युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By डा. डोलेश्वर भण्डारी, on August 3rd, 2010 “यस महिनामा सूर्य चौथो स्थानमा भएकोले तपाईंको मानहानी हुन सक्छ। स्वास्थ्य समस्या, धनको हानी होला। परिवारमा कलहको सम्भावना छ। सुख शान्तिमा कमी होला। आर्थिक संकट पर्ला। समस्या ठूलो भए पनि नहड्वडाइकन काम गर्नु राम्रो हुनेछ। मंगल ग्रह तपाईंको राशिको पाँचौं स्थानमा भएकोले तपाईंलाइ ज्वरो आउँन सक्छ। स्वास्थ्यको खरावले अशान्ति होला।”
राशीफल, आर्जे, साधु, वावाजी, [...]
By डा. डोलेश्वर भण्डारी, on May 15th, 2010 डा.डोलेश्वर भण्डारी
पढ पढ नानी हो पंडित हौला पढ्न नसके हलो जोतौला।
यस्ता खालका भनाइ म केटाकेटी हुँदा खुबै चल्थे तेह्रथुमको पुरानो गाउँमा जहाँबाट मैले १० कक्षासम्मको पढाइ पूरा गरेको थिएँ। पढ्यो भने सुख पाइन्छ भन्ने थियो मलाई। पढ्ने किन भन्ने कुराको सोझो जवाफ थियो मसँग त्यो बेला। पढ्यो भने हलो जोत्न पर्दैन। [...]
By डा. डोलेश्वर भण्डारी, on April 16th, 2010 उद्योगी र व्यापारीले बढी भन्दा बढी नाफा कमाउन खोज्नु, ग्राहकले सकेसम्म सस्तोमा राम्रो चीज किन्न खोज्नु, कर्मचारीले तलव वढाउन खोज्नु, कार्यलय प्रमुखले आफ्नो कार्यालयको वजेट वढाउन खोज्नु, कर दाताले कर छल्न खोज्नु, पुरेतले जजमान वढाउन खोज्नु, ठेकेदारले जसरी पनि ठेक्का पाउन खोज्नु, र नेताले पद खोज्नु वा पदमा वसिरहन खोज्नुलाई अर्थशास्त्रले स्वभाविक ठान्छ। (तर यो [...]
By डा. डोलेश्वर भण्डारी, on March 26th, 2010 ८७ वर्षका बूढा गिरिजाप्रसाद कोइरालालाई आफ्ना पक्षमा आँखा झिम्क्याइ माग्नेहरुको ओइरोले करिब मर्ने दिनसम्म नै छोडेन। उनी बूढा हुन त पाएनन् नै, बिरामी हुन पनि पाएनन्। किन हामीलाई कोइरालाको अभाव खट्कियो त? माधव नेपाल चुनाव हारेका मान्छे थिए, तर उनलाई संविधान सभामा नभित्र्याइ भएन। उनको पनि अभाव खट्कियो। अहिले उनी प्रधानमन्त्री छन्। उनीहरु महामानव पनि [...]
By डा. डोलेश्वर भण्डारी, on March 11th, 2010 अपराधका घटनाहरुको लाम वढ्दै जाँदा सवैका आँखा अब प्रहरी प्रशासनको छडीतिर सोझिएका छन्। अब प्रहरीबाटमात्रै अपराध नियन्त्रणको आशा गर्नु भनेको स्वास्थ्यको जिम्मा जति सबै डाक्टरले लिनु पर्छ भनेर आशा गरे जस्तै हो। डाक्टरको भूमिका अवश्य छ तर डाक्टरको सेवा भनेको हाम्रो स्वास्थ्यको धेरै पाटामध्ये एउटा पाटो मात्र हो। अपराधको सवालमा पनि प्रहरी प्रशासन भनेको [...]
By डा. डोलेश्वर भण्डारी, on February 25th, 2010 “धम्कीले व्यवसायी आतंकित” भन्ने कान्तिपुर दैनिको आजको खवरले मेरो पनि ध्यान तान्यो। जमीम शाहको हत्याले निकालेको तरङ्ग सेलाउन नपाउँदै यो खवर आएको छ। हुनत हत्या र अपहरणलगायका विविध अपराधहरुको फेहरिस्त लामै होला। हाम्रो देशमा हाल घट्दै गरेका अपराधका घटनाहरु जस्तै हत्या, अपहरण, फिरौति, वेचविखन र गुण्डागर्दीहरुको प्रकृति हेर्दा अनजान वा भुलवस गरिएका हैनन् भन्ने स्वतः [...]
By डा. डोलेश्वर भण्डारी, on January 26th, 2010 “जुन जोगी आए पनि कानै चिरेको”, “नेता जति सबै चोर छन्”, “नेता जति सबैलाई बोरामा हालेर खोलामा बगाउनु पर्छ अनि मात्र देशमा केही हुन्छ”, “भुँडी नभएका कोही छैनन्”, “गिरिजा नमरी यो देशमा केही हुँदैन”, “माकुनेले के देश चलाउनु”, “यो देशलाई एउटा जंगबहादुर चाहिया छ”, “पहिला राजाले मात्र चोर्थ्यो तर अहिले त एक से एक चोर [...]
|
|
Recent Comments