मदन भण्डारी र एमालेभित्र हुर्किएको जातीय चिन्तन

मदन भण्डारीको हत्या भएको दिन (हुन त एमालेले नै हत्या मान्न छाडिसक्यो) एमालेका विषयमा नमिठो लेखेको देख्दा एमाले कार्यकर्तालाई निकै रीस उठ्ला तर सत्य लेखेकोमा भण्डारीको आत्माले भने पक्कै सराप्ने छैन। सामान्यत: मान्छेहरू जातीय नारा उचालेकोमा माओवादीलाई गाली गर्छन् तर मदन भण्डारीले २०४७ सालको संविधान लागू भएपछि त्यसको आलोचना गर्दै उठाएका मुद्दाहरूलाई हेर्यो भने अहिले त्यहीँ र उस्तै मुद्दा उठाएर नै माओवादीले चुनाव जितेको हो। माओवादीले त जातीय आधारमा राज्य पुनर्संरचना गर्ने भनेर आफ्नो घोषणापत्रमा प्रष्टसँग लेखेको थियो। त्यसैका आधारमा उसलाई जनताले भोट दिएका हुन्। कि त जनता नै मुर्ख भन्न सक्नुपर्यो होइन भने अर्को चुनाव कुर्नु पर्यो। वास्तवमा जातीयताको सबैभन्दा ठूलो वकालत गर्ने पार्टी अहिले एमाले बनेको छ र उसले पहाडे बाहुन र क्षेत्रीका पक्षमा आफूलाई उभ्याएको छ। यस अर्थमा ठूला दलहरूमध्ये एमाले जत्तिको जातीयतामा आधारित  र साम्प्रदायिक अर्को कुनै पार्टी छैन।

एमाले कुनै न कुनै रूपमा वा वहानामा पहिलेदेखि सत्ता, न्याय, अर्थ वा समाजमा वर्चश्व राख्नेहरूको हालीमुहाली हुने संविधान चाहन्छ र त्यस्तै राज्य व्यवस्था चाहन्छ। ब्राह्मण क्षेत्रीका नाममा बन्द गर्न अगाडि सरेका हुन् वा अखण्ड सुदुर पश्चिमका नाममा, मिथिलाका नाममा हुन् वा संघीयताको विरोधमा उत्रिएका हुन् त्यसको नेतृत्व एमालेका स्थानीय नेताले गरेका छन्। यस अर्थमा एमाले जस्तो एकल जातीय राज्यको वकालत गर्ने अर्को पार्टी कुनै छैन र एमालेले जत्तिको जातीय एकता अरू कुनै पार्टीले खल्बल्याएको छैन। भिडन्तको स्थितिको सृजना पनि अरू पार्टीले गरेका छैनन्। थारू समुदाय माथिको आक्रमण यसको नमूना मात्र हो।

एमालेको पुरानो रोग छ। पार्टी सत्ताबाट बाहिर भयो कि उसका हातहरू चिलाउँछन्। २०४६ पछि त्यस्ता हातहरूले रेलिङ र टेलिफोनका क्याविनेटहरू तोडफोड गर्थे भने अहिले पछिल्लो चरणमा संघियता लागू हुन नदिने र भए पनि बाहुन-क्षेत्रीकै हालीमुहाली हुने गरी लागू हुने प्रपञ्चमा सडक र पत्रपत्रिका तथा टेलिभिजनमा चिच्याइरहेका छन्। त्यसका लागि उसले आफ्ना कार्यकर्ता र स्थानीय नेतालाई विभिन्न समूहका नाममा सडकमा उतारेको छ। एमाले र एमालेका कार्यकर्ताहरू मानसिक रूपमा विक्षिप्त बनिसकेका छन्। उनीहरू कि त बाहुन-क्षेत्रीकै राज्य अर्थात् एमालेकै राज्य चाहन्छन् होइन भने वरू छत्रमान वा रामवरण यादवकै राज्य भए राम्रो तर अन्यको हातमा सत्ता जानु हुँदैन भन्ने मानसिकतामा पुगिसकेका छन्। विशेषगरी NGOs र INGOsमा काम गर्ने एमालेका कार्यकर्ता, गाउँघरतिर एमालेको राजनीति गर्ने शिक्षक तथा शहर छिरेर केही पढेलेखेका र आफूलाई जान्ने-बुझ्ने सम्झनेहरू सबैलाई एकैपटक नियाल्ने हो भने यो वास्तविकता थाहा हुन्छ। फेसबुक र ट्विटरमा “देश टुक्र्याउन पाइन्न” भन्दै ग्रुप बनाउने वा ब्राह्मण, क्षेत्री तथा हिन्दू धर्मका नाममा सडकमा ओर्लनेहरूको अभिव्यक्ति समान हुन्छ। उनीहरूले देशमा आफू बाहेक अरू पनि छन् भन्ने कुरा पूर्णत: बिर्सेका छन् वा अरूको अस्तित्व अस्वीकार गरेका छन्।

रमाइलो कुरा के भने पासाङ शेर्पा एमालेको कोटाबाट संसदमा जान्छन् अनि पृथ्वी सुब्बाले ककसको नेतृत्व गर्दै पार्टीको ह्विप नमानेर जनजातिका पक्षमा फ्लोर क्रस गर्ने धम्की दिन्छन्। पार्टी नेतृत्व भने जातीय राज्य हुँदैन भन्दै निर्णय गर्छ र त्यसका विरूद्धमा जिल्ला-जिल्लामा आन्दोलन गर्नका लागि आफ्ना कार्यकर्तालाई उक्साउँछ अनि त्यसैका जनजाति नेताले फ्लोर क्रस गर्ने धम्कि दिन्छन्। भीम रावल अखण्ड सुदुरपश्चिमका लागि जनतालाई सडकमा उतार्छन् भने पासाङ शेर्पा र पृथ्वी सुब्बा थारू पहिचानका लागि जनतालाई सडकमै उतार्छन्।

