कान्तिपुर र काठमाडौं पोष्टका सम्पादकले जागिर छोडे

कान्तिपुर पब्लिकेसन्सका दुइ साहुहरु केही समय अगाडि विभाजन भएका थिए। विनोद ज्ञवाली कान्तिपुर पब्लिकेसन्सबाट ७० करोड रुपैया लिएर बाहिरिएपछि अब कान्तिपुरबाट बाहिरिनेमा पत्रकारहरु भएका छन्। आज प्रकाशित कान्तिपुर र काठमाडौं पोष्ट दैनिकका अनुसार दुबै पत्रिकाको गरेर शिर्ष ६ जनाले जागिर छोडेका छन्।

कान्तिपुरबाट निस्कनेहरुमा प्रख्यात नेपाली उपन्यास पल्पसा क्याफेका लेखक तथा कान्तिपुरका सम्पादक नारायण वाग्ले छन् जो कान्तिपुरको स्थापनकाल देखि नै कान्तिपुर सग आवद्ध हुँदै आएका थिए। यस्तै कान्तिपुर दैनिकमा दोस्रो स्थान ओगट्ने सह सम्पादक गुणराज लुइटेलले पनि कान्तिपुर दैनिक छोडेका छन्। उनीहरुसँगै कान्तिपुरका प्रख्यात कार्टुनिस्ट राजेश केसीले पनि जागिर छोडेका छन्।

काठमाडौं पोष्टका पनि तीन शिर्ष पत्रकारहरु सम्पादक प्रतिक प्रधान, सह सम्पादक अमीत ढकाल र समाचार संयोजक दमाकान्त जैसीले पनि एक साथ जागीर छोडेका छन्। सम्वद्ध श्रोतहरुका अनुसार उनीहरु सबैजना ज्ञवालीले खोल्ने नया पत्रिकामा काम गर्नेछन्। नया प्रकाशन गृहको काम भइरहेको पनि पत्रकार मीत्रहरु बताउछन्।

कान्तिपुर दैनिकको सम्पादकमा नेपाल साप्ताहिकका सम्पादक भएर काम गरिरहेका सुधीर शर्मा भएका छन् भने काठमाडौं पोष्टमा अखिलेश उपाध्याय।
जनआस्था पत्रिकाबाट काम सिकेर काठमाडौं टुडे, हिमाल मिडिया हुँदै कान्तिपुरको साप्ताहिक पत्रिका नेपालमा काम गर्न आएका सुधिरले बीचमा त्यस्को पनि जागिर छोडेर बसेका थिए। त्यतिबेला नेपालका सम्पादक किशोर नेपाल भएपनि पछि नेपालले छोडेपछि फेरी सुधिर नै नेपालमा सम्पादक भएर आएका थिए। अखिलेश उपाध्याय पहिले काठमाडौं पोष्ट कै जागिरे थिए। पछि नेशन पत्रिका केहीबेर चलाएर उनी अमेरिकी गैरसरकारी संस्था नेशनल डेमोक्रेटिक इन्स्टीच्यूटमा उप निर्देशक भएर काम गरेका थिए।

सम्वद्ध श्रोतहरुले कान्तिपुर छोड्ने पत्रकारहरुको सूची अझ लामो हुने बताउँछ। कैलाश सिरोहीयाले सम्पादकहरुको विदाई भाषणमा पनि कान्तिपुर संस्था भइसकेकोले कोही एक दुइ जनाले छोडेर जाँदा केही असर नपर्ने बताएको काठमाडौं पोष्टले छापेको छ। नयाँ सम्पादक सुधीर शर्माले पनि कान्तिपुर आन्दोलन भएको भन्दै यसलाई सफलता पूर्वक अगाडि बढाउने बताएका रहेछन्।

३५ करोड रुपैया लगाएर कान्तिपुरका नयाँ साझेदार बनेका हेलीकोप्टर पायलट तथा स्रि्रीक एयरलाइन्सका मालिक रामेश्वर थापाले आजभोलि कान्तिपुर भित्र फर्मल ड्रेसमा मात्र कार्यालय आउन उर्दी दिएको भन्ने समाचार निकै चर्चामा पनि छ।

79 Comments

  1. He, Kantipur,

    You may sink in the gulf in the near future.why do you loose yr experienced staffs.I am soory for yr mistke.

