युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By दीपक अर्याल, on August 18th, 2010
- दीपक
नेकपा ए(माओवादी)लाई नागरिक पार्टी बनाउने धुनमा केपी ओली समुह, नेपाली कांग्रेस, राप्रपा, लगायत नेपाली मिडिया सेक्टर र एनजीओहरूले निकै परिश्रम गरिरहेका छन्। उनीहरूको चाहना अनुरूप नै नेकपा माओवादी पनि विस्तारै नागरिक पार्टीमा रूपान्तरित हुँदैछ। ४-४ पटक प्रधानमन्त्रीका लागि चुनाव लड्नु, हार्नु, सांसदहरूले फ्लोर क्रस गरेर भोट हाल्ने अवस्था देखापर्नु, पार्टीभित्र किचलो बढ्दै जानु, जनतामाझ [...]
By दीपक अर्याल, on August 13th, 2010
- दीपक
- शंकर पोखरेलजीहरू लगायतका एमाले युवा साथीहरूको तर्क आयो,- “माधव नेपालको सरकारले राजिनामा दिएर देशमा समस्या निम्तियो, राजिनामा नदिएको भए यस्तो समस्या नै आउने थिएन।राजिनामा दिनाले देशले निकास पाएन। देशले प्रधानमन्त्री पाएन। यस्तो अवस्थाको सृजना हनुको कारण नै उहाँको राजीनामा हो। आदि आदि”
बडो सही कुरा! एउटाले थप्यो- प्रचण्डको राजीनामा नभएको भए माधवकुमार प्रधानमन्त्री नहुने, [...]
By दीपक अर्याल, on May 12th, 2010
- दीपक अर्याल
माओवादीले कहिले प्रतिगामी, पुनरूत्थानवादी र अग्रगामीको नाममा, कहिले गरीब र धनीका नाममा अनि हाल सुकिला-मुकिला र मैला-धैलाका नाममा नेपाली समाजलाई विभाजन गरिरहेको छ। उसले सामाजिक, आर्थिक वा राजनीतिक हिसाबले नागरिक/जनतालाई कुनै एक कित्तामा राखेर एउटा कित्ताको नेतृत्व गर्दै अर्को कित्तामाथि आफ्ना विचार लाद्ने प्रयास गर्दैछ। माओवादीले युद्ध शुरू गरेदेखि नै जनतालाई फरक-फरक कित्तामा [...]
By दीपक अर्याल, on May 9th, 2010
- दीपक अर्याल
आमहडताल फिर्ता लिने निर्णयले माओवादीको दम्भ वा अहंलाई जरूर ठेस पुगेको छ; माओवादी कार्यकर्तालाई पनि निराश नै पारेको होला। आमहड्ताल फिर्ता भएपछि मुढेबलका भरमा हुन लागेको आन्दोलनले हार्यो वा आन्दोलनको प्रतिकारमा उत्रेको सरकारले हार्यो अथवा त्यो भन्दा पर गएर समग्रमा लोकतन्त्रवादीहरूले हारे त्यसको विश्लेषण गर्ने बेला भइसकेको छैन। त्यसको विश्लेषण र विवेचना पनि [...]
By दीपक अर्याल, on April 18th, 2010
२०६२/६३को आन्दोलनदेखि हाल २०६६/६७का बीचमा नेपाली राजनीतिले आशा होइन निराशा थपेको छ। शान्ति र सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनका लागि आन्दोलनमा सहभागी भएका धेरैका लागि लाजमर्दो स्थिति बनेको छ। राजनीतिक दलहरूसँग विगतको धङधङी बाँकी छ र उनीहरू कुनै पनि कुरामा आफुलाई हिजो भन्दा आज फरक भएको देखाउन र सुध्रिएको बताउन सक्ने स्थितिमा छैनन् भने माओवादीसँग [...]
