अव्यवस्थित पत्रकार सम्मेलनमा ज्ञानेन्द्रको व्यवस्थित वक्तव्य


जीवनमा पहिलो पटक सञ्चारकर्मीहरुको सामना गर्न लागेका ज्ञानेन्द्रले मंगलबार कहिले सोचेका पनि थिएनन् होला कि उनी यति धेरै स्वदेशी तथा विदेशी सञ्चारकर्मीहरुबाट आफ्नै भूतपूर्व निवासमा यसरी घेरिनेछन् भनी। सँधै आफूले बोल्दा ‘सियो खसे आवाज हुने (पिन ड्रप साइलेन्स) वातावरण देखेभोगेका ज्ञानेन्द्रलाई पत्रकारहरुको ‘असहिष्णु’ भीडले एकछिन त वाल्ल बनाएको देखिन्थ्यो। चीरपरिचित मुस्कानका साथ कास्की बैठकमा पूर्वपट्टीको भित्री द्वारबाट आएका ज्ञानेन्द्रले हात जोड्दै अविचलित भई आफूलाई बस्नका लागि राखिएको कुर्सीतर्फ अगाडि बढेका थिए। उनी त्यहाँ के पुगे, सयौँ क्यामेराका फ्ल्यास बल्न थाल्यो- प्ल्याक प्ल्याक। छेकियो, छेकियो भन्दै सञ्चारकर्मीहरु असहिष्णु भई आफ्नै साथीहरुलाई गाली गर्न थाले। जसका कारण उनी केही समय अकमक्क परेका थिए र उनले केही बेरसम्म बोल्न समेत सकेका थिएनन्। दरबारका सहयोगीहरुले आफू निकटका केही पत्रकारहरुलाई मात्र बोलाएर पत्रकार सम्मेलन गर्न चाहेको भए पनि उर्लिएको भीडले कुनै नेतासरह नै उनको पत्रकार सम्मेलनलाई घेरे। पत्रकार सम्मेलन अव्यवस्थित भए पनि उनको लिखित वक्तव्य भने एकदमै व्यवस्थित र ‘दरबारबाहिर’ का सहयोगीले लेखेको जस्तो देखिन्थ्यो। वक्तव्यमा जुन मार्मिकपन र जुन नागरिक भाषाको प्रयोग गरिएको छ, त्यो दरबारका चाकरी भाषामा अभ्यस्त सहयोगीहरुको वशको कुरा थिएन।

आइतबार हुने दोस्रो परीक्षाका लागि चाहिँदो तयारी गर्न नसकेको भन्दै पछुतो मान्दै आजदेखि त राम्रोसँग पढ्नुपर्छ भन्दै बसिरहेको थिएँ। ज्ञानेन्द्रको पत्रकार सम्मेलन अपराह्न ५ बजे हुने रे भन्ने खबर सुनिसकेको थिएँ तर जान त्यति जाँगर चलेको थिएन। साथी कृष्णले जाउँ न त ऐतिहासिक घटनाको लाइभ कभरेज पनि गरौँला भनेर हौस्याएपछि जान तयार भएँ। दरबारका कर्मचारीसित कुरा गर्दा पनि आए हुन्छ भनी भनेका कारण जान तम्सियौँ। पौने पाँच बजेतिर आउन भनिएको थियो। साढे चार बजेतिर नै पुगेँ। सोचेको थिएँ, दरबारको दक्षिण गेटबाट जानुपर्ने होला। तर हैन रहेछ, दरबारमार्गको मुख्य द्वार (पश्चिम गेट) बाट जानु पर्ने रहेछ।

त्यहाँ पुग्दा त भीड यति थियो कि मानौँ कुनै नाम चलेका गायकको कन्सर्ट हेर्न आएकाहरु हुन्। लक्ष्मण खड्कादेखि लिएर कान्तिपुर सम्पादक नारायण वाग्ले, जनआस्था सम्पादक किशोर श्रेष्ठहरुसम्म त्यही गेटमा ढुकेर बसेका थिए, कहिले भित्र जान पाउँला भन्दै। अरु सर्वसाधारणहरुको त कुरै नगरौँ। कयौँ किलोको भारी काँधमा राखेका विदेशी टेलिभिजनका क्यामेराम्यानहरु, फोटोग्राफरहरु भित्र प्रवेश गर्न नदिइएकोमा होहल्ला गर्दै थिए। केही त खम्बामा समेत चढे। उनीहरुलाई झार्न प्रहरीलाई कम्ता गार्‍हो भएको थिएन।

