विगतमा पशुपतिको विवाद


पशुपतिको विषयमा विगतमा पनि निकै विवाद, बहस भएका थिए। तर अहिले जत्तिको विवाद कहिले पनि चर्किएको थिएन। विगतका केही घटना अहिलेको सन्दर्भमा सामयिक हुनसक्छ।

दुई वर्षअघि बालाचतुर्दशीको भोलिपल्ट मैले कान्तिपुर टेलिभिजनका लागि पशुपतिनाथको सम्पत्ति सम्बन्धी समाचार संकलन गरेको थिएँ । बालाचतुर्दशीको भोलिपल्ट नै पशुपतिनाथको वर्षभरीको आम्दानीको हिसाब हुने गरेको छ। जुन पछि कान्तिपुर दैनिकमा पनि छापियो र त्यतिबेला पशुपतिनाथको सम्पत्ति सम्बन्धमा चर्चा भयो ।

पशुपतिनाथको वर्षभरीको आम्दानी दुई लाख रुपैयाँ मात्र भन्ने सो समाचारको प्रतिक्रिया अहिलेसम्म आइरहकै छ । सोही समाचार संकलन गर्ने क्रममा पनि मलाई भनिएको थियो,यो सिधै माथिसँग जोडिएको हो, बेकारमा किन खोतल्नुहुन्छ।

मैले आफ्ना समाचार स्रोतमार्फत् पशुपतिनाथका मुलभट्ट र भण्डारीको पनि यस विषयमा भनाई राख्न कोशिश गरेको थिएँ। त्यतिबेला मुलभट्ट पनि सिधै माथिसँग जोडिएको भन्दै पन्छिएका थिए । यस विषयमा अझ स्पष्ट पार्न अनुरोध गर्दा मेरो समाचार स्रोतलाई उनले भनेका थिए, हामी अदालतबाट वा अन्य कतैबाट पशुपतिनाथ सम्बन्धी निर्णय वा दबाब आओस् भन्ने चाहन्नौं। सोझै राजदरवारबाट पशुपतिनाथको आम्दानी सम्बन्धि स्पष्ट हुनुपर्‍यो भन्ने कुरा आयो भने हामीलाई मन्जूर हुनेछ । हामी पनि मन्दिरमा चढाइएको दान दक्षिणाबाट निश्चित प्रतिशत वा तलब भत्तामा लिएर काम गर्न मन्जूर छौं तर त्यसको निर्णय राजदरबारबाट हुनुपर्‍यो न कि अन्यत्र कतैबाट ।

जन आन्दोलनपछि पुनर्स्थापित संसदले फेरि पशुपतिनाथको सम्पत्ति सम्बन्धी छानबिन गर्न थालेको छ । यसै क्रममा सांसदहरु आफै पशुपतिनाथको मन्दिरसम्म पनि पुगे र मूलभट्टसँग प्रश्न पनि सोधे । दुई साताअगाडि मूलभट्ट सांसदहरुका अगाडि रोएको कुरा नेपाली पत्रपत्रिकामा मुख्य समाचार पनि भयो ।

२००६ को जुलाई २३ को माइसंसारमा दीपक भट्टराईको ब्लगबाट। पूरा पढ्न यहाँ क्लिक गर्नुस्

देशवासीका नाममा राजाबाट हुने हरेक सम्बोधनको अन्त्यमा ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्’ भन्न्ो वाक्यांश अनिवार्य रूपमा समावेश गर्ने गरएि पनि राजदरबारका भारदारहरूको शक्तिकै हालिमुहाली, अवरोध र द्रव्यमोहका कारण पशुपतिनाथ मन्दिरको कल्याण हुन सकेको छैन । नेपालका आराध्यदेव पशुपतिनाथ मन्दिरलगायत पशुपति क्षेत्रका अन्य मन्दिरहरूमा भक्तजनहरूले चढाउँदै आएको नगद, सुन, चाँदीजस्ता जिन्सी सामानहरूको पारदर्शिताको माग राखेर हुँदै आएको सङ्घर्षमा अहिलेसम्म भारदारहरूको हात माथि रहेको देखिन्छ ।

पशुपति क्षेत्रमा रहेका मन्दिरमध्ये पशुपतिनाथको मन्दिर सबैभन्दा बढी भेटीघाटी र दानदक्षिणा चढाइने मन्दिर हो । पशुपतिनाथको मन्दिरको गर्भभित्र रहेको सानो बाकसमा कति सुनचाँदी दाखिला भएको छ, यकिन छैन । २०६१ सालमा मूल ढुकुटीमा जम्मा ४८ तोला नौ मासा तीन लाल सुन मात्र दाखिला गरएिको थियो । मन्दिरमा चढाइने नगद जम्मा गरी सुन किन्ने परम्परा रहँदै आएको छ । भक्तजनहरूले चढाएको दक्षिणा, भेटी र जिन्सी सामानमध्ये तामा, पित्तल, काँस, ढलोट र स्टिलजस् ता जिन्सी सामान ‘बम्बई’ ढुकुटीमा दाखिला हुने गरेको छ । ०६१ सालमा करबि १७ धार्नी तामा र पाँच धार्नी पित्तल दाखिला गरएिको थियो । स्रोतका अनुसार यो नाम मात्रको दाखिला हो । स्रोत भन्छ, “सुन, चाँदी र नगदको ठूलो अंश भट्ट र भण्डारीमार्फत राजदरबारका भारदारहरूको सन्दुकमा पुग्ने गरेको छ ।” कोष सञ्चालक समितिका पूर्वसदस् य नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, “निरन्तर प्राप्त भइरहेको पशुपतिको आम्दानीमाथि नियमको छेकवार लगाउने कोसिस हुनासाथ ती दरबारयिा भारदारहरूको चलखेल सुरु हुन्छ ।”