मधेशमा पनि एमालै भित्रकै रामचन्द्र झा र केही स्थानीय नेता तथा कलाकारहरू (पार्टीको सदस्यता प्राप्त) मिथिला राज्यको माग गर्दै सडकमा उत्रन्छन् भने त्यसै पार्टीका मधेशी नेताहरू मधेश राज्यका पक्षमा पनि उभिन्छन्। यस अर्थमा एमाले जस्तो उभयलिङ्गी पार्टी कुनै छैन। यसै पार्टीका बाहुन-क्षेत्रीहरू जिल्ला-जिल्लामा जातीय राज्यको विपक्षमा उभिन्छन् तर यसै पार्टीका आदर्श मदन भण्डारीले ०४७ पछिको संविधानलाई आलोचनात्मक समर्थन गर्दै आदिवासी, जनजाति र पिछडिएका जनताका पक्षमा बोल्छन् र उनीहरूका लागि खास व्यवस्था हुनुपर्ने वकालत गर्छन्।

यसको अर्को अर्थ पनि छ, एमाले पार्टी नै भद्रगोल होइन वरू यस्ता लडाईंहरू सत्तामा जानका लागि चलाइएका आन्तरिक संघर्षहरू हुन्। एमाले सत्तामा नजाँदा विभिन्न वहानामा वा विभिन्न नाम र समूहमा पार्टीकै नेता तथा कार्यकर्तालाई प्रयोग गरेर राज्य व्यवस्थालाई अस्थिर र कमजोर पार्छ। अहिले देखिएका आन्दोलन पनि एमालेले सरकार वा सत्तालाई कमजोर बनाउने रणनीति अन्तर्गत मात्र गरेको हो। अब एमाले सत्तामा गएपछि एमाले नियन्त्रित कार्यकर्ताहरू विस्तारै आन्दोलनबाट पछि हट्छन् र आन्दोलन विस्तारै शान्तिपूर्ण हुन्छ वा कमजोर बन्छ। एमालेलाई सत्ता चाहिएकोले एमालेका कार्यकर्ता विभिन्न वहानामा आन्दोलनमा लागेका हुन्। अब ईश्वर पोखरेल सत्तामा पुगेपछि केही आन्दोलनहरू मत्थर हुन्छन्।

तर, संघीयताको विरोधमा आन्दोलन गर्ने एमाले एक्लो छैन भन्‍ने कुरा भने एमालेले भुल्नु हुँदैन। जस्तै- राजावादी, संघीयता विरोधी, हिन्दूवादी, कांग्रेस र केही स्वतन्त्र व्यक्तिहरूले पनि आन्दोलन गरिरहेका छन्। उनीहरूको आन्दोलनले कस्तो रूप लिन्छ? त्यो बढ्छ वा सेलाउँछ यसै भन्न नसकिएला तर ११ प्रदेशको खाकाले मधेश र जनजातिहरूको आन्दोलन भने बढ्नेछ र यो एकत्रित रूपमा अगाडि बढ्यो भने त्यो आन्दोलन रोक्ने तागत कुनै पार्टीसँग हुने छैन। यदि आन्दोलनले हिंसात्मक रूप लियो भने वा समग्रमा देशलाई अर्को दिशातर्फ उन्मुख बनायो भने त्यसको दोष त एमाले र कांग्रेसले लिनै पर्छ। किनभने उनीहरूले मधेश, जनजाति र दलितका कुराहरू र जायज मागहरू सुनिरहेका छैनन्।

जहाँसम्म एमालेको कुरा छ, यदि एमालेमा अझै पनि कोही इमान्दार कार्यकर्ता छन् भने वर्षमा एकदिन मदन भण्डारीको फोटोमा अबिर चढाउनु भन्दा मदन भण्डारीले त्यो समयमा उठाएको मुद्दाहरूलाई एकपटक पढेर मनन गरिदिए राम्रो हुने थियो। भण्डारीको बहुदलीय जनवादको अपव्याख्या गर्ने शंकर पोखरेल लगायतका बाहुन मानसिकता बोकेका नेताहरूको भ्रमबाट एमाले कार्यकर्ताले जति छिटो मुक्ति पाए देशले पनि त्यति छिटो मुक्ति पाउने सम्भावना रहन्थ्यो। होइन भने “राम राम” भन्न सकिन्छ काँध हाल्न सकिदैन।

[email protected]

35 Comments

  1. मृत संस्कृत भाषालाई रेडियो नेपालमा समाचार वाचन अनुमति पछि, मदन भण्डारीको मन पनि नेपालीले थाहा पाईसकेकै थिए । कुरोको चुरो यसै भित्र छ ।

  2. We Don’t want federalism on the basis of ethnic background. We all Nepali are supressed be it Newar, Rai, Limbu, Gurung, Magar, Madhesi,Yadavs, Tharu, Bahun, Chettri, Dalits, Sherpas etc etc I genuinely believe federalism on the basis of ethnic background is not good for the country… please think about it.

  3. राम्रो बिश्लेशानात्मक ;एकह छ हो साचिक्कै एमाले कुमाई पार्टी मानिन्छ भने कांग्रेश उपाध्या बाहुन पार्टी अनि माओबादी पश्चिमे बाहुन अनि रा प्रा पा क्षेत्रीहरुको पार्टी भनिन्छ यसर्थ मदेशिले पनि आफ्ना पार्टी खोल्न बाध्य भएका होलान नि होईन र ? अब यी मुलधारका पार्टीहरुको यस्तै रबैया हो भने आदिबासीहरुले पनि सोच्नु पर्ने हुन्छ है नया पार्टीको लागि . जब आदिबासीहरुले आफ्नै पार्टी खोल्छन त्यति खेर सबैको पार्टी बनाउछु भन्दा शेरे ढिलो भै सकेको हुनेछ.
    हिजा सम्म आदिबासिले प्रचंडे लाई नेता मानेका थिए अब उनको असली रुप देखि हाले आखिरी बिरालो बिरालो नै हो जहा राखे नि म्याउ नभनी छाड्दैन .
    अहिलेको अबस्थामा कुण्डकुण्ड पानि मुन्द्मुन्द बिचार त्यहि भै राखेको छ .
    आदिबासीको काधमा बन्दुक राखेर सत्ताको बाघडोरा सम्हालेको प्रचण्ड अर्को चुनाबमा देख्ने छन्