पूर्व राजा ज्ञानेन्द्रको नारायणहिटीबाट अन्तिम र जीवनको पहिलो पत्रकार सम्मेलन भएका कारण पनि पत्रकारहरुको चासो बढेको थियो। भीड यति बढ्यो कि दरबारका कर्मचारीहरुले थाम्नै सकेनन्। अनि त पत्रकारहरु मात्र हैन, मनोक्रान्तिवालाहरु, बच्चा बोकेका महिलाहरु समेतले भित्र प्रवेश पाए। त्यसो त पत्रकार परिचय पत्र देखाएर मात्र भित्र पसाउने भनिएको थियो, तर खै कसरी हो, गैर पत्रकारहरु पनि प्रशस्तै छिरेका थिए त्यहाँ।

उल्टो दृश्यः सँधै दरबारको गेटबाहिर यस्तो भीड हुन्थ्यो। तर यो चाहिँ दरबारको मूल गेटभित्रको दृश्य हो। अर्थात् एउटा गेट पार गरिसकेपछि अर्को गेट पार गर्न लाइन बस्दैछन् यिनीहरु।


दंग परे होलान् यी सुरक्षाकर्मीहरु पनि यो बेमौसमको भीड देखेर। नत्र दसैँ र जन्मोत्सवका बेला मात्र यस्तो भीड लाग्ने गर्थ्यो। तर उनीहरु निकै सतर्क मुद्रामा थिए। थोपा विचलित थिएन उनीहरुको ध्यान।


दरबारभित्रको यो अर्को गेटमा पनि सुरक्षाकर्मी र दरबारका कर्मचारीहरु बसेका थिए, परिचय पत्र हेर्दै भित्र पसाउँदै थिए।


लौ हेर्नुस् कति लामो थियो लाइन।


साथी धर्मराज भुसाल (अनलाइन खबर डट कमका सम्पादक) पनि परीक्षाको तयारी छाडेर पत्रकार सम्मेलनमा सहभागी हुन आएका थिए।


कृष्ण र म पनि लाइनमा थियौँ। संभव भएसम्म पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गर्ने सोच थियो हाम्रो। तर प्राविधिक रुपले संभव होला कि नहोला भनेर ब्लगमा घोषणा भने गरिहालेका थिएनौँ।


जनपद प्रहरी पनि सुरक्षाका लागि खटिएका थिए।


भित्रको द्वारमा रहेको ऐनामा आफूलाई हेर्दै।


दोस्रो द्वार प्रवेश गरिसकेपछि भने नारायणहिटीको मुख्य भवनसम्म जान कसैको रोकटोक थिएन। कार्यक्रम सुरु हुन लागेकोले कुदेर गयौँ हामीभित्र।

भित्र के के देखिए, कस्तो थियो पत्रकार सम्मेलन त्यसबारे थप भिडियो र फोटोहरु अब एकछिन सुतेर उठेपछि बल्ल राख्‍नेछु। किनभने बिहानको सवा ५ हुन लागिसकेको छ। आखिर सुत्‍नु पनि त पर्‍यो नि !


50 Comments

  1. ए बाबु तिमीलाई धन्यवादछ । सबैलाई नयाँ समाचार पुर्ययेकाछौ । तर तिम्रो एउटा बानि चाँही मलाई पनि मन परेन त्यो के भने तिमीले तिमीलाई मन नपर्ने comment तुरुन्तै हटौदोरहछौ। please बाबु तिमी एदी राम्रो बन्न चाहन्छौ भने तेसो नगर ।मा अहिले यो comment लण्डन बाट लेखिरछु । अर्को कुरा तिमी जतिबेला पनि मेरो exam छ म busy छु मेरो exaM छ भनेर भनिरहन्छौ त्यो राम्रो हइन । या तिमी पढाई पुर गर अनी भन यो दिन दिन देखी न्युज up to डेट गर्छु भन्नु। हैन भने हामीले लेखेका लेख हतौदै रिश उथुने गरौछौ त्यो राम्रो हैन। ओके धेरै नलेखौ। हेरौ यो पनि कती बेला सम्मा रक्छौ अनी आर्को comment गरौला ।
    उही तिमो पनि उमेर म दाई पर्ने
    बन्दुक शर्मा UK लण्डन}

  2. उमेश जि तपाईंलाई ढेरै धन्यवादछ ।
    माइ संसारको अझै प्रगटी भाईरहोस् .