कोषका पूर्वसदस्य-सचिव चेतोनाथ गौतम यसलाई आम्दानी बाँडफाँटमा गरेको विवादको संज्ञा दिन्छन् । गौतमको भनाइ अपत्यारलिो छैन । उनका अनुसार, आफूले खाइपाइ आएको सुविधामा कसैले पनि सम्झौता गर्न चाहँदैन । सम्झौता गर्न नचाहेपछि विवाद कायम नै रहन्छ ।

आम्दानी बाँध्नुपर्ने मागका साथ पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरू ०४७ मा ४७ दिन अनशन बसेका थिए । मन्दिरको आम्दानी पारदर्शी हुनुपर्ने माग गर्दै ०५५, ०५६ र ०५७ सालमा विभिन्न चरणमा कोष कर्मचारीहरू र नागरकि समाजबाट आन्दोलन गरएिको थियो । नागरकि समाजबाट चढाइएको भेटीघाटी कोषमा दाखिला हुनुपर्ने रिट सर्वोच्चमा परेको थियो ।

भारतका ठूला मन्दिरहरूमा चढाइएका भेटीघाटी र दान, दक्षिणाबाट सामाजिक कल्याणका थुप्रै काम भएका छन् । तिरुपति बालाजी, रामकृष्ण मठ, वैष्णोदेवी, सिद्धिविनायक मन्दिर, सिरडी साई मन्दिर, रङ्गराज मन्दिर आदि यसका केही उदाहरण हुन् । तिरुपति बालाजीको आय आन्ध्र प्रदेश सरकारको प्रमुख आयस्रोत मानिन्छ । उक्त रकमबाट धर्मशाला, विहार, भोजनालय, अस्पताल, कलेज, वृद्घाश्रम सांस् कृतिक पक्षको जगेर्नालगायतका विभिन्न काम भएका छन् ।

गौतम भन्छन्, “पशुपतिनाथको सम्पत्ति कुनै व्यक्तिको नभएर राष्ट्रको हो । त्यसैले यसको आम्दानी र खर्च न्यायोचित र पारदर्शी हुनुपर्छ । ”

मे ७, २००६ को नेपाल साप्‍ताहिकबाट। पूरा पढ्न यहाँ क्लिक गर्नुस्

46 Comments

  1. looks like a children stories, search for
    A hindu man(human) who is extreme devotee with heart.

    Or An elite pandit who knows everything with the brain.

    Citizen doesnot matters as long as he is hindu.

    God is nobodys god , you cannot say Pashupathi nath is in Nepal so God Shiva is Nepalese god or pashupathi nath is Nepalese God.

    More you make mess greater the messy it gets.
    Religion and Politics.

    By the way, Catholic , Vaticans the total Religion and behind the unseen scene is different. what do you think?
    Religion came from Human.
    Religion came from Unseen.

  2. Hello there,
    Foreget about the nationality of the priest, Lord Pashupatinath is one of the Hindu’s God, and his rituals has to be performed by a hindu person, who so ever he is, if the person knows to perform the worship in the guided way, should be allowed to do that, similarly the newly appointed Priest should not be disturbed to do his job. I can give several examples of breaking of the rules and tradition, when a monarch, a government and head of any institution can be changed for the betterment of the people then why not a priest. For example in Vatican, any Roman Catholic from any nationality can become the Pope, they never fight for the nationality but give the more respect then before. Here we have to understand that who is important, Lord Pashupatinath or caretaker?

    Look other famous shrines of Hindus faiths have been running in Hindus community, Tirupati and Vaishnodevi Temple are the most richest shrine in the world, and the priest can not use a single paisa from the devotees offerings, where as in Pashupatinath, the Bhattas are becoming financially sound and trust is becoming worst day by day, imagine if a temple can earn 30000/- in a normal day then how much it can earn in a year, and we were happy before and want to remain happy again by not breaking and tearing the tradition. I dont know why we do not try to understand and still want to remain in the dark.

    Look Bhattas were brought by some king to worship, those kings are no more to rule us and make us compell to follow them, Lord Shiva prefers him to be taken care by any devotees of him from any caste or creed who loves hime from the core of his heart not for the sake of money.

    Ok convince me that is there anywhere written in Shiva Puran that only Bhattas from south India are eligible to become the priest of Shiva temple? if not then any Hindus can become the priest, so this time Bhattas are replaced in Pashupatinath not by Nepalese but by hindus for the betterment of Lord Pashupatinath.

