मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ‘आकाश’लाई शिशाभित्र राखेर सुरक्षा

    यसपालिको क्यान इन्फो टेक हिजो भर्खर सकियो। सुरु सुरुमा यो प्रदर्शनी थापाथलीको ब्लु स्टार होटलमा हुने गर्थ्यो। पछि त्यहाँ ठाउँ पुगेन भनेर नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सारियो। झण्डै ४ वर्षदेखि त्यहाँ संविधान सभा भाडामा बसेको छ। त्यसैले भृकुटी मण्डपस्थित प्रदर्शनी मार्गमा सरेको छ अहिले क्यान मेला।

    हिजो सर्सती हेर्दा अरु बेला जस्तो पेन [...]

    प्रचण्ड त राष्ट्रपति भइसकेछन् हाम्लाई थाहै थिएन

    अपडेटः राखेको तीन दिनपछि बल्ल बीबीसीले क्याप्सन परिवर्तन गरेको छ। तर पुरानो क्याप्सन के थियो, हेर्नलाई त्यतिबेलाको पेजको रेकर्ड हेर्न यहाँ क्लिक गर्नुस्।

    नेपालमा अहिलेसम्म एक जना मात्र राष्ट्रपति बनेका छन् डा रामवरण यादव। तर प्रचण्ड पनि राष्ट्रपति भइसकेका रहेछन् त। बीबीसी हिन्दीले भनेपछि नपत्याएर भो।

    प्रचण्डको महँगो घर र विलासी जीवनशैलीको [...]

    खगेन्द्रले नसके के भो, चन्द्रबहादुर छन् नि

    हाम्रो देशका खगेन्द्र थापामगरले विश्वको सबैभन्दा होचा पुरुषको उपाधि ८ महिनामात्रै कायम गर्न सके। उनलाई पछि पारेका थिए फिलिपिन्सका जुन्रे बालाविङले। गएको जुन महिनामा १८ वर्ष पुगेपछि उनले गिनिज बुकबाट विश्वका होचा व्यक्तिको उपाधि पाएका हुन्। खगेन्द्र २६ इञ्च अग्ला थिए, बालाविङ भने २३.५ इञ्चमात्रै। तर अब फेरि यो उपाधि नेपालमा नै फर्कने देखिएको [...]

    सँगै चाहिँ किन बस्नु पर्थ्यो ?

    आइतबार आयोजित एक कार्यक्रममा एआइजी कुबेर रानासँग बसिरहेका बालकृष्ण ढुंगेल। फोटो सौजन्यः रेवती सापकोटा/अन्नपूर्ण पोस्ट

    नेपालमा ठूलालाई ऐन कहिल्यै नि लाग्दैन र सानालाई चैन कहिले नि हुँदैन। यो थाहा भएको कुरा हो। तर कोही कोही मान्छेलाई भने बिनसित्ति पनि विवादमा आइरहन मनलाग्दो रहेछ कि के हो, बुझ्नै सकिन्न। माओवादी सभासद् बालकृष्ण ढुङ्गेल एक त्यस्तै [...]

    गुँदपाक व्यापारी अब जातीय सेन्टिमेन्ट खोज्दै

    बिर्सनु भएको छैन होला न्युरोडको गुँदपाक कान्ड। वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग र प्रहरी तथा सीडीओ कार्यालयले मिलेर गुँदपाक बेच्ने पसल र उत्पादन स्थलमा अकस्मात् छापा मार्दा कस्तो देखिएको थियो भनेर। म्याद गुज्रेका र दुषित मिठाइ प्रयोग गरी दुषित वातावरणमा गुँदपाक तथा पुष्टकारी बनाउने गरेको भेटिएपछि वाणिज्य विभागको कारबाहीमा परेका थिए [...]

