• जातीय राज्य बनाउनका लागि बहुसंख्या मात्र होइन, अत्यधिक संख्यामा त्यही जातिको जनसंख्या रहने गरी राज्यहरूको निर्माण गरिएको हुन्छ।
• राज्यका सबै प्रमुख पदहरू त्यही जातिका व्यक्तिहरूका लागि मात्र व्यवस्था गरिएको हुन्छ। तमुवानमा गुरुङहरु, मगरातमा मगरहरु, नेवाःमा नेवार जातिका मात्र मानिस धेरै हुन्छन्।
• व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका लगायतका राज्यका सबै अंग, निकाय र संस्थाहरूमा प्रजातान्त्रिक वा अन्य जुनसुकै अभ्यासबाट पनि उनीहरूलाई मात्र स्थान दिइन्छ। मतलब जुन जातिको राज्य हो, त्यही जातिकालाई मात्र।
• भाषिक रूपमा अन्य अल्पसंख्यक समुदायका भाषाहरूको कुनै स्थान रहँदैन।
• एउटै भाषा, संस्कृति, भेष, धर्मलाई मान्नुपर्ने त्यस राज्यमा बसोबास गर्ने सबैको बाध्यता रहन्छ। तमुवानमा बस्नेले गुरुङ भाषा जान्नै पर्छ, गुरुङ लुगा लगाउनु पर्छ, मगरातमा बस्नेले मगर भाषा जान्नुपर्छ, मगर पहिरन लगाउनु पर्छ। दशै नमान्ने लिम्बुवान प्रदेशमा बस्ने बाहुनले दशैँ मनाउन पाउने छैनन्।
• जातीय राज्य भयो भने त्यो राज्य जसको नाममा छ त्यसको मात्र हुन्छ अनि देश टुक्रन्छ।
अहिले चर्चामा रहेको पहिचानसहितको जातीय राज्य भनेको यही हो ? तपाईँले जातीय राज्यको विरोध गर्नुको कारण यही हो ? हो भने भित्र पनि पढ्नुस्- जातीय राज्यको कतुर्त।
-पृथ्वी सुब्बा गुरुङ-
पहिचानसहितको स्वायत्त प्रदेशहरूको अवधारणालाई एकल जातीय राज्यको रूपमा व्याख्या गर्नु पाखण्डपन मात्र हो। राज्य पुनर्संरचनाका सन्दर्भमा माथि उल्लेख गरिएका विशेषताहरूसहितको राज्यहरूको निर्माण हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक प्रदेशहरूमा इतिहास, सभ्यता, संस्कृतिको सन्दर्भमा उठाइएको पहिचानको मुद्दालाई साम्प्रदायिकताको रट लगाउनु अनौठो मात्र छैन, विभिन्न समुदायबीच सद्भाव भड्काएर यथास्थितिमा रहने दुष्प्रयास हो।
नेपालका सन्दर्भमा पहिचानसहितका प्रदेशहरू जतिवटा बने पनि ती प्रदेशहरू बहुजातीय, बाहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक नै हुनेछन् । त्यहाँ बसोबास गर्ने जनताको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक मात्र होइन, सामाजिक, आर्थिक र राजनीतिक अधिकारलाई कसैले कुण्ठित गर्न सक्नेछैन । पहिचानसहितको प्रदेश माग गर्नेहरूको त्यो मनसाय पनि होइन। राज्यको सबै अंगमा समानुपातिक समावेशीको आधारमा प्रतिनिधित्व हुनेछ ।
त्यसो भए किन त जातीय राज्य ?
पहिचानसहितको प्रदेश त्यस क्षेत्रको इतिहास र सभ्यताको संरक्षण र संबर्द्धनका लागि निर्माण गरिने हो। विगतको एकात्मक र केन्द्रीकृत शासन प्रणालीका कारण विभेदमा पारेकाहरूलाई उनीहरूको पहिचान स्थापित गराउने मूल ध्येय हो ।
विगतमा ‘देश मेरो हो, तर राज्य मेरो होइन’ भन्ने हीनताबोधमा रहेकाहरूलाई आत्मगौरव र सम्मान दिनका लागि हो । यसको अर्थ विगतमा जस्तो एउटाको उत्थानका लागि अर्कोलाई दबाउनु पर्दैन र कसैले हामीलाई विभेद गर्छ कि भनेर आशंका गर्नुपर्ने अवस्था पनि हुँदैन । आफ्नो इतिहास, सभ्यता, भाषा, संस्कृति विभेदमा पारेर पहिचान गुमाएकाहरूलाई आत्मगौरवको अवस्थामा ल्याउने प्रयास साँच्चै नै नयाँ नेपालको एजेन्डा हो, न कि साम्प्रदायिकता । जातीय राज्य त त्यतिबेला थियो जब रोल्पाको मगरको बच्चाले आफ्नो भाषामा पढ्न नपाई आफूलाई थाहै नभएको नेपाली भाषामा पढ्नु पर्थ्यो। हिन्दु धर्म नभएकालाई पनि हिन्दुको दशैँतिहार जस्ता पर्व मान्नैपर्ने गरी लादिएको थियो। अहिलेको जातीय राज्यमा त्यसो हुने कल्पना पनि गरिएको छैन। यो बदला लिन बनाइएको पनि हैन।
जातीय राज्य बन्दै बन्दैन
तर यसलाई जातीय राज्यका रूपमा अपव्याख्या गर्दै मुलुकमा साम्प्रदायिकता भड्काउने काम ठूला दलका ठूला नेताहरूले गरिरहेका छन् । उनीहरूले जतिसुकै साम्प्रदायिकताको आरोप लगाए पनि हामीले खोजेको राज्य पुनर्संरचनामा न जातीय राज्यहरू निर्माण हुन्छन्, न त त्यसले भविष्यमा कुनै किसिमको जातीय राज्यको परिकल्पना नै गर्छ । यसरी हेर्दा कि त उनीहरूले जातीय राज्य भनेको के हो र कस्तो हुन्छ भन्ने बुझेकै छैनन्, कि त उनीहरूले बुझेर पनि आफ्नो हातमा रहेको सत्ता अरूलाई बाँड्नुपर्ला भन्ने डरमा साम्प्रदायिक नारा लगाइरहेका छन्। (गुरुङको यही भावार्थको लेख सोमबारको कान्तिपुरमा प्रकाशित छ)
कुरो यस्तै हो त ?
जातीय पहिचानसहितको राज्य प्रस्ताव गर्ने राज्य पुनर्सरचना आयोगकले यस्तो सुझाव दिएको छ-
संघ, प्रदेश, स्थानीय तह र विशेष संरचनाले नेपालको एकता, अखण्डता, सार्वभौमसत्ता तथा मुलुकको दीर्घकालिन हित, सर्वाङ्गीण विकास, मानव अधिकार तथा मौलिक हक, कानूनी राज्य, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन, जात/जातीय तथा लैङ्गिक समानतामा आधारित समतामूलक तथा वहुलतामा आधारित समाज, वहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली, समानुपातिक र समावेशी प्रतिनिधित्वको अधिकार र पहिचानको संरक्षण गर्ने छन् ।
देश टुक्रन्छ त ? आयोगको सुझाव हेर्नुस्-
कुनै प्रदेशले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डतामा असर पर्ने किसिमको कार्य गरेमा संघीय सरकारको सिफारिसमा राष्ट्र प्रमुखले त्यस्तो प्रदेशलाई आवश्यकतानुसार सचेत गराउन, प्रादेशिक सरकार र व्यवस्थापिका निलम्वन गर्न सक्नेछ ।
नेतृत्वमा एउटै जाति मात्र आउने हो?
राज्यको नीति निर्देशक सिद्धान्तको भागमा यस्तो प्रस्ताव गरिएको छ-
विशेष संरचना अन्तर्गत निर्माण हुने स्वायत्त क्षेत्रमा बाहूल्य रहेको जाति/समुदायको त्यस्तो स्वायत्त क्षेत्रको प्रमूख नेतृत्व तहमा राजनैतिक अग्राधिकार हुनेछ। तर यस्तो राजनैतिक अग्राधिकारको व्यवस्था एक कार्यकाल पछि स्वतः निष्क्रिय हुनेछ।
विशेष संरचना अन्तर्गत निर्माण हुने स्वायत्त क्षेत्रको हकमा ऐतिहासिक उत्पीडनमा परेको वर्गलाई प्रमुख नेतृत्व तहमा पुग्ने व्यवस्था गर्न उपयुक्त भएको र त्यसबाट सो वर्गलाई केही हदसम्म ऐतिहासिक न्याय क्षतिपूर्ति र प्रोत्साहन हुने भएकोले स्वायत्त क्षेत्रमा मात्रै एक कार्यकालको राजनैतिक अग्राधिकारको व्यवस्था गरिएको छ।
भन्नुको अर्थ एक कार्यकाल अर्थात् पाँच वर्षपछि जातिको राजनैतिक अग्राधिकार स्वतः खारेज हुनेछ।
जातीय राज्य हुँदै हुन्न
तर जातीय राज्य हुँदै हुन्न। संघीयता हुँदै हुन्न। तपाईँलाई के लाग्छ ? जातीय राज्य हुँदा कस्तो खतरा हुने तपाईँले देख्नुभएको छ ? संघीयतामा जाँदा के खराबी हुन्छ ? हचुवा तालको समर्थन र विरोधभन्दा पनि आफूले बुझेको कुरा तल कमेन्टमा बुँदागत रुपमा स्पष्ट लेख्नुहोला। र कसैको कमेन्टलाई त्यसरी नै बुँदागत रुपमा समर्थन वा विरोध गर्नुहोला।
र, यो पनि
आजभोलि सामाजिक सञ्जालका साइटहरुमा पनि देश अहिले नै टुक्रिएला कि भोलि नै टुक्रिएला कि भन्ने चिन्ता व्याप्त छ। तर जसले जति रहर गरे पनि, केही हुनेवाला छैन। साँच्ची, १४ जेठपछि त्यस्तो केही अनर्थ हुँदैन।संविधान बने पनि, नबने पनि, नेपाललाई १४ प्रदेशमा बाँडे पनि वा ५ प्रदेशमा झारे पनि केही हुँदैन। राज्यहरूको नाम जातका नाममा राखे पनि वा फूलपातका नाममा राखे पनि केही हुँदैन। नेपालमा कहिले के भएको थियो र अहिले पनि हुनु! सात सालदेखिका कुरा सम्झे पुग्छ। केदार शर्माको सामान्यीकरण पनि यहाँ पढ्नुस्।
हैन हौ बसु जी तपाईंको जस्तो मेरो मन र मेरो जस्तो तपाइको मन नहुने त्यस्तै नै हुन् संसारै भरी कुनै देशमा पनि बाहिरी नदेखिए पनि भित्रि-भित्रि त जातीयताको र धर्मको राजनीतिको मेलमिलाप रहेनछ तर हाम्रो नेपालमा जस्तो चाहें जुन सुकै बर्गले पनि अत्ति चार कसैले कसैलाई गर्दैन जातको धर्मको राजनीतिको के कुरा गर्नु एकले अर्कोलाई हेप्ने प्रबिती भनेको हर मानिसको अन्तर आत्माको दानबिय प्रबिती भित्र पर्छ यहाँ नेपालमा द्दन्द जति र धर्म बाट निस्कियो नेपालमा मात्र हैन झन् चीनमा १३० भन्दा बढी जात छन सायद चीनमा नै बिस्वको बढी जात भएको देश होला र जुन मुलुकमा पनि यो हेपा-हेप छ तर साधारण मानिसमा मात्र हो माथि बस्ने मानिसले मानबियता राखे पछी आन्दोलन मै कसैले निस्की रहनु पर्दैन जसको हातमा कलम छ, जसको हातमा सत्ता छ, जो डाडु र पुनियु बोक्छ उसले अन्याय नगरे पछी नेपालमा जस्तो मुर्ख ताल ठुला मान्छेहरुले गर्दैनन् बोल्दैनान अरुलाई मानब प्राणीको रुपमा हेर्ने प्रबित्री नेपालीले कहिले जानेनन आज बाहुनले बाहुन बाट नै, राइले राई बाट नै, कामीले कामी बाट नै शोषण र पक्ष्य पात भयो यो केहो त ? हामीले यसलाई जातिमा धर्ममा राज नीतिमा हेर्ने दृस्टीकोण हटाउनु ठिक होला, एक पार्टीले अर्को पार्टीकोलाई एक जातले अर्को जातलाई,एक धर्मले अर्को धर्मलाई हेप्ने एक यो समुह छ जुन एकदम मुर्खाई पन हो,अब राईले राई लाई कसरी मन पराउँदैन गन्दैन र मान्दैन भने एक जना राई लाहुरेमा गाको छ अथवा पोइसा वाला छ भने उसको लुवई खुवाई खोकाई अर्कै हुन्छ उसले मान्छे गन्दै -गन्दैन अथवा उ ठिक छ र घमण्ड छैन रहेछ भने पनि त्यहाँ उसको आरिश गर्ने उसको पिछाडी लुवाई र खुवाई माथि आरिश अर्को जुनै बर्गकोलाई लागि हाल्छ यो प्रबिती एकदम राम्रो होइन मानवियताको अन्तर आत्मा दानबिय हो, यसमा आरिश गर्ने के काम ? र उसको सम्पतिको पनि उसले तुजुक अरुलाई देखाउने के काम ? मुर्खहरु यो दुवै थरिका स्वोभाव दानब स्वोभाव हो,
दिमाग कंगाल भएका यी दुवै थरिका मानिसहरुले भोलि जन्मिने तुसारा पात घात गर्छन हिन्दीमा एउटा उखान छ “खाली दिमाग भूतका बङ्गाल” यो किन भो भने खास त जब बेरोजगार, गरिब छन त्यो माथि अझ हिन्दु धर्मको रुढीबादले महिलालाई पेलेको छ समाजलाई पेलेको छ, काम गर्ने चल्ने तौर तरिका ढंग रंग नेपालीहरुमा पटक्कै छैन किन कि जनतालाई कुनै नेपालमा आज ४०० बर्ष देखि यता सम्म आएको राज्य चलाउनेहरुले उन्नति प्रगति कुन चरीको नाउ हो सिकाएनन मेह बिनाको दाईं राजाको पालामा पनि राजा मात्र भन्दै सवारी गराउँदै फूलमाला भिराउँदै बसे त्यो राजा को टाउको अर्कै खुट्टा अर्कैले हात अर्कैले आँखा अर्कैले चलाउँथ्यो राजाहरुले मात्र आफ्नो मुटु चलाउनु बाध्य बनाउने पनि यी देशका बाठा मुर्खहरु नै हुन् राजाले बोल्ने शब्द सम्म यो बोल्नु भनेर सिकाएर पठाउने यत्ति बाठाहरुले आज किन देशमा भाड भैलो गराउने ? यो समस्या पनि मिलाउनु पर्थ्यो नि किन कि अब जिउदो मान्छे र मरेको लाई जे गर्दा नि हुन्छ जनता बिउती सकेका छन अब झुक्कयौनु र अन्यायमा पारेर जल झेल गरेर होइन रियल बुढी जीबी बनिएर आत्मा आलोचना रिय्लाईज गरेर उत्रिनु पर्यो र अरुलाई अधिकार दिनु सक्नु पर्यो त्यो भन्दा ठुलो धर्म हैन, जात हैन, पार्टी हैन, भोलिको नेपालको भबिस्य यो गरेमा हुन्छ नत्र इन्द्रले जाल खेलेको जस्तो अब यो जमानामा काम छैन ति पुराना धर्मका थोत्र कागजका अर्ति उपदेशले नेपाल युरोप बन्नु सक्दैन, नेपाल रही रहोस भन्ने भावना कसैलाई पनि हुँदा खेरी रोटि बराबरी पकाउनु पर्छ कसैले पनि अरुलाई कत्ति परेको छ भनि अरुको ठाउँमा आफुलाई राखेर हेर्नु सक्नु पर्छ बिशेष गरेर माथिल्लो वर्गकाहरुले त्यस पछी त सब इजी इजी,,,,,,,,
i hate nepal now because of poltics
आज को ग्लोबल वोर्ल्ड मा जात धर्म भन्ने कुरा गौड बिसिया होइन र? किन जात धर्म को कुरा धरै गर्ने? अने संघियता को नाम मा 22sa २४ स जस्तो बनाउने पर्ने? गरिब देश मा सबै लै मिनिस्टर हुन परेको !? यदि यस्तो sambidhan bana मा कसरी लागु हुदो रहे६ हेरु त. नेपाल देश yenka bauko birta ho ? jati mon lagyo autti katara badne?
खै हामी जति बहाना भन गरेपनि नेताले कुरो बुज्ने होइनन र नेपाल बाट बेरोजगार भएर नेपाली युवा विदेशइने क्रम रोक्ने चै होइनना एस्तअ बेअर्थ का कुरा गर्नु भन्दा युवा शक्ति लै नेपाल मै रोजगारी देयर कशारी रोक्न सकिन्छ भन्ने त्रफा धयान पुरौना जरुरि देकिंचा हामी सोझा नेपाली जनता पनि त गरिबी को कारण ले नेता को पछि लाग्नू बाधेत बनेको छ नेपाल र नेपाली जनता को सबै भन्दा कमजोरी भन्नु नै गरिबी र बेरोजगारइ नै हो जस्तो लाग्छ हामी सबै ले अ हो हो जातेया राज्य हुनअ साथ् रुख बाट दाम फल्छ काम नगरी बसे पनि सान हुन्छ शिक्षा आर्जन न गरि सरकारी नोकरी पाइन्छ भन्ने सोच गलत कुरा हो कि सबै भन्दा उत्तम हामि नेपाली हौ र नेता को पछाडी न भगौ नेता को कुनै जात धर्म संस्कार हुदैन के जात धर्म हुने भए नेपाल को यो अबस्ता हुने ठेयू र
प्राकृतिक श्रोत प्रख्यात हिमालहरु धार्मिक महत्वका क्षेत्रहरु र त्यो पनि नभएमा रामे श्यामे हर्के नोर्बु बाबुचा धनबहादुर जस्ता नाम राखेर प्रदेश बनाईयो भने सबै भन्दा उत्तम हुन्छ। अहिलेसम्म नामको पछाडी थर लेख्नु पर्ने व्यवस्था अनिवार्य थियो र छ पनि अब उप्रान्त कुनै पनि व्यक्तिको सरकारी कागजाद परिचय पत्र ईत्यादीमा सम्बन्धित व्यक्तिको नाम लिंग र बढिसे बढि बाबु आमाको नाम (थर बाहेक) मात्र लेख्न पाईने कानूनी व्यवस्था भयो भने जात जातीको बिचमा हुने गरेको विवाद आफै समाप्त हुंदै जान्छ । बांकी रह्यो नश्लको कुरा आधुनिक जमानमा अन्तरजातीय विवाह र सम्पर्कको कारण जात जातीको नश्ल आफै सुधार हुंदै गएको छ ।
चिन र भारत कसरी बिदेशी लगानि भित्राउने भनेर मारामार गर्छन पुँजि र रोजगारिले देशलाई र जनतालाई उचाईमा पुराउछ भनेर हामिहरु कागजको खोस्टोमा केकुरा लेखने भनेर मारामार हे हे । जुन सुकै देसमा जातिमा जो सकृय 6, बुध्दि पनि 6 र चापलुसि गर्न पनि सिपालू छ उहि नेताहुन्छ । यो मानब मनोबिज्ञन हो । पहिचानका पच्छधरहरुले हालको बिहारको प्रगतिबाट केहि शिक्षालिदा फाईदा होला । उहि संरचना उहि ब्यबस्था उहि कानुन कसरि प्रगति गर्दैछ । नेपालमा पनि लालु यादबहरुलाई नितिसहरुलाई सत्ताको बागढोर दिनसके नकुनै पहाडिया खान नपुगेर तराई झर्न पर्दछ न कुनै तराई बासि वा जनजातिले आफ्नो जातिको उन्नति भएन भनि दुख्ख मान्ने दिन आउदछ ।
जातीय राज्य भयो भने केहि हुदैन | नेपाल झन् गरिब मुलुक हरुको सिखरमा पुग्छ | जे होस् नेपाललै पछाडी बाटै भए पनि सिखरमा पुरौना खोज्नु एकदम राम्रो कुराहो येसको लागि सबै जआतिय राज्यका समर्थकहरुलाई धन्दयाबाद दिनुपर्छ | नेपाली जस्तो तन्नम मुलुकका जनताले एस्तो कुरा गरेरको देख्दा सारै कुरी-कुरी लगेर आको छ, येशबाट नेपालका नेता र जनता कति पछौटे, आरिसे, छुद्र, कपटी, छन् भन्ने कुरा छर्लंग हुन्छ |
जबसम्म येस्ता खराब मानसिकता नेपाली को दिमाग र मान बाट मेतिदैना तबसम्म नेपालको केहि हुने बल छैन, यो कुरा सबैलै चेतना भय !
केहि साथीहरुले छिमेकी देश भारत लगायत अरु केही देशको उदाहरण दिदै जातीय राज्य हुदा केही फरक नपर्ने तर्क गर्छन तर कुन काल, समय, परिस्थिती, जनसंख्या र त्यसको बनोटको अवस्थामा त्यो कुरा संम्भव भयो यो कुरालाइ बि्र्सेका छन / बिर्सी टोपलेको छन। फेरि बिश्बको बर्तमान अवस्थाले के देखाउछ भने मिश्रीत जातीहरुको बसोबास गरेको ठाँउ एकल जातीहरु बस्ने ठाउ भन्दा बिकशीत, सम्पन्न र शभ्य देखीन्छ । जातिय राज्यको छनैट गरेर हामी कबिला राज्यमा फर्कने कि अगाडि बडने ?
यहाँ कतिले भारत मा जातीय राज्य छ नेपालमा किन नहुने भन्नु भएको रहेछ. मैले त भारतमा जातीय राज्य भेटिन. किनकि,
आन्ध्र प्रदेश – आन्ध्र क्षेत्र जुन आन्ध्र प्रदेशको पुर्बी भाग समुन्द्री क्षेत्र बाट नाम रहन गयो.
अरुणाचल प्रदेश – सुर्य उदाउने भुमि
असम – संस्कृत बाट आएको सब्द. समान कोहि नभएको.
छतीस गढ – छत्तिस गढी देवीको मन्दिरको छतीस वटा खम्बा. पहिला अथवा ३६ वटा जिल्ला भएको भुमि
गोवा – प्राचिन गोवपुरी अर्थात् गाई प्रसस्त हुने ठाउँ.
गुजरात – प्राचिन गुज्जर राष्ट्र अर्थात् सुर्यवंशी क्षेत्रिय् गुज्जर जाती को भुमि
हरियाणा – हरि भगवान को स्थल अथवा हरित भुमि
हिमाचल – हिउँ को अंचल
जम्मु कश्मिर – जम्मु र कश्मिर दुवै क्षेत्र हुन्. जाती होइनन. पहिला कश्मिरमा कश्मिरी बाहुन क्षेत्रि धेरै थिए अहिले मुशलमान.
झारखण्ड – मगध साम्राज्य को समयमा एउटा बनस्पति ले ढाकेको क्षेत्र अर्थात् बनांचल.