    Thanks

  3. केही साकारत्मक परिवर्तन हुनु नेपालको लागि अनि सारा नेपाली जनताको लागि मुल्यवान हो । अहिलेको यो परिवर्तनलाई पनि खुशी नै भन्नु पर्ला । अझै धेरै परिवर्तन हुनु नेपालको लागि आवश्यक छ, त्यसमा कुनै दुई मत छैन । पशुपतिनाथकै कुरा गर्दा, त्यहा मन्दिर भित्र पस्न “हिन्दूहरुको लागि मात्रा” भनेर लेखेको अझै यथार्था छ । के हिन्दू धर्ममा मन्दिर भित्र प्रवेश गर्न हिन्दू नै हुनु पर्छ भनेर लेखिएका छ र ? के नेपाली र भारती नागरिक हुँदैमा हिन्दूनै हुन्छ भन्ने सन्चो हो ? यसो त हिन्दू मात्रै प्रवेश हुन सक्ने भए, केही नेपाली र भारती नागरिक अरु धर्म मान्ने गर्छन् तर पशुपतिको मन्दिर भित्र पस्न केही समस्या छैन । तर अरु देशका नागरिक नागरिक भने पस्न सकिन्न । नेपाली र भारती जनता मात्रै हिन्दू हुन्छ भन्ने मलाई लाग्दैन । सके त हामीले अरु देशका जनतालाई पनि हिन्दू बनाउन सक्नु पर्छ । अझ भनौ भने हामीले सुनेकै कुरा हो पत्रपत्रीका बाट त्यस्तो व्यक्तिहरु अथवा जातीहरु पनि छन् हाम्रै नेपालमा जुन मन्दिर भित्र पस्न मनही भएको । हिन्दू धर्मको यस्तो विकृतिलाई पनि चाडै परिवर्तन गर्न पाए राम्रो हुनेथ्यो । यस्तो परिवर्तन कहिले हुने हो, हेरौ ।

  4. One thing that appears very clear to me now is the non-patriotic stand of Nepali Congress in temple matter. Why is NC supporting an Indian priest? Isn’t it clear that NC is against ‘NepaliPan’? Isn’t it clear that NC is a ‘spoon’ of Indian politics and Indian (political) parties such as BJP? NC has failed to defend the Nepali spirit by not supporting a nepali priest. People critisizing on an appointment of a nepali priest may have some access to Pashyupati Fund. What the govt. should do now is to restructure the organization of Pashupati Development Fund. Fire all those who are critisizing now to prevent ‘Rajaswa Chuhawat’.

  5. Guys the reason to hire an Indian Citizen Priest is as follows – as per Wikipidia……
    Indian priests are stationed at Pashupatinath because when the King passes away, the entire Nepali people are supposed to stop religious services and enter a year long period of mourning. As the Pashupatinath needs to be eternally worshipped, Indians were brought to make sure that the Pashupatinath is worshipped even at the time of official mourning.
    Now the head of state is President, i guess any one can be the priest but please do not do dirty politics on this matter.

  6. पूजारी डक्टर दाहाल कताका परे । पुष्प कमल दाहालका त कोही हैनन? यदी तेसो होइन भने नेपाली पूजारी राख्ने निर्ण्य सहि हो। सर्बोच्च ले त काइते कानुन को व्याख्या न गर्ने हो। ब्यबहारिकता र उपयुक्तता त तेसले हेर्दैन।
    तर मन्त्री जस्तो मान्छेले अदालतको निर्णय नै मान्दैनौ चाँही नभन्नु पर्ने। त्यो निर्णयलाई सच्च्याउने र सुल्टो बनाउने अरु उपाय पनि त होला ni

  7. खास कुरा के हो भने नेपालमा पुजारीनै किन नहोस पारदर्सी रुपले कुनैपनि Qualified Professionalहरुलाइ संवन्धित ठाउंमा काम दिएर Optimum levelमा काम गराउने परंपरा नभएको र जसरी भएपनि आफ्ना राजनीतिकरंग लागेका झोलेहरुलाइ धुसाउने परंपरा रहेको चाहे त्यो विषय नमिल्दोनै किन नहोस् । यसै कुरालाइ माओवादी सर्कारले समेत निरन्तरतादिएको कारण दादा गिरी शैलीमा कुनै प्रक्रियानै नपुर्‍याइ आफ्ना मान्छेलाइ पुजारीमा रुपमा खुसुक्क नियुक्ती गरेको र सर्वोच्च अदालत लगाएत सवैवाट त्यको विरोध हुन पुगेकोले भारतीय संचार माध्यमले समेत धमिलो पानीमा माछा मार्दै आफ्नै शैलीमा समाचार प्रक्षेपण गरेको जस्तो मलाइ लाग्छ । भारतीय पुजारीहरुले राजीनामा दिइसकेपछि पारदर्शी तरीकाले रित पुर्‍याइ कुनै एक योग्य व्यक्तिलाइ पुजारी वनाइको भए यहां कसैले विरोध गर्ने थिएन । के गर्नु जहांपानी आफ्नै झोले ल्याउनु पर्ने ….

