहयोग नगरेको बारेमा बोल्नेछु।

यहाँ जस्तो मैले कुनै देशमा पनि भोगेको थिइनँ। यस्तो थाहा पाएको भए आउने थिइनँ।’
२३ अप्रिल बिहान १० बजे ओमानको भिसा निस्कियो। उनलाई यो खबर गर्दा धेरैपटक ‘सरी’
भनिरहे। रोकाहाले नेपालमै भिसा पठाइदिन्छु भने। उनी १२ बजे नेपाल लागे। नेपाल जाने
टिकट नलिएको भए अहिले उनी ओमानमा हुन्थे होला। जाने बेलामा धन्यवाद दिएर त गए तर
उनको २ हप्ते यूएई बसाइ म र धेरैलाई ‘यातना’ नै भयो। अहिले पनि साथीहरू सोध्छन्, ‘तिम्रो
विश्व साइकल यात्री कहाँ छन्?’ अनि, सबैले यो पनि भन्छन्, ‘उनलाई सहयोग गर्नुभन्दा आपत
विपतमा परेका नेपालीलाई सहयोग गरेको भए पुण्य हुने रहेछ।’

प्रथम प्रकाशितः कान्तिपुर प्रवास साप्ताहिक, २८ वैशाख २०६९

(लेखक एनआरएन युएइका मिडिया संयोजक हुन्)

67 Comments

  1. म जापानमा बस्दा ४ जना साइकल यात्रीको नाममा आएका व्यक्तिहरुलाई भेटेको थिए . ति ४ जना मध्ये २ जना मेरो कोठामा बसेका थिए. २ जना चाही पैसाको आसमा आएका थिए . म चेतिसकेको मानछे मैले कोठामा लागिन र भेटेर रेल स्टेशन बाटनै फर्काई दिएको थिए. ति दुइलाई फर्कौनुको कारण थियो उनीहरुले ठगि गरेर पैसा कमाएको र काम खोज्दै गरेको साथै नेपालमा पैसा पठाएको समाचार पोखराको FM ले प्रसारण गरेको जानकारी मेरो परिवारले दिएको / मलाई अहिले पनि दुख लाग्छ कि मैले गरेको बिस्वास लै साइकल यात्रीको भेषमा आएको माधव गुरुङले तोडी दियो. केहि समयसम्म सम्पर्कमा वयेको गुरुङ एकायक पलायन भयो. कहिले खुट्टा भाचियो कहिले हात भाचियो आदि बहानामा साइकल यात्रालाई रोकेको छु भन्ने मान्छे अहिले अमेरिकामा छ भन्ने सुन्नमा आउछ /तर Online भेटमा कहिलेपनि रेस्पोन्स गर्दैन.मा माधव हैन बहिनिहू भन्छ / मैले माधब गुरुङ संग अन्तरबार्ता लिएको थिए जुन नेपाल जापान डट कम मा साएद अहिलेपनि होला/ यहासम्माकी बोल्नको लागि मैले भासन समेत लेखेर सहयोग गरिदिएको थिए. /जापानमा बस्नुहुने गुरुङ समुदाय बाट ५००००० भन्दा बढी साथै अन्य उपहार समेत पाएको मान्छे हरायो. त्यसपछि फुर्तेम्बा शेर्पा आए / पहिले मलाई विश्वास गर्न गारो भयो तर उसको ब्यबहारले प्रस्ट पर्यो कि उ यौटा साइकल यात्री हो अनि ब्यबहारिक पनि. उ हामी संग बस्दा जहिले पनि खान बनाउने भाडा माझ्ने अनि दिन्वर साइकलमा यात्रा गर्ने गरिने रह्यो तर कहिले पनि पैसाको कुरा गरेन./ करिब ३ महिना जापानमा बस्दा कहिले पनि काम खोजेन तर यात्रालाई रोक्न/ शेर्पा समाज थकाली समाज , एन आर एन तथा अन्य समुदयेले सहयोग गर्यो साथै सन्मान पनि./ जापान औउदा ११ देश थियो अहिले ८३ औ देश पुगेको छ. जुनसुकै देसमा पुगेपनि सम्पर्कमा आइरहन्छ /माथि धेरै साथीले भनेजस्तै फूर्तेम्बाले अबस्यपानी समाजको लागि केहि गर्न सुरु गरेको छ. गत December मा नेपालको यौटा सामाजिक सस्थामा भएका सारीरिक अपांगता भएका नानीहरुको लागि १० वटा व्हील चेअर वितरण गर्यो / अहिले पनि नेपालको कुस्टरोग लागेका बिरामीहरुलाई अर्को १० वटा व्हील चेअर उपलब्ध गरौनाको लागि आनन्दबन अस्पतालाई सहयोग गर्दै छ/ साथै पोखराको एकजना अपाङ्ग भएकी बालिकालाई स्कूलमा सहायता गरिराखेको छ/ यी सबैको फोटो भिडेओ मसंग छ/उसंग गरेको अन्तरबार्ता पनि नेपाल जापान डट कम मा छ भने रेडियो बाट पनि प्रसारण भैसकेको छ/बोले अनुसार काम पनि गर्दै रहेको छ/
    कुनै एकजनाले ठग्यो भनेर सबैलाई ठग देख्न भएन/ सकेको ठाउमा सकेको मद्दत गरिदिउ /यात्राको सफलताको कामनापनि गरिदिउ/सकारात्मक सोच राखौ तर ठग संग होसियार रहौ/

    • Thanks vijay jee for your comment regarding Madhav Gurung and Furtemba Sherpa. I know both of them. Mr. Madav was staying with Gurung family. he used to drink in the night with ladies. We supported him a lot but as you said I don’t know where is he?
      I also see Furtemba sherpa’s FB and came to know from your comment that he is doing social work. I wish him best of luck. And I also urge other friends living in any part of the world to support such man.
      You mentioned two other cyclist I think there were more than that. I also met Debendra from Saptari but he was working in Sizuoka and after some time he was arrested by police and sent him to Nepal. another two were father and son but they were cheater and disappeared in Japan. Travelling just to collect money.

  2. सौरव भाई, यात्रा हैन त्यो तिम्रो साइकल एउटा कवाडी फलाम किन्नेलाई बेचेर नेपाल फर्के हुन्छ . आज सम्म जे जति पैसा जम्मा भयो तेसलाई राम्रो सदुपयोग गर, तेही नै बुद्धिमान होला .

  3. कहिले के बहाना कहिले के बहाना बनायर देस र सोझा साझा नेपालीलाई ठग्ने पर्बिती कहिले समाप्त होला ? कोहि सगरमाथा चढेर शान्ति ल्याउछु भन्ने कोहि साइकल यात्रा गरेर देश लाई विश्वमा चिनाउछु भन्ने जाँगर छैन हातमुख जोड्नलाई पनि त बहाना चाहियो नि

  4. यस्तो सम्मान चाहिने उसलाई फूलमाला होइन पैसा ले सहयोग चाहिएको ,खाना पनि मिठो चैएको र दिनभरी उसलाई जैजैकार पनि चैएको ,वह वह देश को नाम गर्दै साइकल यात्री बनेर दुनिया लै हक हकी पैसा माग्दै हिड्ने ये बजिया तिमि लै कसले साइकल चला भनेको थियो जो अरब को ४५ डिग्री गर्मि मा काम गर्ने मान्छे हरु लै घुर्की लगाएर पैसा माग्दै छऔ सम्मान भन्ने मागेर पाएंदैना गरेर देखाउनु पर्छा यस्ता लाइ त माला होइन कुकुर को मल र अबिर होइन खरानी ,सम्मान होइन कि चपल ले गाला मा पड्काउदै सम्मान दिनु परें जस्तो रहेछा ,

  5. के गर्नु लण्डन आको बेला थाहा पाएन नभए पार्क तिर लगेर २ minute कुट्ने थिए नि !!!!!!