  4. परिबर्तन जी ,
    तपाई आफैमा कुन तेस्तो घमण्ड छ कुन्नि, दिमाग लै आली फराकिलो पर्ने सम्म आट नगरी ब्लग को नाम मा अफबा फैलाउने र मिलि बसे का नेपाली मा विद्वेष उत्पन्न गराउने कुचेस्ता गर्दै हुनुन्छा ,जातीय राज्ज्य निर्माण गर्दै मा भोलि देखि तेतिकै खान लाउन पाइने त होइन नी एदी पहिले देखि उत्पीडनमा परे को जाति को नाम मा राज्ज्य दिदा..
    आनी छेत्री बाहुन लाई गाली गर्दा खुब रमाइलो लाग्दो रहेछ छेत्री बाहुन का छोरा chori छेत्री बाहुन भएकै कारण जान्ने बुझ्ने त भएका थिएनन् होलान नी. तिनी हरु को मेहनत र लगाब का कारण कोहि कोहि राम्रो ठाउँ मा पुगे को कुरा सत्ते हो आनी तेही हेरी समग्र छेत्री बाहुन.पर्ति कु भावना फैलाउने ! येस्तई कारण ले होला ब्लग मा सिमित हुनु परेको अलि स्थापित ठाउँ मा येस्तई मनागदंते कुरा गरे कहाँ ठाउँ पाइन्छ ! छेत्री बाहुन अघि गैहल्छां ….साथी अलि दिमाग लाई फराकिलो बनाउन सके बद्छा क्या यो नभए..

  5. आदिबासी जनजातिको आन्दोलनलाई मसान जागेको भन्ने एमालेका नेताहरुलाई आगामी आम निर्वाचनमा भोट माग्न जाँदा आदिबासीहरुले स्वांक्कै सुंघाउने भए|

  6. जातीय राज्य हुनुहुदैन . जातीय द्वन्द झन् चर्किन्छ
    मदन भण्डारी को हत्या भएको होइन . दुर्घटना हो .
    एमाले को ढुलमुले चरित्र सबैलाई थाहा छ . त्यहाँ भिजन भएका नेता छैनन् भन्ने जगजाहेरै छ .

  7. एमाले जस्तो दुक्कि पार्टी कुनै छैन नेपालमा । यो कुरा त्यै पार्टीका भारेभुरे कार्यकर्ताले पनि बुझेका छन् तर उनीहरु के भन्छन् भने परिआउँदा एमालेकै नेता बढी चिनेकोले र परिआउँदा काम लाग्ने भएकोले यो पार्टीमा बसिरहेको हो । वास्तवमा एमालेलाई कुनै पनि जनजातिले एक भोट पनि नदिनुपर्ने हो । कालान्तरमा यो पार्टी डाइनोसर हुन बेर छैन ।

  8. अनि देश लै एकीकरण गर्न महत्वोपूर्ण योगदान गर्ने छेत्री ब्राह्मण, दलित तथा अरु जति सबै ले चै के हात मा दै जमाएर बस्ने , अनि कर्णाली र सुदूर पश्चिम पहाड का ती दयानिया अवस्था का बाहुन , छेत्री हरु जो एकछाक खान नपुगेर इंडिया बहादुर को नाम बाट काम गर्न बाध्य हरु लै चै न्याय कले दिन्छ खै उनि हरु को लागि बोल्ने कोइ छ | खाली आदिबासी भन्यछा भएभर को ब्रिटिश लाहुरे भएर पैसा पड्काएर पजेरो चद्यछा, मधेसी मधेसी भनेर आफ्नो मन्त्रि पद बचाएको छ खै जनता जो सुकै जात भएपनि बर्गीय मुक्ति को लागि बोलेको , खै उनीहरु लै दुइछाक खान खाने बनाउन रोजगारी सिर्जना गरेको , कानून को कडा पालना गराएर कानूनी राज बनाउन खै पहल गरेको खाली जातभात को कुरा गरेर देश र मान्छे को दिमाग मात्र किन भाड्न खोजेको ? छ जवाफ

  9. एमाले पनि गर्नु गर्छ बा – झलनाथ ले गाइजात्राको दिनमा राजीनामा दिए अनि आज मदन काम्रेडको सराद्धेकै दिन एमाले सरकारमा गए अब अरु के के हुन्छ हेर्दै जाऊ !!

  10. महाभारत साक्षी छ …संख्याले केहि गर्दैन |
    कुरा मात्र सत्य र अ-सत्यको हो | त्यसैले शोषित र पिडित माथि अझै शोषण र उत्पीडन नथपियोस | आजको २१ सौ सताब्दिमा मानवताका हिमायती भएर सबैको हक र अधिकार ज-जसको हो उसैलाई जिम्मा दिउँ..सायद यसैमा सबैको कल्याण हुन्छ | पेलेर जबर्जस्ति सत्ता र शक्तिको आडमा कुनै यस्तो अनर्थ नदोहोरियोस जसले नेपाल लाई अर्को एक दुई दशक पछाडी धकेलोस |

  11. हयिन हो कसैले राज्य गर्न पाएर त्यो ठाउँको उन्नती हुने भएत पहाड स्वर्ग भैसकनुपर्ने हो तर केछ पहाडमा अहिले । बच्चालाई स्कुल जान खहरे को भेलमा ज्यनको बाजिराखेर पोडिएर जानुपर्छ । कतिले 6महिना पेटभरि खान समेत पुग्दैन । प्रचण्डै खान नपुगेर तराई झरेको हुनुपर्दछ । कुनै पनि ठाउमा पहाडिया बाउन क्षेत्रले खुबि भएका जनजातिहरुलाई वा तराईका जनतालाई आगाडि बड्न रोकेको अहिले सम्म सुने जानेको छैन । सोच बिचार जहिले पनि बास्तविकता अनुसार हुनुपर्दछ । देस बिगारेको सब सामन्तिहरुले हो । संघको नाम जे राखेपनि हुन्छ । तर तमुवानमा बस्ने बाउनलाई कुनै कुरा गलतहो हुदै छ भन्ने लागेर बिरोध गर्दा कुनै तमुले ओ काठा यो त्यरो राज्य होकि मेरो राज्य । तलाई कुनै काम गर्नुछ भने आफ्नै राज्मा गएर गर भन्ने कुरा भय आयोभने के हुन्छ ?