  8. Bhata Guru are not afraid of God of Pashupati Nath and Nepal Janta, It is clear that Nepal Janta blindly believe Bhata guru.

  9. WE NEPALESE ARE SO RELIGIOUS THAT WE ALWAYS WANT TO RETAIN AND MAINTAIN SAME OLD TRADITIONS AND CULTURE. IN THE WORLD HISTORY THERE WAS A PERIOD CALLED RENAISANCE IN EUROPE WHEN THE LEADERS OF EUROPE REVOLTED AGAINST THE RELIGIOUS RULERS AND SEGREGATED RELIGION AND POLITICS BACK IN 14TH CENTURY. HERE IN NEPAL THE SO CALLED SOCIAL-DEMOCRATS: CONGRESS IN 21ST CENTURY WANT TO MAINTAIN THE SAME OLD TRADITION OF LINKING RELIGION WITH POLITICS.THE HINDU KING AND HINDU-BASED PARTY OF HINDUSTAN ARE SO WORRIED THAT THE MAOISTS HAD STRICKEN HARD ON THEIR REGULAR INCOME SOURCE: THE OFFERINGS TO THE PASHUPATINATH. WHY NOT THE HINDU PARTY OF HINDUSTAN HIJACK THE ONLY HINDU DESPOSED KING OF NEPAL TO HINDUSTAN AND WORSHIP HIM AS THE 11? INCARNATION OF LORD VISHNU AND NEPALI?CONGRESS ULTRA-HINDUISTS FOLLOW EN-MASSE THE OUSTED KING GYANE TO INDIA TO SERVE HIM THERE WHOLE HEARTEDLY?

  10. khi truti kaa babzud pani sakarko yo nirnya le des bhkta haami nepali haruko shir garva kaa saath thado bhyako chha bhnda kuny atisayokti na hollaa, jaha samma pujaari ko prasnaa chha tyo dharmik dristikona kaa nataale pani nepali nai hunu parchha, tra saanskirtik aadambhari ko bhaasaa maa kuny tantra ra mntra, yabam bhatta ra dhal ko bisya laai pradhna thaanera hindutwa ra nepalitwa laai kamjor thaani, pasupati areaa maa aandolan garne parliriyaa laai nirantrtaa dinu bhaneko muluk maa dharmik samprdyaik jhagdaa nimtaai nepal laai bhutani karan gardy siikimi karan maa rupantran garne rajnitik bhitra ko rananitik daaupech ho bhandaa atisayokti na holaa. tes karan yo pariwartna laai haami saby des bhakta nepali harule aatma saat gari samya my sachet hundy yo des kaa naraynahiti hundy nagarzun sarekaa ra sinha drwar hundy b.i.c. bhwan jharekaa saby kahale aguwaa mahodaya jee haru lai panio kahabrdaari gardy durdarsi banna kaa nimti khabrdari garnu jaruri chha. nepal des ra nepali janata ko bhgya ko phaisala baare kuny prkar kaa naathh singh jee haru le boilnu haamro
    rastriya niti biparit chha. samtyamy hosiyar banau.

  11. Dear all

    Please don’t do poltics every sector.why you people can’t sleep with out dartiy poltics.

  12. शनिबार कान्तिपुर दैनिकमाँ “पशुपतिलाई…..” भन्ने शीर्षकमाँ छापिएको लेखमा “””भारतीय जनता पार्टीका अध्यक्ष्य राजनाथ सिहंले पनी पशुपतिमाँ भारतीय पुजारिलाई हटाई नेपाली पुजारी नियुक्त गरिएकोमाँ कडा शब्दमाँ निंदा गरेको भारितीय संचार माध्यमले जनाएको छन | सिम्हाले नेपालका रास्त्रपति र प्रधान्मंत्रिसंग यस् मामिलामाँ तत्काल हस्तक्षेप गारी पुरानो ब्यबस्था बहल गर्न समेत माग गरेका छन |””” भनेर बडो महत्वकासाथ छापेको छ..त्यसबारे माँ केही कुरा राख्न मन लगेर यसो जमर्को मात्र गरेको हूँ | भारतलाई किन चासो हुनु पर्ने हो यो बिषयमाँ ? छ मलाई, उसको नजरमा अनि कान्तिपुर दैनिकको नजरमा पनी के नेपालमाँ हिन्दुधर्म अनुसार पूजा गर्न सक्ने कोहीपनी पुजारी छैनन्त?? के हाम्रो कुनैंपनी मन्दिरहरुमा बिधिबत पूजा हुने गरेको छैनत अहिलेसम्म ?
    फेरि हाम्रा कांग्रेस्सका सभासद नाबिन्द्रराज जोशीले नवनियुक्त पुजारिद्वयबाट पूजा गरेको धार्मिक स्वतंत्रतामाथि अतिक्रमण भयो पो भनेछनत !! यो त मेरो बिचारमा हामी नेपाली पनी हिंदू नै हौं अनि हामी पनी हाम्रो आराध्यदेव को बिधिबत पूजा आजा गर्न सक्ष्यम छौ र देशकी धार्मिक स्वतंत्रता को पहिचान दिरहेकाछौं होइनर?? के हाम्रोचाहिँ पहिचान हिंदू होइन?? खोई उहाँलाइ भारतकै तलुवा चाट्नपर्ने अनि बिपक्ष्यामा भाएपछि सबै कुराको बिरोधनै गर्नु पर्ने जस्तो लाग्छ भने अर्कै कुरा हो | निश्चयनै हतारमा पदपूर्तिभाकोछ अनि केही नियम पनी बनेका छैनन यस् बिषयमा त्यों एउटा कमजोरी हो, मान्नु पनी पर्छ अनि शायद पुराना पुजारिहरुलाई राम्ररी बिदाई गर्नु पनी पर्थ्यो | प्रश्न क हो भने दुइसाया बर्समा पनी के नेपाली हरुले हिन्दुधर्म अनुसार बिधिबत पूजा गर्न सिकेनानता? के अझै त्यही परम्परा भनेर पछ्याईराख्नु पर्ने हो ? त्यसो हो भने त नेपाल का सबै परियोजनाहरुमाँ बिदेशीहरु संधै कर्मचारी बनाईराखैँनत, आख़िर बिदेशी बिना कुन चाहीं परियोजना सुरु अनी पूरा हुन्छर ? बिदेशबाटै सबै मेसिनहरू ल्याइन्छ, बिदेशीहरु नै राखौँनत चलाउने पनि सँधैकोलागि ?? अरुको लहलहीमाँ लगेर आफ्नो देशको पुजारीहरुमाँ अविस्वास गर्नु कुनैंपनी अर्थमाँ तर्कसंगत देख्न गारैपर्छ एउटा सच्चा नेपालीलाई

