को दोषी संविधान सभा विघटन हुनुमा ?


चार वर्ष अघि हामीले यसरी भोट दिएर संविधान बनाउन सभासदहरु चुनेका थियौँ। तर संविधानै नबनाई हिजो संविधान सभा भंग भयो। २ वर्षमा बनाउनु पर्ने संविधान पटक पटक गरी थप दुई वर्ष म्याद थप्दा पनि बन्न सकेन। यसका लागि को दोषी ?

दलहरु
प्रमुख दलका नेताहरु आफ्नो कमी कमजोरीको आत्मसमीक्षा नगरी एक अर्कालाई दोष दिँदैछन्। माओवादी, नेपाली कङ्ग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुले देश र जनतालाई दलीय स्वार्थभन्दा माथि राखेर काम गरेका भए नौ अर्ब खर्च भएर पनि केही उपलब्धि हासिल नगरी संविधान सभा भंग हुने थिएन। वास्तवमा संविधान सभाबाट संविधान कसैले चाहेकै थिएन, सत्ताका लागि उनीहरु भिडिरहेका थिए। र त चार वर्षमा चार वटा सरकार बन्यो। माओवादीले जेजस्तो आश्वासन जनतामा बाँडेका थिए, त्यो पूरा हुने गरी संविधान बनाउन यो संरचनाको संविधान सभाबाट संभव थिएन। प्रचण्डले त एउटा आन्तरिक भेलामा भनेकै थिए- यो संविधान सभाले संविधान बनाउँदैन। एमाले र कङ्ग्रेसलाई पनि संविधान सभाबाट संविधान बनाउनु थिएन। माधव नेपालले त एक पटक सार्वजनिक रुपमा भनेकै थिए- म त संविधान सभाको पक्षमा पनि थिइनँ। माओवादीहरुले नै संविधान सभाबाट संविधान बना‌औँ भनेकाले हामीले मानेका हौँ। माओवादीमा जितको दम्भ र एमाले-कङ्ग्रेसका शीर्ष नेतासमेत हारेको यो चुनावको रिसले पनि स्थिति चर्काउन मद्धत गर्‍यो। दुई करोड नेपालीमा सबैलाई चित्त बुझ्ने गरी संविधान त बन्दैनथ्यो नै। तर धेरैलाई चित्त बुझ्ने सम्झौताको संविधान बनाएर पछि त्यसलाई संस्थागत गर्दै लान सकिन्थ्यो। तर फरक फरक दर्शन र वाद मान्ने शक्तिहरुबीचको संघर्षमा तानातान हुँदा संविधान सभा भंग भयो। यो यत्तिकै भएको हैन, सबै दलले यसको रणनीतिक तयारी गरेकै देखिन्छ।

सभासदहरु
संविधान सभा नेपालको इतिहासमा नै सबैभन्दा समावेशी र प्रतिनिधिमूलक जननिर्वाचित संस्था थियो, यसलाई कसैले पनि नकार्न सक्दैन। तर नियमित समयमा संविधान बनाउन नसकेपछि भत्ता खाएर नि संविधान बनाउन नसक्ने भन्दै जनतामा ६०१ सभासदहरु प्रति चरम आक्रोश छ। बिचरा सभासद, उनीहरुको हातमा त केही पनि थिएन। उनीहरुलाई चार दलका टाउके नेताहरुले बन्धक बनाएका थिए। उनीहरु आफैमा केही पनि गर्न सक्दैन थिए। बन्द कोठा वा रिसोर्टमा भएका सहमतिलाई खुरुखुरु मान्नु बाहेक उनीहरुको हातमा अर्को केही थिएन। कयौँ बैठक सूचना टाँसेर स्थगित गरिए। अस्ति दिनभर र हिजो पनि बिहान ११ बजेदेखि राति ११ बजेसम्म संविधान सभा भवन परिसरमा बसेका उनीहरु अन्तमा संविधान सभा विघटन हुने थाहा पाएपछि लुरुलुरु घर फर्कन बाध्य भए। असहमतिका बुँदाहरुलाई चार दलका नेताहरुको बन्द कोठामा हैन, संविधान सभाभित्र सहमति खोज्ने प्रयास गरिएको भए निकास निस्कन सक्थ्यो। तर त्यसो भएन। स‌ंविधान सभा भंग हुनु केही घण्टा अघि सभासदहरुले नेताहरुविरुद्ध नाराबाजी गरे पनि उनीहरुले नयाँ बानेश्वरमा मच्चाएको आवाज सिंहदरबारको वार्तास्थलसम्म सुनिँदैन थियो। अन्तिम समयमा यसरी नारा लगाएर दबाब दिए जस्तै ४-४ वर्षसम्म यस्तै गरी आ-आफ्ना नेतालाई दबाब दिएको भए उनीहरु एक स्थानमा आउन बाध्य हुन्थे कि? त्यसो गर्नुको साटो उनीहरु त दाताको पैसामा संविधान निर्माणलाई थाती राखेर विदेशको सयरमा व्यस्त पनि भएका हैनन् र?

सभामुख सुवासचन्द्र नेम्वाङ
भद्र, शालिन, सबैलाई मिलाएर लैजाने छवि भएका- यी र यस्तै शब्द उनका प्रशंसाका निम्ति खर्चिइन्छन्। तर चार वर्षमा अर्बौँ पैसा व्यर्थमा खर्च भएपछि यसको हिसाब उनीसँग पनि खोज्नु पर्छ। स‌ंविधान उनले बनाउने हैन, उनी एक रेफ्रीको भूमिकामा रहेका थिए। तर उनले नियमलाई कडा रुपमा पालना गराएका भए संविधान निर्माणका लागि सर्वोच्चको फैसलाले दिए जस्तो एक किसिमको दबाब दिन सकिन्थ्यो। यति गतेसम्म सहमतिको प्रयास गर्ने त्यो नभए संविधान सभामा मतदान गरी टुङ्गो लगाउने भनी बनाएको कार्यतालिकालाई बारम्बार संशोधन गर्न उनले अनुमति दिँदै गए। त्यसो नगरी अब हुन्न यस्तो तालले, यति गतेसम्म नभए मतदानबाटै टुङ्गो लगाउनु पर्छ नत्र संविधान बन्दैन भनेर उनले बाध्य पार्न सक्थे। त्यो अधिकार उनमा थियो। तर उनी यति निरीह साबित भए कि उनको बारेमा एउटा जोकै बन्यो- सुवासचन्द्र नेम्वाङ अर्थात् ‘सुचने’। खाली सूचना टाँस गरेर बैठक स्थगित गर्ने। फलतः संविधान सभाले संविधान जारी गरेर आफै संविधान सभा भंग भएको घोषणा गर्नुपर्ने ठाउँमा सभामुख आफ्नै निवासमा बसेको बेला संविधान सभा स्वतः भंग हुन गयो।

सर्वोच्च अदालत
अन्तरिम संविधान २०६३ मा संविधान सभाको कार्यकाल दुई वर्षको रहने र संकटकाल रहेको परिस्थितिमा छ महिना थप हुन सक्ने प्रावधान थियो। पहिलो पटक १ वर्ष थप्नु नै सोझो हिसाबले हेर्दा गलत देखिन्थ्यो। तर सर्वोच्चले त्यतिबेला यसलाई सदर गर्‍यो। पछि ३/३ महिना गरी दुई पटक थपियो। केही भएन। तर अन्तिम पटक भने अब ६ महिनाभन्दा बढी थप्न नहुने भन्यो। छ महिना गुज्रन लागेपछि पुरानो फैसलाको वास्तै नगरी फेरि ३ महिना समय थप्न खोज्दा सर्वोच्चले म्याद सकिनु तीन दिनअघि फैसला गर्दै जेठ १४ भित्रै संविधान जारी गर्नुपर्ने फैसला गर्‍यो। समय कम भएकोले दलहरु सहमतिका लागि जुटे। तर सहमति हुन सकेन र फैसला अनुसारै स्वतः संविधान सभा विघटन हुन पुग्यो। आजको भोलि नै रिटको सुनुवाई नगरी अरु मुद्दामा जस्तो केही ढिला गरेको भए स‌ंविधान बन्न सहमति हुनसक्थ्यो कि भन्ने एउटा आशा हुनसक्थ्यो। तर त्यसले संविधान बन्छ नै भन्ने ग्यारेन्टी भन्ने गर्न सक्दैन थियो।

मिडिया
देशका केही प्रभावशाली मिडियाहरुले निर्धारित समयमा संविधान लेख्‍न दलहरुलाई दबाब दिने काम गरे कि दलहरुबीच आएको फूट, नेताहरुबीच दूरी बढ्ने खालका समाचारलाई प्राथमिकता दिए ? नेताहरुको आरोप प्रत्यारोपको बोलीलाई टिपोटमात्रै गर्ने टिपोटर बने कि विश्लेषण सहितको समाचार पस्केर दिशानिर्देशका लागि आह्वान गर्ने रिपोर्टर बने? चौथो अंग दावी गर्नेहरुले पनि एक पटक विश्लेषण गर्नुपर्ने क्षण हो यो।

तपाईँहामी
जस्ता हामी त्यस्तै नेता। हामीबीचबाटै नेता चुनिने हुन्। जनताले आफ्नो फैसला देखाउने भनेको चुनावमा हो। तर गणेशमान सिंहको भाषामा भेडा जनताले अझै पनि तिनै नेतालाई चुन्ने नै छन्। नेताको भनाई पत्याएर, उसैको लहैलहैमा लागेर एक अर्कालाई दोषारोपण गर्छौँ हामी। दलका नेताहरुको अन्धभक्त भएर उनीहरुकै शैलीमा अर्को पार्टीका नेताहरुलाई आरोप लगाइबस्छौँ हामी। नपत्याए तलका केही कमेन्टहरु हेर्नुस्।

[polldaddy poll=6266033]

तपाईँको विचारमा के कारणले संविधान सभा विघटन भयो ? तल कमेन्टमा लेख्‍नुस्

114 Comments

  1. यो कुरा यो लेखमा अलि असान्दर्भिक हुन सक्छ तर मलाई भन्न मन लागेको एउटा कुरा: हे यो बुढो पुस्ताको नेतृत्वलाई बिदा गर्नुपर्छ भनेर कहिल्यै नथाक्ने गगन थापा हरु यदि एस्तो जटिल अवस्थाबाट पनि पाठ सिकेर देशलाई नयाँ उर्जा र नेतृत्व दिने साहस गर्न सकेनौ र फेरी पनि ती बुढाहरुकै परिक्रमा गर्दै बस्यौ भने म र मजस्ता तेस्रो पुस्ताको जिन्दगी खरानी बन्नेछ | २३ बर्षको भएँ , सायद म मर्ने बेलामा बाँकि विश्व मंगल ग्रहमा बसाईं सरीसक्छ होला अनि म चाहिं त्यस बेला पनि फोहोर पानी र लोड शेडिंग, गन्हाउने बागमती र तेलको अभावकै कुरा गरिरहेको हुन्छु होला |

    अनि हामी जनताकै गल्ति छ भन्ने साथि हरु, जनतालाई विकल्प नै के छ र? आखिर बाबुरामले त संबिधान बनाएन भने के त्येही क्षत्रको चिरन्जीवी वाग्लेलाइ जिताएको भए, उसले बनाउँथ्यो होला र ?

    म त नयाँ नेपाल एस्तो होस् भने चाहन्छु जहाँ एक जना परियार दाई ले खोलेको गार्मेन्ट मा २० जना बाहुन छेत्री दाजु भाई सुचिकारको काम गरिरहेको होस् अनि अछाम को दिदि को प्रसुती हुन लाग्दा सुनसरी को नर्सले मद्दत गरोस, डोल्पाका दाजुभाईले बेचको यार्सा गुम्बाको पैसाको करले पुरै कर्णाली प्रदेशको बिकाश होस् | जातिय समानता ल्याउनलाई पिछडिएको जातिलाई शिक्षा, रोजगारी र अवसरको ग्यारेन्टी गरेर माथि ल्याउने हो न कि अर्को जातिलाई बदलाको भावमा सखाप पार्न उक्साउने |

  2. धर्मराजजीको कुरोमा मा सहमत छु ! बास्तवमा बाहुनबादी एकात्मक सोच भएकाको चलखेल यवं हठ को पराकस्ताले गर्दा संबिधान तुहियको हो यसमा दुइ मत छैन !
    र बाकी रह्यो अर्को पाटो चौथो अंग भनि कहलिएको मिडिया पनि उत्तिकै दोषी छ पटक पटक टिभी पत्रिकामा जातीयताको राजनीति गर्यो भनेर बिगुल फुकी रहने बास्तबिकतामा नगई अनर्गल प्रचार प्रसार गरि अन्य जातजातिलाई भ्रम फैलाउने काम भयो !

    अब जनजातिको चेतनाको दियो बलि सक्यो र एकात्मकवादको बिरुद्धमा आखा खुली सक्या छ कसैले ढाकछोप गर्न सक्ने छैन एकल जातीय पहिचान सहितको संघिय गणतन्त्र ल्याएरै छाड्ने छौ तब सम्मलाई जनजातिको आन्दोलन कायम नै रहने छ !!!

    अन्त्यमा नेका एमाले बहुन्छेत्री त संगीयता बिरोधि भन्ने प्रस्ट भयो तर प्रचंडे र बारामे ले माओबादी मधेसी र अन्य जनजाती सभासदहरुको २/३ मत आउने अवस्था हुँदा पनि किन संबिधान सभामा मतदान गरउन सकेन कि यसमा पनि केहि चलखेल भाछैन भन्न सकिने ठोस कारण अवस्था छैन ? कृपया प्रकास पारिदिनुहोस ,,,

  3. थुइक्क ! नौ अर्ब खर्चेर पनि संबिधान तुहिएको !धान भनेर भुसै भुस पो उब्जाय 🙁
    बरु नौ अर्बको धानै लगाको भएनी कति भोकाले डकारथे

  4. नेतालाइ दोष दिदैछौ तर यो बिभाजित समाजको दुष्परिणाम हो ।अाज पनि हाम्लाई आफ्नो भोट दिएको पाटी लाई गुनासो छैन, अरु पाटीहरु मात्र दोषी दैख्या छौ

  5. जहासम्म संबिधान सभा बिघटन हुनुमा सबै पार्टीका ठुला नेता हरु को कमजोरी नै मुख्य कारण हो येस्मा अलिकति दोष हाम्रो पनि छ. किनभने अन्धभक्त भएर हामिहरुपनी यिनै को पछाडी लागेको हो यिनीहरुले जे जे भन्छन तेही ठिक हो भन्दै हिड्ने हामीहरु पनि मुर्ख नै हो जस्तो लाग्छ अब आउने दिनहरुमा हामीहरु सबैले अलिकति विवेक पुर्याउनुपर्ने भयो सर्वप्रथम हामि नेपाली हो हामीलाई सबैभन्दा पियारो हाम्रो देश र यहाका सबै जात जाति भाषा भाषी र सबै धर्म संस्कृति हाम्रा अमुल्य निधि हुन् कसैले यो वा त्यो बहानामा धार्मिक र जातीय साम्प्रदायिक सद्भाव बिगार्न खोज्छ भने त्यो देशद्रोही हो त्यस्ता संग सचेत रहनु पर्छ
    अब आउने दिनहरुमा सम्पूर्ण नेपालीहरुको समान अधिकार सहितको संविधान को निर्माण को लागि पहल होश नकी कुनै जातिविशेष वा धर्म को लागि

  6. नेपाली जनतालाई भेडा बनाएछन भनेर पछुतो माने जस्तो गर्ने मानिसहरू काइते कानूनका बारेमा तर्क गरेर आ-आफ्ना जिहजुरी बुझाउन फेरी शुरू गर्न थालेछन् । ४\४ बर्षमा केही गर्न नसक्ने पानी मरूवाहरूका काम जति संबैधानिक वा असंबैधानिक भए पनि देशले के पायो या पाएन भन्ने कुरा मुख्य हो।। यति खेर संबैधानिक र असंबैधानिक भनेर कुतर्क गर्नु भनेको जनतालाई पून: मिसगाइड गर्नु बाहेक केही हैन ….

  7. दोषी मात्र ति सभासद भनौदा जन्तुहरु छन् जो जनताको बिस्वाश र मत लिएर सभासद त बने तर काम चाहिं आ-आफ्नै पार्टी नेताहरुको स्वार्थ पूर्ति का लागि गरे | आफ्नो बिबेक र अधिकारलाई बन्धक राखेर पार्टी नेताहरुको पिछलग्गु र रबर स्ट्याम्प मात्र बन्न सके | यीनलाई आ-आफ्नो अधिकार र कर्तब्य बोध भएको भए संबिधान बनाउन कसैले पनि रोक्न सक्ने थिएन | धिक्कार ति सब मूर्ख सभासद भानौदाहरुलाई जसलाई मत त जनताले दिन्छ तर परिचालित सधै पार्टी नेताबाट तिनैका स्वार्थको लागि मात्र हुन्छ | यस्ता नालायक सभासदहरु नेपालमा हुन्जेल नेपालको संबिधान पनि बन्दैन , नेपालको कुनै बिकास पनि हुँदैन |

  8. मित्रहरु, मैले खुलेरै भन्नु पर्दा हाम्रो देस नेपालमा बहुसंख्यक नेपालीहरुले चाहे जस्तो संघिय गणतन्त्र नेपालको नयाँ संबिधान नबन्नुमा मुख्य दुई तिन ओटा पार्टीहरु र दुई तिन ओटा जात जातीहरु छन । ति पार्टीहरु(कांग्रेस, ऐमाले, राप्रपा र रािष्ट्रय जनमोर्चा) र जात जातीहरु(ब्रामण,क्षेत्री,दसलामी आदि) प्राय गरेर अधिकांस आम नेपाली समुदायहरुले राम्ररी चिनीसकेका छन र अझ स्पस्ट तरीकाले चिन्ने सौभाग्य मिलेको छ ।
    किन र कसरी ति पार्टीहरु र जात जातीहरुले संघिय गणतन्त्र नेपालको नयाँ संबिधान जारी गर्न दिएनन त ??? (१) पहिचान र सामर्थ्यका आधारमा संघिय राज्यहरुको पुनसं्रचना गरीए आफैले आफैलाई मपाई भन्ने कांग्रेस, एमाले,ब्रामण,क्षेत्री,दसलामी आदिका ठगी खाने,जाल,झेल,सडयन्त्र,टुटाउ र फुटाउको राजनिती गर्ने थलो/भुमिका कम हुने भएकाले ।
    (२) संघिय राज्यहरुको नामंकन जातीय आधारमा गरिए बिखण्डन तिर जाने, सद्भाव र सहिंष्णुता खल्बलीने जस्ता भ्रम त्रास फैल्याई बहुसंख्यक आदिवासी जनजातीहरुलाई आँखामा छारो हाल्ने कुचेष्टा गर्नु र १०१ जातीहरुले राज्य मागे के गर्ने भनी संमप्रदायक अभीब्यक्त दिई भटकाउने चालबाजी थियो ।

  9. एमाले र काँग्रेस ले गर्दा सम्भिदान नबनेको भनेर लेख्नुस त आफैलाई खुसि लाग्छ अनि निन्द्रा पनि राम्रो लाग्छ धेरै पछि राम्रो कमेन्ट लेखे भनेर \

  10. रिमोट कन्ट्रोल को ब्याट्री सकियकोले यो दुर्घटना भयको हो या दुर्घटना गरिएको हो कि तराई चार चिरा भन्दा कम नहुनेभो भनेर ? ? यो १०० अर्ब रु को प्रस्न को खोजि नै सम्भावित उत्तर र हुन सक्छ !

