मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नेपाली महिलालाई अमेरिकामा १० बर्ष कैद

    अमेरिकाको न्युयोर्कको क्वीन्समा बस्ने नेपाली महिला दावा लामा, २३ वर्ष, लाई क्वीन्स न्युयोर्कको एक अदालतले नवजात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर गरि १० बर्ष कैद सजाय सुनाएको छ । लामाले गतबर्ष मे १० तारेखमा न्युयोर्कको एल्महष्र्ट अस्पतालको वाथरुपमा बच्चालाई जन्म दिएर इमर्जेन्सीको वाथरुपमा रहेको फोहरदानीमा नवजात शिशुलाई छाडेर आफ्नो डेरामा फर्केकी थिइन । [...]

    नेपाली मुर्तिलाई अमेरिकामा लाखौं डलर

    अपडेट: क्यानडामा वसोवास गरिरहनु भएका अभि शर्माले विदेशिएका पुरातात्विक सामाग्रीहरु फिर्ता गराउन इजिप्टको अनुभव भनेर यो लिंक सेयर गर्नुभएको छ । कतिपय केसहरुमा इजिप्टको दुतावासले यस्ता सामाग्री फिर्ता गराउन महत्वपुर्ण भुमिका निभाएको रहेछ । लिलामीको खबर पाएपछि दुतावासले त्यहाँको प्रशासनलाई पत्राचार गरेर अनुसन्धानको लागि अनुरोध गरेको रहेछ । ५०० भन्दा बढि नेपाली संस्थाहरुको अमेरिकामा रहेका [...]

    आर्थिक विकास नभइ राष्ट्रियता बलियो हुँदैन

    -उत्तमबाबु श्रेष्ट-

    जतिबेला नेकपा माओवादी विदेशी लगानीलाई ‘साम्राज्यवादी’ ‘विस्तारवादी’ घुसपैठको रुपमा व्याख्या गर्दै थियो, त्यतिखेर माओको देश चीन नेपालका माओवादीले भन्ने गरेको ‘साम्राज्यवादी’को लगानी भित्राउदै थियो र ‘साम्राज्यवादी’ र ‘विस्तारवादी’हरुसँग व्यापार विस्तार गर्दै थियो । सन् १९९० देखि २००५ सम्म प्रत्येक बर्ष सरदर ९ प्रतिशतको आर्थिक वृद्घि गरिरहेको चीनमा अहिले प्रत्यक्ष विदेश लगानी मात्रै १०६ [...]

    ताहरिर स्क्वायरदेखि टाइम स्क्वायरसम्म

    समृद्घ भनिएको विश्व कै सबैभन्दा शक्तिशाली देशका मानिस किन सडकमा आएर आन्दोलन गर्दैछन्?

    -उत्तमबाबु श्रेष्ठ-

    एरिजोनामा भएको प्रदर्शन। फोटो सौजन्यः रोयटर्स

    न्युयोर्क शहरका गगनचुम्बी भवनहरुको जंगल बीच रहेका रुखहरुका पातहरु पहेंलो, रातो र खैरो रंगमा परिवर्तन हुने भएकोले सरद ऋतुमा यो शहर झनै सुन्दर लाग्छ । रंग परिवर्तन गर्ने रुखहरुले गर्दा यहाँका पार्कहरु अन्य [...]

    फेरि पनि एनआरएन कै बारेमा

    -उत्तमबाबु श्रेष्ठ-

    टेलिभिजन प्रत्यक्ष प्रसारणको फाइदा बेफाइदा दुबै छन्। यतिखेर गैर आवासीय नेपाली संघको काठमाडौंमा भइरहेको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनको प्रत्यक्ष प्रसारण नेपालका केही फुर्सदिला टेलिभिजन च्यानलहरुले गरिरहेका छन्। विदेशमा यस्तो हुन्छ उस्तो हुन्छ, विदेशका मान्छे यस्ता राम्रा/सभ्य हुन्छन् भन्ने बानी परेको मध्यमवर्गीय नेपालीलाई लामो समय विदेशमा बिताएका गैरआवासीय नेपाली अगुवाहरुका गतिविधिलाई नियाल्ने मौका टेलिभिजनको प्रत्यक्ष [...]