  13. पशुपतिनाथ मन्दिर माँ दिनहु हज्जारौ लाखौ को भेटी आउछ, त्यसको पारदर्शी हिसाब जनताको माझ मा आउनु पर्छ भन्ने बिषय मा कसैले पनी २ मत प्रस्तुत नगर्ला.
    हरेक घर ले बुहारी लक्ष्यन को नै खोज्छ, जो केटी राम्रो लग्छे, कुलीन हुन्छिन उनलाई नै बुहारी बनाउने चाहना राक्छन, कुरा चलाउछन, मागिन्छ, सल्लाह गरिन्छ , कुरा मिले पछि बिहे गरिन्छ र राम्री बुहारी भित्राउने गरिन्छ, यो एउटा घर को सांस्कृतिक धरातल माथि अडिएर बुहारी भित्राउने परम्परा को कुरा हो, सबैले राम्रो, गुनी मान्छे को सांगत, नेतृत्व चाहन्छ , तथापि राम्रो मान्छे ली आफ्नो नजिक बनाउने व नेतृत्व दिने औटा वे हुन्छ. त्याही अनुसार गरियो भने सब्थोक राम्रो देखिने हुन्छ. नियम मिचेर राम्रो को लागी राम्रो गर्दा पनी राम्रो नलाग्ने देखिन्छ , यी याबत कुरा मा नेकपा माओबादी को नेतृत्व वा सरकार सजग नरहेको देखिन्छ,, यो पशुपतिनाथ को मामिला मा मात्र हैंन , हरेक क्षेत्र मा सरकारी रबैया यस्तै देखिना ले जनता मा निराशा का बदल हरु प्रसस्त देखन सकिन्छ.
    तथापि पशुपति नाथ मा भएको ब्रम्ह लुट बाट छुटकारा पाउन त्यः भीतर परिबर्तन को खाचो निश्चित थियो. बिमती भनेको प्रक्रिया को मात्र हो. प्रक्रिया मिलाएर गर्दा अधिकार प्राप्त अधिकारी लबिबादित हुनुपर्दैन. सरकार ले ओअनी यो सोचेर गर्या भए आज यो टेंशन नै हुने थिएन, राम्रो को नाम मा नियम मिच्ने यो परम्परा मुलुक को भाबिस्य को लागी बहुत डर लाग्दो रोग को रूप मा मैले देखेको छू.
    यस् तर्फ माओबादी मंत्री, नेतृत्व सचेत भएँन भने एक किसिम को खतरनाक अराजकता मुलुक मा बढ़ने निश्चित छ.निश्चित रूप मा त्यसले मुलुक र मुलुक बसी को हित गर्ने छैन.

    भाई
    काठमांडू

  14. श्रीश्री पशुपतिनाथले सबै नेपालीको नेपालप्रती प्रेम जगाओस यही प्रथाना गर्दछु। पशुपतिनाथअले देश बिदेश मा बस्ने सम्पूर्ण नेपालीहरुमा कल्यान गरुन, साथै पशुपतिनाथ जस्तो हिन्दूमात्रको पवित्र तिर्थस्थल लाई बिबादमा नमुचिदेवोस सबैलाई सद्बुद्दी देउl

  15. श्रीश्री पशुपतिनाथले सबै नेपालीको नेपालप्रती प्रेम जगाओस यही प्रथाना गर्दछु। पशुपतिनाथअले देश बिदेश मा बस्ने सम्पूर्ण नेपालीहरुमा कल्यान गरुन, साथै पशुपतिनाथ जस्तो हिन्दूमात्रको पवित्र तिर्थस्थल लाई बिबादमा नमुचिदेवोस सबैलाई सद्बुद्दी देउl

  16. Nepal sarkar le balla ramro kam ko suruwat gareko chha.Yesta badnas bhatta ra Bhandari saheet tehako rakam kaskasko dhukutima janchha chaanbin hunuparchha.