  6. Saurab, When i met you in Dubai within very short span of time you exposed about yourself and brag lot more. Don’t you know what you should talk and what you shouldn’t? It was really erritating and piercing way you talk about your past journey to different country in the world. you are like a toddler. When we heard about you before we met we were so positive about you and we even paid absolute salute for your missions. But After we met we found you so empty. We couldn’t find any true reflections of those missions on you. It was simply a Mirage that you have created for NRN to raise the funds for your personal GAIN AND SUCCESS!! shame on you boy.

  7. सहि कुरा हो ,मैले यहाँ मलेशियामा बिरेश र बबिन बस्नेत जी लाई त एक हप्ता आफ्नो रूममा राखेर सहयोग गरेको हो/ धेरै जना साईकल यात्री मलेशिया,सिङ्गपुर आउनु भयो तर खाली पैसा को मात्र कुरा हुन्थियो….जो आए पनि पैसाको मात्र कुरा गर्थे….मलाई लाग्छ,बिस्शोमा नेपाल लाई चिनाउनु होइन तर फोकोट मा पैसा कमाउनु हिडे जस्तो लग्यो…….यहाँको लोकल मेडियामा पनि उहाहरुको फोटो र लेख निकाल्नु सहयोग गरि दिए,तर जाने बेलामा धन्यबाद पनि भन्नु भएना….खै त साइकल यात्रीहरुले नेपाललाई बिशो सामु चिनाएर के नेपाललाई फाइदा भयो ??? कतै तपाईहरुको तिर फाइदा भयको छ भने यता पनि जानकारी गराउनु होला है….

  8. खोइ साथिहरुले पुस्कर शाहलाई किन असली साइकल यात्री देखेका हुन् उनले न्यु जिल्याण्डतिर नेपालीको खुबै बेइजत गरेको सुनियो | उनकै लागि गरेको कार्यक्रममा साइकल हरायो भनेर हंगामा गरेर सर एडमण्ड हिलारी संग भिख मग्न गयेरे त्यसपछि हिलारीले सबै न्यु जिल्याण्ड बासीलाई यो गरिब नेपालीलाइ सहयोग गर्न अपिल गरेपछि केहि रकम कुम्ल्याएर कता लागे भन्ने सुनिएको थियो | साइकल पनि फेरी आफैले पायेछन पछी | धेरै नेपालीले एक दुइ दिन घरमा राख्ने भनेपनि हंगकंगबाट girl friend झिकाएर उनीसंग होटेलमा बसेका थिए भनेर धेरैले भनेको सुनियो | एउटा देश पुगेपछि त्यो भन्दा अघिल्लो देशका नेपालीले केहि सहयोग नगरेको गुनाशो पोखेर सहानुभूति बटुल्ने गर्थे रे | उनि जस्ता कति साइकल यात्रीलाई विदेशीले घरमा स्वास्नी छोराछोरी छोडेर शान्तिका लागि भनेर किन हिडेको आफ्नै देशमा शान्तिको लागि काम गर भनेर पठाइदिएको पनि सुनियो | अतः साइकल यात्री भनेको शान्तिका नाममा विदेश घुम्ने उपाय मात्र हो | बिरलै होलान खास यात्रीहरु |

    • बसन्त जी , बिडम्बना यो छ कि हामी काग ले कान लग्यो भनेर कान नछामी कागको पछाडी दुगुछौ !सत्य तथ्य नजानी सुनेको भरमा तपाई जस्तो देशलाई माया गर्ने मान्छे ले पुस्कर शाह को बारेमा मिथ्य्रा र भ्रामक कुरा लेख्नु भएकोमा हामी जस्तो नेपालीलाई लाज लागेको छ ! सबै कुरा ” रे ” मा विश्वास गर्ने तपाईले एस्तो कुरा लेख्नु अगाडी पुस्कर शाह को बारे सहि कुरा पत्ता लाउने कष्ट किन उठाउन सक्नु भएन ? तपाई लाई पुस्कर शाह संगको बेक्तिगत रिसिबी हो भने हाम्रो मतलब को बिशय होइन तर जता गयेनी नानी को बनि जस्ताको तेस्तै भने जस्तो आफु केहि गर्न नसक्ने अनि अरु ले गरेकोमा पनि खुट्टा तान्ने बानि नराखेकै राम्रो होला कि ? बिदेशमा हो भने आफ्नो देशको लागि ज्यान को बाजी लगाएर हिड्ने पुस्कर शाह जस्तो छोरो उनीहरुको नागरिक हुदो हो त कत्रो गर्ब गर्थे होला तर तपाई हाम्रो चाहि कैले घईटोमा घाम लाग्ने हो कुन्नि ? अरु ले पनि यिनले जस्तै नेपाल र नेपालीलाई चिनाउदै शान्तिको संदेश पुराएको भए सून मा सुगन्ध हुने थियो तर क गर्ने सोच र बेभार सायद तिनीहरु को पनि तपाई संगै मेल खादो रइछ! जे होश “रे” को कुरो हैन प्रमाणित कुरा गर्नुस नभए पुस्कर शाह ले 150 देश साइकल मा घुमेर सगरमाथा सफलतापुर्बक चढेको होइन भन्ने कुरा प्रमाणित गर्नुस होइन भने bekar को bakwas नगर्नुस !

  9. जेहोस लेख मा केहि सत्यता छ , सौरभ केटाकेटी जस्तो आचरण गरेको मान्छे हो, कहिले कति राम्रो कुरा गर्छ कहिले केटाकेटीपन, लण्डन मा मैले उसलाई दस दिन जति बस्ने बेवस्था गरिदेको थिए, त्यो समय मा साइकल कुदाको पाइन, उसलाई आफ्नो कुरा मेडिया मा आको सारै मन पर्थ्यो,जे गरेनी देश को नाम राखेकै छ भनेर उसलाई चालिस पौण्ड समेत देको थिए, म उसंग फोटो खिचेको र फेसबुक मा हालेको प्रामाण पनि छ, लेखक लाइ सारै मन नपरेको मान्छे बनेका रैछन सौरभ, अरु ले जस्तै मैले पनि भोगेको हो सौरभ लाइ , मैले तेसरी लिएन , नेपाल को झण्डा फर्फराको साइकल देख्दा भने सारै राम्रो लागेको थियो. . फेरी पनि मैले मानेको साइकल यात्री भनेको पुस्कर शाह हो.

    सौरभ तिमि मलाई पक्कै चिन्छौ, तिमीसंग साच्चै देश चिनाउने अठोट छ भने यी लेख र तर्क हरु को पछी नलाग, आफ्नो गन्तब्य तिर बढ. निस्वार्थ देश प्रेम गर. यी कुरा हरु को जवाफ दिन जरुरि नसम्झ अहिले. रिस आवेग सब लाइ रुक्स्यक मा राखेर यात्रा गर.अरु लाइ भन्ने बाटो नदेउ, साइकल लाइ ठगि खाने भाडो नबनाउ.. तिम्रो यात्रा सफल रहोस मेरो कामना.

  10. यो साइकल कुदाएर विश्व भ्रमण गर्ने भनेको पनि अल्छिको विदेश घुम्ने दाउ जस्तो पो लाग्न थाल्यो !