  12. जात पात,उचनीच ,छुवाछुत सामन्ती हरुले बनाएका हुन् \ समाज लाइ जात पात र काम को आधार मा बर्गिकरण गर्ने मल्ल साशक आज जातीय राज्य चाहिन्छ भनेर उर्लने नेवा राज्य चाहिन्छ भन्ने जात भित्र पर्दछन \ काम को आधार मा बर्गिकरण गरिएको जात ,सामाजिक ब्यबहार मा फरक ब्यबहार गरेको,सत्ता धारीको बक्सिस,हुकुमी को कारण परिबर्तन गराइएको जात, समय क्रम र टाठा,बाठा हरुको सत्ता टिकाउने ,ज्यु हजुर गराईरहने ,शोषण ,दमन भित्र राखिरहने चाल,जाल र राजनीति को कारण सुकिला र बसी गर्ने ,लेखिपढ़ी गर्ने,आम्दानि धेरै हुने ब्यबसाय ठुलो ठानिय,धुलो मुलो हुने ,बनाउने ,सिलाइउने,सफा गर्ने,थोरै आम्दानि हुने ब्यबसाय गर्ने मानिस ,जात साना ठहरिय ,बनाइय ,हेपिय जुन समाज मा छुन नहुने ,छोएको खान नहुने ,संगै बस्न नहुने ,घर भित्र हुल्न नहुने ,स्कुल जान नहुने ठहरिय यसको कारण तिनै मल्ल शाषक हुन् \ आज तिनै जात भित्र पर्ने मानिस जातीय राज्य को ओकालत गर्दै छन् यो राम्रो हो या नराम्रो हो ? यहि जात पात को कारण हाम्रो समाज ,देश पछी परेको छ भने आज तिनै जात जो हिजोका साशक बर्ग ले बनाएका थिय \ जात नै ठुलो मानि राज्यको नामाकरण गर्दैछन \ पहिचान जात को नाममा नराखी अन्य नाम मा राख्न सकिन्न ? के जात को नाम मा राज्य को नाम राख्दा मात्रै ति जाति को भलो गर्ने ,नियम ,कानुन ,ब्यबस्था ,आधार बन्छन ? अन्य नाम राख्दा ति आधार बन्दैनन् ? के उपत्यका लाइ नेवा राज्य को बदला काष्ठमण्डल राज्य ,ललित राज्य वा अन्य नाम राख्न सकिन्न ? अन्य क्षेत्र को हक मा पनि यस्तै उपाय अपनाउन सकिन्न ? हिजो का शाषक हरुले समाज र देश लाइ बिकाश गर्ने भनेर पेशाको को बर्गिकरण गर्दा पेशाको आधारमा जात ,सम्पति ,पद ,सुभिधा र अशुविधा सानो र ठुलो हुन् गयो र समाज चरम असुन्तलन मा विभाजित भयो आज फेरी ति नै जात हाबी हुने ,प्रभुत्व कायम हुने ,यो तेरो राज्य होइन मेरो राज्य हो ,त्यरो कुनै महत्व छैन .त त्यरै राज्यमा जान सक्छस भन्ने झैझगडा फैलने ,हुने आधार किन बनाउने ? हिजो ब्यापार गरि खा भन्ने जात आज जुत्ता सिलाउने काम गर्न तयार हुन्छ ? हिजो लाहुरे बनि सिंगापुर ,हंगकंग ,मलाया ,ब्रिटेन ,इन्डिया पुग्ने जात संगै ब्राहम,,दमाई ,सार्की ,क्षेत्री ,नेवार पनि पुग्न सक्छन ? ठुलो आम्दानि हुने पेशा गरि सम्पति आर्जन गर्ने हरु ,ठुला महल बनाउने हरु ,सहर बजार मा बस्ने हरु गरिब आदिबासी ,जनजाती हरुलाई ठाउ छोड्न सक्छन ? के पढाई नै नभएको जनजाती ,आदिबाशी जातीय राज्य बने पछी अफिस को हाकिम ,मन्त्रि ,रास्ट्रपति हुन्छन ? साना छाप्रा र सानो टुक्रा जमिन नभएका जनजाती ,आदिबासी हरुलाई धनि ,धेरै जमिन ,घर ,छोराछोरी भएका गुरुङ ,मगर ,तामांग ,नेवार ,ब्राहम ,क्षेत्री .थारु ,चौधरी ,यादब हरुले आफ्नो घर ,जमिन ,सम्पति ,छोराछोरी दिन्छन ? गरिब ,अशाहाय ,अशिक्षित ,रोगि जनजाती ,आदिबासी हरु तिन का जातमा राज्य बन्ने बित्तिकै धनि ,सिक्षित ,निरोगी हुन्छन यदि यस्तो हुन्छ भने जातीय राज्य १०० प्रतिशत चाहिन्छ \ होइन यस्तो हुदैन केहि यिनका नेता ,टाठा बाठा मात्र हाकिम ,सांसद ,मन्त्रि बन्छन र आम मानिस उस्ता कै उस्तै यी मात्र धनि हुन्छन भने जात ठुलो हुन्छ त ? जातीय राज्य फलदायी हुन्छ त ? अधिकार र आधार ठुलो कि ? जातीय नामकरण को राज्य ठुलो ?होइन भने जातीय राज्य को कुरा होइन अधिकार र आधार बनाउने ,रहने मूल मुद्दा हुनु पर्यो \ शोषण ,दमन ,अन्याय ,भेदभाब बर्गीय राज्य मा भर पर्छ \के अहिले को शाशन मा जनजाती ,आदिबासी ,विभिन्न क्षेत्र का मानिस को प्रतिनिधित्व छैन र ? किन ति गरिब ,सोषित ,पिडित जनजाती ,आदिबासी को जिबन मा परिबर्तन आएन ? आधार र अधिकार बनेन ?किन देश कंगाल बन्यो ? किनकि यी टाठा ,बाठा जनजाती ,आदिबासी ,मधेशी नेता हरुले आफ्नो जात ,धर्म ,समाज ,देश हेरेनन् आफु लाइ मात्र हेरे \ आम जनता बन्ने आधार र अधिकार को निर्माण भएन \ सत्ता ,बिचार ,राजनीति बर्गीय हुन्छ भनि आन्दोलन गर्ने ,क्रान्ति गर्ने हरु किन आज बिचार ,शिदांत भन्दा जात ,जाति ,क्षेत्र ठुलो हो भनि रहेका छन् ? मानिस को एकदिन अन्तर रास्ट्रीय जाति हुनेछ भनि हर जात का मानिस संगठित र आन्दोलन र क्रान्तिमा लगाउने हरु किन जातीय राज्य बनाउदैछन् ? के हिजो को आन्दोलन ,क्रान्तिमा बाहुन ,क्षेत्री,सहरिया हरुको सहयोग र सहभागिता थियन ? कृपया बिचार र शिदांत को राप र पाठ ले जनता र सत्ता हातमा नपरे पछी सम्बेदनशील बिसय लाइ उठाएर सत्तामा पुग्ने खेल नखेलौ ? हतियार को राजनीति गरेर भिन्न बिचार का मानिस मार्ने हरु हतियार बाटै मारिन्छन \ जातीय राजनीति गरेर अन्य जात लाइ होच्याउने र पाखा लगाउने हरु जातीयता बाटै पिरोलिंछन र पाखा लाग्छन \गलत काम को परिणाम गलत नै हुन्छ ,एकदिन उसले भोग्नु पर्छ \
    परिबर्तन जी बिचार ,शिदांत ,बर्ग भन्दा जात ठुलो मान्ने तपाइँ जस्ता व्यक्ति ,समुह ,पार्टी ले एकदिन धुलो चाट्नु पर्छ \किनकि तपाइँ हरु गलत सोच्नु हुन्छ ,गलत गर्नु हुन्छ \ जनता लाइ विभाजित गरेर महलमा बस्ने सपना बाट कृपया ब्युझिनु होला \ अहिले सपना देखाएर जातीय राज्य बनाय पनि कालान्तरमा यहि जातीय राज्य ले तपाइँ हरुलाई समाप्त पार्छ \ अर्को २५ बर्ष बेर्थै बित्ने भो \सतिले सरापेको देश न हो आखिर \