कर्नाटक – प्राचिन कर्नाटक देश – कन्नादा भाषामा अग्लो जमिन – समुन्द्री सतह पश्चात डाँडा काडा ले ढाकेको भुमि
केरेला – चरलम भन्ने तमिल सब्द बाट आएको – भिरालो जमिन
मध्य प्रदेश – बिचको भूभाग
महाराष्ट्र – महान राष्ट्र
मणिपुर – मणि को पुरी
मेघालय – बादल अथवा मेघ गर्जने भुमि
मिजोरम –
नागाल्याण्ड – नागा हरु को भुमि
उडिसा – प्राचिन उद्र देश
पन्जाब – पाँच नदीको भुमि
राजस्थान – राजपुत हरुको स्थान
सिक्किम – लिम्बु भाषामा नया दरबार
तमिल नाडू – तमिल भाषीको भुमि
त्रिपुरा – कोक्बोरोक भाषामा नजिक को पानी, संस्कृत मा ३ पुरी
उत्तर प्रदेश – उत्तर प्रदेश
उत्तर खण्ड – उत्तर खण्ड
पश्चिम बंगाल – पश्चिमी बंगाल क्षेत्र
बिहार – प्राचिन समयमा बौध्ध बिहारले भरिएको भुमि
थुप्रै अन्य राजनीतिक बहसहरु थन्किएर ढुसी पलाएको अबस्थामा फेरी यो जातियेताको आधारमा राज्य,
नेताहरु कहिले कुन भाकामा कहिले कुन तालमा सहनाई बजाउदै डम्फु बजाउदै नचाउदै जाने हामी जनता ताल न सुर संग उफ्रिदै हिड्ने?
जातिय पहिचानको आधारमा राज्यले देशमा के परिबर्तन ल्याउला?
अब उही दुई आनाको घडेरी लिदै आआफ्नो राज्य लिदै बस्ने होला नि, अब सानो देशमा तेत्ति बाकी छ, अलिक टाठोचाहिले औलाको इशारामा आफ्नो राज्य चलाउने बाकी हो मा हो मिलाउने, अर्को जातको राज्यको मान्छेले हेपे सबै उठ्ने लड्न जाने, त यो त उ भन्ने, पिटपित गर्ने काटाकाट गर्ने
गरिखाऊ टाठा भनौदा हरु आआफ्नो राज्यको राजा बन
कालो लाइ सेतो र सेतो लाई कालो बनाउन खप्पिसहरू पन्दित्यै गर्दै छन् यहाँ तर नेपालमा यो धेरै चल्नेवाला छैन हेक्का राखे हुन्छा सबैले !
मलाई पनि के हि लेखुं लेखुं लाग्यो तर के लेखौं थाहा भएन……यहाँ जस जस ले जे जे पाए पनि नेपाली ले चाहिं क हि पाउंदैन /आफ्नो भन्दा फरक धार को कुरा आउने बित्तिकै …..सोशक सामन्त हुन पाईने रैछ / संग संगै काठमाडौँ मा १०-८ रोपनी जग्गा पनि मिलैदिये हुन्थ्यो मित्रहरु मलाई….म यो देश को सबै भन्दा ठुलो सामन्ती को आरोप व्यहोर्न तयार छु…..फरक कुरा गर्ने बित्तिकै नकाव धारी भयिनु पर्ने…..तर पनि मित्र हरु…मैले बुझेको कुरा चैं के हो भने…..तपाईं हामी यहाँ अनलाइन जति झगडा गरे पनि …..तपाईं या मेरो विचार बुझेर नेता ले कम गर्दैनन्…..उनि हरुको स्वार्थ जता पति बाट सिध्दः हुन्छा त्यहि कम गर्छन….सबैलाई चेतना भया
प्रचण्ड पहिले सबै जनताको नेता थिए. अरुलाई सम्मान गर्न नजानेको भएर केहि समय पछी उनी माओबादीको मात्र नेता बने. आफ्नै साथिहरुमा मेलमिलाप गर्न नजानेर उनीहरुसंग जुधेर त्येस पछि उनी एक खेमाको नेता बने. त्यसैबेला उनी जनजातिको नेता बन्न खोजे तर उनीहरुले बाहुन भनिरहेकाछन .जता गयो उतै स्वार्थको कुरा मात्र गर्ने भएकोले उनको कुनै सिद्दान्त भए जस्तो लागेन. अहिले आफनै शरीरको मात्र नेता बन्न पुग्न गएका छन्. हुनसक्छ उनको हात पुले छोड्न सक्छ तेतिबेला मुख को मात्र नेता बन्न सक्छन.
तेतिको नेताले हामी कुरा मिलाउदै छौ . लड़भिद गर्ने होइन.जाति मात्र ठुलो कुरा होइन. आफ्नो क्षेत्रमा अधिकारका लागि संघर्ष गर्नुस भन्न पर्नेमा सडकमा उत्रन लगाउने पनि कुनै नेता हो ? एस्तो मान्छेलाई आजसम्म नेता मानेकोमा मलाई धिक्कार छ ! तपाइलाई पनि पश्चाताप छ कि?
यति कुरा राम्रोसंग नबुझाइदियेर नै धेरै मानिसले संघियताको बिरोध गरेका छन्. नेताहरु आपसमै जुहारी मात्र खेल्छन तर जनतालाई केहि भन्दैनन् न त केहि सोध्छन. तर अझै एउटा कुरो बुझ्न सकिएन –
अब यो पहिचान कसरि स्थापित गराउने हो? जब कुनै प्रदेशलाई कुनै जात बिशेषको नाम दीयिन्छ त्यसले कसरि त्यहाँ बसोबास गर्ने सबैको भाषा, संस्कृति, ऐतिहासिकता इत्यादी प्रतिनिधित्व गर्छ? सबै समान हुन् तर पहिचान चाहिन्छ भन्नु All are equal but some are more equal भन्नु जस्तै भएन र? यो पनि स्पस्ट गरिदिनुभए आभारी हुनेथिए.
मित्रहरु, मेरा मन्तब्य प्रति बुझेर पनि नबुझे जस्तो गरी प्रश्नहरु राख्ने तपाईहरु सबैलाई दिने जवाफ दिने ममा सामर्थ्य छैन| कतिले अनभिग्य भएर पनि प्रश्न गरेका होलान| तथ्यांक र आँकडा देखाउँदा भन्न त् मुखले संधै तपाइँहरुलाई कसले छेकेको छ र भन्ने गरेका छन् अनि स्थिति नबुझ्नेको लागि कुरो ठिकै पनि लाग्ला| तर व्यवहारमा भिन्नै छ| तपाईलाई एउटा नेपाली मनले प्रश्नहरु राखु| उसो भए के अरु जाति अयोग्य र असक्षम जसले यस्ता पद लिने नसक्ने हो त्? वा उनीहरुले इच्छा नै नगरेको भन्न खोज्नु भएको? प्रजातन्त्र र गणतन्त्र आयो भनेको दशकौ भईसक्यो| के सरकारमा बसेका र राज्य संचालन गरिरहेकाहरुको जिम्मेवारी छैन अरुलाई पनि समावेश गराउने? अरुलाई उपेक्षा गरेर उनीहरु यतिन्जेल केवल आफैलाइ मात्र देशको नागरिक ठान्ने व्यवहार अब त्याग्नपर्यो| को छन् अहिले सम्म राज्य संचालनको अभिभारा लिएकाहरु? देश कता गैरहेको छ? आफु मात्र खाने र आफ्नो नाता र बन्धुलाई मात्र खुवाउने प्रबित्तिको हावी भएकोले नै अहिले यस्तो स्थिति आएको हो भनेर बुझ्न किन सकिंदैन| मधेसीले आफ्नो जायज अधिकार जोडतोडले लिने भएपछी अरुले पनि किन नपाउने? जनजातिको कुरो आयो कि जैले पनि तपाईहरुको हर्क गुरुङ थियो भने रट लगाईरहने| डा गुरुङ जीवित भएको भए अहिले जनजातिको मांगलाई अझ बौद्धिक बल प्रदान हुने थियो|
हेर्नुस मित्र, साँचो रुपमा नेपाली भएर सम्झनुस| दुखी भएर भन्न परिरहेछ,यो ब्लगमा धेरै जसोको कमेन्ट पढ्दा यस्तो लाग्छ अहिलेसम्मका सुबिधाभोगी जातहरु ज्यान गएपनि अरु जातका नेपालीहरुको पनि समान अधिकार होस् भन्ने चाहना गर्दैनन्|
हाम्रा नियमित कमेन्ट लेखक योगेश आदि न्युयोर्कका मित्रले level playing field भनेको के हो भन्ने राम्ररी बुझेको हुनपर्छ|
जनजातिले किन पहिचानको स्वायत्त प्रदेशको मांगमा अडान लिएका छन्?
लगातार भनिरहेको छु, २००७, २००१६, २००३६, २०४६ र गएका केही बर्षहरुमा
लगायत प्रजातन्त्र र गणतन्त्र नामधारीले समावेशीपन, सबै नेपाली बराबर र समान अधिकारको ग्यारेन्टी गर्दै आईरहेको छ| आज पनि राज्य संचालन र डाडुपन्यु हातमा लिनेहरु त्यही जातकाहरु छन् जो हिज थिए| किन? किन यस्तो स्थिति आयो??
धैर्य, सय्यम र नेपाली मनले आँकडा र तथ्यांक हेर्नुस मित्र| किन एक दुई जातका मात्र प्रशासनमा अत्यधिक वाहुल्य छन्| राणा शासन अन्त भएको छ दशक भन्दा पनि बढी भईसक्यो| तपाइको आशय वाहुन छेत्री बाहेक अरु योग्य छैनन् भनेर आफुलाई हिन्दुस्तानको राजपुत कहलाउने राणाहरुको जात पात विभेदको तन्त्र ब्युताउँन चाहनु हुन्छ भने मेरो केही भन्नु छैन|
मुखले एउटा कुरो हुन्छ हुन्छ भनेर फकाउने फुस्लाउने र शब्दजालले मक्ख बनाउने अनि पछी गएर आफ्नै खाईपाईलाइ कायमै राख्ने व्यवहार जनजातिले राम्ररी बुझेका छन्| हालको राज्य संचालन र निजामति अनि अन्य सेवामा असमावेशीपन र जनजातिको दुखलाग्दो प्रतिनिधित्व देख्दा एउटा नेपालीको हैसियतले तपाईलाई यो समानता प्रति लाज लाग्नु परने हो| तर अरुलाई उपेक्षा गरेर आफु मात्र ग्वाम्म ग्वाम्म बुकाउने आदत र संस्कार पुस्तौ देखि बसेको मनमा ग्लानी र लाज हुने भएन र सबै नेपालीले समान अधिकार पाउन भन्ने चाहना राख्ने कमै रहेछन| कमेन्ट बाट बुझियो|
ल मानौ, एक क्षणलाई जातीय र पहिचान सहितको प्रदेशको मांगलाई बिर्सौ|
तर आज पहिचान सहितको स्वायत्त प्रदेश नबनाए फेरी त्यही दुई चार जातको हावी र हालीमुहालीले निरन्तरता पाईरहने स्थिति नदोहोरिएला भन्ने लक्षण देखिंदैन| मूल कुरो के भने trust को हो| जनजातिले छेत्री बाहुनलाई trust गर्नसम्म गरेका हुन्| तर सो उनीहरु द्वारा लगातार तोडिदै गयो| जनजातिको trust लाई लगातार खेलबाड गर्दै आएको छ र अझ trust गरे भोलि के स्थिति आउने हो त्यो कल्पना मात्र गर्न सकिन्छ|
आफुहरु येन केन प्रकारेण आधार शिविर सम्म पुगे पछी अहिले आएर सबैलाई बराबर गर्नु ‘रे | पछी परेकाहरु उसो भए शताब्दी सम्मै पछी नै रहने भए|
जनजाती अब फेरी सो trust गर्ने स्थितिमा छैनन्| एक दुई छेत्री बाहुनको नियोजित भ्रम जालमा फँसेकाहरु बाहेक प्राय: सबै जागरुक र सचेत छन्| लौ पहिचान सहितको प्रदेश भयो भने अरु जातिलाई बस्न दिईने छैन भन्ने कुनियतले भ्रम फैलाउन खोजेको प्रष्ट हुन्छ|
प्रदेश भन्न साथ् मित्रहरुको मनमा भारतको प्रदेशको सम्झना आउनु स्वाभाविक हो| तर प्रदेश भनेको एउटा निर्धारित भूभागको स्वायत्त शासन हो|
यँहा एउटा कुराको भने ग्यारन्टी दिंदा हुन्छ| पहिचान सहितको प्रदेशमा पनि छेत्री बाहुन र अन्य जात जातिलाई एउटा नेपाली नागरिक सरह जीउन पाउने पूर्ण अधिकार रहनेछ| अरुले हामीलाई हिज थिचोमिचो गर्यो र हेपेर कानुन बनायो भनेर उल्टो हामीले थिचो मिचो गर्ने होइन तर सद्व्यवहार र सदभावनाले मन जित्ने हो|
जतिकै भ्रम जाल फैलाउनुस, जाल संजाल रच्नुस, आजका अधिकांश जनजाती जागरुक छन्| जनजातीहरु प्रति पुस्तौ देखि अहिले सम्म गुमाउदै आएको trust लिन हो भने बाहुन छेत्रीहरुले अलि लचिलो हुनपर्ने र उदारपन देखाउनपर्ने समय आएको छ| प्रचण्ड, वैद्य र बाबुराम बाजेहरुले यो कुरो भित्र र बाहिरि रुपमा राम्रो संग बुझेका छन् क्यारे, गजबले छक्का दाउ हानेका छन्| तर आखिरमा आएर फेरी आफ्नै रंग देखाउने हो कि त्यो पनि समयले बताउनेछ|
जे होस्, विगतलाई सच्याउन र trust जित्न तपाईहरु कै हातमा छ| तपाईहरु जान्ने बुझ्ने हुनुहुन्छ, यसलाई (पहिचान सहितको प्रदेश) राम्ररी मनन गरी पूर्वाग्रह रहित ग्रहण गर्नु नै सबै नेपालीको हितमा हुनेछ|
नेपाल सबै जातको फुलबारी भन्ने कथनलाई व्यवहारमा परिचालन गर्न किन यस्तो हिच्किचाई?
मनजी,
दुख; लाग्छ यहाँ यो पिडितहरुको जमातले सारा दोष जति ब्राह्मण – क्षत्री आदि को टाउकोमा थुपार्न चाहन्छ तर बुझ्न खोज्दैन के सबै समुदाय नै यसको दोषी हो त ? निस्चय पनि हैन l
एउटा जनजाती ले झ्याल बाट आँफै बसेको संबिधान सभाको कुर्ची फाल्दा,लगाई रहेको कमिज च्यातेर मिल्काऊदा बैठक हलमा होहल्ला गर्दा ,एउटा जनजातिले सभामुखको गलामा चड्कन हान्दा अनि सारा जनजातिहरुले एकै स्वरमा कुनै व्यक्तिको हैन पुरा समुदायलाई तल्लो दर्जामा खसेर आलोचना गर्दा पनि किन उनीहरुलाई छुट को अवसर दिइयो सोच्नु भएको छ ?
क्षमा गर्नु होला मित्र,यो देशमा समानताको कुरा सबैलाई प्रिय लाग्छ तर अग्राधिकार हैन,तपाईहरुलाई जनजातिको कोटा चाहियो पाउनुभयो , राज्य बाट आरक्षण चाहियो पाउनु भयो,अरुपनि जति जायज मागहरु छन् त्येसको लागि संघर्स गर्नुस हामी सबैको साथ र सहयोग रहने छ तर यो जातीय राज्यको मागमा हामी परस्पर बिपरित ध्रुबमा विभाजित हुने छौ जो रास्ट्रको लागि एक दमै घटक सिद्ध हुने छ l
अर्को कुरा,जसरि ब्रिटिश आर्मी बन्न सुडौल, फुर्तिलो र बलियो सरिर बनाउन अनेक अभ्यास गर्नु हुन्छ नि मित्र त्यो समय र लगानी शिक्षामा लगानी गर्नु भयो भने अबस्य एकदिन यो देशको लगाम तपाईं हरुको मुट्ठीमा हुने छ अनि बाहुन हरु जनजाती संग आरक्षण खोज्नेछन l
KHAS people If not tend to divide their part of power and the advantage they have over their Khas language. Then division is MUST.If they show the flexibility unity can be achived, currently their propoganda is talking of Nepalese unity without any changes in current system, they do not want to sacrifice their advantages of Language Khas what other janjatis do not have. Country division slogan is not that strong from janjatis part , Khas people r making as every janjatis as villian to save their (Khas) advantage over current system.why Khas language only is Nepali official language? Current NC UML Maoist are fooling us talking about federal state etc, but did not tend to talk about option of language other than Khas language most of party heads r Khas after all. Linguistic advantage has power to control the state or world.
अविकसित मुलुक हरु मा हुने नै यस्तै हो /बिकसित मुलुक मा को मन्त्रि हो को पीएम कसै लाई मतलब छैन किन कि सबै आ-आफ्ना काम मा व्यस्त छन् /नेपाल मा कसै को पनि काम न भएर हो जता ततै यो पहिचान सहित को जातीय राज्य को आगो बलेको /यो जतियेता को आगो बालेर नेता लाई रोटि सेकाएर खुवाउन दिने समय होइन यो त सबै ले मिलेर होस्टे मा हैसे गरेर मुलुक लाई माथि पुर्याउने बेला हो / यो त जोगी को घर मा सन्यासी पाउना भने जस्तो मात्र हो /सरकार नै गरिब ,देस नै गरिब भएको मुलुक मा छुट्टा ,छुटै राज्य अनि जातियता को शंख बजाउनु कति के बेस हो?मानौ तपाई हरु को माग पुरा भयो भने पनि भोलि गरिब नेपाली अझ गरिब,धनि अझै माथि बाहेक केहि हुन्न /फेरी ठालु कै कम्लरी न हुने भन्ने छैन /समानता हुन् को लागि अवसर अनि विकास चाहिन्छ न कि जातियता?स्मरण रहोस जातियता को माग गरि भएको दंगा,हिंग्सा मा हजारौ हजार अफ्रिकी हरु छिमेक मा सरनार्थी भएर बसेका हाल सम्म आफ्नो थाक थलो मा फर्कन सकेका छैनन् कहिँ नेपाल मा यो बिकराल समस्या न आवस/मेरो विचार मा यो संघियता र जातियता भनेर नेपाल टुक्राउनु भन्दा कसरि सम्बृद नेपाल बनाउन सकिन्छ तेता सबै ले विचार गरे कसो होला?
आज विचार न पुर्याउदा भोलि सबै नेपाली हरु ले पछुताउनु सिबाय विकल्प केहि रहन्न /हुन् त हामी ले धेरै गल्ति हरु बिगत मा न गरेका होइनौ तर पनि हाम्रो चेत कहिले पलाएन /हामी पहिले गल्ति गर्छौ अनि फुर्सद सोच्ने गर्छौ जुन हाम्रो परम्परा नै बनेको छ /मेरो विचार मा पहिले देस विकास गरौ अनि नेपाल बाडेर सिमाना लगाऊ जुन ठाउँ मा सबै ले आ-आफ्ना पहिचान अनि रोजगारी पाएका हुन् /नत्र त यो फेरी बादर को हात मा केवल नरिवल सिबाय केहि हुन्न /भोलि सासन गर्ने तिनै तोर्पे हरु हुने हुन् अनि सधै थारु हरु थारु नै र सतार,उराउ,मेचे,कोचे ,धिमाल जस्ता को तेस्तै /जुन जोगी आए नि कानै चिरेको यी आखा ले टुलु -टुलु हेरेर बाच्नु सिबाय केहि हुन्न/ जय नेपाल एक प्रदेस …………………….
मानिस को एक दिन अंतर्रास्त्रिय जाति हुनेछ भन्ने शिदान्त नेपाल मा फेल हुदैछ \ म,मेरो पार्टी ,मेरो शिदांत कम्निस्ट हो भन्ने सबै फेल हुदैछन या भनौ नेपाल मा कम्निस्ट शिदांत फेल भएको छ किनकि अंतर्रास्त्रिय जाति हुनेछ भन्ने हरु दुइ ,चार जाति हुनु पर्छ,जातीय राज्य हुनु पर्छ भन्ने राजनीति गर्दैछन \ माओबादी ,एमाले लगाएत सबै फेल भएका छन् \ मै हु भन्ने माओबादी को जबाफ आउला ?
जस्ले जुन जातिय, क्षेत्रिय, संधिय राज्य ले विकास हुन्छ भनेर सुगाले रटे जस्तै रटे पनि जब सम्म देसको बिकासमा मेरो पनि हात छ र मैले गर्नु पर्छ अरुले गरेर हैन मैलेनै हो भन्ने भवना आफैमा नजागे सम्म शिवजि आएर देशमा शासन गरे पनि हामी नै नसुध्रे सम्म यस्तै हो………………….
यो जातीय आधारको राज्य को नाम र संगीयेताको मूल उदास्यनै त्येही हो भने नेपाल र नेपाली ले फेरी पनि ठुलै मौका गुमाउने नित्चित छ| यो बिख्को रुख जति बढ्यो उतिनै जरा फैलौछा र त्यतिनै बिधन्सकारी बन्ने छ| म ठोकुवा का साथ लेखेर दिन सख्छु|
त्यसो भयो भने नेपाल भन्ने देश अर्को दस वर्ष पनि रहने छैन र नेपाली हरु झन् पलायन हुनेछन| को फेरी गृह युद्धको सामना गरेर पनि सबै गुमौना चाहन्छा| तेसो भयो भने म नेपाल सदैको लागि छाड्ने छु|
एउता कोमेंटमा लेखे जस्तै यो दलित र जन जातिलाई होइन केवल गच्छेदार, बर्समान पुन, उपेद्र यादव, राजेन्द्र महतो, ओली, रामचन्द्र, भिम रावल, दीपक बोहरा, प्रचंडे र उसका आसे पसे लै भोलि लडाईले देश धोस्त नाभंजेल डुलेर खाने भन्दो हुनेछा|
अर्को एस्तो जजियेताको प्रदेश को प्रसासनिक बोज पनि थामी सक्नु हेनेछैना र कारोबारको लागि बेबहरिक पनि हुदैन र कहिले यसका आधार बनाएर समय बर्बाद गरि राख्ने कि अबपनि केहि गरेर अगाडी बढ्ने|
एदी यी नेता भनौदा पाखण्डी र यिनका भरौटे हरुलाई देश बनाउन केले रेकोको छ भने त्यो हो भास्त्रचारी बन्द गर्न नसक्नु, अपराधी र भास्त्रचारी लै कारबाई गर्न नसक्नु र कुनै पनि योजना बिना धादली र भास्त्रचार रोकेर गर्न नसक्नु अनि विधिको बिधान नहुनु हो, फता हरुको जमात ले नै राजनीतिको बागडोर समात्नु हो|
अर्को पछ्या हो जनता असित्छित र अस्वस्थ भएर पनि हो| तेसैले राम्रो स्वाथ, सिछ्या र अपराधीलाई करबि गर्ने आँट भएको नेपाल चियो नकी एघार जन दोन उनका गुन्डा को जागिरको लागि ग्यारेन्टी दिने खालको राज्य बेबस्था|
मलाई लागेका कुरा:
१. के नेपालक सबै बाहुन-छेत्री धनि र जनजाति गरिब छन्? म जातले बाहुन हु तर खै काम नगरी खान पुग्दैन त !
२. यकातिर यति र उति प्रतिसत आरक्षण पनि चाहिने, जातिय भेद-भाव हटाउनु पर्यो भनेर डलर को खेति पनि गर्ने, अनि राज्य चै जातिय चाहिने यो कस्तो दोगलापन हो?
३. १०० भन्दा धेरै जात- जाति रहेको देशमा कुन जाति को नाम मा राज्य हुने भनेर कुन आधार मा गर्ने? ल चेपांग, राउटे, बनकरिया, कुसुन्डा का नाम मा राज्य बनाउँ न त, सबै भन्दा पछाडी परेका त तिनै हुन् !
४. आज का दिनमा के सबै बाहुन-छेत्री का छोरा ले पुर्खाको संस्कार मानेका छन् र? समय परिवर्तन हुदै छ भने हामी चै किन फेरी जात-जाति का नाम मा देश टुक्राउने ?