    गैरआवासीय नेपालीले सँधै माग्ने कि अब दिने?

    -उत्तम बाबु श्रेष्ठ-

    झरीले काठमाडौं उपत्यकाको धुलाम्मे आकास पखालिदिएपछि यतिबेलाको काठमाडौंमा अरु बेला भन्दा प्रदुषण कम हुन्छ। जीविकोपार्जनको लागि राजधानीमा बसेका वा अबसरको खोजीमा शहर पसेकाहरु महंगो टिकट काट्दै चार भन्ज्याङ काटेपछि काठमाडौंको पट्यारलाग्दो ट्राफिक जामले यतिखेर उति सास्ती थप्दैन । त्यसो त सरदऋतुको नेपाल आफैमा घुम्न लायक भएकोले यस महिनामा सबैभन्दा बढी बिदेशी पर्यटकहरुको [...]

    सुरेन्द्र डंगोलको हत्यारालाई आजीवन कैद

    हत्यामा संलग्न अपराधी एडवार्ड कोर्लिस Photo Credit: Boston Globe (Aram Boghosian) करिब दुईबर्ष अघि बोष्टनमा एक नेपाली सुरेन्द्र डंगोलको हत्या भएको खबर माइसन्सारमा पढ्नु भएको थियो ? तपाईमध्ये कतिले त उक्त खबर पढेपछि डंगोल परिवारलाई आर्थिक सहयोग पनि पठाउनु भएको थियो। उक्त हत्यामा संलग्न अपराधीलाई हिजो यहाँको अदालतले आजीवन कैदको फैसला गरको छ । [...]

    महासभामा नेपालका प्रधानमन्त्री

    -उत्तम बाबु श्रेष्ठ-

    ‘देशले आशा गरिएका’ भनिएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर हिजो राति अमेरिकीबाट नेपाल रवाना भइसकेका छन् । यो हरपहरु टाइप गरिरहँदा उनी सायद मध्यपुर्वको ट्रन्जीटमा बसेर आराम गर्दै होलान् । नेपालमा हिजो भएको प्लेन दुर्घटनाको दुखद खबर सायद उनले सुनिसकेको हुनुपर्छ । त्यसो त देश छाड्ने बेला [...]

    गुँडपाक, मुस्तांग र शास्त्री

    -उत्तम बाबु श्रेष्ठ-

    दैनिक हजारौं मान्छेले किन्ने, लाखौंको व्यापार गर्ने, बर्ष भरि ३६५ दिन नै सधै मान्छेहरुको भिड लाग्ने, स्वदेश विदेशमा बस्ने नेपालीहरुले लाने कोशेली उत्पादन गर्ने न्युरोडको गुँडपाक भण्डारलाई किन गर्न पर्यो होला त्यस्तो अपराध कर्म ? गुँडपाक भण्डारका मालिक नरेन्द्र मास्केले सजिलै आफ्नो व्यापारबाट पैसा कमाउँदा कमाउँदै त्यतिले नपुगेर किन त्यस्तो ‘खराब’ बाटो [...]

    खाँचो प्रयत्नको

    -उत्तम बाबु श्रेष्ठ-

    राती अबेर सुतेर विहान आठ बज्दा नबज्दै कामको लागि तयार भइ हिड्न पर्ने अमेरिकी दैनिकीमा हिजो आज फरक आएको छ । हजुरआमाले पुजा गर्दा बजाउने घण्टीको आवाजले सबेरै निद्रा खुल्छ । जुलाई/अगष्टमा पनि पातलो सिरकमा गुडल्किएर सुत्नपर्ने काठमाडौं खाल्डोमा यस्तो अस्तव्यस्तता र प्रदुषणमा पनि चराहरुको चिर्रविर्र विहानी हावामा अझै सुनिन्छ । यहाँको [...]

    eXTReMe Tracker