  2. Umesh ji has done a good job by posting the news. Those who find it hard to bear this as a news should understand that journalist is the back bone of any news agency. Kantipur became kantipur because of the hard working and independent journalists not by the name alone. Just go to the web site and see when the news of saptkoshi flood is posted on the ekantipur.com and evaluate yourself…

    After the split, kantipur is no more the kantipur we used to cherish. For instance when i tried to read the news of saptakoshi flood and other news by clicking more on ekantipur site this morning, the news of uml constitution taskforce opened as a detail news. i simly could not read any news in detail but jut the uml taskforce news. other readers must have felt the same.This could be taken as a technical fault but it never happened before. these two instances simply proves that the hard working independent journalsit make the instituion not the other way round. At least sometimes,they desrve to be on the news. hats off to umesh ji.

  3. जागिर खाने र छोड्ने पनि समाचार बन्छ?

  4. यो जो छ न जोनाम स्याङ जाली, कती सारो नेगेटिब याटिच्युड हो। Negative attitude kill yourself bro.

  5. यस्तै हो मलिक जता जान्छन नोकर उतै जान्छ यो ठुलो कुरा होइन । Thanks

  6. त्यहि नेपाली बिद्वान पनि छ मुर्ख पनि छ,आन्दोलनकारी पनि छ अपहरणकारी पनि छ यस्ता कुरा हरुमा राष्टियता भन्दा पनि व्यक्ति बिशेषले महत्व राख्छ तर पनि आम संचार माध्यममा वैदेशीक लगानी र अगुवापन चै अलिक रिस्की नै हुन्छ । म त भन्छु संचार मन्त्रालय फोरमलाई दिन नहुने हो तर खै वुझेको यि नेताहरुले।
    जेहोस कान्तिपुर पत्रिकावाट वहिर्गमन भएको समुहले अर्को स्तरिय पत्रिका प्रकाशन गर्छ भने त्यो फलदाई र स्वागतयोग्य कुरा हो।

  7. YO PANI PADNE HO KI
    प्रचण्डले भने युवराज होइन, सुधीर
    १-भदौ-२०६५,आइतवार
    http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=13500