  13. I really dont wanna say this but if commarade madan bhandari was still alive, by now (19 years) he also has changed his view and become corrupted like all other mo.fu**** politicians. When there was everybody corrupted around him please dont deny he not gonna be like that. And one more thing all we should know is at that time cpn uml were not in power and it was just starting period of corruption for all these mofo

  14. तपाईले यो लेख लेखेर एमाले को उचाई बढाईदिनु भयो | १९ दिनसम्म सुदुर पश्चिम ठप्प पर्ने हजारौ जनतालाई एमाले बनाईदिनु भयो | लेख पढ्दा तपाई एमाले हुनुहुन्छ भन्ने लाग्यो मलाई त |

  15. तर्सायर फकायर पनि मधेशबाद सफल नहुने देखि पछी परिबर्तनज्यु असन्तुलित भयको उहाको यो लेखले देखाउंछ/ नेपाल टुक्राउने धम्कि दियर नेपालीलाई तराईमा बस्न बाच्न मुस्किल बनायर उठायाको मधेशबाद आज आम नेपाली र राजनैतिक दलहरुको यकताले गर्दा धल्मलिय बात परिबर्तनज्यु अत्तालियाको छ/

    मधेश बादी हरु तराई लाई नेपाल बात टुक्राउने त् भन्दै आयकै थियो/ यो कुरा मा हामीले तेती बिस्वास गरेको तर परिबर्तनज्युले अघिल्लो लेखमा “साला जंग बहादुरले बाँके बर्दिया कैलाली कंचनपुर नेपालमा नाफर्कयाको भय आज ४ जिल्लाहरु भारको हुने थियो” भने बात मधेश बादी हरु मात्र अधिकार र अबशर खोजेको होईन संच्चैनै देस टुक्राउन खोजेको हो भनेर प्रमाणित हुन्छ/ त् यस्तो सिट अरु त् अरु माधव ओली पनि मिलन सक्दैन/ यमाले को आजको राजनीतिले यहि संकेत गर्छ/

    थारुहरुको “तार” सब्द (जसको अर्थ समतल भुमि हो) बात तराईको नामकरण भयको हो/ तराईलाई जवार्जस्तो मधेश नाम दिन दियको दवाव थारुहरुले मानेन मैथिलले मानेन/ थारु मैथिली मधेसी नभयको यथ्यस्त ईतिहासिक प्रमाणहरु संग्राहलयमा सुरछित थियो/ तर अस्ति त्यो थारु मैथिलीको संग्राहलयमा आगो लगाईयो र दोष छेत्री ब्राम्हणलाई दिईयो/ तर यो कुरा बच्चाले पनि बुझ्छ कि थारु मैथिलीहरु मधेसी नभयको ईतिहासिक प्रमाण मधेसीले जलाउँछ कि छेत्री बाहुनले जलाउँछ भनेर/ मैथिको सभा भित्र दर्शक बनेर बम हान्न सक्ने मधेसीले छेत्री बाहुनको जुलुस भित पसेर आगो लगाउन सक्दैन?