  3. ढिलो भएपनी ज्ञानबहादुरको गिदिमा राम्रो कुरा पलएछ।

    जनाअन्दोलण टाकाणै बुड्ढी आउनु पर्ठ्यो ।

  4. hi hi ex-king yours steps.political parties should learn from this n if u contd this u may return back.
    jay nepal

  5. The emperor of emperor is Girija now (with the support of Indian embassy).

    Even Girija’s goons and his party lost the election, still he is staying int PM post without people verdict. He should be shame about his power lust.

  6. umesh ji aba kasko khoiro khane ho? raja jastata darbar chhadera gaya tra timro bahun neta kahile imandar hune hun aba kasko biro gar chhau bichara mero sansar kasri chalne ho thanks umesji

  7. JUN JOGI AAYA PANI KAN NAI CHIREKO BHANEE JASTO NAI HOLA NEPALI KO FUTURE PANI SABAI JANA CHAIR KA BHOKA HUN !!!! HERAUU 5 YEARS MA PRACHANDA LE SINGAPORE BANAUCHU BHANEKO CHA K HUNE HOO ??? PRACHAND SAGA JADUU KO CHADHII CHA KI ??? WAIT GARAUU 5 YEARS

  8. CONGRATUALTION FOR ALL NEPALI PEOPLE AT LEAST GYANENDRA IS GOOD KINGS ,JANATA KO BOLII KO KADAR TA GARYOO GANEE LE

  9. नेपालमा पत्रकार्लाई किना कुट्छ भनेको त ब्याबहर त यस्तो रहेछ अणि कुटाई नाखाईके के खानु !!कुरा गर्यो भने हमी यस्तो उस्तो पत्रकार भनेर ठुलाठुला कुरा गर्छ ब्याबहर त बदरको जातो रहेछ कुटो कुटो लगने हात मात्र चिलायो मेरो पनी!!

  10. I am fully agree with Dinesh brother. I am also thinking that after five years all of Nepelese will defenitely ask him to be king again and protect Nation just wait these days will come soon. All those corropt leaders will make Nepal like empty house where ghost lives……..hahaha NETA MURDABAD……..
    KING GYANENDRA BIR BIKRAM SHAH DEV LONG LIVE!!!
    GIRIJA PRASAD KOIRALA MURDABAD…..!!! NEXT WILL BE YOU GIRIJA TO LEAVE THE HOUSE!!! PRACHAND HATIYAR HO.
    YEMALE DALALI HO HAI SAATHI HO!!!BYE JAI NEPAL

  11. थुक्का तो आइमाई, चोरी हैन तो मूर्ति ,अनि कस्तो हो पत्रकार हरु ,कुर्सी भाच्नी,अनी सोफा सोफा म चढनी ,छ्या मलाई ता घिन लगो यार,अनुसासन न भयाका हरु, अनी ज्ञानेदँ सहा ले भन्दै छ एई कुक्कुर पत्रकार हरु हल्ला खोर गरेर बोलनी ऊछार दियानान . कसेकम ऊसको कुरा सुन्नू अनी बल्ला क भांचा अनी प्रतिकार गर्नी. तो ता कहा हो कहा,हल्ला हल्ला .

  12. हेर ज्ञान अब नेपाली जनता लाई न्याउरी मारी पछुतो हुने छ, र अब त समय पनी धिलो भैसक्यो/ ल ल अब को ५ बर्ष पछि तिमीलाई फेरी सिहासन मा बोलाउछ, तर कहीले नफर्कनु किन भने नेपाली जनता भेडा हुन र पछि पनी फेरी अहिलेको नै हालत गर्छ /
    तपाई नेपाली नेता जस्तो चाहीं कहिले नहुनु,

    श्री पशुपति नाथ ले तिमि र सबै नेपाली को कल्याण गरून

  13. 4/5 Rupaiyan jane patrika bechne khate patrakarharuko aacharan dekhda ma ta chhakka pare. aakhir sabailai kursikai maya rahechha sabaile kursi khali hune bittikai ko basne bhani dauda daud gare. durbar ma manpari garera anandit bhaye. he murkha patrakarharu janatale timiharubata ke sikne ? tyo durbar ra tyahaka saman aba rajako nabhai janatako hoina ra kina manpari gareko ? yehi ho buddhi ?