  17. नेपाललाई चिनाऊने पशुपती नाथ मन्दिर मा नेपाली पूजारी भयकोमामा हामी सम्पूर्ण नेपाली गौरवबान्दित छौ अब देखी हाम्रो पशुपती नाथ को मन्दिरमा बिगेनेस्स हुँदैन र मन्दिर को सम्पूर्ण income शही ठाउँमा र शही प्रयोग हुने कुरामा हामी सबै नेपाली पूर्ण आशमा छौ .

  18. I salute those people,group,party and administration who had removed indian priests from pasupatinath temple. Atleast this goverenment doing some things extra than other GOV. King from 240 year, congress and UML are direct handling by Indian thats everybody knows who are educated. Now india using king and congress to withdraw mayobadhi GOV. but we need to think that what will be the option after that?????????? Kings didn’t do anything for people over 240 year and congress fellow the same path since they borned 2007BS. KING means Shah and congress means Koirala and other members are payable staff. King, congress and UML never make this issue over so many year coz they r selfish. I know very well indian’s dominating nature over nepali people and the same condition is there in top level also. I never support any party in nepal but i will support to everyone if they did something good nation. This is real salute” JAY NEPAL AND NEPALI”

  19. aba pani mathi jodinalai pujari aafno hunuparyo ni tesaile maobadi le aafno ichhya anusar pujari rakhe jasta chhan tata j vay pani pujari nepali hunupar6 ra tyo niyamanusaar ghunupar6

  20. i thik,nepali poeple and nepali government have awareness for the property and management of of PashupatiNath tample,
    I don;t think need to Andolan and Band,Ispirutal people do not go for fight ,, they always pray for good thing,,,,
    now i am afride that “Do hindu people really devoted with GOd”??????????????

  21. New Delhi, Jan 3 (PTI) Claiming that the removal of Indian priests from Pashupatinath temple had “hurt the sentiments of people of India”, BJP President Rajnath Singh today called up Nepal’s President and Prime Minister demanding their immediate intervention to resolve the “crisis”.
    “I had a telephonic conversation with Nepal President Ram Baran Yadav and Prime Minister Prachanda and sought immediate intervention to resolve the ongoing crisis. They assured me that they will look into this matter and take necessary steps,” Singh told reporters here.

    The three-century-old norm of employing Indian priests — having ancestral roots in Kerala and Andhra Pradesh– in the Pashupatinath temple was broken by the Maoist government in Nepal, which appointed Nepalese priests instead.

    The BJP president said it was for the first time in the last 300 years that no prayers were offered for a day at Pashupatinath temple, revered by Hindus.

    Singh said that the Nepal Supreme Court had issued a stay order but despite that the Indian priests were removed. “The removal of these priests has hurt the sentiments of people of India,” Singh added.

    The saffron party leader accused the Maoist government of Nepal of undermining Indo-Nepal cultural ties by this move.

    “By removing the Indian priests, the Maoist forces have not only dealt a body blow to the centuries old traditions of the temple but were also trying to undermine the inherent Indo-Nepalese cultural ties,” the BJP chief said. PTI

  22. Pasupati Nath ko matra ke kura garne! yaha Nepal ma Rupaiya falne Tham derai chhan ! Boudha Nath, Manakamana ra anya Thuprai thula thula mandir Haru pani Chaan !
    Tara Ke Garene Jo aye pani 2 din Natak Pheri Ustai !
    Natra bane Hami bijuli balna Kinna sakne chhyamata hunthyo!
    Napattaye Ye haru ho Tapai panai yek patak yeso mandir gumera serch garnu gumba.mandir haru ma katti amdani hunchha banrera afai thaha hunchha!
    Thaha bayera pani tapai hami ke pani garna sakdaina ho !!!! Bagawan lai thagna sakne manchhe harule Hami lai ke Napchha! Jai ho sabai ko hit garun…….

  23. बिग्रेको देश म सधैं यस्तै हो।
    हाम्रा नेता हरु नै त्य्स्तै।
    अब हुँदा हुँदा धर्म मा पनि राजनीति।

  24. राजनीति अनि राष्ट्रियताको कुरा होइन यो धर्मको कुरा हो यसमा जे परम्परा अनि प्रचलन लेखिएको छ त्यही हुनर्ुपर्दछ

  25. Pashupatinathko pujari nepali hunuhudaina bhani kasaile bhanchha bhane tyo sachcha nepali nabhaera 1 desh drohi ho.

  26. June goru aaye pani KANAI chereyekoo.

    Vanchhan ni, “Paisha vane pachhi MAHADEV ko pani 3 netra”.