  11. दोसी हामी नेपाली जनता कै हुन् आउछ / किनकी पहिले हामीले यौटै दललाई बहुमत दिन सकेनौ/ पछि अन्तमा संबिधानसभालाई घेरेर ६०१ लाई कैद गरि संबिधान नबनायसम्मा थुन्न सकेनौ/ उनीहरुले जे भने तेसैको बिस्स्वास गर्दै आफु आफुमा झगडा गर्दै हिडिउ/ अब यस घटना बाट सिछा लियर आउदो चुनाबमा विचार पुर्याउनु भन्दा आर्को विकल्प छैन/ नेपाली जनताहरु होसियार/ जनता जनता मिलू/ फेरी यी ब्वासाहरुलाई नेत्रितो गर्न नपठाउ/ मात्र नेपाल = जिन्दाबाद, नेपाली = जिन्दाबाद/

  12. ११ प्रदेश को अन्तमा आएको ढाचा राम्रो र बैज्ञानिक थियो, तेस्मा कुनै पनि आदिबासी-जनजाति वा मधेसीले चित्त धुखाउनु पर्ने कारण थिएन, किनकि त्यो ढाचाले अन्तत उनीहरुले चाहे जस्तै हुने थियो- किनकि तेस्को आधार उही थियो तर …… घिउ पच्दैन …… स्वर्ग जान मान्दैन तेसै भनेको होइन, आखिर मधेसी-आदिबासी-जनजातिले प्रचण्डकू चाकमा औलो घुसारी दिए, अनि प्रचण्डलाइ लाग्यो, मेरा त यी पो हुन् जनता, जसलाई उल्लु बनाउन सजिलो हुन्छ, किन यिनीहरुलाई साथ नदिने? अनि कुर्लिए, उता कांग्रेस-एमाले का नेता हरुले येसो फेसबुक र ट्वीटरमा देखे- ओहो हाम्रो पछी त येत्रो जनता रैछन (जो अधिकांस बिदेस को रातो पासपोर्ट को सपना देखिरहन्छ हरपल, बिदेस पलायन हुने पंक्ति को अग्र-लिस्टमा हुन्छ तर फुर्ति चै अरु भन्दा धेरै राष्ट्र-प्रेम आफै संग भएको लगाउछ), अनि तिनका ढुलमुले नेताहरुलाइ एकाएक आफै हिरो हुन सक्ने आत्माबिस्वास पलाएर, बार्तामा नगई सत्ता फेर्ने प्रयास गरे,
    तेही भएर यो (संबिधान सभा )सब भ्रमित नेता र तिनका भ्रमित कार्यकर्ता ले गर्दा अवसान भाको हो………. र अब यो तुनिने प्रक्रिया लामै काल सम्म चली रहन्छ!!!!

  13. म त हाम्रो समाज र राजनीतिमा विकास हुदै गरेको अतिबाद जसको नेतृत्व माओबाद ले गरेको र अन्जान सप्पोर्टमा केहि जाती रहेकोजस्तो देखियो तेही हो जस्तो लाग्छ संबिधान बिना नै संबिधानसभा बिघटन को मुख्य कारण. यो भन्दा अच्चम्म के भने बाबुरामजीले गरेको चुनावी घोसणा लाग्छ. के क लागि चुनाव भने तेही संबिधानसभा को लागि जो हिजो ४ बर्सपछी बिघटन भयो बिना संबिधान. मेरो बिचारमा संबिधान त चाहियो नै, जसले आन्दोलनका उपलब्धिहरु सस्थागत गर्छ, तर यो अब बाबुरामजी ले भने जस्तो र देखे जस्तो ३ महिना मा त सम्भव छैन होला. अब बहस चाहिन्छ गहिरो केहि महिना वा एक वर्ष जति. के मा भने अब के गर्ने र कस्तो फेडेरल मोडेल मा जाने भन्ने मा. जनजाती र मधेसीहरु तथा भाहुन-छेत्री मतलब हामी सबै नेपालीले कति बुझेका छौ त यो सब होइन र. तर कुरा के पनि देखियो भने ६०१ होइन अब 4 मेम्बेर को संबिधानसभा वा बढीमा 8 जना मात्र (थप उपेन्द्र यादव, नेफिन, कमल थापा र चित्र केसी) भए हुने रहेछ. नया राजाजी हरु हुन् नि यिनीहरु. माओबादीले सोचे जस्तो गरे परिवर्तन नत्र पुरातन पनि त भन्नु भए न नि. हे पशुपतिनाथ बोर्ड प्रथम बाबुराम पनि गए खोलातिर, भीमसेन जे सेरीन तयार उनि निक्कम्मा भए. खै सबै नेपाली अब कतार मा आएर वोर्ल्ड कप सम्बधित निर्माण कार्य गर्नु पर्ने बेला आए जस्तो छ हामीले मात्री कति रेमिटान्स पठाउने र यिनले भत्ता खाने, अनि हामीलाई एयर पोर्ट मा नै पिट्ने भन्सार एंड पोलिचे लगाएर. नेपाली को इज्जत नेपाल आफ्नो देशमा त छैन. परियो है साथि केहि बर्से चक्रबिहुमा समस्याको.

  14. प्रश्न : पहाड हिमाल जति टुक्रा परेपनि, तराई चाही “एक मधेश एक प्रदेश” कसले भनेको हो?
    उत्तर : खाबे “र” |
    प्रश्न: यो कुरा बुझेर पनि बुझा पचाउने को हो?
    उत्तर: नेपाल क पार्टी हरु |
    प्रश्न; किन ?
    उत्तर : दाना पानी उतै बाट आउछ |

  15. ठूला नेताहरुको सत्ताको लोभ, र माओवादीको मतान्धता नै यो विफलता को प्रमुख कारण हुन्. अरु नेताहरुले जनता लाई भेडा भनेको सांकेतिक रुपमा ठान्थे, तर माओवादीले त वास्तविक भेडा बनाए.
    कहिले निर्दोष जनताको गर्धन छप्कौदै रगत को खोलो बगाउछन, कहिले त कालो भेडो, त गोरो भेडो, त नाक-चुच्चे भेडो, त नाक-थेप्चे भेडो, भनी सोझो र सहिष्णु जनतालाई आपस मा जुधाउने नाटक मन्चन गर्छन.

    म त जनताको दोष एक ठाउमा मात्र देख्छु, त्यो भनेको नेताहरुले जातीय नारा लगाएर जनता बीच फाटो ल्याउन खोज्दा हामी मध्ये नै केहि साथीहरु राम्रै विचार नै नगरी त्यसमा होमिन पुग्यौ.

    अहिले सम्म देश बिगारेको कुनै जातिले हो भने त्यो जाति “भ्रस्ट नेता” हो, बाहुन / क्षेत्रिले देश बिगारेको कदापी होइन. हामी सामाजिक/ रिति रिवाज मान्ने बेला पो बाहुन/ क्षेत्रि/ मगर/ नेवार / लिम्बु हुन्छौ त. काम गर्ने बेला होइन नि.

    जातीय संघियता चाहिन्छ भन्ने साथीहरुले एकपटक फेरी सोच्नुस, जातीय कुरोको शुरुवात मात्र ले पनि साम्प्रदायिकता फैलिन थालेको देख्नु भएकै छ , अझै पनि यो सहि हो भन्नु हुन्छ??

  16. यसमा पनि कुनै दुबिधा छ र ??? सबलाई था भाकै कुरा हो नि माओबादीको कारण ले संबिधान नबनेको…….

  17. कसैको हत्या हुँदा त्यो हत्या बात कसलाई फाईदा हुन्छ तेसै माथि पहिलो आशंका गरिन्छ/ अब संबिधान सभाको पनि यक किसिमको हत्या नै भयको हो/ त् यसबाट कसलाई फाईदा हुने भयको छ?

    सहमति अनुशार संबिधान जारि भय पछी सट्टा कांग्रेसलाई सुम्पनु पर्छ/ कांग्रेसकै सरकारले आगामी संसदीय चुनाव गराउँछ/यो सहमति बनेको बेला ११ बहुजाति प्रदेस बनाउने सहमति भयको थियो र यो ११ बहुजातीय प्रदेस बनाउने प्रस्ताव सरकारको नेत्रित्वोमा रहेको मावोबादीको थियनन र सरकारमा सम्मिलित मधेश बादी त् यो सहमतिको बिरुद्ध नै थियो/

    त् ११ बहुजातीय प्रदेश हुने संबिधान बनायर मावोबादि र मधेशबादीलाई दोहरो बेफाईदा हुने भयको थियो;

    ०१ सट्टा बात हट्नु पर्ने/ यो कुरा सत्ताको नेत्रित्वोमा रहेको मावोबादिलाई भन्दा ग्रिह मन्त्रालय आफ्नो हातमा पारेको मधेश बादीको निमित धेरै अप्ठ्यारो थियो/
    ०२.जातीय अधिकार र पहिचानको नारा लगायर भोट बटुलेको मावोबादी र मधेश बादी दुवैदलको निमित ११ बबुजातीय प्रदेस सहितको संबिधान अप्ठ्यारोमा फाल्ने फारसी जस्तै हुने थियो/ यस्तो संबिधान बनायर उनीहरु आफ्ना समर्थक माझ भोट माग्नु त् परे उभिन समेत नसक्ने अबस्थामा पुग्ने थियो/

    त् मावोबादी र मधेश बादीहरू सिट उनीहरुको निमित अप्ठ्यारोमा फल्ने फर्सि जस्तो आफ्नो माग र नीतिको बिरुद्ध हुने ११ बेनामी बहुजातीय प्रदेस हुने संबिधान बनाउने सहमति तोड्न संबिधान सभा भंग गर्नु बाहेक अर्को उपाय छँदै थियन/ त् तेस्तै गरे/ कसरि गरे, यस्तो कुकृत्य गर्न गराउन ककसले दवाव तथा सहयोग गरेको थियो त्यो उल्लेख गर्नु जरुरि लागेन/

    अब संबिधान सभा भंग गरेर कसलाई फाईदा भयो भन्ने तिर बिचार गरु:

    ०१.सबै भन्दा ठुलो फाईदा त् कांग्रेसलाई सट्टा सुम्पनु परेन/
    ०२. यो सरकारको आयु जति चाह्यो तेती लम्ब्याउन सकिने भयो, यो कारण त्यो
    कारण भन्दै चुनावको मिति सार्दै जान्छ/ आफ्नो बिरोधीहरुलाई देखिने नदेखिने
    गरि सिध्याउन्दै जान्छ, कानुन आफै सिट प्रहरी आफै सिट/ जव आफ्ना
    बिरोधिहरु कुनै बाकि रहँदैन तव चुनाव गराउँछ/ जित्छ/ फेरी सत्तामा बस्छ/

  18. हाम्रो ९ अर्ब रुपैयाँ फिर्ता गर. काम नगरी तलब खान लाज लाग्दैन तिमि हरु लाई. प्रचण्ड, बाबुराम, सुशील, माधव, मदेशी दल का नेता हरु र शभासाद हरु हो… देश को पैसा त्यसै खान हुन्न पाप लाग्छ तिमि हरु लाई, तुरन्त देश को पैसा फिर्ता गर.

  19. वर्तमान अवस्था उत्पन्न हुनुका दोषिहरु:

    दोषी नं. १ प्रचण्ड र माओवादी:
    बर्गिय समाजमा गर्गिय प्रेम मात्रै चोखो र न्यानो हुन्छ ।
    बाहुनको छोराले बाहुनकै छोरालाई ठग्छ
    काठमाडौंको नेवारले काठमाडौंकै नेवारलाई ठग्छ
    तामाङ्ग भाषा बोल्नेले तामाङ्ग भाषा बोल्नेलाई ठग्छ

    अब मानिसको अन्तराष्ट्रिय जात हुनेछ भन्दै जातपात, धर्म नमान्ने, राज्यको श्रोतसाधनमा सम्भ्रान्त बर्गको मात्र एकाधिकार रहनुका कारण बर्ग बिभेद र असमानता कायम हुन जाने र त्यसको बिरुद्ध द्वन्दात्मक भौतिकबादको सिद्धान्तको पालना गर्दै बर्ग संघर्षको माध्यमद्वारा समाजका गरीब, शोषितको हक स्थापना गर्ने कम्युनिष्टहरुको आधारभूत सिद्धान्तबाट च्युत भै तत्कालिन रुपमा आफ्नो संगठनलाई मजबुत पार्न हरेक जात, जाती, थर, गोत्र, पाछा जसलाई भेट्यो त्यसलाई तिमीहरुलाई राज्य दिन्छु भन्दै जताततै मुखले राज्य बाडदै हिंड्ने १२ हजार नेपाली जनताहरुको नरसंहार गर्ने माओवादी र त्यसमा पनि प्रचण्ड जस्ता अदुरदर्शी, अबिबेकी, २ ३ ४ जिब्रे देशघाती कपुत दुर्भाग्यबस नेपाल आमाको कोखबाट जन्मिनु र डर, धम्की, छलछाम, प्रपन्च आदिद्वारा ठूलो दलको रुपमा माओवादी नेपालको राजनीतिमा हाबी हुनु नै यो अहिलेको पारिणामको कारक तत्व र यो बिषको बिरुवा रोप्ने प्रचण्ड र उसको पार्टी मुख्य दोषी हो ।

    दोषी नं. २ गिरिजा, गिरिजाका उत्तराधिकरीहरु र काँग्रेस:
    प्रजातन्त्र पुनर्स्थापना पछि आफू, आफ्ना नातागोता र आसेपासे अनि छोरी सुजाता मार्फत नेपाल स्थापना हुन लागेको राजनैतीक र सामाजिक प्राणाली (System) बिगार्न शुरुवात गर्ने पहिलो मान्छे गिरिजा प्रसाद कोइराला नै हो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भए पश्चात पटक पटक लामो समयसम्म देशको डाडु पनिउ हातमा लिएर बिपीको नामलाई भजाउँदै नेपाली काँग्रेस र सिङ्गो देश उसकै बाउबाट अंशमा पाए सरह देशका सबै ऐन, कानून, नीती, नियम र नैतीकता समेतलाई धोती लगाउंदै प्रजातन्त्रलाई मनपरीतन्त्रमा परिणत गर्ने गिरिजा जो मरेर गए पनि देशलाई भाँडभैलो पारेर खाल्डोमा धकेलेर गयो ऊ एउटा मूख्य कारक र दोषी नेपालको यो दुरावस्था हुनुमा ।

    दोषी नं. ३ नालायक ज्ञानेन्द्र:
    अर्को दोषी नालायक ज्ञानेन्द्र जसले सबै राजनीतिक पार्टीहरुसंग जनताहरु वाकदिक्क भएर भित्रै भित्रै उसले शासन सत्ता कब्जा गरेकोमा मौन समर्थन गरेको अवस्थामा पनि देशलाई कुशलतापूर्वक हाँक्न सकेन ।

    दोषी नं. ४ नेकपा एमाले (नेकपा ढुल्मुले)
    न हो न हैन, न ठीक नबेठिक, न यता न उता, न पोथी न भाले हिजडा एमाले अर्को दोषी हो ।

    दोषी नं ५ कथित मधेशबादी पार्टी र यसकाका नेताहरु ।
    पद र पैसाको लागि आफु र आफ्नो आमालाई पनि बेच्न तयार नेपालको तराइ भूमीमा टेके पनि आफुलाई मधेशी भन्न रुचाउने, आफूलाई सधैं भारतीय जस्तो ठान्ने र सोही अनुरुप व्यबहार गर्ने १००% भारतको ईशारामा चल्ने बिजय गच्छेदार, राजेन्द्र महतो, शरदसिंह भण्डारी, उपेन्द्र यादव आदि कथित मधेशबादी पार्टीका नेताहरु ।

    दोषी नं. ६: आदिबासी जनजाती मसिह भनाउन चाहनेहरु र ककसरुपी नैतीकताहिन सभासदहरु
    DFID, UN, European Union र अरु NGO, INGO को युरो डलरमा र्याल चुहाउँदै त्यो डलर पचाउन तछाड माछाड गर्दै हजारौं बर्षदेखि दु:ख सुखमा मिलेर बसेका नेपाली जनतालाई एकआपसमा जुदाउन जातिय बिभाजनलाई चरोत्कर्षमा पुर्याउन तल्लिन आफुलाई कथित आदिबासी जनजाती मसिह भनाउन चाहनेहरु र ककसको नाममा डलर पचाउन आफ्नो सिद्धान्त र नैतीकता बिर्सेंर लागि परेका सभासदहरु यो दोषका अंशियार हुन ।

    दोषी नं. ७ प्रिथ्वी नारायण शाह
    सबैभन्दा ठूलो दोषी प्रिथ्वीनारायण शाह हुन । यदि उनले नेपाललाई यसरी एकिकृत र मजबूत नबनाएको भए अंग्रेजकै पालामा नेपाल भारतको भै सक्थ्यो र हाल भारतका बिभिन्न राज्यहरुको अंशको रुपमा रहन्थ्यो । त्यसैले यो झगडाको बिउ रोप्ने प्रिथ्वीनारायन शाह भएकोले सबैभन्दा ठूलो दोषी उनी हुन ।

    • ए आफुलाई कत्तिनै जान्ने जस्तो गरेर लेख्ने सार्थकज्यु,
      एउटा बाहुनको छोरा ले बाहुनकै छोरा लाई ठग्दा
      काठमान्डौको नेवारले काठमाण्डौ कै नेवारलाई ठग्दा
      तामांग भाषा बोलेर तामांग भाषा बोल्नेलाई ठग्ने

      कसरी बाधा बने संबिधान निर्माणमा, त्यो देखाउनोस न|
      पुंग न पुच्छरको कुरा गरेर के फायदा? आफ्नो जातले आफ्नै
      जातलाई ठग्यो रे लौ, तब के भयो? यँहा एकल जातले धेरै जातलाई
      धेरै समयदेखि बोरामा सुताएको र अब ती सुताईएका जातहरु
      ब्युँझेर आफ्नो अधिकार खोजिरहेको प्रश्न छ|
      एस एल सी मा आबा न चाबा का पेज भरने निबन्ध लेखेर पास
      भएको जस्तो नगर्नोस|
      बाहुनको छोराले बाहुनकै छोरालाइ ठग्यो त् के भयो? तपाईलाई
      के को टनटन? कसरी संबिधान बनाउनमा यो वाधा हुन् गयो त्यो
      देखाउन सक्ने हिम्मत छ? तर्क छ?
      आग्राको कुरा गर्दा गाग्राको कुरा गर्ने भएन है|

    • सार्थक जी, हैन, यो सबै आइ एन जी यो, युरोपियन युनियन, बेल्जियम कता कता बाट नेपाल मा जनजाति हरुलाई उचाल्न डलर को खेति भएको छ भन्ने पत्र पत्रिका हरु मा आइ रहेको छ, यसमा अवश्य सच्चाई छ भन्ने मा मलाइ शंका छैन, तर ति डोनर हरु लाइ नेपाल का जन-जाति हरु लाइ उचालेर के फायदा हुन्छ त्यो स्पस्ट पारि दिनु हुन्छ कि? यो पढ्ने कसैले पनि यो कुरा मा प्रकाश गरि दिनु हुन्छ भन्ने आशा गरेको छु;

      मेरो यक्ष्य प्रश्न;
      बिदेशी डोनर हरुलाई नेपाल मा जन-जाति उचालेर के फायदा? उनीहरुको लक्ष्य के हो? किन उनीहरु जनजाति हरुको लागि करोडौ डलर लगानी गरिरहेका छन्?