५. शक्ति र सत्तामा हुदा सबै ले मोज गरेकै छन्, कसैले जात-जातिका नाममा, कसैले छुवाछूत् का नाममा, आखिर पिडामा पर्ने त शक्ति नहुने हुन् र सबै जात जातिमा छन् भने बाहुन- छेत्री ले गर्दा सबै बिग्र्यो भन्ने तुच्छ सोच किन?
६. संघियेता आजको आवस्यकता हो तर जात को आधार मा हैन, वर्गको आधारमा, सबै जात-जाति भित्र पछाडी परेका वर्गको भलो हुने गरि गरिने निर्णयले नै सबैको भलो गर्छ, नत्र भोलि जात-जातिका नाममा हुने काटामार मा मर्ने त आखिर नेपाली नै हो !!!!
आज जात जात को राज्य दिन्छु भनेर आफ्नो स्वार्थ पुरा गर्न खोज्ने माओ बादी l ( पी के दाहाल ) लाइ अब को ५ बर्समा सबै जात जात मिलेर टुडिखेल मा फासी दिने छन् !! यो मेरो भनाइ हो..!!!
गाउने बेला मा सयेउ थुंगा फूलका हामी एउटा मल नेपाली रे अहिले आएर क नाटक हो यो २१ औ सताब्दिमा पनि राज्य जात थुक्क मति भ्रस्ट नेता HO
‘लिङ्ग’ ले छुट्टाएको ‘जात’ मात्र अधिकारिक अरु बाल….२-४ अक्षर पढेका हामी हरु को कमेन्ट त मात्र ‘जात’ बिशेष बाट हेपिएको भन्ने तुच्छ सोच छ न कि ‘राज्य’ बाट/ भने त्यो ४५ डिग्री को तातो मा ‘डण्डा’ बोकेर बन्द गराउदै हिड्ने को दिमाग मा के चै भरिदिएका होलान प्रचण्ड -पथ ले छ्या…..
संघियता र जातीयतामा अलि धेरै नै हद सम्म अगाडी जना लागेको महसुस हुन्छ / अब हरेक जन जातिले आफ्नै भाषा मा पढ्न पाउनु पर्छ रे ? एस्तो त संसार मा काँही देखेको
छैन ? राष्ट्रिय एकताको आधार एउटा राष्ट्र भाषा हुन्छ / जुन बिभिन्न जनजाती बीच संवाद र सहबास को माध्यम हुन्छ / हाम्रो कुन त ?
UK मा त scotish , Irish र Welsh को आफ्नै लोकल भाषा हरु छन् / तर पढ्ने पढाउने सबै अंग्रेजी मै हुन्छ/ तर स्थानीय भाषा दोस्रो भाषा को रुपमा छन् जसको अध्यापन हुन्छ / जस्तै सबै वेल्श बासीहरु ले दोस्रो भाषा को रुपमा वेल्श भाषा अध्यन गर्न पाउनछन् यो हैन कि सबै वेल्श भाषा मै अध्यन गर्छन /
UK ले अहिले राष्ट्रिय एकता को आधार र समाजिक सत्भाब को आधार अंग्रेजी भाषा लै मानेको छ. आप्रबासी हरु सामाजिक रुपमा स्थानीय बासीहरु संग integration भएनन् भनेर सबै UK आउना चाहने आप्रबासी हरु ले अंग्रेजी अनिबार्य जान्नै पर्ने नियम ल्याएको छ Human Rights Activist हरु को बिरोध बाबजुद/
एथार्थ र बस्ताकिता लै बुझ पचाई, नेपाली भाषाको व्यापकताको इर्स्या गरि , इतिहासलाई पछाडी धकेल्ने काम भै रहेको छ , जनजाती अधिकारको नाममा ! के संसार मा सामन्ती भाषा भनेर अंग्रेजी को अध्यन अध्यापन को बिरोध गर्दै हिन्ने? हो अंग्रेजी सामन्तबाद बाट नै फैलियो तर त्यो इतिहास भै सक्यो , यो बास्तबिकता जानेर नै कतिपय देशले अंग्रेजी लै नै राष्ट्रिय भाषा मानेका छन्, ति देश हरुमा अरु स्थानीय भाषा नभएर हैन थुप्रा थिए र छन्.
नेपालमा नेपाली भाषा जति व्यापक र बिकसित अरु भाषा छैनन् / यो नै राष्ट्रिय भाषा हुनु पर्छा र सबै सरकारी कामकाज , अध्यन अध्यापन को माध्यम नेपाली भाषा नै हुनु पर्छा/ तर हरेक जनजाती ले आ आफ्नो भाषा कम्तिमा माध्यमिक तह सम्म अध्यन गर्न पाउने अधिकार र सुभीदा हुनै पर्छ.
उसो भए कुनै एउटा जनजातिको भाषा लै राष्ट्रिय भाषा बनाउ न त, मगर, राई, मैथिली, शेर्पा, यी मध्ये कुनै एउटा भाषा छानौ अनि येसैलाई मुख्य बनाउ, नेपालीलाई नै किन? तपाईं को भाषा भएर? येही मेरो संस्कृति नै अरु सबैले मान्नुपर्छ भने सोचले देश टुक्रिने हो
जसले जे भनेपनि नेपाली भाषा सम्पर्क भाषा भैसकेको छ! हो अरु भाषा पनि पढ्न-पढाउन पाउनु पर्छ तर कल्पना गरौ हाम्रो जस्तो सानो देशमा एउटा राज्य बाट आर्कोमा जादा भाषा बुझिएन भने कस्तो होला!?!
मित्र फरक हेरौ अहिले तपाई ले यहाँ अंग्रेजी अथवा नेपाली मा नलेखेको भए तपाई ले नै भनेको भाषा मा कमेन्ट गरेको भए यहाँ कति जनाले बुझ्थे र बुझ्नेछन. भाषा भनेको सम्पर्क को मध्यम हो अरु की होइन जसले जुन भाषा बुझ्छ्हा त्येई भाषा प्रयोग गर्ने हो चलनचल्ती मा पनि अब तपाइलाई संस्कृत नेवारी शेर्पा थारु हिन्दि मैथिली जे अंग्रेजी जे प्रयोग गर्न मन छ गर्न सक्नु हुन्छ तर भाषा लाई आत्मसम्मान र पहिचान संग जोड्न चाहनु हुन्छ भने पनि जोड्न सक्नुहुन्छा तर आफ्नो मन मा लागेको भाव लाई जसरि ब्यक्त गरेरअरु लाई सजिलै बुझाउन सक्नु हुन्छ त्येही प्रयोग गर्दा उत्तम जस्तो मलाई लाग्छ बाकी तपाई कै इच्छा
जात को पछी लगेर नै नेपाल मा बर्ग वर्ग विवाजन भएर यो हालत भैसकेको छ ,अब जातीय नारा होइन मानव विकास तिर लागे कसो होला ?
मात्र हामीलाई चाहिएको समान अधिकार र कर्तब्य सहितको कानुनी शासन व्यवस्था हो,जातीय संघियता जस्तो वाहियात कुतर्क यो दुनियामा अरु केहि हुनै सक्दैन,सबै आर्यहरु (बाहुन,क्षेत्री,ठकुरी,दशनामी,लोहाकर,चर्मकार,सुचिकार आदि ) लाई सामन्त, फटाहा र निर्मम देख्ने तपाई हरुका आँखामा दृस्टी दोष छ किनकि नेपाल भित्र सोसित र पिडित यति धेरै आर्यहरु छन् तर तपाइंले देख्नुभएको रहेनछ र यस रोगको उपचार कुनै डाक्टर – बैद्य ले गर्न सक्दैनन् l
बाइसे चौबिसे राज्य नहोस …म यो जाति भन्दा पनि हामी नेपाली भन्ने भावना सिर्जना होस् …नेपाल लाई एउटा लड्डु सम्झेर जातीय कमिला ले खान खोजेको हो !
लेखक महोदयले पहिचान चहियो , खोजेका, भनेर बेलिबिस्तार
ब्याख्या गरिराखेकाछन , हरामीहरु बुझीबुझी हक अधिकारको
कुरा गर्यो कि जातिय , बिखन्दनकारीको बिल्ला भिराउन जोड गर्न
थाली हाल्छन ! अझ लुनाजस्ता अल्पज्ञानिहरु ज्ञाने नै बेटर भन्न
थाली हाले !
यसमा भएको comment बाट नै के स्पस्ट हुन्छ भने INGO,NGO हरुको डलर खेति ले राम्रै काम गरेको छ नेपाली हरुलाई जात जात मा बिवजित गर्नमा.याँहा का comment हरु नै काफी छ हाम्रो समाज कसरि विभक्त भएको छ भनेर. अहिले आएर इतिहास को कुरो गरेर बाशी राख्ने कि सबै नेपाली लै समान अवसर, शिक्च्या मा, जागिर मा उद्योग मा दिने कुरो मा लाग्ने. अहिले विस्वमा जातियता को कुरो गर्ने हरु साँचो अर्थमा प्रतिगमनकारी हरु हुन्. अहिले नेपालीहरु विस्वको हरेक देशमा काम गर्न गरिराखेको छ र अहिले को आर्थिक व्यवस्था मा जो जहाँ गयेरो पनि काम गर्ने बतारवन हुनु पर्छ आफ्नो आर्थिक सम्बिधि को लागि. राज्यले त आफ्नो धर्म, कर्म, बहसको बिकाश गर्ने कुरो मा बाधक पो हुनु हुदैन त्यस कारण यो जातीय राज्यले बिनाश बाहेक केहि ल्यौदैना.
दोष र बाहानाबाजी गर्ने त हाम्रो संस्कारमै छ नि, यसलाई एउटी पुस्ताले सोझाउला भन्नु गलत हुनेछ| हामीले परिवर्तन (भित्र-बाहिरबाट) हुनै पर्ने भएको छ| त्यसैले त यो संबिधान र पहिचान सहितको संघियेता जति सोचो उति उचित लाग्दैछ, मलाई| धन्यबाद रबिन्द्रजी, कुरो एकदम घत लाग्यो|
संघियता र जातीय राज्य दुवै अनाबश्यक र हानिकारक छ. पाच बिकास क्षेत्र लाइ अलि बढी स्व्यायात्त दिएर ति बिकाश क्षेत्र लाइ नै स्थानीय सरकार(जिविस को अबधारणा) माअपग्रेड गर्नु नै आज को सबै भन्दा उत्तम विचार हो. नेपाल जस्तो मुलुक मा संघियता लागु गर्नु भनेको इंडिया लाइ निल्न को निम्ति स सानो गास बनाइदिनु हो र यो अत्यन्तै घातक योजना हो. तेसकारण देश को माया हुने ले संघियता र जातीय राज्य दुवै को जोडदार बिरोध गर्नु पर्दछ.
पृथ्वी कमरेड- “उत्पीडन हैन – बेवास्ता” गरेको भन्दा ठिक होला – हो हामी पनि तपाई ले सोचे जस्तै अबस्थामा परेको हो/
– ७२ बर्सिय ‘चन्द्रबहादुर डाँगी’ बाजे लाई ‘आज सम्म कसैले’ किन पत्ता लगाउन किन सकेन ??? राज्यले पनि केहि दिन सकेन ! झन् तपाई हरु त जनताको नेता ??
http://www.heraldsun.com.au/news/more-news/worlds-smallest-man-chandra-bahadur-dangi-in-sydney/story-e6frf7l6-१२२६३५५४८८२४२
http://www.nagariknews.com/diaspora/europe-prabas/40668-2012-05-13-13-54-28.html
त्यसैले राज्यले ९९ % नेपालीलाई ‘उत्पीडन’ हैन कोम्रेड ”बेवास्था” गरेको हो! बेवास्था!!
-बढी, भाबुक बन्न खोज्यो भने ‘अर्थ’ को अनर्थ लाग्छा र उद्देश्य ले ‘बल्त्यांग’ खान्छा/
यी बाजे त झन्, राज्य नै ‘ठकुरी र छेत्री’ ले संछालन गरेको समय मा जन्मिएका र सायद तपाई लाई मन्त्रि बनाउने पार्टी लाई भोट पनि हालेका होलान!!!
आफु परियो अंतरास्त्रियाबादी बिचारमा विश्वास गर्ने कम्युनिस्ट हरुको ‘भलो’ चाहने र पृथ्वी कमरेडको एक समयको नजिकको झोले / अब मलाई धर्म संकट पर्यो – म के हु भनेरा? गाउका दाजु भाइ हरु मन्त्रालयका सचिब थिए/ एमाले का कति जना आफ्नो गुरु हरु मन्त्रि पनि भए तर कहिले पनि ‘जागिर’ को लागि कसैले सहायोग पनि गरेन/
– बरु, समय को प्रवाहमा बल्ल बल्ल रिंड लिएर विदेश पदना आइयो र पनि देश को माया र ममता ले यो विदेश को बसाइ खल्लो बनाइ रहेको छ/
– अर्को सब्द मा भन्नु पर्दा – नेताहरु र राज्यले हामि लाई – “उत्पीडन गरेको ” हो र आज पनि गरि रहेका छन् र भोलि पनि हुनेछा/ई
-झन् अंतरास्त्रियता को वकालत गर्ने तपाई जस्ता ‘कमरेड’ हरु को’ बोलि र ब्यबहारले नै प्रमाणित गरिरहेको छैन र ???
– “जननी जन्म भुमिस्चा स्वर्गादपि गरियसी’ !!!
-बुद्द को महाबानी ले भन्नु हुन्छ : –
“There is nothing more Dreadful than the habit of Doubt. Doubt separates peoples. It is a poison that Disintigrates Friendship” !!!!
चित्त नबुझेको एउटा कुरो नि मित्रहरु!! यहाँ पिछदिएका जातजाति लाइ जातीय पहिचान सहित को अग्राधिकार दिने कुरा आइ रहेको छ, मानि लिउ १०/१२ ओटा जातिय राज्य भयो रे, ठिक छ १०/१२ ओटा जातिको भाषा सस्कृति को .. पहिचान कायम भयो, उनीहरुलाई राज्यमा अग्राधिकार भयो तर अरु जाति जस्तै अल्पसंख्यक बोटे माझी मुसहर, दलित वा नेपालमा बसोबास गर्ने जातिको पहिचान के हुने नि?????
र अर्को कुरा मानिलिउ काठमान्डू नेवा प्रदेश भयो रे, त्यहाँ का नेवार जाति ले आफ्नो आफ्नो पहिचान सहितका राज्य पाए ठिक छ उनीहरु को पहिचान कायम भयो तर नेपाल राज्य भरि बसोबास गर्ने वा भनौ कुनै थारुहट प्रदेशमा बस्ने समग्र नेवार जाति ले पहिचान पाउने कि नपाउने?? कि पहिचान पाउन को लागि बर्षौ देखि बस्दै आएको ठाउ छोडेर कुम्लो कुटुरो बोकेर नेवार राज्यमा प्रवेश गर्नु पर्ने हो आफ्नो पहिचान पाउनको लागि?? के मधेस राज्यमा बस्ने थारु, लिम्बु, नेवार, मगर गुरुङ ले त्यो राज्यमा आफ्नो जातीय पहिचान पाउन सक्छ होला? जबाफ छ यहाहरु संग? बाहुन क्षेत्रीको त कुरै छोडौ.. त्यसैले मेरो बिचारमा जातीय राज्य भनेर उफ्रने हरु कुनै निश्चित भूभागमा बस्ने जनजातिको मात्र माग हो अनि सिमित व्यक्ति लाइ मात्र फाइदा हुने हो यसबाट तर नेपाल भरि छरिएर बस्ने समग्र पिछाडिएका जनजाती को माग हुदै हैन र सबैको भलाइ चाहाने हो भने संघियता मा जरुर जानु पर्छ तर जातीय हैन, त्यो ठाउको सबैको साझा कुनै धरोहर को नाम राखेर संघियता मा जादा कसको के बिग्रिन्छ र??? जस्तै लुम्बिनी– नारायणी.. यो कसैको पेवा हैन नि यो त के हिन्दु, के मुस्लिम, के बाहुन के थारु के मधेसी सबै को साझा धरोहर र आस्थाको केन्द्र हो हैन र किन कुरा नबुझेको?
जातभातको नाउमा देश भाड्न खोज्ने पहिलो नारा लगाउने माओबादीको कालो तुक, तेस्को सिको गर्ने मखंडीहरु र जातभातको नाउमा थिचोमिचो भयो, समानता भएन भनेर आफनो कोटा खोज्ने जातजातिहरु समानतामा हैन समान आवसर मा बिस्वास गर भोलि पछुताउनु भन्दा, मेरो मातृभूमि टुक्रिएको हेर्ने रहर छैन तिम्रो राजनैतिक भागबन्डाको लागि, जयदेश
रुवाण्डा, नाइजेरिया, यूगोस्लाभिया, श्रीलंका आदि देशको जातीय राज्य माग वा राज्य बाँडफाँडले गरेको विस लाख भन्दा बढि मान्छेको मृत्युलाइ हामीले हेर्नु आवश्यक छ ।
यदि कोहि त्यताको कुरालाइ आखा चिम्लन तयार भए पनि तराइ संघर्षको नाममा भएकको हिंसाले कति पहाडीया नेपाली तराइबाट विस्थापित भए ? कतिले ज्यान गुमाउनु पर्यो र कति हालसमम पनि मानसिक तनावमा बसिरहेका छन् तिनिहरुलाइ सोधे हुन्छ । जातीय राज्यको भोली प्रर्ने सामान्य प्रभाव ।
भोली साच्चैको जातीय राज्य भयो भने, हिजोको तराइ आन्दोलन भन्दा पनि हजारौं गुणा ज्यादा हिंसा र विस्थापित हुनेछ । समभवत श्री प्रचण्ड नै चितवनबाट थारुहरुबाट लखेटिनु पर्ने छ ।
त्यति बेला पछुटाउने मूर्खता कसैले किन गर्ने ?
के अहिले नै हामीले भोलीको आाकलन गर्न सकिंदैन र ?
अर्को महत्वपूर्ण पाटो आजसम्म जतिसुकै तराइबाट वा पहाडबाट जोसुकैलाइ लखेटिए प उनिहरुको बास काठमाडौं भै रहेको छ तर भोली नेवा: राज्य भयो भने के हुन्छ ?
सानो एउटा घटना जुन केहि वर्ष पहिले काठमाडौंमा वाहिरी चक्रपथ बनाउने प्रस्ताव आएको थियो र काठमाडौंका जातीयताको पक्षधरहरुले विरोध गर्यो; भोली तीनै जातीयताका पक्षधरहरुले काठमाडौंबाट तराइ र हिमालकालाइ लखेटेमा कहाँ जाने ?
भारतमा शरणार्थी बन्ने ? कि भुटानमा ?
जातीयताको पक्षपातीहरले राम्ररी मनन् गरुन् ।
देशको माया नहुने स्वार्थीहरु त भुटानको जस्तो नेपालमा समस्या आएमा संयुक्त राज्य अमेरीकामा शरणर्थी भै जान पाइएला भनी दंग पर्लान, तर स्वाभिमानी नेपालीलाइ
देश हराएका प्यालेष्टाइनलाइ सोधे हुन्छ देश हराउनुको पीडा ?
त्यति बेला डलरले खान त पुग्ला तर हरेक दिन सासै पिच्छे मरिरहेको महसूस गर्नु पर्ने हुन्छ ।
त्यत्तिञ्जेलसम्ममा अहिलेका नेतालाइ सरापे पनि तिनिहरु यो संसारबाट कुनै अघोर नर्कमा मुख लुकाएर वसिरहेको छुनेछ ।
मन जी ले के कुरा बुज्धा हुन्छ भने तपाइलाई पनि कसैले रोकेको छैन सिडिओ डिएसपी बन्नलाई किन जातीय रुपमा हेर्नु हुन्छ मुढे बल ले हुदैन दिमाख लगाउनु होस् ९०% मा तपाई पनि पुग्नु हुन्छ राम्रो बाटोमा हिड्नुहोस
जातिय पहिचान सहितको राज्यमा किन डराका होलान् यी ठुला जात भनाउँदहरू । तराईबाट धोतीहरूले खेदेको जस्तो पहाडबाट पनि खेद्ने भए भन्ने लागेको होला । तर नेपालका जनजातिहरू त्यति नीच मानसिकताका भने हुँदैनन् र छैनन् पनि ।
त्यस्तै भारतमा जातका नाममा राज्यहरू कति बनेका छन् । भारतमा किन त्यस्तो भयो त भन्दा भारत तिमीहरूको पनि हो भन्ने बुझाउनको लागि हो । त्यहाँका नेताहरू दुरदर्शी थिए र देशमा शान्ति ल्याउन सफल पनि भए । त्यही भएर त आज विश्वमा नयाँ शक्ति भएर उदाउँदैछ । तर नेपालमा भने जनजातिहरूलाई कहिले पनि देश तिमीहरूको पनि हो भन्ने लाग्न दिइएन ।
अहिलेको क्षण भनेको सबै नेपालीलाई नेपाल सबैको हो भन्ने पार्ने सुनौलो अवसर हो । तर जो आफु यस देशको सभ्य नागरिक सम्छन्छ र जनजातिहरूलाई जंगलीको संज्ञा दिन्छ, त्यसैले यसको महत्व नबुझेका देख्दा दया लागेर आउँछ र घृणा पनि ।
भारतको राज्यको नाम जातको आधारमा भन्दा पनि मुख्यतय भासिक आधारमा हो … जस्तै बिहार भनेको जात होइन बिहारी(हिन्दि , भोजपुरी, मैथिली mix ) भासीको (संस्कृति पनि ) राज्य हो जहाँ धेरै थरि जात जाति बस्छन … ९० को दसकमा त्यहाँ जातीय दंगा/ मारकाट झन्डै सुरु भाको थियो धन्न टर्यो … र अर्को कुरा तेही कारणले अहिले बिहारमा आफ्नो नामको पछी जात लेखन अनिबार्य छैन … केवल नाउ मात्र लेख्दा हुन्छ … तेस्तै महारास्त्र , गुजरात ( bombay State १९६० मा भासिक आधारमा टुक्रियारा महारास्त्र र गुजरात बनेको हो ) , केरेला , बंगाल , पन्जाब , हरियाणा ( पन्जाब बाट हिन्दि भासी हरियाणा अलग राज्य बनेको हो ) , झारखण्ड , मणिपुर , नागाल्याण्ड , तमिलनाडू आदि सबै भासिक राज्य हुन् जहाँ सबै जात जति , धर्म , समुदायका मान्छे बस्छन … भारतमा राष्ट्रिय भाषाको मान्यता प्राप्त नेपाली भासीले तेही हुनाले आफ्नो अलग भासिक र संस्कृतिक पहिचान सहितको गोर्खा ल्याण्ड राज्य माग गरेको …
हे मुर्ख, पहाड़े भनेको बाहुन छेत्री र दलित मात्र हैन जन जाती पनी पर्छ भन्ने कुरा पाहिले बुझ.
तम्सलिंग माँ बसने तमांग ले अधिकार पाउने तर तराई माँ हुने ले न पाउने?
अनी अर्को कुरा तिमीहरु ले लाखेट दा अरु भाग्छ भनेर सोचने कस्तो सोच हो, अनी जातीय युध्ह सुरु भयेन
माहिला जी, कसले भन्यो भारतमा जातिका आधारमा राज्य छन् भनेर? नेपालमा आज भोलि जे भैरहेको छ त्यो हेर्दा त नेपालचै भारतको राज्यमा परिवर्तन होला जस्तो छ! राजदुत महोदय त मन्त्रिहरुको मिटिंग मै बस्न थालीसके क्यारे!