  14. भिन्दै सन्दर्भमा अगाडिको च्याप्तर , शिर्षक ” असभ्य पत्रकार र मुर्तीचोर महिला” तर त्यहाँ कमेन्ट पेज बन्द्द भएकोले यहाँ राखेको छु । प्रसङ्ग ब्लकको शिर्षक हेर्दानै केही कुरा लेख्न मन लाग्यो / हामी नेपालीहरुमा अनुशासन भन्ने फिट्टी छैन । जब सम्म हामीहरुमा अनुशासनको सुधार हुँदैन तब सम्म देशमा अनेकौ तन्त्र आए पनि केही हुनेवाला छैन ।
    हाम्रो देश मा हुलद्ङ्गा ,पीटपात्,चोरचार गर्नुत साधरण हो भन्नु पर्छ । दशबर्ष जनयुद्द पश्च्यात झन धम्काउने,तर्साउने,अपहरन गर्ने,लुतपात्, चन्दा असुली, गब्जा गर्ने लगाएत मान्छेले मान्छेलाइ मार्नेत झनै यो नेपालको फेसन जस्तै भैइ सक्यो , हामी सम्पूर्ण नेपाली इमन्दारी, अनुशासित भएको भए यि कुराहरु हुन सक्थ्योर ?
    त्यो निर्मम बिरेन्द्रको बङ्शनास्,छोरा पारशको अनुशासनहिन चरित्र आदी ले गर्दा नै अहिले ज्ञानेन्द्र शाहालाई दरबार छोड्नु पर्ने थप बल पुराएको हो ,लाटो सिधोले पनि सजिलै बुझेको छ अहिले पत्रकार सम्मेलनमा दरबार हत्याकाण्ड बाट आफु सुद्ध हुन खोजेको देखियो । पुर्खाहरुको सत्त्य बचन ” पाप धुरी बाट कुर्लन्छ” रगतले एकदिन अबस्य पोल्छ’यो कुरामा म एकदम बिश्वास गर्छु ।
    प्रसङ्ग ब्लकको शिर्षककै कुरा पूर्व राजाको पत्रकार सम्मेलनमा दरबार भित्र पत्रकार बाहेक अरु सर्बसाधारण पनि हुलद्ङ्गा गरेर छिरेका रहेछन । तर त्यो च्याप्तर मैले यो कमेन्ट लेख्द्दा सम्मलाई अपुरोनै थियो । सबै भन्द्दा मलाई शिर्षक देख्दानै केही लेख्न मन लाग्यो एउटा पत्रकार जस्तो सम्बेदनशिल क्षत्र बिश्वभर समाचार पुराउन त्यहाँ पुगेका पत्रकार हरुको असभ्य ब्यभार र कोही पत्रकार गर्न नगएको भएर मुर्ती चोर्न छिरेका त्यस्मा पनि अझै महिला , उनि पनि पत्रकार परे या साधरण चोर मात्रै यो उमेशजिको अपुरो समाचारले थाहा हुन सकेन ।
    जब सम्म हामी सम्पूर्ण नेपालीहरुमा अनुशासनको पाठ पूर्ण रुपले पालना हुन सक्दैन तब सम्म देश नयाँ नेपाल्,सुइजेद्ल्यान्ड सोच्नु हामी मुर्ख हौ ,त्यो हाम्रो सपना मात्र हो ।
    कमल पुन – म्याग्दी

  15. यहाँ बाट मेरो आकाश सकियो,अब तिम्रो सुरु हुन्छ ,
    यहाँ बाट मेरो यात्रा सकियो,अब तिम्रो सुरु हुन्छ ,

    बाटो कठिन् छ् तिमी चिप्लन सक्छौ
    बाटो खतरनाक छ्
    तिमी हराउन पनि सक्छौ |
    अब तिमीमा द्रिढ आस्था चाहिन्छ
    द्रिढ विश्वाश चाहिन्छ |
    एउता कहिलेइ
    न् थाक्ने अठोट् चाहिछ |
    अब ,
    आरोप हरु सँग बाँच्न सिक
    घ्रिणा हरुलाई पिउनसिक
    पुरखा हरु तिमीलाई मदद गर्न आउन्नन
    पुर्खा को नाम लिएर बाँच्न सिक
    पुर्खा को प्रेरणा मा चल्न सिक !!!!

  16. नारायणहिटिभित्र यो मुर्ती चोर्न लागेकी महिला भनेको को हो ? थाहा पाउन मन लाग्यो ।

  17. ब्याग्र प्रतिक्षा मा छु।
    यथासिघ्र अपडेट गर्नु होला।

  18. I expect from ex king. You should leave from Nagarjun durbar as soon as possible and try to make Big house Near Sher Bahadur Deuba Durbar ( Budhanil Kantha)and Sujata Koirala residence.

    Hire Private security guard from private company as you like , 2000, 3000, personal.