      बिज्ञान श्रेष्ठ

  20. दोष र खोट केलाउने हो भने
    संबिधान नबन्नुको मूल कारण यिनै हुन् र दोष दिनपर्नेहरु–
    १. मूल रुपमा एमाले र नेपाली कांग्रेसलाइ|
    यी दुइटा दलले खाली दलगत स्वार्थ मात्र हेरे| दुवै सहमतिको सरकारमा उपप्रधान मन्त्रि पठाउने अनि त्यति हुँदा हुँदै पनि संबिधान जारी भयो भने माओवादीले श्रेय पाउने देखेर संबिधान नबनाई स स भंग हुन् दिने|
    कांग्रेसले बीपी र गणेशमानको अरुसंग पनि हात बढाउने र मिलमिलाप अनि समाजवाद लाई पुरै तिलान्जली दिए| एमाले भन्ने त् केवल क्लब रह्यो अब| मदन भण्डारी र मनमोहनको आदर्शलाई एमालेले बिर्से, पुष्पलालले यतिका दुखले स्थापित गरेको कम्युनिस्ट पार्टी खत्तम पारे ओली, झल्लु, माकुने र वामदेवले| अब “ए” अक्षर निकालेर झाले माले पार्टी बनाए हुन्छ| सबै गए गुज्रेका नेताहरु मात्र छन्| जनवादीवाट जनैवादी भए| मुखले एउटा कुरा भने पनि कामले देश भन्दा जात ठुलो ठाने| एमाले र कांग्रेसले भ्रम र स्वार्थको पराकाष्ठा देखाए| आफ्नु नेतृत्वमा सरकार भएको भए संबिधान सभाको म्याद थप्न उन्मत्त रहने अनि सरकारमा गएर पावर लिन चाहने तर ज्म्मेवारी चै लिन नसकने, दुवैले शंख र घन्टी हातमा लिएर भ्रम र झुटको खेति गरे|
    यसैले संबिधान नबन्नुको मुख्य दोष एमाले र कांग्रेसलाई दिनपर्छ|

    २. दोस्रो, नेवांग र निलाम्बर आचार्यलाई|
    यी दुइटाले सक्रिय राजनीतिबाट अवकाश लिए भयो| आफुले जिम्मा लिएको काम सफल नेतृत्व सहित पटक पटक मौका पाउँदा पनि गर्न नसकनेको के काम? केही भद्रता बचेको छ भने अब तुरन्तै सक्रिय राजनीतिवाट बिदा लिएर हामीले सिकेकेका वा सिक्नपर्ने पाठहरुको बर्णन विवेचना गरेर किताब लेख्न तिर लाग्नु होला जसबाट भोलिलाई मद्दत मिलोस|

    ३. छेत्री बाहुनलाई
    अलिकति लचकता र उदारता देखाएको भए के नै बित्दो थियो र? यो कुरा विशेष ध्यानमा राख्नु होला, आखिर पहिचान सहितको प्रदेश भए पनि कुनै न कुनै रुपमा वाहुन छेत्रीलाई पनि आदरपुर्बक सही ठाउँ दिईने कुरो सास्वत छ| उत्पीडित र सीमान्तकृत जातिले समान अधिकारका लागि अलिकति अग्र अधिकार पाउँदा किन तपाईहरुलाई यति ठुलो चोट लाग्या होला बुझी नसक्नु छ| जब सम्म यो बुझाई हुँदैन तबसम्म सहमतिमा आउँन गाह्रो छ| यतिका बर्षदेखि आफुले मात्र खाईपाई आएको यति ठुलो परिवर्तन पछी अलिकति पनि गुमाउन नचाहने भए| हिमाल खबर पत्रिका देखि लिएर अमेरिका र युरोपमा काम गर्दै रहेका प्रोफेसरहरुले समेत पुरानो मानसिकता देखाएर कुबुद्धिजीवीको मन्त्र फैलाए| मेडिया, प्रेस, लेखन र सरकारमा अघिल्लो पंक्तिमा भएको आडमा कूतर्क, भ्रम र असमंजसको स्थिति जनमानसमा सिर्जना गरेर अनौठो र दुखलाग्दो वातावरण आउँन दिएर एउटा नेपालीले अर्को नेपालीको उत्पीडन बुझ्न नचाहेको प्रस्ट भयो| खगेन्द्र संग्रौला समेतले भनेकै थिए पहिचान सहितको प्रदेश दिंदा देशलाई फायदा हुन्छ भनेर| उनले किन र कुन आधारमा ठिक छ भनेर पनि राम्ररी व्याख्या समेत गरेका थिए| देश यस्तो परिवर्तनशील घडीमा गुज्रिरहेका बेला पनि परिवर्तनलाई आत्मसात गर्न नचाहने भोलिको गम्भीर स्थितिको पनि दोषको भागी छन्| उनीहरले आफ्नो वास्तविक स्वरूप पेश गरेका छन् जुन जनजातीको उनीहरु प्रति बचेखुचेको trust गुमाउन लागेका छन्|

    ३. माओवादी दलको नेतृत्वमा सरकार भएकोले यस दलले यो जिम्मेवारी लिनैपर्छ| यस हिसाबले हेर्दा यो दल बिघटन भएकै बेस| तर देशको भलो चाहने हो भने आगामी चुनावमा
    माओवादी बहुमतले बिजयी भएर आउने छन्|

    (राजावादी दल र बिचार भएकाहरुलाई म यंहा दोष दिन चाहन्न| ब्वाँसो प्रबित्ति भएकाहरुलाई दोष दिएर केही फायदा छैन| नेपाली जनताले कुँडो भनेर फालेकालाई गनाउने डस्टबीनवाट कसैले टिपेर ल्याउन पर्दैन, त्यो त्यही सड्न दिँऔ|

    यँहा म जनजातीहरु, दलित र मधेसी दलहरुलाई अझ सद्भाव र मैत्री भावले काम गर्ने आग्रह बिनम्र गर्दछु| दलहरु र दलहरुमा हावी भएको वाहुनवादी प्रबित्तिलाई अझ कन्भिन्स गराउन पर्ने आवश्यकता देखियो| अझ श्रम, सुद्धि, विवेक, सयम, धैर्य र सद्भावना सहित देशको मायालाई मूल मानेर गाँठो सुल्झाउन पर्ने देखियो| एकार्कालाई गाली गरेर काम बन्दैन|

    • अहिले सम्मकै उच्त्तम विचार पोख्नु भयो \ यो पनि अझै बुझेको छैन भने माइ संसार ब्लग ले जसरि सबै बुझे जस्तो गरि लेख लेख्छ यो जातिय बिसय मा प्रस्ट भएर लेख्नु पर्छ \ जाबो जातिय राज्य र पहिचान को राज्य नै बुझ्दैन खाली नेपाल तुक्र्यौना लायो, जनजाति ले बाहुनलाई हेप्यो, तथानाम भन्यो भनेर एमाले र काँग्रेस को बोस ले जे पाए तेही फलाकेर हाम्रा ब्रह्मिन साथी हरु उर्लेको देख्दा त अचम्मै लाग्छ \

  21. माओबादी को सत्ता कब्जा गर्ने नियत र अरु राजनीतिक पार्टी हरु को नालायकी को कारण ले संबिधान सभा बिघटन भयो. यस्मा सबै पार्टी को बराबर जिम्मेबारी छ तर माओबादी को अलि बढी छ.

  22. नेता हरु गनाउने सिनु हुन् , नेतालाई केहि लाई चीन केहि लाई इंडिया फाल्नु पर्छ.
    जय नेपाल ,

  23. दिल्ली मा १२ बुंदे गर्ने, गराउने र त्येसको समर्थन गर्दै ताली बजाउने सम्पूर्ण भेडा जनता आज देश को यो दशा हुनु को जिम्मेवार छन्.

  24. राधेश्याम अधिकारी बाहेक कसैले जिम्मेवारी बहन गर्न नपाएको मा राजिनामा दिने या अन्य प्रेसर दिने काम गरे? यिनलाई सलाम!
    गगन थापा जस्ताले के सार्थक प्रयास गरे? वाहियात !!
    जुन दिन कृष्ण सिटौला ले धोका महसुस गरेर सरकार बाट बाहिरिए, तेहिनिरा संबिधान नब्बने पक्का भैसकेको थियो ।
    बिगतको सम्पूर्ण शान्ति प्रक्रिया को वार्ताहरु हेर्नुस, सिटौला बसेको बार्ता सबै सफल भएका थिए, उनको पर्सनालिटी ले र दुर्दर्सिताले सबैलाई प्रभाव पारेर कुरा मिल्थ्यो । दुर्भाग्य येसता नेतालाई हामीले हराउछाउ , ज्यानमारा हरुको मिठो सपना सुनेर ।
    तै पनि पोजेटिव उपलब्धि धेरै छन्, पैला जस्तो राजाले सत्ता हत्याउने डर छैन, ढिलो चाडो इलेक्सन नि हुन्छ , यो इलेक्सन ले फेरी अप्रत्यासित नतिजा लेरौछा, हेर्दै जानुस ।

  25. रास्ट्रपति र संसद बाट बुद्धिमान,देशभक्त , निस्पक्ष्य ६-७ जनालाइ चुनेर ६-७ महिना अध्यन गरेर ६-७ लाख पनि खर्च नगरी विभिन्न बुँदाहरुलाई प्रतेक दिन संसदमा छलफल गर्दै सहमति वा मतदानका आधारमा पारित गर्दै लगेर बनाउनु पर्ने संबिधान ६०१ जनाको जिम्मा लगाउने ,,तेस्मा पनि कोइ ज्यानमारा कोइ भ्रस्टचारी कोइ हरुवा कोइ भातमारा कोइ देशद्रोही कोइ बिखण्डनकारी कोइ पुरातन बादी कोइ चोर कोइ डाँका …..अनि कसरि बंछा संबिधान …..एउटा सिंगै देशको संबिधान बनाउने कुरापनि …खिचडी पकाए जस्तो होर ? जो संग अलिकति बुद्धि छ उसको चल्दैन जसलाई प्रभुले पत्यौछां, जो खुरापाती छ जो देश टुक्रा टुक्रा परेर भएपनि प्रभु रिजौना खोज्छा ,जो हारेर पनि सिंह झैँ गज्राना जान्दछा , जो भ्रस्टचारी छ ,
    गिरिजा र प्रचण्डको रास्ट्रपति हुने लिग लिगको दौडमा चिट्टा परेर नया नेपालको नया नागरिक हुन पाएको छ तेस्ताको हातमा २-३ करोड नेपालीको सुनौलो सपना को भबिस्य सुम्पेर पनि कहिँले हुने थियो र ? अब रास्त्रपतिले बुद्धि पुर्याएनन भने देश डूब्छा ,,,,,,,,, बिन्ति छ रामबरण रास्ट्रपति बनिदेउ , देश र जनताको भबिस्य बचैदेउ ,,देश डुब्न लाग्यो केहि गरेर पार लगाइदेउ ,,,

  26. संबिधान बन्नको लागि दुइ तिहाई बहुमत चाहिन्छा भनेर जनतालाई थाहा रहेनछ नत्र तिनीहरुले कि कांग्रेस कि एमाले कि माओबादी कि रा प्रा प वा कुनै एउटा पार्टीलाई जिताएको भए २ वर्ष होइन २ महिनामै बन्थ्यो तर बिडम्बना जतिसुकै जान्ने सुन्ने बुद्दिजिबी, पत्रकार, शिक्षक,कर्माचार, डाक्टर, इन्जिनिएर सबैले अन्धो भक्ति तरिकाले पार्टीको समर्थन गर्नाले यो परिस्थिति आउनु परेको हो, त्यसमाथि एउटा गरिब परिवारमा जन्मेको बच्चाले आफ्नो अभिभाबकलाई मोटर साइकल , आइ, फोन, लब टप, येस्तई-येस्तई चाहियो भनेर आफ्नो आभिबबकको हैसियत नबुझेर मनपरी माग राख्नु पनि ठुलो भोल हो, तेसैले अब निर्बाचनमा जानुको बिकल्प त थिएन नै भएको भए के छ त ? बबुरोलाई हटाउने कुनै संबैधानिक विकल्प भए पनि हटाउ अनि रास्त्रपतिको सासन लादेपानी लाद कुनै अर्थ छैन, अबको निर्बाचनमा अहिलेको सभासदहरुलाई चिनी राखे त्यो नै बेस बस चट्, होइन भने यो हाम्रो कमेंट्स एउटा समय पास गर्ने स्थल हो है हहहः

  27. केहि हुनेवाला छैन / देखियो सबैलाई देखियो / कसैले फुर्ति नलगाए हुन्छ / हाम्रो खप्परमा येही लेखिएको रैछ, के गर्ने त अब ? आ-आफ्नो छोरा छोरीलाई राम्रो शिक्षा दिनु, ता कि भोलि उनीहरु राम्रो नेता बन्न सकून वा राम्रो नेता छान्न सकून / हाम्रो जीवनमा तेस्तै हो अब त / इ नेताहरु चाडै मर्ने पनि होइनन, छोडने पनि होइनन / होइन, येस्ता कुलंगार नेताहरुको आयु पनि कति लामो हो (हुन् त कसैको कालको सपना देख्नु त राम्रो होइन, तर के गर्ने ? बाध्य पार्छन)?

  28. दोषी हरु —
    १) भेडा र मुर्ख नेपाली जनता – (नेता र पार्टी हरु पनि येस्मै पर्छन / ति पनि नेपाली नै हुन् /)
    २) इंडिया को नियत

    अब प्रमाणित गर्ने बेला आएको छ कि हामी भेडा हौइनौ / हामी पनि सभ्य मानिश हौ/ स्वार्थी नबनाऊ , देस प्रेमी बनौ, अजि देखि नैतिक वान बनौ , , तेस्पछी स्वतः राम्रो मान्छे नेता मा छानिने छ// अनि सान्ति र बिकाश हुने छ/

  29. वर्तमान अवस्था उत्पन्न हुनुका दोषिहरु:

    दोषी नं. १ प्रचण्ड र माओवादी:
    बर्गिय समाजमा गर्गिय प्रेम मात्रै चोखो र न्यानो हुन्छ ।
    बाहुनको छोराले बाहुनकै छोरालाई ठग्छ
    काठमाडौंको नेवारले काठमाडौंकै नेवारलाई ठग्छ
    तामाङ्ग भाषा बोल्नेले तामाङ्ग भाषा बोल्नेलाई ठग्छ

    अब मानिसको अन्तराष्ट्रिय जात हुनेछ भन्दै जातपात, धर्म नमान्ने, राज्यको श्रोतसाधनमा सम्भ्रान्त बर्गको मात्र एकाधिकार रहनुका कारण बर्ग बिभेद र असमानता कायम हुन जाने र त्यसको बिरुद्ध द्वन्दात्मक भौतिकबादको सिद्धान्तको पालना गर्दै बर्ग संघर्षको माध्यमद्वारा समाजका गरीब, शोषितको हक स्थापना गर्ने कम्युनिष्टहरुको आधारभूत सिद्धान्तबाट च्युत भै तत्कालिन रुपमा आफ्नो संगठनलाई मजबुत पार्न हरेक जात, जाती, थर, गोत्र, पाछा जसलाई भेट्यो त्यसलाई तिमीहरुलाई राज्य दिन्छु भन्दै जताततै मुखले राज्य बाडदै हिंड्ने १२ हजार नेपाली जनताहरुको नरसंहार गर्ने माओवादी र त्यसमा पनि प्रचण्ड जस्ता अदुरदर्शी, अबिबेकी, २ ३ ४ जिब्रे देशघाती कपुत दुर्भाग्यबस नेपाल आमाको कोखबाट जन्मिनु र डर, धम्की, छलछाम, प्रपन्च आदिद्वारा ठूलो दलको रुपमा माओवादी नेपालको राजनीतिमा हाबी हुनु नै यो अहिलेको पारिणामको कारक तत्व र यो बिषको बिरुवा रोप्ने प्रचण्ड र उसको पार्टी मुख्य दोषी हो ।

    दोषी नं. २ गिरिजा, गिरिजाका उत्तराधिकरीहरु र काँग्रेस:
    प्रजातन्त्र पुनर्स्थापना पछि आफू, आफ्ना नातागोता र आसेपासे अनि छोरी सुजाता मार्फत नेपाल स्थापना हुन लागेको राजनैतीक र सामाजिक प्राणाली (System) बिगार्न शुरुवात गर्ने पहिलो मान्छे गिरिजा प्रसाद कोइराला नै हो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भए पश्चात पटक पटक लामो समयसम्म देशको डाडु पनिउ हातमा लिएर बिपीको नामलाई भजाउँदै नेपाली काँग्रेस र सिङ्गो देश उसकै बाउबाट अंशमा पाए सरह देशका सबै ऐन, कानून, नीती, नियम र नैतीकता समेतलाई धोती लगाउंदै प्रजातन्त्रलाई मनपरीतन्त्रमा परिणत गर्ने गिरिजा जो मरेर गए पनि देशलाई भाँडभैलो पारेर खाल्डोमा धकेलेर गयो ऊ एउटा मूख्य कारक र दोषी नेपालको यो दुरावस्था हुनुमा ।

    दोषी नं. ३ नालायक ज्ञानेन्द्र:
    अर्को दोषी नालायक ज्ञानेन्द्र जसले सबै राजनीतिक पार्टीहरुसंग जनताहरु वाकदिक्क भएर भित्रै भित्रै उसले शासन सत्ता कब्जा गरेकोमा मौन समर्थन गरेको अवस्थामा पनि देशलाई कुशलतापूर्वक हाँक्न सकेन ।

    दोषी नं. ४ नेकपा एमाले (नेकपा ढुल्मुले)
    न हो न हैन, न ठीक नबेठिक, न यता न उता, न पोथी न भाले हिजडा एमाले अर्को दोषी हो ।

    दोषी नं ५ कथित मधेशबादी पार्टी र यसकाका नेताहरु ।
    पद र पैसाको लागि आफु र आफ्नो आमालाई पनि बेच्न तयार नेपालको तराइ भूमीमा टेके पनि आफुलाई मधेशी भन्न रुचाउने, आफूलाई सधैं भारतीय जस्तो ठान्ने र सोही अनुरुप व्यबहार गर्ने १००% भारतको ईशारामा चल्ने बिजय गच्छेदार, राजेन्द्र महतो, शरदसिंह भण्डारी, उपेन्द्र यादव आदि कथित मधेशबादी पार्टीका नेताहरु ।

    दोषी नं. ६: आदिबासी जनजाती मसिह भनाउन चाहनेहरु र ककसरुपी नैतीकताहिन सभासदहरु
    DFID, UN, European Union र अरु NGO, INGO को युरो डलरमा र्याल चुहाउँदै त्यो डलर पचाउन तछाड माछाड गर्दै हजारौं बर्षदेखि दु:ख सुखमा मिलेर बसेका नेपाली जनतालाई एकआपसमा जुदाउन जातिय बिभाजनलाई चरोत्कर्षमा पुर्याउन तल्लिन आफुलाई कथित आदिबासी जनजाती मसिह भनाउन चाहनेहरु र ककसको नाममा डलर पचाउन आफ्नो सिद्धान्त र नैतीकता बिर्सेंर लागि परेका सभासदहरु यो दोषका अंशियार हुन ।

    दोषी नं. ७ प्रिथ्वी नारायण शाह
    सबैभन्दा ठूलो दोषी प्रिथ्वीनारायण शाह हुन । यदि उनले नेपाललाई यसरी एकिकृत र मजबूत नबनाएको भए अंग्रेजकै पालामा नेपाल भारतको भै सक्थ्यो र हाल भारतका बिभिन्न राज्यहरुको अंशको रुपमा रहन्थ्यो । त्यसैले यो झगडाको बिउ रोप्ने प्रिथ्वीनारायन शाह भएकोले सबैभन्दा ठूलो दोषी उनी हुन ।

  30. लज्जास्पद कुरा त यो हो कि हाम्रा बौद्धिक भनाउँदाहरु समेत जातीय सद्भाव, राष्ट्रिय अखण्डतालाई समेत बिर्सेर ‘रअ’ले थापेको माकुरी-जालोमा निसंकोच हाम्फालिरहेका छन् । देश रहे मात्र जातीयता रहन्छ भन्ने तथ्यलाई पाइतालामा कुल्ची रहेका छन् माओवादीले चलाखीपुर्ण रुपमा निर्वाचनको घोषणा गरेको छ त्यो वैधानिक छैन।

  31. मलाई त संबिधान सभा बिगटन बया ससकीय सोरुप वा आरु कारण ले गर्दा भंग होला जस्तो लागेको थियो …तर जातीय कुरो मा हलो अड्किनु दुखः को कुरो हो …जातीय दोन्द ले धेरै देश कंगाल भयका छन् ….चेतना भया !!!

