मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    जमीम शाहको हत्या र यसले उठाएको प्रश्न

    - दीपक अर्याल जमीम शाहको हत्यापछि भारतीय र केही हदसम्म नेपाली मिडियामा प्रकाशित समाचार तथा जानकारीहरूले जमीम शाह मारिनुका पछाडि आपराधिक समूहको हात भएको र जमीम पनि “आपराधिक समूह”सँग सम्बन्धित रहेकोले मारिएको र मारिनु “केही हदसम्म जायज” पनि भएको कुरालाई अप्रत्यक्ष रूपमा पुष्टि गर्न खोजेका छन्। खासगरी भारतीय समाचार माध्यमहरूले जसरी समाचार तथा जानकारीहरू दिइरहेका [...]

    वार्ता अधिकारसम्पन्न (मालिक)सँग नै हुन्छ नोकरसँग होइन

    - दीपक अर्याल

    फुको (Foucault) मानिस वा समाजमा श्रृजना हुने ज्ञान, सोचाइ वा मान्यताहरू सङ्कथन (Discourse) का माध्यमद्वारा उत्पन्न हुन्छन् भन्ने मान्यता राख्छन् र उनका अनुसार सङ्कथन भन्दा बाहिर रहेर कुनै चीजको कुनै पनि अर्थ र अस्तित्व छैन। ऊनको यस प्रसङ्गलाई वर्तमान नेपालको राजनीतिमा देखा परिरहेको सङ्कथनसँग तुलना गर्न सकिन्छ। डा. केशर जङ्ग रायमाझी, विजय [...]

    माओवादीलाई प्रधानसेनापती कटुवालले लगाएको गुन

    - दीपक अर्याल

    माओवादी-नेपाली सेना एक-आपसमा नलडेको र राजतन्त्र वा राजा नरहेको स्थितिलाई छाडिदिने हो भने वर्तमान नेपाल दिल्ली सम्झौता (७ पार्टी र माओवादी विच भएको सम्झौता) भन्दा ठीक अगाडिको स्थितिमा पुगेको छ। माओवादीले मागेको वा खोजेको गणतन्त्र र संविधान सभाको निर्वाचन भइसकेको छ भने अन्य पार्टीहरूले खोजेको सत्ता उनीहरूलाई प्राप्त भइसकेको छ। यदि, “माओवादीले [...]

    गोसाइँकुण्डको यात्रा

    - दीपक अर्याल

    गोसाइँकुण्ड

    स्याप्रुवेशीदेखि रसुवागढी वा तिब्बतको बोर्डरसम्म करिब २५ कि.मि. लामो बाटो बनेको छ जसले गर्दा यताका बासिन्दालाई धेरैकुराका लागि काठमाडौंसँग मात्र भर पर्नुपर्दैन।त्यसो त स्याप्रुवेशीदेखि धुन्चे हुँदै काठमाडौंसम्म पनि सवारी साधन चल्ने गर्छ तर वर्षैपिच्छे आउने पहिरोले यो बाटोलाई नियमित चल्न दिंदैन।सर-सामानहरू तिब्बततिरबाट स्याप्रुवेशी आइपुग्छन् [...]

    अनुहारको परिवर्तन

    - दीपक अर्याल-

    प्रचण्डले गिरिजाप्रसादलाई भेटेको समाचार आयो।अस्तिसम्म सञ्चो नभएर माधव कुमार नेपाललाई भेट्न नसकेका गिरिजाले प्रचण्डलाई भेट्नुले धेरै कुराको संकेत गर्छ।यदि प्रचण्ड र गिरिजाको पुनर्मिलन भयो र नयाँ सरकारको गर्भधारण रहन गयो भने त्यो राजनीतिमा स्थायी शक्ति र मित्र हुँदैन भन्‍ने प्रचलित भनाइको सबैभन्दा उपयुक्त उदाहरण हुन सक्छ र यो भेटघाटले यसतर्फ पनि केही [...]