    कान्तिपुर र द काठमाडौं पोस्टका सम्पादक र वरिष्ठ पत्रकारहरूले राजीनामा दिएपछि सम्पादकको खोजीमा रहेका नवनियुक्त अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले साउन २५ गते बिहान रामेश्वर थापाका नाममा ३५ करोड लगानी गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं माओवादी पार्टी नेतृत्वसँग भेटेपछि कान्तिपुर सम्पादकमा सुधीर शर्मालाई नियुक्त गरेका छन्।
    त्यसअघि कान्तिपुर सम्पादकमा युवराज घिमिरेलाई ल्याउने निश्चित भएको र उनलाई सिरोहियाले वचनसमेत दिइसकेको बुझिएको छ।
    नेपाल साप्ताहिकमा सम्पादक रहेका शर्माले सिरोहिया र प्रचण्डबीच भेट गराएपछि निर्णय परिवर्तन भएको बताइन्छ। साउन २५ गते बिहान ८ बजे प्रचण्ड र सिरोहियाबीच एक घण्टासम्म भएको भेटमा प्रचण्डले कान्तिपुर सम्पादकमा शर्मालाई नियुक्त गर्न दबाब दिँदै यसबापत विभिन्न काम गराइदिने आश्वासन दिएको बुझिएको छ। माओवादी स्रोतका अनुसार प्रचण्डले आफ्नो कट्टर आलोचना गरेको भन्दै घिमिरेको नामै लिएर उनलाई सम्पादक नराख्न दबाब दिएका थिए भने सिरोहियालाई आफ्नो नेतृत्वमा सरकार बन्ने भएकाले कान्तिपुरलाई फाइदा हुने बताएका थिए।
    २५ गते प्रचण्डसँग भेट हुनुअघि सिरोहियाले कान्तिपुर सम्पादकमा युवराज घिमिरे र पोस्ट सम्पादकमा अखिलेश उपाध्यायलाई नियुक्ति गर्ने निश्चित गरेका थिए।
    २४ गते राजधानीको एभरेस्ट होटलमा सिरोहिया, घिमिरे र उपाध्यायबीच भएको भेटमा सिरोहियाले दुई सम्पादकलाई ‘कन्फर्म’ गर्दै बधाईसमेत दिएको स्रोतले बताएको छ। मिटिङ सकिएलगत्तै सिरोहियाले कान्तिपुर निर्देशक तथा पत्नी स्वस्तिका सिरोहियालाई त्यहीँबाट फोन गरेर कान्तिपुर सम्पादकमा युवराज घिमिरे र पोस्ट सम्पादकमा अखिलेश उपाध्यायलाई नियुक्ति गर्न प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए। प्रचण्डसँगको एक घण्टा लामो भेटपछि सिरोहियाले घिमिरेलाई फोन गरी निर्णय परिवर्तन गर्न आफू बाध्य भएको बताएको बुझिएको छ।
    यसअघि मजदुर युनियनका अध्यक्ष सूर्य ताजपुरिया शर्मालाई सम्पादक बनाउन माग गर्दै सिरोहियासँग डेलिगेसन गएका थिए।
    प्रचण्डको दबाबमा सम्पादक नियुक्त भएका शर्माले कान्तिपुरलाई व्यावसायिक पत्रकारितावाट माओवादीको मुखपत्र बनाउनुपर्ने नैतिक दायित्व रहने बताइन्छ। १६ वर्ष लामो व्यावसायिक पत्रकारिता गरेको कान्तिपुरले अब माओवादीको विपक्षमा समाचार प्रकाशन गर्न पाउने वा नपाउने हेर्न बाँकी नै छ। प्रचण्डले शर्मालाई कान्तिपुरको सम्पादकमा नियुक्ति गर्न महत्वपूर्ण भूमिका खेलेपछि कतै कान्तिपुरमा माओवादीले समेत लगानी त गरेको छैन भन्ने आशंका पनि उठेको छ।

  8. फुट्ने फुटाउने कुरा नराम्रो भएपनी, सकारात्मक कुरा चाँही ठुलो लगानीको अर्को प्रकाशन गृह स्थापना हुनुले कमसेकम केही शिक्षित बेरोजगारले रोजगारीको अवसर त पाउनुहुन्छ ।

  9. कालो धनलाई सेतो बनौउदा यस्तै हुन्छ फुटेर टुक्रा- टुक्रा भएस अन्त मा अस्तित्व पनि बिसर्जन होस | भ्रस्तहरुको लगानी डुबेर सोत्तर भएस, नेपालीहरुको रगत र पसीना को राम्रो मूल्यांकन होस |

  10. ढुना टपरी लाई कस्ले भन्यो र gheनेन्द्र को सेयर छ भनेर । यो कुरा सत्य हो भने त कान्तिपुर सचिकै जन बिरोधी सबित हुन्छ । तर यो सत्य होइन ।

  11. Whats the use of having the comment box in every article if they are not published.. I have written so many comments in http://www.ekantipur.com but never have they published my commentts as they were all abusing the mistake these journalist are doing by brainwashing people of Nepal against MAoist. I hope after the real cutback and change in people they will be some better…

  12. भित्र भित्रै सुनिन्छ अहिलेको कान्तिपुरमा राजा को सेयर छ ,रामेशोर थापा देखाउने दात मात्र हो ,साथिहरु तर यो अपुस्ट हल्ला हो ,हुन पनि के बेर र ?

