युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By दीपक अर्याल, on June 5th, 2009 - दीपक अर्याल मधेशी जनाधिकार फोरम औपचारिक रूपमा फुटेको छ। यसले पहाड केन्द्रित पार्टीहरूलाई केही खुशी तुल्याएको हुनुपर्छ त्यसो त यससँग प्रतिस्पर्धा गर्ने मधेश केन्द्रित पार्टीहरू पनि खुशी नै होलान्। कतिपय पहाडीया मानसिकता बोकेर हिडेका सर्वसाधारणले पनि यस फुटलाई आफ्नो जितको रूपमा परिभाषित गर्न सक्लान् तर यस फुटले समग्र देश र विशेषत: मधेश र मधेशी [...]
By दीपक अर्याल, on June 2nd, 2009 - दीपक अर्याल
नेवा: स्वायत्त राज्यको माग गर्दै आयोजना गरिएको काठमाडौं उपत्यका बन्दका क्रममा एउटा माग र नाराले मलाई धेरै नै आकर्षित गर्यो। देशको राजधानीलाई काठमाडौंबाट सारेर भए पनि नेवा: स्वायत्त राज्य चाहिने मागले काठमाडौं उपत्यकामा बसाइ सरेर आएका नब आगन्तुक बाहेक अन्य धेरै नेपालीलाई खुशी तुल्याएको हुनु पर्छ र म पनि अन्य नेपाली जस्तै [...]
By दीपक अर्याल, on May 7th, 2009 दीपक अर्याल प्रचण्डको भिडियो सार्वजनिक भएको केही दिनमै प्रचण्डले प्रेस कन्फरेन्स मार्फत् त्यस भिडियो र त्यसभित्रका भनाइका वारेमा आफ्ना धारणा राखे। एकथरिले यसलाई पत्याएनन्, अर्कोथरिले पत्याए। तर, एउटा कुरा के सत्य हो भने; प्रचण्डले भिडियोमा बोलेको कुरा जति मात्रामा जनतामा गयो त्यो भन्दा कैयौं गुना ठूलो पारेर वा बढाइचढाई गर्दै शशक्त रूपमा धेरै जनतालाई आफ्नो [...]
By दीपक अर्याल, on May 6th, 2009 दीपक अर्याल
संविधानसभा चुनाव अगाडि, ०६४ पुष १८ गते, आफ्ना कार्यकर्तालाई सम्बोधन गरेको प्रचण्डको भिडियो सार्वजनिक भएपछि नेपालप्रति चासो राख्ने विदेशी तथा विदेशमा बस्ने नेपाली, काठमाडौंका खास वर्ग र केही हदसम्म सुचनाको पहुँच प्राप्त भएका शहरकेन्द्रित मान्छेहरू दिमागमा भाँडभैलो मच्चिएको छ। मिडियाहरू भिडियोका सबै भाग प्रसारण नगरेर खास भागमात्र प्रसारण गरिरहेका छन्, अनलाइन, रेडियो र [...]
By दीपक अर्याल, on May 4th, 2009 दीपक अर्याल सेनापति कटुवाललाई राख्ने र हटाउने विवादका विच करिब २ हप्ता बित्यो। यसले देशको राजनीतिलाई, देशलाई र आम नेपालीलाई कति असर पर्यो वा पर्ला त्यसको विश्लेषण गर्न शायद जरूरी रहेन। चुनावी प्रकृयाको सन्दर्भमा (५ वर्षमा हुने चुनावका दृष्टिकोणले) चुनाव सकिएको धेरै भएको छैन भन्दा हुन्छ। चुनावमा पराजित उम्मेदवारहरू माधव नेपाल र बामदेव गौतमले विभिन्न [...]
By दीपक अर्याल, on March 25th, 2009 दीपक अर्याल
स्व.वि.यू. निर्वाचन परिणामपछि केही “सचेत” पत्रकार, लेखक, विश्लेषक, नेता र नागरिकले “सचेत” वर्ग र समुदायका विषयमा खुब लेख्यो, खुब बोल्यो र हल्ला गर्यो। पत्रपत्रिका, भाषण र वक्तव्य मार्फत् पनि। त्यहीँ शृखंला अन्तर्गत् हिमालखबर, कान्तिपुर र दैनिकी लगायतका दैनिक, साप्ताहिक पत्रपत्रिकाहरू र अनलाइन पोर्टलमा पनि लेख, विश्लेषण र आफ्ना भनाइहरू प्रकाशित भए। धेरै लेखको [...]
By दीपक अर्याल, on March 17th, 2009 दीपक अर्याल
मनमा लेख्नु पर्ने कुराहरू धेरै छन् र लेख्नु पर्छ भन्ने पनि लाग्छ। अब नियमित लेख्छु है भनेर बेला बेलामा उमेशजीसँग वाचा पनि गर्छु तर अनलाइन बस्दा उमेशजीसँग भेटेपछि ती पुरा गर्न नसकेका वाचाहरूका लागि मलाई बारम्बार लाज लाग्ने गर्छन्। धेरै पटक अब त लेख्नु पर्यो भनेर लेख्न बस्छु तर के लेख्ने भनेर सोच्दा [...]
By दीपक अर्याल, on December 26th, 2008 -दीपक अर्याल
नेपाली भाषामा केही गजबका उखान-टुक्काहरू छन् जस्तो कि- “काम्लो गुन्द्रो लथालिङ्ग डिठ्ठा बस्यो भुईमा”। सामान्य जिज्ञासा- के यस्ता उखान बन्दा पनि माओवादी नाम गरेको पार्टी र उक्त पार्टीले नेतृत्व गरेको सरकार थियो होला? होइन भने, माओवादी नेतृत्व र सरकारलाई अझ भनौं अहिलेका डिठ्ठा ठहरिएका “प्रचण्ड”को अनुहार र व्यवहार नै हेरेर यस्तो उखान कसरी [...]
By दीपक अर्याल, on December 15th, 2008 - दीपक अर्याल
नवलपरासीमा भएको बस दुर्घटनामा चितवनबाट पिकनिकमा गएका करिब २३ जना बालबालिका र शिक्षक-शिक्षिकाहरूको मारिन्छन् र करिब ६० जना घाइते हुन्छन्। “प्याब्सन र एनप्याब्सन” गोहीको आँसु बगाउँदै भन्छ- ‘यस संवेदनशील घडीमा शोक मनाउँदै विद्यालय बन्द गरौं’। नेपाल सरकार, यातायात मन्त्री र प्रधानमन्त्रीका हैसियतले प्रचण्ड आफु दु:खी भएको भनेर ढाँट्दैछन्। प्रहरी-प्रशासन दुईचार दिन सलबलाउँछन् [...]
By दीपक अर्याल, on December 4th, 2008 - दीपक अर्याल
विहानको सिरेटो जाडो। कलेज जाने ठिटा-ठीटीहरूले बस भरिएको छ। म एक कुनामा बसेर उनीहरूका उमङ्ग, उत्साह, र आफुलाई उट्पट्याङ लाग्ने गफका भाका सुन्ने कोशिस गर्छु। “यस्तै हो भने दार्जिलिङलाई नेपालले लिन्छ” एउटाले विश्लेषण गर्छ। “खै यार! बरू मलाई त नेपाल नै टुक्रन्छ जस्तो लाग्छ”, अर्कोले आफ्नो कुरा राख्छ। अर्को कुनामा बस्ने दुई [...]
|
|
Recent Comments