दागीँ अर्थात् इन्द्रकी आमा हुन् यिनी


अबेर रातिको समय। मरु सतः अर्थात् काष्ठमण्डपपछाडि रहेको भुति सत्तलबाट धिमे भुस्या नामको एउटा परम्परागत बाजा बजाउँदै गजुर नभएको मन्दिर मरु गणेशस्थाननिरबाट प्याफलतिर अगाडि बढ्छ। त्यसैको पछाडि एउटा सेतो मुकुण्डो लगाएको मान्छे बाहिरिन्छ। जामा पहिरिएको यो मान्छेको आँखा कसैले छोपेको हुन्छ। आँखा छोप्नेले मरु गणेशस्थान आएपछि बल्ल छोपेको हात निकाल्छ। तर पनि यो अचम्मको आकृतिको दुवै हात फैलिएको हुन्छ। ती हातहरु अन्य सहयोगीले समातिरहेका हुन्छन्। संगीतको तालसँगै यो आकृति रातको बेला नगरपरिक्रमा गर्न निस्कन्छ। यो आकृतिको पछि पछि हुन्छ सयौँ मानिसहरु। ती सबै सेतो पहिरनमा हुन्छन्। काठमाडौँमा हरेक वर्ष इन्द्रजात्राका बेला देखिने यो दृश्यको रहस्य के हो त ? आखिर को हुन् यिनी ?



यिनी हुन् दागीँ। डंकिनीको अपभ्रंश रुप मानिन्छ दागीँलाई। यिनी वास्तवमा देवराज इन्द्रकी आमा हुन् रे दागीँको भेषमा काठमाडौँ आएका।

काठमाडौँमा पारिजातको फूल चोर्न आएका इन्द्रलाई यहाँका बासिन्दाले पक्रेर थुनेर राखेपछि उनकी आमा बसुन्धरा आफ्ना छोराको खोजी गर्दै काठमाडौँ आएका रहेछन्। यहाँको दरबारमा इन्द्रलाई चोर झैँ हात बाँधेर राखेको देखेपछि उनले काठमाडौँमा शीत ल्याइदिने वाचा गरेर उनलाई छुटाएछन्। काठमाडौँका बासिन्दालाई मृत आफन्तलाई भेट्न स्वर्ग लैजाने वाचा पनि गरेछन्।

इन्द्रलाई लिएर बसुन्धरा स्वर्ग जान लाग्दा मृत परिवारका आफन्तजनहरु उनीसँगै पछि लागेर गएछन्। अब परेन फसाद ! कहाँ जिउँदो मान्छेलाई स्वर्ग लैजान मिल्नु। स्वर्ग जानका लागि एउटा डाँडाको टुप्पोमा पुगेपछि उनले चलाखी गरिछिन्। नुहाएर पवित्र नभैकन स्वर्ग पस्न मिल्दैन। त्यसैले यकिँ दह अर्थात् इन्द्रदहमा नुहाएर आऊ। थानकोटमा पर्छ यो दह अहिले।

उनीहरु नुहाउँदै गर्दा बाक्लो कुहिरो लाग्छ। त्यही मौकामा इन्द्र र उनकी आमा भाग्छन्।

श्रुतिकथा यही हो। मिति थाहा नभएको बेलादेखि (लिच्छवी कालदेखि पनि भनिन्छ) चलेको यो परम्परा अहिलेसम्म पनि कायमै छ। यो वर्ष अस्ति बिहीबार राति यसो गरिएको थियो। इन्द्रजात्रामा कुमारीको रथ घुमाएर बसन्तपुर पुर्‍याइसकेपछि केही बेर पर्खनुपर्‍यो। त्यसपछि दागीँ निकालियो।


त्यंगःका एक ज्यापु (नेवारमा अरु जस्तो एक जात नभएर त्यसभित्र विभिन्न उपजाति हुन्छ। नेवारभित्रै पनि बाहुनदेखि लिएर कथित दलितसम्म हुन्छन्। नेवारहरुमा कृषि कार्य गर्ने जातिलाई ज्यापु भनिन्छ) ले सेतो मुकुन्डो लगाउँछन्। काष्ठमण्डपपछाडिको भुति सतःबाट आँखा छोपेर उसलाई ल्याइन्छ। उसको हात दुई जना सहयोगीले समाएका हुन्छन्। एक जना तुलाधरको घरमा यो मुकुण्डो राखिएको हुन्छ।

