के रहेछ रहस्य यसको ?


अबेर रातिको समय। मरु सतः अर्थात् काष्ठमण्डपपछाडि रहेको भुति सत्तलबाट धिमे भुस्या नामको एउटा परम्परागत बाजा बजाउँदै गजुर नभएको मन्दिर मरु गणेशस्थाननिरबाट प्याफलतिर अगाडि बढ्छ। त्यसैको पछाडि एउटा सेतो मुकुण्डो लगाएको मान्छे बाहिरिन्छ। जामा पहिरिएको यो मान्छेको आँखा कसैले छोपेको हुन्छ। आँखा छोप्नेले मरु गणेशस्थान आएपछि बल्ल छोपेको हात निकाल्छ। तर पनि यो अचम्मको आकृतिको दुवै हात फैलिएको हुन्छ। ती हातहरु अन्य सहयोगीले समातिरहेका हुन्छन्। संगीतको तालसँगै यो आकृति रातको बेला नगरपरिक्रमा गर्न निस्कन्छ। यो आकृतिको पछि पछि हुन्छ सयौँ मानिसहरु। ती सबै सेतो पहिरनमा हुन्छन्। काठमाडौँमा हिजो राति देखिएको यो दृश्यको रहस्य के हो त ? आखिर को हुन् यिनी ?

तल पढ्दै नपढी जवाफ पाउन हतार भएको भए यहाँ क्लिक गर्नुस्

आँखा छोप्दै काष्ठमण्डपपछाडिबाट निकाल्दै।


इन्द्रचोकमा यो फोटो खिच्दा रातको ११ बजिसकेको थियो।


नजिकबाट हेर्दा।


त्यो आकृतिको पछि पछि हिँडेका सयौँको जुलुस। सबैले सेतो लुगा लगाएका छन्।


यो बारेमा कुनै फोटो वा भिडियो छ कि भनी मैले इन्टरनेटमा खोजेँ, तर स-साना कुरा पनि हुने इन्टरनेट सञ्जालमा यो विषयमा केही पनि भेटिएन। त्यसैले तपाईँले हेरिरहनुभएका यी फोटो र तलको भिडियो इन्टरनेटमा पहिलो पटक राखिएको हो।

भिडियो हेर्नुस् त, कस्तो हुँदो रहेछ आवाजसँगै छिटो छिटो हिँड्ने यो जुलुस।

यसको रहस्य बुझ्न क्लिक गर्नुस्

17 Comments

  1. dharai culture huda dharai ramro kasari huncha ra malai ta testo lagdai na kina bhane hami afonu parichain ko lagita afonu deslai ramro bhananu haina ra

  2. when i was in ktm i used to enjoy this festival with my friends but these days i am so far. Any way thanks to mysansar for your effort. i really miss those days

  3. Interesting & very rich our cultures, Hindus, Buddhists, Muslims and all religions are unified in Nepal. So, we proud of cultures, climate and naturally beautyful our country Nepal for tourism develop as like second in this World Switzerland of our country. Think wisely Nepalese brothers & sisters. Thank you Umesh Dai.

  4. Nagarik News bata

    दिवंगत पिताको स्वर्गमा बास होस् भन्ने कामना गर्दै नगरपरिक्रमा गर्दैछन् आफन्तीहरू।
    जीवित देवी कुमारीको रथ तानेर कुमारीघरमा राखेपछि मात्र सुरु भएको हो जुलुस। कुमारी रथ घुमाएको बाटोबाटै परिक्रमा गरिन्छ। बाटोमा अन्न छर्दै हिँडिरहेको छ जुलुस। मृतकका नाममा नौथरी अन्न (तोरी, कालो तिल, जौ, लाभा, ज्वानो, केराउ, मास, कालो भटमास, सरस्युँ) छर्दैछन् उनीहरू।

    इन्द्रकी आमाको स्वरुप झल्काउन जुलुसको अग्रभागमा हिँड्नेले सेतो मुकुन्डो र जामा लगाएको छ। त्यसको पछाडि धिमे बजाउँदैछन् कलाकारहरू। नर्कटमा बालिएको बत्ती बोक्ने युवा अग्रभागमा छन्।