By दीपक अर्याल, on March 28th, 2010
- दीपक अर्याल
गिरिजाप्रसादको निधनपछि धेरैको प्रश्न छ, “अब के हुन्छ? अनि धेरैको उत्तर छ, “यो देशमा केही हुँदैन।“ यी प्रश्न-उत्तरले भविष्यप्रति आश्वस्त हुन नसकेका आम नेपालीहरूले नेताहरूप्रति देखाएको अविश्वासलाई प्रतिविम्बित गर्छ। यो देशमा जे सुकै भए पनि नयाँ केही हुँदैन भन्ने मान्यताले जरो गाडेको छ र यो केही हदसम्म सत्य पनि देखिन्छ। कतिपयले देश “पशुपतिनाथको [...]
By दीपक अर्याल, on February 9th, 2010
- दीपक अर्याल
जमीम शाहको हत्यापछि भारतीय र केही हदसम्म नेपाली मिडियामा प्रकाशित समाचार तथा जानकारीहरूले जमीम शाह मारिनुका पछाडि आपराधिक समूहको हात भएको र जमीम पनि “आपराधिक समूह”सँग सम्बन्धित रहेकोले मारिएको र मारिनु “केही हदसम्म जायज” पनि भएको कुरालाई अप्रत्यक्ष रूपमा पुष्टि गर्न खोजेका छन्। खासगरी भारतीय समाचार माध्यमहरूले जसरी समाचार तथा जानकारीहरू दिइरहेका छन् [...]
By दीपक अर्याल, on December 24th, 2009
- दीपक अर्याल
फुको (Foucault) मानिस वा समाजमा श्रृजना हुने ज्ञान, सोचाइ वा मान्यताहरू सङ्कथन (Discourse) का माध्यमद्वारा उत्पन्न हुन्छन् भन्ने मान्यता राख्छन् र उनका अनुसार सङ्कथन भन्दा बाहिर रहेर कुनै चीजको कुनै पनि अर्थ र अस्तित्व छैन। ऊनको यस प्रसङ्गलाई वर्तमान नेपालको राजनीतिमा देखा परिरहेको सङ्कथनसँग तुलना गर्न सकिन्छ। डा. केशर जङ्ग रायमाझी, विजय गच्छेदार, [...]
By दीपक अर्याल, on November 9th, 2009
- दीपक अर्याल
माओवादी-नेपाली सेना एक-आपसमा नलडेको र राजतन्त्र वा राजा नरहेको स्थितिलाई छाडिदिने हो भने वर्तमान नेपाल दिल्ली सम्झौता (७ पार्टी र माओवादी विच भएको सम्झौता) भन्दा ठीक अगाडिको स्थितिमा पुगेको छ। माओवादीले मागेको वा खोजेको गणतन्त्र र संविधान सभाको निर्वाचन भइसकेको छ भने अन्य पार्टीहरूले खोजेको सत्ता उनीहरूलाई प्राप्त भइसकेको छ। यदि, “माओवादीले कम्युनिष्ट [...]
By दीपक अर्याल, on September 13th, 2009
- दीपक अर्याल
गोसाइँकुण्ड
स्याप्रुवेशीदेखि रसुवागढी वा तिब्बतको बोर्डरसम्म करिब २५ कि.मि. लामो बाटो बनेको छ जसले गर्दा यताका बासिन्दालाई धेरैकुराका लागि काठमाडौंसँग मात्र भर पर्नुपर्दैन।त्यसो त स्याप्रुवेशीदेखि धुन्चे हुँदै काठमाडौंसम्म पनि सवारी साधन चल्ने गर्छ तर वर्षैपिच्छे आउने पहिरोले यो बाटोलाई नियमित चल्न दिंदैन।सर-सामानहरू तिब्बततिरबाट स्याप्रुवेशी आइपुग्छन् र खच्चडको सहाराले उकालो लाग्छन्- [...]
|
Connect with Facebook
|
Recent Comments