    एन्टी भाइरस किन्नै पर्छ र, सित्तैमा पनि पाइन्छ त

    अहिले काठमाडौँमा क्यान इन्फोटेक भइरहेको छ, केही अघि आइसीटी एक्सपो भएको थियो। यस्ता प्रदर्शनीहरुमा पेन ड्राइभ र एन्टी भाइरस प्रोग्रामहरु जति केही पनि बिक्दैन। क्यान इन्फोटेक काठमाडौँ बाहिर पनि हुने गर्छन्। त्यहाँ पनि एन्टी भाइरसहरुको बजार नै धेरै हुन्छ। सागर इन्फोसिसले कास्परस्की सस्तो मूल्यमा ल्याएर एन्टी भाइरसको बजार नेपाल पनि हुनसक्छ है भन्ने देखाएको थियो। [...]

    जय सरस्वती माता !

    आज सरस्वती पूजा, बसन्त पञ्चमि, श्रीपञ्चमि। स्कूले जीवनमा यो पर्वको महत्त्व नै बेग्लै हुन्थ्यो। घरनजिकैको मन्दिरमा पूजा गर्न जान्थ्यौँ। त्यहाँको सरस्वती मन्दिरमा चकले आफ्नो नाम लेख्‍थे मानिसहरु। मैले पनि आजभोलिका मान्छेहरुले बोक्ने आइप्याड जत्रो कालो सिलोटमा सेतो चकले कोरेर पहिलो पटक अक्षर लेखेको अलिअलि सम्झना छ। कहिलेकाहीँ हामी स्वयम्भूको मञ्जुश्री मन्दिरमा पनि पुग्थ्यौँ। त्यहाँ पनि [...]

    धरहरामा अचम्मको प्रदर्शन !

    धरहरामा आज अचम्मको प्रदर्शन भयो। खै कसरी हो, गार्डहरुबाट लुकाएर ५/६ जना मान्छेको एक समूह सुटुक्क माथि चढ्यो। अनि एउटा विशाल ब्यानर बरन्डाबाट खसाल्यो।

    अति भएपछि खति हुन्छ। सरकारले बनाएको नयाँ नियमले जनतालाई साह्रै अप्ठेरो भएपछि यस्तो खालको विरोध प्रदर्शन हुनु स्वभाविक हो। यो २० वर्षअघिको नेपाल हैन, यस्तो जङ्गली नियम लागू गराउन पाइँदैन [...]

    भाउ घटेर के गर्नु, त्यहाँको कमिसनखोरी र भ्रष्टाचार पो घटाउनु पर्थ्यो

    अन्ततः सरकारले आज पेट्रोलियम पदार्थको भाउ केही घटाउने निर्णय गर्‍यो। भाउ नघटाउने अडान राख्दै आएको सरकारले आज प्रति लिटर पेट्रोलमा ३, डिजेल र मट्टितेलमा ४ तथा ग्यास प्रति सिलिण्डर ८५ रुपियाँ घटाउने बताएको हो। सरकारको अपरिपक्वता यसमा देखियो। एकै पटक त्यसरी ड्याम्मै पेट्रोलमा लिटरको १० रुपियाँ, मट्टितेल र डिजेलमा नौ रुपियाँ अनि ग्यासमा १७५ रुपियाँ [...]

    इन्डियामा वारेन्ट, थाइल्यान्डमा पक्राउ, नेपालमा थुना

    इन्टरपोलको रेड कर्नर नोटिसमा विनिता

    एभ्को इन्टरनेसनल र कस्मिक एयरलाइन्सकी निर्देशक विनिता प्रधानलाई बुधबार थाइल्यान्डमा त्यहाँको प्रहरीले गिरफ्तार गरी नेपाल पठाएको छ। ठगी (Fraud, Counterfeiting/forgery) को आरोपमा भारतीय प्रहरीले ४० वर्षकी विनिताको नाम अन्तर्राष्ट्रिय प्रहरी (इन्टरपोल)को रेड कर्नर नोटिसमा राखेको थियो। यस्तो सूचिमा रहेको व्यक्तिलाई विश्वको जुनसुकै भागमा पक्रन सकिन्छ। नेपालमा पनि उनीविरुद्ध प्रशस्त [...]

    eXTReMe Tracker