  13. हिजो गिरिजा पि यम् हुंदा बाढ़ी,पैरो ,भुई चालो औथ्यो अब प्रचंड को पाला माँ कोशी को बाध फूटने,कान्तिपुर टुक्री ने लक्षण शुभ देखियेंन है !!
    जे भये पनी नेपालीको धैर्य को बाँध चै न फुटोस |प्रचंड सफल हूँन ,नया नेपाल बनोस ,सुभकामना !

  14. यो सबै माओवादी को जनयुद्ध को कारण ले हो । माओवादी ले त के सपारे र , देशै त खरनी तुल्य बनाये ,बिचरा देशबासी त्यो खरानी बाट अंगार कसरी बनुन।

  15. यो सबै माओवादी को जनयुद्ध को कारण ले हो । माओवादी ले त के सपारे र , देशै त खरनी तुल्य बनाये ,बिचरा देशबासी त्यो खरानी बाट अंगार कसरी बनुन।

  16. हो महेश जि ले भन्नु भाको शोrhai आना ठीक छ । कान्तिपुर को नियत बिगत केही समय देखी बल्ल pathak हरु ले थाहा पाएका छन ।

  17. कान्तिपुर फुटेर कसैलाइ पनि घाटा छैन ।

  18. कान्तिपुर पत्रीका ले एक्लै हलिमुहाली गरी रहेको थियो, ठिक्कै भो। अब बल्ल हामीहरुले प्रतिश्पर्धाको फाईदा लिना पाउने भयौ। अब निक्लने नयाँ पत्रीका ले जनतालाई निस्पक्ष समाचार प्रेशित गाह्रोस भन्ने कामना गरुँ।

  19. कान्तिपुर पत्रीका ले एक्लै हलिमुहाली गरी रहेको थियो, ठिक्कै भो। अब बल्ल हामीहरुले प्रतिश्पर्धाको फाईदा लिना पाउने भयौ। अब निक्लने नयाँ पत्रीका ले जनतालाई निस्पक्ष समाचार प्रेशित गाह्रोस भन्ने कामना गरुँ।

  20. बाडेर खान फुटौनै पर्छ नि त । हाम्रा पार्टीहरु हेरौन !

  21. कान्तिपुर को तत्कालीन नेतृत्व ले गरेको भाट गिरी को एउटा उदहारण
    २०५२ फागुन ६ गेट रुकुम को मेल्गैरी माँ कनैया सिंग (तत्कालीन सई) को नेतृत्व माँ मनाबता लाइ नै गिज्याउने खाल को हत्या काण्ड भएको थियो. जसमा ६ जना खत्री बंधू (जसमा १४ बर्ष को बुद्दी के सी) को संगीन ले घोची, घोची खुकुरी ले रेती रेती लाइ मारिएको थियो र रुदै आएका मृतक का आमा, दीदी, बहिनी, श्रीमती हरू लाइ सामूहिक बलात्कार गरिएको थियो , तेस लाइ कांतिपुर ले भिडंत नाम दियेर पुलिस को कार्य कुशलता को प्रशंसा गरेको थियो. जब त्यों हत्यारा दस्ता को नाइके सात बर्ष पछि माओबादी बात मारियो, कांतिपुर ले हेड लाइन माँ ” रास्ता र जनता को सेवा निस्वार्थ भएर गर्छु भन्ने पहिलो सिख पुलिश ऑफिसर (तेस बेला त्यों हत्यारा इनेस्पेक्टोर बनेको थियो) को हत्या र एश बात सिख समुदाय माँ बिचालन” भन्ने शीर्षक राखेर सहानुभूति जनाउने ढंग ले समछार छापेको थियो, मानौ माओबादी ले एउटा बलात्कारी, हत्यारा, लाइ नभई एउटा बुद्द जस्तो मान्छे लाइ मारेको थियो.कांतिपुर ले बिगत माँ एस्तो धेरै काम गरेको छ. कामरेड प्रचंड ले एश लाइ खुला मंच बात चेतावनी दिनु पनी १ किसिम को बाध्यता थियो, राज कुमार केसी, कृष्ण सेन, जाया कुमार आचार्य, लगायेत का पत्रकार मारिदा आतंक कारी मारिएको देखने, माओबादी बात पत्रकार नाम का भाट मारिदा, संचार जगत माथी को आक्रमण देखने यो हेमराज ग्यावली जस्तो नोकरशाह भ्रस्त कर्मचारी को पत्रिका थियो बिगत माँ , अब हेरौ कांतिपुर ले कस्तो भूमिका खेल्छ.