    लामटाङ-क्यान्जिङ-गोसाइकुण्डतिरको यात्रा

    - दीपक अर्याल

    नेपालको राजनीति जस्तै साँघुरो, मोडै मोड भएको र अप्ठयारो मोटर बाटो (काठमाडौं-त्रिशुली-धुन्चे-स्याप्रुवेशी)हुँदै हामी लामटाङ-क्यान्जिङ र गोसाइँकुण्ड तर्फको पैदल यात्राका लागि अगाडि बढ्छौं।साउन ३१ गते शनिवार हामी काठमाडौं (१३५० मि.)बाट त्रिशुली (५८८ मि.), वेत्रावति, कालीकास्थान (१६०५ मि.), राम्चे (२०१५ मि.), लहरे पौवा (१८२१ मि.) हुँदै धुन्चे (२०१६ मि.) तर्फ लाग्छौं।काठमाडौंबाट विहान ७ बजे [...]

    हामीहरू लाशको खेती गर्दैछौं

    - दीपक अर्याल

    कतारमा पानीजहाज दुर्घटनामा परि मरेका १२ जना नेपाली मध्ये ३ जनाको छाडेर अन्यको लाश नेपाल आइपुग्यो।२०-४० वर्ष उमेर समुहका यी युवाहरूको मरणले हामीलाई छुँदैन, देशलाई छुँदैन।गोरखाबाट मनाङ छिरेका ७ युवाहरूलाई लखेटी लखेटी मारिन्छ र गाडिन्छ तर हामीलाई छुँदैन, हामीलाई दुख्दैन।बच्चा अपहरण गर्न आएको बहानामा ३-३ जना युवालाई पिटेर मारिन्छ तर त्यसले पनि [...]

    बीपी र हाल माओवादीले उठाएको सेना सम्बन्धी धारणा

    २०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि बीपी कोइरालालाई सुन्दरीजल कारागारमा बन्दी बनाइएको थियो। उक्त बन्दी जीवनमा उनले दैनिक डायरी लेख्‍ने गर्थे र सोही डायरी पछि गएर जगदम्बा प्रकाशनबाट ‘जेल-जर्नल’पुस्तकका रूपमा प्रकाशित भयो। रामनारायण मिश्र, गणेशमानसिं, कृष्णप्रसाद भट्टराई लगायतका राजनीतिक व्यक्तित्वहरूसँग जेलमा बस्दा हुने छलफललाई बीपीले आफ्नो यस डायरीमा समावेश गरेका छन्। सोही क्रममा रामनारायण मिश्रसँग भएको [...]

    तिम्रा “राष्ट्रियता, लोकतन्त्र र नागरिक सर्वोच्चता” तिमीसँगै राख

    - दीपक अर्याल

    कमरेड, म तिम्रो नागरिक सर्वोच्चताका लागि किन लड्ने? महोदय, म तिम्रो लोकतन्त्र र प्रजातन्त्रका लागि बलीको बोको किन बन्‍ने? मलाई दुई छाक खान, राम्रोसँग सुत्न र आङ ढाक्न कपडाको जोहो गर्न सिकाइदेउ वा व्यवस्था गरिदेउ त्यसपछि तिम्रा माग र नाराका बारेमा सोच्दै गरौंला। मलाई तिम्रो नोकर बने पनि नोकर नै बन्नु छ [...]

    हिन्दी भाषा विवाद : एक फरक धारणा

    - दीपक अर्याल संविधान निर्माणका क्रममा एउटा विवाद देखिएको छ; हिन्दी भाषालाई नेपाली भाषा सरह कामकाजको भाषा बनाउने वा नबनाउने? मधेशवादी दलहरूले यसलाई बडो जोडतोडले उठाइरहेका छन्, र हिन्दी भाषालाई स्थापित गर्न खोजेका छन्। उता अन्य पार्टीहरू भने यसका विरोधमा देखिएका छन्। दुवै पक्षले हिन्दी भाषालाई किन महत्त्व दिएका छन् र हिन्दी भाषालाई मान्यता दिँदा [...]

    eXTReMe Tracker