  32. मलाई शम्भिधान सभा बिघटन भएको मा तेती दुख लागेन/

    सम्भिधान सभा राजनैतिक जुवाडे तथा अनपढ हरुको Time pass गर्ने अखडा भएको थियो/ सम्भिधान सम्बन्धि बहस कति ओटा भयो र के नै नया कानुन पास गर्यो र चार बर्षमा/

    अभ सम्भिधान बनाउन ४ -५ दल क शिर्ष नेता हरु कोठे बैठक मा लागे भै हाल्यो किन ६०१ जना को भिड जम्मा गर्नु पर्यो/

    अब को निर्बाचन मा समानुपातिक quota हुनु हुदैन/ चुनाब जितेर आउने ले शासन गर्नु पर्छ मनोनित भएर आउनेले हैन/

    सम्भिधान बनाउने जिम्मा बिज्ञ तथा कानुन बिढ लाई छाड्नु पर्छ अनपढ गवार हरु लाई हैन

  33. बाहुनवाद बाट पिडित् मुलुक्, जहा सैयो बर्स देखि पवित्र वेद को शिक्षा लाई समेत् एउटा जाती बिशेस् को कब्जा मा राखेर समस्त अरु जाति लाई तल्लो देखाएर आफ़्नो मानो भर्न पल्केको हरु ले त्यसै आफ़्नो शक्ति त्याग् गर्ला र सन्यास् लेला भनेर सोच्नु जनजाति हरु को मुर्खता मात्र हो.

    ब्राहमन शब्द को अर्थ समेत नबुझेका हरु बाट स्वयम खस् जाति हरु नै बडी पिडित् छन्.

    सबै कुरा मिली सकेपछि नाम मात्र पनि दिन नमान्ने र नाम नलिइ नछाड्ने गुट उपगुट हरु कै कारण देश फ़ेरि एकपटक भिशण ग़्रहयुद् को सन्घार मा उभिएको छ.

    • कुनै एक जातिलाई दोस दिएर हुदैन साथी यो त चोर नेताहरुले डलर युरो भारु आदि को भरमा देश लै बर्बाद पर्ने काम गरेको हुनाले यस्तो भएको हो . म कुनै पनि जात लै दोष दिन्न तर केहि अतिबादी हरुले देशलाई बर्बाद पर्ने भए .

    • निक्षित नै संबिधानसभामा ठुलो दल को नाताले सबै भन्दा ठुलो दोषी माओवादी हो. अरु दलको भूमिका त नगन्य जस्तै थियो. सत्ता देखि सदन बलियो पहुच भएको माओवादी किन असफल भयो त संबिधान बनाउन भनेर हेर्ने हो भने यसको एक मात्र प्रमुख कारण उसले रोपेको जातियाताको बिष- बृस्य हो. जसले गर्दा एक नेपाली नेपाली न भएर ब्राह्मण, छेत्री, थारु, गुरुङ, तामांग, के हो के भए र नेपाली त कोहि रहेन र जातीय विभाजन यति धेरै बढ्यो कि अब नेपाल इथोपिया जस्तै जातीय हिँसा मा जाने जस्तै भयो र अन्तत संबिधान बनेन. अजै पनि सबै नेपालीको होस् आएन यो देस मा संबिधान कहिलै बन्दैन, यो सबै नेपालीले बुज्नु जरुरि छ.

    • अरे साथि तिमिपनि प्रचण्ड कै die -hard fan हो भन्ने कुरा त पुस्टि नै भैहाल्यो | अब कुरो आयो यो बाहुन (ब्राह्मण) हरुको | जनजाति भन्ने बिल्ला टलकाई दिने पनि त बाहुन हरु नै हुन् नि होइन र ? मेरो मतलब “एकल जातीय राज्य हुनुपर्छ” भन्ने पनि त ब्राह्मण हरु नै शिर्ष नेताहरु भाको पार्टी माओबादी कै त हो नि | र अर्को कुरा काठमाडौँ मै हेरुम नेवार हरु भित्र को जात-जाति र भेदभाव…..मेरै साथि एउटा “ताम्राकार”, विचराको लभ पर्यो “मानन्धर” थरको केटि संग अनि त नेपाल मै बसे बिहे नहुने अनि भएपनि गुठि बाटै निकालिदिने दबाब आएपछि केटि लिएर अमेरिका तिर पलाएन भयो | तेसैले साथि छेत्री-बाहुन अनि हामि जनजाति सबै more or less एकै खालको संस्कार बाट गुज्रेका छौं | सक्ष्यम मान्छेको लागि छन् अवसरहरु, जात ले रोक्या जस्तो लाग्दैन | यो त सब नेताहरु को चुतिया idea मात्र हो र हामीहरु भेडाहरु जस्तै पछी-पछी लाग्दै छुम |

    • येस्तई सोच र विचारको प्रतिफलले आज यो देश टुक्रिने संघारमा छ. देश डुब्न थाल्यो साथी अझै जति बाद मा अड्किएर बस्नु भाको रहेछ …साथीलाई धेरै रिस उठ्या रहेछ. अरु त म के भन्न सक्छु र रिस धेरै उठे आफै घोडा कोपर्नु.
      तिमि नेवार म मगर तिम्रो आफ्नो सस्कृति छ आफ्नो विचार छ आफ्नो समाज पनि छ तर देश त यौटै छ नि. … बाहुन ले बिगारेको देश होइन साथी यो त बाहुन छेत्री नेवार गुरुङ मगर आदिबासी, जनजाती को नेता मण्डली ले बिगारेको.

    • आदरणीय पढेलेखेका र बिदेशमा बसेका मित्रहरु,
      दीप श्रेष्ठजीको कमेन्टलाई रातो टीको लाउँन अघि उँहाको भनाईको यथार्थतालाई आत्मसात गर्न सिके नेपाल र नेपालीको कल्याण हुनेछ| कहिले सम्म state of denial मा रहनुहुन्छ?
      मनमा अलिकति पनि humility भन्ने चिज छ भने त्यसो गर्नु हुन् अनुरोध गर्दछु| अन्ततोगत्वा सम्पूर्ण नेपालीको भलो हुने नै छ|

  34. संबिधान न बन्ने कारण मध्ये ::::::__———->
    जातीय राज्य को रिहर्सल को क्रम मा धेरै डरलाग्दा परिदृश्य देखिए | धेरै नांगिए पनि |
    १) मधेस चाइ टुक्राउन न हुने सकभर अखण्ड मधेस ,पहाड चै जाति जाति बीच टुक्रा पार्नु पर्ने रे यो भारतीय ‘र’ को ग्रयाण्ड डिजाइन नै हो स्पस्ट छ |
    तेस्तो डरलाग्दो मोर्चा मा मधेसी मोर्चा र मावोबादी (जसले आफुलाई लोकतन्त्र ,गणतन्त्र को ठेकदार नै ठान्छ र एक मात्र देश भक्त पार्टी ठान्छ ) ससाथ हुनुले मेरो त् मावोबादी प्रतिको सुरुदेखिको संका सत्य मा परिणत भयो |कांग्रेस ,एमाले लाइ देश बेचुवा भन्ने मावोबादीको को बास्तबिक तस्बिर जान समक्ष्य आयो |
    हामीले सेना समायोजन गरेउ ,ठुलो त्याग गरेउ भनेर रोदन गर्ने हरुलाई येत्ति भन्छु बाबु
    तिम्रो मेंन नेता ले (”र ”) जे भन्यो तेही गरेउ |उसैलाई भन्न जाउ |
    कसरी सम्भब छ भारत मा त्याहा को मावोबादी ले अर्थतन्त्र मा ठुलो घाटा पुर्यायो भनेर मनमोहन भन्छ |ब्रिद्दीदार ७ प्रतिसत बाट ४ मा झरिसक्यो |१९४७ मा स्वतन्त्र भएर इन्डिया अझै तेस्रो विश्व नै छ ||सगैको चीन दोस्रो हुदै ,पहिलो मा पुग्न आती सक्यो |
    धनि र गरिब बीच को खाडल इन्डिया मा जति ,करप्सन त्यहा जति अहिले विश्व मा कहिँ छैन |
    अनि तेही इन्डिया मा मावोबादी अर्थतन्त्र को बाधक हुने ,नेपाल मा चै ‘र’ ले नचाइरहेको
    मावोबादी मसिहा हुने ??

    २) बन्द को दौरान ”बाहुने ,छेत्री को आलो रगत पिउने ”नारा लागे , थारु संग्रह जलाइए
    कास्टिंग नै यति डरलाग्दो भएपछी ,जातीय संघियता किन चाहियो ??
    फेरी अन्तर्वार्ता मा राज्कुमार लेखि हाम्ले एन जी वो को पैसा खाएको छौ ,हाका हाकी भन्दैछ ,र उसको तर छ आरजु देउबा ले खान हुने ,पर्दिप नेपाल ले खान हुने आदि |
    नेपाल मा यो समुद्र पारीको पैसा चै जातीय द्वन्द फैलाएर अमेरिकी हतियार बेच्न , चीन र इन्डिया लाइ समेत बिकास मा टांग अदाउँन आउने हो ,गरिब र उत्पीडित को उत्थान र बिकास को लागि आउने हैन |खैरे ले तेसै दया गर्दैन |
    पहिले पहिले कांग्रेस ,एमाले यथास्थिबादी लाग्थ्यो ,मावोबादी ले केहि गर्छ कि भन्ने पनि न लागेको हैन | जब बास्तबिक चित्र अगाडी आयो |अब मोह हरायो |
    गरिब को रगत ले हात रंग्याउने हरु ले भस्मासुर भएको मा आश्चर्य पनि लागेको छैन |

    ३) दुनियामा मा कहिँ न भएको जात्रा हादिगाउमा भने झैँ ,जापान ,मलेसिया ,सिंगापुर
    आदि देश कुनै एक व्यक्तिको बलिदान बाट ठुलो आर्थिक छलांग लगाएको देश हो ,एस्तो
    अशंक्य चार पास ,बारह्खरी फेल नेताहरुले टेबल ठटाएर हैन |अन्त मा तिनको हैसियत के भयो ? लाटो ले केरा हेरेजस्तो मात्र ,हरेक निर्णय गर्ने प्रमुख नेता हरु ,भत्ता थाप्ने ,कोठी धाउने ,प्रहरी हिरासत मा जाने सभासद हरु !!!
    अन्त मा उमेस्जी को त्यूटर मा एक प्रश्न छ ,”संकट ले नेता जन्माउछ अरु देश मा ,हाम्रो मा नेता ले संकट पो जन्मायो ”
    म भन्छु हाम्रो देश चलाएको नेता ”र” (१२ बुदे हुदै मधिसी मोर्चा ,माबोबादी गठबन्दन )
    हाम्रो देश को नै हैन अनि संकट र दुर्दशा सिबाय के हात लाग्छ त् |

  35. नेपालका नेता चोर डाका फटाह हुन भन्ने जान्दा जान्दै तिनलाई गोर्खे लौरोले ठोक्न नसक्ने हामी जनता नै दोषी हौ ।

  36. मलाई त संबिधान नबनाएकोमा पिर त छदै छ, त्यो भन्दा नि प्रचण्ड कामरेड ले जातियता को द्वन्द बढाएकोमा झनै पिर छ, माओबादीले संबिधान बनाउन दिन्न भन्नेमा त मा ढुक्क थिए, तर सोचे भन्दा नि यसरि बढी अनर्थ हुने गरि सामाजिक सद्भाव खल्बलाएर देश भद्कालोमा हाले.. त्यसैमा बढी चिन्तित छु…

  37. गणेशमान सिंहज्युको भनाइ एकदम ठिक हो /प्रचण्ड ले अबस्य चुनाब जित्ने छ /

  38. यो मेरो बिचार मा एकदम राम्रो भयो. संबिधान जारी भयको भय ऐले सम्म कती मान्छे मरी सक्थे.
    अली पछी उग्रबादी सोच पानी कम हुदै जान्छ अनी यी नेता हरु ले राष्ट्रपति लाई बिनती बुझायर पुन स्थापना गर्छन.
    चुनाब नै भयो भने अफु त चित्र बा. के. सी तीर लागिन्छ. पहिलो पटक ए माले लाई भोट हालेको सर्कार बनायो. अर्को पटक माओबादी लाई
    हालेको प्रचंड ले प्र म पड्कायो अब चित्र बा. के. सी को पालो जस्तो छ.
    चुनाब चिन्न के हो बुढा को ?

  39. सालोक्यजी,
    तपाइको यो ब्लग मननयोग्य र बिस्लेशनयुक्त छ | यसमा म सहमति जनाउछु | दोष तपाइले लेखेजस्तै सबैको हो | एक अर्का प्रति आरोप-प्रत्यारोप लगाएर पन्छिन कसैलाई पनि मिल्दैन | हामि सबैले बुझेका छौ | तर तपाइले अन्तिम हरफमा लेख्नुभएको वाक्यांस “… तर गणेशमान सिंहको भाषामा भेडा जनताले अझै पनि तिनै नेतालाई चुन्ने नै छन्। …” प्रति भने मेरो असहमति छ है | किनभने –
    झट्ट हेर्दा यो भनाइ उचित नै हो जस्तो लाग्छ | हामी जनता भेडा नै हौ जस्तो पनि लाग्छ | तर हामीलाई के के बिकल्प दिएको हुन्छ ? चुनाबमा तपाई उठ्नुहुन्न , म उठ्दिन, अर्को उठ्दैन | असल र बौद्धिक भनेका उठ्दैनन या उठ्ने भनेको यीनै हुन् | अझ भनौ चुनावमा पार्टी हेडक्वार्टरहरुले टिका लगाएर तपाईहाम्रो निर्वाचन क्षेत्रमा पठाइदिन्छन् १-१ जना तथाकथित उम्मेदवार | कांग्रेसले पठाउने हेर्नुस, नाक खुम्चाउनुहुन्छ | एमालेले पठाएको हेर्नुस, थुक्न मन लाग्छ | माओबादीले पठाएको हेर्नुस, बोल्न पनि नपरे हुन्थ्यो जस्तो लाग्छ | राप्रपाले पठाएको हेर्नुस, कुरा सुन्यो कि कन्सिरी तात्छ | फोरमले पठाएको हेर्नुस, देश होइन विदेश गन्हाएको जस्तो लाग्छ | अर्कोले पठाएको हेर्नुस, उ पनि उस्तै … आखिर सबै उस्तै | कसलाई चुन्ने त ? कि चुनाव बहिस्कार गर्ने ? के त्यो समाधान हो त ? हाम्रो लागि भनेर कुनै अर्को ग्रहबाट त कोहि आउदैन | अझ समानुपातिकमा पर्नेहरुको त कुरै गरि साध्य छैन | पार्टीले जसलाई चाह्यो उसैलाई पठाउने | सायद यो पार्टी सर्बेसर्बा हुने व्यबस्थाको नराम्रो पक्ष नै यहि होला | जनताले चाहेको आफ्नो ठाउको, आफ्नो दुख र आवश्यकता बुझ्ने प्रतिनिधि छान्न नै नपाउने यो कस्तो व्यबस्था ? माकुने काठमान्डूबाट उठ्छ, प्रचण्ड रोल्पाबाट, रोल्पाको महरा दाङबाट, डडेल्धुराको देउबा कंचनपुरबाट, बिराटनगरको कोइराला नवलपरासीबाट… | आखिर कसरि यीनीहरुले त्यस क्षेत्रको प्रतिनिधित्व गर्छन ? तर पनि हामीलाई अर्को बिकल्प हुँदैन | यिनीहरु मध्येकै एकजनालाइ जिताउनु पर्छ |
    यदि वास्तविक जनप्रतिनिधि छान्ने हो भने प्रत्येक पार्टीले आफ्ना २ वा सो भन्दा बढी उम्मेदवारलाइ सम्बन्धित चुनाव क्षेत्रको गाउस्तरीय कमिटिबाट छानिदै तह तह पार गर्दै सबैभन्दा बढी लोकप्रिय भयो भने मात्रै उठ्न पाउने व्यबस्था गर्यो भने बरु केहि हुन्छ कि !

  40. सथिहो मेरो त दिमगलेनै काम गर्न छोडेको जस्तो छ. छातीमा हात राखेर ठण्डा दिमागले सोचौ सब चोर हरुको अनुहार देखिन्छ.

  41. तपाइको लेख र अन्तिम हरफ !!!
    “जस्ता हामी त्यस्तै नेता। हामीबीचबाटै नेता चुनिने हुन्। जनताले आफ्नो फैसला देखाउने भनेको चुनावमा हो। तर गणेशमान सिंहको भाषामा भेडा जनताले अझै पनि तिनै नेतालाई चुन्ने नै छन्। नेताको भनाई पत्याएर, उसैको लहैलहैमा लागेर एक अर्कालाई दोषारोपण गर्छौँ हामी। दलका नेताहरुको अन्धभक्त भएर उनीहरुकै शैलीमा अर्को पार्टीका नेताहरुलाई आरोप लगाइबस्छौँ हामी। नपत्याए तलका केही कमेन्टहरु हेर्नुस्।”

    नभन्दै ठ्याक्कै त्यस्तै कमेन्ट हरु! सालोक्य जी लाइ सलाम!!

  42. असल शिक्षा अनि देश प्रेम न भएर एस्तो भएको हो |

  43. अब हुने संबिधान सभाको निर्वाचनमा व्यक्तिको चुनाब हैन दलहरुले संबिधान प्रस्ताब गर्ने र सो प्रस्तावित संबिधान माथि जनताहरुले मत हाल्नु पर्छ . यसरी पहिलो चरणको मतदानबाट कुनै प्रस्तावित संबिधानले दुइ तिहाई मत प्राप्त गर्न नसकेको अवस्थामा एक महिनाको समय दलहरुलाई आफ्नो विचार मिलाई सहमति गर्न समय दिनु पर्दछ यसरी सहमति गर्दा प्रतिसतका हिसाबले सबैभन्दा बढी हुने दुइ दल वा दलहरुको समूहले मात्र दोस्रो चरणको निर्वाचनमा सहभागी हुन पाउने बेवस्था गर्नुपर्ने हुन्छ. यसले सहमति गर्न बाध्यात्मक अवस्था सिर्जना हुनेछ .यसरी भएको दोस्रो चरणको निर्वाचनमा जुन प्रस्तावित संबिधानले बहुमत प्राप्त गर्दछ सोहि संबिधानलाई जनताबाट पारित संबिधानको रुपमा सबैले मान्दा यो समस्या को समाधान होला कि ?

  44. मेरो यथार्थता…
    हिजो बेलुकी मलाई रुनै मन लाग्यो रोय पनि ..
    नेपालीहरुको संबिधानमा नेपालकै नेताहरुबाट कुठाराघाट भएकोमा…
    ………………………………..—-
    ————– गीतकार डेजी बराइलिलाई धेरै याद गरे र यो गीतको भाकामा (६०१ सभासद,९ अर्ब ) सब्द राक्दै धेरै बेर गुनगुनाई रहे ….

    भैसी लड्यो है माया भिर बाट हेर . ,
    ९६० है माया लौ गयो त्यो खेर….