    अहिले परिबर्तनज्युहरु ओली माधवको यमाले देखि मात्रै होईन मदन भण्डारीको यमाले सितै पनि अत्यन्त रिसायाको देखिन्छ/ रिसले बिबेक नस्ट गर्छ/ रिसको कारण बिबेक नस्ट भयर मधेश्बादिले मदन भण्डारीलाई समेत जातिवादीभन्न पुग्यो/ असफलताले व्यक्तिको मात्रै होईन समुहको समेत मानसिक सन्तुलन गद्बाद पार्छ/

    • मलाई पनि तेही लागेको हो मदनजी .
      छेत्री बाहुनको को आन्दोलनमा बिहारीको घुसपैठ गराएर थारु संग्रहालाये जलाएकोहो.
      अहिले पनि थारु र पहाडिया हरु धेरै नै मिलेर बसेका छन् , यिनीहरुको बिचमा फुटाऊ र राज गरको नीति अनुरुप त्यो सुनियोजित आक्रमद हो.

    • परिवर्तनजी को लेख मा जातीय दुर्गन्ध प्रसस्त भेटिन्छ. यो मलाइ लेख भन्दा कसैलाई सरापेको जस्तो कुरा मात्र छ. गुणात्मक भन्दा आफ्नो जाति ठिक अर्काको जाति बेठिक यस्तै एक इर्सालु पतिले पत्नी संग चित्त बुजेन भने, या आफ्नो ढंग न पुगेपछि त बेठिक, तैले गर्दा यस्तो भयो भने जस्तो लाग्यो. अब बिस्व एक मात्र मानव जाति कन्सेप्टमा गैसके, हाम्रो देस मा त अफ्रीकाको इथोपिया जस्तै जातीय तिक्तता फैलाएर, समाजमा अहिले सम्म मिलेर बसेका नेपालीहरु बीच फूट पार्ने काम मा केहि समुह सुनोयोजित तरिकाले लागेको छ. यस बाट सबै सचेत हुनु जरुरि छ.

    • थारूहरूकै ‘तार’ बताई अंग्रेजीको ‘Terrain’ शब्द बन्या होला है मदनजी ?

      • पुष्प ज्यु
        माफ गर्नुस तपाईंले मधेसी भन्नु भनेता पनि भन्न सकियन/ अँ त् तपाईंले मैले तराई थारुहरुको “तार” सब्द बात तराई बनेको भनेको कुरामा केहि लेख्नु भयको रहेछ/ अब पहाडी हिमाली बिद्वानहरुले भनेको लेख्नु भन्दा पुष्प ज्यु आफुलाई मधेसी र तराई लाई मधेश मान्नु हुने भयकोले पुस्प्ज्युकै मधेसी विद्वान्ले भनेको लेखेको केहि अन्स तल पेस्ट गर्दै छु/ मधेसी विद्वान्ले नै भने पछि पक्कै पुप ज्यु पत्याउनु हुनेछ/

        Madhesh or Terai and Tharus or Madheshis: New Frontier of Etymopolitics in नेपाल.

        Vivaswan Kumar

        TERAI/MADHESH:

        “……………..Encyclopedia Britannica also implies the meaning of “Terai” as “moist land”. From Tharu language point of view, as put forward by some authors, it is assumed to be derived from “Tar” meaning “low” thus rendering the meaning of “Terai” as “low-lands”,…..”

        Etymologically, Madhesh has been claimed to be derived from word “Madhyadesh” (mid country), ……”

        • त्यो कथित मधेशी विद्वान भन्नेको कुरा मदनजी जस्तो मान्छेले पत्याउने ? मदनजीले खोतल्ने इतिहासहरू यस्तै पिलन्धरे विद्वानका कुराहरू पो रैछन् !

          • मधेसीबादी पुस्पज्यु,
            के गर्ने त्; तपाईं पर्यो जय कृष्ण गोईतले नेपालको तराई भारतको बिन्द्याचल सम्म फैलियको मधेशको यक भाग हो भन्ने कुरा पत्याउने, म नेपालको ईतिहासकार र ब्रियानिका जस्तो बिस्व कोषमा लेखेको कुरा पत्याउने/ यसै कारण मेरो कुरा तपाईंलाई बेठिक लागेको हो/ जय कृष्ण गोईत, परिबर्तनहरु ठिक लाग्ने पुष्पज्युलाई हामि सदा सर्वदा बेठिक नै रहन्छ, रहोस/ केहि फरक पर्दैन/

          • पुस्प मधेसी ज्यु
            हुनत मैले यो प्रतिक्रियाको जवाफ लेखिने सकेको थिय/ तापनि तपाईं ले मधेस भन्ने तराईको बारेमा मित्र गगनले मे १४, २०१२मा लेखेको कुरा तल लेख्दैछु:

            “थारुहट: थार बनायर बस्नेलाई थारु अनि तराईको गर्मीलाई “हट” भनेर भन्दा त्यो स्थान अनि भूभागको परिचय यी दुई सब्द जोडेर थारुहट, थारुहट ईस्ट इन्डिया कम्पनीले दियको नाम र पछी यहि थरुहट नै तराई बन्न गयको भनाई) बनेको भन्नेकुरामा सहमत हुँदै थारुहरुको आफ्नो पहिचान लाई मधेशमा गाभ्ने जुन कुटिल प्रयत्नलाई यो ब्लग लेख्ने ब्लगर जस्ता व्यक्तिहरुले जानेर नजानेर साथ् र सहयोग दियको छ त्यसको गगने घोर भ्रत्सना र बिरोध गर्दछ/”