यदि देश बिकसित भएको हेर्ने हो भने संघिय राज्य हुनै पर्छ, समानुपातिक रुप मा राज्य संचालन हुनै पर्छ
हो, हाम्रो मानसिकता स्वीट्जरल्याण्डवासी जस्तो अहिलेका नेताहरुमा हुने हो भने ।
हामी त भुटान जति पनि छैनौं, छिमेकी विहार जति पनि छैनौं र छौं नाइजेरिया र रुवाण्डाका जस्ता अनि कसरी हुन्छौं हाम्रो विकास संघीयतामा ।
जातीय नेताहरु आफै उचाल्छन् र आफै पछार्छन अनि दोष जति सवै जनताको टाउकोमा हाल्छन् । सुदूर पश्चिमको आन्दोलनको कारण स्वयं तीन पार्टी र मदिसे मोर्चा होइन र ?
संघ नहुंदा त तराइबाट पहाडीहरु लखेटिनु पर्यो । पहाडे भनेको बाहुन क्षत्रि र दशनामी मात्र नसोचे हुन्छ, त्यसमा जनजाती पनि पर्छन् ।
थारुहरुको मोर्चा खोल्ने कार्य मदिसे आन्दोलनको कारणले गिरिजाप्रसाद कोइरालाकोको अगुवाइमा भएको होइन र ?
आज मदेश आन्दोलन भन्नुस वा थारु वा सुदूर पश्चिमको यी चुनावी नेताहरुकै कारणले प्रायोजित र सिर्जित होइन र ?
अव के हामी जानी जानी बुझ पचाएर आगोमा भित्र जाने ?
हिंजो परिवर्तन जी को लेखा पढ्दा लाग्यो अहो उहाँले त घोषणाको त्यो पहिलो शब्द मात्र सुन्न बाँकी छ, गौंडो नै कुरेर बस्नु भएको छ र सायद तराइमा बसेका थुप्रै पहाडे मुलका मान्छेको घर,जग्गा आदिमा एउटा सुन्दर सपना देख्दै हुनुहुन्छ ! किनकी उहाँका कुनै शब्दमा पनि शिष्टता थिएन, थियो त केवल आक्रोश र अत्यन्त तल्लो दर्जाका गालि !
आज भनिएको बिषयमा मलाइ के लाग्यो भने जब यी सबै समस्याको जड भनेकै जातीयता हो भने किन फेरी जातीयताको पहिचान सहितको राज्य त ? हरेक चिजमा आरक्षण पनि चाहिने रे समानताको लागि लडेका छौं पनि भन्ने, डलर ल्याएर जातीय छुवा-छुतको अन्त्यको नारा,ब्यानर,बृतचित्र, सेमिनार-गोष्ठी, विदेश भ्रमण पनि गर्ने, उता सरकारी सेवा देखि राष्ट्रिय मेवा खाने संविधान सभा सम्म जान समानुपातिक, जनजाति अनेक शिर्षक पनि राख्ने तर यता जातीय पहिचान सहितको राज्यको पनि माग गर्ने यो कस्तो दोधारे चरित्र ? त्यहि जात-जाति मान्ने प्रथा उन्मुलन गर्ने नाममा हुने नेतृत्व पनि आफै गर्ने अनि जातीय पहिचान सहितको राज्यको पनि आफै गर्ने ? अनि गालि जति बाहुन क्षेत्री अनि पहाडे लाइ ?
२-४ जनाले शोषण गरे होलान के सबै समुदाय लाइ नै गालि गर्ने ? ल हिंजो बिशेन्द्र पासवानलाई नै हेरौं उनि दलित- पिछडा वर्गका नेता होइनन ? जसले आफ्नै छोरीले अर्को गरीब-दलित संग बिहे गर्दा केटालाई अपहरण गरे, सारा परिवारलाई मार्ने धम्कि दिए, त्यो पनि प्रहरी संगको मिलोमतोमा जो स्वयं उनकै छोरीले भनेकी छिन ! के ति प्रहरी सबै जनजाती,थारु,मधेशी वा पहाडे मध्ये कुनै १ मात्र समुदायका थिए ? कुन दलित- पिछडा वर्गले उनको त्यो कार्यको बिरोध गर्यो ? २-४ जना छाड्ने हो भने यहाँ कोहि पनि अरुबाट पिडित भएको छैन ! सबै आफ्नै बाट पिडित छौं यहाँ त केवल आफ्नो लाचारिताको भारी अर्कोको काँधमा बजारेर आफु हल्का हुन् खोजिंदै छ ! संघियतामा जाउँ तर जातीयताको पहिचान हामीलाई चाहिन्न…… हामीलाई जातीयताको उन्मुलनको खाँचो हो ! जातीयताको पहिचान सहितको संघियता भन्नु त यो केवल नेताहरुले आफ्नो बर्श्च्व कायम राख्न बदलेको शिर्षक हो र केहि बिद्द्वान पाटे परिवर्तन हरुले बिना मेहनत करोडपति हुन् देखेको सपना हो ! हिंजो पंचायत हुँदा पनि हामि दिपक बोहोरा जस्ता मण्डले गुण्डा बाट शाशित भएका हौं त्यस पछी जे जति तन्त्र आए पनि हामि त्यहि बोहोराबाट शासित हुन् बाट मुक्ति पाएका छैनौं र भोलि जातीय पहिचान सहितको संघियतामा गएपनि आउने यहि दिपक बोहोरा, गच्छेदार, जयप्रकाश प्रसाद गुप्ता, उपेन्द्र यादव, रामचन्द्र पौडेल, प्रचण्ड,ओली यिनिहरु नै हुन् ! हेर्नोस हामि केवल बलि-दान मात्र हौँ मोज गर्ने अनुहारहरु यिनीहरु नै हुन् ! हरेक दिन भारतको चाकडीको लागि सिंगो राष्ट्र संग घात गर्ने यी अनुहारहरु को कुनै लाज-धर्म केहि छैन यी स्वास्नी-छोरीको अस्मिता संग कुनै राज्यको कुर्ची साट्न सक्छन ! भारतले सिमा मिचेर बिचल्ली पार्दा तिनको पक्षमा लड्ने कोहि भएन, गुहार दिने कोहि भएन ! भारतले आफ्नो भूमिको फर्काइ-फर्काइ लिंदा त कसैलाई आफ्नो अस्तित्व, संस्कार, जातीय पहिचानको स्मरण भएन त के त्यहाँ पहाडे मात्र परेका थिए ? के त्यहाँ बाहुन-क्षेत्री मात्र परेका थिए ? के नेपालिको बिरताको कथा काल्पनिक थियो ? के त्यसको संरक्षण फोटोमा माला लगाएर स्मारक बनाएर हुन्छ ? भारतले चारैतिर बाट ठोक्दा क्लोरोफोम सुँघेर पिडा सहने अनि त्यहि घाउ सेक्न आफ्नो घरमा आगो लगाउने ?
ल हुन्छ जाने जातीय पहिचान जे जे चाहिन्छ त्यसैमा तर अब अंश लगाउँदा त सिंगो घरका कोठा त हामि सजिलै बाँड्छौँ तर घर वरिपरी छिमेकी छन्, घर वरिपरी चारै तिरको साँध त छुट्टाउनु पर्यो नि जता-ततै छिमेकीले साँध मिचेका छन् ! लौ अब कसरी के गर्ने हो तैयार हुनोस बाहुन-क्षेत्री निरिह भएर छिमेकीले हेपेर मिचेको सिमाना फिर्ता गरौँ अनि बाँडौं ! कि पर्दैन ? छिमेकी तिर नलागौं कि ? उ त बलियो पो छ त मोरो !
‘जातीय पहिचानसहितको प्रदेश त्यस क्षेत्रको इतिहास र सभ्यताको संरक्षण र संबर्द्धनका लागि निर्माण गरिने हो’। कि यो इतिहास र सभ्यताको संरक्षण र संबर्द्धन छिमेकीले मिचेको साँधमा लागु नहुने हो कि ? घरकाले पो हेपेको….. परकाले त गुलियो खुवाएर ………!
पहिले देखि चलीआयाको मुलुक – जातीय राज्य थियो, अब यो खारेज गरेर, समता मुलकमा बुट्टेदारी फूलबारी बनाउनु पर्दछ जहाँ मखमली, सयपत्री, गुराँस एकै थाम फुल्न सकुन| गुराँसले मखामलिलाई पाखा लाउन नपाउन, सयपत्रिले मखमली-टारमा फुल्न पाउन, मखमलिले सयपत्री-टारमा| फूलहरुले आ-आफ्ना सुवास निस्फिक्री छर्न पाउन, फुल्न पाउन, आ-आफ्नो पहिचान सुदुर-भबिष्य सम्म जगेर्ना गरिराख्न पाउन| मलाई विभिन्न फूलहरु फूलेका “फूलबारी-बगैचा” मन पर्छ| फूल-फूलमा वैमनस्य नफैलाउन साथै यस्ता रंगीचंगी फूलबारीलाई फाँडेर कसैले “एकजातको” फूल नरोपुन| एउटी दुंबो रोप्लान, सजिलो र छारितोको लागी, तर त्यो छिट्टै एकनासे हुनेछ|
साथीहरु,
आफुलाई लागेका कुरा राख्दै यी बुँदाहरुलाई बुझिदिन अनुरोध गर्दछु|
१. जातीय राज्य हुँदैन| यो कसैले माँगेको पनि छैन| यतिका शताब्दीदेखि जातीय पेलानमा परेर फेरी किन जातीय आधारमा प्रदेश माग्ने?
२. चाहेको पहिचानको स्वायत्त शासन भएको प्रदेश हो| पहिचान सहितको प्रदेश नामाकरण गर्दा छेत्री बाहुनको के बित्दो छ र? थोडै देश झिनो धागोमा बाँधिएको फुलमाला हो र एकै झोंक हावाले पनि चुडाएर लैजाने?
३. मधेसीले देश टुक्राउन लाग्यो भनेर प्रदेशको नाउकरण पहिचानको आधारमा नहुने भन्ने तर्कमा तुक छैन| मुख्य कुरो के भने छेत्री बाहुनले आफैले मात्र हैन, अरुसंग अब बाँढीचुडी लिनपर्यो| अहिले सम्म दुईचार जातहरु माझ देशका पदहरु खसीको मासु भाग लगाएको जस्तो गरेर भागबण्डा लाउँदा देश टुटेन भने अहिले सम्म समान अधिकार नपाएकाहरुलाई अधिकार दिंदा छेत्री बाहुन किन यस्तो नाखुश अनि आन्दोलनै गर्नपर्ने?
यो बुझेर बुझिनसक्नु छ|
४. यो देश सबैको हो भने यतिका बर्ष प्रजातन्त्र र गणतन्त्र भई सक्दा पनि किन वाहुन र छेत्रीको मात्र ९०% सीडीओ र न्यायधीश र प्रशासन छ? तथ्यांक हेर्नुस अनि कुरा गर्नुस | यसलाई नै निरन्तरता दिने हो भने अर्को छिनाफानाको फेरी बिशाल आन्दोलन नहोला भन्न सकिन्न| भोलि गएर पहिचानको आधारमा प्रदेश नामाकरण नगरीए फेरी त्यही २००७, २०१६, २००३७ र २०४६ को कहानी दोहोरिने पक्कापक्की छ|
५. मतवालीको छोरा छोरी पढ्दैनन्, स्कुल कलेज नगएर मोज मस्तीमा लाग्छन भनेर एकदुई अपवादका घटनालाई सामान्यीकरण गरेर बारम्बार दोहोराउन आफुले अरुको पालो काटेर खाएको औचित्य देखाउने कुप्रयास र कुतर्क बाहेक केहि होइन| अस्ति मात्र एकजना कथित वाहुन विद्वानले छापामा आफ्नो लेख छापेर त्यसै भनेका थिए| अर्काले त् मायावतीले यूपी मा सरकार चलाउन नसकेको उदाहरण पेश गर्दै दलितले मौका पाएर पनि सकिनन् भनेर दलितमा हविगत नभएको भन्ने इंगित गरेर दुष्प्रयास गर्न खोजेको समेत देखियो|
६. मतवालीका छोरा छोरी किन पढ्न मन गर्दैनन्? यसको जड कारण असल नियतले कसैले बुझ्ने प्रयास गरेको होला? पढेर पनि के गर्ने, आखिर प्रशासनको हरेक पाइलामा ठक्कर खान पर्छ| खालि आफ्नो मान्छेलाई मात्र आश्रय र प्रश्रय दिन्छन| संस्कृत पढेको र नेपाली भाषामा दखल भएको भए पुग्यो| खस नेपाली जनजातिको मातृभाषा होइन| त्यसैमा पनि गम खान्छन\ अधिकांश जनजातिका बिद्या अध्ययन गर्ने खोपडी हुँदैनन् भन्ने बदनियत र निच सोचाईको लान्छना लाउँन खोजेका हुन् भने प्रवासका स्थानहरु दार्जीलिंग, सिक्किममा मतवाली जातहरु विद्याआर्जन र प्रतिभामा अग्र पंक्तिमै रहेको हामीले देखेका छौ|
वास्तवमा जनजाती असमावेशी राज्य संचालन र प्रशासनमा रहेकाहरुको व्यवहार प्रति यति रुष्ट छन्, उनीहरुलाई किन हामीलाई एउटा नेपाली सरह व्यवहार गरिंदैन हो भन्ने प्रश्नसूचक भावना जगाईदिन्छ| यो डडेलोले यस्तो भयावह रुप लिन सक्छ, एउटा सानो सलाईको काँटीले विनाशकारी बाटो लिन बेर छैन|
७. भोलि प्रदेश पहिचानको आधारमा हुँदा त्यँहा त्यो बिशेष जाति बाहेक अरुलाई लखेटीनेछ र त्यँहा खालि त्यो जातिले मात्र प्रदेश संचालन गर्नेछ भनेर महा भ्रम
फैलाउनु षड्यन्त्र, जाली र बदनियत सिवाय अरु केहि होइन| प्रदेशमा सबै नेपालीले टाउको ठाडो पारेर हिंड्न सक्नेछन|
एक क्षणलाई विगतमा के भयो त्यो बिर्सौ| एउटा नेपालीले नेपाली प्रति सद्भावना राखौ र भविष्य निर्माणमा एक जुट भएर लागौ|
तथ्यांक, बदलिँदो परिस्थिति र अग्रगामी दिनहरुलाई बुझेर अहिलेको समय छेत्री बाहुनले सकेसम्म उदारता र लचकता देखाउने अवसरको हो| जनजाती र पहिचान सहितको स्वायत्त प्रदेशको मांग गर्नेहरुले पनि सबैलाई समेट्ने आफ्ना विद्यमान स्वभावको परिपुष्टि गर्दै एकफेर फेरी अन्य जातिहरुलाई पनि विश्वासमा लिन सक्नुपर्छ|
अन्तमा फेरी एकपल्ट जातीय प्रदेश हैन तर नेपाली सबैको हितमा पहिचान सहितको स्वायत्त प्रदेश अपरिहार्य भएको निवेदन गर्दछु|
अरु पनि कोहि होला नेपालप्लस डटकमका ददी सापकोटा जस्ता बिशाल छात्ती भएका जसले एउटा नेपालीको मर्का र मर्म बुझ्न सकेका छन्?
पुनश्च: राजनैतिक दलहरुको खिचातानीले भोलि नाउ रहितको प्रदेश सिर्जना गर्न सक्ला र नामाकरण गर्ने अधिकार प्रदेशलाई देला| यो समस्याको दिर्घकालिन समाधान हैन| लौ भनौ प्रदेशको पहिचान सहितको नाउँ संग छेत्री बाहुन र चित्र बहादुर अनि सुशील कोइरालालाई यति नफरत छ भने अब ९ वटा प्रदेश सिर्जना गर्नु हो भने एक देखि ९ सम्मको नम्बर गरे हुन्छ| जस्तो, ९ नम्बर (नेवा प्रदेश), ८ नम्बर (ताम्सालिंग), इत्यादि|
मन जी,
पहिचानको कुरा उठाउँदा ब्राम्हण/क्षेत्रीले आपत्ति जनाउनु पर्ने कुरा छैन/ ब्राम्हण/क्षेत्रीको त त्यसै “आर्य” को पहिचान छदै छ/ अनि “आर्य” अर्थ त थाहा होलानी?
नेपाली समाजको मूल प्रवाहको ब्राम्हण/क्षेत्री अझै सडकमा उत्रेको छैन, मलाई लाग्दैन कि “जातियता” जस्तो वाहियात मुद्दामा यो समुह सडकमा उत्रिन्छ/
ब्राम्हण/क्षेत्री समूहको आग्रह खाली के हो भने जातियता जस्तो मध्ययुगिन मुद्दालाइ राज्यको बिषय नबनाऊ/ पहिचान भनेको नारा लगायर वा बर्षको एकदिन टुडिखेलमा नाचेर स्थापित हुँदैन/ यो हरेक व्यक्तिको छनौटको कुरा हो, र यो आफै स्थापित हुन्छ/
कुरो आयो, ब्राम्हण/क्षेत्रीले आफ्नो संकृति लाद्यो भन्ने/ ए बाबा, अहिलेको ब्राम्हण/क्षेत्रीको पुस्ता लाई आफ्नै सनातनी संकृति त त्याग्दै छन् भने अर्का लाइ लाद्न कसलाई फुर्सद छ?
आबस्यकता के थियो भने जातीय पहिचान लाई निरुत्साहित गर्ने/ एदो कालमा जापानमा पनि जातीय बिभाजन थियो/ माथिल्लो जातले मात्र थर लेख्न पाउथे, तल्लो जातको नाम मात्र, थर हुदैन थियो/ मेजी सरकारले तल्लो जातकाले पनि थर माथिल्ला जातको थर लगायत अन्य थर राख्न पाउने नियम बनायो, र अहिले को जापानमा सबै जात मिसिएका छन, कुन थर माथिल्लो जात कुन तल्लो जात पतो हुँदैन/
नेपालमा सामाजिक विभेदमा पारिएको जात दलित मात्रै हो/ दलितलाई सबै ब्राम्हण/क्षेत्रीको थर छान्न दिएको भए र छुवाछुतको कडा कानुन ल्याएमा २-३ पुस्तामै यो सामाजिक रोग हटाउन सकिन्थ्यो/
तर हाम्रा उल्टो बुद्दिका नेता र “पहिचान” का सरदारहरुले दलितहरु लाई कानुनमै “परियार” र “बिस्वकर्मा” मा दर्ता गर्ने अड्डी कसेका छन्/
रमाईलो त के छ भने “पहिचान” को नारा उराल्ने जनजाती समुहहरुले के पाउने हुन्, त्यो त समयले देखाउला, ब्राम्हण/क्षेत्रीले भने बहुसंकृतिक नेपालमा पातलिंदै गएको आफ्नो “आर्य” को पहिचान बिना मेहनत पुन स्थापित गर्ने भए/
मन जी,
हरेक कुरो उठाउनु भन्दा पहिले हाम्रो देश कत्रो छ र सानो मुलुकमा पनि बिबिधता कति छ ? यो बुझ्नु पर्छ.
यो अभिश्राप होइन बरदान हो यदि सबैमा सद्भाव र सम्मान भयो भने यो बुझ्नु पर्यो.
१. मिश्रित संस्कारको बसोबास भयको मुलुकमा कुनै बिसेस जाति बिषेसको नाम राख्दा अर्कोले चाहिं उसको पहिचान खोज्दैन? तेस्को सट्टा सम्भंधित क्षेत्रको सबैलाई आफ्नोपन लाग्ने कुनै साझा नाम राख्दा चाहिं के अप्ठेरो पर्छ नि ?
२. क्षेत्री बाहुनले उठाएको कुरो उनीहरुको हितकोलागी मात्र होइन त्यहि पहिचानको लागि फेरी अरुले पनि फेरी नलडून भनेर हो. हरेक जाति छरियर बसेको मुलुकमा आफ्नो नामको राज्य कुनै कुनामा अनि आफुचाई बसेको राज्य चाहिं अरु कसैको नाममा हुँदा उस्लाई आफु प्रति अपहेलित महसुस हुन् जान्छ.
३. ४. क्षेत्री बाहुनले खसी बोकाको टुक्रा भाग लगाको जसरि राष्ट्रको पद आफैमा भाग बन्द लगाए भन्नु भो . यो के उनीहरुले सिधै कुनै प्रतिस्पर्दै नगरी बिना सामर्थ्यको आधारमा पायका हुन् ? हो अरु जातिले आफ्नो भाषामा पढ्न नपाएकाले केहि कम्जोर भय होलान, हाम्रो जस्तो अतिनै सानो मुलुकमा हरेक जातजातिको भाषामा प्रशाशन यन्त्र चलाउन सम्भव छैन तेसैको लागि अधिक जनताले बुझ्ने भाषा प्रयोग गरिएको हो. यसैको लागि नै भनेर ६०% अन्य जात जातिको लागि मात्रै भनेर कोटा निर्धारण गरिएको छ , बाहुन क्षेत्रीले केवल ४०% मा त्यो पनि सबै संग प्रतिष्पर्ध गरेर पाउँछन. ताकी केहि % मात्र बाहुन क्षेत्री सम्पन्न छन् धेरै त गरिबीकै रेखामुनी छन्. राष्ट्रका सबै भाषा र संस्कृतिको सम्मान संरक्षण हुनु पर्छ यसमा कुनै विवाद छैन र देशको हरेक शंस्कृति सबै माया र गर्व गर्नु पर्छ.
५. नेपालको इतिहास देखिनै के बुझिन्छ भने हरेक जातजाति अनुसार आफ्नो पेसा प्रति मात्र ध्यान दिया तेसैले पेसा अनुसार छुट्टा छुट्टै जतिको बाहुल्यता छ. यसको एउटा उदाहरण हो , ब्रिटिश लाहुरेहरु, उनीहरुको जीवन सैली साधारण नेपालीको तुलनामा धेरै माथि छ. के त्यहाँ कुनै बाहुन क्षेत्रीलाई पाउनु भयको छ? या उनीहरुलाई पनि राष्ट्रका हरामी अरुको लागि रगत बगाउन गएका भनेर गाली गर्नु हुन्छ?
६. कुनै जाति बिशेषको मात्र पहिचान खोजि राज्य माग्नु भनेको जतिसुकै सिद्दान्तका कुरो गरे पनि , मनसाय भनेको अन्य जातिप्रतिको दुर्भावना र द्वेषको नै हुन्छ र तेस्ले कहिले पनि राम्रो परिणाम ल्याउन्दैन् . आफ्नो नाममा केहि पाइन्छ भन्दैमा खुसि हुने कुरो छैन तेस्ले अरुको पनि भावनालाई कस्तो असर पुर्यौन्छ सोच्नु पर्छ.
हाम्रो देश धेरै ठुला मुलुकको बिचमा रहेको एकदमै सानो मुलुक हो तेसैले हरेक नागरिकले जुनसुकै कुनोमा जाँदा पनि आफ्नो पनको अनुभव गर्ने खालको हुनु पर्छ.
रबिन जी
तपाइँ को कुरा एकदमै सहि हो.
यिनै जनजाती भनाउदा हरु “ब्रिटिश सेना मा त क्षेत्री बाहुन लाइ लिदेनन, हामी लाइ मात्र हो” भनेर नाक फुलाउथे, २०० बर्ष देखि को बाहुन क्षेत्री लाइ गरिएको विभेद लाइ किन उठाउन सकेदन यी जनजाती भनाउदा हरु चाहि?
त्यो विभेद को बारे मा किन नबोलेको?
हो आज प्रशासन मा क्षेत्री बाहुन हरु बढी छन, के त्यो तिनी हरु को जात हेरेर दिएको हो कि उनि हरु प्रतिस्पर्धा मा आएका हुन्?
हामि ले स्कुल पढदा वा कुनै सरकारी काम मा के क्षेत्री बाहुन ले राज्य बात अरु भन्दा बढी सुबिधा पाएका थिए र?