  45. सबै कुरा बदल्न सकिन्छा तर नियत बदल्न सकिन्न / काँग्रेस र एमालेको विद्यमान संबिधान सभा बाट संबिधान बनाउने नियत नै थियन / जसको लागि उनीहरु जहिले पनि कुनै न कुनै बहाना निकाल्थे / जस्तो सेना समायोजन नभैकन संबिधान निर्माणको कम एक इन्च पनि अघि नबढाउने, संबिधान निर्माण गर्ने मुख्य चटारोमा सरकार परिबर्तन का कुरा, बिबादित बिषय लाई मतदानमा लैजान नदिने जस्तो निरङ्कुश शैली, / संघिय प्रदेश को नामको सबल मा प्रचण्ड ले पहिले नै प्रस्ताब गरेको संयुक्त पहिचान जस्तो ‘ नेवा -बागमती ‘ लाई समेत स्वीकार गर्न नसक्ने असहिस्नु हरु अझ मयोबदिले संबिधान सभा बिघटन गरेको आरोप लगाउछन हैन अलिकति त लाज पनि हुनु पर्छा /
    संबिधान सभा बिघटन हुन लाग्दा कसको आशु आयो , कसले खुसियाली मनायो हामीले पनि देखेका छौ , कसैले दिउसै रात पार्ने कल्पना नगरेकै राम्रो / बरु हाकाहाकी कमल थापा र चित्र बहादुर झैँ बोल्नु राम्रो /

  46. यो सम्बिदान पनि किन नेता haru le नै बनाउनु पर्ने नि. नेपाल का राम्रा न्यायाधिश र वकिल हरुलाई जिम्मा लाए हुँदैन. सम्पूर्ण नेपालीहरुलाई प्रतिनिधित्व गर्ने देश भक्त न्यायका पारखी हरुलाई जिम्मा दिउन यो सम्भिधन बनाउने काम र भोट मग्न आउने नेता हरुलाई जुत्ता र चप्पल ले स्वागत गरौ. अर्को चोटी पनि यिनीहरु आए भने नेपालमा सम्बिदान हैन अनिकाल, भुखमरी, र गृहयुध्हा हुने पक्का छ. नया अनुहार लाई मौका दिनु पर्यो अर्को चुनाबमा .

  47. मुलुक गल्लत तत्त्व को पन्जामा परेकोलेनै यो अवस्था आइ लागेको साँचो हो |देशको ढुकुटी मा रजाई गर्ने ज्यान मार्ने पास्स्पोर्ट बेच्ने ‘अपहरण गर्ने नक्कली परिच्यार्थी बनायर जाँचमा पठाउने ज्यान मार्ने ठग कुजात हरुको जमात्नै सभासद हुन् भनेर चिनौना सफल भयका हरु बाट चार चार बर्ष सम्ममा पनि संबिधान बनाउन नसक्नु भनेको देश र जनतालाई भंद्खालमा जाक्नु सरह हो| अत अब यी कुनै पनि दलका नेताहरु प्रति जनताको बिश्वास रहेन | युवा हरु ले नेत्रित्तो लियर कुलंगार नेताहरु लै हददै सम्मको सजाय गर्न पछि पर्नु हुदैन |

  48. राज्य पुनसंरचनाको विवाद नेपालको भन्दा भारतको टाउको दुखाई धेरै पुरानो हो … जब राजा महेन्द्रले १४ अंचल र ७५ जिल्लाको बिभाजन गरे तत्कालिन पण्डित नेहरुले तिब्र बिरोध गरे तर चाइना कार्डले त्यो संबभ भएको देखिन्छ केहि पुराना किताबको अध्यन बाट, त्यसमाथि ५ विकास क्षेत्रको अबधारणा राजा बिरेन्द्रले ल्याए जसमा इन्दिरा गान्धीले असंतुस्ठी प्रकट गरेकी थिईन तर राजा बिरेन्द्रको राजनीतिक छबिले कमाल गर्यो … येत्ति हो बुज्नेलाई श्रीखण्ड ……………………………. ?

    येही हो यथार्थ …………..

  49. मुला नेताहरु समय हुन्जेल १४ पटक चुनाव हारे पनि चुनावमा समय फाल्यो । अनी संबिधान कहिले बनाउने त ? १४ चोटि हरुवा बाजे र देबीप्रशादको झापड प्रशाद खाने अर्को बाजे, अनी म त संबिधानको पक्षमा थिएन भन्ने बाजे , ति तिनै जना बाजेहरुको गल्ती छ । अब नयाँ चुनावमा जाने यि ६०१ जना मध्ये १० जना पनि चुनावी मैदानमा आउन सक्ने छैन, आए पनि जित्ने छैन । त्यसैले नयाँ चुनावमा जानु नै उचित लाग्छ ।

    बिकासगर्ने भन्दा बिनास गर्ने बुद्धी धेरै छ । हारे पनि नकचरो भएर कुर्सीमा बस्न आउछ । जनताले भोट दिएपनी नदिए पनि त्यही फताहाहरु जित्ने सबै साधुराम सुकुम्बासी नेताहरु त हुन ।

    • तपाईले भनेको कुरा सबै सत्य भयपनी चुनाबमा गएभने ६०१ जनाबाट १० जना पनि चुनाबमा जान सक्दैनन् भन्नु अलि गलत हो जस्तो लाग्यो.
      यिनै नेपाली जनता भेडा भयर त् झलनाथ लाई बोकी – बोकी खोला तार्छन, अनि तेरो पार्टी र मेरो पार्टी भनेर आफुँ-आफुँ काटाकाट गर्छन. जनता भेडा भएकोले गर्दा हो यो सबै भएको. १ कप चिया को भरमा भोट पाईन्छ यो देशमा !!!!!! मनको लड्डु जनतालाई ख्याउन सिपालु सर्प नेताहरुले यी जनतालाई फेरी आफ्नो पोल्टामा पारि हाल्छन. हेर्दै जानुस, चुनाबको दिन पानि आउनेछ अनि जनताहरु काटाकाट गर्दै चुनाबमा भाग लिने पनि छन् अनि यिनै नेताहरुलाई जिताउने पनि छन्.
      शिक्षित जनताहरु भय पो चुनावलाई नै बाइकट गर्न सकिन्छ, कुखुराको भन्दा पनि सस्तो मूल्य भयका जनता छन् अनि त् किन्न र बेच्न सजिलो हुन्छ नि होईन र ? जति जनता अन्धा हुन्छन त्यति नै नेता चतुर हुन्छन !!!
      देश सधै डुबेको थियो, अहिले पनि डुबिनै रहेको छ अनि भोलि पनि डुबिरहने छ !!!
      दिपक अधिकारी
      जर्मनी

  50. अहिले संविधान नबन्नुमा प्रमुख दोष वा मुद्दा भनेको मधेश हो रहेको थियो र भोलि पनि यही नै रहनेछ । जातीय राज्यको कल्पना माओवादीले गरेको पक्कै हो । तर यो मुद्दालाई तोड्न नेपालको राजनीतिमा ‘मधेशी’ भित्र्याइयो । ४० बूँदेमा मधेश वा मधेशी भन्ने कुनै उल्लेख छैन । जनताले हराएका नेता भनाउँदा दलालहरूले भ्रम छरे कि माओवादी भनेको मधेशलाई टुक्र्याउन भारतले नै जन्माएको हो; सञ्चार अनि अन्य क्षेत्रका बडेबडे विद्वानहरूदेखि नवसंभ्रान्त सुकिलामुकिलाहरूसम्म यो कुरामा भ्रमित भए/गराए ।

    अहिले मधेशी उचालिनुमा ती दलालहरू जति दोषी छन्, माओवादी अगाडि आएर आफ्नो वर्चश्व गुम्ने डरले मधेशको त्रास देखाउने नेता अनि जानी नजानी माओवादीमाथि दोष थोपर्ने ती विद्वानहरू अनि सुकिलामुकिलाहरू झन बढी दोषी छन्, जसले मधेशी भनेको कुनै जाती नै नभएको जान्दाजान्दै पनि मधेशीलाई एउटा जातिको रूप दिए र मधेश अनि तराईमा बस्ने विभिन्न जातका लाखौं जनतालाई मधेशी जाति बनाए र त्यसलाई जानीनजानी अझ मलजल गरिरहेका छन् ।

    दिमागलाई एकछिन ‘फ्रिज’मा हालेर सोचौं, माओवादीले कल्पना गरेको जातीय राज्य जातिमात्र होइन, ऐतिहासिक, धार्मिक, सांस्कृतिक हिसाबले कुनै पनि कोणबाट नाजायज छैन । एकल जातीय अनि आत्मनिर्णयको त्रास देखाउन नपुगेर मधेशका नाउँमा राजनीति गर्नेले मधेश टुक्र्याउने डर देखाएर माओवादीका मुद्दालाई गलहत्याउने प्रयास भएको थियो, जसलाई माओवादीले मानेन र संविधान सभाको विघटन गर्नुपर्ने अति तीतो निर्णयमा पुग्यो ।

    समय अझैं बाँकी छ, जातीय राज्यले विखण्डन निम्त्याउने डरले थरथराएकाहरूले सोचून्, माओवादीको जातीय मुद्दा सयचोटी भंग होला, तर के मधेश अनि मधेशीको मुद्दा कहिल्यै सकिएला ? भारतको दानापानीमा हुर्किएका उनीहरूविरुद्ध बोल्ने हिम्मत छ ? भोलिको चुनावमा माओवादीको आकार खुम्चिएला, तर मधेशको खुम्चिएला ? हेरौं, भारतीय विज्ञापनमा चलेका सञ्चारमाध्यम, विद्वान अनि ती सुकिलामुकिालहरू कसरी मधेश अनि मधेशीविरुद्ध लाग्लान् । हेरौं भारतसँग रोटीबेटीभन्दा माथिको सम्बन्ध कायम गरेका मधेशवादी भनाउने पार्टीहरूका विरुद्ध कसरी बोल्छन् । त्यसबेला ‘दूधको दूध पानीको पानी’ हुनेछ ।

    • पुष्प ज्यु
      तपाई आफै आफुलाई मधेसी हो भन्ने, तराईलाई मधेश बनाउनु पर्छ भन्ने फेरी मधेसी भनेको भारतले पालेको भन्दै भारतको दाना पानीमा हुर्केको, भारत सिट रोटि र बेटीको सम्भंद भन्दा माथिको सम्भंद कायम गरेको मधेसी बिरुद्ध कसरि बोल्न सक्छन भनेर चुनौती दिने?

    • पुस्पा जी,
      तपाई कुन जात को हो भन्ने थाहा त छैन, तर जातीय राज्य को वकालत गर्नु भनेको तपाइको अदुरदर्सिता मात्रै हो/ बलियो स्थानीय निकाय नै नेपाल को लागि काफी छ/ संघियेता जरुरि नै छैन/

    • जनजाती लाई उचालेर सत्ता मा पुगियो, अझै पनि तिनै जनजातिको बुइ चढेर सत्ता कब्जा गर्ने माओबादीको चाल लाई अझै माथिको ओवानो देखाउने प्रयास मात्र हो ! अब हरेक जात वर्ग र छेत्रका मानिसले कसैको (बिशेस गरि माओबादीको ) गोटी बनेर बस्नेकी सबै संग मिलेर नया र समुन्नत नेपाल बनाउने ! नया तानाशाह बन्ने प्रचण्डको सपना पुरा हुने छैन !

  51. सविधानसभा को अवसान, मृत्यु -को-को दोषी…
    “मृत्यु छ भने जीवन छ, समस्या छ भने समाधान पनि छ, असम्भव केही छैन।”
    अब नया जनादेशमा गएपछि अरु को इशारामा चलेका राष्ट्रघातीहरु बढारिनु पर्छ!आफ्नो व्यक्तिगत महत्वाकांक्षाका लागि एकल जातीयपहिचान को रट लगाएर सविधान बन्न नदिने को हो चिन्नु पर्छ!
    विभिन्न व्यक्तित्वको बिचार सुन्दा:–को दोषी…??(पत्र -पत्रिकामा )
    मूल मुद्दाहरुलाई शुरुमै नटुंग्याई थाति राख्दै जादा दुर्घटना भएको हो!-‘बिपरित सिदान्त बोकेका सरोकारवालाहरुको बिचको टकराव बाट यसको अवसान भयो!विश्लेषक जुगल भुर्तेल भन्छन,’ एजेन्डा नै एजेन्डा को बोक्ने नसक्ने भारि बोकाएका कारण सविधानसभा त्यहि एजेन्डा मा थिचिएर मर्यो!’सविधानसभा यति धेरै उदासिन भैदियो कि बिदेशी प्रभावले थिचिदा पनि मुक्त गर्न सकेन!
    … गगन थापा भन्छन,-‘हामि सविधानसभाका सभासद अमेरिकाले दिएको कुर्सि,युरोपियनले दिएको माइक र भारतले दिएको गाडी चढेर सविधानसभा प्रवेस गर्ने अवस्थामा पुग्यौ!ज्ञाताहरु भन्छन,-‘हाम्रा आफ्नै दलहरु विभिन्न बाह्र्या ऐजेन्सी बाट प्रभावित भए,-‘मधेस र मावोबादी भित्र खेल्ने अनि कांग्रेस र ए.मा.ले लाइ कमजोर पार्ने काम भयो!’बि.जे पी अध्यक्ष राजनाथ सिंग भन्छन;-नेपालको राजनीति मा अनावस्यक चलखेल भयो!’
    अन्त्यमा:-अन्तिम समयमा कांग्रेस-ए.मा.ले ले ल्याएको मिश्रित नाम सहित १३ प्रदेशको प्रस्ताव जनजाति ककस ले सहमति जनाए पनि मधेसी मोर्चा तराइमा दुइ प्रदेश भन्दा बढी बनाउन तयार भएन ..!!मावोबादी के चाहन्छ त्यो त सबैले बुझेकै होला भन्ने आशा…!!लेनिनले गरेको अक्टुबर कार्न्ति द्वारा सत्ता कब्जाको सपना २१ औ सताब्दी मा आएर देख्नु हुदैन भन्ने शिक्षा पनि दिएको छ!

  52. मैले २०६७ शाल मा पहिलो छोटो म्याद थप्दा खेरि नै माई संसार मा लेखेको थिए यो संबिधान सभाले संबिधान बनाउन सक्दैन नया निर्बाचन एकमात्र विकल्प हो, तर बाबुराम ले जसरि घोसना गरे त्यो गलत छ, निर्बाचन को घोसना संसद बाट संबिधान को सम्सोदन गरेर गर्नु पर्दथियो, उनि चोरबाटो बाट गए, जनतामा जादा चोरबाटो को प्रयोग गरिदैन/ अहिले मुलुक मा संबिधान सभा निर्बाचन ऐन छैन, तेशाई गरि संबिधान को धारा ६३ (७) अनुसार २०६३ साल मंशिर मसान्त सम्म १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पौदचन , जुन अपतिजनक छ , तेश मा संसोधन जरुरि थियो तर अब बाटो बन्द भयो, तेश कारण अब बाबुराम ले राजिनामा गरेर रस्तिया सहमति को सरकार गठन गरेर , कानुनी अड्चन हरु हटाएर , संबिधान सभा को निर्बाचन गरिनु जरुरि छ, चुनाब सर्बोतम विकल्प हो /

    • राकेश जी, तपाहिको एकांकी सोच तपाहिलाई नै जिन्दाबाद!
      यो घोषणा गरियको संबिधान शभाको निर्वाचन तपाहिको अनुसार को संबिधान सभा र सांसद आदि कुराहरु बाट नभैकन यो त सर्बोच्चको आदेश लाइ सिरोधर गरि भयको हो! तपाही हरु जस्तै ले पहिले पनि चिच्यायाकै हो संबिधान सभाको म्याद थप्न खोज्दा सर्बोच्चको मानहानी भयो भनेर र अझै संबिधान सभा र प्रम लाइ सर्बोच्चको मान हानिको मुद्दा धरी ठोक्दै सर्बोच्चमा कारण सहित हाजिरी बोलायाकै हो त अब सर्बोच्चको आदेश अनुशार नै पुन ताजा जनादेशको लागि नया निर्वाचनमा जादा किन चोर बाटो भनेर उछित्टो काट्ने कोशिस गरि आफै मुर्ख बन्न खोज्नु हुन्छ!
      यो निर्वाचनको घोषणा न त आन्तरिम सम्बिधानानुसार भयको हो न गिरिजाको लहड जसरि र अनुशार भयको हो! यो त सर्बोच्चको आदेशानुसार भयको हो तेसैले लहड र गल्ति हो भने सर्बोच्चको हो र सर्बोच्चलाई भन्नुस बाबुराम लाइ होइन! बाबुरामले त अन्तिम समयसम्म आफ्नो सम्पूर्ण गच्छे लगायर संबिधान दिने कोशिस गर्दै मरिमेटी गरेकै हुन् जुन सर्बोच्चको पहिलो विकल्प आदेश थियो! तत् पश्चात केहि शिप नलागेर दोश्रो बिकल्प प्रयोग गरे! अब फेरी किन चिच्याहट?
      हामि मध्धेका थुप्रै उप बुज्रुकहरु जसले राम्रा नराम्रा जानेका नजानेका विभिन्न कारण ले जनताको जनप्रतिनिधि सस्था संबिधान सभा जसले प्रत्याभूत र अनुमोदन गरेको सम्भिधान को परिधिमा रहेर चल्नुपर्ने त्यो सर्बोच्च ले आफ्नो अधिकार क्षेत्र र वृत्त भन्दा बाहिर गयर संबिधान सभा भंग हुने आदेश दिदा माओबादीको सरकार र माओबादी को अत्याधिक सिट भयकै कारण तपाही हरुलाई उचित लाग्यो हैन?
      यो संबिधान सभा तुहुनु को सबैभन्दा ठुलो दोष सर्बोच्च को छ, सर्बोच्चको ति न्यायाधिश को छ जसले देशको विषम परिस्थिति र बिशिस्ठ अबस्था, आन्तरिम र संक्रमण कालिन अबस्था, जनताको चाहना हक अधिकार र देशको जर्जर आर्थिक अबस्थालाई अन्दाज नगरी आदेश दियको छ!
      जनताले जनप्रतिनिधिको सिमा तोक्ने हो आदेश दिने हो र जनप्रतिनिधिले वा जनप्रतिनिधिको सस्थाले (संबिधान सभाले) सर्बोच्चाको सिमा र अधिकार तोक्ने हो तर यहा सर्बोच्च त्यो घेरा नाघेर बाउ भन्दा जेठो बन्ने दुस्साहास गरेको छ तेसैले देशको हानि नोक्सानी र देश भित्र हुने र हुनसक्ने दुर्भाग्यपूर्ण कुराहरुको पहिलो जिम्मेवार सर्बोच्च र तेस्का तत्कालिन न्यायाधिस हुनु पर्ने छ भन्ने मेरो ठहर छ!
      सर्बोच्च पश्चात यो संबिधान सभा बिघटनको दोष सबैभन्दा बढी भाले न पोथी पार्टी एमाले र तेस्का नपुंसक नेता जसले संबिधान सभाको झन्डै अढाई बर्ष समय अनुत्पादक तरिकाले सत्यानाश गरि दियो त्यो हिजडाहरुले जिम्मेवारी लिनु पर्छ! संबिधान सभामा झन्डै झन्डै आधाआधी सिट जितेर बनेको सरकारको प्रम लाइ गैर संबैधानिक तरिकाले हटाउने दुस्प्रयाश गर्दै दुइ दुइ ठाउ बाट हारेर थन्किदापनी जसको निगाहमा सभाषद भयो उसैलाई टोक्ने बौलाहा कुकुरको नियत पालेको सभासद को कारण हो! संबिधान सभाको मन्त्रिपरिषदको झन्डै ढेड बर्ष यो नालायक ले र अनि झन्डै एक बर्ष यसको भाइ अर्को नालायक ले गरि भाले न पोथी पार्टीका यी दुइ नालायक हिजडा नपुंसकहरु आफुले खेदो खन्ने तेही प्रचण्डको असिम निगाह र देनाकै कारण राजालाई घुष ख्वाउन मोहोर चड़ाई खुट्टा ढोगी गर्दा पनि नपायको प्रम भै संबिधान सभाको झन्डै दुइ तिहाइ समय स्वाहा पारेको थियो! र यिनीहरुलाई तेहा पुर्याउने दोष चाहि प्रचण्डले बोक्नु पर्छ!
      आफु हिजडा हु नपुंसक छु भनेपछि बेश्यालय धाउनु नि गर्भिणी र सन्तानको रहर गरेको महिलाको समय श्रम किन सत्यानास गर्नु?