            तराईलाई मधेश भनेर कुटिल तर्क दिनेमा तपाई पनि पर्छ, अब मित्र गगनले भ्रत्सना गरेको बिरोध गरेको व्यक्तिमा को को पर्छ तेस्मा तराई मधेश भयको भन्ने पुस्प्ज्युले बिचार गर्नुस/

            • मदनजी,

              मैले गोमनरूपी गइतको कुरा लत्याएको तपाईंले बुझ्दाबुझ्दै अन्यथा लेख्नुभएकोमा खेद छ । मैले भन्ने गरेको मधेश मात्र क्षेत्र हो भने गोइतहरूले जातिलाई आधार बनाएका छन् । त्यसैले मेरो मधेश र उनीहरूको मधेशमा छेउटुप्पोको मेल छैन ।

              हुन त कुन-कुन जिल्ला मधेश हो भन्नेमा कुरा वहसको विषय होला । तर एउटा कुरामा प्रष्ट हुनुस् कि तराई मधेश होइन । त्यसैगरी थरुहट भनेर सबै तराईलाई बुझ्न त अल्पज्ञान नै हो । हुन त ऐतिहासिक आधार होला न होला त्यो अर्कै कुरा, तर गगनेजीको थरुहटको परिभाषा पढेर हाँस्यो लाग्यो । तर मेरो विचारमा ‘हट’ शब्द ‘वान’, ‘पुर’, नगर, जस्तै ठाउँ विशेषलाई जनाउने शब्दमात्र हो ।

  16. कुनै व्यक्ति पनि पूर्ण हुँदैन; मदन भण्डारी पनि थिउनन् । तर उनी एक असल र प्रभावशाली नेता थिए भन्ने कुरामा दुइमत नहोला, कमसेकम अहिलेका एमालेका हर्ताकर्ताहरूभन्दा सयौं गुणा राम्रा नेता भन्दा अत्युक्ति नहोला ।

    जहाँसम्म ११ प्रदेशको कुरा छ, हुन त यो मोटामोटी खाका हो, तर यस्ता खाका त नेपालको नक्शा दिएर १ कक्षा पढ्ने बच्चालाई ११ भाग लगाउन लगाए पनि मज्जाले लगाइदिन्छ । यो खाकामा न कुनै धरातल देखिन्छ, न कुनै आधार नै ।

    • मधेस बादी पुष्पज्यु/
      तिन ठुला दलहरुले ढिलै भय सम्पूर्ण तराईलाई मधेसीको आत्म निर्णय गर्न सक्ने यक मधेस बनाउन नहुने कुरा बुझे/ नेपाल अब बनिने प्रदेस कुनै यक जातिको बन्न नहुने बहुजातीय नै बनाउनु पर्ने कुरा बुझेरे तराई लाई तिन प्रदेस बनाउंदै नेपालमा ११ प्रदेशहरु बनाउने सहमति गर्यो/ यो कुरा भारतीय बाणिज्य दुतावासको कन्सुलर यस दि मेहता र गोईत बादी मधेशबादीहरुलाई ठिक नलाग्नुमा केहि आश्चर्य मान्नु पर्दैन/ तर आफुलाई मावोबादी भन्ने पुष्पज्युले समेत नेपालमा ११ बहुजातीय प्रदेस बनाउने कुरालाई ‘धरातल र आधार नभयको” भने बात मलाई चकित नबनाए पनि सिधान्तको निमित मावोबाद्को समर्थन गर्ने गगने शिला महेश ज्यूहरुलाई अबस्य पनि चकित बनाउने छ/

      • ‘मधेश’विरोधी मदनजी,

        अहिले धेरैहदसम्म जातीय राज्यको खाका कोरिइसकेको अवस्थामा पुङ न पुच्छरको ११ प्रदेशको खाका कोरिनु आधारहीन हो भन्ने कुरामा मेरोमात्र होइन स्वयम् माओवादीकै पनि विरोध रहेको कुरा अहिले खुलिरहेको छ, प्रचण्डले त यो खारेज नै भएको उद्घोष गरिसके । शिला, महेश अनि गगनेज्यूका कुरा उहाँ आफैं जानून् । सबैको विचारको म सम्मान गर्छु, तर आलोचना गर्ने अधिकार ममा सुरक्षित छ ।

  17. ……भण्डारी को बुडी लाइ नै मतलब छैन हामी लै के को ट्याक ट्याक …..?

  18. भण्डारी को बुडी लाइ नै मतलब छैन हामी लै के को ट्याक ट्याक ! अर्को चुनाब मा एस्लाई जनता ले कति विश्वास गरेको छ अथवा यो पार्टी पनि एकादेश को कथा हुने हो भनेर ! कमनिउजम सिदान्त बोकेको पार्टी भन्छ तर बल्खु मा अमेरिकन राजदुत आउदा माओ ,लेलिन ,भण्डारी को भित्ता को फोटो निकालेर लुकाउछ ! पार्टी त कुनै गतिला छैनन् तर नराम्रो मा पनि छुट्याउनु पर्दा म चै यसैलाइ लिन्छु !

  19. परिबर्तन जी ,
    अखण्ड नेपाल भन्दै आन्दोलन गर्ने बाहुन, छेत्री, मधेशी, जनजाती हरु पनि छन् / तपाई ले त अखण्ड नेपाल भन्दै आन्दोलन गर्ने सबै लाई राजाबादी बनाईदिनु भयो, के तेस्को भए देशमा अझै ८५% राजाबादी भएको हो त ? हुनत यो माईसंसार ब्लग साईट हो, भन्न त मिल्दैन तर एस्तो खालको लेखले एक आपशमा मुटभेट बडाउन सक्छ / यो लेख को अर्थ त देशमा प्रजात्रंत कुनै १/२ जातिले ल्याएको ; आफ्नो लाइन मा नआउने हरु सबै राजाबादी र प्रतिक्रियाबादी हुन् भने जस्तो छ /