  11. अरुलाई त हामीले भेटेका छैनौ. तर फुर्तेम्बा शेर्पा चाही साच्चिकै cycle यात्री हुन. अहिले सम्म ८२ देश घुमी सके. हामी संग तान्जानिया मा भेट हुँदा कहिल्येई पैसा को कुरा गरेनन. सधै आफ्नो काम र उद्देश्य प्रति समर्पित देखि ये. सौरभ को कारणले सबै साइकल यात्री autai हुन्छन भन्न पनि नमिल्ला कि?

    • सौरब र फुर्तेम्बा शेर्पाको फेसबुक प्रोफाइल हेर्दा नै धेरै फरक त पाएको छु …सौरब फटाहा लाइ आफ्नै आखा आगाडी राम्रै संग चिनियो तर फुर्तेम्बा शेर्पा को भबिष्यमा ………….

  12. हाम्रो कोठामा( दुबाई मा) आउँदा एकजना साथीको sunscreen lotion , अर्को साथीको apple को headphone , फेरी अर्को साथी संग बाटो खर्च १०० dhs , अनि राति Dew संग मज्जा को एक pack …. सबै झ्वाम्म पार्यो बज्जेले

  13. दाहालको आर्थिक गतिविधि के हुँदैछ ?
    आदरणीय स्वदेशी तथा विदेशी नेपाली साथीहरु ।
    विश्वभरीको मुलुकमा साइकलबाटै यात्रा गरी नेपाल, नेपाली र बुद्धका बारेमा प्रचार गर्नु आफैमा प्रशंशनीय कुरा हो । यस्ता कामलाई हामी देशप्रेमी नेपालीले हौसला र सहयोग गर्नैपर्छ, यसमा सायद दूईमत नै छैन । दाहाललाई भविष्यको यात्राका लागि पनि अग्रिम शुभकामना ।
    तर, यहाँ मैले उठाउन खोजेको पाटो भने अर्कै हो । दाहाल लण्डनको यात्राको क्रममा म पनि लण्डनमै थिएँ । जुनबेला मैले पनि दाहालको यात्राको बारेमा साक्षात्कार गर्ने अवसर पाएको थिएँ । उनी नेपालको नेताहरुजस्तै भाषण छाँट्थे । ‘नेपाल यस्तो, नेपाली यस्ता आदि इत्यादी ।’ उनको लवाई खवाई र बसाई नेपालका ठूला नेताको भन्दा कम थिएन । बसाई–खवाई होटलमा सौखिन रुपमा थियो । मानौं उनी नेपालमा चलेका र पैसावाल व्यापारी हुन्र ‘भ्याकेसन’ लिएर युरोप भ्रमणमा निस्किएका हुन् । आज उनी ४६ औं देशको भ्रमण गरी रहेको दावी गरिरहेका छन् । उनले दर्जनौदेशहरुबाट लाखौं रुपैया उठाइसकेका छन् तर खोइ परोपकारी कामको विवरण ? उनले प्रवासी नेपालीहरुबाट उठाएको त्यति ठूलो रकम कहाँ–कहाँ खर्च गरे ? कहाँको अनाथ बालबालिकाहरुका लागि कहिले र कत्ति रकम प्रदान गरे ? यसको हामी सबैले खोजीनीति गर्नै पर्छ । किनकी उनी अव हामीजस्ता सामान्य नेपाली मानिस होइनन् उनी ‘पब्लिक फिगर’ भइसकेका छन् ।
    उनलाई नजिकबाट चिन्ने साथीहरुले भने अनुसार उनको लाखौं रुपैयाँको कंक्रिट घर झापामा निर्माण भइरहेका छ रे ।
    तपाइँ हामी कसैलाई थाहा छैन कतै उनी साईकललाई माध्यम बनाएर प्रवासी नेपालीहरुबाट माटो रकम त संकलन गरी रहेका छैनन्? सुनिए अनुसार उनी एनआरएन र दुतावासमा गएर सिधै प्रसा माग्छन् रे ? भव्य स्वागत गर भन्छन् रे । खाने बस्नेको राम्रो प्रवन्ध गरीदेउ भन्छन् । के हो यस्तो चाला ।
    कान्तिपुर दैनिकजस्तो नेपालमा चलेका सञ्चार माध्यमले आफूले ‘एम्बासेडोर’ बनाएको मानिसका बारेमा सार्वजनिक चासोका विषयहरुमा समेत समाचार प्रकाशित किन गर्दैन ? उनले विभिन्न देशहरुबाट प्राप्त गरेको रकमको विवरण र परोपकारी कामको बारेमा किन समाचारहरु छाप्दैनन ? यसको हामी सबैले खोजी गर्ने बेला भएको छ । कृपया भोली तपाई बसेको विश्वको कुनैपनि मुलुकमा दाहाल विश्व साइकल यात्रीको नाममा आइपुगे, उनका सार्वजनिक जीवनका बारेमा कडा प्रश्न गरौं, आर्थि जानकारी लिऔं ।

    • प्रियंका जी केहि कुरा मा सहमत छु केहि कुरा मा बिमति पनि..सौरभ को बेक्तिगत पारिवारिक स्थिति मलाई थाहा छैन, लण्डन आको बेला मा होटेल मा बसेको भने मलाई थाहा छैन है, बरु म संग उनि करिब दस दिन बसे भलै साइकल कुदायेनन, होटेल मा बसेर मस्ती गरेको मैले देखिन, अरु दुइ तिन जना मित्र संग पनि हप्तौ बसेको चाहि मलाई थाहा छ.

      • सुमनजी,
        तपाइँको दाहालप्रतिको सद्भाव देखेर ठिट लाग्यो । मैले उनलाई हामी सबैले सहयोग र हौशला प्रदान गर्नुपर्छ तर उनी आफ्नै गतिविधिबाट विवादमा तानिनु राम्रो होइन भन्ने आशयकोप्रतिक्रियामा लेखेको थिएँ । दुई पाङ्गे डोर्याएर विभिन्न देशका नेपालीहरुलाई ठगेर हिँड्दैमा विश्व साइकल यात्री हुन सकिन्न । यस्तो महान् कार्यका लागि त इमान्दारिता, विवेक र बलिदान चाहिन्छ । विभिन्न देश, परिवेश र सहनसहनबाट शिक्षा लिनुपर्छ र अरुका लागि उदाहरण बन्नु पर्छ । भहतचबयचमष्लबचथ काम त्यति सजिलो छैन । विकसित यूरोप, अष्ट्रेलिया, जापानलगायतको दर्जनौं मुलुकहरु घुमेर पनि उहीँ नेपाली नेताहरुलेजस्तै बानी, व्यहोरा र आचरण देखाउँदै हिँडेपनि त्यसको के अर्थ ।
        अरवको वालुवासँग पौंठेजोरी खेलेर १०० डिग्रीको तामक्रमसँग पसिना र जीवन साट्ने कर्मयोगी नेपाली दाजुभाइहरुलाई धम्क्याइ–धम्क्याइ पैसा माग्नु कहाँसम्मको महानता र इमान्दारिता हो ? एम्बेसी र गैरआवसीय नेपाली (एनआरएन)मा जाँदै यसो गर र उसो गर, नत्र नेपालको कान्तिपुर दैनिकमा छपाइदिन्छु भनेर ‘ब्ल्याक मेलिङ’को शैलीमा प्रस्तुत हुनु ठग्ने प्रबृत्तिको नमुना हो ।
        बल्ल कान्तिुपर दैनिकले सही र गलत केहो भन्ने पत्तालगाएछ र आफ्नो वेवसाइटबाट यिनको फेहरिस्त हटाएछन् । हुन त कान्तिुपर दैनिक ‘………सकेपछि दैले देख्ने’ मिडिया हो । अनुजा काण्डमा पनि यस्तै भएको थियो ।

        • अझै केहि बिग्रेको छैन सौरभ को साइकल यात्रा, सुध्रने ठाउ छ, म तपाई को अरु कुरा मा बिमति राख्दिन तर लण्डन को बसाइ मा होटेल मा बसेको होइन येस्मा बिमति जनाउनु मा मेरो दोष अथवा गल्ति हो जस्तो लाग्दैन, बढाई चढाई गर्ने मेरो बानि छैन,उसको प्रसिद्धि देखि जल्ने पनि धेरै छन् , ओरालो लागेको मृग लाइ सबले लखेट्छ . फेरी सौरभ त आफै गलत छ अहिले, मेरो सद्भाव होइन सुझाब मात्र हो मेरो आफ्नो लेख प्रति को प्रतिक्रिया.तपाई प्रति गुनासो छैन.