    Open big , big industry like fertilizer company, invest in Hydro power company.

    Open Non governmental organizatio and try to go rural area of nepal and help rural poor people toward economic development.

    Try to send your son(Paras) to USA, UK for further studies.
    Your son needs education.

    Do not try to come on politics. Politics is dirty game in Nepal. ( Satta ko LUchachodi).

    If you do right thing to alleviate poverty from nepal by using your money and talent. Do not kill animal, bird in temple. love to bird, animal because they are god itself. you can not find god killing innocent animal( buffalo, chicken in temple).

    then people will love to you and remember forever.

    Good luck for being a ordinary citizen like me.

  19. Gyanendra,

    Really, you are a true leader.

    You did what people ask you to do, after all You are a king.

    Political parties are just Indian-Fed Goons.

    Three Cheers for Ex-King of Nepal.

  20. रंगी बिरंगी ढाका टोपी दोब्रिएको गाला
    चश्मा भित्र गेडो माथि निस्किएर जाला
    रुंचे होठ्मा जोश छ जागर चम्किएको छाला
    १०औ औला झ्याप जोड़ी केहो यस्तो चाला

    राजाको नारायणहिटी बिदाईको दिन भनी साँचेर राखेको मेरो शुभकामना /
    गोलेदाई,लुना, युवा,झाकाश ब्रो, मदन,प्रबाशी, अनुजबाबु,राजन, सागरिका,प्रीति र उत्तमबाबु गणतंत्र ७५% नेपालको ७५% शुभकामना / धन्यबाद तपाईको संसार !

  21. गणतन्र्त नेपालमा एऊटा नागरिकको भुिमका निर्वाह गर्न आफुलगाएतसम्पुर्ण परिवार लिएर आऊनु हुने ग्यानेन्र्द शाह तथासम्पुर्णपरिवार लाइ म एऊटा नागरिक
    को हैसियतले ऊहा को नेपालको नागरिक को पहिलो बिहानी मा हार्दिक स्वागत गर्दछु ।

  22. गणतन्र्त नेपालमा एऊटा नागरिकको भुिमका निर्वाह गर्न आफुलगाएतसम्पुर्ण परिवार लिएर आऊनु हुने ग्यानेन्र्द शाह तथासम्पुर्णपरिवार लाइ म एऊटा नागरिक
    को हैसियतले ऊहा को नेपालको नागरिक को पहिलो बिहानी मा हार्दिक स्वागत गर्दछु ।

  23. गणतन्र्त नेपालमा एऊटा नागरिकको भुिमका निर्वाह गर्न आफुलगाएतसम्पुर्ण परिवार लिएर आऊनु हुने ग्यानेन्र्द शाह तथासम्पुर्णपरिवार लाइ म एऊटा नागरिक
    को हैसियतले ऊहा को नेपालको नागरिक को पहिलो बिहानी मा हार्दिक स्वागत गर्दछु ।

  24. rajako patrakar sammelanema patrakarharuko asali badarko jasto rup chahi khub ramailo saga heriyo hami pathakharule.

  25. Excerpts from the article in BBC by Charles Haviland

    “I seriously thought my rib-cage was about to be crushed as I waited outside the palace gates to get into the former king’s news conference.”

    “But the sheer level of curiosity, the pushing and shoving from the hundreds of reporters and others behind them trying to force their way in, was extraordinary”

    “Inside there was mayhem as people fought for the slightest glimpse of the small table at which Gyanendra would be speaking. Most were left with no view at all or clambered over the sofas and seats decking the lobby”

    “Once he started speaking, the sound system failed – a comical reminder of Maoist leader Prachanda’s first press conference two years ago, when the lights went out. Gyanendra’s words were barely audible to most, then there were violent sounds of electronic feedback before his voice momentarily boomed louder, then went back to being soft again. ”

    “That problem, and the lack of reverence which the monarchy – or ex-monarchy – now commands, meant that there was anything but a hushed silence. Instead a constant murmur of conversation overlaid this final statement from the palace.”

    Yet another class act to throw out to international media by our government and the professional journalists. Is this the future of new nepal?

  26. i would like to appreciate ex-king gyanendra for his peaceful exit from the palace on the given time.he has made an easy way for the nepali people make a nation progress and prosperity.but i belive that he should get the chance to remain inside nepal being a normal citizen and contribute to the development of nepal.