    • मित्रहरु
      परिबर्तन कुनै व्यक्ति नाम भयको जस्तो मलाई लाग्दैन/ दांगमा नेपालको सिमाना भारतले मिच्दा बिस्व भरिको नेपालीहरुले यकै स्वरले भारतको बिरोध गरेको र भारतीय बिस्व शक्ति रास्त्र्हरुमा भारतको राजदुरतावास हरुमा नेपालीले गरेको बिरोधमा माई संसारको भूमिका देखेर नेपालको तराईमा कसै गरेर पनि मधेसी हरुको आत्म निर्णय गर्न सक्ने राज्य बनाउन लागि परेको भारतको कुनै संस्थाले माईसंसारमा लेख्न लगायको “pre paid बा post paid कारिन्दा जस्तै देखिन्छ यो परिबर्तन/ पढी हाल्नु भयो होला परिबर्तनले उसको ” देस टुक्राउने धम्कि …” लेखमा जंगबाहादुर्ले बाँके बर्दिया कैलाली कन्चनपुर् नेपालमा फर्कायको कारण नेपालको ४ जिल्लाहरु भारतको न भयकोमा आक्रोशित भयर जंगबहादुरलाई “साला” भनेर गालि गरेको/ मात्र यति कुराले पनि मधेशबाद के हो मधेसी को हो भनेर स्पस्ट गर्छ/

  20. सुदुर पश्चिमको आन्दोलनल माओबादिले हतियार बुझाएपछि मात्र सुरु भएको हो । यसले के जनाउंछ भने माउबादिको भोट बन्दुकले ल्याएका रहेछन् अथवा चार वर्ष अघिको जनमत परिवर्तन भैसक्यो । जनताले दिएको अभिमत २ वर्षभित्र संबिधान बनाउन थियो, कामरेड प्रचण्डको लाजिम्पाट दरबार बनाउन थिएन । त्यसैले जनताको नांउ पुकारेर अब बोल्नु बेतुक हुन्छ । परिबर्तित परिस्थिलाई सधै अगाल्नु नै वुद्दिमानि हुन्छ ।

  21. तपाइँ चाहि कुन राम शर्मा पर्नु भयो ? तपाइले पनि छद्म नाम लेख्नु भएन भन्ने के प्रमाण छ र भाइ साहेब. नत्र फोटो राख्नु हुन्थ्यो होला . सुदुर पश्चिममा काठमाडौँ मा दरबार बनाएर र कैलाली-कंचनपुर शहर मा बसेर पहाडी जिल्ला को राजनीति गर्ने भ्रष्ट देउबा, भिमे, चन्द, भट्ट र उसका आसेपासे धुपौरेले उरालेको नारा हो अखण्ड सुदुरपश्चिम, यिनी हरुले अहिले सम्म अछाम,डोटी,बाजुरा, दार्चुला, डडेल्धुराको लागि के गरे? अछाम को राजनीति गर्नेले त अछाम मै गएर बस्नु पर्यो नि! कि कसो?

  22. परिवर्तन जी,
    मैले चाही माओबादी लै जातीय राज्यको लागि भोट दिएको कदापि होइन …
    अशान्त देशमा अलि कति भए पनि शान्ति औछ कि भनेर हो, चुनावमा नराम्रो पराजय भोगेको भए फेरी जंगल पस्ने र फेरी तन्ड़प नृत्य हुने खतरा तेती बेला कायमै थियो …

    तपाईको लेखमा कुनै दम छैन .. तिल लाई पाहाड बनाउने अति जातीय संकीर्ण सोच त्यागेकै बेश …

  23. परिबर्तन जी,

    तपाईले यो लेख लेखेर एमाले को उचाई बढाईदिनु भयो | १९ दिनसम्म सुदुर पश्चिम ठप्प पर्ने हजारौ जनतालाई एमाले बनाईदिनु भयो | लेख पढ्दा तपाई एमाले हुनुहुन्छ भन्ने लाग्यो मलाई त |

    मैले मदन भण्डारी चिने सम्म वहा कहिल्यै जातिवादी हुनु भएन, वहा जातिवादी भएर प्रचण्ड र बिपी को जस्तो राजनीति गर्नु भएको भए ४६ साल सम्म कुर्नु पर्दैन थियो प्रजातन्त्र ल्याऊन |

    जनजाती हरुको सोझोपनको फाईदा उठाएर कांग्रेस ले सात सालमा र माओबादी ले जनयुद्ध मा फाईदा उठाएको पक्कै हो | कुनै धुर्त फटाहा लाई नेता बनाऊन लागिरहे भने जनजाती हरु सधै यसै गरि ठगिने निश्चित छ

    सत्य बोल्ने मान्छे ले छद्म नाम प्रयोग गर्दैनन् | कृपा गरि आफ्नो परिचय दिनुहोस | यसरि लुकी लुकी बहस गरेको त्यति मज्जा आएन हामीलाई |

    • यहालाई लेखकको परिचय किन चाहिएको होला कुन्नि ? लेखकको नाम, जात, थर, धर्म, अनि सम्प्रदाय, राजनीतिक पृष्ठभूमि सबै थाहा पाएर लेख नै नपढेर पहिल्यै ऊ प्रति आग्रह वा पूर्वाग्रह पालेर कमेन्ट ठोक्ने बिचार पो हो कि ?

      नाम त आफैमा नाम नै हो नि, छद्म कसरि हुन्छ र ? लेख्दै जादा यहि नामले नै लेखकलाई स्थापित हुने चाहना पनि हुन सक्छ | यो लेखकलाई व्यक्तिगत रूपमा चिन्नेले जे सुकै नाम राखेर लेख लेखे पनि चिनिहाल्छन होला | अरुलाई न्वारानकै नाम सुनाए पनि के अर्थ भो र ? तपाइले पुरा नाम लेख्नु भएको छ त के सबै पाठकले तपाईलाई चिन्छन र ?

      लेखकको परिचय होइन लेखको बिषयमा तर्कशील कमेन्ट गर्दा कसो होला ?

Comments are closed.