  14. परदेशमा दु:ख कस्ट गरि बसेका नेपालीहरुलाई ठग्ने राम्रो उपाय रहेछ यो केटो को ….होशियार साथि हो —

  15. सौरव दाहाल संग मैले पनि केहि साल पहिले भेटेको थिय उ समाज सेवामा १०० रुपैया खर्च गर्दा पत्रकार लाइ १००० रुपैया खर्च गरेर हल्ला बढी गर्नु पर्छ भन्थ्यो र पुस्कर शाह भन्दा म ठुलो हो भन्थ्यो. यक नम्बर को गफाडी र पैसा माग्न सिपालु.

  16. अरु देशमा गएर चिनाये हुन्छ नेपाललाई दाहाल जी , यहाँ खाडीमा नेपाललाई नेपालीले यहाँ गरेको मेहनत र बगायेको पसिनाले गर्दा चिन्ने भै सके।

  17. पुस्कर साह त झनै बाठो मान्छे. कस्ता कस्ता नपताउने कुरा गर्थियो. म ७/११ मा अमेरिका को twin tower चड्ने प्लान थियो तर अघिल्लो राती सपना मा भगवानले भोलि बिहान twin tower नचड केहि अप्रिय घटना हुन्छ भन्नु भयको थियो पछी त पेलेन ठोकियछ. धन्य पशुपति नाथ ले मलाई बचाय रे. यस्तै यस्तै कुरा गर्थियो. झुटो गफ गरेर मान्छे पटाउन सिपालु . scotland को नेपाली हरुले सारै हेल्प गरे. यक्दीन साझ त मलाई धेरै भयो mobil साफ नगरेको तेसैले यसो बेबस्था गर्न सकिन्छ भन्यो अनि मैले सोचे होइन यो मान्छे को साइकल त इन्धन लेपो चल्ने रहेछ कि क्या हो जस्तो लाग्यो अनि मैले होइन तपाइले हासो गर्नु भयको होला भनेको त होइन साच्चै हो भन्छ अनि मैले पेट्रोल स्टेशन मा लगे र कुन मोबिल use गर्नु हुन्छ तपाइले भनेर यौटा mobil को ग्यालिन उचालेको त होइन भिम जी मैले यो साइकल को मोबिल चेन्ज गर्नी भनेको होइन मेरो मोबिल चेन्ज गर्ने पो भनेको रे! म विचार अझ अनभिज्ञ पछी उसैले कुरा बताय पछी पो कुरा बुझे र …….. जे होस् साइकल म वोर्ल्ड tour गर्ने कुरा चाने चुने होइन र आर्थिक समस्स्या त भै हाल्छ नि …

      • That was just a typo .. भिमजीको भनाइमा सत्यताको छनक पाए मैले /

  18. यहाँ आर्टिकल लाई अर्कै ढंगले प्रस्तुत गरिएको छ | व्यक्तिगत कुरा हरु सायद लेखक लाई रिस उठ्यो होला | मेरो यात्रा सफल हुदै गएको मन परेन होला | तर केहि छैन मेरो यात्रा प्रतिको संकल्प लाई अगाढी बढ्न को लागि झन् झन् दरिलो प्रेरणा मिलेको छ यो लेख ले . आफ्नु यात्रा उदेस्य पुरा गर्न झन् झन् कडा मिहनेत गरेर अघाडी बढ्ने हो | धन्यवाद है लेखक खिम जी लाई | अनि बर्ज खल्लिफा टाउर साइकल चलाएर जाने रोड़ नभए पछि गाडीमा जानु परेन त् खिम जी | अनि धेरै प्लेन मा यात्रा हुदो रहेछ रे | अनि सात समुन्द्र पारीको देस साइकल चढेर जान बाटो हुनु परेन | १४ दिन को भिसा मा सबै तिर साइकल यात्रा गर्दै हिड्यो भनि बाटैमा भिसा सकिएर इलिगल हुन्छ नि | अनि अबुधाबी को कर्नेस मा साइकल चलाएन रे मैले दोस्रो दिन तपाई बस मा जानु भयो म साइकल कुदाएर पुरै कर्नेस घुमेको अनि बोर्ड खुस्केर तपाई बोकेर फर्केको म साइकल मा नै कोठा आएको बिर्सनु भयो ?
    मैले मलाई आर्थिक सहयोग गरेको मात्र सम्मान हो भने रे ? मैले त मेरो यात्रा लाई अघाडी बढ्नको लागि यात्रा प्रति जसले एक्पाइलो बढ्न हिमत हौसला दिन्छ आगमी यात्रा लाई सल्हा सुजाब दिन्छ तियो पो सम्मान हो भनेको त् | तर केहि छैन आर्टिकल तपाइको दिमक ले जस्तो जानो तेस्तै लेख्नु भयो | आर्टिकल ले मैले पैसा कमाउने उद्स्यले गरेको यात्रा भन्न खोजेको जस्तो छ ? तर यो सारा सर गलत हो मेरो यात्रा को उद्स्य तियो होएना पैसा नै कमाउने भए मा जापान , जर्मन पुगेको मान्छे उतै काम गरेर बसी हाल्थियो नि | अहिले किन खाडीको ४५ डिग्री गर्मीमा पसिना बगाएर साइकल चलाउदै हुन्थियो | अहिले पनि USA को भिसा लागेको मान्छे उतै तिर पोइसा कमाउन जानु पर्ने होएना र ? किन खाडीमा यात्रा गर्दै छ | आफ्नु उदेस्य यात्रा पुरा म जसले जे जे भने पनि थोपा , थोपा सास रहनु जेल पुरा गर्ने छ यो आर्टिकल ले आगमी यात्रा लाई दरिलो प्रेरणा दिएको छ | धन्यवाद खिम जी
    सौरब दाहाल ( बिस्व साइकल यात्री )
    मस्कट ओमान

    • I know you from London how selfish and how money minded you are I can’t describe . You ride cycle just for photo shoot for Facebook and just to be headline . You just want drink and money . I got your video when you got dunked and what you have said (actually you know nothing, what’s your destiny ) . And about the USA visa and staying over there and working for money haha why you even try to bother for hard work you’r getting money without working , just roaming around globe and asking donation from NRN , and people who are working abroad . Just look at the mirror and ask yourself I’m doing for nation or for myself ????????????