  27. samaye le aawasya pani galat, dhongi ra Janata ko aakha chopne haru lai SAJAYA dene cha, yo kura yad garaun.Des ka chora haru ko ragat lai kehi na-thanne, sahid ko yogdan lai kurai ma matra simit rakhne,Des ra Janata lai jhukyera afno duno sojyaune NETA ra tin ka Chamcha bhanauda haru, Ananda ko nidra sutna sakne chainau. Janata haru akha khola samaya ma nai, NATRA dukha matra paune chau.
    Something is hapening wrong somewhere, Unless find and correct it in Time, Be ready for a Big Accident.

  28. yo nepali janta maddhye 5% bakamphus lai bahek arulai man pareko chhaina ra ramro kura pani hoina

  29. नेपालका पत्रकारहरु त खाते रहेछन् तीनलाई कसरी पत्रकार सम्मेलनमा प्रस्तुत हुने सम्मको ज्ञान रहेनछ । अलिकति स्तरिय पत्रकार सम्मेलनमा गए हुँदी त नेपाली पत्रकारहरु चियाको गिलाँस पनि गोजीमा हालेर आउने रहेछन् भन्ने थाहा भयो । केही एफएमका पत्रकार र पार्टी प्रेसका पत्रकार भनाउनेहरु त दरबारको कुर्सी समेत भाँच्ने काममा लागे । दरबारमा रहेका पँहेला चिज सबै सुन नै हो भन्ने नेपाली पत्रकारका मनमा रहेछ । त्यसैले सक्नेले उक्काएर गोजीमा समेत हाले । छ्या छ्या छ्या नेपालका त खाते नै भए रे आफूलाई सभ्य समाजका भनाउने विदेशी पत्रकार छ झन घिनलाग्दा रहेछन् । जसको पत्रकार सम्मेलन हो उसैको उ नै बसेको कुर्सीमा बसेर फोटो खिचाउने कस्तो नालायक मान्छेहरु । कसरी पत्रकार भए ती खातेहरु ।

    नेपालका पत्रकारहरुले हामी व्यावसाहिक पत्रकारिता गर्र्छौ भनेर भने भने त्यो सबै भन्दा ठूलो जोक हुनेछ नेपाली पत्रकारिता माथि । नेपालका ठूला भनेका मिडिया हाउसका कर्मचारी त पत्रकार सम्मेलन कसरी एटेण्ड गर्ने भन्ने जान्दा रहेनछन् । साथै पत्रकार सम्मेलन स्थलम चोरी गर्ने, नाराबाजी गर्ने त्यो पनि पत्रकारले हिजो त नेपालको निक्कै बेइजत भो । नेपालको पत्रकारिता क्षेत्रमा लागेका र एफ एममा कामगर्ने १५०० तलब पाउनेहरुले यो भन्दा बढि गर्न सक्छन् भन्ने त हामीलाई लाग्दैन तर हे नेपाली एफएममा काम गर्ने साथि हो पत्रकार सम्मेलनको कभरेज गर्ने कसरी भन्ने थाहा नभएर त्यो शिष्टता सिकाउन यो ब्राम्हण तयार छ है । तर त्यस्तै खाते पारा देखाउने हो भने सिकाउन पनि गारो पर्ला ।

    पत्रकार मित्रहरु, सबै पँहेलो कुरा सुन हुँदैन यो भ्रममा नपर्नुस र अर्को यस्तै खालका पत्रकार भेटमा जाँदा पँहेला देखेका कुरा जति नचोर्नुस है

  30. I am happy but i am very sad too cuz its been already two decade that politician had power and they have been ruling the country but nothing happened all they did they push country towards more poverty and more violent situation. in my eyes corrupted politician should be punished as the way ex-king punished. at least ex king’s decision was based on Sallahakar who drove king to this direction but Neta has their own decision. about Maoist what to talk about them, there is no hope for peace and security for nepalese people from them either. all they want is soley power and want to rule country in dectectership (like iraque)

    suri “USA”

  31. गणतन्त्र त चाहिएको नै थियो आईसक्यो पनि,
    तर नेपाली जनताले साच्चै कै गणतन्त्र के हो
    र गणतान्त्रिक नेताहरु भनेर आफुलाई चिनाउने राजनैतिक
    नेताहरुले बनाउने भनेको नयाँ नेपालको रुप हेर्ने र अनुभुति गर्ने आशा र
    अपेक्षा राखेका छन।

    एउटा सत्य के हो भने राजपरिबारलाई भनेको
    राजनैतिक नेताहरुलाई जस्तो धन सम्पतिको
    लोभ र लालच भन्दा आफ्नो ईज्जत र सम्मानको
    सवाल थियो। अब हेरौ धन सम्पत्ति र कुर्चीको तथा
    आफ्ना सहकर्मि अर्थात परिबारलाई पहिलो प्राथमिकता
    दिने राजनितिज्ञहरुले कत्रो परिबर्तन ल्याउलान।

  32. **** Last Words for the People ****

    His majesty’s time had slipped out and he realised it and he had hit back his critical opponents through this last press conference. He could not save his throne but he certainly left a lasting impression of the Shah dynasty with his speech.