जनजाती को आफ्नो भाषा मा पढाइ नभएको ले प्रतिस्पर्धा गर्न सकिएन भन्ने हरु लाइ के अंग्रेजी क्षेत्री बाहुन हरु को भाषा हो? त्यो भाषा मा त क्षेत्री बाहुन हरु पछाडी वा उनि हरु कै हाराहारी मा जनजाती हरु पनि आउँ पर्ने नि? कारण हो, क्षेत्री बाहुन हरु ले पढाइ मा परिश्रम गर्दछन. हामि लाइ सानै देखि पढेर ठुलो मान्छे बन्नु भनिन्थ्यो भने हाम्रा सहपाठी जनजाती लाइ उनि हरु कै अभिभावक ले बेलायत वा इन्डियन को राइफल बोक्न प्रोत्साहित गर्दथे भने दोष कसको?
मेरो गाउ प्रस्तावित तमुवान मा पर्दछ तर मेरो गाबिस मा ८०% क्षेत्री बाहुन को बसोबास छ, त्यो तमिवान राज्य भएमा हामि ले पनि जातीय पचिचान को आधार मा हाम्रो गाबिस लाइ छुट्टै घोषणा गर्न पाउने कि नपाउने?
तेसकारण संघियता र जातीय राज्य ले बिखण्डनकारी chain reaction पैदा गर्दछ तेस्कार्ण यो घातक बिचार को जोडदार बिरोध गरौ.
This is ridiculousness, I don’t think that in government civil servant service that comes through lok sewa aayog has anything to do with cast system or relationships. You can see after the amendement of the “Janagaiti” getting the reservations, how many other cast of “Janajaati” has got job? Only Newari has qualified for the job since they are very much educated, if you think that you can study well if you learn in your own language, then that is just a dog barking….
मन जी
मानौ तमुवान राज्य को कुनै ठाउ मा (गाबिस ) मा अर्कै जाति को बहुमत छ भने त्यो इकाई मा अर्को जातीय पहिचान हुने कि नहुने? जब राज्य को नामै जातीय आधार मा राखिएको छ भने त्यो राज्य मा बस्ने अर्को जात ले कसरि आफ्नोपन पाउछ त्यो राज्य मा?
तेसकारण जातीय राज्य र संघियता दुवै हानिकारक हुन्.
एउटै आमाको कोखबाट जन्मिएको छोरा छोरीहरु, संगै एउटै थालमा खाएर हुर्केको दाजुभाई, दिदिबहिनीलाई अंश दिएर छुट्टाई दिएपछि, अंश कुरा नमिलेर दाजुभाईमा हानाहान्, उस्तैपरे कारमार हुन्छ र त्यति राम्रो सम्बन्ध हुदैन भने नेपाल लाई जातिय पहिचान वा जातिय राज्यको नाममा विभाजन गर्ने हो भने देशमा कस्तो परिस्थिती आउछ , त्यो सजीलै अनुमान गर्न सकिन्छ । त्यसै यो चोक , त्यो गल्ली , यो अस्पताल , राजमार्ग, यो विद्धालय आदि इत्यादि जो कसैको नाममा भए पनि त्यसले एउटा मात्र जातिको पहिचान दिएको छैन ।
तर बाहुन , क्षेत्री , आदिबासी, जनजाती भनेर प्रदेश छुट्याइयो वा देश टुक्राइयो भने, देशमा युद्ध हुने कुरा निश्चित छ र त्यो कुरा आज भोली हुदै गरेका परिस्थितीले देखाइ सकेकोछ । जस्तै बाहुन समाजले जातिय सद्वभाव कायम राख्न आदिवासी थारुहरुको संग्राहालय जलायो, भोली आदिवासी थारुहरुले बाहुन समाजको घर, मंदिर, संग्रहालय जालाउलान् । गुठ बन्दी हुन्छ । एकले अर्काको जलाउन , काट्मार गर्ने कुरा हुन्छ ।
अनुपजी, तपाईको भनाइको मतलब के त्? बाहुन छेत्रीले मात्र यो देश चलाउने? देशलाई कुन हालतमा पुर्याएको छ चश्मा नलाए पनि छर्लंग देखिन्छ|
देशलाई सबैभन्दा ठुलो खतरा के छ भने समयमै समावेशी नभए|
यहाँ संसार यौटै भईसक्यो, तर नेपाल बल्ल आयर टुक्राउने काम हुदै छ. बरु टुक्राउने नै भय, पहिलेकै बाईसे र चौबिसे राज्य बनाए भो नि !! भुत्राको जातिय राज्य ?? बिकास गर्नु र अधिकार दिनु नै हो भने किने भौगोलिक राज्येले हुदैन र ?? जातिय राज्य नै किन चाहिन्छ ??
युरोपका देशहरुले अब हामि मिलेर यौटा EU बनाउ भनेर लागिपरे अनि यहाँ हिड्दा घुम्दा देश यौटै जस्तो लाग्छ. तर नेपालका टाउकेहरु देशलाई जातिय र भासिक रुपमा केक काटेको जस्तै गरेर टुक्रा-टुक्रा पारेर खादै छन् !!
दिपक अधिकारी
जर्मनी
जातपात को चलन चलाएर एक नेपालि ले छोएको अर्को नेपाली ले नखाने चलन र सोच ले नेपालको यो गति भयो अब जातीय राज्य बनाएर हाम्रै मात्र जाति सबै मुख्य ठाउमा हुनु पर्छ भन्ने चाल.जाल ,अबस्था निर्माण गरेर देश लाइ कता पुराउने हुन् \ कानुन ले जातपात ,छुवाछुत नमाने पनि अझै पनि सम्पूर्ण नेपालीको ब्यबहार र सोच मा परिबर्तन आइसकेको छैन भने अब जाति कै नाम मा राज्य खडा भए पछी ति जातिको व्यहार र सोच कस्तो हुने होला आज को समाज हेरे पुग्छ \ यो बाटो बिनाश को बाटो हो \ नया प्रिथिबी नारायण जन्मने बाटो हो \ नया जंगे निस्कने बाटो हो \ भन्ने र गर्ने ब्यबहार कत्ति को फरक छ भन्ने कुरा हामि नेपालि लाइ सिकाउनु पर्छ र ? कस्तो पहिचान राख्ने भनेको हामि अछुत हौ ,अछुत नै हुन्छौ भन्ने पहिचान ? हामि जाड रक्सि बिहानै देखि नसुते सम्म खान्छौ,हामि मतुवाली जाति हौ यसै गर्छु भन्न ? हामि हुदै नभएको ,पुग्दै नपुग्ने स्वर्ग ,अर्को जन्म हुदै नहुने जन्म हुन्छ भनि पण्डित्य गर्न ? खराब इतिहास ,अन्याय पूर्ण पहिचान राख्ने कि फेर्ने ? आम नेपालि को गरिबी र अमानविय अबस्था लाइ फेर्ने जग निर्माण गर्ने कि केहि जात का टाठा,बाठा माथि पुग्ने र सात पुस्ता सपार्ने स्थिति निर्माण गर्ने ? बर्गीय समस्या लाइ जातीय समाधान ले हटाउन सक्छ ? जातीय राज्य निर्माण गर्दै मा समुर्ण ति जातिका मानिस को जिबन मा परिबर्तन आउछ ? हैन यो कस्तो छल ,जाल ,राजनीति ?
हाम्रा मित्र हरु लै मिलेर जानु पर्छ , भन्ने कुरो अहिले भर्खर दिमाग मा आयो जस्तो छ,, नेपाल मा सबै जात जाति ले अवसर बराबरी रुप मा पाउनु पर्छ, कोहि बाठो ले सबै खाने बाठो नभएका हरु भोकै सुत्ने भन्ने कुरा हुनु हुदैन. नेपाल मा अहिले सम्म त्यहि भैराखेको छ, मधेश मा मधेसी, तामांग को कसलाई चाही कुनै राम्रो अवसर पाएको अथवा दिएको छ अहिले सम्म, जब सम्म नेपाल क सबै जना पढेलेखेका ज्ञानी हुदैन तबसम्म देश बिकाश को सपना नदेख्दा हुन्छ…. सबै को अवसर लै गिद्ध ले मासु झम्टेर खाए झैँ खाएर बसेका गिद्ध हरु लै अब चाही डर लग्न थालेको छ…. तर सबै तिमीहरु जस्तो कपटी र लोभी छैनन् नेपाल मा. नेवार को बिचमा गएर बसे पनि सबै लै मानेका नै छन्, तामांग को बिचमा बसे पनि नेपाली भनेर माया गरेका नै छन्… यसमा डराउनु पर्ने केहि कारण नै छैन. जातीय राज्य बनाएमा कुनै बाठा ले मात्र अवसर पौचा भन्ने हुदैन, नभए त अहिले जस्तै हो. जता हेरे पनि बाहुन छेत्री अरु सबै,,,,,,हेरया हेर्यै ….
देव जी
संसार को जुनसुकै देश मा पनि सक्षम ले मौका पाउने हो जे कुरा मा पनि.
“survival of fittest ”
भन्ने कुरा जहाँ पनि लागु हुन्छ.
तेसकारण आलो पालो प्रथा भन्दा पनि प्रतिस्पर्धा मा आउँ पर्यो. अब बाहुन को पालो पुग्यो, अब अर्को जात को पालो भनेर असक्षम लाइ राख्न पनि भएन नि. के कुनै जागिर वा पढाइ मा यो जात लाइ प्राथमिकता छ त भनिएको छैन नि. बरु हरेक जात लाइ आरक्षण छुत्त्याएर बाकी रहेको ३०% कोटा मा पनि अरु संग प्रतिस्पर्धा गर्न पर्दछ क्षेत्री बाहुन ले भने को भएको छ सबै भन्दा पिडित?
पहिलो कुरो कोहि पनि मान्छे asakcham हुदैन , के सबै सक्चम भएर नै देश यस्तो भएको हो त… , अवसर दिनु पर्यो मात्रै भनेको हो… के तामांग जति मा नपढेका मात्रै छन् त के मधेस मा नपढेका मात्रै छन् त, तर अवसर दिदा जहिले पनि चाकरी, कपटी, चाप्लुसी गर्ने ले मात्रै पौचन… के अवसर पाएका सबै जना होनहार पढेलेखेका छन् त… यसरि नै कपटी हरु ले मात्र अवसर पौने हो भने, अरु हरु को राम्रो कहिले हुने… त्यहि कारण जातीय राज्य चाहिन्छ, जसले गर्दा, अहिले भन्दा धेरै ले अवसर पौनेचन, देशको कुना कुना मा बिकाश हुनेछ,,,,,, न कि सबै जना काठमाडौँ मै आउनु परोश………
“Survival the Fittest” राम्रो भनाइ हो ! सायद चार्ल्स दर्विन ले पोहिलो पल्ट भनेका थिए ! हो यही अबधारणा लागु हुनु जरुरि छ ! प्रिय बाहुन साथी हरु अनि जनजाती साथी हरु, भिडम न त को चै fittest for the survival छन् !
नेपाल को latest census मा त बाहुन २९ लाख रहेछन ! अब क्षेत्री हरु लाइ पनि त बाहुन हरु ले पेलेर नै राखेका हुन् के, अब बाहुन ले बाहुन को हित र भलाई को लागि, क्षेत्री ले आफ्नो हित को लागि र जनजाती ले जनजाती को हित भलाईको लागि, मदेशीहरु ले उनीहरु को हित र भलाई को लागि जे सहि हुने छ त्यसै को लागि लडे हुन्छा !
मा देख्दै छु बाहुन साथी हरु को mysansar.com मा निक्कै majority छ ! यसै लाई fittest for the survival मान्ने हो त !
हिन्दी मा एउटा भनाइ छ नि, (अगर आप रास्ते मे जा रहे हो, और आप को बंगाली और साप को सामना कर्ना पढा, तो आप क्या करेंगे) उत्तर त थहा नै होला होइन त सबै लाई !
अहिले को देश को अवस्ता भने को, चपेट मा परेका वर्ग र अरु लाई चपेटमा पर्ने वर्ग हरु बीच को भिडन्त जस्तो लागि रहेको छ ! हेर्दै गरौ कुन वर्ग चहि fittest रहेछन् !
मित्र survival of ओफ fittest भनेको तिघ्रा र मसल देखउनु हो भनि नबुझौ त.
जधौ महेश मित्र, क्यार्नु मित्र, तपाई ले मेरो माथि लेखिएको विचार लाई मंग्शापेसी र तिघ्रा को बल को भर मा भिडम भनेको सम्झिनु भएछ, भने पछि तपाई को fitness for survival अनि तपाई को १.२ के जी को त्यो खप्पर भित्र को गुदी को fitness भनौ वा समर्थ्ता, कति रहेछ भनेर छलाङ्ग बुझे ! मेरो भनाइको पनि अर्थ न बुझ्ने मान्छे, किन आउनु पर्यो कमेन्ट गर्दै ! तपाई आउनुहोस मित्र तपाई का गुटबन्दी बाहुन मित्र हरुसबै लाई लाएर, हामी बाकी सम्पूर्ण नेपाली हरु जे मा पनि प्रतिस्पर्दा गर्नु तयार छौ !
बाहुनहरु को एकलौटी देश मा सासन गर्ने जबना गयो, अब यो देश मा सम्पूर्ण चपेटमा परेका नेपाली जनताहरु लाई सामान अवसर को बाताबरण सिर्जना गरेमा बाहुनहरु लाई पछार्न सक्छम भाका छन् ! त्यसैले भिडम भनेको ! अब मित्र को त्यो खप्पर को गुदी ले खाली तेस्तै अर्थ लगाउछ भने मित्र बरु कासी तिर को बाटो पो सोधेको हो कि ?
“प्रिय बाहुन साथी हरु अनि जनजाती साथी हरु, भिडम न त को चै fittest for the survival छन्”
यो भनाइ ले के जनाउदछ? मेरो बुद्दी नाप्न मेरो भन्दा थोरै बुद्दी भएको ले नमिल्ने हो कि? १० कक्षा को बिधार्थी को कापी जाचँ उ भन्दा माथिल्लो योग्यता भएको ब्याक्ति चाहिन्छ होइन र?
देसले आर्थिक भार थाम्न सक्ने गरि संघियतामा जानु आजको आवसेक्ता हो किन कि केन्द्र बाट चलेको शासन मा बिकासको लागि छुटाएको बजेड कति बेला पास हुन्छ र स्थानीय स्तरमा कति बेला पुग्छ/सबैले थाहा पाएको कुरा हो/ त्यसैले आफ्नो ठाउँ आफै बनाउने हो भने सबै लाइ मान्य हुने संघियतामा जानै पर्छ
पिछडीएको वर्ग भन्ने हुन्छा तर पिछदियको जात दलित को सन्दर्भ बाहेक अरु मा लागु हुन्छ जस्तो लाग्दैन . खास मा दलित को सन्दर्भ मा सदियौ देखि सम्पति मा आधिकार छैन . नाम जातीय राख्दा अरु जात ले हिनाताभोध गर्ने कुरा स्वत आइहाल्छ . नाम सिलाई स्वैकाने राखौ तर पिछ्दियाको बर्गको लागि केहि राम्रो बेबस्था गरौ . जात को लागि हैन .
In one house, if brothers want to live separately, or wife want to divorce, it is better them to release, BUT if you try to keep them forcefully together, it will make your house hell…….. If two brothers live together there will be misunderstanding, and if they get separated they will grow themselves by every means…. And live in peace and with love….
The main problem is….. Can all Public agrees, Nepali language and Daura-Surbal as a national dress and language?? The thing is that, apart from KHAS, other cast thinks that it is not their language, and find difficulties on compete in this language. Language is the main problem…… out of 100, 1 madheshi can write proper Nepali words, but 100% bahun can write and talk Nepali language….. so need to recognize all languages as national languages and official languages….
NO ONE CAN COMPETE WITH KHAS IN THEIR OWN LANGUAGE…….. and mostly subjective types of answers make other casts impossible…… now days whole world is adapting MCQ type of questions.
It is sure, KHAS are educated and rich, and they are able to show their presences in this site as well…. This is the fight of demanding and
This is the fight of demanding and losing groups…..
Name of states have no meaning, just to make other languages as offical languages as well, according to the states…… in this way, we have to give places in government/ private offices for them,….. slowly the problem will be solved…..
हिमाल पहाड तराई जोडी बनाएको पाच विकासक्षेत्रको कन्सेप्ट कुनै अमुर्त चित्रकारी जस्तै साबित भयो! ब्यबहारिक रुपमा सफल भएन! किनकि हिमाल पहाड तराईमा भिन्न भिन्न सामाजिक धरातल, मानवीय संस्कार, सस्कृति, र मुलत थिन्किंग प्याट्रन नै भिन्न छ! अनि भन्छन नि स्थानीयलाई बेहतर थाहा हुन्छ आफ्नो इलाकाको स्रोतसाधन कसरि अप्टिमाइज रुपमा उपभोग गर्ने भनेर! विकास सबै तिर गर्ने हो भने समान सस्कार, सस्कृति, र समान थिन्किंग प्याट्रन भएका वासिन्दाको भूगोल नकोरी सुख छैन! यदि नाममा आपत्ति छ भने हालको प्रस्तावित १४ राज्य संरचनालाई जातीय धरातल भन्दा भिन्नै आधारमा यसरि हेर्न सकिन्छ ! मधेस कुनै एक जाति समूहलाई प्रतिनिधितो गर्दैन! मधेश भूगोल हो! यो एक भिन्नै सामाजिक संस्कार भएका विभिन्न जातिका समूह हो भन्ने बुझ्नु पर्छ जसलाई इतिहासकाल देखि नै मधेस नामले पुकार्ने गर्छन! यदि तपाईलाई मधेस भन्ने बितिक्कै कालो वर्णको मान्छेको तस्बिर आउछ भने त्यो तपाईको दोष हो! देशको दक्षिन पूर्वी भुमिलाई मधेस नाममा कसैले आपत्ति हुनु नपर्ने हो! पश्चिम तराईलाई तराई नाम राख्दा हुन्छ! जहाँ थारु दाजुभाईको बाहुल्य छ! नेवा: प्रदेश सट्टा नेपाल प्रदेश वा नेपालमण्डल राख्दा इतिहासले पनि न्याय गर्छ र कुनै खास जातिको पनि पहिचान दिदैन ! हुन त नेवा: आफै कुनै एक जाति होइन यो एक संस्कृति, भाषा हो भनेर सबैले बुझेकै हो! बाकी जातीय आधारको नाम मगरात, तमुवान, ताम्सालिंग, किरात, शेर्पा, तथा लिम्बुवान हो! तमुवान बीर गोर्खालीहरुको भुमि हो त्यो गोर्खा प्रदेशको नामले पुकार्दा बडी गौरव महसुस हुन्छ! शेर्पा प्रदेशमा कसैको आप्पत्ति नहुनु पर्ने! हिमाल चडन सिपालु, सोझा जनता भनेर संसारभरि चिनिने ब्रान्डलाई सो भूभागको नाम दिदा देशलाई फाइदा नै हुने छन्! किरात निकै पुरानो ब्रान्ड हो वेद, पुराणमा समेत उल्लेख गरिएको भूभागलाई किरात प्रदेश नै राख्दा बेहेतर हुन्छ! बाकी प्रदेशहरुमा ताम्सालिंग, लिम्बुवान र मगरात हकमा सोहि समुदायका विद्वान महासयहरुले सो भूभागको इतिहास, अन्तरास्ट्रिय पहिचान वा भूगोल जो तामांग, लिम्बु, मगर संस्कृति, परमपरा, सस्कारसंग जोडेको कुनै ब्रान्डलाई अंगिकार गर्ने हो भने सबैको भलो हुन्छ! माथि बाहेकका अरु प्रदेशहरु कसैले जातीय आधारमा मागेको छैन त्यो कुनै समस्या नै भएन ! जातीय राज्य कसैको भलो हुन्न! बाकी देसको विकास त ब्यापारी, उद्यमी, बिज्ञान, प्रबिधि आदिले गर्ने हो, वस बन्द हडताल नहोस!
पहिले जात भात केहि हुन्न सब एक नास हुनुपर्छ भन्ने त्येही माओबादी अहिले जातीय राज्य चाहिन्छ भनि अडिग रहेर, भबिष्यको सत्तामा लोभ छ ।
जुन छेत्रमा जसको बाहुल्यता छ तिनीहरुलाई तिनीहरु कै राज्य घोषित गरि खुसि पारेर निर्बाचनमा बहुमतको आपेक्षा गर्न खोजिरहेको मलाई लाग्यो । त्यस्मा अझ देश नै टुक्र्याउन्छु भनेर आफ्नो हक माग्ने को पनि कस्तो भैसे बुद्दी, बरु आफु सक्षम भएर आफ्नो हक आफै सिर्जना गर्नु पर्छ ।
हो हाम्रो देशमा केहि सम्भ्रान्त वर्गले सोषण गरे निकै वर्षसम्म। अहिलेको चर्चाले लाग्छ कि हामी धेरै भावनामा बगी राछौं । आफ्नो राज्य भयो भने सबै ओखथी पाइन्छ भन्ने सोचि राछौं । आजको भूमण्डलीकरणको जमानामा राज्य हुदैमा खान लाउन दिदैन, स्रोत र साधन पनि चाइन्छ। यसरी पहिला सोचैंकि त्यो राज्यले आफूले आफैलाई धान्न सक्छ कि सक्दैन । मेरो बिचारमा त्यो ठाउंको पहिचान बोक्ने राज्य बनाऔं जो आफैमा सबल होस् । आज रन्कोमा राज्य त आउला तर भोलि सबै कुराको अभावले फेरि कोहि टाठा बाठाले फाइदा उठाउछ, र सोझा निमुखा जनताहरु तल को तलै । तर्क संगतले सोचौं भावमा नबगौं ।
जय नेपाल।।।
सबै भन्दा ठुलो कुरा शैछिक चेतना हो / योग्येता हुनेहरु कित जागिरमा लागे की ब्यापार ब्यबसायेमा लागे / जतिपनि अहिले जातीय आधार मा राज्य चाहिन्छ भन्नेहरु छन् एक आध बाहेक ति पढ्ने बेलामा गुलेली, मत्यान्ग्रा , खोला पोखरी मा माछा मार्ने , गाई बाख्रा , भेदी , चौरी चराउदा समय खेर फालेका या एन्जीयो र आइएनजियो मा डलर खेति गर्ने व्यक्तिहरु हुन् / तिनीहरुका छोरा छोरीहरु जो अहिले स्कूल, कलेज गएर शैछिक चेतना बढाएका छन् एक आध बाहेक एस्तो जतिय राज्यको बिरोध गर्छन / देशको कुन कानुनले तिनीहरुलाई जागिर खान रोक्यो ? ल्याकत हुनेहरुले जागिर पाए/ अनि कुन कानुन ले तिनीहरुलाई राजनीति गर्न रोक्यो? रोकेको भए अमुक व्यक्तिहरु , जनजाती र मधेसीको नाममा लामो समयदेखि राजनीतिमा एकछत्र कसरी छैरहेकाछं ? यो सबै राजनीति गर्न का लागि केहि टाथा बाठा भनाउदा हरुको खेल मात्रहो/ येस्बाट सैछिक चेतना बढ्दैन /गाउका गरिब हरुको आर्थिक स्तर पनि बढ्दैन / जतियटाको आधारमा राज्य माग गर्ने को सक्त बिरोध गरौँ/ सबैलाई चेतना भया /
जातीय नाम दिएर मात्र पहिचान बच्ने ? अनि अहिले नेवार ,मगर ,लिम्बु ,तामांग ,गुरुङ र थारु लाई मात्र जातीय पहिचान ? अनि के कम जनसंख्या भएकाहरुको पहिचान नै नहुने ? उनीहरुले के गर्ने ? आन्दोलन गर्ने ,एउटा जिल्ला जत्रो राज्य माग्दै ?अहिले नाइजेरिया लाई हेरौ १२ जातीय राज्य बाट सुरु भएको संघियता अहिले ३६ वटा जातीय राज्य बनाउदा पनि अझै राज्य नपाएका जति हरु ले आफ्नो बेग्लै प्रदेश को लागि हिंसात्मक बिद्रोह गरि रहेका छन् /
दाङको गरिब किसान थारु पनि थारु हो र बिजयकुमार गच्छदार पनि थारु हो , केहि फरक देख्योउ आँखा फुटेकाहरू ? फरक छ वर्गको , पहिचान बचाउन ? लोह्सार , माघी ,उघौली आदि ईत्यादी मनाउना तिमीहरुलाई कहिले कसैले रोक्यो , तिमीहरुले टुंडिखेलमा कार्यक्रम मनाउदा कसैले रोक्यो , जात्रामा कसैले बाधा पुर्यायो ? कि पुलिस आएर ताठी हान्यो ? यो बाहुन छेत्रीको देश हो भनेर ? बेकुफ भेंडाहरू !