      यी पश्चात क्रमबद्दतासंगई कांग्रेस, मधेशी पार्टी, माओबादी, जातिबादिहरु, पार्टीको दाम्लो बाधेका नागरिक समाज, पार्टी, राजाबादी र इन्डियाको हण्डी खाना गलामा पट्टि बाधेका मेडिया, एन जी ओ हरु आदि छन् दोषी अनि अन्ततिर मात्र सरकार र बाबुराम भट्टराइ र अन्तमा गगने पर्छ भन्ने हाम्लाई लाइराछ!

  53. राज्य पुनसंरचनाको विवाद नेपालको भन्दा भारतको टाउको दुखाई धेरै पुरानो हो … जब राजा महेन्द्रले १४ अंचल र ७५ जिल्लाको बिभाजन गरे तत्कालिन पण्डित नेहरुले तिब्र बिरोध गरे तर चाइना कार्डले त्यो संबभ भएको देखिन्छ केहि पुराना किताबको अध्यन बाट, त्यसमाथि ५ विकास क्षेत्रको अबधारणा राजा बिरेन्द्रले ल्याए जसमा इन्दिरा गान्धीले असंतुस्ठी प्रकट गरेकी थिईन तर राजा बिरेन्द्रको राजनीतिक छबिले कमाल गर्यो … येत्ति हो बुज्नेलाई श्रीखण्ड ……………………………. ?

  54. साथी हरु बुझेर पनि नबुझे को जस्तो नगरौ येस्मा नेता मात्रै होइन हामी हरु पनि उत्तिकै दोसी छौ. सबै कुरा को चुरो एकल पहिचान मा आधारित संघियेता ले कुरा नमिलेको हो . माओबादी ले त जनतालाई झुटो बोले रनै फसाएको हो तेस्मा कुनै दुइ मत नहोला . तर हामी हरु…जस्तै परिवर्तन जी …कुरा बुज्दा बुज्दै पनि किन नचाहिदो संग बौलाएका नि . हाम्रा नराम्रा महत्तोकान्छा ले कुरा बिग्रेको हो. इमान्दार भएर सोच्नुस के हाम्रो जस्तो देसमा एकल जातिय आधारमा शघियेता सम्भब छ …किन नेवार को नेवा राज्य, किन तमुवान मात्रै, फेरी त्यो चेपांग को कुन राज्य त, ….बन्द का बेलामा जनजाती का साथी हरु ले लगाउनु भए को नारा हरु, बौलाएर थारु संग्रलेये मा आक्रमण गर्ने हरु , कोसैले राम्रो संग सोचेनन देस को बारेमा …यो सबै को भागीदार हामी सबै जनजाती, बाहुन छेत्री, र बिबेक हिन नेता ले लिनु पर्छ . हिजो सम्म मिलेर हिडेको बाहुन र जनजाती आज आफ्नो बिबेक हिन सोचले गर्दा कति टाढा भयेउ . भाई फुटे गुवर लुटे भनेको येही हो . आखिर भारत ले जे चाहेको पनि त येही हो नि .
    साथी अब हिजो जस्तै मिलेर सोचौ , अझै केहि बिग्रिएको छैन. जुन जाति भए पनि मर्दा सब्बै लाई एक आर्कोको साथ चाहिन्छ . अफ्तेरो पर्दा नजिकै को बाहुन छेत्री मगर, गुरुङ जो भए पनि उसैले आड दिन्छ कुनै अर्को राज्येको आफ्नो भनौदो जातले दिने होइन . हामी सबै को पहिचान भने को नेपाली हो , हिजो जसरि राज्येले एउटा मात्र जाति लाई प्राथमिकता मा पार्यो अब सबैको पहिचान हुने कुरा सोचौ , लडेर होइन मिलेर सोचौ …स्वर्ग येही छ.. होइन भने नर्क खोज्न कतै जानु पर्दैन ..

    • रामजी, हामि जनताले यति कुरो बुझेको भए आज यो दिन देख्नै पर्दैन थ्यो, तपाई को कमेन्ट मा पूर्ण सहमत छु….एउटा हरियो ठोकी दिए है त!

  55. मेरो विचारमा अब २ चरणको चुनाव गर्नु पर्ने देखिन्छ। पहिलो चरणमा जो शिर्ष २ स्थान मा हुन्छ ति दुई दल बिच दोस्रो निर्बाचन गराउने । यसो गर्दा शायद एक ले बहुमत पाउन सक्छ र ४ बर्षको लागि पुरा काम गर्न दिने। एक लाई पूर्ण बहुमत को सरकार चलाऊन दिने र अर्को प्रमुख बिपछी भएर काम गर्ने। कसैले पनि बहुमत ल्याउन नसक्ने अहिलेको अवस्था रहे सम्म यही नाटक दोहोरिरहने छ र नेपालीले अझै दु:ख खपिरहनु पर्ने हुन्छ। यो सबै हेर्दा हेर्दा म त पागाल हुन लागि सकें। लौन के गर्ने होला।

    • समानुपातिक चुनाब बाट बहुमत कुनै पार्टीको पुग्दैन ….पुगिहाल्यो भने पनि दुइ तिहाई नभई संबिधान बन्दैन …दुइ तिहाई पुगी हाल्यो भने पनि ११२ जति र १२ धर्म भएको देशमा सडक ले संबिधान बन्न दिदैन ….नेपाल जातीय दलदल मा फस्यों …दुखलाग्दो कुरो ….

  56. दोषी कांग्रेस र एमाले हुन् |किन कि उतिखेर बाबुराम सरकार बनाउने बेलामा
    यिनी तीन पार्टी मिलेर नगएर मधेसबादी दललाई सरकारमा पठाउनाले
    अहिले यी पार्टीको डरले गर्दा माओबादी यिनै मधेसी को इसारामा नाचेर
    बसे| उता डलरको खेति गर्ने जनजाती आदिबासी ले पनि बिघटनमा सहयोग
    गरेको छ | संघिय र जातीय राज्यको कुरो नाउदो हो त संबिधान हिजो नै
    जारी हुनेथियो | अब मधेसी र जन जातिले आफ्नो अडान नछाड्ने हो भने
    नया संबिधान कहिले पनि बन्दैन |

  57. माओबादिले आफ्नो राजनिती सुरक्षित गर्न पिछडियका जाति र मधेशमा गयकै हो तर अन्तिम अबस्थामा आउदा संबिधान बनाय जातिय युध्द हुने देखेपछी सबै पार्टीमिले रै हाललाई संबीधान जारी गर्दा भयङकर ठुलो छेतिहुने देखेकाले प्रमुखनेताहरुकै सल्लाहमा संबिधान सभा भंग गराईएको हुनु पर्छ । अब संबिधानका सबै काम सकिएको र जारि गर्नमात्र बाँकि हो र नयाँ म्याण्डेट लिएर जारि गर्नु नै सबै भन्दा राम्रो र हाम्रो पनि हुने देखिन्छ । निर्दोस जनताको जनधनको क्षति हुन बाट जोगाउन सकेकोमा मेरो तर्फबाट नेताहरुलाई सलाम ।

  58. भट्टराई को अभिव्यक्ति सुन्दा त उनि आफै संघियता देखि दरयेजस्तो छ नि??? मुलुकको जातीय युद्द रोक्न यो कदम लिएको भन भयो मलाई त.
    ल हेर्नुस त….
    —बहुदलवादी समाजमा जनताबाटै अनुमोदन गराएर आफ्ना विचार र आदर्शलाई कानून र कार्यक्रमका माध्यमबाट जनताको आकांक्षा पूरा गर्न अब कुनै पनि राजनैतिक शक्तिलाई बाटो खुला छ। आफ्ना माग र मुद्दालाई जनअनुमोदन गराई जनताकै बलमा सम्बोधन गर्ने/गराउने बाटो खुला भएकै अवस्थामा अब कसैले कुनै पनि बहानामा शान्तिसुव्यवस्था अमनचयन कायम गर्ने र जनताको निर्वाध आवागमन तथा पेशा, व्यवसाय गर्ने अधिकारमा जवरजस्ती हस्तक्षेप गर्ने वा अवरोध गर्ने छैनन् भन्ने अपेक्षा सरकारले गरेको छ।
    —सबै मित्र राष्ट्रले हामीप्रति सद्भाव राख्छन् तर उनीहरू आफ्नै मुलुकको स्वार्थबाट निर्देशित भएर नै हामी प्रतिको व्यवहार निर्धारण गर्छन् भन्ने कुरामा हामी स्पष्ट हुन जरुरी छ।
    — हामीले हाम्रा राष्ट्रिय स्वार्थको पहिचान गरी त्यसको रक्षा गर्ने विषयमा कम्तिमा प्रमुख राजनैतिक शक्तिहरू एकै ठाउँमा उभिदा मात्र हाम्रो राष्ट्रिय एकता वलियो हुन्छ र अखण्डता सुदृढ हुन्छ। आर्थिक संवृद्धि विनाको स्वतन्त्रता खोक्रो हुन्छ
    —तर म यति भन्न सक्छु “इतिहासले कुनै पाठ सिकाउँदैन, बरु इतिहासबाट नसिक्नेलाई निर्मम दण्ड दिएर जान्छ”।
    —जसरी एउटा बच्च जन्माउँदा आमालाई प्रसव पीडा हुन्छ, त्यसैगरी मुलुक अहिले युगान्तकारी परिवर्तनको प्रसव पीडामा छ। यो प्रसव पीडाबाट मुलुकलाई सही विन्दूमा अवतरण गराउन आवेग, क्षेत्रगत स्वार्थ, उत्तेजना वा प्रतिकृयाबाट होइन, सबै समुदाय, क्षेत्र, वर्ग, लिङ्गका नेपाली दाजुभाइ दिदीबहिनी र राजनैतिक दल एवम् नागरिक समाजबाट विवेक, संयमता, धैयता र त्यागको माग अहिलेको समयले गरेको छ

  59. I think this is the loss of all nepali people. We are responsible for everything our system are worst , we look other countrys support to build it and blames India, China, US etc. We never follow rules ourselves and points out other who breaks it.KHAS Blame Janjati and Janjati Blames KHAS for failure. KHAS never bend for fair plays, Janjatis never give the inch for their demand. We are the loosers and we continue to LOOSE in future also IF WE DO NOT CHANGE.

  60. प्रचण्ड , झलनाथ, सुशील , बिजय गच्छादार, उपेन्द्र यादव लगायतका नेताहरुको हटले गर्दा संबिधान नबनेको हो . यिनीहरुलाई देशकोमाया छैन . अनि किन संबिधान बनाउछन् .

  61. ‘माओवादीले मुलुकलाई जातीय संघीयतामा लगेर ध्वस्त पार्ने षडयन्त्रमा थियो
    ‘कांग्रेस, एमाले जातीय संघीयता स्विकार नगरेर मुलुकलाई ध्वस्त हुनबाट जोगाए।’
    संबिधान बनेको भय पनि सबै नेपली जनता लाइ चित बुज्ने खालको संबिधान आउदैनथ्यो

    • अनि कांग्रेस र एमाले ले भने जस्तो संघियता भएको भए जनजाती र मधेसी ले बाल्ने आगोको बारेमा चाही ख्याल छैन है कसैलाई…

  62. यो सबै उग्रबाद को उपज हो/ जस्तै: मधेसी हरुको उग्र मधेशबाद, जनजाति/ककस को उग्र जनजातिबाद, प्रचंड कित्ताका माओबादीहरुको उग्र सत्तालिप्साबाद, बैद्य खेमाको उग्र साम्यबाद, सुदुरपस्चिमेको उग्र सुदुरपस्चिमबाद, एमाले र कांग्रेस का बुढा नेताको उग्र एकात्मकबाद, सभामुखको उग्र भद्रबाद अनी नेता बाहेकका सभासदहरुको उग्र नेतापिछलग्गूबाद र साधारण जनताको उग्र सहनसिलताबाद नै यो नियति का जिम्मेवार भागीदार हुन जस्तो लाग्छ/

  63. कुनै पनि साना वा ठुला दलका नेताले चहएको भए चार वर्ष होइन एक वर्ष भित्रमा संबिधान बन्न सक्थ्यो/संबिधान बनाउन कुनै दल वा नेताले वा सभासदले बिरोध गरेको जस्तो लागेमा तेत्ति बेलामा सच्चा दिलले जनतालाई ततौनी काम र आफ्नो दल वा केहि सभासदहरु मिलेर संबिधान तयार गरेर आम जनतालाई तताएको भए संबिधान पनि बन्ने र भत्ता खाएको पनि सबैलाई खुसि लाग्थ्यो /

  64. माओबादी र आदिबसी जनजातीका ठेकेदारहरु नै प्रमुख दोषी हुन्

  65. दोश हरु :-
    (१) संबिधानसभाका सदस्यहरुलाई ब्यवस्थिपिकाको अधिकार दिइनु
    (२) चार दलका टाउके हरुलाई अशिमित अधिकार तथा छुट दीइनु
    (३) कसैले हड्ताल-बन्द गर्दा उल्टो सजाय नदिएर हरेक माग पुरा गरिनु
    (४) नपढेका ब्यक्तिहरुलाई संबिधान लेख्न जिताएर पठाउनु
    (५) नेपालीहरुले आफ्नो जाती तथा पहिचान पहिला नेपाली हो भन्ने बिर्शीइनु
    (६) जिम्मेवार नेता तथा मिडियाहरुले आगोमा घ्यु हालेर आफ्नो दुनो सोझ्याउनु
    (७) बिदेशी चलखेल लाई सामान्य लीइनु, आदी |

  66. देखि हाल्नु भो नी सबै भन्दा बढी भोट दिलाएर पठाएको बुद्दिजिबी डाक्टर बाबुराम को मुलुक लाई डुबाउने खेल/ यिनी भारतको चम्चा मुस्तांग गाडीको सस्तो लोकप्रियतामा नेपाली जनतालाई भुल्याएर सदा को लागि सत्ता कब्जा गर्न आएका हुन् भन्ने प्रमाणित भएन र?

  67. ए ने. क. पा. माओवादी हो यसको जिम्मेवार ! एकदम स्पष्ट छ , कसलाई अझै पनि संका छ भने , चम्चामा पानी राखेर त्यहि डुबे हुन्छ !

    • कोहि रुने , कोइ दुइ थरि जनता भिडाएर छोरोलाई सगरमाथा चढ्न पठाउने अनि कोहि डाक्टर बनेर जिउँदो संविधान सभाको चिरफार गर्ने ! सब नौटंकी को जमात ! साला भोट पनि कस्तो कुकुरहरुलाई दिन पुगेछु ! थुक्क !!!

      • दिमाग लगाउँ पासा , अझै पनि केहि बिग्रिएको छैन , चुनाब आउंदै छ .

  68. दोषी हामी र हाम्रो जेनेरेशन /अझैपनि नेताहरुको यो पाराले हामी पछिको जेनेरेशन पनि जन्मदै दोषी हुन कत्ति भर छैन? किन कि अझै पनि नूनपानि त यिनै नेताले खुवाएका नेताहरुनै छन् नि त?नूनको सोझो त गर्ने पर्यो नि कि कसो? चोर फताहहरु ……….

  69. नया निर्बाचन गरे पनि बाकी बचेको बिषयलाई संसद बाट रुपान्तरित गरेपनि देश को ढुकुटी रित्यौनालाई नै होनि ….अब मैले त हात उठाइदिए गाली गर्न पनि मन छैन………

  70. हा हा..यो समाचार पढ्दा सानो हुदाको १ वटा घटना याद आयो..
    ”मेरो छिमेकीको मा एउटा घोर्ले बोको थियो..छिमेकीको २ जना छोराले बोको बेच्दा बगाले पैसा पाउने आशमा बोकालाई टन्न खुवाएर मोटो बनाएका थिए..एक दिन बोको किन्न ग्राहक आए..बोकोको मूल्य नहुदै ति २ भाइ हरु बगाले पैसा उसलाई हैन मलाई दिनु पर्छ, मैले दुख गरेर मिठो मिठो घास खुवाएको भन्दै झगडा गर्न थाले..तर पछी मूल्य नमिलेर ग्राहकले बोको किनेनन..त्यसको केहि दिन पछी बोको लाइ पखाला लागेर ठहरै भो..बिचरा २ भाइ हरु हिस्स..”
    नेपालको संबिधान सभा पनि त्यहि बोको भयो..आदिबासी जनजाति बगाले पैसा पाउने लोभ मा मारामार गर्दै थिए..संबिधान सभा नै सकिएपछि अब के गरुन त..दुलो भित्र पस्ने अब…ज्ञानेन्द्र आउछ अनि अहिले सम्मको उपलव्दी पनि खुस्किन्दा थाहा पाउँछन ||

  71. सबिधान,संबिधान सभाले बनाउने होइन रहेछ ६०१ जना मात्र रबर स्टाम्प रहेछ भन्ने सिद्ध भयो ….अब जसरी पनि यिनै धुर्त ब्वासाहरुलाई नै भोट हालेर जिताउनु पर्ने निरिह जनतको विवशता छ ….त्यसैले अब को निर्बाचनमा केहि भए पनि खोक्रो रास्ट्रको ढिकुटी बचाउन प्रत्येक जिल्ला १,१ जना गरी ७५ जनालाई मात्र निर्बाचित गर्ने व्यवस्था गर्नु पर्छ….अब यो भएन त्यो भएन भनेर एक अर्का लाई दोष दिनु भनेको ‘नाच्न नजान्ने आगन टेढो’ भन्नु हो

  72. संघियता को नारा माओबादीको थियो ४६ सालको आन्दोलन र ४७साल्को संभिधान ले नेपालीजनताको लागि ठिक छैन भनि ६३साल्को आन्दोलन माओबादीको नेतत्रित्य्वो मा भएको थियो र उस्ले चाहेजस्तो संभिधान बनाउन खोजेको थियो एदी माओबादीको संभिधान बन्यो भने कांगेस र एमालेको राजनीति धरापमा पर्ने स्थिति थियो यो कुरा कांग्रस र एमालेलाई राम्रो थाहा छ येसैले अना आबस्येक हलो अड्काएर सम्भिधान बिघटन भएको हो जस्तो मलाइ लाग्छ |

    • भेडाहरु अझै पार्टीको खाल्डोमै खस्दैछन्!!
      कसैलाई धरापमा पार्ने, सखाप पार्ने भन्दा मानविय संविधान (जन्मदेखिको मानविय विधान र नैतिकता) को वारेमा विचार गर्ने र सबै युवा यि पार्टीको पछीलगुवा काम छोडेर केही सिर्जनशील काममा लागे यी सबै पार्टीका सबै स्वार्थी नेताहरु आफै समाप्त हुन्थे की?

  73. प्रधानमन्त्री बाबुराम भट्टराईले कसलाई दोष दिए ?

    सम्माननीय राष्ट्रपतिज्यू,
    सम्माननीय उपराष्ट्रपतिज्यू,
    सम्माननीय प्रधानन्यायधीशज्यू,
    संविधानसभाका सम्माननीय अध्यक्षज्यू,
    सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू!