    • ……… पैसा नै कमाउने भए मा जापान , जर्मन पुगेको मान्छे उतै काम गरेर बसी हाल्थियो नि | अहिले किन खाडीको ४५ डिग्री गर्मीमा पसिना बगाएर साइकल चलाउदै हुन्थियो | अहिले पनि USA को भिसा लागेको मान्छे उतै तिर पोइसा कमाउन जानु पर्ने होएना र ? किन खाडीमा यात्रा गर्दै छ |”
      सौरव दाहालजी,
      अनी कुन VISA मा बस्थेउनी ? लुकेर बस्दा त फेरी तिमीलाई नेपाली दाजु भाईहरुले नै पुलिसकोमा बुझाउदा मजा नाउला ।
      त्यसरी ठुलो कुरा नगर्दा हुन्छ। तिमीलाई WORK PERMIT हैन, VISIT VISA मा ENTRY भएको हो। जो त्यहिको नेपालीको सहयोगले पाएको ।

      • पैसा नै कमाउने भए मा जापान , जर्मन पुगेको मान्छे उतै काम गरेर बसी हाल्थियो नि | अहिले किन खाडीको ४५ डिग्री गर्मीमा पसिना बगाएर साइकल चलाउदै हुन्थियो | अहिले पनि USA को भिसा लागेको मान्छे उतै तिर पोइसा कमाउन जानु पर्ने होएना र ? किन खाडीमा यात्रा गर्दै छ….त्यहाँ गएर त्यसै खान पाइन्छ र भाडा माझ्न पनि जान्नु पर्यो नि ठगि ठगि घुमी घुमी खान पाउदा कसलाई रहर हुन्छ र मरीमरी काम गरेर खानलाई …कि जापान जर्मन अमेरिका मा रुखमा फलेको पैसा टिप्ने होर ..सौरभ ब्रो…..

    • USA को VISA त लागेछ तर अब, यहाका नेपालीले तपाइलाई सहयोग गर्ने छैन साथै सहयोग पनि गर्नु हुदैन.तपाईले जति नै होइन भनेपनि हामी नेपालीले तपाइलाई चिनी सक्यो/ किर्पया यहाँ पनि यूएईको जस्तो गर्न नखोज्नु होला/

  19. झुट र ठगिको पेशा गर्न खप्पिस साइकल यात्री सौरभ दाहालले अब कुन देशमा गयर फेरी सहयोग माग्छन है त ?? मेडियामा देख्न पक्कै पाइन्छ, साइकल-यात्रा को दुनियामा लोकप्रिय र जेहन्दार नेपाली पुस्कर साह लाइ सलाम…….

  20. यस संदर्वमा हिमालमा छापिएको केदार शर्माको लेख संदर्विक छ.

    कीर्तिमान मोर्चा
    केदार शर्मा

    सबैका आ-आफ्ना शोख हुन्छन्, तर प्रकटमा आएका कुरा सुन्दा लाग्छ, हामी नेपालीहरूको सबभन्दा ठूलो साझ्ा शोख हो, “देश चिनाउने!”

    विदेश गएका बेला कसैले “नेपाल कहाँ छ?” भनेर सोध्यो भने हामी साह्रै निराश हुन्छौं। अनि “यु नो लर्ड
    बुद्ध? यु नो माउण्ट एभरेष्ट” भन्न थाल्छौं। तर हामी बुद्ध र सगरमाथामा मात्र गर्व गर्ने बुद्धु भने होइनौं। हामीमध्येका केही सृजनशील व्यक्तिहरू देश चिनाउन अनेक काम गरिरहेका छन्। उनीहरू अनेक दाबी गर्छन्, छापिएका समाचार गनेर भुक्तानी पाउने पत्रकारहरू छापिन लायक समाचारहरूका खोजीमा हुन्छन् वा समाचारलाई छापिन लायक बनाउन जान्दछन्। उल्टो साइकल कुदाउने, हातभरि भकुण्डो बोक्ने, नउड्ने हेलिकप्टर बनाउने वा दुई वटा हातले लेख्ने मानिसका कुरा छापिन थालेपछि कीर्तिमानहरूको दाबी गर्ने, ती कुरालाई समाचार बनाउने, ती कुरा पत्याएर गर्व गर्नेहरूको गजबको सञ्जाल तयार हुन्छ। मानिसहरू भालेले “उज्यालो पार्न भनेर आधारातदेखि धेरै बासियो” भन्ने जस्ता भाले दाबी पत्याइदिन्छन्। गफाडीहरूको अर्को पुस्ता तयार हुन्छ। हाम्रो समाजलाई नै कीर्तिमानहरूको यति गहिरो नशा लाग्नुको कारण यही हो।

    २०५१ सालतिर फिल्ममेकर ध्रुव बस्नेत र म चितवनको लोथर पुगेका बेला कसैले हामीलाई “एशियाको सबभन्दा ठूलो बोको हेरेर जाने सुझ्ाव दियो। बोको हेर्न पाउरोटी लिएर जानुपर्दोरहेछ। दर्शनार्थीहरूले लगेको प्रसाद खाएर निकै काँधिएको त्यो बोकाको धनीलाई “यो एशियाको सबभन्दा ठूलो बोको हो भनेर कसरी प्रमाणित भयो?” भनेर सोध्यौं। उनीसित जवाफ थिएन। जनकपुरमा साधुहरूले घ्यू-भात खुवाएर भुँडे बनाएको बाँदर बौवा हनुमानसित त संसारको सबभन्दा ठूलो रातो बाँदर भनेर बिहारको कसैले टाइप गरेर दिएको जस्तो प्रमाणपत्र लोथरको बोकासित थिएन। तर पनि त्यो एशियाटप भएरै बाँच्यो र सम्भवतः त्यही रूपमा मर्‍यो।

    पोहोर बागलुङतिर कतै कालीगण्डकीको तीरमा संसारको सबभन्दा ठूलो शालिग्राम भएको समाचार छापियो। त्यो दाबी गर्ने वा छाप्नेलाई एमोनाइट फोसिलका बारेमा जानकारी हुनुपर्छ भन्ने आशा नगरौं, तर कुनै भूगर्भविद्लाई नसोधी त्यत्रो दाबीपूर्ण समाचार छापिएकोमा भने पत्रिकाका सम्पादक समेतलाई कीर्तिमानी रोगको शिकार माने हुन्छ। कर्णालीको पुल एशियाको सबभन्दा ठूलो पुल भन्ने समाचार केही वर्षअघि सबभन्दा धेरै बिक्ने दैनिकमा छापियो। अर्को एउटा नयाँ दैनिकमा त स्कूलको विज्ञान मेलामा देखाइएको वाटर रकेट लाई नेपालमै आविष्कार भएको र एक हजार मिटर उडेको समाचार पनि छापियो।

    लाग्छ, हामी नेपाललाई सामान्य जीवन भएको, सम्पन्नतातिर उन्मुख, कानूनी राज्यका रूपमा भन्दा बढी कीर्तिमानी नागरिकहरूको देशका रूपमा चिनाउनमा बढी रुचि राख्छौं। तर कुनै पनि देशको असली पहिचान कीर्तिमानहरूबाट बन्दैन। स्वीडेनका कति वटा कीर्तिमान हामीलाई थाहा छ? कोरियाली वा सिङ्गापुरेहरूका कीर्तिमान के छन्? संसारका मानिसहरूले नेपाललाई चिन्दैनन् भने त्यो उनीहरूको सामान्यज्ञानको समस्या हो। हामीलाई सुरिनामका बारेमा केही थाहा नभएर के फरक पर्छ? हामीले त हाम्रो देश चिनिसकेका छैनौं भने अर्कालाई चिनाउन किन मरिहत्ते गर्ने? काम परे उसले आफैं चिन्छ। सबैले राम्रो काम गरे देश आफैं गतिलो हुन्छ अनि चिन्नेहरूको सङ्ख्या बढ्छ। मरीमरी साइकल यात्रा गर्नु पर्दैन। नेपालमा पनि साइकल चढेर सयौं यात्री आइपुग्छन्, उनीहरूबाट हामीले कति देशका बारेमा थाहा पायौं र साइकल चढेको नेपालीले नेपाल चिनाउँछ? एउटा साहस यात्राका रूपमा भने त्यसको महत्व छ।

