मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    किन हान्ने डाक्टरलाई थप्पड?

    -डा. बद्री चापागाइँ-

    चिकित्सक कुटिनु कुनै नौलो समाचार रहेन अब नेपालमा। तर पनि हिजोको एउटा घटनाले भने चिकित्सकहरु कति सुरक्षित छन् र उनीहरु कति दबाबमा काम गरिरहेका छन् भन्ने कुरामा चाहिं सोच्न बाध्य तुल्याएको छ।

    प्रसङ्ग इटहरीको हो। हिजोका केही दैनिक पत्रिकामा भङ्गेरे अक्षरमा एउटा चिकित्सकले थप्पड खाएको समाचार निकै महत्वका साथ प्रकाशित गरिएको थियो। [...]

    किन चाहियो हाम्रो मोबाइल र इमेल उनीहरुलाई?

    -रविन्द्र आचार्य/थाइल्यान्ड -

    केही वर्ष भयो सूचना-प्रविधि सम्बन्धी सामाग्री मुख्यतः (कम्प्युटर, प्रिन्टर, पेन ड्राइभ, क्यामेरा इत्यादि) एकै ठाउँमा बेच्न र देखाउन सुरु भएको। पहिला एउटा गैरसरकारी संस्था क्यानले आयोजना गर्ने भएकोले ‘क्यान इन्फोटेक’ नामले यो प्रचलित थियो। विगत केही वर्षदेखि व्यापारीहरुको संस्थाले पनि आईसीटी एक्स्पो आयोजना गर्न थालेको छ। केही नयाँ सामान तर छुटको [...]

    बिदा

    -सुधीर ख्वबि-

    आज शनिबार,अफिस बिदा। घर जाने हतारोमा चिया नै नपिई ऊ डेराबाट निस्क्यो। दायाँ बायाँ कतै न हेरिकन सरासर बसपार्कतिर लाग्यो। उसको मन मष्तिष्क घरको सम्झनाले निथ्रुक्क हुँदै आइरहेको छ।

    कहिलेकाहीं उसलाई सहरको डेराको जीवनदेखि वाक्कदिक्क नलागेको पनि होइन। तर के गर्ने गाउँमा भएको खेतीपातीले वर्ष दिनको भोकलाई माथ गर्न पर्याप्त छैन [...]

    ‘अल्को–लक’ सिस्टम र चेतना प्रयोगको अधिकार

    –घिमिरे युवराज-

    डेनमार्कभित्रका ५ सय टापुमध्येको एउटा हो जट्ल्याण्ड। यही टापुभित्रको एउटा सहर सिल्केवर्गमा गत वर्ष नाट्य प्रशिक्षक भएर पुगेको थिएँ म। डेनमार्कको एक हाइ स्कुलका विद्यार्थीहरु नयाँ अवधारणामा काम गर्न खोजिरहेका थिए। क्रिस्चियानिटी मुख्य विषय पढिरहेका सिल्केवर्ग हाइस्कुलका यी विद्यार्थीहरु रुढी भइसकेका सामाजिक नियमलाई कसरी भत्काउने भन्ने गहन विमर्शमा थिए। कोपनहेगनमा ‘हामी धर्म मान्दैनौ’ [...]

    हंगेरीमा नयाँ संविधानको विरोध, होसियार नेपाल

    –नकुल अर्याल-

    हंगेरीमा नयाँ संविधान जारी भएलगत्तै नयाँ संविधानको विरोधमा नागरिकहरु सडकमा उत्रिएका छन्। सन् २०१२ को पहिलो दिनदेखि जारी गरिएको हंगेरीको संविधानले लोकतन्त्र, न्यायालय र केन्द्रीय बैंकलाई खतरामा पारेकोले सडकमा उत्रिनु परेको त्यहाँका प्रदर्शनकारीहरुले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताइरहेका छन्। सन् १९८९ मा साम्यवादी सरकारको अवसान पछि हंगेरीमा स्थापना गरिएको लोकतान्त्रिक व्यवस्थाले प्रत्याभूत गरेको [...]