    Let the history decide what recognition should be given to the reign of Shah dynasty in Nepal for ruling the country for 239 years and 284 days. The later period of Lichhevi dynasty and the Malla dynasty are considered to be golden periods for Nepal. These periods brought more prosperity for people and country.

  33. Badshah haru ko pani yesari patan huncha bhaner kasle socheko thiyo hola.

    It is the matter of time.

    Prachanda and Baburam ko Taukako Price tag Rakhne Girija le yesari prachanda and baburam sang Tauko Jodchan bhaner kasaile socheko thiyen.

    Prachanda le Ex king lai yesari Gokrethak lagayer narayanhiti bat nikalchan bhanne kasaile socheko thiyen. Birendra ko family Sakhap huncha bhaner kasaile socheko thiyen hola.
    Gyane buisness man bat political king huncha bhaner kasaile socheko thiyen hola.

    Politics ma je pane huncha…It is the matter of time.

    Yedi Gyanendra le Dhairata rakhyo bhane….U pani…Pheri tauko Jodan paunecha kasai sang either maoist or Congress. At least you seems look like nationalist

    Birendra and Pumpha ko paisa international bank bat nepal ma lyayer industry open gar.

    Natra Timro Lathuwa Choro Paras le Mooj (enjoy) garer finish garidincha.

    Je hunu bhaihalyo…Open industry in Nepal so that poor nepalese can get job.

    We know , You were the richest king in poorest country.

    Wait and see….

    Beware nepali people. We do not want to be Sikkim.
    Stop distributing citizenship in Rs 100 in southern boarder side otherwise we will be minority then our leader can make SIKKIM as a part of India.It is my personal opinion

  34. झापालि कान्छो pakhe buddhi.
    The KINGS, will return again, in the form of normal person. Not like those junglee attitude, but with patience, and peace.
    King never did anything wrong to any person, nor he asked for any donations.
    No matter what others will say, we support you. Live Long.

  35. गोले दाई को कुरा एकदम सहि हो । बास्तबमा टोपिधारि राजाहरु भबिस्यमा सहयोग लिना सकिन्छकि भनि अजैपनि
    उसलाइ रिझाउने प्रयासमा छन

    -झापालि कान्छो

  36. Hi all Nepalese Brothers & Sisters living every corner of WOrld today ! Its time to CONGRATUALTION to good bye > ONE OF THE BIGGEST WORM-VIRUS IN NEPALI SOIL > and we have to delete all those virus in proper way…. Then otherside there are new small viruses fight for the chair….that mean their Mission and Vision is use for ( KAMAUNE BHADO ) its 200% sure showing their behave and their false words and speeches to Janata ! Why they wasting time ? Its not a time to waste doing nothing…..
    Beware ! all brothers and sisters we have to delete those small viruses in right time….Otherwise those viruses are become bigger and same trouble gives to Nation again….
    When they start to work for build new Nepal ? Its alreadt has been past 3 months….What kind of JAL_JHEL BYAPAR they do always….? In fact because of those all seasonal * DALE LEECHS * Bahuns Baad….WoW….its always SHAMEFUL like comes and goes nothing change in country…..
    1)- Kathmandu Airport there are > HARIBIJHOG OWNSELF JOGI , MAKE OTHERS JOGI same thing done happening continuing……so whom to believe ? What patry and what GOVERNMENT comes all CHORS…..
    Thats all

    Finally may thousands of Nepalese goddess bless all of us and World always >>>

  37. Yeso herd, kura bujda and BHASAN sunda, Mahila Dai, Gyaney shah testo naramro manche lageyna, baru mer bichar ma ye 5 people lai tundikhel ma lagera KORRA launuparcha…
    KAMALEY,
    RAMESHEY PANDEY, TUPPI KATTUA GIRI
    BARDRI MANDALEY, BISTEY…
    ye sabbai hun Gyaney lai naramro sallah diney..
    Bichara, DUI chhoti raja bhayey..unko ke dosh, aru ley banayepachhi ke garun bichara..

