युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By mysansar, on February 4th, 2012 -जनकराज भट्ट-
“कसको हो ?” “कहाँबाट आयो ?” “कोसँग डेटिङ थियो ?”
एकाबिहानै कोटको देब्रेपट्टी बाहुलामा लामो केश भेटिएपछि चिच्याउँदै थिइन् उनकी श्रीमती। त्यसै पनि बिहानैदेखि उनको मूड खराब थियो। चार दिन लाइन बसेर पनि ग्याँस नपाएको झर्कोलाई यो केशले झन् जटिल ‘केस’ बनाइदिएको थियो।
पहिले त उसले हाँसेरै उडाउन खोज्यो। त्यसपछि रिसाएर [...]
By mysansar, on February 3rd, 2012 -नरेन्द्रजंग पिटर-
शीतयुद्धका माष्टरमाइण्ड मध्य एक फास्टर डलेसले पचासको दशकको सुरु मै भनेका थिए- “अमेरिकी विदेश नीतिको निर्माणमा मलाई भनियो भने म मुक्तसञ्चार नीति बनाउँछु, अर्थात् हित अनुसारको जनमत निर्माण गरेर प्रोक्सीवार छेडछु।” उनले भने जस्तै शाही कालमा राजा ज्ञानेन्द्रलाई “यदि मलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिए देशी तथा विदेशी मिडियालाई राम्रोसँग परिचालन गरेर सरकारको कदममा समर्थन [...]
By mysansar, on January 31st, 2012 काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के के समस्या छ भन्ने कुरा त्यो प्रयोग गर्ने यात्रुहरुलाई थाहा भएकै हो। हामीले भनेर त कसैको कानमा के पर्थ्यो र, अब भने सरकारको कानमा पुग्ने आशा गर्न सकिन्छ। किनभने एयरपोर्ट कै समस्याबारे छानबिन गर्न गठित एउटा अनुगमन समितिले आज आज पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरलाई आफनो प्रतिवेदन [...]
By mysansar, on January 28th, 2012 -दीपक जडित-
‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो ।
म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई गर्भ बोकाउनै नहुने’ अथवा ‘मैले उसलाई गर्भवति बनाउनै नहुने’ । तर……… मैले त्यसैगरी [...]
By mysansar, on January 27th, 2012 -राकेश श्रेष्ठ/ गोरखा-
त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालका बीए तथा एमएका राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास, भूगोल आदि विषयहरुको पढाइ नेपालका अधिकांश सरकारी क्याम्पसमा नेपालीमा हुन्छ। पाठ्यपुस्तक पनि प्रायः नेपालीमै पाइन्छ। धेरै विद्यार्थीले नेपाली भाषामै जाँच दिन्छन् यद्यपि अंग्रेजी भाषामा पनि उत्तर लेख्न पाइन्छ। तर, अनौठो के छ भने ती विषयहरुका प्रश्नपत्र भने अंग्रेजी भाषामा मात्रै बनाइएको हुन्छ [...]
By mysansar, on January 27th, 2012 -लक्ष्मण खतिवडा, दोहा-
राजदुत सूर्यनाथ मिश्र आउनुअघि नै कतारमा आएर समस्यामा परेका नेपालीहरुको लागि स्थापना गर्न खोजिएको कल्याणकारी कोष कतारको कानुनअन्तर्गत वैध छैन भनी नेपाली समुदायको अभियानलाई दूतावासबाट नै विफल बनाइयो। दूतावासको सेल्टरमा रहेका पीडित नेपालीहरुलाई मैले प्रत्येक महिना एक सय रियाल दिने घोषणासहित जब म दूतावास गएको थिएँ,राजदुत मिश्रले मैले दिन्छु भनेको मासिक सय [...]
By mysansar, on January 23rd, 2012 यो भव्य घर माओवादी अध्यक्ष प्रचण्डको नयाँ निवासको हो। नयाँ बजारको डेरा साँघुरो भयो भन्दै उनी यो सुविधासम्पन्न घरमा सरेका हुन्। यो घर भाडामा लिएको र प्रति महिना एक लाखभन्दा बढी भाडा तिर्नुपर्ने भनी समाचार आएको थियो। प्रचण्डपुत्र प्रकाश दाहालले भने फेसबुकमार्फत् यो घर मासिक ६० हजार रुपैयाँ भाडामा लिएको दावी गरेका छन्। उनले [...]
By mysansar, on January 21st, 2012 -बिजेता, फिन्ल्यान्ड-
‘को हो र त्यो बच्चा?’
‘ए, त्यो मेरो एकजना साथीको छोरा हो।’
‘नेपालीको?’
‘होइन, आमा फिनिस हो, तर बाबु कतातिरको बिदेशी हो।’
‘हेर्दा कस्तो नेपालीजस्तो त, आँखा कपाल सप्पै कालै।’
‘कालो कपाल त हामी एसियनहरुको मात्रै होइन, अरुको पनि हुन्छ नि। मेक्सिकन, ब्राजिलियन अरु पनि थुप्रै देशहरु छन् जहाँका मान्छेहरुको कपाल कालो [...]
By mysansar, on January 14th, 2012 -दीपकजङ्ग हमाल-
हाई मार्लिन!
हेलो!
उताबाट जवाफ आयो। मेरो खुशीको सीमा रहेन। एकै साथ भावनाहरु मेरो मस्तिष्कमा तरंगीत भए। अब चिनजान, भेटघाट, चियापान, आत्मियता र सम्भवत ………. मीठो मिलन।
निशान्त, मेरो एकजना साथी। उसले दिएको जुक्ति हो यो। याहु च्याटमा जाने, अनि कुनै केटीसँग मित्रता गाँस्ने अनि फोन नम्बर माग्ने, भेटघाट गर्ने, प्रेमको नाटक [...]
By mysansar, on January 13th, 2012 -डा. बद्री चापागाइँ-
चिकित्सक कुटिनु कुनै नौलो समाचार रहेन अब नेपालमा। तर पनि हिजोको एउटा घटनाले भने चिकित्सकहरु कति सुरक्षित छन् र उनीहरु कति दबाबमा काम गरिरहेका छन् भन्ने कुरामा चाहिं सोच्न बाध्य तुल्याएको छ।
प्रसङ्ग इटहरीको हो। हिजोका केही दैनिक पत्रिकामा भङ्गेरे अक्षरमा एउटा चिकित्सकले थप्पड खाएको समाचार निकै महत्वका साथ प्रकाशित गरिएको थियो। [...]
|
|
Recent Comments