    जनताले सदियौंदेखि सामन्ती राज्यसंस्थाका बिरुद्ध चलाएका तमाम सशस्त्र बिद्रोह, संघर्ष र आन्दोलनहरू तथा पछिल्लो चरणमा भएका जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल आज स्थापनाको पाँचौ बर्षमा प्रवेश गरेको छ। यस घडीमा सामन्ती राज्यसत्तालाई ढालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आफ्नो जीवनको आहुति दिने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। साथै, सबै खालका सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनका क्रमममा अंगभंग हुन पुगेका र घाइते तमाम क्रान्तियोद्धाको हार्दिक र उच्च प्रशंशा गर्दै वहाँहरूको स्वास्थ्य लाभको कामना गर्दछु। यस अवसरमा जनताले व्यक्त गरेका भावना र आकांक्षालाई मूर्तरुप दिन आफू जीवनपर्यन्त लागिरहने प्रण पनि गर्दछु।
    आजभन्दा ठीक चार बर्ष पहिले २४० बर्ष लामो सामन्ती राजतन्त्र उन्मूलन गर्दै निर्वाचित संविधानसभाको पहिलो बैठकले गणतन्त्र नेपालको घोषणा गरेको म यहाँ स्मरण गर्न चाहन्छु। यो दिन २ हजार वर्षभन्दा अघिदेखि शासन गर्दै आएको सामन्ती राज्यसत्ताको निरन्तरताको प्रतिक राजसंस्थालाई उन्मुलन गरेर जनतालाई शासन गर्ने जन्मजात अधिकार पाउने व्यवस्थाको अन्त गर्दै आधुनिक लोकतान्त्रिक राज्यव्यवस्थाको सुत्रपात भएको युगान्तकारी दिन हो। नेपाल राष्ट्र निर्माणको ऐतिहासिक अभिलेख करीब छब्बीससय बर्ष जति हुन जान्छ जुनबेला शाक्य वंशहरू कपिलवस्तुका राजा थिए। त्यो अवधीदेखि हालसम्मकै राजनैतिक उपलब्धीलाई मूल्याङ्कन गर्दा सामन्ती राजतन्त्रको उन्मूलन गरि गणतन्त्र स्थापना भएको दिन नेपालको इतिहासको सबैभन्दा महत्वपपूर्ण ऐतिहासिक दिन हो। गणतन्त्र प्राप्तिको यो ऐतिहासिक उपलब्धी संंविधान निर्माणमा देखिएको गतिरोधले केही मत्थर देखिएतापनि यो गौरवपूर्ण उपलब्धीलाई संपूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूले महान उपलब्धीको रुपमा गर्वका साथ स्मरण गर्न आह्वान गर्दै यस अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु।
    चार बर्ष पहिले नेपाली जनताले विश्वको इतिहासकै सबैभन्दा बढी समावेशी ठानिएको संविधानसभामार्फत २ बर्षको कार्यकालमा पछाडि परेका वर्ग, क्षेत्र, लिंग, समुदायका अधिकारलाई स्थापित गर्दै नयाँ संविधान जारी गर्ने अभिभारा राजनीतिक दलहरुलाई दिएका थिए। अन्तरिम संविधान बनाउँदा सहमतिका आधारमा मात्र संविधान लेखन र शान्ति प्रकृया टुङ्ग्याउने काम गर्न सकिन्छ भन्ने दूरदृष्टि त्यतिबेला राजनीतिक दलहरुले राखेकै हुन्। २०६५ सालको शुरुवातसँगै संविधानसभाको चुनावबाट एनेकपा (माओवादी) संविधानसभाको सबैभन्दा ठूलो दल हुन पुग्यो। यो परिणाम जस्कालागि अनपेक्षित थियो र जो परिवर्तनको राप र चापबाट त्रसित थिए उनीहरु अन्तरिम संविधानको सहमतीय प्रणालीलाई नै प्रहार गर्न उद्दत रहे। सहमतीय प्रणालीको अन्तरिम संविधान २०६३ मा संशोधन नगरी सरकार नै गठन हुन नसक्दा संविधानसभाका शुरुका अत्यन्त महत्वपूर्ण साढे चार महिना त्यसै खेरगए। तत्पश्चात के भयो हाम्रो सामु छलङ्ग छ। राजनीतिक सहमतिका ठाउँमा गतिरोध, विश्वासका ठाउँमा अविश्वास तथा सरकार बनाउने र गिराउने खेलले गर्दा राजनीतिक सहमति जुट्न सकेन। सरकार निर्माणमा बहुमतीय प्रणालीमा जान बाध्य पारियो जस्को फलस्वरुप विगत ४ वर्षमा ५ वटा सरकार हामीले बेहोर्नु पर्‍यो। यो अस्थिरताको कारणले संविधान निर्माणमा ढिलाई मात्र भएन, सरकार पविर्तनका खेलले निरन्तर अस्थिरता निम्त्याइरह्यो र दलहरूबीचको न्यूनतम समझदारी र सम्बन्ध पनि टुटाइदियो। फलस्वरुप संविधान निर्माणको काम अनपेक्षित रुपमा लम्बियो। जनताको आदेश स्पष्ट सहमतिमा संविधान निर्माण गर्ने थियो तर हामी भने सरकार निर्माण र विघटनमा यति धेरै विभाजित भयौ कि हामीले २ वर्षमा सक्नुपर्ने काम चारचार वर्षमा पनि पूर्णता दिन सकेनौं। यिनै तथ्यलाई हृदयङ्गम गरी हामीले यो सरकारलाई सहमतीय बनाउने प्रयत्नको थालनी गरेका हौं र २०६५ जेष्ठ पछि पहिलो पटक स्पष्ट दुई तिहाई बहुमत भएका ठूला सबैजसो राजनैतिक दलहरू सम्लग्न सहमतीय सराकार निर्माण गर्न सफल भयौं। तर यसबेला धेरै ढीलो भैसकेको थियो।
    संविधान निर्माण नहुँदा संविधानसभाको चार पटक थपिएको म्याद सकियो। यो नेपालको इतिहासकै एक अत्यन्त दुखद् राजनीतिक घटना हो। यस घडिसम्म आइपुग्दा कसले केकस्ता भूमिका निर्वाह गरे त्यो इतिहासले मूल्यांकन गर्नेछ। तर यसको मुख्य कारण अग्रगामी र यथास्थितिवादी सोचवीचकै अन्तरविरोध थियो। जनताको अदालतको कठघरामा हामी सवै उभिनु पर्नेछ र जनताले त्यसको फैसला गर्नेछन्। तर म यति भन्न सक्छु “इतिहासले कुनै पाठ सिकाउँदैन, बरु इतिहासबाट नसिक्नेलाई निर्मम दण्ड दिएर जान्छ”।
    संक्रमणकालीन अवस्थामा राज्यका सबै अङ्गहरू जिम्मेवार र संयमित हुन आवश्यक हुन्छ। संवैधानिक रिक्तताको स्थिति पैदा भएमा त्यसबाट उत्पन्न हुने अन्यौल, अस्थिरता वा अनिश्चितताले मुलुकको संक्रमणकाललाई निकास दिने बाटोमा अवरोध पैदा गर्दछ। मुलुकका कुनैपनि अङ्गहरू निरपेक्षतामा काम गर्छन् वा गर्नुपर्छ भन्ने आग्रह वस्तुवादी हुनैसक्दैन। आफ्नो कामले मुलुकको समग्र स्थायीत्वमा पर्न सक्ने दूरगामी प्रभावबारे हामी सचेत र जिम्मेवार हुनैपर्छ। राज्यको पुनःसंरचनासँगै राज्यका सबै अङ्गहरूलाई कसरी जनता र मुलुकप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने तर्फ पनि हाम्रो ध्यान जान जरुरी भएको छ।
    शान्ति प्रकृया टुङ्गोमा पुर्‍याई संविधान लेखन कार्य सम्पन्न भएपछि हाम्रो ध्यान आर्थिक समुन्नति तर्फ जानु पर्छ भन्ने दृढ विश्वास र त्यही बमोजिमका तयारीहरू मेरो नेतृत्वको सरकारले गर्दै आएको छ। आर्थिक, सामाजिक संवृद्धि र विकास विनाको राजनैतिक अधिकार खोक्रो हुन्छ। राजनैतिक अधिकारले आर्थिक समुन्नतिको ढोका खोलेन भने हामीले चाहेको दीगो शान्ति सम्भव हुने छैन। त्यसैले शान्ति र संवृद्धि एक अर्काका पूरक हुन्।
    शोषण, उत्पीडन र वर्गीय विभेदबाट तल्लो वर्गको जनताको जीवनस्तर माथि उठाउँन सक्दा मात्र दीगो शान्ति तथा सामाजिक सद्भाव कायम हुनसक्छ। आर्थिक विकासबाट हुने र नहुने बीचको खाडल फराकिलो बन्दै गयो भने समाजका अरु मतभेदहरू पनि बाहिर आउँछन् र द्वन्द्वको चपेटामा हामी पर्छौ। त्यसैले अवको हाम्रो आर्थिक ध्येय तीव्र र उच्च आर्थिक वृद्धि तथा त्यसबाट प्राप्त लाभको न्यायोचित वितरण नै हुनु पर्दछ।
    आर्थिक संवृद्धिको उद्देश्य हासिल गर्न आवश्यक पूर्वाधार तयार गर्न यो सरकारले केही उल्लेख्य काम गरेको छ। गत माघ महिनामा आर्थिक संवृद्धि र सुशासन कार्ययोजना सार्वजनिक गरियो। लगानी वोर्डको गठन गरी उच्च आर्थिक वृद्धिका लागि सहज वातावरण बनाउने काम अगाडि बढिरहेको छ। राष्ट्रिय गौरवका आयोजना घोषणा गरी रकम र जनशक्तिको अभाव हुन नदिने प्रतिवद्धता सरकारले व्यक्त गरेको छ। दलित, महिला र अपाङ्गहरूका मुद्दालाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीकै संयोजनकत्वमा संयन्त्र बनाई काम अगाडि बढाइएको छ। सरकारी सेवालाई पारदर्शी र उत्तरदायी बनाउन स्थलगत अनुगमन, हेलो सरकार कक्षमा २४ सै घण्टा गुनासो सुनुवाईको व्यवस्था, जनतासँग प्रधानमन्त्री कार्यक्रम, मन्त्रालयका कामको सूचक बनाई वस्तुपरक मूल्याङ्कन गर्ने व्यवस्था, आर्थिक अनियमितताका दर्जनौं उजुरी उपर छानविनको व्यवस्था, अत्यावश्यक वस्तु आपूर्ति संयन्त्र निर्माणजस्ता काम अगाडि बढाई सरकारका क्रियाकलापलाई जनउत्तरदायी र पारदर्शी बनाउने प्रयत्न भएका छन्। काठमाडौं उपत्यकाका सडक विस्तार कार्य अगाडि बढाइएको छ। उच्चस्तरीय काठमाडौं उपत्यका विकास प्राधिकरणको स्थापना गरी व्यवस्थित शहरीकरणको लागि प्रयास थालिएको छ।
    राष्ट्रराज्य निर्माणका क्रममा संसारका धेरै मुलुकले ठूला ठूला ऐतिहासिक मोड र चुनौति पार गरेका छन्। हाम्रा लागि यो नयाँ चुनौति पनि हो। विगतलाई गाली गरेर वा कसैलाई आलोचना गरेर अब मुलुकले निकास पाउँदैन। जनता संविधान निर्माण पछिको सम्ुान्नत एकीकृत स्वाभिमानयुक्त सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृृढ भएको नेपाल देख्न चाहन्छन्। अबको हाम्रो चुनौति भनेकै संक्रमणकाललाई छिटो भन्दा छिटो टुङग्याएर जनताका आधारभूत अवश्यकता र समस्याको सम्बोधन गर्दै युवाहरुलाई सुनिश्चित भविष्यप्रति आश्वस्त तुल्याउनु र उनीहरुलाई राष्ट्र निर्माणमा सहभागी गराउनु हो। मुलुकको सुन्दर भविष्यको खाका बनाउने र त्यसलाई आम जनताको सहभागितामा कार्यान्वयन गर्ने जिम्मा आज पर्यन्त राजनैतिक दलहरूकै थियो र भोली पनि राजनीतिक दलहरुकै हुनेछ। हिजोको राजनीतिक दलहरुबीचको असमझदारीले ल्याएको परिणाम सम्हाल्ने जिम्मेवारी पनि फेरि राजनीतिक दलहरुकै हो। आगामी दिनमा शान्तिसुव्यवस्था र सामाजिक सद्भाव कायम राख्न तथा राष्ट्रिय एकता र अखण्डतालाई अझ सुदृढ बनाउन आ–आफ्नो ठाउँबाट सबै नेपालीलाई योगदान दिन आह्वान गर्दछु।
    आजको दिन ल्याउनका लागि अर्थात संविधानसभाबाट संविधान जारी गर्ने र शान्ति प्रकृया टुङ्ग्याउने काममा विगत नौ महिनाको कार्यकालमा मेरो नेतृत्वको सरकारले कुनै कसर बाँकी राखेन। सरकार र खासगरी एनेकपा माओवादीको अधिकतम् लचकता र त्यागले नै शान्ति प्रकृयालाई तत्काल टुङ्ग्याउन सम्भव भएको हो।
    कालखण्डमा म देशको कार्यकारी प्रमुखका हैसियतले शान्तिप्रकृया टुङ्ग्याउन हदैसम्मको लचकता अपनाई त्यागका लागि तयार हँुदा नै सम्भव भएको व्यहोरा मैले निवेदन गर्न चाहान्छ। त्यसबेला शान्ति प्रकृयालाई लचकतापूर्वक टुङ्ग्याउनुहोस्, २४ घण्टाभित्र संविधानमा सहमति जुटाउँछौं भन्ने अभिव्यक्तिहरू सार्वजनिक भएकै हुन्। संविधानका एक सय भन्दा बढी विवादित विषयहरूमा सहमति जुटाउन पनि हामीले सबैभन्दा बढी जिम्मेवारी लियौं र लचकता देखायौं। तर तोकिएको समयभित्रै संविधान जारी गर्ने अन्तिम घडीमा संविधान जारी गर्ने सहमति हुन नसक्दा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु र त्यसका सदस्यका हैसियतले म आफैपनि जिम्मेवारीबाट पूर्ण मुक्त भने छैन। संविधान जारी गर्ने काम संविधानसभाको हो। सरकारको काम सहयोगी, सहजकर्ता र समन्वयकर्ताको रुपमा रहन्छ। त्यो भूमिका निर्वाह गर्न कार्यकारी प्रमुखका हैसियतले मैले इमान्दारीपूर्वक प्रयत्न गरेकै हुँ। यसको पनि उचित मूल्याङ्कन गर्ने जिम्मा आम जनतालाई दिन्छु। तथापि, संविधानसभाको एक जिम्मेवार सदस्य , संविधानसभाको प्रतिनिधित्व गर्ने एक राजनीतिक दलको जिम्मेवार नेता तथा यस कालखण्डको मुलुकको कार्यकारी प्रमुखको हैसियतले तोकिएको अवधीमा संविधान जारी गराउन नसक्दा मैले लिनुपर्ने जिम्मेवारीको हिस्साको उत्तरदायित्व महशुस गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति क्षमा याचना गर्दछु। साथै आगामी मंसीर ७ गतेका लागि तय गरिएको नयाँ संविधानसभा निर्वाचनलाई सफल पार्न सवै सँग आग्रह गर्दछु।
    बहुदलवादी समाजमा जनताबाटै अनुमोदन गराएर आफ्ना विचार र आदर्शलाई कानून र कार्यक्रमका माध्यमबाट जनताको आकांक्षा पूरा गर्न अब कुनै पनि राजनैतिक शक्तिलाई बाटो खुला छ। आफ्ना माग र मुद्दालाई जनअनुमोदन गराई जनताकै बलमा सम्बोधन गर्ने/गराउने बाटो खुला भएकै अवस्थामा अब कसैले कुनै पनि बहानामा शान्तिसुव्यवस्था अमनचयन कायम गर्ने र जनताको निर्वाध आवागमन तथा पेशा, व्यवसाय गर्ने अधिकारमा जवरजस्ती हस्तक्षेप गर्ने वा अवरोध गर्ने छैनन् भन्ने अपेक्षा सरकारले गरेको छ।
    सबै मित्र राष्ट्रले हामीप्रति सद्भाव राख्छन् तर उनीहरू आफ्नै मुलुकको स्वार्थबाट निर्देशित भएर नै हामी प्रतिको व्यवहार निर्धारण गर्छन् भन्ने कुरामा हामी स्पष्ट हुन जरुरी छ। हाम्रो पनि आफ्नो स्वार्थको पहिचान र त्यसको प्रतिरक्षाको आधारमा द्विपक्षीय र बहुपक्षीय सम्वन्ध विस्तारबाट हाम्रो हामी राष्ट्रिय हीत प्रवर्द्धन हुन्छ। हामीले हाम्रा राष्ट्रिय स्वार्थको पहिचान गरी त्यसको रक्षा गर्ने विषयमा कम्तिमा प्रमुख राजनैतिक शक्तिहरू एकै ठाउँमा उभिदा मात्र हाम्रो राष्ट्रिय एकता वलियो हुन्छ र अखण्डता सुदृढ हुन्छ। आर्थिक संवृद्धि विनाको स्वतन्त्रता खोक्रो हुन्छ, त्यसैले परनिर्भरतालाई अन्तरनिर्भरतामा बदल्ने सोंच र योजनका साथ हाम्रा मित्र राष्ट्रहरूसँगका साझा स्वार्थहरूको सामुहिक प्रतिरक्षा गर्न सक्दा मात्रै हाम्रो स्वाभिमान र स्वतन्त्रताको रक्षा हुनसक्छ। राष्ट्रियता र सार्वभौम स्वतन्त्रताजस्ता कुरा आरोप प्रत्यारोपका विषय हुन सक्दैनन्। त्यसैले राष्ट्रिय स्वार्थको रक्षा गर्न, राष्ट्रिय एकतालाई सुदृढ बनाउन र अखण्डताको संरक्षण गर्न हामी हामीबीच न्यूनतम समझदारी र दीर्घकालीन दृष्टिकोण एवम् मित्रराष्ट्रहरूसँगको समझदारीपूर्ण सहमति आवश्यक छ भन्ने मेरो दृढ विश्वास रहिआएको छ। म यस विषयमा न्यूनतम राजनैतिक समझदारी निर्माण गरी अगाडि बढ्नको लागि सबै राजनैतिक शक्ति र नागरिक समाजलाई आव्हान गर्दछु।
    हाम्रो मुलुक हामी आफै बनाउने हो, कोही आएर बनाएर दिदैन। संसारमा कुनै पनि एउटा यस्तो मुलुक छैन जो त्यहाँको कम्तिमा एउटा पुस्ताको असाध्यै कठीन संघर्ष, त्याग र योगदान विना संवृद्ध बनेको होस। इतिहासले त्यो संघर्ष, त्याग र उत्सर्ग गर्ने अभिभारा अहिले हाम्रो पुस्तालाई सुम्पेको छ।
    जसरी एउटा बच्च जन्माउँदा आमालाई प्रसव पीडा हुन्छ, त्यसैगरी मुलुक अहिले युगान्तकारी परिवर्तनको प्रसव पीडामा छ। यो प्रसव पीडाबाट मुलुकलाई सही विन्दूमा अवतरण गराउन आवेग, क्षेत्रगत स्वार्थ, उत्तेजना वा प्रतिकृयाबाट होइन, सबै समुदाय, क्षेत्र, वर्ग, लिङ्गका नेपाली दाजुभाइ दिदीबहिनी र राजनैतिक दल एवम् नागरिक समाजबाट विवेक, संयमता, धैयता र त्यागको माग अहिलेको समयले गरेको छ।
    अन्तमा, तपाई हाम्रो जीवन सुखमय, उपलब्धीपूर्ण, आउँदो पुस्ताले गर्व गर्न लायक र सम्झनायोग्य बनाउन सामुहिक अठोट गरौं। मुलुकमा शान्ति सुरक्षा बनाइराख्न र सामाजिक सद्भाव एवं राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइबाट सहयोगको आह्वान गर्दछु।

    धन्यवाद!