  22. ठिकै छ नि त । अब झन अर्को पनि डेली पत्रीका र वीक्ली पनि पढ्न पाइने होला। ज्ञवाली हरुले निकाल्ने पत्रीका राम्रै होला किनभने कान्तिपुर पनि सुरुमा ज्ञवाली हरुको पहल्मा निकै राम्रो थियो। बिस्तारै सिरोहिया हरुको dominance हुँदै जाँदा मात्र स्तर गिरेको रहेछ। नारायण वाग्ले जस्तो सम्पादक पाये पछी सुनमा सुगन्ध आऊला नै । चाडो गर्नु पर्‍यो बरु। खगेन्द्र सङ्रौला लाई फेरी हुल्नु पर्‍यो।। त्यो आउने बित्तिकै कान्तिपुर छोडेर त्यो कुन पुर हो किन्नु पर्ला।।।

  23. माइ संसार ले जे कुरा छाप्यो त्यो ठीक छ । कान्तिपुर फुटेको सत्य हो नि त । सत्य कुरा छाप्नु एउटा मिडिया को कर्तब्य हो । आसा गरौ भोलीका दिन मा कान्तिपुर अझ चोटीला भएर प्रस्तुत होस ।

  24. उमेश जि माथि
    म आँफैलाई खोज्ने प्रयास मा छु भनेर लेख्नु भयो
    कतै तेस्को मत्लब , आँफैलाई जागिर खोज्ने प्रयास त होइन
    यो कान्तिपुर को फुट संगै

  25. Hamilay satya & nispakshya patrika padhna paunu peryo.Kasalay koon patrika maa kaam gerdai cha tyo hamro chaso ko bishaya hoina.

    Afno career ko lagi ek thau bata chodera arko thau maa janeta puranai kura bhani hoina RAA!!!

  26. Balla ekdam ananda laagyo yo khabar padera. gyawali ko sapna pura hune bhayo. la gyawaliji aba agadi badera kantipur lai down garnu hai, yasai gari sabai lai aafu maa tannu ani kantipur forum ko adyaksya upendra ani daaka babban singh lai dinu………….

  27. सप्तकोसी बाँध फुटेको त समाचार आएन नि उमेश जी यता , यो कान्तिपुर फुटेको चैं आको आई गर्छ ।

  28. सबैजना एक भएर जणू पर्छ
    भन्ने भवन लिएर गएमा नेपाल पक्का पनि राम्रो
    हुन्थियो,
    साँच्चै भन्ने हो भने कांतिपुर मा जून अहिले जे जे हुदै छ
    त्यों सुन्दा नराम्रो हो तर पनि कांतिपुर भित्रअहिले एउटा
    नराम्रो प्रबृति छोयेको छ, जहा सम्मा को कुरा छ
    अबको दिन मा कांतिपुर मा सफा सांचो अनि
    देश को हित हुने न्यूज़ हरु मात्र छाप्छा होला.
    शुभकामना सहित कन्तिपूर मा नया नेपाल को
    नया क्रांति आओस!!