सबैभन्दा अगाडि मरु टोलका ज्यापुहरुको एउटा समूह हुन्छ। याकको रौँ लामो बाँसमा राखेर बनाइएको घुन्याँ घुमाउँदै धिमे भुस्या बजाउँदै अगाडि उनीहरु हिँडेका हुन्छन्। दागीँको पछाडि भने त्यो वर्ष ज्यान गुमाएका मानिसका आफन्तजन हुन्छन्। सबै सेतो पहिरनमा।

बाजाको तालमा यिनीहरु छिटोछिटो हिँड्छन्। हिँड्दा उनीहरुले मृतकको नाममा नौ थरी गेडागुडी बाटोमा छर्दै हिँड्छन्। दागीँको पछि पछि स्वर्गमा गएर घर फर्कने बाटो नबिर्सोस् भन्नलाई यसरी छर्कने चलन चलेको रे।


मरु गणेशस्थानबाट प्याफल हुँदै नरदेवी, असन, इन्द्रचोक, बसन्तपुर, चिकंमुगल, लगन, जैसिदेवल, ह्युमत, भीमसेनस्थान हुँदै काष्ठमण्डप गएर टुंगिन्छ यो यात्रा। यो यात्राको रुटले एउटा खड्गको रुप लिन्छ भनिन्छ। राजा गुणकामदेवले कालीको खड्ग कै आकारमा काठमाडौँ सहरको निर्माण गरेका थिए रे। हाल काठमाडौँ महानगरपालिकाको लोगोमा पनि खड्ग नै राखिएको छ।

यात्रा सकिएपछि भुति सतःमा बाँकी सामान फाल्छन्। मरुहिटीमा मुख धोएर उनीहरु घर फर्कन्छन्। कोही भने राति नै १२ किलोमिटर टाढा थानकोटमा रहेको इन्द्रदहमा नुहाउन भनेर पुग्छन्। राति साढे ११ बजे इन्द्रदह जाँदै गरेका एक जना बूढाले मलाई सुनाउँदै थिए- पहिले त अँध्यारो हुन्थ्यो, बत्ती हुँदैन थियो। चिप्लेर खस्यो कि सीधै स्वर्ग गइन्थ्यो।


दागीँसँगै अर्को एउटा परम्परा पनि हुन्छ जसलाई बौमतः भनिन्छ। यसमा भने सायमि (मानन्धरहरु)को सहभागिता हुन्छ। तेलको काम गर्ने नेवारहरुलाई सायमि भनिन्थ्यो पहिले। बौमतः निकाल्नेहरुले दागीँ र दागीँले बौमतः हेर्नु हुन्न भन्ने गरिन्छ। त्यसैले दागीँले माथिल्लो सहरको परिक्रमा गरेर तल्लो सहर परिक्रमा गर्न हिँड्ने बित्तिकै बौमतः निस्कन्छ माथिल्लो सहरको परिक्रमा गर्न।


बौमतःमा दुई मिटरसम्मको लामो बाँसहरुलाई जुटले बाँधिएको हुन्छ र त्यसमा दीयो बालिएको हुन्छ। दीयोलाई गोबरले टाँसिएको हुन्छ। यो लामो बत्तीले दागीँ कै बाटो पछ्याउँदै नगर परिक्रमा गर्छ। अघिको दागीँ जुलुसमा गएर फर्किएकाहरुले बाटो नबिराउन् भनेर यो बत्तीको जुलुस निकाल्न थालिएको पनि भनिन्छ।

बौमतः जुलुस सकिँदासम्म अबेला भइसकेको हुन्छ। त्यस्तै बिहानको २-३ बज्छ बौमतः यात्रा सकिँदासम्म। त्यसैले विदेशीहरु इन्द्रजात्रामा रथ तान्ने, लाखे, महाकाली नाच हेर्ने गर्छन्, यसमा उनीहरुको आँखा गएको हुँदैन।

[दिनेश मानन्धर, केवल श्रेष्ठसितको कुराकानी र सिनास जर्नल, १९९२ का आधारमा]

भिडियो हेर्नुस् त, कस्तो हुँदो रहेछ आवाजसँगै छिटो छिटो हिँड्ने यो जुलुस।

21 Comments

  1. Newar Culture बारे बिस्तृत जानकारी दिनु भएको मा धन्यवाद ….

  2. Thank you very much for detailed information. I am not from inside Kathmandu, i.e. Newari background so it is really interesting to know in details about the things which I have heard lots but never really knew much.