  74. आदरणीय महान नेपाली नेताहरु धन्यछ तपाईहरुको लिला ! आज सवै फेसवुक चलाउन जान्ने नेपाली जनताले विभिन्न किसिमका व्यग्य गरे पछि मलाई पनि दुई शव्द लेख्ने मन लाग्यो । सानो ६ वर्षको वालक देखी ९० वर्षका वृद्ध सम्मले यत्रो चार चार वर्ष सम्म ६०१ जना लागेर एउटा सविधान लेख्न नसक्ने भनेर प्रश्न गरि रहेका छन । तपाईहरु यो मुलुकलाई चुनावमा धकेल्दै हुनु हुन्छ । नेपाली दाजु भाई दिदी वहिनीहरु तपाईका छरछिमेकीहरु कति जनताले विदेशमा रगत र पसिना वगाई रहेका छन । उनीहरुको ज्यान कुन समयमा वाकसमा एयरपोर्टमा आउने हो टुगो छैन । तपाईहरु हिजो त्यो १५, २० हजार जना नेपाली आमाका सन्ततीहरुको रगतमा होली खेलेर रमाउदै हुनु हुन्छ । तपाईहरु कति पटक सम्म चुनाव गराउनु हुन्छ । त्यो भन्दा छोटो वाटो जानुहोस । तपाईहरुको सघीयता २० वर्ष सम्म खल्तीमा राख्नुहोस । कम्तीमा २० वर्ष पछि सघियतामा जाने भन्नुहोस । २० वर्ष राष्ट्रको लागी ठूलो समय होइन । नेपाली जनताले आर्थिक विकास खोजेका हुन । तपाईहरुलाई आजीवन भत्ता खुवाउन सघीयता खोजेका होइनन । तपाईहरुले आजीवन नेता वनेर भत्ता खाने र आफ्ना सन्ततीको भत्ता पनि सुरक्षित गर्न खोज्नु भएको केही नेपालीहरुलाई थाहा पनि छ । यो ६०१ जनाको सविधान सभा विताउनुहोस । नेपालको अन्तरिम सविधान २०६३ मा केही सशोधन गर्नुहोस । १५० जनातको ससद वनाउनुहोस । ५० प्रतिशत समानुपातिकबाट जाने वनाउनुहोस । राष्ट्रपति प्रत्यक्ष निर्वाचित र ससदमा रहेको सदस्य मन्त्रि परिषदमा नरहने र वढीमा २ पटक सम्म मात्र एउटा व्यक्ति राष्ट्रपति हुन पाउने वनाउनुहोस । २० वर्षको लागि सघियता नवने सम्म सानो सविधान वनाउनुहोस सवै नेपाली जनताले वुझ्ने । तपाईहरुको व्यक्तिगत हठ त्याग्नु होस । आज विश्वमा धेरै मुलुकहरु यस्तै खिचातानिले लामो समय द्वन्द्वमा पसेका छन । ती मुलुकका निमुखा जनताहरु नयाँ नयाँ प्रविधि र सुविधाहरु होइन । विहान वेलुका छाक टार्न नसकेर मृत्युवरण गर्न वाध्यछन । ससद सानो भयो भने मन्त्रिमण्डल सानो हुन्छ । मन्त्रि मण्डल सानो भयो भने कर्मचारीतन्त्र पनि सानो हुन्छ जसले प्रभावकारी ढगले कार्य गर्दछ । देशको आर्थिक विकास छिटो छरितो हुन्छ । सघीयतामा तत्काल जाने हो भने सरकारको स्वरुप नै ठूलो हुन्छ । म व्यक्तिगत रुपमा सघियता र गणतन्त्र विरोधी होइन । जसरी नेपालमा लागु गर्न खोजियो त्यस सघियताले जनताले चाहे जस्तो र आवश्यक भए जस्तो आर्थिक विकास गर्न सक्दैन भन्ने मात्र मेरो ठम्य्याई हो । मैले नेपाली नागरिक भएको कारणले नेपालको आर्थिक विकासको लागि केही सुझाव दिने कर्तव्य र अधिकार पनि सम्झे यसमा मेरो व्यक्तिगत मोलाहिजा लोभलालज केही छैन । हुन त हाम्रो अर्कोले दिएको सुझाव सुन्ने वानी छैन । कसैले न सुने पनि मैले सेयर गर्ने दायित्व ठाने आज सविधान सभाको अपरिपक्व अवस्थामै हत्या गरिएको दुखको घडीमा यो सानो सुझाव राखिएको छ । यसमा भएका केही १ वा २ वटा शव्दहरुमात्र नेपालको केही निर्णायकमा रहनेहरुलाई काम लाग्ने रहेछ भने मेरो फेसवुकमा रहनु भएका भित्रहरुलाई पुर्याइ दिन पनि अनुरोध गर्दछु ।

  75. को दोषी संविधान सभा विघटन हुनुमा >>> दोषी नेता हरु सबै हुन् र पनि मन बुझौनी बाटो चै बल्ल लाको ६ मलाई त किन कि छिन्न भिन्न र विखण्डित हालत मा जन्म भुमि लै टुक्रा टुक्रा पर्न लाको साएद भगवान लै पाच्य भएन होला र त यो भयो होला जस्तो लाग्छ अब को निर्बाचन मा बिखण्डनकारी हरु पत्ता साफ हुनिछान जनता को को देश भक्ति र शक्ति मतदान बाट देखिनेछ र बिखन्डन कारी मायोबादी जसरि १२ बर्ष मा खोलो ले पनि बाटो फेर्छ भन्छन तेशारी नै पत्ता साफ भएर जानेछ जुन बेला युद्द को त्राश ले मायोबादी मा मेरो घर बाट पनि ५ भोट गाको थीओ त्यो भोट त रस्त्रबदी सिंगो नेपाल को पक्ष मा जानी भयो तेशारी नै हजुर हरु को घर घर बाट पनि तेही हुन्छ होला साएद जनता को शक्ति अब जिल्ल हुन्छ पुष्प कमल दाहाल उर्फा प्रचण्ड ,,,,,,,,,,, .

  76. नेता हरुको स्वार्थ ले गर्दा हो देश भन्दा पार्टी तथा जातजाति लाइ प्राथमिकतामा राखेका हुनाले संविधान नबनेको

  77. खास मा माओबादी लाइ कुनै हालत मा संबिधान बनाउन थिएन . प्रचण्ड ले पहिले देखि नै आन्तरिक कार्यक्रम मा बन्दै आयको सुनियाको हो . शक्तिखोर को भिडियो मा उनि जे बोलेका हुन् , तेसैको स्वरूप हरु क्रमश देखिदै गएका हुन् . लडाकु हरु ले आफैलाई खतरा नदेखेको भए कुनै हालत मा उनले सेना समायोजन मा हतारो गर्ने थियनन. बहुपहिचान को कुरा नमान्नु पर्ने के थियो ? यो त बखेडा मात्र हो . प्रचण्ड सहमति बाट भाग्दै छन् भन्ने थाहा पाउदा पाउदै बेलैमा बुद्दी नापुराउनु अरु पार्टी को दोष हो . मधेसी मोर्चा लाइ मदेश मा एउटा वा दुइटा मात्र राज्य हुनुपर्ने अनि पहाड मा चै दर्जन किन चाहियको हो . यो भारत मा तराइ लाइ गाभ्ने नियत भन्दा अरु केहि थियन .

    अर्को महत्व पूर्ण कुरा एकजना साथि ले फेसबुक मा उल्लेख गरेको कुरा उल्लेखनीय लग्यो . बिभिन्न रुप र रङ भयका नेता हरुले कहिले रिसोर्ट का अधेरा कोठाहरुमा कहिले सिङद्र्बार का खोपिहरुमा र कहिले कहाँ लुकी लुकी गरेको नजायज कार्य, अप्राकृतिक समन्ध ले जन्मन लागेको Anthropomorphism (मान्छे र जनाबर दुबै, बिशेष त मान्छे र सिंह जस्तो आकार र बिशेषता हुने) सम्बिधान बरु नआएकै बेश पनि भन्दा रहेछन, कोही त । यो जन्तु मानबता को बिरुद्ध जस्तोसुकै हर्कत गर्न सक्थ्यो रे । युगान्डा र एथियोपिया मा जन्मेको जन्तु यही त हो रे नि ।
    यसरी हेर्दा जातीय फुट आउने सम्भिधान नआएको बेस भन्ने हरु पनि छन् . यो आफ्नो ठाउमा बहस होला . तर मनैले संबिधान आउन नदिने र कि चुनाब बाट सत्ता कब्जा गर्ने नियत प्रचण्ड को थियो र छ . मूल दोषी उनी हुन् .

  78. यो लेख मा सबै भन्दा राम्रो लागेको हरफ:
    गणेशमान सिंहको भाषामा “भेडा जनताले अझै पनि तिनै नेतालाई चुन्ने नै छन्। “

  79. यो संबिधान जारी भए पनि यसले जातीय युद्ध चर्काउने खतरा थियो.आएन, ठिकै भयो.अब कुरा रह्यो आगामी बाटोको.रास्त्रपतिले साशन आफ्नो हात मा लिएर आर्मी परिचालन गरि हाल्न पर्छ अब नत्र भए फेरी अनेक समुह ले सडक तताएर एक अर्कालाई मार्न थाल्नेछन अब.यो सबै माओवादीले १७ वर्ष अगाडी रोपेको रूख ठुलो भएर आएको हो जसमा फल को सट्टा विष-फुल लागेका छन्.

  80. को दोषी?
    मधेशबादीहरु मावोबादी बनेर सिंगो तराईलाई मात्र मधेसीको यक मधेस बनाउन सजिलो पार्न नै पहाड हिमालमा हरायक जातिको राज्य बनाउने मागहरु अघि सारेको हो/ तर पहिला मति बिग्रेको कांग्रेस यमालेको घैटोमा ढिलै भय पनि घाम लागेकोले ११ बहुजातीय प्रदेस बनाउने कुरामा मावोबादी बनेका मधेशबादीहरु बाध्य भयको थियो/ तर देखिने गरि यस दि मेहताको र नदेखिने गरि जेठको पहिलो साता देखि यभ्रेस्ट होटेलमा आफ्ना मातहतको हुल मूल सहित डेरा जमायर बसेको भारतीय गुप्तचर विभाग “र” प्रमुख संजिव त्रिपाठीको झापड खाय पछी आफ्नै दलको भात्री संगठनहरुको नाटकीय बन्द हड्ताललाई आधार बनायर ११ बहुजातीय प्रदेस बनाउने सहमति तोड्यो/ संबिधान बन्न नसक्नुमा यो यक नम्बरको कारण हो/

    दोश्रो कारण संबिधान बने पछी सट्टा कांग्रेसलाई दिनु पर्ने र चुनाव कांग्रेसकै नेत्रित्वोमा गर्नु पर्ने भयकोले ग्रिह मन्त्रालय पायको मावोबादी र मावोबादी बनेको मधेशबादिको मावोबादीले कांग्रेसको नेत्रित्वोमा चुनाव भयमा झिनु मत समेत पाउन सक्ने नदेखेर सट्टा आफ्नै हातमा राखेर आफ्नै सरकारले चुनाव गराउन यो सहमति तोडेको हो/ यो कुरालाई यसरि पनि प्रमाणित गर्न सकिन्छ:

    मानि लिउं सडक हिँसा र भारतको दवावको आडमा ईनिहरुले अहिले सिंगो तराईलाई मधेसीले मागेकै जस्तो राज्य बनाउने सहमति गरे रे/ तर अब बनिने संबिधान त् लोकतान्त्रिक संबिधान नै त् हो/ लोकतान्त्रिक संबिधानमा जनताको प्रतिनिधिहरुको २/३ बहुमत बात कुनै पनि प्राबधान बदलिन सक्छ/

    यदि कांग्रेसको सरकारले चुनाव गरायो भने ईनिहरुले झिनो मत पनि पाउला नपाउला/ अनि अहिले बनायको संबिधान त् तेतिबेला संसोधित हुन्छ नै/ यो खतरा उनुहरुले मोल्न चाहेंन/ बरु संबिधान सभा भंग गर्ने तर अर्को चुनाव आफ्नै सरकारले गरायर जसरि भय (!!!???) २/३ बहुमत ल्याउने अनि आफुले चाहेकै जस्तो संबिधान बनाउने षड्यन्त्र अन्तर्गतनै ११ बहुजातीय प्रदेस बनाउने सहमति तोडेको हो/

  81. प्रमुख दल हरुको निरंकुसता, केहि सिमित टाउके नेता हरुको हाली मुहाली , ब्यतिगत स्वार्थ, विदेश भ्रमण, विलासिता अनि बाकि सभासद को रासलिला मै बित्यो यो ४ वर्ष ! देशमा के के नै होला भन्ने कत्रो आशा थियो, फेरी पनि लोप्पा खाइयो | सम्झिदा पनि त्यसै काहाली लागेर आउछ | खै यी नेता हरु लाई केहि दोष दिने हो कि यस्ता नालायक को पछी लागेर चुनाव मा हाइ हाइ गर्दै हिड्ने मजस्तै हामीहरु लाई !

  82. छिमेकि राष्ट्र भारतको कारणले पनि हो/ सधै अन्तिममा आएर आखाको इसारामा समस्याको हल गरिदिने भारत हिजो तेसो गरेन किन कि उसलाई १ मधेस १ प्रदेश मा १ ढिक्का बनाएर चुना गराउनु छ र भोलिको दिनमा उक्त प्रदेशमा आफ्नो बर्चस्य कायम गरि इच्छा ¨पूर्ति गर्नु छ / अब झन् बलियो भएर आउछ मोर्चा/
    नाकम नेता हरु/रास्ट्र भक्ति नभएका नेता /सत्ता भक्ति र छिमेकि भाक्ति भएका नेता
    ???????????
    K NATH
    बेल्जियम

  83. संबिधान सभा क सभासद हरुले बोल्न डराए, संसद भित्र बहस भएन, अहिले अन्तिम घडी मा मात्र केद्रित नभई सोच्दा, संसद हरुले सभा भित्र नाराबाजी गरेको पनि देखिएकै हो.

    अलि धेरै नै नालायक सभासदहरु चुनिए, उनीहरुलाई नै संबिधान सभा किन भन्ने थाहा भएन, अलि बुझ्ने मान्छे लै चुन्ने गर्न पर्यो जनता ले,

    क्रान्तिकारी र राजनीतिज्ञ मा छुट्टा छुट्टै गुण र सीप को जरुरत पर्छा, तेसैले अब को चुनाब मा जनता ले आफ्नो सोच भा को , सभा मा पनि केहि योगदान गर्न सक्ने लै चुन्न पर्यो,

    मेरो छेत्र को संसद ले चै के बोले छ , उसको मत के रैछा.. त्यो विचार गर्न पर्यो, संबिधान सभा मा बाद विवाद होस्, सबै ले आफ्ना मत राखून, तेस्पछी सहमति नहुदा नागरिक समाज मा पनि त्यो कुरा को बहस सुनियोस, लेख हरु लेखियुं, अनि लागोस ६-७ महिना, त्यो समय मा एउटा सबैको मत बुझेर संबैधानिक खाका तयार परियोस, संबिधान सभा लै भेडा वाला बनाउने कि मत मतान्तर तथा बादबिबाद बनाउने भन्ने जिम्मा जनता को हो, जनता लै एउटा पार्टी को भक्त बन्नु केहि जरुरि छैन, खस मा फाइदा नि छैन,

  84. hami नेपाली जनता हरु दोषी अब, यस्ता पाखण्डी हरुलाई नेताहरुलाई भोट दिनु भन्दा हत्कतेरा फ्याके भयो,

  85. संबिधान सभा बिघटन हुनु मा एमाले काँग्रेस धेरै दोसी छन् …किन कि संघियेता बिना को संबिधान पकै पनि राम्रो हुने छैन जुन ए पार्टीले चाहेनन्………………………….

  86. हामी जनता को कारणले गर्दा नै येस्तो भए को हो….नेता हरु ले त धन्न एती बाए पनि गरे देश को लागि हामी जनता ले केहि गर्न्न सकेनौ …..आफ्नो संबिधान पनि बनाउन सकेनौ…धिक्कार छ हामी लाइ …

  87. यसको पछाडी दल र तिनका नेताहरुको सरासर १००% दोष छ, र तेश्मापनि माओबादीको ९९% दोष छ | माओबादीले नेपालमा के गर्न खोजेको, माओबादी कुन बिदेशी शक्तिले संचालन गरेको पार्टी हो ? एसको छिनो-फानो नगरी अब नेपाली जनता बस्नु हुदैन | यो रक्त पिपासुहरुको पार्टी हो, यो देश द्रोहीहरुको पार्टी हो, यो नेपाल आमालाई बेच्न खोज्ने कपुत हरुको पार्टी हो, यो सत्य सबै नेपाली नागरिकले हेक्का राखून आजको दिनमा | चरम पाखण्डी र धुर्तहरुले भरिएयको यो पार्टीले हाम्रो पयारो देश नेपाललाइ धुजा-धुजा, तहसनहस, छिया-छिया पारेर दुश्मनको पोल्टोमा सुम्पिन खोज्दै छ, खबरदार नेपालली जनताहरु |

  88. Wow, what a beautiful writing, I love, love this “suchane” name for Subas Chandra Nemwang. Among the list of responsible factor you forgot to name Mr. Nilambar Acharya. He is as much responsible as Mr. Nemwang, actually both of them were playing the role of jagirdars – their interest lies in extending their jobs, virtually risking nothing and drawing salaries. I remember an instance when Mr. Suchane requested MPs to not to leave Kathmandu Valley while the very next day he headed for Canada – what a fucking joke? At least for four occassions this blob resorted to same joke related to him attending an anti-corruption seminar in Prag – what will happen if corrupt people were to turn naked – unfortunately, by repetiting the same joke again and again in a number of anti-corruption seminars, Mr Suchane has turned himself naked!

  89. संविधान सभा विघटन हुनुमा जन्ताकोंई दोस छ/ साले चोर ,अनपढ नेताहरु भोटे दिने / अलि विचार पुराएर त् दिनु पर्छ / कमुनिस्त्को जमाना गैसक्यो/ असिछ्याको कमाल हो

  90. भ्रम….. माओबादीलाइ र मदेशी मोर्चालाइ अलि अलि जनजाती सडकमा के आएको थिए सारा नेपालीहरुले उनीहरुलाई समर्थन गर्छन जस्तो सोचे. साथै भारतले यिनैलाइ प्रयोग गरेर नेपालमा नेपालमा राजनीतिक सुन्यता ल्याउनु थियो.

  91. भेडा जनताले अझै पनि तिनै नेतालाई चुन्ने नै छन्। नेताको भनाई पत्याएर, उसैको लहैलहैमा लागेर एक अर्कालाई दोषारोपण गर्छौँ हामी।

    बास्तवमा येही नै सहि हो .

  92. हामी जनता कसरी दोषी ?? हामीले त गएको चुनाब मा कति जना निकम्मा नेता हरु लाई हराएको नै हो नि ! तर फेरी समानुपातिक बाट छिराई हाले .. 🙁

Comments are closed.