प्रचण्डले कुवामा हाम्फाल्न भन्ला हाम्फाल्छौ ?
बिर नेपालीहरु किन अहिले जातीयताको भर्मभित्र रुमलियका होलान!जातीयताले त मान्छेको छेमतामा अंकुश लगाउछ अनि तेस्ले समाजको बिकाशमा नकरात्मक भूमिका खेल्छ .जातजातिको आधारमा देशलाई संघियतामा लगिनु हुदैन.देश भनेको भूगोल र मान्छेहरुको( न कि जातजातिहरुको)बस्ति हो.जहाँ सम्म अधिकारको कुरा हो त्यो चाही तल्लो तल्लो लेवल सम्म पुग्नु पर्छा .जातले राष्ट्र चलाउने होइनकी मान्छेले राष्ट्र चलाउनुपर्छा.अनि तेस्ले कालान्तरमा मान्छे जात बाट माथि उठेर समाजको बिकाश गर्न सक्छा अनि समाजका सबै मानिसहरुले सम्मान गर्न सक्छन.मेरो जनजाती साथिहरुमा के अपिल छ भने प्रचण्डको पछी लाग्दै जाने हो भने एक दिन प्रचण्डले भन्ने छन् हामीले गल्ति गर्यौ अब त्यो गल्ति स्वीकार्न हाम्रो पार्टी गम्भीर छ .तेतिबेला बागमतिमा धेरै पनि बगिसकेको हुने छ.एउटा उदारण अहिले parchanda लाई १४००० हजार मानिस अनि आक्रान्त समाज किन बनाइयो भनेर सोध्हा कतै छोटो उत्तर paunuhunchha ??plz do not trust maobadi agendas ,they r just sweet talker and sweet dreamer.reality is bitter and hard to realize.
Have you seen the situation of the countries where Jatiya Rajya have practiced? Mainly civil war ridden African countries. Why any body want to divide people in the name of cast? I am strongly against it. Even our identity as a Nepali in a globe is such an insignificant already, what anyone would get by identifying at tamuwan or limbuwan or whatever. Globe has been uniting these days and we are trying to divide our society and country. Lets the people of Nepal decide, not the leaders. Maoist is going to pay the hefty price in the next election for promoting chaos and anarchy and dividing people in the name of ethnicity.
म पनि आदीबासी जनजाति हुँ र मलाई पनि आफ्नो जात र संस्कृति प्राणभन्दा प्यारो छ तथा जातीय पहिचान कायम हुनुपर्छ भन्ने लाग्छ । तर त्यसको निम्ति जातीय राज्य नै चाहिन्छ भन्ने छैन । जातीय राजनीति गर्नु देशको लागि दुर्भाग्य हो । हामीलाई सुरुमा वर्गीय राजनीति सिकाएर जातीयता पु¥याउनु प्रचण्डले हामीजस्ताको नाममा गद्दारी गरेकै हो ।
जातीय राज्य डलर कुम्ल्याउने जनजाति नेताहरुको माग होला तर हामीजस्ता जनजाति जनताको हैन । हामी त जातीय सद्भाव चाहन्छौं । तपाइंले भनेजस्तै ७० प्रतिशत व्यक्ति जातीय राज्यको पक्षमा हैन विरोधमा छन् । जातीय राज्यहुँदैमा त्यसमा गरिव जनताले के पाउँछ । टाठाबाठाले मन्त्री पाएर त्यही गरिव जातको नाममा त्यही जातलाई शोषण गर्ला तर गरिव जनताले के गर्ला ? त्यसैले डलरको खेती गर्ने जनजाति नेता भनाउँदोले जातीय राज्य मागेपनि वास्तविक जनजाति जनता त्यसको विरोधमै छन् । तपाईको कुरा १०० पैतिशत गलत हो ।”
बद्रिजी, भ्रममा नपर्नु होला| जातीय प्रदेश हैन पहिचान सहितको प्रदेश हो|
पहिचान सहितको प्रदेश नभए फेरी आज जसको हालीमुहाली छ उनीहरु
नै अघि हुनेछन अनि जो पछी थिए पछिका पछी नै रहनेछन| जनतालाई
भ्रममा पारने चाला देखि होशियार!
basu जी को कुरा सोरैआना सहि छ !!!!!नेपाल रहे नेपाली रहन्छ, नकी सबै जाति लाई राज्य दिने हो भने आजको नेपाललाई सयौ मा टुक्रा गर्नु पर्छ ????? फेरी पनि किन ‘बन्द’ जसले साधारण नेपाली लाई बाबुको क्रिया पनि गर्न दिएन. नेपाल सोमालिया तर्फ जादै छ. can you believe ‘कुजता ‘was deputy p .m of new Nepal ???? आज हामीले म कुनै जातिको भन्दा पहिला म नेपाली हु,त्यसपछि कुन जातिका भन्न सिक्नु अत्यन्तै जरुरि छ.
“खुबै भए बन्द, हड्ताल, अराजकता, हिंसा जस्ता हामीले भोगिसकेका कुरा दोहोरिएला। त्यस्ता कुराले मासिने भए हामी उहिल्यै मासिइसक्थ्यौं। खरानीलाई डढ्छु भन्ने के डर? त्यसैले ढुक्क बसे हुन्छ, केही पनि हुँदैन।” केदार शर्मा
सही कुरा यहि हो!
संघियता र जातियताको नाराले नेपालको सम्वृद्धिको बाटो निकै जटिल बनाई सकेको छ/ नालायक नेताहरुले बिकाशको ढोकामा भोटेताल्चा लगाएक छन/ गरिबी र बिछौदेपनले गर्दा संबिधानमा जे लेखे पनि जातियताको भूतले नेपाललाई खेदी रहने छ/ जातीय राज्य नभएपनि नेपाली समाज “जातिवादी” ध्रुविकरण तिर उन्मुख हुनेछ, यदि कुनै क्षमताबान नेता निस्केन भने!
अहिलेका दल र नेताहरुले जानेको कुरा राज्यको श्रोत बादी चुडी खाने मात्रै हो/ बिकाश र प्रगति यिनीहरुको बशको कुरा हैन/ जातीय सरदारहरुको बोलबाला हुनेनै छ/ बहुसंख्यक गरिब नेपालीले अझ कष्ट झेल्नु पर्ने छ/
२१औं शताब्दीमा यस्तो उदेक लाग्दो बहस, एक हजार कि. मि. पुर्ब-पश्चिम र एक सय असी कि. मि. उत्तर-दक्षिण फैलिएको देशलाई टुक्र्याउन छ सय एक महामहिमहरू, धर्म अफिम हो र मनुष्यको कदापि कुनै जात हुँदैन भनेर सिकेका र हामीलाई सिकाउने कम्युनिस्टहरुको जातीय राज्यको रोदन, सस्तो लोकप्रीयताको लागि शक्ति केन्द्रिकृत शासन पर्णालीका अनुयायीहरुको बिकेन्द्रिकृत शासन पर्णालीको व्याख्यान, अचम्म लाग्दो छ, कम्युनिष्टहरु central economic system र central power system मा बिश्वास राख्नेहरु हुन्, न की विकेन्द्रीकरणमा, संगीयता राम्रो हो र यसको बिकल्प छैन, तर यसको नाममा सस्तो लोकप्रियताको लागि मात्र जात-जात जुटाउने र फुटाउने काम नेताहरुबाट कदापी गरिनु हुँदैन, र जातियतामा आधारित संघियता कदापी मान्य छैन पनि ….
मार्कसिजम, लेनीनिजम वा मओइजममा कहाँ जातीय राज्यको बाख्या छ र अहिले कम्युनिष्ट पार्टीका नेताहरुले जातीयताको कुराको चुरो समातेका छन्, यो त सरासर झुट को खेति होइन र, की म अबदेखि कम्युनिष्ट होइन भनेर हिड्नु पर्यो होइन भने कम्युनिष्ट सिदान्तका corners र principle भुल्नु भएन, हिजोको राज्य प्रणालीमा बेरोजगार हुँदाको पीडालाई बिसाउने चौतारी राजनीति बनाएका हे कमरेडहरु हो, कामरेड हुन् गारो छ र निभाउन झनै गारो छ, रत्न पार्कमा दुइ चार पुलिसको लाठि खाँदैमा र दुइ चार दिन जेल बास हुँदैमा कम्युनिष्ट भैंदैन… तेसैले झुटको खेति गर्न छाडिदिनुस, भौगोलिक आधारको प्रदेश सहितको सकेसम्म कम राज्य रहने संगीयाताको स्वरूप सहितको संबिधान जेठ चौध भित्र नेपाली जनतालाई संबिधान दिनुस…अरु केहि मागेको पनि छैन……
म तराईको पहाडिया बाहुन, मेरो पुर्खा को इतिहास हेर्दा मा थाहा पाएको पन्ध्रौ पुस्ता. त्यो भन्दा पहिले त थाहाछैन तर मेरा पुर्खा रत्न मल्ल (१४८२ – १५२० साल) मा राजा का पुजारी भएर कम गरेका थिए रे? मेरा पुर्खा कहिले नेपाल आए र कहाँ बाट आए त्यो पनि मलाई थाहा छैन. तै पनि यत्रो इतिहास हुदाहुदै पनि म यो देशको आदिबासी बर्गमा पर्दिन. किनकि म खस भाषी हुँ. म बाहुनको छोरो भएकैले जनजाती मा पनि पर्दिन. मैले नबुझेको आदिबासी हुन कति वर्ष नेपालमा बस्न पर्छ र जनजाती हुन के के चाड पर्व मनाउन पर्छ? के खस भाषीको आफ्नो सभ्यता छैन, के आफ्नो छल चलन छैन? के ले जोखिन्छ जनजाती र आदिबासीलाई? मलाई राज्य खै त? तर मलाई दिए पनि राज्य चाहिएको छैन है?
अहिलेको जमाना सबै भन्दा ठुलो कुरो सबैलाई बराबर स्वतन्त्रता हो. राज्य संस्कृतिले चलाउने होइन, जना निर्वाचित प्रतिनिधि द्वारा कुसल प्रशाशन ले सबैलाई बराबर हुने अधिकार हुने गरि चलाउने हो. मा अझै पनि नेपाल मा ३ वटा भन्दा ज्यादा राज्य को जरुरत छैन भन्छु. त्यो पनि हिमाल देखि तराई सम्म छुने गरि बराबर सम्भ्याब्य, बराबर जमिन, बराबर कठिनाई र बराबर जनसंख्या को आधारमा. त्यसपछि अहिले भन्दा निकै ज्यादा शक्तिशाली बनिनु पर्छ स्थानीय तह. गाबिस, नगरपालिका ले हेरुन संस्कृतिक पाटो. स्कूलमा ऐच्छिक थारु भाषा पढाउने कि न पढाउने भन्ने कुरा दिउ न गाबिस लाई जिम्मा. घोडे जात्रामा छुट्टी दिनेकी नदिने भन्ने पनि गाबिस वा नगरपालिका ले हेरोस न. बरु २/४ वटा गाबिस मिसाएर अलि ठुलो बनाए हुन्छ. अनि संस्कृतिक पाटो गाविसले हेरे पछी किन चाहियो जातीय राज्य.
अनि अर्को कुरा नेपालमा २ वटा वर्ग छन् राजनीति गर्ने र नगर्ने. राजनीति गर्ने वर्गले आफ्नो फाइदाको लागि धेरै राज्य र समानुपातिक व्यवस्था ल्याएका हुन. निर्वाजित हुन नसक्नेलाई बनेको कोटा हो समानुपातिक तथा रास्ट्रिय राजनीति गर्न नसक्ने तर जनजाती, मधेशी भनि सत्ता मा रहन चाहने वर्ग जस्तै माकुने, मोहन बैद्य आदि जस्ता का लागि. कुन गरिब तर दिमाग भएको ले मौका पाउछ त्यसमा?
त्यसैले ११ राज्यका साथ साथै जातीय राज्य अहिले को परिवेस मा गलत हो. सानो चुस्त पारदर्शी प्रशाशन अहिले को खाँचो हो. सुशासन देउ देश आफै बन्छ.
* जातीय राज्य घोषित भयो भने यस्तो उस्तो मात्र होइन; उपद्रै उपद्रो धेरै हुनेछ / * # जातीयताको आधारमा गर्न लागिएको प्रदेशहरुको नामाकरणलाई अहिले रहर र प्रयोगको रुपमा हेरिए पनि कालान्तरमा यस्ले सामुदायिक दंगाको बिउ रोप्ने सुनिश्चित छ । यति नै प्रदेशलाई संघात्मक प्रणालीमा अवलम्बन गर्ने तर नाम चाँहि भौगोलिक आधारमा वा अन्य आधारमा राख्दा कस्को बाऊको के जान्छ ?? यो देश कसैको रैकरमा गर्न लागेको रोपाइको माहोल होइन !!
यो अवस्थाको सिर्जना त केवल माओबादीले राजनैतिक आगो बाल्न लगाएको जातियता मुद्दामा आफू बाध्यात्मक रुपमा अल्झेको मात्र हो ।
—– यति कुरा चाँहि सत्य सावित हुने छ कि, काठमाडौका मचाकाजी, हाकुचा, पञ्चनारायण आदिले अहिले त; तिमिहरु पाखे पहाडी ‘जाउ आफ्नै ठाउमा’ भन्न बाँकी राख्दैन भने; तत्पश्चात कस्तो अवस्था आउला ??!! त्यस्तै ताम्सालिंगमा बस्ने नेवारहरुलाई जुनसुकै बिषयमा बिबाद हुँदा पनि “जा कर्पने तिमीहरू कै राज्यमा भन्ने नै छ / यी त एउटा प्रतिनिधी उदाहरण मात्र हो / यस्ता गौडा गौडामा सुनिनेछ…/ किनकि नेपालमा अमेरिकामा जस्तो कसैलाई वर्ण लिङ्ग जातीको आधारमा केहि अपशब्द प्रयोग गर्न नपाईने बाध्यात्मक कानूनी राज सिर्जना भैसकेको अवस्था छैन, जस्को लागि २० वर्ष अझ लाग्ला.. /
– नेपाली जनताहरुको सामाजिक सचेतना र चेतनाको स्तरलाई अवमुल्यन गरेर गर्न लागिएको यस्तो राजनैतिक निर्णयले हाम्रो जस्तो जातिय र भाषिक विविधता भएको मुलुकमा धारा पधेरा देखि मेलापातमा समेत हिंसात्मक रुप लिने सुचिश्चित छ । सायद लागू भएमा समाचारमा आउन समय लाग्ने छैन !!
– यसर्थ प्रदेशहरूको जातीय नामाकरणलाइ सबै मिलेर बहिस्कार गरौ !!!
प्राय हरेक जातमा जातीय भाबना भयपनी क्षेत्री र दलित बर्गमा जातीय भाबना एकदम कम देखिन्छ ! क्षेत्रीहरु र दलितहरु घमण्डी हुन् र घमंदिकै कारण एक आपसमा तछाड मछाड गर्ने भयकोले यिनीहरु आफैमा एक्लिदै गयाका पक्कै हुन् !
खैर, बिषय बस्तुतिर जौ कि नेपालमा जे बेबस्था भयपनी खेल्ने भारत नै हो र उसलाई अझ खेल्न आजका नेताहरुले अझ फराकिलो मैदान तयार पार्दैछन र त्यस भित्र रहेर उसले आफ्नो कुस्तित अझ अर्थात् दस नंग्रा अझ नेपाली माथि गहिरो रुपमा गाड्ने छ र नेपाली नेपाली बिचमा लडाउने छ ! जातीय संघियता को गुलियो नेपाल भन्ने देशै भुलियो बनाउन भारतद्वारा प्रायोजित बिज्ञापन नै हो जसका बरिस्त कलाकार BRB , ठाकुर , कोइराला, गछेधर र नेपाल दाहाल नै हुन् ! खैर, संघियता देश बिकाशको लागि हुनु पर्छ जातजाति को लागि होइन ! संगले लिने बिकाशको नीतिले नै जातजातिको बिकाश मा निर्भर गर्छ ! Education गाँस बश र कपासको ग्यारेन्टी त्यो संघले लिनु पर्छ !
बर्षौ सम्म पानि पँधेरो, मठ मन्दिर, चोखो, सफा जति सबै तिम्रो राज्य र बाँकी फोहोर , अपहेलना, दुत्कार जति मेरो राज्य …. अवसर सबै तिम्रो राज्य, गरिबी मेरो राज्य …. शीक्ष्या तिम्रो राज्य अन्धकार मेरो राज्य …. तिम्रो दशैं, तिहार र अरु अनगिन्ति चैं पुरा राज्यकै चाडबाड, मेरो इद , छद , ल्होछार , उभौली चैं हास्य नाटक ….. तेस्तो कठोर जातीय हुँदा चैं टुक्रीएन …. अहिले मेरो पनि पहिचान चाहियो भन्दा चैं देश टुक्रिने भयो हैन त ?
‘ न्याउरी मारी पछुतो ‘ — —
गल्ति मान्छेबाट हुन्छ — त्यसैले म पश्चताप गर्दिन !
जे गल्ति भो त्यो पनि देशकै लागी केही होला कि भन्ने आशमा थियो — त्यो
आश अब निरासमा परिणत भईसकेको अबस्थामा म चै मेरो आशालाई पुन :
पुनर्जीवित गर्दै भन्छु
‘ संबैधानिक राजतन्त्र ल्याउ ! देश बचाउ !!
जातीय प्रदेश चाईदैन ! देश टुक्र्याउन पाईदैन !! ‘
जय देश जय नरेश
तिमीलाई साह्रै दास हुने रहर रैछ, तेस्तो रहर लिएर सिधै निर्मल निवास गए हुन्छ, हामी माथि तिम्रो रहर न थोप्र्याउ
लुनाजी! दास हुन अझै पुगेको छैन ? राणा, शाह र ठकुरी बाबुसाहेबहरूले बाहुनलाई भान्से, अरु जातका लाइ हुक्के र बैठके ठान्थे र अझै पनि ठानिरहेका छन् | झन् थारु शब्दलाई त “तेरीमा थारु” भनेर गालीको रुपमा प्रयोग गर्छन| अब त चेतनु पर्यो !!!
शशांक जी
मैले राजतन्त्रको ओकालत गर्न खोजेको होइन जसरि थारुलाई “तेरीमा थारु” भनेर गाली गर्थे तेसैगरी खष, क्षेत्री, बाहुनलाई पनि तेसैगरी गर्छन, यो त कुनै राज्यले दिएको कुरो होइन व्यक्तिगत भावना हो. समय अनुसार साथीभाईले भन्दा कहिले काहीं रमाइलो पनि लाग्छ कहिले काहीं ऋष उठ्छा भन्नेले र बुझ्न्ले कसरि भुझ्यो तेस्मा भर पर्छ.
भन्न त तेरी मा ज्यापू, तलाई काठा, लोभी बाहुन पनि भनिन्छ नि शशांक जी.
तर महेशजी! यो “थारु” शब्दलाई बाबुसाहेबहरूले अन्य जातिकालाई गाली गर्दा पनि प्रयोग गर्छन| के यो निकृष्ठ व्यवहार होइन?
लुना जी, तपाईलाई मा के भनु?
तपाई त सारै खत्तम मान्छे रहेछ यार – अब राजतन्त्र पनि भन्न थाल्नु भो !
लुना जी राजतन्त्र भन्नाले तपैले के भन्न खोजेको हो? शाह पुरुष नै राजा हुनु पर्ने कि? गुरुङ मगर राइ लिम्बु अथवा कुनै पनि पुरुष व्यक्ति राजा हुन पाउने?
ऎकाइसौ सताब्दी मा आएर पनि जातियता लाइ प्रोत्साहन गर्ने खालको राज्यब्यबस्था को माग गर्नु मुर्खपूर्ण कुरा हो | यसलाई सबै मिलेर प्रचण्ड बिरोध गरौ |
२१औ सताब्दी भएर के गर्ने याह सोच र व्यवहार उही १८औ शताब्दीको देखिन्छ यस मईसंसारमा कमेन्ट गर्ने सम्पूर्ण मित्रहरुको ! सम्पूर्ण नेपालीलाई समान हक र अधिकार प्रधान गरेर इतिहासमा विभिन्न कारणले गर्दा पिछदिएक नेपाली दाजुभाइलाई उत्थान गर्ने त कता हो कता आफ्नै बाउको सम्पति बाँडेर दिनु परेको जस्तो व्यवहार गर्नेहरुले गर्दा देशमा राम्रो परिणाम चै आउला जस्तो लागेन !
तर म त फेरी सबैलाई एकपटक सम्झाउन चाहन्छु कि पहिचान सहितको संघियता नै आजको आवश्यकता हो त्यो नै माग हो त्यसलाई गलत अर्थ लगाएर आफ्नो स्वार्थ बस जो कोहिले पनि यसको बिरुद्ध आवाज निकालेर न कि संघीयतालाई नै खतरामा पुर्यऊँछा बरु देशलाई नै द्वन्दको संघारमा पुर्याऊछ यो कुराको हेक्का नेता भनौदाहरुले राखे राम्रो ! अरु यहाँ माइ संसारको भित्तामा कराउने कागहरूले खासै केहि असर गर्दैन ! किनकि यिनीहरु सबैलाई राम्ररी थाहा छ प्राय यिनीहरु सबै बिदेशमा पलयान छन् र नेपालमा स्थिति आफु अनुकुल नभए देशमा फर्किनेवाला पनि छैन ! यी कागहरू कराउदै गर्छ पीना सुक्दै गर्छा !!
मेरो भन्नु त केहि छैन ,नया नेपाल बनाउने नाममा नेपाल भित्र अरु धेरै नेपाल नबनोस जहाँ ऐले को जस्तै सिंगो नेपाल ले भोगे जस्तो समस्या देख्नु नपरोस , ऐले का बाठा हरु को जस्तै राज नहोस ,सबैले समान अधिकार पाउन ,तेस्तो भए जति प्रदेश बनेनी हुन्छ!!! हामी धेरै प्रगति गर्नु छ ,सबल राष्ट्र को नागरिक भएर संसार सामु उभिनु छ !!!!!!!!!!
पहिलो पटक दारु पिंउँदै गैसकेको जातको बाल मत्लब ! अब गोदान पनि गरिन्न्न र फेरी जनै पनि लाइन्न । तेसैले आफ्नो जातिको राज्य पनि चाहिएन अरु जातिको राज्यमा पनि बसिन्न । आफ्नो घर कुनै जातिको नामवाला राज्यभित्र पर्यो भने त्यो संबिधान जलाइन्छ !