  27. What is the situation of the accounting of income and expenditure now. After demise of Royal Palace, who is interfering with the transparency of Pasupatinath temple’s income. Hope current government has that answer. If they can not give that answer, maoist led government should be blamed as the Royalist Government. Every Nepalese is waiting for accountable government. We do not want to see any more bhand in the name of Government which we have seen lots in the past.

  28. अहिलेको नेपाल सरकारले जे गरेको छ राम्रो र उचित काम गरेको छ। पैसाको मुख कालो हुन्छ, चाहे त्यो राजनीतिमा होस्,या कुनै बिजिनेसमा होस्, या धर्ममा भन्ने संसारका मानव जाती सबैलाई थाहा छ। त्यसैले पशुपतीमा जे काम भयको छ, अती उत्तम र आवश्यक काम भएको छ। कसैले यस्को बारेमा बोल्नु, मुखफर्काउनु आफ्नै मुर्खता हुन्छ। पोहोर सालको कोशमा जम्मा भएको रकम र अहिले जम्मा हुने रकम १००% बढी हुनेछ। किनकी नेपालमा पैसा छ, तर जताततै चुहेको छ। साथीहो नेतालाई या सरकारलाई गाली गर्नु पर्छ, तर कुरा बुझेर मात्र।।।।।। नेपाल बनाउनेतिर लागौ है साथीहो, बिगारने तिर होइन।। धन्यवाद ।। नेपालको जय।।।। ..

  29. धर्म यस्तो महान कुरा हो जसलाई सागुरो बनाउनु हुँदैन |यसको अर्थ फेरी यो हैन कि आफुसग भएका धार्मिक धरोहरहरुको धर्मिक रुपले पालन पोशण गर्न नसकी अरुमा आश्रीत हुनु परोस |तसर्थ हामी हाम्रा धरोहरहरुको धार्मिक रुपले पालन पोशण गर्न सक्छौ |आजमात्र हैन धरै पहिला सक्ने थियौ कहाँ कसको स्वार्थले काम गर्‍यो कुनै दिन राज्यले खोज्ने हिम्मत गरेछ भने हेरौला |अब बिबाद गर्नु जरुरी छैन यो २१औ सताब्दी हो पूजा गर्ने पूजारीमा बिबाद गरेर आस्था राख्नेहरुको भाबनामा ठेस पुर्याउने काम उचित हैन |त्यहा हुने आम्दानीलाई बैज्ञानिक ढंगबाट चलाऊन सक्यौ भने संसारमानै हिन्दू धर्माबलम्बी प्रतीको ठुलो गुन हुने छ |
    श्री पशुपतीनाथले आफु लगायत हामी सबैको कल्याण गरुन |

    .

  30. I think it is good decision to appoint “Nepali Pujari” in Pashupati Nath Temple because “Indian pujari’s” are all used to taking Temple’s properties in India. As far as I know Temple earns more than billions of amount in a year but at the end of the year only 1/5th of total earning is disclosed. In this situation, at least Temple’s property won’t go outside the country if Nepalese are appointed as Pujari.

  31. A priest has to ba a nepali by birth, and that is it. BJP is not a political party. It can not be a political party. One reason and the big reason for that is its support for ONE religion. It is a nonsecular (political) party which has been demonstrating its dirty political activities in Nepal by interfering in temple matter.

  32. Hoina ho sathi ho ajhai rajparibar lai gali gardai maobadi lai baitarni tarne soch chha ki kaso. Abaja ta na raja chhan nata darwar. Aba ta bebastha milauna saknu paryo tira nee. Ki aba pheri bheti prachanda darwar tira pathauna yo prapancha hudia chha. Natra yaha rajniti kina. BHAGAWAN KO PUJA AARADHANA TA CHOKHO MAN LE GARNA PARYO NEE. NASTIC PARTY SARKAR MA CHHA BHANDAI MA YASARI DHARMA SANGA KHELNA PAAIDAINA. SAMSAD BHAWAN MA SAVHASAD LANA LYAUNA INDIA LE DAN DIYAKO GADI CHADNA HUNE. INDIAN NETA KO BHAJAN NASUNI KUNAI NIRNAYA GARNA NASKNE HARU LE YO PASUPATI MA PUJARI KO K KO BAKHEDA GAREKO??
    HINDI MA BHASAN GARNE VICE PRECIDENT LAI KUNAI KARBAHI NAHUNE DESH MA HINDU AARADHYA DEV PASUPATI MA K KO HO YO BAKHEDA. HINDU TA AKHIR HINDU NAI HO JABA DHARMA KO KURA AAUCHHA….
    DHARMA MA RAJNITI NAGARA NATRA PASUPATI LE SARAPE BHANE SAB KAHRANI BHAI BHASMA HOLAU HAI NETA HO HOS GARNU…..