    संसारमा सबभन्दा लामो समयसम्म नुहाउने को हो? सबभन्दा धेरैबेर उभिएको रेकर्ड कससित छ? सबभन्दा ठूलो केक कसले, कहिले र कहाँ बनायो? सबभन्दा ठूलो बिरालो कहाँ छ? सबभन्दा छिटो टाइप गर्ने व्यक्ति को हो? सबभन्दा ठूला ब्याङ्क नोट कुन देशमा छन्? लौ भन्नुस्, तपाईंलाई थाहा छ? छैन भने हाम्रा पनि अधिकांश कीर्तिमानहरू त्यस्तै बेअर्थका छन्।
    प्रकाशित मिति: १६-३१ बैशाख२०६९

    • यस्तै हावादारी कुरा छाप्दै नेपालको बेइज्जत गर्ने पत्रिकाको कमि छैन | हिमालयन टाइम्सले १६ बर्षे स्कुले रिजन कार्कीले आइन्स्टाइनको सिद्धान्तलाइ चुनौती दिएको कुरा लेखेको थियो | त्यो बिचरो केटोको फ्लोरिडाका नेपालीले सारै हाइलाइट गरे र के रैछ त यसको theory भनि पढेको त केको हुनु | F=ma को सेरो-फेरो मा रहेर एक पाना त्यसै बकुम्फुसे कुरा लेख्या रैछ, आइन्स्टाइनको सिद्धान्त बुझ्ने गणितको ज्ञानै छैन रहेछ | कठै नेपाल र नेपालीको हालत भनेर छोडियो |

      त्यस्तै नया पत्रिकाका अनुसार “भविन्द्र कुँवरले उत्रने वस्तुले अनुभव गरेको उध्र्वबल
      र त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल बराबर हुन्छ भन्ने
      आर्किमिडिजको सिद्धान्त बनावटी र त्रुटिपूर्ण भएको दाबी गरेका छन् । उनले
      नेपालका तीनवटा कलेजका प्रयोगशालामा आफ्नो दाबी पुष्टि गरेर ‘पेटेन्ट
      राइट’का लागि उद्योग विभागमा निवेदन पनि दिएका छन् ।” भनि फ्रन्ट-पेज आर्टिकल छाप्यो | के रहेछ त भनि त्यो प्रयोगको बारेमा बुझेको त के को नया theory हुनु, महाशयले त आर्किमीडीजको सिद्धान्त नै बुझेका रहेनछन् | कलेजमा बिज्ञान नजान्ने Teacher लाइ देखाएर पुस्टि गरेको रे | TU मा गएर पो देखाउनु पर्छ त | नेपालि नामका भोका त छन् तर ताई-न-तुइ का बैज्ञानिक बनि टोपल्दा नेपाली शिक्षाकै बद्नाम भैरहेको छ |

  21. यी सौरभ कताबाट मेरो एक जना साथि को फेसबुकमा रहेछन अनि मैले एड गरेको …. मलाई पनि हासो उठेको थियो उसको स्टाटस अनि फोटो हरु देख्दा अब त्यो मान्छे ले साइकलमा भन्दा पनि हावासाइकल यात्रा गरेजस्तो लागेकोथियो ….अब यदि उ साचिकै साइकल यात्री भएको भए UAE बाट ओमान साइकलमा नै जान्थ्यो होला नि ….. त्यसैले बिदेशी भुमि मा हामी जस्ता सोझा साझा नेपाली ठग्न अनि हाम्रो पसिनाको सानो तिनो कमाइ चुस्न बिभिन्न्न माध्यम बाट सक्रिय छन् होशियार !!!!!!!!!!!!!!!!!!!!

  22. धेरै खुसि लाग्यो आज खेमनाथ पौडेललाइ धेरै धेरै धन्यवाद .हुनत मैले एक पैसा,एक कप काफी नि दिएन बेबहार देखेरै …फटाहा हो भनेर मैले मेरा साथीहरुलाई भनेको थियो ..जुन बेला दक्षिन कोरिया आएर…सौलमा एउटा नेपाली रेस्टुरेन्ट मा साइकल थन्काएर मान्छे ट्रेन चढेर डुलेर हिडेको …दिन भरि भरि मेरा साथीहरुको ,दाजुहरुको कोठामा internate चलाउदै बिताएको ..पछी जसले सहयोग गरेको उसैलाई जे पायो तेही भनेर हिडेको ..साचिकै फटाहा हुन् …खुसि लग्यो ढिलाई भएनी फटाहाको पर्दाफास भयो हुनत मैले एक पैसा,एक कप काफी नि दिएन ….जन्म दिने बा आमालाई मरिसक्यो भन्नेले के चै गर्न सक्दैन होला ?आशा छ अब सहयोग होइन ..घृणा दिउ .. माग्न आए ..लात दिऊ…..

  23. यहाँ सिड्नी अस्ट्रेलिया मा नि यो मान्छे को यात्रा बस, अरुको कार वा ट्रेन मा हुन्थियो, cycle चलाएर हिडेको देख्ने मानिस कम नै थिए , फोटो खिच्न मुख्य सिड्नी सहर मा cycle ट्रेन मा हालेर जन्थियेय अनि cycle चलाएको जस्तो गर्थिए फोटो facebook मा हाल्न … दिमाग भएको फठा हो अरु कुनै देश मा भेट्नु भयो भने, सहायता हैन येसो कुना काप्चा मा लगेर ठोक्नु होला …

  24. यो मुला त सिकागो पनि आको थ्यो. यो लेख मा भने जस्तै खाली पैसा मात्रै चहियो भन्थ्यो…नेपाल को बेइज्जत गर्न हिडेको …के को साइकल यात्री हुनु…हाम्रो संस्था ले गाली गरेर धपैदेको..२०० dollar दिएर..साइकल यात्री पनि मागी खाने बहाना भयो यार..

  25. लौन पौडेल सर इन्का बारेमा मा नि लेख्छु,यस्तो छ राम -कहानी कुरो के भनि आज भन्दा झन्डै ९ महिना पहिले अस्ट्रेलिया मा पनि सवारी गर्नु भो हाम्रा साइकल यात्रीले…मेलबर्न मा हामी नेपाली मिलेर प्रतेक महिनाको पहिलो आइतबार कविता,गित ,गजल ,नाच लगायतका कार्यक्रम गर्छौ,तेही समाहरोमा उनि कता बाट टुप्लुक्क आइपुगेचन.हामी सदा जस्तै सामान्य तबरले कार्यक्रम संचालन गर्दै थियौ कार्यक्रम बीच भागमा पुग्न लाग्दा उनि लगायत उनि संग आएका २/४ जनाले (जो यहिका समाज-सेबी रे ) कार्यक्रम रोकेर पैसो उठाउन पो खोज्चन बा.हामी सबै जना लाइब्रेरी हल( जुन यहाको स्थानिया निकाय ले प्रतेक देसका नागरिक को अनुरोधमा महिनाको १ दिन ज -जसले चाहन्चन निबेदन दिए सित्तैमा उपलब्ध गराउने गर्छ ) थियौ बिचरा महिनाको १ दिन बिदा मिलाएर आएका साहित्य प्रेमी साथी बाट $५ बाट माथि पैसो उठाउन लागे म लागयतका केहि साथीहरुले बिरोद पनि जनाएको हो तर लाज लागे पो उठाई छाडे.हामी केहि साथीले दान गरेनौ.आए फोटो खिचे,चन्दा बटुले टाप कसे..अज क्यामेरा हराएको कुरा पनि गर्दै थिया हो या होइन राम जाने कि उनी सौरब ले जाने…यहाँ हुदा त ३/४ वोटा कार्यक्रम बाट $ त राम्रै उठाएर ग का हुन् हई….अब अरब तिर जाल बिच्यौनी योजना रछ.देसको नाम चिनाउनु राम्रो हो तर ठग्दै हिड्नु गलत …..ल साबधान साइकल यात्री हो कि भट-भटे यात्री बाट …