जातीय पहिचान ? कति राज्य दिएर सक्छौ हो ? तिमी नेवार ,मगर ,लिम्बु ,तामांग थाह छ नेपालमा कति जाति छन ? अनि के कम जनसंख्या भएकाहरुको पहिचान नै नहुने ? उनीहरुले के गर्ने ? आन्दोलन गर्ने ,एउटा जिल्ला जत्रो राज्य माग्दै ?
पहिचान बचाउन राज्य चाहिंदैन ए भेंडाहरू हो , शिक्षा र आर्थिक रुपले सबल हुनु पर्छ , मुख्य कुरा चेतना हुनुपर्छ !
दाङको गरिब किसान थारु पनि थारु हो र बिजयकुमार गच्छदार पनि थारु हो , केहि फरक देख्योउ आँखा फुटेकाहरू ? फरक छ वर्गको , पहिचान बचाउन ? लोह्सार , माघी ,उघौली आदि ईत्यादी मनाउना तिमीहरुलाई कहिले कसैले रोक्यो , तिमीहरुले टुंडिखेलमा कार्यक्रम मनाउदा कसैले रोक्यो , जात्रामा कसैले बाधा पुर्यायो ? कि पुलिस आएर ताठी हान्यो ? यो बाहुन छेत्रीको देश हो भनेर ? बेकुफ भेंडाहरू !
प्रचण्डले कुवामा हाम्फाल्न भन्ला हाम्फाल्छौ ?
जय नेपाल !
होइन हो मैले नबुजेको को कुरा, यो जातीय राज्य मा तेह का जनजाती ले आ- आफ्नो भाषामा पढ्न पाउने रे अनि हाम्रो देसमा त एउतै गाउमा दसथरी भाषा भाषी छन् तेसो भै एउतै गाउमा बाहुन – छेत्री को एउटा विद्यालय, मगर को अर्को , गुरुङ को अर्को, दुइ चार वोटा नेवार घरपनि पसल गरि बसेका छन् उनका छोरा छोरि लै पढाउने छुट्टै विद्यालय पनि चाहियो नि !
…वा वा वा…… ..म त जातिय राज्य नै हुनु पर्छ भन्ने ! कम से कम नेपाल सिछित त हुन्छ चाडै. .
किन र? नेपाली नबोल्ने मगर को बच्चाले नेपाली मा पढ्ने पर्ने रे नेपाल मा, धोति लगाउने मधेसी ले दौरा सुरुवाल लगाउने पर्ने रे नेपालमा भने नेपाली बोल्ने ले चै गुरुङ मगर नेवार को भाषा बोल्न नहुने? अमेरिका बेलायतले भिसा दिन्छ कि भन्ने आश मा चै अंग्रेजी जान्नु पर्ने रे…
नेपालमा जातिये राज्ज्य को कल्पना गर्नु नै अति अनुचित कार्य हो | आज जातीय राज्ज्य का लागि जुन कर्तुत चली रहे का छन् ति सब देश लाई टुक्राउने र अस्थिर बनाउने काम हुन् | कुनै पनि जति ले अर्को जति लाई शोषण गर्नु भनेको चतुर समुदाय अथवा बेक्ती ले सोझा मान्छे बाट अनुचित लाभ लिनु हो | ब्राह्मण छेत्री हरु लाई नेवार ले जिन्दगि भर मोही बनाइ शोषण गरेका उधाहरण हरु लाखौ लाख मा छन् | अतः जातीय शोषण ठुलो जात तथा सानो जात को कारण ले नभई चेतना को अभाब मा
हुन्छ | बिगत मा जुन जातिये शोषण भयो त्यो चेतना को अभाब ले भएको हो | म निरन्तर रुपमा करिब तीश बर्ष देखि नेपाल मा बैज्ञानिक अनुसन्धान का लागि दुर्गम सुगम आदि स्थान हरु मा भ्रमण गरि रहेको छु र मेरो जानकारी अनुसार नेपाल मा माओबादी को उदय पछी जातीय भेद भाब र शोषण को करिब करिब अन्त भै सकेको छ| अहिलेको नेपालमा जातीयता मा आधारित राज्य पुनासंरचना को नारा मात्र तुच्छा राजनैतिक स्वार्थ का लागि प्रचार मा ल्याईएको एक पाखण्डी अभियान हो | येश पाखण्डी अभियान ले कुनै जाति बिसेस को भलो गर्नु को साटो नेपाली हरु को सर्बनास मात्र गर्नेछ | अतः जतियेता को नारा हटाई मिलिजुली सुन्दर शान्त नेपाल को निर्माण मा लागौं |
जन चेतना कुन स्तरको छ त्यसै अनुसार राज्य व्यवस्था भएन भने हात लाग्ने असफलता नै हो | असन्तुस्ट जन समुहलाई फेरी फेरी विभिन्न वादका नाममा राजनीतिलाई ब्यबसाय बनाएकाहरूले दिशाहीन नबनाउला भन्ने कुराको ग्यारेन्टी के ??? एउटा समय आउने छ कि यस्ता जातीय राज्य र पहिचान प्रति कसैको कुनै चासो नै हुने छैन | राज्य र प्रदेशको त कुरै छाडौ परिबार पनि अन्तर जाति मा परिणत भै सक्ने छ | जातीय पहिचान पनि आधुनिकीकरण र गलोब्लाइजेसनको चमक दमकमा धुमिल भएर जानेछन | तर त्यसको लागि दशकौ लाग्न सक्छ र त्यतिन्जेल लाई देशमा दिगो शान्ति र बिकास चाहिएको हो भने जातीय , बर्गीय , संघिय जे जे मंगिन्छ , दिंदा पनि केहि फरक पर्दैन | तर त्यसलाई केन्द्र बाट नियन्त्रणमा राख्न कडा कानूनी प्राबधान पनि जारि गरिनु पर्दछ | यसो गरिएन भने देश त सगोल कै हुन्छ तर जन भावना खण्डित हुनेछ | आज नाम मात्रको भौगोलिक बिभाजन गरेर सदियौ देखि साचिएको अखण्ड नेपालीपना लाइ खण्डित हुन बाट जोगाउन बढी जरूरी छ | देश भनेको माटो मात्र हैन त्यहाँ बसोबास गर्ने समग्र जन-समूह हो | तिनको भावना र चाहना ले जे मांग गर्छ त्यहि नै दिन सक्नु सफल र सम्मुनत राजनीति हो |
नेपालमा बस्ने अशिछित, आफु पनि केहि नगर्ने र अरु को पनि उन्नति देख्न नसक्ने तर मेरो गोरु को बाह्रै टक्का गर्ने माओवादी र जातीयता को नाम मा दोल्लर खेति गर्ने जनजाती का स्वार्थी नेता बाहेक कसै को भलो मा छैन
येत्रो सानो देश मा किन चियो ११ एउटा प्रदेश? खुरु खुरु आर्थिक विकास तिर लागे सबै जति को भलो भैहाल्छ नि | अरु देश हरु कता बाट कता पुगिसके हामी हरु चै ऐले को युग मा एर जात भात को नाम मा दंगा गर्दै छौ |
माओवादी मुर्दाबाद | जातियता मुर्दाबाद |
सबै नेपाली दाजुभाई दिदीबहिनी हौ , हामी सबै एकै आमा का सन्तान हौ |
संघियता हुदै नहुने कुरा हो | यो किताब र साहित्यमा राम्रो देखिएला, तर व्यावहारिक संसारमा यसले ठुलो मानसिक बिभाजन ल्याउछ | देश नेतुक्रिएला तर एसले सदा को लागि नेपाली गौरब लै तुक्र्यौछ | यसै त विभिन्न जाति हरु माथि तेत्रो खिचा तानी छ, संघ संघ नै बनाए पछि त झन् ठुलो द्वन्द चर्किन्छ | संबिधान मा येसो उसो गरेर कुरा मिलौन्ला भन्लान नेताहरु तर व्यवहार मा के हुने हो हामी सबैलाई थाहा नै छ | हुदै नहुने कुरा हो | मेरो पनि कालो झन्डा!
राजा महेन्द्र को “राष्ट्रबाद” र “नेपालको मौलिक प्रणाली” अनि पृथिबी नारायण शाह को “चार जात छत्तिस वर्णको साजा फुलबारी” लै गलत रुपमा भ्रम सिर्जना गराउने अनि ति कुरालै आफ्नो अनुकुल नभए पछि बिख मान्ने धुर्त नेपाली हुभन्ने लै अहिले को अबस्ता सारै मन पर्दो हो/ सोजा साजा नेपाली जनता लै ठग्ने, जाति, धर्म को नाममा लडाएर आफु साँढे बनेर बस्न खोज्ने केहि काट्टे बाहुन हरुले गर्दा यो अबस्ता आएको छ/ अब पनि तेस्त साढे हरुलाई तह नलगाउने/बहिस्कार नगर्ने हो भने भोलि नेपाली हु भन्न पनि पाइने छैन/ आज त संसार को अगाडी म नेपाली हु भन्न हिनताबोद अनि लlज्लागने बनिसकेको छ / कमसे कम केहि वर्ष अघि सम्म त मा नेपाली हु भने र गर्ब का साथ हिड्न सकेका थिऔ/ अनि संसारमा राम्रै रुपले परिचित् हुन सके का थिऔ/ न कि अहिले को जस्तो कुख्यात नेपाल/
एदी जातिय राज्य भयो भने कोसोभो वा रुवान्डा जस्तो हुनेछ / रुवान्डा मा हुत्सी ले तुत्सी लाइ १० दिन मा २० लाख लाइ मारेका थिए तेसैले येहा पनि जातीय दङ्ग जुन बेला पनि फैलिन सक्छ तेसैले एस्तो जातीय बनायो भने येही काठमान्डू को नेवार र अरु जाति बात सुरु हुन् सक्छ तेस्पची मधेसी/पहाडी र अन्य बीच पनि किन भने ३०% त बाहुन र छेत्री छन् तिनी हरु लाइ पाखा लगायो भने प्रचण्ड लाइ अन्तरास्ट्रिय क्रिमिनल कोर्ट मा पुर्याउने छन् // रुवान्डा र कोसोभो को नेता लाइ पनि हेग मा मुद्दा चलाएको थियो अन्तरास्ट्रिय क्रिमिनल कोर्ट मा …
पहिचान सहित को जातिय राज्य किन र कसरि ?
जति पनि एसका बिरोधि हरु छन् ति सबै संकीर्ण बिचार ले ग्रसित छन् देश टुक्रिने भो भन्छन देश टुक्रिने भयो भन्ने हरु जातिबाद का पच्छधर हुन् जस्तो लाग्छा मलाई , तपाई हरुले सकारात्मक बिचारले कहिल्यै सोच्नु भएको छ कि बहुभाषिक, बहुजतिये राष्ट्र को फाइदा हरु ? अन्तर जातिय तिक्तता लाइ कसरि सकारात्मक प्रतियोगिता मा रुपान्तरण गरेर त्यो राज्येको बिकाश तिर मोड्ने तिर कसैको ध्यान गएको छ ?
१४ अंचल ७५ जिल्ला त पहिले नै थियो नि खोइ त ? केहि भयो ? अहिले फेरी भौगोलिक संघियेता को आधार मा बिभाजन गर्नु त्यो बाहुनबादको (माफ गर्नु यो सब्द प्रयोग मा मैले व्यक्तिगत कसैलाई पनि आछेप को आसय होइन} मुकुण्डो फेर्नु मात्र हो !
विकेन्द्रीकरण त पहिले पनि थियो नि तर खोइ त, त्यो नाम मात्रको भयो, तेसैले सक्ति र श्रोत को विकेन्द्रीकरण हुनु पर्छा त्यो पहिचान सहित को संघियेता बाट मात्र सम्भव छ
स्थानिय जो कोहि को हात मा सो राज्येको जिम्मेवारी दिएमा भ्रस्टाचार, घुसखोर ,कालाबज़र आदि इत्यादी को नियेंत्रण का साथ् सम्वृद्धि को बाटो खुल्ने छ न कि अहिले को जस्तो काठमाडौँ बाट खटिएको प्र. जी . अ .बाट सम्भव छैन!
यो पनि बिचार गर्नु कुनै पनि दोश्रो जात को विस्तापन पनि एसको आसय होइन र यो कदापि हुने छैन!!!!
पहिचान सहित को संघियेता ले कदापि देश टुक्रिन्न तर यो बिनाको संघियेता ले टुक्रिने छ !!!!
केन्द्रिकृत प्रणाली नेपाल को विकास मा ठूलो बाधकको रूपमा देखिएकोले संघियता अवश्य नै चाहिने हो, तर
१) जातीय राज्यकोलागि जातीय बाहुल्यता अनुसारको प्रदेश बनाउनु पर्ने हुन्छ, यसको आर्थीक आधार हुन्न। जातीय रूपमा बलियो भएपनि यस्तो राज्य सदाकोलागि छिमेकी प्रदेशहरूमा निर्भर हून जान्छ।
२) राज्यको नाम नै जातीको नाममा भएपछि अरु जात/जातीका मानिसलाई सोझै हेप्ने प्रवृतीले आधार पाउछ। जस्तोसुकै नियम-कानूनले यसलाई रोक्न सक्दैन।
विवादास्पद र गलत ढंगले प्रचारित संघियताको मुद्दाको बारेमा राम्रो विश्लेशण गर्नु भएकोमा मेरो बधाई तथा धन्यबाद। म पनि एउटा पिछडिएको र हेपिएको वर्गको पाठक, उपरोक्त दुविधा म जस्ता थुप्रै पाठकको मनमा होला, समाधान छ कि?
लेख समय सान्दर्भिक र राम्रो ! म केहि प्रसङ्ग उल्लेख गर्न चाहन्छु ! म काठमाडौँ मा बस्ने काठे क्षत्री (सहरिया हरु ले हामी चक्रपथ बाहिर गाऊ मा बस्ने लाई काठे भनछन् ) मैले थाहा पाए सम्म म यहाँ को सातौ जेनेरेशन, मेरा पुर्खा ले केहि काम नलाग्ने डाडा हरु खनेर बसे, न उनिहरु संग पैसा थियो न धुर्तता, कति वर्ष आगाडी देखि खनेर बसे तेस्को पनि इतिहास छैन किनकि लेख्ने कोहि भएन, जब सरकार ले नापी सुरु गर्यो हाम्रा हजुरबाहरु संग मालपोत तिर्ने पैसा पनि थिएन, भए पनि उनीहरु लाई सरकार को डर देखाइयो, अनि टाठा बाठा सहरिया (तेती बेला का नेवार हरु र केहि बाहुन हरु समेत ) को नाम मा भएर आय ति जोतेका खेत र बारी, अनि हाम्रा पुर्खा भए मोही (तपाइँ हरु लाई थाहा होला तेस बेला १/४ आधिकार मात्र हुन्थियो मोही को ) ! मलाई थाहा छ मेरो हजुरआमा र आमा ७-८ किलोमीटर भारि बोकेर ति सहर मा बस्ने हाम्रा तलछिन (जसको नाम मा ति खेत बारी थिए ) लाई कुत (कमाइ को आधा भन्दा बढी ) बुझाउन आउथे, मलाई आज सम्म पनि हाम्रा तलछिन हरुको नाम कन्ठै छ, ३ जना नेवार समुदाये का र एक जना बाहुन, हाम्रो सम्पूर्ण गाऊ मात्र नभनौ सबै भेग को तेही आबस्था थियो, १७० रोपनी त एक जना मात्र नेवार को नाम मा थियो, मैले सुनेको उनीहरु को अन्त पनि सयौ रोपनी जग्गा जमिन थिए ! काठमाडौँ मा बस्ने सबै हामी जस्ता काठे को कहानी एउतै हो, मलाई लाग्छ साएद आज लाजले उनि हरु आफ्नो असली कथा भन्न चाहदैनन ! म पनि गएको छु हाम्रो तलछिन को घरहरु मा र उनीहरु ले हामीलाई गर्ने बेबहार पनि मलाई राम्रै थाहा छ !
ऋण चाहियो दशैँ र चाड पर्ब मनाउन, साहु को भन्दा कोठीवाला (जसले कपडा बेच्ने काम गर्दथे) र बाड़ा (सुन को काम गर्ने), दुख गरेर जोडेको ढुग्री र तिलहरी राखेर ऋण, अनि घिउ खाने र के के भन्दै चर्को ब्याज ! साहुहरु सबै नेवार !
तपाईहरु लाई थाहा होला नेवार समुदाय मा पनि धेरै थरि जाती छन् नेवार त एउटा भासिक समुदाय मात्र हो, उनिहरु मा पनि ठुलो र सानो भन्ने छ, तपैहरु लाई लाग्छ होला क्षत्री हरु ठुलो जात को, इनीहरु ले छोएको सबैले खान्छ (बाहुन बाहेक), गलत .. काठमाडौँ का नेवारहरु ले हामीले छोएको खादैनन् यो सबै मैले देखेर नै आएको छु ! आज सबै तिर तेस्तो दिन छैन, हामी सबै साथी हरु अफिस मा एउतै थाल मा खाइ रहेका छौ, बाहुन, क्षेत्री, नेवार, मगर, राइ अनि अरु पनि जाती ! महर्जन हरु लाई ज्यापू भनिन्छ जसलाई शाक्य, श्रेष्ठ, प्रधान हरु भन्दा सानो मानिन्छ, महर्जनहरु ले हामीले छोएको खादैनन् अरु नेवार जाती को कुरै छोडौ ! वहाहरु को आस्था भनौ या सामाजिक परम्परा, येस्मा दुख मान्नु पर्ने कारण पनि छैन ! यदी कुनै नेवार ले क्षेत्री को या अन्य जात को केटि बिबाह गर्यो भने तेस्लाई गरिने बेबहार छुट्टै हुन्छ र मर्दा गुठियार हरु ले छुन पनि ऑउदैन ! यो कहिले देखि चल्यो त्यो त मलाई थाहा छैन तर मैले थाहा पाएको कुरा हो यो !
काठमाडौँ को हरेक काठे लाई सोध्नुस, कथा एउतै हो, अब भन्नुस हामीले यहाको नेवार हरु माथि सासन गरेउ कि उनीहरु ले हामी माथि ?
आज समय धेरै आगाडी बढी सक्यो, हाम्रा पुर्खा ले दुध, तरकारी, धान (आफुले ढिडो खाएर पनि ) बेचेर हामीलाई शिक्षा दिक्ष्या दिए, पढ्नु पर्छ, ठुलो मान्छे बन्नु पर्छ भन्ने सिकाए, ठुलो मान्छे त भैएन तर पनि आफ्नो खुट्टा मा उभिन सक्ने भैयो !
को धनि? को गरिब? किन धनि? किन गरिब ? किन थिचो मिचो मा? सबै को उत्तर YEUTAI ……. शिक्षा…….
अझ अरु प्रसङ्ग हरु कति छन् कति तर भासिक समस्या ले गर्दा यहा कमेन्ट मा धेरै लेखन सकिन ! यो एथार्थ कुरा हो.. सबै काठे लाई सोधनुस .. अरु काठे दाजु भाई पनि हुनु हुन्छ भने कमेन्ट गर्नुस, सहि लाई सहि भनुस गलत लाई गलत …..
अब तपाई भन्नुस को सोसक, को सासित कसले कसलाई सासन गर्यो ?
बोगटी जी ,
तपाईहरु अपवादमा पर्नु भयो यो बेग्लै कुरा हो !यस्ता अपवादलाई लिएर सिंगो बस्तुलाई चित्रण गर्न मिल्दैन !
यहाँ त कुल जनसंख्याको कत्ति प्रतिशत भन्ने कुरा ख्याल गर्नु जरुरि छ ! जबसम्म यो तथ्यांक लाइ विचार गरिदैन नेपालमा सामाजिक न्याय स्थापित नै हुँदैन जबसम्म सामाजिक न्याय हुन्न तबसम्म देशमा शान्त र बिकाश हुन्न !
चेतन जी,
को के कति जनसंख्या, कति पिडित यो सवैलाई थाहा भएको कुरा हो, कति जना बुझेर पनि बुझ पचाउछन्, तपाई नेपाली पर्नु भएछ, के तपाइको समुदाय पनी आपबाद मात्र हो त ? सत्य कुरा लाई अंगिकार गर्नु पर्छ ! के जातिय राज्य ले तपाइको समुदाय को हित गर्छ ? हेर्दै जाने हो भने हाम्रो काठे समुदाय मात्र होइन, धेरै समुदाय आपबाद भन्नु हुन्छ !, धेरै आपबाद भनेको सत्य हो चेतन जी !!!
साह्रै राम्रो प्रतिक्रिया लेख्नु भएछ, धन्यबाद
जातीय राज्य जातीय उत्पीडनको समाधान हुदै होइन
जसले जति तर्क- कुतर्क गरे पनि
जातीय राज्य हुनु भनेको बिखन्डन तर्फ लम्कनु हो,
भारतीय बिस्तारबादीहरुलाइ नेपाल निल्नलाई सजिलो बनाई दिनु हो
नेपालमा धेरै जाति छदै छैन मात्र एउटा जाति छ नेपालि जसको धेरै उपजातिहरु/थरहरु छन्
हिजो पनि नेपालमा सामन्तबादी शासन हाबी थियो आज पनि छ
हामि कहा भएको समस्याको जड सामन्तबादी सोच हो
सामन्तबादी कुसासनको उपचार जातीय राज्य हुनु पर्ने सोच सरासर गलत छ
बिनोद बोगोती ज्यू ,
एस्तै नेवार समुदाएको बिपच्छ्या बिष बमन गर्ने भय म संघ पनि छ . सर्ब प्रथम तपाईका छेत्रीय राजा पृथिवी नारायण शाहाले किर्तिपुर जिते पछि हरेक किर्तिपुर वासीको नाक कात्ये, देश पनि लिए , जबर्जस्ति खय भ्या बोल्न लगाए , नेवार जतिको जगा सितैमा लिएर राना हरुले दरबार काठमाडौँ भरि बनाए , नेवार लाई नेपाली बोल्न नजानेको ले सरकारी जागिर्नै नपौन्य बनाए , अब तपाई नै भन्नुस ककसले कक्लाई सासन गर्यो? एस्तै २१ सौ सताब्नी मा १८ रौ सताब्दीको कुरा गर्ने भय धेरै छन् लेख्दै जाने भए , अहिले लाई अहिलेकै कुरा गरे राम्रो , उहिलेको कुरा खुहिलीयो बेश है, नभय एस्तै हो साम्प्रदाहिको दंगाको आगोको झिल्को , के तपाईले येही गर्न खोजेको ? You should know everybody have negative and positive, past is past please think for bright future. Try not to pick up on somebody’s scar. फुलको आखामा फुल कै संसार , काडाको अखा मा कादै संसार ……….
सुमन जी,
बास्तव मा यहि हो जातीय राजनीति को असर | एक उदाहरण ले तपाइँ मा सुसुप्त अबस्था मा रहेको साम्प्रदाइएक्ता जाग्न पुगेको छ | बस्ताब मा बिनोद जी लाइ शोसक तल्सिंग ले दुख दिएको हो | शोसक कुनै पनि जात को हुन् सक्छ | धनि र सक्तिमान ले गरिब र कम्जोर लाइ दबाउन खोज्छ यो प्राकृतिक कुरा हो तर हामि चेतनशील मानब भएकोले समतामुलक समाज को निर्माण गर्नु पर्ने हो | जहा बलिओ लाइ नियन्त्रण र निर्धो लाइ संरक्षण होस् |
सुमन जी मैले भन्न खोजेको पनि त्येही हो? हिजो कुन समुदाय का कति बेक्ती ले को माथि कसरि सासन गरे यो PAST हो.. २१ सौ सताब्दी मा एस्ता कुरा छैनन्, तपाहीले मेरो कमेन्ट लाई राम्रो संग पढ्नुस आज हामी कसरी बसी राखेका छौ भनेर पनि भनेको छु !