  29. कान्तिपुर म अब ईण्डियन दलल हरु घुस्ने होला !!! माओवादी साथी हरु बिर्सनु भो जनान्दोलन मा कान्तिपुर को योग्दान ,, एक पटक त एस लाई कान्तिपुर म अब ईण्डियन दलल हरु घुस्ने होला !!! माओवादी साथी हरु बिर्सनु भो जनान्दोलन मा कान्तिपुर को योग्दान ,, एक पटक त एस लाई आठ दल को उपमा दिएको थियो ,,,,मओबदी को प्रस्त ज्यादाती लेख्न अब कोइ हुने भयन

  30. कान्तिपुर म अब ईण्डियन दलल हरु घुस्ने होला !!! माओवादी साथी हरु बिर्सनु भो जनान्दोलन मा कान्तिपुर को योग्दान ,, एक पटक त एस लाई आठ दल को उपमा दिएको थियो ,,,,मओबदी को प्रस्त ज्यादाती लेख्न अब कोइ हुने भयन

  31. MAOBADI LE GAREKO GALAT KURO LAI STHAN DIAN BHANE TA KANTIPUR KHATTAM HUN6, MAOBADI KO MUKHPATRA BANLA HAI HOS GAR,,,,,,,,

  32. खाशमा भन्नपर्दा कान्तिपुरमा पनि अब भारतिय हस्त्क्षप हावी भएको प्रस्ट छ ।
    यस्ता राम्रा राम्रा कर्मचारीहरु लाई चित्त बुझाउन नसक्नु कान्तिपुरको नालायकिपनहो।
    अब हामीहरुले यो कान्तिपुरलाई बहिस्कार गर्नु पर्छ । अनी थाहा पाउछ धोतीले ।

  33. बिबेक जी ले १००% करेक्ट कुरा गर्नु भयो । अब चाँही त्यस्तो गर्दैन कि ?

  34. The world is a stage to show own creation and talent. Every people must believe themselves and go ahead towards the improvement and betterment. It is always better to create something good than to comment others. Quality and truth always win over the false and mediocre. Let us see what result will come at the end.

  35. The world is a stage to show own creation and talent. Every people must believe themselves and go ahead towards the improvement and betterment. It is always better to create something good than to comment others. Quality and truth always win over the false and mediocre. Let us see what result will come at the end.

  36. कान्तिपुर अब लोकतान्त्रीक हुनु पर्छ । माओबादी को खोइरो खन्ने कान्तिपुर पाठक को नजर बाट गिर्दै छ । केही समाचार नपाएर लोग्ने स्वस्नी को कुटा कुट म पनि माओवादी को नाम जोडेर माओबादी को बद्नाम गराउन खोज्ने कान्तिपुर अब केही परिवर्तन होला ।

  37. thikai ho nya offer ayeko chh ti sampadak mahoday haru lai
    ramro chance paye sabai le dance garchh.
    ke lekhnu yasma

  38. desh bahek aru je phute pani k hi hunna
    kantipur ta phutnai parne thyo. girijaa ko hanumaan toli
    niskiyeko chha aba k garne ho herdai jaau.

    kantipur le aba private limited bhanda public limited bhayera kaam garne ho bhane aarthik sangai janauttardayi
    patrika ko bhumika khelne thiyo.

  39. रा्म्रो परिपाटीको विकाश गरेको छ कान्तिपुरले । छुट्टिदा पनि जुन सौहाद्रपुर्ण ढङ्गले छुट्टिए त्यो साँच्चै नै प्रसंसायोग्य छ र यसबाट अरूले पनि पाठ सिक्न जरूरी छ ।
    वास्तवमा कैलाश सिरोहिया पैसाका मात्र मालिक भएकाले र हेमराज पत्रकारिताकै मान्छे भएकाले गर्दा सच्चा पत्रकारहरू त्यसतर्फ आकर्षित हुनु स्वभाविकै हो । तर अबको कान्तिपुरको टीम पनि बलियै भएकाले हामी पाठकले छानीछानी स्तरीय पत्रिका पढ्न पाउनेछौँ । बधाई छ हामीलाई ।

Comments are closed.