    • क्यामेरा ,पैसा हरायो भनेर जुन सुकै देश मा पुगे पनि भन्ने रहेछ ..यहाँ कोरियामा पनि क्यामेरा हरायो भनेत्यो …त्यहाँ नि भनेछ ..uk मा पैसा हरायो भनेर भन्दै mail गरेर मेरो साथीलाई ..आझा भन्दै थियो रे Student हरुको कोठा मा बसेको तेही कोठा मा हराको ….जसले सहयोग गरेकोछ उसलाई फसाएर अन्त बाट पैसा पाउछा कि भनेर साला फटाहा ,ठग …….

  26. दाहाल ठिक छैन, उसले uk क नेपाली को बारे मा पनि नराम्रो गरि लेखेको छ,त्यो मान्छे ले सकारात्मक कुरा लेख्न र गर्न जान्दैन…यो छापे छाप्नुस , नछापे नाछाप्नुस , परेको राजा राम ले बेहोर्छ …

  27. पुस्कर शाह सच्चा cycle यात्री थिए . मैले पनि एकचोटी भेटेको थिए . एकदम सज्जन मनिष थिए / अरु त फटाहा पो रहेछन

  28. पुस्कर शाह चाही साच्ची नै निस्वार्थ रुपमा यात्रा गरेका हुन्, उनि हल्याण्ड आउँदा हामि संग ३ दिन संगै बसेका हुन्, हामीले ३ दिन ३ रात संगै बितायौं, अनि मज्जाले नेपाली दालभात पकाएर खायौं, अनि उनि साइकल नै चढेर बेल्जियम तिर लागे…

  29. पुस्कर शाह चाही मलाई पनि साच्चिकै साइकल यात्री जस्तो लाग्छा /

  30. कतारको स्पोर्ट्स क्लबले २ लाख भन्दा बढी पर्ने साइकल किनी दियको थियो अनि सहयोग र सम्मान धरै पायको थियो, भनेपछि यो साइकल यात्री ले ठग्नु ठग्यो होइन त ?

  31. मलाई त यो मान्छे को अनुहार बाटै कता कता मन मा शंका त लाई राको थियो !!!!.तर …..आफुले अहिले सम्म प्रतक्ष्य न भेटेको अनि नबुजेको मान्छे हुनाले प्वाक्क बोलि हाल्न मात्र सकी राको थिएन !!! त्यस माथि कान्तिपुर जस्तो मिडिया ले उसको बारेमा लेखि रहदा राम्रै मान्छे होला नि त भनि सोची रहे ….तर त्यो कान्तिपुर अनि त्यो कथित साइकल यात्री सब हामीलाई मुर्गा बनाउने खालका हैछन् !!!

  32. कान्तिपुरले बल्ल कुरा बुझेछ क्यारे आफ्नो सद्धभावना दूतबाट सौरभलाई हटाएछ । कान्तिपुरमा देखिने सौरभको यात्राको जानकरी पनि हटाएछ । कसैले सहयोग गर्न चाहेनन् र उसले भनेको भएन भने खुबै फुर्ति लगाउदा रहेछन् कान्तिपुरको सद्धभावना दुत हुँ भन्दै । तिमीहरुले सहयोग गरेनौ भने कान्तिपुरमा भनिदिन्छु भनेर ब्यालकमेल पनि गर्दा रहेछन् । भर्खरै यूएईमा घटेको घटनाले त्यसको प्रत्यक्ष जानकारी गराउदछ ।

  33. संभवतः साइकल यात्रामा निस्कनुअगाडि होला, उसको अन्तरवार्ता कान्तिपुर (?) मा आएको थियो। त्यहाँ उसले आफ्ना बा-आमाको मृत्यु भैसकेको र एउटी बहिनी थिई त्यो पनि सर्कस हेर्न जाँदा हराई। बेलैमा टुहुरो भएर मैले पढ्न पाइन। त्यसैले सबैका लागि शिक्षा भन्ने नारासाथ विश्वयात्रा गर्न निस्केको। अहिले म एक्लै छु….. यस्तै यस्तै बताएको थियो । तर झापाको भद्रपुरमा भएको उसको परिवार, आफन्तसमेत अचम्म परेका कुरा सुन्नमा आएको थियो। उसका छिमेकका मान्छेहरूको सौरभको छट्टुपनको अझै कुरा गर्छन्। खैर जे होस्, देश घुमेको छ नेपाली केटोले। सहयोग गर्नेले पनि गरेकै छन्। तर एउटा साइकल यात्रीले देश चिनाउँछ भन्नु र त्यसलाई पत्याएर सहयोग गर्ने हाम्रा सोझा नेपालीहरू चाहिँ जे भए पनि अचम्मकै हुन्। मलाई त लाग्छ भोलि कसैले चन्द्रमामा गएर पहिलो चन्द्रयात्री भएर नेपालको नाम राख्छु, नासामा लगानी गर्नको लागि पैसा चाहियो भने पनि नेपालीहरूले देलान् कि भन्ने लाग्छ। संसारलाई ‘मुर्गा’ बनाउन सकेकोमा सौरभ बधाइको पात्र भने भएको छ।

  34. म पनि एकदमै सहमत छु लेखक सग किन भने यो फताह सिड्नी पनि आएको थियो अनि खाली फोटो मात्रै खिच्ने अनि cycle चै न चलाउने,,,, अनि भोलि पल्ट फसेबूक मा राखी halne ,,,,
    यो त पुस्कर शाह जस्तै गर्न खोज्ने तर cycle शो को लागि मात्रै हो !!!!!!!!

  35. “मैले साइकल मा बिश्वो भ्रमण गरे(पुस्तकालय खोले,गरिब लाई बाढे……) त्यो गर्दा मलाई येति ऋण लग्यो र मैले येसरी नेपाल लाई विदेश मा चिनाए(वा यसरि नेपाली समाज लाई सहयोग गरे)” भने मात्र सहयोग गर्न हुन साथी हरु लाई अनुरोध गर्दछु/भातमारा हरु ले पेसा नै बनाइसके ‘ठगि’को….

  36. कुशल जी,
    पुस्कर शाह पनि उही दयांग को मुला हुन्. एकपटक नर्वे पुग्दा फर्की सकेको मान्छे लाई माधव पौडेल भाई ले फर्काएर ओस्लो लागे पछी मेरो कोठामा बसेर नाच गान, खान पिन गरेर हामीले सक्दो सहयोग गरेर पठाएको मान्छे ले नेपाल आएपछि आफ्नो वेब साइड मा नर्वे मा कुनै नेपाली भेटिन भनेर लेख्ने पाखण्डी को के कुरा गर्नु…..अहिले मागी मागी पुगेर होला नि…….

