मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बफ खानुहुन्छ? हेर्नुस् कसरी बन्दो रैछ

    -प्रेम बानियाँ/न्युज२४-

    पैसाका लागि शहरका व्यापारीहरु कति सम्म गिर्दारहेछन् र तिनको पैसामोहले हामी आम मानिसको स्वाथ्यमा कस्तो असर पुर्‍याइरहेको रहेछ? धेरै दिनदेखि हामी यही विषयमा केन्द्रित छौँ। यो पनि खानै नहुने, त्यो पनि खानै नहुने : हुँदाहुँदा नेपाली बजार नै उखानजस्तो बनिसकेको छ। यस्तै एउटा अर्को प्रसंग : जसमा फेरि गम्भीर तथ्यको अर्को उद्घाटन हुँदैछ। [...]

    जापानमा नेपाली ‘नाक’हरु

    Tokyo MX TV मा जिज्ञान थापा

    संसारको सोलार उद्योगलाई नविन वैज्ञानिक आविष्कार दिन नागोयाको चुबू यूनिभर्सिटीमा कार्बनबारे रिसर्च गरिरहेका चितवनका डक्टर सुदीप अधिकारी र दिलीप घिमिरे जापानमा जीवनका रेखाहरु कोरिरहेका छन्। उनीहरुलाई आफू जन्मिएको देशप्रतिको सम्झना बेग्लै छ र अलि गहिरो छ। लाग्छ –नेपाल अलि शान्त भइदिए र जापानमा जत्तिकै नभएपनि राम्रो सेवा सुविधा भइदिए [...]

    इमानको देशबाट…..

    असाध्यै ठूल्ठूला बिल्डिङहरु होउन्, सफा रेलहरु र चिल्ला बसहरु, पानीजहाज र अरु जहाजहरुको निरन्तर ओहोरदोहोर, सुकिला सडकहरु, ठूल्ठूला कम्पनी र उद्योगहरु : एउटा समृद्ध देशको कल्पना औसतमा यसैगरि गरिन्छ। र, नेपालमा यस्तै भौतिक उन्नतिको कल्पना र सामर्थ्य हेर्न खोजिन्छ। तर करिब एक साता देखि म जापानमा जे देखिरहेको छु र खिचिरहेको छु : यसले [...]

    देशको अर्बौँ पच गरेर विदेश बस्ने भगौडा प्राध्यापकहरु

    एक जना सहप्राध्यापक : जसले ५ बर्ष अध्ययन बिदा अवधिमा क्रमश १५ लाख ७५ हजार ६ सय रुपैया अध्ययन बिदाको बहानामा विश्वबिद्यालयको ढुकुटीबाट लिन्छन् र अन्तिममा उतै फरार हुन्छन्। यसरी फरार हुने भगौडा कथित प्राज्ञिक वर्गको संख्या विश्वविद्यालयले गरेको अनुमान अर्थात् वार्षिक ५० को हाराहारीमा मात्रै हुने हो भने पनि यसबाट राष्ट्रलाई करिब ७८ [...]

    मान्छेलाई उल्लु बनाउने विज्ञापन

    औसत नेपालीका रुपमा तपाईँलाई पनि धनी बन्न मन लागेको होला। र, रातारात करोडपति बन्न सकिने कुनै उपाय छ भने पक्कै त्यसको प्रयोग गर्नुहुन्छ होला। अथवा तपाईँको कुनै ब्यवसाय बिग्रिएको छ भने तपाईँ त्यसबाट तत्काल मालामाल बन्न चाहनुहुन्छ होला। धनी मान्छे बन्न चाहनुहुन्छ भने तपाईँहरुका लागि भनेर अचेल नेपालका टेलिभिजनहरुमा बजिरहेको एउटा विज्ञापन पनि हेर्नुहुन्छ [...]

    रिसाउनु भो’ गीता मिस

    गीता मिस

    राष्ट्रिय स्वाभिमानको खिल्ली उडाउने ज्ञान बाँड्ने ग्यालेक्सी स्कुललाई सरकारले कारवाही गर्ने भनेपछि हामी प्रिन्सिपल गीता राणालाई भेट्न स्कुल पुगेका थियौं। उनले यति निच शब्दहरुको झटारो हानिन् कि हामीलाई : तिमेरु मेरो स्कुल बन्द गर्न आएको? के मलाई गोली हान्छौ? मेरो स्कुललाइ नदेखाएर तिमेरुको टीभी चल्दैन? आदि आदि। त्यसपछि हामीले हिजो पावरन्यूजमार्फत् उनलाई [...]

    नेपाली स्वाभिमानको खिल्ली उडाउने स्कूल

    नेपालको राष्ट्रिय पंछी मयुर, नेपालको राष्ट्रिय जनावर बाघ र, नेपालको राष्ट्रिय फूल कमल।

    सहरका सम्भ्रान्तहरुका सन्तान पढ्ने ग्यालेक्सी स्कूलको एक कक्षामा पढ्ने नेपाली बालकको मस्तिष्कमा यस्तै घुसाउँदै छ। २४ सय विद्यार्थी भएको भन्ने ग्यालेक्सी पब्लिक स्कूलले यस्तो पढाएको पनि एक वर्ष पूरै बितिसकेछ।

    कक्षा एककै अर्को विषय गणितमा पनि नेपाली विषयवस्तुहरु समावेश [...]

    घुम्दा घुम्दै थाइल्याण्ड

    प्रेम बानियाँ

    डेढ हप्ताअघि पहिलो पटक थाईभूमिमा ल्याण्ड गरेयता निकै व्यस्त सूचीका बीच दिनहरु बितिरहेका छन्। नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा तोकिएकै दिनमा उड्ने भर नभएपछि यो सगै एकैदिन जन्मिएको थाईल्याण्डको सरकारी ध्वजावाहकमा म सूवर्णभूमि एयरपोर्ट ओर्लिएको हूँ। ओर्लिदा बित्तिकै देखें र सुनें थाई एयरवेजसग अहिले अन्तराष्टिय उडान भर्ने ९३ वटा जहाज छन्। मेरो [...]

    आखिर तीर्थाको सिन्दुर कसलाई चाहिएको थियो?

    के गर्छौ टीका हामी हुर्केको देश नै यस्तो छ। जहाँ तिमी जीवनको यथार्थ लेख्न खोज्छौ, तिम्रा हातहरु काटिन्छन्। जहाँ तिमी कसैलाइ सुधार्न खोज्छौ, तिमीलाई भीरबाट लडाइन्छ। जहाँ तिमी सत्य बोल्छौ तिम्रो हात खुट्टा छिनाइन्छ। यस्तो देश जहाँ न सत्यको जित भएको छ न सत्यको हार हुन्छ। सत्य त यो देशको पासो हो जसमा परियो भने [...]

    eXTReMe Tracker