    स्थानीयबासी घरका झ्याल र पेटीमा बसेर हेरिरहेका छन्। मन्दिरमा पुग्नासाथ जुलुसमा हिँड्नेहरू फूल चढाउँछन्। घन्ट बजाउँछन्। महाराजगन्जबाट भाइ सुरजसँगै आएकी ज्ञानकमल तुलाधर पनि अन्न छर्दैछिन्। भन्छिन्, ‘धार्मिक विश्वासले आएकी हुँ।’
    मरुटोलबाट यट्खा, नरदेवी, बांगेमुढा, असन, हनुमानढोका, जैसिदेवल, लगन, ब्रह्मटोल हुँदै करिब डेढ घन्टामा उनीहरू मरुटोलमै आइपुगेका छन्। मरुहिटीमा हातमुख धोएर आआफ्नो घर फर्कने तरखर गर्दैछन् धेरैजसो। एउटा हुलचाहिँ काठमाडौं नगरबाट पश्चिम थानकोटको इन्द्रदहसम्मै पुग्नेछ। त्यहाँ नुहाइ-धुवाइ गरेपछि मात्र फर्कनेछन् उनीहरू।
    हरेक भाद्र शुक्ल चतुर्दशीमा यसैगरी पितृलाई भेट्न स्वर्गयात्रामा निस्कन्छन् मृतकका आफन्त। यात्रा कति बजे सुरु हुन्छ भन्न सकिन्न। कुमारीघरमा रथ बिसाएपछि मात्रै यात्रा थालिन्छ। डल्लुका शेषनारायण महर्जनका अनुसार पोहोर बिहानको तीन बजे मात्रै सुरु भएको थियो यात्रा। यसपाली साढे दस बजे नै सुरु भयो। मंसिरमा बितेकी आमाको बैकुण्ठमा बास होस् भन्ने कामना गरे उनले।

    वर्षदिनभर दिवंगत आत्माको चिर शान्तिको कामना गरिन्छ नगरपरिक्रमामा। एउटा परिवारबाट एक जना मात्रै सदस्य आए पनि हुन्छ। त्यसो त स्वर्गयात्रामा शोक नपरेकाहरू पनि भेटिन्छन्। संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार विशेषतः बौद्धमार्गी नेवार स्वर्गको यात्रामा निस्कन्छन्।

    यात्रुले दिनभर नुन भएको खाना खानु हु्ँदैन। मिठाई र फलफूल खान्छन् उनीहरू।

  5. Now we are realising how important and necessary our cultures and lifestyle. These are our identity so common everyone lets support and preserve these cultures and heritage. All the government, doesn’t matter maoists as well, need to preserve these cultures.

  6. are yar tyo ta indra ko aama honi.mathiko awaf herne vaye yaha click garnuhos vaneko thauma hernu na tha vai halcha ni………….

  7. लु…..अब चाँही त्यो रहस्य मैले बुझे जस्तै लाग्यो है साथी // मेरो मतलब त्यो ईन्द्र जात्रा हुनुपर्छ हो कि होइन हौ साथी ??

  8. खोइ के हो यसको रहस्य मैले त बुझ्नै सकिन साथी !! भिडियो हेरे र पनि बुझिन हौ !!
    यसको मतलब त्यो एकदम रहस्यमय नै होला है साथी // लु…..फोटोहरु हेर्दा त भयानक रहस्यमय नै देखे मैले पनि तर को हुन् ति ?? किन त्यस्तो गरेको ?? त्यसको रहस्य बुझ्न पाए हुन्थ्यो ??

  9. अचम्म छ बा के होला तेस्तो? नेवार साथी हरु लाई अबस्य थाहा छ होला आफु गोरखाली बाहुन परियो काठमांडू को चलन तेती थाहा छैन, थाहा पाउन पाए हुन्थ्यो लौ न साथी हो भनु के हो तेस्तो !!!!

Comments are closed.