  33. लाहुरे दुबइ,

    अहिलेको बिबाद ईन्डियाद्वारा प्रायोजीत रहेछ।
    माओवादी सरकारले धेरै पछी एउटा राम्रो काम गर्न खोजेछ त्यस्मा पनि तगारो हाल्न ईण्डियन भुत्तेहरु जाइलाग्दैछ।

    हिन्दूत्वको नाममा आफ्ननो प्रभुत्व कायम राख्न चाहने यो स्पश्ट दबाबमा सके अझै पनि “राजाबादी” भनाउदाहरु पिचलग्गु होलान, त्यसका पछी परम्पराको नाममा सडेगलेका कुराहरुलाई समाजमा लादन खोज्ने ढोङी,असामाजिक किरा – “पाखन्डी पन्डीत” भनाउदा नेपालीहरु पनि पछी लाग्थे होलान तर परदेशका बाहुन पन्सिन्दा कुनै बेला, कुनै ताका पशुपतीनाथको दान दक्षिणा कुम्ल्याउने सुबर्ण मौका पो पर्ने हो कि भनेर भैपरी-अपुताली आउने अवशरको पर्खाइमा बिरोध गर्ने मुख थुनिएको छैन भने अर्काको देशमा आफ्नना देशका बाहुनले गरिखान पाएनन भनेर भारतीय अतिबादी हिन्दूहर्ले लडिबुदी गर्दैमा नेपाल सरकारले निर्णय परिवर्तन गर्‍यो भने लौन नि “प्रचन्ड” अपमानै पो हुने हो कि? पत्तो लाउनेले प्रती कमेन्ट गरे हुन्थियो।

    लाहुरे, दुबइ

  34. Pashupati ko income transparent hunai parchha ani teslai social works ma kharcha garinu parchha.

  35. आम्दानी खर्च पारदर्सी हुनत नियुक्ती नै पारदर्सी हुनुपर्‍यो। हिनामिना गर्ने वा भ्रस्टचारिलाई( कर्मचारी वा अन्य जुनसुकै क्षेत्रका भयेपनी तत्तत सेवा क्षेत्रमा भबिस्यमा पुन काम गर्न नपाउने वा अयोग्य हुने गरी ) अनिबार्य अबकाश दिने र सार्वजनिक बेइज्जती समेत् गर्ने कानूनी ब्यबस्था गर्न जरुरी भैसकेको छ।

  36. श्री पशुपती नाथको आम्दानिको पुरा पार्दर्सि हुनु पर्छ । येक् पटक म दक्षीण भारत को तिरुपति बालजी पुगेको थिय तेहाको ब्यबस्थित तैर् तरिका देख्दा खेरि थक्क थक्क लग्यो। आनि हाम्रो पशुपती नाथ को मन्दिर् सम्झे सम्झदा आफै लाइ दिक्क लाग्यो । पशुपतिको आम्दानि जति सबै भट्ट हरु ले भारत पुराउछन, येस्मा दुइ मत छैन ।नेपालि पुजारी हुनुपर्छ र आम्दानि पुर पार्दर्सी हुनु पर्छ ।

  37. लौ यो कस्तो नियम हो जहिले नि सिधै “यो माथि बाट जोडीएको हो “! गजब छ बाबा !!! पशुपती नाथ जस्तो पवित्र मन्दिर लाई नि बिबाद को घेरा मा !!! श्री पशुपती नाथ ले हामी सबै को कन्ल्यान गरुन !!!

  38. सर्बप्रथम त नया बर्ष २००९ को सुभ -कामना! र यस बर्ष देखि नेपाल को हरेक धार्मिक इस्थल हरु देखि कुनै पनी प्रसिद्द इस्थल हरु माँ त्याहा रहेका त्यस क्षेत्र अर्थात बिषय का जिम्मेवार ब्यक्तिहरु माँ सतबुद्धि आओस!र यी सबै धार्मिक र आकर्षक क्षेत्र को सरसफाई र रंग रोगन का साथै नाम अनुसारको हेर्न र महसुश गर्न लायक बनोस!आम्दानी भएको रकम त्यस क्षेत्र को बिकाश र देश को हित को लागी आबस्यक बिषय माँ खर्च होस!साथै हरेक नागरिक र पत्रकार सबैले यस्ता किसिमका बिषय बस्तु लाइ ध्यान दिएर त्यसको संचालन शही ढंग बाट भएको छ की छैन भन्ने चासो लिनु पनी अति आबस्यक छ जस्तो मलाई लाग्छ!र यस बर्ष देखि पशुपति नाथ को उज्यालो दृश्य का साथ साथ दाहसंस्कार गर्ने एरिया र पबित्र नदी को पनी पबित्रता र ब्यबस्थित अनी सभ्य प्रक्रिया को सिर्जना होस भन्ने आशा र कामना गर्दछु!
    ज्योति क्षेत्री-बेल्जियम

  39. श्री पशुपतिनाथ को मन्दिरमा कुनै पनि हालत मा नेपाली पूजारी हुनु पर्दछ। यसमा कुनै पनि हालत मा राजनीति हुनु हुँदैन श्री पशुपतिनाथले सबै नेपालीको नेपालप्रती प्रेम जगाओस यही प्रथाना गर्दछु।

Comments are closed.