यस्तो वायिहात कुरा चाही नगर्नुस ! त्यो त काठमाडौँ बिकसित भयो, अनि थुप्रै बाहिर बाट यता भित्रिए अनि त्यसरी भित्रिनेलाइ काठेहरु को तिनीहरुप्रति व्यवहार मन नपरेको मात्र हो | यदि तपाईको पुर्ख्यौली ठाउँ काठमाडौँ भन्दा बिकसित भएको भए र हामी त्येता आउनु परेको भए, हामीलाई अझ कस्तो व्यवहार गरिन्थ्यो त्यो थाहा नभएको हो र ? छुवाछुत यहाँ मात्र हैन नेपाल मा सर्वत्र छ | तेसैले तपाई को कुरा बकम्फुसे हो | पहिले आफ्नै चलन लै हेर्नुस अनि अर्का माथि साहस छ भने औला उठाउनुस |
तपाहीले भन्न खोजेको अलि स्पस्ट भएन, मैले त वास्तविक आबस्ता को कुरा गरे, मेरो पुर्खेउली काठमाडौँ नै हो साथी ८-१० पुस्ता आगाडी कता थिए, किन आए त्यो त थाहा भएन साथी ! अनि काठमाडौँ को काठ क्षेत्र तेती बेला कति बिकसित थिए त्यो त तपाइलाई पनि थाहा होला, काठमाडौँ को आलापोट, नंग्लेभारे अनि छैमले (तपाइलाई थाहा त छ काठमाडौँ मा यी गाबिस पनि छ भनेर?) को कतिपय ठाउँ मा बिजुली बत्ति पुगेको कति भयो त्यो पनि बुझ्नुस, हाम्रा पुर्खा तपैले भने जस्तो काठमाडौँ को ताम झाम देखेर पक्कै आएका होइनन, तेसरी आएका भए उनीहरु को आर्थिक अबस्ता तेस्तो हुने पक्कै थिएन ! धेरै जिल्ला जिल्ला को सदरमुकाम मा नेवार समुदाय पुगेका छन् व्यापार को सिलसिला, मा हेर्न जानुस वहा हरु को आबस्था त्यो जिल्लामा, कुनै अनकन्टार गाऊ मा भएको नेवार बस्ति देखानुस (केहि ज्यापू समुदाय काठ मा बसेको बाहेक ) | वास्तविक र सत्य कुरा लेख्नुस र भन्नुस ! काठे भनेको हिजो भर्खर बाहिर बाट काठमाडौँ आएर बसेका होइनन .. इनिहरु को इतिहास खोज्दै जाने हो भने २० औ पुस्ता पनि छन् !!
त्यहि, भन्न खोजेको, मूल कुरालाई नै तपाइले बंग्यौनुभायो | मलाई दुखः छ कि नेपालमा त्येस्ता बिपन्न वर्ग पनि छन् जसलाई दुइ छाक तर्न धौ-धौ हुन्छ | तर (१) यस्ता बिप्पन वर्गमा नेवार हरु पनि पर्छन| सबै नेवारकहाँ कहाँ सयौं रोपनी जग्गा छन् र नेवारले वरपरका छेत्रीलाई सोषण गर्यो भन्न ? (२) त्यसमाथि त तपाईहरुले नेवारहरुलाई धन्यवाद दिनुपर्छ कि उनीहरुले तपाईहरुलाई आफ्नो जग्गामा रेखदेखको लागि घर बनाउन र बस्न दिए, अन्न बालि लाउन दिए, रोजगारी दिए | अब अर्काको बारीमा बसेपछि उसलाई चुकाउनु पर्ने भाडा (अन्न को रुपमा ) त स्वाभाविक नै हो नि, हैन र ? (३) तपाइले प्रश्न गर्नु भयो कि तपाईहरु बिपन्न र नेवारहरु सध्है सम्पन्न रहे, तेसैले सोषण भयो भन्नु भयो | यो कुरा को बारेमा मैले के भन्ने ? तपाई आफैले भने जस्तै तपाईका पुर्खाहरु, चाहे ५ पुस्ता पहिलेक हुन् या २०, उनीहरुले काठमाडौँमा entry नै नेवार को खेतमा काम गर्नलाई गरे| त्यो भन्दा पर आफ्नो समाजलाई उठ्ने-उठाउने साहस तिनीहरुले आफैले गरेर्नन | त्यसमा नेवार को के गल्ति ? त्यो तपैहरु को परम्परामै गल्ति देख्छु म | त्यसलाई परिवर्तन गर्ने साहस गर्नुस, आरोप लाउने हैन! (४) तपाईले जुन छुवाछुत को कुरा गर्नु भयो, त्यो नेपाल भरि ब्याप्त छ | आफ्नै घर मा बहाल मा बस्ने बाहुनहरुले नेवार घरधनी भान्सा मा छिर्यो भनेर उ गैसकेपछि सुटुक्क चोखो गरेको पनि देखेको छु | तेल्लैके भन्ने ?
त्यसैले यो जात ले ऊ जातलाई साशन गर्यो भन्ने कुरा नै वैहात हो | जातीय राज्य को माग नै वैहात हो | बरु सम्पन्न ले बिपन्नलाइ गर्यो भन्नुस, तर त्यो त बिश्वो भरि ब्याप्त छ, हैन र ?
मेरो तर्फ बाट जातिय राज्य लाई कालो झन्डा !
नया नेपाल रे……. ह्व्या जातिय राज्य बाइसी-चौबिसी राज्य बन्ने होडमा छ, नेपाली जनता जातिय पहिचान र एकापस बिचको सद्-भाव युगौ देखि नै कयेम रहीआएकै छ येसरी जातिय राज्यले झन् भैराखेको जातिय सद्-भाव पनि खल्बलिन सक्छ सबै भाषा भाषी सबै जात धर्म नेपाली रास्त्रियता भित्र अटाएर बसेका थिएनन् र ? देशका नेता भनौदा ब्वासाहरु नै यो जनता बिभाजन का खेलमा सुरु देखि नै सामेल छन् , जहाँ सम्म जातिय राज्य को सवाल छ यो कदापी स्वीकार्य छैन !
जय देश !
शैजेश जी,
तपाईलाई पहिले कुरा, २२से २४से राज्यको इतिहास र वास्तविकताको अध्ययन गर्न खाँचो देखिन्छा दोस्रो कुरा हिन्दु अधिराज्यमा कसरि सबै धर्म र जाति भाषा भाषी अटाएर बसेको भन्ने बारे तपाइले अलि अध्ययन गरेर आफ्नो आँखाको मोति बिन्धु जालो हटाउन जरुरु देखिन्छ ! लादिएको भाषा, धर्म, र संस्कृतिमा अडेको थियो हिजो सम्म जुन आज आएर स्वतन्त्रता खोजि रहेछ यत्ति पनि ख्याल नभएको तपाइलाई ???
हामीले त कहाँ अध्यन गरेका छौ र चेतन जी, बरु यहाले २२ से २४ से राज्यको इतिहासमा वास्तविक अध्ययन गरेर कुन कुन जनजाती र दलित का नाममा कति थेसिस लेखि सक्नु भयो एक दुए लाइन paste गरेर हामी जस्ता को मोतिबिन्दु हटाई दिनु होला……
यस्तो जात जाति को झगडा बिखन्डन को कुरा के गर्नु साथी …… मलाइत त्यो राज्य पनि चाहेन उ राज्य पनि चाहेन …. निस्पछ्या समाचार लाइ पछ्याउने र बहश गर्ने मेरो संसार चाहियो …… सद्भाव भाइ चार सहयोगी र सम बृदी सद बुद्धिले भरिएको समाज अनि सिंगो मेरो देश मेरो नेपाल चाहियो
जातीय पहिचानसहितको संघीयताका पक्षधरहरुको तर्क छ्- विगत २५० वर्षसम्म खस शासकहरुबाट जनजातिको शोषण भएकोले त्यसको क्षतिपूर्ति स्वरुप जातीय पहिचानसहितको राज्य हुनु पर्छ ।यर्थाथलाई नियाल्ने हो भने विगत अढाइ सय वर्षमा सबैभन्दा बढी राज्यबाट उपेक्षा र उत्पीडिन ब्यहोर्नेमा खस र दलितहरु देखिन्छन् । प्रमाणका लागि कणर्ाली भेकसहित दैलेख, जाजरकोट, बझाङ, बाजुरा, अछामलगायतका क्षेत्र र त्यहाँका खसहरुको अवस्था हेरे पुग्छ । अझ दलितहरुले जति चरम उपेक्षा र विभद अरु कसले व्यहोर्यो होला र ?
पैसा र बल भएका कथित जनजातिहरु आफूभन्दा उत्पीडित र उपेक्षितहरुका बारेमा सोच्दैनन् । मुढेवलका आधारमा जे पनि गर्न सकिन्छ भन्ने संकीर्णता पालेकाहरु विगतमा शासकहरुको वरिपरी रहने मौका पाएका काठमाडौंका केही बाहुन-क्षेत्रीहरुलाई देखाएर सम्पूर्ण खसमाथि धारे हात लगाइरहेछन् । कुन्ठा र संकीर्ण सोच रुपि वीष-वमन गरिरहेका छन् । कुनै कोइराला वा कार्कीले अवसर पायो भन्दैमा कथित जनजातिको भन्दा गए गुज्रेको अवस्थामा बाँच्नका लागि संघर्ष गरिरहेको खडका वा गुरागाईँले किन गाली खाने ?
महर्जन, ज्यापु लगायतका कतिपय पिछडिएकाहरुलाई पृथक राख्ने हो भने नेवार सबैभन्दा समृद्ध जाति हो । शिक्षा, रोजगार, व्यापार आदिमा उनीहरु अरु जातिभन्दा निकै अगाडि छन् । तर बाहुबलकै आधारमा जनजातिमा सुचिकृत भएका यिनीहरुले सरकारले बाँड्ने शैक्षिक छात्रवृत्ति र रोजगारका अवसरमा आरक्षणका नाममा एकलौटि जस्तै बनाइरहेका छन् । राजधानीका महँगा बोडिङ स्कुल पढेका, विदेशी शिक्षाका लागि लाखौं लाख लगानी गर्न सक्नेहरुलाई अवसर पाउँदा कणर्ालीका खसहरु टुलुटुलु रमिता हेर्न विवश छन् ।
अहिले पछाडि परेका जाति जनजातिलाई राज्यको मूलधारमा ल्याउने नाममा जातीय राज्य बाँड्ने सपना देखाउँदै जुन-जुन नाम अघि सारिएको छ, त्यो एकतर्फी र हेपाहा प्रवृत्तिको छ । वर्गीय उत्थान अहिलेको प्रमुख एजेन्डा बन्नु पर्छ । मुढेवल भएका र बबण्डर मच्चाउन सक्ने विखण्डनका मतियारहरुलाई होइन, दलित, राउटे, चेपाङ, कुसुन्डा, हायु, लेप्चा आदिलाई राज्यको मूलधारमा ल्याइनु पर्छ ।
Dr साहेब, कुन बिशएको हो थाहा भएन!!! तर तपाईलाई तथ्यांकशास्त्रको अध्ययन भने जरुरि देखिन्छ! जबसम्म तपाइलाई नेपालको जनसंख्या, तिनीहरुको रहनसहन, संस्कृति, धर्म र इतिहास को बारेमा राम्रो ज्ञान हुँदैन तपाइको विचार र सोच एकतर्फी र पूर्वाग्रही हुन्छ यो कुराको हेक्का राख्नु होला !
चेतन जी ,
तपाई तथ्यांक शास्त्रमा महारथ हुनु हुन्छ होला तर म पुगेको ५० भन्दा बडी जिल्ला र विभिन्न अध्यनले थाहा पाए सम्म नेपालका जनसंख्याको अनुपातमा १०० मध्ये मुख्य धनि जाति चै यी हुन्
* मनांगे ( पर्यटन र होटल )
* नेवार ( विभिन्न व्यापार )
* थकाली (पर्यटन र होटल ) – मुस्तांग र म्याग्दीका अदिकाम्स सिछित र सम्पन्न छन्
* मारवाडी ( विभिन्न व्यापार / नेपालका बरिस्ट भ्यात्मारा र कालो ब्यापारीका नैकेहरु )
* राजपुत (जमिन्दार )
* राडा शाही ठकुरी (पूर्व दरबारिया हरु , प्रसस्त अचल सम्पति )
* यादव (फोरमका ८०% नेता यादव छन् , जसरि अन्य पार्टीमा बाहुन क्षेत्री )
* शेर्पा ( पर्यटन र पर्बतारोहनले द्रुत गतिमा सम्पन्न बन्दै ) – नेपाली चिनारी नै हुन् शेर्पा – Also know in the world as the Himalayan Tigers
आदि आदि
बर्गीय / पेसागत आधारमा चै
* माओबादी पार्टी (एसियाका सबै भन्दा धनि पार्टी )
* सबै किसिमका काला ब्यापारी
* विभिन्न लुटेरा डन
* मन्त्रि , सभासद र नेता गद र तिनका टट्टूहरु
* भ्याट मारा राष्ट्रमारा ब्यापारीहरु
* निजि हस्पिटल / नरसिंग होम / + २ संचालक नब धनाड्यहरु
* ठुला ठेक्का पट्टा वाला ( राजनीतिक सम्रच्यद प्राप्त )
* सरकारी / सेना / प्रहरी का उच्च प्रसासक
* भन्सार र राजस्व फाटका हाकिम देखि पिउन सम्म
* NGO / INGO वालाहरु
* ब्रिटिश लाहुरे / ब्रुनाई सिंगापुर पुलिस
* सोलु, मनांग (उच्च भेगका ) का होटेल ब्यबशाईहरु ( झन्डै १००% शेर्पा र मनांगे गुरुङ )
* डाक्टर / पाइलट / इन्जिनिएर आदि
* निजि बैंकका कर्मचारी
* ठुला निजि बिद्यालय र प्लुस टु का सिक्श्यकहरु
……
…..
…..
अन्त्य मा किसान , मजदूर (मजदूर नेता होइन, सालिकराम जम्मकटेल त अरबपति भैसके ) आदि हरु …
तपाई संग भएको तथ्यांक पनि पेश गर्नु होला ताकी हामी सबैलाई लाभ हुने थियो …
जय होश ..
तथ्यांककै कुरा गर्ने हो भने एकचोटी खसहरुकै तथ्यांक निकालेर हेर्नुस यहाले नै
अखण्ड नेपालको लागि ११ प्रदेशीय एकल जातीय पहिचान सहितको संघियता आजको आवश्यकता हो ! जसले अखण्ड नेपालमा रहने सम्पूर्ण जातजातिको
प्रतिनिधित्व गर्छ ! जसरि २४० बर्षदेखी बाहुन क्षेत्रीको एकल जातीको हैकममा हाम्रो नेपाल रुमलियाको थियो जसलाई कसैले पनि नकार्न सक्दैन ! सत्य कुरो
जहिले पनि अलि तितो लाग्न सक्छ तर बास्तविकता भनेको बास्तविकता नै हो ! आजको एक्काइसौ शताब्दीमा आएर पनि फेरी उही
एकल जातीको शेरोफेरोमा अखण्ड नेपालको डाडु पनेउ हुनु पर्ने कहाको न्याय हो ! २४० वर्ष देखि सहेर खपेर दबिएर आएको जनजाती दलित मधेसी बिबिध
पिछडिएका जात जातिलाई अहिलेको शासकीय सरकारले स्वागत गर्नु पर्छ नकी तिरस्कार ! तेस्तो दिन नआओस २४० वर्ष उत्पिडनमा दबिनु परेको बदलामा
क्षति पूर्ति भर्ना गर्न नपरोश ! जातीय पहिचानको लागि आवाज उठाउनु गलत हो ! अवश्य पनि होइन ,आदिबाशी जनजाती मधेसी पिछडिएका जातिहरुको
माग सोह्र आनै जायज हो यसमा दुई मत छैन ! भद्र भलादमी विद्वान बर्ग ठण्डा दिमागले सोच्नुहोस ! एकल जातीय पहिचान सहितको संघियेता भनेको प्रतेक जात जातिको पहिचान हुनुको मौलिक हक हो ! प्रदेशको नामकरण भौगोलोक जातिय भेष भूसा पहिचानको आधारमा बिशेष मापदण्डको मान्यतामा हुन जरुरि देखिन्छ !
अखण्ड नेपालको बिभाजन होइन विकेन्द्रीकृत प्रदेशीय आधारमा संघिय राज्य हुनु पर्छ जसले प्रतेक जातजातिको भौगोलिक प्रदेशको प्रतक्ष्य प्रतिनिधित्व गर्छ अनि
संपूर्ण अखण्ड नेपालको बिकाश हुन्छ ! यसर्थ सरकार संचालनको लागि प्रदेशको विभाजनको आवश्यकता परेको नकी अखण्ड नेपाललाई बिभाजन गर्न खोज्या हो !
भ्रममा नपर्नको लागि बिनम्र अनुरोध गर्दछु ! नेपाल देश सधै अखण्ड रहने छ , रहन्छ र सधै भरि रहनु पर्छ ! यसमा कसैको दुई मत कदापी छैन !
“एकल जातीय पहिचान सहितको संघियेता भनेको प्रतेक जात जातिको पहिचान हुनुको मौलिक हक हो”
१०-१२ ओटा एकल जातीय राज्यको संघियताले कसरि प्रत्येक जतिको पहिचान हुन्छ ? यसमा भद्र भलाद्मीले जति ठण्डा दिमाग लगाउदा पनि बुझ्न सकिने कुरा छैन |
तपाईकै शब्दमा “आजको एक्काइसौ शताब्दीमा आएर पनि फेरी उही एकल जातीको शेरोफेरोमा अखण्ड नेपालको डाडु पनेउ हुनु पर्ने कहाको न्याय हो ?” त्यसो भए एकल जातीय राज्यमा त्यहि जातिले मात्र आफ्नो हाली-मुहाली गर्न पाउनेलाइ न्याय भनौ | अनि यो लेखले त त्यसको उल्टो पो भनिराख्या छ त, सबै जात जातिको उत्तिकै अधिकार हुन्छ भनेर, कसको कुरा सहि हो?
म पनि आदीबासी जनजाति हुँ र मलाई पनि आफ्नो जात र संस्कृति प्राणभन्दा प्यारो छ तथा जातीय पहिचान कायम हुनुपर्छ भन्ने लाग्छ । तर त्यसको निम्ति जातीय राज्य नै चाहिन्छ भन्ने छैन । जातीय राजनीति गर्नु देशको लागि दुर्भाग्य हो । हामीलाई सुरुमा वर्गीय राजनीति सिकाएर जातीयता पु¥याउनु प्रचण्डले हामीजस्ताको नाममा गद्दारी गरेकै हो ।
जातीय राज्य डलर कुम्ल्याउने जनजाति नेताहरुको माग होला तर हामीजस्ता जनजाति जनताको हैन । हामी त जातीय सद्भाव चाहन्छौं । तपाइंले भनेजस्तै ७० प्रतिशत व्यक्ति जातीय राज्यको पक्षमा हैन विरोधमा छन् । जातीय राज्यहुँदैमा त्यसमा गरिव जनताले के पाउँछ । टाठाबाठाले मन्त्री पाएर त्यही गरिव जातको नाममा त्यही जातलाई शोषण गर्ला तर गरिव जनताले के गर्ला ? त्यसैले डलरको खेती गर्ने जनजाति नेता भनाउँदोले जातीय राज्य मागेपनि वास्तविक जनजाति जनता त्यसको विरोधमै छन् । तपाईको कुरा १०० पैतिशत गलत हो ।”
रजनी जी,
पहिलो कुरा तपाइले जुन कुरा यहाँ कमेन्ट गर्नु भयो मलाई त लाग्छ तपाई एउटा नकावधारी जनजाति हुनुपर्छ वा तपाइले अहिले माग भएको पहिचान र सामर्थ्य सहितको संघियताको बास्तविकता र यसको मर्मलाई राम्ररी नबुझेको जस्तो लग्यो ! तपाई साचिकै तामांग हो भने तपाइको समाजको विद्वान Dr . Mukta सिंह लामा को presentation हेर्नु होला youtube मा पाइन्छा !
राज्य पुनर्संरचना त एउटा माध्यम मात्र हो , मुख्य कुरा अधिकार हो, सबै जनता को न्युनतम मानब अधिकारको ग्यारेन्टी हुनु पर्यो जसमा भाषिक र सांस्कृतिक अधिकार नि पर्छ
यस किसिमको पहिचान सहितको संघियता ना कि जातीय संघियताले अबस्य पनि नेपालमा हरेक नागरिकले स-सम्मान बाच्न पाउछ र यसले देशमा बिकाशको साथै एकतालाई मजबूत बनाउछा ना कि देश तुक्रिन्छा !
तर यो कुरालाई केहि स्वार्थ र सामान्ती विचार भएका नेपाली कांग्रेस, एमाले, राजावादी (पुर्व पन्चे र मण्डले) हरुले गलत ढंग बाट ब्याख्या गरि देशलाई अस्थिरता र द्वन्द तर्फा धकल्ने षडयन्त्र गरिंदै छ!!! सम्पूर्ण नेपालीहरु सचेत र संयम भै यसको प्रतिकार गर्नु अहिलेको आवाश्यकता हो !!!
‘नेपालका सन्दर्भमा पहिचानसहितका प्रदेशहरू जतिवटा बने पनि ती प्रदेशहरू बहुजातीय, बाहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक नै हुनेछन् । त्यहाँ बसोबास गर्ने जनताको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक मात्र होइन, सामाजिक, आर्थिक र राजनीतिक अधिकारलाई कसैले कुण्ठित गर्न सक्नेछैन । पहिचानसहितको प्रदेश माग गर्नेहरूको त्यो मनसाय पनि होइन। राज्यको सबै अंगमा समानुपातिक समावेशीको आधारमा प्रतिनिधित्व हुनेछ ।’ राम्रो ! हुनु पर्ने पनि तेस्तै हो ! तसर्थ नामाकरण पनि समावेशी हुनु पर्यो . नामकरण किन जातीय आधारमा गर्नु पर्यो ?
नामकरण जातीय आधारमा नै हुनु पर्छा भन्ने पनि हैन अन्य आधारमा पनि राख्न सकिन्छ, जस्तो भाषा, पेशा, धर्म वा भौगोलिक यसमा खासै समस्या छैन !
बास्तवमै हालको नामकरण हेर्ने हो भने त्यहाँ जात वा जाति लै दर्शाउने खालको पनि छैन जस्तो “तमुवान” यो गुरुङ जातिको नाम कसरि भयो त्यस्तै “तम्सलींग” यो तामांग जातिको नाम कसरि भयो ? यो त खाली उनीहरुको पुर्ख्यौली थलोलाइ जनाउने मात्रै हो यो कुनै जातिवाचक नाम होइन !!! यस किसिमको बिबिध नमकरनाले त झनै सिंगो रास्ट्रको नै पहिचान बहु जातीय , बहु भाषीय र बहु धार्मिक को रुपमा संसार भरि हुने छ यो त हामीलाई गर्भको कुरा हुनु पर्ने होइन र ?
मेरो यो राज्य तेरो त्यो राज्य भन्नु भन्दा हामी सबै मिलेर हाम्रो देश र हामी नेपाली भन्नु कति गौरव को कुरा हुन्छ! तेता तिर किन धयान नदिने जातिय राज्य होस् या नहोस (बास्तम मा भन्नु पर्दा नहोस पनि )तेश मा कुनै तुक राख्दैन आखिर नेपाल रहे पो नेपाली रहन्छन् ! सदा सर्बदा नेपाल र नेपाली एकढिक्का भएर बसेको नया नेपाल हेर्ने सबै को आश! गरम !