  38. यससंग सम्बन्धित जति ब्लग आएपनि मुख्य कुरा यहि हो कि , उनि पर्दा पछाडी मात्र भएका छन । पर्दा अगाडी देखा परेका कलाकारहरुको खबर्दारी गरिएन भने कथावस्तु नै अदलबदल गर्लान , सम्बाद फेर्लान , भुमिका बाहिर भएर अभिनय गर्लान त्यसैले अब पनि खबर्दारी आवश्यक छ दलहरुमाथी तर दलहरुमाथी गरिने खबर्दारीले समय उल्टो गतिमा पनि नफर्कोस । नभुलौं यिनी त दरबारमा बस्ने साधारण नागरिक (तपाईं हामी जस्तै?) भएका छन ।

    भिडियो र तस्विरहरुको लागी उमेशजी र टिमलाई धन्यवाद !

  39. सबै शब्दका बादशाह हुन!
    कुरा गूढ़पाक भन्दा मीठो, अत्तर भन्दा सुमधुर
    काम भने ठिक उल्टो….!
    मुखाले ज्ञानेले पहिला अबसर पायो केहिगर्न सकेन,
    दुर्मुखाहरुले अहिले अबसर पाएका छन हेरुम,
    आश गरम भर नपरम…!

  40. We can say that Gyanendra is Great than Other political leaders. Why they are doing these days ? Nepali People wants Peace and strong economy in our Country but the political leaders are wants to be a President, Priminister like their POSITION and POWER in GANATANTRA nepal. SO, We nepali people should do something in this critical situation.

  41. Good luck ex king of Nepal and thnx for ur ultimate support to the people’s verdict.Be careful all the NETA of NC UML MAOIST u may face same situation if u don’t do good job .

  42. कम्तिमा उनलाई आफ्नो कुरा राख्न दिएको भए असल हुने थियो। जे होस उनी राम्ररी जाउन र राम्ररी बसून।कयौ वर्स मुलुकमा शासन गरेको मानिसको सन्तान भएको हुनाले अलिकती घमन्ड हुने नै भयो। अव उन्ले शन्तिपूर्ण रुपले गीत रचन गरेर बस्दा असल हुन्छ। उनलाई मात्रै होइन अरु सवै नेता हरुलाई पनि ठूलो पाठ हो यो।

  43. उनका निजी सचिव पशुपतिभक्त महर्जनले मंगलबार बिहान आठ बजे प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटी टेलिभिजनबाट सन्देश दिने ज्ञानेन्द्रको इच्छा अवगत गराएका थिए । तर, प्रधानमन्त्रीले सरकारी सञ्चारमाध्यमबाट सन्देश दिन नमिल्ने जवाफ फर्काएको बालुवाटारस्रोतले बतायो ।
    सरकारनियन्त्रित नेपाल टेलिभिजनका अध्यक्ष एवं महाप्रबन्धक ऋषिराज बरालले पूर्वराजाको सन्देश आउनेबारे जानकारी नआएको बताए । ‘जनताविरुद्ध आउने पूर्वराजाको सन्देश हामी प्रसारण गर्दैनौँ,’ बरालले नयाँ पत्रिकासँग भने

  44. सब भन्दा गणतान्त्रिक त ज्ञान नै रहेछ| अरु नेताहरु त साब चोर हुन्|

    जनताको अभिमतको कदर गरेकोले ज्ञानेलाई मुरी मुरी धन्यबाद|

  45. I feel so sad and happy as well. I hope Nepal will change in future. Actually, we need strategic and plan to develop Nepal. Political leaders give speech for development but it is not practical. I would like to tell to all political leaders, you should have to think first your land then your people and your family.
    Jai Desh Jai Rastra !

  46. जनता हामी बाठा भयौँ घेर्न आयौँ दरबार
    दरबार, दरबार भन्दै बस्यौ गयो तिम्रो घरबार

    दाईका सन्ता सखाप पारी जनतालाई गोली चलाई
    आफ्नै गोब्रे बुद्धी लगाई लिएकाथ्यौ सरकार

    गणतन्त्र ल्याई छाड्यौँ ज्यानको बाजी दिएर नि
    जनताको भिड सँगै लागे हाकीम खरदार

    तिम्रो अब के भाउ छ र मुख देखाउनु हुन्न कतै
    छोरो उस्तै नालायक थ्यो बोकी हिँड्थ्यो तरबार

    नार्गाजुन पुग्यौ अब साखा सन्तान काखी च्यापी
    अझै ‘कु’ काम गरौला नि भन्दै छु म खबरदार ।

Comments are closed.