    सम्झौता

    -विश्वम्भर चन्चल-

    एकदिन उनले मलाई भेटेर सुनाइन् “मलाई छोरो पाउने इच्छा छ, तिमी पूरा गराइदिन्छौ ?” अप्रत्याशित उनको यस कुराले म अवाक् भएँ र ट्वाल्ट्वाल्ती उनको अनुहारलाई हेरिरहेँ।

    के हेरिरहेको ? उनले अनुहारको हाँसो लुकाउँदै सोधिन्, ममा छोरो पाउने गराइदिन तिमीमा सामर्थ्य छ भने म तिमीसँग सुत्न राजी छु।

    उनको यस भनाईमा [...]

    गोर्खाली नेपाली कि भारतीय?

    - महेश थापा, बेल्जियम-

    सन् १९१४ मा विश्वलाई थाहा थिएन आउँदो ४ वर्षमा कत्रो विपत्ति निम्तिँदै छ भनेर। सोझा हाम्रा पूर्खालाई त झन के थाहा विश्वमा के हुँदैछ भन्ने। गोरा साबको आदेश आफ्ना अधिकारीबाट थाहा पाएपछि जहाज चढी सन १९१४ मा युरोपतिर लागे। यो युरोप भ्रमण कुनै रमाइलोका लागि थिएन। जाडो दिन आउँदै थियो। [...]

    प्रकाशकको खल्ती प्रतिस्पर्धामा त थिएन होला?

    -ओम थापा-

    स्वभाविक हो, पुरस्कार विवादमुक्त हुँदैनन्, यति धेरै विवादस्पद पनि हुँदैनन् होला, जति आर्थिक पत्रकार समाज(सेजन)ले यस वर्ष प्रिन्ट मिडियाका लागि प्रदान गरेको छ। यसपटक सेजनले हिमाल मिडियाका पत्रकार डम्बरकृष्ण श्रेष्ठलाई सेजन अवार्ड दिएको छ, हिमालको १६-३० कात्तिक २०६७ मा छापिएको फिचर ‘क्यासिनोमा जिन्दगी हार्नेहरु’का लागि।

    डम्बरप्रति मेरो कुनै गुनासो छैन, मेरो आपत्ति हिमालका [...]

    बाउआमा मरेपछि अंश लिन मात्र नेपाल जाने

    -श्रवण कुमार-

    “तिनका बाउ आमा मर्छन्, अनि बल्ल जाने नेपाल आफ्नो अंश लिनलाई। नत्र किन जाने अहिले सबैको नोकर हुनलाई? “, मन्दिरा भाउजूले च्याँठिएर भनिन्। कुरा हिजो राति क्रिसमसको हो, स्थान बाल्टिमोर – अमेरिका। २ वर्षमा मन्दिरा भाउजूमा निक्कै परिवर्तन आएछ। २ वर्ष अघिसम्म सासु ससुरा भनेका हाम्रा आफ्ना जन्मदिने बाउ आमा समान हुन्छन्, उहाँहरुको [...]

    सहरको कथा

    [पत्रकार किशोर नेपालको तेस्रो उपन्यास 'सहरको कथा' एक साताअघि बजारमा आएको छ। सहरको अराजकता झल्काउने यो उपन्यासलाई सहरका प्रतिष्ठित पब्लिकेसन हाउसले छाप्न अस्वीकार गरेका थिए। आखिर के छ यो उपन्यासमा ? शनिबार साहित्यमा आज प्रस्तुत छ यही उपन्यासबाट केही अंश-]

    -किशोर नेपाल-

    कामको मामिलामा केटीहरूमा उत्तरदायित्वको भावना बढी पाइने हुनाले म केटीहरूसँग बढी हिमचिम [...]

    eXTReMe Tracker