  3. Thank you. I really appreciate for all the information. Though being sayami, I didn’t know about Baumat and nor about Daagi. I have seen people with white dress going for walk in the evening but didn’t know exactly the reason.

    So now I am clear.

    Thank you once again.

    RIA

  4. Thank you very much for this detail information. Proud to be Newari and its cultures.

    Thank you and Peace 🙂

  5. Thank you Mysansar….

    it is really interesting and the importent topic…. Ktm and newari culture is full with distinct culture…

  6. हो नेपाल बिभिन्न जात जाती र सस्कृतिले बिस्वोमा धनी त कहलिएको छ नै, तर यो सस्क्रितिको नाम मा कुनै कुनै त परिमार्जन गर्दै लानु पर्ने देखेको छु मैले त जस्तै यहाँ आफन्तलाई भेट्न स्वोर्ग गएकाहरुले फर्किदा बाटो नबिराउन भनेर छर्दै जाने ९ थरिका अन्न गेडा-गूडी बाटो भरी छर्दै जानु र सस्कृतिको नाममा अनाबसेक खर्छ-पानीलाई पनि रोकाइनु पर्छ जस्तइ लाग्यो मलाई,

  7. Thank you mysansar for posting it.

    Please do not politicize our culture and take advantage of it. We all are Nepali first; and whatever second. GOD give this wisdom to our politicians!!!

  8. wow fantastic job well done..many many thanks to all except(nischal)..it really make me feel like i always missing important part of my life .. thats is my culture. lol cheers

  9. Newar sanskritima sabai bhanda dhani ho.
    Byawasthit ra susajjit paramparako yo jaatiko jhandai jhandai astitwa nai khataramaa napareko hoina.
    Newa rajya bhaema ajha esto ramailo ra dharmik mahatwako parawaharu herna painchaa bhanne asa chha. Je hos Tibetma Bauddha dharma phailaune ra sikaune dekhi liera yastai dew nirtya haru sabai prachin kaalma newar guruharule haalako ‘Gana Bahalma’ sikaeko maaninchha, Pachhi alikati modify garera lamaaharule Tibetma sikaeko ho ra haala samma Gumbaharumaa bela belama yesto Nirtyaharu pardashan garinchha. Yo maathiko Dakini ko barema Himali paramparama ‘Khadoma; Bhaninchha.

  10. Dear MySansar Editors

    I really appreciate your efforts to keep us updated with our culture and tradition that many of us have no idea for what reason and why we celebrate all these festivals. It really makes me feel very proud of being Nepali. I might not be right, but am convinced that all these festivals make us happy and varied even though we have lots of problems surrounding us. My genuine request to all the Nepalese friends, please respect our culture and traditions and do not mess them with politics.It is so beautiful to know that all these stories and mythology are still a part of our daily life.

  11. nepal ko culture vannu nai newari culture jasto vaisakeko chha.Dhanna upatayakaka newar le jogai rakheka chhan aafno culture lai.Bhasa jastai culture le hamro pahichan lai jogauchha…….tara hamile yeslai jogaunu paryo…..

  12. It sounds really obscure to me. But, this is the culture that holds significant sociological and anthropological value. This is part of our culture that we can feel proud of being Nepali uniqueness. Thanks a lot our Newar compatriots for keeping this culture alive.
    Thanks a lot to mysansar.com for giving us opportunity to be familier with this part of NEPALI identity.

  13. अ-थाहा छ नेपाल मा पनि नेवार हरुको सांस्क्रिती, सास्क्रिती ले सबै भन्दा धनी जातिमा पर्छ नेवार (सास्कृतिमात्र होइन सामाजिकता र ब्याबस्थापनामा पनि नेवार बेजोड छ, कथमान्डौ, ललितपुर, र भक्तपुर अनी अलिकती बनेपा, धुलिखेल ले पनि सम्मती जनाउदछ यो कुरामा) यस्को अझै जगेर्न,ब्यबस्था, प्रबर्द्दन, र बिकास गर्न पनि नेवार हरुको पूर्ण स्वोशासन सहीतको राज्य आबस्यक छ।
    तेसै गरी अन्य जाती बिशेष लाई पनि लागु हुन्छ, तर नेवा राज्यमा यो कुरा अधिक लागु हुन्छ किनकी अत्याधिक अतिक्रमित र बिग्रह नेवा सस्क्रिती र नेवा राज्यमा भयको कुरा सबैले मन्नै पर्ने हुन्छ।
    “I’M PROUD OF THIS CULTURE AND I LOVE IT”

Comments are closed.