युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By स्याटेलाइट, on September 7th, 2011 -स्याटेलाइट
४६ सालको आन्दोलनपछिका अधिकांश सरकारमा बिभिन्न मन्त्रालय सम्हालेका बिजयकुमार गच्छेदार यतिबेला बाबुराम भट्टराइ नेतृत्वको सरकारमा समेत गृहमन्त्रि बनेका छन। बितेको २२ बर्षिय नेपाली प्रजातान्त्रिक अभ्यासमा सत्ताको गुलियो चाटनेमा गच्छेदार अन्य नेताभन्दा अगाडी छन। सत्ताको निम्ती दल त्यागेर नयाँ दलमा जाने, दल जुटाउने-फुटाउने खेलमा चुस्त देखिएका नेता गच्छेदारको छवी जनताका आँखामा स्वच्छ छैन। आम [...]
By स्याटेलाइट, on April 10th, 2011 ट्युनिसियाबाट शुरु भएको आन्दोलन साँध जोडिएकै छिमेकी देशसम्म आइपुग्दा हाम्रो नेपालमा केही प्रभाव पार्ला त ? नेपाल, जहाँ ८०% बढी जनता ४० वर्षभन्दा कम उमेरका छन्, त्यहाँ हामी हजुरबा जेनेरेशनको बुढो, भ्रष्ट, मिति गुज्रिसकेको र निकम्मा नेतृत्वबाट शासित भैरहेका छौँ। मन्त्री भएको दुई हप्ता नपुग्दै देशका समस्यालाई लात हानेर सरकारी खर्चमा श्रीमतिसहित अम्रिका घुम्ने [...]
By स्याटेलाइट, on January 24th, 2011 सामान्य किसान देवीप्रसाद रेग्मीले एमाले अध्यक्ष झलनाथ खनाललाई हात उठाउनु जायज थियो या थियन भन्नेमा आ-आफ्नै तर्क होलान। घटनापछि यसबारेमा आममान्छेको चासो र प्रतिक्रिया ‘थप्पड कम भो’ भन्ने खालको भन्ने देखिएको छ। यस्तोलाग्छ नेपाली झलनाथहरुको झल्लुपनबाट आजित र आक्रोशित छन्। झलनाथको चिल्लो गालामा परेको थप्पड निरीह किसानले हानेको सामान्य थप्पडमात्र हैन। यो त झलनाथ प्रवृत्तिले [...]
By स्याटेलाइट, on October 10th, 2010 सम्झना, साइनो र पिरती लगायतका १७ नेपाली सिनेमाका खलनायकलाई सम्झनुभएको छ? त्यो पनि नभए उडायो सपना सबै हुरीले गीत त याद होला नि। हजुर, उनै खलनायक र उनै गायक विगत दुई महिनादेखि डेँगु भाइरसले थलिएर मुम्बईस्थित निवासमा आराम गरिरहेका छन्। उनलाई भेटन पुग्दा उनी पुरानो बेडमा बसेर केही लेखिरहेका थिए। औषधि र रिपोर्टहरुको चाङ छेउमा [...]
By स्याटेलाइट, on August 4th, 2010 कहिले इराकबाट, कहिले अमेरिकाबाट र कहिले नेपालका दुर्गम गाउँहरुबाट माइसंसारका लागि ब्लग गर्ने स्याटेलाइटले आज मुम्बईबाट ब्लग लेखेका छन्। मुम्बईको फिल्मसिटीस्थित सुभाष घइको सिनेमा स्कुलमा अध्ययन गरिरहेका स्याटेलाइटले आउँदा दिनमा फिल्ममेकरको छुट्टै छवि देखाउन सक्ने हुन् कि हैनन्, त्यो भविष्यले देखाउने कुरा हो। तर यो ब्लगमा भने उनको लेखाइले त्यस्तो आशा गर्ने ठाउँ देखाएको छ। [...]
By स्याटेलाइट, on April 27th, 2010 काठमाडौमा केहिको चर्चा छ भने त्यो-मे १ को मजदुर दिवसका दिनबाट शुरु हुने एकिकृत माओवादिको अनिश्चितकालिन अान्दोलनको छ । अखबारका सम्पादकहरुदेखि सडक किनारका च्या पसलहरुमा मान्छेहरु टिकाटिप्पणीमा ब्यस्त छन । सडकमा ब्यापक प्रहरि परिचालन शुरु भैसकेको छ । म सधै हिँड्ने लाजिम्पाट सडक खण्डमा आज सवारि नहुँदापनि प्रसस्त सशस्त्र र जनपद प्रहरिहरु तैनाथ देखिय । [...]
By स्याटेलाइट, on March 17th, 2010 संसारको रित नै होला जीवनको वास्तविकता बुझ्न मान्छेलाई ठूलो दुःखबाट गुज्रनै पर्छ। अर्थात् संसारका सुखले जीवनको वास्तविकता सधैँ छोपेर राख्छ। २८ वर्षीय वाइने एच चुङको जीवन हेर्दा लाग्छ- मान्छे मृत्युको वास्तविकता बुझेपछि संसारका सुखलाई त्याग्छ र अरुको भलाइमा लाग्छ। चुङ हङकङ मूलका अमेरिकी हुन्। २००३ मा भएको कार दुर्घटनामा उनी अचेत बने। तर त्यो बेहोसीले [...]
By स्याटेलाइट, on December 12th, 2009 खलेद होसेनीको परिवारले सेप्टेम्बर १९८० मा अमेरिकामा ‘Political Asylum’ को मान्यता पाएर क्यालिफोर्नियामा बस्न थाल्दा खलेद स्कुले ठिटा थिए। खलेद सन १९६५ मा अफगानिस्तानको काबुलमा जन्मिएका थिए। उनका बाबु अफगानी परराष्ट्रमन्त्रालय अन्तर्गतका कुटनीतिज्ञ थिए भने आमाले काबुलस्थित स्कुलमा फारसी र इतिहास पढाउँथिन्। कम्युनिष्ट शासन र तत्कालिन सोभियत युनियनको अफगानिस्तानमाथिको हमलापछि होसेनी परिवारले अफगानिस्तान छाडेको [...]
|
|
Recent Comments