  37. मलाई लाग्छ पुस्कर शाह मात्र निश्वार्थ साइकल यात्रा गरेको हुन्..अरु सबैले उनको सिको गरेर पैसा कमाउने मध्यम बनाएका हुन् …तर यो मेरो निजि विचार हो

    • पुस्कर शाह पनि यिनी हरु सबै एकै dyang क मुला हुन्, धेरै पहिले को कुरो हो अमेरिका मा पहिलो मिस अमेरिका नेपाल हुदा मा पनि तेही थिए, सबै को मुख मात्रै हो पैसा कसैले दिन्न भनेर गुनासो गरेको, गुनासो को पोको नै छ मा संग अनि फोटो पनि उ संग बसेर खिचेको कसैलाई चाहिन्छ?

    • सबै उही हो हजुर. म सिंगापुर पुलिसमा हुँदा पुस्कर जी तीन पटक साइकल यात्रामा आउनु भएको थियो. तीनै पटक हामी सबैको तलब बाट काटिने गरि त्यो बेलाको चिफ इन्स्पेक्टर ले वहालाई सिंगापुर डलर दिनु भाको थियो. कति रकम exactly थाहा भएन तर सबै को १ डलरको rate ले काटिएको थियो. त्यो बेला तेहाको strength त्येस्तै १२०० जति थियो होला. यो कुरा ८०’s को हो. पछी तलका भाइहरुले एसको बिरोध पनि गरेका थिएँ.

      • गुरुन्ग्जी, पुस्कर शाह जी ले साइकल यात्रा सुरु गरेको १९९८ मा हो ८० स् भनेर कुन साइकल यात्री को कुरा गर्नु भएको ?

  38. २ बर्ष देखि यहां(कोरिया मा) छु। अरु यहां आय वा आयनन वा आउदैछन मलाई जानाकारि छैन तर सौरब दाहाल लाई नेपालि हरुको टाउन भनेर चिनियको कोरिया को तोंदेमुन मा केहि सहयोगि साथ line No 1 train को तोंदेमुन स्टेशन भित्र साईकल घिसार्दै गरिरहेको अबस्था मा देखेको थिय। एक छिन त निकै अलमल मा परे साईकल यात्रि भन्ने अनि साईकल लाई समेत ट्रेन मा राखेर साईकल यात्र गर्ने। निश्चित रुप मा उन ले सहयोग को अपेक्षा राख्नु स्वभाबिक छ तर मुखै फोरेर उनले मलाई खादा र प्रमाण पत्र को सहयोग होईन अार्थिक सहयोग चाहियको छ भन्नुले उनको बास्तबिक नियत विश्व साईकल यात्रि का नाम मा सहयोग उठाउदै मोजमस्ति गर्ने बुझिन्छ!

  39. कहिले के बहाना कहिले के बहाना बनायर देस र सोझा साझा नेपालीलाई ठग्ने पर्बिती कहिले समाप्त होला ? कोहि सगरमाथा चढेर शान्ति ल्याउछु भन्ने कोहि साइकल यात्रा गरेर देश लाई विश्वमा चिनाउछु भन्ने जाँगर छैन हातमुख जोड्नलाई पनि त बहाना चाहियो नि

    • म लगायत dxn बिजनेस गर्नी साथी हरु मिलेर २५० दिराम उपलब्ध गरायको बेर्थ भयो

  40. My request to all Nepalese brother,sisters who are in Nepal or loving in overseas please don’t help this character people.He is lazy and lies all innocent Nepalese and making money.I heard therd the he gets NRS 50,000 everymonth from
    Kantipur.Pls…help who are not able to get food,help to built school in remote area.No need to help like this idiot peorson.

  41. बल्ल आखा खुल्यो ?
    यस्ता सबै पैसा बटुल्न आयका हुन् भन्ने सहजै बुज्न पर्थ्यो
    बरु बाडी पिडित लाइ वा दुखि गरिप लाई दिदा राम्रो होला
    अब यस्ता घटना न दोरियोस
    धन्यबाद सुचनाको लागि

  42. यो फटाहाको बारेमा बल्ल लेखिएछ खुसी लाग्यो। यो अर्को “अनुजा” हो भन्ने कुरो कान्तिपुरले नचिनेर अझै पनि सद्भावना दुत भनि वेसाइटमा राख्ने र उसको अपडेट लेखेको देख‌्दा लाजै लागेर आउँछ।

    चितवनमा यसले गरेको कर्तुतको प्रमाण अझै पनि चितवन स्थित बेसो च्यानलमा सम्पर्क गरेर त्यस च्यानलका सञ्चालक कोमल चन्द्र भगत लगायत चितवनका पत्रकारहरुलाई सोधे पनि हुन्छ। यसै गरी डा‌ टङ्क ओझा पनि यस “अनुजा” बाट पीडित हुन। त्यस बेला प्रहरी खोरमा उनैको पहलमा ऊ गएको प्रमाण अझै होला।

    उ सुरू देखि नै फटाहा हो भन्ने कुरो फिल्म निर्माता ‌‌‌‌/ निर्देशक दयाराम दाहाल को छोरो हुँ भन्दै हिडेको थियो। उहाँ लाई पनि यो कुरो थाहा छ। उहाँको यसबारेमा प्रतिकृया थियो “छोरो हो भने मेरी श्रीमती कुन हो चिनाइदिन पर्यो”। फेरी पनि एक पटक उहाँलाइ सोध्ने कि?

    यस किसिमको चरित्रलाई कान्तिपुरले नचिन्नु असाध्यै हाँस्यासपद छ। “अनुजा”, “आलु” (आशिष लुँइटेल) बाट चेतेको कान्तिपुर यसबाट पनि चेतोस् मेरो शुभकामना छ।

    धन‌्यबाद खेमजी। यो केटोमाथि पछ्याइ रहनुहोस्। पर्दाफास अबश्य हुनेछ।

  43. अर्का लोक बहादुर कार्की भन्ने बिस्व cycle यात्री लाई मैले पनि newyork मा सहयोग गरेकोछु , मेरो बिचारमा इनिहरु सबै देशको नाम कण्ठ गर्छन अनि केहि देश घुमेर नक्सा को आधारमा ठाउँ र नाम बताई दिन्छन अनि केहि picture पनि तयार गर्छन तर सबै देशको उनीहरु संग तस्बिर हुँदैन, नाम पनि कमिने,काम पनि गर्नु नपर्ने, घुम्न पनि पाइने धेरै नेपाली अनि संसार भरका थुप्रै ठाउँ बाट सहयोग पनि पाइने , अनि परमाण पत्र पनि पाइने , सबै मुलुक घुमेको हो भने पुग्ने कुनै परमाण नचाहिने २० dollor को cycle किने पुग्ने यो भन्दा राम्रो ठगि खाने भाँडो सायद अरु छैन !!!

    लोक नाथ सिग्देल JACKSON HEIGHTS

  44. नालायक देशको नाम राख्ने भन्दा आफ्नो भुडी भर्ने /त्यस्ता ले गर्दा खेरिनै कसैले राम्रो काम गर्छु भन्दा पनि पत्याउन गार्हो हुन्छ /उखानै छ नि “एउटा ले बिरायो शाखा पिरायो ” त्यहि होला यो /

  45. This guy reminds me of another so called cyclist named Lok Bandhu Karki who came to USA two years ago. He wont accept less than $100 from Nepalese individual and less than $2000 from Nepalese society. He didnt even ride cycle once in USA.

Comments are closed.